प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ४/८ पृ. १०-१२
  • विमानहरू कत्तिको सुरक्षित छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विमानहरू कत्तिको सुरक्षित छन्‌?
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कक्‌पिटमा सुरक्षात्मक कदम
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • उड्‌न डराउनुहुन्छ कि?
  • अनुभवी हवाईयात्रुबाट यात्रा सुझावहरू
    ब्यूँझनुहोस्‌!—२००३
  • हवाई यात्रा सुरक्षित बनाउने
    ब्यूँझनुहोस्‌!—२०००
  • कसरी हवाईजहाजको सुरुआत भयो?
    ब्यूँझनुहोस्‌!—१९९९
  • सफल उडानको लागि के के गर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ४/८ पृ. १०-१२

विमानहरू कत्तिको सुरक्षित छन्‌?

एक वर्षमा सडक दुर्घटनामा परेर करिब पाँच लाख मानिसहरूको ज्यान जान्छ। यसको विपरीत १९९६ मा हवाई दुर्घटनामा मृत्यु हुनेहरूको संख्या १,९४५ थियो। सन्‌ १९९७ मा अझ घटेर मात्र १,२२६ जनाको मृत्यु भएको थियो। बोइङ्‌ग विमान निर्माणकर्ताको तथ्यांकअनुसार, “व्यवसायिक जेट विमानहरू दस लाख उडान उड्‌दा दुई पल्टभन्दा कम दुर्घटनामा पर्छन्‌।”

यद्यपि, हरेक हवाई दुर्घटनाबारे अत्यधिक प्रचारप्रसार गरिन्छ भने मोटर दुर्घटनाप्रति त्यति ध्यान दिइँदैन। संयुक्‍त राज्यमा विमानयात्राभन्दा बसयात्रालाई मात्र केही हदसम्म सुरक्षित ठानिन्छ।

सामान्यतया मोटरगाडीभन्दा विमान किन सुरक्षित हुन्छ? एउटा स्पष्ट कारण, सडकमा मोटरहरू सँगसँगै गुडेझैं विमानहरू सँगसँगै उड्‌दैनन्‌। अर्को कारण, हवाई कर्मचारीहरू राम्रो तालिमप्राप्त हुनुका साथै तिनीहरूले आफ्नो जिम्मेवारी व्यवसायिक ढंगमा पूरा गर्छन्‌। बोइङ्‌ग ७४७ को चालक साधारणतया ५० वर्षभन्दा माथिको हुन्छ जससँग करिब ३० वर्षको उडान अनुभव हुन्छ। हवाई कर्मचारीहरूले ध्यान दिने प्रमुख कुरा नै सुरक्षा हो। आखिर, तिनीहरूको आफ्नो जीवन पनि खतरामा हुन्छ।

कक्‌पिटमा सुरक्षात्मक कदम

तपाईंले यात्रुवाहक विमानको कक्‌पिटमा हेर्नुभयो भने त्यहाँ सबै मुख्य उपकरणहरूको दुई सेट देख्नुहुनेछ—एक सेट बायाँपट्टि मुख्य चालकको लागि हुन्छ भने अर्को सेट दायाँपट्टि सह-चालकको लागि हुन्छ।a तसर्थ, हवाई यात्रुहरूका लागि पुस्तिका-अनुसार (अंग्रेजी) “कथंकदाचित्‌ एक चालकलाई केही भइहाल्यो भने सुरक्षितसाथ विमान चलाउन अर्को चालकसँग सबै उपकरणहरू हुन्छन्‌। विमानमा दुवै चालकले एकअर्काको उपकरणहरू सञ्चालन गर्नसक्छन्‌ अनि ती उपकरणहरूले दुवै सूचना पाटीमा एउटै संकेत दिइरहेका छन्‌ कि छैनन्‌ भनी पक्का गर्नसक्छन्‌।”

कक्‌पिटको अर्को सुरक्षात्मक कदम, चालक र सह-चालकले साधारणतया भिन्‍ना भिन्‍नै प्रकारका खाना खानु हो। किन त्यसो गरिन्छ? किनकि त्यसो गर्नाले कथंकदाचित्‌ विषादी खानाले केही भइहाल्यो भने पनि एक जनालाई मात्र असर गर्नेछ।

फ्लेप, लेन्डिङ गियर र ब्रेकजस्ता पुर्जाहरू सही छन्‌ वा छैनन्‌ भनेर पक्का गर्न “विमानहरूमा साधारणतया दुई वा त्योभन्दा बढी हाइड्रलिक सिस्टम हुन्छन्‌ र एउटाले काम नगरेको खण्डमा अर्कोले काम गर्छ। अत्याधुनिक विमानहरूमा स्तरीय सुरक्षाको निम्ति एउटै प्रणालीको दुई वा तीन सेटहरू हुन्छन्‌।

तपाईं के गर्न सक्नुहुन्छ?

सबै यात्रुहरूले अपनाउनुपर्ने केही साधारण सावधानीहरू यसप्रकार छन्‌: आपत्‌कालीन परिस्थितिहरूमा के गर्नुपर्छ भन्‍ने निर्देशन कार्ड पढ्‌नुहोस्‌ अनि उडान सुरु हुने बेलामा विमान परिचारिकाले सुरक्षात्मक कदमहरूबारे बताउँदा ध्यानसित सुन्‍नुहोस्‌। आफ्नो सिटमा बस्नुहुँदा बाहिर निस्कने सबैभन्दा नजिकको ढोका कहाँ छ, हेर्नुहोस्‌। अनि आपत्‌कालीन परिस्थिति आइपरेको खण्डमा विमान परिचारिकाहरूको निर्देशन पालन गर्नुहोस्‌। कुनै कठिन परिस्थिति आइपऱ्‍यो भने ती समाधान गर्न तिनीहरू सुप्रशिक्षित हुन्छन्‌। निर्देशनहरू दिइँदा यात्रुहरू आफ्नो सरसामानहरूको माया नगरी झट्ट विमान बाहिर निस्कनु अत्यावश्‍यक छ। सरसामानहरूभन्दा जीवन धेरै महत्त्वपूर्ण छ।

आधुनिक विमानहरू साधरणतया बादलभन्दा माथि उड्‌छन्‌। त्यसकारण, लामो दूरीका विमानहरू सल्ल उड्‌छन्‌। फलस्वरूप, विमानमा उड्‌दा कसै कसैले मात्र वाकवाक लाग्ने वा चक्कर लाग्ने जस्ता बिसन्चो महसुस गर्छन्‌। केही गडबडी होला जस्तो छ भने साधारणतया चालकले यात्रुहरूलाई सुरक्षाको निम्ति पेटी बाँध्ने सुझाउ दिन्छ।

के विमानयात्रा सुरक्षित हुन्छ? हुन्छ। तर अधिकांश यात्रुहरू आवश्‍यक फेरबदल मन पराउँदैनन्‌। त्यो के हो? यात्रुहरू अघिल्लो दिशातिर नभएर पछिल्लो दिशातिर फर्किनुपर्ने! त्यसो गर्नुमा के फाइदा छ? आकस्मात विमानको गति बढ्‌दा वा घट्‌दा यात्रुहरूले पछाडिपट्टि आड पाउनेछन्‌। हुन त सिट पेटी कम्मरमा बाँधिएको हुन्छ तर त्यो छातीमा बाँधिने प्रायः कारहरूको सीट पेटी जति पनि सुरक्षित हुँदैनन्‌। तथापि, मानिसहरू आफू आएको ठाउँतिर नभई आफ्नो गन्तव्यस्थानतिर हेर्न रूचाउँछन्‌।

उड्‌न डराउनुहुन्छ कि?

संयुक्‍त राज्यका छ जना वयस्कहरूमध्ये एक जना उड्‌न डराएको अनुमान लगाइएको छ। कोही कोही त डराउने मात्र होइन हडबडाउँछन्‌ पनि। यो त्यस्तो भयंकर डर हो जसले गर्दा मानिस आत्तिनसक्छ। कुन कुराले नआत्तिन मदत गर्छ?

यात्रुहरूले पहिल्यै सबै कुरा थाह पायो भने त्यति चिन्तित हुनुपर्दैन। हरेक वर्ष संसारभरिका १०,००० विमानस्थलहरूमा सेवारत १५,००० विमानहरूले प्रायः दुर्घटनामा नपरी १२० करोड मानिसहरू यातायात गर्छन्‌। “लन्डनको लोइड्‌सअनुसार [बीमा कम्पनी] मोटरगाडीमा यात्रा गर्नुभन्दा हवाईयात्रा २५ गुणा बढी सुरक्षित छ।”

तपाईं हवाईयात्रा गर्दा हडबडाउनुहुन्छ भने उडान, विमान अनि चालकले पाउने प्रशिक्षणबारे पुस्तकहरू पढ्‌नुहोस्‌। चालकले पाउने उच्च स्तरीय प्रशिक्षणबारे पुस्तकहरू तथा उडानअघि कति घण्टा सुत्नुपर्छ र कति मात्रामा मदिरा पिउँदा हुन्छ भन्‍ने नियमहरूबारे पढ्‌नुहोस्‌। यसबाहेक, चालकहरूले आपत्‌कालीन परिस्थिति आइपर्दा कस्तो प्रतिक्रिया देखाउँछन्‌ भनेर वर्षमा दुईपल्ट परीक्षण गरिन्छ। ती परीक्षणहरू यति वास्तविक हुन्छन्‌ कि केही चालकहरू परीक्षण सकेर निस्किंदा “थरथर काम्नुका साथै पसिनै पसिना भएका हुन्छन्‌।” परीक्षणमा असफल भयो भने चालकको व्यावसायिक विमान चलाउने अनुमतिपत्र पाउँदैन।

यी स्तरहरू मोटर चालकले अपनाउनु पर्ने स्तरहरूभन्दा कता हो कता राम्रा हुन्छन्‌। तसर्थ, तपाईंले जति धेरै विमान र चालकहरूबारे सिक्नुहुन्छ उति बढी विश्‍वस्त हुनुहुनेछ।

विमानस्थलमा घुम्नु पनि मदतकारी हुन्छ। यात्रुहरूले अपनाउनुपर्ने प्रक्रियाहरूप्रति ध्यान दिनुहोस्‌ अनि मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌, हेर्नुहोस्‌। थुप्रै मानिसहरू बस चढ्‌ने जतिकै सामान्य कुरा जस्तैगरी विमान चढेको तपाईं देख्नुहुनेछ। तिनीहरूको लागि हवाईयात्रा साधारण कुरा हो। विमान उडेको र अवतरण गरेको हेर्नुहोस्‌। विमान सम्भव र सुरक्षित बनाउने उड्डयनसम्बन्धी वैज्ञानिक सिद्धान्तहरू बुझ्नुहोस्‌ अनि त्यसको प्रशंसा गर्नुहोस्‌।

तपाईं पहिलोपल्ट विमानयात्रा गर्नुहुँदा आफू प्रथमपल्ट विमान चड्‌दैछु अनि अलि हडबडाउनसक्छु भनेर परिचारिकालाई बताउनुहोस्‌। तिनीहरूले तपाईंलाई शान्त हुने अनि सुरक्षाको निम्ति अपनाइएका कदमहरूप्रति आश्‍वस्त हुने मदत दिनेछन्‌। शान्त हुने कोसिस गर्नुहोस्‌। चालकले विमानमा यताउता हिंड्‌न सकिन्छ भनेपछि उठ्‌नुहोस्‌ अनि क्याबिनमा हिंड्डुल गर्नुहोस्‌। यसो गर्नाले विमानमा उड्‌दा लाग्ने तपाईंको डर हटेर जानेछ!

[फुटनोट]

a प्रायः विमान कम्पनीहरूमा चालकले विमान अवतरण गरिसकेपछि तपाईंलाई कक्‌पिट हेर्न दिन्छ। तिनले तपाईंका प्रश्‍नहरूका जवाफ पनि दिन्छन्‌।

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

“लन्डनको लोइड्‌सअनुसार [ बीमा कम्पनी] मोटरगाडीमा यात्रा गर्नुभन्दा हवाईयात्रा २५ गुणा बढी सुरक्षित छ।”

[पृष्ठ १२-मा भएको चित्र]

शान्त हुन सिक्नाले उडान आनन्दमय बन्‍नसक्छ

[पृष्ठ १०-मा भएको चित्र]

Photograph courtesy of Boeing Aircraft Company

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने