प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt यहोसु १:१-२४:३३
  • यहोसु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोसु
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
यहोसु

यहोसु

१ यहोवा परमेश्‍वरका सेवक मोसाको मृत्यु भएपछि मोसाका सहायक यहोसु,* जो नुनका छोरा थिए,+ तिनलाई यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: २ “मेरो सेवक मोसाको मृत्यु भइसक्यो।+ त्यसैले तिमी तयार होऊ र सबै इस्राएलीलाई लिएर यर्दनपारि मैले तिनीहरूलाई दिन लागेको देशमा जाऊ।+ ३ तिमीहरूले जुन-जुन ठाउँमा पाइला टेक्नेछौ, ती सबै ठाउँ मोसासित मैले प्रतिज्ञा गरेअनुसारै म तिमीहरूलाई दिनेछु।+ ४ तिमीहरूको सिमाना यस निर्जनभूमिदेखि लेबनान र महानदी युफ्रेटिससम्म, जुन हित्तीहरूको इलाका+ हो र पश्‍चिममा महासागरसम्म* फैलिनेछ।+ ५ तिम्रो जीवनभर तिमीलाई कसैले हराउन सक्नेछैन।+ जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु।+ म तिमीलाई छोड्‌नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।+ ६ साहसी र बलियो होऊ!+ किनभने यी मानिसहरूलाई जुन देश दिन्छु भनेर मैले यिनीहरूका पुर्खाहरूसित शपथ खाएको थिएँ, त्यो देश अधिकार गर्न तिमीले नै यिनीहरूलाई लैजानेछौ।+

७ “साहसी र खूब बलियो होऊ! अनि मेरा सेवक मोसाले दिएको व्यवस्थाको एक-एक कुरा होसियारीसाथ पालन गर। यसबाट तर्केर दायाँबायाँ नलाग;+ यसो गऱ्‍यौ भने जहाँ गए पनि तिमीले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नेछौ।+ ८ व्यवस्थाको यो पुस्तक तिम्रो मुखबाट नहटोस्‌।+ तिमीले यसमा दिनरात मनन गर्नू।* तब तिमीले यसमा लेखिएका एक-एक कुरा होसियार भई पालन गर्न सक्नेछौ।+ यसो गऱ्‍यौ भने तिमी सफल हुनेछौ र तिमीले बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्नेछौ।+ ९ म तिमीलाई फेरि भन्छु, साहसी र बलियो होऊ! नडराऊ र नआत्तिऊ किनभने तिमी जहाँ गए पनि यहोवा तिम्रा परमेश्‍वर तिमीसँग हुनुहुनेछ।”+

१० त्यसपछि यहोसुले इस्राएलीहरूका अफिसरहरूलाई यस्तो आज्ञा दिए: ११ “इस्राएलीहरूको पूरै छाउनीमा जाओ र तिनीहरूलाई यस्तो आज्ञा देओ: ‘तिमीहरूले आफ्नो लागि खानेकुराको बन्दोबस्त गर किनभने अबको तीन दिनमा तिमीहरू यर्दन नदी तर्नेछौ र यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देश कब्जा गर्नेछौ।’”+

१२ अनि यहोसुले रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुललाई यसो भने: १३ “यहोवा परमेश्‍वरका सेवक मोसाले तिमीहरूलाई दिएको यो आज्ञा सम्झ:+ ‘यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सुरक्षित राख्नुहुनेछ र तिमीहरू शान्तसित रहनेछौ। अनि उहाँले यो देश तिमीहरूलाई दिनुभएको छ। १४ यर्दन नदीको यस छेउमा* मोसाले तिमीहरूलाई दिएको इलाकामा तिमीहरूका पत्नी, बालबच्चा अनि वस्तुभाउ बसून्‌।+ तर तिमीहरू सबै वीर योद्धाचाहिँ+ दल-दल बनाएर अरू कुलभन्दा अघिअघि नदी पार गर्नू।+ तिमीहरूले अरू कुलका दाजुभाइलाई तबसम्म मदत गर्नू, १५ जबसम्म यहोवा परमेश्‍वरले तिनीहरूलाई पनि तिमीहरूलाई जस्तै शान्ति र सुरक्षा दिनुहुन्‍न अनि यहोवा परमेश्‍वरले दिनुहुने इलाका तिनीहरूले हासिल गर्दैनन्‌। त्यसपछि यहोवा परमेश्‍वरका सेवक मोसाले तिमीहरूलाई दिएको यर्दन नदीको पूर्वपट्टिको इलाकामा फर्कनू र त्यहाँ बसोबास गर्नू।’”+

१६ यो सुनेपछि तिनीहरूले यहोसुलाई भने: “तपाईँले हामीलाई जे-जे आज्ञा गर्नुहुन्छ, हामी ती सबै पालन गर्नेछौँ र तपाईँले हामीलाई जहाँ-जहाँ पठाउनुहुन्छ, त्यहाँ-त्यहाँ जानेछौँ।+ १७ मोसाको एक-एक कुरा मानेझैँ हामी तपाईँको कुरा पनि मान्‍नेछौँ। तपाईँका परमेश्‍वर यहोवाले मोसालाई साथ दिनुभएझैँ तपाईँलाई पनि साथ देऊन्‌।+ १८ कुनै मानिस तपाईँविरुद्ध खडा हुन्छ र तपाईँको आज्ञा पालन गर्दैन भने ऊ मारिनेछ।+ केवल साहसी र बलियो हुनुहोस्‌।”+

२ त्यसपछि नुनका छोरा यहोसुले सित्तिमबाट+ सुटुक्क दुई जना मानिसलाई जासुसी गर्न पठाए। यहोसुले तिनीहरूलाई भने: “जाओ र त्यो देश, खासगरि यरिहोबारे सबै कुरा बुझेर आओ।” ती दुई जना जासुस गए अनि राहाब+ नाम गरेकी वेश्‍याको घरमा पुगे र तिनीहरू त्यहीँ बसे। २ तब यरिहोका राजाकहाँ यस्तो खबर पुऱ्‍याइयो: “महाराज! हाम्रो देशको जासुसी गर्न इस्राएली पुरुषहरू आज साँझ यहाँ आएका छन्‌।” ३ यो सुनेपछि यरिहोका राजाले राहाबकहाँ यस्तो खबर पठाए: “तेरो घरमा बसिरहेका ती पुरुषहरूलाई बाहिर निकाल्‌ किनकि तिनीहरू हाम्रो पूरै देशको जासुसी गर्न आएका हुन्‌।”

४ तर राहाबले ती दुई जना पुरुषलाई लुकाइसकेकी थिइन्‌। तिनले भनिन्‌: “हो, ती मानिसहरू मकहाँ आएका थिए तर तिनीहरू कहाँबाट आएका हुन्‌, मलाई थाह भएन। ५ अँध्यारो भएपछि सहरको ढोका बन्द हुनुअघि नै तिनीहरू यहाँबाट निस्के। त्यसपछि तिनीहरू कहाँ गए, मलाई थाह छैन। तपाईँहरू तुरुन्तै खोज्न जानुभयो भने तिनीहरूलाई भेट्टाउनुहुनेछ।” ६ (वास्तवमा राहाबले ती जासुसहरूलाई छतमा लगेर आलसका डाँठहरूमुनि लुकाएकी थिइन्‌।) ७ त्यसैले राजाका मानिसहरू ती जासुसहरूलाई खोज्न यर्दन नदीको जँघारतिर* दौडेर गए+ अनि राजाका मानिसहरू सहरबाहिर निस्केपछि सहरका ढोकाहरू बन्द गरियो।

८ अनि जासुसहरू निदाउनुअघि राहाब तिनीहरूलाई भेट्‌न छतमा गइन्‌। ९ तिनले ती जासुसहरूलाई भनिन्‌: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई यो देश दिनुहुनेछ भनेर मलाई थाह छ।+ तपाईँहरूले गर्दा हामी सबै डराएका छौँ + र यहाँका सबै मानिस आत्तिएका छन्‌।+ १० किनभने तपाईँहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्‍वरले कसरी तपाईँहरूकै अगाडि लाल समुद्रको पानी सुकाउनुभयो+ अनि यर्दनपारि* तपाईँहरूले एमोरीहरूका दुई जना राजा सिहोन+ र ओगलाई+ कसरी मार्नुभयो, त्यो हामीले सुनेका छौँ। ११ त्यो सुनेर हामी असाध्यै डरायौँ। तपाईँहरूले गर्दा हामी सबैको हौसला टुटिसकेको छ किनभने तपाईँहरूका परमेश्‍वर यहोवा नै स्वर्ग र पृथ्वीको ईश्‍वर हुनुहुन्छ।+ १२ मैले तपाईँहरूलाई दया* देखाएँ। त्यसैले तपाईँहरूले पनि मेरो बुबाको घरानालाई दया* देखाउनुहुनेछ भनेर यहोवा परमेश्‍वरको नाममा कृपया कसम खानुहोस्‌ अनि तपाईँहरूले आफ्नो वचन पूरा गर्नुहुनेछ भनेर मलाई एउटा भरपर्दो चिन्ह दिनुहोस्‌। १३ तपाईँहरूले मेरा बुबा, आमा, दाजुभाइ, दिदीबहिनी र तिनीहरूको घरमा भएका सबैलाई जोगाइदिनुहोस्‌; हामीलाई मृत्युको मुखमा पर्न नदिनुहोस्‌।”+

१४ यो सुनेपछि ती जासुसहरूले राहाबलाई भने: “यदि हामीले आफ्नो वाचा पूरा गरेनौँ भने तिम्रो सट्टा हाम्रै ज्यान जाओस्‌! हाम्रो विषयमा तिमीले कसैलाई भनिनौ भने यहोवा परमेश्‍वरले हामीलाई यो देश दिनुहुँदा तिमीलाई दया* देखाउनेछौँ र हामीले दिएको वचन पूरा गर्नेछौँ।” १५ त्यसपछि राहाबले झ्यालमा डोरी बाँधेर तिनीहरूलाई त्यहीँबाट तल ओरालिदिइन्‌ किनभने तिनको घर सहरको पर्खालमै जोडिएको थियो। वास्तवमा तिनको घर सहरको पर्खालमाथि बनाइएको थियो।+ १६ अनि तिनले ती जासुसहरूलाई भनिन्‌: “तपाईँहरू भागेर पहाडी इलाकातिर जानुहोस्‌ र त्यहाँ तीन दिनसम्म लुकेर बस्नुहोस्‌ नत्र त राजाका मानिसहरूले तपाईँहरूलाई भेट्टाउनेछन्‌। अनि ती मानिसहरू सहरमा फर्किसकेपछि तपाईँहरू आफ्नो बाटो लाग्नुहोस्‌।”

१७ ती जासुसहरूले राहाबलाई भने: “तिमीले हामीलाई जे शपथ खान लगाएकी छ्यौ, त्यो हामी अवश्‍य पूरा गर्नेछौँ र हामीलाई कुनै दोष लाग्नेछैन।+ १८ तर जुन झ्यालबाट तिमीले हामीलाई तल ओराल्यौ, हामी फेरि आउँदा त्यही झ्यालमा तिमीले यो रातो डोरी बाँधिराख्नुपर्छ। अनि तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रो बुबाको घरानाका सबैलाई तिमीले यहीँ भेला गर्नुपर्छ।+ १९ यदि कोही तिम्रो घरबाट निस्केर बाहिर खुला ठाउँमा गयो भने उसको रगतको दोष उसकै थाप्लोमा पर्नेछ र हामी त्यसको दोषबाट मुक्‍त हुनेछौँ। तर तिम्रो घरभित्र हुनेहरूमध्ये कसैलाई हानि पुग्यो भने उसको रगतको दोष हाम्रो थाप्लोमा परोस्‌। २० अनि यदि तिमीले हाम्रो विषयमा कसैलाई बतायौ भने+ तिमीले हामीलाई जुन शपथ खान लगाएकी छ्यौ, त्यसबाट हामी मुक्‍त हुनेछौँ र हामीलाई कुनै दोष लाग्नेछैन।” २१ तब राहाबले तिनीहरूलाई भनिन्‌: “तपाईँहरूले भनेअनुसारै होस्‌।”

यति भनेर तिनले ती जासुसहरूलाई पठाइदिइन्‌ अनि तिनीहरू आफ्नो बाटो लागे। त्यसपछि राहाबले आफ्नो घरको झ्यालमा त्यो रातो डोरी बाँधिन्‌। २२ अनि तिनीहरू त्यहाँबाट पहाडी इलाकातिर गए र तिनीहरूलाई खोज्न आएका मानिसहरू फर्केर नजाउन्जेल तीन दिनसम्म त्यहीँ बसे। राजाका मानिसहरूले तिनीहरूलाई त्यहाँका सबै बाटोमा गएर धुइँधुइँती खोजे तर भेट्टाउन सकेनन्‌। २३ तब ती दुई जना जासुस पहाडी इलाकाबाट तल ओर्लेर नदी तरे अनि नुनका छोरा यहोसुकहाँ गए। जासुसी गर्न जाँदा के-के भयो भनी तिनीहरूले यहोसुलाई सबै कुरा बताए। २४ अनि तिनीहरूले यहोसुलाई भने: “यहोवा परमेश्‍वरले पूरै देश हामीलाई सुम्पनुभएको छ।+ वास्तवमा त्यस देशका सबै मानिस हामीले गर्दा आत्तिएका छन्‌।”+

३ यहोसु बिहान सबेरै उठे। त्यसपछि तिनी सबै इस्राएलीलाई लिएर सित्तिमबाट+ हिँडे र यर्दन नदीमा पुगे। तर तुरुन्तै नदी तर्नुको सट्टा तिनीहरू त्यस रात त्यहीँ बास बसे।

२ तीन दिनपछि इस्राएलीहरूका अफिसरहरू+ पूरै छाउनीमा गए ३ र मानिसहरूलाई यस्तो आज्ञा गरे: “लेवी पुजारीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको करारको सन्दुक* बोकेर हिँडेको देख्नेबित्तिकै+ तिमीहरू पनि आ-आफ्नो ठाउँबाट हिँड र त्यसको पछि लाग। ४ तिमीहरू यो बाटो कहिल्यै हिँडेका छैनौ। त्यसैले सन्दुकलाई पछ्यायौ भने कुन बाटो जानुपर्ने हो, थाह पाउनेछौ। तर तिमीहरू करारको सन्दुकभन्दा २ हजार हात* टाढै बस, त्यसभन्दा नजिक नजाओ।”

५ अनि यहोसुले इस्राएलीहरूलाई भने: “तिमीहरू सबै तयार होओ!*+ किनकि भोलि यहोवा परमेश्‍वरले तिमीहरूसामु अचम्मलाग्दा कामहरू गर्नुहुनेछ।”+

६ त्यसपछि यहोसुले पुजारीहरूलाई भने: “करारको सन्दुक बोक+ र अघिअघि हिँड।” त्यसैले तिनीहरूले करारको सन्दुक बोके र मानिसहरूको अघिअघि हिँडे।

७ अनि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “आजदेखि सारा इस्राएलीको नजरमा म तिमीलाई उच्च पार्नेछु।+ तब जसरी म मोसासँग थिएँ, त्यसैगरि तिमीसँग पनि हुनेछु भनेर तिनीहरूले थाह पाउनेछन्‌।+ ८ करारको सन्दुक बोक्ने पुजारीहरूलाई यस्तो आज्ञा देऊ: ‘यर्दन नदीको किनारमा पुगेर पानीमा पाइला हालेपछि तिमीहरू त्यहीँ उभिरहनू।’”+

९ त्यसपछि यहोसुले इस्राएलीहरूलाई भने: “यहाँ आओ र यहोवा तिमीहरूका परमेश्‍वरले के भन्‍नुभएको छ, सुन!” १० अनि यहोसुले भने: “यो देखेपछि जीवित परमेश्‍वर तिमीहरूसित हुनुहुन्छ+ र उहाँले कनानी, हित्ती, हिव्वी, परिज्जी, गिर्गासी, एमोरी र यबुसीहरूलाई अवश्‍य धपाउनुहुनेछ भनेर तिमीहरूले थाह पाउनेछौ।+ ११ हेर! सारा पृथ्वीका मालिकको करारको सन्दुक तिमीहरूभन्दा अघिअघि यर्दन नदीमा जाँदै छ। १२ अब तिमीहरूले इस्राएलीहरूको हरेक कुलबाट एक-एक गरी १२ जना पुरुष छान।+ १३ अनि सारा पृथ्वीका मालिक यहोवा परमेश्‍वरको करारको सन्दुक बोक्ने पुजारीहरूले यर्दन नदीमा पाइला हाल्नेबित्तिकै मास्तिरबाट बग्दै आइरहेको नदीको पानी रोकिनेछ र पानीको ठूलो पर्खालजस्तै बन्‍नेछ।”+

१४ त्यसैले जब मानिसहरूले यर्दन नदी तर्न आ-आफ्ना पाल उठाए, तब करारको सन्दुक बोकेका पुजारीहरू+ तिनीहरूको अघिअघि गए। १५ सन्दुक बोकेका पुजारीहरूले यर्दन नदीमा पुगेर पानीमा पाइला हाल्नेबित्तिकै (कटनीको मौसममा यर्दन नदी किनारासम्मै उर्लेर आउँथ्यो)+ १६ मास्तिरबाट बग्दै आइरहेको नदीको पानी रोकियो। त्यो नदी धेरै टाढा आदममा (जारेथान नजिकैको सहर) रोकिएर ठूलो पर्खालजस्तै बन्यो। बाँकी पानीचाहिँ अराबाह समुद्र अर्थात्‌ खारा समुद्रतिर* बगेर गयो। यसरी नदी बग्न बन्द भयो अनि इस्राएलीहरू नदी पार गरेर यरिहोमा पुगे। १७ यहोवा परमेश्‍वरको करारको सन्दुक बोकेका पुजारीहरू यर्दन नदीको बीचमा सुक्खा जमिनमा उभिरहँदा+ सबै इस्राएलीले सुक्खा ठाउँबाट नदी पार गरे।+ सबैले यर्दन नदी पार नगरुन्जेल ती पुजारीहरू त्यहीँ उभिरहे।

४ सबै इस्राएलीले यर्दन नदी पार गरेपछि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: २ “इस्राएलीहरूको हरेक कुलबाट एक-एक गरी १२ जना पुरुष छान+ ३ अनि तिनीहरूलाई यस्तो आज्ञा देऊ: ‘यर्दन नदीको बीचमा जहाँ पुजारीहरू उभिरहेका छन्‌,+ त्यहाँबाट १२ वटा ढुङ्‌गा बोकेर ल्याऊ र राती बास बस्ने ठाउँमा ती ढुङ्‌गाहरू थुपार।’”+

४ तब यहोसुले इस्राएलीहरूको हरेक कुलबाट छानेका ती १२ जना पुरुषलाई बोलाए ५ र यसो भने: “तिमीहरू यर्दन नदीको बीचमा यहोवा तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको* अगाडि जाऊ र इस्राएलीहरूका कुलको सङ्‌ख्याअनुसार एउटा-एउटा ढुङ्‌गा आफ्नो काँधमा बोकेर ल्याऊ। ६ यो तिमीहरूको लागि एउटा चिन्ह हुनेछ। अनि पछि तिमीहरूका छोराछोरीले ‘यी ढुङ्‌गाहरू किन यहाँ छन्‌’ भनेर सोधेमा+ ७ तिमीहरूले यस्तो जवाफ दिनू: ‘यहोवा परमेश्‍वरको करारको सन्दुकको अगाडि यर्दन नदीको पानी बग्न बन्द भएको थियो।+ त्यसलाई यर्दनपारि नपुऱ्‍याउन्जेल नदीको पानी रोकिएको थियो। यी ढुङ्‌गाहरू इस्राएलीहरूको निम्ति सधैँभरिको लागि सम्झनाको चिन्ह हुनेछ।’”+

८ त्यसैले इस्राएलीहरूले यहोसुको आज्ञाअनुसारै गरे। यहोवा परमेश्‍वरले यहोसुलाई निर्देशन दिनुभएबमोजिम तिनीहरूले यर्दन नदीको बीचबाट इस्राएलीहरूका कुलको सङ्‌ख्याबराबर १२ वटा ढुङ्‌गा लिए। अनि राती बास बस्ने ठाउँसम्म तिनीहरूले ती ढुङ्‌गा बोकेर लगे र त्यहीँ थुपारे।

९ यर्दन नदीको बीचमा जहाँ पुजारीहरू करारको सन्दुक बोकेर उभिरहेका थिए,+ यहोसुले त्यहाँ पनि १२ वटा ढुङ्‌गा राखे। ती ढुङ्‌गाहरू आजसम्म त्यहीँ छन्‌।

१० मोसाले यहोसुलाई जे-जे अह्राएका थिए अनि यहोवा परमेश्‍वरले यहोसुलाई जे-जे आज्ञा दिनुभएको थियो, ती सबै इस्राएलीहरूले नगरुन्जेल करारको सन्दुक बोकेका पुजारीहरू यर्दन नदीको बीचमा उभिरहे। अनि त्यतिन्जेल इस्राएलीहरूले छिटोछिटो यर्दन नदी पार गरे। ११ सबै इस्राएलीले नदी पार गरिसकेपछि यहोवाको सन्दुक बोकेका पुजारीहरूले पनि तिनीहरूकै आँखाअगाडि यर्दन नदी पार गरे।+ १२ रुबेनको कुल, गादको कुल अनि मनस्सेको आधा कुलचाहिँ मोसाले तिनीहरूलाई आज्ञा गरेअनुसारै+ अरू इस्राएलीहरूभन्दा अघिअघि सेनाजस्तै दल-दल बनाएर+ नदी पार गरे। १३ लडाइँको लागि तयार भएका लगभग ४० हजार सिपाही यहोवा परमेश्‍वरको सामने नदी पार गरेर यरिहोको मरुभूमितिर लागे।

१४ त्यो दिन यहोवा परमेश्‍वरले सबै इस्राएलीको नजरमा यहोसुलाई उच्च पार्नुभयो+ र तिनीहरूले यहोसुलाई तिनी बाँचुन्जेल मोसालाई जस्तै गहिरो आदर गरे।*+

१५ यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: १६ “साक्षीपाटी* राखिएको सन्दुक+ बोकेका पुजारीहरूलाई यर्दन नदीबाट निस्किने आज्ञा देऊ।” १७ तब यहोसुले पुजारीहरूलाई यस्तो आज्ञा दिए: “यर्दन नदीबाट निस्क।” १८ यहोवाको करारको सन्दुक बोकेका पुजारीहरूले+ यर्दन नदीको बीचबाट निस्केर सुक्खा जमिनमा पाइला टेक्नेबित्तिकै पानी बग्न थाल्यो र पहिलाजस्तै किनारासम्मै पानी उर्लेर आयो।+

१९ यसरी पहिलो महिनाको दसौँ दिन इस्राएलीहरूले यर्दन नदी पार गरे र यरिहोको पूर्वपट्टिको सिमाना गिलगालमा पाल टाँगे।+

२० तिनीहरूले यर्दन नदीबाट ल्याएका १२ वटा ढुङ्‌गा यहोसुले गिलगालमा थुपारे।+ २१ त्यसपछि तिनले इस्राएलीहरूलाई भने: “पछि तिमीहरूका बालबच्चाले तिमीहरूलाई यस्तो प्रश्‍न गर्लान्‌: ‘यी ढुङ्‌गाहरू यहाँ किन राखेको?’+ २२ तब तिमीहरूले यसरी बुझाउनू: ‘इस्राएलीहरूले सुक्खा जमिन हुँदै यर्दन नदी पार गरे।+ २३ जसरी हामीले लाल समुद्र पार गर्दा यहोवा तिमीहरूका परमेश्‍वरले हाम्रै अगाडि समुद्रको पानी सुकाइदिनुभएको थियो, त्यसरी नै हामीले यर्दन नदी पार नगरुन्जेल यहोवा तिमीहरूका परमेश्‍वरले हाम्रै अगाडि नदीको पानी सुकाइदिनुभयो।+ २४ पृथ्वीका सबै मानिसले यहोवा परमेश्‍वरको हात कत्ति शक्‍तिशाली छ भनेर थाह पाऊन्‌ र तिमीहरूले सधैँ यहोवा आफ्ना परमेश्‍वरको डर मान भनेर उहाँले यस्ता चमत्कारहरू गर्नुभएको थियो।’”+

५ इस्राएलीहरूले यर्दन नदी पार नगरुन्जेल यहोवा परमेश्‍वरले नदीको पानी सुकाइदिनुभयो भनेर यर्दनको पश्‍चिमपट्टिका सबै एमोरी+ राजा अनि समुद्रको किनाराका सबै कनानी+ राजाले सुने। यो कुरा सुनेपछि तिनीहरू असाध्यै डराए+ अनि इस्राएलीहरूले गर्दा तिनीहरूको हौसला टुट्‌यो।+

२ तब यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “ढुङ्‌गाका धारिला हतियारहरू* बनाऊ र इस्राएलका पुरुषहरूको खतना* गराऊ।”*+ ३ त्यसैले यहोसुले ढुङ्‌गाको धारिला हतियारहरू बनाए र गिबियथ-हाअरालोथमा* इस्राएली पुरुषहरूको खतना गराए।+ ४ यहोसुले तिनीहरूको खतना गराउनुको कारण यस्तो थियो: मिश्रबाट आउँदा जति पनि पुरुषहरू लडाइँमा भाग लिन योग्य थिए,* तिनीहरू निर्जनभूमिमा यात्राको बेला मरिसकेका थिए।+ ५ मिश्रबाट आएका सबै पुरुषको खतना गरिएको थियो तर मिश्रबाट निस्केर निर्जनभूमिमा यात्रा गरेको बेला जन्मेका छोराहरूको भने खतना गरिएको थिएन। ६ मिश्रबाट निस्केपछि लडाइँमा जान सक्ने उमेरका पुरुषहरू सबैले, भनौँ भने पूरै जातिले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌।+ त्यसैले तिनीहरू सबै नमरेसम्म इस्राएलीहरू ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिनुपऱ्‍यो।+ यहोवा परमेश्‍वरले दूध र मह बग्ने+ जुन देश आफ्नो प्रजालाई* दिन्छु भनेर तिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो,+ त्यो देश ती अनाज्ञाकारी इस्राएलीहरूले कहिल्यै देख्न पाउनेछैनन्‌ भनी यहोवा परमेश्‍वरले तिनीहरूसित शपथ खानुभयो।+ ७ त्यसैले परमेश्‍वरले तिनीहरूको सट्टा तिनीहरूका छोराहरूलाई रोज्नुभयो।+ यहोसुले उनीहरूको खतना गराइदिए किनभने यात्राको बेला उनीहरूको खतना गरिएको थिएन।

८ सबै पुरुषको खतना गरेपछि घाउ निको नभएसम्म तिनीहरूले आ-आफ्नै पालमा आराम गरे।

९ त्यसपछि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “मिश्रीहरूले तिमीहरूमाथि थोपरेको बदनामी आज मैले हटाइदिएको छु।”* त्यसैले आजसम्म पनि त्यस ठाउँलाई गिलगाल*+ भनिन्छ।

१० इस्राएलीहरू यरिहोको मरुभूमिमा पर्ने गिलगालमै पाल टाँगेर बसिरहे अनि त्यहाँ तिनीहरूले त्यस महिनाको १४ औँ दिनको साँझ निस्तार चाड* मनाए।+ ११ निस्तार चाडको भोलिपल्टदेखि तिनीहरूले त्यस ठाउँको उब्जनी खान थाले। त्यो दिन तिनीहरूले खमिर* नहालेको रोटी+ र भुटेको अन्‍न खाए। १२ तिनीहरूले त्यस देशको अन्‍न खान थालेको दिनदेखि मन्‍न* पाइन छोड्‌यो। त्यसपछि इस्राएलीहरूले कहिल्यै मन्‍न पाएनन्‌।+ त्यस वर्षदेखि तिनीहरूले कनान देशको उब्जनी खान थाले।+

१३ एकदिन, जब यहोसु यरिहोनजिकै थिए, तब तिनले एक जना मानिस+ हातमा तरबार लिएर उभिरहेको देखे।+ यहोसुले त्यस मानिसकहाँ गएर सोधे: “तपाईँ हाम्रो पक्षमा हुनुहुन्छ कि हाम्रा शत्रुहरूको?” १४ ती मानिसले यस्तो जवाफ दिए: “म कसैको पक्षमा छैनँ। म यहोवा परमेश्‍वरको सेनाको राजकुमार* हुँ।”+ यो सुनेपछि भुईँमा घोप्टो परेर दण्डवत्‌ गर्दै यहोसुले तिनलाई भने: “यस सेवकको लागि प्रभुको आज्ञा के छ?” १५ यहोवा परमेश्‍वरको सेनाको राजकुमारले यहोसुलाई भने: “तिम्रो जुत्ता फुकाल किनकि तिमी उभिरहेको ठाउँ पवित्र छ।” यो सुन्‍नेबित्तिकै यहोसुले जुत्ता फुकाले।+

६ इस्राएलीहरूले आक्रमण गर्लान्‌ भन्‍ने डरले यरिहो सहरका मूलढोकाहरू पूरै बन्द गरिएको थियो। त्यसैले कोही पनि भित्रबाहिर गर्न सक्दैनथ्यो।+

२ यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “हेर, यरिहो सहर, यसको राजा र यसका वीर योद्धाहरूलाई मैले तिम्रो हातमा सुम्पेको छु।+ ३ तिमीले हरेक दिन यस सहरलाई आफ्ना लडाकुहरूसँगै एक फन्को लगाउनू। छ दिनसम्म तिमीहरूले त्यसै गर्नू। ४ सात जना पुजारीलाई थुमाको एक-एक वटा सिङ बोकेर करारको सन्दुकको* अघिअघि हिँड्‌न लगाउनू। तर सातौँ दिनचाहिँ तिमीहरूले यस सहरलाई सात चोटि फन्को लगाउनू र पुजारीहरूले थुमाको सिङ फुकून्‌।+ ५ थुमाको सिङ फुकेको आवाज* सुन्‍नेबित्तिकै लडाइँ गर्न आएका मानिसहरूको जस्तो ठूलो स्वरले सबै जना कराऊन्‌। त्यसपछि सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्नेछ+ अनि योद्धाहरू सबै सीधै सहरभित्र पसून्‌।”

६ त्यसपछि नुनका छोरा यहोसुले पुजारीहरूलाई बोलाएर भने: “यहोवा परमेश्‍वरको करारको सन्दुक बोक अनि सन्दुकको अघिअघि सात जना पुजारी थुमाको एक-एक वटा सिङ बोकेर हिँडून्‌।”+ ७ अनि तिनले योद्धाहरूलाई भने: “अघि बढेर सहरलाई फन्को मार अनि हतियारधारीहरूचाहिँ+ यहोवाको सन्दुकको अघिअघि हिँड।” ८ यहोसुले भनेझैँ सात जना पुजारी थुमाको एक-एक वटा सिङ बोकेर यहोवा परमेश्‍वरको अघिअघि हिँडे र तिनीहरूले सिङ फुके। यहोवा परमेश्‍वरको करारको सन्दुकचाहिँ तिनीहरूको पछिपछि थियो। ९ अनि हतियार भिरेका योद्धाहरूको दलचाहिँ सिङ फुक्दै हिँडेका पुजारीहरूभन्दा अघिअघि गयो। योद्धाहरूको अर्को दलचाहिँ सुरक्षाको निम्ति सन्दुकको पछिपछि हिँड्‌यो। पुजारीहरूले भने सिङ फुकिरहे।

१० यहोसुले योद्धाहरूलाई यस्तो आदेश दिएका थिए: “तिमीहरू नकराउनू; तिमीहरूले मुखबाट पटक्कै आवाज ननिकाल्नू। जबसम्म म ‘कराओ!’ भन्दिनँ, तबसम्म तिमीहरूले एक शब्द नबोल्नू। तर जुन दिन म ‘कराओ!’ भन्छु, त्यो दिनचाहिँ कराउनू।” ११ त्यसपछि यहोसुले तिनीहरूलाई यहोवा परमेश्‍वरको करारको सन्दुकसहित एक चोटि सहरको फन्को मार्न लगाए। सहरलाई फन्को लगाएपछि तिनीहरू छाउनीमा फर्के र राती त्यहीँ बास बसे।

१२ भोलिपल्ट यहोसु सबेरै उठे र पुजारीहरूले यहोवा परमेश्‍वरको सन्दुक बोके।+ १३ अनि थुमाको सिङ बोकेका सात जना पुजारी यहोवा परमेश्‍वरको करारको सन्दुकको अघिअघि सिङ फुक्दै हिँडे। हतियार भिरेका योद्धाहरूको दलचाहिँ पुजारीहरूभन्दा अघिअघि थियो अनि योद्धाहरूको अर्को दल सुरक्षाको निम्ति यहोवा परमेश्‍वरको सन्दुकको पछिपछि हिँड्‌यो। पुजारीहरूले भने सिङ फुकिरहे। १४ दोस्रो दिन पनि तिनीहरूले सहरलाई एक फन्को लगाए अनि छाउनीमा फर्के। तिनीहरूले यसरी नै छ दिनसम्म सहरलाई फन्को लगाए।+

१५ सातौँ दिन तिनीहरू बिहान उज्यालो हुनेबित्तिकै उठे र हरेक दिनजस्तै सहरलाई फन्को लगाए। तर यो सातौँ दिनमा चाहिँ तिनीहरूले सहरलाई सात चोटि फन्को लगाए।+ १६ सातौँ पटक सहरलाई फन्को लगाउँदा पुजारीहरूले सिङ फुकेपछि यहोसुले योद्धाहरूलाई भने: “कराओ!+ यहोवा परमेश्‍वरले तिमीहरूलाई यो सहर सुम्पनुभएको छ। १७ सहर र यसमा भएका सबै थोक नाश गर्नू;+ ती सबै यहोवा परमेश्‍वरका हुन्‌। वेश्‍या राहाब+ र तिनको घरमा भएका मानिसहरूलाई मात्र जीवित छोड्‌नू किनभने हाम्रा जासुसहरूलाई तिनले आफ्नो घरमा लुकाएकी थिइन्‌।+ १८ नाश गर्नुपर्ने थोकहरूदेखि तिमीहरू टाढै बस+ नत्र त तिमीहरूमा लोभ जाग्ला र ती लेऔला।+ ती थोकहरू छाउनीमा ल्यायौ भने पूरै छाउनी विनाशको लायक ठहरिनेछ र हामी सबैमाथि विपत्ति* आइपर्नेछ।+ १९ तर सबै सुनचाँदी अनि तामा र फलामका सरसामान यहोवा परमेश्‍वरको नजरमा पवित्र छन्‌।+ ती सबै यहोवा परमेश्‍वरको भण्डारमा लैजानू।”+

२० सिङ फुकेको आवाज सुनेपछि योद्धाहरू कराए।+ तिनीहरू लडाइँ गर्न आएका मानिसहरूजस्तो ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो।+ त्यसपछि योद्धाहरूले सीधै सहरभित्र पसेर सहर कब्जा गरे। २१ तिनीहरूले पुरुष, स्त्री, वृद्ध र जवान सबैलाई अनि गोरु, भेडा र गधा सबैलाई तरबारले मारे।+

२२ अनि त्यस सहरको जासुसी गर्न गएका दुई जनालाई बोलाएर यहोसुले भने: “ती वेश्‍याको घरमा जाऊ र तिनको घरमा भएका सबैलाई बाहिर निकालेर आफ्नो वाचा पूरा गर।”+ २३ त्यसैले ती युवा जासुसहरू गए अनि राहाब, तिनका बुबाआमा, दाजुभाइ र तिनीसँग भएका सबैलाई, हो तिनको पूरै परिवारलाई घरबाट बाहिर ल्याए+ र इस्राएलीहरूको छाउनीबाहिर सुरक्षित ठाउँमा लगे।

२४ त्यसपछि तिनीहरूले त्यो सहर र त्यसमा भएका सबै थोकमा आगो लगाइदिए। तर सबै सुनचाँदी अनि तामा र फलामका सरसामान भने यहोवा परमेश्‍वरको भण्डारको लागि दिए।+ २५ यहोसुले वेश्‍या राहाब, तिनको बुबाको घराना र तिनीसँग भएकाहरूलाई मात्र जीवित राखे।+ किनभने यरिहोको जासुसी गर्न यहोसुले पठाएका मानिसहरूलाई तिनले लुकाएर राखेकी थिइन्‌।+ त्यसपछि राहाब इस्राएलीहरूसँगै बसोबास गर्न थालिन्‌; तिनी आजसम्म पनि इस्राएलमै बस्छिन्‌।+

२६ त्यसबेला यहोसुले यस्तो शपथ खाए:* “यरिहो सहरलाई जसले फेरि बसाल्न खोज्छ, उसलाई यहोवा परमेश्‍वरको श्राप लाग्नेछ। उसले यस सहरको जग हाल्दा उसको जेठो छोरा मर्नेछ र उसले यस सहरका मूलढोकाहरू खडा गर्दा उसको कान्छो छोरा मर्नेछ।”+

२७ यसरी यहोवा परमेश्‍वरले यहोसुलाई साथ दिनुभयो+ र तिनको ख्याति* पृथ्वीभरि फैलियो।+

७ तर परमेश्‍वरको आज्ञा तोडेर इस्राएलीहरूले उहाँसित विश्‍वासघात गरे, तिनीहरूले नाश गर्नुपर्ने कुराहरू नाश गरेनन्‌। यहुदाको कुलका जेरहको घरानाका जब्दैका नाति, कर्मिका छोरा आकानले+ नाश गर्नुपर्ने केही सरसामान लिए।+ त्यसैले इस्राएलीहरूमाथि यहोवा परमेश्‍वरको क्रोध दन्कियो।+

२ यहोसुले यरिहोबाट केही मानिसलाई बेथेलको+ पूर्वपट्टि बेथ-आवेन नजिकै पर्ने ऐ सहरमा पठाए।+ यहोसुले ती मानिसहरूलाई यसो भने: “जाओ, त्यस सहरको जासुसी गरेर आओ।” अनि ती मानिसहरू गएर ऐ सहरको जासुसी गरे। ३ फर्केर आएपछि तिनीहरूले यहोसुलाई भने: “त्यहाँ पूरै सेना पठाउनु आवश्‍यक छैन। ऐ सहरलाई कब्जा गर्न दुई-तीन हजार योद्धा भए पुग्छ। त्यहाँ धेरै मानिस छैनन्‌, पूरै सेना पठाएर बेकारमा किन सबैलाई थकाउने?”

४ त्यसैले लगभग ३ हजार योद्धा ऐ सहरतिर लागे तर तिनीहरू त्यहाँका मानिसहरूदेखि भाग्नुपऱ्‍यो।+ ५ ऐ सहरका मानिसहरूले इस्राएली योद्धाहरूलाई सहरको मूलढोकादेखि तल सेबारिमसम्म* खेदे। यसरी ओरालोमा खेद्‌दै तिनीहरूले ३६ जना इस्राएली योद्धालाई मारे। त्यसैले इस्राएलीहरूको मुटु काँप्यो र तिनीहरूको हौसला टुट्‌यो।*

६ तब यहोसुले दुःखी हुँदै आफ्नो लुगा च्याते र यहोवा परमेश्‍वरको सन्दुकअगाडि* घोप्टो परे। तिनी र इस्राएलका नाइकेहरू साँझसम्म घोप्टो परिरहे र तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो छरिरहे। ७ यहोसुले भने: “हे ब्रह्‍माण्डका मालिक यहोवा! तपाईँले हामीलाई किन एमोरीहरूको हातबाट मर्न यति टाढा यर्दनपारिसम्म ल्याउनुभयो? यहाँ आउनुभन्दा त यर्दन पार नगरी त्यतै* बसेको भए बेस हुने थियो! ८ हे यहोवा, रिसानी माफ होस्‌! इस्राएलीहरू आफ्ना शत्रुहरूसँग हार खाएर पछि हटिसके, अब म के भनूँ? ९ कनानीहरू र त्यहाँका अरू मानिसले हामी हाऱ्‍यौँ भनेर सुनेपछि चारैतिरबाट घेर्नेछन्‌ अनि यस धर्तीबाट हाम्रो नामोनिसान मेटाइदिनेछन्‌। त्यस्तो भयो भने तपाईँको महान्‌ नाममा कति ठूलो कलङ्‌क लाग्ला!”+

१० तब यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “उठ! तिमी किन घोप्टो परेर बसिरहन्छौ? ११ इस्राएलीहरूले पाप गरेका छन्‌। मैले तिनीहरूसित गरेको करार तिनीहरूले तोडेका छन्‌।+ नाश गर्नुपर्ने केही सरसामान+ चोरेर+ तिनीहरूले आफ्ना सरसामानसँगै सुटुक्क लुकाएर राखेका छन्‌।+ १२ त्यसैले इस्राएलीहरू आफ्ना शत्रुहरूसामु टिक्न सक्नेछैनन्‌। तिनीहरू शत्रुहरूदेखि भाग्नेछन्‌ किनभने तिनीहरू नाश हुन योग्य छन्‌। जे नाश गर्नुपर्ने हो, त्यसलाई सर्वनाश नगरेसम्म म तिमीलाई साथ दिनेछैनँ।+ १३ उठ, मानिसहरूलाई तयार* पार!+ अनि तिनीहरूलाई भन, ‘भोलिको लागि तयार होओ किनभने इस्राएलका परमेश्‍वर यहोवाले भन्‍नुभएको छ: “हे इस्राएलीहरू! जे नाश गर्नुपर्ने हो, त्यो तिमीहरूले राखेका छौ। तिमीहरूले त्यो नहटाएसम्म तिमीहरू आफ्ना शत्रुहरूसामु टिक्न सक्नेछैनौ। १४ भोलि बिहान तिमीहरू आ-आफ्नो कुलअनुसार भेला होओ। यहोवा परमेश्‍वरले जुन कुललाई छान्‍नुहुन्छ,+ त्यो कुल अगाडि आओस्‌। अनि त्यस कुलबाट जुन घरानालाई यहोवा परमेश्‍वरले छान्‍नुहुन्छ, त्यस घरानाका परिवारहरू अगाडि आऊन्‌। अनि त्यसमध्ये जुन परिवारलाई यहोवा परमेश्‍वरले छान्‍नुहुन्छ, त्यस परिवारका सदस्य एक-एक गरी अगाडि आऊन्‌। १५ अनि नाश गर्नुपर्ने कुरा जुन मानिससँग भेटिन्छ, त्यसलाई र त्यससँग भएका सबै चिजलाई आगोमा जलाइयोस्‌+ किनकि त्यसले यहोवा परमेश्‍वरसँग गरेको करार तोड्‌यो+ र इस्राएलमा अपमानजनक काम गऱ्‍यो।”’”

१६ त्यसैले भोलिपल्ट यहोसु सबेरै उठे र तिनले इस्राएलीहरूलाई आ-आफ्नो कुलअनुसार भेला गराए। त्यसबाट यहुदाको कुल छानियो। १७ यहोसुले यहुदाको कुलका घरानाहरूलाई अगाडि आउन लगाए र त्यसबाट जेरहको घराना छानियो।+ त्यसपछि यहोसुले जेरहको घरानाका परिवारहरूलाई अगाडि आउन लगाए र त्यसबाट जब्दैको परिवार छानियो। १८ अन्तमा यहोसुले जब्दैको परिवारका सदस्यहरूलाई अगाडि आउन लगाए र त्यसबाट आकान छानिए।+ तिनी यहुदाको कुलका जेरहका वंशका जब्दैका नाति र कर्मिका छोरा थिए। १९ त्यसपछि यहोसुले आकानलाई भने: “हे मेरो छोरा, बिन्ती छ, आफ्नो गल्ती स्विकारेर इस्राएलका परमेश्‍वर यहोवाको सम्मान गर। तिमीले के गऱ्‍यौ, कृपया मलाई भन। मसित केही कुरा नलुकाऊ।”

२० आकानले यहोसुलाई भने: “इस्राएलका परमेश्‍वर यहोवाविरुद्ध पाप गर्ने मै हुँ। २१ लुटको धनमाल बटुल्दै गर्दा मैले सिनार+ देशको महँगो र राम्रो पोसाक, २०० शेकेल* चाँदी र ५० शेकेल सुनको लाप्सो देखेँ। अनि मलाई लोभ लाग्यो र मैले ती लिएँ। मैले त्यसलाई आफ्नो पालमुनि गाडेको छु र सुनचाँदीचाहिँ सबैभन्दा तल छ।”

२२ त्यसपछि यहोसुले तुरुन्तै मानिसहरू पठाए। तिनीहरू कुदेर आकानको पालमा गए। तिनीहरूले पालमुनि गाडेर राखेको पोसाक र त्यसमुनि सुनचाँदी भेट्टाए। २३ तब तिनीहरूले पालबाट ती सामानहरू निकालेर यहोसु र सबै इस्राएलीकहाँ ल्याए अनि यहोवा परमेश्‍वरको सामने राखे। २४ त्यसपछि यहोसु र सबै इस्राएलीले जेरह वंशका आकान,+ तिनले चोरेको चाँदी, महँगो पोसाक, सुनको लाप्सो,+ तिनका छोराछोरी, गोरु, गधा, भेडाबाख्रा, तिनको पाल र तिनीसँग भएका सबै थोक जम्मा गरे र तिनीहरूलाई आकोर बेँसीमा लगे।+ २५ अनि यहोसुले भने: “तिमीले हामीमाथि किन यस्तो विपत्ति* निम्त्यायौ?+ अब यहोवा परमेश्‍वरले तिमीमाथि विपत्ति ल्याउनुहुनेछ।” अनि सबै इस्राएलीले तिनीहरूलाई ढुङ्‌गाले हाने+ र जलाइदिए।+ यसरी इस्राएलीहरूले तिनीहरू सबैलाई ढुङ्‌गाले हिर्काएर मारे। २६ अनि इस्राएलीहरूले आकानको लासमाथि ढुङ्‌गाको थुप्रो लगाइदिए। ढुङ्‌गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ। त्यसपछि यहोवा परमेश्‍वरको क्रोध शान्त भयो।+ त्यसैले अहिले पनि त्यस ठाउँलाई आकोर* बेँसी भनिन्छ।

८ त्यसपछि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “नडराऊ, त्रसित नहोऊ।+ सबै लडाकुलाई लिएर ऐ सहरलाई आक्रमण गर। हेर! ऐ सहरका राजा, त्यहाँका बासिन्दा, त्यो सहर र त्यसको सारा इलाका मैले तिमीलाई सुम्पिदिएको छु।+ २ यरिहो सहर र त्यहाँको राजालाई तिमीले जे गरेका थियौ, ऐ सहर र यसका राजालाई पनि त्यसै गर।+ तर ऐ सहरको धनमाल र गाईवस्तु भने तिमीहरूले लिन सक्छौ। त्यस सहरलाई आक्रमण गर्न सहरको पछिल्तिर लुकेर बस्नू।”

३ तब यहोसु र सबै लडाकु ऐ सहरलाई आक्रमण गर्न माथितिर लागे। यहोसुले ३० हजार वीर योद्धा छाने र तिनीहरूलाई राती नै पठाए। ४ तिनले योद्धाहरूलाई यस्तो आदेश दिए: “तिमीहरू सहरको पछिल्तिर लुकेर बस्नू। सहरभन्दा धेरै टाढा नबस्नू। सबै जना तयार रहनू। ५ अनि म र मसँग भएका योद्धाहरू सहरतिर अघि बढ्‌नेछौँ; पहिलाजस्तै उनीहरू हामीलाई आक्रमण गर्न निस्कँदा+ हामी भाग्नेछौँ। ६ उनीहरू हामीलाई खेद्‌दै आउनेछन्‌ अनि उनीहरूलाई सहरबाट टाढा नपुऱ्‍याउन्जेल हामी भागिरहनेछौँ। हामी भागेको देखेपछि उनीहरूले भन्‍नेछन्‌: ‘यिनीहरू त यसपालि पनि पहिलाजस्तै भाग्दै छन्‌।’+ यसरी हामी त्यहाँबाट भागेर आउनेछौँ। ७ तब लुकेर बसेको ठाउँबाट निस्केर तिमीहरूले सहर कब्जा गर्नू; तिमीहरूका परमेश्‍वर यहोवाले त्यो सहर तिमीहरूको हातमा सुम्पनुहुनेछ। ८ सहर कब्जा गर्नेबित्तिकै त्यहाँ आगो लगाइदिनू।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई जे भन्‍नुभएको छ, त्यसै गर्नू। हेर, यो मेरो आदेश हो।”

९ त्यसपछि यहोसुले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्नुपर्ने ठाउँमा गए। तिनीहरू बेथेल र ऐ सहरको बीचमा अर्थात्‌ ऐ सहरको पश्‍चिमतिर लुके। यहोसुचाहिँ त्यो रात बाँकी योद्धाहरूसितै बसे।

१० भोलिपल्ट यहोसु सबेरै उठे अनि आफ्ना योद्धाहरूलाई भेला गराए। त्यसपछि तिनीहरू ऐ सहर गए। तिनीहरूको अघिअघि यहोसु र इस्राएलका नाइकेहरू थिए। ११ यहोसु र तिनीसित भएका लडाकुहरू+ ऐ सहरतिर लम्के अनि तिनीहरूले सहरको उत्तरतिर छाउनी हाले। तिनीहरूले छाउनी हालेको ठाउँ र ऐ सहरको बीचमा बेँसी थियो। १२ अनि यहोसुले ५ हजारजति पुरुषलाई बेथेल+ र ऐ सहरको बीचमा अर्थात्‌ ऐ सहरको पश्‍चिमतिर लुक्न लगाइसकेका थिए।+ १३ यसरी योद्धाहरूको मुख्य दल सहरको उत्तरतिर+ अनि लुकेर बसेका योद्धाहरूको दलचाहिँ सहरको पश्‍चिमतिर+ थियो। त्यो रात यहोसुचाहिँ त्यस बेँसीको बीचतिर गए।

१४ ऐ सहरका राजाले इस्राएली फौजलाई देखेपछि आफ्नो सेना लिएर हतारहतार सबेरै निस्के। तिनी इस्राएलीहरूसित लडाइँ गर्न त्यस ठाउँमा आइपुगे, जसको अगाडि मरुभूमि* थियो। तर सहरको पछाडितिर इस्राएलीहरू लुकेर बसेका छन्‌ भनेर राजालाई थाह थिएन। १५ ऐ सहरका मानिसहरू आक्रमण गर्न आएपछि यहोसु र तिनका सबै योद्धा निर्जनभूमितिर भाग्न थाले।+ १६ तब ऐ सहरका सबै मानिसलाई बोलाइयो र उनीहरूले इस्राएलीहरूलाई खेद्‌न थाले। अनि यहोसु र तिनका योद्धाहरूलाई खेद्‌दै उनीहरू सहरबाट धेरै टाढा पुगे। १७ इस्राएलीहरूलाई खेद्‌न ऐ सहर र बेथेलबाट सबै जना निस्केकोले त्यहाँ एक जना पुरुष पनि बाँकी थिएन। सहरका मूलढोकाहरू खुल्लै छोडेर उनीहरू इस्राएलीहरूलाई खेद्‌न गएका थिए।

१८ अनि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “तिम्रो हातमा भएको भाला ऐ सहरतिर तेर्स्याऊ + किनभने त्यो सहर म तिमीलाई दिनेछु।”+ तब यहोसुले आफ्नो भाला ऐ सहरतिर तेर्स्याए। १९ तिनले आफ्नो हात तेर्स्याएपछि लुकेर बसेका योद्धाहरू तुरुन्तै आफ्नो ठाउँबाट उठे अनि सहरभित्र छिरेर त्यसलाई कब्जा गरे। त्यसपछि तिनीहरूले तुरुन्तै सहरलाई आगो लगाइदिए।+

२० ऐ सहरका मानिसहरूले फर्केर हेर्दा सहरबाट धुवाँको मुस्लो निस्किरहेको देखे। यो देखेर उनीहरू लल्याकलुलुक भए र उनीहरू कतै भाग्न सकेनन्‌। अनि निर्जनभूमितिर भागिरहेका इस्राएलीहरू फनक्क फर्केर उनीहरूमाथि जाइलागे। २१ लुकेर बसेका योद्धाहरूले ऐ सहरलाई आफ्नो कब्जामा लिइसकेको अनि त्यहाँबाट धुवाँको मुस्लो निस्किरहेको देखेपछि यहोसु र तिनका योद्धाहरू फनक्क फर्के र ऐ सहरका मानिसहरूलाई आक्रमण गर्न थाले। २२ लुकेर बसेका योद्धाहरू पनि ऐ सहरका मानिसहरूलाई आक्रमण गर्न सहरबाट बाहिर आए। यसरी ऐ सहरका मानिसहरू इस्राएली योद्धाहरूको बीचमा फसे, इस्राएलीहरूले उनीहरूलाई दुवैतिरबाट घेरे। अनि इस्राएलीहरूले ऐ सहरका सबैलाई मारे, एक जना पनि उम्कन पाएन।+ २३ तर तिनीहरूले ऐ सहरका राजालाई+ भने जिउँदै पक्रे र यहोसुकहाँ ल्याए।

२४ निर्जनभूमिसम्म खेद्‌दै आएका ऐ सहरका मानिसहरूलाई इस्राएलीहरूले त्यहीँ मारे। सबैलाई तरबारले मारिसकेपछि इस्राएलीहरू ऐ सहरमा फर्के र त्यहाँ बाँकी भएकाहरूलाई पनि तरबारले मारे। २५ त्यो दिन ऐ सहरका सबै पुरुष र स्त्री—जम्मा १२ हजार जना मारिए। २६ ऐ सहरका सबै मानिसलाई नमारुन्जेल+ यहोसुले आफ्नो भाला तेर्स्याइरहे।+ २७ तर इस्राएलीहरूले त्यस सहरका गाईवस्तु र धनमाल भने आफ्नै निम्ति लिए किनभने यहोवा परमेश्‍वरले यहोसुलाई त्यसो गर्ने आज्ञा दिनुभएको थियो।+

२८ त्यसपछि यहोसुले ऐ सहरलाई आगो लगाएर सधैँका लागि उजाड पारिदिए+ र त्यो आजसम्म पनि उजाडै छ। २९ यहोसुले ऐ सहरका राजालाई मारे र साँझसम्म खम्बामा* झुन्ड्‌याए अनि घाम डुब्नै लाग्दा लासलाई तल झार्ने आदेश दिए।+ त्यसपछि तिनीहरूले लासलाई सहरको मूलढोकाबाहिर फाले र त्यसमाथि ढुङ्‌गाको थुप्रो लगाए। ढुङ्‌गाको त्यो थुप्रो आजसम्म पनि त्यहीँ छ।

३० त्यसपछि यहोसुले इस्राएलका परमेश्‍वर यहोवाको निम्ति एबाल डाँडामा वेदी बनाए।+ ३१ यहोवा परमेश्‍वरका सेवक मोसाले इस्राएलीहरूलाई दिएको र मोसाको व्यवस्थाको पुस्तकमा पनि लेखिएको यो आज्ञाअनुसारै+ यहोसुले वेदी बनाए: “ढुङ्‌गाको वेदी बनाउन फलामको औजार प्रयोग नगर्नू।”+ यही वेदीमा तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी* र मेलबलिहरू* चढाए।+

३२ अनि मोसाले इस्राएलीहरूसामु लेखेको+ व्यवस्थाका सबै आज्ञा ढुङ्‌गाहरूमा लेखेर यहोसुले त्यसको नक्कल उतारे।+ ३३ सबै इस्राएली, तिनीहरूका नाइकेहरू, अफिसरहरू र न्यायकर्ताहरू दुई वटा समूह बनाएर करारको सन्दुकको* दायाँबायाँ लेवी पुजारीहरूतर्फ फर्केर उभिरहेका थिए। ती पुजारीहरूले यहोवा परमेश्‍वरको करारको सन्दुक बोकेका थिए। त्यहाँ इस्राएलीहरूसँगै विदेशीहरू पनि थिए।+ आशिष्‌ पाउनको लागि इस्राएलीहरूमध्ये आधा गिरिज्जिम डाँडाको अगाडि अनि बाँकीचाहिँ एबाल डाँडाको अगाडि उभिए।+ (यहोवा परमेश्‍वरका सेवक मोसाले आज्ञा दिएझैँ तिनीहरूले गरे।)+ ३४ त्यसपछि यहोसुले व्यवस्थाको पुस्तकमा लेखिएका सबै आज्ञा अनि आशिष्‌+ र सराप+ ठूलो स्वरले पढेर सुनाए।+ ३५ यहोसुले मोसाले दिएका सबै आज्ञा एउटा पनि नछुटाई इस्राएलीहरूको सारा समुदायसामु पढे।+ त्यस समुदायमा स्त्री, केटाकेटी अनि तिनीहरूमाझ बसोबास गर्ने विदेशीहरू पनि थिए।+

९ यर्दनको पश्‍चिममा पर्ने पहाडी भूभागका,+ सेफेलाहका, महासागरको* किनाराका+ अनि लेबनानको अगाडि पर्ने इलाकाका सबै राजाले यो खबर सुने। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबुसीहरूका राजाहरू थिए।+ २ यो खबर सुनेपछि तिनीहरूले यहोसु र इस्राएलीहरूसित युद्ध गर्न आपसमा गठबन्धन गरे।+

३ यहोसुले यरिहो+ र ऐ+ सहरलाई के गरेका थिए भनेर गिबोनका+ मानिसहरूले पनि सुने। ४ त्यसैले तिनीहरूले एउटा जुक्‍ति निकाले। तिनीहरूले थोत्रो बोरामा खानेकुरा हालेर गधालाई बोकाए अनि पुराना र टालेका मशक* बोके। ५ तिनीहरूले पुरानो र टालटुल गरेको जुत्ता अनि थोत्रो लुगा लगाए; तिनीहरूले सुकेको र कक्रक्क परिसकेको रोटी बोके। ६ त्यसपछि तिनीहरू गिलगालमा+ इस्राएलीहरूको छाउनीमा यहोसुकहाँ गए अनि यहोसु र इस्राएलका पुरुषहरूलाई यसो भने: “हामी टाढा देशबाट आएका हौँ। बिन्ती! हामीसित शान्ति-सम्झौता गर्नुहोस्‌।” ७ तर इस्राएलका पुरुषहरूले ती हिव्वीहरूलाई भने:+ “सायद तिमीहरू यतै नजिकै बस्ने मानिसहरू हौ। हामी कसरी तिमीहरूसित शान्ति-सम्झौता गर्न सक्छौँ र?”+ ८ तिनीहरूले यहोसुलाई भने: “हामी तपाईँहरूका दास हौँ।”

तब यहोसुले सोधे: “तिमीहरू को हौ? अनि कहाँबाट आयौ?” ९ तिनीहरूले यस्तो जवाफ दिए: “हामी तपाईँका दासहरू हौँ। तपाईँहरूका परमेश्‍वर यहोवाको नामबारे सुनेर हामी टाढा देशबाट आएका हौँ।+ हामीले उहाँको ख्याति र मिश्रमा उहाँले गर्नुभएका कामहरूबारे सुन्यौँ।+ १० तपाईँहरूका परमेश्‍वरले यर्दनपारि* बस्ने एमोरीहरूका दुई राजा—हेस्बोनका राजा सिहोन+ र अस्तारोथमा बस्ने बासानका राजा ओगलाई+ के गर्नुभयो, ती सबै हामीले सुन्यौँ। ११ त्यसैले हाम्रा नाइकेहरू र हाम्रो देशका सबै मानिसले हामीलाई यसो भने, ‘बाटोको लागि केही खानेकुरा लिएर इस्राएलीहरूलाई भेट्‌न जाओ। अनि तिनीहरूलाई यसो भन्‍नू: “हामी तपाईँहरूको दास बन्‍नेछौँ;+ बिन्ती! हामीसित शान्ति-सम्झौता गर्नुहोस्‌।”’+ १२ तपाईँहरूलाई भेट्‌न हामी घरबाट निस्कँदा बाटोमा खान भनी ल्याएका यी रोटीहरू तातै थिए। तर हेर्नुहोस्‌, अहिले सुकेर कक्रक्क परिसकेको छ।+ १३ अनि हामीले रक्सी भर्दा यी मशकहरू नयाँ थिए तर अहिले यसको छाला पटपट फुटिसकेको छ।+ लामो यात्राले गर्दा हाम्रा लुगा र जुत्ता पनि फाटिसकेका छन्‌।”

१४ तब इस्राएलका पुरुषहरूले तिनीहरूको केही खानेकुरा लिएर हेरे* तर यहोवा परमेश्‍वरसित सल्लाह भने मागेनन्‌।+ १५ अनि यहोसुले तिनीहरूसित शान्ति-सम्झौता गरे+ र तिनीहरूलाई जीवितै राख्ने वाचा बाँधे। इस्राएलका सबै कुलनायकले पनि यो वाचाअनुसारै गर्ने शपथ खाए।+

१६ शान्ति-सम्झौता गरेको तेस्रो दिनमा इस्राएलीहरूले तिनीहरू त नजिकै बस्दा रहेछन्‌ भनेर थाह पाए। १७ तब इस्राएलीहरू तिनीहरूका सहरहरू—गिबोन,+ कफिराह, बेरोथ र किर्यथ-येरिममा+ जान निस्के र उनीहरू तेस्रो दिनमा त्यहाँ पुगे। १८ तर इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरेनन्‌ किनभने इस्राएलका कुलनायकहरूले इस्राएलका परमेश्‍वर यहोवाको नाममा शपथ खाएका थिए।+ त्यसैले इस्राएलीहरूको सारा समुदायले आफ्ना कुलनायकहरूसित गनगन गर्न थाल्यो। १९ तब सबै कुलनायकले सारा समुदायलाई भने: “हामीले तिनीहरूसित इस्राएलका परमेश्‍वर यहोवाको नाममा शपथ खाएका छौँ। त्यसैले हामी तिनीहरूलाई हानि पुऱ्‍याउन सक्दैनौँ। २० हामी तिनीहरूलाई जीवितै राख्नेछौँ। तिनीहरूसित खाएको शपथ पूरा गरेनौँ भने परमेश्‍वर हामीसित क्रोधित हुनुहुनेछ।”+ २१ ती कुलनायकहरूले गिबोनीहरूसित वाचा गरेअनुसारै यसो पनि भने: “तिनीहरूलाई नमारौँ बरु सबै समुदायको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाऔँ।”

२२ अनि यहोसुले गिबोनीहरूलाई बोलाएर सोधे: “‘हामी धेरै टाढाबाट आएका हौँ’ भनेर हामीलाई किन झुक्क्यायौ? तिमीहरू त नजिकै बस्ने मानिसहरू पो रहेछौ।+ २३ अबदेखि तिमीहरू श्रापित हुनेछौ।+ तिमीहरू सधैँ हाम्रो दास हुनेछौ अनि मेरा परमेश्‍वरको घरको लागि दाउरा खोज्ने र पानी भर्ने काम गर्नेछौ।” २४ तिनीहरूले यहोसुलाई यस्तो जवाफ दिए: “तपाईँहरूका परमेश्‍वर यहोवाले आफ्नो सेवक मोसालाई यहाँको सारा इलाका तपाईँहरूलाई दिने र तपाईँहरूकै सामने यस इलाकाका सबै बासिन्दालाई मार्ने आज्ञा दिनुभएको थियो भनेर हामी तपाईँका दासहरूले सुन्यौँ।+ त्यसैले तपाईँहरूले हामीलाई मार्नुहोला भनेर डरायौँ+ र हामीले यस्तो निर्णय गऱ्‍यौँ।+ २५ अब हामी तपाईँहरूकै हातमा छौँ। तपाईँहरूलाई जे उचित लाग्छ, त्यही गर्नुहोस्‌।” २६ यहोसुले तिनीहरूलाई इस्राएलीहरूको हातबाट बचाए, तिनीहरूलाई मारेनन्‌। २७ तर त्यही दिनदेखि यहोसुले तिनीहरूलाई इस्राएलीहरूको समुदायको लागि र यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा+ उहाँको वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाए।+ तिनीहरू अहिलेसम्म त्यही काम गर्छन्‌।+

१० यरुसलेमका राजा अदोनि-सेदेकले यहोसुले ऐ सहर कब्जा गरे अनि यसका राजालाई पनि यरिहो सहर र त्यहाँका राजालाई जस्तै+ नाश गरे भनी सुने।+ गिबोनीहरू इस्राएलीहरूसित शान्ति-सम्झौता गरेर+ तिनीहरूसँगै बसिरहेका छन्‌ भन्‍ने कुरा पनि तिनले सुने। यो कुरा थाह पाएपछि २ तिनी असाध्यै डराए+ किनभने राजाहरूले शासन गरिरहेका अरू सहरहरूजस्तै गिबोन पनि ठूलो र शक्‍तिशाली थियो। गिबोन ऐ सहरभन्दा पनि ठूलो थियो+ र त्यहाँका सबै पुरुष वीर योद्धाहरू थिए। ३ त्यसैले यरुसलेमका राजा अदोनि-सेदेकले हेब्रोनका+ राजा होहाम, यार्मुथका राजा पिराम, लाकिसका राजा यापि र एग्लोनका राजा दबिरकहाँ+ यस्तो खबर पठाए: ४ “मलाई साथ देओ! हामी सबै मिलेर गिबोनलाई आक्रमण गरौँ किनभने तिनीहरूले यहोसु र इस्राएलीहरूसित शान्ति-सम्झौता गरेका छन्‌।”+ ५ यस्तो खबर पाएपछि पाँच जना एमोरी+ राजा अर्थात्‌ यरुसलेमका राजा, हेब्रोनका राजा, यार्मुथका राजा, लाकिसका राजा र एग्लोनका राजा आ-आफ्नो सेना लिएर निस्के अनि गिबोनीहरूसित लडाइँ गर्न छाउनी हाले।

६ तब गिबोनका मानिसहरूले गिलगालमा छाउनी हालेर बसेका यहोसुकहाँ यस्तो खबर पठाए:+ “झट्टै आउनुहोस्‌ र हामीलाई बचाउनुहोस्‌! तपाईँका दासहरूलाई नत्याग्नुहोस्‌।+ पहाडी इलाकाका सबै एमोरी राजा हामीविरुद्ध लड्‌न एकजुट भएका छन्‌।” ७ त्यसैले यहोसु आफ्ना सबै लडाकु र वीर योद्धाहरू लिएर गिलगालबाट माथितिर लागे।+

८ तब यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “तिनीहरूसँग नडराऊ+ किनभने तिनीहरूलाई मैले तिम्रो हातमा सुम्पिदिएको छु।+ तिनीहरूमध्ये एक जना पनि तिम्रो अगाडि टिक्नेछैन।”+ ९ गिलगालबाट रातभरि हिँडेर यहोसु र तिनका सेना गिबोन आइपुगे अनि शत्रुहरूले नचिताएको समयमा आक्रमण गरे। १० यहोवा परमेश्‍वरले इस्राएलीहरूसामु ती शत्रुहरूमाझ गोलमाल मच्चाइदिनुभयो।+ त्यसपछि इस्राएलीहरूले गिबोनमा धेरै शत्रुलाई मारे अनि बेथ-होरोनको उकालोमा खेद्‌दै अजेकाह अनि मक्केदाहसम्म मार्दै गए। ११ तिनीहरू इस्राएलीहरूदेखि भाग्दै बेथ-होरोनबाट ओरालो झरिरहेको बेला यहोवा परमेश्‍वरले अजेकाहसम्मै ठूलठूला असिना बर्साएर तिनीहरूलाई मार्नुभयो। वास्तवमा इस्राएलीहरूको तरबारले भन्दा असिनाले मर्नेहरूको सङ्‌ख्या धेरै थियो।

१२ यहोवा परमेश्‍वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्‍वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे:

“हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+

हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”

१३ अनि इस्राएलीहरूले आफ्ना शत्रुहरूलाई नजितेसम्म सूर्य र चन्द्रमा अडिरह्‍यो। सूर्य आकाशको बीचमा अडिरह्‍यो र पूरै एक दिन घाम अस्ताएन भनेर के यासारको पुस्तकमा+ पनि लेखिएको छैन र? १४ यहोवा परमेश्‍वरले मानिसको बिन्ती सुनेर यसो गर्नुभएको घटना न यसअघि भएको थियो न त यसपछि नै भयो।+ किनकि त्यसबेला यहोवा परमेश्‍वर इस्राएलीहरूको तर्फबाट लडिरहनुभएको थियो।+

१५ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु गिलगालको छाउनीमा फर्के।+

१६ पाँच जना एमोरी राजाचाहिँ भागेर मक्केदाहको+ गुफामा लुके। १७ तब यहोसुकहाँ यस्तो खबर आयो: “ती पाँच जना राजा मक्केदाहको+ गुफामा लुकिरहेका छन्‌।” १८ अनि यहोसुले भने: “ठूलठूला ढुङ्‌गाले गुफाको मुख थुन र मानिसहरू खटाएर पहरा देओ। १९ बाँकी योद्धाहरूले चाहिँ शत्रुहरूलाई खेद्‌न नछोडून्‌। तिमीहरूले तिनीहरूलाई पछिल्तिरबाट आक्रमण गर।+ तिनीहरू आफ्ना सहरहरूमा पस्न नपाऊन्‌ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पनुभएको छ।”

२० यहोसु र इस्राएलीहरूले लगभग सबै एमोरीलाई मारे; इस्राएलीहरूको हातबाट बचेर ठूलठूला पर्खालले घेरिएका सहरहरूभित्र छिरेका कोही-कोहीबाहेक अरू सबैलाई तिनीहरूले मारे। २१ त्यसपछि इस्राएलीहरू सकुशल मक्केदाहको छाउनीमा यहोसुकहाँ फर्के। त्यहाँका बासिन्दाहरू कसैले पनि इस्राएलीहरूविरुद्ध एक शब्द बोल्ने आँट गरेनन्‌। २२ अनि यहोसुले भने: “गुफाको मुखबाट ढुङ्‌गाहरू हटाओ र ती पाँच जना राजालाई मकहाँ ल्याओ।” २३ तब तिनीहरूले यहोसुकहाँ यी पाँच जना राजालाई ल्याए: यरुसलेमका राजा, हेब्रोनका राजा, यार्मुथका राजा, लाकिसका राजा र एग्लोनका राजा।+ २४ यी राजाहरूलाई यहोसुकहाँ ल्याएपछि यहोसुले इस्राएलका सबै पुरुषलाई बोलाए र सेनापतिहरूलाई भने: “अगाडि आओ र यी राजाहरूको गर्दनमा खुट्टा राख।” तब तिनीहरू अगाडि आए र ती राजाहरूको गर्दनमा टेके।+ २५ अनि यहोसुले तिनीहरूलाई भने: “नडराओ, त्रसित नहोओ।+ साहसी र बलियो होओ। किनकि तिमीहरू जुन-जुन शत्रुसित लड्‌नेछौ, ती सबैको हालत यहोवा परमेश्‍वरले यस्तै बनाइदिनुहुनेछ।”+

२६ त्यसपछि यहोसुले ती राजाहरूलाई मारेर पाँच वटा खम्बामा* झुन्ड्‌याए अनि तिनीहरूलाई साँझसम्म खम्बामा त्यसरी नै छोडे। २७ घाम अस्ताउने बेला यहोसुले तिनीहरूको लासलाई खम्बाबाट झारेर तिनीहरू लुकेकै गुफामा फाल्ने आदेश दिए।+ त्यसपछि त्यो गुफाको मुख ठूलठूला ढुङ्‌गाहरूले बन्द गरियो। ती ढुङ्‌गाहरू आजसम्मै त्यहीँ छन्‌।

२८ त्यो दिन यहोसुले मक्केदाह+ कब्जा गरे र त्यहाँका बासिन्दाहरूलाई तरबारले मारे। तिनले त्यहाँका राजा र त्यहाँ भएका सबैलाई मारे, एक जनालाई पनि बाँकी राखेनन्‌।+ तिनले यरिहो सहरको राजालाई जे गरेका थिए, मक्केदाहको राजालाई+ पनि त्यसै गरे।

२९ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु मक्केदाहबाट लिब्नाह गए र त्यहाँ आक्रमण गरे।+ ३० यहोवा परमेश्‍वरले त्यो सहर र त्यहाँका राजालाई+ पनि इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो र तिनीहरूले त्यहाँका सबै बासिन्दालाई तरबारले मारे, एक जनालाई पनि बाँकी राखेनन्‌। अनि तिनीहरूले यरिहो सहरको राजालाई जे गरेका थिए, लिब्नाहका राजालाई पनि त्यसै गरे।+

३१ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु लिब्नाहबाट लाकिस गए+ र त्यहाँ छाउनी हाले अनि त्यहाँ आक्रमण गरे। ३२ यहोवा परमेश्‍वरले लाकिसलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो र दोस्रो दिन तिनीहरूले त्यो सहर कब्जा गरे। अनि तिनीहरूले लिब्नाहलाई जस्तै त्यस सहरलाई पनि आक्रमण गरे र त्यहाँका सबैलाई तरबारले मारे।+

३३ अनि गेजेरका राजा होराम+ लाकिसलाई मदत गर्न आए तर यहोसुले होरामलाई र तिनका मानिसहरूलाई मारे, एक जनालाई पनि बाँकी राखेनन्‌।

३४ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु लाकिसबाट एग्लोन+ गए र त्यहाँ छाउनी हाले अनि त्यहाँ आक्रमण गरे। ३५ त्यही दिन तिनीहरूले त्यो सहर कब्जा गरे र त्यहाँका सबैलाई तरबारले मारे। लाकिसमा जस्तै तिनीहरूले त्यहाँका सबैलाई नाश गरे।+

३६ त्यसपछि सबै इस्राएलीलाई लिएर यहोसु एग्लोनबाट हेब्रोन+ गए र त्यहाँ आक्रमण गरे। ३७ तिनीहरूले हेब्रोन कब्जा गरे अनि त्यहाँका राजा र वरपरका सहरमा भएका सबैलाई तरबारले मारे, एक जनालाई पनि बाँकी राखेनन्‌। अनि एग्लोनलाई जस्तै तिनले हेब्रोनलाई पनि आक्रमण गरे र त्यहाँका सबैलाई तरबारले मारे।

३८ अन्तमा सबै इस्राएलीलाई लिएर यहोसु दबिरतिर+ लागे र त्यहाँ आक्रमण गरे। ३९ तिनीहरूले दबिर कब्जा गरे अनि त्यहाँका राजा र वरपरका सहरमा भएका सबैलाई तरबारले मारे,+ एक जनालाई पनि बाँकी राखेनन्‌।+ तिनले हेब्रोन र लिब्नाह अनि त्यहाँका राजाहरूलाई जे गरेका थिए, दबिर र यसका राजालाई पनि त्यसै गरे।

४० यसरी यहोसुले पूरै पहाडी इलाका, नेगेब, सेफेलाह+ अनि पाखाहरू कब्जा गरे र त्यहाँका सबै राजामाथि जित हासिल गरे, तिनले एक जनालाई पनि बाँकी राखेनन्‌। इस्राएलका परमेश्‍वर यहोवाले आज्ञा गर्नुभएझैँ+ तिनले सबैलाई मारे।+ ४१ यहोसुले कादेस-बर्नेदेखि+ गाजासम्म,+ गोसेनको+ पूरै इलाका र गिबोनसम्मका+ सबै भूभाग कब्जा गरे। ४२ यहोसुले त्यहाँका सबै राजा र तिनीहरूका इलाकालाई एकै पटकमा कब्जा गरे किनभने इस्राएलका परमेश्‍वर यहोवाले नै इस्राएलीहरूको तर्फबाट लड्‌नुभएको थियो।+ ४३ त्यसपछि यहोसु सबै इस्राएलीलाई लिएर गिलगालको छाउनीमा फर्के।+

११ यसबारे सुन्‍नेबित्तिकै हजोरका राजा याबिनले मदोनका राजा योबाब,+ सिम्रोनका राजा, अक्षापका राजा,+ २ उत्तरको पहाडी इलाकाका राजाहरू, किन्‍नरेथको दक्षिणमा पर्ने समतल भूभागका* राजाहरू, सेफेलाहका राजाहरू अनि पश्‍चिमतिर दोरका+ पाखाहरूका राजाहरूकहाँ सन्देश पठाए। ३ तिनले पूर्व र पश्‍चिम दुवैतिरका कनानीहरू,+ एमोरीहरू,+ हित्तीहरू, परिज्जीहरू, पहाडी इलाकाका यबुसीहरू अनि मिस्पाको हर्मोन डाँडाको+ फेदमा बस्ने हिव्वीहरूलाई+ पनि खबर पठाए। ४ तब ती सबै राजा आफ्नो पूरै सेना लिएर निस्के। तिनीहरू समुद्र किनाराका बालुवासरी अनगिन्ती थिए। तिनीहरूले थुप्रै घोडा अनि रथहरू पनि लगे। ५ ती सबै राजाले एकसाथ इस्राएलीहरूसित लड्‌ने फैसला गरे। तिनीहरू सबै मेरोमको पानीको मुहाननजिकै भेला भए र त्यहाँ एकै ठाउँमा छाउनी हाले।

६ तब यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: “तिनीहरूसँग नडराऊ+ किनभने भोलि यसै बेला तिनीहरू सबैलाई म इस्राएलीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई मार्नेछौ। तिनीहरूका घोडाहरूको ढोडनसो* काटिदिनू+ अनि तिनीहरूका रथहरू जलाइदिनू।” ७ यहोसु आफ्ना सबै लडाकु लिएर गए अनि शत्रुहरूले नचिताएको समयमा मेरोमको पानीको मुहाननजिकै तिनीहरूमाथि आक्रमण गरे। ८ यहोवा परमेश्‍वरले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुभयो।+ इस्राएलीहरूले तिनीहरूलाई विशाल सिदोन+ र मिस्रेफोथ-मैमसम्म+ अनि पूर्वतिर मिस्पा बेँसीसम्म खेदे। इस्राएलीहरूले तिनीहरू सबैलाई मारे, एक जनालाई पनि बाँकी राखेनन्‌।+ ९ यहोवा परमेश्‍वरले जे भन्‍नुभएको थियो, यहोसुले तिनीहरूलाई त्यसै गरे। तिनले तिनीहरूका घोडाहरूको ढोडनसो काटिदिए अनि तिनीहरूका रथहरू जलाइदिए।+

१० यति मात्र होइन, यहोसु फर्के र हजोरलाई कब्जा गरे अनि त्यहाँको राजालाई तरबारले मारे+ किनभने त्यतिबेला त्यहाँका सबै राज्यमध्ये हजोर प्रमुख थियो। ११ इस्राएलीहरूले हजोर सहरका सबैलाई तरबारले मारे,+ एक जनालाई पनि बाँकी राखेनन्‌।+ त्यसपछि यहोसुले हजोरलाई आगो लगाइदिए। १२ यहोसुले ती राजाहरूका सबै सहर कब्जा गरे अनि तिनीहरूलाई तरबारले मारे।+ यहोवा परमेश्‍वरका सेवक मोसाले आज्ञा गरेझैँ यहोसुले तिनीहरूमध्ये एक जनालाई पनि बाँकी राखेनन्‌।+ १३ तर इस्राएलीहरूले हजोरबाहेक डाँडामा बसालिएको अरू कुनै पनि सहरलाई जलाएनन्‌। यहोसुले हजोरलाई मात्र आगो लगाइदिएका थिए। १४ इस्राएलीहरूले ती सहरहरूका सबै धनमाल र गाईवस्तु आफ्नो निम्ति लिए।+ तर तिनीहरूले त्यहाँ एक जनालाई पनि जीवित छोडेनन्‌,+ सबैलाई तरबारले मारे।+ १५ यहोवा परमेश्‍वरले आफ्ना सेवक मोसालाई जे-जे आज्ञा दिनुभएको थियो, उनले ती सबै यहोसुलाई बताएका थिए।+ अनि मोसाले भनेका सबै कुरा यहोसुले गरे। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएको एउटा पनि काम यहोसुले अधुरो छोडेनन्‌।+

१६ यहोसुले यी सबै इलाका कब्जा गरे: पहाडी इलाका, पूरै नेगेब,+ गोसेनको सम्पूर्ण इलाका, सेफेलाह,+ अराबाह+ अनि इस्राएलको पहाडी इलाका र यसको फेदमा भएको भूभाग। १७ यसरी यहोसुले सेइरनजिकै हलक डाँडादेखि हर्मोन डाँडाको+ फेदमा पर्ने लेबनान बेँसीमा रहेको बाआल-गादसम्मको+ इलाका कब्जा गरे। यहोसुले यी सबै ठाउँका राजाहरूलाई पक्रेर मारे। १८ यहोसुले यी राजाहरूसित केही समयसम्म लडाइँ गर्नुपरेको थियो। १९ गिबोनका हिव्वीहरूले मात्र इस्राएलीहरूसित शान्ति-सम्झौता गरे, अरू कुनै पनि सहरका बासिन्दाहरूले त्यसो गरेनन्‌।+ बाँकी सबै इलाका जित्न तिनीहरूले लडाइँ गर्नुपऱ्‍यो।+ २० यहोवा परमेश्‍वरले ती सहरहरूका मानिसहरूको हृदय कठोर हुन दिनुभयो।+ त्यसैले तिनीहरूले इस्राएलीहरूसित लडाइँ गरे। अनि परमेश्‍वरले तिनीहरूलाई कुनै दया नदेखाई नाश गर्नुभयो।+ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएझैँ तिनीहरूलाई एक जना पनि जीवित नरहनेगरि नाश गर्नुपर्ने थियो।+

२१ त्यतिबेला यहोसुले सबै पहाडी इलाका, हेब्रोन, दबिर, अनाब, यहुदाको सम्पूर्ण पहाडी इलाका र इस्राएलको सम्पूर्ण पहाडी इलाकाबाट अनाकीहरूलाई+ नामेट पारे। यहोसुले तिनीहरूलाई र तिनीहरूका सबै सहरलाई नाश गरे।+ २२ इस्राएलीहरूको इलाकामा अनाकीहरू एक जना पनि बाँकी रहेनन्‌; तिनीहरू गाजा,+ गाथ+ र अस्दोदमा+ मात्र बाँकी रहे।+ २३ यसरी यहोवा परमेश्‍वरले मोसासित प्रतिज्ञा गर्नुभएझैँ यहोसुले सम्पूर्ण इलाका कब्जा गरे।+ अनि यहोसुले ती इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार पैतृक सम्पत्तिको रूपमा बाँडे।+ त्यसपछि इस्राएलीहरूको इलाकामा शान्ति छायो, तिनीहरूले लडाइँ गर्नुपरेन।+

१२ इस्राएलीहरूले यर्दनको पूर्वतिर अर्नोन बेँसीदेखि*+ हर्मोन डाँडासम्म+ र पूर्वतिरको पूरै अराबाह+ कब्जा गरे। इस्राएलीहरूले जितेको इलाकाका एक जना राजा २ एमोरीहरूका राजा सिहोन+ हुन्‌, जो हेस्बोनमा बस्थे। तिनी अरोएरबाट शासन गर्थे,+ जुन अर्नोन बेँसीको+ किनारामा पर्थ्यो। अर्नोन बेँसीको बीचदेखि अम्मोनीहरूको सिमाना याब्बोक बेँसीसम्म र गिलादको आधा इलाकासम्म तिनको राज्य फैलिएको थियो। ३ त्यसैगरि पूर्वतिर अराबाहको इलाकाको किन्‍नरेथ समुद्रदेखि*+ अराबाह समुद्रसम्म अर्थात्‌ खारा समुद्रसम्म* अनि पूर्वतिरै बेथ-यसिमोथसम्म र दक्षिणतिर पिस्गाहको+ फेदसम्म पनि तिनले शासन गर्थे।

४ इस्राएलीहरूले जितेको इलाकाका अर्का राजा हुन्‌: बासानका राजा ओग।+ तिनी बाँकी रहेका रेफाईहरूमध्ये एक थिए।+ तिनी अस्तारोथ र एद्रईमा बस्थे। ५ तिनले हर्मोन डाँडा, सालेकाह र पूरै बासान+ अर्थात्‌ गेसुरी र माकाथीहरूको+ सिमानासम्म शासन गर्थे। तिनको राज्य हेस्बोनका राजा सिहोनको+ इलाकासम्म अर्थात्‌ गिलादको आधा इलाकासम्म पनि फैलिएको थियो।

६ यी नै राजाहरूलाई यहोवा परमेश्‍वरका सेवक मोसा र इस्राएलीहरूले हराएका थिए।+ त्यसपछि यहोवा परमेश्‍वरका सेवक मोसाले ती राजाहरूको इलाका रुबेनको कुललाई, गादको कुललाई र मनस्सेको आधा कुललाई बाँडे।+

७ यहोसु र इस्राएलीहरूले यर्दनको पश्‍चिमतिरका राजाहरूलाई हराए। तिनीहरूले जितेको इलाका लेबनान बेँसीको+ बाआल-गादसम्म+ अनि सेइरनजिकै+ हलक डाँडासम्म+ थियो। त्यसपछि यहोसुले यी इलाकाहरू इस्राएलीहरूलाई कुलअनुसार बाँडे; प्रत्येक कुलले आ-आफ्नो भागको इलाका पायो।+ ८ इस्राएलीहरूले पहाडी इलाका, सेफेलाह, अराबाह, पाखाहरू, निर्जनभूमि र नेगेबमा+ आ-आफ्नो भाग पाए। यी इलाकाहरूमा हित्ती, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसीहरू+ बस्थे। यहोसु र इस्राएलीहरूले जितेका राजाहरू यी नै हुन्‌:

 ९ यरिहोका राजा,+ बेथेल नजिकैको ऐ सहरका राजा,+

१० यरुसलेमका राजा, हेब्रोनका राजा,+

११ यार्मुथका राजा, लाकिसका राजा,

१२ एग्लोनका राजा, गेजेरका राजा,+

१३ दबिरका राजा,+ गेदेरका राजा,

१४ होर्माहका राजा, अरादका राजा,

१५ लिब्नाहका राजा,+ अदुल्लामका राजा,

१६ मक्केदाहका राजा,+ बेथेलका राजा,+

१७ तप्पुहका राजा, हेपेरका राजा,

१८ अफेकका राजा, लास्सारोनका राजा,

१९ मदोनका राजा, हजोरका राजा,+

२० सिम्रोन-मेरनका राजा, अक्षापका राजा,

२१ तानकका राजा, मगिद्दोका राजा,

२२ केदेसका राजा, कर्मेलको योक्निमका राजा,+

२३ दोरको पहाडी इलाकाका दोरका राजा,+ गिलगालको गोयिमका राजा,

२४ तिर्जाहका राजा, जम्मा ३१ जना राजा।

१३ यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ त्यसैले यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तिमी धेरै वृद्ध भइसक्यौ र अब धेरै दिन बाँच्नेछैनौ। तर अझ थुप्रै भूभाग कब्जा गर्न बाँकी नै छ। २ तिमीले अझ यी इलाकाहरू कब्जा गरिसकेका छैनौ:+ पलिस्तियालीहरूको र गेसुरीहरूको पूरै इलाका;+ ३ (मिश्रको पूर्वमा* पर्ने नाइल नदीबाट निस्केको शाखा नदीदेखि* उत्तरमा एक्रोनको सिमानासम्म, जुन कनानीहरूको इलाका मानिन्थ्यो)+ यसमा पलिस्तियालीहरूका पाँच जना शासकको+ इलाका पनि पर्छ—गाजा, अस्दोद,+ अस्कलोन,+ गाथ+ र एक्रोनमा+ बस्नेहरूको इलाका। अनि अव्वीहरूको+ इलाका, ४ जुन दक्षिणमा पर्छ; कनानीहरूको पूरै इलाका; सिदोनीहरूको इलाका मेराह,+ जुन एमोरीहरूको सिमानामा पर्ने अफेकसम्म फैलिएको छ; ५ गेबालीहरूको इलाका+ र पूर्वतिर लेबनानको पूरै इलाका, जुन हर्मोन डाँडाको फेदमा पर्ने बाआल-गाददेखि लेबो-हमाथसम्म*+ फैलिएको छ ६ अनि लेबनानदेखि+ मिस्रेफोथ-मैमसम्मको+ पहाडी इलाकामा बस्ने मानिसहरूको र सिदोनीहरूको+ पूरै इलाका। म तिनीहरू सबैलाई इस्राएलीहरूको सामनेबाट धपाइदिनेछु।+ तिमीले चाहिँ मैले आज्ञा गरेझैँ इस्राएलीहरूलाई ती इलाकाहरू पैतृक सम्पत्तिको रूपमा बाँडिदिनू।+ ७ तिमीले यी इलाकाहरू पैतृक सम्पत्तिको रूपमा नौ वटा कुललाई र मनस्सेको आधा कुललाई बाँडिदिनू।”+

८ मोसाले मनस्सेको बाँकी आधा कुल, रुबेनका सन्तान र गादका सन्तानलाई पैतृक सम्पत्तिको रूपमा यर्दन नदीको पूर्वतिरको इलाका दिएका थिए। यहोवा परमेश्‍वरका सेवक मोसाले तिनीहरूलाई दिएका इलाका यी नै हुन्‌:+ ९ अर्नोन बेँसीको*+ किनारामा पर्ने अरोएर+ र बेँसीको बीचमा पर्ने सहर अनि दिबोनसम्म फैलिएको मेदेबाको सबै पठार;* १० हेस्बोनबाट शासन गर्ने एमोरीहरूका राजा सिहोनका सबै सहर, जुन अम्मोनीहरूको सिमानासम्म फैलिएको थियो;+ ११ गिलाद, गेसुरी र माकाथीहरूको+ इलाका अनि हर्मोन डाँडा र सालेकाहसम्म+ बासानको पूरै इलाका;+ १२ अस्तारोथ र एद्रईबाट शासन गर्ने बासानका राजा ओगको पूरै इलाका। (तिनी बाँकी रहेका रेफाईहरूमध्ये एक थिए।)+ मोसाले तिनीहरूलाई हराएर ती इलाकाहरूबाट खेदे।+ १३ तर इस्राएलीहरूले गेसुरी र माकाथीहरूलाई भने खेदेनन्‌।+ तिनीहरू आजसम्म पनि इस्राएलीहरूबीच बसोबास गर्छन्‌।

१४ तिनले लेविको कुललाई मात्र पैतृक सम्पत्तिको रूपमा कुनै जग्गाजमिन दिएनन्‌।+ इस्राएलका परमेश्‍वर यहोवाले लेवीहरूलाई वचन दिनुभएझैँ+ उहाँको निम्ति आगोमा चढाइएको भेटी नै तिनीहरूको अंश हुने थियो।+

१५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए। १६ तिनीहरूको इलाका यी नै हुन्‌: अर्नोन बेँसीको किनारामा पर्ने अरोएर र बेँसीको बीचमा पर्ने सहर अनि मेदेबाको सबै पठार; १७ हेस्बोन र यसको पठारमा भएका सबै सहर;+ दिबोन, बामोथ-बाआल, बेथ-बाआल-मोन,+ १८ याहज,+ केदेमोथ,+ मेफाथ,+ १९ किर्यथैम, सिब्माह+ र बेँसीनजिकैको डाँडाको जेरेथ-सेहार, २० बेथ-पोअर, पिस्गाहका पाखाहरू,+ बेथ-यसिमोथ,+ २१ पठारमा भएका सबै सहर र हेस्बोनबाट+ शासन गर्ने एमोरीहरूका राजा सिहोनको अधीनमा भएका सबै सहर। मोसाले सिहोनलाई+ र मिद्यानी नाइकेहरू एबि, रेकेम, जुर, हुर र रेबालाई+ हराए। यी नाइकेहरू सिहोनको अधीनमा भएको इलाकाका रजौटाहरू* थिए। २२ इस्राएलीहरूले तरबारले मारेकाहरूमध्ये बेअरका छोरा बालाम+ पनि थिए र तिनी ज्योतिषी थिए।+ २३ रुबेनका सन्तानले पाएको इलाकाको सिमाना यर्दन थियो। यो इलाका अनि यसमा भएका सहर र वरपरका बस्तीहरू रुबेनका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाए।

२४ अनि मोसाले गादका सन्तानलाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए। २५ तिनीहरूको इलाकामा यी ठाउँहरू पनि पर्थे: याजेर,+ गिलादमा भएका सबै सहर र राब्बाहनजिकै+ अरोएरसम्म फैलिएको अम्मोनीहरूको आधा इलाका+ २६ अनि हेस्बोनदेखि+ रामाथ-मिस्पेह र बेतोनिमसम्म अनि महनैमदेखि+ दबिरको सिमानासम्म; २७ बेँसीका बेथ-हाराम, बेथ-निम्राह,+ सुक्कोथ+ र जाफोन अनि हेस्बोनबाट शासन गर्ने राजा सिहोनको+ अधीनमा भएको बाँकी इलाका। यो यर्दनको पूर्वतिरको पूरै इलाकादेखि किन्‍नरेथ समुद्रसम्म*+ थियो। २८ यो इलाका अनि यसमा भएका सहर र वरपरका बस्तीहरू गादका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाए।

२९ मोसाले मनस्सेको आधा कुललाई पनि पैतृक सम्पत्ति दिए; यो तिनीहरूले आफ्नो घरानाअनुसार सम्पत्तिको रूपमा पाए।+ ३० तिनीहरूले पाएको इलाका बासानका राजा ओगको अधीनमा भएको महनैमदेखि+ पूरै बासानसम्म फैलिएको थियो अनि यसमा बासानको याइरका सबै गाउँ,*+ ६० वटा सहर पर्थ्यो। ३१ गिलादको आधा भाग र बासानका राजा ओगको अधीनमा भएको अस्तारोथ र एद्रईचाहिँ+ मनस्सेका छोरा माकिरका सन्तानलाई+ अर्थात्‌ माकिरका सन्तानमध्ये आधालाई तिनीहरूको घरानाअनुसार दिइयो।

३२ मोसाले इस्राएलीहरूलाई यरिहोको पूर्वमा यर्दनपारि मोआबको मरुभूमिमा छँदा पैतृक सम्पत्तिको रूपमा बाँडिदिएका इलाकाहरू यी नै थिए।+

३३ तर मोसाले लेविको कुललाई पैतृक सम्पत्ति दिएनन्‌।+ तिनीहरूलाई प्रतिज्ञा गरिएझैँ इस्राएलका परमेश्‍वर यहोवा नै तिनीहरूको अंश हुनुहुन्छ।+

१४ इस्राएलीहरूले कनान देशमा पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्‌। यी इलाकाहरू तिनीहरूलाई पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले बाँडिदिएका थिए।+ २ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएझैँ यी इलाकाहरू नौ वटा कुल र अर्को आधा कुललाई+ गोला हालेर बाँडियो।+ ३ मोसाले दुई कुल र बाँकी आधा कुललाई यर्दनपारि* पैतृक सम्पत्ति दिइसकेका थिए;+ तिनले लेविको कुललाई भने कुनै पैतृक सम्पत्ति दिएनन्‌।+ ४ युसुफका सन्तानलाई दुई वटा कुल मानिन्थ्यो,+ मनस्सेको कुल र एप्रैमको कुल।+ लेवीहरूलाई बसोबास गर्न सहरहरू+ अनि तिनीहरूका वस्तुभाउको लागि चरन मात्र दिइयो; तिनीहरूलाई यसबाहेक अरू कुनै जग्गाजमिन दिइएन।+ ५ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले जमिन बाँडे।

६ तब यहुदाको कुलका पुरुषहरू गिलगालमा+ यहोसुकहाँ आए अनि केनाज वंशका यपुन्‍नेका छोरा कालेबले+ यहोसुलाई भने: “साँचो परमेश्‍वर यहोवाले कादेस-बर्नेमा+ आफ्ना सेवक मोसालाई+ तपाईँको र मेरो विषयमा के भन्‍नुभएको थियो, तपाईँलाई राम्ररी थाह छ।+ ७ म ४० वर्षको हुँदा यहोवा परमेश्‍वरका सेवक मोसाले यस देशको जासुसी गर्न मलाई कादेस-बर्नेबाट पठाएका थिए+ अनि मैले जे देखेँ, त्यही तिनलाई बताइदिएँ।+ ८ मसँगै गएका मेरा दाजुभाइले मानिसहरूलाई त्रसित तुल्याउने कुराहरू बताए। तर मैले भने आफ्नो सारा हृदयले यहोवा परमेश्‍वरको आज्ञा मानेँ।+ ९ अनि त्यही दिन मोसाले यस्तो कसम खाएका थिए: ‘तिमीले जुन भूमिमा पाइला टेक्यौ, त्यो भूमि पैतृक सम्पत्तिको रूपमा तिमी र तिम्रा सन्तानले सधैँभरिका लागि पाउनेछौ किनभने तिमीले आफ्नो सारा हृदयले मेरा परमेश्‍वर यहोवाको आज्ञा मान्यौ।’+ १० इस्राएलीहरू निर्जनभूमिमा भौँतारिरहेको बेला यहोवा परमेश्‍वरले मोसासित यो प्रतिज्ञा गर्नुभएको ४५ वर्ष बितिसक्यो+ अनि यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञाअनुसारै+ मलाई सम्हालिरहनुभएको छ।+ हेर्नुहोस्‌, म अहिले ८५ वर्ष पुगिसकेँ र जीवितै छु। ११ मोसाले मलाई जासुसी गर्न पठाएको बेलामा जस्तै अहिले पनि म बलियो छु। लडाइँ लड्‌ने र अरू काम गर्ने मेरो तागत अझै घटेको छैन। १२ त्यसैले यो पहाडी इलाका मलाई दिनुहोस्‌, जसबारे यहोवा परमेश्‍वरले त्यो दिन प्रतिज्ञा गर्नुभएको थियो। त्यहाँ अनाकीहरू+ ठूलठूला पर्खालले घेरिएका सहरहरूमा बस्छन्‌+ भनेर तपाईँले त्यतिबेला सुन्‍नुभएको थियो। तर यहोवा परमेश्‍वर अवश्‍य मसित हुनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ म तिनीहरूलाई त्यहाँबाट धपाउनेछु।”+

१३ तब यहोसुले यपुन्‍नेका छोरा कालेबलाई आशिष्‌ दिए र तिनलाई पैतृक सम्पत्तिको रूपमा हेब्रोन दिए।+ १४ त्यसैले हेब्रोन आजसम्म पनि केनाज वंशका यपुन्‍नेका छोरा कालेबको पैतृक सम्पत्ति हो किनभने तिनले आफ्नो सारा हृदयले इस्राएलका परमेश्‍वर यहोवाको आज्ञा पालन गरे।+ १५ हेब्रोनको पुरानो नाम किर्यथ-अर्बा थियो।+ (अर्बा अनाकीहरूमध्ये एक महान्‌ पुरुष थिए।) अनि देशमा शान्ति छायो र इस्राएलीहरूले लडाइँ गर्नुपरेन।+

१५ यहुदाको कुललाई तिनीहरूको घरानाअनुसार दिइएको*+ इलाका एदोमको सिमाना,+ जिन निर्जनभूमि र दक्षिणमा नेगेबसम्म फैलिएको थियो। २ दक्षिणतिरको सिमाना खारा समुद्रको* पुछारदेखि+ अर्थात्‌ यसको दक्षिणी खाडीदेखि सुरु हुन्थ्यो। ३ अनि यो दक्षिणमा अक्रब्बिमको उकालो हुँदै+ जिनसम्म पुग्थ्यो र त्यसपछि कादेस-बर्नेको दक्षिणबाट+ हेस्रोन हुँदै अद्दारसम्म पुगेर कर्कातिर मोडिन्थ्यो। ४ त्यसपछि अज्मोनबाट+ मिश्रको वादी*+ हुँदै महासागरसम्म* पुग्थ्यो। यो यहुदाको कुलको दक्षिणतिरको सिमाना थियो।

५ पूर्वतिरको सिमाना खारा समुद्र हुँदै यर्दन नदीको पुछारसम्म पुग्थ्यो र उत्तरतिरको सिमाना खारा समुद्रको खाडीबाट सुरु हुन्थ्यो, जहाँ यर्दन नदी खारा समुद्रमा मिसिन्थ्यो।+ ६ त्यसपछि यसको सिमाना बेथ-होग्लाह हुँदै+ बेथ-अराबाहको उत्तरतिर+ र त्यहाँबाट बोहनको ढुङ्‌गासम्म पुग्थ्यो।+ बोहन रुबेनका सन्तान थिए। ७ त्यहाँबाट आकोर बेँसीमा+ पर्ने दबिर हुँदै उत्तरतिर गिलगालमा+ मोडिन्थ्यो, जुन अदुम्मिमको उकालोको अगिल्तिर अर्थात्‌ वादीको दक्षिणमा पर्थ्यो। त्यसपछि एन-सेमेसको+ मुहान हुँदै एन-रोगेलसम्म+ पुग्थ्यो। ८ त्यहाँबाट ‘हिन्‍नोमको छोराको बेँसी’ हुँदै+ यबुस+ सहरको अर्थात्‌ यरुसलेमको+ दक्षिणी पाखासम्म पुग्थ्यो अनि त्यहाँबाट हिन्‍नोम बेँसीको पश्‍चिममा पर्ने डाँडाको टुप्पालाई छुन्थ्यो, जुन डाँडा उत्तरमा रेफाई बेँसीको पुछारमा पर्थ्यो। ९ अनि त्यस डाँडाको टुप्पादेखि नेफ्तोहको मुहानसम्म+ र त्यहाँबाट एप्रोन डाँडाका सहरहरूसम्म अनि त्यहाँबाट बालाह अर्थात्‌ किर्यथ-येरिमसम्म पुग्थ्यो।+ १० अनि बालाहबाट मोडिएर पश्‍चिमतिर सेइर डाँडा हुँदै उत्तरमा यारिम डाँडाको पाखा अर्थात्‌ कसालोनसम्म पुग्थ्यो र त्यहाँबाट बेथ-सेमेसतिर+ झरेर तिम्नाह+ पुग्थ्यो। ११ त्यसपछि उत्तरमा एक्रोनको+ पाखासम्म अनि सिक्करोनबाट बालाहको डाँडा हुँदै याब्नेलसम्म र त्यहाँबाट सागरसम्म पुग्थ्यो।

१२ पश्‍चिमतिरको सिमानामा महासागर+ र यसका किनारा पर्थ्यो। यहुदाका सन्तानले आफ्नो घरानाअनुसार पाएको इलाकाको चारैतिरको सिमाना यही हो।

१३ यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै यहोसुले यपुन्‍नेका छोरा कालेबलाई+ यहुदाका सन्तानको इलाकामा पर्ने किर्यथ-अर्बा (अर्बा अनाकका बुबा थिए) अर्थात्‌ हेब्रोन दिए।+ १४ अनि कालेबले अनाकका+ तीन जना छोरा सेसै, अहिमन र तल्मैलाई+ त्यहाँबाट खेदे। अनाकका सन्तान भनेकै यिनीहरू हुन्‌। १५ त्यसपछि कालेब त्यहाँबाट दबिरका बासिन्दाहरूसित लडाइँ गर्न गए।+ (दबिरको पुरानो नाम किर्यथ-सेफेर थियो।) १६ अनि कालेबले भने: “जसले किर्यथ-सेफेरलाई आक्रमण गरेर त्यसलाई कब्जा गर्छ, उसलाई म मेरी छोरी अक्साह दिनेछु।” १७ तब कालेबका भाइ केनजका+ छोरा ओथ्निएलले+ किर्यथ-सेफेर कब्जा गरे। त्यसैले कालेबले आफ्नी छोरी अक्साहको+ विवाह ओथ्निएलसितै गराइदिए। १८ पतिको घर जान लाग्दा अक्साहले आफ्नो पतिलाई बुबासित एक टुक्रा जमिन माग्न कर लगाइन्‌। अक्साह आफ्नो गधाबाट ओर्लिन्‌।* तब कालेबले तिनलाई सोधे: “तिमीलाई के चाहियो?”+ १९ तब अक्साहले भनिन्‌: “तपाईँले मलाई दक्षिणमा* दिनुभएको जमिन सुक्खा छ। कृपया मलाई आशिष्‌स्वरूप गुलोथ-मैम* पनि दिनुहोस्‌।” त्यसैले कालेबले अक्साहलाई माथिल्लो गुलोथ र तल्लो गुलोथ दिए।

२० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।

२१ यहुदाको कुलले दक्षिणपट्टि एदोमको सिमानातर्फ+ पाएका सहरहरू यी हुन्‌: कब्जिल, एदेर, यागुर, २२ किनाह, दिमोनाह, अदादाह, २३ केदेस, हजोर, इथ्नान, २४ जिफ, तेलेम, बेआलोथ, २५ हजोर-हदत्ताह, केरिओथ-हेज्रोन अर्थात्‌ हजोर, २६ अमाम, सेमा, मोलादाह,+ २७ हजर-गद्दाह, हेस्मोन, बेथ-पेलेत,+ २८ हजर-सुआल, बेर्सेबा,+ बिज्योथाह, २९ बालाह, इम, एजेम, ३० एल्तोलद, कसिल, होर्माह,+ ३१ जिक्लग,+ मद्‌मन्‍नाह, सान्सनाह, ३२ लेबाओथ, सिल्हिम, ऐइन, रिम्मोन+— जम्मा २९ वटा सहर र वरपरका बस्तीहरू।

३३ तिनीहरूले सेफेलाहमा+ पाएका सहरहरू यी हुन्‌: एस्ताओल, जोराह,+ अस्नाह, ३४ जानोह, एन-गन्‍निम, तप्पुह, एनाम, ३५ यार्मुथ, अदुल्लाम,+ सोकोह, अजेकाह,+ ३६ सारैम,+ अदिथैम, गेदेराह र गेदेरोथैम*—१४ वटा सहर र वरपरका बस्तीहरू।

३७ जेनान, हदासा, मिग्दाल-गाद, ३८ दिलान, मिस्पा, योक्थेल, ३९ लाकिस,+ बोज्काथ, एग्लोन, ४० काब्बोन, लाहमाम, कित्लिस, ४१ गेदेरोथ, बेथ-दागोन, नामाह र मक्केदाह+—१६ वटा सहर र वरपरका बस्तीहरू।

४२ लिब्नाह,+ एथेर, असान,+ ४३ इफ्ताह, अस्नाह, नेजिब, ४४ केइलाह, अक्जिब र मारेसाह—नौ वटा सहर र वरपरका बस्तीहरू।

४५ एक्रोन अनि त्यसवरपरका सहर र बस्तीहरू; ४६ एक्रोनदेखि पश्‍चिमतिर अस्दोद नजिकका सबै इलाका र वरपरका बस्तीहरू।

४७ अस्दोद+ अनि त्यसवरपरका सहर र बस्तीहरू; गाजा+ अनि त्यसवरपरका सहर र बस्तीहरू; मिश्र बेँसी, महासागर र यसको किनारामा पर्ने इलाकाहरू।+

४८ तिनीहरूले पहाडी इलाकामा पाएका सहरहरू यी हुन्‌: सामिर, यात्तिर,+ सोकोह, ४९ दन्‍नाह, किर्यथ-सन्‍नाह अर्थात्‌ दबिर, ५० अनाब, एस्तेमोह,+ अनिम, ५१ गोसेन,+ होलोन, गिलोह+—११ वटा सहर र वरपरका बस्तीहरू।

५२ अरब, दुमा, एसान, ५३ यानिम, बेथ-तप्पुह, अफेकाह, ५४ हुम्ताह, किर्यथ-अर्बा अर्थात्‌ हेब्रोन,+ जिओर—नौ वटा सहर र वरपरका बस्तीहरू।

५५ माओन,+ कर्मेल, जिफ,+ युत्ताह, ५६ यिज्रेल, योक्दिम, जानोह, ५७ केन, गिबाह र तिम्नाह+—१० वटा सहर र वरपरका बस्तीहरू।

५८ हल्हुल, बेथ-जुर, गेदोर, ५९ माराथ, बेथ-अनोथ र एल्तेकोन—छ वटा सहर र वरपरका बस्तीहरू।

६० किर्यथ-बाआल अर्थात्‌ किर्यथ-येरिम+ र राब्बाह—दुई वटा सहर र वरपरका बस्तीहरू।

६१ तिनीहरूले निर्जनभूमिमा पाएका सहरहरू यी हुन्‌: बेथ-अराबाह,+ मिद्दिन, सेकाकाह, ६२ निब्सान, नुन-सहर र एन-गेदी+—छ वटा सहर र वरपरका बस्तीहरू।

६३ यहुदाको कुलका मानिसहरूले यरुसलेममा बसोबास गर्ने+ यबुसीहरूलाई+ धपाउन सकेनन्‌।+ त्यसैले तिनीहरू आजसम्मै यहुदाको कुलका मानिसहरूसँगै यरुसलेममा बसोबास गर्दै आएका छन्‌।

१६ गोला हाल्दा+ युसुफका सन्तानको भागमा परेको इलाका+ यरिहोको नजिक यर्दनबाट सुरु भएर यरिहोको पानीको मुहानको पूर्वतिरदेखि यरिहोको अगाडि निर्जनभूमि हुँदै बेथेलको पहाडी इलाकासम्म फैलिएको थियो।+ २ अनि त्यहाँबाट लुज नजिकैको बेथेल र अरकीहरूको सिमाना अतारोथसम्म पुगेको थियो। ३ त्यसपछि पश्‍चिमतिर याफ्लेतहरूको सिमानाबाट तल्लो बेथ-होरोनतिर+ झरेर गेजेर+ हुँदै महासागरलाई* छोएको थियो।

४ यसरी युसुफका सन्तान+ मनस्सेको कुल र एप्रैमको कुलले आ-आफ्नो भाग लिए।+ ५ एप्रैमका सन्तानले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाको सिमाना यो थियो: पूर्वतिर अतारोथ-अद्दारदेखि+ माथिल्लो बेथ-होरोनसम्म+ ६ र त्यहाँबाट महासागरसम्म; उत्तरमा मिक्मेथाथ+ हुँदै पूर्वतिर मोडिएर तानथ-सिलो र यानोहसम्म; ७ त्यसपछि यानोहबाट तलतिर अतारोथ र नाराह हुँदै यरिहो+ अनि यर्दनसम्म ८ अनि तप्पुहदेखि+ पश्‍चिमतिर कानाह वादी* हुँदै महासागरसम्म।+ एप्रैमको कुलले आ-आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो। ९ मनस्सेको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाभित्र पनि एप्रैमका सन्तानले सहरहरू र वरपरका बस्तीहरू पाएका थिए।+

१० तर तिनीहरूले गेजेरमा बस्ने कनानीहरूलाई भने खेदेनन्‌।+ त्यसैले कनानीहरू अहिलेसम्म एप्रैमको कुलसँगै बसोबास गर्दै आएका छन्‌।+ अनि एप्रैमको कुलका मानिसहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाएका छन्‌।+

१७ त्यसपछि युसुफका पहिलो सन्तान+ मनस्सेको कुललाई+ गोला हालेर+ जमिन दिइयो। माकिर+ मनस्सेका पहिलो सन्तान र गिलादका बुबा थिए र तिनी वीर योद्धा थिए। त्यसैले तिनले गिलाद र बासान पाए।+ २ अनि मनस्सेको कुलका बाँकी सन्तानलाई पनि गोला हालेर तिनीहरूको घरानाअनुसार जमिन दिइयो। तिनीहरू यी थिए: अबिएजेरका सन्तान,+ हेलेकका सन्तान, अस्रिएलका सन्तान, सकेमका सन्तान, हेपेरका सन्तान र सेमिदाका सन्तान। यिनीहरू मनस्सेका सन्तानबाट आएका घरानाका पुरुषहरू थिए।+ ३ मनस्सेका खनाति, माकिरका पनाति, गिलादका नाति र हेपेरका छोरा सलोफादका+ छोरीहरू मात्र थिए, छोरा थिएनन्‌। सलोफादका छोरीहरू महलाह, नुह, होग्लाह, मिल्काह र तिर्जाह थिए। ४ तिनीहरूले पुजारी एलियाजार,+ नुनका छोरा यहोसु र इस्राएलका कुलनायकहरूकहाँ गएर यसो भने: “हामीलाई पनि अरू इस्राएलीहरूसँगै पैतृक सम्पत्तिको रूपमा जमिन दिनू भनेर यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएको थियो।”+ त्यसैले यहोवा परमेश्‍वरको आज्ञाअनुसार तिनीहरूले आफ्नो बुबाका दाजुभाइसरह पैतृक सम्पत्ति पाए।+

५ मनस्सेको कुलले यर्दनको पारिपट्टि* पर्ने गिलाद र बासान पाएको थियो। त्यसबाहेक तिनीहरूले अर्को १० टुक्रा जमिन पनि पाए।+ ६ किनभने मनस्सेको कुलका छोरीहरूले पनि छोराहरूसँगै पैतृक सम्पत्ति पाएका थिए। अनि गिलादचाहिँ मनस्सेका बाँकी सन्तानको सम्पत्ति भयो।

७ मनस्सेको सिमाना असेरदेखि सकेमनजिकै+ पर्ने मिक्मेथाथसम्म पुगेको थियो+ अनि यो सिमाना दक्षिणतिर* एन-तप्पुहका बासिन्दाहरूको इलाकासम्मै फैलिएको थियो। ८ तप्पुहको इलाका+ मनस्सेका सन्तानको भागमा पऱ्‍यो तर मनस्सेको इलाकाको सिमानामा पर्ने तप्पुह सहर भने एप्रैमका सन्तानको भागमा पऱ्‍यो। ९ यो सिमाना दक्षिणमा कानाह वादीसम्म* पुगेको थियो। मनस्सेको कुलका सहरहरूमाझ एप्रैमको कुलका सहरहरू थिए+ अनि मनस्सेको कुलको सिमाना बेँसीको उत्तर हुँदै महासागरसम्म* पुगेको थियो।+ १० दक्षिणपट्टिको इलाका एप्रैमको अनि उत्तरपट्टिको इलाका मनस्सेको थियो; महासागरचाहिँ मनस्सेको इलाकाको सिमाना थियो।+ तिनीहरूको* सिमाना उत्तरमा असेरको कुलको इलाकासम्म अनि पूर्वमा इस्साकारको कुलको इलाकासम्म पुगेको थियो।

११ मनस्सेलाई इस्साकार र असेरको इलाकामा यी सहरहरू, वरपरका गाउँहरू र त्यहाँका बासिन्दाहरू पनि दिइयो: बेथ-सेन, इब्लाम,+ दोर,+ एन-दोर,+ तानक+ र मगिद्दो। यीमध्ये तीन वटा सहर पहाडी इलाकामा बसालिएका थिए।

१२ तर मनस्सेका सन्तानले यी सहरहरूलाई आफ्नो कब्जामा लिन सकेनन्‌ किनभने कनानीहरूले त्यो ठाउँ छोड्‌दै छोडेनन्‌।+ १३ इस्राएलीहरू शक्‍तिशाली भएपछि तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।+ तर तिनीहरूले कनानीहरूलाई एक जना पनि बाँकी नरहनेगरि भने धपाएनन्‌।+

१४ युसुफका सन्तानले यहोसुलाई भने: “यहोवा परमेश्‍वरले हामीलाई अहिलेसम्म आशिष्‌ दिइरहनुभएकोले हामी धेरै छौँ।+ हाम्रो कुल यति ठूलो भए तापनि तपाईँले हामीलाई पैतृक सम्पत्तिको रूपमा किन एउटा इलाका मात्र+ दिनुभयो?”* १५ यहोसुले तिनीहरूलाई भने: “यदि तिमीहरू सङ्‌ख्यामा त्यति धेरै छौ र तिमीहरूलाई एप्रैमको पहाडी इलाकामा+ ठाउँ पुगेन भने जाऊ अनि परिज्जी+ र रेफाईहरूको+ जङ्‌गल फाँडेर त्यहीँ बसोबास गर।” १६ तब युसुफका सन्तानले भने: “हो, पहाडी इलाकामा हामीलाई ठाउँ पुग्दैन। तर बेँसीका कनानीहरू, जो बेथ-सेन+ र वरपरका गाउँहरूमा अनि यिज्रेल बेँसीमा+ बसोबास गर्छन्‌, तिनीहरू सबैसित युद्धका रथहरू छन्‌,+ जसका पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका छन्‌।”* १७ यो सुनेपछि यहोसुले युसुफका छोराहरू एप्रैम र मनस्सेका सन्तानलाई भने: “तिमीहरू धेरै र शक्‍तिशाली पनि छौ। त्यसैले तिमीहरूले एउटा इलाका मात्र होइन,+ १८ पूरै पहाडी इलाका पाउनेछौ।+ हुनत त्यहाँ जङ्‌गल छ तर तिमीहरूले जङ्‌गल फाँडेर पल्लो छेउसम्म आफ्नो सीमा बढाउनू। कनानीहरू शक्‍तिशाली भए पनि र तिनीहरूसित पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका रथहरू भए पनि तिमीहरूले तिनीहरूलाई खेद्‌नेछौ।”+

१८ त्यसपछि इस्राएलीहरूको सारा समुदाय सिलोमा+ भेला भयो र त्यहाँ तिनीहरूले भेट हुने पाल* टाँगे+ किनभने कनान देश तिनीहरूले आफ्नो कब्जामा लिइसकेका थिए।+ २ तर इस्राएलीहरूको सात वटा कुलले भने पैतृक सम्पत्ति अझै पाइसकेका थिएनन्‌। ३ त्यसैले यहोसुले इस्राएलीहरूलाई भने: “तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहोवाले तिमीहरूलाई दिनुभएको जमिन अधिकार गर्न तिमीहरू कतिन्जेल ढिलासुस्ती गर्छौ?+ ४ अब हरेक कुलबाट तीन-तीन जना मानिस छान र म तिनीहरूलाई पूरै देश घुम्न पठाउनेछु अनि हरेक कुलले पैतृक सम्पत्तिको रूपमा पाउने इलाकाको नक्सा बनाउन लगाउनेछु। त्यसपछि तिनीहरू फेरि मकहाँ आऊन्‌। ५ अनि तिनीहरूले देशलाई सात भागमा बाँडून्‌।+ यहुदाको कुल दक्षिणमा आफ्नै इलाकामा बसोस्‌+ र युसुफका सन्तान उत्तरमा आफ्नै इलाकामा रहून्‌।+ ६ अब तिमीहरू जाओ र सात भाग लगाएर देशको नक्सा बनाओ अनि मकहाँ ल्याओ। त्यसपछि यहोवा हाम्रा परमेश्‍वरसामु गोला हालेर+ म तिमीहरूलाई जमिन बाँडिदिनेछु। ७ तर लेविको कुलले तिमीहरूमाझ कुनै जग्गाजमिन पाउनेछैन+ किनभने पुजारीको रूपमा यहोवा परमेश्‍वरको सेवा गर्नु नै तिनीहरूको अंश हो;+ गादको कुल, रुबेनको कुल र मनस्सेको आधा कुलले+ यर्दनको पूर्वपट्टि पैतृक सम्पत्तिको रूपमा जमिन पाइसकेका छन्‌, जुन यहोवा परमेश्‍वरका सेवक मोसाले तिनीहरूलाई दिएका थिए।”

८ तब तिनीहरू जान तयार भए र देशको नक्सा बनाउने जिम्मा पाएका ती पुरुषहरूलाई यहोसुले यस्तो आज्ञा गरे: “तिमीहरूले पूरै देश घुमेर त्यसको नक्सा बनाउनू अनि मकहाँ फर्कनू। त्यसपछि यहाँ सिलोमा यहोवा परमेश्‍वरसामु गोला हालेर म तिमीहरूलाई जमिन बाँडिदिनेछु।”+ ९ तब ती पुरुषहरू गएर त्यो देश पूरै घुमे र त्यसलाई सात भागमा बाँडे अनि प्रत्येक भागमा पर्ने सहरहरूको सूची पनि बनाए। यो सबै विवरण तिनीहरूले एउटा पुस्तकमा लेखे। त्यसपछि तिनीहरू सिलोको छाउनीमा यहोसुकहाँ फर्के। १० अनि यहोसुले सिलोमा यहोवा परमेश्‍वरसामु गोला हाले+ र त्यसैअनुसार इस्राएलीहरूलाई आ-आफ्नो भाग बाँडिदिए।+

११ पहिलो गोला बिन्यामिनको कुललाई पऱ्‍यो; तिनीहरूको इलाका यहुदा+ र युसुफको इलाकाको+ बीचमा पऱ्‍यो। १२ उत्तरमा तिनीहरूको सिमाना यर्दनबाट सुरु भएर उत्तरतिर यरिहोका पाखाहरू+ हुँदै पश्‍चिमतिरको पहाडी इलाकामा उक्लेर बेथ-आवेननजिकैको+ निर्जनभूमिसम्म थियो। १३ त्यसपछि लुज अर्थात्‌ बेथेलको+ दक्षिणी पाखाहरूसम्म अनि त्यहाँबाट तल्लो बेथ-होरोनको+ दक्षिणमा पर्ने पहाडबाट अतारोथ-अद्दारसम्म+ पुगेको थियो। १४ अनि यो सिमाना बेथ-होरोनको अगाडि पर्ने पहाडबाट दक्षिणतिर मोडिन्थ्यो र त्यहाँबाट यहुदाका सन्तानको सहर किर्यथ-बाआल अर्थात्‌ किर्यथ-येरिमसम्म+ पुग्थ्यो। बिन्यामिनको कुलको पश्‍चिमतिरको सिमाना यही हो।

१५ दक्षिणतिरको सिमाना किर्यथ-येरिमको पुछारदेखि सुरु भएर पश्‍चिमतिर फैलिएको थियो र त्यहाँबाट नेफ्तोहको मुहानसम्म+ पुगेको थियो। १६ अनि यसको सिमाना ‘हिन्‍नोमको छोराको बेँसी’-को+ अगाडितिर पर्ने पहाडको फेदसम्म पुगेको थियो, जुन उत्तरतिरको रेफाई बेँसीमा+ पर्थ्यो र त्यहाँबाट तलतिर हिन्‍नोम बेँसी हुँदै दक्षिणमा यबुसीहरूका पाखाहरूबाट+ एन-रोगेलसम्म+ फैलिएको थियो। १७ त्यसपछि उत्तरतिर एन-सेमेस हुँदै अदुम्मिमको उकालोको अगाडितिर+ पर्ने गेलिलोथसम्म पुग्थ्यो र त्यहाँबाट बोहनको ढुङ्‌गासम्म+ पुगेको थियो। बोहन रुबेनका सन्तान थिए। १८ अनि यो सिमाना अराबाहको अगाडितिरको उत्तरी पाखादेखि तल अराबाहसम्म पुगेको थियो। १९ त्यहाँबाट यो सिमाना बेथ-होग्लाहको+ उत्तरी पाखा हुँदै खारा समुद्रको* उत्तरी किनारासम्म पुगेको थियो,+ जुन यर्दनको दक्षिणी छेउमा पर्थ्यो। बिन्यामिनको कुलको दक्षिणतिरको सिमाना यही हो। २० अनि पूर्वतिरको सिमानाचाहिँ यर्दन थियो। बिन्यामिनका सन्तानको भागमा परेको इलाकाको चारैतिरको सिमाना यही हो। अनि यो इलाका तिनीहरूले आ-आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाए।

२१ बिन्यामिनको कुलले आ-आफ्नो घरानाअनुसार पाएका सहरहरू यी हुन्‌: यरिहो, बेथ-होग्लाह, एमेक-केजिज, २२ बेथ-अराबाह,+ जेमारिम, बेथेल,+ २३ अविम, पाराह, ओप्रा, २४ कफर-अम्मोनी, ओफ्नी, गेबा+—१२ वटा सहर र वरपरका बस्तीहरू।

२५ गिबोन,+ रामा, बेरोथ, २६ मिस्पा, कफिराह, मोजाह, २७ रेकेम, इर्पेल, तरलाह, २८ जेलाह,+ ह-एलेफ, यबुसीहरूको सहर अर्थात्‌ यरुसलेम,+ गिबाह,+ किर्यथ—१४ वटा सहर र वरपरका बस्तीहरू।

बिन्यामिनको कुलले आ-आफ्नो घरानाअनुसार पाएको पैतृक सम्पत्ति यही हो।

१९ दोस्रो गोला+ सिमियोनको कुलका+ घरानाको नाममा पऱ्‍यो। तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको जमिन यहुदाको कुलले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकामा पर्थ्यो।+ २ तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएका सहरहरू यी हुन्‌: सेबा सहरसहितको बेर्सेबा,+ मोलादाह,+ ३ हजर-सुआल,+ बलाह, एजेम,+ ४ एल्तोलद,+ बथुल, होर्माह, ५ जिक्लग,+ बेथ-मर्काबोथ, हजर-सुसाह, ६ बेथ-लेबाओथ+ र सारुहेन—१३ वटा सहर र वरपरका बस्तीहरू। ७ ऐइन, रिम्मोन, एथेर र असान+—चार वटा सहर र वरपरका बस्तीहरू। ८ यी सबै सहर र वरपरका बस्तीदेखि बालाथ-बेर अर्थात्‌ दक्षिणको रामासम्म। सिमियोनको कुलले आ-आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो। ९ सिमियोनका सन्तानलाई पैतृक सम्पत्तिको रूपमा यहुदाको कुलको इलाकाबाटै जमिन दिइयो किनभने यहुदाको कुलको भागमा परेको इलाका धेरै ठूलो थियो। त्यसैले सिमियोनका सन्तानले यहुदाको कुलको इलाकाभित्र पैतृक सम्पत्ति पाए।+

१० तेस्रो गोला+ जबुलुनको सन्तानका घरानाको+ नाममा पऱ्‍यो। तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाको सिमाना सारिदसम्म पुगेको थियो। ११ तिनीहरूको सिमाना पश्‍चिमतिर मारेल र दब्बेसेथ हुँदै योक्निमअगाडिको बेँसीसम्म* पुगेको थियो। १२ त्यसपछि सारिददेखि सूर्य उदाउने दिशा—पूर्वतिर किस्लोथ-ताबोरको सीमासम्म अनि दबेरथ+ हुँदै यापिसम्म पुगेको थियो। १३ त्यहाँबाट पूर्वतिर गाथ-हेपेर,+ एथ-काजिन र रिम्मोन हुँदै नेआसम्म पुगेको थियो। १४ अनि उत्तरतिर हन्‍नाथोन हुँदै इफ्ताह-एल बेँसीसम्म पुगेको थियो। १५ तिनीहरूलाई कत्ताथ, नाहलल, सिम्रोन,+ इदलाह र बेतलेहेम+ सहर पनि दिइयो—१२ वटा सहर र वरपरका बस्तीहरू। १६ जबुलुनको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्‌।

१७ चौथो गोला+ इस्साकारको सन्तानका+ घरानाको नाममा पऱ्‍यो। १८ तिनीहरूको सिमानामा यी ठाउँहरू थिए: यिज्रेल,+ कसुल्लोथ, सुनेम,+ १९ हफरैम, सिओन, अनाहरथ, २० राब्बिथ, किस्योन, एबेज, २१ रेमेथ, एन-गन्‍निम,+ एन-हद्दाह र बेथ-पाज्जेज। २२ अनि तिनीहरूको सिमाना ताबोर,+ साहजुमाह, बेथ-सेमेस हुँदै अन्तमा यर्दनसम्म पुगेको थियो—१६ वटा सहर र वरपरका बस्तीहरू। २३ इस्साकारको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्‌।

२४ पाँचौँ गोला+ असेरको+ कुलका घरानाको नाममा पऱ्‍यो। २५ तिनीहरूको सिमाना हेल्कथ,+ हली, बेतेन, अक्षाप, २६ अल्लमेलेक, अमाद र मिसाल थियो। त्यसपछि पश्‍चिमतिर कर्मेल+ र सिहोर-लिब्नाथसम्म थियो। २७ अनि पूर्वतिर बेथ-दागोन हुँदै जबुलुनसम्म र उत्तरतिर इफ्ताह-एल बेँसीसम्म अनि बेथ-एमेक, नेइल हुँदै बायाँतिर काबुलसम्म २८ अनि एब्रोन, रेहोब, हम्मोन र कानाह हुँदै विशाल सिदोनसम्म।+ २९ त्यसपछि रामातिर मोडिएर ठूलठूला पर्खालले घेरिएको टायर+ सहरसम्म अनि होसातिर मोडिएर सागरसम्म पुगेको थियो, जसको आसपास अक्जिब, ३० उम्माह, अफेक+ र रेहोब+ थिए—२२ वटा सहर र वरपरका बस्तीहरू। ३१ असेरको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्‌।

३२ छैटौँ गोला+ नप्तालिको सन्तानका घरानाको नाममा पऱ्‍यो। ३३ तिनीहरूको सिमाना हेलेफ र जानानिममा भएको ठूलो रूखदेखि+ अदामी-नेकेब, याब्नेल र लाक्कुम हुँदै यर्दनसम्म पुगेको थियो। ३४ त्यसपछि पश्‍चिमतिर मोडिएर अज्नोथ-ताबोरदेखि हुक्कोकसम्म, दक्षिणतिर जबुलुनसम्म, पश्‍चिमतिर असेरसम्म अनि पूर्वतिर यर्दनमा यहुदासम्म पुगेको थियो। ३५ तिनीहरूले पाएका पर्खालले घेरिएका सहरहरू यी हुन्‌: जिद्दिम, जेर, हाम्मथ,+ राक्कथ, किन्‍नरेथ, ३६ अदामाह, रामा, हजोर,+ ३७ केदेस,+ एद्रई, एन-हाजोर, ३८ यिरोन, मिग्दाल-एल, होरेम, बेथ-अनाथ र बेथ-सेमेस+—१९ वटा सहर र वरपरका बस्तीहरू। ३९ नप्तालिको कुलले आ-आफ्नो घरानाअनुसार+ पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्‌।

४० सातौँ गोला+ दानको+ कुलका घरानाको नाममा पऱ्‍यो। ४१ तिनीहरूले पैतृक सम्पत्तिको रूपमा पाएको इलाकाको सिमाना जोराह,+ एस्ताओल, इर-सेमेस ४२ सालबिन,+ ऐय्यालोन,+ इथ्लाह, ४३ एलोन, तिम्नाह,+ एक्रोन,+ ४४ एल्तेके, गिब्बथोन,+ बालाथ, ४५ यहुद, बेने-बेरक, गाथ-रिम्मोन,+ ४६ मे-यार्कोन, राक्कोन र जोप्पाअगाडिसम्म+ थियो। ४७ तर दानको कुलले पाएको इलाका तिनीहरूको निम्ति सानो भयो।+ त्यसैले तिनीहरू लेसेममाथि+ आक्रमण गर्न गए। तिनीहरूले त्यसलाई कब्जा गरे र त्यहाँका मानिसहरूलाई तरबारले मारे। त्यसपछि तिनीहरूले लेसेममाथि अधिकार जमाएर त्यहाँ बसोबास गर्न थाले। तिनीहरूले लेसेमको नाम परिवर्तन गरेर दान राखे, जुन तिनीहरूको पुर्खाको नाम थियो।+ ४८ दानको कुलले आ-आफ्नो घरानाअनुसार पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्‌।

४९ यसरी कुल-कुलअनुसार पैतृक सम्पत्तिको रूपमा इलाका बाँड्‌ने काम सिद्धियो। अनि इस्राएलीहरूले आफ्नो इलाकामै नुनका छोरा यहोसुलाई पैतृक सम्पत्तिको रूपमा जमिन दिए। ५० तिनीहरूले यहोवा परमेश्‍वरको आज्ञाअनुसारै यहोसुलाई तिनले मागेकै सहर दिए। तिनीहरूले यहोसुलाई एप्रैमको पहाडी इलाकाको तिम्नाथ-सेरह+ दिए। त्यस सहरको पुनर्निर्माण गरेर तिनी त्यहीँ बस्न थाले।

५१ इस्राएलीहरूले पैतृक सम्पत्तिको रूपमा पाएका इलाकाहरू यी नै हुन्‌। पुजारी एलियाजार, नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूले सिलोमा+ भेट हुने पालको* प्रवेशद्वारनजिकै+ यहोवा परमेश्‍वरसामु गोला हालेर यी इलाकाहरू बाँडिदिएका थिए।+ यसरी तिनीहरूले इलाका बाँड्‌ने काम सिद्‌ध्याए।

२० त्यसपछि यहोवा परमेश्‍वरले यहोसुलाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन, ‘मैले मोसामार्फत भनेझैँ तिमीहरूले केही सहरलाई शरणनगरको रूपमा छुट्ट्याओ।+ ३ यसो गऱ्‍यौ भने अनजानमा वा भुलवश कसैको हत्या गर्ने व्यक्‍ति ती सहरहरूमा भागेर जान सक्छ। अनि रगतको साटो फेर्ने व्यक्‍तिबाट त्यस हत्याराले शरण पाउनेछ।+ ४ ऊ ती सहरहरूमध्ये एउटामा भागेर जाओस्‌,+ त्यस सहरको मूलढोकामा उभियोस्‌+ र त्यहाँका नाइकेहरूसामु आफ्नो मामिला पेस गरोस्‌। त्यसपछि तिनीहरूले उसलाई सहरभित्र पस्न देऊन्‌ र बस्नको लागि ठाउँ देऊन्‌ अनि ऊ त्यहाँ तिनीहरूसँगै बसोस्‌। ५ रगतको साटो फेर्ने व्यक्‍ति त्यस हत्यारालाई खेद्‌दै आइपुगे भने नाइकेहरूले त्यस हत्यारालाई तिनको हातमा नसुम्पिऊन्‌ किनकि उसले भुलवश हत्या गरेको थियो र उसले कुनै दुस्मनी राखेको पनि थिएन।+ ६ अनि समुदायसामु उसको फैसला नहोउन्जेल+ र त्यसबेला सेवा गरिरहेका प्रधानपुजारीको मृत्यु नहोउन्जेल ऊ त्यही सहरमा बसोस्‌।+ त्यसपछि ऊ जुन सहरबाट भागेर आएको हो, त्यहीँ फर्केर आफ्नो घरमा जान सक्छ।’”+

७ यही आज्ञाबमोजिम इस्राएलीहरूले यी सहरहरूलाई अलग्गै छुट्ट्याए:* नप्तालिको पहाडी इलाकामा गालिलको केदेस,+ एप्रैमको पहाडी इलाकामा सकेम+ र यहुदाको पहाडी इलाकामा किर्यथ-अर्बा+ अर्थात्‌ हेब्रोन। ८ अनि यरिहोको पूर्वपट्टि यर्दनको इलाकामा तिनीहरूले यी सहरहरू छाने: रुबेनको कुलको पठारमा* भएको निर्जनभूमिमा रहेको बेजेर,+ गादको कुलको इलाकामा पर्ने गिलादको रामोथ+ र मनस्सेको कुलको इलाकामा पर्ने बासानको गोलान।+

९ इस्राएलीहरू र तिनीहरूसित बसोबास गर्ने विदेशीहरूमध्ये कसैले अनजानमा कुनै व्यक्‍तिलाई माऱ्‍यो भने ऊ भागेर जान सकोस्‌ भनी छुट्ट्याइएका शरणनगरहरू यी नै हुन्‌।+ समुदायसामु उसको फैसला हुनुअघि नै रगतको साटो फेर्ने व्यक्‍तिले उसलाई नमारोस्‌ भनेर ऊ त्यहीँ बस्न सक्छ।+

२१ लेविको कुलका घरानाहरूका नाइकेहरूले पुजारी एलियाजार,+ नुनका छोरा यहोसु र इस्राएलका कुलका घरानाहरूका नाइकेहरूलाई २ कनान देशको सिलोमा+ भेटेर यसो भने: “हाम्रो लागि सहरहरू र हाम्रा गाईवस्तुको लागि चरनहरू दिनू भनेर यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएको थियो।”+ ३ त्यसैले यहोवा परमेश्‍वरको आज्ञाबमोजिम इस्राएलीहरूले आफूले पाएको पैतृक सम्पत्तिबाट लेवीहरूलाई सहरहरू+ र चरनहरू दिए।+

४ पहिलो गोला कोहातीहरूका घरानाहरूको+ नाममा पऱ्‍यो। अनि ती लेवीहरू, जो पुजारी हारुनका सन्तान थिए, तिनीहरूलाई गोला हालेर यहुदाको कुल,+ सिमियोनको कुल+ र बिन्यामिनको कुलबाट+ १३ वटा सहर दिइयो।

५ बाँकी कोहातीहरूलाई एप्रैमको कुल,+ दानको कुल र मनस्सेको आधा कुलबाट+ १० वटा सहर दिइयो।*

६ गेर्सोनीहरूलाई+ इस्साकारको कुल, असेरको कुल, नप्तालिको कुल र बासानमा बस्ने मनस्सेको आधा कुलबाट १३ वटा सहर दिइयो।+

७ मरारीहरूलाई+ तिनीहरूको घरानाको हिसाबअनुसार रुबेनको कुल, गादको कुल र जबुलुनको कुलबाट १२ वटा सहर दिइयो।+

८ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले गोला हालेर लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+

९ तिनीहरूले यहुदाको कुल र सिमियोनको कुलबाट दिएका सहरहरूको नाम यहाँ उल्लेख गरिएको छ;+ १० तिनीहरूले यी सहरहरू हारुनका सन्तानलाई दिए, जो लेविको कुलका कोहातीहरूका सन्तान थिए किनभने कोहातीहरूको नाममा पहिलो गोला परेको थियो। ११ तिनीहरूले कोहातीहरूलाई यहुदाको पहाडी इलाकामा रहेको किर्यथ-अर्बा+ (अर्बा अनाकका बुबा थिए) अर्थात्‌ हेब्रोन+ र त्यसवरपरका चरनहरू दिए। १२ तर तिनीहरूले सहरको खुला मैदान र वरपरका बस्तीहरू यपुन्‍नेको छोरा कालेबलाई दिए।+

१३ तिनीहरूले पुजारी हारुनका सन्तानलाई हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर+ हेब्रोन+ र त्यहाँका चरनहरूका साथै लिब्नाह+ र त्यहाँका चरनहरू, १४ यात्तिर+ र त्यहाँका चरनहरू, एस्तेमोआ+ र त्यहाँका चरनहरू, १५ होलोन+ र त्यहाँका चरनहरू, दबिर+ र त्यहाँका चरनहरू, १६ ऐइन+ र त्यहाँका चरनहरू, युत्ताह+ र त्यहाँका चरनहरू अनि बेथ-सेमेस र त्यहाँका चरनहरू दिए—यी दुई वटा कुलबाट नौ वटा सहर।

१७ अनि बिन्यामिनको कुलबाट: गिबोन+ र त्यहाँका चरनहरू, गेबा र त्यहाँका चरनहरू,+ १८ अनातोत+ र त्यहाँका चरनहरू अनि अल्मोन र त्यहाँका चरनहरू—जम्मा चार वटा सहर।

१९ अनि पुजारीहरू, जो हारुनका सन्तान थिए, तिनीहरूलाई १३ वटा सहर र त्यहाँका चरनहरू दिइयो।+

२० लेविको कुलका कोहातीहरूका बाँकी घरानालाई गोला हालेर एप्रैमको कुलबाट सहरहरू दिइयो। २१ तिनीहरूलाई एप्रैमको पहाडी इलाकामा रहेको सकेम,+ जुन हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर थियो,+ त्यो सहर र त्यहाँका चरनहरूका साथै गेजेर+ र त्यहाँका चरनहरू, २२ किब्जैम र त्यहाँका चरनहरू अनि बेथ-होरोन+ र त्यहाँका चरनहरू पनि दिइयो—जम्मा चार वटा सहर।

२३ अनि दानको कुलबाट: एल्तेके र त्यहाँका चरनहरू, गिब्बथोन र त्यहाँका चरनहरू, २४ ऐय्यालोन+ र त्यहाँका चरनहरू अनि गाथ-रिम्मोन र त्यहाँका चरनहरू—जम्मा चार वटा सहर।

२५ मनस्सेको आधा कुलबाट: तानक+ र त्यहाँका चरनहरू अनि गाथ-रिम्मोन र त्यहाँका चरनहरू—जम्मा दुई वटा सहर।

२६ कोहातीहरूका बाँकी घरानाले जम्मा १० वटा सहर र त्यहाँका चरनहरू पाए।

२७ लेवीहरूका सन्तान गेर्सोनीहरूले+ मनस्सेको आधा कुलबाट बासानमा रहेको गोलान,+ जुन हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर थियो, त्यो सहर र त्यहाँका चरनहरू अनि बेस्तेराह र त्यहाँका चरनहरू पाए—जम्मा दुई वटा सहर।

२८ अनि इस्साकारको कुलबाट:+ किस्योन र त्यहाँका चरनहरू, दबेरथ+ र त्यहाँका चरनहरू, २९ यार्मुथ र त्यहाँका चरनहरू अनि एन-गन्‍निम र त्यहाँका चरनहरू—जम्मा चार वटा सहर।

३० असेरको कुलबाट:+ मिसाल र त्यहाँका चरनहरू, अब्दोन र त्यहाँका चरनहरू, ३१ हेल्कथ+ र त्यहाँका चरनहरू अनि रेहोब+ र त्यहाँका चरनहरू—जम्मा चार वटा सहर।

३२ नप्तालिको कुलबाट: गालिलमा रहेको केदेस,+ जुन हत्याराहरू भागेर जान छुट्ट्याइएको शरणनगर थियो,+ त्यो सहर र त्यहाँका चरनहरू, हम्मोथ-दोर र त्यहाँका चरनहरू अनि कर्तान र त्यहाँका चरनहरू—जम्मा तीन वटा सहर।

३३ गेर्सोनीहरूले आ-आफ्नो घरानाको हिसाबअनुसार जम्मा १३ वटा सहर र त्यहाँका चरनहरू पाए।

३४ बाँकी लेवीहरू अर्थात्‌ मरारिका सन्तानले+ जबुलुनको कुलबाट+ योक्निम+ र त्यहाँका चरनहरू, कर्ताह र त्यहाँका चरनहरू, ३५ दिम्नाह र त्यहाँका चरनहरू अनि नाहलल+ र त्यहाँका चरनहरू पाए—जम्मा चार वटा सहर।

३६ यसैगरि रुबेनको कुलबाट: बेजेर+ र त्यहाँका चरनहरू, याहज र त्यहाँका चरनहरू,+ ३७ केदेमोथ र त्यहाँका चरनहरू अनि मेफाथ र त्यहाँका चरनहरू—जम्मा चार वटा सहर।

३८ गादको कुलबाट+ गिलादमा रहेको रामोथ,+ जुन हत्याराहरू भागेर जानको लागि छुट्ट्याइएको एउटा शरणनगर थियो, त्यो सहर र त्यहाँका चरनहरू, महनैम+ र त्यहाँका चरनहरू, ३९ हेस्बोन+ र त्यहाँका चरनहरू अनि याजेर+ र त्यहाँका चरनहरू—जम्मा चार वटा सहर।

४० बाँकी लेवीहरूका घरानाहरू अर्थात्‌ मरारिका सन्तानलाई तिनीहरूको घरानाको हिसाबअनुसार गोला हालेर १२ वटा सहर दिइयो।

४१ इस्राएलीहरूले सम्पत्तिको रूपमा पाएको अंशबाट लेवीहरूले ४८ वटा सहर र त्यहाँका चरनहरू पाए।+ ४२ तिनीहरूले पाएका सबै सहरको वरिपरि चरन थियो; हो, चरन नभएको सहर एउटै थिएन।

४३ यसरी यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई पूरै देश दिनुभयो, जुन देश दिन्छु भनी उहाँले तिनीहरूका पुर्खाहरूसित कसम खानुभएको थियो।+ अनि इस्राएलीहरूले त्यसमाथि अधिकार जमाएर त्यहाँ बसोबास गरे।+ ४४ यहोवा परमेश्‍वरले तिनीहरूका पुर्खाहरूसित कसम खानुभएझैँ उहाँले तिनीहरूलाई शान्ति दिनुभयो।+ यहोवा परमेश्‍वरले तिनीहरूका सबै शत्रुलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो।+ एक जना शत्रु पनि तिनीहरूविरुद्ध खडा हुन सकेन।+ ४५ यहोवा परमेश्‍वरले इस्राएलीहरूसित गर्नुभएको असल-असल प्रतिज्ञामध्ये एउटा पनि अपूरो रहेन। उहाँका सबै प्रतिज्ञा पूरा भए।+

२२ अनि यहोसुले रुबेनको कुललाई, गादको कुललाई र मनस्सेको आधा कुललाई बोलाए २ र तिनीहरूलाई भने: “यहोवा परमेश्‍वरका सेवक मोसाले दिएका सबै आज्ञा तिमीहरूले पालन गरेका छौ+ र मैले भनेका सबै कुरा पनि तिमीहरूले मानेका छौ।+ ३ तिमीहरूले आफ्ना भाइबन्धुलाई अहिलेसम्म साथ दिइरहेका छौ+ अनि यहोवा आफ्ना परमेश्‍वरको आज्ञा पालन गरेर आफ्नो कर्तव्य पूरा गरेका छौ।+ ४ यहोवा तिमीहरूका परमेश्‍वरले आफ्नो प्रतिज्ञाअनुसारै अहिले तिमीहरूका भाइबन्धुलाई शान्ति दिनुभएको छ।+ त्यसैले तिमीहरू यहोवा परमेश्‍वरका सेवक मोसाले तिमीहरूको अधिकारमा दिएको यर्दनपारिको* इलाकामा जाओ र आ-आफ्नो पालमा बस।+ ५ तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गरेर,+ उहाँले देखाउनुभएको बाटोमा हिँडेर,+ उहाँका सबै आज्ञा पालन गरेर,+ उहाँसँग घनिष्ठ भइरहेर+ अनि आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले+ उहाँको सेवा गरेर+ यहोवा परमेश्‍वरका सेवक मोसाले तिमीहरूलाई दिएका आज्ञाहरू र व्यवस्थाहरू होसियार भई पालन गर्नू।”+

६ त्यसपछि यहोसुले तिनीहरूलाई आशिष्‌ दिए अनि तिनीहरू आ-आफ्नो पालमा फर्के। ७ मनस्सेको आधा कुललाई मोसाले पैतृक सम्पत्तिको रूपमा बासान दिएका थिए+ र बाँकी आधा कुललाई यहोसुले अरू इस्राएलीहरूसँगै यर्दनको पश्‍चिमतिरको इलाका दिएका थिए।+ साथै यहोसुले तिनीहरूलाई आशिष्‌ दिएर आ-आफ्नो पालमा पठाए। ८ यहोसुले तिनीहरूलाई भने: “प्रशस्त धनसम्पत्ति, वस्तुभाउ, सुनचाँदी, तामा, फलाम अनि लुगाफाटा लिएर आ-आफ्नो पालमा जाओ।+ तिमीहरूले शत्रुहरूबाट लुटेको धनसम्पत्ति+ आफ्ना भाइबन्धुसित पनि बाँड।”

९ त्यसपछि रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरू कनानको सिलोमा अरू इस्राएलीहरूसँग बिदा भएर आफूले अधिकार गर्न पाएको इलाका गिलादतर्फ फर्के,+ जहाँ तिनीहरू यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएबमोजिम बसोबास गर्थे।+ १० रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरू कनानमा यर्दननजिकै पुगेपछि तिनीहरूले त्यहाँ ठूलो र भव्य वेदी बनाए। ११ यसरी वेदी बनाएको कुरा अरू इस्राएलीहरूले सुनेपछि+ यसो भने: “हेर त! रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूले हाम्रो इलाकामा के गरेछन्‌! तिनीहरूले यर्दननजिकै कनानको सिमानामा एउटा वेदी बनाएका छन्‌।” १२ यो कुरा सुनेपछि इस्राएलीहरूको सारा समुदाय तिनीहरूसित लडाइँ गर्न सिलोमा+ जम्मा भयो।

१३ त्यसपछि इस्राएलीहरूले पुजारी एलियाजारका छोरा पिनहासलाई+ रुबेनको कुल, गादको कुल र मनस्सेको आधा कुलका मानिसहरूलाई भेट्‌न गिलादमा पठाए। १४ तिनीहरूले पिनहाससँगै १० जना नाइकेलाई पनि पठाए—हरेक कुलबाट एक जना नाइके। यिनीहरू हजारौँ इस्राएली मिलेर बनेको आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए।+ १५ तिनीहरूले रुबेनको कुलका, गादको कुलका र मनस्सेको आधा कुलका मानिसहरूलाई भेटेर भने:

१६ “यहोवा परमेश्‍वरको सारा समुदायले यसो भनिरहेको छ: ‘तिमीहरू किन यस्तो काम गरेर इस्राएलका परमेश्‍वरसित विश्‍वासघात गर्दै छौ?+ यो वेदी बनाएर तिमीहरूले यहोवा परमेश्‍वरको विद्रोह गरेका छौ; तिमीहरू आज यहोवा परमेश्‍वरको पछि लाग्न छोडेर उहाँबाट तर्किएका छौ।+ १७ पोअरमा हामीले गरेको पाप सानो थियो र? यहोवा परमेश्‍वरका सारा मानिसमाथि त्यतिबेला आएको विपत्ति तिमीहरूले बिर्सिसक्यौ?+ आज हामी त्यही गल्ती दोहोऱ्‍याउँदै छौँ। १८ के आज तिमीहरू फेरि यहोवा परमेश्‍वरको पछि लाग्न छोडेर उहाँबाट तर्किन चाहन्छौ? आज तिमीहरूले यहोवा परमेश्‍वरको विद्रोह गऱ्‍यौ भने भोलि इस्राएलीहरूको सारा समुदायसित उहाँ क्रोधित हुनुहुनेछ।+ १९ यदि तिमीहरूले आफ्नो इलाका अशुद्ध भएकोले वेदी बनाएका हौ भने यहोवा परमेश्‍वरको वासस्थान* भएको+ यहोवाको इलाकामा+ आओ र हामीसँगै बसोबास गर। तर यहोवा परमेश्‍वरको विद्रोहचाहिँ नगर अनि हाम्रा परमेश्‍वर यहोवाको वेदी छँदाछँदै अर्को वेदी बनाएर हामीलाई पनि विद्रोही नबनाओ।+ २० नाश गर्नुपर्ने कुराहरू चोरेर जेरहको छोरा आकानले+ परमेश्‍वरसित विश्‍वासघात गरेकोले इस्राएलीहरूको सारा समुदायसित उहाँ क्रोधित हुनुभएको थिएन र?+ उसको पापले गर्दा उसले मात्र होइन, अरूले पनि ज्यान गुमाउनुपऱ्‍यो।’”+

२१ तब रुबेनको कुलका, गादको कुलका र मनस्सेको आधा कुलका मानिसहरूले इस्राएलीहरूका हजार-हजारको समूहका नाइकेहरूलाई यसो भने:+ २२ “ईश्‍वरहरूका ईश्‍वर यहोवा, उहाँ सबै कुरा जान्‍नुहुन्छ! हो, ईश्‍वरहरूका ईश्‍वर यहोवालाई+ सबै कुरा थाह छ र सबै इस्राएलीले पनि यो कुरा थाह पाउनेछन्‌। यदि हामीले यहोवा परमेश्‍वरको विद्रोह गरेका रहेछौँ र हामी उहाँप्रति वफादार भएका रहेनछौँ भने आज हामीलाई जीवित नछोड्‌नुहोस्‌। २३ यदि हामीले यहोवा परमेश्‍वरलाई त्याग्न अनि अग्निभेटी, अन्‍नभेटी र मेलबलि चढाउन यो वेदी बनाएका रहेछौँ भने यहोवा परमेश्‍वरले नै हामीलाई दण्ड देऊन्‌।+ २४ तर हामीले यो वेदी अर्कै कारणले बनाएका हौँ। हामीले यस्तो सोच्यौँ, ‘पछि तपाईँहरूका सन्तानले हाम्रा सन्तानलाई यसो भन्‍न सक्छन्‌: “तिमीहरू र इस्राएलका परमेश्‍वर यहोवाबीच कुनै सम्बन्ध छ र? २५ हे रुबेनको कुलका र गादको कुलका मानिसहरू हो, यहोवा परमेश्‍वरले यर्दनलाई तिमीहरूको र हाम्रो सिमाना तोकिदिनुभएको छ। त्यसैले यहोवा परमेश्‍वरको उपासनामा तिमीहरूको केही हिस्सा छैन।” यसो भनेर तपाईँहरूका सन्तानले हाम्रा सन्तानलाई यहोवाको सेवा गर्नदेखि* रोक्न खोज्नेछन्‌।’

२६ “त्यसैले हामीले सोच्यौँ, ‘हामी एउटा वेदी बनाऔँ तर अग्निभेटी र बलिदान चढाउनको लागि होइन। २७ बरु त्यो तपाईँहरू र हामीबीच+ अनि तपाईँहरूको र हाम्रो सन्तानबीच* साक्षी होस्‌। त्यो वेदी हामी यहोवासामु अग्निभेटी, मेलबलि र अरू बलिहरू+ चढाएर उहाँकै सेवा गरिरहनेछौँ भन्‍ने कुराको साक्षी हुनेछ ताकि तपाईँहरूका सन्तानले हाम्रा सन्तानलाई पछि यसो भन्‍न नपाऊन्‌: “यहोवा परमेश्‍वरको उपासनामा तिमीहरूको केही हिस्सा छैन।”’ २८ त्यसैले हामीले यस्तो सोच्यौँ, ‘यदि तिनीहरूले पछि हामीसँग वा हाम्रा सन्तानसँग यस्तो कुरा गरे भने त्यतिबेला हामी पनि यसो भन्‍न सक्नेछौँ: “यहोवा परमेश्‍वरको वेदीजस्तै देखिने हाम्रा पुर्खाहरूले बनाएको वेदी हेर! अग्निभेटी र बलिदान चढाउनको लागि यो बनाइएको होइन बरु तिमीहरू र हामीबीच साक्षी होस्‌ भनेर हो।”’ २९ यहोवा हाम्रा परमेश्‍वरको वासस्थानमा भएको वेदीबाहेक अर्को वेदी बनाउने अनि त्यसमा अग्निभेटी, अन्‍नभेटी र अरू किसिमका बलि चढाएर यहोवा परमेश्‍वरको विद्रोह गर्ने र यहोवा परमेश्‍वरको पछि लाग्न छोडेर उहाँबाट तर्किने कुरा हामी सोच्न पनि सक्दैनौँ।”+

३० रुबेन, गाद र मनस्सेका सन्तानको कुरा सुनेपछि पुजारी पिनहास र हजारौँ इस्राएली मिलेर बनेको घरानाहरूका नाइकेहरूको चित्त बुझ्यो।+ ३१ त्यसैले पुजारी एलियाजारका छोरा पिनहासले रुबेन, गाद र मनस्सेका सन्तानलाई यसो भने: “आज हामीले थाह पायौँ, यहोवा परमेश्‍वर हामीसँगै हुनुहुन्छ किनभने तिमीहरूले यहोवा परमेश्‍वरसित विश्‍वासघात गरेका रहेनछौ। अब यहोवा परमेश्‍वरले हामी इस्राएलीहरूलाई सजाय दिनुहुनेछैन।”

३२ त्यसपछि पुजारी एलियाजारका छोरा पिनहास र ती नाइकेहरू रुबेनको कुल र गादको कुलको इलाका गिलादबाट कनान फर्के अनि त्यहाँ भएको सबै कुरा अरू इस्राएलीहरूलाई सुनाइदिए। ३३ तिनीहरूको कुरा सुनेपछि सबै इस्राएलीको चित्त बुझ्यो। अनि ती इस्राएलीहरूले परमेश्‍वरको प्रशंसा गरे; त्यसपछि रुबेनको कुल र गादको कुलसित लडाइँ गर्ने अनि तिनीहरूको इलाका ध्वस्त पार्ने कुरा इस्राएलीहरूले गरेनन्‌।

३४ यसपछि रुबेनको कुल र गादको कुलका मानिसहरूले त्यस वेदीको नाम* राखे र यसो भने: “यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर यो वेदी हामी सबैको लागि साक्षी हो।”

२३ यहोवा परमेश्‍वरले वरपरका शत्रुहरूबाट इस्राएलीहरूलाई आराम+ दिनुभएको धेरै समय भइसकेको थियो। यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ २ यहोसुले सबै इस्राएलीलाई, नाइकेहरूलाई, मुखियाहरूलाई, न्यायकर्ताहरूलाई र अफिसरहरूलाई+ एक ठाउँमा भेला गराए+ र यसो भने: “म धेरै बूढा भइसकेँ र मैले निकै उमेर खाइसकेँ। ३ तिमीहरूको खातिर यी सबै जातिलाई यहोवा तिमीहरूका परमेश्‍वरले के गर्नुभयो भनेर तिमीहरूले आफ्नै आँखाले देख्यौ किनभने यहोवा तिमीहरूका परमेश्‍वरले नै तिमीहरूको तर्फबाट लडाइँ गर्नुभएको थियो।+ ४ हेर, यर्दनदेखि पश्‍चिममा महासागरसम्म* बसोबास गरेका जातिहरूलाई मैले धपाइसकेँ+ र तिनीहरूको इलाका मैले गोला हालेर पैतृक सम्पत्तिको रूपमा तिमीहरूलाई बाँडिदिएको छु।+ त्यहाँ बस्ने अरू जातिहरूलाई धपाउन अझै बाँकी छ तर त्यो इलाका तिमीहरूकै हो। ५ यहोवा तिमीहरूका परमेश्‍वरले नै तिनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनुभएको हो+ र तिनीहरूलाई यहाँबाट निकालिदिनुभएको हो। यसरी यहोवा परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूको इलाकामाथि अधिकार गऱ्‍यौ।+

६ “त्यसैले अब साहसी होओ अनि मोसाले लेखेको व्यवस्थाको पुस्तकमा भएका सबै कुरा होसियार भएर पालन गर;+ त्यसबाट तर्केर कहिल्यै दायाँबायाँ नलाग+ ७ र तिमीहरूसँग बसोबास गर्ने अन्य जातिहरूसित कहिल्यै घुलमिल नहोओ।+ तिनीहरूका देवीदेवताको नामसमेत नलेओ,+ तिनीहरूका देवीदेवताको नाममा कसम नखाओ र तिनीहरूका देवीदेवतालाई कहिल्यै नपुज र तिनलाई नढोग।+ ८ तर तिमीहरू जसरी अहिलेसम्म यहोवा आफ्ना परमेश्‍वरसित घनिष्ठ भएर बसेका छौ, त्यसैगरि उहाँसँग सधैँ घनिष्ठ भइरहो।+ ९ यहोवा परमेश्‍वरले शक्‍तिशाली र ठूला जातिहरूलाई तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ+ किनभने अहिलेसम्म तिमीहरूविरुद्ध कुनै पनि मानिस खडा हुन सकेको छैन।+ १० तिमीहरू एक जनाले हजार जना शत्रुलाई खेद्‌नेछौ+ किनभने यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ+ उहाँले नै तिमीहरूको तर्फबाट लडाइँ गर्नुहुनेछ।+ ११ त्यसैले तिमीहरूले आफ्ना परमेश्‍वर यहोवालाई प्रेम गरेका छौ कि छैनौ,+ त्यसबारे सधैँ होसियार रहनू।+

१२ “तर तिमीहरूले परमेश्‍वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्‌, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्‍यौ+ र तिनीहरूसँग सरसङ्‌गत गऱ्‍यौ भने १३ यो कुरा नबिर्स, यहोवा परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्‌। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्‌।

१४ “हेर! अब म मर्ने बेला आइसक्यो।* यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूसित गर्नुभएका सबै असल प्रतिज्ञामा एउटा पनि अधुरो रहेको छैन भनी तिमीहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले थाह पाएकै छौ। ती सबै पूरा भएका छन्‌; तीमध्ये एउटा कुरा पनि फरक परेको छैन।+ १५ जसरी यहोवा परमेश्‍वरले तिमीहरूलाई जे-जति असल थोक दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो र त्यो पूरा गर्नुभयो,+ त्यसरी नै यहोवा परमेश्‍वरले तिमीहरूमाथि जे-जस्ता विपत्ति आउनेछन्‌ भनेर बताउनुभएको थियो, ती पनि पूरा हुनेछन्‌। अनि यहोवा तिमीहरूका परमेश्‍वरले दिनुभएको यस असल देशबाट उहाँले तिमीहरूको नामोनिसान मेटाउनुहुनेछ।+ १६ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जुन करार नतोड भन्‍नुभएको थियो, त्यो तिमीहरूले तोड्‌यौ र अरू देवताहरूलाई पुज्यौ अनि तिनीहरूलाई ढोग्यौ भने यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ+ र उहाँले दिनुभएको यस असल देशबाट तुरुन्तै तिमीहरूको नामोनिसान मेटिनेछ।”+

२४ त्यसपछि यहोसुले इस्राएलका सबै कुललाई सकेममा भेला गराए अनि इस्राएलका नाइकेहरू, मुखियाहरू, न्यायकर्ताहरू र अफिसरहरूलाई+ बोलाए अनि तिनीहरू साँचो परमेश्‍वरसामु हाजिर भए। २ तब यहोसुले त्यहाँ भेला भएका सबैलाई भने: “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘धेरै वर्षअघि अब्राहामका र नाहोरका बुबा तेरहलगायत तिमीहरूका अरू पुर्खाहरू+ युफ्रेटिस नदीपारि बस्थे+ अनि तिनीहरू अर्कै देवताहरूलाई पुज्थे।+

३ “‘पछि मैले तिमीहरूका पुर्खा अब्राहामलाई युफ्रेटिस नदीपारिबाट ल्याएँ+ र तिनलाई कनान देशको पूरै यात्रा गराएँ अनि तिनका सन्तान धेरै बढाइदिएँ।+ मेरो आशिष्‌ले तिनको छोरा इसहाक + जन्मियो ४ अनि इसहाकका दुई जना छोरा याकुब र एसाव भए।+ मैले एसावलाई सम्पत्तिको रूपमा सेइर डाँडा दिएँ;+ याकुब र उनका छोराहरूचाहिँ मिश्र देशतिर लागे।+ ५ पछि मैले तिमीहरूका पुर्खालाई बचाउन मोसा र हारुनलाई पठाएँ+ अनि मैले मिश्रीहरूमाथि एकपछि अर्को विपत्ति ल्याएँ+ र तिमीहरूका पुर्खालाई त्यहाँबाट छुटाएँ। ६ मैले तिमीहरूका पुर्खालाई मिश्रबाट छुटाएर+ लाल समुद्रसम्म ल्याएँ तर मिश्रीहरू आफ्ना रथ अनि घोडचढी लिएर तिनीहरूलाई खेद्‌दै त्यहीँ आइपुगे।+ ७ यो देखेपछि तिमीहरूका पुर्खाले यहोवालाई पुकार्न थाले।+ त्यसैले मैले तिमीहरूका पुर्खालाई बचाउन तिनीहरू र मिश्रीहरूबीच कालो बादल राखिदिएँ। त्यसपछि समुद्र उर्लेर आयो र सबै मिश्री डुबेर मरे।+ मिश्रमा छँदा मैले के-के गरेँ, त्यो तिमीहरूका पुर्खाले आफ्नै आँखाले देखे।+ त्यहाँबाट निस्केपछि तिमीहरूले निर्जनभूमिमा धेरै वर्ष* बितायौ।+

८ “‘मैले तिमीहरूलाई एमोरीहरूको देशमा ल्याएँ, जो यर्दनपारि* बसोबास गर्थे अनि एमोरीहरूले तिमीहरूसित लडाइँ गरे।+ तर तिमीहरूले एमोरीहरूको इलाका कब्जा गर्न सक भनेर मैले एमोरीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएँ। मैले ती एमोरीहरूलाई तिमीहरूकै सामने नाश गरिदिएँ।+ ९ त्यसपछि जिप्पोरका छोरा अर्थात्‌ मोआबका राजा बालाक तिमीहरूसित लडाइँ गर्न आए। बालाकले तिमीहरूलाई सराप्न बेअरका छोरा बालामलाई बोलाए।+ १० तर मैले बालामको कुरा सुनिनँ।+ बरु तिनले उल्टै तिमीहरूलाई धेरै चोटि आशिष्‌ दिए+ अनि मैले तिमीहरूलाई तिनको हातबाट बचाएँ।+

११ “‘त्यसपछि तिमीहरू यर्दन+ तरेर यरिहोमा+ आइपुग्यौ। अनि यरिहोका अगुवाहरू,* एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गासी, हिव्वी र यबुसीहरू तिमीहरूसित लडाइँ गर्न आए। तर मैले तिनीहरू सबैलाई तिमीहरूको हातमा सुम्पिदिएँ।+ १२ तिमीहरू ती जातिहरू बसोबास गरिरहेको इलाकामा पुग्नुभन्दा पहिल्यै मैले त्यहाँका मानिसहरूलाई हतोत्साहित तुल्याइदिएँ।* अनि त्यही डरले गर्दा जसरी एमोरीहरूका दुई जना राजा भागेका थिए, त्यसरी नै ती मानिसहरू पनि भागे।+ तिमीहरूले आफ्नो तरबार र धनुले तिनीहरूलाई जितेका होइनौ।+ १३ मैले तिमीहरूलाई यस्तो देश दिएँ, जसको निम्ति तिमीहरूले मेहनतै गर्नुपरेन अनि यस्ता सहरहरू दिएँ, जसलाई तिमीहरूले बसाल्नै परेन।+ तिमीहरू यहाँ आयौ र बसोबास गर्न थाल्यौ। अनि तिमीहरू आफूले नरोपेको अङ्‌गुर र जैतुनको बगानको फल खाँदै छौ।’+

१४ “त्यसैले यहोवा परमेश्‍वरको भय मान अनि सत्यनिष्ठ* र वफादार भई उहाँको सेवा गर।+ तिमीहरूका पुर्खाले युफ्रेटिस नदीपारि अनि मिश्रमा छँदा पुजेका देवताहरू हटाएर+ यहोवा परमेश्‍वरको उपासना गर। १५ तर तिमीहरू यहोवा परमेश्‍वरको उपासना गर्न चाहँदैनौ भने कसको उपासना गर्न चाहन्छौ, आजै रोज:+ तिमीहरूका पुर्खाले युफ्रेटिस नदीपारि पुजेका देवताहरूको+ कि अहिले तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको इलाकाका देवताहरूको?+ तर म र मेरो परिवारले भने यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ।”

१६ यो सुनेपछि मानिसहरूले भने: “यहोवा परमेश्‍वरलाई छोडेर अरू देवताहरूलाई पुज्ने कुरा हामी सोच्न समेत सक्दैनौँ। १७ यहोवा हाम्रा परमेश्‍वरले नै हामी र हाम्रा पुर्खालाई दासत्वको घर+—मिश्रबाट छुटाएर ल्याउनुभयो+ अनि उहाँले हाम्रै आँखाअगाडि ठूलठूला चमत्कारहरू गरेर देखाउनुभयो+ अनि पूरै यात्राभरि उहाँले हामीलाई डोऱ्‍याउनुभयो र हामी जुन-जुन जातिहरूको इलाका भएर हिँड्‌यौँ, त्यहाँ तिनीहरूको हातबाट जोगाउनुभयो।+ १८ यहाँ हामीभन्दा अघि बसोबास गर्ने एमोरी र अरू जातिहरू सबैलाई यहोवा परमेश्‍वरले धपाउनुभयो। त्यसैले हामी पनि यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ किनभने उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ।”

१९ तब यहोसुले मानिसहरूलाई भने: “के तिमीहरू साँच्चै यहोवा परमेश्‍वरको मात्र उपासना गरिरहन सक्छौ? उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ;+ उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको उहाँ सहनुहुन्‍न।+ उहाँले तिमीहरूका अपराध* र पापहरू क्षमा गर्नुहुनेछैन।+ २० यहोवा परमेश्‍वरले तिमीहरूको भलो गर्नुभएको छ। तर यदि तिमीहरूले उहाँलाई त्यागेर अरू देवताहरूलाई पुज्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ र तिमीहरूलाई सर्वनाश गर्नुहुनेछ।”+

२१ यो सुनेपछि मानिसहरूले यहोसुलाई भने: “होइन, हामी यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ!”+ २२ तब यहोसुले मानिसहरूलाई भने: “तिमीहरू आफैले यहोवा परमेश्‍वरको मात्र उपासना गर्ने छनौट गरेका छौ र तिमीहरू नै यस कुराको साक्षी पनि हौ।”+ यो सुनेपछि तिनीहरूले भने: “हो, हामी साक्षी हौँ।”

२३ “त्यसोभए तिमीहरूमाझ भएका विदेशी देवताहरू हटाओ र आफ्नो सारा हृदयले इस्राएलका परमेश्‍वर यहोवाको उपासना गर।” २४ तब मानिसहरूले यहोसुलाई भने: “हामी यहोवा हाम्रा परमेश्‍वरको उपासना गर्नेछौँ र उहाँको कुरा मान्‍नेछौँ!”

२५ त्यसैले यहोसुले त्यो दिन सकेममा मानिसहरूसित करार गरे अनि तिनीहरूको निम्ति नियम र कानुन दिए। २६ त्यसपछि यहोसुले यी सबै कुरा परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे+ अनि तिनले एउटा ठूलो ढुङ्‌गा लिए+ र त्यसलाई यहोवा परमेश्‍वरको पवित्र स्थानको* छेउमा भएको विशाल रूखमुनि राखे।

२७ त्यहाँ भेला भएका सबै मानिसलाई यहोसुले भने: “हेर! यो ढुङ्‌गा हाम्रो साक्षी हो+ किनभने यहोवा परमेश्‍वरले हामीलाई भन्‍नुभएको सबै कुरा यसले सुनेको छ र तिमीहरूले परमेश्‍वरलाई मान्‍न इन्कार गऱ्‍यौ भने यसले तिमीहरूविरुद्ध साक्षी दिनेछ।” २८ यति भनेपछि यहोसुले मानिसहरूलाई पठाइदिए र तिनीहरू पैतृक सम्पत्तिको रूपमा पाएको आ-आफ्नो इलाकामा फर्के।+

२९ त्यसपछि नुनका छोरा, यहोवा परमेश्‍वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ३० तिनीहरूले यहोसुलाई तिम्नाथ-सेरहमा गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको+ एप्रैमको पहाडी इलाकामा पर्थ्यो। ३१ इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्‍वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्‍वरले इस्राएलीहरूको खातिर गर्नुभएको सबै काम देखेका थिए।+

३२ मिश्र देशबाट निस्कँदा इस्राएलीहरूले आफूसँगै ल्याएको युसुफका हड्डीहरू+ सकेम भन्‍ने ठाउँको एउटा जमिनमा गाडे। त्यो जमिन याकुबले हामोरका छोराहरूबाट १०० टुक्रा चाँदीमा किनेका थिए।+ हामोरका एक जना छोराको नाम सकेम थियो। पछि त्यो जमिन युसुफका छोराहरूको पैतृक सम्पत्ति भयो।+

३३ पछि हारुनका छोरा एलियाजारको पनि मृत्यु भयो।+ त्यसैले तिनीहरूले एलियाजारलाई ‘पिनहासको डाँडा’-मा गाडे।+ एप्रैमको पहाडी इलाकामा पर्ने त्यो डाँडा एलियाजारका छोरा पिनहासलाई दिइएको थियो।

वा “यहोसुआ।” यसको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।”

अर्थात्‌, भूमध्यसागरसम्म।

वा “यसलाई गुनगुनाएर पढ्‌नू।”

अर्थात्‌, पूर्वपट्टि।

पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

अर्थात्‌, यर्दनको पूर्वपट्टि।

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

लगभग ८९० मिटर (२,९२० फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “पवित्र होओ।”

अर्थात्‌, मृतसागरतिर।

शब्दावली हेर्नुहोस्‌।

शा., “मोसाको जस्तै तिनको डर माने।”

शब्दावली हेर्नुहोस्‌।

वा “ढुङ्‌गाका चक्कुहरू।”

शब्दावली हेर्नुहोस्‌।

शा., “दोस्रो पटक खतना गराऊ।”

यसको अर्थ हो, “खलडीहरूको डाँडा।”

वा “लडाइँमा भाग लिने उमेर पुगेकाहरू थिए।”

शा., “हामीलाई।”

शा., “गुडाइदिएको छु।”

यसको अर्थ हो, “गुडाइदिनु।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “प्रमुख।”

शब्दावली हेर्नुहोस्‌।

वा “लामो समयसम्म फुकेको आवाज।”

वा “कष्ट; बहिष्कार।”

वा सम्भवतः “मानिसहरूलाई यस्तो शपथ खान लगाए।”

यसले यहोवा परमेश्‍वरको ख्यातिलाई जनाएको पनि हुन सक्छ।

यसको अर्थ हो, “ढुङ्‌गाखानी।”

शा., “मानिसहरूको मुटु गलेर पानीजस्तै भयो।”

वा “करारको सन्दुकअगाडि।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

अर्थात्‌, यर्दनको पूर्वपट्टि।

वा “पवित्र।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “कष्ट; बहिष्कार।”

यसको अर्थ हो, “विपत्ति; बहिष्कार।”

वा “अराबाह।”

वा “रूखमा।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, भूमध्यसागरको।

जनावरको छालाबाट बनेको थैलो।

अर्थात्‌, यर्दनको पूर्वपट्टि।

वा “जाँच गरे।”

वा “रूखमा।”

वा “अराबाहका।”

घुँडा पछाडिको मोटो नसो।

वा “वादीदेखि।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

अर्थात्‌, गनेसरेत ताल वा गालिल समुद्रदेखि।

अर्थात्‌, मृतसागरसम्म।

शा., “अगाडि।”

वा “सिहोरदेखि।”

वा “हमाथ छिर्ने ठाउँसम्म।”

वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

पर्वतको शिखरमा भएको समतल भूमि।

अर्थात्‌, सिहोनको अधीनमा भएका राजाहरू।

अर्थात्‌, गनेसरेत ताल वा गालिल समुद्रसम्म।

वा “पालहरू भएका बस्तीहरू।”

अर्थात्‌, यर्दनको पूर्वपट्टि।

वा “गोला हालेर दिइएको।”

अर्थात्‌, मृतसागरको।

वा “बेँसी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

अर्थात्‌, भूमध्यसागरसम्म।

वा सम्भवतः “अक्साहले आफ्नो बुबाको ध्यान खिच्न गधामा बसेर थपडी मारिन्‌।”

वा “नेगेबमा।”

यसको अर्थ हो, “पानीको कुण्ड।”

वा सम्भवतः “गेदेराह र त्यसका भेडीगोठहरू।”

अर्थात्‌, भूमध्यसागरलाई।

वा “बेँसी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

अर्थात्‌, पूर्वपट्टि।

शा., “दायाँतिर।”

वा “बेँसीसम्म।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

अर्थात्‌, भूमध्यसागरसम्म।

अर्थात्‌, मनस्सेको कुलका मानिसहरू वा तिनीहरूको इलाकाको।

शा., “किन गोला हालेर अनि नापेर जमिनको एक भाग मात्र दिनुभयो?”

शा., “तिनीहरू सबैसित फलामका रथहरू छन्‌।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, मृतसागरको।

वा “वादीसम्म।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “पवित्र ठहराए।”

पर्वतको शिखरमा भएको समतल भूमि।

वा “गोला हालेर दिइयो।”

अर्थात्‌, यर्दनको पूर्वपट्टिको।

शब्दावली हेर्नुहोस्‌।

शा., “डर मान्‍नदेखि।”

शा., “अनि हामीपछिको पुस्ताबीच।”

सन्दर्भलाई विचार गर्दा त्यस वेदीको नाम ‘साक्षी’ राखिएको हुन सक्छ।

अर्थात्‌, भूमध्यसागरसम्म।

शा., “म यस संसारको बाटोमा गइरहेछु।”

शा., “दिन।”

अर्थात्‌, यर्दनको पूर्वपट्टि।

वा सम्भवतः “जग्गाधनीहरू।”

वा सम्भवतः “त्रसित तुल्याइदिएँ; आतङ्‌कित तुल्याइदिएँ।”

वा “निर्दोष।”

वा “विद्रोह।”

शब्दावली हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने