प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३९:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+

      मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+

      मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)

       ६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।

      ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।

      उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+

  • उपदेशक २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर मैले आफ्ना सबै काम र कडा परिश्रम विचार गरेँ।+ ती सबै व्यर्थ रहेछन्‌, केवल बतासलाई खेदेजस्तो।+ संसारमा* जे गरे पनि केही फाइदा हुँदो रहेनछ।+

  • उपदेशक २:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+

  • उपदेशक २:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ साँचो परमेश्‍वरलाई खुसी तुल्याउने मानिसहरूलाई उहाँ बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ।+ तर पापीहरूलाई भने उहाँ जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ। यसरी जम्मा गरिएको र बटुलिएको कुरा पनि उहाँलाई खुसी पार्ने व्यक्‍तिले नै पाउँछ।+ यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।

  • लुका १२:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तब उहाँले मानिसहरूलाई भन्‍नुभयो: “तिमीहरूका आँखा खुला राख र हरप्रकारको लोभबाट आफूलाई जोगाओ+ किनभने मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने