-
गन्ती १८:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ इस्राएलका मानिसहरूले यहोवालाई दशांशस्वरूप चढाएका भेटीहरू मैले लेवीहरूलाई अंशस्वरूप दिएको छु। त्यसैले ‘इस्राएलीहरूबीच तिनीहरूले कुनै पैतृक सम्पत्ति पाउनेछैनन्’+ भनेर मैले तिनीहरूलाई भनेको छु।”
-
-
व्यवस्था १०:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले लेविको कुललाई तिनीहरूका दाजुभाइलाई जस्तो कुनै पैतृक सम्पत्ति वा अंश दिइएको छैन। यहोवा तिमीहरूका परमेश्वरले तिनीहरूलाई भन्नुभएझैँ यहोवा परमेश्वर नै तिनीहरूको अंश हुनुहुन्छ।+
-
-
व्यवस्था १४:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ “तिमीहरूले प्रत्येक तीन वर्षको अन्तमा तेस्रो वर्षको उब्जनीको सबै दशांश आफ्नै सहरमा जम्मा गर्नू।+ २९ सहरमा कुनै पैतृक सम्पत्ति वा अंश नपाएका लेवीहरूले अनि विदेशीहरू, अनाथहरू* र विधवाहरूले ती खाऊन् र सन्तुष्ट होऊन्।+ यसो गऱ्यौ भने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूको हरेक काममा आशिष् दिनुहुनेछ।+
-