प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt १ इतिहास १:१-२९:३०
  • १ इतिहास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ इतिहास
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ इतिहास

पहिलो इतिहास

१ आदम,

सेत,+

एनोस,

२ केनान,

महलालेल,+

यारेद,+

३ हनोक,+

मतुसेलह,

लेमेक,+

४ नुह,+

सेम,+ हाम र यापेत।+

५ यापेतका छोराहरू गोमेर, मागोग, मदै, याबान, तुबल,+ मेसेक+ र तिरास+ थिए।

६ गोमेरका छोराहरू अस्कनज, रिपथ र तोगार्मा+ थिए।

७ याबानका छोराहरू एलिसाह, तर्सिस, कित्तिम र रोदानिम थिए।

८ हामका छोराहरू कुस,+ मिज्रेम, पत र कनान+ थिए।

९ कुसका छोराहरू सिबा,+ हविलाह, साब्ता, रामाह+ र साब्तका थिए।

रामाहका छोराहरू सेबा र ददान+ थिए।

१० कुसबाट निम्रोद पनि जन्मिए।+ निम्रोद नै पृथ्वीका पहिलो वीर पुरुष थिए।

११ मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १२ पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए) र काफ्तोरिम+ जन्मिए।

१३ कनानका जेठा छोरा सिदोन थिए।+ तिनका अर्का छोरा हेत थिए।+ १४ कनान नै यबुसीहरू,+ एमोरीहरू,+ गिर्गासीहरू,+ १५ हिव्वीहरू,+ अरकीहरू, सिनीहरू, १६ अर्वादीहरू,+ जेमारीहरू र हमाथीहरूका पुर्खा थिए।

१७ सेमका छोराहरू एलाम,+ अस्सुर,+ अर्पक्षद, लुद र अराम

अनि* उज, हुल, गेथेर र मस थिए।+

१८ अर्पक्षदबाट सेलह जन्मिए+ र सेलहबाट एबेर जन्मिए।

१९ एबेरका दुई छोरा भए। एउटाको नाम पेलेग* थियो।+ किनकि तिनकै समयमा मानिसहरू यताउता छरिएका थिए।* अर्को छोराको नामचाहिँ योक्‍तान थियो।

२० योक्‍तानबाट अल्मोदाद, सेलेप, हासरमाबेथ, यरह,+ २१ हादोराम, उजाल, दिक्ला, २२ ओबाल, अबिमायल, सेबा, २३ ओपिर,+ हविलाह+ र योबाब जन्मिए। यिनीहरू सबै योक्‍तानका सन्तान थिए।

२४ सेम,

अर्पक्षद,

सेलह,

२५ एबेर,

पेलेग,+

रउ,+

२६ सरुग,+

नाहोर,+

तेरह,+

२७ अब्राम अर्थात्‌ अब्राहाम।+

२८ अब्राहामका छोराहरू इसहाक + र इस्माएल थिए।+

२९ तिनीहरूबाट यी कुलहरू बने: इस्माएलका पहिलो सन्तान नबायोथ,+ त्यसपछि केदार,+ अद्‌बेल, मिब्साम,+ ३० मिस्मा, दुमा, मस्सा, हादद, तेमा, ३१ यतुर, नपिस अनि केद्‌मा। यिनीहरू नै इस्माएलका छोराहरू थिए।

३२ अब्राहामकी उपपत्नी केतुराहले+ जिम्रान, योक्षान, मदान, मिद्यान,+ इस्बाक र सुहलाई+ जन्माइन्‌।

योक्षानका छोराहरू सेबा र ददान थिए।+

३३ मिद्यानका छोराहरू एपा,+ एपेर, हानोक, अबिदा र एल्दाह थिए।

यी सबै केतुराहका नातिहरू थिए।

३४ अब्राहामबाट इसहाक जन्मिए।+ इसहाकका छोराहरू एसाव+ र इस्राएल थिए।+

३५ एसावका छोराहरू एलिपज, रुएल, यउस, यालाम र कोरह थिए।+

३६ एलिपजका छोराहरू तेमान,+ ओमार, जिफो, गाताम, केनज, तिम्ना र अमालेक थिए।+

३७ रुएलका छोराहरू नहथ, जेरह, साम्माह र मिज्जाह थिए।+

३८ सेइरका+ छोराहरू लोतान, सोबाल, जिबोन, अना, दिसोन, एजेर र दिसन थिए।+

३९ लोतानका छोराहरू होरि र होमाम थिए। लोतानकी बहिनी तिम्ना थिइन्‌।+

४० सोबालका छोराहरू अल्बान, मनहथ, एबाल, सेपो र ओनाम थिए।

जिबोनका छोराहरू अय्या र अना थिए।+

४१ अनाका छोरा दिसोन थिए।

दिसोनका छोराहरू हेम्दान, एस्बान, इथ्रान र केरान थिए।+

४२ एजेरका+ छोराहरू बिल्हान, जाभान र अकान थिए।

दिसनका छोराहरू उज र अरान थिए।+

४३ इस्राएलीहरूमाझ राजा नभएको बेला एदोममा+ भने राजाहरू थिए।+ ती राजाहरू यी थिए: बेअरका छोरा बेला; तिनी दिन्हाबाह सहरका थिए। ४४ बेलाको मृत्यु भएपछि बोज्राहमा+ बस्ने जेरहका छोरा योबाबले शासन गर्न थाले। ४५ योबाबको मृत्यु भएपछि तेमानीहरूको इलाकामा बस्ने हुसामले शासन गर्न थाले। ४६ हुसामको मृत्यु भएपछि बेददका छोरा हाददले शासन गर्न थाले। यिनी तिनै हादद थिए, जसले मोआबीहरूको इलाकामा मिद्यानलाई हराएका थिए। यिनी अविथ सहरका थिए। ४७ हाददको मृत्यु भएपछि मास्रेकाहमा बस्ने साम्लाहले शासन गर्न थाले। ४८ साम्लाहको मृत्यु भएपछि नदीनजिकै रेहोबोथ सहरमा बस्ने सावलले शासन गर्न थाले। ४९ सावलको मृत्यु भएपछि आक्बोरका छोरा बाआल-हानानले शासन गर्न थाले। ५० बाआल-हानानको मृत्यु भएपछि हाददले शासन गर्न थाले। हादद पाउ सहरका थिए र तिनकी पत्नीको नाम मेहेताबेल थियो। उनी मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिइन्‌। ५१ अनि हाददको मृत्यु भयो।

एदोमका नाइकेहरू* यी थिए: नाइके तिम्ना, नाइके अल्बा, नाइके यथेथ,+ ५२ नाइके ओहोलिबामाह, नाइके एलाह, नाइके पिनोन, ५३ नाइके केनज, नाइके तेमान, नाइके मिब्जार, ५४ नाइके मग्दिएल र नाइके इराम। यिनीहरू नै एदोमका नाइकेहरू थिए।

२ इस्राएलका+ छोराहरू यी थिए: रुबेन,+ सिमियोन,+ लेवि,+ यहुदा,+ इस्साकार,+ जबुलुन,+ २ दान,+ युसुफ,+ बिन्यामिन,+ नप्तालि,+ गाद+ र असेर।+

३ यहुदाका छोराहरू एर, ओनान र सेलह थिए। तिनका यी तीन जना छोरालाई एउटी कनानी स्त्रीले जन्माएकी थिइन्‌, जो सुआकी छोरी थिइन्‌।+ तर यहुदाको जेठो छोरा एर यहोवा परमेश्‍वरको नजरमा दुष्ट थियो। त्यसैले उहाँले त्यसलाई मार्नुभयो।+ ४ यहुदाकी बुहारी तामारले+ तिनीबाट पेरेज+ र जेरहलाई जन्माइन्‌। यहुदाका जम्मा पाँच जना छोरा थिए।

५ पेरेजका छोराहरू हेस्रोन र हामुल थिए।+

६ जेरहका जम्मा पाँच जना छोरा थिए—जिम्रि, एतान, हेमान, कलकोल र दारा।

७ कर्मिका छोरा आकार* थिए। यिनै आकारले इस्राएलमा विपत्ति निम्त्याएका थिए।+ किनकि परमेश्‍वरले नष्ट गर्नू भनेर आज्ञा दिनुभएका चिजहरू नष्ट नगरेर उनले विश्‍वासघात गरेका थिए।+

८ एतानका छोरा अजर्याह थिए।

९ हेस्रोनका छोराहरू यरहमेल,+ राम+ र केलुबै* थिए।

१० रामबाट अम्मिनादाब जन्मिए+ र अम्मिनादाबबाट नहसोन जन्मिए।+ नहसोन यहुदाको कुलका कुलनायक थिए। ११ नहसोनबाट साल्मा जन्मिए।+ साल्माबाट बोअज जन्मिए।+ १२ बोअजबाट ओबेद जन्मिए। ओबेदबाट यिसै जन्मिए।+ १३ यिसैका जेठा छोरा एलिआब, माहिला अबिनादाब,+ साहिँला सिमेअ,+ १४ काहिँला नेथनेल, ठाहिँला रद्दै, १५ अन्तरे ओजेम र कान्छा दाउद+ थिए। १६ तिनीहरूका दिदीहरू जेरुयाह र अबिगेल थिए।+ जेरुयाहका तीन जना छोरा थिए—अबिसै,+ योआब+ र आसाहेल।+ १७ अबिगेलले अमासालाई जन्माइन्‌।+ अमासाका बुबा इस्माएली यथेर थिए।

१८ कालेब* हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजुबाहबाट र यरिओथबाट तिनका छोराहरू जन्मिए। उनले यसेर, सोबाब र अर्दोनलाई जन्माएकी थिइन्‌। १९ अजुबाहको मृत्यु भएपछि कालेबले एप्रातसँग विवाह गरे।+ एप्रातले तिनीबाट हुरलाई जन्माइन्‌।+ २० हुरबाट उरि जन्मिए र उरिबाट बजलेल जन्मिए।+

२१ हेस्रोनले ६० वर्षको उमेरमा माकिरकी+ छोरीसँग विवाह गरे; माकिर गिलादका+ बुबा थिए। हेस्रोनले उनीसँग सम्बन्ध राखे र उनले सिगबलाई जन्माइन्‌। २२ सिगबबाट याइर जन्मिए।+ गिलादको इलाकामा याइरका २३ वटा सहर थिए।+ २३ पछि गेसुर+ र सिरियाले+ उनीहरूबाट हव्वोथ-याइर+ सहर लिए। तिनीहरूले केनाथ+ र केनाथवरिपरिका सहरहरू पनि लिए। तिनीहरूले जम्मा ६० वटा सहर लिए। यिनीहरू सबै गिलादका बुबा माकिरका सन्तान थिए।

२४ कालेब-एप्रातामा हेस्रोनको+ मृत्यु भएपछि तिनकी पत्नी अबियाहले तिनका छोरा असहुरलाई+ जन्माइन्‌। असहुर तेकोका+ बुबा थिए।

२५ हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू यी थिए—जेठा छोरा राम अनि बुनाह, ओरेन, ओजेम र अहियाह। २६ यरहमेलकी अर्की पत्नी पनि थिइन्‌। उनको नाम अताराह थियो। उनी ओनामकी आमा थिइन्‌। २७ यरहमेलका जेठा छोरा रामका छोराहरू माज, यामिन र एकेर थिए। २८ ओनामका छोराहरू साम्मै र यादा थिए। साम्मैका छोराहरू नादाब र अबिसुर थिए। २९ अबिसुरकी पत्नीको नाम अबिहेल थियो, जसले अहबान र मोलिदलाई जन्माइन्‌। ३० नादाबका छोराहरू सिलेद र अप्पेम थिए। तर सिलेदको भने कुनै सन्तान भएन। ३१ अप्पेमका छोरा इसि थिए र इसिका छोरा सेसान थिए। अनि सेसानका छोरा अहलै थिए। ३२ साम्मैका भाइ यादाका छोराहरू यथेर र जोनाथन थिए। तर यथेरको भने कुनै सन्तान भएन। ३३ जोनाथनका छोराहरू पेलेथ र जजा थिए। यिनीहरू सबै यरहमेलका सन्तान थिए।

३४ सेसानको एउटै छोरा थिएन, छोरीहरू मात्र थिए। सेसानको एक जना मिश्री सेवक थियो। उसको नाम यरहा थियो। ३५ सेसानले आफ्नी छोरीको विवाह आफ्नो सेवक यरहासँग गराइदिए र उनले अत्तैलाई जन्माइन्‌। ३६ अत्तैबाट नातान जन्मिए। नातानबाट जबाद जन्मिए। ३७ जबादबाट एपलाल जन्मिए। एपलालबाट ओबेद जन्मिए। ३८ ओबेदबाट येहु जन्मिए। येहुबाट अजर्याह जन्मिए। ३९ अजर्याहबाट हेलेस जन्मिए। हेलेसबाट एलेसाह जन्मिए। ४० एलेसाहबाट सिस्मै जन्मिए। सिस्मैबाट साल्लुम जन्मिए। ४१ साल्लुमबाट यकम्याह जन्मिए। यकम्याहबाट एलिसामा जन्मिए।

४२ यरहमेलका भाइ कालेबका*+ सन्तान यी थिए: जेठा छोरा मेसा, जो जिफका बुबा थिए अनि मारेसाहका छोराहरू। मारेसाह हेब्रोनका बुबा थिए। ४३ हेब्रोनका छोराहरू कोरह, तप्पुह, रेकेम र सेमा थिए। ४४ सेमाबाट रहम जन्मिए। रहम योर्किमका बुबा थिए। रेकेमबाट साम्मै जन्मिए। ४५ साम्मैका छोरा माओन थिए। माओन बेथ-जुरका बुबा थिए।+ ४६ कालेबकी उपपत्नी एपाले हारान, मोजा र गाजेजलाई जन्माइन्‌। हारानबाट गाजेज जन्मिए। ४७ याहदैका छोराहरू रेगेम, योताम, गेसान, पेलेत, एपा र साप थिए। ४८ कालेबकी उपपत्नी माकाहले सेबेर र तिर्हानाहलाई जन्माइन्‌। ४९ पछि माकाहले यिनीहरूलाई जन्माइन्‌: साप, जो मद्‌मन्‍नाहका+ बुबा थिए अनि सेभा, जो माक्बेनाह र गिबियाका+ बुबा थिए। कालेबकी+ छोरी अक्साह थिइन्‌।+ ५० यिनीहरू सबै कालेबका सन्तान थिए।

एप्राताका+ जेठा छोरा हुरका+ छोराहरू यी नै थिए: सोबाल, जो किर्यथ-येरिमका+ बुबा थिए, ५१ साल्मा, जो बेतलेहेमका+ बुबा थिए र हारेप, जो बेथ-गादेरका बुबा थिए। ५२ किर्यथ-येरिमका बुबा सोबालका सन्तान यी थिए: हारोए अनि मेनुहोथका आधा बासिन्दा। ५३ किर्यथ-येरिमका घरानाहरू यी थिए: इथ्रीहरू,+ पथिहरू, सुमाथीहरू र मिस्रातीहरू। यिनीहरूबाटै जोराथीहरू+ र एस्ताओलीहरू+ निस्केका थिए। ५४ बेतलेहेम,+ नेतोफाह र अत्रोथ-बेथ-योआबका मानिसहरू साल्माका सन्तान थिए। मनहथका आधा बासिन्दा र जोराका बासिन्दा पनि तिनकै सन्तान थिए। ५५ याबेजमा बस्ने शास्त्रीहरूका घरानाहरू यी थिए: तिराथीहरू, सिम्मथीहरू र सुकाथीहरू। यिनीहरू केनी+ थिए, जो हाम्मथका सन्तान थिए। हाम्मथ रेकाबको+ घरानाका बुबा थिए।

३ दाउदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए:+ जेठा अम्नोन,+ जसलाई यिज्रेलकी अहिनोमले+ जन्माएकी थिइन्‌; माहिला दानिएल, जसलाई कर्मेली अबिगेलले+ जन्माएकी थिइन्‌; २ साहिँला अब्सालोम,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्‌; काहिँला अदोनियाह,+ जसलाई हग्गिथले जन्माएकी थिइन्‌। ३ ठाहिँला सेपत्याह, जसलाई अबितलले जन्माएकी थिइन्‌ अनि कान्छा इथ्राम, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्‌। ४ दाउदका यी छ जना छोरा हेब्रोनमा जन्मिएका थिए। तिनले हेब्रोनबाट साढे सात वर्ष अनि यरुसलेमबाट ३३ वर्ष शासन गरे।+

५ दाउदका यी छोराहरूचाहिँ यरुसलेममा जन्मिएका थिए:+ सिमेअ, सोबाब, नातान+ र सुलेमान।+ यी चार जनालाई अम्मिएलकी छोरी बेतसेबाले+ जन्माएकी थिइन्‌। ६ दाउदका अरू नौ जना छोरा यी थिए: इभार, एलिसामा, एलिपेलेत, ७ नोगह, नेपेग, यापि, ८ एलिसामा, एलियादा र एलिपेलेत। ९ यिनीहरू सबै दाउदका छोराहरू थिए र यिनीहरूकी बहिनी तामार+ थिइन्‌। यसबाहेक दाउदका उपपत्नीहरूले पनि छोराहरू जन्माएका थिए।

१० सुलेमानका छोरा रहबाम+ थिए। रहबामका छोरा अबियाह+ थिए। अबियाहका छोरा आसा+ थिए। आसाका छोरा यहोसापात+ थिए। ११ यहोसापातका छोरा यहोराम+ थिए। यहोरामका छोरा आहाज्याह+ थिए। आहाज्याहका छोरा यहोआस+ थिए। १२ यहोआसका छोरा अमस्याह+ थिए। अमस्याहका छोरा अजर्याह+ थिए। अजर्याहका छोरा योताम+ थिए। १३ योतामका छोरा आहाज+ थिए। आहाजका छोरा हिजकियाह+ थिए। हिजकियाहका छोरा मनस्से+ थिए। १४ मनस्सेका छोरा अमोन+ थिए। अमोनका छोरा योसियाह+ थिए। १५ योसियाहका छोराहरू यी थिए: जेठा योहानान, माहिला यहोयाकिम,+ साहिँला सिदकियाह+ र कान्छा साल्लुम। १६ यहोयाकिमका छोरा येकोनिया+ थिए। येकोनियाका छोरा सिदकियाह थिए। १७ कैदी येकोनियाका छोराहरू यी थिए: सालतिएल, १८ मल्किराम, पदायाह, सेनज्जर, यकम्याह, होसामा र नदब्याह। १९ पदायाहका छोराहरू यरुबाबेल+ र सिमि थिए अनि यरुबाबेलका छोराहरू मेसुल्लाम र हानन्याह थिए। (सेलोमिथ तिनीहरूकी बहिनी थिइन्‌।) २० पदायाहका अरू पाँच जना छोरा हसुबा, ओहेल, बरक्याह, हासदियाह र युसब-हेसेद थिए। २१ हानन्याहका छोराहरू पलात्याह र यसायाह थिए। यसायाहका छोरा रफायाह थिए। रफायाहका छोरा अर्नान थिए। अर्नानका छोरा ओबदियाह थिए। ओबदियाहका छोरा सेकन्याह थिए। २२ अनि सेकन्याहका सन्तान यी थिए: तिनका छोरा सेमायाह र सेमायाहका छोराहरू हात्तुस, इगाल, बारिआ, नरियाह र सापात। यिनीहरू जम्मा छ जना थिए। २३ नरियाहका छोराहरू तीन जना थिए—एलियोनै, हिज्कियाह र अज्रिकाम। २४ अनि एलियोनैका छोराहरू सात जना थिए—होदबियाह, एलियासिब, पलायाह, अक्कुब, योहानान, दलायाह र अनानी।

४ यहुदाका छोराहरू पेरेज,+ हेस्रोन,+ कर्मि, हुर+ र सोबाल+ थिए। २ सोबालका छोरा रायाहबाट याहथ जन्मिए। याहथबाट अहुमै र लाहद जन्मिए। तिनीहरू नै जोराथीहरूका घराना थिए।+ ३ एतामको+ बुबाका* छोराहरू यी थिए: यिज्रेल, इस्मा र इद्‌बास। (तिनीहरूकी बहिनीको नाम हज्जेलेपोनी थियो।) ४ गेदोरका बुबा पेनुएल र हुसाहका बुबा एजेर थिए। तिनीहरू हुरका+ छोराहरू थिए। हुर एप्राताका पहिलो सन्तान र बेतलेहेमका+ बुबा थिए। ५ तेकोका+ बुबा असहुरका+ दुइटी पत्नी थिए—हेलह र नाराह। ६ नाराहले असहुरबाट अहुज्जाम, हेपेर, तेमनि र हाहसतारिलाई जन्माइन्‌। यिनीहरू नै नाराहका छोराहरू थिए। ७ हेलहका छोराहरू जेरेथ, इजहार र एतनान थिए। ८ कोजबाट आनुब र सोबेबा जन्मिए। कोज हारुमका छोरा आहारेलको घरानाका पुर्खा पनि थिए।

९ याबेजले आफ्ना दाजुभाइले भन्दा धेरै सम्मान पाए। तिनकी आमाले यसो भन्दै तिनको नाम याबेज* राखेकी थिइन्‌: “मैले निकै पीडा सहेर उसलाई जन्माएँ।” १० याबेजले इस्राएलका परमेश्‍वरलाई यस्तो बिन्ती गरे: “हे परमेश्‍वर! मलाई आशिष्‌ दिनुहोस्‌। मलाई ठूलो इलाका दिनुहोस्‌। तपाईँको हात ममाथि रहोस्‌; मलाई विपत्तिबाट जोगाउनुहोस्‌। मलाई कुनै कुराले हानि पुऱ्‍याउन नपाओस्‌।” त्यसैले परमेश्‍वरले तिनले भनेझैँ गरिदिनुभयो।

११ सुहाका भाइ केलुबबाट महिर जन्मिए। महिर एस्तोनका बुबा थिए। १२ एस्तोनबाट बथ-रापा, पासेह र तहिन्‍नाह जन्मिए। तहिन्‍नाह इर-नाहासका बुबा थिए। यिनीहरू रेकाहका बासिन्दा थिए। १३ केनजका छोराहरू ओथ्निएल+ र सिरायाह थिए। ओथ्निएलका छोरा हाथाथ थिए। १४ मनोथैबाट ओप्रा जन्मिए। सिरायाहबाट योआब जन्मिए। योआब गे-हर्सिमका* बासिन्दाका पुर्खा थिए। त्यस ठाउँको नाम गे-हर्सिम राखिएको थियो किनकि त्यहाँका मानिसहरू शिल्पकार थिए।

१५ यपुन्‍नेका छोरा कालेबका+ छोराहरू यी थिए: इरु, एलाह र नाआम। एलाहका छोरा केनज थिए। १६ यहले-लेलका छोराहरू जिफ, जिपाह, तिरिया र आसरेल थिए। १७ एज्राहका छोराहरू यथेर, मरेद, एपेर र यालोन थिए। उनी* गर्भवती भइन्‌ अनि मरियम, साम्मै र इस्बाहलाई जन्माइन्‌। इस्बाह एस्तेमोआका बुबा थिए। १८ (तिनकी यहुदी पत्नीले गेदोरका बुबा यरेद, सोकोका बुबा हेबेर र जानोहका बुबा यकुथिएललाई जन्माइन्‌।) यिनीहरू फारोकी* छोरी बिथियाहका छोराहरू थिए। बिथियाहलाई मरेदले विवाह गरेका थिए।

१९ होदियाहकी पत्नीका छोराहरू गारेमी केइलाहका र माकाथी एस्तेमोआका बुबाहरू थिए। उनी नहमकी बहिनी थिइन्‌। २० सिमोनका छोराहरू अम्नोन, रिन्‍नाह, बेन-हानान र तिलोन थिए। इसिका छोराहरू जोहेथ र बेन-जोहेथ थिए।

२१ यहुदाका छोरा सेलहका+ सन्तान यी थिए: लेकाका बुबा एर, मारेसाहका बुबा लादाह, मलमल कपडा बनाउने अस्बेयाको घराना, २२ योकिम, कोजेबाका मानिसहरू, योआस, साराप, जसले मोआबी स्त्रीहरूसित विवाह गरेका थिए र यासुबि-लेहेम। यो पुरातन समयको विवरण हो। २३ तिनीहरू नै नेतैम र गेदेराहका कुमालेहरू थिए। तिनीहरू त्यहाँ बसोबास गर्थे र राजाको निम्ति काम गर्थे।

२४ सिमियोनका छोराहरू+ नमुएल, यामिन, यारिब, जेरह र सावल थिए।+ २५ सावलका छोरा साल्लुम थिए। साल्लुमका छोरा मिब्साम थिए। मिब्सामका छोरा मिस्मा थिए। २६ मिस्माका सन्तान यी थिए: तिनका छोरा हाम्मुएल, हाम्मुएलका छोरा जक्कुर र जक्कुरका छोरा सिमि। २७ सिमिका १६ जना छोरा र ६ जना छोरी थिए। तर तिनका दाजुभाइका छोराछोरी भने धेरै थिएनन्‌। यहुदाको वंशको मानिसहरूका जति धेरै छोराछोरी थिए, त्यति धेरै छोराछोरी तिनीहरूको कुनै परिवारमा थिएन।+ २८ तिनीहरू बेर्सेबा,+ मोलादाह,+ हजर-सुआल,+ २९ बिल्हा, एजेम,+ तोलाद, ३० बतुएल,+ होर्माह,+ जिक्लग,+ ३१ बेथ-मर्काबोथ, हजर-सुसिम,+ बेथ-बिरी र सारैममा बसोबास गर्थे। दाउदको शासनकालसम्म यी सहरहरू तिनीहरूकै अधिकारमा थिए।

३२ साथै तिनीहरू यी पाँच सहर—एताम, ऐइन, रिम्मोन, तोकेन र असानमा+ बसोबास गर्थे। ३३ यी सहरहरूवरिपरि तिनीहरूका बस्ती पनि थिए र ती बाआलसम्मै फैलिएका थिए। तिनीहरूको वंशावली र तिनीहरू बसोबास गरेका ठाउँहरूको नाम यी नै हुन्‌। ३४ सिमियोनका अरू सन्तान यी थिए: मेसोबाब, याम्लेक, अमस्याहका छोरा योसाह, ३५ योएल, येहु, जो योसिब्याहका छोरा, सिरायाहका नाति र असिएलका पनाति थिए, ३६ एलियोनै, याकोबाह, यसोहयाह, असयाह, अदिएल, यसिमिएल, बेनायाह ३७ र जिजा, जो सिपिका छोरा थिए। (सिपि अल्लोनका छोरा थिए; अल्लोन यदायाहका छोरा थिए; यदायाह सिम्रिका छोरा थिए र सिम्रि सेमायाहका छोरा थिए।) ३८ तिनीहरू सबै आ-आफ्नो घरानाका नाइके थिए। तिनीहरूको पुर्खाको घराना झन्‌झन्‌ ठूलो हुँदै गयो। ३९ तिनीहरू आफ्नो बगालको निम्ति चरन खोज्दै बेँसीको पूर्वपट्टि, गेदोरको मूलढोकासम्मै पुगे। ४० आखिरमा तिनीहरूले हराभरा र असल चरनहरू भएको ठाउँ भेट्टाए। त्यो ठाउँ ठूलो, शान्त र सुरक्षित थियो। पहिले त्यहाँ हामका सन्तान+ बसोबास गर्थे। ४१ यी मानिसहरू, जसको नामको सूची दिइएको छ, यिनीहरू यहुदाका राजा हिजकियाहको+ शासनकालमा त्यहाँ गए अनि त्यहाँ बसोबास गरिरहेका हामका सन्तान र म्युनीहरूका पालहरू नष्ट गरिदिए; आजसम्मै उनीहरूको नामोनिसान भेटिँदैन। त्यसपछि तिनीहरू उनीहरूको ठाउँमा बसोबास गर्न थाले किनकि तिनीहरूको बगालको निम्ति त्यहाँ चरनहरू थिए।

४२ इसिका छोराहरू पलात्याह, नरियाह, रफायाह र उज्जिएलको नेतृत्वमा ५०० जना सिमियोनीहरू सेइर डाँडामा+ गए। ४३ अनि तिनीहरूले उम्कन सफल भएका अमालेकीहरूलाई मारे।+ त्यसपछि तिनीहरू त्यहाँ बसोबास गर्न थाले। तिनीहरू आजसम्मै त्यहीँ बसोबास गर्छन्‌।

५ इस्राएलका पहिलो सन्तान रुबेनका+ छोराहरू यी थिए। रुबेन पहिलो सन्तान थिए तर तिनले आफ्नो बुबाको ओछ्यान बिटुलो पारेकोले+ तिनको ज्येष्ठ-अधिकार इस्राएलका अर्का छोरा युसुफका छोराहरूलाई दिइयो।+ त्यसैले तिनीहरूको परिवारको वंशावलीमा रुबेनको नाम पहिलो सन्तानको रूपमा लेखिएन। २ हुनत यहुदा+ आफ्ना दाजुभाइभन्दा महान्‌ थिए र तिनकै वंशबाट एक जना शासक आउने थिए+ तैपनि ज्येष्ठ-अधिकार भने युसुफलाई नै दिइयो। ३ इस्राएलका पहिलो सन्तान रुबेनका छोराहरू यी थिए: हानोक, पल्लु, हेस्रोन र कर्मि।+ ४ योएलका सन्तान यी थिए: तिनका छोरा सेमायाह, सेमायाहका छोरा गोग, गोगका छोरा सिमि, ५ सिमिका छोरा मिका, मिकाका छोरा रायाह, रायाहका छोरा बाआल ६ र बाआलका छोरा बिराह। बिराहलाई अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ बन्दी बनाएर लगेका थिए। बिराह रुबेनको कुलका कुलनायक थिए। ७ तिनीहरूको घरानाको वंशावलीअनुसार बिराहका दाजुभाइ यी थिए: यइएल, जो मुखिया थिए, जकरिया ८ र बेला। बेला अजाजका छोरा सेमाका नाति र योएलका पनाति थिए। बेलाको घराना अरोएरमा+ बसोबास गर्थ्यो अनि उनीहरूको बस्ती नेबो र बाआल-मोनसम्मै+ फैलिएको थियो। ९ गिलादको इलाकामा उनीहरूको गाईवस्तुको सङ्‌ख्या निकै बढेको थियो।+ त्यसैले उनीहरूले पूर्वपट्टि निर्जनभूमि सुरु हुने ठाउँसम्मको इलाका ओगटेका थिए। यो निर्जनभूमि युफ्रेटिस नदीसम्मै फैलिएको थियो।+ १० साउलको शासनकालमा उनीहरूले हगारीहरूसित युद्ध लडे र तिनीहरूलाई हराए। त्यसपछि उनीहरू गिलादको पूर्वपट्टिको पूरै इलाकामा हगारीहरूका पालहरूमा बसोबास गर्न थाले।

११ रुबेनका सन्तानको इलाकासँगै गादका सन्तानको इलाका थियो। गादका सन्तानको इलाका बासानमा र सालेकाहसम्मै फैलिएको थियो।+ १२ बासानमा योएल मुखिया थिए, दोस्रो दर्जामा सापाम थिए अनि यानै र सापात पनि अगुवा नै थिए। १३ तिनीहरूको बुबापट्टिको घरानाका दाजुभाइ यी थिए: माइकल, मेसुल्लाम, सेबा, योरै, याकान, जिआ र एबेर। तिनीहरू जम्मा सात जना थिए। १४ तिनीहरू अबिहेलका छोराहरू थिए। अबिहेल हुरिका छोरा थिए। हुरि यारोहका छोरा थिए। यारोह गिलादका छोरा थिए। गिलाद माइकलका छोरा थिए। माइकल यसिसैका छोरा थिए। यसिसै याहदोका छोरा थिए र याहदो बुजका छोरा थिए। १५ गुनिका नाति, अब्दिएलका छोरा अहि तिनीहरूको बुबापट्टिको घरानाका नाइके थिए। १६ तिनीहरू गिलाद,+ बासान+ र त्यसवरिपरिका सहरहरूमा बसोबास गर्थे। तिनीहरूको बस्ती सारोनका सबै चरनसम्म फैलिएको थियो। १७ तिनीहरूको वंशावली यहुदाका राजा योताम+ र इस्राएलका राजा यरोबामको*+ शासनकालमा लेखिएको थियो।

१८ रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलको सेनामा ४४ हजार ७ सय ६० जना वीर योद्धा थिए, जसले ढाल, तरबार अनि धनु बोक्थे। तिनीहरू तालिमप्राप्त सिपाही थिए। १९ तिनीहरूले हगारीहरूसित+ अनि यतुर, नपिस+ र नोदाबका सन्तानसित युद्ध गरे। २० परमेश्‍वरले तिनीहरूलाई युद्ध लड्‌न मदत गर्नुभयो। उहाँले हगारीहरू र उनीहरूलाई साथ दिने सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो किनभने तिनीहरूले युद्ध लड्‌न परमेश्‍वरसित मदत मागेका थिए। परमेश्‍वरले तिनीहरूको पुकारा सुन्‍नुभयो किनकि तिनीहरूले उहाँमाथि भरोसा राखेका थिए।+ २१ तिनीहरूले उनीहरूको ५० हजार उँट, २ लाख ५० हजार भेडा र २ हजार गधा लुटे अनि १ लाख मानिसलाई बन्दी बनाए। २२ युद्धमा थुप्रै शत्रु मारिए किनभने साँचो परमेश्‍वरले नै त्यो युद्ध लड्‌नुभएको थियो।+ तिनीहरूलाई निर्वासनमा नलगिएसम्म तिनीहरू उनीहरूको इलाकाहरूमा बसोबास गरे।+

२३ मनस्सेको आधा कुलका सन्तान+ बासानदेखि बाआल-हर्मोनसम्मको इलाकामा, सेनिरमा र हर्मोन डाँडाको इलाकामा बसोबास गर्थे।+ तिनीहरू असङ्‌ख्य थिए। २४ तिनीहरूको बुबापट्टिका घरानाका नाइकेहरू यी थिए: एपेर, इसि, एलिएल, अज्रिएल, यर्मिया, होदबियाह र याहदिएल। यिनीहरू वीर योद्धा र नाम चलेका पुरुषहरू थिए अनि आफ्ना बुबापट्टिका घरानाका नाइकेहरू थिए। २५ तर यिनीहरूले आफ्ना पितापुर्खाका परमेश्‍वरसित विश्‍वासघात गरे। जुन जातिहरूलाई परमेश्‍वरले तिनीहरूको सामने नाश गर्नुभएको थियो, तिनीहरूले त्यही जातिहरूको देवीदेवतासित वेश्‍यावृत्ति गर्न थाले।*+ २६ त्यसैले इस्राएलका परमेश्‍वरले अस्सेरियाका राजा पुलको (अर्थात्‌ अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरको)+ मनलाई उक्साउनुभयो।+ उनले रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूलाई बन्दी बनाए। अनि तिनीहरूलाई हलह, हबोर र हारामा अनि गोजान नदीमा लगे।+ तिनीहरू आजसम्म त्यहीँ छन्‌।

६ लेविका छोराहरू+ गेर्सोन, कोहात+ र मरारि+ थिए। २ कोहातका छोराहरू अम्राम, इजहार,+ हेब्रोन र उज्जिएल+ थिए। ३ अम्रामका+ छोराछोरी यी थिए: हारुन,+ मोसा+ र मरियम।+ अनि हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार+ र इथामार+ थिए। ४ एलियाजारबाट पिनहास जन्मिए।+ पिनहासबाट अबिसु जन्मिए। ५ अबिसुबाट बुक्कि जन्मिए। बुक्किबाट उज्जि जन्मिए। ६ उज्जिबाट जेरायाह जन्मिए। जेरायाहबाट मरायोथ जन्मिए। ७ मरायोथबाट अमर्याह जन्मिए। अमर्याहबाट अहितुब जन्मिए।+ ८ अहितुबबाट सादोक जन्मिए।+ सादोकबाट अहिमास जन्मिए।+ ९ अहिमासबाट अजर्याह जन्मिए। अजर्याहबाट योहानान जन्मिए। १० योहानानबाट अजर्याह जन्मिए। अजर्याह सुलेमानले यरुसलेममा बनाएको भवनमा पुजारीको रूपमा सेवा गर्थे।

११ अजर्याहबाट अमर्याह जन्मिए। अमर्याहबाट अहितुब जन्मिए। १२ अहितुबबाट सादोक जन्मिए।+ सादोकबाट साल्लुम जन्मिए। १३ साल्लुमबाट हिल्कियाह जन्मिए।+ हिल्कियाहबाट अजर्याह जन्मिए। १४ अजर्याहबाट सिरायाह जन्मिए।+ सिरायाहबाट यहोजादाक जन्मिए।+ १५ यहोवा परमेश्‍वरले यहुदा र यरुसलेमका बासिन्दालाई नबुकद्‌नेजरको हातद्वारा निर्वासनमा लैजानुभएको बेला यहोजादाकलाई पनि बन्दी बनाएर लगिएको थियो।

१६ लेविका छोराहरू गेर्सोम,* कोहात र मरारि थिए। १७ गेर्सोमका छोराहरू लिब्नि र सिमि थिए।+ १८ कोहातका छोराहरू अम्राम, इजहार, हेब्रोन र उज्जिएल थिए।+ १९ मरारिका छोराहरू महलि र मुसि थिए।

लेवीहरूको पुर्खाबाट जन्मेका घरानाहरू यी थिए:+ २० गेर्सोमका सन्तान:+ तिनका छोरा लिब्नि, लिब्निका छोरा याहथ, याहथका छोरा जिम्माह, २१ जिम्माहका छोरा योआ, योआका छोरा इद्दो, इद्दोका छोरा जेरह र जेरहका छोरा यथरै। २२ कोहातका सन्तान: तिनका छोरा अम्मिनादाब, अम्मिनादाबका छोरा कोरह,+ कोरहका छोरा अस्सिर, २३ अस्सिरका छोरा एल्काना, एल्कानाका छोरा एबिआसाप,+ एबिआसापका छोरा अस्सिर, २४ अस्सिरका छोरा तहथ, तहथका छोरा उरिएल, उरिएलका छोरा उज्जियाह र उज्जियाहका छोरा सावल। २५ एल्कानाका छोराहरू अमासै र अहिमोत थिए। २६ अर्का एल्कानाका सन्तान यी थिए: एल्कानाका छोरा जोपै, जोपैका छोरा नहथ, २७ नहथका छोरा एलिआब, एलिआबका छोरा यरोहाम र यरोहामका छोरा एल्काना।+ २८ समुएलका+ जेठा छोरा योएल र कान्छा छोरा अबियाह थिए।+ २९ मरारिका सन्तान: तिनका छोरा महलि,+ महलिका छोरा लिब्नि, लिब्निका छोरा सिमि, सिमिका छोरा उज्याह, ३० उज्याहका छोरा सिमेअ, सिमेअका छोरा हाग्गियाह र हाग्गियाहका छोरा असयाह।

३१ यहोवा परमेश्‍वरको सन्दुक* उहाँको भवनमा ल्याएर राखिएपछि दाउदले केही पुरुषलाई गायनको नेतृत्व लिन नियुक्‍त गरेका थिए।+ ३२ सुलेमानले यरुसलेममा यहोवा परमेश्‍वरको भवन नबनाउन्जेल+ ती पुरुषहरूले वासस्थान* अर्थात्‌ भेट हुने पालमा भजन गाउने जिम्मेवारी पाएका थिए। तिनीहरूले आफूलाई दिइएको आज्ञाअनुसारै सेवा गरिरहे।+ ३३ आफ्ना छोराहरूसित यो काम गर्ने पुरुषहरू यी थिए: कोहातको घरानाबाट: गायक हेमान,+ जो योएलका+ छोरा थिए। योएल समुएलका छोरा थिए। ३४ समुएल एल्कानाका+ छोरा थिए। एल्काना यरोहामका छोरा थिए। यरोहाम एलिएलका छोरा थिए। एलिएल तोहका छोरा थिए। ३५ तोह जुपका छोरा थिए। जुप एल्कानाका छोरा थिए। एल्काना महथका छोरा थिए। महथ अमासैका छोरा थिए। ३६ अमासै एल्कानाका छोरा थिए। एल्काना योएलका छोरा थिए। योएल अजर्याहका छोरा थिए। अजर्याह सपन्याहका छोरा थिए। ३७ सपन्याह तहथका छोरा थिए। तहथ अस्सिरका छोरा थिए। अस्सिर एबिआसापका छोरा थिए। एबिआसाप कोरहका छोरा थिए। ३८ कोरह इजहारका छोरा थिए। इजहार कोहातका छोरा थिए। कोहात लेविका छोरा थिए र लेवि इस्राएलका छोरा थिए।

३९ हेमानका भाइ आसाप+ तिनको दाहिनेतिर उभिन्थे। आसाप बरक्याहका छोरा थिए। बरक्याह सिमेअका छोरा थिए। ४० सिमेअ माइकलका छोरा थिए। माइकल बासेयाहका छोरा थिए। बासेयाह मल्कियाहका छोरा थिए। ४१ मल्कियाह एत्निका छोरा थिए। एत्नि जेरहका छोरा थिए। जेरह आदायाहका छोरा थिए। ४२ आदायाह एतानका छोरा थिए। एतान जिम्माहका छोरा थिए। जिम्माह सिमिका छोरा थिए। ४३ सिमि याहथका छोरा थिए। याहथ गेर्सोमका छोरा थिए र गेर्सोम लेविका छोरा थिए।

४४ हेमानको देब्रेतिर चाहिँ तिनीहरूका दाजुभाइ अर्थात्‌ मरारिका सन्तान+ उभिन्थे, जसमध्ये एक जना एतान थिए।+ एतान किसिका छोरा थिए। किसि अब्दिका छोरा थिए। अब्दि मल्लुकका छोरा थिए। ४५ मल्लुक हासबियाहका छोरा थिए। हासबियाह अमस्याहका छोरा थिए। अमस्याह हिल्कियाहका छोरा थिए। ४६ हिल्कियाह अम्सीका छोरा थिए। अम्सी बानिका छोरा थिए। बानि सेमेरका छोरा थिए। ४७ सेमेर महलिका छोरा थिए। महलि मुसिका छोरा थिए। मुसि मरारिका छोरा थिए र मरारि लेविका छोरा थिए।

४८ तिनीहरूका दाजुभाइ अर्थात्‌ अरू लेवीहरूलाई वासस्थान अर्थात्‌ साँचो परमेश्‍वरको घरमा गरिने सम्पूर्ण कामको लागि नियुक्‍त गरिएको थियो।+ ४९ हारुन र उनका छोराहरूले+ अग्निभेटी* चढाउने वेदीमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउँथे।+ साथै तिनीहरूले धूप बाल्ने वेदीमा धूप चढाउँथे,+ महापवित्र थोकहरूसम्बन्धी सम्पूर्ण काम गर्थे अनि इस्राएलीहरूको पापको प्रायश्‍चितको लागि बलि पनि चढाउँथे।+ यसरी तिनीहरू साँचो परमेश्‍वरका सेवक मोसाले दिएका सम्पूर्ण आज्ञा पालन गर्थे। ५० हारुनका सन्तान यी थिए:+ उनका छोरा एलियाजार,+ एलियाजारका छोरा पिनहास, पिनहासका छोरा अबिसु, ५१ अबिसुका छोरा बुक्कि, बुक्किका छोरा उज्जि, उज्जिका छोरा जेरायाह, ५२ जेरायाहका छोरा मरायोथ, मरायोथका छोरा अमर्याह, अमर्याहका छोरा अहितुब,+ ५३ अहितुबका छोरा सादोक+ र सादोकका छोरा अहिमास।

५४ तिनीहरू आफ्नो इलाकाका यी ठाउँहरूमा छाउनी हालेर बस्थे: कोहातको घरानाको हारुनका सन्तान, जसको नाममा पहिलो गोला पऱ्‍यो, ५५ तिनीहरूलाई यहुदाको हेब्रोन+ अनि त्यसवरपरका चरनहरू दिइयो। ५६ तर सहरको खुला मैदान र वरपरका बस्तीहरूचाहिँ यपुन्‍नेका छोरा कालेबलाई दिइयो।+ ५७ साथै हारुनका सन्तानलाई शरणनगरहरू*+ अर्थात्‌ हेब्रोनका+ साथै लिब्नाह+ र त्यहाँका चरनहरू, यात्तिर,+ एस्तेमोआ र त्यहाँका चरनहरू,+ ५८ हिलेन र त्यहाँका चरनहरू, दबिर+ र त्यहाँका चरनहरू, ५९ असान+ र त्यहाँका चरनहरू अनि बेथ-सेमेस+ र त्यहाँका चरनहरू दिइयो। ६० बिन्यामिनको कुलबाट तिनीहरूलाई गेबा+ र त्यहाँका चरनहरू, अलेमेथ र त्यहाँका चरनहरू अनि अनातोत+ र त्यहाँका चरनहरू दिइयो। तिनीहरूको घरानालाई जम्मा १३ वटा सहर दिइएको थियो।+

६१ बाँकी कोहातीहरूलाई १० वटा सहर दिइयो।* उनीहरूलाई यी सहरहरू अरू कुलको घरानाबाट अनि आधा कुल अर्थात्‌ मनस्सेको आधा कुलबाट दिइएको थियो।+

६२ गेर्सोमीहरूलाई तिनीहरूको घरानाको हिसाबअनुसार १३ वटा सहर दिइयो। तिनीहरूलाई यी सहरहरू इस्साकारको कुल, असेरको कुल, नप्तालिको कुल र बासानमा बस्ने मनस्सेको कुलबाट दिइएको थियो।+

६३ मरारीहरूलाई उनीहरूको घरानाको हिसाबअनुसार गोला हालेर १२ वटा सहर दिइयो। उनीहरूलाई यी सहरहरू रुबेनको कुल, गादको कुल र जबुलुनको कुलबाट दिइएको थियो।+

६४ यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+ ६५ साथै तिनीहरूलाई यहुदाको कुल, सिमियोनको कुल र बिन्यामिनको कुलबाट गोला हालेर ती सहरहरू दिइयो, जुन सहरहरूको नाम उल्लेख गरिएको छ।

६६ कोहातीहरूको कुनै-कुनै घरानालाई एप्रैमको कुलबाट सहरहरू दिइयो।+ ६७ उनीहरूलाई शरणनगरहरू* अर्थात्‌ एप्रैमको पहाडी इलाकामा पर्ने सकेम+ र त्यहाँका चरनहरूका साथै गेजेर+ र त्यहाँका चरनहरू, ६८ योक्मिम र त्यहाँका चरनहरू, बेथ-होरोन+ र त्यहाँका चरनहरू, ६९ ऐय्यालोन+ र त्यहाँका चरनहरू, गाथ-रिम्मोन+ र त्यहाँका चरनहरू दिइयो। ७० कोहातीहरूका बाँकी घरानालाई मनस्सेको आधा कुलबाट अनेर र त्यहाँका चरनहरू अनि बिलेम र त्यहाँका चरनहरू दिइयो।

७१ गेर्सोमीहरूलाई मनस्सेको आधा कुलको घरानाबाट बासानको गोलान+ र त्यहाँका चरनहरू अनि अस्तारोथ र त्यहाँका चरनहरू दिइयो।+ ७२ अनि इस्साकारको कुलबाट केदेस र त्यहाँका चरनहरू, दबेरथ+ र त्यहाँका चरनहरू,+ ७३ रामोथ र त्यहाँका चरनहरू अनि अनेम र त्यहाँका चरनहरू दिइयो। ७४ असेरको कुलबाट मासाल र त्यहाँका चरनहरू, अब्दोन र त्यहाँका चरनहरू,+ ७५ हुकोक र त्यहाँका चरनहरू अनि रेहोब+ र त्यहाँका चरनहरू दिइयो। ७६ नप्तालिको कुलबाट चाहिँ गालिलको+ केदेस+ र त्यहाँका चरनहरू, हम्मोन र त्यहाँका चरनहरू अनि किर्यथैम र त्यहाँका चरनहरू दिइयो।

७७ बाँकी मरारिहरूलाई जबुलुनको कुलबाट+ रिम्मोनो र त्यहाँका चरनहरू अनि ताबोर र त्यहाँका चरनहरू दिइयो। ७८ रुबेनको कुलबाट तिनीहरूलाई यरिहोको नजिकै, यर्दनको पूर्वतिर, निर्जनभूमिमा पर्ने बेजेर र त्यहाँका चरनहरू, याहज+ र त्यहाँका चरनहरू, ७९ केदेमोथ+ र त्यहाँका चरनहरू अनि मेफाथ र त्यहाँका चरनहरू दिइयो। ८० अनि गादको कुलबाट चाहिँ गिलादको रामोथ र त्यहाँका चरनहरू, महनैम+ र त्यहाँका चरनहरू, ८१ हेस्बोन+ र त्यहाँका चरनहरू अनि याजेर+ र त्यहाँका चरनहरू दिइयो।

७ इस्साकारका चार जना छोरा यी थिए: तोला, पुआ, यासुब र सिम्रोन।+ २ तोलाका छोराहरू उज्जि, रफायाह, यरिएल, याहमै, इब्साम र सेमुएल थिए। तिनीहरू सबै आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। तोलाका सन्तान वीर योद्धाहरू थिए। दाउदको शासनकालमा तिनीहरूको सङ्‌ख्या २२ हजार ६ सय थियो। ३ उज्जिका सन्तान यी थिए: इज्रहियाह र इज्रहियाहका छोराहरू: माइकल, ओबदियाह, योएल र इसिया। यी पाँचै जना नाइके थिए। ४ तिनीहरूको बुबापट्टिको घरानाको वंशावलीअनुसार तिनीहरूको सैन्य दलमा युद्धको लागि तयार ३६ हजार योद्धा थिए। किनकि तिनीहरूका धेरै पत्नी र छोराहरू थिए। ५ तिनीहरूका दाजुभाइ अर्थात्‌ इस्साकारको सबै घरानाका पुरुषहरू वीर योद्धा थिए; तिनीहरूको वंशावलीअनुसार तिनीहरू जम्मा ८७ हजार जना थिए।+

६ बिन्यामिनका+ तीन जना छोरा यी थिए: बेला,+ बेकेर+ र यदिएल।+ ७ अनि बेलाका पाँच जना छोरा थिए: एज्बोन, उज्जि, उज्जिएल, यरिमोथ र इरि। तिनीहरू सबै आफ्ना बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू वीर योद्धा थिए; तिनीहरूको वंशावलीअनुसार तिनीहरू जम्मा २२ हजार ३४ जना थिए।+ ८ बेकेरका छोराहरू यी थिए: जिमिराह, योआस, एलिएजर, एलियोनै, ओम्रि, यरेमोथ, अबियाह, अनातोत र अलेमेथ। तिनीहरू सबै बेकेरका छोराहरू थिए। ९ बुबापट्टिको घरानाका यी नाइकेहरूको वंशावलीअनुसार तिनीहरूको सन्तानको सङ्‌ख्या २० हजार २ सय थियो। तिनीहरू वीर योद्धा थिए। १० यदिएलका+ सन्तान यी थिए: बिल्हान र बिल्हानका छोराहरू: यउस, बिन्यामिन, एहुद, केनाना, जेथान, तर्सिस र अहिसहर। ११ तिनीहरू सबै यदिएलका सन्तान थिए र आफ्ना बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरूको घरानामा युद्धमा जान तयार १७ हजार २ सय वीर योद्धा थिए।

१२ सुप्पीहरू र हुप्पीहरू* इरका सन्तान थिए+ अनि हुसीहरूचाहिँ अहेरका सन्तान थिए।

१३ नप्तालिका छोराहरू+ याहसिएल, गुनि, यसेर र साल्लुम थिए। तिनीहरू बिल्हाका सन्तान थिए।+

१४ मनस्सेका+ सन्तान यी थिए: अस्रिएल, जसलाई तिनकी सिरियाली उपपत्नीले जन्माएकी थिइन्‌। (उनले माकिरलाई+ जन्माइन्‌, जो गिलादका बुबा थिए। १५ माकिरले हुप्पिमको अनि सुप्पिमको विवाह गराइदिए, जसकी बहिनीको नाम माकाह थियो।) तिनका अर्का सन्तान सलोफाद+ थिए। तर सलोफादका छोरीहरू मात्र थिए।+ १६ माकिरकी पत्नी माकाहले छोरा जन्माइन्‌ र उसको नाम पेरेस राखिन्‌। पेरेसको भाइको नाम सेरेस थियो। तिनका छोराहरू उलाम र रेकेम थिए। १७ उलामका छोरा बेदान थिए। यिनीहरू सबै गिलादका सन्तान थिए। गिलाद माकिरका छोरा र मनस्सेका नाति थिए। १८ गिलादकी बहिनी हम्मोलेकेथ थिइन्‌। उनले इसोद, अबिएजेर र महलाहलाई जन्माइन्‌। १९ सेमिदाका छोराहरू अहिआन, सकेम, लिखि र अनिआम थिए।

२० एप्रैमका+ सन्तान यी थिए: सुतेलह,+ सुतेलहका छोरा बरेद, बरेदका छोरा तहथ, तहथका छोरा एलादाह, एलादाहका छोरा तहथ, २१ तहथका छोरा जबाद, जबादका छोरा सुतेलह अनि एजेर र एलाद। गाथका रैथानेहरू+ एप्रैमका सन्तानको वस्तुभाउ चोर्न गए अनि एजेर र एलादलाई मारे। २२ तिनीहरूका बुबा एप्रैमले धेरै दिनसम्म शोक गरिरहे र तिनका दाजुभाइले तिनीकहाँ आएर तिनलाई सान्त्वना दिइरहे। २३ पछि तिनले आफ्नी पत्नीसित सम्बन्ध राखे र उनी गर्भवती भएर एउटा छोरा जन्माइन्‌। तर तिनले आफ्नो छोराको नाम बरियाह* राखे किनकि तिनको घरानामा विपत्ति आइपरेको बेला तिनकी पत्नीले बच्चा जन्माएकी थिइन्‌। २४ तिनकी छोरी सिराह थिइन्‌। उनैले तल्लो+ र माथिल्लो बेथ-होरोन+ र उज्जेन-सेराह सहर बसालेकी थिइन्‌। २५ यिनीहरू पनि एप्रैमका सन्तान थिए: तिनका छोरा रफा, रसेप, रसेपका छोरा तेलह, तेलहका छोरा तहान, २६ तहानका छोरा लादान, लादानका छोरा अम्मिहुद, अम्मिहुदका छोरा एलिसामा, २७ एलिसामाका छोरा नुन र नुनका छोरा यहोसु।*+

२८ एप्रैमका सन्तान बसोबास गर्ने इलाका यी थिए: बेथेल+ र त्यसवरपरका बस्तीहरू, पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्यसवरपरका सहरहरू, सकेम र त्यसवरपरका सहरहरू अनि अय्याह* र त्यसवरपरका सहरहरूसम्मै, २९ मनस्सेका सन्तानको इलाकाको छेउमा भएका बेथ-सेन+ र त्यसवरपरका सहरहरू, तानक+ र त्यसवरपरका सहरहरू, मगिद्दो+ र त्यसवरपरका सहरहरू अनि दोर+ र त्यसवरपरका सहरहरू। यी ठाउँहरूमा इस्राएलका छोरा युसुफका सन्तान बसोबास गर्थे।

३० असेरका छोराहरू इम्नाह, इस्वा, इस्वि र बरियाह+ थिए। तिनीहरूकी बहिनी सेराह थिइन्‌।+ ३१ बरियाहका छोराहरू हेबेर र मल्किएल थिए। मल्किएल बिर्जेथका बुबा थिए। ३२ हेबेरबाट याप्लेत, सोमेर, होताम अनि तिनीहरूकी बहिनी सुआ जन्मिए। ३३ याप्लेतका छोराहरू पासक, बिम्हाल र अस्वाथ थिए। तिनीहरू याप्लेतका छोराहरू थिए। ३४ सेमेरका* छोराहरू अहि, रोहगाह, यहुब्बा र अराम थिए। ३५ तिनका भाइ हेलेमका* छोराहरू जोपह, इम्ना, सेलेस र अमाल थिए। ३६ जोपहका छोराहरू यी थिए: सुअ, हार्नेपेर, सुआल, बरि, इम्राह, ३७ बेजेर, होद, साम्मा, सिल्सा, इथ्रान र बिरा। ३८ यथेरका छोराहरू यपुन्‍ने, पिस्पाह र अरा थिए। ३९ उल्लाका छोराहरू अराह, हान्‍निएल र रिजिया थिए। ४० तिनीहरू सबै असेरका सन्तान थिए। तिनीहरू आफ्ना बुबापट्टिको घरानाका नाइके, चुनिएका पुरुषहरू अनि वीर योद्धाहरू थिए। तिनीहरू सेनापतिका प्रमुखहरू थिए। वंशावलीअनुसार+ तिनीहरूको सैन्य दलमा २६ हजार पुरुष थिए,+ जो युद्धका लागि तयार थिए।

८ बिन्यामिनका+ छोराहरू यी थिए: जेठा बेला,+ माहिला अस्बेल,+ साहिँला आहाराह, २ काहिँला नोहा र कान्छा रफा। ३ बेलाका छोराहरू यी थिए: अद्दार, गेरा,+ अबिहुद, ४ अबिसु, नामान, अहोह, ५ गेरा, सेपुपाम र हुराम। ६ एहुदका छोराहरू गेबाका बासिन्दाहरूका बुबापट्टिका घरानाका नाइकेहरू थिए। गेबाका+ बासिन्दाहरूलाई मनहथमा बन्दी बनाएर लगिएको थियो। एहुदका छोराहरू यी थिए: ७ नामान, अहियाह र गेरा। गेराले नै गेबाका बासिन्दाहरूलाई बन्दी बनाएर लगेका थिए। तिनीबाट उज्जा र अहिहुद जन्मिए। ८ मोआबको इलाकामा साहरेमका छोराछोरी जन्मिए। त्यसअघि नै तिनले उनीहरूलाई त्यहाँबाट धपाइदिएका थिए। तिनका पत्नीहरू हुसिम र बारा थिए।* ९ अनि तिनकी अर्की पत्नी होदेसले तिनीबाट यी छोराहरू जन्माइन्‌: योबाब, जिब्या, मेसा, मल्काम, १० युस, साकिया र मिर्माह। यिनीहरू साहरेमका छोराहरू थिए र यिनीहरू नै आफ्नो बुबापट्टिका घरानाका नाइकेहरू थिए।

११ हुसिमबाट अबितुब र एल्पाल जन्मिए। १२ एल्पालका छोराहरू यी थिए: एबेर, मिसाम, सेमेद (सेमेदले ओनो+ अनि लोद+ र त्यसवरपरका सहरहरू बसालेका थिए), १३ बरियाह र सेमा। यिनीहरू ऐय्यालोनका+ बासिन्दाहरूका बुबापट्टिका घरानाका नाइकेहरू थिए। यिनीहरूले गाथका बासिन्दाहरूलाई धपाइदिएका थिए। १४ अनि अहियो, सासक, यरेमोथ, १५ जबदियाह, अराद, एदेर, १६ माइकल, इस्पाह र योहा बरियाहका सन्तान थिए। १७ जबदियाह, मेसुल्लाम, हिज्कि, हेबेर, १८ इस्मरै, इज्लियाह र योबाब एल्पालका सन्तान थिए। १९ याकिम, जिक्रि, जब्दै, २० एलिएनै, जिल्लथै, एलिएल, २१ आदायाह, बरायाह र सिम्राथ सिमिका सन्तान थिए। २२ इस्पान, एबेर, एलिएल, २३ अब्दोन, जिक्रि, हानान, २४ हानन्याह, एलाम, अन्तोतियाह, २५ इपदियाह र पेनुएल सासकका सन्तान थिए। २६ साम्सेरै, सेहर्याह, अथल्याह, २७ यारेस्याह, एलिया र जिक्रि यरोहामका सन्तान थिए। २८ तिनीहरूको वंशावलीअनुसार तिनीहरू सबै आ-आफ्ना बुबापट्टिका घरानाका नाइकेहरू थिए। ती नाइकेहरू यरुसलेममा बसोबास गर्थे।

२९ यइएल गिबोनमा+ बस्थे। तिनले नै त्यो सहर बसालेका थिए। तिनकी पत्नीको नाम माकाह थियो।+ ३० तिनका छोराहरू यी थिए: जेठा अब्दोन, त्यसपछि जुर, किस, बाआल, नादाब, ३१ गेदोर, अहियो र जकेर। ३२ मिक्लोथबाट सिमेह जन्मिए। तिनीहरू सबै यरुसलेममा आफ्ना दाजुभाइ बसेको इलाकानजिकै बस्थे। तिनीहरूका अरू दाजुभाइ पनि तिनीहरूकै वरपर बस्थे।

३३ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल*+ जन्मिए। ३४ जोनाथनका छोरा मरिब-बाआल* थिए।+ मरिब-बाआलबाट मिका जन्मिए।+ ३५ मिकाका छोराहरू यी थिए: पिथोन, मलेक, तरे र आहाज। ३६ आहाजबाट यहोअदा जन्मिए। यहोअदाबाट अलेमेथ, अज्मावेथ र जिम्रि जन्मिए। जिम्रिबाट मोजा जन्मिए। ३७ मोजाबाट बिनिया जन्मिए। बिनियाबाट रफाह जन्मिए। रफाहबाट एलेसाह जन्मिए। एलेसाहबाट अजेल जन्मिए। ३८ अजेलका छ जना छोरा थिए—अज्रिकाम, बोकरु, इस्माएल, सेर्याह, ओबदियाह र हानान। यिनीहरू सबै अजेलका छोराहरू थिए। ३९ अजेलका भाइ एसेकका छोराहरू यी थिए: जेठा उलाम, माहिला यउस र कान्छा एलिपेलेत। ४० उलामका छोराहरू वीर योद्धाहरू थिए र तिनीहरू धनु चलाउन निपुण थिए। तिनीहरूका थुप्रै छोरा र नाति थिए—जम्मा १५० जना। तिनीहरू सबै बिन्यामिनका सन्तान थिए।

९ सबै इस्राएलीको वंशावली उनीहरूको घरानाअनुसार तयार पारियो र त्यो ‘इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएको छ। यहुदाका मानिसहरू परमेश्‍वरप्रति वफादार नरहेकोले तिनीहरूलाई बेबिलोनमा बन्दी बनाएर लगियो।+ २ बन्दी बनाएर लगिएपछि सबैभन्दा पहिला आ-आफ्नो सहरमा, आ-आफ्नो इलाकामा फर्केर आउनेहरूमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्दिरका सेवकहरू* थिए।+ ३ यहुदा,+ बिन्यामिन,+ एप्रैम र मनस्सेका केही सन्तान यरुसलेममा बसोबास गर्न थाले। तिनीहरू यी थिए: ४ उथै, जो अम्मिहुदका छोरा थिए अनि अम्मिहुद ओम्रिका, ओम्रि इम्रिका, इम्रि बानिका छोरा थिए र बानि यहुदाका छोरा पेरेजका+ सन्तान थिए; ५ सिलोनीहरूबाट असयाह, जो पहिलो सन्तान थिए र तिनका छोराहरू। ६ जेरहका सन्तानबाट+ युएल र तिनीहरूका ६९० जना दाजुभाइ।

७ अनि बिन्यामिनको सन्तानबाट हास्सेनुहका पनाति, होदबियाहका नाति र मेसुल्लामका छोरा साल्लु; ८ यरोहामका छोरा इब्निया; मिक्रिका नाति र उज्जिका छोरा एलाह अनि इब्नियाहका पनाति, रुएलका नाति र सेपत्याहका छोरा मेसुल्लाम। ९ तिनीहरूको वंशावलीअनुसार तिनीहरूका दाजुभाइ ९५६ जना थिए। तिनीहरू सबै आफ्नो बुबापट्टिको घरानाका नाइके थिए।

१० अनि पुजारीहरूबाट यदायाह, यहोयारिब, याकिन,+ ११ अजर्याह, जो हिल्कियाहका छोरा थिए अनि हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका, मरायोथ साँचो परमेश्‍वरको भवनका अगुवा अहितुबका छोरा थिए; १२ आदायाह, जो यरोहामका छोरा, पासुहरका नाति र मल्कियाहका पनाति थिए; मासै, जो अदिएलका छोरा थिए अनि अदिएल याहजेराका, याहजेरा मेसुल्लामका, मेसुल्लाम मेसिलेमितका र मेसिलेमित इम्मेरका छोरा थिए; १३ अनि तिनीहरू सबैका दाजुभाइ। उनीहरू जम्मा १ हजार ७ सय ६० जना थिए र उनीहरू आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। उनीहरू वीर र योग्य पुरुषहरू थिए अनि साँचो परमेश्‍वरको भवनमा सेवा गर्न तयार थिए।

१४ अनि लेवीहरूबाट सेमायाह,+ जो हास्सुबका छोरा, अज्रिकामका नाति र मरारिका सन्तान हासबियाहका पनाति थिए; १५ बक्बक्कर, हेरेस, गालाल, मत्तन्याह, जो मिकाका छोरा, जिक्रिका नाति र आसापका पनाति थिए; १६ ओबदियाह, जो सेमायाहका छोरा, गालालका नाति र यदुथुनका पनाति थिए अनि बरक्याह, जो आसाका छोरा र एल्कानाका नाति थिए। बरक्याह नेतोफाहीहरूको बस्तीमा बस्थे।+

१७ साल्लुम, अक्कुब, तल्मोन र अहिमन ढोके+ थिए अनि उनीहरूका दाइ साल्लुमचाहिँ प्रमुख थिए। १८ त्यसअघि साल्लुमले पूर्वतिर राजाको ढोकामा पहरा दिन्थे।+ तिनीहरू लेवीहरूको छाउनीका ढोके थिए। १९ कोरहका पनाति, एबिआसापका नाति र कोरेका छोरा साल्लुम अनि तिनको बुबापट्टिको घरानाका दाजुभाइ अर्थात्‌ कोरहका सन्तान छाउनीको ढोके थिए र तिनीहरू यस सेवासित सम्बन्धित कामकुराको निरीक्षण पनि गर्थे। पहिले तिनीहरूका पुर्खाहरूले पनि यहोवा परमेश्‍वरको छाउनीको प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्थे र छाउनीको निगरानी गर्थे। २० पहिले एलियाजारका+ छोरा पिनहास+ तिनीहरूका अगुवा थिए र यहोवा परमेश्‍वर उनीसित हुनुहुन्थ्यो। २१ मेसेलेम्याहका छोरा जकरियाले+ भेट हुने पालको प्रवेशद्वारमा पहरा दिन्थे।

२२ प्रवेशद्वारमा ढोकेको रूपमा सेवा गर्न छानिएकाहरू जम्मा २१२ जना थिए। वंशावलीमा जुन क्रममा उनीहरूको नाम लेखिएको थियो, त्यसैअनुसार उनीहरू आ-आफ्नो बस्तीमा बस्थे।+ उनीहरूलाई दाउद र दर्शी+ समुएलले नियुक्‍त गरेका थिए किनकि उनीहरू भरोसायोग्य थिए। २३ उनीहरू र उनीहरूका छोराहरूलाई यहोवा परमेश्‍वरको भवनको+ अर्थात्‌ वासस्थानको प्रवेशद्वारको निगरानी गर्ने जिम्मेवारी दिइएको थियो। २४ ती ढोकेहरूले चारै दिशामा—पूर्व, पश्‍चिम, उत्तर र दक्षिणमा पहरा दिन्थे।+ २५ समय-समयमा उनीहरूका दाजुभाइ आ-आफ्नो बस्तीबाट आउनुपर्थ्यो र सात दिनसम्म उनीहरूसितै सेवा गर्नुपर्थ्यो। २६ त्यहाँ चार जना मानिसलाई मुख्य ढोकेको जिम्मा सुम्पिइएको थियो किनकि तिनीहरू भरोसायोग्य थिए। तिनीहरू लेवी थिए र तिनीहरूले साँचो परमेश्‍वरको भवनका कोठाहरू* र भण्डारको रेखदेख गर्थे।+ २७ तिनीहरू साँचो परमेश्‍वरको भवनको चारैतिर आ-आफ्नो ठाउँमा तैनाथ हुन्थे र रातभरि पहरा दिन्थे किनकि यही नै तिनीहरूको जिम्मेवारी थियो। भवनको साँचो पनि तिनीहरूकै जिम्मामा दिइएको थियो र तिनीहरूले नै हरेक बिहान भवनको ढोका खोल्ने गर्थे।

२८ तिनीहरूमध्ये केहीले परमेश्‍वरको सेवामा प्रयोग गरिने सरसामानहरूको रेखदेख गर्थे।+ ती सरसामानहरू भवनभित्र ल्याउँदा र बाहिर लैजाँदा तिनीहरूले ती गन्थे। २९ तिनीहरूमध्ये केहीले चाहिँ अरू सरसामान, सबै पवित्र सरसामान+ अनि मसिनो पीठो,+ दाखमद्य,*+ तेल,+ सेतो धूप*+ र बाल्सम तेलको*+ निगरानी गर्ने जिम्मा पाएका थिए। ३० पुजारीहरूका केही सन्तानले चाहिँ बाल्सम तेलको अत्तर बनाउँथे। ३१ कोरहका सन्तान साल्लुमका पहिलो सन्तान लेवी मत्तित्याहले ताप्केमा रोटी पकाउने कामको+ निगरानी गर्ने जिम्मा पाएका थिए किनकि उनी भरोसायोग्य थिए। ३२ तिनीहरूका केही कोहाती दाजुभाइलाई चाहिँ हरेक विश्रामदिनमा*+ भेटीको रोटी* पकाउने कामको निगरानी गर्ने जिम्मा दिइएको थियो।+

३३ तिनीहरू गायक थिए र लेवीहरूको बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू परमेश्‍वरको भवनका कोठाहरूमा* बस्थे र तिनीहरूले अरू कामबाट छुट पाएका थिए किनकि तिनीहरूलाई जुन काम सुम्पिइएको थियो, त्यो काम तिनीहरूले रातदिन गर्नुपर्थ्यो। ३४ तिनीहरूको वंशावलीअनुसार तिनीहरू लेवीहरूको बुबापट्टिको घरानाका नाइके र अगुवा थिए। तिनीहरू यरुसलेममा बसोबास गर्थे।

३५ यइएल गिबोनमा बस्थे।+ तिनले नै त्यो सहर बसालेका थिए। तिनकी पत्नीको नाम माकाह थियो। ३६ तिनका छोराहरू यी थिए: जेठा अब्दोन, त्यसपछि जुर, किस, बाआल, नेर, नादाब, ३७ गेदोर, अहियो, जकरिया र मिक्लोथ। ३८ मिक्लोथबाट सिमेम जन्मिए। तिनीहरू सबै यरुसलेममा आफ्ना दाजुभाइ बसेको इलाकानजिकै बस्थे। तिनीहरूका अरू दाजुभाइ पनि तिनीहरूकै वरपर बस्थे। ३९ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल जन्मिए। ४० जोनाथनका छोरा मरिब-बाआल थिए।+ मरिब-बाआलबाट मिका जन्मिए।+ ४१ मिकाका छोराहरू यी थिए: पिथोन, मलेक, तहरे र आहाज। ४२ आहाजबाट यारा जन्मिए। याराबाट अलेमेथ, अज्मावेथ र जिम्रि जन्मिए। जिम्रिबाट मोजा जन्मिए। ४३ मोजाबाट बिनिया जन्मिए। बिनियाबाट रफायाह जन्मिए। रफायाहबाट एलेसाह जन्मिए। एलेसाहबाट अजेल जन्मिए। ४४ अजेलका जम्मा छ जना छोरा थिए—अज्रिकाम, बोकरु, इस्माएल, सेर्याह, ओबदियाह र हानान। यिनीहरू सबै अजेलका छोराहरू थिए।

१० पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए। इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो डाँडामा मारिए।+ २ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्‌दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू जोनाथन, अबिनादाब र मल्कि-सुअलाई मारे।+ ३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई घाइते बनाइदिए।+ ४ तब साउलले आफ्नो हतियार बोक्ने सिपाहीलाई भने: “तिम्रो तरबार थुतेर मलाई घोप। नत्र त यी बेखतनेहरू आएर मलाई क्रूरतापूर्वक मार्नेछन्‌।”+ तर हतियार बोक्ने त्यो सिपाहीले त्यसो गर्ने आँटै गरेन। त्यसैले साउलले तरबार थुते र आफैलाई रोपे।+ ५ साउल मरेको देखेपछि तिनको हतियार बोक्ने त्यो सिपाहीले पनि आफ्नो तरबारले आफैलाई रोप्यो र मऱ्‍यो। ६ यसरी साउल र तिनका तीन जना छोरा मरे अनि तिनीहरूसँगै तिनको घरानाका सबै जना मरे।+ ७ बेँसीमा भएका इस्राएलीहरूले सबै इस्राएली सिपाही भागेको अनि साउल र तिनका छोराहरू मरिसकेको देखे। यो देखेपछि तिनीहरू पनि आफ्ना सहरहरूबाट भाग्न थाले। त्यसपछि पलिस्तियालीहरू आएर ती सहरहरूमा बसोबास गरे।

८ भोलिपल्ट पलिस्तियालीहरू मारिएका सिपाहीहरूको पोसाक र हातहतियार लुट्‌न आउँदा तिनीहरूले गिल्बो डाँडामा साउल र तिनका तीन जना छोराहरूको लास देखे।+ ९ तिनीहरूले साउलको पोसाक लिए अनि तिनको शिर काटे र हातहतियार पनि लगे। त्यसपछि तिनीहरूले आफ्नो देशभरि भएका देवताहरूको मन्दिरमा+ र सबै मानिसकहाँ यो खबर पठाए। १० तिनीहरूले साउलका हातहतियार आफ्नो देवताको मन्दिरमा राखे र तिनको टाउकोलाई चाहिँ दागोनको मन्दिरमा किला ठोकेर झुन्ड्‌याइदिए।+

११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे गिलादको याबेसका बासिन्दाहरूले+ सुनेपछि+ १२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरूले साउल अनि तिनका छोराहरूको लास याबेसमा ल्याए। त्यसपछि तिनीहरूले याबेसमा एउटा ठूलो रूखमुनि उनीहरूका हड्डीहरू गाडे।+ अनि तिनीहरू सात दिनसम्म उपवास बसे।

१३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्‍वरप्रति वफादार रहेनन्‌। तिनले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+ १४ तिनले यहोवा परमेश्‍वरसित सल्लाह मागेनन्‌। त्यसैले उहाँले तिनलाई नाश गर्नुभयो र तिनको राज्य यिसैका छोरा दाउदलाई दिनुभयो।+

११ केही समयपछि सबै इस्राएली हेब्रोनमा दाउदकहाँ भेला भए+ र भने: “हेर्नुहोस्‌! तपाईँ र हामीबीच रगतको नाता छ।*+ २ पहिला साउल राजा हुँदा तपाईँले नै लडाइँमा इस्राएलीहरूको नेतृत्व लिनुहुन्थ्यो।+ अनि यहोवा तपाईँका परमेश्‍वरले तपाईँलाई भन्‍नुभएको थियो: ‘तिमी मेरा प्रजा इस्राएलीहरूको गोठालो हुनेछौ; तिमी तिनीहरूको अगुवा हुनेछौ।’”+ ३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्‍वरसामु करार गरे। अनि यहोवाले समुएलमार्फत भन्‍नुभएझैँ + तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+

४ पछि दाउद र सबै इस्राएली यरुसलेम अर्थात्‌ यबुसतर्फ+ लागे। त्यहाँ यबुसीहरू+ बसोबास गर्थे। ५ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ!”+ तर दाउदले सियोनको गढी कब्जा गरे,+ जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+ ६ दाउदले यसो भने: “जसले यबुसीहरूलाई सबैभन्दा पहिला आक्रमण गर्छ, ऊ नै सेनाको कप्तान हुनेछ।” तब जेरुयाहका छोरा योआब+ सबैभन्दा पहिला आक्रमण गर्न गए र तिनी नै कप्तान बने। ७ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले। त्यसैले तिनीहरूले त्यसलाई दाउदनगर भन्‍ने नाम दिए। ८ त्यसपछि दाउदले त्यो सहर बनाउन थाले। तिनले ‘ढिस्को’-मा* र त्यसवरपरका ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले। अनि योआबले चाहिँ सहरका बाँकी ठाउँहरू पुनर्निर्माण गरे। ९ यसरी दाउद झन्‌झन्‌ शक्‍तिशाली हुँदै गए+ र सेनाहरूका यहोवाले तिनलाई साथ दिइरहनुभयो।

१० दाउदका वीर योद्धाहरूका नाइकेहरू यी थिए, जसले सबै इस्राएलीसित मिलेर दाउदलाई पूरा साथ दिए। अनि यहोवाले इस्राएलसित वाचा गर्नुभएझैँ तिनीहरूले दाउदलाई राजा बनाए।+ ११ दाउदका वीर योद्धाहरू यी थिए: यासोबाम,+ जो एक हाक्मोनिका छोरा थिए। तिनी तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए।+ १२ ती तीन जना शूरवीर योद्धामध्ये अर्काचाहिँ अहोही+ दोदोका छोरा एलियाजार थिए।+ १३ एक पटकको कुरा हो, तिनी दाउदसँगै पास-दम्मिममा थिए,+ जहाँ पलिस्तियालीहरू लडाइँ गर्न जम्मा भएका थिए। त्यहाँ जौको खेत थियो। त्यसबेला मानिसहरू पलिस्तियालीहरूसित डराएर भागे। १४ तर तिनी भने खेतको बीचमा खडा भए र त्यस खेतको रक्षा गरे। तिनले पलिस्तियालीहरूलाई प्रहार गरिरहे। त्यसैले यहोवा परमेश्‍वरले त्यो दिन इस्राएलीहरूलाई ठूलो जित हासिल गर्न मदत गर्नुभयो।*+

१५ दाउदको सेनाका ३० जना नाइकेमध्ये तीन जना चट्टानमा, अदुल्लामको गुफामा दाउदकहाँ गए।+ त्यसबेला पलिस्तियाली सेना रेफाई बेँसीमा छाउनी हालेर बसेको थियो।+ १६ दाउदचाहिँ आफ्नो लुक्ने ठाउँमा थिए र पलिस्तियाली सेनाको एउटा टुकडी बेतलेहेममा थियो। १७ तब दाउदले यस्तो इच्छा व्यक्‍त गरे: “बेतलेहेमको मूलढोकानजिकैको इनारको पानी खान पाए हुन्थ्यो!”+ १८ यो सुनेर दाउदका ती तीन जना योद्धा पलिस्तियालीहरूको छाउनी हुँदै गए र बेतलेहेमको मूलढोकानजिकैको इनारबाट पानी उघाएर दाउदकहाँ ल्याए। तर तिनले त्यो पानी पिउन मानेनन्‌। तिनले त्यसलाई यहोवा परमेश्‍वरसामु खन्याइदिए। १९ तिनले भने: “यो पानी पिउने कुरा म सोच्न समेत सक्दिनँ! यसो गर्नु परमेश्‍वरको नजरमा असाध्यै गलत हो। आफ्नो ज्यानको खतरा मोलेका यी मानिसहरूको रगत म कसरी पिउन सक्छु र?+ किनकि यिनीहरूले आफ्नो ज्यानको खतरा मोलेर यो ल्याए।” त्यसैले तिनले त्यो पानी पिउन मानेनन्‌। दाउदका तीन जना शूरवीर योद्धाले गरेका कामहरू यी नै हुन्‌।

२० योआबका+ दाइ अबिसै+ अरू तीन जना योद्धाका कप्तान बने। एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए। तिनले ती तीन जना शूरवीर योद्धाले जस्तै नाम कमाएका थिए।+ २१ अरू तीन जना योद्धामध्ये तिनले नै सबैभन्दा धेरै नाम कमाएका थिए र तिनी उनीहरूका कप्तान थिए। तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्‌।

२२ यहोयादाका छोरा बेनायाह+ वीर पुरुष थिए। तिनले कब्जिलमा थुप्रै वीरतापूर्ण काम गरेका थिए।+ तिनले मोआबमा बस्ने अरिएलका दुई जना छोरालाई मारेका थिए अनि हिउँ परेको दिनमा एउटा खाडलमा छिरेर सिंहलाई मारेका थिए।+ २३ तिनले पाँच हात* अग्लो अजङ्‌गको मिश्रीलाई पनि मारेका थिए।+ त्यस मिश्रीसित कपडा बुन्‍ने तानको डन्डाजत्रै ठूलो भाला थियो+ तर तिनी भने एउटा लौरो लिएर त्यससित भिड्‌न गए। तिनले त्यस मिश्रीको हातबाट भाला खोसेर त्यसकै भालाले त्यसलाई मारिदिए।+ २४ यहोयादाका छोरा बेनायाहले यस्ता कामहरू गरेका थिए र तिनले तीन जना वीर योद्धाले जस्तै नाम कमाएका थिए। २५ हुनत तिनले ती तीस जना योद्धाले भन्दा धेरै नाम कमाएका थिए तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्‌।+ तैपनि दाउदले तिनलाई आफ्नो अङ्‌गरक्षकका कप्तान बनाए।

२६ सेनामा भएका वीर योद्धाहरू यी थिए: योआबका भाइ* आसाहेल,+ बेतलेहेममा बस्ने दोदोका छोरा एल्हानान,+ २७ हारोरमा बस्ने साम्मोथ, पेलोनी हेलेस, २८ तेकोमा बस्ने इक्केसका छोरा इरा,+ अनातोतमा बस्ने अबिएजेर,+ २९ हुसाही सिब्बकै,+ अहोही इलै, ३० नेतोफाहमा बस्ने महरै,+ नेतोफाहमा बस्ने बानाहका छोरा हेलेद,+ ३१ बिन्यामिनीहरूको इलाकाको गिबाहमा+ बस्ने रिबैका छोरा इथै, पिराथोनमा बस्ने बेनायाह, ३२ गासका+ वादीहरूमा* बस्ने हुरै, अराबाहमा बस्ने अबिएल, ३३ बाहुरिममा बस्ने अज्मावेथ, सालबोनी एलियाबा, ३४ गिजोनी हासेमका छोराहरू, हारारी सागिका छोरा जोनाथन, ३५ हारारी साकारका छोरा अहिआम, उरका छोरा एलिपाल, ३६ मेकेराथी हेपेर, पेलोनी अहियाह, ३७ कर्मेली हेज्रो, एज्बैका छोरा नारै, ३८ नातानका भाइ योएल, हाग्रिका छोरा मिभार, ३९ अम्मोनी जिलेक, बेरोथी नहरै, जो जेरुयाहका छोरा योआबको हतियार बोक्ने सिपाही थिए; ४० इथ्री इरा, इथ्री गारेब, ४१ हित्ती उरियाह,+ अहलैका छोरा जबाद, ४२ रुबेनको कुलका सिजाका छोरा अदिना, जो रुबेन कुलका नाइके थिए अनि तिनीसँग भएका ३० जना मानिस; ४३ माकाहका छोरा हानान, मिथ्नी योसापात, ४४ अस्तारोथमा बस्ने उज्जिया, अरोएरमा बस्ने होतामका छोराहरू सामा र यइएल, ४५ सिम्रिको छोरा यदिएल र तिनका भाइ तिजी योहा; ४६ महाबी एलिएल, एल्नामका छोराहरू यरिबै र योसब्याह, मोआबी इथ्माह; ४७ एलिएल, ओबेद र मेजोबी यासिएल।

१२ दाउद जिक्लगमा छँदा तिनलाई भेट्‌न आएका मानिसहरू यी नै थिए।+ किसका छोरा साउलले गर्दा त्यसबेला तिनी खुलेआम हिँडडुल गर्न सक्दैनथे।+ दाउदलाई भेट्‌न आएका मानिसहरू वीर योद्धा थिए र तिनीहरूले तिनलाई युद्धमा साथ दिए।+ २ तिनीहरूले धनु भिरेका थिए अनि तिनीहरू दाहिने-देब्रे दुवै हातले+ घुयेँत्रो हान्‍न+ वा धनु चलाउन सक्थे। तिनीहरू साउलका दाजुभाइ, बिन्यामिनको कुलका थिए।+ ३ तिनीहरूका कप्तान अहिएजेर थिए र तिनको साथमा योआस थिए। तिनीहरू दुवै गिबाहमा+ बस्ने सेमाहका छोराहरू थिए। साथै अज्मावेथका+ छोराहरू यजिएल र पेलेत, बराकाह, अनातोतमा बस्ने येहु, ४ गिबोनी इस्मायाह,+ जो सेनाका तीस जना नाइकेमध्ये एक थिए+ र ती तीस जनाका प्रमुख पनि थिए; यर्मिया, याहजिएल, योहानान, गेदेराहमा बस्ने योजाबाद, ५ एलुजै, यरिमोथ, बेल्याह, सेमर्याह, हारिपी सेपत्याह; ६ कोरहका सन्तान एल्काना, इसिया, अज्रेल, योएजेर र यासोबाम+ ७ अनि गेदोरमा बस्ने यरोहामका छोराहरू योएलह र जबदियाह।

८ केही गादीहरू दाउदको पक्षमा लागे र तिनीहरू निर्जनभूमिमा तिनी लुकेको ठाउँमा आए।+ तिनीहरू वीर योद्धा थिए, तालिमप्राप्त सैनिक थिए। तिनीहरू सधैँ ठूलो ढाल र भाला बोकेर तयार रहन्थे। तिनीहरूको अनुहार सिंहको जस्तै थियो र तिनीहरू पहाडहरू हुँदो कुद्‌ने मृगजस्तै छिटो दौडन सक्थे। ९ तिनीहरूका कप्तान एजेर थिए। दोस्रो दर्जामा ओबदियाह, तेस्रोमा एलिआब, १० चौथोमा मिस्मन्‍नाह, पाँचौँमा यर्मिया, ११ छैटौँमा अत्तै, सातौँमा एलिएल, १२ आठौँमा योहानान, नवौँमा एल्जाबाद, १३ दसौँमा यर्मिया र एघारौँमा माकबन्‍ने थिए। १४ तिनीहरू गादीहरू थिए+ र सेनाका प्रमुख थिए। तिनीहरूमध्ये सबैभन्दा सानोचाहिँ १०० जनाबराबर थियो भने सबैभन्दा ठूलोचाहिँ १,००० जनाबराबर थियो।+ १५ तिनीहरूले नै पहिलो महिनामा यर्दन नदी तरेका थिए, जतिखेर नदीको पानी किनारासम्मै उर्लेर आएको थियो। तिनीहरूले बेँसीमा बसोबास गर्ने सबैलाई पूर्वतिर र पश्‍चिमतिर धपाइदिए।

१६ बिन्यामिनको र यहुदाको कुलबाट पनि केही मानिस दाउदलाई भेट्‌न तिनको लुक्ने ठाउँमा आए।+ १७ तब दाउद तिनीहरूलाई भेट्‌न बाहिर निस्के र यसो भने: “यदि तिमीहरू असल मनसायले आएका हौ र मलाई मदत गर्न चाहन्छौ भने म तिमीहरूलाई मित्रको रूपमा स्वागत गर्छु। तर यदि तिमीहरू मलाई धोका दिएर शत्रुहरूको हातमा सुम्पन आएका हौ भने हाम्रा पितापुर्खाका परमेश्‍वरले देखून्‌ र इन्साफ गरून्‌। किनकि मैले कुनै गल्ती गरेको छैनँ।”+ १८ तब परमेश्‍वरको शक्‍ति अमासैमाथि आयो,+ जो तीस जनाका प्रमुख थिए। उनले भने:

“हे दाउद! हामी तपाईँकै हौँ। हे यिसैका छोरा! हामी तपाईँकै साथमा छौँ।+

तपाईँलाई शान्ति होस्‌, शान्ति! तपाईँलाई साथ दिनेहरूलाई पनि शान्ति होस्‌!

किनकि तपाईँका परमेश्‍वरले तपाईँलाई मदत गरिरहनुभएको छ।”+

त्यसैले दाउदले तिनीहरूलाई स्वागत गरे र सैन्य दलहरूका प्रमुख बनाए।

१९ जब दाउद पलिस्तियालीहरूसित मिलेर साउलसित लड्‌न गएका थिए, तब मनस्सेको कुलका केही मानिसहरू पनि साउललाई छोडेर दाउदको पछि लागे। तर त्यसबेला दाउदले पलिस्तियालीहरूलाई मदत गरेनन्‌ किनकि पलिस्तियालीहरूका शासकहरूले+ आपसमा सरसल्लाह गरेर तिनलाई फिर्ता पठाइदिए। तिनीहरूले भने: “यसले हामीलाई छोडेर आफ्नो मालिक साउलको पक्ष लिनेछ अनि हामीले आफ्नो ज्यान गुमाउनुपर्नेछ।”+ २० दाउद जिक्लग गएपछि+ मनस्सेको कुलका यी मानिसहरू तिनीकहाँ आए: अद्‌नाह, योजाबाद, यदिएल, माइकल, योजाबाद, एलिहु र जिल्लथै। तिनीहरू सबै मनस्सेको कुलको सेनामा हजार-हजारका कप्तान थिए।+ २१ तिनीहरूले दाउदलाई लुटेराहरूको दलसित लड्‌न मदत गरे किनकि तिनीहरू सबै वीर र साहसी पुरुष थिए।+ तिनीहरू दाउदका सेनापति भए। २२ दाउदलाई मदत गर्न मानिसहरू दिनदिनै तिनीकहाँ आउन थाले+ र दाउदको सेना परमेश्‍वरको सेनाजत्रै विशाल भयो।+

२३ यहोवा परमेश्‍वरको आदेशअनुसारै दाउदलाई साउलको राज्य सुम्पन+ हेब्रोनमा दाउदकहाँ आएका सशस्त्र सेनाका कप्तानहरूको सङ्‌ख्या यही हो:+ २४ यहुदाको कुलबाट ६ हजार ८ सय, जो ठूलो ढाल र भाला लिएर युद्धको लागि तयार रहन्थे। २५ सिमियोनको कुलबाट ७ हजार १ सय, जो वीर र साहसी योद्धाहरू थिए।

२६ लेविको कुलबाट ४ हजार ६ सय। २७ हारुनको सन्तानका+ अगुवा यहोयादा थिए+ र तिनीसँग ३ हजार ७ सय जना थिए। २८ सादोक+ पनि आफ्नो बुबापट्टिको घरानाका २२ जना नाइके लिएर आए। उनी वीर र साहसी जवान थिए।

२९ बिन्यामिनको कुल अर्थात्‌ साउलका दाजुभाइबाट+ ३ हजार। यिनीहरूमध्ये धेरैजसोले पहिला साउलको घरानाको विभिन्‍न कामकुराको निगरानी गर्थे। ३० एप्रैमको कुलबाट २० हजार ८ सय, जो आफ्नो बुबापट्टिको घरानामा नाम चलेका वीर र साहसी पुरुषहरू थिए।

३१ मनस्सेको आधा कुलबाट १८ हजार। दाउदलाई राजा बनाउन तिनीहरूलाई नामै तोकेर बोलाइएको थियो। ३२ इस्साकारको कुलबाट तिनीहरूका २ सय जना नाइके। तिनीहरूले त्यसबेलाको परिस्थिति राम्ररी बुझेका थिए र इस्राएलले अब के गर्नुपर्छ भनी तिनीहरूलाई थाह थियो। तिनीहरूका सबै दाजुभाइ तिनीहरूको अधीनमा थिए। ३३ जबुलुनको कुलबाट सेनामा भर्ती हुन सक्ने ५० हजार पुरुष। तिनीहरू हरेक किसिमका हातहतियारले सुसज्जित थिए र दल बनाएर युद्धमा जान तयार थिए। तिनीहरू सबै दाउदको पछि लागे; तिनीहरू दाउदप्रति पूरै वफादार थिए। ३४ नप्तालिको कुलबाट १ हजार नाइके। तिनीहरूसँग ३७ हजार पुरुष थिए, जसले ठूलो ढाल र भाला भिर्थे। ३५ दानको कुलबाट २८ हजार ६ सय, जो दल बनाएर युद्धमा जान तयार थिए। ३६ असेरको कुलबाट ४० हजार, जो सेनामा भर्ती हुन योग्य थिए र दल बनाएर युद्धमा जान तयार थिए।

३७ यर्दनपारि बस्ने+ रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलबाट १ लाख २० हजार योद्धा, जो हरेक किसिमका हातहतियारले सुसज्जित थिए। ३८ तिनीहरू सबै दल बनाएर युद्धमा जान तयार योद्धाहरू थिए। तिनीहरू हेब्रोन आए किनकि तिनीहरू मनैदेखि दाउदलाई सारा इस्राएलको राजा बनाउन चाहन्थे। बाँकी सबै इस्राएली पनि दाउदलाई राजा बनाउन तिनीहरूसित एक भए।+ ३९ तिनीहरू त्यहाँ तीन दिनसम्म दाउदसँग खाँदै र पिउँदै बसे किनकि तिनीहरूका भाइबन्धुले तिनीहरूको निम्ति खानपानको प्रबन्ध मिलाएका थिए। ४० साथै नजिकैको इलाकामा बस्नेहरूले अनि टाढा-टाढा बस्ने इस्साकार, जबुलुन र नप्तालिको कुलका मानिसहरूले समेत तिनीहरूको निम्ति खानेकुरा ल्याए। उनीहरूले गधा, उँट, खच्चर र गाईवस्तुलाई प्रशस्त मात्रामा पीठो, अन्जिरको रोटी,* किसमिसको रोटी,* मद्य अनि तेल बोकाएर ल्याए। अनि उनीहरूले थुप्रै गाईवस्तु र भेडा पनि ल्याए। किनकि त्यसबेला इस्राएलमा खुसीयाली छाएको थियो।

१३ दाउदले हजार-हजारका र सय-सयका नाइकेहरूसित र अरू सबै अगुवासँग सरसल्लाह गरे।+ २ त्यसपछि तिनले इस्राएलको पूरै समुदायलाई भने: “यदि तपाईँहरू सबैलाई ठीक लाग्छ र यहोवा हाम्रा परमेश्‍वरको पनि मन्जुरी भयो भने इस्राएलको सबै इलाकामा बस्ने हाम्रा बाँकी भाइबन्धुलाई र चरन भएका सहरहरूमा बसोबास गर्ने पुजारीहरू तथा लेवीहरूलाई+ यहाँ बोलाऔँ र हामी सबै मिलेर ३ हाम्रा परमेश्‍वरको सन्दुक* यहाँ फिर्ता ल्याऔँ।”+ किनकि साउलको शासनकालमा उनीहरूले त्यस सन्दुकको वास्तै गरेका थिएनन्‌।+ ४ पूरै समुदाय त्यसो गर्न राजी भयो किनकि तिनीहरूलाई त्यो कुरा उचित लाग्यो। ५ तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्‍वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+

६ दाउद र सबै इस्राएली साँचो परमेश्‍वर यहोवाको सन्दुक ल्याउन यहुदाको बालाह+ अर्थात्‌ किर्यथ-येरिम गए। यही सन्दुकअगाडि मानिसहरू परमेश्‍वरको नाम पुकार्छन्‌, जो करूबहरूभन्दा माथि*+ विराजमान हुनुहुन्छ। ७ तर तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक नयाँ गाडामा राखे+ अनि त्यसलाई अबिनादाबको घरबाट ल्याए। त्यो गाडा उज्जाह र अहियोले हाँकिरहेका थिए।+ ८ दाउद र सबै इस्राएलीले वीणा, किसिम-किसिमका तारे बाजा, खैँजडी,+ झ्याली+ र बिगुल बजाउँदै+ अनि गाउँदै पूरा जोसका साथ साँचो परमेश्‍वरसामु खुसीयाली मनाइरहेका थिए। ९ तर तिनीहरू किदोनको खलामा आइपुग्दा बयलगाडा पल्टनै लाग्यो। त्यसैले उज्जाहले तुरुन्तै आफ्नो हात अगाडि बढाएर सन्दुकलाई थामे। १० तब यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्क्यो र उहाँले तिनलाई त्यहीँ मार्नुभयो। किनकि तिनले आफ्नो हात अगाडि बढाएर सन्दुकलाई समातेका थिए।+ यसरी उज्जाह परमेश्‍वरसामु त्यहीँ मरे।+ ११ तर यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्केको देखेर दाउद रिसाए। यस घटनाले गर्दा त्यस ठाउँलाई आजसम्म पनि पेरेज-उज्जाह* भनिन्छ।

१२ त्यसैले दाउद त्यस दिन साँचो परमेश्‍वरसित डराए र तिनले भने: “अब साँचो परमेश्‍वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+ १३ दाउदले त्यो सन्दुक आफ्नो सहर अर्थात्‌ दाउदनगरमा ल्याएनन्‌। बरु तिनले त्यो सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा पठाइदिए। १४ साँचो परमेश्‍वरको सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा उनको घरानासितै तीन महिनासम्म रह्‍यो। यहोवा परमेश्‍वरले ओबेद-एदोमको घरानालाई र उनीसित भएका सबै कुरालाई आशिष्‌ दिइरहनुभयो।+

१४ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। दाउदको लागि महल बनाउन तिनले उनीहरूको साथमा देवदारका काठहरू, डकर्मीहरू* अनि सिकर्मीहरू पनि पठाए।+ २ यहोवा परमेश्‍वरले इस्राएलमाथि आफ्नो शासन स्थिर गराउनुभएको छ भनेर दाउदलाई थाह भयो+ किनकि उहाँले आफ्ना प्रजा इस्राएलीहरूको खातिर तिनको राज्यलाई निकै उच्च पार्नुभएको थियो।+

३ दाउदले यरुसलेममा अझ धेरै पत्नी ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ ४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्‌:+ साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+ ५ इभार, एलिसु, एल्पेलेत, ६ नोगह, नेपेग, यापि, ७ एलिसामा, बेलियादा र एलिपेलेत।

८ दाउद पूरै इस्राएलको राजा अभिषेक भएका छन्‌ भनेर सुनेपछि+ सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद उनीहरूसित लडाइँ गर्न गए। ९ अनि पलिस्तियालीहरू रेफाई बेँसीमा आए+ र त्यहाँका बासिन्दाहरूलाई आक्रमण गरिरहे। १० दाउदले परमेश्‍वरलाई सोधे: “के म पलिस्तियालीहरूसित लड्‌न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्‍वरले तिनलाई जवाफ दिनुभयो: “जाऊ, म उनीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+ ११ अनि दाउद बाआल-पेराजिम गए+ र त्यहाँ तिनले पलिस्तियालीहरूलाई मारे। तब तिनले भने: “पानीको भलले पर्खाल भत्काएझैँ साँचो परमेश्‍वरले मेरै हातले मेरा शत्रुहरूलाई परास्त गर्नुभएको छ।” त्यसकारण तिनीहरूले त्यस ठाउँको नाम बाआल-पेराजिम* राखे। १२ पलिस्तियालीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर गए अनि दाउदले आदेश दिएपछि ती मूर्तिहरू जलाइयो।+

१३ पछि पलिस्तियालीहरूले फेरि त्यस बेँसीका बासिन्दाहरूलाई आक्रमण गरे।+ १४ तब दाउदले फेरि साँचो परमेश्‍वरसित सल्लाह मागे तर परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू।+ १५ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्‍नेबित्तिकै तिमीहरूले आक्रमण गर्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न साँचो परमेश्‍वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।”+ १६ दाउदले साँचो परमेश्‍वरले भन्‍नुभएझैँ गरे।+ तिनी पलिस्तियाली सेनालाई मार्दै गिबोनदेखि गेजेरसम्म पुगे।+ १७ सबै राष्ट्रमा दाउदको कीर्ति फैलियो अनि यहोवा परमेश्‍वरले सबै जातिको मनमा दाउदप्रतिको डर हालिदिनुभयो।+

१५ तिनले दाउदनगरमा आफ्नो लागि थुप्रै भवन बनाइ नै रहे। साथै तिनले साँचो परमेश्‍वरको सन्दुकको* निम्ति एउटा ठाउँ तयार पारे र त्यसको निम्ति त्यहाँ पाल टाँगे।+ २ तब दाउदले भने: “लेवीहरूबाहेक अरू कसैले पनि साँचो परमेश्‍वरको सन्दुक नबोकून्‌ किनकि यहोवा परमेश्‍वरले उनीहरूलाई नै यहोवाको सन्दुक बोक्न र सधैँभरि उहाँको सेवा गर्न रोज्नुभएको छ।”+ ३ त्यसपछि दाउदले यहोवा परमेश्‍वरको सन्दुक आफूले तयार पारेको ठाउँसम्म ल्याउन सबै इस्राएलीलाई यरुसलेममा भेला गरे।+

४ दाउदले हारुनका सन्तान+ र लेवीहरूलाई भेला गरे।+ तिनीहरू यी थिए: ५ कोहातीहरूबाट—नाइके उरिएल र तिनका १२० जना दाजुभाइ; ६ मरारीहरूबाट—नाइके असयाह+ र तिनका २२० जना दाजुभाइ; ७ गेर्सोमीहरूबाट—नाइके योएल+ र तिनका १३० जना दाजुभाइ; ८ एलिसापानका+ सन्तानबाट—नाइके सेमायाह र तिनका २०० जना दाजुभाइ; ९ हेब्रोनका सन्तानबाट—नाइके एलिएल र तिनका ८० जना दाजुभाइ; १० उज्जिएलका+ सन्तानबाट—नाइके अम्मिनादाब र तिनका ११२ जना दाजुभाइ। ११ त्यसबाहेक दाउदले पुजारीहरू सादोक+ र अबियातारलाई+ अनि लेवीहरू उरिएल, असयाह, योएल, सेमायाह, एलिएल र अम्मिनादाबलाई पनि बोलाए १२ अनि तिनीहरूलाई यसो भने: “तपाईँहरू लेवीहरूको बुबापट्टिको घरानाहरूका नाइके हुनुहुन्छ। तपाईँहरू र तपाईँहरूका दाजुभाइ सबैले आफूलाई पवित्र पार्नुहोस्‌ अनि इस्राएलका परमेश्‍वर यहोवाको सन्दुक मैले तयार पारेको ठाउँसम्म ल्याउनुहोस्‌। १३ हामीले पहिलो पटक सन्दुक ल्याउँदा तपाईँहरूले त्यो बोक्नुभएको थिएन;+ त्यसबेला हामीले सन्दुक ल्याउने सही तरिका के हो भनेर बुझ्ने कोसिस गरेनौँ।+ त्यसैले हाम्रा परमेश्‍वर यहोवाको क्रोध हामीमाथि दन्कियो।”+ १४ त्यसैले इस्राएलका परमेश्‍वर यहोवाको सन्दुक ल्याउन पुजारीहरू र लेवीहरूले आफूलाई पवित्र पारे।

१५ त्यसपछि लेवीहरूले साँचो परमेश्‍वरको सन्दुकलाई डन्डी लगाएर आफ्नो काँधमा बोके।+ यसरी तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञाबमोजिम मोसाले जे निर्देशन दिएका थिए, त्यहीअनुसार गरे। १६ त्यसपछि दाउदले लेवीहरूका नाइकेहरूलाई तारे बाजा, वीणा+ र झ्याली+ बजाउँदै हर्षोल्लासका साथ गीत गाउन आफ्ना गायक दाजुभाइमध्ये केहीलाई छान्‍नू भनी अह्राए।

१७ त्यसैले लेवीहरूले योएलका छोरा हेमानलाई,+ तिनका दाजुभाइबाट बरक्याहका छोरा आसापलाई+ र तिनीहरूका मरारी दाजुभाइबाट कुसायाहका छोरा एतानलाई+ छाने। १८ तिनीहरूको साथमा अर्को समूहका तिनीहरूका यी दाजुभाइहरू पनि थिए:+ जकरिया, बेन, याजिएल, सेमिरामोथ, यहिएल, उन्‍नि, एलिआब, बेनायाह, मासेयाह, मत्तित्याह, एलिपलेहु, मिक्नेयाह अनि ढोकेहरू ओबेद-एदोम र यइएल। १९ गायकहरू हेमान,+ आसाप+ र एतानले तामाको झ्याली बजाउने जिम्मा पाएका थिए।+ २० जकरिया, अजिएल, सेमिरामोथ, यहिएल, उन्‍नि, एलिआब, मासेयाह र बेनायाहले अलामोथ* शैलीमा तारे बाजा बजाए।+ २१ मत्तित्याह,+ एलिपलेहु, मिक्नेयाह, ओबेद-एदोम, यइएल र अजज्याहले चाहिँ सेमिनिथ* शैलीमा वीणा बजाए+ अनि निर्देशकको भूमिका निर्वाह गरे। २२ लेवीहरूका नाइके केनन्याहले+ सन्दुक ल्याउने कामको निरीक्षण गरे किनकि तिनी यस कार्यमा निपुण थिए। २३ बरक्याह र एल्काना सन्दुकका पहरेदारहरू थिए। २४ पुजारीहरू सेबन्याह, योसापात, नेथनेल, अमासै, जकरिया, बेनायाह र एलिएजरले साँचो परमेश्‍वरको सन्दुकको अगाडि ठूलठूलो आवाजमा बिगुल फुके।+ साथै ओबेद-एदोम र यहियाहले पनि सन्दुकका पहरेदारको रूपमा सेवा गरे।

२५ त्यसपछि दाउद, इस्राएलका नाइकेहरू र हजार-हजारका अगुवाहरू हर्षोल्लासका साथ यहोवा परमेश्‍वरको करारको सन्दुक ल्याउन ओबेद-एदोमको घरतिर लागे।+ २६ साँचो परमेश्‍वर यहोवाले उहाँको करारको सन्दुक बोक्ने लेवीहरूलाई मदत गर्नुभयो। अनि तिनीहरूले सात वटा बहर र सात वटा थुमा बलि चढाए।+ २७ दाउदले उच्च कोटीको कपडाको बाहुला नभएको अलखा* लगाएका थिए। सन्दुक बोक्ने लेवीहरू, गायकहरू र सन्दुक ल्याउने कामको निरीक्षण गरिरहेका केनन्याह र गायकहरूले पनि त्यस्तै अलखा लगाएका थिए। दाउदले मलमलको* एपोद* पनि लगाएका थिए।+ २८ सबै इस्राएलीले सिङ र बिगुल फुक्दै,+ झ्याली बजाउँदै, ठूलठूलो आवाजमा तारे बाजा र वीणा बजाउँदै+ अनि जयजयकार गर्दै यहोवा परमेश्‍वरको करारको सन्दुक ल्याइरहेका थिए।+

२९ यहोवा परमेश्‍वरको करारको सन्दुक दाउदनगरमा ल्याएपछि+ साउलकी छोरी मिकलले+ झ्यालबाट हेरिन्‌ र राजा दाउदलाई उफ्रँदै खुसी मनाइरहेको देखिन्‌। यो देखेर तिनले दाउदलाई मनमनै घृणा गर्न थालिन्‌।+

१६ यसरी तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक* ल्याए र त्यस सन्दुकलाई पालमा राखे। दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए।+ त्यसपछि तिनीहरूले साँचो परमेश्‍वरसामु अग्निभेटी र मेलबलि* चढाए।+ २ अग्निभेटी+ र मेलबलि+ चढाइसकेपछि दाउदले यहोवा परमेश्‍वरको नाममा मानिसहरूलाई आशिष्‌ दिए। ३ साथै तिनले सबै इस्राएलीलाई—हरेक पुरुष र स्त्रीलाई एक-एक वटा गोलो रोटी, छोहोराको रोटी र किसमिसको रोटी बाँडे। ४ त्यसपछि तिनले यहोवा परमेश्‍वरको सन्दुकसामु सेवा गर्न, इस्राएलका परमेश्‍वर यहोवाको आदर गर्न,* उहाँलाई धन्यवाद चढाउन र उहाँको प्रशंसा गर्न केही लेवीहरू नियुक्‍त गरे।+ ५ आसाप+ तिनीहरूको प्रमुख थिए र दोस्रो दर्जामा जकरिया थिए। यइएल, सेमिरामोथ, यहिएल, मत्तित्याह, एलिआब, बेनायाह, ओबेद-एदोम र यइएलले+ तारे बाजा र वीणा बजाउँथे+ अनि आसापले झ्याली बजाउँथे।+ ६ पुजारीहरू बेनायाह र याहजिएलले चाहिँ साँचो परमेश्‍वरको करारको सन्दुकअगाडि निरन्तर बिगुल फुक्थे।

७ त्यही दिन दाउदले पहिलो पटक यहोवा परमेश्‍वरको लागि धन्यवादको गीत रचे अनि आसाप+ र उनका दाजुभाइलाई त्यो गीत गाउन निर्देशन दिए। गीत यस्तो थियो:

८ “यहोवालाई धन्यवाद चढाओ,+ उहाँको नाम पुकार,

जातिजातिका मानिसहरूमाझ उहाँका कार्यहरूको बयान गर!+

९ उहाँको निम्ति गीत गाओ, उहाँको प्रशंसामा गीत गाओ,*+

उहाँका अचम्मलाग्दा कामहरूमा मग्न होओ।*+

१० उहाँको पवित्र नाममा गर्व गर।+

यहोवाको खोजी गर्नेहरूको हृदय आनन्दित होस्‌।+

११ यहोवा र उहाँले दिनुहुने बल खोज।+

उहाँको अनुमोदन पाउने कोसिस गरिरहो।+

१२ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू;

उहाँका चमत्कारहरू र उहाँले सुनाउनुभएका फैसलाहरू सम्झ,+

१३ हे परमेश्‍वरका सेवक इस्राएलका सन्तान हो,+

हे याकुबका छोराहरू, उहाँले रोज्नुभएका जन हो,+ ती सबै सम्झ।

१४ उहाँ हाम्रा परमेश्‍वर यहोवा हुनुहुन्छ।+

उहाँले गर्नुभएको फैसला सारा पृथ्वीमा लागू हुन्छ।+

१५ उहाँको करार कहिल्यै नबिर्स,

उहाँले हजारौँ पुस्ताको लागि गर्नुभएको प्रतिज्ञा* याद गर,+

१६ उहाँले अब्राहामसित गर्नुभएको करार+

र इसहाकसित खानुभएको शपथ+ सम्झ,

१७ जुन उहाँले याकुबको लागि आदेश+

र इस्राएलको लागि सदाको करारको रूपमा स्थापित गर्नुभयो

१८ अनि भन्‍नुभयो, ‘तिमीहरूको पैतृक सम्पत्तिको रूपमा+

म तिमीहरूलाई कनान देश दिनेछु।’+

१९ यो उहाँले तब भन्‍नुभएको थियो, जब तिमीहरू थोरै थियौ,

हो, असाध्यै थोरै अनि त्यहाँ तिमीहरू परदेशी थियौ।+

२० तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा;

एउटा राज्यबाट अर्को राज्यमा गए।+

२१ तर उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन;+

तिनीहरूको खातिर उहाँले राजाहरूलाई समेत हप्काउनुभयो,+

२२ उहाँले भन्‍नुभयो, ‘मेरा अभिषिक्‍त जनहरूलाई नछोओ,

मेरा भविष्यवक्‍ताहरूलाई कुनै हानि नगर।’+

२३ हे सारा पृथ्वी, यहोवाको निम्ति गाओ!

उहाँले गर्नुहुने उद्धारबारे हरदिन घोषणा गर!+

२४ जातिजातिहरूमाझ उहाँको गौरवको बखान गर,

सारा मानिसलाई उहाँका अचम्मलाग्दा कामहरूबारे बताओ।

२५ किनकि यहोवा महान्‌ हुनुहुन्छ; प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ।

उहाँ अरू सबै देवताभन्दा भययोग्य हुनुहुन्छ।+

२६ जातिजातिका सबै देवता व्यर्थका छन्‌+

तर स्वर्ग सृजने त यहोवा नै हुनुहुन्छ।+

२७ उहाँको सामुन्‍ने वैभव र गौरव छ;+

उहाँको निवासस्थानमा शक्‍ति र रमाहट छ।+

२८ हे जातिजातिका घरानाहरू हो, यहोवाको आदर गर,

यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+

२९ यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;+

भेटी लिएर उहाँसामु आओ।+

पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत्‌ गर।*+

३० हे पृथ्वीका मानिसहरू हो, उहाँसामु थरथर काँप!

पृथ्वीलाई बलियोगरि स्थिर पारिएको छ, त्यसलाई हल्लाउन सकिँदैन।+

३१ स्वर्ग रमाओस्‌, पृथ्वीले खुसीयाली मनाओस्‌;+

जातिजातिमाझ यस्तो घोषणा गर: ‘यहोवा राजा हुनुभएको छ!’+

३२ समुद्र र त्यसमा भएका सबै थोक गर्जून्‌;

मैदान र त्यसमा भएका सबै कुरा हर्षित होऊन्‌।

३३ जङ्‌गलका रूखहरूले पनि सँगसँगै यहोवासामु जयजयकार गरून्‌,

किनकि उहाँ सारा पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ।*

३४ यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+

उहाँको अटल प्रेम* कहिल्यै टल्दैन।+

३५ तिमीहरू यसो भन, ‘हे उद्धार गर्नुहुने परमेश्‍वर, हामीलाई जोगाउनुहोस्‌,+

हामीलाई जम्मा गरेर जातिजातिहरूको हातबाट छुटाउनुहोस्‌

र हामीले तपाईँको पवित्र नामको गुणगान गाउन सकौँ,+

रमाई-रमाई तपाईँको प्रशंसा गर्न सकौँ।+

३६ इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,

सदासर्वदा* प्रशंसा होस्‌।’”

तब सबै मानिसले भने, “आमिन!”* अनि तिनीहरूले यहोवा परमेश्‍वरको प्रशंसा गरे।

३७ त्यसपछि दाउदले आसाप+ र उनका दाजुभाइलाई यहोवा परमेश्‍वरको करारको सन्दुकसामु खटाए ताकि तिनीहरूले दैनिक तालिकाअनुसार+ निरन्तर त्यहाँ सेवा गर्न सकून्‌।+ ३८ तिनले ओबेद-एदोम र तिनका ६८ जना दाजुभाइलाई पनि त्यहाँ खटाए। अनि यदुथुनका छोरा ओबेद-एदोम र होसालाई ढोकेको जिम्मा दिए। ३९ पुजारी सादोक+ र उनीसित सेवा गर्ने पुजारीहरू गिबोनको अग्लो थानमा* यहोवा परमेश्‍वरको वासस्थानअगाडि* सेवा गर्न खटाइएका थिए।+ ४० उनीहरूले अग्निभेटी चढाउने वेदीमा हरेक बिहान र बेलुकी यहोवा परमेश्‍वरको निम्ति भेटी चढाउँथे अनि यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा लेखिएका सबै विधि पालन गर्थे।+ ४१ उनीहरूसँग हेमान, यदुथुन+ र बाँकी मानिसहरू पनि थिए, जसलाई यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउन रोजिएको थियो+ किनकि “उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ ४२ उनीहरूसँगै भएका हेमान+ र यदुथुनलाई बिगुल, झ्याली र साँचो परमेश्‍वरको प्रशंसामा प्रयोग गरिने अन्य बाजा बजाउन खटाइएको थियो। यदुथुनका छोराहरूचाहिँ+ ढोकाको निगरानी गर्न खटाइएका थिए। ४३ त्यसपछि सबै मानिस आ-आफ्नो घर फर्के अनि दाउदचाहिँ आफ्नो घरानालाई आशिष्‌ दिन गए।

१७ राजा दाउद आफ्नो महलमा बस्न थालेको केही समयपछि तिनले भविष्यवक्‍ता नातानलाई यसो भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर यहोवा परमेश्‍वरको करारको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+ २ नातानले दाउदलाई भने: “तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। किनकि साँचो परमेश्‍वर तपाईँको साथमा हुनुहुन्छ।”

३ त्यही रात परमेश्‍वरको यो वचन नातानकहाँ आयो: ४ “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीले मेरो भवन, मेरो निवासस्थान बनाउनेछैनौ।+ ५ इस्राएलीहरूलाई छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले कुनै भवनमा बास गरेको छैनँ। बरु एउटा पालबाट अर्को पालमा र एउटा वासस्थानबाट* अर्को वासस्थानमा* सर्दै आएको छु।+ ६ जब म इस्राएलीहरूसँगसँगै यात्रा गरिरहेको थिएँ र मेरा मानिसहरूलाई डोऱ्‍याउन मैले न्यायकर्ताहरू नियुक्‍त गरेको थिएँ, त्यसबेला के मैले तिनीहरूमध्ये कसैलाई कहिल्यै यसो भनेँ र: ‘तिमीले किन मेरो निम्ति देवदारको भवन बनाएनौ?’”’

७ “मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ। अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ ८ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु र तिमी यस संसारका महान्‌ मानिसहरूमा गनिनेछौ।+ ९ म मेरो प्रजा इस्राएलीहरूको लागि एउटा ठाउँ रोज्नेछु र त्यहाँ तिनीहरूलाई राख्नेछु। तिनीहरू त्यहाँ बसोबास गर्नेछन्‌ र तिनीहरूलाई फेरि कसैले दुःख दिनेछैन। दुष्ट मानिसहरूले तिनीहरूमाथि अत्याचार गर्नेछैनन्‌, जसरी विगतमा+ १० मैले मेरो प्रजा इस्राएलीहरूमाथि न्यायकर्ताहरू नियुक्‍त गरेको समयदेखि दुष्टहरूले तिनीहरूलाई सताउँदै आएका थिए।+ म तिम्रा सबै शत्रुलाई तिम्रो अधीनमा ल्याउनेछु।+ साथै म यो पनि भन्छु, ‘यहोवाले तिम्रो निम्ति एउटा राजघराना खडा गर्नुहुनेछ।’

११ “‘“जब तिम्रो मृत्यु हुनेछ र तिमी आफ्ना पितृहरूसितै मिल्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै एक जना छोरालाई तिमीपछि राजा बनाउनेछु।+ अनि म तिनको शासनलाई स्थिर पार्नेछु।+ १२ तिनले नै मेरो निम्ति एउटा भवन बनाउनेछन्‌+ र म तिनको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १३ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्‌।+ तिमीभन्दा अघिको मानिसलाई मैले अटल प्रेम देखाउन छोडेको थिएँ+ तर म तिनलाई भने अटल प्रेम देखाउन छोड्‌नेछैनँ।+ १४ म तिनलाई सदाको लागि मेरो सिंहासनमा बसाल्नेछु।+ अनि तिनको शासन र राजघरानालाई सदासर्वदा स्थिर पार्नेछु।”’”+

१५ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।

१६ तब राजा दाउद यहोवा परमेश्‍वरसामु बसे र यसो भने: “हे यहोवा! म को हुँ र? अनि मेरो घराना के हो र? तैपनि तपाईँले मेरो लागि यी सबै गर्नुभयो।+ १७ हे परमेश्‍वर! मेरो लागि यत्ति धेरै गरिसकेपछि पनि तपाईँले यस दासको घराना लामो समयसम्म रहिरहनेछ भनेर बताउनुभयो।+ अनि हे यहोवा, तपाईँले मलाई अझ उच्च पारिन लायकको* ठान्‍नुभयो। १८ तपाईँले दिनुभएको यस्तो सम्मानबारे तपाईँको यो सेवक दाउदले अरू के नै भन्‍न सक्छ र? किनकि तपाईँ आफ्नो सेवकलाई राम्ररी चिन्‍नुहुन्छ।+ १९ हे यहोवा, तपाईँले आफ्नो सेवकको खातिर आफ्नो इच्छाअनुसार यी सबै महान्‌ काम गर्नुभयो र यसरी आफ्नो महानता प्रकट गर्नुभयो।+ २० हे यहोवा, तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्‍वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। २१ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे साँचो परमेश्‍वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको सामुन्‍नेबाट अरू जातिहरूलाई धपाउनुभयो+ अनि महान्‌ र आश्‍चर्यजनक कामहरू गर्नुभयो। यसरी तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ २२ तपाईँले इस्राएलीहरूलाई सदाको लागि आफ्नै प्रजा बनाउनुभयो+ अनि हे यहोवा, तपाईँ तिनीहरूका परमेश्‍वर हुनुभयो।+ २३ अब हे यहोवा, तपाईँले आफ्नो दास र उसको घरानाबारे गर्नुभएको प्रतिज्ञा सधैँ पूरा होस्‌; आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्‌।+ २४ तपाईँको नाम सदासर्वदा कायम रहोस्‌* अनि महिमित होस्‌+ र मानिसहरूले यसो भनून्‌, ‘इस्राएलका परमेश्‍वर, सेनाहरूका यहोवा नै इस्राएलीहरूका परमेश्‍वर हुनुहुन्छ।’ अनि तपाईँको दास दाउदको घराना तपाईँसामु स्थिर रहोस्‌।+ २५ किनकि हे मेरा परमेश्‍वर, तपाईँले आफ्नो दासको लागि राजघराना खडा गर्ने आफ्नो उद्देश्‍य प्रकट गर्नुभएको छ। त्यसैले यस दासले ढुक्क भएर तपाईँलाई यो प्रार्थना चढाउन सकेको छ। २६ हे यहोवा, तपाईँ साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँले आफ्नो दासको निम्ति यस्ता असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। २७ त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्‍न हुँदै आशिष्‌ दिनुहोस्‌ र यो घराना सदासर्वदा तपाईँसामु रहोस्‌। किनकि हे यहोवा, तपाईँले नै यस घरानालाई आशिष्‌ दिनुभएको छ र यो घरानामा सधैँभरि आशिष्‌ रहनेछ।”

१८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर तिनीहरूलाई आफ्नो अधीनमा राखे। अनि दाउदले पलिस्तियालीहरूको हातबाट गाथ+ र त्यसवरपरका सहरहरू आफ्नो कब्जामा लिए।+ २ त्यसपछि दाउदले मोआबलाई हराए+ अनि मोआबीहरू दाउदको दास बने र उनीहरूले तिनलाई तिरो तिरे।+

३ दाउदले हमाथनजिकै+ जोबाहका राजा+ हदद-एजेरलाई+ हराए। हदद-एजेर युफ्रेटिस नदीमाथि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+ ४ दाउदले हदद-एजेरका १ हजार रथ, ७ हजार घोडचढी र २० हजार पैदल सिपाहीलाई आफ्नो कब्जामा लिए।+ त्यसपछि तिनले रथ हाँक्ने १०० वटा घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो* काटिदिए।+ ५ दमिसकका सिरियालीहरू जोबाहका राजा हदद-एजेरलाई मदत गर्न आउँदा दाउदले २२ हजार सिरियालीलाई मारे।+ ६ त्यसपछि दाउदले दमिसकका सिरियालीहरूको इलाकामा सैन्य चौकीहरू खडा गरे। अनि सिरियालीहरू दाउदका दास बने र उनीहरूले तिनलाई तिरो तिरे। दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।*+ ७ दाउदले हदद-एजेरका सेवकहरूको सुनका गोलाकार ढालहरू पनि लिए र ती यरुसलेममा ल्याए। ८ दाउदले हदद-एजेरका सहरहरू तिभाथ र कुनबाट प्रशस्तै तामा ल्याए। त्यही तामाबाट सुलेमानले ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो,+ खम्बाहरू र अरू सरसामान बनाएका थिए।+

९ दाउदले जोबाहका राजा हदद-एजेरको पूरै सेनालाई हराए भनी हमाथका राजा तोउले सुने।+ १० तब तोउले राजा दाउदको हालखबर सोध्न र तिनलाई बधाई दिन तुरुन्तै आफ्नो छोरा हादोरामलाई पठाए किनकि राजा दाउदले हदद-एजेरलाई लडाइँमा हराएका थिए। (तोउ र हदद-एजेरबीच लडाइँ भइरहने हुनाले तोउले यसो गरेका थिए।) हादोरामले आफूसित सुन, चाँदी र तामाबाट बनेका हरकिसिमका सरसामान पनि लगे। ११ राजा दाउदले यी सरसामानहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरे।*+ आफूले कब्जा गरेका सबै जातिबाट अर्थात्‌ एदोम र मोआबबाट अनि अम्मोनीहरू,+ पलिस्तियालीहरू+ र अमालेकीहरूबाट+ ल्याएका सुनचाँदी पनि तिनले त्यसरी नै परमेश्‍वरको निम्ति अर्पण गरेका थिए।

१२ जेरुयाहका छोरा अबिसैले+ नुन बेँसीमा १८ हजार एदोमीलाई मारे।+ १३ उनले एदोममा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्‍वरले तिनलाई विजयी तुल्याउनुभयो।+ १४ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति जे सही छ, त्यही गरे।+ १५ जेरुयाहका छोरा योआब दाउदको सेनापति थिए+ अनि अहिलुदका छोरा यहोसापात+ लेखनदास थिए। १६ अहितुबका छोरा सादोक र अबियातारका छोरा अहिमेलेक पुजारी थिए अनि साब्सा सचिव थिए। १७ यहोयादाका छोरा बेनायाह कराथीहरू+ र पेलेथीहरूका* कप्तान थिए।+ राजा दाउदका छोराहरूचाहिँ तिनीपछिको दोस्रो दर्जामा थिए।

१९ पछि अम्मोनीहरूका राजा नहसको मृत्यु भयो र तिनको ठाउँमा तिनका छोरा राजा भए।+ २ यो खबर पाएपछि दाउदले भने: “हानुनका बुबा नहसले मलाई अटल प्रेम देखाएको हुनाले म पनि हानुनलाई अटल प्रेम देखाउनेछु।”+ त्यसैले हानुनको बुबाको मृत्यु भएकोमा उनलाई सान्त्वना दिन दाउदले आफ्ना सन्देशवाहकहरू पठाए। तर जब दाउदका सेवकहरू हानुनलाई सान्त्वना दिन अम्मोनीहरूको इलाकामा आइपुगे,+ ३ तब अम्मोनी भारदारहरूले हानुनलाई भने: “के दाउदले तपाईँको बुबाको आदर गर्ने भएकोले तपाईँलाई सान्त्वना दिन आफ्ना सेवकहरू पठाएका हुन्‌ र? होइन बरु यस देशको जासुसी गर्न र तपाईँलाई कसरी हराउन सकिन्छ भनी पत्ता लगाउन तिनका सेवकहरू यहाँ आएका हुन्‌।” ४ त्यसैले हानुनले दाउदका सेवकहरूलाई समातेर तिनीहरूको दाह्री खौरिदिए+ र तिनीहरूको लुगा पनि कम्मरभन्दा मुनि पूरै काटिदिए। त्यसपछि तिनीहरूलाई फर्काइदिए। ५ यो कुरा थाह पाउनेबित्तिकै दाउदले तिनीहरूलाई भेट्‌न आफ्ना मानिसहरू पठाए किनकि तिनीहरूको साह्रै बेइज्जत भएको थियो। राजाले तिनीहरूकहाँ यस्तो खबर पनि पठाए: “तिमीहरू दाह्री पलाएपछि मात्र फर्कनू; त्यतिन्जेल यरिहोमै बस्नू।”+

६ केही समयपछि दाउदले आफूहरूलाई असाध्यै घृणा गर्न थालेका छन्‌ भनी अम्मोनीहरूले थाह पाए। तब हानुन र अम्मोनीहरूले १ हजार टालेन्ट* चाँदी तिरेर मेसोपोटामिया,* अराम-माकाह र जोबाहबाट रथहरू र घोडचढीहरू भाडामा झिकाए।+ ७ तिनीहरूले ३२ हजार रथ अनि माकाहका राजा र उनका मानिसहरूलाई पनि भाडामा ल्याए। उनीहरू आएर मेदेबाको अगाडि छाउनी हाले।+ अम्मोनीहरू पनि लडाइँको लागि आ-आफ्नो सहरबाट निस्केर एक ठाउँमा भेला भए।

८ यो कुरा सुनेपछि दाउदले योआबसित+ आफ्ना सबैभन्दा वीर योद्धाहरूसहित पूरै सेनालाई पठाए।+ ९ तब अम्मोनीहरू आए अनि सहरको मूलढोकामा दल बाँधेर तैनाथ भए। तिनीहरूसितै आएका अरू राजाहरूचाहिँ खुला मैदानमा थिए।

१० जब योआबले आफ्नो अगाडिपछाडि दुवैतिरबाट सिपाहीहरू आक्रमण गर्न आएको देखे, तब तिनले इस्राएलका सबैभन्दा कुशल योद्धाहरू छाने र सिरियालीहरूसित लडाइँ गर्न उनीहरूलाई दल बाँधेर तैनाथ गरे।+ ११ अरू सिपाहीहरूलाई चाहिँ तिनले आफ्ना दाइ अबिसैको जिम्मा लगाए+ र उनीहरू अम्मोनीहरूसित लडाइँ गर्न दल बाँधेर तैनाथ भए। १२ अनि योआबले अबिसैलाई भने: “यदि सिरियालीहरूले+ मलाई हराउन लागे भने तपाईँ मलाई बचाउन आउनुहोस्‌। तर अम्मोनीहरूले तपाईँलाई हराउन लागे भने म तपाईँलाई बचाउन आउनेछु। १३ हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको खातिर हामी बलियो र साहसी हुनै पर्छ।+ अनि यहोवा परमेश्‍वरले आफूलाई जे ठीक लाग्छ, त्यही गर्नुहुनेछ।”

१४ त्यसपछि योआब र तिनका मानिसहरू सिरियालीहरूसित लडाइँ गर्न अघि बढे। तर सिरियालीहरू भने त्यहाँबाट भागे।+ १५ सिरियालीहरू भागेको देखेपछि अम्मोनीहरू पनि योआबका दाइ अबिसैदेखि डराएर भागे अनि सहरभित्र छिरे। त्यसपछि योआब यरुसलेम फर्के।

१६ इस्राएलीहरूसित हारेपछि सिरियालीहरूले युफ्रेटिस नदीवरपरको इलाकाका सिरियालीहरूलाई बोलाउन सन्देशवाहकहरू पठाए+ र तिनीहरूलाई हदद-एजेरका सेनापति सोपकको नेतृत्वमा आउन अह्राए।+

१७ यो कुरा सुन्‍नेबित्तिकै दाउदले इस्राएलका सबै सिपाहीलाई भेला गराए अनि तिनीहरू यर्दन पार गरेर सिरियालीहरूसित लड्‌न गए। तिनले लडाइँको निम्ति दल बाँधे र सिरियालीहरूले तिनीसित लडाइँ गरे।+ १८ तर सिरियालीहरू इस्राएलीहरूदेखि भागे। दाउदले लडाइँ गर्न रथमा आएका ७ हजार सिरियाली सिपाही र ४० हजार पैदल सिपाहीलाई मारे। तिनले सिरियाली सेनापति सोपकलाई पनि मारे। १९ जब हदद-एजेरका सेवकहरू इस्राएलीहरूसित हारे,+ तब तिनीहरूले तुरुन्तै दाउदसित शान्ति सम्झौता गरे र तिनको अधीनमा बस्न राजी भए।+ त्यसपछि सिरियालीहरूले कहिल्यै अम्मोनीहरूलाई मदत गरेनन्‌।

२० वर्षको सुरुमा* जब राजाहरू लडाइँ गर्न निस्कन्थे, तब योआब+ सेना लिएर निस्के र अम्मोनीहरूको देशलाई सखाप पारे। तिनले राब्बाहलाई+ घेरा हाले। तर दाउदचाहिँ यरुसलेममै बसे।+ योआबले राब्बाहलाई आक्रमण गरेर ध्वस्त पारिदिए।+ २ त्यसपछि दाउदले मल्कामको* टाउकोबाट मुकुट झिके र त्यो मुकुट एक टालेन्ट* सुनले बनेको रहेछ भनी थाह पाए। त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+ ३ त्यसपछि दाउदले त्यस सहरका मानिसहरूलाई बन्दी बनाए र तिनीहरूलाई ढुङ्‌गा काट्‌ने काममा र फलामका धारिला हतियारहरू अनि बन्चरो चलाएर गर्नुपर्ने काममा लगाए।+ अम्मोनीहरूका सबै सहरमा दाउदले यसै गरे। त्यसपछि तिनी आफ्नो पूरै सेनासहित यरुसलेम फर्के।

४ केही समयपछि इस्राएलीहरू र पलिस्तियालीहरूबीच गेजेरमा लडाइँ भयो। त्यस लडाइँमा हुसाही सिब्बकैले+ सिप्पै नाम गरेको पलिस्तियालीलाई मारे, जो रेफाई वंशको थियो।+ अनि इस्राएलीहरूले तिनीहरूलाई आफ्नो अधीनमा पारे।

५ इस्राएलीहरू र पलिस्तियालीहरूबीच फेरि लडाइँ भयो। त्यस लडाइँमा याइरका छोरा एल्हानानले गाथमा बस्ने गोल्यतका भाइ लाहमिलाई मारे।+ लाहमिको भालाको बिँड कपडा बुन्‍ने तानको डन्डाजत्रै ठूलो थियो।+

६ इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो।+ त्यहाँ एउटा अजङ्‌गको पलिस्तियाली थियो,+ जसको दुईटै हात र दुईटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+ ७ उसले इस्राएलीहरूको खिसी गरिरह्‍यो।+ त्यसैले दाउदका दाइ सिमेअका+ छोरा जोनाथनले उसलाई मारे।

८ रेफाई वंशका+ यी पलिस्तियालीहरू गाथमा बस्थे।+ तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।

२१ त्यसपछि सैतान* इस्राएलविरुद्ध खडा भयो र त्यसले दाउदलाई इस्राएलीहरूको गन्ती गर्न उक्सायो।+ २ त्यसैले दाउदले योआबलाई+ र मानिसहरूका मुखियाहरूलाई यस्तो हुकुम गरे: “जाओ, बेर्सेबादेखि दानसम्म+ इस्राएलीहरूको गन्ती गर। अनि आएर मलाई बताओ; म इस्राएलीहरूको सङ्‌ख्या जान्‍न चाहन्छु।” ३ तर योआबले भने: “यहोवा परमेश्‍वरले आफ्नो प्रजाको सङ्‌ख्या १०० गुणा बढाइदेऊन्‌! हे मेरा प्रभु, मेरा महाराज! के तिनीहरू सबै हजुरकै सेवक होइनन्‌ र? मेरा प्रभु किन यसो गर्न चाहनुहुन्छ? किन इस्राएलमाथि दोष लाग्ने कारण बन्‍न चाहनुहुन्छ?”

४ तर राजाले योआबको कुरा सुनेनन्‌ अनि राजाको वचनसामु योआबको केही सीप लागेन। त्यसैले योआब त्यहाँबाट निस्के अनि इस्राएलको एक फन्को लगाए। त्यसपछि उनी यरुसलेम फर्किए।+ ५ उनले दाउदलाई नाम दर्ता गरिएका मानिसहरूको सङ्‌ख्या बताइदिए। पूरै इस्राएलमा तरबार भिरेका ११ लाख मानिस थिए र यहुदामा तरबार भिरेका ४ लाख ७० हजार मानिस थिए।+ ६ तर उनले लेविको र बिन्यामिनको कुलका मानिसहरूको नामचाहिँ दर्ता गरेनन्‌+ किनकि योआबको नजरमा राजाले भनेको कुरा घिनलाग्दो थियो।+

७ दाउदले गरेको यस कामले गर्दा साँचो परमेश्‍वर क्रोधित हुनुभयो। त्यसैले उहाँले इस्राएललाई सजाय दिनुभयो। ८ तब दाउदले साँचो परमेश्‍वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले बिन्ती छ, आफ्नो सेवकलाई क्षमा दिनुहोस्‌।+ मैले साह्रै मूर्ख काम गरेँ।”+ ९ त्यसपछि यहोवा परमेश्‍वरले दाउदका दर्शी* गादलाई+ यसो भन्‍नुभयो: १० “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’” ११ त्यसैले गाद दाउदकहाँ आएर भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यी तीनमध्ये एउटा छान: १२ तिमी के चाहन्छौ? तीन वर्षसम्म अनिकाल परोस्‌?+ अथवा तीन महिनासम्म तिम्रा शत्रुहरूको तरबार तिमीविरुद्ध चलिरहोस्‌ अनि तिमी तिनीहरूसित हार्नुपरोस्‌?+ अथवा देशमा तीन दिनसम्म यहोवाको तरबार चलोस्‌, अर्थात्‌ देशमा महामारी फैलियोस्‌+ अनि यहोवाका स्वर्गदूतले इस्राएलको सम्पूर्ण इलाकामा विध्वंस मच्चाऊन्‌?’+ अब राम्ररी सोचविचार गर्नुहोस्‌ र जसले मलाई पठाउनुभयो, उहाँलाई म के जवाफ दिऊँ, त्यो बताउनुहोस्‌।” १३ तब दाउदले गादलाई भने: “म त साह्रै सङ्‌कटमा परेँ। बिन्ती छ, मलाई यहोवा परमेश्‍वरकै हातमा पर्न दिनुहोस्‌ किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्‌।”+

१४ त्यसपछि यहोवा परमेश्‍वरले इस्राएलमा महामारी पठाउनुभयो+ र त्यसले गर्दा ७० हजार मानिस मरे।+ १५ साथै साँचो परमेश्‍वरले यरुसलेमका मानिसहरूलाई नाश गर्न स्वर्गदूत पठाउनुभयो। तर जब यहोवा परमेश्‍वरले ती स्वर्गदूतले विपत्ति ल्याउन थालेको देख्नुभयो, तब उहाँ त्यो विपत्ति पठाएकोमा पछुताउनुभयो।*+ उहाँले नाश गर्ने त्यस स्वर्गदूतलाई भन्‍नुभयो: “बस्‌ भयो!+ अब आफ्नो हात बिसाऊ।” त्यसबेला यहोवा परमेश्‍वरका स्वर्गदूत यबुसी+ ओर्नानको खलानजिकै+ उभिरहेका थिए।

१६ दाउदले आफ्नो आँखा उठाएर हेर्दा यहोवा परमेश्‍वरको स्वर्गदूतलाई पृथ्वी र स्वर्गको बीचमा उभिरहेको देखे। ती स्वर्गदूतको हातमा तरबार थियो+ र उनले त्यो तरबार यरुसलेमतर्फ पसारेका थिए। तब दाउद र नाइकेहरू, जसले भाङ्‌ग्रा ओढेका थिए,+ तिनीहरू तुरुन्तै भुईँमा घोप्टो परे।+ १७ दाउदले साँचो परमेश्‍वरलाई भने: “मानिसहरूको गन्ती गर्न लगाउने म हुँ, होइन र? पाप गर्ने त म हुँ, मैले पो गल्ती गरेको थिएँ।+ बिचरा यी मानिसहरूको* के दोष छ र? हे यहोवा, मेरा परमेश्‍वर, बिन्ती छ, तपाईँको हात म र मेरो बुबाको घरानामाथि नै परोस्‌। तर तपाईँको प्रजामाथि यस्तो विपत्ति नल्याउनुहोस्‌।”+

१८ त्यसपछि यहोवा परमेश्‍वरका स्वर्गदूतले गादलाई भने:+ “दाउदलाई यसो भन, ‘जानुहोस्‌, यबुसी ओर्नानको खलामा यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाउनुहोस्‌।’”+ १९ तब यहोवा परमेश्‍वरको नाममा गादले भनेको कुरा मान्दै दाउद त्यहाँ उक्लिए। २० त्यसबेला ओर्नानचाहिँ गहुँ दाइँ गरिरहेका थिए। तिनले फर्केर हेर्दा स्वर्गदूतलाई देखे र तिनीसँगै भएका तिनका चार जना छोरा गएर लुके। २१ जब दाउद तिनीकहाँ गए, तब दाउदलाई देख्नेबित्तिकै तिनी खलाबाट बाहिर निस्के र भुईँमा घोप्टो परेर तिनलाई दण्डवत्‌ गरे। २२ दाउदले ओर्नानलाई भने: “मलाई तिम्रो खला भएको जमिन बेच* किनकि म त्यहाँ यहोवा परमेश्‍वरको निम्ति वेदी बनाउन चाहन्छु। मलाई यो जमिन यसको पूरै दाममा बेच र मानिसहरूमाथि आइपरेको विपत्ति रोकियोस्‌।”+ २३ तर ओर्नानले दाउदलाई भने: “हे मेरा प्रभु, मेरा महाराज! यो जमिन आफ्नै सम्झेर लिनुहोस्‌ र हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌। म सबथोक हजुरलाई दिन्छु—अग्निभेटी चढाउन गाईवस्तु, अन्‍नभेटी चढाउन गहुँ अनि दाइँ गर्ने दाँदे,+ जसलाई तपाईँले दाउराको रूपमा चलाउन सक्नुहुन्छ।”

२४ तर राजा दाउदले ओर्नानलाई भने: “होइन, म पूरै दाम तिरेर यी कुराहरू किन्‍नेछु। किनकि जे तिम्रो हो, त्यो लिएर म यहोवा परमेश्‍वरलाई अर्पण गर्न चाहन्‍नँ अथवा सित्तैँमा पाएको कुराको अग्निभेटी चढाउन चाहन्‍नँ।”+ २५ त्यसैले दाउदले ओर्नानलाई त्यस जमिनको दामस्वरूप ६०० शेकेल* सुन जोखेर दिए। २६ तब दाउदले त्यहाँ यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए+ अनि अग्निभेटी र मेलबलि चढाए। तिनले यहोवा परमेश्‍वरलाई पुकारे र उहाँले आकाशबाट अग्निभेटीको वेदीमा आगो पठाएर तिनलाई जवाफ दिनुभयो।+ २७ त्यसपछि यहोवा परमेश्‍वरले स्वर्गदूतलाई आफ्नो तरबार म्यानमा राख्न आदेश दिनुभयो।+ २८ त्यसबेला यहोवा परमेश्‍वरले यबुसी ओर्नानको खलामा जवाफ दिनुभएकोले दाउदले त्यही ठाउँमा बलि चढाउन थाले। २९ तर मोसाले निर्जनभूमिमा बनाएको यहोवा परमेश्‍वरको वासस्थान* र अग्निभेटीको वेदी त्यसबेला गिबोनमा उपासनाको लागि बनाइएको अग्लो थानमा* थियो।+ ३० दाउद परमेश्‍वरको सल्लाह माग्न त्यहाँ जान सकेका थिएनन्‌ किनकि तिनी यहोवा परमेश्‍वरको स्वर्गदूतको तरबारदेखि डराएका थिए।

२२ त्यसपछि दाउदले भने: “यस ठाउँमा साँचो परमेश्‍वर यहोवाको भवन बनाइनेछ र यहाँ इस्राएलको लागि अग्निभेटीको वेदी हुनेछ।”+

२ दाउदले इस्राएलका इलाकाहरूमा बसोबास गर्ने विदेशीहरूलाई भेला गराउन आदेश दिए+ र तिनीहरूलाई साँचो परमेश्‍वरको भवन बनाउन चाहिने ढुङ्‌गाहरू काट्‌ने र त्यसलाई आकार दिने काममा लगाए।+ ३ तिनले ढोकाहरूको लागि किला र कब्जाहरू बनाउन प्रशस्त मात्रामा फलाम जम्मा गरे। अनि तिनले यत्ति धेरै तामा पनि जम्मा गरे, त्यो जोखेर साध्यै थिएन।+ ४ तिनले देवदारका अनगिन्ती काठहरू पनि थुपारे।+ सिदोन+ र टायरका मानिसहरूले+ तिनको लागि देवदारका प्रशस्तै काठहरू ल्याइदिएका थिए। ५ दाउदले भने: “यहोवा परमेश्‍वरको निम्ति एउटा यस्तो भवन बनाउनुपर्छ, जुन अत्यन्तै वैभवशाली होस्‌+ अनि संसारभरि त्यसको नाम र सौन्दर्यको चर्चा होस्‌।+ तर मेरो छोरा सुलेमान सानै छ र ऊ त्यत्ति अनुभवी छैन।+ त्यसैले उसको खातिर म भवन बनाउने कामको तयारी गर्नेछु।” त्यसकारण दाउदले आफ्नो मृत्यु हुनुअघि त्यस भवनको लागि प्रशस्तै सरसामान जुटाए।

६ साथै तिनले आफ्ना छोरा सुलेमानलाई बोलाए अनि इस्राएलका परमेश्‍वर यहोवाको लागि भवन बनाउन निर्देशन दिए। ७ दाउदले आफ्ना छोरा सुलेमानलाई यसो भने: “मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने मेरो ठूलो धोको थियो।+ ८ तर यहोवाको यो सन्देश मकहाँ आयो, ‘तिमीले थुप्रैको रगत बगाएका छौ र ठूलठूला युद्ध लडेका छौ। त्यसैले तिमीले मेरो निम्ति भवन बनाउन पाउनेछैनौ।+ तिमीले यस धर्तीमा मेरै आँखाअगाडि धेरैको रगत बगाएका छौ। ९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+ १० उसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ।+ ऊ मेरो छोरा हुनेछ र म उसको बुबा हुनेछु।+ म इस्राएलमा उसको सिंहासन सधैँको लागि स्थिर पार्नेछु।’+

११ “हे मेरो छोरा, यहोवा परमेश्‍वर सधैँ तिम्रो साथमा रहून्‌ र तिमी आफ्नो काममा सफल होऊ। यहोवा तिम्रा परमेश्‍वरले तिम्रो विषयमा भन्‍नुभएझैँ उहाँको निम्ति भवन बनाऊ।+ १२ यहोवा परमेश्‍वरले तिमीलाई इस्राएलमाथि अधिकार गर्न दिनुभएपछि उहाँले तिमीलाई विवेक र समझ पनि देऊन्‌।+ अनि तिमी यहोवा तिम्रा परमेश्‍वरले दिनुभएको आज्ञाअनुसार चलिरहन सक्नेछौ।+ १३ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई जुन नीति-नियम र ऐनकानुन दिनू भनी मोसालाई अह्राउनुभएको थियो,+ ती होसियारीसाथ पालन गऱ्‍यौ भने तिमी सफल हुनेछौ।+ साहसी र बलियो होऊ! नडराऊ, त्रसित नहोऊ।+ १४ मैले धेरै दुःख गरेर यहोवा परमेश्‍वरको भवनको निम्ति १ लाख टालेन्ट* सुन र १० लाख टालेन्ट चाँदी जम्मा गरेको छु। अनि प्रशस्त मात्रामा तामा र फलाम पनि जुटाएको छु,+ जुन जोखेर साध्यै छैन। मैले काठहरू र ढुङ्‌गाहरू पनि जम्मा गरेको छु।+ तर तिमीले अझै जम्मा गर्नेछौ। १५ तिमीसित थुप्रै कामदार पनि छन्‌—ढुङ्‌गा काट्‌नेहरू, डकर्मीहरू,+ सिकर्मीहरू र हरकिसिमको काम गर्न सिपालु कारिगरहरू।+ १६ यस कामको निम्ति यत्ति धेरै सुनचाँदी, तामा र फलाम थुपारिएको छ, त्यसको कुनै हिसाबकिताब नै छैन।+ अब यो काम सुरु गर; यहोवा परमेश्‍वरले तिमीलाई साथ देऊन्‌।”+

१७ दाउदले इस्राएलका सबै अगुवालाई आफ्ना छोरा सुलेमानलाई मदत गर्न आदेश दिए। १८ तिनले उनीहरूलाई यसो भने: “के तिमीहरूका परमेश्‍वर यहोवा तिमीहरूको साथमा हुनुहुन्‍न र? के उहाँले तिमीहरूलाई चारैतिरका शत्रुहरूबाट विश्राम दिनुभएको छैन र? यहोवा परमेश्‍वरले यस देशका बासिन्दाहरूलाई मेरो अधिकारमा दिनुभएको छ अनि यो देश उहाँ र उहाँको प्रजाको अधीनमा परेको छ। १९ अब आफ्नो सारा हृदय र सारा ज्यानले आफ्ना परमेश्‍वर यहोवाको खोजी गर+ अनि साँचो परमेश्‍वर यहोवाको निम्ति पवित्र स्थान* बनाउन सुरु गर+ ताकि यहोवा परमेश्‍वरको नामको निम्ति बनाइने त्यस भवनमा+ यहोवाको करारको सन्दुक* र साँचो परमेश्‍वरको पवित्र सरसामान राख्न सकियोस्‌।”+

२३ जब दाउद वृद्ध भए र तिनको मर्ने बेला आयो, तब तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका राजा बनाए।+ २ त्यसपछि तिनले इस्राएलका सबै अगुवाहरू, पुजारीहरू+ र लेवीहरूलाई भेला गराए।+ ३ तिनले ३० वर्ष र सोभन्दा माथिको उमेरका लेवीहरूको गन्ती गरे।+ ती पुरुषहरू जम्मा ३८ हजार थिए। ४ तिनीहरूमध्ये २४ हजार लेवीले यहोवा परमेश्‍वरको भवनको कामको रेखदेख गर्थे अनि ६ हजारले चाहिँ अफिसर र न्यायकर्ताको रूपमा सेवा गर्थे।+ ५ अनि ४ हजार लेवी ढोके थिए।+ बाँकी ४ हजारले चाहिँ बाजा बजाएर यहोवा परमेश्‍वरको प्रशंसा गर्थे,+ जुन बाजाहरूको विषयमा दाउदले यसो भनेका थिए: “परमेश्‍वरको प्रशंसा गर्न मैले यी बनाएको हुँ।”

६ त्यसपछि दाउदले तिनीहरूलाई लेविका छोराहरू गेर्सोन, कोहात र मरारिको वंशअनुसार+ दल-दल गरी छुट्ट्याए।+ ७ गेर्सोनीहरूबाट लादान र सिमि थिए। ८ लादानका तीन जना छोरा यी थिए: यहिएल, जो प्रमुख थिए, जेथाम र योएल।+ ९ सिमिका तीन जना छोरा यी थिए: सेलोमोथ, हाजिएल र हारान। तिनीहरू बुबापट्टिको घरानाका नाइकेहरू थिए र ती घरानाहरू लादानको घरानामध्ये गनिन्थे। १० सिमिका छोराहरू यी थिए: याहथ, जिना, यउस र बरियाह। यी चार जना सिमिका छोराहरू थिए। ११ याहथ प्रमुख थिए अनि जिजाह दोस्रो थिए। तर यउस र बरियाहका भने धेरै छोरा थिएनन्‌। त्यसैले तिनीहरू दुवैलाई एउटै घरानामा गनियो र तिनीहरूलाई एउटै किसिमको काम दिइयो।

१२ कोहातका चार जना छोरा यी थिए: अम्राम, इजहार,+ हेब्रोन र उज्जिएल।+ १३ अम्रामका छोराहरू हारुन+ र मोसा थिए।+ तर हारुन र तिनका छोराहरूलाई महापवित्र कोठालाई पवित्र राख्न, यहोवा परमेश्‍वरसामु बलि चढाउन, उहाँको सेवा गर्न र सधैँ उहाँको नाममा मानिसहरूलाई आशिष्‌ दिन+ सदाको लागि अलग गरिएको थियो।+ १४ अनि साँचो परमेश्‍वरका सेवक मोसाका छोराहरूचाहिँ लेविको कुलमा गनिए। १५ मोसाका छोराहरू गेर्सोम+ र एलिएजर थिए।+ १६ गेर्सोमका छोराहरूमध्ये सेबुएल+ प्रमुख थिए। १७ एलिएजरका सन्तानमध्ये रहब्याह+ प्रमुख थिए। रहब्याहबाहेक एलिएजरका अरू छोरा थिएनन्‌ तर रहब्याहका भने धेरै छोरा थिए। १८ इजहारका+ छोराहरूमध्ये सलोमिथ+ प्रमुख थिए। १९ हेब्रोनका छोराहरू यी थिए: प्रमुख यरिया, दोस्रो अमर्याह, तेस्रो याहजिएल र चौथो यकमाम।+ २० उज्जिएलका छोराहरू+ यी थिए: प्रमुख मिका र दोस्रो इसिया।

२१ मरारिका छोराहरू महलि र मुसि थिए।+ महलिका छोराहरू एलियाजार र किस थिए। २२ एलियाजारको मृत्यु हुँदा तिनको कुनै छोरा थिएन, छोरीहरू मात्र थिए। त्यसैले तिनीहरूका नातेदार किसका छोराहरूले तिनीहरूसित विवाह गरे। २३ मुसिका तीन जना छोरा यी थिए: महलि, एदेर र यरेमोथ।

२४ यी सबै लेविका छोराहरू थिए, जसलाई तिनीहरूको कुलअनुसार र बुबापट्टिको घरानाको नाइकेहरूअनुसार गनिएको र दर्ता गरिएको थियो। तिनीहरू यहोवा परमेश्‍वरको भवनमा विभिन्‍न सेवा चढाउँथे। तिनीहरू सबै २० वर्ष र सोभन्दा माथिको उमेरका थिए। २५ दाउदले यसो भनेका थिए: “इस्राएलका परमेश्‍वर यहोवाले आफ्नो प्रजालाई विश्राम दिनुभएको छ।+ उहाँ सधैँभरि यरुसलेममा बास गर्नुहुनेछ।+ २६ लेवीहरूले वासस्थान* वा त्यहाँ सेवा गर्दा प्रयोग गरिने कुनै पनि सरसामान बोक्नुपर्नेछैन।”+ २७ दाउदको अन्तिम निर्देशनअनुसारै २० वर्ष वा सोभन्दा माथिको उमेरका लेवीहरूको गन्ती गरियो। २८ तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा गरिने सेवामा हारुनका छोराहरूलाई सघाउनुपर्थ्यो।+ तिनीहरूले परमेश्‍वरको भवनका चोक+ र भोजनकक्षहरूको निगरानी गर्ने, सबै पवित्र थोकहरूलाई शुद्ध राख्ने कामको रेखदेख गर्ने अनि साँचो परमेश्‍वरको भवनमा गरिने सेवाको लागि आवश्‍यक सबै काम गर्ने जिम्मा पाएका थिए। २९ साथै तिनीहरूले भेटीको रोटी,*+ अन्‍नभेटीको लागि मसिनो पीठो, अखमिरा* पापडी,+ तावामा पकाइने रोटी र तेलमा मुछिने पीठोसित सम्बन्धित कामहरूमा मदत गर्ने जिम्मा पाएका थिए।+ अनि तिनीहरू नापतौलसम्बन्धी सबै काममा सघाउँथे। ३० तिनीहरूले हरेक बिहान र बेलुकी खडा भएर+ यहोवा परमेश्‍वरलाई धन्यवाद चढाउने र प्रशंसा गर्ने जिम्मा पाएका थिए।+ ३१ तिनीहरूले विश्रामदिनमा,*+ औँसीमा+ र चाडको समयमा+ यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाउन मदत गर्थे। तिनीहरूले यो काम व्यवस्थामा दिइएको नियमअनुसार गर्थे र यहोवा परमेश्‍वरसामु नियमित रूपमा यो सेवा चढाउँथे। ३२ साथै तिनीहरू पवित्र ठाउँ अर्थात्‌ भेट हुने पालमा विभिन्‍न काम गर्थे अनि आफ्ना दाजुभाइ अर्थात्‌ हारुनका छोराहरूलाई सघाउँथे। यहोवा परमेश्‍वरको भवनमा तिनीहरूले पाएको जिम्मा यही थियो।

२४ हारुनका सन्तानलाई यी दलहरूमा बाँडिएको थियो: हारुनका छोराहरू नादाब, अबिहु,+ एलियाजार र इथामार+ थिए। २ नादाब र अबिहु आफ्नो बुबाभन्दा अघि नै मरे;+ तिनीहरूका कुनै छोरा थिएनन्‌। तर एलियाजार+ र इथामारले भने पुजारीको रूपमा सेवा गरिरहे। ३ दाउदले एलियाजारका सन्तानमध्ये सादोक+ र इथामारका सन्तानमध्ये अहिमेलेकसित मिलेर हारुनका सन्तानलाई परमेश्‍वरको सेवासित सम्बन्धित काम गर्न विभिन्‍न दलमा बाँडे। ४ इथामारका सन्तानमा भन्दा एलियाजारका सन्तानमा धेरै नाइकेहरू भएकाले तिनीहरूले त्यसैअनुसार उनीहरूलाई दल-दलमा बाँडे। एलियाजारका सन्तानमा आ-आफ्नो बुबापट्टिको घरानाका १६ जना नाइके थिए भने इथामारका सन्तानमा आ-आफ्नो बुबापट्टिको घरानाका आठ जना नाइके थिए।

५ त्यसबाहेक तिनीहरूले ती दुई समूहलाई गोला हालेर अलग-अलग दलमा बाँडे।+ किनकि एलियाजार र इथामार दुवैका सन्तानमा पवित्र ठाउँका नाइकेहरू र साँचो परमेश्‍वरको सेवा गर्ने नाइकेहरू थिए। ६ त्यसपछि लेवीहरूका सचिव, नेथनेलका छोरा सेमायाहले राजा, मानिसहरूका नाइकेहरू, पुजारी सादोक,+ अबियातारका+ छोरा अहिमेलेक+ अनि पुजारीहरूको र लेवीहरूको बुबापट्टिको घरानाका नाइकेहरूसामु उनीहरूको नाम लेखे। एलियाजारका सन्तानबाट एउटा घराना र इथामारका सन्तानबाट एउटा घराना पालैपालो गोला हालेर छानियो।

७ पहिलो गोला यहोयारिबको नाममा पऱ्‍यो। दोस्रो यदायाहको, ८ तेस्रो हारिमको, चौथो सिरिमको, ९ पाँचौँ मल्कियाहको, छैटौँ मियामिनको, १० सातौँ हाक्कोसको, आठौँ अबियाहको,+ ११ नवौँ यसुआको, दसौँ सेकन्याहको, १२ एघारौँ एलियासिबको, बाह्रौँ याकिमको, १३ तेह्रौँ हुप्पाको, चौधौँ यसेबाबको, १४ पन्ध्रौँ बिल्गाको, सोह्रौँ इम्मेरको, १५ सत्रौँ हेजिरको, अठारौँ हाप्पिसेसको, १६ उन्‍नाइसौँ पथहियाहको, बिसौँ यहेजकेलको, १७ एक्काइसौँ याकिनको, बाइसौँ गामुलको, १८ तेइसौँ दलायाहको र चौबिसौँ माज्याहको नाममा पऱ्‍यो।

१९ ती लेवीहरूको लागि मिलाइएको प्रबन्ध यही थियो र उनीहरू यही प्रबन्धअनुरूप यहोवा परमेश्‍वरको भवनमा आउँथे।+ उनीहरूका पुर्खा हारुनले इस्राएलका परमेश्‍वर यहोवाको आज्ञाअनुसारै जुन विधि तोकेका थिए, उनीहरू त्यही विधिबमोजिम सेवा गर्थे।

२० बाँकी लेवीहरू यी थिए: अम्रामका+ छोराहरूबाट सुबाएल;+ सुबाएलका छोराहरूबाट यहदियाह; २१ रहब्याहका+ छोराहरूबाट इसिया, जो प्रमुख थिए; २२ इजहारका सन्तानबाट सेलोमोथ;+ सेलोमोथका छोराहरूबाट याहथ; २३ हेब्रोनका छोराहरूबाट प्रमुख यरिया,+ दोस्रा अमर्याह, तेस्रा याहजिएल र चौथा यकमाम; २४ उज्जिएलका छोराहरूबाट मिका; मिकाका छोराहरूबाट सामिर; २५ मिकाका भाइ इसिया थिए र इसियाका छोराहरूबाट जकरिया।

२६ मरारिका+ छोराहरू महलि र मुसि थिए; याजियाहका छोराहरूबाट बेनो। २७ मरारिका सन्तानबाट: याजियाहका छोराहरू बेनो, सोहम, जक्कुर र इब्रि; २८ महलिका सन्तानबाट एलियाजार, जसका कुनै छोरा थिएनन्‌;+ २९ किसका छोराहरूबाट यरहमेल; ३० मुसिका छोराहरू महलि, एदेर र यरिमोथ थिए।

आ-आफ्नो बुबापट्टिको घरानाअनुसार लेविका सन्तान यिनीहरू नै थिए। ३१ यिनीहरूले पनि आफ्ना दाजुभाइ अर्थात्‌ हारुनका सन्तानले जस्तै राजा दाउद, सादोक, अहिमेलेक अनि पुजारीहरूको र लेवीहरूको बुबापट्टिको घरानाका नाइकेहरूसामु गोला हाले।+ यिनीहरूका आ-आफ्ना बुबापट्टिको घरानामा सबैलाई बराबर मानियो, चाहे ठूला हुन्‌ या साना।

२५ साथै दाउद अनि परमेश्‍वरको भवनमा सेवा गर्ने समूहहरूका नाइकेहरू मिलेर आसाप, हेमान र यदुथुनका केही छोराहरूलाई छाने+ अनि तिनीहरूलाई वीणा, तारे बाजा+ र झ्याली बजाउँदै+ परमेश्‍वरको प्रशंसा गर्ने र भविष्यवाणी गर्ने जिम्मा दिए। यस सेवाको लागि छानिएका पुरुषहरू यी थिए: २ आसापका छोराहरूबाट: जक्कुर, युसुफ, नेथन्याह र असरेला। आसापका यी छोराहरू आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। आसापचाहिँ राजाको निर्देशनमा भविष्यवाणी गर्थे। ३ यदुथुनका+ छोराहरूबाट: गदल्याह, जेरि, यसायाह, सिमि, हासबियाह र मत्तित्याह+—जम्मा छ जना। यिनीहरू सबै आफ्नो बुबा यदुथुनको निर्देशनमा सेवा गर्थे। यदुथुनचाहिँ वीणाको साथमा भविष्यवाणी गर्थे अनि यहोवा परमेश्‍वरलाई प्रशंसा र धन्यवाद चढाउँथे।+ ४ हेमानका+ छोराहरूबाट: बुक्कियाह, मत्तन्याह, उज्जिएल, सेबुएल, यरिमोथ, हानन्याह, हानानि, एलिआथा, गिद्दल्ति, रोमम्ति-एजेर, योस्बेकासा, मल्लोथि, होतिर र महजिओथ। ५ यी सबै हेमानका छोराहरू थिए। हेमान राजाका दर्शी* थिए र तिनी साँचो परमेश्‍वरको महिमाको लागि उहाँको सन्देश सुनाउने गर्थे। त्यसैले साँचो परमेश्‍वरले हेमानलाई १४ जना छोरा र तीन जना छोरी दिनुभयो। ६ उनीहरू सबै आफ्नो बुबाको निर्देशनमा सेवा गर्थे। उनीहरू यहोवा परमेश्‍वरको भवनमा झ्याली, तारे बाजा र वीणा बजाउँदै गीत गाउँथे।+ साँचो परमेश्‍वरको भवनमा उनीहरूले गर्नुपर्ने सेवा यही नै थियो।

आसाप, यदुथुन र हेमानचाहिँ राजाको निर्देशनमा सेवा गर्थे।

७ तिनीहरू र तिनीहरूका दाजुभाइ जम्मा २८८ जना थिए। तिनीहरूलाई यहोवा परमेश्‍वरको स्तुतिगान गाउन तालिम दिइएको थियो र तिनीहरू सबै निपुण गायक थिए। ८ तिनीहरू सबैले आ-आफ्नो जिम्मेवारी बाँडफाँड गर्न गोला हाले,+ चाहे तिनीहरू ठूला होऊन्‌ वा साना अथवा निपुण होऊन्‌ वा सिकारु।

९ पहिलो गोला आसापका छोरा युसुफको नाममा पऱ्‍यो।+ दोस्रो गदल्याहको नाममा+ (तिनी, तिनका दाजुभाइ र तिनका छोराहरू—जम्मा १२ जना); १० तेस्रो जक्कुर,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; ११ चौथो इज्रि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १२ पाँचौँ नेथन्याह,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १३ छैटौँ बुक्कियाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १४ सातौँ यसरेलाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १५ आठौँ यसायाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १६ नवौँ मत्तन्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १७ दसौँ सिमि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १८ एघारौँ अज्रेल, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; १९ बाह्रौँ हासबियाह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २० तेह्रौँ सुबाएल,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २१ चौधौँ मत्तित्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २२ पन्ध्रौँ यरेमोथ, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २३ सोह्रौँ हानन्याह, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २४ सत्रौँ योस्बेकासा, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २५ अठारौँ हानानि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २६ उन्‍नाइसौँ मल्लोथि, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २७ बिसौँ एलिआथा, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २८ एक्काइसौँ होतिर, तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; २९ बाइसौँ गिद्दल्ति,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना; ३० तेइसौँ महजिओथ,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना ३१ अनि चौबिसौँ रोमम्ति-एजेर,+ तिनका छोराहरू र तिनका दाजुभाइको नाममा—जम्मा १२ जना।

२६ ढोकेहरूका दलहरू यी थिए:+ कोरहका सन्तानबाट कोरेका छोरा मेसेलेम्याह।+ कोरे आसापका छोराहरूमध्ये एक थिए। २ अनि मेसेलेम्याहका छोराहरू यी थिए: जेठा जकरिया, माहिला यदिएल, साहिँला जबदियाह, काहिँला यात्निएल, ३ ठाहिँला एलाम, अन्तरे यहोहानान र कान्छा एलिहो-एनै। ४ ओबेद-एदोमका छोराहरू यी थिए: जेठा सेमायाह, माहिला यहोजाबाद, साहिँला योआ, काहिँला साकार, ठाहिँला नेथनेल, ५ अन्तरे अम्मिएल, जन्तरे इस्साकार र कान्छा पुल्लथै। परमेश्‍वरको आशिष्‌ले तिनका यी छोराहरू जन्मिएका थिए।

६ ओबेद-एदोमका छोरा सेमायाहका छोराहरू वीर र योग्य पुरुषहरू थिए। त्यसैले तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइकेहरू भए। ७ सेमायाहका छोराहरू यी थिए: ओथ्नि, रफाएल, ओबेद र एल्जाबाद; तिनका भाइहरू एलिहु र सिमक्याह पनि योग्य पुरुषहरू थिए। ८ तिनीहरू सबै ओबेद-एदोमका सन्तान थिए। तिनीहरू, तिनीहरूका छोराहरू र तिनीहरूका दाजुभाइ परमेश्‍वरको सेवाको लागि योग्य र सक्षम पुरुषहरू थिए। ओबेद-एदोमको घरानाबाट जम्मा ६२ जना थिए। ९ मेसेलेम्याहका+ छोराहरू र दाजुभाइ जम्मा १८ जना थिए। तिनीहरू सबै योग्य पुरुष थिए। १० मरारिका छोराहरूमध्ये एक होसाका छोराहरू यी थिए: प्रमुख सिम्रि, तिनी पहिलो सन्तान नभए तापनि तिनका बुबाले तिनलाई नै प्रमुख बनाए; ११ दोस्रो हिल्कियाह, तेस्रो तबलियाह र चौथो जकरिया। होसाका सबै छोरा र दाजुभाइ जम्मा १३ जना थिए।

१२ यहोवा परमेश्‍वरको भवनमा सेवा गर्ने सन्दर्भमा ढोकेहरूका यी दलहरूका नाइकेहरूले पनि आफ्ना दाजुभाइले जस्तै जिम्मेवारी पाएका थिए। १३ त्यसैले चाहे तिनीहरूको बुबापट्टिको घराना सानो होस्‌ वा ठूलो, तिनीहरू सबैले गोला हालेर+ अलग-अलग मूलढोकाको लागि जिम्मेवारी बाँडफाँड गरे। १४ पूर्वपट्टिको मूलढोकाको लागि हालिएको गोला सेलेम्याहको नाममा पऱ्‍यो। त्यसपछि तिनीहरूले सेलेम्याहका छोरा जकरियाको नाममा गोला हाले र तिनलाई उत्तरपट्टिको मूलढोका पऱ्‍यो। जकरिया बुद्धिमान्‌ सल्लाहकार थिए। १५ ओबेद-एदोमलाई दक्षिणपट्टिको मूलढोका पऱ्‍यो र तिनका छोराहरूलाई+ भण्डारहरूको निगरानी गर्ने जिम्मा दिइयो। १६ सुप्पिम र होसालाई+ पश्‍चिमपट्टिको मूलढोका पऱ्‍यो। यो मूलढोका मूलबाटोको छेवैमा भएको सल्लेकेथ-ढोकानजिकै पर्छ। ढोकेहरूको हरेक दललाई अर्को दलको नजिकै खटाइयो। १७ पूर्वपट्टिको ढोकामा छ जना लेवीलाई खटाइयो। उत्तरपट्टिको ढोकामा र दक्षिणपट्टिको ढोकामा प्रत्येक दिन चार-चार जना लेवीलाई खटाइन्थ्यो। अनि भण्डारहरूको निगरानी गर्न दुई जना लेवीलाई र तिनीहरूको नजिकै अर्को दुई जना लेवीलाई खटाइयो।+ १८ पश्‍चिमपट्टिको दलानको लागि चार जनालाई मूलबाटोमा+ र दुई जनालाई दलानमा खटाइयो। १९ दल-दलमा छुट्ट्याइएका यी ढोकेहरू कोरह र मरारिका सन्तान थिए।

२० साँचो परमेश्‍वरको भवनको भण्डार र पवित्र पारिएका* सरसामानको भण्डारको निगरानी गर्ने जिम्मा लेवीहरूमध्ये अहियाहलाई दिइयो।+ २१ यहिएलि+ गेर्सोनको सन्तान लादानका छोराहरूमध्ये एक थिए; तिनी लादानका घरानामध्ये एउटा घरानाका नाइके थिए। २२ अनि यहिएलिका छोराहरू यी थिए: जेथाम र उनका भाइ योएल। तिनीहरूलाई यहोवा परमेश्‍वरको भवनको भण्डारको निगरानी गर्ने जिम्मा दिइएको थियो।+ २३ अम्राम, इजहार, हेब्रोन र उज्जिएलका सन्तानबाट:+ २४ मोसाका नाति गेर्सोमका छोरा सेबुएल भण्डारहरूको निगरानी गर्ने कामका अगुवा थिए। २५ तिनका दाजुभाइ, जो एलिएजरका+ सन्तान थिए, तिनीहरू यी थिए: एलिएजरका छोरा रहब्याह,+ रहब्याहका छोरा यसायाह, यसायाहका छोरा योराम, योरामका छोरा जिक्रि र जिक्रिका छोरा सेलोमोथ। २६ यिनै सेलोमोथ र यिनका दाजुभाइले पवित्र पारिएका सरसामान राखिने सबै भण्डारको निगरानी गर्ने जिम्मा पाएका थिए।+ ती सरसामानहरू राजा दाउद,+ बुबापट्टिको घरानाका नाइकेहरू,+ हजार-हजारका र सय-सयका नाइकेहरू अनि सेनापतिहरूले पवित्र पारेका थिए। २७ ती सरसामानहरू तिनीहरूले लडाइँबाट लुटेर ल्याएका थिए+ र यहोवा परमेश्‍वरको भवनको मर्मतसम्भार गर्न पवित्र पारेर राखेका थिए। २८ साथै दर्शी* समुएल,+ किसका छोरा साउल, नेरका छोरा अब्नेर+ र जेरुयाहका छोरा+ योआबले+ पवित्र पारेका सबै सरसामानको निगरानी पनि सेलोमिथ* र उनका दाजुभाइले नै गर्थे। पवित्र पारिएका हरेक सामानको निगरानी गर्ने जिम्मा उनीहरूकै थियो।

२९ इजहारको+ सन्तानबाट केनन्याह र तिनका छोराहरूलाई परमेश्‍वरको भवनको बाहिर प्रशासनसम्बन्धी जिम्मेवारी दिइयो। तिनीहरू इस्राएलमा अफिसर र न्यायकर्ताको+ रूपमा काम गर्थे।

३० हेब्रोनको+ सन्तानबाट हासबियाह र तिनका दाजुभाइ—जम्मा १ हजार ७ सय योग्य पुरुषलाई इस्राएलमा यर्दनको पश्‍चिमी इलाकामा प्रशासनको काम सम्हाल्ने जिम्मा दिइयो। यहोवा परमेश्‍वरको सेवामा र राजाको सेवामा तिनीहरूले पाएको जिम्मेवारी यही थियो। ३१ हेब्रोनको सन्तानका घरानाहरूको वंशावलीअनुसार यरियाह+ उनीहरूका नाइके थिए। दाउदको शासनकालको ४० औँ वर्षमा+ हेब्रोनको सन्तानमाझ वीर र योग्य पुरुषहरूको खोजी गरियो र त्यस्ता पुरुषहरू गिलादको याजेरमा पाइए।+ ३२ यरियाहका दाजुभाइ २ हजार ७ सय जना थिए। तिनीहरू सबै योग्य पुरुष थिए र आ-आफ्नो बुबापट्टिको घरानाका नाइकेहरू थिए। त्यसैले तिनीहरूले साँचो परमेश्‍वर र राजाको सेवासित सम्बन्धित हरेक मामिला सम्हालून्‌ भनेर राजा दाउदले तिनीहरूलाई रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलमाथि नियुक्‍त गरे।

२७ राजाको सेनामा भएका इस्राएलीहरूका दलहरू यी थिए। ती दलहरूमा बुबापट्टिको घरानाका नाइकेहरू, हजार-हजार र सय-सयका नाइकेहरू+ अनि ती दलहरूको रेखदेख गर्ने अफिसरहरू थिए। ती दलहरू वर्षको हरेक महिना पालैपालो राजाको सेवा गर्न जान्थे।+ प्रत्येक दलमा २४ हजार मानिस थिए।

२ पहिलो महिना सेवा गर्न खटाइएको पहिलो दलका कप्तान जब्दिएलका छोरा यासोबाम थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। ३ तिनी पेरेजका सन्तान थिए।+ तिनी नै पहिलो महिना सेवा गर्न खटाइएका समूहहरूका नाइकेहरूको प्रमुख थिए। ४ दोस्रो महिना सेवा गर्न खटाइएको दलका कप्तान अहोही+ दोदै थिए।+ तिनको दलमा २४ हजार मानिस थिए र दलका अगुवा मिक्लोथ थिए। ५ तेस्रो महिना सेवा गर्न खटाइएको तेस्रो दलका कप्तान मुख्य पुजारी यहोयादाका+ छोरा बेनायाह थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। ६ बेनायाह तीस जना योद्धामध्ये एक वीर योद्धा थिए र ती तीस जनाका कप्तान थिए। तिनका छोरा अम्मिजाबादले तिनको दलको अगुवाइ गर्थे। ७ चौथो महिना सेवा गर्न खटाइएको चौथो दलका कप्तान योआबका भाइ आसाहेल*+ थिए+ अनि तिनीपछि तिनका छोरा जबदियाह कप्तान भए। तिनको दलमा २४ हजार मानिस थिए। ८ पाँचौँ महिना सेवा गर्न खटाइएको पाँचौँ दलका कप्तान इज्रही साम्हुथ थिए। तिनको दलमा २४ हजार मानिस थिए। ९ छैटौँ महिना सेवा गर्न खटाइएको छैटौँ दलका कप्तान तेकोमा+ बस्ने इक्केसका छोरा इरा थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। १० सातौँ महिना सेवा गर्न खटाइएको सातौँ दलका कप्तान एप्रैमको कुलका पेलोनी हेलेस थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। ११ आठौँ महिना सेवा गर्न खटाइएको आठौँ दलका कप्तान जेरहका सन्तान+ हुसाही सिब्बकै थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। १२ नवौँ महिना सेवा गर्न खटाइएको नवौँ दलका कप्तान बिन्यामिनको कुलका, अनातोतका बासिन्दा+ अबिएजेर थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। १३ दसौँ महिना सेवा गर्न खटाइएको दसौँ दलका कप्तान जेरहका सन्तान,+ नेतोफाहका बासिन्दा महरै थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। १४ एघारौँ महिना सेवा गर्न खटाइएको एघारौँ दलका कप्तान एप्रैमका सन्तान, पिराथोनका बासिन्दा बेनायाह थिए।+ तिनको दलमा २४ हजार मानिस थिए। १५ बाह्रौँ महिना सेवा गर्न खटाइएको बाह्रौँ दलका कप्तान ओथ्निएलका सन्तान, नेतोफाहका बासिन्दा हेल्दै थिए। तिनको दलमा २४ हजार मानिस थिए।

१६ इस्राएलका कुलहरूका अगुवाहरू यी थिए। रुबेनको कुलका अगुवा जिक्रिका छोरा एलिएजर थिए। सिमियोनको कुलका अगुवा माकाहका छोरा सेपत्याह थिए। १७ लेविको कुलका अगुवा केमुएलका छोरा हासबियाह थिए। हारुनका सन्तानका अगुवा सादोक थिए। १८ यहुदाको कुलका अगुवा एलिहु थिए,+ जो दाउदका दाइहरूमध्ये एक थिए। इस्साकारको कुलका अगुवा माइकलका छोरा ओम्रि थिए। १९ जबुलुनको कुलका अगुवा ओबदियाहका छोरा इस्मायाह थिए। नप्तालिको कुलका अगुवा अज्रिएलका छोरा यरिमोथ थिए। २० एप्रैमको कुलका अगुवा अजज्याहका छोरा होसिया थिए। मनस्सेको आधा कुलका अगुवा पदायाहका छोरा योएल थिए। २१ गिलादमा बसोबास गर्ने मनस्सेको आधा कुलका अगुवा जकरियाका छोरा इद्दो थिए। बिन्यामिनको कुलका अगुवा अब्नेरका छोरा यासिएल थिए।+ २२ अनि दानको कुलका अगुवा यरोहामका छोरा अज्रेल थिए। इस्राएलका कुलहरूका मुखिया तिनीहरू नै थिए।

२३ दाउदले बीस वर्ष र सोभन्दा मुनिको उमेरका मानिसहरूको गन्ती गरेनन्‌। किनकि यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई आकाशका ताराजत्तिकै असङ्‌ख्य बनाउने प्रतिज्ञा गर्नुभएको थियो।+ २४ जेरुयाहका छोरा योआबले तिनीहरूको गन्ती गर्न सुरु गरे तर सिद्‌ध्याएनन्‌। इस्राएलीहरूको गन्ती गरेकोले परमेश्‍वर इस्राएलसित रिसाउनुभएको थियो।+ त्यसैले राजा दाउदको इतिहासको विवरणमा त्यो सङ्‌ख्या लेखिएन।

२५ राजाको भण्डारको निगरानी गर्ने काम+ अदिएलका छोरा अज्मावेथलाई दिइएको थियो। अनि खेतहरू, सहरहरू, गाउँहरू र धरहराहरूमा भएका भण्डारको निगरानी गर्ने कामचाहिँ उज्जियाहका छोरा जोनाथनलाई दिइएको थियो। २६ खेतीकिसानी गर्नेहरूको रेखदेख गर्न केलुबका छोरा एज्रिलाई खटाइएको थियो। २७ अङ्‌गुर बगानको रेखदेख गर्ने काम रामामा बसोबास गर्ने सिमिलाई दिइएको थियो। अनि अङ्‌गुर बगानको उब्जनीबाट दाखमद्य बनाइने भण्डारहरूको रेखदेख गर्न सेफाममा* बसोबास गर्ने जब्दैलाई खटाइएको थियो। २८ सेफेलाहमा+ भएका जैतुन र खनिउँका रूखहरूको रेखदेख गर्न+ गेदेरी बाआल-हानानलाई खटाइएको थियो। तेलका भण्डारहरूको रेखदेख गर्ने कामचाहिँ योआसलाई दिइएको थियो। २९ सारोनमा चर्ने गाईवस्तुका बथानको रेखदेख गर्न+ सारोनमा बसोबास गर्ने सित्रैलाई खटाइएको थियो अनि बेँसीका मैदानहरूमा चर्ने गाईवस्तुका बथानको रेखदेख गर्न चाहिँ अद्‌लैका छोरा सापातलाई खटाइएको थियो। ३० उँटहरूको रेखदेख गर्न इस्माएली ओबिललाई खटाइएको थियो र गधाहरूको रेखदेख गर्न चाहिँ मेरोनोथमा बसोबास गर्ने यहदियाहलाई खटाइएको थियो। ३१ भेडाबाख्राको बगालको रेखदेख गर्न हगारी याजिजलाई खटाइएको थियो। यिनीहरू सबै राजा दाउदको सरसम्पत्तिको रेखदेख गर्ने प्रमुखहरू थिए।

३२ दाउदका भतिजा जोनाथन+ सल्लाहकार र सचिव थिए। तिनी समझदार मानिस थिए। हाक्मोनिका छोरा यहिएल राजकुमारहरूको रेखदेख गर्थे।+ ३३ अहितोपेल+ राजाका सल्लाहकार थिए र अरकी हुसै+ राजाका मित्र* थिए। ३४ अहितोपेलपछि बेनायाहका+ छोरा यहोयादा र अबियातार+ सल्लाहकार भए। अनि योआबचाहिँ+ राजाका सेनापति थिए।

२८ त्यसपछि दाउदले इस्राएलका यी सबै अगुवालाई यरुसलेममा भेला गराए: सबै कुलका नाइकेहरू, राजाको सेवा गर्न खटाइएका दलहरूका कप्तानहरू,+ हजार-हजार र सय-सयका नाइकेहरू+ अनि राजा र राजकुमारहरूको+ सरसम्पत्ति र वस्तुभाउको रेखदेख गर्न खटाइएकाहरू।+ साथै तिनले दरबारका अफिसरहरू अनि सबै वीर र योग्य पुरुषलाई पनि त्यहाँ भेला गराए।+ २ त्यसपछि राजा दाउदले खडा भएर यसो भने:

“हे मेरा दाजुभाइ र मेरा मानिसहरू हो, मेरो कुरा सुन्‍नुहोस्‌! एउटा यस्तो भवन बनाउने मेरो ठूलो धोको थियो, जुन यहोवा परमेश्‍वरको करारको सन्दुक* राख्ने स्थायी ठाउँ र हाम्रा परमेश्‍वरको पाउदान होस्‌।+ अनि मैले त्यो भवन बनाउन तयारी पनि गरेको थिएँ।+ ३ तर साँचो परमेश्‍वरले मलाई यसो भन्‍नुभयो: ‘तिमीले मेरो नामको निम्ति भवन बनाउनेछैनौ।+ किनकि तिमीले थुप्रै युद्ध लडेका छौ र धेरैको रगत बगाएका छौ।’+ ४ इस्राएलका परमेश्‍वर यहोवाले मेरो बुबाको सारा घरानाबाट मलाई नै सधैँभरिको लागि इस्राएलको राजा बनाउन रोज्नुभएको थियो।+ उहाँले यहुदालाई अगुवा हुन रोज्नुभयो+ र यहुदाका घरानाहरूमध्ये मेरो बुबाको घरानालाई छान्‍नुभयो+ अनि उहाँले मेरो बुबाका छोराहरूमध्ये मलाई नै इस्राएलको राजा बनाउन चाहनुभयो।+ ५ यहोवा परमेश्‍वरले मलाई थुप्रै छोरा दिनुभएको छ+ अनि यहोवाको सिंहासनमा बसेर इस्राएलमाथि शासन गर्न+ उहाँले मेरा छोराहरूमध्ये सुलेमानलाई रोज्नुभएको छ।+

६ “उहाँले मलाई भन्‍नुभयो, ‘तिम्रो छोरा सुलेमानले नै मेरो भवन र मेरा चोकहरू बनाउनेछ। किनकि मैले उसलाई नै मेरो छोरा हुन रोजेको छु र म उसको बुबा हुनेछु।+ ७ यदि उसले अहिले जस्तै अटल भएर मेरा आज्ञा पालन गरिरह्‍यो र मेरा फैसलाअनुसार चलिरह्‍यो भने+ म उसको सिंहासन सधैँभरिको लागि स्थिर पार्नेछु।’+ ८ त्यसैले म सारा इस्राएल—यहोवाको पूरै समुदायसामु र हाम्रा परमेश्‍वरसामु यसो भन्छु: तिमीहरूका परमेश्‍वर यहोवाले दिनुभएको सम्पूर्ण आज्ञाको खोजी गर र ती होसियारीपूर्वक पालन गर। यसो गऱ्‍यौ भने तिमीहरूले यो सुन्दर भूमि अधिकार गर्न+ र तिमीहरूका छोराहरूलाई यो भूमि सदाको लागि पैतृक सम्पत्तिको रूपमा दिन सक्नेछौ।

९ “अनि हे मेरो छोरा सुलेमान, तिम्रो बुबाका परमेश्‍वरलाई राम्ररी चिन अनि आफ्नो पूर्ण हृदयले र राजीखुसीले उहाँको सेवा गर।+ किनकि यहोवा परमेश्‍वर हरेकको हृदय जाँच्नुहुन्छ+ अनि मानिसको हरेक सोचाइ र मनोवृत्ति बुझ्नुहुन्छ।+ तिमीले उहाँको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ+ तर उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीलाई सधैँको लागि त्याग्नुहुनेछ।+ १० अब हेर, यहोवा परमेश्‍वरले एउटा पवित्र स्थान,* एउटा भवन बनाउन तिमीलाई रोज्नुभएको छ। साहसी होऊ र आफ्नो काम थाल।”

११ त्यसपछि दाउदले आफ्नो छोरा सुलेमानलाई मन्दिरको दलान,+ त्यसका कोठाहरू, भण्डारहरू, कौसीका कोठाहरू, भित्री कोठाहरू र प्रायश्‍चितको ढकनीको भवनको*+ नक्सा दिए।+ १२ तिनले परमेश्‍वरको प्रेरणाद्वारा पाएका यी सबै कुराको नक्सा सुलेमानलाई दिए: यहोवाको भवनका चोकहरू,+ भवनवरपर भएका भोजनकक्षहरू, साँचो परमेश्‍वरको भवनका भण्डारहरू र पवित्र पारिएका* कुराहरू राख्ने भण्डारहरूको नक्सा।+ १३ तिनले पुजारीहरू तथा लेवीहरूको दल छुट्ट्याउने विषयमा,+ यहोवा परमेश्‍वरको भवनमा गरिने सम्पूर्ण कामकाजको विषयमा र यहोवा परमेश्‍वरको भवनमा प्रयोग हुने सबै भाँडाकुँडाको विषयमा पनि निर्देशनहरू दिए। १४ विभिन्‍न काममा प्रयोग हुने सुनका भाँडाकुँडा र चाँदीका भाँडाकुँडा बनाउन सुन र चाँदी कति चाहिन्छ, १५ सुनका पानसहरू+ र सुनका दियोहरू अनि चाँदीका पानसहरू र चाँदीका दियोहरू बनाउन सुन र चाँदी कति चाहिन्छ, १६ भेटीको रोटी* राख्ने प्रत्येक टेबुल बनाउन कति सुन चाहिन्छ+ अनि चाँदीका टेबुलहरू बनाउन कति चाँदी चाहिन्छ, १७ काँटाहरू, कचौराहरू र सुराहीहरू बनाउन निखुर सुन कति चाहिन्छ अनि सुनका प्रत्येक कचौरा+ र चाँदीका प्रत्येक कचौरा बनाउन सुन र चाँदी कति चाहिन्छ, त्यो सब तिनले बताइदिए। १८ साथै, धूप बाल्ने वेदीको लागि निखुर सुन कति चाहिन्छ+ अनि रथको प्रतीक+ अर्थात्‌ सुनका ती करूबहरू,+ जसका पखेटाहरू फिँजिएका हुने थिए र यहोवा परमेश्‍वरको करारको सन्दुकलाई छाया पार्ने थिए, ती बनाउन कति सुन चाहिन्छ, त्यो पनि बताइदिए। १९ त्यसपछि दाउदले भने: “यहोवा परमेश्‍वरको हात ममाथि थियो र उहाँले मलाई अन्तर्दृष्टि दिनुभएकोले मैले यी सबै कुराको एक-एक विवरण+ नक्सामा उतार्न सकेँ।”+

२० अनि दाउदले आफ्ना छोरा सुलेमानलाई भने: “साहसी र बलियो होऊ! अनि आफ्नो काम थाल। नडराऊ, त्रसित नहोऊ। किनकि मेरा परमेश्‍वर यहोवा तिम्रो साथमा हुनुहुन्छ।+ उहाँले तिमीलाई छोड्‌नुहुनेछैन र तिमीलाई त्याग्नुहुनेछैन।+ यहोवा परमेश्‍वरको भवनको सम्पूर्ण कामकाज नसिद्धिएसम्म उहाँ तिमीसँगै हुनुहुनेछ। २१ साँचो परमेश्‍वरको भवनमा गरिने सबै सेवाको लागि यहाँ पुजारीहरू+ र लेवीहरूका दलहरू छन्‌।+ हरेक किसिमको काम राजीखुसीले गर्न तयार अनि सिपालु कामदारहरू पनि तिम्रो साथमा छन्‌।+ साथै, तिम्रा हरेक निर्देशन पालन गर्ने इस्राएलका अगुवाहरू+ र सम्पूर्ण मानिसहरू पनि तिमीसँग छन्‌।”

२९ तब राजा दाउदले सारा समुदायलाई यसो भने: “परमेश्‍वरले मेरो छोरा सुलेमानलाई रोज्नुभएको छ।+ ऊ ठिटै छ; ऊसँग त्यत्ति अनुभव पनि छैन।+ तर यो अत्यन्तै ठूलो काम हो किनकि कुनै मान्छेको लागि महल होइन बरु यहोवा परमेश्‍वरको लागि मन्दिर बनाउनु छ।+ २ मेरा परमेश्‍वरको भवन बनाउने कामको तयारी गर्न मैले कुनै कसर बाँकी राखेको छैनँ। मैले सुनका कामको निम्ति सुन, चाँदीका कामको निम्ति चाँदी, तामाका कामको निम्ति तामा, फलामका कामको निम्ति फलाम+ र काठका कामको निम्ति काठ जुटाएको छु।+ मैले ओनिक्स,* बज्रले* जोड्‌न सकिने पत्थर, ससाना रङ्‌गीबिरङ्‌गी पत्थरका साथै हरेक किसिमका बहुमूल्य रत्नहरू अनि प्रशस्त मात्रामा अलाबास्टर* पत्थर पनि जम्मा गरेको छु। ३ मैले त्यस पवित्र भवनको निम्ति तयार पारेका यी सबै थोकबाहेक म आफ्नै भण्डारबाट पनि सुनचाँदी दिँदै छु+ किनकि मेरा परमेश्‍वरको भवनलाई म साह्रै प्रेम गर्छु।+ ४ भवनका भित्ताहरू मोहोर्नको लागि ओपिरबाट ल्याइएको+ ३ हजार टालेन्ट* सुनका साथै ७ हजार टालेन्ट निखुर चाँदी म दिँदै छु। ५ सुनका कामको निम्ति, चाँदीका कामको निम्ति अनि शिल्पकारहरूले गर्ने सबै कामको निम्ति म यी सबथोक दिँदै छु। त्यसोभए, आज यहोवा परमेश्‍वरलाई राजीखुसीले भेटी दिन तिमीहरूमध्ये को राजी छ?”+

६ त्यसैले बुबापट्टिका घरानाका नाइकेहरू, इस्राएलका कुलहरूका नाइकेहरू, हजार-हजार र सय-सयका नाइकेहरू+ अनि राजाको विभिन्‍न कामकुराको रेखदेख गर्ने प्रमुखहरू+ राजीखुसीले भेटी दिन अघि सरे। ७ तिनीहरूले साँचो परमेश्‍वरको भवनमा गरिने सेवाको लागि यी भेटीहरू दिए: ५ हजार टालेन्ट सुन, १० हजार दारिक,* १० हजार टालेन्ट चाँदी, १८ हजार टालेन्ट तामा र १ लाख टालेन्ट फलाम। ८ जो-जोसँग बहुमूल्य रत्नहरू थियो, तिनीहरूले ती रत्नहरू यहोवा परमेश्‍वरको भवनको भण्डारको निम्ति दिए। गेर्सोनी+ यहिएलले त्यस भण्डारको रेखदेख गर्थे।+ ९ यी भेटीहरू दिन पाउँदा मानिसहरू असाध्यै रमाए किनकि तिनीहरूले राजीखुसीले र आफ्नो पूरा हृदयले यहोवा परमेश्‍वरलाई यी भेटीहरू दिएका थिए।+ यो देखेर राजा दाउद पनि निकै खुसी भए।

१० त्यसपछि दाउदले सारा समुदायसामु यहोवा परमेश्‍वरको प्रशंसा गरे। तिनले भने: “हे हाम्रा बुबा! इस्राएलका परमेश्‍वर यहोवा! सदासर्वदा* तपाईँको प्रशंसा होस्‌। ११ हे यहोवा! महानता,+ पराक्रम,+ गौरव, वैभव र ऐश्‍वर्य तपाईँकै हुन्‌।+ स्वर्ग र पृथ्वीमा भएका सबै थोक तपाईँकै हुन्‌।+ हे यहोवा! राज्याधिकार पनि तपाईँकै हो।+ तपाईँले आफूलाई सबैभन्दा उच्च पार्नुभएको छ र तपाईँ सबैको शिर हुनुहुन्छ। १२ तपाईँले नै धन र मानसम्मान दिनुहुन्छ+ अनि तपाईँ सबै थोकमाथि शासन गर्नुहुन्छ।+ तपाईँको हातमा शक्‍ति+ र पराक्रम छ।+ तपाईँको हातले सबैलाई महान्‌ बनाउन+ र बल दिन सक्छ।+ १३ अब हे हाम्रा परमेश्‍वर! हामी तपाईँलाई धन्यवाद चढाउँछौँ र तपाईँको सुन्दर नामको प्रशंसा गर्छौँ।

१४ “तर यसरी राजीखुसीले तपाईँलाई भेटी दिन म को हुँ र? अनि मेरो प्रजा को हो र? किनकि सबथोक तपाईँबाटै आएको हो। हामीले तपाईँलाई जे-जे दियौँ, ती सब तपाईँले नै हामीलाई दिनुभएको हो। १५ हामी त तपाईँको नजरमा हाम्रा पितापुर्खाजस्तै परदेशी र प्रवासी हौँ।+ पृथ्वीमा हाम्रो जीवन छाया मात्र हो+—हाम्रो निम्ति के आशा छ र? १६ हे यहोवा, हाम्रा परमेश्‍वर! तपाईँको पवित्र नामको निम्ति भवन बनाउन हामीले जम्मा गरेको यो सारा धनसम्पत्ति तपाईँले नै दिनुभएको हो; यी सब तपाईँकै हुन्‌। १७ हे मेरा परमेश्‍वर! मलाई राम्ररी थाह छ, तपाईँ हृदय जाँच्नुहुन्छ+ र सत्यनिष्ठ* व्यक्‍तिदेखि खुसी हुनुहुन्छ।+ मैले यी सबै थोक राजीखुसीले अनि सोझो हृदयले दिएको हुँ। अनि तपाईँका यी जनहरूले पनि राजीखुसीले तपाईँलाई भेटी दिएको देख्दा म निकै हर्षित भएको छु। १८ हे यहोवा! हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर! आफ्ना जनहरूलाई सधैँभरि यस्तै इच्छुक मनोभाव देखाइरहन र सारा हृदयले तपाईँको सेवा गरिरहन मदत गर्नुहोस्‌।+ १९ मेरो छोरा सुलेमानलाई पूर्ण हृदयले+ तपाईँका आज्ञा, सम्झौटा र नियमकानुन पालन गर्न अनि त्यसैअनुसार चल्न मदत गर्नुहोस्‌।+ साथै, जुन मन्दिरको लागि मैले तयारी गरेको छु, त्यो बनाउन पनि उसलाई मदत गर्नुहोस्‌।”+

२० त्यसपछि दाउदले सारा समुदायलाई यसो भने: “अब तिमीहरू सबैले आफ्ना परमेश्‍वर यहोवाको प्रशंसा गर!” तब सारा समुदायले आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाको प्रशंसा गऱ्‍यो। सबै जना यहोवा परमेश्‍वर र राजासामु भुईँसम्मै घोप्टो परेर लम्पसार परे। २१ तिनीहरूले भोलिपल्टसम्मै यहोवा परमेश्‍वरको निम्ति बलि र अग्निभेटी चढाए।+ तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति १ हजार बहर, १ हजार थुमा, भेडाका १ हजार पाठा र मद्यभेटी* चढाए।+ तिनीहरूले सारा इस्राएलको तर्फबाट थुप्रै बलि चढाए।+ २२ त्यस दिन तिनीहरूले यहोवा परमेश्‍वरसामु खाए, पिए र निकै रमाहट गरे।+ तिनीहरूले फेरि एक पटक दाउदका छोरा सुलेमानलाई राजा बनाए। तिनीहरूले उनलाई यहोवा परमेश्‍वरसामु अगुवाको रूपमा अभिषेक गरे+ र सादोकलाई चाहिँ पुजारीको रूपमा अभिषेक गरे।+ २३ सुलेमान आफ्नो बुबा दाउदको ठाउँमा, यहोवा परमेश्‍वरको सिंहासनमा विराजमान भए+ र उनी सफल भए। सारा इस्राएलीहरूले उनको आज्ञा मान्थे। २४ सबै अगुवा,+ वीर योद्धाहरू+ र राजा दाउदका सबै छोरा+ पनि राजा सुलेमानको अधीनमा बसे। २५ यहोवा परमेश्‍वरले सबै इस्राएलीसामु सुलेमानलाई निकै महान्‌ तुल्याउनुभयो। उहाँले उनलाई यत्ति धेरै राजसी गौरव दिनुभयो, त्यत्ति धेरै गौरव त इस्राएलमा उनीअघिका कुनै राजाले पाएका थिएनन्‌।+

२६ यिसैका छोरा दाउदले सारा इस्राएलमाथि शासन गरे। २७ तिनले इस्राएलमा ४० वर्ष शासन गरे। तिनले हेब्रोनबाट ७ वर्ष+ र यरुसलेमबाट ३३ वर्ष+ शासन गरे। २८ तिनी आफ्नो जीवनसित सन्तुष्ट थिए। तिनले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरे। यसरी लामो र सन्तुष्ट जीवन बिताइसकेपछि तिनको मृत्यु भयो।+ तिनीपछि तिनका छोरा सुलेमान राजा भए।+ २९ राजा दाउदको इतिहास—सुरुदेखि अन्तसम्मै दर्शी समुएल, भविष्यवक्‍ता नातान+ र दर्शी गादले लेखेका+ विवरणहरूमा पाइन्छ। ३० साथै तिनको शासन, वीरता, तिनको जीवनमा घटेका घटनाहरू र तिनको पालामा इस्राएल अनि इस्राएलवरपरका राज्यहरूमा घटेका घटनाहरू पनि ती विवरणहरूमा पाइन्छ।

यिनीहरूचाहिँ अरामका छोराहरू हुन्‌। उत्प १०:२३ हेर्नुहोस्‌।

यसको अर्थ हो, “विभाजन।”

शा., “तिनकै समयमा पृथ्वी विभाजित भएको थियो।”

शा., “शेखहरू।” यसले कुलको नाइकेलाई जनाउँछ।

यसको अर्थ हो “विपत्ति वा बहिष्कार निम्त्याउने व्यक्‍ति।” यहो ७:१ मा उनलाई आकान पनि भनिएको छ।

पद १८, १९ र ४२ मा तिनलाई कालेब भनिएको छ।

पद ९ मा तिनलाई केलुबै भनिएको छ।

पद ९ मा तिनलाई केलुबै भनिएको छ।

यस अध्यायमा कुनै-कुनै नाम व्यक्‍तिको नभई सहरको हुन सक्छ। ती ठाउँहरूमा “बुबा” शब्दले “सहर स्थापना गर्ने व्यक्‍ति”-लाई जनाएको हुन सक्छ।

याबेज भन्‍ने नाम र “पीडा” अर्थ जनाउने हिब्रू शब्द मिल्दोजुल्दो छ।

यसको अर्थ हो “शिल्पकारहरूको बेँसी।”

यिनी पद १८ मा उल्लिखित बिथियाह हुन सक्छिन्‌।

मिश्रका राजाहरूको एउटा उपाधि।

अर्थात्‌, यरोबाम द्वितीय।

वा “देवीदेवतालाई पुज्न थाले।”

पद १ मा तिनलाई गेर्सोन पनि भनिएको छ।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “शरणनगर।” यो कुरा यहो २१:१३ सित मेल खान्छ।

वा “गोला हालेर दिइयो।”

वा सम्भवतः “शरणनगर।” यो कुरा यहो २१:२१ सित मेल खान्छ।

वा “सुप्पिम र हुप्पिम।”

यसको अर्थ हो “विपत्तिसँगै।”

वा “यहोसुआ।” यसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”

वा सम्भवतः “गाजा।” तर यसले पलिस्तीहरूको देशमा पर्ने गाजालाई जनाउँदैन।

पद ३२ मा तिनलाई सोमेर भनिएको छ।

तिनी पद ३२ मा उल्लेख गरिएका “होताम” हुन सक्छन्‌।

वा सम्भवतः “त्यसअघि नै तिनले आफ्ना पत्नीहरू हुसिम र बारालाई निकालिदिएका थिए।”

तिनलाई इस्बोसेत पनि भनिन्छ।

तिनलाई मपिबोसेत पनि भनिन्छ।

वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”

वा “भोजनकक्षहरू।”

अङ्‌गुरबाट बनेको रक्सी।

शब्दावली हेर्नुहोस्‌।

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

वा “भोजनकक्षहरूमा।”

शा., “हामी तपाईँकै हाड र मासु हौँ।”

वा “मिलोमा।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”

वा “इस्राएलीहरूको उद्धार गर्नुभयो।”

लगभग २.२३ मिटर (७.३ फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

हिब्रू भाषामा आसाहेल योआबका दाइ हुन्‌ कि भाइ हुन्‌ भनी खुलाइएको छैन।

वा “बेँसीहरूमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

यसले सुकाएको अन्जिरलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

यसले किसमिसलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

वा “इजिप्टको।”

वा “सिहोरदेखि।”

वा “हमाथ छिर्ने ठाउँसम्मका।”

वा सम्भवतः “करूबहरूको बीचमा।”

यसको अर्थ हो, “उज्जाहमाथि दन्केको क्रोध।”

वा “पर्खाल बनाउनेहरू।”

यसको अर्थ हो “तहसनहस पार्ने मालिक।”

शा., “बाका झाडीको।”

वा “करारको सन्दुकको।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “सम्झना गर्न।”

वा “धुन बजाओ।”

वा सम्भवतः “कामहरूबारे बताओ।”

शा., “उहाँले दिनुभएको आज्ञा।”

वा सम्भवतः “उहाँको पवित्रता वैभवशाली भएकोले।”

वा “उपासना गर।”

वा “आउनुभएको छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “युगौँयुगसम्म।”

वा “यस्तै होस्‌!”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ “पाल टाँगेको एउटा ठाउँबाट अर्को ठाउँमा र एउटा निवासस्थानबाट अर्को निवासस्थानमा” हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “उच्च पदको व्यक्‍ति।”

वा “भरोसायोग्य साबित होस्‌।”

घुँडा पछाडिको मोटो नसो।

वा “तिनको उद्धार गर्नुभयो।”

शा., “पवित्र पारे।”

अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरूका।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “अराम-नहरैम।”

अर्थात्‌, वसन्त ऋतुमा।

यसले अम्मोनीहरूको एउटा देवतालाई जनाएको हुन सक्छ। अन्य ठाउँहरूमा यसलाई मोलेक वा मिल्कोम पनि भनिएको छ।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा सम्भवतः “एक जना विरोधी।”

वा “दर्शन देख्ने व्यक्‍ति।”

वा “दुःखित हुनुभयो।”

शा., “भेडाहरूको।”

शा., “देऊ।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यो नाम “शान्ति” अर्थ दिने हिब्रू शब्दबाट लिइएको हो।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “दर्शन देख्ने व्यक्‍ति।”

वा “अर्पण गरिएका।”

वा “दर्शन देख्ने व्यक्‍ति।”

पद २५ र २६ मा उनलाई “सेलोमोथ” पनि भनिएको छ।

आसाहेल योआबका दाइ हुन्‌ कि भाइ हुन्‌ भनी हिब्रू भाषामा खुलाइएको छैन।

वा सम्भवतः “सिफमोथमा।”

वा “विश्‍वासपात्र।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “प्रायश्‍चितको भवनको।”

वा “अर्पण गरिएका।”

वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

चुन, बालुवा र पानी मिसाएर बनाइएको लेदो।

शब्दावली हेर्नुहोस्‌।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

दारिक भनेको सुनको फारसी सिक्का हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “युगौँयुगसम्म।”

वा “नैतिकवान्‌; सोझो।”

शब्दावली हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने