प्रश्न पेटी
◼ कसैले प्रचार बन्द गर भन्यो भने तपाईंले के गर्नुपर्छ?
प्रहरीले औपचारिक तथा अनौपचारिक प्रचार गरिरहेका प्रकाशकहरूकहाँ गएर तिनीहरूले नियम उल्लङ्घन गरिरहेको कुरा बताए अनि प्रचार बन्द गर्न निर्देशन दिए भनी केही उदाहरणहरूले देखाएको छ। यदि त्यस्तो आदेश दिइएमा तपाईंले नम्र भई तत्कालै त्यो इलाका छोड्नुपर्छ। (मत्ती ५:४१; फिलि. ४:५) तपाईंले हाम्रो कानुनी अधिकारको विषयमा कुरा उठाएर आफैले मामिला सुल्झाउने प्रयास नगर्नुहोस्। यदि सम्भव छ भने कौशलतापूर्वक उक्त प्रहरी अफिसरको ब्याच हेर्नुहोस् अनि तिनको इलाका पनि याद गर्नुहोस्। त्यसपछि तुरुन्तै प्राचीनलाई खबर गर्नुहोस् र तिनले त्यस घटनाबारे शाखा कार्यालयलाई खबर गर्नेछन्। त्यसैगरी यदि तपाईंलाई अपार्टमेन्ट भवन अथवा कम्प्लेक्सको सुपरिवेक्षकले अथवा अपार्टमेन्टको कुनै प्रतिनिधिले त्यो ठाउँ छोड्न भन्यो भने तुरुन्तै मान्नुहोस् र प्राचीनलाई खबर गर्नुहोस्। अख्तियार भएकाहरूसित शान्त र नम्र ढंगले व्यवहार गर्दा अनावश्यक झमेला रोक्न सकिन्छ।—हितो. १५:१; रोमी १२:१८.