प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • मन्दिरबाट बगिरहेको पानी (१-१२)

        • पानीको गहिराइ बढ्‌दै जान्छ (२-५)

        • मृतसागरको पानी मीठो हुन्छ (८-१०)

        • दलदले ठाउँको पानी मीठो हुँदैन (११)

        • खानका लागि र रोगबिमार निको पार्नका लागि रूखहरू (१२)

      • देशको सिमाना (१३-२३)

इजकिएल ४७:१

मार्जिनल रेफरेन्स

  • +इज ४१:२
  • +जक १३:१; १४:८; प्रका २२:१

इजकिएल ४७:२

मार्जिनल रेफरेन्स

  • +इज ४०:२०
  • +इज ४०:६; ४४:१, २

इजकिएल ४७:३

फुटनोट

  • *

    यसले लामो हातलाई जनाउँछ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज ४०:३; प्रका २१:१५

इजकिएल ४७:७

मार्जिनल रेफरेन्स

  • +प्रका २२:१, २

इजकिएल ४७:८

फुटनोट

  • *

    वा “मरुभूमि।”

  • *

    अर्थात्‌, मृतसागरमा।

  • *

    शा., “निको।”

मार्जिनल रेफरेन्स

  • +व्य ४:४७, ४९
  • +जक १४:८

इजकिएल ४७:१०

फुटनोट

  • *

    अर्थात्‌, भूमध्यसागरमा।

मार्जिनल रेफरेन्स

  • +यहो १५:२०, ६२; २इ २०:२
  • +गन ३४:२, ६

इजकिएल ४७:११

मार्जिनल रेफरेन्स

  • +व्य २९:२२, २३; भज १०७:३३, ३४; यर्मि १७:६

इजकिएल ४७:१२

मार्जिनल रेफरेन्स

  • +इज ४७:१
  • +प्रका २२:१, २

इजकिएल ४७:१३

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:५; १इ ५:१; इज ४८:५

इजकिएल ४७:१४

मार्जिनल रेफरेन्स

  • +उत्प २६:३; २८:१३

इजकिएल ४७:१५

मार्जिनल रेफरेन्स

  • +इज ४८:१
  • +गन ३४:२, ८

इजकिएल ४७:१६

मार्जिनल रेफरेन्स

  • +गन १३:२१
  • +२स ८:८
  • +इज ४७:१८

इजकिएल ४७:१७

मार्जिनल रेफरेन्स

  • +गन ३४:२, ९
  • +इज ४८:१

इजकिएल ४७:१८

फुटनोट

  • *

    अर्थात्‌, मृतसागरसम्म।

मार्जिनल रेफरेन्स

  • +गन ३२:१

इजकिएल ४७:१९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +व्य ३२:५१
  • +इज ४८:२८

इजकिएल ४७:२०

फुटनोट

  • *

    वा “हमाथ छिर्ने ठाउँको।”

मार्जिनल रेफरेन्स

  • +गन ३४:२, ८

अरू

इज. ४७:१इज ४१:२
इज. ४७:१जक १३:१; १४:८; प्रका २२:१
इज. ४७:२इज ४०:२०
इज. ४७:२इज ४०:६; ४४:१, २
इज. ४७:३इज ४०:३; प्रका २१:१५
इज. ४७:७प्रका २२:१, २
इज. ४७:८व्य ४:४७, ४९
इज. ४७:८जक १४:८
इज. ४७:१०यहो १५:२०, ६२; २इ २०:२
इज. ४७:१०गन ३४:२, ६
इज. ४७:११व्य २९:२२, २३; भज १०७:३३, ३४; यर्मि १७:६
इज. ४७:१२इज ४७:१
इज. ४७:१२प्रका २२:१, २
इज. ४७:१३उत्प ४८:५; १इ ५:१; इज ४८:५
इज. ४७:१४उत्प २६:३; २८:१३
इज. ४७:१५इज ४८:१
इज. ४७:१५गन ३४:२, ८
इज. ४७:१६गन १३:२१
इज. ४७:१६२स ८:८
इज. ४७:१६इज ४७:१८
इज. ४७:१७गन ३४:२, ९
इज. ४७:१७इज ४८:१
इज. ४७:१८गन ३२:१
इज. ४७:१९व्य ३२:५१
इज. ४७:१९इज ४८:२८
इज. ४७:२०गन ३४:२, ८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४७:१-२३

इजकिएल

४७ त्यसपछि फेरि तिनले मलाई मन्दिरको ढोकामा लगे।+ त्यहाँ मैले मन्दिरको सँघारको मुनितिरबाट पानी बगिरहेको देखेँ। त्यो पानी पूर्वतिर बगिरहेको थियो+ किनभने मन्दिरको मोहडा पूर्वपट्टि फर्केको थियो। त्यो पानी मन्दिरको दायाँपट्टि मुनितिरबाट निस्केर वेदीको दक्षिणतिरबाट बगिरहेको थियो।

२ अनि तिनले मलाई बाहिरी चोकको उत्तरपट्टिको प्रवेशद्वारबाट बाहिर लगे।+ त्यहाँबाट तिनले मलाई घुमाएर बाहिरी चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वारतिर पुऱ्‍याए।+ मैले त्यस प्रवेशद्वारको दायाँतिरबाट पानीको सानो धारा बगिरहेको देखेँ।

३ त्यसपछि ती मानिस हातमा नाप्ने डोरी लिएर+ पूर्वतिर गए। तिनले पूर्वपट्टिको प्रवेशद्वारबाट १ हजार हात* परसम्म नापे अनि मलाई पानीमा हिँड्‌न लगाए। पानी मेरो गोलीगाँठासम्म आइपुग्यो।

४ त्यहाँबाट तिनले अझै १ हजार हात परसम्म नापे र मलाई पानीमा हिँड्‌न लगाए। पानी मेरो घुँडासम्म आइपुग्यो।

फेरि तिनले १ हजार हात परसम्म नापे र मलाई पानीमा हिँड्‌न लगाए। पानी मेरो कम्मरसम्म आइपुग्यो।

५ अनि तिनले फेरि १ हजार हात परसम्म नापे। त्यहाँसम्म पुग्दा पानी बढेर नदी भइसकेको थियो। मैले त्यो नदी हिँडेर तर्न सकिनँ किनभने पानी निकै गहिरो थियो र त्यो नदी तर्न पौडनुपर्थ्यो। त्यो नदी हिँडेर तर्न सकिँदैनथ्यो।

६ त्यसपछि तिनले मलाई सोधे: “हे मानिसको छोरा, तिमीले यो सब देख्यौ?”

अनि तिनले मलाई हिँडेर नदीको किनारमा फर्कन लगाए। ७ किनारमा फर्केपछि मैले नदीको दुवै किनारमा रूखैरूख देखेँ।+ ८ त्यसपछि तिनले मलाई यसो भने: “यो नदी पूर्वीय इलाकातिर बग्छ र अराबाह*+ हुँदै सागरमा* गएर मिसिन्छ। यो नदीको पानी सागरमा मिसिएपछि+ त्यहाँको पानी मीठो* हुन्छ। ९ यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ अनगिन्ती जीव हुनेछन्‌। यो नदी बगेका ठाउँहरूमा प्रशस्तै माछाहरू पाइनेछ। सागरको पानी मीठो हुनेछ र यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्‌।

१० “एन-गेदीदेखि+ एन-एग्लैमसम्म सागरको किनारमा जलारीहरू हुनेछन्‌। त्यहाँ जाल सुकाउने ठाउँ पनि हुनेछ। महासागरमा*+ जस्तै यस सागरमा पनि थरीथरीका माछाहरू प्रशस्तै पाइनेछन्‌।

११ “यसको छेउछाउमा सिमसारहरू र दलदले ठाउँहरू पनि हुनेछन्‌। तर ती ठाउँहरूको पानी मीठो हुनेछैन। त्यहाँको पानी नुनिलो नै रहनेछ।+

१२ “नदीका दुवै किनारमा हरकिसिमको फल लाग्ने रूखहरू हुनेछन्‌। तिनीहरूका पात कहिल्यै ओइलाउनेछैनन्‌ र तिनीहरूले कहिल्यै फल फलाउन बन्द गर्नेछैनन्‌। महिनैपिच्छे ती रूखहरूमा फल लाग्नेछ किनभने तिनीहरूले मन्दिरबाट आएको पानी पाएका छन्‌।+ तिनीहरूका फल खानका लागि र पात रोगबिमार निको पार्नका लागि हुनेछन्‌।”+

१३ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “इस्राएलका १२ कुलका लागि भागबन्डा गर्नुपर्ने जमिन यही हो। युसुफका सन्तानले भने दुई भाग पाउनेछन्‌।+ १४ तिमीहरूले यो देश अधिकार गर्नेछौ र प्रत्येक कुलले बराबर जमिन पाउनेछ। मैले तिमीहरूका पुर्खालाई यो देश दिने प्रतिज्ञा गरेको थिएँ+ र अब यो देश तिमीहरूले पैतृक सम्पत्तिको रूपमा पाउनेछौ।

१५ “देशको उत्तरी सिमाना यो हो: महासागरदेखि हेथ्लोन+ जाने बाटो हुँदै जेदादसम्म,+ १६ जेदाददेखि हमाथसम्म,+ हमाथदेखि बेरोथहसम्म+ र बेरोथहदेखि सिब्रैमसम्म, जुन दमिसक र हमाथको सिमानाको बीचमा पर्छ, सिब्रैमदेखि हजेर-हत्तिकोनसम्म, जुन हउरानको+ सिमानाको छेउमा पर्छ। १७ त्यसैले उत्तरतिरको सिमाना महासागरदेखि हजर-एनोनसम्म+ हुनेछ। यसले उत्तरपट्टि दमिसकको सिमाना हुँदै हमाथको+ सिमानालाई छुनेछ। यो देशको उत्तरी सिमाना हो।

१८ “देशको पूर्वीय सिमाना हउरान र दमिसकको बीचमा हुनेछ। यो सिमाना यर्दन नदीको किनार हुँदै जानेछ, जुन गिलाद+ र इस्राएलको बीचमा पर्छ। तिमीहरूले उत्तरी सिमानादेखि पूर्वपट्टि भएको सागरसम्म* नाप्नू। यो देशको पूर्वीय सिमाना हो।

१९ “देशको दक्षिणी सिमाना तामारदेखि मेरिबाथ-कादेसका+ नदीहरूसम्म, त्यहाँदेखि मिश्रको वादीसम्म* र मिश्रको वादीदेखि महासागरसम्म+ हुनेछ। यो देशको दक्षिणी सिमाना हो।

२० “देशको पश्‍चिमतिर महासागर छ। दक्षिणी सिमानादेखि लेबो-हमाथको*+ ठ्‌याक्कै अगाडिसम्म पश्‍चिमी सिमाना हुनेछ। यो देशको पश्‍चिमी सिमाना हो।”

२१ “यही देशको जमिन तिमीहरूले आपसमा अर्थात्‌ इस्राएलका १२ कुलमा बाँड्‌नू। २२ तिमीहरूले यो देश उत्तराधिकारको रूपमा आपसमा र तिमीहरूमाझ रहँदा सन्तान जन्माएका विदेशीहरूलाई पनि बाँड्‌नू। तिमीहरूले तिनीहरूलाई जन्मजात इस्राएलीझैँ ठान्‍नू। तिनीहरूले पनि तिमीहरूका कुलहरूसँगै उत्तराधिकारको रूपमा जमिन पाउनेछन्‌। २३ ती विदेशीहरू जुन कुलको इलाकामा बसिरहेका छन्‌, तिनीहरूलाई त्यहीँ नै उत्तराधिकारको रूपमा जमिन दिनू,” ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने