प्रचारकार्यमा परमेश्वरको वचनको शक्तिलाई काम गर्न दिनुहोस्
हामी कसरी परमेश्वरको वचनको शक्तिलाई काम गर्न दिन सक्छौं? राज्यको सुसमाचारमा कसैले चासो दिंदा शास्त्रपदहरू बाइबलबाटै पढेर। यस कुरालाई गत वर्षको “परमेश्वरको वचन प्रबल छ” भन्ने विषयको सम्मेलनमा पनि जोड दिइएको थियो। त्यस सम्मेलनमा क्षेत्रीय निरीक्षकले “प्रचारकार्यमा परमेश्वरको वचनको शक्तिलाई काम गर्न दिनुहोस्” भन्ने भाषण प्रस्तुत गर्नुभएको थियो। के तपाईं त्यस भाषणका मुख्य बुँदाहरू सम्झन सक्नुहुन्छ?
यहोवाको वचन हाम्रोभन्दा किन शक्तिशाली छ?—२ तिमो. ३:१६, १७.
बाइबलले कसरी मानिसको मन छुन्छ, सोचाइलाई आकार दिन्छ, मनसाय सच्याउँछ र आनीबानी सपार्छ?—प्रहरीधरहरा, जून १५, २०१२, पृ. २७, अनु. ७ हेर्नुहोस्।
प्रचारमा कसैलाई शास्त्रपद पढेर सुनाउँदा हामी कसरी परमेश्वरको वचनप्रति तिनको आदर जगाउन सक्छौं?—सेवा स्कूल किताबको पृ. १४८, अनु. ३-४ र हाम्रो राज्य सेवा, मार्च २०१३, पृ. १५, अनु. ८ हेर्नुहोस्।
हामीले पढेको शास्त्रपदको व्याख्या गर्नु र त्यसमा तर्क गर्नु किन महत्त्वपूर्ण छ? कसरी त्यसो गर्न सक्छौं?—प्रेषि. १७:२, ३; सेवा स्कूल किताबको पृ. १५४, अनु. ४ देखि पृ. १५६, अनु. ४ सम्म हेर्नुहोस्।
हामीले कसरी विवेकी भएर बाइबल चलाउनुपर्छ?—मत्ती १०:१६; हाम्रो राज्य सेवकाई, अप्रिल २००८, पृष्ठ ५ हेर्नुहोस्।