प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ “हारुन र तिनका छोराहरूले पुजारीको रूपमा मेरो सेवा गर्नुअघि तिनीहरूलाई यसरी चोख्याउनू: एउटा बहर र दुई वटा निष्खोट थुमा ल्याउनू।+ २ साथै अखमिरा* रोटी, तेलमा मुछेर पकाइएको सेल आकारको अखमिरा रोटी र तेल दलेको अखमिरा पापडी ल्याउनू।+ तिमीले यी सबै रोटी गहुँको मसिनो पीठोले बनाउनू।

  • प्रस्थान २९:४०, ४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्‌नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू। ४१ दोस्रो पाठोचाहिँ साँझ चढाउनू र बिहानजस्तै अन्‍नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ।

  • प्रस्थान ३०:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० हारुन+ र तिनका छोराहरूलाई+ पुजारीको काम गर्न अभिषेक गर्नू र चोख्याउनू।+

  • लेवी २:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “‘यदि कसैले यहोवा परमेश्‍वरको निम्ति अन्‍नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्‌। उसले त्यसमा तेल खन्याओस्‌ र त्यसमाथि सेतो धूप* छर्कोस्‌।+

  • लेवी ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि उनले अन्‍नभेटी ल्याए+ र त्यसबाट एक मुठी अन्‍नभेटी निकालेर त्यसलाई बिहान अग्निभेटी चढाएकै वेदीमा जलाए।+

  • गन्ती २८:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझमा।*+ ५ प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग* मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्‍नभेटी पनि चढाउनू।+

  • हिब्रू ५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मानिसहरूमध्येबाट छानिएका हरेक प्रधानपुजारी मानिसहरूको तर्फबाट परमेश्‍वरको सेवा गर्न नियुक्‍त भएका हुन्छन्‌+ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने