प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १८:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+

  • २ इतिहास ३२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ हिजकियाहले परमेश्‍वरप्रति विश्‍वासयोग्य भएर यी सबै काम गरिसकेपछि+ अस्सेरियाका राजा सनहेरिब यहुदालाई आक्रमण गर्न आए। उनले पर्खालले घेरिएका सहरहरूमा घेराबन्दी गरे। किनकि उनी ती सहरहरूमा घुसेर त्यसलाई कब्जा गर्न चाहन्थे।+

  • यसैया ८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ त्यसैले हेर, म यहोवाले तिनीहरूविरुद्ध

      अस्सेरियाका राजा+ र तिनका सबै सेनालाई पठाउनेछु।

      तिनी उर्लेर आउने युफ्रेटिस नदीको भेलजस्तै छन्‌।

      जसरी नदी उर्लेर आउँदा सबै नाला भरिन्छन्‌

      र पानी किनार बाहिरसम्म पुग्छ, त्यसरी नै तिनी आउनेछन्‌।

       ८ अनि यहुदालाई स्वात्तै बगाएर लैजानेछन्‌।

      तिनले यहुदामा बाढी ल्याउनेछन्‌ र यहुदाको गर्दनसम्मै पुग्नेगरि पानीको भल ल्याउनेछन्‌।+

      हे इम्मानुएल,*+

      तिनले आफ्नो पखेटा फिँजाउँदा तिम्रो देश वारिदेखि पारिसम्मै ढाकिनेछ।”

  • यसैया १०:२८-३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अस्सेरियालीहरू ऐयाथमा+ आएका छन्‌।

      तिनीहरू मिग्रोन भएर आएका छन्‌।

      मिक्मासमा+ तिनीहरूले आफ्नो सरसामान छोडेका छन्‌।

      २९ तिनीहरूले जँघार* तरेका छन्‌

      र गेबामा+ रात काटेका छन्‌।

      रामा थरथर काँपिरहेको छ, साउलको सहर गिबाह+ भागेर गएको छ।+

      ३० ए गाल्लिमकी छोरी, चिच्याऊ! डाँको छोडेर रोऊ!

      ए लाइसाह, ध्यान देऊ!

      ए अनातोत,+ धुरुधुरु रोऊ!

      ३१ मदमेनाह भागेको छ।

      गेबिमका बासिन्दाहरूले लुक्ने ठाउँ खोजेका छन्‌।

      ३२ आजकै दिन त्यो नोबमा+ रोकिनेछ।

      त्यसले सियोनकी छोरीको* डाँडालाई,

      यरुसलेमको डाँडालाई मुड्‌की ताकेर धम्काउनेछ।

  • यसैया ३३:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ राजमार्ग सुनसान भएको छ;

      बाटोमा हिँड्‌नेहरू कोही छैन।

      उसले* करार भङ्‌ग गरेको छ,

      सहरहरूलाई तुच्छ ठानेको छ,

      उसले मानिसलाई कुनै मोलको ठान्दैन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने