-
२ राजा २४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्नेजर त्यहाँ आए।
-
-
२ इतिहास ३६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ उनले यहोवा परमेश्वरको भवनमा भएका केही भाँडाकुँडा बेबिलोन लगे अनि ती भाँडाकुँडाहरू आफ्नो महलमा राखे।+
-
-
२ इतिहास ३६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उनले साँचो परमेश्वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+
-
-
दानिएल १:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+
-