प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt प्रकाश १:१-२२:२१
  • प्रकाश

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रकाश
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रकाश

युहन्‍नालाई भएको प्रकाश

१ येसु ख्रिष्टबाट भएको प्रकाश,* जो छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न+ परमेश्‍वरले उहाँलाई दिनुभयो।+ अनि येसुले आफ्नो स्वर्गदूत पठाएर परमेश्‍वरको दास* युहन्‍नालाई+ चिन्हहरूद्वारा ती प्रकट गर्नुभयो २ अनि तिनले आफूले देखेका सबै कुराको अर्थात्‌ परमेश्‍वरले दिनुभएको वचनको अनि येसु ख्रिष्टले दिनुभएको साक्षीको गवाही दिए। ३ आनन्दित हो त्यो मानिस, जसले यस भविष्यवाणीका वचनहरू ठूलो स्वरमा पढेर सुनाउँछ अनि आनन्दित हुन्‌ ती मानिसहरू, जसले ती सुन्छन्‌ र जसले ती पालन गर्छन्‌+ किनकि तोकिएको समय नजिकै छ।

४ एसिया प्रान्तका सात वटा मण्डलीलाई+ युहन्‍नाको सन्देश:

“जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो अनि जो आउँदै हुनुहुन्छ,” उहाँको+ अनि उहाँको सिंहासनसामु भएका सात वटा शक्‍तिको+ असीम अनुग्रह अनि शान्ति तिमीहरूमाथि रहोस्‌, ५ साथै येसु ख्रिष्टको पनि, जो “विश्‍वासयोग्य साक्षी,”+ “मृत्युबाट सबैभन्दा पहिले ब्युँतनुभएका पहिलो सन्तान”+ अनि “पृथ्वीका राजाहरूका शासक”+ हुनुहुन्छ।

उहाँ हामीलाई प्रेम गर्नुहुन्छ+ र उहाँले आफ्नै रगतद्वारा हामीलाई हाम्रो पापको बन्धनबाट मुक्‍त गर्नुभयो+ ६ अनि उहाँले हामीलाई आफ्ना परमेश्‍वर तथा बुबाको लागि राजा+ र पुजारी+ बनाउनुभयो। हो, महिमा र पराक्रम सदासर्वदा उहाँकै होस्‌। आमिन।

७ हेर! उहाँ बादलहरूका साथ आउँदै हुनुहुन्छ।+ तब हरेक आँखाले अनि उहाँलाई घोच्नेहरूले उहाँलाई देख्नेछन्‌ र पृथ्वीका सबै कुलले उहाँको कारण विलाप गर्दै आफ्नो छाती पिट्‌नेछन्‌।+ हो, यो पक्कै हुनेछ। आमिन।

८ यहोवा* परमेश्‍वर, “जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, जो आउँदै हुनुहुन्छ अनि जो सर्वशक्‍तिमान्‌ हुनुहुन्छ,”+ उहाँ भन्‍नुहुन्छ: “अल्फा र ओमेगा* म नै हुँ।”+

९ म युहन्‍ना, तिमीहरूको भाइ अनि येसुको चेला भएको नाताले तिमीहरूसँगसँगै सङ्‌कष्ट भोग्ने,+ राज्य गर्ने+ अनि सहने+ मानिस हुँ।+ परमेश्‍वरको विषयमा बोलेकोले अनि येसुबारे साक्षी दिएकोले म पत्मोस नाम गरेको टापुमा थिएँ। १० पवित्र शक्‍तिको प्रेरणाद्वारा म प्रभुको दिनमा पुगेँ र मैले मेरो पछाडि बिगुल फुकेको जस्तो चर्को आवाज सुनेँ। ११ त्यस आवाजले मलाई यसो भनिरहेको थियो: “तिमी जे देख्छौ, एउटा मुठामा लेख अनि यी सात वटा मण्डलीलाई पठाऊ: एफिसस,+ स्मर्ना,+ पर्गामम,+ थिआटिरा,+ सार्डिस,+ फिलाडेल्फिया+ र लाओडिसिया।”+

१२ मसित बोल्ने को रहेछ भनेर हेर्न म पछाडि फर्केँ। अनि फर्केर हेर्दा मैले सुनका सात वटा पानस देखेँ+ १३ र ती पानसहरूको बीचमा मानिसको छोराजस्तो कोही एक जनालाई देखेँ।+ तिनले पाउसम्मै पुग्ने लामो लुगा लगाएका थिए अनि छातीमा सुनको फित्ता बाँधेका थिए। १४ यसबाहेक तिनको शिर र तिनको केश सेतो ऊन अनि हिउँजस्तो सेतो थियो र तिनको आँखा आगोको ज्वालाजस्ता थिए,+ १५ तिनका पाउ आगोको भट्टीमा चम्किरहेको शुद्ध तामाजस्तै थिए+ अनि आवाजचाहिँ उर्लिरहेको पानीको गर्जनजस्तै थियो। १६ तिनको दाहिने हातमा सात वटा तारा थिए+ र तिनको मुखबाट धारिलो अनि लामो दुईधारे तरबार निस्किरहेको थियो।+ तिनको मुहार पूरा तेजमा चम्किरहेको घामजस्तै थियो।+ १७ तिनलाई देखेर म मुर्दाझैँ अचेत भएँ र तिनका पाउमा पछारिएँ।

अनि तिनले आफ्नो दाहिने हात ममाथि राखेर भने: “नडराऊ। पहिलो+ र अन्तिम+ १८ अनि जीवित म नै हुँ।+ म मरेको थिएँ+ तर हेर! म सधैँका लागि जीवित भएको छु।+ अनि मसित मृत्यु र चिहानका* साँचाहरू छन्‌।+ १९ त्यसैले तिमीले जे देख्यौ, अहिले जे भइरहेको छ अनि यसपछि जे हुनेछ, ती सबै कुरा लेख। २० तिमीले मेरो दाहिने हातमा देखेको सात वटा तारा अनि सुनका सात वटा पानसको पवित्र रहस्य यही हो: सात वटा ताराको अर्थ सात वटा मण्डलीका स्वर्गदूतहरू हो अनि सात वटा पानसको अर्थचाहिँ सात वटा मण्डली हो।+

२ “एफिससको मण्डलीको+ स्वर्गदूतलाई+ लेख: आफ्नो दाहिने हातमा सात वटा तारा लिने र सुनका सात वटा पानसबीच हिँड्‌नेले यसो भन्‍नुहुन्छ:+ २ ‘मलाई तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता थाह छ। अनि मलाई यो पनि थाह छ, तिमी खराब मानिसहरूलाई सहन सक्दैनौ र जो आफूलाई प्रेषित* भन्छन्‌ तर वास्तवमा होइनन्‌, त्यस्ता मानिसहरूलाई तिमीले जाँच्यौ+ अनि फटाहा पायौ। ३ तिमीले सहनशीलता पनि देखाइरहेका छौ र मेरो नामको खातिर धेरै कष्ट सहेका छौ+ तैपनि थाकेका छैनौ।+ ४ तथापि तिमीविरुद्ध मसित यो कुरा छ कि तिमीसित पहिले जुन प्रेम थियो, त्यो अहिले छैन।

५ “‘त्यसैले तिमी कहाँबाट खसेका हौ, त्यो सम्झ र पश्‍चात्ताप गर+ अनि तिमीले पहिले गरेका कामहरू गर। नत्र त म तिमीकहाँ आउनेछु र तिमीले पश्‍चात्ताप गरेनौ भने तिम्रो पानस+ त्यसको ठाउँबाट हटाइदिनेछु।+ ६ तैपनि तिमीसित यो एउटा राम्रो कुरा छ: तिमी निकोलाउस गुटका कामहरूलाई घृणा गर्छौ,+ जसलाई म पनि घृणा गर्छु। ७ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌:+ जसले विजय हासिल गर्छ,+ उसलाई म जीवनको रूखको फल खान दिनेछु,+ जुन परमेश्‍वरको प्रमोदवनमा छ।’

८ “अनि स्मर्नाको मण्डलीको स्वर्गदूतलाई लेख: जो ‘पहिलो र अन्तिम’ हुनुहुन्छ+ अनि जो मरेर फेरि जीवित हुनुभयो,+ उहाँ यसो भन्‍नुहुन्छ: ९ ‘मलाई तिम्रो सङ्‌कष्ट र गरिबी थाह छ—तर तिमी धनी छौ+—अनि त्यस्ता मानिसहरूले तिम्रो निन्दा गरेको पनि मलाई थाह छ, जो आफूलाई यहुदी भन्छन्‌ तर वास्तवमा यहुदी नभई सैतानको दल* हुन्‌।+ १० तिमीले भोग्न लागेका कुराहरूदेखि नडराऊ।+ हेर! तिमीहरूको पूर्ण रूपमा जाँच होस्‌ र तिमीहरूले दस दिन सङ्‌कष्ट भोग भनेर दियाबलले तिमीहरूमध्ये कोही-कोहीलाई बारम्बार झ्यालखानामा हाल्नेछ। मृत्युसम्मै आफूलाई विश्‍वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।+ ११ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌:+ जसले विजय हासिल गर्छ,+ उसलाई दोस्रो मृत्युले कुनै हालतमा हानि गर्नेछैन।’+

१२ “पर्गाममको मण्डलीको स्वर्गदूतलाई लेख: धारिलो अनि लामो दुईधारे तरबार लिनेले+ यसो भन्‍नुहुन्छ: १३ ‘मलाई थाह छ, तिमी सैतानको सिंहासन भएकै ठाउँमा बसिरहेका छौ तैपनि तिमीले मेरो नाम बलियोसित पक्रिरहेका छौ+ अनि ती दिनमा समेत तिमीले ममाथिको आफ्नो विश्‍वास त्यागेनौ,+ जब मेरो विश्‍वासयोग्य साक्षी+ एन्टिपासलाई तिमीहरूकै सहरमा मारियो,+ जहाँ सैतान बास गर्छ।

१४ “‘तथापि तिमीविरुद्ध मसित केही कुरा छ। तिमीमाझ यस्ता मानिसहरू छन्‌, जो बालामको शिक्षाअनुसार चल्छन्‌।+ इस्राएलीहरूले मूर्तिलाई बलि चढाइएका थोकहरू खाऊन्‌ र अवैध यौनसम्बन्ध* राखून्‌ भनेर तिनीहरूको अगाडि ठेस खाने ढुङ्‌गा राख्न तिनै बालामले बालाकलाई+ सिकाएका थिए।+ १५ त्यसैगरि तिमीमाझ निकोलाउस गुटको शिक्षाअनुसार चल्नेहरू पनि छन्‌।+ १६ त्यसकारण पश्‍चात्ताप गर नत्र त म छिट्टै तिमीकहाँ आउँदै छु र मेरो मुखको लामो तरबारले तिनीहरूसित लडाइँ गर्नेछु।+

१७ “‘पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌:+ जसले विजय हासिल गर्छ,+ उसलाई म लुकाइएको मन्‍न अलिकति दिनेछु+ अनि उसलाई म सेतो पत्थर दिनेछु। त्यस पत्थरमा एउटा नयाँ नाम लेखिएको हुनेछ, जुन नाम त्यो पत्थर पाउनेबाहेक अरू कसैलाई थाह हुँदैन।’

१८ “थिआटिराको+ मण्डलीको स्वर्गदूतलाई लेख: परमेश्‍वरको छोरा, जसका आँखा आगोको ज्वालाजस्ता+ र जसका पाउ शुद्ध तामाजस्ता छन्‌,+ उहाँ यसो भन्‍नुहुन्छ: १९ ‘मलाई तिम्रा कामहरू अनि तिम्रो प्रेम, विश्‍वास, सेवा र सहनशीलता थाह छ। अनि तिमीले हालै गरेका कामहरू तिमीले पहिले गरेका भन्दा धेरै छन्‌ भनेर पनि मलाई थाह छ।

२० “‘तथापि तिमीविरुद्ध मसित यो कुरा छ कि तिमी त्यस स्त्री ईजेबेललाई+ सहन्छौ, जो आफूलाई भविष्यवक्‍ता भन्छे अनि मेरा दासहरूलाई अवैध यौनसम्बन्ध* राख्न+ र मूर्तिहरूलाई बलि चढाइएका थोकहरू खान सिकाउँछे र तिनीहरूलाई बहकाउँछे। २१ मैले त्यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ तर त्यो आफूले राखेको अवैध यौनसम्बन्धको* लागि पश्‍चात्ताप गर्न चाहँदिन। २२ हेर! मैले त्यसलाई ओछ्यानबाट उठ्‌नै नसक्नेगरि बिरामी बनाउन आँटेको छु अनि ज-जसले त्यससित व्यभिचार* गर्छन्‌, तिनीहरूले त्यसको जस्ता कामहरू गर्न छोडेर पश्‍चात्ताप गरेनन्‌ भने तिनीहरूमाथि पनि म ठूलो सङ्‌कष्ट ल्याउनेछु। २३ अनि त्यसका छोराछोरीलाई म घातक महामारीले मार्नेछु, जसद्वारा सबै मण्डलीलाई यो थाह हुनेछ कि भित्री विचार* र हृदय जाँच्ने म नै हुँ अनि म हरेकलाई उसको कामअनुसार प्रतिफल दिनेछु।+

२४ “‘तर थिआटिरामा भएका बाँकी अरू, जसले यो शिक्षा स्विकारेका छैनन्‌ र ती कुराहरू थाह पाएका छैनन्‌, जसलाई “सैतानका गहिरा कुराहरू”+ भनिन्छ, तिनीहरू सबैलाई म भन्छु: तिमीहरूमाथि म अरू कुनै बोझ थप्दिनँ। २५ बस्‌ यति मात्र गर, तिमीहरूसित जे छ, म नआउन्जेल त्यसलाई पक्रिराख।+ २६ जसले विजय हासिल गर्छ र मैले अह्राएका कामहरू अन्तसम्म गरिरहन्छ, म उसलाई जातिजातिमाथि शासन गर्ने अख्तियार दिनेछु।+ २७ अनि उसले मानिसहरूमाथि फलामको डन्डाले शासन गर्नेछ+ र तिनीहरूलाई माटाका भाँडाहरूलाई जस्तै चकनाचुर पार्नेछ। मैले पनि आफ्नो बुबाबाट यही अख्तियार पाएको छु। २८ उसलाई म बिहानको तारा दिनेछु।+ २९ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’

३ “सार्डिसको मण्डलीको स्वर्गदूतलाई लेख: परमेश्‍वरको सात वटा शक्‍ति+ अनि सात वटा तारा हुनेले+ यसो भन्‍नुहुन्छ: ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी जिउँदो त देखिन्छौ तर वास्तवमा मरिसकेका छौ।+ २ जागा बस+ अनि मर्न लागेका बाँकी कुराहरूलाई बलियो बनाऊ किनकि मेरा परमेश्‍वरसामु तिम्रो कुनै काम पूरा भएको मैले पाएको छैनँ। ३ त्यसैले तिमीले जे-जे पायौ अनि जे-जे सुन्यौ, ती कुराहरू सम्झिराख र पक्रिराख अनि पश्‍चात्ताप गर।+ तिमी जागेनौ भने म चोरजस्तै गरी आउनेछु+ र म कुन बेला तिमीकहाँ आउनेछु, तिमीले कुनै हालतमा थाह पाउनेछैनौ।+

४ “‘तर सार्डिसमा तिमीकहाँ केही यस्ता मानिस छन्‌, जसले आफ्नो लुगा बिटुलो पारेका छैनन्‌।+ तिनीहरू सेतो लुगा लगाएर मसित हिँड्‌नेछन्‌+ किनकि तिनीहरू योग्य छन्‌। ५ जसले विजय हासिल गर्छ,+ उसले यसरी सेतो लुगा पहिरिनेछ+ र म उसको नाम जीवनको पुस्तकबाट+ कुनै हालतमा मेटाउनेछैनँ बरु मेरो बुबा अनि उहाँका स्वर्गदूतहरूसामु म उसको नाम स्वीकार गर्नेछु।+ ६ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’

७ “फिलाडेल्फियाको मण्डलीको स्वर्गदूतलाई लेख: जो पवित्र+ र सत्य+ हुनुहुन्छ अनि जससित दाउदको साँचो छ+ अनि जसले कसैले बन्द नगरोस्‌ भनेर खोल्नुहुन्छ र कसैले नखोलोस्‌ भनेर बन्द गर्नुहुन्छ, उहाँ यसो भन्‍नुहुन्छ: ८ ‘मलाई तिम्रा कामहरू थाह छ—हेर! कसैले बन्द गर्न नसक्ने ढोका मैले तिम्रो निम्ति खोलेको छु।+ तिमीसित थोरै शक्‍ति छ र तिमीले मेरो वचन पालन गरेका छौ अनि आफूलाई मप्रति वफादार साबित गरेका छौ भनेर मलाई थाह छ। ९ हेर! ती मानिसहरू, जो हामी यहुदी हौँ भनेर झूट बोलिरहेका छन्‌ तर वास्तवमा सैतानको दलका* हुन्‌,+ म तिनीहरूलाई तिमीकहाँ आउन बाध्य पार्नेछु र तिनीहरूलाई तिम्रा पाउमा दण्डवत्‌ गर्न लगाउनेछु अनि मैले तिमीलाई प्रेम गरेको छु भनी तिनीहरूलाई थाह दिनेछु। १० तिमीले मेरो सहनशीलताबारे जे सुन्यौ, त्यसअनुसार चलेको हुनाले*+ पृथ्वीका सबै बासिन्दाको परीक्षा लिन सारा पृथ्वीमाथि आइपर्ने परीक्षाको बेला म तिमीलाई सम्हाल्नेछु।+ ११ म छिट्टै आउँदै छु।+ तिमीसित जे छ, त्यसलाई पक्रिराख ताकि कसैले तिम्रो मुकुट खोस्न नपाओस्‌।+

१२ “‘जसले विजय हासिल गर्छ, म उसलाई मेरा परमेश्‍वरको मन्दिरको खम्बा बनाउनेछु र कुनै कुराले उसलाई त्यहाँबाट हटाउन सक्नेछैन। अनि म उसमा मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको सहरको नाम अर्थात्‌ मेरा परमेश्‍वर बस्नुहुने स्वर्गबाट तल ओर्लने नयाँ यरुसलेमको+ नाम र मेरो नयाँ नाम लेखिदिनेछु।+ १३ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’

१४ “लाओडिसियाको मण्डलीको+ स्वर्गदूतलाई लेख: जो आमिन,+ विश्‍वासयोग्य अनि साँचो+ साक्षी+ हुनुहुन्छ र परमेश्‍वरको सृष्टिको सुरुवात हुनुहुन्छ,+ उहाँ यसो भन्‍नुहुन्छ: १५ ‘मलाई तिम्रा कामहरू थाह छ, तिमी न चिसो न तातो छौ। तिमी कि चिसो कि तातो भइदिए त हुने थियो। १६ तिमी न तातो+ न चिसो+ तर मनतातो भएकोले मैले तिमीलाई मुखबाट ओकलिदिन लागेको छु। १७ “म धनी छु+ र मैले धेरै धनसम्पत्ति थुपारेको छु, मलाई केही कुराको खाँचो छैन” भनेर तिमी भन्छौ तर तिमी कत्ति गएगुज्रेको र दयनीय अवस्थामा छौ अनि कत्ति गरिब, अन्धो र नाङ्‌गो छौ, तिमीलाई थाह छैन। १८ म तिमीलाई के सुझाव दिन्छु भने आगोले खारिएको सुन मसित किन र धनी बन, मसित सेतो लुगा किनेर लगाऊ ताकि मानिसहरूले तिम्रो नग्नता नदेखून्‌ र तिमी लाजमा पर्न नपरोस्‌+ अनि आफ्नो आँखामा लगाउन+ मसित गाजल किन र देख्न सक्ने बन।+

१९ “‘ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु।+ त्यसैले जोसिलो होऊ र पश्‍चात्ताप गर।+ २० हेर! म ढोकामा उभिएर ढकढक्याउँदै छु। यदि कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने म उसको घरभित्र आउनेछु र ऊसित साँझको खाना खानेछु अनि उसले मसित खानेछ। २१ जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+ २२ पवित्र शक्‍तिले मण्डलीहरूलाई के भन्छ, जसको कान छ, उसले सुनोस्‌।’”

४ त्यसपछि हेर! मैले स्वर्गमा एउटा खुला ढोका देखेँ र मैले सुनेको पहिलो आवाज बिगुलको जस्तै थियो अनि त्यसले मलाई यसो भनिरहेको थियो: “यहाँ माथि आऊ र जुन कुराहरू पछि हुनै पर्छ, ती म तिमीलाई देखाउनेछु।” २ त्यसपछि तुरुन्तै ममाथि पवित्र शक्‍तिको असर पऱ्‍यो अनि हेर! मैले स्वर्गमा एउटा सिंहासन देखेँ र त्यसमा एक जना बसिरहनुभएको थियो।+ ३ सिंहासनमा बस्नुहुनेको मुहार यशवमणि+ र लालमणिजस्तै* थियो अनि सिंहासनको चारैतिर पन्‍नाजस्तो देखिने इन्द्रेनी थियो।+

४ त्यस सिंहासनको चारैतिर २४ वटा सिंहासन थिए र सेता लुगा लगाएका २४ जना एल्डर* ती सिंहासनहरूमा बसेका थिए+ अनि तिनीहरूको शिरमा सुनको मुकुट थियो। ५ सिंहासनबाट बिजुली चम्किरहेको थियो+ अनि आवाजहरू र गर्जनहरू निस्किरहेका थिए+ अनि सिंहासनको अगाडि आगोका सात वटा बत्ती बलिरहेका थिए, जसको अर्थ परमेश्‍वरका सात वटा शक्‍ति हो।+ ६ सिंहासनको अगाडि काँचजस्तो देखिने एउटा समुद्र थियो+ र त्यो मणिभजस्तै पारदर्शी थियो।

सिंहासनको बीचमा* अनि सिंहासनको वरिपरि चार वटा जीव थिए।+ ती जीवहरूको अगाडि अनि पछाडि आँखैआँखा थिए। ७ अनि पहिलो जीव सिंहजस्तै+ र दोस्रो जीव बहरजस्तै थियो।+ तेस्रो जीवको+ मुहारचाहिँ मानिसको जस्तै थियो र चौथो जीव+ उडिरहेको चीलजस्तै थियो।+ ८ यी चार जीवका छ-छ वटा पखेटा थिए र ती पखेटाहरूको चारैतिर अनि पखेटाहरूको भित्रपट्टि आँखैआँखा थिए।+ तिनीहरू दिनरात निरन्तर यसो भनिरहन्छन्‌: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ र जो आउँदै हुनुहुन्छ,+ उहाँ पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।”+

९ जब-जब ती जीवहरूले सिंहासनमा बस्नुहुनेलाई अर्थात्‌ सदासर्वदा जीवित रहनुहुनेलाई+ महिमा, आदर अनि धन्यवाद चढाउँछन्‌, १० तब-तब २४ जना एल्डर+ सिंहासनमा बस्नुहुनेसामु घोप्टो पर्छन्‌ र सदासर्वदा जीवित रहनुहुनेको उपासना गर्छन्‌ अनि आफ्नो शिरको मुकुट उतारेर उहाँको सिंहासनसामु राख्छन्‌ र भन्छन्‌: ११ “हे यहोवा* हाम्रा परमेश्‍वर, तपाईँ महिमा,+ आदर+ अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ+ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो+ र तपाईँकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”

५ अनि मैले सिंहासनमा बस्नुहुनेको+ दाहिने हातमा एउटा मुठा देखेँ। त्यस मुठाको दुवैपट्टि* लेखिएको थियो अनि त्यसलाई सात वटा लाहाछाप लगाएर टम्म बन्द गरिएको थियो। २ अनि मैले एक बलवान्‌ स्वर्गदूत देखेँ, जसले चर्को स्वरमा यस्तो घोषणा गरिरहेका थिए: “यो मुठा र यसका लाहाछापहरू खोल्न को योग्य छ?” ३ तर स्वर्गमा, पृथ्वीमा वा पृथ्वीमुनि त्यो मुठा खोल्न वा पढ्‌न सक्ने कोही पनि पाइएन। ४ त्यो मुठा खोल्न वा पढ्‌न योग्य कोही नपाइएकोले म धुरुधुरु रोएँ। ५ तर एल्डरहरूमध्ये एक जनाले मलाई भने: “नरोऊ। हेर! यहुदाको कुलको सिंह,+ दाउदको जराले+ विजय हासिल गर्नुभएको छ।+ त्यसैले उहाँ त्यो मुठा र त्यसका सात वटा लाहाछाप खोल्न योग्य हुनुहुन्छ।”

६ अनि मारिएको जस्तो देखिने एउटा पाठो+ सिंहासनको बीचमा, चार वटा जीवको बीचमा र एल्डरहरूको बीचमा उभिरहेको+ मैले देखेँ। ती पाठोका सात वटा सिङ र सात वटा आँखा थिए। ती आँखाहरूको अर्थ परमेश्‍वरको सात वटा शक्‍ति हो,+ जुन सारा पृथ्वीमा पठाइएको छ। ७ तब पाठो तुरुन्तै अघि बढे र सिंहासनमा बस्नुहुनेको दाहिने हातबाट+ त्यो मुठा लिए। ८ जब तिनले त्यो मुठा लिए, तब चार जीव र २४ जना एल्डर+ ती पाठोसामु घोप्टो परे। प्रत्येक एल्डरसित एउटा वीणा थियो र तिनीहरूसित धूपले भरिएको सुनका कचौराहरू पनि थिए। (त्यो धूपको अर्थ पवित्र जनहरूका प्रार्थनाहरू हो।)+ ९ तिनीहरू यस्तो नयाँ गीत गाउँछन्‌:+ “तपाईँ त्यो मुठा लिन र त्यसको लाहाछाप खोल्न योग्य हुनुहुन्छ किनकि तपाईँ मारिनुभएको थियो र तपाईँले आफ्नो रगतद्वारा हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो+ १० र तिनीहरूलाई हाम्रा परमेश्‍वरको लागि राजा+ र पुजारी बनाउनुभयो+ अनि तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।”+

११ अनि सिंहासन, जीवहरू र एल्डरहरूको वरिपरि मैले धेरै स्वर्गदूत देखेँ र तिनीहरूको स्वर सुनेँ। ती स्वर्गदूतहरूको सङ्‌ख्या लाखौँलाख, करोडौँकरोड थियो।+ १२ तिनीहरू चर्को स्वरमा यसो भन्दै थिए: “पाठो, जो मारिनुभएको थियो,+ उहाँ शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा पाउन योग्य हुनुहुन्छ।”+

१३ अनि स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमा भएका हरेक जीवजन्तु+ र त्यहाँका सबै थोकले यसो भनिरहेको मैले सुनेँ: “प्रशंसा, आदर,+ महिमा र पराक्रम सदासर्वदा सिंहासनमा बस्नुहुनेको+ र पाठोको+ होस्‌।”+ १४ अनि चार जीवले भनिरहेका थिए: “आमिन!” अनि एल्डरहरूले घोप्टो परेर परमेश्‍वरको उपासना गरे।

६ त्यसपछि पाठोले+ सात वटा लाहाछापमध्ये एउटा खोलेको मैले देखेँ+ र चार जीवमध्ये+ एउटाले मेघ गर्जेको जस्तो आवाजमा यसो भनेको मैले सुनेँ: “आऊ!” २ अनि हेर, मैले एउटा सेतो घोडा देखेँ।+ त्यसमाथि सवार हुनेसित एउटा धनु थियो र तिनलाई एउटा मुकुट दिइयो+ अनि तिनी विजय गर्दै आफ्नो विजययात्रा पूरा गर्नलाई अघि बढे।+

३ पाठोले दोस्रो लाहाछाप खोल्दा दोस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” ४ तब अर्को घोडा आयो। त्यो चहकिलो रातो रङ्‌गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट मच्चाएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार दिइयो।+

५ पाठोले तेस्रो लाहाछाप खोल्दा+ तेस्रो जीवले+ यसो भनेको मैले सुनेँ: “आऊ!” अनि हेर, मैले एउटा कालो घोडा देखेँ। त्यसमाथि सवार हुनेको हातमा एउटा तराजु थियो। ६ तब मैले एउटा यस्तो आवाज सुनेँ, जुन चार वटा जीवको बीचबाट आएको जस्तो मलाई लाग्यो: “एक दिनारमा* एक क्वार्ट* गहुँ र एक दिनारमा+ तीन क्वार्ट जौ। अनि जैतुनको तेल र दाखमद्यलाई* हानि नगर।”+

७ पाठोले चौथो लाहाछाप खोल्दा चौथो जीवले+ यसो भनेको आवाज मैले सुनेँ: “आऊ!” ८ अनि हेर, मैले रङ्‌ग फुङ्‌ग उडेको एउटा घोडा देखेँ। त्यसमाथि सवार हुनेको नाम मृत्यु थियो अनि चिहान* ठ्‌याक्कै तिनको पछिपछि आइरहेको थियो। अनि लामो तरबार, अनिकाल,+ घातक महामारी र जङ्‌गली जनावरहरूद्वारा तिनीहरूले मानिसहरूलाई मारून्‌ भनेर पृथ्वीको एक चौथाइ भागमाथि तिनीहरूलाई अख्तियार दिइयो।+

९ पाठोले पाँचौँ लाहाछाप खोल्दा मैले वेदीमुनि+ ती मानिसहरूको रगत*+ देखेँ, जो परमेश्‍वरको वचनको कारण अनि तिनीहरूले दिएको साक्षीको कारण मारिएका थिए।+ १० तिनीहरू यसो भन्दै चर्को स्वरमा कराए: “हे सार्वभौम प्रभु, जो पवित्र र साँचो+ हुनुहुन्छ, तपाईँ कतिन्जेल न्याय नगरी बस्नुहुन्छ अनि पृथ्वीमा बास गर्नेहरूसित हाम्रो रगतको बदला कहिलेसम्म लिनुहुन्‍न?”+ ११ तब तिनीहरू हरेकलाई एउटा सेतो लुगा दिइयो+ अनि तिनीहरूका सङ्‌गी दास र भाइहरू, जो तिनीहरूजस्तै मारिन लागेका थिए,+ उनीहरूको सङ्‌ख्या पूरा नहोउन्जेल अझै केही समय पर्खन तिनीहरूलाई भनियो।

१२ अनि मैले देखेँ, पाठोले छैटौँ लाहाछाप खोल्दा ठूलो भूकम्प गयो। सूर्य भुत्लाले* बनेको भाङ्‌ग्राजस्तै कालो भयो, सिङ्‌गै चन्द्रमा रगतजस्तै रातो भयो+ १३ र आकाशका ताराहरूचाहिँ अन्जिरको रूखलाई ठूलो बतासले हल्लाउँदा काँचो अन्जिर झरेझैँ जमिनमा झरे। १४ आकाश पनि मुठाजस्तै बेरिएर लोप भयो+ अनि हरेक डाँडा र टापुलाई त्यसको ठाउँबाट हटाइयो।+ १५ तब पृथ्वीका राजाहरू, उच्च पदाधिकारीहरू, सेनापतिहरू, धनीहरू, शक्‍तिशालीहरू अनि हरेक दास र हरेक स्वतन्त्र मानिस गुफाहरूमा र डाँडाका चट्टानहरूमा लुके।+ १६ अनि तिनीहरूले पहाड र चट्टानहरूलाई यसो भनिरहे: “हामीमाथि खस+ र सिंहासनमा बस्नुहुनेको+ नजरबाट र पाठोको+ क्रोधबाट हामीलाई लुकाओ १७ किनकि उहाँहरूको क्रोधको भयानक दिन आएको छ+ र को खडा हुन सक्छ?”+

७ यसपछि मैले पृथ्वीका चार कुनामा चार स्वर्गदूत उभिरहेको देखेँ। पृथ्वीमा वा समुद्रमा वा कुनै रूखमा बतास नचलोस्‌ भनेर तिनीहरूले पृथ्वीका चार बतासलाई बलियोसित थामिराखेका थिए। २ अनि सूर्योदय हुने ठाउँबाट* अर्को स्वर्गदूत उक्लँदै गरेको मैले देखेँ र तिनीसित जीवित परमेश्‍वरको छाप थियो। अनि पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई तिनले चर्को स्वरमा यसो भने: ३ “हाम्रा परमेश्‍वरका दासहरूको निधारमा हामीले छाप नलगाएसम्म+ पृथ्वी वा समुद्र वा रूखहरूलाई हानि नगर।”+

४ त्यसपछि मैले छाप लगाइएकाहरूको सङ्‌ख्या सुनेँ। त्यो १ लाख ४४ हजार थियो+ अनि छाप लगाइएकाहरू इस्राएलको सन्तानका हरेक कुलबाट लिइएका थिए:+

५ यहुदाको कुलबाट १२ हजारलाई छाप लगाइयो;

रुबेनको कुलबाट १२ हजारलाई;

गादको कुलबाट १२ हजारलाई;

६ असेरको कुलबाट १२ हजारलाई;

नप्तालिको कुलबाट १२ हजारलाई;

मनस्सेको+ कुलबाट १२ हजारलाई;

७ सिमियोनको कुलबाट १२ हजारलाई;

लेविको कुलबाट १२ हजारलाई;

इस्साकारको कुलबाट १२ हजारलाई;

८ जबुलुनको कुलबाट १२ हजारलाई;

युसुफको कुलबाट १२ हजारलाई

अनि बिन्यामिनको कुलबाट १२ हजारलाई छाप लगाइयो।

९ यसपछि हेर! कुनै मानिसले गन्‍न नसक्ने एउटा ठूलो भीड मैले देखेँ। तिनीहरू हरेक राष्ट्र, कुल, जाति अनि भाषाका थिए।+ तिनीहरू सेता लुगा लगाएर+ सिंहासन र पाठोको अगाडि उभिरहेका थिए अनि तिनीहरूका हातमा खजुरका हाँगाहरू थिए।+ १० तिनीहरू चर्को स्वरमा यसो भनिरहन्छन्‌: “सिंहासनमा बस्नुहुने हाम्रा परमेश्‍वर+ अनि पाठोद्वारा हामीले उद्धार पाउँछौँ।”+

११ सबै स्वर्गदूत, जो सिंहासन, एल्डरहरू+ अनि चार वटा जीवको वरिपरि उभिरहेका थिए, तिनीहरू सिंहासनसामु घोप्टो परे र यसो भन्दै परमेश्‍वरको उपासना गरे: १२ “आमिन! प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति अनि बल सदासर्वदा हाम्रा परमेश्‍वरकै होस्‌।+ आमिन।”

१३ यो सुनेर एल्डरहरूमध्ये एक जनाले मलाई सोधे: “सेता लुगा लगाएका यी मानिसहरू+ को हुन्‌ अनि कहाँबाट आएका हुन्‌?” १४ मैले तुरुन्तै तिनलाई जवाफ दिएँ: “प्रभु, यो कुरा तपाईँलाई नै थाह छ।” अनि तिनले मलाई भने: “यिनीहरू महासङ्‌कष्ट+ पार गरेर आएका मानिसहरू हुन्‌ अनि यिनीहरूले आ-आफ्नो लुगा पाठोको रगतमा धोएर सेता बनाएका छन्‌।+ १५ त्यसैले तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्‌ अनि उहाँको मन्दिरमा दिनरात उहाँलाई पवित्र सेवा चढाइरहेका छन्‌ अनि सिंहासनमा बस्नुहुनेले+ तिनीहरूलाई सुरक्षित राख्नुहुनेछ।*+ १६ तिनीहरू फेरि कहिल्यै भोकाउने वा तिर्खाउनेछैनन्‌ न त घामको राप वा कुनै तापले तिनीहरूलाई पोल्नेछ+ १७ किनभने सिंहासनको बीचमा हुनुहुने पाठोले+ जीवन दिने पानीको मुहानसम्मै+ तिनीहरूलाई गोठालोले झैँ डोऱ्‍याउनुहुनेछ।+ अनि परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”+

८ पाठोले+ सातौँ लाहाछाप खोल्दा+ लगभग आधा घण्टासम्म स्वर्गमा सन्‍नाटा छायो। २ तब मैले परमेश्‍वरसामु खडा हुने सात स्वर्गदूतलाई देखेँ + अनि तिनीहरूलाई सात वटा बिगुल दिइयो।

३ तब अर्को स्वर्गदूत आइपुगे र तिनी वेदीको+ छेउमा उभिए। तिनीसित सुनको धूपदानी थियो र सबै पवित्र जनले प्रार्थना चढाउँदा तिनले सिंहासनअगाडि भएको सुनको वेदीमा+ धूप चढाऊन्‌ भनेर तिनलाई थुप्रै धूप+ दिइयो। ४ ती स्वर्गदूतले हातमा लिएको धूपबाट उठेको धुवाँ पवित्र जनहरूको प्रार्थनासँगसँगै+ परमेश्‍वरकहाँ पुग्यो। ५ तब तुरुन्तै ती स्वर्गदूतले धूपदानी लिएर त्यसमा वेदीको आगो भरे अनि पृथ्वीमा हुर्ऱ्याए। तब मेघहरू गर्जिए, आवाजहरू सुनिए, बिजुलीहरू चम्के+ अनि भूकम्प गयो। ६ अनि सात वटा बिगुल लिएका सात स्वर्गदूत+ ती फुक्न तयार भए।

७ पहिलो स्वर्गदूतले आफ्नो बिगुल फुके। तब असिना र आगो उत्पन्‍न भयो, जसमा रगत मिसिएको थियो अनि त्यसलाई पृथ्वीमा हुर्ऱ्याइयो।+ त्यसले गर्दा पृथ्वीको एक तिहाइ भाग जल्यो, रूखहरूको एक तिहाइ भाग जल्यो र सबै हरिया वनस्पति जले।+

८ दोस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि आगो सल्किरहेको ठूलो पहाडजस्तो केही चिज समुद्रमा+ हुर्ऱ्याइयो। त्यसले गर्दा समुद्रको एक तिहाइ भाग रगत बन्यो।+ ९ साथै समुद्रका एक तिहाइ जीवजन्तु मरे+ अनि एक तिहाइ जहाज क्षतिग्रस्त भए।

१० तेस्रो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि बत्तीजस्तै बलिरहेको एउटा ठूलो तारा आकाशबाट खस्यो र नदीहरूको एक तिहाइ भागमा र पानीका मुहानहरूमा त्यो पऱ्‍यो।+ ११ त्यो ताराको नाम तीतेपाती हो। त्यसले गर्दा एक तिहाइ पानी तीतो भयो र पानी तीतो भएकाले धेरै मानिस मरे।+

१२ चौथो स्वर्गदूतले आफ्नो बिगुल फुके। अनि सूर्यको एक तिहाइ भाग, चन्द्रमाको एक तिहाइ भाग अनि ताराको एक तिहाइ भागमा प्रहार गरियो+ ताकि तिनीहरू सबैको एक तिहाइ भाग अँध्यारो होस्‌+ अनि दिन र रात दुवैको एक तिहाइ भागमा उज्यालो नहोस्‌।

१३ तब मैले आकाशमा एउटा चील उडिरहेको देखेँ र त्यसले चर्को स्वरमा यसो भनिरहेको सुनेँ: “पृथ्वीमा बस्नेहरूमाथि ठूलो विपत्ति आउनेछ!*+ किनकि अझ तीन स्वर्गदूतले बिगुल फुक्न बाँकी छ र तिनीहरूले आफ्नो बिगुल फुक्नै लागेका छन्‌।”+

९ पाँचौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ अनि मैले आकाशबाट जमिनमा खसेको एउटा तारा देखेँ अनि अगाध खाडलको साँचो+ त्यस तारालाई दिइयो। २ त्यस ताराले अगाध खाडल उघार्दा ठूलो भट्टीबाट धुवाँ निस्केझैँ त्यहाँबाट धुवाँको मुस्लो निस्क्यो अनि त्यस खाडलको धुवाँले सूर्यलाई अनि हावालाई अन्धकारले छोप्यो।+ ३ अनि धुवाँबाट सलहहरू निस्केर पृथ्वीमा आए+ र पृथ्वीका बिच्छीहरूसित भएजस्तै अख्तियार तिनीहरूलाई पनि दिइयो। ४ पृथ्वीको कुनै वनस्पति वा कुनै हरियो बोटबिरुवा वा कुनै रूखलाई हानि नगर्नू तर निधारमा परमेश्‍वरको छाप नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनेर तिनीहरूलाई भनियो।+

५ ती मानिसहरूलाई नमार्न तर पाँच महिनासम्म सास्ती दिन ती सलहहरूलाई अनुमति दिइयो। बिच्छीले मान्छेलाई डस्दा जस्तो सास्ती हुन्छ, उनीहरूले भोग्ने सास्ती पनि त्यस्तै थियो।+ ६ ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्‌ तर कुनै हालतमा भेट्टाउनेछैनन्‌ अनि उनीहरू मर्न चाहनेछन्‌ तर मृत्यु भने उनीहरूबाट भाग्नेछ।

७ ती सलहहरू लडाइँको लागि तयार पारिएका घोडाहरूजस्तै देखिन्थे;+ तिनीहरूको टाउकोमा सुनको मुकुटजस्तै केही चिज थियो अनि तिनीहरूको अनुहार मानिसको जस्तो थियो ८ तर तिनीहरूको केश भने स्त्रीको जस्तो थियो। तिनीहरूका दाँतचाहिँ सिंहका जस्ता थिए+ ९ र तिनीहरूको कवच फलामको कवचजस्तो थियो अनि तिनीहरूको पखेटाको आवाज लडाइँ गर्न दगुरिरहेका घोडाले तान्‍ने रथहरूको आवाजजस्तो थियो।+ १० साथै तिनीहरूसित बिच्छीको जस्तो खील भएको पुच्छर छ अनि मानिसहरूलाई पाँच महिनासम्म हानि गर्ने अख्तियार तिनीहरूको पुच्छरमा छ।+ ११ तिनीहरूका राजा अगाध खाडलका स्वर्गदूत हुन्‌।+ हिब्रू भाषामा तिनको नाम एबाड्डोन* हो तर ग्रीक भाषामा भने तिनको नाम अपोल्लियोन* हो।

१२ एउटा विपत्ति गइसक्यो। हेर! यसपछि अझै दुई वटा विपत्ति+ आउँदै छन्‌।

१३ छैटौँ स्वर्गदूतले+ आफ्नो बिगुल फुके।+ अनि परमेश्‍वरसामु भएको सुनको वेदीका+ सिङहरूबाट एउटा आवाज निस्केको मैले सुनेँ। १४ त्यस आवाजले बिगुल लिएका छैटौँ स्वर्गदूतलाई यसो भन्यो: “महानदी युफ्रेटिसमा बाँधिएका चार स्वर्गदूतलाई फुकाइदेऊ।”+ १५ अनि यही समय, दिन, महिना र वर्षका लागि तयार पारिएका ती चार स्वर्गदूतलाई एक तिहाइ मानिसहरूलाई मार्न फुकाइयो।

१६ घोडचढीको फौजमा भएका सैनिकहरूको सङ्‌ख्या मैले सुनेँ; तिनीहरूको सङ्‌ख्या २० करोड थियो। १७ मैले दर्शनमा* देखेका घोडाहरू र त्यसमाथि सवार हुनेहरू यस्ता थिए: तिनीहरूले आगोजस्तो रातो, गाढा निलो र गन्धकजस्तो पहेँलो रङ्‌गको कवच लगाएका थिए अनि ती घोडाहरूका टाउका सिंहका टाउकाजस्ता थिए+ र तिनीहरूको मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो। १८ यी तीन विपत्ति अर्थात्‌ तिनीहरूको मुखबाट निस्केको आगो, धुवाँ र गन्धकले गर्दा एक तिहाइ मानिसहरू मारिए। १९ ती घोडाहरूको अख्तियार तिनीहरूका मुख र पुच्छरमा छ किनकि तिनीहरूका पुच्छर सर्पजस्तै छ, जसमा टाउको पनि छ। यी पुच्छरहरूद्वारा तिनीहरूले हानि गर्छन्‌।

२० तर यी विपत्तिहरूद्वारा नमारिएका बाँकी मानिसहरूले आफ्ना कामहरूको लागि पश्‍चात्ताप गरेनन्‌ अनि तिनीहरूले प्रेतहरूको* र सुन, चाँदी, तामा, ढुङ्‌गा र काठका मूर्तिहरूको उपासना गर्न छोडेनन्‌, जसले न देख्न सक्छन्‌ न सुन्‍न सक्छन्‌ न त हिँड्‌न नै सक्छन्‌।+ २१ अनि आफूले गरेका हत्या, तन्त्रमन्त्र, अवैध यौनसम्बन्ध* वा चोरीको लागि तिनीहरूले पश्‍चात्ताप गरेनन्‌।

१० अनि मैले स्वर्गबाट ओर्लिरहेको अर्को बलवान्‌ स्वर्गदूत देखेँ। तिनले बादल पहिरिएका थिए,* तिनको शिरमा इन्द्रेनी थियो, तिनको अनुहार सूर्यजस्तो थियो+ र तिनका खुट्टा आगोको खम्बाजस्ता देखिन्थे २ अनि नबेरिएको एउटा सानो मुठा तिनको हातमा थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे। ३ अनि सिंह गर्जेजस्तो चर्को स्वरमा तिनी कराए।+ तिनी कराउँदा सात वटा गर्जनले आफ्नो आवाज निकाले।+

४ सात वटा गर्जनले बोलेपछि मैले लेख्नै आँटेको थिएँ तर स्वर्गबाट आएको एउटा आवाजले यसो भनेको मैले सुनेँ:+ “सात वटा गर्जनले भनेका कुराहरू सिलबन्दी गरेर राख अनि ती नलेख।” ५ अनि समुद्र र जमिनमा टेकेर उभिएका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। ६ त्यसपछि तिनले सदासर्वदा जीवित रहनुहुने,+ जसले आकाश र त्यसमा भएका थोकहरू, पृथ्वी र त्यसमा भएका थोकहरू अनि समुद्र र त्यसमा भएका थोकहरू सृजनुभयो,+ उहाँको नाममा यस्तो कसम खाए: “अब अझ ढिला हुनेछैन। ७ तर जुन दिनहरूमा सातौँ स्वर्गदूत+ बिगुल फुक्न तयार हुनेछन्‌,+ ती दिनहरूमा परमेश्‍वरको पवित्र रहस्य+ टुङ्‌गिनेछ। यो त्यही पवित्र रहस्य हो, जुन उहाँले आफ्ना दासहरू अर्थात्‌ भविष्यवक्‍ताहरूलाई सुसमाचारको रूपमा घोषणा गर्नुभएको थियो।”+

८ स्वर्गबाट आएको आवाजले मलाई फेरि यसो भनेको मैले सुनेँ:+ “जाऊ, समुद्र र जमिनमा टेकेर उभिरहेका स्वर्गदूतको हातमा भएको नबेरिएको मुठा लेऊ।”+ ९ म ती स्वर्गदूतकहाँ गएँ र तिनीसित त्यो सानो मुठा मागेँ। तिनले मलाई भने: “लेऊ र यो खाऊ।+ यसले गर्दा तिम्रो पेट तीतो हुनेछ तर तिम्रो मुखमा भने यो महजस्तै गुलियो हुनेछ।” १० मैले स्वर्गदूतको हातबाट त्यो सानो मुठा लिएँ र खाएँ।+ मेरो मुखमा त्यो महजस्तै गुलियो भयो+ तर त्यो खाएपछि मेरो पेट तीतो भयो। ११ अनि मैले यस्तो आज्ञा पाएँ: “तिमीले जातिजातिका, राष्ट्रराष्ट्रका र भाषाभाषाका मानिसहरूको विषयमा अनि धेरै राजाको विषयमा फेरि भविष्यवाणी गर्नै पर्छ।”

११ अनि मलाई नर्कटको एउटा टाँगो*+ दिइयो र यसो भनियो: “उठ, परमेश्‍वरको मन्दिर, वेदी अनि त्यहाँ उपासना गर्नेहरूको नाप लेऊ। २ तर मन्दिरबाहिरको चोकलाई भने छोड, त्यसलाई ननाप किनभने त्यो अन्यजातिका मानिसहरूलाई दिइएको छ र तिनीहरूले पवित्र सहरलाई+ ४२ महिनासम्म आफ्नो खुट्टामुनि कुल्चीमिल्ची गर्नेछन्‌।+ ३ म आफ्ना दुई जना साक्षीलाई १ हजार २ सय ६० दिनसम्म भाङ्‌ग्रा ओढेर भविष्यवाणी गर्न लगाउनेछु।” ४ यी दुई साक्षीलाई जैतुनका दुई वटा रूख अनि दुई वटा पानसले सङ्‌केत गर्छ+ र तिनीहरू पृथ्वीका मालिकको अगाडि उभिरहेका छन्‌।+

५ कसैले तिनीहरूलाई हानि पुऱ्‍याउन खोजेमा तिनीहरूको मुखबाट आगो निस्कन्छ र तिनीहरूका शत्रुहरूलाई भस्म गर्छ। यदि कसैले तिनीहरूलाई हानि पुऱ्‍याउन खोजेमा उसलाई यसरी नै मारिनेछ। ६ आफूले भविष्यवाणी गरिरहेका दिनहरूमा पानी नपरोस्‌ भनेर आकाशलाई बन्द गर्ने अख्तियार तिनीहरूसित छ+ अनि पानीलाई रगत बनाउने+ र आफूलाई जति मन लाग्छ उति खेप पृथ्वीमा हरकिसिमका विपत्ति ल्याउने अख्तियार पनि तिनीहरूसित छ।

७ तिनीहरूले साक्षी दिने काम सिद्‌ध्याएपछि अगाध खाडलबाट निस्केर आउने जङ्‌गली जनावरले तिनीहरूसित युद्ध गर्नेछ र तिनीहरूमाथि विजय हासिल गरेर तिनीहरूलाई मार्नेछ।+ ८ अनि तिनीहरूको लास त्यस ठूलो सहरको मूलबाटोमा त्यत्तिकै छोडिनेछ, जुन सहरलाई प्रतीकात्मक अर्थमा सदोम र मिश्र* भनिन्छ, जहाँ तिनीहरूका प्रभुलाई पनि खम्बामा मारिएको थियो। ९ तब जातिजाति, कुलकुल, भाषाभाषा र राष्ट्रराष्ट्रका मानिसहरूले साढे तीन दिनसम्म तिनीहरूको लास हेर्नेछन्‌+ तर तिनीहरूको लासलाई चिहानमा राख्न भने दिनेछैनन्‌। १० अनि तिनीहरूको मृत्यु भएकोमा पृथ्वीमा बास गर्नेहरू रमाउनेछन्‌, खुसीयाली मनाउनेछन्‌ र उपहार आदानप्रदान गर्नेछन्‌ किनकि ती दुई भविष्यवक्‍ताले पृथ्वीमा बास गर्नेहरूलाई सास्ती दिएका थिए।

११ साढे तीन दिनपछि परमेश्‍वरले दिनुहुने जीवनशक्‍ति तिनीहरूभित्र पस्यो+ र तिनीहरू आफ्नो खुट्टामा उभिए अनि ज-जसले तिनीहरूलाई देखे, तिनीहरूमा ठूलो डर छायो। १२ अनि स्वर्गबाट आएको एउटा चर्को आवाजले आफूलाई यसो भनिरहेको तिनीहरूले सुने: “यहाँ माथि आओ।” त्यसपछि तिनीहरू बादलमा माथि आकाशतिर गए र तिनीहरूका शत्रुहरूले तिनीहरूलाई देखे।* १३ तब उत्तिखेरै ठूलो भूकम्प गयो र त्यस सहरको दस भागको एक भाग नष्ट भयो; त्यो भूकम्पले गर्दा ७ हजार मानिस मरे। बाँकीचाहिँ डराए अनि स्वर्गका परमेश्‍वरलाई महिमा दिए।

१४ दोस्रो विपत्ति+ गइसक्यो। हेर! तेस्रो विपत्ति छिट्टै आउँदै छ।

१५ सातौँ स्वर्गदूतले आफ्नो बिगुल फुके।+ तब स्वर्गमा यसो भन्दै गरेका चर्का आवाजहरू सुनिए: “संसारको राज्य हाम्रा परमेश्‍वरको+ अनि उहाँको ख्रिष्टको राज्य भएको छ+ र परमेश्‍वरले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।”+

१६ तब परमेश्‍वरको अगाडि आ-आफ्नो सिंहासनमा बसिरहेका २४ जना एल्डर+ घोप्टो परे अनि परमेश्‍वरको उपासना गर्दै १७ यसो भने: “हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवा,* जो हुनुहुन्छ+ अनि जो हुनुहुन्थ्यो, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ किनभने तपाईँले ठूलो शक्‍ति आफ्नो हातमा लिएर राजाको रूपमा शासन गर्न थाल्नुभएको छ।+ १८ तर राष्ट्रहरू क्रोधित भए अनि तपाईँले तिनीहरूमाथि आफ्नो क्रोध पोखाउनुभयो। यसबाहेक मरिसकेका मानिसहरूको न्याय गर्ने, तपाईँका दासहरू अर्थात्‌ भविष्यवक्‍ताहरूका साथै+ पवित्र जनहरूलाई अनि के साना, के ठूला, तपाईँको डर मान्‍नेजति सबैलाई इनाम दिने+ र पृथ्वीका विनाशकारीहरूलाई*+ विनाश गर्ने तपाईँको तोकिएको समय आएको छ।”

१९ त्यसपछि स्वर्गमा भएको परमेश्‍वरको मन्दिर खोलियो र उहाँको करारको सन्दुक त्यहाँ देखियो।+ तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, मेघहरू गर्जिए, भूकम्प गयो अनि ठूलठूलो असिना पऱ्‍यो।

१२ त्यसपछि स्वर्गमा एउटा ठूलो चिन्ह देखियो: सूर्य पहिरेकी, पाउमुनि चन्द्रमा भएकी अनि १२ वटा ताराको एउटा मुकुट लगाएकी स्त्री+ देखा परिन्‌। २ तिनी गर्भवती थिइन्‌। पीडाले गर्दा तिनी चिच्याइरहेकी थिइन्‌ र प्रसववेदनाले गर्दा छटपटाइरहेकी थिइन्‌।

३ त्यसपछि स्वर्गमा एउटा अर्को चिन्ह देखियो। हेर! चहकिलो रातो रङ्‌गको एउटा ठूलो अजिङ्‌गर+ देखा पऱ्‍यो। त्यसको सात वटा टाउका अनि १० वटा सिङ थिए र त्यसका टाउकाहरूमा सात वटा ताज* थिए। ४ त्यसले आफ्नो पुच्छरले स्वर्गको एक तिहाइ तारा+ तानेर तल पृथ्वीमा हुर्ऱ्यायो।+ अनि बच्चा जन्माउनै लागेकी ती स्त्रीले बच्चा जन्माउनेबित्तिकै तिनको बच्चालाई निलिहालूँ भनेर त्यो अजिङ्‌गर ती स्त्रीको+ अगाडि उभिरह्‍यो।

५ तब ती स्त्रीले एउटा बालक, हो, एउटा छोरा जन्माइन्‌,+ जसले गोठालोले झैँ सबै राष्ट्रलाई फलामको डन्डाले डोऱ्‍याउनेछ।+ त्यसपछि तिनको बालकलाई खोसेर परमेश्‍वर अनि उहाँको सिंहासन भएको ठाउँमा लगियो। ६ अनि ती स्त्री भागेर निर्जनभूमिमा गइन्‌, जहाँ १ हजार २ सय ६० दिनसम्म+ तिनको पालनपोषण गरियोस्‌ भनेर परमेश्‍वरले एउटा ठाउँ तयार पार्नुभएको थियो।

७ तब स्वर्गमा लडाइँ भयो: माइकल*+ र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित अनि अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे। ८ तर त्यो अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले जित्न सकेनन्‌* र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन। ९ त्यसैले दियाबल+ अनि सैतान+ भनिने र सारा संसारलाई ठग्ने+ त्यो ठूलो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्पलाई+ तल पृथ्वीमा हुर्ऱ्याइयो+ अनि त्यससँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए। १० मैले स्वर्गमा यसो भन्दै गरेको एउटा चर्को आवाज सुनेँ:

“अब हाम्रा परमेश्‍वरले गर्नुहुने उद्धार,+ उहाँको शक्‍ति, उहाँको राज्य+ अनि उहाँको ख्रिष्टको अख्तियार प्रकट भएको छ किनकि हाम्रा भाइहरूको आरोपक तल हुर्ऱ्याइएको छ, जसले हाम्रा परमेश्‍वरसामु दिनरात तिनीहरूलाई दोष लगाउँछ!+ ११ तर पाठोको रगतले गर्दा+ र आफूले साक्षी दिएको वचनले गर्दा+ तिनीहरू विजयी भए।+ साथै मृत्युको मुखमा पर्दा समेत तिनीहरूले आफ्नो जीवनलाई प्यारो ठानेनन्‌।+ १२ त्यसकारण हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ! तर पृथ्वी र समुद्रलाई+ भने धिक्कार छ किनकि दियाबल तल तिमीहरूकहाँ आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ+ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।”

१३ आफूलाई तल पृथ्वीमा हुर्ऱ्याएको+ पाएपछि अजिङ्‌गरले छोरा जन्माएकी ती स्त्रीको+ खेदो गऱ्‍यो। १४ तर ती स्त्रीलाई ठूलो चीलका दुई वटा पखेटा+ दिइयो ताकि तिनी निर्जनभूमिमा तिनको निम्ति तयार पारिएको ठाउँमा उडेर जान सकून्‌ अनि त्यस सर्पबाट+ टाढा रहन सकून्‌। त्यहाँ एक काल, दुई काल अनि आधा कालको लागि*+ तिनको पालनपोषण गरिने थियो।

१५ ती स्त्री डुबेर मरून्‌ भनेर त्यस अजिङ्‌गरले तिनको पछिपछि आफ्नो मुखबाट नदीजस्तो पानीको फोहोरा ओकल्यो। १६ तर पृथ्वी ती स्त्रीलाई मदत गर्न आयो र त्यस अजिङ्‌गरले आफ्नो मुखबाट ओकलेको नदीलाई पृथ्वीले आफ्नो मुख खोलेर निल्यो। १७ त्यसैले त्यो अजिङ्‌गर ती स्त्रीसित क्रोधित भयो र तिनका बाँकी रहेका ती सन्तानसित+ लडाइँ गर्न गयो, जसले परमेश्‍वरको आज्ञा पालन गर्छन्‌ अनि येसुको विषयमा साक्षी दिने+ काम पाएका छन्‌।

१३ अनि समुद्रको बालुवामा त्यो* ठिङ्‌ग उभियो।

त्यसपछि मैले एउटा जङ्‌गली जनावर+ समुद्रबाट+ निस्केर आएको देखेँ। त्यसका १० वटा सिङ र सात वटा टाउका थिए। त्यसका सिङहरूमा १० वटा ताज* थिए अनि टाउकाहरूमा चाहिँ परमेश्‍वरको निन्दा हुने नामहरू लेखिएका थिए। २ मैले देखेको जङ्‌गली जनावर चितुवाजस्तै थियो तर त्यसका खुट्टाहरू भने भालुका जस्ता थिए अनि मुखचाहिँ सिंहको जस्तो थियो। तब त्यस अजिङ्‌गरले+ आफ्नो शक्‍ति, सिंहासन र ठूलो अख्तियार त्यस जनावरलाई दियो।+

३ अनि त्यसका टाउकाहरूमध्ये एउटालाई गम्भीर चोट लागेको जस्तो मैले देखेँ तर त्यसको घातक चोट निको भइसकेको थियो+ र त्यस जङ्‌गली जनावरको तारिफ गर्दै पूरै पृथ्वी त्यसको पछि लाग्यो। ४ अनि तिनीहरूले अजिङ्‌गरको उपासना गरे किनकि त्यसले नै त्यो जङ्‌गली जनावरलाई अख्तियार दिएको थियो। अनि तिनीहरूले यसो भन्दै त्यस जङ्‌गली जनावरको उपासना गरे: “यो जङ्‌गली जनावरजस्तो को छ अनि कसले यससित युद्ध गर्न सक्छ?” ५ ठूलठूला कुरा बोल्ने र ईश्‍वरनिन्दा गर्ने मुख त्यसलाई दिइयो अनि ४२ महिनासम्म काम गर्ने अख्तियार पनि त्यसलाई दिइयो।+ ६ त्यसले परमेश्‍वरको निन्दा गर्न+ र उहाँको नाम अनि उहाँको निवासस्थानको निन्दा गर्न, यहाँसम्म कि स्वर्गमा बास गर्नेहरूको समेत निन्दा गर्न+ आफ्नो मुख खोल्यो। ७ त्यसलाई पवित्र जनहरूसित लडाइँ गर्ने र तिनीहरूमाथि विजय हासिल गर्ने अनुमति दिइयो।+ साथै त्यसलाई हरेक कुल, जाति, भाषा र राष्ट्रमाथि अख्तियार दिइयो। ८ अनि पृथ्वीमा बास गर्नेहरू सबैले त्यसको उपासना गर्नेछन्‌। संसारको प्रारम्भदेखि तिनीहरूमध्ये कसैको नाम मारिएको पाठोको+ जीवनको पुस्तकमा* लेखिएको छैन।+

९ जसको कान छ, उसले सुनोस्‌।+ १० जो कैदमा जानुपर्ने हो, ऊ कैदमै जानेछ। जसले तरबारले मार्छ,* ऊ तरबारले नै मारिनुपर्छ।+ पवित्र जनहरूले+ सहनशीलता+ र विश्‍वास+ देखाउनुपर्ने यस्तै बेला हो।

११ त्यसपछि मैले अर्को एउटा जङ्‌गली जनावर पृथ्वीबाट निस्केर आउँदै गरेको देखेँ। पाठोको जस्तै त्यसका दुई वटा सिङ थिए तर त्यसले अजिङ्‌गरले+ झैँ बोल्न थाल्यो। १२ त्यस जनावरले पहिलो जङ्‌गली जनावरको+ अगाडि त्यसको सारा अख्तियार चलाउँछ। अनि त्यसले पृथ्वी र त्यसमा बास गर्नेहरूलाई त्यो पहिलो जङ्‌गली जनावरको उपासना गर्न लगाउँछ, जसको घातक चोट निको भएको थियो।+ १३ त्यसले ठूलठूला चिन्हहरू देखाउँछ, यहाँसम्म कि सबै मानिसले देख्नेगरि त्यसले आकाशबाट पृथ्वीमा आगो झार्छ।

१४ त्यसलाई जङ्‌गली जनावरको अगाडि चिन्हहरू देखाउने अनुमति दिइएको हुनाले त्यसले चिन्हहरू देखाएर पृथ्वीमा बास गर्नेहरूलाई बहकाउँछ। साथै त्यसले पृथ्वीमा बास गर्नेहरूलाई त्यस जङ्‌गली जनावरको मूर्ति बनाउन लगाउँछ,+ जो तरबारको चोट लागेर पनि बाँचेको थियो।+ १५ अनि त्यस जनावरलाई त्यस जङ्‌गली जनावरको मूर्तिमा सास हाल्ने अनुमति दिइयो ताकि त्यस जङ्‌गली जनावरको मूर्तिले बोलोस्‌ र त्यस जङ्‌गली जनावरको मूर्तिको उपासना गर्न इन्कार गर्नेहरूजति सबैलाई मारोस्‌।

१६ त्यस जनावरले के साना, के ठूला, के धनी, के गरिब, के स्वतन्त्र, के दास, सबै मानिसलाई आफ्नो दाहिने हातमा वा निधारमा चिन्ह लगाउन बाध्य पार्छ+ १७ ताकि त्यो चिन्ह अर्थात्‌ त्यस जङ्‌गली जनावरको नाम+ वा त्यसको नामको सङ्‌ख्या+ हुनेबाहेक अरू कसैले किनबेच गर्न नपाओस्‌। १८ बुद्धि चाहिने यस्तै बेला हो: जोसित अन्तर्दृष्टि छ, उसले हिसाब गरेर त्यो जङ्‌गली जनावरको सङ्‌ख्या पत्ता लगाओस्‌ किनकि त्यो सङ्‌ख्या मानिसको सङ्‌ख्या हो अनि त्यसको सङ्‌ख्या हो, ६६६।+

१४ अनि हेर! मैले पाठोलाई+ सियोन डाँडामा+ उभिरहेको देखेँ। तिनीसित १ लाख ४४ हजार जना+ थिए, जसका निधारमा तिनको र तिनको बुबाको नाम लेखिएका थिए।+ २ मैले धेरै पानी बगिरहेको आवाजजस्तो र मेघ गर्जेको चर्को आवाजजस्तो एउटा आवाज स्वर्गबाट आएको सुनेँ। मैले सुनेको त्यो आवाज आ-आफ्नो वीणा बजाउँदै गाइरहेका गायकहरूको आवाजजस्तो थियो। ३ तिनीहरूले सिंहासनसामु, चार वटा जीवसामु+ र एल्डरहरूसामु+ नयाँ गीतजस्तै+ एउटा गीत गाइरहेका थिए। पृथ्वीबाट किनिएका १ लाख ४४ हजार जनाबाहेक+ अरू कोही त्यो गीत गाउनमा पोख्त हुन सक्दैनथ्यो। ४ यिनीहरू तिनै हुन्‌, जसले आफूलाई स्त्रीहरूसित बिटुलो पारेका छैनन्‌; भनौँ भने यिनीहरूले आफ्नो कौमार्य गुमाएका छैनन्‌।+ यिनीहरू तिनै हुन्‌, जो पाठो जताजता जान्छन्‌, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्‌।+ यिनीहरू परमेश्‍वर र पाठोको लागि पहिलो फलको+ रूपमा मानिसहरूमध्येबाट किनिएका थिए+ ५ अनि यिनीहरूको मुखमा कुनै छल पाइएन; यिनीहरू निष्खोट छन्‌।+

६ त्यसपछि मैले अर्को स्वर्गदूत आकाशमा* उडिरहेको देखेँ। पृथ्वीमा बास गर्नेहरू अर्थात्‌ हरेक राष्ट्र, कुल, भाषा र जातिका मानिसहरूलाई घोषणा गर्न तिनीसित सदासर्वदा रहने सुसमाचार थियो।+ ७ तिनी चर्को स्वरमा यसो भन्दै थिए: “परमेश्‍वरसित डराओ र उहाँलाई महिमा देओ किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ।+ त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।”+

८ अनि दोस्रो स्वर्गदूत यसो भन्दै पछिपछि आए: “पतन भएको छ! महान्‌ बेबिलोनको+ पतन भएको छ,+ जसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पिउन लगाएकी थिई!”+

९ अनि तेस्रो स्वर्गदूत चर्को स्वरमा यसो भन्दै तिनीहरूको पछिपछि आए: “यदि कसैले त्यो जङ्‌गली जनावर+ र त्यसको मूर्तिको उपासना गर्छ अनि त्यसको चिन्ह आफ्नो निधारमा वा हातमा लिन्छ भने+ १० उसले परमेश्‍वरको क्रोधको त्यो मद्य पिउनेछ, जसमा केही मिसाइएको छैन र जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ।+ अनि उसलाई पवित्र स्वर्गदूतहरू र पाठोसामु आगो र गन्धकमा सास्ती दिइनेछ।+ ११ ज-जसले त्यो जङ्‌गली जनावर र त्यसको मूर्तिको उपासना गर्छन्‌ अनि त्यसको नामको चिन्ह लिन्छन्‌,+ तिनीहरूलाई दिइने सास्तीको धुवाँ सदासर्वदा माथि उठिरहनेछ+ र तिनीहरूलाई दिनरात कहिल्यै चैन हुनेछैन। १२ परमेश्‍वरका आज्ञाहरू पालन गर्ने र येसुमाथिको विश्‍वासलाई पक्रिराख्ने+ पवित्र जनहरूले सहनशीलता देखाउनुपर्ने यस्तै बेला हो।”+

१३ अनि मैले स्वर्गबाट एउटा यस्तो आवाज आएको सुनेँ, “लेख: आनन्दित हुन्‌ तिनीहरू, जो अबउसो प्रभुसित एकतामा भएर मर्नेछन्‌।+ हो, पवित्र शक्‍ति भन्छ, तिनीहरूले आ-आफ्ना कामहरूबाट विश्राम लेऊन्‌ किनकि तिनीहरूले गरेका कामहरू बिर्सिइनेछैनन्‌।”*

१४ अनि हेर! मैले एउटा सेतो बादल देखेँ र त्यस बादलमा मानिसको छोराजस्तै कोही बसिरहेका थिए।+ तिनको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो।

१५ अनि अर्को स्वर्गदूत मन्दिरबाट निस्के र बादलमा बस्नेलाई चर्को स्वरमा यसो भने: “आफ्नो हँसिया चलाएर कटनी गर्नुहोस्‌ किनकि कटनी गर्ने बेला आएको छ, पृथ्वीको बाली पूरै पाकिसकेको छ।”+ १६ अनि बादलमा बस्नेले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको कटनी गरियो।

१७ फेरि अर्को स्वर्गदूत स्वर्गमा भएको मन्दिरबाट निस्के। तिनीसित पनि एउटा धारिलो हँसिया थियो।

१८ अनि फेरि अर्को स्वर्गदूत वेदीबाट निस्के। तिनीसित आगोमाथि अख्तियार थियो। धारिलो हँसिया लिनेलाई तिनले चर्को स्वरमा यसो भने: “आफ्नो धारिलो हँसिया चलाएर पृथ्वीको अङ्‌गुरका झुप्पाहरू बटुल्नुहोस्‌ किनकि ती पाकिसकेका छन्‌।”+ १९ ती स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमाथि चलाए र पृथ्वीको अङ्‌गुर बटुले। त्यसपछि तिनले त्यसलाई परमेश्‍वरको रिसको ठूलो कोलमा हुर्ऱ्याइदिए।+ २० अनि सहरबाहिर अङ्‌गुर पेलियो र अङ्‌गुर पेल्ने कोलबाट निस्केको रगत घोडाको लगामजतिको उचाइसम्म पुग्यो र लगभग ३०० किलोमिटरसम्म* फैलियो।

१५ अनि मैले स्वर्गमा अर्को एउटा चिन्ह देखेँ, जुन ठूलो अनि अचम्मलाग्दो थियो। मैले सात वटा विपत्ति लिएका सात स्वर्गदूत+ देखेँ। यी अन्तिम विपत्तिहरू हुन्‌ किनकि यीद्वारा परमेश्‍वरको क्रोध समाप्त हुन्छ।+

२ अनि मैले काँचको समुद्रजस्तै+ केही देखेँ, जसमा आगो मिसिएको थियो। मैले तिनीहरूलाई पनि देखेँ, जसले जङ्‌गली जनावर, त्यसको मूर्ति+ अनि त्यसको नामको सङ्‌ख्यामाथि+ विजय हासिल गरेका थिए।+ तिनीहरू काँचको समुद्रको छेउमा परमेश्‍वरका वीणाहरू लिएर उभिरहेका थिए। ३ तिनीहरू यसो भन्दै परमेश्‍वरको दास मोसाको अनि पाठोको+ गीत गाइरहेका थिए:+

“हे सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका कामहरू महान्‌ अनि अचम्मलाग्दा छन्‌।+ हे युगयुगका महाराजा,+ तपाईँका मार्गहरू सही अनि सत्य छन्‌।+ ४ हे यहोवा,* तपाईँ मात्र वफादार हुनुहुन्छ, त्यसैले कसले पो तपाईँको डर मान्दैन अनि कसले पो तपाईँको नामको प्रशंसा गर्दैन र?+ सबै जाति तपाईँसामु आएर तपाईँको उपासना गर्नेछन्‌+ किनकि तपाईँका न्यायसङ्‌गत उर्दीहरू प्रकट गरिएका छन्‌।”

५ यी कुराहरू भएपछि मैले स्वर्गमा साक्षीको पालको+ पवित्र स्थान खोलिएको देखेँ+ ६ अनि सात वटा विपत्ति+ लिएका सात स्वर्गदूत त्यहाँबाट निस्के। तिनीहरूले सफा र चहकिलो लुगा लगाएका थिए अनि तिनीहरूको छातीमा सुनको फित्ता बाँधिएको थियो। ७ तब चार जीवमध्ये एउटाले ती सात स्वर्गदूतलाई सुनका सात वटा कचौरा दिए। ती कचौराहरू सदासर्वदा जीवित हुनुहुने परमेश्‍वरको क्रोधले भरिएका थिए।+ ८ अनि परमेश्‍वरको महिमा र शक्‍तिले गर्दा पवित्र स्थान धुवैँधुवाँले भरियो।+ सात स्वर्गदूतका सात वटा विपत्ति+ नसिद्धिएसम्म कोही पनि त्यहाँ भित्र पस्न सकेन।

१६ अनि मैले पवित्र स्थानबाट आएको चर्को आवाजले+ ती सात स्वर्गदूतलाई यसो भनेको सुनेँ: “जाओ, परमेश्‍वरको क्रोधले भरिएका सात वटा कचौरा पृथ्वीमा खन्याओ।”+

२ पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए।+ त्यसले गर्दा जङ्‌गली जनावरको चिन्ह हुने+ र त्यसको मूर्तिको उपासना गरिरहेका+ मानिसहरूलाई पीडादायी अनि डरलाग्दो खटिराले सतायो।+

३ दोस्रो स्वर्गदूतले आफ्नो कचौरा समुद्रमा खन्याए।+ त्यसले गर्दा समुद्र मरेको मान्छेको रगतजस्तै भयो+ र त्यसमा भएका सबै जीवजीवात मरे।+

४ तेस्रो स्वर्गदूतले आफ्नो कचौरा नदी अनि पानीका मुहानहरूमा खन्याए+ र ती रगत भए।+ ५ पानीमाथि अख्तियार हुने स्वर्गदूतले यसो भनेको मैले सुनेँ: “तपाईँ जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो,+ तपाईँ वफादार+ अनि न्यायी हुनुहुन्छ किनकि तपाईँले यी फैसलाहरू जारी गर्नुभएको छ।+ ६ किनकि तिनीहरूले पवित्र जनहरू र भविष्यवक्‍ताहरूको रगत बगाए+ अनि तपाईँले तिनीहरूलाई रगत पिउन दिनुभएको छ।+ तिनीहरू यसकै लायक छन्‌।”+ ७ तब मैले वेदीले यसो भनेको सुनेँ: “हो, सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा,* तपाईँका फैसलाहरू सही अनि न्यायोचित छन्‌।”+

८ चौथो स्वर्गदूतले आफ्नो कचौरा सूर्यमाथि खन्याए+ अनि सूर्यलाई आगोले मानिसहरूलाई डढाउने अनुमति दिइयो। ९ तब चर्को रापले गर्दा मानिसहरू डढे तर तिनीहरूले यी विपत्तिहरूमाथि अख्तियार हुने परमेश्‍वरको नामको निन्दा गरे। तिनीहरूले पश्‍चात्ताप गरेनन्‌ र उहाँलाई महिमा दिएनन्‌।

१० पाँचौँ स्वर्गदूतले आफ्नो कचौरा जङ्‌गली जनावरको सिंहासनमाथि खन्याए। त्यसले गर्दा त्यसको राज्यलाई अन्धकारले छोप्यो+ र पीडाले गर्दा तिनीहरूले आफ्नो जिब्रो टोक्न थाले। ११ तर आफूले भोग्नुपरेको पीडा अनि खटिराको कारण तिनीहरूले स्वर्गका परमेश्‍वरको निन्दा गरे। तिनीहरूले आफ्नो कुकर्मको पश्‍चात्ताप गरेनन्‌।

१२ छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी युफ्रेटिसमाथि+ खन्याए। तब सूर्योदय हुने ठाउँबाट* आउने राजाहरूको निम्ति बाटो तयार पार्न+ त्यो महानदीलाई सुकाइयो।+

१३ त्यसपछि मैले अजिङ्‌गरको+ मुखबाट, जङ्‌गली जनावरको मुखबाट अनि झूटो भविष्यवक्‍ताको मुखबाट तीन वटा अशुद्ध प्रेरित वचन निस्केको देखेँ र ती भ्यागुताजस्तै देखिन्थे। १४ ती वास्तवमा प्रेतहरूका* प्रेरित वचनहरू हुन्‌ र ती वचनहरूले चिन्हहरू देखाउँछन्‌+ अनि पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको+ निम्ति जम्मा गर्छन्‌।+

१५ “हेर! म चोरजस्तै गरी आउँदै छु।+ आनन्दित हो त्यो मानिस, जो जागा बस्छ+ र आफ्नो लुगाको रखवाली गर्छ, नत्र त ऊ नाङ्‌गै हिँड्‌नुपर्नेछ र मानिसहरूले उसको लाज देख्नेछन्‌।”+

१६ अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन*+ भन्‍ने ठाउँमा जम्मा गरे।

१७ सातौँ स्वर्गदूतले आफ्नो कचौरा हावामा खन्याए। तब पवित्र स्थानमा+ भएको सिंहासनबाट एउटा चर्को आवाज आयो र त्यसले यसो भनिरहेको थियो: “अब सिद्धियो!” १८ तब बिजुलीहरू चम्के, आवाजहरू सुनिए, गर्जनहरू भए अनि यति ठूलो र शक्‍तिशाली भूकम्प गयो कि पृथ्वीमा मानिसको उत्पत्ति भएदेखि अहिलेसम्म त्यस्तो भूकम्प गएकै छैन।+ १९ त्यसले गर्दा त्यो ठूलो सहर+ तीन टुक्रा भयो अनि राष्ट्रराष्ट्रका सहरहरू पनि नष्ट भए। तब महान्‌ बेबिलोनलाई+ आफ्नो भयानक क्रोधको मद्यको कचौराबाट पियाउन परमेश्‍वरले त्यसलाई सम्झनुभयो।+ २० साथै सबै टापु भागे अनि डाँडाहरू भेटिएनन्‌।+ २१ अनि लगभग एक टालेन्ट* तौल भएका ठूलठूला असिनाहरू आकाशबाट मानिसहरूमाथि बर्सिए।+ असिनाको विपत्तिले गर्दा मानिसहरूले परमेश्‍वरको निन्दा गरे+ किनकि यो विपत्ति ज्यादै विनाशकारी थियो।

१७ सात वटा कचौरा+ लिएका सात स्वर्गदूतमध्ये एउटा आएर यसो भन्दै मसित कुरा गरे: “आऊ, धेरै पानीमाथि बस्ने त्यस महावेश्‍यामाथि+ भएको इन्साफ म तिमीलाई देखाउनेछु, २ जससित पृथ्वीका राजाहरूले अवैध यौनसम्बन्ध* राखे+ अनि पृथ्वीमा बास गर्नेहरूचाहिँ त्यसको अवैध यौनसम्बन्धको* मद्य पिएर मात्तिए।”+

३ तब तिनले मलाई पवित्र शक्‍तिद्वारा निर्जनभूमिमा लगे। अनि मैले एउटी स्त्रीलाई चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावरमाथि बसिरहेकी देखेँ। त्यो जनावर परमेश्‍वरको निन्दा हुने नामहरूले भरिएको थियो अनि त्यसको सात वटा टाउका र दस वटा सिङ थिए। ४ त्यस स्त्रीले बैजनी र चहकिलो रातो रङ्‌गको लुगा लगाएकी थिई+ अनि सुन, बहुमूल्य रत्न र मोतीले त्यो सिँगारिएकी थिई।+ त्यसको हातमा सुनको एउटा कचौरा थियो, जुन घिनलाग्दा थोकहरू र त्यसको अवैध यौनसम्बन्धका* अशुद्ध थोकहरूले भरिएको थियो। ५ त्यसको निधारमा एउटा रहस्यमय नाम लेखिएको थियो: “महान्‌ बेबिलोन, वेश्‍याहरूकी+ र पृथ्वीका घिनलाग्दा थोकहरूकी आमा।”+ ६ मैले त्यो स्त्री पवित्र जनहरूको रगत अनि येसुका साक्षीहरूको रगत पिएर मात्तिएकी देखेँ।+

हो, त्यसलाई देखेर म असाध्यै आश्‍चर्यचकित भएँ। ७ त्यसैले ती स्वर्गदूतले मलाई भने: “तिमी किन आश्‍चर्यचकित हुन्छौ? म तिमीलाई त्यस स्त्रीको र त्यसलाई बोकिरहेको त्यस जङ्‌गली जनावरको रहस्य बताउनेछु,+ जसका सात वटा टाउका र दस वटा सिङ छन्‌:+ ८ तिमीले देखेको जङ्‌गली जनावर पहिले थियो, अहिले छैन तर अगाध खाडलबाट निस्कनै लागेको छ+ र त्यसको विनाश हुनेछ। अनि कसरी त्यो जङ्‌गली जनावर पहिले थियो, अहिले छैन तर फेरि आउनेछ, त्यो देखेर पृथ्वीमा बास गर्नेहरू—जसको नाम संसारको प्रारम्भदेखि जीवनको पुस्तकमा* लेखिएको छैन+—तिनीहरू आश्‍चर्यचकित हुँदै त्यसको तारिफ गर्नेछन्‌।

९ “बुद्धि भएको दिमाग चाहिने यस्तै बेला हो: सात वटा टाउकाको+ अर्थ सात वटा डाँडा हो, जसको टुप्पोमा त्यो स्त्री बस्छे। १० अनि त्यसको अर्थ सात जना राजा हो: पाँच जनाको पतन भइसक्यो, एक जना अहिले अस्तित्वमा छ अनि अर्को एक जनाचाहिँ अस्तित्वमै आएको छैन तर त्यो आएपछि केही समय रहनै पर्छ। ११ त्यो जङ्‌गली जनावर, जो पहिले थियो, अहिले छैन,+ त्यो आठौँ राजा पनि हो तर त्यो ती सात राजाबाट निस्कन्छ र त्यसको विनाश हुन्छ।

१२ “तिमीले देखेको दस वटा सिङको अर्थ दस जना राजा हो, जसले अहिलेसम्म राज्य पाएका छैनन्‌ तर तिनीहरूले एक घण्टाको लागि त्यस जङ्‌गली जनावरसँगसँगै राजाको रूपमा अख्तियार पाउँछन्‌। १३ तिनीहरू सबैको सोचाइ एउटै छ। त्यसैले तिनीहरू आफ्नो शक्‍ति र अख्तियार त्यस जङ्‌गली जनावरलाई दिन्छन्‌। १४ तिनीहरूले पाठोसित युद्ध गर्नेछन्‌+ तर पाठो प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजा हुनुभएकोले+ उहाँले तिनीहरूमाथि विजय हासिल गर्नुहुनेछ।+ साथै बोलाइएका, चुनिएका र विश्‍वासीहरूले पनि विजय हासिल गर्नेछन्‌, जो पाठोसँग छन्‌।”+

१५ ती स्वर्गदूतले मलाई भने: “तिमीले देखेका पानीहरू, जहाँ त्यो वेश्‍या बसिरहेकी छे, त्यसको अर्थ मानिस, भीड, राष्ट्र र भाषाहरू हो।+ १६ तिमीले देखेका ती दस वटा सिङ+ र त्यस जङ्‌गली जनावरले+ त्यस वेश्‍यालाई घृणा गर्नेछन्‌+ र त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌ अनि त्यसको मासु खानेछन्‌ र त्यसलाई आगोमा भस्म पार्नेछन्‌।+ १७ किनकि परमेश्‍वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ।+ तिनीहरूले आफ्नो साझा सोच पूरा गर्न आफ्नो राज्य तबसम्मको लागि त्यस जङ्‌गली जनावरलाई दिनेछन्‌,+ जबसम्म परमेश्‍वरले भन्‍नुभएको वचन पूरा हुँदैन। १८ अनि तिमीले देखेको त्यस स्त्रीको+ अर्थ त्यो ठूलो सहर हो, जसले पृथ्वीका राजाहरूमाथि राज गर्छ।”

१८ यसपछि मैले अर्को स्वर्गदूत ठूलो अख्तियारसहित स्वर्गबाट ओर्लँदै गरेको देखेँ। तिनको महिमाले गर्दा पृथ्वी नै उज्यालो भयो। २ अनि तिनले जोडदार आवाजमा यसो भने: “त्यसको पतन भएको छ! महान्‌ बेबिलोनको पतन भएको छ;+ त्यो प्रेतहरू* बास गर्ने ठाउँ भएकी छे र यस्तो ठाउँ भएकी छे, जहाँ सबै प्रेत* अनि हरप्रकारका अशुद्ध र घृणित चराहरू लुकेर बस्छन्‌!+ ३ किनकि त्यसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पियाएकी छे र तिनीहरू त्यसको सिकार भएका छन्‌।+ पृथ्वीका राजाहरूले त्यससित अवैध यौनसम्बन्ध राखे+ अनि पृथ्वीका व्यापारीहरू* त्यसको निर्लज्ज विलासिताले गर्दा धनी भए।”

४ अनि मैले स्वर्गबाट आएको अर्को एउटा आवाजले यसो भनेको सुनेँ: “हे मेरा मानिस हो, यदि तिमीहरू त्यसका पापहरूमा भाग लिन चाहँदैनौ र त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्न चाहँदैनौ भने त्यसबाट निस्केर आओ।+ ५ किनभने त्यसका पापहरू चुलिएर आकाशसम्मै पुगेको छ+ अनि त्यसले गरेका अन्यायहरू* परमेश्‍वरले सम्झनुभएको छ।+ ६ त्यसले अरूलाई जसो गरेकी छे, त्यसलाई पनि त्यसै गरियोस्‌,+ हो, त्यसले गरेका कामहरूको लागि त्यसलाई दुई गुणा सजाय दिइयोस्‌;+ त्यसले जुन कचौरामा+ मद्य मिसाएकी छे, त्यही कचौरामा त्यसको दुई गुणा मिसाएर त्यसलाई दिइयोस्‌।+ ७ त्यसले आफूलाई जति महिमित पारेकी छे र निर्लज्ज भएर जति विलासी जीवन बिताएकी छे, त्यसलाई त्यति नै सास्ती दिइयोस्‌ र शोकाकुल बनाइयोस्‌। किनकि त्यसले मनमनै यसो भनिरहन्छे: ‘म महारानी भएर बसेकी छु, म विधवा होइनँ, त्यसैले मैले कहिल्यै शोक गर्नुपर्नेछैनँ।’+ ८ त्यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आइपर्नेछ—मृत्यु, शोक र अनिकाल। अनि त्यसलाई आगोमा भस्म पारिनेछ+ किनकि यहोवा* परमेश्‍वर, जसले त्यसको न्याय गर्नुभयो, उहाँ शक्‍तिशाली हुनुहुन्छ।+

९ “त्यससित अवैध यौनसम्बन्ध* राखेका अनि त्यससँग निर्लज्ज विलासी जीवन बिताएका पृथ्वीका राजाहरू त्यो जलेर धुवाँ निस्केको देखेपछि त्यसको निम्ति रुनेछन्‌ अनि छाती पिट्‌दै बिलौना गर्नेछन्‌। १० त्यसले पाएको सास्तीको डरले गर्दा टाढै उभिएर तिनीहरूले यसो भन्‍नेछन्‌, ‘हे महान्‌ सहर,+ हे बलियो सहर बेबिलोन, हाय! हाय! किनकि एकै घण्टामा तिम्रो न्याय भएको छ!’

११ “साथै पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुन्छन्‌ र शोक गर्छन्‌ किनकि तिनीहरूको सारा मालसामान किन्‍ने कोही छैन १२ अर्थात्‌ तिनीहरूको सुन, चाँदी, बहुमूल्य रत्न, मोती, उच्च कोटिको मलमल,* बैजनी कपडा, रेसमी कपडा र चहकिलो रातो रङ्‌गको कपडा; सुगन्धित काठबाट बनेका हरकिसिमका कुराहरू; हस्तिदन्तले बनेका हरकिसिमका चिजबिज अनि बहुमूल्य काठ, तामा, फलाम र सङ्‌गमर्मरका विभिन्‍न सरसामान। १३ साथै दालचिनी, अलैँची, धूप, सुगन्धित तेल, सेतो धूप,* दाखमद्य,* जैतुनको तेल, मसिनो पीठो, गहुँ, गाईवस्तु, भेडा, घोडा, बग्गी, दास र मानिसहरू। १४ हो, तैँले इच्छा गरेको असल फल तँबाट टाढा भएको छ अनि तँसित भएका सबै स्वादिष्ठ खानेकुरा र सुन्दर चिजबिज नष्ट भएका छन्‌; ती फेरि कहिल्यै पाइनेछैनन्‌।

१५ “यी सरसामान बेच्ने व्यापारीहरू, जो त्यस सहरको कारण धनी भएका थिए, तिनीहरू त्यसले पाएको सास्तीको डरले गर्दा टाढै उभिएर रुनेछन्‌ र शोक गर्नेछन्‌ १६ अनि यसो भन्‍नेछन्‌: ‘उच्च कोटिको मलमल, बैजनी र चहकिलो रातो रङ्‌गको कपडा लगाएकी अनि सुनका गरगहना, बहुमूल्य रत्न र मोतीले झकिझकाउ+ भएकी महान्‌ सहर, हाय! हाय! १७ किनकि एकै घण्टामा यत्तिका धनसम्पत्ति नष्ट भएका छन्‌!’

“जहाजका कप्तानहरू, समुद्री यात्रा गर्ने मानिसहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू सबै जना टाढै उभिए १८ अनि त्यो जलेर निस्किरहेको धुवाँ हेर्दै यसो भनेर चिच्याए: ‘त्यो महान्‌ सहरजस्तो अरू कुन सहर छ र?’ १९ तिनीहरूले आफ्नो टाउकोमा धुलो छर्के अनि रुन, चिच्याउन र शोक गर्न थाले अनि यसो भने: ‘हे महान्‌ सहर, जसका धनसम्पत्तिले गर्दा समुद्री जहाज हुनेहरू सबै धनी भएका थिए, हाय! हाय! किनकि एकै घण्टामा त्यो नष्ट भएकी छे!’+

२० “हे स्वर्ग अनि हे पवित्र जनहरू,+ प्रेषितहरू र भविष्यवक्‍ताहरू हो, त्यसको बेहाल भएकोमा रमाओ+ किनकि परमेश्‍वरले तिमीहरूको खातिर त्यसलाई न्यायदण्ड सुनाउनुभएको छ!”+

२१ अनि एक बलवान्‌ स्वर्गदूतले ठूलो जाँतोजस्तो एउटा ढुङ्‌गा उठाए र यसो भन्दै समुद्रमा हुर्ऱ्याए: “महान्‌ सहर बेबिलोन यसै गरी ठूलो वेगले हुर्ऱ्याइनेछ र फेरि कहिल्यै पाइनेछैन।+ २२ अनि वीणा बजाउँदै गाउने गायकहरूको, वाद्यवादकहरूको, बाँसुरीवादकहरूको र बिगुल फुक्नेहरूको आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। कुनै किसिमको कालिगड तँकहाँ फेरि कहिल्यै पाइनेछैन अनि जाँतोको कुनै आवाज तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। २३ दियोको कुनै उज्यालो तँकहाँ फेरि कहिल्यै चम्किनेछैन, दुलहा-दुलहीको कुनै स्वर तँकहाँ फेरि कहिल्यै सुनिनेछैन। यी सबै तँमाथि हुनेछ किनकि तेरा व्यापारीहरू पृथ्वीका गण्यमान्य मानिसहरू थिए अनि तैँले गरेको तन्त्रमन्त्रद्वारा+ सबै राष्ट्र बहकिएका थिए। २४ हो, यही सहरमा भविष्यवक्‍ताहरूको र पवित्र जनहरूको+ अनि पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइयो।”+

१९ यसपछि मैले स्वर्गमा ठूलो भीडको स्वरजस्तो एउटा चर्को आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ उद्धार, महिमा अनि शक्‍ति हाम्रा परमेश्‍वरकै हुन्‌ २ किनकि उहाँका फैसलाहरू सही अनि न्यायोचित छन्‌।+ आफ्नो अवैध यौनसम्बन्धद्वारा* पृथ्वीलाई भ्रष्ट पार्ने महावेश्‍यालाई उहाँले दण्ड दिनुभएको छ अनि त्यससित आफ्ना दासहरूको रगतको बदला लिनुभएको छ, जसको रगत त्यसले आफ्ना हातहरूले बगाएकी थिई।”+ ३ अनि तुरुन्तै दोस्रो पटक तिनीहरूले यसो भने: “याहको प्रशंसा गर!*+ त्यो सहर जलेर निस्केको धुवाँ सदासर्वदा मास्तिर उठिरहन्छ।”+

४ त्यसपछि २४ जना एल्डर+ र चार वटा जीवले+ सिंहासनमा बस्नुहुने परमेश्‍वरसामु घोप्टो परेर उहाँको उपासना गरे अनि यसो भने: “आमिन! याहको प्रशंसा गर!”*+

५ अनि सिंहासनबाट एउटा आवाज पनि आयो र त्यसले यसो भन्यो: “हे परमेश्‍वरको डर मान्‍ने उहाँका साना-ठूला सबै+ दास हो,+ हाम्रा परमेश्‍वरको प्रशंसा गर।”

६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+ ७ आओ, हामी रमाऔँ र असाध्यै खुसी होऔँ अनि उहाँको महिमा गरौँ किनकि पाठोको विवाह हुन लागेको छ र तिनकी दुलहीले आफूलाई तयार पारिसकेकी छिन्‌। ८ हो, तिनकी दुलहीलाई उज्यालो, सफा र उच्च कोटिको मलमलको* लुगा लगाउन दिइएको छ किनकि उच्च कोटिको मलमलको अर्थ पवित्र जनहरूका असल कामहरू हुन्‌।”+

९ त्यसपछि तिनी मलाई भन्छन्‌, “लेख: आनन्दित हुन्‌ तिनीहरू, जसले पाठोको विवाहको साँझको भोजमा आउन निम्तो पाएका छन्‌।”+ तिनी मलाई यसो पनि भन्छन्‌: “यी परमेश्‍वरले भन्‍नुभएका सत्य वचनहरू हुन्‌।” १० यो सुनेर म तिनको उपासना गर्न तिनका पाउमा घोप्टो परेँ। तर तिनी मलाई भन्छन्‌: “होसियार! त्यसो नगर!+ किनकि म तिम्रो अनि तिम्रा भाइहरू, जसले येसुको साक्षी दिने काम पाएका छन्‌,+ तिनीहरूको सङ्‌गी दास मात्र हुँ। परमेश्‍वरको उपासना गर!+ किनभने येसुको विषयमा साक्षी दिनु नै भविष्यवाणीहरूको उद्देश्‍य हो।”+

११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्‍वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्‍वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्‌। १२ तिनका आँखा आगोको ज्वालाजस्ता छन्‌+ र तिनको शिरमा धेरै ताज* छन्‌। साथै तिनमा एउटा यस्तो नाम लेखिएको छ, जसको अर्थ तिनलाई बाहेक अरू कसैलाई थाह छैन। १३ अनि तिनले रगतको दाग लागेको* लुगा लगाएका छन्‌ र तिनको नाम हो, परमेश्‍वरको वचन।+ १४ साथै स्वर्गका सेनाहरू सेता घोडाहरू चढेर तिनको पछिपछि आइरहेका थिए अनि तिनीहरूले सेता, सफा र उच्च कोटिको मलमलको लुगा लगाएका थिए। १५ राष्ट्रहरूलाई प्रहार गर्न तिनको मुखबाट लामो धारिलो तरबार+ निस्कन्छ। तिनले फलामको डन्डाले तिनीहरूलाई गोठालोले झैँ डोऱ्‍याउनेछन्‌।+ साथै तिनले सर्वशक्‍तिमान्‌ परमेश्‍वरको भयानक क्रोधको कोल पनि पेल्छन्‌।+ १६ तिनको लुगामा, हो, तिनको तिघ्रामा राजाहरूका महाराजा, प्रभुहरूका महाप्रभु भन्‍ने नाम लेखिएको छ।+

१७ मैले सूर्यमा उभिरहेका एक जना स्वर्गदूतलाई पनि देखेँ अनि आकाशमा* उड्‌ने सबै चरालाई तिनले चर्को स्वरमा कराएर यसो भने: “यहाँ आओ, परमेश्‍वरको साँझको ठूलो भोज खान भेला होओ।+ १८ तिमीहरूले राजाहरूको मासु, सेनापतिहरूको मासु, शक्‍तिशालीहरूको मासु,+ घोडाहरूको मासु, घोडसवारहरूको मासु+ अनि के स्वतन्त्र, के दास, के साना, के ठूला, सबैको मासु खान पाउनेछौ।”

१९ अनि मैले घोडामा सवार हुनेसित र तिनका सेनासित लडाइँ गर्न जङ्‌गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू एकसाथ भेला भएको देखेँ।+ २० तब त्यो जङ्‌गली जनावर पक्राउ पऱ्‍यो र त्यसको अगाडि चिन्हहरू देखाउने झूटो भविष्यवक्‍ता+ पनि पक्राउ पऱ्‍यो। यो त्यही झूटो भविष्यवक्‍ता हो, जसले चिन्हहरू देखाएर जङ्‌गली जनावरको चिन्ह लिने+ अनि त्यसको मूर्तिको उपासना गर्ने मानिसहरूलाई+ बहकाउँथ्यो। अनि ती दुवैलाई गन्धकको अग्निकुण्डमा जिउँदै हुर्ऱ्याइयो।+ २१ तर बाँकी अरू भने घोडामा सवार हुनेको मुखबाट निस्केको लामो तरबारद्वारा मारिए।+ अनि सबै चराले अघाउन्जेल तिनीहरूको मासु खाए।+

२० त्यसपछि मैले स्वर्गबाट एक जना स्वर्गदूत ओर्लिरहेको देखेँ। तिनको हातमा अगाध खाडलको साँचो+ र ठूलो साङ्‌लो थियो। २ तिनले त्यो अजिङ्‌गर+ अर्थात्‌ पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे। ३ अनि १ हजार वर्ष नबितेसम्म त्यसले राष्ट्रहरूलाई बहकाउन नपाओस्‌ भनेर तिनले त्यसलाई अगाध खाडलमा+ हुर्ऱ्याए र त्यो बन्द गरेर लाहाछाप लगाए। त्यसपछि केही समयका लागि त्यसलाई मुक्‍त गरिनै पर्छ।+

४ अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्‍वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्‌गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+ ५ (बाँकी मरेकाहरूचाहिँ+ १ हजार वर्ष नबितेसम्म जीवित भएनन्‌।) यिनीहरू तिनै हुन्‌, जसलाई मृत्युबाट सुरुमा जीवित पारिन्छ।+ ६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्‌,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्‌; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्‍वरका अनि ख्रिष्टका पुजारी हुनेछन्‌+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।+

७ एक हजार वर्ष सकिनेबित्तिकै सैतानलाई कैदबाट मुक्‍त गरिनेछ ८ र पृथ्वीको चारै कुनाका राष्ट्रहरू अर्थात्‌ गोग र मागोगलाई बहकाउन त्यो निस्कनेछ र तिनीहरूलाई लडाइँको निम्ति जम्मा गर्नेछ। तिनीहरूको सङ्‌ख्या समुद्रको बालुवाजत्तिकै हुनेछ। ९ तब तिनीहरू पृथ्वीको चारैतिर गए र पवित्र जनहरूको छाउनी अनि परमेश्‍वरको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म गऱ्‍यो।+ १० त्यसपछि तिनीहरूलाई बहकाउने त्यस दियाबललाई आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइयो, जहाँ जङ्‌गली जनावर+ र झूटो भविष्यवक्‍तालाई पहिल्यै हुर्ऱ्याइसकेको थियो;+ तिनीहरूलाई दिनरात सदासर्वदा सास्ती दिइनेछ।*

११ त्यसपछि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखेँ।+ पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे+ र तिनीहरूले कतै ठाउँ पाएनन्‌। १२ अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+ १३ त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले* पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।+ १४ त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो।+ यस अग्निकुण्डको+ अर्थ दोस्रो मृत्यु हो।+ १५ यसबाहेक ज-जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन,+ तिनीहरूलाई पनि अग्निकुण्डमा हुर्ऱ्याइयो।+

२१ अनि मैले नयाँ आकाश र नयाँ पृथ्वी देखेँ+ किनकि पहिलेको आकाश र पहिलेको पृथ्वी बितिसकेका थिए+ अनि समुद्र+ पनि रहेन। २ मैले पवित्र सहर नयाँ यरुसलेमलाई आफ्नो दुलहाको लागि सिँगारिएकी दुलहीझैँ तयार भएर+ स्वर्गबाट अर्थात्‌ परमेश्‍वरकहाँबाट तल झरिरहेको पनि देखेँ।+ ३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्‍वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्‌। परमेश्‍वर आफै तिनीहरूसित रहनुहुनेछ।+ ४ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ+ र मृत्यु हुनेछैन+ अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।+ पहिलेका कुराहरू बितिसकेका छन्‌।”

५ अनि सिंहासनमा बस्नुहुनेले+ भन्‍नुभयो: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।”+ उहाँ यसो पनि भन्‍नुहुन्छ: “लेख किनकि यी वचनहरू विश्‍वासयोग्य* र सत्य छन्‌।” ६ अनि उहाँले मलाई भन्‍नुभयो: “यी वचनहरू पूरा भइसकेका छन्‌! अल्फा र ओमेगा* अर्थात्‌ सुरुवात र अन्त म नै हुँ।+ जो तिर्खाउँछ, उसलाई म जीवन दिने पानीको मुहानबाट सित्तैँमा पिउन दिनेछु।+ ७ जसले विजय हासिल गर्छ, उसले यी कुराहरू उत्तराधिकारस्वरूप पाउनेछ अनि म उसको परमेश्‍वर हुनेछु र ऊ मेरो छोरा हुनेछ। ८ तर डरपोकहरू, विश्‍वास नगर्नेहरू,+ अशुद्ध र घिनलाग्दा काम गर्नेहरू, हत्या गर्नेहरू,+ अवैध यौनसम्बन्ध* राख्नेहरू,+ तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र झूट बोल्नेहरू+ सबै आगो र गन्धक दन्कने कुण्डमा फ्याँकिनेछन्‌।+ यसको अर्थ दोस्रो मृत्यु हो।”+

९ सात वटा अन्तिम विपत्तिले+ भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतमध्ये एक जना आए र मलाई यसो भने: “आऊ, म तिमीलाई दुलही देखाउनेछु, पाठोकी दुलही।”+ १० त्यसैले तिनले मलाई पवित्र शक्‍तिद्वारा एउटा ठूलो र अग्लो डाँडामा लगे अनि स्वर्गबाट अर्थात्‌ परमेश्‍वरकहाँबाट तल झर्दै गरेको पवित्र सहर यरुसलेम देखाए।+ ११ परमेश्‍वरको महिमाले त्यो भरिपूर्ण थियो।+ त्यसको चमक निकै बहुमूल्य रत्नको जस्तै थियो, सफा काँचझैँ चम्किरहेको यशवमणिको जस्तै।+ १२ त्यसको पर्खाल ठूलो र अग्लो थियो अनि त्यसका १२ वटा ढोका थिए। ती ढोकाहरूमा १२ जना स्वर्गदूत थिए अनि ती ढोकाहरूमा इस्राएलको सन्तानका १२ कुलको नाम लेखिएका थिए। १३ पूर्वपट्टि तीन वटा ढोका, उत्तरपट्टि तीन वटा ढोका, दक्षिणपट्टि तीन वटा ढोका र पश्‍चिमपट्टि तीन वटा ढोका थिए।+ १४ त्यस सहरको पर्खालको जगमा १२ वटा ढुङ्‌गा थिए र ती ढुङ्‌गाहरूमा पाठोका १२ जना प्रेषितको+ १२ नाम लेखिएका थिए।

१५ मसित कुरा गरिरहेका स्वर्गदूतले त्यस सहर, त्यसका ढोकाहरू र त्यसको पर्खाल नाप्न एउटा सुनौलो नर्कटको टाँगो समाइरहेका थिए।+ १६ त्यो सहर वर्गाकार थियो अनि त्यसको लम्बाइ त्यसको चौडाइजत्तिकै थियो। अनि तिनले त्यो टाँगोले सहर नापे र सहरको नाप लगभग २ हजार २ सय किलोमिटर* थियो। यसको लम्बाइ, चौडाइ र उचाइ बराबर थियो। १७ तिनले त्यसको पर्खाल पनि नापे, जुन मानिसका साथै स्वर्गदूतको नापअनुसार १४४ हात* थियो। १८ त्यस सहरको पर्खाल यशवमणिले+ बनेको थियो अनि त्यो सहर निखुर सुनको थियो र सफा काँचजस्तै थियो। १९ त्यस सहरको पर्खालका जगहरू हरकिसिमका बहुमूल्य रत्नहरूले सजाइएका थिए: पहिलो जग यशवमणिले, दोस्रो नीलमले, तेस्रो चाल्सेडोनीले, चौथो पन्‍नाले, २० पाँचौँ सार्डोनिक्सले, छैटौँ लालमणिले, सातौँ क्रिसोलाइटले, आठौँ हरितनीलमणिले, नवौँ पुष्पराजले, दसौँ क्रिसोप्रेजले, एघारौँ निलो गोमेदले र बाह्रौँचाहिँ कलेजी स्फटिकले बनेको थियो। २१ साथै त्यसका १२ ढोका १२ वटा मोती थिए; हरेक ढोका एउटा मोतीले बनेको थियो। त्यस सहरको मूलबाटो निखुर सुनको थियो र त्यो पारदर्शी काँचजस्तै थियो।

२२ त्यस सहरमा मैले मन्दिर भने देखिनँ किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वर+ यहोवा* नै त्यसको मन्दिर हुनुहुन्छ, त्यसैगरि पाठो पनि त्यसको मन्दिर हुनुहुन्छ। २३ त्यस सहरलाई सूर्य वा चन्द्रमाको उज्यालोको आवश्‍यकता पर्दैन किनकि परमेश्‍वरको महिमाले त्यस सहरलाई उज्यालो बनाउँछ+ अनि पाठो नै त्यसको बत्ती हुनुहुन्छ।+ २४ जातिजातिका मानिसहरू त्यसको ज्योतिमा हिँड्‌नेछन्‌+ र पृथ्वीका राजाहरूले आफ्नो वैभव त्यस सहरभित्र ल्याउनेछन्‌। २५ त्यसका ढोकाहरू दिनमा कहिल्यै बन्द हुनेछैनन्‌ र त्यहाँ रात नै पर्नेछैन।+ २६ अनि तिनीहरूले जातिजातिका मानिसहरूको महिमा र सम्मान त्यसभित्र ल्याउनेछन्‌।+ २७ तर कुनै पनि अपवित्र कुरा त्यसभित्र पस्नेछैन। त्यसैगरि घिनलाग्दो कुरा गर्ने र छल गर्ने कोही पनि कुनै हालतमा त्यसभित्र पस्नेछैन;+ ज-जसको नाम पाठोको जीवनको पुस्तकमा* लेखिएको छ, तिनीहरू मात्र त्यसभित्र पस्न पाउनेछन्‌।+

२२ अनि तिनले मलाई जीवन दिने पानीको नदी देखाए,+ जुन मणिभजत्तिकै पारदर्शी थियो अनि परमेश्‍वर र पाठोको+ सिंहासनबाट निस्केर २ त्यस सहरको मूलबाटोको बीचबाट बगिरहेको थियो। अनि त्यस नदीको दुवै किनारामा जीवनका रूखहरू थिए, जसले हरेक महिना फल फलाउँथे अर्थात्‌ वर्षमा बाह्र बाली दिन्थे। अनि ती रूखहरूका पातहरूचाहिँ जातिजातिका मानिसहरूलाई निको पार्नका लागि थिए।+

३ त्यहाँ कुनै किसिमको सराप हुनेछैन। बरु परमेश्‍वर अनि पाठोको सिंहासन+ त्यस सहरमा हुनेछ र परमेश्‍वरका दासहरूले उहाँलाई पवित्र सेवा चढाउनेछन्‌। ४ तिनीहरूले उहाँको मुहार देख्नेछन्‌+ र उहाँको नाम तिनीहरूको निधारमा हुनेछ।+ ५ साथै त्यहाँ रात पनि हुनेछैन+ अनि तिनीहरूलाई न बत्तीको न त घामको उज्यालोको आवश्‍यकता नै पर्नेछ किनकि यहोवा* परमेश्‍वरले तिनीहरूमाथि ज्योति चम्काउनुहुनेछ+ अनि तिनीहरूले सदासर्वदा राजाको रूपमा शासन गर्नेछन्‌।+

६ स्वर्गदूतले मलाई भने: “यी वचनहरू विश्‍वासयोग्य* र सत्य छन्‌।+ हो, भविष्यवक्‍ताहरूलाई प्रेरित गर्नुहुने यहोवा* परमेश्‍वरले+ अब छिट्टै हुन लागेका कुराहरू आफ्ना दासहरूलाई प्रकट गर्न आफ्नो स्वर्गदूत पठाउनुभएको छ। ७ हेर! म छिट्टै आउँदै छु।+ आनन्दित हुन्‌ ती मानिसहरू, जसले यस पुस्तकमा* भएका भविष्यवाणीका वचनहरू पालन गर्छन्‌।”+

८ म युहन्‍नाले यी कुराहरू सुनिरहेको अनि देखिरहेको थिएँ। जब मैले ती सुनेँ अनि देखेँ, तब यी कुराहरू मलाई देखाउने स्वर्गदूतको उपासना गर्न म तिनका पाउमा घोप्टो परेँ। ९ तर तिनी मलाई भन्छन्‌: “होसियार! त्यसो नगर! किनकि म तिम्रो अनि तिम्रा भाइहरू, जो भविष्यवक्‍ताहरू हुन्‌, तिनीहरूको अनि यस पुस्तकका वचनहरू पालन गर्नेहरूजतिको सङ्‌गी दास मात्र हुँ। परमेश्‍वरको उपासना गर।”+

१० तिनी मलाई यसो पनि भन्छन्‌: “यस पुस्तकमा भएका भविष्यवाणीका वचनहरूमा लाहाछाप नलगाऊ किनकि तोकिएको समय नजिकै छ। ११ जो अधर्मी छ, ऊ अधर्मी नै रहिरहोस्‌ अनि जो फोहोरी छ, ऊ फोहोरी नै रहिरहोस्‌ तर जो धर्मी छ, ऊ धर्मी नै रहिरहोस्‌ अनि जो पवित्र छ, ऊ पवित्र नै रहिरहोस्‌।

१२ “‘हेर! म छिट्टै आउँदै छु अनि हरेकलाई उसको कामअनुसार दिइने इनाम मसित छ।+ १३ अल्फा र ओमेगा,*+ पहिलो र अन्तिम अनि सुरुवात र अन्त म नै हुँ। १४ आनन्दित हुन्‌ ती मानिसहरू, जसले आफ्नो लुगा धोएका छन्‌,+ तिनीहरूले जीवनका रूखहरूको फल खाने अधिकार पाउनेछन्‌+ अनि त्यस सहरका ढोकाहरूबाट पसेर तिनीहरू सहरभित्र जान पाउनेछन्‌।+ १५ तर कुकुरहरू,* तन्त्रमन्त्र गरिरहनेहरू, अवैध यौनसम्बन्ध* राख्नेहरू, हत्या गर्नेहरू, मूर्तिपूजा गर्नेहरू, झूट बोल्न मन पराउनेहरू अनि झूट बोलिरहनेहरूजति भने सहरबाहिर छन्‌।’+

१६ “‘मण्डलीहरूको भलाइको निम्ति तिमीहरूलाई यी कुराको साक्षी दिन म येसुले आफ्नो स्वर्गदूत पठाएको हुँ। म दाउदको जरा र सन्तान+ अनि बिहानको चहकिलो तारा हुँ।’”+

१७ पवित्र शक्‍ति अनि दुलही+ यसो भनिरहन्छन्‌: “आऊ!” जसले सुन्छ, उसले भनोस्‌: “आऊ!” जो तिर्खाउँछ, ऊ आओस्‌+ अनि जसले चाहन्छ, उसले जीवन दिने पानी सित्तैँमा लेओस्‌।+

१८ “यस पुस्तकमा भएका भविष्यवाणीका वचनहरू सुन्‍नेजति सबैलाई म यो कुराको साक्षी दिन्छु: यदि कसैले यी कुराहरूमा केही थप्यो भने+ यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले ऊमाथि थप्नुहुनेछ।+ १९ अनि यदि कसैले भविष्यवाणीको यस पुस्तकबाट केही वचन हटायो भने यस पुस्तकमा लेखिएका जीवनका रूखहरू+ र पवित्र सहरबाट+ उसले पाउने भाग परमेश्‍वरले खोस्नुहुनेछ।

२० “जसले यी कुराहरूको साक्षी दिनुहुन्छ, उहाँ भन्‍नुहुन्छ: ‘हो, म छिट्टै आउँदै छु।’”+

“आमिन! हे प्रभु येसु, आउनुहोस्‌।”

२१ प्रभु येसुको असीम अनुग्रह पवित्र जनहरूसित रहोस्‌।

वा “खुलाइएका कुराहरू।”

वा “आफ्नो दास।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावलीमा “अल्फा र ओमेगा” हेर्नुहोस्‌।

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “सभाघर।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “भित्री भावना।” शा., “मिर्गौला।”

शा., “सभाघरका।”

वा सम्भवतः “मेरो सहनशीलताको उदाहरण पछ्याएको हुनाले।”

वा “रातो रङ्‌गको बहुमूल्य पत्थरजस्तै।”

शब्दावली हेर्नुहोस्‌।

वा “सिंहासनसँगै बीचमा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “भित्रपट्टि र बाहिरपट्टि।”

यो चाँदीको रोमी सिक्का हो, जुन एक दिनको ज्यालाबराबर थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक क्वार्ट भनेको १.०८ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

बाख्राको भुत्ला हुन सक्छ।

वा “पूर्वबाट।”

वा “तिनीहरूमाथि आफ्नो पाल फिँजाउनुहुनेछ।”

वा “पृथ्वीमा बस्नेहरूलाई धिक्कार, धिक्कार, धिक्कार!”

यसको अर्थ हो, “विनाश।”

यसको अर्थ हो, “विनाशकर्ता।”

शब्दावली हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतहरूको।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “आफूलाई बादलले बेह्रेका थिए।”

वा “नाप्ने टाँगो।” शब्दावलीमा “नाप्ने टाँगो” हेर्नुहोस्‌।

वा “इजिप्ट।”

वा “हेरिरहेका थिए।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “पृथ्वीलाई भ्रष्ट पार्नेहरूलाई।”

वा “शाही फेटा।”

यसको अर्थ हो “परमेश्‍वरजस्तो को छ?”

वा सम्भवतः “त्यसले [अर्थात्‌, अजिङ्‌गरले] हाऱ्‍यो।”

अर्थात्‌, साढे तीन कालको लागि।

अर्थात्‌, अजिङ्‌गर।

वा “शाही फेटा।”

वा “मुठामा।”

वा सम्भवतः “जो तरबारले मारिनुपर्ने हो।”

वा “पृथ्वीभन्दा अलिकता माथि; शिरमाथि।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “रिसको।”

शा., “तिनीहरूले गरेका कामहरू तिनीहरूसँगसँगै जानेछन्‌।”

शा., “१ हजार ६ सय स्टेडियमसम्म।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “पूर्वबाट।”

वा “दुष्ट स्वर्गदूतहरूका।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

ग्रीक भाषामा हार-मागेडोन। यो एउटा हिब्रू शब्दबाट आएको हो, जसको अर्थ हो, “मगिद्दोको पर्वत।”

ग्रीक तौलअनुसार एक टालेन्ट भनेको २०.४ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “मुठामा।”

वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा सम्भवतः “सास; विषालु हावा; प्रेरित कुराहरू।”

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “रिसको।”

वा “यात्रा गर्ने व्यापारीहरू।”

वा “अपराधहरू।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

वा “शाही फेटा।”

वा सम्भवतः “रगत छर्किएको।”

वा “पृथ्वीभन्दा अलिकता माथि; शिरमाथि।”

शा., “बन्चरोले मारिएका।”

वा “बन्धनमा राखिनेछ; कैदमा हालिनेछ।”

वा “मुठाहरू।”

वा “मुठा।”

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

शा., “पाल।”

वा “भरपर्दो।”

शब्दावलीमा “अल्फा र ओमेगा” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “१२ हजार स्टेडियम।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

लगभग ६४ मिटर (२१० फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “मुठामा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “भरपर्दो।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “मुठामा।”

शब्दावलीमा “अल्फा र ओमेगा” हेर्नुहोस्‌।

अर्थात्‌, ती मानिसहरू, जसका कामहरू परमेश्‍वरको नजरमा घिनलाग्दा छन्‌।

शब्दावली हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने