प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 मे पृ. २
  • सेवा सभाको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवा सभाको तालिका
  • हाम्रो राज्य सेवकाई—२०००
  • उपशीर्षकहरू
  • मे ८ मा सुरु हुने हप्ता
  • गीत २०१ र समापन प्रार्थना।
  • मे २२ मा सुरु हुने हप्ता
  • मे २९ मा सुरु हुने हप्ता
  • जून ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०००
km00 मे पृ. २

सेवा सभाको तालिका

मे ८ मा सुरु हुने हप्ता

गीत १२५

८ मि: स्थानीय घोषणाहरू र हाम्रो राज्य सेवकाई-बाट छानिएका घोषणाहरू।

१७ मि: मे महिनामा आत्मामा जोसिलो हुनुहोस्‌। सेवा निरीक्षकद्वारा भाषण तथा अन्तरवार्ता। अप्रिलमा सेवाका लागि मण्डलीले गरेको प्रयासहरूबारे संक्षिप्तमा बताउनुहोस्‌। यस गतिविधिमा बढी भाग लिने अर्थात्‌ सहायक अग्रगामीको काम गर्ने दुई प्रकाशकसित अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले के कस्ता आशिष्‌हरू अनुभव गरे? आफ्नो मण्डलीको यो जोसिलो क्रियाकलाप के मे महिनामा पनि दोहोरिनेछ? सबैलाई सेवकाईका विभिन्‍न तरिकामा भाग लिन प्रोत्साहित गर्नुहोस्‌। जवान प्रकाशकहरूलाई क्षेत्रका गतिविधिहरूमा अझ बढी उन्‍नति गर्न यस महिना आफ्नो छुट्टीहरूको पूरा सदुपयोग गर्न उत्साहित गर्नुहोस्‌। यस महिना हामी आफ्नो मण्डलीको अनियमितता हटाउन सक्छौं कि? अनियमित प्रकाशकहरूलाई मदत गर्न गरिएको प्रबन्धहरूबारे बताउनुहोस्‌। के स्मरणार्थमा उपस्थित हुनेहरू सबैको चासो फेरी जगाइनेछ? तिनीहरूको आध्यात्मिक भलाइप्रति चासो देखाएर बाइबल अध्ययनको लागि प्रस्ताव राख्नुहोस्‌। भाइहरूले देखाएका जोस अनि उत्साहको प्रशंसा गर्नुहोस्‌।

२० मि: यहोवाका साक्षीहरूको “परमेश्‍वरको वचन पालन गर्ने होओ” जिल्ला अधिवेशन। सचिवले प्रश्‍नोत्तरद्वारा यस परिशिष्ट सञ्चालन गर्नेछन्‌। उल्लिखित शास्त्रपदहरू प्रयोग गर्दै हामी सबैले सोसाइटीको निर्देशन राम्ररी पालन गर्नु किन आवश्‍यक छ, देखाउनुहोस्‌। शुक्रबारलगायत हरेक दिन अधिवेशनमा उपस्थित हुन सबैले पहिल्यै बिदा मिलाउनुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। सोसाइटीका प्रबन्धहरूलाई सहयोग गरेकोमा भाइहरूको प्रशंसा गर्नुहोस्‌।

गीत २०१ र समापन प्रार्थना।

मे १५ मा सुरु हुने हप्ता

गीत १३४

१० मि: स्थानीय घोषणाहरू। लेखा रिपोर्ट।

२० मि: “टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका।” परिशिष्टका १३ वटा अनुच्छेदहरू प्रश्‍नोत्तरद्वारा छलफल गर्नुहोस्‌। समयले भ्याएमा कुनै कुनै अनुच्छेदहरू छानेर पढ्‌नुहोस्‌। अनुच्छेद १२ र १३ मा उल्लेख गरिएका तयारी गर्ने तरिकाहरू प्रदर्शन गरेर देखाउनुहोस्‌। मण्डलीलाई अर्को हप्ता बाँकी सातवटा अनुच्छेदहरू तयारी गरेर आउन र आ-आफ्नो रिजनिङ पुस्तक पनि साथै ल्याउन सम्झाउनुहोस्‌।

१५ मि: “तपाईं आफूलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?” प्राचीनद्वारा जनवरी १५, २००० को प्रहरीधरहरा पृष्ठ २०-२२ मा आधारित भाषण।

गीत २०३ र समापन प्रार्थना।

मे २२ मा सुरु हुने हप्ता

गीत ३६

१० मि: स्थानीय घोषणाहरू। प्रश्‍नपेटी पुनरावलोकन गर्नुहोस्‌।

१५ मि: “जागा बस।” प्रश्‍नोत्तरद्वारा छलफल। हामीलाई त्यस दिन र घडीको विषयमा थाह नभए तापनि आध्यात्मिक तवरमा जागा रहनु किन अत्यन्त जरुरी छ, बताउनुहोस्‌।—प्रहरीधरहरा, नोभेम्बर १, १९९५, पृष्ठ २० हेर्नुहोस्‌।

२० मि: “टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका।” अनुच्छेदहरू १४-२० लाई ढाक्दै प्रश्‍नोत्तरद्वारा छलफल। समयले भ्याएमा कुनै कुनै अनुच्छेदहरू छानेर पढ्‌नुहोस्‌। अनुच्छेद १६ मा उल्लेख गरिएको रीजनिङ पुस्तकको सन्दर्भिकाबाट टिप्पणी गर्न आग्रह गर्नुहोस्‌। जुलाई १९९० आवर किंगडम मिनिस्ट्री पृष्ठ ४ बाट थप बुँदाहरू उल्लेख गर्नुहोस्‌। अनुच्छेद १६ मा दिइएका नमुना प्रस्तुतिहरूमध्ये एउटा प्रयोग गर्दै टेलिफोन साक्षी दिएको प्रदर्शन गर्नुहोस्‌। साक्षी दिने यो तरिका अपनाउँदा हुनसक्ने फाइदाहरूबारे पुनरावलोकन गर्दै उत्साहवर्द्धक निष्कर्ष प्रस्तुत गर्नुहोस्‌।

गीत ८३ र समापन प्रार्थना।

मे २९ मा सुरु हुने हप्ता

गीत १३५

१२ मि: स्थानीय घोषणाहरू। सबैलाई मे महिनाको क्षेत्र सेवकाईको रिपोर्ट खसाल्न सम्झाउनुहोस्‌। जून महिनामा प्रस्तुत गरिने साहित्यहरूको छोटो प्रदर्शनी गर्नुहोस्‌। चाहनुहुन्छ पुस्तिकाको पाठ १३ चलाउँदै कसरी बाइबल अध्ययन गर्ने प्रस्ताव राख्न सकिन्छ, देखाउनुहोस्‌।

१५ मि: “पवित्र सेवामा आनन्दित हुने।” भाषण। हामी आफ्नो सेवकाईमा आनन्दित हुने कारणहरूबारे छलफल गर्नुहोस्‌।—इन्साइट, खण्ड २, पृष्ठ १२० हेर्नुहोस्‌।

१८ मि: इनामदायी बाइबल पढाइ। स्कूल गाइडबूक-को पृष्ठ ३४-५ अनुच्छेद ६-७ मा आधारित भाषण तथा प्रदर्शन। बाइबलका विशेषताहरूको आधार, सधैंजसो पढिने बाइबल पढाइ कार्यक्रम ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको भाग हो। (हाम्रो राज्य सेवकाई डिसेम्बर १९९९, पृष्ठ ७) स्कूलको यस हप्ताको पढाइको भाग पारिवारिक तवरमा कसरी ध्यान दिइयो एउटा परिवारलाई प्रदर्शन गर्न लगाउनुहोस्‌। तिनीहरूले एउटा दुइटा चाखलाग्दा बुँदाहरू खोजेर त्यससम्बन्धी वाच टावर पब्लिकेशन्स इन्डेक्स अथवा इन्साइट अन द स्क्रिप्चर्स-बाट थप अनुसन्धान गर्नेछन्‌। “सत्यको वचनलाई ठीकसँग प्रयोग” गर्न बाइबल पढाइ कसरी अझ बढी अर्थपूर्ण हुनसक्छ, देखाउनुहोस्‌।—२ तिमो. २:१५.

गीत ९५ र समापन प्रार्थना।

जून ५ मा सुरु हुने हप्ता

गीत ३७

५ मि: स्थानीय घोषणाहरू।

१० मि: स्थानीय आवश्‍यकताहरू।

१५ मि: “केटाकेटीहरूका लागि सुअवसर।” भाषण तथा स्रोतागणसित छलफल। प्रहरीधरहरा, डिसेम्बर १, १९९६, पृष्ठ १३ अनुच्छेद १५ मा उल्लिखित अनुभवहरू बताउनुहोस्‌। केटाकेटीहरूलाई पत्रिका वितरण गर्दा उठाएको आनन्द सम्झन आग्रह गर्नुहोस्‌। एक दुई जना केटाकेटीहरूलाई घर घर पत्रिका वितरण गरेको सरल प्रदर्शन गर्न लगाउनुहोस्‌। हरेक हप्ता आफ्ना छोराछोरीहरूलाई पनि पत्रिका वितरणमा लैजान आमाबाबुहरूलाई प्रोत्साहन दिनुहोस्‌।

१५ मि: “‘तिनीहरूको जाँच . . . होस्‌’—कसरी?” प्राचीनद्वारा भाषण। मण्डलीमा सेवकाई सेवकहरू नियुक्‍त गरिनुको आध्यात्मिक प्रबन्धबारे पुनरावृत्ति गर्नुहोस्‌। (इन्साइट खण्ड २, पृष्ठ ४०९ हेर्नुहोस्‌।) नियुक्‍तिको लागि तिनीहरूमा कस्ता योग्यताहरू हुनैपर्छ, बताउनुहोस्‌। (आवर मिनिस्ट्री पुस्तकको पृष्ठ ५५-७ हेर्नुहोस्‌।) सेवकाई सेवकहरूले कसरी सेवा गर्नसक्छन्‌ भन्‍ने बुँदाहरू उल्लेख गर्दै अझ बढी भाइहरूलाई यस सुअवसरका लागि योग्य हुन प्रोत्साहन दिनुहोस्‌।

गीत ८२ र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने