प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ४०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • दर्शनमा इजकिएललाई इस्राएलमा पुऱ्‍याइयो (१, २)

      • इजकिएलले दर्शनमा मन्दिर देख्छन्‌ (३, ४)

      • चोकहरू र प्रवेशद्वारहरू (५-४७)

        • पूर्वपट्टिको बाहिरी प्रवेशद्वार (६-१६)

        • बाहिरी चोक; अरू प्रवेशद्वारहरू (१७-२६)

        • भित्री चोक र प्रवेशद्वारहरू (२७-३७)

        • मन्दिरको सेवाको लागि कक्षहरू (३८-४६)

        • वेदी (४७)

      • मन्दिरको दलान (४८, ४९)

इजकिएल ४०:१

फुटनोट

  • *

    अर्थात्‌, यरुसलेम।

मार्जिनल रेफरेन्स

  • +२रा २५:८-१०; इज ३३:२१
  • +२रा २४:१५, १६
  • +इज ८:३

इजकिएल ४०:२

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +यसै २:२

इजकिएल ४०:३

फुटनोट

  • *

    अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +इज १:५, ७; दा १०:५, ६
  • +इज ४७:३; जक २:१, २; प्रका ११:१; २१:१५

इजकिएल ४०:४

फुटनोट

  • *

    शा., “मन लगाऊ।”

मार्जिनल रेफरेन्स

  • +इज ४३:१०

इजकिएल ४०:५

फुटनोट

  • *

    शा., “भवनको।” अध्याय ४०-४८ मा जहाँ-जहाँ “भवन” शब्दले मन्दिर परिसर वा स्वयम्‌ मन्दिरलाई जनाउँछ, त्यहाँ-त्यहाँ “मन्दिर” शब्द चलाइएको छ।

  • *

    यसले लामो हातलाई जनाउँछ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

इजकिएल ४०:६

मार्जिनल रेफरेन्स

  • +इज ४०:१०; ४३:१, ४; ४६:१, २

इजकिएल ४०:७

मार्जिनल रेफरेन्स

  • +१इ ९:२६, २७

इजकिएल ४०:११

फुटनोट

  • *

    यसले ढोकाको दायाँबायाँको भागसमेतको नापलाई जनाएको हुन सक्छ।

इजकिएल ४०:१३

फुटनोट

  • *

    यसले पहरेदार बस्ने चौकीको भित्ताको माथिल्लो भागलाई जनाएको हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +इज ४०:२०, २१

इजकिएल ४०:१६

फुटनोट

  • *

    बाहिरपट्टि साँघुरो र भित्रपट्टि फराकिलो हुँदै गएका झ्यालहरू।

मार्जिनल रेफरेन्स

  • +१रा ६:४; इज ४१:२६
  • +१रा ६:३५

इजकिएल ४०:१७

मार्जिनल रेफरेन्स

  • +१इ २८:१२

इजकिएल ४०:२२

मार्जिनल रेफरेन्स

  • +इज ४१:२०, २६

इजकिएल ४०:२४

मार्जिनल रेफरेन्स

  • +इज ४६:९

इजकिएल ४०:२६

मार्जिनल रेफरेन्स

  • +इज ४०:२०, २२

इजकिएल ४०:२९

मार्जिनल रेफरेन्स

  • +इज ४०:२०, २१

इजकिएल ४०:३१

मार्जिनल रेफरेन्स

  • +इज ४०:१६
  • +इज ४०:३२, ३४, ३५, ३७

इजकिएल ४०:३५

मार्जिनल रेफरेन्स

  • +इज ४४:४

इजकिएल ४०:३८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी ८:२१

इजकिएल ४०:३९

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +लेवी १:३, ६; ८:२०; इज ४३:१८
  • +लेवी ४:३, ४
  • +लेवी ५:६; ७:१; इज ४२:१३; ४४:२९

इजकिएल ४०:४२

फुटनोट

  • *

    वा “काटेर तयार पारिएका ढुङ्‌गाले।”

इजकिएल ४०:४४

मार्जिनल रेफरेन्स

  • +१इ ६:३१, ३२

इजकिएल ४०:४५

मार्जिनल रेफरेन्स

  • +गन ३:६-८; १इ ९:२२, २३; भज १३४:१

इजकिएल ४०:४६

मार्जिनल रेफरेन्स

  • +लेवी ६:१२, १३; गन १८:५; २इ १३:१०, ११
  • +१रा २:३५; इज ४३:१९
  • +गन १६:३९, ४०; इज ४४:१५, १६

इजकिएल ४०:४८

मार्जिनल रेफरेन्स

  • +१रा ६:३; २इ ३:४

इजकिएल ४०:४९

फुटनोट

  • *

    वा सम्भवतः “१२ हात।”

मार्जिनल रेफरेन्स

  • +१रा ७:२१

अरू

इज. ४०:१२रा २५:८-१०; इज ३३:२१
इज. ४०:१२रा २४:१५, १६
इज. ४०:१इज ८:३
इज. ४०:२यसै २:२
इज. ४०:३इज १:५, ७; दा १०:५, ६
इज. ४०:३इज ४७:३; जक २:१, २; प्रका ११:१; २१:१५
इज. ४०:४इज ४३:१०
इज. ४०:६इज ४०:१०; ४३:१, ४; ४६:१, २
इज. ४०:७१इ ९:२६, २७
इज. ४०:१३इज ४०:२०, २१
इज. ४०:१६१रा ६:४; इज ४१:२६
इज. ४०:१६१रा ६:३५
इज. ४०:१७१इ २८:१२
इज. ४०:२२इज ४१:२०, २६
इज. ४०:२४इज ४६:९
इज. ४०:२६इज ४०:२०, २२
इज. ४०:२९इज ४०:२०, २१
इज. ४०:३१इज ४०:१६
इज. ४०:३१इज ४०:३२, ३४, ३५, ३७
इज. ४०:३५इज ४४:४
इज. ४०:३८लेवी ८:२१
इज. ४०:३९लेवी १:३, ६; ८:२०; इज ४३:१८
इज. ४०:३९लेवी ४:३, ४
इज. ४०:३९लेवी ५:६; ७:१; इज ४२:१३; ४४:२९
इज. ४०:४४१इ ६:३१, ३२
इज. ४०:४५गन ३:६-८; १इ ९:२२, २३; भज १३४:१
इज. ४०:४६लेवी ६:१२, १३; गन १८:५; २इ १३:१०, ११
इज. ४०:४६१रा २:३५; इज ४३:१९
इज. ४०:४६गन १६:३९, ४०; इज ४४:१५, १६
इज. ४०:४८१रा ६:३; २इ ३:४
इज. ४०:४९१रा ७:२१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
  • ४८
  • ४९
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ४०:१-४९

इजकिएल

४० सहर* नाश भएको १४औँ वर्ष+ अर्थात्‌ हामी निर्वासित भएको २५औँ वर्षको+ पहिलो महिनाको १०औँ दिनमा यहोवाको हात ममाथि आयो र उहाँले मलाई त्यस सहरमा लैजानुभयो।+ २ उहाँले मलाई एउटा दर्शन* देखाउनुभयो र दर्शनमा इस्राएल देशको एउटा असाध्यै अग्लो डाँडामा लैजानुभयो।+ त्यसको दक्षिणतिर एउटा ठाउँ थियो। हेर्दा त्यो सहरजस्तै देखिन्थ्यो।

३ जब उहाँले मलाई त्यहाँ लैजानुभयो, तब मैले तामाजस्तै चम्किरहेका एक जना मानिसलाई देखेँ।+ तिनको हातमा आलसको डोरी र नाप्ने टाँगो* थियो।+ तिनी प्रवेशद्वारको अगाडि उभिरहेका थिए। ४ तिनले मलाई यसो भने: “हे मानिसको छोरा, म तिमीलाई जे देखाउँछु, त्यो नियालेर हेर, कान थापेर सुन र त्यसमा ध्यान देऊ* किनकि यसैको लागि तिमीलाई यहाँ ल्याइएको हो। अनि तिमी जे-जे देख्छौ, इस्राएलको घरानालाई त्यो सबै सुनाऊ।”+

५ मैले मन्दिरको* बाहिरपट्टि चारैतिर पर्खाल देखेँ। ती मानिससित छ हात लम्बाइ भएको नाप्ने टाँगो थियो। (प्रत्येक हातमा चार अङ्‌गुल थपिएको थियो)* तिनले त्यही टाँगोले पर्खाल नाप्न थाले। त्यो पर्खालको चौडाइ एक टाँगो अनि उचाइ एक टाँगो थियो।

६ त्यसपछि तिनी पूर्वतिर फर्केको प्रवेशद्वारतिर गए+ र त्यसका खुट्‌किलाहरू चढे। तिनले त्यहाँको सँघार नापे। त्यसको चौडाइ एक टाँगो थियो। अनि अर्को सँघारको चौडाइ पनि एक टाँगो नै थियो। ७ पहरेदार बस्ने प्रत्येक चौकीको लम्बाइ र चौडाइ एक-एक टाँगो थियो। अनि चौकीहरूबीचको दूरी पाँच हात थियो।+ प्रवेशद्वारको सँघार, जुन दलानको छेउमा थियो र भित्रपट्टि फर्केको थियो, त्यसको चौडाइ एक टाँगो थियो।

८ तिनले प्रवेशद्वारको भित्रपट्टिको दलान नापे र त्यो एक टाँगो थियो। ९ त्यसपछि तिनले प्रवेशद्वारको दलानको चौडाइ नापे। त्यो आठ हात थियो। तिनले दलानको छेउमा भएका खम्बाहरू पनि नापे। ती दुई-दुई हातका थिए। यो दलान प्रवेशद्वारको भित्रपट्टि थियो।

१० पूर्वपट्टिको यो प्रवेशद्वारमा दुवैपट्टि पहरेदारहरूका लागि तीन-तीन वटा चौकी थिए। ती सबै एउटै नापका थिए। दुवैपट्टिका चौकीहरूबीचको खम्बा पनि एउटै नापका थिए।

११ त्यसपछि तिनले प्रवेशद्वारको छिर्ने ठाउँको नाप लिए। त्यसको चौडाइ भित्रतिर १० हात थियो अनि बाहिरतिर* १३ हात थियो।

१२ पहरेदार बस्ने दुवैतिरको चौकीको अगाडि बार लगाइएको थियो। बार लगाइएको भाग एक हात थियो। पहरेदार बस्ने दुवैपट्टिका चौकीहरू छ-छ हातका थिए।

१३ त्यसपछि तिनले प्रवेशद्वारको नाप लिन वारिपट्टिको चौकीको छानोदेखि* पारिपट्टिको चौकीको छानोसम्म नापे। यसरी नाप्दा प्रवेशद्वारको चौडाइ जम्मा २५ हात थियो। एउटा चौकीको द्वारको सामने अर्को चौकीको द्वार थियो।+ १४ त्यसपछि तिनले प्रवेशद्वारका खम्बाहरू नापे। ती ६० हात अग्ला थिए। बाहिरी चोकका सबै प्रवेशद्वारका खम्बाहरू पनि यही नापका थिए। १५ प्रवेशद्वारको अघिल्तिरबाट भित्रपट्टि भएको दलानको पल्लो छेउसम्मको नाप ५० हात थियो।

१६ पहरेदार बस्ने चौकीहरूमा र ती चौकीहरूका दुवैपट्टि भएका खम्बाहरूमा झ्यालहरू*+ थिए। दलानको भित्रपट्टि पनि दुवैपट्टि झ्यालहरू थिए। पहरेदार बस्ने चौकीको दुवैपट्टि भएका खम्बाहरूमा खजुरको बोटका आकृतिहरू+ खोपिएका थिए।

१७ त्यसपछि तिनले मलाई मन्दिरको बाहिरी चोकमा लगे। मैले बाहिरी चोकको वरिपरि पेटी र भोजनकक्षहरू+ देखेँ। चोकको वरिपरि भएको यो पेटीमा ३० वटा भोजनकक्ष थिए। १८ प्रवेशद्वारको दुवैपट्टि भएको यो पेटी प्रवेशद्वारको लम्बाइजत्तिकै फराकिलो थियो। यो तल्लो पेटी हो।

१९ त्यसपछि तिनले तल्लो प्रवेशद्वारदेखि भित्री चोकको सिमानासम्मको दूरी नापे। त्यो पूर्वपट्टि १०० हात र उत्तरपट्टि १०० हात थियो।

२० बाहिरी चोकमा उत्तरपट्टि फर्केको एउटा प्रवेशद्वार थियो। तिनले त्यसको लम्बाइ र चौडाइ नापे। २१ प्रवेशद्वारको दुवैपट्टि पहरेदारहरूका लागि तीन-तीन वटा चौकी थिए। यसका खम्बाहरू र दलानको नाप पहिलो प्रवेशद्वारको जस्तै थियो। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। २२ यसका झ्यालहरू र दलानको नाप अनि खोपेर बनाइएका खजुरको बोटको+ नाप पनि पूर्वपट्टिको पहिलो प्रवेशद्वारको जस्तै थियो। यो प्रवेशद्वारमा पुग्न मानिसहरूले सात वटा खुट्‌किला उक्लिनुपर्थ्यो। यी खुट्‌किलाहरूको अगाडि दलान थियो।

२३ बाहिरी चोकको उत्तरपट्टिको प्रवेशद्वारको ठीक अगाडि भित्री चोकको प्रवेशद्वार थियो। पूर्वपट्टिको प्रवेशद्वारको ठीक अगाडि पनि त्यस्तै अर्को प्रवेशद्वार थियो। बाहिरी चोकको प्रवेशद्वार र भित्री चोकको प्रवेशद्वारबीचको दूरी १०० हात थियो।

२४ त्यसपछि तिनले मलाई मन्दिरको दक्षिणतिर लगे। मैले त्यहाँ एउटा प्रवेशद्वार देखेँ।+ तिनले त्यसका खम्बाहरू र दलान नापे। ती सबैको नाप अरू प्रवेशद्वारको जस्तै थियो। २५ अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वार र यसको दलानको दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। २६ यो प्रवेशद्वारमा पुग्न सात वटा खुट्‌किला उक्लिनुपर्थ्यो।+ यी खुट्‌किलाहरूको अगाडि दलान थियो। प्रवेशद्वारको दुवैपट्टिका खम्बाहरूमा एउटा-एउटा खजुरको बोटको आकृति खोपिएको थियो।

२७ भित्री चोकमा दक्षिणपट्टि फर्केको एउटा प्रवेशद्वार थियो। तिनले दक्षिणपट्टि फर्केका दुवै प्रवेशद्वारबीचको दूरी नापे। त्यो १०० हात थियो। २८ त्यसपछि तिनले मलाई दक्षिणपट्टिको प्रवेशद्वारबाट भित्री चोकमा लगे। तिनले यो प्रवेशद्वार नापे। यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो। २९ यसका दुवैपट्टिका खम्बा, दलान र पहरेदार बस्ने चौकीको नाप अरू प्रवेशद्वारको जस्तै थियो। अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वार र यसको दलानको दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो।+ ३० भित्री चोकमा भएका सबै प्रवेशद्वारमा दलान थिए। ती सबैको लम्बाइ २५ हात र चौडाइ ५ हात थियो। ३१ यसको दलान बाहिरी चोकपट्टि फर्केको थियो। यसका दुवैपट्टिका खम्बाहरूमा खजुरको बोटका आकृतिहरू खोपिएका थिए।+ यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्‌किला उक्लिनुपर्थ्यो।+

३२ तिनले मलाई पूर्वपट्टिको प्रवेशद्वारबाट भित्री चोकमा लगे। तिनले यो प्रवेशद्वार नापे। त्यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो। ३३ यसका दुवैपट्टिका खम्बा, दलान र पहरेदार बस्ने चौकीको नाप अरू प्रवेशद्वारको जस्तै थियो। अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वार र यसको दलानको दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। ३४ यसको दलान बाहिरी चोकपट्टि फर्केको थियो। यसका दुवैपट्टिका खम्बाहरूमा खजुरको बोटका आकृतिहरू खोपिएका थिए। यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्‌किला उक्लिनुपर्थ्यो।

३५ त्यसपछि तिनले मलाई उत्तरपट्टिको प्रवेशद्वारमा लगे।+ तिनले यो प्रवेशद्वार नापे। यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो। ३६ यसका दुवैपट्टिका खम्बा, दलान र पहरेदार बस्ने चौकीको नाप अरू प्रवेशद्वारको जस्तै थियो। अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वारमा पनि दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। ३७ यसका खम्बाहरू बाहिरी चोकपट्टि फर्केका थिए। ती दुवै खम्बामा खजुरको बोटका आकृतिहरू खोपिएका थिए। यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्‌किला उक्लिनुपर्थ्यो।

३८ यी प्रवेशद्वारहरूका खम्बाहरूनजिकै भोजनकक्ष थियो। त्यहाँ अग्निभेटी* चढाउन ल्याइएका जनावर पखाल्ने गरिन्थ्यो।+

३९ यो प्रवेशद्वारको दलानको दुवै छेउमा दुई-दुई वटा टेबुल थिए। ती टेबुलहरूमा अग्निभेटी,+ पापभेटी*+ र दोषभेटीको*+ लागि ल्याइएका जनावर काट्‌ने गरिन्थ्यो। ४० उत्तरको यो प्रवेशद्वारको ढोकाबाहिर खुट्‌किलाको दुवै छेउमा दुई-दुई वटा टेबुल थिए। ढोकाभित्र पनि दलानको दुवै छेउमा दुई-दुई वटा टेबुल थिए। ४१ प्रवेशद्वारमा जम्मा आठ वटा टेबुल थिए—दायाँपट्टि चार वटा र बायाँपट्टि चार वटा। ती टेबुलमा भेटी चढाउन ल्याइएका जनावरहरू काटिन्थे। ४२ अग्निभेटीको जनावर काट्‌न प्रयोग गरिने चार वटा टेबुल ढुङ्‌गाले* बनेका थिए। ती टेबुलहरू डेढ हात लामा, डेढ हात चौडा अनि एक हात अग्ला थिए। अग्निभेटी र बलि चढाउन ल्याइएका जनावर काट्‌ने हतियारहरू ती टेबुलहरूमा राखिन्थे। ४३ भित्री पर्खालमा चारैतिर चार अङ्‌गुल चौडाइ भएका तख्ताहरू थिए। भेटीको मासु पनि टेबुलहरूमा राखिन्थ्यो।

४४ भित्री प्रवेशद्वारको बाहिर गायकहरूका लागि भोजनकक्षहरू थिए।+ ती भोजनकक्षहरू भित्री चोकको उत्तरपट्टिको प्रवेशद्वारनजिकै थिए। तिनीहरूको मोहडा दक्षिणपट्टि फर्केका थिए। पूर्वपट्टिको प्रवेशद्वारनजिकै अर्को एउटा भोजनकक्ष पनि थियो। त्यसको मोहडा उत्तरपट्टि फर्केको थियो।

४५ तिनले मलाई भने: “दक्षिणपट्टि फर्केको यो भोजनकक्ष मन्दिरमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ४६ उत्तरपट्टि फर्केको भोजनकक्षचाहिँ वेदीमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ती पुजारीहरू लेविको कुलको सादोकका सन्तान हुन्‌।+ तिनीहरू यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्न खटाइएका लेवीहरू हुन्‌।”+

४७ त्यसपछि तिनले भित्री चोकको नाप लिए। यसको लम्बाइ १०० हात अनि चौडाइ १०० हात थियो। यो वर्गाकार थियो। मन्दिरको अगाडि एउटा वेदी थियो।

४८ त्यसपछि तिनले मलाई मन्दिरको दलानमा लगे।+ तिनले दलानको छेउमा भएको खम्बाको नाप लिए। त्यसको लम्बाइ पाँच हात अनि चौडाइ तीन हात थियो। दलानको दायाँ छेउ र बायाँ छेउमा यही नापका एक-एक वटा खम्बा थिए।

४९ मन्दिरको दलान २० हात लामो अनि ११ हात* चौडा थियो। खुट्‌किलाहरू चढेपछि मानिसहरू दलानमा पुग्थे। दलानको दुवैपट्टिका खम्बाहरूको छेउमा एक-एक वटा खम्बा थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने