-
लेवी २३:३४-३६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ “इस्राएलीहरूलाई यसो भन्नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+ ३५ पहिलो दिन पवित्र सभा राख्नू र यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू। ३६ सात दिनसम्म तिमीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। आठौँ दिन तिमीहरूले पवित्र सभा राख्नू+ र यहोवा परमेश्वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। यो उपासना गर्नको लागि भेला हुने विशेष दिन हो। यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू।
-
-
व्यवस्था १६:१३-१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “तिमीहरूले आफ्नो खलाबाट अन्न अनि कोलबाट दाखमद्य र तेल जम्मा गरिसकेपछि सात दिनसम्म झुप्रोबासको चाड* मनाउनू।+ १४ तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी, विदेशी, अनाथ र विधवासँगै यस चाडको बेला खुसीयाली मनाउनू।+ १५ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+
-
-
नहेम्याह ८:१४-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ सातौँ महिनामा मनाइने चाडको बेला झुप्रोहरूमा बस्नू भनी यहोवा परमेश्वरले मोसाको व्यवस्थामा इस्राएलीहरूलाई आज्ञा दिनुभएको रहेछ भनेर तिनीहरूले थाह पाए।+ १५ साथै तिनीहरूले सबै सहरमा अनि सारा यरुसलेममा यस्तो घोषणा+ गर्नुपर्ने रहेछ भनेर पनि बुझे: “पहाडी इलाकामा जाओ अनि जैतुनको रूख, सल्लाको रूख, मेहदीको बोट, खजुरको बोट र अन्य रूखहरूको पातैपात भएका हाँगाहरू ल्याओ। अनि व्यवस्थामा लेखिएअनुसारै ती हाँगाहरूबाट झुप्रो बनाओ।”
१६ त्यसकारण मानिसहरू गएर पातैपात भएका हाँगाहरू ल्याए र त्यसबाट आफ्नो निम्ति झुप्रो बनाए। तिनीहरूले आफ्नो घरको छतमा र आँगनहरूमा ती झुप्रोहरू बनाए। तिनीहरूले साँचो परमेश्वरको भवनका चोकहरूमा+ अनि पानी-ढोकाको+ र एप्रैम-ढोकाको चोकमा+ पनि झुप्रोहरू बनाए। १७ यसरी निर्वासनबाट फर्केर आएका मानिसहरूको पूरै समुदायले झुप्रोहरू बनायो र त्यहीँ बस्न थाल्यो। नुनका छोरा यहोसुको समयदेखि यता इस्राएलीहरूले यस्तो तरिकामा झुप्रोबासको चाड* मनाएका थिएनन्।+ त्यसैले तिनीहरूले ठूलो रमाहटका साथ त्यो चाड मनाए।+ १८ चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्मै तिनीहरूलाई हरेक दिन साँचो परमेश्वरको व्यवस्था पढेर सुनाइयो।+ व्यवस्थामा लेखिएअनुसारै तिनीहरूले सात दिनसम्म झुप्रोबासको चाड मनाए र आठौँ दिनमा पवित्र सभा राखे।+
-