-
व्यवस्था ८:७-९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई असल देशमा लैजाँदै हुनुहुन्छ,+ जहाँ पहाड र बेँसी हुँदो खोलानाला बग्छ र पानीको मूल पनि प्रशस्तै छ, ८ जहाँ गहुँ, जौ, अङ्गुरको बगान, अन्जिरका रूखहरू अनि अनारका बोटहरू छन्+ अनि जुन देश जैतुनको तेल र महले भरिएको छ।+ ९ तिमीहरूलाई त्यहाँ खानेकुराको कमी हुनेछैन र केही कुराको अभाव हुनेछैन। त्यहाँका ढुङ्गाहरूमा तिमीहरूले फलाम भेट्टाउनेछौ र पहाडहरूबाट तामा निकाल्नेछौ।
-
-
यर्मिया १४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ जातिजातिका व्यर्थका मूर्तिहरूले झरी बर्साउन सक्छन् र?
अथवा के आकाश आफैले पानी बर्साउन सक्छ र?
हे यहोवा, हाम्रा परमेश्वर! त्यसो गर्न सक्ने त तपाईँ मात्र हुनुहुन्छ।+
हामी तपाईँमै भर पर्छौँ
किनकि यी सब गर्ने तपाईँ नै हुनुहुन्छ।
-