-
२ राजा २०:१६-१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ तब यसैयाले हिजकियाहलाई यसो भने: “यहोवा परमेश्वरको वचन सुन्नुहोस्।+ १७ यहोवा परमेश्वर भन्नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोन लगिनेछ।+ केही बाँकी छोडिनेछैन। १८ अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ+ र तिनीहरू बेबिलोनका राजाको दरबारका अफिसर हुनेछन्।’”+
-
-
२ राजा २४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्नेजर त्यहाँ आए।
-
-
२ इतिहास ३६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उनले साँचो परमेश्वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+
-
-
दानिएल १:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+
-