आलटाल नगर्नुहोस्
मण्डलीका दाजुभाइ-दिदीबहिनीसित क्षेत्र सेवाको भेलामा भेट्दा कुराकानी गर्न चाहनु स्वाभाविक हो। तर क्षेत्र सेवाको सभा सकिने बित्तिकै इलाकामा जाने कोसिस गर्नुपर्छ। हाम्रो प्रचारको काम निकै जरुरी छ। (२ तिमो. ४:२) हामी जति लामो समय आलटाल गर्छौं त्यतिनै थोरै समय प्रचारको लागि बाँकी रहन्छ। प्रचारकार्यको दौडान भाइबहिनीहरूसित प्रोत्साहनदायी सरसङ्गत गर्ने प्रशस्तै मौका पाउँछौं। अनावश्यक रूपमा ढिलासुस्ती नगरी प्रचारमा तुरुन्तै जाँदा हामी यहोवा र उहाँको छोराका जोसिला दास हौं भनी देखाइरहेका हुन्छौं।—रोमी १२:११.