प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिमीहरू पहिला बसोबास गरेको मिश्र देशका मानिसहरूले जसो गर्छन्‌, त्यसो नगर्नू अनि मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्‌, त्यसो पनि नगर्नू।+ तिमीहरू तिनीहरूको रीतिथितिअनुसार नचल्नू।

  • लेवी १८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्‍वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।

  • लेवी २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ।+ देशका मानिसहरूले उसलाई ढुङ्‌गाले हानेर मारून्‌।

  • व्यवस्था १८:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरूबीच यस्तो कोही पनि मानिस नभेटियोस्‌: आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउने,+ जोखना हेर्ने,+ जादु गर्ने,+ शकुन-अपशकुन बताउने,+ तन्त्रमन्त्र गर्ने,+ ११ टुनामुना गर्ने, भूतप्रेत खेलाउने व्यक्‍तिसित+ वा भावी बताउने व्यक्‍तिसित+ सल्लाह लिने अथवा मसान जगाउने।+ १२ यस्तो काम गर्ने मानिसलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। अनि यस्ता घिनलाग्दा कामहरू गरेकोले नै यहोवा तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामुन्‍नेबाट धपाउँदै हुनुहुन्छ।

  • यर्मिया ३२:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ त्यतिमात्र होइन, तिनीहरूले “हिन्‍नोमको छोराको बेँसी”-मा*+ बाआलको निम्ति अग्ला थानहरू* बनाए र त्यहाँ मोलेकको निम्ति आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए।+ त्यस्तो घिनलाग्दो काम गरेर यहुदालाई पाप गर्न लगाउने आज्ञा मैले दिएकै थिइनँ।+ त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।’

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने