प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt फिलेमोन १-२५
  • फिलेमोन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फिलेमोन
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
फिलेमोन

फिलेमोनलाई पत्र

१ ख्रिष्ट येसुको खातिर कैदी भएको म पावलका+ साथै हाम्रा भाइ तिमोथिको+ तर्फबाट हाम्रा प्रिय सहकर्मी फिलेमोन २ अनि हाम्री बहिनी अफिया, हाम्रा सङ्‌गी सिपाही अर्खिप्पस+ र तिम्रो घरमा भेला हुने मण्डलीलाई:+

३ परमेश्‍वर, हाम्रा बुबाबाट र प्रभु येसु ख्रिष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्‌।

४ मेरा प्रार्थनाहरूमा तिमीलाई सम्झँदा मेरा परमेश्‍वरलाई म सधैँ धन्यवाद चढाउँछु+ ५ किनकि तिमीमा भएको विश्‍वास अनि प्रभु येसु र सबै पवित्र जनप्रतिको तिम्रो प्रेमबारे म सुनिरहन्छु। ६ म प्रार्थना गर्छु कि जुन विश्‍वासको तिमी साझेदार हौ, त्यसले तिमीलाई हामीले हरेक असल कुरा ख्रिष्टद्वारा नै पाएका हौँ भनेर बुझ्न मदत गरोस्‌। ७ हे मेरो भाइ, तिम्रो प्रेमबारे सुनेर मैले निकै आनन्द र सान्त्वना पाएको छु किनभने तिमीले गर्दा पवित्र जनहरूको हृदयले स्फूर्ति पाएको छ।

८ यसैकारण हुनत म ख्रिष्टको प्रेषित* भएकोले जे ठीक छ, त्यही गर्ने आदेश तिमीलाई नहिचकिचाई दिन सक्छु ९ तैपनि तिमीले देखाएको प्रेमको आधारमा म तिमीलाई बिन्ती गर्न चाहन्छु किनकि म पावल एक वृद्ध मानिस हुँ र अहिले ख्रिष्टको खातिर कैदी पनि हुँ। १० हो, म मेरो छोरा ओनेसिमसको+ लागि बिन्ती गर्दै छु, झ्यालखानामा छँदा* म उसको बुबाजस्तै बनेको थिएँ।+ ११ ऊ पहिले तिम्रो लागि बेकामको थियो तर अहिले तिम्रो र मेरो लागि काम लाग्ने भएको छ। १२ मेरो मुटुको टुक्रा, उही ओनेसिमसलाई म तिमीकहाँ पठाउँदै छु।

१३ म उसलाई आफूसितै राख्न चाहन्छु ताकि जबसम्म म सुसमाचारको खातिर कैदमा रहन्छु, तबसम्म उसले तिम्रो सट्टामा मेरो सेवासुसार गरोस्‌।+ १४ तर तिम्रो अनुमतिविना म केही गर्न चाहन्‍नँ किनभने तिमीले करकापमा परेर होइन तर स्वेच्छाले यो असल काम गरेको म चाहन्छु।+ १५ सायद यसैको निम्ति ऊ केही समयको लागि* तिमीसित अलग भएको रहेछ ताकि तिमीले उसलाई सधैँभरिका लागि फिर्ता पाउन सक। १६ अबदेखि तिमीले उसलाई दासको रूपमा होइन+ तर दासभन्दा ठूलो, प्रिय भाइको रूपमा+ स्विकार। खासगरि मेरो लागि ऊ प्रिय भाइ हो भने तिम्रो लागि झन्‌ कति प्रिय हुनुपर्छ किनभने ऊ तिम्रो दास मात्र होइन, प्रभुमा तिम्रो भाइ पनि हो। १७ त्यसैले यदि तिमी मलाई आफ्नो साथी* ठान्छौ भने उसलाई त्यसरी नै मायालुपूर्वक स्वागत गर, जसरी तिमीले मलाई स्वागत गर्ने थियौ। १८ उसले तिम्रो केही नोक्सानी गरेको छ वा तिमीलाई केही तिर्नुपर्ने छ भने मेरो खातामा चढाइदिनू। १९ म पावल आफ्नै हातले यो लेख्दै छु: म तिरिदिन्छु तर भनिरहनु नपर्ला, तिमी पनि आफ्नो जीवनको लागि मप्रति ऋणी छौ। २० हो भाइ, हामी दुवै जना प्रभुको चेला भएकोले मैले तिमीबाट यो मदत पाउन सकूँ; ख्रिष्टको चेलाको नाताले मेरो मनलाई हलुका बनाइदेऊ।

२१ तिमीले मेरो कुरा मान्‍नेछौ भन्‍ने कुरामा म विश्‍वस्त छु, त्यसैले म लेख्दै छु। अनि तिमीले मैले भनेको भन्दा पनि बढ्‌ता गर्नेछौ भनेर मलाई थाह छ। २२ साथै मेरो लागि बस्ने ठाउँको बन्दोबस्त मिलाइराख किनभने तिमीहरूको प्रार्थनाले गर्दा म तिमीहरूकहाँ आउन सक्नेछु* भनेर आशा गर्दै छु।+

२३ ख्रिष्ट येसुको खातिर मसँगै कैदमा परेका इपाफ्रासले+ तिमीलाई अभिवादन पठाएका छन्‌। २४ साथै मेरा सहकर्मीहरू मर्कुस, अरिस्तार्खस,+ डेमस+ र लुकाले+ पनि।

२५ तिमीले देखाउने मनोभावमा प्रभु येसु ख्रिष्टको असीम अनुग्रह रहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “बन्धनमा छँदा।”

शा., “एक घण्टाको लागि।”

शा., “साझेदार।”

वा “म तिमीहरूको लागि मुक्‍त हुनेछु।”

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने