प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछ

      र जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।

      तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌

      र भाला पिटेर हँसिया बनाउनेछन्‌।+

      एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन

      र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+

  • यसैया ३५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यहाँ एउटै सिंह हुनेछैन,

      कुनै पनि हिंस्रक जनावरले त्यहाँ पाइला टेक्नेछैन।

      ती त्यहाँ पाइनेछैनन्‌।+

      ज-जसलाई मोल तिरेर छुटाइएको छ, तिनीहरू मात्र त्यहाँ हिँड्‌नेछन्‌।+

  • यसैया ५१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ यहोवाले सियोनलाई सान्त्वना दिनुहुनेछ+

      अनि तहसनहस भएका त्यसका सबै ठाउँलाई फेरि बसाल्नुहुनेछ।*+

      त्यसका निर्जन ठाउँहरूलाई उहाँले अदनजस्तै बनाउनुहुनेछ+

      अनि त्यसका मरुभूमिहरूलाई यहोवाको बगैँचाजस्तै बनाउनुहुनेछ।+

      त्यहाँ खुसी र रमाहटको स्वर गुञ्जनेछ।

      त्यस सहरले सुमधुर गीत गाउनेछ र धन्यवाद चढाउनेछ।+

  • यसैया ५६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+

      अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्‌।

      तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।

      अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+

  • यसैया ६०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,

      तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+

      तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।

  • यसैया ६५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्‌,

      सिंहले गोरुले जस्तै पराल खानेछ,+

      सर्पको आहारा धुलो हुनेछ।

      तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्‍याउने कुनै काम गर्नेछैनन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

  • मिका ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तिनीहरू प्रत्येक आ-आफ्नो अङ्‌गुरको बोट र आ-आफ्नो अन्जिरको बोटमुनि बस्नेछन्‌+

      अनि कसैले पनि तिनीहरूलाई तर्साउनेछैन+

      किनकि यी सबै कुरा सेनाहरूका यहोवाले नै भन्‍नुभएको हो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने