प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • यहोवाको महिमाले मन्दिर ढाक्छ (१-१२)

      • वेदी (१३-२७)

इजकिएल ४३:१

मार्जिनल रेफरेन्स

  • +इज ४०:६; ४२:१५; ४४:१

इजकिएल ४३:२

मार्जिनल रेफरेन्स

  • +इज ९:३; ११:२३
  • +इज १:२४; युह १२:२८, २९
  • +यसै ६:३; इज १०:४

इजकिएल ४३:३

फुटनोट

  • *

    वा सम्भवतः “तिनी।”

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज १:३, ४; ३:२३

इजकिएल ४३:४

मार्जिनल रेफरेन्स

  • +इज १०:१९; ४४:१, २

इजकिएल ४३:५

फुटनोट

  • *

    यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्‍वरको शक्‍तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:३४; १रा ८:१०; इज ४४:४

इजकिएल ४३:६

मार्जिनल रेफरेन्स

  • +इज ४०:३

इजकिएल ४३:७

फुटनोट

  • *

    साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

  • *

    वा “आफ्ना मूर्तिहरूद्वारा।”

मार्जिनल रेफरेन्स

  • +यसै ६:१; यर्मि ३:१७; इज १:२६
  • +१इ २८:२
  • +प्रस्थ २९:४५; भज ६८:१६; १३२:१४; योए ३:१७
  • +इज ३९:७; जक १३:२

इजकिएल ४३:८

मार्जिनल रेफरेन्स

  • +इज ८:३
  • +दा ९:१२

इजकिएल ४३:९

मार्जिनल रेफरेन्स

  • +इज ३७:२३, २६; २को ६:१६

इजकिएल ४३:१०

फुटनोट

  • *

    शा., “नमुना नापून्‌।”

मार्जिनल रेफरेन्स

  • +इज ४०:४
  • +इज १६:६३

इजकिएल ४३:११

मार्जिनल रेफरेन्स

  • +इज ४४:५
  • +इज ११:१९, २०; ३६:२७

इजकिएल ४३:१२

मार्जिनल रेफरेन्स

  • +भज ९३:५; इज ४०:२; ४२:२०

इजकिएल ४३:१३

फुटनोट

  • *

    यसले लामो हातलाई जनाउँछ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:१; २इ ४:१

इजकिएल ४३:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:२; प्रका ९:१३

इजकिएल ४३:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३८:१; २इ ४:१

इजकिएल ४३:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४०:२९; लेवी १:५; ८:१८-२१; इज ४५:१९

इजकिएल ४३:१९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:१०; लेवी ८:१४
  • +इज ४०:४६; ४४:१५; ४८:११

इजकिएल ४३:२०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३६, ३७; लेवी ८:१५; हिब्रू ९:२३

इजकिएल ४३:२१

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:१४; लेवी ८:१७; हिब्रू १३:११

इजकिएल ४३:२४

मार्जिनल रेफरेन्स

  • +लेवी २:१३

इजकिएल ४३:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २९:३५

इजकिएल ४३:२७

फुटनोट

  • *

    अर्थात्‌, मानिसहरूको।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी ९:१
  • +इज २०:४०

अरू

इज. ४३:१इज ४०:६; ४२:१५; ४४:१
इज. ४३:२इज ९:३; ११:२३
इज. ४३:२इज १:२४; युह १२:२८, २९
इज. ४३:२यसै ६:३; इज १०:४
इज. ४३:३इज १:३, ४; ३:२३
इज. ४३:४इज १०:१९; ४४:१, २
इज. ४३:५प्रस्थ ४०:३४; १रा ८:१०; इज ४४:४
इज. ४३:६इज ४०:३
इज. ४३:७यसै ६:१; यर्मि ३:१७; इज १:२६
इज. ४३:७१इ २८:२
इज. ४३:७प्रस्थ २९:४५; भज ६८:१६; १३२:१४; योए ३:१७
इज. ४३:७इज ३९:७; जक १३:२
इज. ४३:८इज ८:३
इज. ४३:८दा ९:१२
इज. ४३:९इज ३७:२३, २६; २को ६:१६
इज. ४३:१०इज ४०:४
इज. ४३:१०इज १६:६३
इज. ४३:११इज ४४:५
इज. ४३:११इज ११:१९, २०; ३६:२७
इज. ४३:१२भज ९३:५; इज ४०:२; ४२:२०
इज. ४३:१३प्रस्थ २७:१; २इ ४:१
इज. ४३:१५प्रस्थ २७:२; प्रका ९:१३
इज. ४३:१६प्रस्थ ३८:१; २इ ४:१
इज. ४३:१८प्रस्थ ४०:२९; लेवी १:५; ८:१८-२१; इज ४५:१९
इज. ४३:१९प्रस्थ २९:१०; लेवी ८:१४
इज. ४३:१९इज ४०:४६; ४४:१५; ४८:११
इज. ४३:२०प्रस्थ २९:३६, ३७; लेवी ८:१५; हिब्रू ९:२३
इज. ४३:२१प्रस्थ २९:१४; लेवी ८:१७; हिब्रू १३:११
इज. ४३:२४लेवी २:१३
इज. ४३:२५प्रस्थ २९:३५
इज. ४३:२७लेवी ९:१
इज. ४३:२७इज २०:४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४३:१-२७

इजकिएल

४३ त्यसपछि तिनले मलाई पूर्वपट्टि फर्केको प्रवेशद्वारमा लगे।+ २ त्यहाँ मैले पूर्वतिरबाट इस्राएलका परमेश्‍वरको महिमा आइरहेको देखेँ।+ उहाँको स्वर उर्लिएको भेलझैँ+ सुनिन्थ्यो। पूरै पृथ्वी उहाँको महिमाले उज्यालो भयो।+ ३ मैले त्यहाँ जे देखेँ, त्यो यसअघि म* सहरको विनाशबारे भविष्यवाणी गर्न आउँदा र केबार नदीको किनारमा छँदा देखेको दर्शनजस्तै* थियो।+ अनि म भुईँमा घोप्टो परेँ।

४ अनि यहोवाको महिमा पूर्वपट्टि फर्केको प्रवेशद्वारबाट मन्दिरभित्र पस्यो।+ ५ उहाँको शक्‍तिले* मलाई उठायो र मन्दिरको भित्री चोकमा लग्यो। अनि मैले यहोवाको महिमाले पूरै मन्दिर भरिएको देखेँ।+ ६ त्यसपछि मन्दिरबाट कसैले मसित बोलिरहेको सुनेँ। त्यतिखेर ती मानिस मेरो छेवैमा आएर उभिए।+ ७ तब परमेश्‍वरले मलाई यसो भन्‍नुभयो:

“हे मानिसको छोरा, मेरो सिंहासन+ र पाउ राख्ने ठाउँ+ यही हो र म सधैँभरि इस्राएलीहरूमाझ यहीँ रहनेछु।+ अब इस्राएलको घरानाले र तिनीहरूका राजाहरूले वेश्‍यावृत्ति* गरेर अनि आफ्ना मरिसकेका राजाहरूका लासद्वारा* मेरो पवित्र नामलाई फेरि कहिल्यै बिटुलो पार्नेछैनन्‌।+ ८ तिनीहरूले मेरो मन्दिरको सँघारसँगै आफ्नो सँघार अनि मेरो मन्दिरको चौकोससँगै आफ्नो चौकोस राखे। मेरो मन्दिर र तिनीहरूको मन्दिरलाई एउटा पर्खालले मात्र छुट्ट्याएको थियो।+ अनि घिनलाग्दा काम गरेर तिनीहरूले मेरो पवित्र नामलाई बिटुलो पारे। त्यसैले मैले रिसाएर तिनीहरूलाई नाश गरेँ।+ ९ अब तिनीहरूले वेश्‍यावृत्ति गर्न छोडून्‌ र आफ्ना राजाहरूका लास मेरो सामुन्‍नेबाट हटाऊन्‌। त्यसपछि म सधैँ तिनीहरूमाझ रहनेछु।+

१० “हे मानिसको छोरा, तिमीले चाहिँ इस्राएलको घरानालाई मन्दिरको वर्णन गरिदेऊ+ अनि तिनीहरू आफ्ना अपराध सम्झेर लाजमा परून्‌।+ तिनीहरूले मन्दिरको नक्सा राम्ररी बुझून्‌।* ११ आफूले गरेको काम सम्झेर तिनीहरू लज्जित भए भने तिनीहरूलाई मन्दिरको नक्सा, यसको बनोट र यसका प्रवेशद्वारहरूबारे बताउनू।+ तिनीहरूले मन्दिरको पूरै नक्सा राम्ररी बुझ्न सकून्‌ र यसका विधिविधान पालन गर्न सकून्‌ भनेर तिमीले तिनीहरूको आँखाकै अगाडि मन्दिरको पूरै नक्सा कोर्नू अनि यसका विधिविधान र व्यवस्था लेख्नू।+ १२ मन्दिरको व्यवस्था यो हो: डाँडाको टुप्पोमा भएको मन्दिरवरपरको सम्पूर्ण इलाका अतिपवित्र छ।+ हेर, मन्दिरको व्यवस्था यही हो।

१३ “हातअनुसार (प्रत्येक हातमा चार अङ्‌गुल थपिएको थियो)* वेदीको नाप यही हो:+ वेदीको पिँध एक हात अग्लो र पिँधको पेटी एक हात चौडा छ। पिँधको किनारामा चारैतिर एक बित्ताको* बिट छ। वेदीको पिँध यही हो। १४ वेदीको पिँधमाथि एउटा सानो खण्ड छ। यस खण्डको उचाइ दुई हात र यसको पेटीको चौडाइ एक हात छ। यस खण्डमाथि एउटा अग्लो खण्ड छ। यसको उचाइ चार हात र यसको पेटीको चौडाइ एक हात छ। १५ अनि वेदीको अगेनु चार हात अग्लो छ र अगेनुको चार कुनामा एक-एक वटा सिङ छ।+ १६ यो अगेनु चारपाटे छ। यसको लम्बाइ र चौडाइ दुवै १२-१२ हात छ।+ १७ अग्लो खण्डको लम्बाइ १४ हात र चौडाइ १४ हात छ। यस खण्डको किनारामा चारैतिर आधा हातको बिट छ। अनि वेदीको पिँध भने चारैतिर एक हात अग्लो छ।

“अनि वेदीको खुट्‌किला पूर्वतिर फर्केको छ।”

१८ त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘वेदी बनाइसकेपछि यी निर्देशनहरू पालन गर ताकि वेदीमा अग्निभेटी अर्पण गर्न र रगत छर्कन सकियोस्‌।’+

१९ “‘पापभेटीको निम्ति+ बथानबाट एउटा बहर ल्याएर लेविको कुलको सादोकका सन्तानलाई+ दिनू, जो मसामु उपस्थित भएर मेरो सेवा गर्ने पुजारीहरू हुन्‌,’ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २० ‘वेदीको पाप हटाएर त्यसलाई चोख्याउन र त्यसको निम्ति प्रायश्‍चित गर्न त्यस बहरको अलिकति रगत लिएर वेदीको चार वटा सिङमा, अग्लो खण्डको बिटमा र चार कुनामा लगाउनू।+ २१ त्यसपछि पापभेटीको रूपमा चढाइएको बहरलाई मन्दिरबाहिर लैजानू र तोकिएको ठाउँमा जलाउनू।+ २२ भोलिपल्ट पापभेटीको रूपमा एउटा निष्खोट बोका चढाउनू। तिनीहरूले वेदीलाई बहरको रगतले पापबाट चोख्याएझैँ बोकाको रगतले पनि चोख्याऊन्‌।

२३ “‘वेदीलाई पापबाट चोख्याएपछि बथानबाट एउटा निष्खोट बहर र बगालबाट एउटा निष्खोट थुमा ल्याएर चढाउनू। २४ ती ल्याएर यहोवासामु अर्पण गर्नू। पुजारीहरूले तिनमा नुन छर्कून्‌+ र यहोवाको निम्ति अग्निभेटीको रूपमा चढाऊन्‌। २५ सात दिनसम्म पापभेटीको लागि दिनदिनै एउटा बोका,+ एउटा बहर र एउटा थुमा चढाउनू। तिमीले निष्खोट जनावरहरू चढाउनू। २६ सात दिनसम्म तिनीहरूले वेदीको निम्ति प्रायश्‍चित गर्नुपर्छ र यसलाई शुद्ध पार्नुपर्छ। त्यसपछि तिनीहरूले वेदी प्रयोग गर्न सक्छन्‌। २७ सात दिनपछि अर्थात्‌ आठौँ दिनदेखि+ पुजारीहरूले तिमीहरूको* अग्निभेटी र मेलबलि* वेदीमा चढाउनेछन्‌। तब म तिमीहरूसित खुसी हुनेछु,’+ ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने