प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ४/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ४/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

के हाम्रै कारण मौसम हेरफेर हुँदैछ? म १७ वर्षको छु र अहिले म डिप्लोमाको निम्ति तयारी गरिरहेको छु। मेरो परीक्षाको एउटा विषय भूगोल हो र त्यसको निम्ति मैले “के हाम्रै कारण मौसम हेरफेर हुँदैछ?” (जून ८, १९९८) विषयबाट तयारी गर्ने ठूलो मदत पाएँ। परीक्षा सिद्धिए पछि मेरा साथीहरूले यो मौसमसम्बन्धी सूचना मैले कहाँबाट पाएँ भन्‍ने कुरा जान्‍न उत्सुकता देखाए, तत्थ कुरा थाह पाएपछि तिनीहरूमध्ये आधी जस्तोले त्यही अंकको अरू प्रतिहरू मगाए।

ए. जी., स्वीटजरल्याण्ड

यस ब्यूँझनुहोस्‌! को अंकमा हरितगृह असरलाई विश्‍लेषण गरेको देख्दा मलाई औधी ताजुब लाग्यो। म कर्मठ पर्यावरणविद्‌ हुनुका साथै एक मसीही पनि हुँ। आज यहोवाका साक्षीहरूको निन्दा गर्नेहरू मात्र धेरै भेटिन्छन्‌। तर तपाईंहरूको पत्रिकामा पाइने विषयहरू त साँच्चै श्रेष्ठ छन्‌। आज पर्यावरण र विश्‍वास दुवै ह्रास हुँदै गइरहेको छ यस्तो समयमा पनि परमेश्‍वरको सृष्टिमा चासो राख्ने मानिसहरू पाउनु खुसीको कुरा हो।

एम. सी., फ्रान्स

म अहिले १४ वर्षकी भएँ, अनि म यस लेखहरूको निम्ति तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु। यसअघि मैले मौसम विषयमा त्यति ध्यान दिएकी थिइन तर अब भने हामी हाम्रो ग्रहलाई कुन अवस्थामा पुऱ्‍याउन आँटेका छौं भन्‍ने विषयमा प्रथमचोटि गम्भीरतासाथ सोच्न थालेकी छु। यी लेखहरूले धेरैलाई झक्झकाउनुपर्ने हो। किनभने हाम्रो पर्यावरणलाई कसले पो बिगार्न चाहन्छ र? हामी कसैले पनि परमेश्‍वरबाट पाएको वरदानलाई सित्तैमा नलत्त्याउँ।

एस. क्यू., जर्मनी

मानिसहरूले धार्मिक भन्ठानेका पत्रिकामा मौसमसम्बन्धी पढ्‌न पाउनु कति आनन्दको कुरा! धार्मिक क्षेत्रमा मात्र होइन स्वास्थ्य क्षेत्रमा पनि ब्यूँझनुहोस्‌! ले मानिसहरूको कत्तिको चिन्ता गर्दो रहेछ भन्‍ने कुरा यस पत्रिकाले देखाउँछ। वास्तवमा मौसमले हाम्रो जीवनमा साँच्चै प्रभाव पार्दो रहेछ जुन कुरालाई हामी हल्कासित लिइरहेका छौं।

एम. एफ. एम., जर्मनी

आदर्श पछ्याउने मैले ब्यूँझनुहोस्‌! पत्रिकाको जून ८, १९९८ अंक, “युवा जनहरू सोध्छन्‌ . . . कसको आदर्श पछ्याए बेस होला?” भन्‍ने लेख पढें, र यस्तै प्रकारको विषयहरूबाट मैले जीवनमा कत्ति धेरै फाइदाहरू पाएँ भनेर मनन पनि गरें। मेरो परिवार टुक्रिएपछि म आफ्नै उमेरका साथीहरूसँग संगत गर्न थालें। तर पछि मैले ती वृद्धा मसीही बहिनीहरूबारे गम्भीरतासाथ सोच्न थालें, जसले मेरो जीवनलाई सार्थक बनाउन धेरै मदत गर्नुभएको थियो। पावल र तिमोथी वा रूथ र नओमीको बीचमा भएको जस्तै सम्बन्ध गाँस्न म पनि प्रयास गर्दैछु। लगभग ५० वर्ष पुगेकी बहिनी, मेरो औधी मिल्ने साथी हुन्‌ र उहाँले मलाई हर्ष, प्रेम, अनुकम्पा, दया र उदारताको पाठहरू सिकाउनु भएको छ। हामी एकैसाथ मिलेर कामहरू गर्छौं, एउटै कोठामा बस्छौं र छिट्टै दुवै मिलेर पूर्ण-समय सेवा पनि गर्नेछौं। यसर्थ, म तपाईंहरूलाई स्वास्थ्यकर पथप्रदर्शन र निर्देशनको लागि धन्यवाद नदिइ सक्दिनँ।

सी. एफ., संयुक्‍त राज्य

फाइब्रोमाइलजिया “फाइब्रोमाइजियालाई बुझ्ने र त्यसको सामना गर्ने” (जुलाई ८, १९९८) लेखको निम्ति तपाईंहरूलाई धेरै धन्यवाद छ। म बितेको छ वर्षदेखि फाइब्रोमाइलजिया रोगले पीडित थिएँ। यस लेखले यी रोगबारे विस्तृत सही जानकारी दिएको छ। साथै त्यहाँ दिइएका शास्त्रपदहरूले मलाई धेरै प्रोत्साहन पनि दियो।

एन. एम., संयुक्‍त राज्य

यो लेखबारे धेरैले राम्रो प्रतिक्रिया व्यक्‍त गरे। यस्तै टिप्पणीहरू हामी आउने अंकमा प्रकाशित गर्ने कोशिष गर्नेछौं।—सम्पादक.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने