प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

नहेम्याह विषयवस्तु

      • नहेम्याहले गरेका अरू सुधारहरू (१-३१)

        • दशांश दिनुपर्ने (१०-१३)

        • विश्रामदिनलाई अपवित्र पार्न नपाइने (१५-२२)

        • विदेशी स्त्रीहरूसित विवाह गर्नेहरूको निन्दा (२३-२८)

नहेम्याह १३:१

मार्जिनल रेफरेन्स

  • +व्य ३१:११; नहे ८:२, ३; प्रे १५:२१
  • +उत्प १९:३६-३८
  • +व्य २३:३, ६

नहेम्याह १३:२

मार्जिनल रेफरेन्स

  • +गन २२:४-६
  • +गन २३:८; २४:१०

नहेम्याह १३:३

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:१०, ११; नहे ९:१, २

नहेम्याह १३:४

फुटनोट

  • *

    वा “भोजनकक्षहरूको।”

मार्जिनल रेफरेन्स

  • +नहे ३:१
  • +नहे १०:३७, ३८
  • +नहे २:१०

नहेम्याह १३:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +गन १८:२४
  • +व्य १८:३, ४
  • +नहे १२:४४

नहेम्याह १३:६

मार्जिनल रेफरेन्स

  • +एज्रा ७:१; नहे २:१
  • +नहे ५:१४

नहेम्याह १३:७

मार्जिनल रेफरेन्स

  • +नहे १२:१०
  • +नहे ४:७

नहेम्याह १३:९

मार्जिनल रेफरेन्स

  • +लेवी २:१४, १५
  • +नहे १०:३९

नहेम्याह १३:१०

मार्जिनल रेफरेन्स

  • +नहे १०:३७; १२:४७
  • +मला ३:८
  • +गन ३५:२

नहेम्याह १३:११

मार्जिनल रेफरेन्स

  • +एज्रा ९:२
  • +नहे १०:३९

नहेम्याह १३:१२

मार्जिनल रेफरेन्स

  • +लेवी २७:३०; गन १८:२१
  • +नहे १०:३८, ३९; मला ३:१०

नहेम्याह १३:१३

फुटनोट

  • *

    वा “शास्त्री।”

नहेम्याह १३:१४

मार्जिनल रेफरेन्स

  • +नहे ५:१९
  • +हिब्रू ६:१०

नहेम्याह १३:१५

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

  • *

    वा सम्भवतः “त्यसैले मैले त्यस दिन मानिसहरूलाई केही पनि किनबेच नगर्न चेतावनी दिएँ।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:१०; ३४:२१; ३५:२
  • +यर्मि १७:२१, २७

नहेम्याह १३:१६

मार्जिनल रेफरेन्स

  • +नहे १०:३१

नहेम्याह १३:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:८-१०

नहेम्याह १३:२२

मार्जिनल रेफरेन्स

  • +व्य ५:१२
  • +नहे ५:१९; १३:१४, ३०, ३१

नहेम्याह १३:२३

मार्जिनल रेफरेन्स

  • +यहो १३:२, ३
  • +व्य २३:३, ४
  • +एज्रा ९:१, २; १०:१०; २को ६:१४

नहेम्याह १३:२५

मार्जिनल रेफरेन्स

  • +व्य २५:२; एज्रा ७:२६
  • +व्य ७:३, ४; नहे १०:३०

नहेम्याह १३:२६

मार्जिनल रेफरेन्स

  • +१रा ३:१२, १३; २इ ९:२२
  • +२स १२:२४
  • +१रा ११:१-५

नहेम्याह १३:२७

मार्जिनल रेफरेन्स

  • +एज्रा १०:२

नहेम्याह १३:२८

मार्जिनल रेफरेन्स

  • +नहे ३:१; १३:४
  • +नहे १२:१०
  • +नहे २:१०; ६:१४

नहेम्याह १३:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:१५; गन २५:११-१३
  • +मला २:४

नहेम्याह १३:३०

मार्जिनल रेफरेन्स

  • +१इ २३:६; २५:१

नहेम्याह १३:३१

फुटनोट

  • *

    वा “मेरो भलो गर्नुहोस्‌।”

मार्जिनल रेफरेन्स

  • +नहे १०:३४
  • +नहे ५:१९

अरू

नहे. १३:१व्य ३१:११; नहे ८:२, ३; प्रे १५:२१
नहे. १३:१उत्प १९:३६-३८
नहे. १३:१व्य २३:३, ६
नहे. १३:२गन २२:४-६
नहे. १३:२गन २३:८; २४:१०
नहे. १३:३एज्रा १०:१०, ११; नहे ९:१, २
नहे. १३:४नहे ३:१
नहे. १३:४नहे १०:३७, ३८
नहे. १३:४नहे २:१०
नहे. १३:५गन १८:२४
नहे. १३:५व्य १८:३, ४
नहे. १३:५नहे १२:४४
नहे. १३:६एज्रा ७:१; नहे २:१
नहे. १३:६नहे ५:१४
नहे. १३:७नहे १२:१०
नहे. १३:७नहे ४:७
नहे. १३:९लेवी २:१४, १५
नहे. १३:९नहे १०:३९
नहे. १३:१०नहे १०:३७; १२:४७
नहे. १३:१०मला ३:८
नहे. १३:१०गन ३५:२
नहे. १३:११एज्रा ९:२
नहे. १३:११नहे १०:३९
नहे. १३:१२लेवी २७:३०; गन १८:२१
नहे. १३:१२नहे १०:३८, ३९; मला ३:१०
नहे. १३:१४नहे ५:१९
नहे. १३:१४हिब्रू ६:१०
नहे. १३:१५प्रस्थ २०:१०; ३४:२१; ३५:२
नहे. १३:१५यर्मि १७:२१, २७
नहे. १३:१६नहे १०:३१
नहे. १३:१८प्रस्थ २०:८-१०
नहे. १३:२२व्य ५:१२
नहे. १३:२२नहे ५:१९; १३:१४, ३०, ३१
नहे. १३:२३यहो १३:२, ३
नहे. १३:२३व्य २३:३, ४
नहे. १३:२३एज्रा ९:१, २; १०:१०; २को ६:१४
नहे. १३:२५व्य २५:२; एज्रा ७:२६
नहे. १३:२५व्य ७:३, ४; नहे १०:३०
नहे. १३:२६१रा ३:१२, १३; २इ ९:२२
नहे. १३:२६२स १२:२४
नहे. १३:२६१रा ११:१-५
नहे. १३:२७एज्रा १०:२
नहे. १३:२८नहे ३:१; १३:४
नहे. १३:२८नहे १२:१०
नहे. १३:२८नहे २:१०; ६:१४
नहे. १३:२९प्रस्थ ४०:१५; गन २५:११-१३
नहे. १३:२९मला २:४
नहे. १३:३०१इ २३:६; २५:१
नहे. १३:३१नहे १०:३४
नहे. १३:३१नहे ५:१९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहेम्याह १३:१-३१

नहेम्याह

१३ त्यो दिन मानिसहरूलाई मोसाको पुस्तक पढेर सुनाइयो+ अनि त्यसमा कुनै पनि अम्मोनी वा मोआबी+ कहिल्यै साँचो परमेश्‍वरको समुदायको भाग हुन पाउँदैन भनेर लेखिएको पाइयो।+ २ किनकि तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानी दिएका थिएनन्‌ बरु उल्टै इस्राएलीहरूलाई सराप्न बालामलाई घुस दिएका थिए।+ तर हाम्रा परमेश्‍वरले त्यस सरापलाई आशिष्‌मा परिवर्तन गरिदिनुभयो।+ ३ व्यवस्थामा लेखिएको कुरा सुन्‍नेबित्तिकै इस्राएलीहरूले सबै विदेशी र तिनीहरूबाट जन्मेका सन्तानलाई इस्राएलबाट अलग पारे।+

४ यसअघिको कुरा हो, पुजारी एलियासिबले+ हाम्रा परमेश्‍वरको भवनको भण्डारहरूको*+ रेखदेख गर्थे र तिनी तोबियाका+ नातेदार थिए। ५ तिनले तोबियालाई एउटा ठूलो भण्डार-कोठा दिएका थिए, जुन कोठामा पहिले-पहिले अन्‍नभेटी, सेतो धूप* र भाँडाकुँडा राखिन्थ्यो। अनि त्यहाँ लेवीहरू,+ गायकहरू अनि ढोकेहरूको लागि छुट्ट्याइएको अन्‍नको दशांश,* नयाँ मद्य, तेल+ अनि पुजारीहरूको निम्ति दिइएको दान पनि राख्ने गरिन्थ्यो।+

६ त्यसबेला म यरुसलेममा थिइनँ किनकि बेबिलोनका राजा आर्टजारसेजको शासनकालको+ ३२ औँ वर्षमा म राजाकहाँ गएको थिएँ।+ अनि केही समयपछि मैले यरुसलेम फर्कन राजासित छुट्टी मागेँ। ७ त्यसपछि म यरुसलेम आएँ अनि एलियासिबले+ साँचो परमेश्‍वरको भवनको चोकमा भएको एउटा भण्डार-कोठा तोबियालाई+ दिएका रहेछन्‌ भनेर थाह पाएँ। तिनको यस्तो घिनलाग्दो काम देखेर ८ मलाई एकदमै रिस उठ्‌यो। त्यसैले मैले भण्डार-कोठाबाट तोबियाको सम्पूर्ण सरसामान बाहिर फ्याँकिदिएँ। ९ त्यसपछि मेरो आदेशमा भण्डार-कोठाहरू सफा गरियो। अनि मैले त्यहाँ फेरि साँचो परमेश्‍वरको भवनका भाँडाकुँडा, अन्‍नभेटी र सेतो धूप+ राखेँ।+

१० लेवीहरूलाई उनीहरूको भाग+ दिइएको रहेनछ;+ त्यसैले लेवीहरू र गायकहरूले परमेश्‍वरको भवनमा सेवा गर्न छोडेर आ-आफ्नो खेतमा काम गर्न गएका रहेछन्‌ भनेर पनि मैले थाह पाएँ।+ ११ त्यसैले मैले उप-शासकहरूलाई यसो भनेर हप्काएँ:+ “साँचो परमेश्‍वरको भवनलाई किन यसरी बेवास्ता गरिएको छ?”+ त्यसपछि मैले लेवीहरूलाई एकसाथ भेला गरेँ र उनीहरूलाई फेरि आ-आफ्नो काममा खटाएँ। १२ अनि यहुदाका सबै मानिसले भण्डार-कोठाहरूमा अन्‍नको दशांश,+ नयाँ मद्य र तेल ल्याए।+ १३ त्यसपछि मैले पुजारी सेलेम्याह, प्रतिलिपिक* सादोक र लेवीहरूमध्ये एक पदायाहलाई भण्डार-कोठाहरूको रेखदेख गर्ने जिम्मा दिएँ। मत्तन्याहका नाति, जक्कुरका छोरा हानान उनीहरूका सहायक थिए। यिनीहरू सबै भरोसायोग्य थिए। यिनीहरूले आफ्ना दाजुभाइलाई उनीहरूको भाग बाँड्‌ने जिम्मा पाएका थिए।

१४ हे मेरा परमेश्‍वर, मेरो यो काम सम्झनुहोस्‌।+ तपाईँको भवनको लागि र त्यहाँ गरिने सेवाको लागि मैले देखाएको अटल प्रेम नबिर्सनुहोस्‌।+

१५ त्यतिबेला मैले यहुदाका मानिसहरूले विश्रामदिनमा* कोलमा दाख पेलिरहेको,+ अन्‍नको थुप्रो लगाइरहेको र त्यसलाई गधामाथि लादिरहेको देखेँ। साथै मानिसहरूले मद्य, अङ्‌गुर, अन्जिर र विभिन्‍न किसिमका मालसामान यरुसलेममा भित्र्याइरहेको पनि देखेँ।+ त्यसैले मैले मानिसहरूलाई विश्रामदिनमा केही पनि किनबेच नगर्न चेतावनी दिएँ।* १६ यरुसलेममा बसोबास गर्ने टायरका मानिसहरूले पनि विश्रामदिनमा माछा र विभिन्‍न मालसामान ल्याएर यरुसलेम र यहुदाका मानिसहरूलाई बेचिरहेका थिए।+ १७ त्यसैले मैले यहुदाका गण्यमान्य मानिसहरूलाई यसो भनेर हप्काएँ: “तपाईँहरूले यस्तो दुष्ट काम गरेर विश्रामदिनलाई अपवित्र तुल्याउँदै हुनुहुन्छ। १८ तपाईँहरूका पुर्खाले पनि यस्तै काम गरेकोले हाम्रा परमेश्‍वरले हामीमाथि र यस सहरमाथि यी सबै विपत्ति ल्याउनुभएको होइन र? अब तपाईँहरू पनि विश्रामदिनलाई अपवित्र पारेर इस्राएलविरुद्ध परमेश्‍वरको क्रोधलाई अझ दन्काउँदै हुनुहुन्छ।”+

१९ त्यसैले साँझ पर्नुअघि अर्थात्‌ विश्रामदिन सुरु हुनुअघि नै मैले यरुसलेमका मूलढोकाहरू बन्द गर्न र विश्रामदिन नसकुन्जेल ती नखोल्न आदेश दिएँ। अनि विश्रामदिनमा यरुसलेमभित्र कुनै पनि मालसामान नल्याइयोस्‌ भनेर मैले आफ्ना केही सहायकलाई मूलढोकाहरूमा तैनाथ गराएँ। २० त्यसैले व्यापारीहरू र विभिन्‍न मालसामान बेच्नेहरूले एक-दुई पटक यरुसलेमबाहिरै रात बिताए। २१ तब मैले तिनीहरूलाई यसो भनेर चेतावनी दिएँ: “तिमीहरू यहाँ के गर्दै छौ? तिमीहरूलाई फेरि पनि यसरी पर्खालको अगाडि रात बिताएको भेटेँ भने म तिमीहरूलाई यहाँबाट लघार्नेछु।” त्यस दिनदेखि तिनीहरू विश्रामदिनमा यरुसलेम आउन छोडे।

२२ मैले लेवीहरूलाई नियमित रूपमा आफूलाई शुद्ध पार्न अनि विश्रामदिनलाई पवित्र राख्नको लागि मूलढोकाहरूमा पहरा दिन आदेश दिएँ।+ हे मेरा परमेश्‍वर, मैले गरेको यस कामलाई पनि नबिर्सनुहोस्‌। तपाईँ अटल प्रेमको खानी हुनुहुन्छ; त्यसैले ममाथि दया गर्नुहोस्‌।+

२३ त्यस समयमा मैले के पनि थाह पाएँ भने केही यहुदीले अस्दोदी,+ अम्मोनी र मोआबी+ स्त्रीहरूसित विवाह गरेका रहेछन्‌।+ २४ तिनीहरूबाट जन्मिएका सन्तानमध्ये आधाले अस्दोदी र आधाले चाहिँ अरू जातिहरूका भाषा बोलिरहेका थिए। तर उनीहरूमध्ये कसैले पनि यहुदी भाषा बोल्न जान्दैनथ्यो। २५ त्यसैले मैले ती मानिसहरूलाई हप्काएँ, तिनीहरूमध्ये केहीलाई पिटेँ + अनि तिनीहरूको कपाल लुछेँ र तिनीहरूलाई यसो भनेँ: “परमेश्‍वरको नाममा यो कसम खाओ कि तिमीहरूले आफ्ना छोरीहरूको विवाह उनीहरूको छोराहरूसँग गराइदिनेछैनौ र तिमीहरूले पनि आफ्नो लागि वा आफ्ना छोराहरूको लागि उनीहरूका छोरीहरू ल्याउनेछैनौ।+ २६ के यही कारणले गर्दा इस्राएलका राजा सुलेमानले पनि पाप गरेका थिएनन्‌ र? तिनीजस्तो राजा अरू कुनै राष्ट्रमा थिएन+ अनि तिनका परमेश्‍वरले तिनलाई माया गर्नुहुन्थ्यो।+ त्यसैले परमेश्‍वरले तिनलाई पूरै इस्राएलको राजा बनाउनुभयो। तर तिनले समेत आफ्ना विदेशी पत्नीहरूको लहलहैमा लागेर पाप गरे।+ २७ अब तिमीहरू पनि विदेशी स्त्रीहरूसित विवाह गरेर घोर दुष्ट काम गर्दै छौ र हाम्रा परमेश्‍वरसित विश्‍वासघात गर्दै छौ।+ कस्तो पत्याउनै नसकिने कुरा!”

२८ प्रधानपुजारी एलियासिबका+ छोरा योयादाका+ एक जना छोराले होरोनी सन्बलतकी+ छोरीसित विवाह गरेका थिए। त्यसैले मैले तिनलाई मेरो नजरबाट धपाइदिएँ।

२९ हे मेरा परमेश्‍वर, ती मानिसहरूलाई नबिर्सनुहोस्‌ किनकि तिनीहरूले पुजारी पदलाई अपवित्र पारेका छन्‌ अनि पुजारीहरू+ र लेवीहरूसित गरिएको करार+ भङ्‌ग गरेका छन्‌।

३० त्यसपछि मैले तिनीहरूलाई विदेशीहरूको हरेक खराब असरदेखि अलग गरेर शुद्ध पारेँ अनि पुजारीहरू र लेवीहरूलाई तिनीहरूको आ-आफ्नै सेवामा फेरि नियुक्‍त गरेँ।+ ३१ अनि मैले परमेश्‍वरको भवनमा ठहराइएका समयहरूमा दाउरा ल्याउने+ र उब्जनीको पहिलो फल ल्याउने बन्दोबस्त मिलाएँ।

हे मेरा परमेश्‍वर, मलाई नबिर्सनुहोस्‌ र ममाथि कृपा देखाउनुहोस्‌।*+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने