प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ४/८ पृ. २-३
  • उड्‌ने सपना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उड्‌ने सपना
  • ब्यूँझनुहोस्‌!—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • कसरी हवाईजहाजको सुरुआत भयो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • विमानहरू कत्तिको सुरक्षित छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९९
  • उड्डयन प्रविधिका अग्रजहरू
    ब्यूँझनुहोस्‌!—१९९९
  • सफलताको कुञ्जी के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ४/८ पृ. २-३

उड्‌ने सपना

“ ‘जे  माथि जान्छ, त्यो एक दिन तल झर्नै पर्छ,’ भन्‍ने हामी युवाहरूको आहानझैं सबै प्रकारका वायुपंखी यन्त्रहरू चरितार्थ भएका छन्‌।”

राइट दाजुभाइले सं.रा.अ.-स्थित किटी हक, उत्तर क्यारोलाइनामा सुप्रसिद्ध वायुयान बनाएको पाँच वर्ष नबित्दै मे २५, १९०८ को द न्यु योर्क टाइम्स-मा उक्‍त आलोचनात्मक सम्पादकीय प्रकाशित भयो। लेखकले भर्खरै आकाशमा उड्‌न थालेका “वायुपंखी यन्त्रहरूको” सफलताप्रति शंका गर्दै “हामीमध्ये थोरैलाई मात्र पृथ्वीदेखि धेरै माथि उड्‌ने रहर होला” भने। भावी पुस्ताहरूले हवाईयात्रामा अभिरुचि राखे तापनि “लामो दूरीको यात्रुवाहक विमानको सपना . . . सायद कहिल्यै पूरा हुनेछैन” भनेर उक्‍त लेखले ठोकुवा गऱ्‍यो।

यो पूर्वानुमान सरासर गलत साबित भएको छ! आज प्रत्येक वर्ष एक अरबभन्दा बढी मानिसहरू “लामो दूरीको यात्रुवाहक विमानमा” यात्रा गर्छन्‌। हो, यस शताब्दीको सुरुमा काठ र कपडाद्वारा बनाउन थालिएका हवाईजहाजहरू अहिले कम्प्युटर प्रणालीयुक्‍त जेटलाइनर विमानहरूमा रूपान्तरित भएका छन्‌। यी विमानहरू पृथ्वीदेखि दस किलोमिटरमाथि उड्‌छन्‌ अनि सयौं यात्रुहरूलाई अनुकूल वातावरणमा राखेर टाढा टाढा पुऱ्‍याउँछन्‌।

यस २० औं शताब्दीमा उड्डयन प्रविधिमा साँच्चै उल्लेखनीय प्रगति भएको छ र त्यसले हाम्रो संसारमा आमूल परिवर्तन गरेको छ। वास्तवमा, मानिसहरूले विगत केही दशक अथवा केही शताब्दीअघिदेखि नै आकाशमा उड्‌ने प्रयास गर्दै आएका छन्‌। प्राचीन समयदेखि नै मानिसहरूले उड्‌ने सपना देख्दै आएका छन्‌।

[पृष्ठ २, ३-मा भएको चित्र]

संसारको सबैभन्दा तेज अर्थात्‌ प्रतिघण्टा ३,५४० किलोमिटरको रफ्तारमा उड्‌ने जेट लकहिड SR-71 ब्ल्याकबर्ड

[पृष्ठ ३-मा भएको चित्र]

बोइङ्‌ग स्ट्रेटोलाइनर ३०७, ३३ जना यात्रुहरू बोकेर प्रतिघण्टा ३४६ किलोमिटरको रफ्तारमा उड्‌थ्यो, १९४०

[स्रोत]

Boeing Company Archives

[पृष्ठ ३-मा भएको चित्र]

राइट दाजुभाइको “फ्लाइर,” १९०३

[स्रोत]

U.S. National Archives photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने