प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ३/१५ पृ. १०-११
  • मानिसहरूका दास कि परमेश्‍वरका सेवक?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसहरूका दास कि परमेश्‍वरका सेवक?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानिसहरूको पछि लाग्नुका खतराहरू
  • मसीहीहरू र आजको मानव समाज
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • तपाईंहरू अमेरिकी गुट हो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • यहोवाका साक्षीहरू धार्मिक गुट हो?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • धार्मिक स्वतन्त्रता—आशिष्‌ वा अभिशाप?
    ब्यूँझनुहोस्‌!—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ३/१५ पृ. १०-११

मानिसहरूका दास कि परमेश्‍वरका सेवक?

“जे होस्‌ यहोवाका साक्षीहरूको प्रशंसा गर्नैपर्छ।” जेर, ग्रुबलर, इन्थुजिअस्टन (सिद्धान्तवादीहरू, मननशीलहरू, जोसिलाहरू) नामक जर्मन पुस्तकमा उक्‍त कुरा भनिएको छ। यहोवाका साक्षीहरूको आलोचना गर्न खोजिएको भए तापनि उक्‍त पुस्तक यसो भन्छ: “साधारणतया तिनीहरू निष्कलंक, मध्यम वर्गीय जीवन व्यतित गर्छन्‌। तिनीहरू मेहनती तथा कर्तव्यनिष्ठ भई जागिर खान्छन्‌, तिनीहरू शान्त स्वभावका नागरिकहरू तथा इमानदारीसाथ कर तिर्ने मानिसहरू हुन्‌। तिनीहरू धनी हुने चाहनामा चुर्लुम्म डुब्दैनन्‌। . . . तिनीहरूले अधिवेशनहरूमा देखाएको अनुशासन प्रशंसनीय छ। तिनीहरूको आत्मत्यागी भावना अरू धार्मिक समूहहरूको भन्दा कम छैन; सेवकाईको कुरामा त तिनीहरू अग्रपंक्‍तिमा छन्‌। तर अन्य सबै मसीही चर्च तथा वर्तमान समयका अरू धार्मिक समूहहरूभन्दा तिनीहरू माथि उठ्‌नुको कारण त तिनीहरूको अटुट दृढता हो। त्यही अटुट दृढताले गर्दा जस्तोसुकै परिस्थिति र हरेक प्रकारका खतरा मोलेर पनि तिनीहरू आफ्नो सिद्धान्त घोषणा गर्छन्‌।”a

यहोवाका साक्षीहरूबारे यस्तो सकारात्मक लेखाजोखा गरिएको भए तापनि कसै कसैले तिनीहरूको गलत परिचय प्रस्तुत गर्ने प्रयास गरेका छन्‌। यहोवाका साक्षीहरूले विश्‍वभरि अधिकांश देशहरूमा दशकौंदेखि कुनै हस्तक्षेपबिना आफ्नो धार्मिक क्रियाकलाप सञ्चालन गर्दै आएका छन्‌। करोडौं मानिसहरू तिनीहरूसँग परिचित छन्‌, तिनीहरूलाई आदर गर्छन्‌ र तिनीहरूको आफ्नै धर्म मान्‍ने अधिकार छ भनी सहमत छन्‌। त्यसो भए, मानिसहरू यहोवाका साक्षीहरूबारे किन अन्योलमा छन्‌ त?

हालसालै अनेकन्‌ धार्मिक समूहहरू बाल दुर्व्यवहार, सामूहिक आत्महत्या तथा आतंकवादमा मुछिनु नै सायद अन्योलमा पार्ने एउटा कारण हुनसक्छ। निस्सन्देह, यस्ता गलत कामहरू धर्मपरायण मानिसहरूमाझ मात्र नभएर जताततै व्याप्त छ। तथापि, धर्मबारे धेरै मानिसहरू शंकालु भएका छन्‌, कति त वैरभावसमेत प्रकट गर्छन्‌।

मानिसहरूको पछि लाग्नुका खतराहरू

“सम्प्रदाय”-लाई “कुनै विशिष्ट सिद्धान्त वा नेतालाई अंगाल्नेहरूको समूह” भनी परिभाषित गरिएको छ। “गुट”-का सदस्यहरू पनि त्यसैगरि “कुनै व्यक्‍ति, विचार वा वस्तुलाई अपार श्रद्धा” गर्छन्‌। भनौं भने, मानव नेता तथा तिनीहरूका विचारहरू आत्मसात्‌ गर्ने जुनसुकै धार्मिक समूहका सदस्यहरू मानिसहरूका दास बन्‍ने खतरा हुन्छ। नेतासित घनिष्ठ हुनाले भावनात्मक रूपमा हानि हुनुका साथै आध्यात्मिक कुराको लागि तिनीहरूमाथि भर पर्नुपर्ने हुन्छ। उक्‍त व्यक्‍ति बाल्यकालदेखि नै साम्प्रदायिक परिवेशमा हुर्केबढेको हो भने त खतरा झनै बढी हुन्छ।

धर्मप्रति यस्तो चासो राख्ने मानिसहरूलाई भरपर्दो जानकारी चाहिन्छ। कसै कसैलाई भनिएको हुनसक्छ यहोवाका साक्षीहरू त त्यस्तो धार्मिक संगठनको भाग हुन्‌ जसले आफ्ना सदस्यहरूलाई दास बनाउँछ, तिनीहरूलाई तानाशाही तरिकाले अधिनमा राख्छ, तिनीहरूको स्वतन्त्रमा नचाहिंदो रोकटोक गर्छ अनि तिनीहरूलाई समाज विरोधी बनाउँछ।

उक्‍त भनाइ सही होइन भनी यहोवाका साक्षीहरूलाई थाह छ। तसर्थ, तिनीहरू तपाईं आफैले जाँच्न निमन्त्रणा गर्छन्‌। ध्यान लगाएर विचार गरेपछि तपाईं आफ्नो निष्कर्ष निकाल्नुहोस्‌। तिनीहरूले दाबी गरेझैं यहोवाका साक्षीहरू परमेश्‍वरका सेवक हुन्‌ या वास्तवमा मानिसहरूका दास? तिनीहरूको सामर्थ्यको स्रोत के हो? पृष्ठ १२-२३ का दुइटा लेखले उक्‍त प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिनेछ।

[फुटनोट]

a सन्‌ १९५० मा प्रकाशित भएको मौलिक संस्करणमा उक्‍त कथन समावेश छैन। अतः १९८२ मा प्रकाशित संशोधित संस्करणमा उक्‍त कथन थपिनुले यहोवाका साक्षीहरूलाई मानिसहरूले अझ प्रस्टसित बुझ्दै गएको बुझिन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने