-
२ इतिहास १:३-६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि सुलेमान र सारा समुदाय गिबोनमा भएको अग्लो थानमा* गए।+ किनकि साँचो परमेश्वरको भेट हुने पाल त्यहीँ थियो, जुन पाल यहोवा परमेश्वरका सेवक मोसाले निर्जनभूमिमा बनाएका थिए। ४ तर दाउदले साँचो परमेश्वरको सन्दुक* किर्यथ-येरिमबाट+ आफूले त्यसको निम्ति तयार पारेको ठाउँमा ल्याएका थिए। तिनले त्यसको निम्ति यरुसलेममा एउटा पाल टाँगेका थिए।+ ५ हुरका नाति उरिका छोरा बजलेलले+ बनाएको तामाको वेदी+ यहोवा परमेश्वरको वासस्थानअगाडि* राखिएको थियो। सुलेमान र सारा समुदायले त्यस वेदीसामु प्रार्थना गर्थे।* ६ तब सुलेमानले त्यहाँ यहोवा परमेश्वरसामु भेटी चढाए। तिनले भेट हुने पालसँगै भएको तामाको वेदीमा+ १ हजार पशु अग्निभेटीस्वरूप* चढाए।
-