प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g07 अप्रिल पृ. ३
  • सबैको चाहना सुस्वास्थ्य!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैको चाहना सुस्वास्थ्य!
  • ब्यूँझनुहोस्‌!—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंमाथि पर्ने भार
  • रोगबिमार मुक्‍त संसार!
    ब्यूँझनुहोस्‌!—२००७
  • सबैको निम्ति सिद्ध स्वास्थ्य
    ब्यूँझनुहोस्‌!—१९९५
  • तपाईंको विश्‍वास र अध्यात्मिक स्वास्थ्यलाई कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • सबैका लागि सुस्वास्थ्य—नजिकै!
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००७
g07 अप्रिल पृ. ३

सबैको चाहना सुस्वास्थ्य!

आजभन्दा २,७०० वर्षअघि एक जना अगमवक्‍ताले रोगबिमार मुक्‍त संसार आउनेछ भनेर भविष्यवाणी गरेका थिए। यशैयाको पाण्डुलिपिमा पाइने यी शब्दहरू अहिले हाम्रो समयसम्मै सुरक्षित छन्‌। त्यतिबेला कसैले पनि “म बिरामी परें” भन्‍नेछैन भनी यशैयाले लेखे। तिनले यसो पनि भने: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गडा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ, किनकि उजाड–स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌।” (यशैया ३३:२४; ३५:५, ६) बाइबलका अन्य भविष्यवाणीहरूले पनि यस्तै समयबारे बताउँछ। उदाहरणका लागि, बाइबलको अन्तिम पुस्तक प्रकाशले पनि परमेश्‍वरले सारा पीडा हटाउनुहुने समयबारे बताएको छ।—प्रकाश २१:४.

के यी प्रतिज्ञाहरू पूरा हुनेछन्‌? सम्पूर्ण मानवजाति स्वस्थ हुने अनि रोगबिमार नहुने समय के साँच्चै आउनेछ? हुन त हो, अहिले विश्‍व जनसंख्याको ठूलो समूह पहिले-पहिलेका मानिसहरू भन्दा स्वस्थ छन्‌। तर रोगबिमारबाट पूरै मुक्‍त चाहिं भएका छैनन्‌। रोगव्याधिले थुप्रैलाई पिरोलिरहेको छ। बिरामी भइएला कि भन्‍ने सोचले समेत मानिसलाई चिन्तित बनाउँछ। अनि तीतो वास्तविकता के हो भने, अहिलेको आधुनिक युगमा शारीरिक र मानसिक रोगबाट कोही पनि पूरै उम्कन सकेको छैन।

तपाईंमाथि पर्ने भार

बिरामी हुँदा विभिन्‍न तरिकाले असर गर्छ। एउटा ठूलो चिन्ताको विषय भनेको बिरामी हुँदा पर्ने आर्थिक भार हो। जस्तै, हालसालै स्वास्थ्य समस्याले गर्दा युरोपमा थुप्रै मानिसहरू काममा जान सकेनन्‌ र वर्षमा जम्माजम्मी ५० करोड दिन बराबरको काम बर्बाद भयो। अरू ठाउँमा पनि अवस्था यस्तै छ। कार्यक्षेत्रमा उत्पादनशीलताको कमी र स्वास्थ्य उपचारको बढ्‌दो खर्चले सबैमाथि आर्थिक भार थोपरेको छ। यसो हुँदा व्यापारिक प्रतिष्ठान तथा सरकारले पनि क्षति बेहोर्नुपर्ने हुन्छ। यसको क्षतिपूर्ति गर्न व्यापारीहरूले सामानको भाउ बढाउँछन्‌ अनि सरकारले पनि कर बढाउँछ। यो भार कसले बेहोर्नुपर्ने हुन्छ? तपाईंले नै!

दुःखको कुरा, गरिबहरूलाई भने आवश्‍यक स्वास्थ्य उपचार पाउन धौ-धौ परिरहेको होला। विकासशील मुलुकका लाखौं व्यक्‍तिहरूको अवस्था यस्तै दयनीय छ। उनीहरूले चाहेजति स्वास्थ्य सेवा पाउन वा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट उपचार गराउन सकिरहेका छैनन्‌। सम्पन्‍न मुलुकहरूमा पनि कोही-कोहीलाई राम्रो स्वास्थ्य सेवा पाउन निकै गाह्रो भइरहेको छ। स्वास्थ्य बिमा नगरेका ४ करोड ६० लाख अमेरिकीहरूले उपचारको सन्दर्भमा यस्तै अवस्था भोगिरहेका छन्‌।

बिरामी हुँदा आर्थिक भार मात्र बेहोर्नुपर्ने हुँदैन। सबैभन्दा ठूलो बोझ भनेको दीर्घरोगी हुनुपर्ला भन्‍ने चिन्ता, कहिल्यै निको नहुने पीडा भोग्नुपर्ने वेदना, रोगले चापिरहेकाहरूको दुःख टुलुटुलु हेर्नुपर्ने बाध्यता र आफ्नो प्रिय जन गुमाउनुपर्दाको खोक्रोपन हो।

कुनै दिन रोगबिमार मुक्‍त संसारमा जीवन बिताउन पाइएला भन्‍ने आशाले मनै हलुङ्‌गो बनाउँछ। सबै जना सुस्वास्थ्य चाहन्छन्‌! पत्याउन गाह्रो भए तापनि धेरै जना यो आशा पूरा हुनेछ भनेर विश्‍वस्त छन्‌। थुप्रै वैज्ञानिक प्रविधिहरू विकास भइसकेको हुँदा मानिसले भविष्यमा सम्पूर्ण रोगबिमार निर्मूल पार्नेछ भनेर कोही-कोही ढुक्क छन्‌। अर्कोतिर, बाइबलमा विश्‍वास गर्नेहरू भने पहिल्यै गरिएको भविष्यवाणी अनुरूपै परमेश्‍वरले रोगबिमार मुक्‍त संसार साँच्चै ल्याउनुहुनेछ भन्‍ने कुरामा ढुक्क छन्‌। तर यस्तो संसार कसले ल्याउनेछ? मानिसले वा परमेश्‍वरले? हाम्रो भविष्य कस्तो हुनेछ? (g 1/07)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने