अगस्त ३१ को हप्ताको तालिका
अगस्त ३१ मा सुरु हुने हप्ता
गीत ४२ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
w०५, १२/१ पृ. २६-२९, अनु. १-११ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ राजा ९–११ (८ मि.)
ईश्वरतान्त्रिक सेवा स्कुलको पुनरावृत्ति (२० मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” —यहो. २४:१५.
५ मि: सेप्टेम्बर महिनामा पत्रिका प्रस्तुत गर्ने। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर बुबा वा आमाले छोरा वा छोरीसित पत्रिका प्रस्तुत गरेको प्रदर्शन देखाउन लगाउनुहोस्। त्यसपछि प्रस्तुतिलाई केलाउनुहोस्।
१० मि: के तपाईंले “ठीक समयमा भोजन” पाइरहनुभएको छ? अगस्त १५, २०१४, प्रहरीधरहरा, पृष्ठ ३-५ मा आधारित भाषण। हामीसित उपलब्ध आध्यात्मिक भोजनको पूरापूर लाभ उठाउन प्रोत्साहन दिनुहोस्।
१५ मि: सेवा वर्ष २०१६ को लागि तपाईंले कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ? हाम्रो राज्य सेवकाई, मार्च, २००७, पृ. ६, अनु. ७ मा आधारित छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। एक दम्पतीले नयाँ सेवा वर्षमा आफूले राखेका आध्यात्मिक लक्ष्यहरूबारे छलफल गरेको प्रदर्शन देखाउन लगाउनुहोस्।
गीत १० र प्रार्थना