प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २३:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात्‌ आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+

  • गन्ती २९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “‘सातौँ महिनाको १५ औँ दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कुनै गाह्रो काम नगर्नू। सात दिनसम्म तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति एउटा चाड मनाउनू।+

  • व्यवस्था १६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ “तिमीहरूले आफ्नो खलाबाट अन्‍न अनि कोलबाट दाखमद्य र तेल जम्मा गरिसकेपछि सात दिनसम्म झुप्रोबासको चाड* मनाउनू।+

  • एज्रा ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि तिनीहरूले व्यवस्थामा लेखिएबमोजिमै झुप्रोबासको चाड* मनाए।+ चाडको दौडान तिनीहरूले हरेक दिनको लागि जति सङ्‌ख्या तोकिएको थियो, त्यति नै अग्निभेटी चढाए।+

  • नहेम्याह ८:१४-१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ सातौँ महिनामा मनाइने चाडको बेला झुप्रोहरूमा बस्नू भनी यहोवा परमेश्‍वरले मोसाको व्यवस्थामा इस्राएलीहरूलाई आज्ञा दिनुभएको रहेछ भनेर तिनीहरूले थाह पाए।+ १५ साथै तिनीहरूले सबै सहरमा अनि सारा यरुसलेममा यस्तो घोषणा+ गर्नुपर्ने रहेछ भनेर पनि बुझे: “पहाडी इलाकामा जाओ अनि जैतुनको रूख, सल्लाको रूख, मेहदीको बोट, खजुरको बोट र अन्य रूखहरूको पातैपात भएका हाँगाहरू ल्याओ। अनि व्यवस्थामा लेखिएअनुसारै ती हाँगाहरूबाट झुप्रो बनाओ।”

      १६ त्यसकारण मानिसहरू गएर पातैपात भएका हाँगाहरू ल्याए र त्यसबाट आफ्नो निम्ति झुप्रो बनाए। तिनीहरूले आफ्नो घरको छतमा र आँगनहरूमा ती झुप्रोहरू बनाए। तिनीहरूले साँचो परमेश्‍वरको भवनका चोकहरूमा+ अनि पानी-ढोकाको+ र एप्रैम-ढोकाको चोकमा+ पनि झुप्रोहरू बनाए। १७ यसरी निर्वासनबाट फर्केर आएका मानिसहरूको पूरै समुदायले झुप्रोहरू बनायो र त्यहीँ बस्न थाल्यो। नुनका छोरा यहोसुको समयदेखि यता इस्राएलीहरूले यस्तो तरिकामा झुप्रोबासको चाड* मनाएका थिएनन्‌।+ त्यसैले तिनीहरूले ठूलो रमाहटका साथ त्यो चाड मनाए।+ १८ चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्मै तिनीहरूलाई हरेक दिन साँचो परमेश्‍वरको व्यवस्था पढेर सुनाइयो।+ व्यवस्थामा लेखिएअनुसारै तिनीहरूले सात दिनसम्म झुप्रोबासको चाड मनाए र आठौँ दिनमा पवित्र सभा राखे।+

  • युहन्‍ना ७:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ यहुदीहरूले मनाउने झुप्रोबासको चाड*+ नजिकै थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने