प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ८/१ पृ. ६-८
  • असमानताको पीडालाई नियन्त्रणमा राख्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असमानताको पीडालाई नियन्त्रणमा राख्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आफूसित जे छ, त्यसको पूर्ण सदुपयोग गर्नुहोस्‌!
  • भाइहरूबीच समानता
  • असमानता—के परमेश्‍वरले चाहनुभएको हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • असमानताले ल्याएको सर्वव्यापी पीडा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • जातीय समानता सपना मात्रै हो?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • के ईश्‍वरको राज्यले आर्थिक समस्याहरू समाधान गर्ला?
    थप लेखहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ८/१ पृ. ६-८

असमानताको पीडालाई नियन्त्रणमा राख्ने

मानिसहरूले उत्कट चाहना गरेको समानता सृष्टिकर्ताले चाँडै ल्याउनुहुनेछ। त्यतिञ्जेल आफू र आफ्नो परिवारलाई असर गर्ने असमानताको पीडालाई नियन्त्रणमा राख्न केही कदम चाल्नसक्छौं। दक्षिण अफ्रिकाको भूतपूर्व राष्ट्रपति नेल्सन मन्डेलाले यस्तो टिप्पणी गरे, “हामी एकअर्काभन्दा भिन्‍न हुनुको कारण, हामीलाई के दिइएको छ त्यो होइन तर आफूसित भएको कुरा कसरी प्रयोग गर्छौं, त्यो  हो।”

इतिहासले तिनका शब्दहरूको पुष्टि गर्छ। थुप्रै यस्ता पुरुष अनि स्त्रीहरू छन्‌ जसले जन्मँदा खासै केही क्षमता पाएका थिएनन्‌ तर आफूसित भएको कुरा सदुपयोग गरेर निकै सफलता हासिल गरेका छन्‌ र अत्यन्तै निपुण सहमानवहरूभन्दा माथि पुग्न सकेका छन्‌। अर्कोतिर, जन्मँदा नै विशेष खुबी पाएका व्यक्‍तिहरूले भने त्यसको परवाह नगरेर पूर्ण सदुपयोग गरेका छैनन्‌।

आफूसित जे छ, त्यसको पूर्ण सदुपयोग गर्नुहोस्‌!

यहोवाका साक्षीहरू बाइबल अध्ययनद्वारा मानिसहरूलाई परमेश्‍वरको उद्देश्‍यबारे ज्ञान हासिल गर्ने मदत दिन एकदमै उत्सुक छन्‌। तथापि, बाइबलको जानकारीबाट पूर्ण लाभ उठाउन मानिसहरू लेखपढ गर्न जान्‍ने हुनुपर्छ भनी तिनीहरूले बुझेका छन्‌। त्यसैकारण, यहोवाका साक्षीहरूले हजारौं मानिसहरूलाई लेखपढ गर्न सिकाएका छन्‌ र एउटा पश्‍चिम अफ्रिकी मुलुकलाई मात्र हेर्ने हो भने, त्यहाँ २३,००० (१९९० दशकको बीचतिरको गणनाअनुसार) मानिसहरूले लेखपढ गर्न सिके। यहोवाका साक्षीहरूले पुऱ्‍याएको उल्लेखनीय सामाजिक सेवाबारे सान फ्रान्सिस्को एक्जामिनर-ले यस्तो टिप्पणी गऱ्‍यो: “आदर्श नागरिकहरू भनेको तिनीहरू नै हुन्‌। तिनीहरू सधैं कर तिर्छन्‌, बिरामीहरूको हेरचाह गर्छन्‌, अनि निरक्षरता हटाउन हर प्रयास गर्छन्‌।”

साथै, जनवक्‍ता हुने क्रमिक प्रशिक्षणद्वारा यहोवाका साक्षीहरूले लाखौंलाई निपुण वक्‍ताहरू हुने प्रशिक्षण दिएका छन्‌ र फलस्वरूप तिनीहरू फरर्र बोल्न सक्ने जनवक्‍ताहरू भएका छन्‌। यीमध्ये कतिपय पहिले राम्ररी बोल्न सक्दैनथे। उदाहरणका लागि, दक्षिण अफ्रिकाका यस मानिसलाई लिनुहोस्‌: “म एकदमै भकभके भएकोले अरूसित बोल्नै हिचकिचाउँथें र मेरोलागि अरूलाई बोल्न लगाउँथें। . . . ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा सानो समूहको अगाडि बाइबल पढाइ गर्नुपर्दा . . . म यति बिघ्न अकमकाएँ कि तोकिएको समयभित्र आफ्नो भाषण पूरा गर्नै सकिनँ। सभापछि [निरीक्षकले] मलाई मायालु ढंगमा व्यवहारिक सल्लाह दिनुभयो। उहाँले मलाई ठूलो स्वरले पढ्‌ने बानी बसाल्ने सुझाउ दिनुभयो। मैले त्यसै गरें अनि हरेक दिन बाइबल र प्रहरीधरहरा पत्रिका पढ्‌न समय निकालें।” यस व्यक्‍तिले एकदमै राम्रो प्रगति गरे। अहिले सयौं त के कुरा, हजारौं मानिसहरूको अगाडि जनभाषण दिन सक्ने भएका छन्‌।

भाइहरूबीच समानता

यहोवाका साक्षीहरूको पनि शैक्षिक, स्वास्थ्य, आर्थिक र सामाजिक अवस्था बेग्लाबेग्लै छन्‌। यी भिन्‍नताहरू वर्तमान असिद्ध संसारको केवल सानो झझल्को मात्र हो। तर अन्य धर्म सम्प्रदायहरूको तुलनामा तिनीहरूले आफ्नो माझबाट जातीय, सामाजिक र आर्थिक पूर्वाग्रह लगभग पूर्णतया हटाउन सकेका छन्‌।

तिनीहरूले यसो गर्नसक्नुको प्रमुख कारण, बाइबलबाट सिकेका कुराहरू व्यवहारमा उतारेकाले हो। तिनीहरू यस्ता बाइबल सिद्धान्तहरू आफ्नो सारा हृदयले अँगाल्छन्‌: “परमप्रभुले मानिसले झैं हेर्दैनन्‌। मानिसले रूप हेरिकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्‌।” (१ शमूएल १६:७) “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) “कसैलाई खराबको बदला खराब नगर। जुन कुराहरू सबै मानिसहरूको सामने आदरणीय छ, त्यसमा ध्यान देओ। हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।”—रोमी १२:१७, १८; अनि १ तिमोथी ६:१७-१९: याकूब २:५, ९ पनि हेर्नुहोस्‌।

आफ्नो माझमा एकता बढाउन यहोवाका साक्षीहरू यी बाइबल सिद्धान्तहरू पालन गर्छन्‌ अनि जातीय, सामाजिक वा आर्थिक भिन्‍नताको आधारमा कुनै भेदभाव गर्दैनन्‌। उदाहरणका लागि, मसीही मण्डलीमा सेवाका थप सुअवसरहरू पाउने कुरामा यस्ता भिन्‍नताहरूले कुनै फरक पार्दैन। सिकाउने र हेरचाह गर्ने जस्ता जिम्मेवारीहरू पूर्णतया आध्यात्मिक योग्यताहरूको आधारमा प्रदान गरिन्छ।—१ तिमोथी ३:१-१३; तीतस १:५-९.

पक्षपातले व्याप्त संसारमा असमानताको सिकार भएका व्यक्‍तिहरूले सृष्टिकर्ताको सामु भाइ बहिनीको हैसियतमा समान व्यवहार गरिएको पाउनु कत्ति स्फूर्तिदायी कुरा हो! मार्टिना यो कुराको पुष्टि दिन्छिन्‌। बुबाले परिवार छोडेर हिंडेपछि उनी गरिब, एकल परिवारमा हुर्किन्‌। उसलाई प्रायजसो समाजबाट बहिष्कृत व्यक्‍तिलाई जस्तो व्यवहार गरिन्थ्यो, उसित आत्मविश्‍वास भन्‍ने कुरा पटक्कै थिएन र अरू मानिसहरूसित मिलिजुली बस्न गाह्रो लाग्थ्यो। फलत: उनको मनमा अर्काको के मतलब भन्‍ने भावना पलायो। तर बाइबल अध्ययन गरेर यहोवाको साक्षी बनेपछि भने कुरा अर्कै भयो। उनी भन्छिन्‌: “अहिले पनि बेला बेलामा नकारात्मक सोचाइहरू मनमा आउँछ तर त्यसलाई हटाउन निकै सक्षम भएकी छु। मेरो आत्म-सम्मान र आत्मविश्‍वास बढेको छ। सच्चाइले मलाई जिम्मेवारीको भाव दिएको छ। यहोवाले मलाई माया गर्नुहुन्छ र बाँच्न लायकको जीवन पाएकी छु भनेर अहिले मलाई थाह छ।”

मसीहीहरूको अन्तरराष्ट्रिय समूहको हैसियतमा २३० भन्दा बढी मुलुकमा यहोवाका साक्षीहरूले आनन्द उठाइरहेको समानता साँच्चै अनुपम छ। के कुनै धार्मिक संगठनले त्यस्तो एकताको दाबी गर्नसक्छ र? अनि के त्यस्तो दाबीलाई तथ्यहरूले समर्थन गर्छ र?

यहोवाका साक्षीहरूले व्यवहारिक दृष्टिकोण राख्छन्‌ भन्‍ने कुरामा कुनै शंका छैन। असिद्ध वातावरणमा जीवन बिताउनु परेको हुँदा मानव असमानता हटाउन शताब्दीयौंदेखि प्रयास गरे तापनि असफल भएका अरू थुप्रै मानिसहरूले जस्तो साक्षीहरू पनि आफ्नो सीमिततालाई स्वीकार्छन्‌। जे होस्‌, तिनीहरूले आफ्नो माझमा असमानताको तीतो वास्तविकता हटाउन निकै हदसम्म सफल भएकोमा आनन्दित छन्‌। अनि परमेश्‍वरको प्रतिज्ञामा बलियो विश्‍वास राख्दै असमानता सदाको लागि हटाइने धार्मिकताको नयाँ संसारको बाटो हेर्छन्‌।

हो, सबै आज्ञाकारी मानिसहरूले सृष्टिकर्ताले सुरुमै चाहनुभएअनुसारको समान “मर्यादा र अधिकार” पाउनेछन्‌। कस्तो उत्तम विचार! अनि यो पक्कै वास्तविकतामा परिणत हुनेछ!

[पृष्ठ ७-मा भएको चित्र]

यहोवाका साक्षीहरूले हजारौं मानिसहरूलाई लेखपढ गर्न सिकाएर निरक्षरता हटाउने प्रयास गर्छन्‌

[पृष्ठ ८-मा भएको चित्र]

बाइबल सच्चाइले जातीय, सामाजिक र आर्थिक पूर्वाग्रह हटाउन मदत गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने