गीत ६७
यहोवालाई हरदिन पुकार्ने
छापिएको संस्करण
१. गर न बिन्ती, सुन्छन् याहले।
सुअवसर उनको नाउँ धारण गर्ने।
साथी सम्झी पोखाऊ, पीर व्यथा सब।
ढुक्क भई पर्नू भर उनमै हरक्षण।
हरदिन पुकार्नू या’लाई।
२. भन न धन्य, यो जीवन पायौं।
माग्छौं माफी अनि माफी दिन्छौं।
गर भरोसा नलुकाऊ गल्ती।
जान्दछन् हामी माटै हौं भनी।
हरदिन पुकार्नू या’लाई।
३. गर न बिन्ती, मर्कामा पर्दा।
हुन् बुबा हाम्रा, छन् है छेवैमा।
मदत र सुरक्षा उनकै काखमा।
नडराऊ, पर भर सधैं उनमा।
हरदिन पुकार्नू या’लाई।
(मत्ती ६:९-१३; २६:४१; लूका १८:१ पनि हेर्नुहोस्)