प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • मोआबबारे भविष्यवाणी (१-४७)

यर्मिया ४८:१

फुटनोट

  • *

    वा “अग्लो किल्लालाई।”

मार्जिनल रेफरेन्स

  • +उत्प १९:३६, ३७; यसै १५:१
  • +गन ३२:३७, ३८
  • +यहो १३:१५, १९; इज २५:९
  • +यसै १५:२

यर्मिया ४८:२

मार्जिनल रेफरेन्स

  • +गन ३२:३७; यसै १६:८

यर्मिया ४८:३

मार्जिनल रेफरेन्स

  • +यसै १५:५; यर्मि ४८:३४

यर्मिया ४८:५

मार्जिनल रेफरेन्स

  • +यसै १५:५

यर्मिया ४८:७

मार्जिनल रेफरेन्स

  • +गन २१:२९; १रा ११:७

यर्मिया ४८:८

फुटनोट

  • *

    वा “पठार।”

मार्जिनल रेफरेन्स

  • +इज २५:९

यर्मिया ४८:९

मार्जिनल रेफरेन्स

  • +सप २:९

यर्मिया ४८:११

फुटनोट

  • *

    अङ्‌गुरबाट बनेको रक्सी।

यर्मिया ४८:१३

मार्जिनल रेफरेन्स

  • +१रा १२:२८, २९; होसे १०:१५; आमो ५:५

यर्मिया ४८:१४

मार्जिनल रेफरेन्स

  • +यसै १६:६

यर्मिया ४८:१५

मार्जिनल रेफरेन्स

  • +भज २४:८
  • +यर्मि ४८:८
  • +यसै ३४:२

यर्मिया ४८:१६

मार्जिनल रेफरेन्स

  • +इज २५:११

यर्मिया ४८:१८

फुटनोट

  • *

    वा सम्भवतः “अनि सुक्खा जमिनमा बस्‌।”

मार्जिनल रेफरेन्स

  • +गन २१:३०; यहो १३:१५, १७; यसै १५:२
  • +यर्मि ४८:८

यर्मिया ४८:१९

मार्जिनल रेफरेन्स

  • +गन ३२:३४; व्य २:३६

यर्मिया ४८:२०

मार्जिनल रेफरेन्स

  • +गन २१:१३; यहो १३:८, ९

यर्मिया ४८:२१

फुटनोट

  • *

    वा “पठारको।”

मार्जिनल रेफरेन्स

  • +सप २:९
  • +गन २१:२३; यसै १५:४
  • +यहो १३:१५, १८

यर्मिया ४८:२२

मार्जिनल रेफरेन्स

  • +गन ३२:३४
  • +गन ३२:३, ४

यर्मिया ४८:२३

मार्जिनल रेफरेन्स

  • +गन ३२:३७; यर्मि ४८:१
  • +गन ३२:३७, ३८; यहो १३:१५, १७; इज २५:९

यर्मिया ४८:२४

मार्जिनल रेफरेन्स

  • +आमो २:२

यर्मिया ४८:२५

फुटनोट

  • *

    वा “बल।”

यर्मिया ४८:२६

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१५, १६
  • +यर्मि ४८:४२

यर्मिया ४८:२७

मार्जिनल रेफरेन्स

  • +वि २:१५; सप २:८

यर्मिया ४८:२९

मार्जिनल रेफरेन्स

  • +यसै १६:६; २५:१०, ११; सप २:९, १०

यर्मिया ४८:३१

मार्जिनल रेफरेन्स

  • +२रा ३:२४, २५; यसै १६:७

यर्मिया ४८:३२

फुटनोट

  • *

    यसले अन्जिरलाई जनाउँछ तर यसमा छोहोरा पनि पर्न सक्छ।

मार्जिनल रेफरेन्स

  • +गन ३२:३७, ३८; यहो १३:१५, १९
  • +गन २१:३२; ३२:३४, ३५; यहो २१:८, ३९
  • +यसै १६:८, ९; यर्मि ४८:८

यर्मिया ४८:३३

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१०
  • +यसै १६:१०

यर्मिया ४८:३४

मार्जिनल रेफरेन्स

  • +गन २१:२५; यहो १३:१५, १७
  • +गन ३२:३७; यसै १६:९
  • +गन २१:२३
  • +यर्मि ४८:२, ३
  • +यसै १५:४-६

यर्मिया ४८:३५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

यर्मिया ४८:३६

फुटनोट

  • *

    अर्थात्‌, कसैको मृत्यु हुँदा शोक धुन बजाउन प्रयोग गरिने एक किसिमको बाँसुरीले जस्तै।

  • *

    अर्थात्‌, कसैको मृत्यु हुँदा शोक धुन बजाउन प्रयोग गरिने एक किसिमको बाँसुरीले जस्तै।

मार्जिनल रेफरेन्स

  • +यसै १६:११

यर्मिया ४८:३७

मार्जिनल रेफरेन्स

  • +यर्मि १६:६
  • +लेवी १९:२८
  • +उत्प ३७:३४; यसै १५:२, ३

यर्मिया ४८:४०

मार्जिनल रेफरेन्स

  • +वि ४:१९; हब १:८
  • +यर्मि ४९:२२

यर्मिया ४८:४२

मार्जिनल रेफरेन्स

  • +यर्मि ३०:११
  • +यर्मि ४८:२९

यर्मिया ४८:४४

फुटनोट

  • *

    शा., “वर्ष।”

यर्मिया ४८:४५

मार्जिनल रेफरेन्स

  • +गन २१:२६, २८
  • +गन २४:१७; आमो २:२

यर्मिया ४८:४६

मार्जिनल रेफरेन्स

  • +गन २१:२९; १रा ११:७
  • +यर्मि ४८:७

यर्मिया ४८:४७

मार्जिनल रेफरेन्स

  • +इज २५:११

अरू

यर्मि. ४८:१उत्प १९:३६, ३७; यसै १५:१
यर्मि. ४८:१गन ३२:३७, ३८
यर्मि. ४८:१यहो १३:१५, १९; इज २५:९
यर्मि. ४८:१यसै १५:२
यर्मि. ४८:२गन ३२:३७; यसै १६:८
यर्मि. ४८:३यसै १५:५; यर्मि ४८:३४
यर्मि. ४८:५यसै १५:५
यर्मि. ४८:७गन २१:२९; १रा ११:७
यर्मि. ४८:८इज २५:९
यर्मि. ४८:९सप २:९
यर्मि. ४८:१३१रा १२:२८, २९; होसे १०:१५; आमो ५:५
यर्मि. ४८:१४यसै १६:६
यर्मि. ४८:१५भज २४:८
यर्मि. ४८:१५यर्मि ४८:८
यर्मि. ४८:१५यसै ३४:२
यर्मि. ४८:१६इज २५:११
यर्मि. ४८:१८गन २१:३०; यहो १३:१५, १७; यसै १५:२
यर्मि. ४८:१८यर्मि ४८:८
यर्मि. ४८:१९गन ३२:३४; व्य २:३६
यर्मि. ४८:२०गन २१:१३; यहो १३:८, ९
यर्मि. ४८:२१सप २:९
यर्मि. ४८:२१गन २१:२३; यसै १५:४
यर्मि. ४८:२१यहो १३:१५, १८
यर्मि. ४८:२२गन ३२:३४
यर्मि. ४८:२२गन ३२:३, ४
यर्मि. ४८:२३गन ३२:३७; यर्मि ४८:१
यर्मि. ४८:२३गन ३२:३७, ३८; यहो १३:१५, १७; इज २५:९
यर्मि. ४८:२४आमो २:२
यर्मि. ४८:२६यर्मि २५:१५, १६
यर्मि. ४८:२६यर्मि ४८:४२
यर्मि. ४८:२७वि २:१५; सप २:८
यर्मि. ४८:२९यसै १६:६; २५:१०, ११; सप २:९, १०
यर्मि. ४८:३१२रा ३:२४, २५; यसै १६:७
यर्मि. ४८:३२गन ३२:३७, ३८; यहो १३:१५, १९
यर्मि. ४८:३२गन २१:३२; ३२:३४, ३५; यहो २१:८, ३९
यर्मि. ४८:३२यसै १६:८, ९; यर्मि ४८:८
यर्मि. ४८:३३यर्मि २५:१०
यर्मि. ४८:३३यसै १६:१०
यर्मि. ४८:३४गन २१:२५; यहो १३:१५, १७
यर्मि. ४८:३४गन ३२:३७; यसै १६:९
यर्मि. ४८:३४गन २१:२३
यर्मि. ४८:३४यर्मि ४८:२, ३
यर्मि. ४८:३४यसै १५:४-६
यर्मि. ४८:३६यसै १६:११
यर्मि. ४८:३७यर्मि १६:६
यर्मि. ४८:३७लेवी १९:२८
यर्मि. ४८:३७उत्प ३७:३४; यसै १५:२, ३
यर्मि. ४८:४०वि ४:१९; हब १:८
यर्मि. ४८:४०यर्मि ४९:२२
यर्मि. ४८:४२यर्मि ३०:११
यर्मि. ४८:४२यर्मि ४८:२९
यर्मि. ४८:४५गन २१:२६, २८
यर्मि. ४८:४५गन २४:१७; आमो २:२
यर्मि. ४८:४६गन २१:२९; १रा ११:७
यर्मि. ४८:४६यर्मि ४८:७
यर्मि. ४८:४७इज २५:११
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
  • ३९
  • ४०
  • ४१
  • ४२
  • ४३
  • ४४
  • ४५
  • ४६
  • ४७
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया ४८:१-४७

यर्मिया

४८ मोआबबारे+ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“नेबोलाई धिक्कार छ!+ किनकि त्यो नाश भएको छ!

किर्यथैमलाई+ बन्दी बनाइएको छ र त्यो लाजमा परेको छ।

मानिसहरू ढुक्क भएर शरण लिने ठाउँलाई* ध्वस्त पारिएको छ; त्यसको बेइज्जत भएको छ।+

 २ कसैले मोआबको गुणगान गाउँदैन।

त्यसका शत्रुहरूले हेस्बोनमा+ यसो भन्दै षड्‌यन्त्र रचेका छन्‌:

‘आओ, हामी त्यस जातिको नामोनिसान मेटाइदेऔँ।’

ए मदमेन, तँ पनि चुप लागेर बस्‌

किनकि तरबार तेरो पछिपछि आउँदै छ।

 ३ होरोनैमबाट विनाश र पतनको

ठूलो स्वर सुनिँदै छ।+

 ४ मोआब ध्वस्त भएको छ।

त्यसका केटाकेटीहरू चिच्याई-चिच्याई रुँदै छन्‌।

 ५ लुहिथको उकालो चढ्‌दा मानिसहरू बरबर आँसु झार्छन्‌

अनि होरोनैमबाट ओरालो झर्दा विनाशले गर्दा मानिसहरू रोइरहेको आवाज तिनीहरूले सुन्छन्‌।+

 ६ भाग्‌! आफ्नो ज्यान जोगाउन भाग्‌!

तँ मरुभूमिमा ठिङ्‌ग उभिएको धुपीको रूखजस्तै हुनेछस्‌!

 ७ तँ आफ्ना ठूलठूला काम र आफ्नो धनसम्पत्तिमा भरोसा गर्छस्‌,

त्यसैले तँ पक्राउ पर्नेछस्‌।

केमोस+ निर्वासित हुनेछ।

त्यसका पुजारीहरू र मुखियाहरूलाई पनि त्यससँगै लगिनेछ।

 ८ नाश गर्ने व्यक्‍ति हरेक सहरमा तिनीहरूमाथि जाइलाग्नेछ।

एउटै सहर उम्कनेछैन।+

यहोवाले भन्‍नुभएझैँ उपत्यकाको नामोनिसान मेटिनेछ

र समतल जमिन* नामेट हुनेछ।

 ९ मोआबको लागि बाटो देखाउने चिन्ह ठड्‌याइदेऊ

किनकि त्यसमाथि विनाश आउँदा त्यसका बासिन्दाहरू भागेर जानेछन्‌।

त्यसका सहरहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।

त्यसका सहरहरूमा कोही बाँकी रहनेछैन।+

१० यहोवाको काम गर्दा लापर्बाही गर्ने श्रापित होस्‌!

रक्‍तपात गर्नदेखि आफ्नो तरबारलाई रोक्ने श्रापित होस्‌।

११ मोआबीहरू युवावस्थादेखि नै शान्तिपूर्वक बसेका छन्‌,

तिनीहरू कसर जमेको दाखमद्यझैँ* छन्‌।

तिनीहरूलाई कहिल्यै एउटा भाँडोबाट अर्कोमा खन्याइएको छैन

अनि तिनीहरू कहिल्यै कैदमा परेका छैनन्‌।

त्यसैले तिनीहरूको स्वाद जस्ताको तस्तै छ

र तिनीहरूको सुगन्ध हराएको छैन।

१२ “यहोवा घोषणा गर्नुहुन्छ: ‘त्यसैले हेर, यस्तो दिन आउँदै छ, जब म तिनीहरूलाई घोप्ट्‌याउन मानिसहरू पठाउनेछु। शत्रुहरूले तिनीहरूलाई घोप्ट्‌याउनेछन्‌ र तिनीहरूका भाँडाहरू रित्तै पारिदिनेछन्‌ अनि तिनीहरूका ठूलठूला भाँडाहरूलाई टुक्राटुक्रा पारिदिनेछन्‌। १३ जसरी इस्राएलीहरूले भरोसा गरेको बेथेलको कारण इस्राएलको घरानाको बेइज्जत भएको थियो,+ त्यसैगरि केमोसको कारण मोआबीहरूको बेइज्जत हुनेछ।

१४ “हामी त युद्ध गर्न तम्तयार वीर योद्धाहरू हौँ” भन्‍ने आँट तिमीहरूले कसरी गऱ्‍यौ, हँ?’+

१५ ती राजा, जसको नाम सेनाहरूका यहोवा हो, उहाँ यस्तो घोषणा गर्नुहुन्छ,+

‘मोआब नाश भएको छ,

त्यसका सहरहरू कब्जा गरिएका छन्‌।+

त्यसका योग्य नौजवानहरू काटिएका छन्‌।’+

१६ मोआबीहरूको विनाश नजिकै आएको छ,

तिनीहरूको पतन हुने दिन तीव्र गतिले नजिकिँदै छ।+

१७ तिनीहरूको वरपर भएकाहरू र तिनीहरूको नाम थाह पाएकाहरूजति सबैले

तिनीहरूलाई सान्त्वना दिनुपर्नेछ।

तिनीहरूलाई यसो भन: ‘हेर, त्यो बलियो लट्ठी, त्यो महिमित लौरो ठनक्कै भाँचियो!’

१८ ए दिबोनमा बस्ने छोरी,

तेरो महिमित सिंहासनबाट ओर्ली अनि तिर्खाले व्याकुल भएर बस्‌*+

किनकि मोआबलाई नाश गर्ने शत्रु तँविरुद्ध आउँदै छ।

तेरा बलिया-बलिया ठाउँहरूलाई उसले ध्वस्त पार्नेछ।+

१९ ए अरोएरका बासिन्दाहरू हो,+ सडकको छेउमा उभिएर हेर।

त्यहाँबाट भागेको पुरुषलाई र त्यहाँबाट उम्केकी स्त्रीलाई ‘के भयो’ भनी सोध,

२० मोआबको बेइज्जत भएको छ र त्यो त्रासले भरिएको छ।

विलाप गर र चिच्याएर रोऊ।

मोआबको विनाश भएको छ भनेर अर्नोनमा घोषणा गर।+

२१ “समतल जमिनको* न्याय गर्ने बेला आएको छ।+ होलोन, याहज,+ मेफाथ,+ २२ दिबोन,+ नेबो,+ बेथ-दिब्लाथैम, २३ किर्यथैम,+ बेथ-गामुल, बेथ-मोन,+ २४ केरिओथ,+ बोज्राह अनि मोआबमा भएका नजिक र टाढाका सबै सहरको न्याय गर्ने बेला आएको छ।

२५ ‘मोआबको सिङ* काटिएको छ;

त्यसको पाखुरा भाँचिएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।

२६ ‘त्यसलाई मात्तिनेगरि पिलाऊ+ किनकि आफैलाई उचालेर त्यो यहोवाविरुद्ध खडा भएको छ।+

मोआब आफ्नै बान्तामा लडीबुडी गर्दै छ

र त्यो हाँसोको पात्र भएको छ।

२७ तैँले इस्राएललाई हाँसोमा उडाएको थिइनस्‌?+

के इस्राएल चोरहरूमाझ फेला परेको थियो र?

त्यसोभए तैँले किन त्यसलाई देखेर आफ्नो मुन्टो हल्लाइस्‌ अनि किन त्यसको विरुद्धमा बोलिस्‌?

२८ ए मोआबका बासिन्दाहरू हो, सहरमा बस्न छोडिदेओ र चट्टानहरू हुँदो बस्न थाल।

खोचमा गुँड लगाउने ढुकुरझैँ बन।’”

२९ “मोआब साह्रै हठी छ, त्यसले फुर्ती लगाएको हामीले सुनेका छौँ।

त्यसको अहङ्‌कार, घमन्ड र हठ हामीलाई थाह छ।”+

३० “यहोवा घोषणा गर्नुहुन्छ, ‘मलाई त्यो रिसाहा छ भनेर थाह छ

तर त्यसको फोस्रो कुरा बेकार साबित हुनेछ।

तिनीहरूले केही गर्न सक्नेछैनन्‌।

३१ त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु,

सारा मोआबको निम्ति म ठूलो स्वरले रुनेछु

र किर-हेरेसका मानिसहरूको निम्ति शोक गर्नेछु।+

३२ ए सिब्माहको+ अङ्‌गुरको बोट, मैले याजेरको+ निम्ति जति शोक गरेँ,

त्योभन्दा धेरै शोक तेरो निम्ति गर्नेछु।

तेरा लहलहाउँदा हाँगाहरू समुद्रपारिसम्मै पुगेका छन्‌,

समुद्रपारि याजेरसम्मै ती फैलिएका छन्‌।

तर तँलाई नाश गर्ने शत्रु आउँदै छ,+

त्यसले तेरो ग्रीष्म ऋतुको फल* र तेरो अङ्‌गुर सखाप पार्नेछ।

३३ मोआबबाट र त्यसको बगानबाट

खुसीयाली र रमाहट हराएको छ।+

म कोलबाट मद्य बग्न दिनेछैनँ।

अङ्‌गुर कुल्चँदा कोही पनि खुसीले कराउनेछैन।

तिनीहरू कराउनेछन्‌ तर खुसीले होइन।’”+

३४ “‘हेस्बोनदेखि+ एलालेहसम्मै+ रोदन गुञ्जिएको छ।

तिनीहरूको चर्को आवाज याहजसम्मै+ प्रस्ट सुनिएको छ।

जोअरदेखि होरोनैम+ र एग्लाथ-सिलिसियाहसम्मै त्यो गुञ्जिएको छ।

निम्रिमका खोलाहरूसमेत सुक्नेछन्‌।’+

३५ यहोवा घोषणा गर्नुहुन्छ,

‘अग्लो थानमा* भेटी ल्याउने र आफ्नो देवताको निम्ति बलिदान चढाउने

मोआबमा कोही पनि बाँकी रहनेछैन।

३६ त्यसैले मोआबको निम्ति मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ+

अनि किर-हेरेसका मानिसहरूको निम्ति पनि मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ

किनकि त्यसले कमाएको सबै सम्पत्ति नाश हुनेछ।

३७ तिनीहरू हरेकले कपाल खौरेका छन्‌,+

हरेकले दाह्री काटेका छन्‌।

सबैले आफ्नो हातमा घाउ बनाएका छन्‌+

र आफ्नो कम्मरमा भाङ्‌ग्रा बेरेका छन्‌।’”+

३८ “‘मोआबका छतहरूमा

अनि चोकहरूमा

रोदनसिवाय अरू केही सुनिँदैन

किनकि मैले माटोको काम नलाग्ने भाँडोलाई जस्तै

मोआबलाई चकनाचुर पारिदिएको छु,’ यहोवा घोषणा गर्नुहुन्छ।

३९ ‘मोआब साह्रै डराएको छ, त्यसको निम्ति रोऊ!

मोआबले लज्जित भएर आफ्नो पिठिउँ फर्काएको छ।

त्यो हाँसोको पात्र भएको छ,

त्यसको हालत देखेर वरपरका सबै त्रसित भएका छन्‌।’”

४० “किनकि यहोवा यसो भन्‍नुहुन्छ:

‘जमिनतिर हुइँकिने चीलले जस्तै+

मोआबलाई आक्रमण गर्न शत्रुले आफ्नो पखेटा फिँजाउनेछ।+

४१ मोआबका सहरहरू कब्जा गरिनेछन्‌

अनि त्यसका किल्लाहरूमाथि शत्रुले अधिकार गर्नेछ।

त्यस दिन मोआबका योद्धाहरू

बेथा लागेका स्त्रीहरूझैँ आत्तिनेछन्‌।’”

४२ “‘अनि मोआबीहरूको अस्तित्व मेटिनेछ।+

किनकि मोआबले आफैलाई उचालेर यहोवाविरुद्ध खडा भएको छ।+

४३ ए मोआबका बासिन्दाहरू हो,

तिमीहरूको अगाडि त्रास, खाडल र पासो राखिएको छ,’ यहोवा घोषणा गर्नुहुन्छ।

४४ ‘जो त्रासदेखि भाग्छ, त्यो खाडलमा पर्नेछ

अनि जो खाडलबाट निस्केर आउँछ, त्यो पासोमा पर्नेछ।’

‘किनकि मोआबलाई सजाय दिने मेरो समय* आउँदै छ,’ यहोवा घोषणा गर्नुहुन्छ।

४५ ‘भाग्नेहरूजति सबै हेस्बोनको छायामुनि कमजोर हुन्छन्‌

किनकि हेस्बोनबाट आगो दन्कनेछ,

सिहोनबाट आगोको ज्वाला निस्कनेछ।+

अनि त्यसले मोआबको निधारलाई

र खैलाबैला मच्चाउनेहरूको खप्परलाई भस्म पार्नेछ।’+

४६ ‘ए मोआब, तँलाई धिक्कार छ!

केमोसका भक्‍तहरू+ नाश भएका छन्‌।

तेरा छोराहरू कैदमा लगिएका छन्‌

अनि तेरा छोरीहरू निर्वासनमा लगिएका छन्‌।+

४७ तर मोआबबाट कैद गरेर लगिएकाहरूलाई म आखिरी समयमा जम्मा गर्नेछु,’ यहोवा घोषणा गर्नुहुन्छ।

‘मोआबविरुद्ध सुनाइएको सन्देश यहीँ अन्त हुन्छ।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने