गन्ती
२८ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “इस्राएलीहरूलाई यस्तो आज्ञा देऊ, ‘मलाई चढाउने भेटी अर्थात् मेरो भोजन तिमीहरूले तोकिएकै समयमा चढाउनू।+ तिमीहरूले त्यसलाई आगोमा जलाउनू र त्यसबाट मलाई मन पर्ने* मीठो बास्ना निस्कनेछ।’
३ “अनि तिनीहरूलाई यसो भन्नू, ‘तिमीहरूले यहोवा परमेश्वरको निम्ति आगोमा चढाउनुपर्ने कुराहरू यी हुन्: अग्निभेटीको रूपमा हरेक दिन दुई वटा एक वर्षे भेडाको पाठा चढाउनू।+ ती निष्खोट हुनुपर्छ। ४ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझमा।*+ ५ प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग* मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि चढाउनू।+ ६ सिनै डाँडामा दिइएको नियमअनुसारै तिमीहरूले यो अग्निभेटी नियमित रूपमा चढाउनू।+ तिमीहरूले यसलाई आगोमा जलाउनू र त्यसबाट यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना निस्कनेछ। ७ साथै तिमीहरूले मद्यभेटीको रूपमा प्रत्येक पाठोसँग एक चौथाइ हिन मद्य चढाउनू।+ यहोवा परमेश्वरको लागि मद्यभेटीको रूपमा यसलाई पवित्र ठाउँमा खन्याउनू। ८ अनि दोस्रो पाठोचाहिँ साँझमा चढाउनू। बिहान चढाएको जस्तै अन्नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ।+
९ “‘तर विश्रामदिनमा*+ भने भेडाको एक वर्षे दुई वटा निष्खोट पाठा चढाउनू। अनि यो सँगसँगै एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी र मद्यभेटी पनि चढाउनू। १० यो दिनहुँ चढाइने अग्निभेटी र मद्यभेटीको अलावा विश्रामदिनमा चढाइने अग्निभेटी हो।+
११ “‘प्रत्येक महिनाको सुरुमा तिमीहरूले यहोवा परमेश्वरलाई अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा पाठा चढाउनू।+ ती पाठाहरू एक वर्षका र निष्खोट होऊन्। १२ अनि प्रत्येक बहर चढाउँदा एपाको दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू।+ थुमा चढाउँदा एपाको दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू।+ १३ भेडाको प्रत्येक पाठो चढाउँदा एपाको दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्वरको निम्ति आगोमा जलाइने यो अग्निभेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+ १४ अनि प्रत्येक बहर चढाउँदा आधा हिन दाखमद्य,*+ थुमा चढाउँदा एक तिहाइ हिन दाखमद्य+ र भेडाको प्रत्येक पाठो चढाउँदा एक चौथाइ हिन दाखमद्य मद्यभेटीको रूपमा चढाउनू।+ तिमीहरूले हरेक वर्ष महिनैपिच्छे चढाउनुपर्ने अग्निभेटी यी नै हुन्। १५ यहोवा परमेश्वरलाई दिनहुँ चढाउने अग्निभेटी र मद्यभेटीको अलावा पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि सँगै चढाउनू।
१६ “‘पहिलो महिनाको १४ औँ दिन तिमीहरूले यहोवा परमेश्वरको लागि निस्तार चाड* मनाउनू।+ १७ यही महिनाको १५ औँ दिन तिमीहरूले एउटा चाड मनाउनू अनि सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ १८ यो चाडको पहिलो दिन एउटा पवित्र सभा राख्नू। त्यो दिन कडा परिश्रम गर्नुपर्ने कुनै काम नगर्नू। १९ अनि दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा आगोमा जलाएर अग्निभेटीको रूपमा यहोवा परमेश्वरलाई चढाउनू। ती जनावरहरू निष्खोट हुनुपर्छ।+ २० बहर चढाउँदा दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू।+ अनि थुमा चढाउँदा चाहिँ दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू। २१ साथै भेडाको सात वटा पाठामध्ये प्रत्येक पाठो चढाउँदा दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू। २२ अनि पापको प्रायश्चित गर्न पापभेटीको रूपमा बाख्राको एउटा पाठो पनि सँगै चढाउनू। २३ तिमीहरूले बिहानैपिच्छे चढाउने अग्निभेटीको अलावा यी भेटीहरू पनि चढाउनू। २४ तिमीहरूले यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना निस्कने भोजन* यसरी नै सात दिनसम्म प्रत्येक दिन आगोमा चढाउनू। नियमित रूपमा चढाइने अग्निभेटी र मद्यभेटीको अलावा तिमीहरूले यी भेटीहरू पनि चढाउनू। २५ सातौँ दिन एउटा पवित्र सभा राख्नू।+ त्यो दिन कुनै गाह्रो काम नगर्नू।+
२६ “‘उब्जनीको पहिलो फल चढाउने दिन+ अर्थात् कटनीको चाड* मनाउने दिन+ यहोवा परमेश्वरलाई नयाँ अन्नभेटी चढाउँदा एउटा पवित्र सभा राख्नू।+ त्यो दिन कुनै गाह्रो काम नगर्नू।+ २७ यहोवा परमेश्वरलाई मन पर्ने मीठो बास्ना आओस् भनेर अग्निभेटीको रूपमा दुई वटा बहर, एउटा थुमा र भेडाको सात वटा एक वर्षे पाठा चढाउनू।+ २८ साथै प्रत्येक बहर चढाउँदा दस भागको तीन भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू। अनि थुमा चढाउँदा चाहिँ दस भागको दुई भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू। २९ भेडाको सात वटा पाठामध्ये प्रत्येक पाठो चढाउँदा दस भागको एक भाग मसिनो पीठोलाई तेलमा मुछेर तयार पारिएको अन्नभेटी पनि सँगै चढाउनू। ३० अनि पापको प्रायश्चित गर्न बाख्राको एउटा पाठो पनि सँगै चढाउनू।+ ३१ नियमित रूपमा चढाइने अग्निभेटी र त्यससँगै चढाउने अन्नभेटीको अलावा तिमीहरूले यी भेटीहरू पनि चढाउनू। तिमीहरूले चढाउने जनावरहरू निष्खोट हुनुपर्छ+ र यी जनावरहरू चढाउँदा मद्यभेटी पनि सँगै चढाउनू।