प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w10 ११/१ पृ. ३
  • १ प्रार्थना किन गर्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ प्रार्थना किन गर्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान
    बाइबलले हामीलाई के सिकाउँछ?
  • प्रार्थना गरेर परमेश्‍वरसित नजिक हुनुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रार्थनाद्वारा परमेश्‍वरसित घनिष्ठ हुने
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
w10 ११/१ पृ. ३

१ प्रार्थना किन गर्नुपर्छ?

प्रार्थना—यसले जत्तिको चासो र कौतूहलता जगाउने बाइबल विषय सायद कमै होला। साधारणतया मानिसहरूले प्रार्थनाबारे सोध्ने सातवटा प्रश्‍नबारे पहिला विचार गरौं अनि त्यसपछि बाइबलले यसको जवाफ कसरी दिन्छ, त्यो जाँचौं। प्रार्थना गर्न थाल्न वा प्रार्थनाको गुणस्तर बढाउन तपाईंलाई मदत दिने हेतुले यी लेखहरू तयार पारिएका हुन्‌।

संसारका सबै संस्कृति अनि धर्मका मानिसहरू प्रार्थना गर्ने गर्छन्‌। तिनीहरू एक्लै अनि सामूहिक रूपमा पनि प्रार्थना गर्छन्‌। तिनीहरू चर्च, मन्दिर, सभाघर, मस्जिद वा तीर्थस्थलमा गएर प्रार्थना गर्ने गर्छन्‌। तिनीहरू प्रार्थना-चकटी, जपमाला, माने, मूर्ति, प्रार्थना-किताब वा स-साना प्रार्थना-पाटी प्रयोग गरेर प्रार्थना गर्ने गर्छन्‌।

मानिस र जीवजन्तुबीचको एउटा भिन्‍नता भनेको प्रार्थना हो। हुनत मानिस र पशुबीच धेरै समानता छन्‌। पशुलाई जस्तै हामीलाई पनि भोजन, हावा अनि पानी चाहिन्छ। तिनीहरूजस्तै हामी पनि जन्मन्छौं, जिउँछौं अनि मर्छौं। (उपदेशक ३:१९) तर प्रार्थनाचाहिं मानिसले मात्र गर्छ। किन?

यसको सबैभन्दा सरल जवाफ यही होला: प्रार्थना हाम्रो आधारभूत आवश्‍यकता हो। हुन पनि, आम मानिसको विचारमा प्रार्थना भनेको आफूले पवित्र, शुद्ध र अविनाशी ठानेको कुरासम्म पुग्ने माध्यम हो। यस्तो चाहनासहित हामी सृष्टि गरिएका छौं भनी बाइबल बताउँछ। (उपदेशक ३:११) येशू ख्रीष्टले एकचोटि यसो भन्‍नुभएको थियो: “धन्य आत्मामा दरिद्र हुनेहरू।”—मत्ती ५:३.

मानिसहरूले भव्य धार्मिक भवन र कलाकृतिहरू बनाएका छन्‌ अनि प्रार्थना गर्न घण्टौं समय बिताएका छन्‌। के यसले मानिसहरू “आत्मामा दरिद्र” अर्थात्‌ आध्यात्मिक आवश्‍यकताप्रति सजग भएको प्रमाण दिंदैन र? आध्यात्मिक आवश्‍यकता पूरा गर्न केही मानिस आफैमा वा अरूमा भर पर्ने गर्छन्‌। तर अरूलाई मदत दिने सन्दर्भमा मानिसले गर्न सक्ने कुरा एकदमै सीमित छ। के तपाईंलाई पनि त्यस्तो लाग्दैन र? हामी एकदमै कमजोर छौं, हाम्रो आयु छोटो छ अनि भविष्यको कुरा हामीलाई थाह छैन। हामीभन्दा धेरै बुद्धिमान्‌, शक्‍तिशाली अनि अविनाशी व्यक्‍तिले मात्र हाम्रो आवश्‍यकता पूरा गर्न सक्छन्‌। त्यसोभए कस्ता आध्यात्मिक आवश्‍यकताले हामीलाई प्रार्थना गर्न झकझकाउँछ?

विचार गर्नुहोस्‌: के तपाईंले कहिल्यै डोऱ्‍याइ अनि बुद्धिको तीव्र इच्छा गर्नुभएको छ वा मानव समझले नभ्याउने प्रश्‍नहरूको जवाफ खोज्नुभएको छ? ठूलो चोट सहनुपर्दा सान्त्वना, कठिन निर्णय गर्नुपर्दा डोऱ्‍याइ वा दोषी भावनाले पिरोलिंदा क्षमाको खाँचो परेको के तपाईंले महसुस गर्नुभएको छ?

यस्तो अवस्थामा प्रार्थना गर्नुपर्ने ठोस कारण छ भनी बाइबल बताउँछ। प्रार्थनाको विषयमा बाइबल सबैभन्दा भरपर्दो किताब हो। यसमा थुप्रै विश्‍वासी पुरुष तथा स्त्रीका प्रार्थनाहरू पाइन्छन्‌। तिनीहरूले सान्त्वना, डोऱ्‍याइ, क्षमा र अत्यन्तै कठिन प्रश्‍नका जवाफ पाउन प्रार्थना गरे।—भजन २३:३; ७१:२१; दानियल ९:४, ५, १९; हबकूक १:३.

यी प्रार्थनाहरू फरक-फरक भए तापनि एउटा कुरामा भने समानता थियो। त्यो हो, प्रार्थना कसलाई गर्नुपर्छ भनेर तिनीहरूलाई थाह थियो। प्रार्थना अर्थपूर्ण बनाउन यो कुरा बुझ्नु आवश्‍यक छ। तर अहिलेका मानिसहरूले भने त्यो बुझेका छैनन्‌ र त्यति वास्ता पनि गर्दैनन्‌। ( w10 -E 10/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने