-
लेवी १६:२९-३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ “तिमीहरूले यो नियम सधैँ पालन गर्नू: चाहे स्वदेशी होस् वा तिमीहरूमाझ बसोबास गरिरहेका विदेशी, सातौँ महिनाको दसौँ दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू* र त्यो दिन कसैले कुनै काम नगर्नू।+ ३० त्यो दिन तिमीहरूको निम्ति प्रायश्चित गरिनेछ+ र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरू यहोवा परमेश्वरसामु सबै पापबाट शुद्ध हुनेछौ।+ ३१ यो तिमीहरूको लागि विश्रामदिन* हो, पूरै आराम गर्ने दिन। त्यो दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू।+ तिमीहरूले यो नियम सधैँ पालन गर्नू।
-