प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 सेप्टेम्बर पृ. २
  • बाइबल चलाउन सिपालु हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल चलाउन सिपालु हुनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल पदहरू सम्झन के गर्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने भाग ३:
    हाम्रो राज्य सेवकाई—२००४
  • के तपाईं परमेश्‍वरको वचनको पक्षमा बोल्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००७
  • बाइबल खोलेरै पढ्‌न प्रोत्साहन दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 सेप्टेम्बर पृ. २

बाइबल चलाउन सिपालु हुनुहोस्‌

१. बाइबल किन एकदमै उपयोगी छ?

१ परमेश्‍वरको प्रेरित वचन सिपालु तरिकामा चलाउँदा हामी सच्चाइ स्पष्टसित बताउन र सिकाउन सक्छौं। साथै झूटो शिक्षा र मानिसका परम्पराहरू उदाङ्‌ग पार्न पनि सक्षम हुन्छौं।—२ तिमो. २:१५; १ पत्रु. ३:१५.

२. अझै सिपालु तरिकामा बाइबल पदहरू भेट्टाउन केले मदत गर्छ?

२ अझै परिचित हुनुहोस्‌: कुनै पनि औजार चलाउने सन्दर्भमा जस्तै जत्ति बाइबलसित परिचित हुन्छौं त्यति नै यो चलाउन सिपालु हुन्छौं। बाइबल सुरुदेखि अन्तसम्म पढ्‌दा यसको मुख्य विषय अझ राम्रोसँग बुझ्न सक्छौं। अनि बाइबल पदहरू सम्झन र सजिलै भेट्टाउन पनि मदत मिल्छ। तपाईं बाइबलसित जत्ति परिचित हुनुहुनेछ प्रचारकार्यमा र अनौपचारिक साक्षी दिंदा त्यत्ति नै जोस र निश्‍चयतासाथ बोल्न सक्नुहुनेछ। —१ थिस्स. १:५, NRV.

३, ४. (क) बाइबलसित अझै परिचित हुन सक्ने केही तरिका के-के हुन्‌? (ख) बाइबलसित अझै परिचित हुन तपाईंले अरू के-कस्ता तरिका अपनाउनुभएको छ?

३ मण्डलीका सभाहरूमा बाइबल पल्टाएर वक्‍ता सँगसँगै हेर्ने बानी बसाल्नुहोस्‌। व्यक्‍तिगत अध्ययन अनि सभाको तयारी गर्दा उल्लेख गरिएका पदहरू हेर्नुहोस्‌ र त्यो कसरी लागू हुन्छ मनन गर्नुहोस्‌। थुप्रैले कम्प्युटरमै वा त्यसबाट छापेर पढ्‌नुको सट्टा बाइबलबाटै पढ्‌नाले पछि प्रचारकार्यमा पदहरू देखाउनुपर्दा सजिलै भेट्टाउन सकेको अनुभव गरेका छन्‌।—यूह. १४:२६.

४ केही परिवारले बाइबल पदहरू मुखस्त पार्न समय छुट्याएका छन्‌। सानो कागजको एकापट्टि बाइबल पद अनि अर्कोपट्टि चाहिं पद नै लेखेर पनि यस्तो गर्न सकिन्छ। अनि कुनै एउटा बाइबल पद देखाउँदा मुखस्त भन्‍न सक्छ कि सक्दैन वा पद बताउन सक्छ कि सक्दैन भनेर त्यो कागत हेर्दै तिनीहरू पालै-पालो खेल्छन्‌। बाइबल चलाउँदै क्षेत्र सेवाको प्रस्तुति र वार्तालाप बाधकहरूको अथवा कुनै प्रश्‍नको जवाफ कसरी दिने अभ्यास गर्दा हामी अझै सिपालु हुन्छौं।

५. हामी किन बाइबल चलाउन अझै सिपालु हुन चाहन्छौं?

५ बाइबलको बराबरीमा अरू कुनै किताब आउन सक्दैन। मानिसलाई ‘मुक्‍तिको निम्ति बुद्धिमान्‌ तुल्याउन’ सक्ने कुरा बाइबलमा मात्र लेखिएको छ। (२ तिमो. ३:१५) हाम्रो इलाकाका धेरै मानिसलाई बाइबलमा के-कस्ता बहुमूल्य खजाना पाइन्छ, थाह छैन। त्यसैले बाइबलले वास्तवमा के सिकाउँछ, तिनीहरूलाई देखाउनको लागि अझै सिपालु हुन हामी थप कारण पाउँछौं।—हितो. २:१-५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने