प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्‍तिहरूको+ पछि लागेर वेश्‍यावृत्ति गऱ्‍यो* भने म उसलाई त्यसै छोड्‌नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+

  • व्यवस्था १८:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+ ११ टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित+ वा भावी बताउने व्यक्‍तिसित+ सल्लाह लिने अथवा मसान जगाउने।+

  • भजन १४६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ त्यसको सास* निस्किन्छ र त्यो माटैमा फर्किन्छ+

      अनि त्यही दिन त्यसका विचारहरू बिलाइजान्छन्‌।+

  • उपदेशक ९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ+ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन+ न त तिनीहरूले केही प्राप्त गर्न नै सक्छन्‌। किनकि तिनीहरू जिउँदाहरूको सम्झनाबाट बिलाएर जान्छन्‌।+

  • उपदेशक ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा,* जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न न केही सोच्न नै सक्नेछौ अनि तिमीसित न ज्ञान न बुद्धि नै हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने