प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:१३-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ अनि कल्दियालीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्‌कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १५ पहरेदारहरूका कप्तानले निखुर सुन+ र निखुर चाँदीका+ सलेदोदानीहरू* र कचौराहरू पनि लगे।

  • २ इतिहास ३६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ उनले यहोवा परमेश्‍वरको भवनमा भएका केही भाँडाकुँडा बेबिलोन लगे अनि ती भाँडाकुँडाहरू आफ्नो महलमा राखे।+

  • २ इतिहास ३६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ उनले साँचो परमेश्‍वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्‍वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+

  • दानिएल १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्‌नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्‍वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+

  • दानिएल ५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ मद्यको नशा चढेपछि बेलसजरले आफ्ना बुबा नबुकद्‌नेजरले यरुसलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँडाकुँडा ल्याउने आदेश दिए।+ आफू, आफ्ना भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले ती भाँडाकुँडामा मद्य पिऊन्‌ भनेर तिनले त्यो आदेश दिएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने