प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt हितोपदेश १:१-३१:३१
  • हितोपदेश

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हितोपदेश
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
हितोपदेश

हितोपदेश

१ दाउदका छोरा,+ इस्राएलका राजा+ सुलेमानले दिएको हितोपदेश:*+

 २ यसले बुद्धि बढाउन+ र अनुशासन स्विकार्न,

ज्ञानगुनका कुराहरू बुझ्न;

 ३ अन्तर्दृष्टि* दिने

अनि धर्मी,*+ निष्पक्ष+ र इमानदार बनाउने अनुशासन+ स्विकार्न;

 ४ अनुभवहीनहरूलाई बाठो+ बनाउन;

युवाहरूलाई सोच्ने क्षमता+ र ज्ञान हासिल गर्न मदत गर्छ।

 ५ बुद्धिमान्‌ मानिसले सल्लाह सुन्छ र अझ धेरै कुरा सिक्छ;+

समझदार मानिसले भरपर्दो डोऱ्‍याइ खोज्छ।+

 ६ यस्तो मानिसले ज्ञानगुनका कुरा र गहिरा कुरा

अर्थात्‌ बुद्धिमान्‌का वचन र उखान-टुक्का* बुझ्ने प्रयास गर्छ।+

 ७ यहोवाको डर मान्‍नु ज्ञानको सुरुवात हो।+

मूर्खले मात्र बुद्धि र अर्तीलाई तुच्छ ठान्छ।+

 ८ हे मेरो छोरा, आफ्नो बुबाको अर्ती सुन+

र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।+

 ९ ती तिम्रो शिरको लागि सुन्दर मुकुट,*+

गलाको लागि अनमोल हार हुन्‌।+

१० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+

११ तिनीहरूले भन्लान्‌: “हामीसित आऊ,

निर्दोषहरूलाई मार्न पासो थापौँ।

तिनीहरूलाई मार्न ढुकिबसौँ।

१२ हामी तिनीहरूलाई चिहानले* झैँ जिउँदै निल्नेछौँ,

गहिरो खाडलमा पर्नेहरूलाई जस्तै पूरै निल्नेछौँ।

१३ तिनीहरूको बहुमूल्य धनमाल सबै लुटौँ;

लुटका मालले हामी आफ्नो घर भरौँ।

१४ आऊ, हामीसँगै आऊ

अनि लुटका माल बराबर बाँडौँला।”

१५ हे मेरो छोरा, तिनीहरूको पछि नलाग।

तिनीहरूको बाटोमा नहिँड+

१६ किनकि तिनीहरू* खराब काम गर्न हतारिन्छन्‌;

मानिसको ज्यान लिन आतुरी गर्छन्‌।+

१७ चराको आँखाअगाडि जाल थाप्नु बेकार हो।

१८ त्यसैले तिनीहरू मान्छे मार्न ढुकिबस्छन्‌;

अरूको ज्यान लिन तिनीहरू लुकिबस्छन्‌।

१९ तिनीहरू बेइमानी गरेर धन कमाउन खोज्छन्‌

तर त्यस्तो कामले उल्टै तिनीहरूको ज्यान लिन्छ।+

२० बाटोमा बसेर बुद्धिले*+ ठूलो स्वरले बोलाउँछ।+

चोकहरूमा उसले आफ्नो आवाज अझै उचाल्छ।+

२१ व्यस्त सडकको कुनामा* बसेर ऊ कराउँछ।

सहरको मूलढोकामा बसेर उसले यसो भन्छ:+

२२ “हे अनुभवहीन हो, कतिन्जेल त्यस्तै रहिरहन चाहन्छौ?

हे गिल्ला गर्ने हो, कतिन्जेल गिल्ला गर्दै बस्छौ?

अनि हे मूर्ख हो, कतिन्जेल मूर्खै रहन चाहन्छौ?+

२३ मैले तिमीलाई सुधार्दा त्यसलाई स्विकार,+

तब तिमीलाई म बुद्धिमान्‌ बनाउनेछु

अनि तिमीलाई ज्ञान दिनेछु।+

२४ मैले बोलाएँ तर तिमीले सुन्‍न चाहेनौ;

मैले हात बढाएँ तर कसैले वास्ता गरेन;+

२५ तिमीले मेरो एउटै सल्लाह सुनेनौ;

मैले सुधार्दा इन्कार गरिरह्‍यौ;

२६ तिमीमाथि दु:ख आइपर्दा म हाँस्नेछु;

तिमीलाई जुन कुराको डर थियो, तिमीले त्यही भोग्दा म खिसी गर्नेछु;+

२७ तिमीलाई जुन कुराको डर थियो, त्यो आँधीबेहरीझैँ आइपर्दा,

तिमीमाथि हुरीबतास आएझैँ सङ्‌कट आइपर्दा,

तिमीमाथि दुःख र समस्या आइपर्दा म खिसी गर्नेछु।

२८ त्यतिखेर तिनीहरूले मलाई गुहार्नेछन्‌ तर म जवाफ दिनेछैनँ;

तिनीहरूले मलाई धुइँधुइँती खोज्नेछन्‌ तर भेट्टाउनेछैनन्‌+

२९ किनकि तिनीहरूले ज्ञानलाई घृणा गरे+

अनि यहोवाको डर मान्‍न चाहेनन्‌।+

३० तिनीहरूले मेरो सल्लाह सुनेनन्‌;

मैले सुधार्दा तिनीहरूले वास्तै गरेनन्‌।

३१ तिनीहरूले आफ्नो कामको फल पाउनेछन्‌;+

आफूले खनेको खाल्टोमा आफै पर्नेछन्‌।

३२ गलत बाटोमा हिँड्‌ने अनुभवहीनहरूको पतन हुनेछ;

आफ्नो लापर्बाहीले गर्दा मूर्खहरूको विनाश हुनेछ।

३३ मेरो कुरा ध्यान दिएर सुन्‍ने सुरक्षित रहनेछ+

अनि विपत्तिको डरले उसलाई पिरोल्नेछैन।”+

२ हे मेरो छोरा, मेरो सल्लाह सुन्यौ

र मेरो आज्ञालाई अनमोल ठान्यौ भने,+

 २ बुद्धिले भरिएका कुरामा कान थाप्यौ+

र समझशक्‍तितिर मन लगायौ भने+

 ३ अनि विवेक माग्यौ+

र समझशक्‍ति पाउन पुकाऱ्‍यौ भने+

 ४ चाँदी खोजेझैँ यी कुराहरू खोजिरह्‍यौ+

र गाडेको धन खनेझैँ खनिरह्‍यौ भने+

 ५ तिमीले यहोवाको डर मान्‍नुको अर्थ बुझ्नेछौ+

र उहाँको ज्ञान पाउनेछौ।+

 ६ किनकि बुद्धि दिने यहोवा नै हुनुहुन्छ;+

उहाँकै मुखबाट ज्ञान र समझशक्‍तिको कुरा निस्कन्छ।

 ७ सोझो मानिसको लागि उहाँ बुद्धिको* स्रोत हुनुहुन्छ;

निष्ठावान्‌ मानिसको लागि उहाँ ढाल हुनुहुन्छ।+

 ८ उहाँले न्यायको मार्गमा हिँड्‌नेहरूको रक्षा गर्नुहुन्छ;

आफ्ना वफादार जनहरूको बाटोलाई सुरक्षित राख्नुहुन्छ।+

 ९ अनि तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो,

हो, असल मार्ग के हो, त्यो बुझ्नेछौ।+

१० बुद्धि तिम्रो हृदयमा पस्दा+

अनि ज्ञान तिमीलाई* प्रिय हुँदा+

११ सोच्ने क्षमताले तिम्रो रक्षा गर्नेछ,+

समझशक्‍तिले तिमीलाई जोगाउनेछ,

१२ तिमीलाई गलत बाटोबाट

र छली कुरा गर्ने मानिसबाट बचाउनेछ;+

१३ सोझो बाटो छोडेर

अन्धकारको मार्गमा हिँड्‌नेहरूबाट,+

१४ गलत काम गर्न रमाउनेहरू

र दुष्कर्ममा खुसी हुनेहरूबाट,

१५ टेढो मार्गमा हिँड्‌नेहरू

र कुटिल चाल चल्नेहरूबाट,

१६ छाडा* आइमाईबाट

र चरित्रहीन* आइमाईको चिप्लो* बोलीबाट तिमीलाई बचाउनेछ,+

१७ जसले आफू तरुणी छँदाको प्रेमीलाई* त्याग्छे+

र परमेश्‍वरसित गरेको करार बिर्सन्छे;

१८ त्यसको घरमा जानेहरू मृत्युको मुखमा धकेलिन्छन्‌

र त्यसको मार्गले मृत्युतर्फ पुऱ्‍याउँछ।+

१९ त्यससित नाजायज सम्बन्ध राख्ने कोही फर्केर आउनेछैनन्‌;

तिनीहरूले फेरि जीवनको मार्ग भेट्टाउन सक्नेछैनन्‌।+

२० त्यसैले असल मानिसको बाटोमा हिँड

र धर्मीको बाटोलाई कहिल्यै नत्याग+

२१ किनकि सोझाहरू मात्र पृथ्वीमा बस्नेछन्‌

र निर्दोषहरू* त्यहाँ रहनेछन्‌।+

२२ दुष्टहरूचाहिँ पृथ्वीबाट हटाइनेछन्‌+

र विश्‍वासघातीहरू त्यहाँबाट उखेलिनेछन्‌।+

३ हे मेरो छोरा, मैले सिकाएका कुराहरू नभुल;

मेरा आज्ञाहरू हृदयमा राखिराख।

 २ तब तिमी दीर्घायु हुनेछौ

र तिम्रो जीवनमा शान्ति छाउनेछ।+

 ३ अटल प्रेम* र सत्यताले तिमीलाई नछोडून्‌;+

ती तिम्रो गलामा लगाइराख

अनि तिम्रो हृदयमा पनि लेखिराख।+

 ४ तब तिमीले परमेश्‍वरको र मानिसको निगाह* पाउनेछौ

र समझदार* मानिस भनेर चिनिनेछौ।+

 ५ आफ्नो सारा हृदयले यहोवामा भरोसा राख,+

आफ्नै बुद्धिमा भर नपर।+

 ६ जुनसुकै काम गर्दा उहाँलाई सम्झ;+

उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।+

 ७ आफैलाई बुद्धिमान्‌ नसम्झ।+

यहोवासित डराऊ, खराब कामबाट टाढै बस।

 ८ यसो गऱ्‍यौ भने त्यो तिम्रो शरीरको लागि* औषधीसरह हुनेछ

अनि तिमीले स्फूर्ति पाउनेछौ।*

 ९ आफूसित भएका अनमोल कुराहरू यहोवालाई दिएर उहाँको आदर गर;+

आफ्नो उब्जनीको पहिलो फल* उहाँलाई नै देऊ।+

१० तब तिम्रा भण्डारहरू भरिपूर्ण हुनेछन्‌;+

तिम्रा घ्याम्पाहरूमा नयाँ रक्सी भरिएर पोखिनेछ।

११ हे मेरो छोरा, यहोवाले अनुशासन दिनुहुँदा त्यसलाई स्विकार;+

उहाँले सुधार्नुहुँदा त्यसलाई इन्कार नगर।+

१२ जसरी एक जना बुबाले आफ्नो प्यारो छोरालाई सुधार्छ,+

त्यसरी नै यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई सुधार्नुहुन्छ।+

१३ आनन्दित हो त्यो मानिस, जसले बुद्धि पाउँछ;+

धन्य हो त्यो मानिस, जसले समझ हासिल गर्छ।

१४ चाँदी पाउनुभन्दा बुद्धि पाउनु असल हो;

सुन पाउनुभन्दा बुद्धि पाउनु उत्तम हो।+

१५ बुद्धि मुगाभन्दा* बहुमूल्य हुन्छ;

यसलाई तिमीले चाहेको कुनै पनि थोकसित तुलना गर्न सकिँदैन।

१६ यसको दायाँ हातमा दीर्घायु हुन्छ

अनि बायाँ हातमा धनसम्पत्ति र गौरव हुन्छ।

१७ यसका मार्गहरू सुन्दर छन्‌,

यसका बाटोहरू शान्तिमय छन्‌।+

१८ यसको बाटोमा हिँड्‌नेहरूका लागि यो जीवनको रूख हो,

यसलाई बलियोसँग पक्रनेहरू खुसी हुनेछन्‌।+

१९ यहोवाले आफ्नो बुद्धिले पृथ्वीको जग बसाल्नुभयो,+

आफ्नो समझशक्‍तिले आकाश फैलाउनुभयो।+

२० उहाँको ज्ञानले गहिरो सागर दुई भाग भयो,

र त्यही ज्ञानले गर्दा आकाशबाट शीत झऱ्‍यो।+

२१ हे मेरो छोरा, ती* नभुल।

बुद्धि* र सोच्ने क्षमता जोगाइराख।

२२ ती तिम्रो निम्ति जीवन हुनेछन्‌;

तिम्रो गलामा शोभा दिने हार हुनेछन्‌।

२३ तब तिमी आफ्नो बाटोमा सुरक्षित हुनेछौ

अनि तिम्रा खुट्टाहरूले कहिल्यै ठेस खानेछैनन्‌।+

२४ तिमी कुनै डरविना ढल्कन सक्नेछौ,+

तिमी ओछ्यानमा पल्टनेछौ र तिमीलाई मीठो निद्रा लाग्नेछ।+

२५ अचानक दुःख आइपर्दा तिमी डराउनेछैनौ;+

दुष्टमाथि आइपर्ने विनाशदेखि पनि तिमी तर्सिनेछैनौ।+

२६ यहोवा नै तिम्रो भरोसा हुनुहुनेछ;+

उहाँले तिम्रो खुट्टालाई पासोमा पर्नदेखि जोगाउनुहुनेछ।+

२७ तिमीसँग अरूलाई केही दिने क्षमता छ भने

खाँचोमा परेकालाई मदत गर्न पछि नहट।+

२८ आफ्नो छिमेकीलाई केही दिने औकात छ भने

यसो नभन: “म तिमीलाई भोलि दिऊँला, अहिले जाऊ!”

२९ तिम्रो छिमेकीले तिमीलाई भरोसा गर्छ भने

ऊसित जालझेल नगर।+

३० कसैले तिम्रो केही बिगारेको छैन भने

विनाकारण ऊसित झगडा नगर।+

३१ झगडालु मानिसको डाह नगर;+

उसको बाटोमा नहिँड।

३२ धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+

तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।+

३३ दुष्टको घरमा यहोवाको सराप लाग्नेछ+

तर धर्मीको घरमा उहाँको आशिष्‌ बर्सनेछ।+

३४ खिसी गर्नेहरूलाई उहाँ गिल्ला गर्नुहुन्छ+

तर नम्रहरूलाई उहाँ कृपा देखाउनुहुन्छ।+

३५ बुद्धिमान्‌ मानिसले आदर कमाउँछ

तर मूर्खको भागमा बेइज्जती हुन्छ।+

४ हे मेरो छोरा,* आफ्नो बुबाको अर्ती सुन,*+

ध्यान दिएर सुन अनि समझ प्राप्त गर।

 २ म तिमीलाई असल कुरा सिकाउँछु;

मेरो शिक्षा नत्याग।+

 ३ म मेरो बुबाको असल छोरा थिएँ+

र मेरी आमाको प्यारो छोरा।+

 ४ बुबा मलाई यसो भन्दै सिकाउनुहुन्थ्यो: “मेरा कुराहरू सधैँ हृदयमा राख।+

मेरा आज्ञाहरू पालन गर र दीर्घायु होऊ।+

 ५ बुद्धि हासिल गर; समझ हासिल गर।+

मैले भनेका कुराहरूलाई बेवास्ता नगर, ती नबिर्स।

 ६ बुद्धिलाई नत्याग, त्यसले तिम्रो रक्षा गर्नेछ।

त्यसलाई माया गरेर राख, त्यसले तिमीलाई जोगाउनेछ।

 ७ बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो;+ त्यसैले बुद्धि हासिल गर,

हरहालतमा समझ हासिल गर।+

 ८ बुद्धिलाई अनमोल ठान र त्यसले तिम्रो उन्‍नति गराउनेछ।+

तिमीले त्यसलाई अङ्‌गाल्यौ भने त्यसले तिम्रो मान बढाउनेछ।+

 ९ त्यसले तिम्रो शिरमा सुन्दर ताज लगाइदिनेछ;

र तिमीलाई शोभाको मुकुट पहिराइदिनेछ।”

१० हे मेरो छोरा, मैले भनेका कुराहरू सुन्यौ र मान्यौ भने

तिमी दीर्घायु हुनेछौ।+

११ म तिमीलाई बुद्धिको मार्गमा हिँड्‌न सिकाउँछु;+

म तिमीलाई ठीक बाटोमा डोऱ्‍याउँछु।+

१२ तिमी हिँड्‌दा कुनै कुराले तिम्रो पाइलालाई छेक्नेछैन;

तिमी दौडँदा ठेस लागेर लड्‌नेछैनौ।

१३ मेरा अर्तीलाई पक्रिराख, त्यसलाई कहिल्यै नत्याग;+

त्यसलाई सम्हालिराख किनभने त्यसैमा तिम्रो जीवन निर्भर छ।+

१४ दुष्टको मार्गमा तिमी नलाग,

खराब मानिसको बाटोमा नहिँड।+

१५ त्यस्तो बाटोबाट टाढै बस, त्यसमा पाइला नहाल;+

त्यतातिर हेर्दा पनि नहेर, आफ्नो बाटो लाग।+

१६ खराब काम नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन;

कसैलाई बरबाद नपारेसम्म तिनीहरू सुत्नै सक्दैनन्‌।

१७ तिनीहरू लुटको धनले हासिल गरेको रोटी खान्छन्‌

र हिंसाको कमाइले रक्सी पिउँछन्‌।

१८ धर्मीको बाटो बिहानको उज्यालोजस्तै* हो;

मध्याह्न नभएसम्म त्यो झन्‌झनै चहकिलो हुँदै जान्छ।+

१९ दुष्टको बाटो रातको अन्धकारजस्तै हो;

केमा ठेस लाग्ने हो, तिनीहरूलाई पत्तै हुँदैन।

२० हे मेरो छोरा, मेरो कुरामा ध्यान देऊ;

मैले भनेका कुराहरूमा कान थाप।

२१ ती कुराहरू नबिर्स;

त्यसलाई हृदयमा सङ्‌गालेर राख।+

२२ किनभने जसले ती कुराहरू भेट्टाउँछ, ऊ दीर्घायु हुन्छ+

र उसको पूरै शरीर स्वस्थ हुन्छ।

२३ अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख+

किनकि त्यो सारा जीवनको मूल हो।

२४ तिम्रो मुखबाट बाङ्‌गो कुरा ननिस्कोस्‌+

र तिम्रो जिब्रोले छली कुरा नगरोस्‌।

२५ तिम्रो आँखाले सीधा अगाडि हेरोस्‌;

तिम्रो आँखाले एकटक लगाएर अगाडि हेरोस्‌।+

२६ आफ्नो बाटो सम्म बनाऊ*+

अनि तिम्रो गोडाले ठेस खानेछैन।

२७ तिमी दायाँ वा बायाँ नलाग।+

गलत बाटोमा हिँड्‌नदेखि आफ्नो पाइलालाई रोक।

५ हे मेरो छोरा, बुद्धिले भरिएका मेरा कुराहरूमा ध्यान देऊ।

समझशक्‍तिबारे मैले सिकाएका कुराहरू राम्ररी सुन;*+

 २ तब तिमीले आफ्नो सोच्ने क्षमतालाई जोगाउनेछौ

र आफ्नो बोलीले ज्ञानको रक्षा गर्नेछौ।+

 ३ छाडा* आइमाईको बोली महजस्तै मीठो हुन्छ,+

त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ।+

 ४ तर आखिरमा त्यो आइमाई तीतेपातीझैँ तीतो+

र दुईधारे तरबारझैँ धारिलो हुन्छे।+

 ५ त्यसको खुट्टा मृत्युको बाटोतिर लाग्छ,

त्यसका पाइलाहरूले सोझै चिहानमा* पुऱ्‍याउँछ।

 ६ त्यसले जीवनको बाटोलाई वास्तै गर्दिन।

त्यो यताउता डुलिहिँड्‌छे तर कहाँ पुग्ने हो, जान्दिन।

 ७ हे मेरा छोरा हो, मेरो कुरा सुन,

मैले भनेका कुराहरूलाई बेवास्ता नगर।

 ८ त्यस आइमाईबाट टाढै बस;

त्यसको घरको छेउमा समेत नजाऊ+

 ९ नत्र त तिमी अरूको नजरमा गिर्नेछौ+

र जिन्दगीभर दुःख भोग्नेछौ+

१० अनि परदेशीहरूले तिम्रो सम्पत्ति लुट्‌नेछन्‌+

र तिम्रो पसिनाको कमाइले अरूको घर भरिनेछ।

११ जब तिम्रो शरीर गलिसकेको हुनेछ,

तब जीवनको अन्तिम घडीमा तिमीले सुस्केरा हाल्नेछौ+

१२ र भन्‍नेछौ: “मैले अर्तीलाई बेकारमा घृणा गरेछु!

मलाई सुधारिँदा बेकारमा त्यसलाई लत्याएछु!

१३ मैले मेरा गुरुहरूको कुरा मानिनँ

अनि मलाई सिकाउनेहरूको कुरामा ध्यान दिइनँ।

१४ सारा समुदायको अगाडि*

मेरो सर्वनाश हुनै लागेको छ।”+

१५ आफ्नै कुवाको पानी पिऊ

र आफ्नै मुहानको पानी पिउने गर।+

१६ तिम्रो कुवाको पानी बाहिरतिर किन पोखिन दिन्छौ?

तिम्रो मुहानको पानी सहरका चोकहरूमा किन बग्न दिन्छौ?+

१७ त्यो तिम्रै लागि मात्र होस्‌,

अरू कसैको लागि नहोस्‌।+

१८ तिम्रो मुहान कहिल्यै नसुकोस्‌,

तिमीले बैँसमा बिहे गरेको तिम्री पत्नीसित रमाऊ।+

१९ उनी तिम्री मायालु हरिणी, मनै लोभ्याउने घोरल* हुन्‌,+

उनकै स्तनहरूमा सधैँ सन्तुष्ट होऊ;

उनकै मायामा हरपल डुबिरह।+

२० हे मेरो छोरा, तिमी किन छाडा* आइमाईको मायाजालमा फस्छौ?

चरित्रहीन* आइमाईको अङ्‌गालोमा किन बाँधिन्छौ?+

२१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,

उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+

२२ दुष्ट मानिस आफ्नै गलत चालको पासोमा पर्छ;

त्यसको पापले त्यसलाई डोरीले झैँ बाँधिराख्छ।+

२३ आफ्नो घोर मूर्खताले गर्दा ऊ बरालिनेछ;

अर्ती नसुनेकोले ऊ मर्नेछ।

६ हे मेरो छोरा, छिमेकीले ऋण लिँदा तिमी जमानी* बसेका छौ भने+

अनि अपरिचित मानिससँग तिमीले हात मिलाएका छौ भने,*+

 २ आफ्नो वाचाले गर्दा फन्दामा परेका छौ भने,

आफ्नो कबुलले गर्दा तिमी फसेका छौ भने+

 ३ मेरो छोरा, आफूलाई छुटाउन यसो गर:

आफ्नो घमन्ड त्यागेर छिमेकीकहाँ जाऊ र बिन्ती गर

किनभने तिमी उसको पन्जामा परेका छौ।+

 ४ तिम्रा आँखामा निद्रा पर्न नदेऊ;

तिम्रा आँखा लट्‌ठिन नपाऊन्‌।

 ५ सिकारीको हातबाट मृग फुत्केझैँ

र सिकारीको पासोबाट चरा उम्केझैँ आफूलाई छुटाऊ।

 ६ ए अल्छी, कमिलाकहाँ जाऊ;+

त्यसबाट सिक र बुद्धिमान्‌ होऊ।

 ७ त्यसको कुनै सेनापति, हाकिम र शासक हुँदैन।

 ८ तैपनि त्यसले ग्रीष्म ऋतुमा खानेकुरा जम्मा गर्छ,+

कटनीको समयमा अन्‍न भण्डार गर्छ।

 ९ ए अल्छी, तिमी कहिलेसम्म सुतिरहन्छौ?

तिमी निद्राबाट कहिले जाग्छौ?

१० एकछिनको सुताइले, एकछिनको झुलाइले

र हात बाँधेर एकछिनको बसाइले+

११ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;

अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+

१२ बेकम्मा र दुष्ट मानिस बाङ्‌गो कुरा गर्दै हिँड्‌छ;+

१३ त्यसले आँखा सन्काउँछ,+ खुट्टा र हातका औँलाले इसारा गर्छ।

१४ त्यसको हृदय कपटले भरिएको हुन्छ,

त्यसले सधैँ षड्‌यन्त्र रच्छ+ र झगडाको बिउ रोप्छ।+

१५ त्यसमाथि अचानक आपत्‌ आइपर्नेछ;

त्यो उम्कनै पाउनेछैन, त्यो नाश हुनेछ।+

१६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ;

हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्‌:

१७ घमन्डी* आँखा,+ झूट बोल्ने जिब्रो+ र निर्दोष मानिसको रगत बगाउने हात,+

१८ षड्‌यन्त्र रच्ने मन,+ खराब काम गर्न दौडिहाल्ने खुट्टा,

१९ कुरैपिच्छे* झूटो बयान दिने मानिस+

र दाजुभाइबीच झगडाको बिउ रोप्ने मानिस।+

२० हे मेरो छोरा, आफ्नो बुबाको आज्ञा मान

र आफ्नी आमाले सिकाएको कुरालाई बेवास्ता नगर।+

२१ त्यसलाई सधैँ आफ्नो हृदयमा राख

र आफ्नो गलामा हारझैँ बाँधिराख।

२२ जब तिमी हिँड्‌छौ, तब त्यो तिम्रो अघिअघि जानेछ;

जब तिमी सुत्छौ, तब त्यसले तिम्रो रक्षा गर्नेछ;

जब तिमी उठ्‌छौ, तब त्यसले तिमीसित कुरा गर्नेछ।*

२३ ती आज्ञाहरू तिम्रो लागि बत्ती हुन्‌;+

ती नियमहरू तिम्रो लागि ज्योति हुन्‌;+

तिमीलाई सुधार्न दिइने अनुशासन जीवन दिने बाटो हो।+

२४ ती कुराहरूले पतित आइमाईदेखि तिमीलाई जोगाउनेछ;+

चरित्रहीन* आइमाईको बोली सुनेर मक्ख पर्नदेखि बचाउनेछ।+

२५ त्यसको सौन्दर्य देखेर मोहित नहोऊ;+

त्यसको नशालु नयनमा तिमी लट्ठ नहोऊ।

२६ वेश्‍याको मायाजालमा फस्ने मानिस दरिद्र हुन्छ,+

अर्काकी स्वास्नीको पछि लाग्ने मानिसले आफ्नो अमूल्य जीवन गुमाउँछ।

२७ कसैले छातीमा आगो राख्यो भने उसको लुगा डढ्‌दैन र?+

२८ अनि कोही आगोको भुङ्‌ग्रोमा हिँड्‌यो भने उसको खुट्टा पोल्दैन र?

२९ छिमेकीकी पत्नीसित सुत्ने मानिसको हालत पनि यस्तै हुन्छ;

त्यस स्त्रीलाई छुने मानिस सजायबाट बच्नेछैन।+

३० कसैले आफ्नो भोक मेटाउन चोऱ्‍यो भने

त्यस चोरलाई मानिसहरू घृणा गर्दैनन्‌।

३१ तर ऊ समातियो भने उसले सात गुणा तिर्नुपर्छ,

आफ्नो घरमा भएको सारा सम्पत्ति उसले दिनुपर्छ।+

३२ व्यभिचार* गर्ने मानिस मूर्ख* हो;

त्यस्तो मानिसले आफैलाई बरबाद पार्छ।+

३३ उसले चोट र बेइज्जतीबाहेक केही पाउँदैन,+

उसको बदनामी कहिल्यै मेटिँदैन।+

३४ डाहले गर्दा पति रिसले आगो हुन्छ;

उसले कुनै दयामाया नदेखाई बदला लिन्छ।+

३५ उसले कुनै किसिमको क्षतिपूर्ति* स्विकार्दैन;

जति नै ठूलो उपहार दिए पनि उसलाई मनाउन सकिँदैन।

७ हे मेरो छोरा, मेरो कुरा मान;

मेरा आज्ञाहरू हृदयमा राखिराख।+

 २ मेरा आज्ञाहरू मान र दीर्घायु होऊ;+

आँखाको नानीलाई झैँ मेरा अर्तीलाई सम्हालिराख।

 ३ ती तिम्रा औँलामा बाँधिराख

र आफ्नो हृदयको पाटीमा लेखिराख।+

 ४ बुद्धिलाई भन, “तिमी मेरी दिदी हौ”

र समझशक्‍तिलाई भन, “तिमी मेरो नातेदार हौ।”

 ५ तब छाडा* आइमाईबाट तिमी जोगिनेछौ;+

चरित्रहीन* आइमाई र त्यसको चिप्लो* बोलीबाट तिमी बच्नेछौ।+

 ६ मैले आफ्नो घरको झ्यालबाट तल हेरेँ,

मैले आँखीझ्यालबाट चियाएँ;

 ७ त्यहाँ मैले सिधासादा* केटाहरू देखेँ;

तिनीहरूबीच मैले एक जना मूर्ख* केटा पनि देखेँ।+

 ८ त्यो केटा त्यस आइमाईको घरनजिकैको चोकमा पुग्यो

अनि त्यहाँबाट ऊ सरासर त्यस आइमाईको घरतिर लाग्यो।

 ९ दिन ढल्केर साँझ पर्दै जाँदा+

अनि रात परेर अँध्यारो हुँदै जाँदा

१० एउटी आइमाई त्यस केटालाई भेट्‌न आई;

उसको लुगा वेश्‍याको जस्तो छ,+ उसको हृदय धुर्त्याइँले भरिएको छ।

११ उसलाई लाजसरम केही छैन, ऊ आफूखुसी गर्छे,+

घरमा उसको बासै हुँदैन।*

१२ ऊ कहिले सडकमा त कहिले चोकमा हुन्छे;

चोकका कुनाकाप्चामा ऊ ढुकेर बस्छे।+

१३ उसले त्यस केटालाई च्याप्प समातेर म्वाइँ खाई

अनि लाजै नमानी यसो भनी:

१४ “मैले मेलबलि* चढाउनुपर्ने थियो;+

आज मैले त्यो भाकल पूरा गरेँ।

१५ त्यसैले त म तिमीलाई भेट्‌न आएँ;

म तिमीलाई नै खोज्दै थिएँ, बल्ल भेट्टाएँ!

१६ मैले मेरो ओछ्यानमा राम्रो तन्‍ना बिछ्याएकी छु,

मिश्रबाट* ल्याएको मलमलको रङ्‌गीन तन्‍ना।+

१७ मैले मर्र,* अगरु* र दालचिनी छर्केर ओछ्यानलाई सुगन्धित बनाएकी छु।+

१८ आऊ हामी प्रेमको सागरमा डुबुल्की मारौँ;

भोलि बिहानसम्मै प्रेमको नशामा डुबिरहौँ।

१९ मेरा पति घरमा छैनन्‌;

उनी लामो यात्रामा गएका छन्‌।

२० उनले झोलाभरि पैसा लगेका छन्‌;

उनी पूर्णिमाको दिनसम्म घर फर्कँदैनन्‌।”

२१ फकाइफुस्लाइ गरेर उसले त्यस केटालाई पासोमा पारी।+

चिप्लो कुरा गरेर त्यसलाई मोहित बनाई।

२२ अनि मार्न लगिएको बहरझैँ त्यो केटा लुरुलुरु गयो;

ठिँगुरोमा जाक्न लगिएको मूर्खझैँ त्यो उसको पछिपछि लाग्यो।+

२३ काँडले घोपेझैँ त्यसको कलेजो छियाछिया हुनेछ;

वेगसित पासोभित्र छिर्ने चराझैँ त्यो पनि पासोमा पर्नेछ;

आफ्नो ज्यान गुमाउनुपर्नेछ भनेर उसलाई थाहै हुँदैन।+

२४ हे मेरा छोरा हो, मेरो कुरा सुन,

मैले भनेका कुराहरू मान।

२५ त्यसको पछि नलाग, तिम्रो हृदय बहकिन नदेऊ;

बरालिएर त्यसको बाटोमा नजाऊ।+

२६ किनकि त्यसले धेरैको पतन गराइसकी,+

त्यसले थुप्रैलाई आफ्नो सिकार बनाइसकी।+

२७ त्यसको घर चिहानमा* पुऱ्‍याउने बाटो हो,

जसले मृत्युको गहिरो खाडलमा पुऱ्‍याउँछ।

८ हेर, बुद्धि ठूलो स्वरले कराउँदै छ!

अनि समझशक्‍तिले आफ्नो आवाज उचाल्दै छ!+

 २ त्यो सडकछेउका अग्ला ठाउँहरूमा+

अनि चौबाटोहरूमा उभिन्छ।

 ३ त्यो सहरको मूलढोकाको छेउमा बस्छ,

त्यो ढोकाको मुखैमा उभिन्छ

अनि ठूलो स्वरले यसो भन्दै कराइरहन्छ:+

 ४ “हे मानिसहरू हो, मेरो कुरा सुन;

म तिमीहरू सबैलाई भन्दै छु।

 ५ हे अनुभवहीन मानिसहरू हो, चतुर हुन सिक।+

हे मूर्खहरू हो, समझदार हृदय हासिल गर।

 ६ मेरो कुरा सुन किनभने म महत्त्वपूर्ण कुरा भन्दै छु,

मेरो ओठले जे बोल्छ, त्यो सही छ।

 ७ मेरो मुखले साँचो कुरा मात्र गुनगुनाउँछ;

मेरो ओठले दुष्ट कुरालाई घृणा गर्छ।

 ८ मेरो मुखबाट निस्कने सबै कुरा सही छ,

एउटै पनि टेढोमेढो छैन, छलकपटले भरिएको छैन।

 ९ समझदार मानिसका लागि ती प्रस्ट छन्‌

अनि ज्ञान हासिल गरेकाहरूका लागि सही छन्‌।

१० चाँदी होइन, मेरो अर्ती लेऊ

निखुर सुन होइन, मेरो ज्ञान लेऊ+

११ किनकि मुगाभन्दा* बुद्धि उत्तम हुन्छ;

अरू कुनै बहुमूल्य थोकसित यसको तुलना गर्न सकिँदैन।

१२ म बुद्धि हुँ र चलाखी मेरो साथमा छ;

मसित ज्ञान र सोच्ने क्षमता छ।+

१३ यहोवाको डर मान्‍ने मानिसले खराब कुरालाई घृणा गर्छ।+

अहङ्‌कार, घमन्ड,+ गलत बाटो र छली बोलीलाई+ म घृणा गर्छु।

१४ मसित असल सल्लाह र बुद्धि* छ;+

समझ+ र तागत+ पनि मसितै छ।

१५ मेरो साथ पाएर राजाहरूले शासन गर्छन्‌;

हाकिमहरूले सही निर्णय गर्छन्‌।+

१६ मेरो साथ पाएर राजकुमारहरूले राज्य चलाउँछन्‌;

हाकिमहरूले ठीकसित न्याय गर्छन्‌।

१७ ज-जसले मलाई प्रेम गर्छन्‌, उनीहरूलाई म प्रेम गर्छु;

ज-जसले मेरो खोजी गर्छन्‌, उनीहरूले मलाई भेट्टाउनेछन्‌।+

१८ मसित धनसम्पत्ति र गौरव

अनि कहिल्यै नसिद्धिने धन* र धार्मिकता छ।

१९ मैले दिने उपहार सुनभन्दा उत्तम छ, निखुर सुनभन्दा पनि उत्तम;

म जे दिन्छु, त्यो शुद्ध चाँदीभन्दा बहुमूल्य छ।+

२० म धार्मिकताको मार्गमा हिँड्‌छु;

म न्यायको बाटोको बीचबाट हिँड्‌छु।

२१ ज-जसले मलाई प्रेम गर्छन्‌, म उनीहरूलाई प्रशस्त धनसम्पत्ति दिन्छु;

म उनीहरूका भण्डारहरू भरिदिन्छु।

२२ सृष्टिको सुरुमा यहोवाले मलाई बनाउनुभयो;+

सबै कुराभन्दा पहिला उहाँले मलाई सृष्टि गर्नुभयो।+

२३ धेरै पहिले* उहाँले मलाई बनाउनुभयो;+

पृथ्वी सृष्टि गर्नुभन्दा पनि अघि उहाँले मलाई रच्नुभयो।+

२४ गहिरा महासागरहरू नहुँदै+ मेरो जन्म भयो;

खोलानालाहरू हुनुभन्दा अघि नै म जन्मिएँ।

२५ पहाडहरू बनिनुभन्दा पहिले,

डाँडाकाँडाहरू बनिनुभन्दा पहिले म जन्मिएँ।

२६ उहाँले धर्ती र यसका मैदानहरू बनाउनुभन्दा अघि,

उहाँले माटो बनाउनुभन्दा अघि,

२७ म त्यहीँ थिएँ, जब उहाँले आकाश बनाउनुभयो,+

जब उहाँले पानीमा सीमारेखा* कोर्नुभयो,+

२८ जब उहाँले आकाशमा बादल फैलाउनुभयो,

जब उहाँले गहिरा महासागरहरूको मूल फुटाउनुभयो,

२९ जब उहाँले समुद्रको सीमा तोक्नुभयो,

जब उहाँले समुद्रको पानीलाई सीमा नतोड्‌न आदेश दिनुभयो,+

जब उहाँले पृथ्वीको जग बसाल्नुभयो,*

३० तब म मुख्य कारिगरको रूपमा उहाँको छेवैमा काम गर्थेँ।+

हरेक दिन मलाई देखेर उहाँ असाध्यै रमाउनुहुन्थ्यो;+

उहाँसामु रहन पाएकोले म सधैँ खुसीले गद्‌गद हुन्थेँ;+

३१ मानिस बस्न बनाइएको पृथ्वी देखेर म रमाएँ

अनि मानिसहरू देखेर मलाई असाध्यै खुसी लाग्थ्यो।

३२ हे मेरा छोरा हो, मेरो कुरा सुन

किनकि मैले देखाएको बाटोमा हिँड्‌नेहरू आनन्दित हुनेछन्‌।

३३ मेरो अर्ती सुन+ र बुद्धिमान्‌ होऊ;

त्यसलाई कहिल्यै बेवास्ता नगर।

३४ मेरो कुरा सुन्‍ने मानिस सुखी हुन्छ,

जो हरेक दिन सबेरै मेरो ढोकामा आउँछ,*

जो मेरो घरको छेउमा पर्खेर बस्छ

३५ किनकि जसले मलाई भेट्टाउँछ, उसले जीवन पाउँछ,+

उसले यहोवाको निगाह पाउँछ।

३६ तर जसले मलाई बेवास्ता गर्छ, उसले आफैलाई हानि पुऱ्‍याउँछ;

जसले मलाई घृणा गर्छ, उसले मृत्युलाई निम्त्याउँछ।”+

९ बुद्धिले* आफ्नो घर बनाएको छ;

त्यसले सात वटा खम्बा गाडेर आफ्नो घर ठड्‌याएको छ।

 २ त्यसले मासु पकाएर तयार पारेको छ,*

त्यसले मसलादार मद्य बनाएको छ,

त्यसले टेबुलमा खानेकुरा पस्केको छ।

 ३ त्यसले आफ्ना दासीहरूलाई पठाउँछ

र सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ:+

 ४ “जो-जो अनुभवहीन छन्‌, तिनीहरू यहाँ आऊन्‌।”

त्यसले मूर्खहरूलाई* यसो भन्छे

 ५ “आओ! मसँगै खाओ!

मैले बनाएको मसलादार मद्य पिओ!

 ६ मूर्ख* हुन छोड र दीर्घायु होओ!+

समझशक्‍तिको बाटोमा अघि बढ।”+

 ७ जसले गिल्ला गर्नेलाई सुधार्छ, ऊ आफै लज्जित हुनेछ;+

जसले दुष्टलाई हप्काउँछ, ऊ आफैले चोट पाउनेछ।

 ८ गिल्ला गर्ने मानिसलाई सुधार्न नखोज, उसले तिमीलाई घृणा गर्नेछ,+

बुद्धिमान्‌ मानिसलाई सुधार, उसले तिमीलाई मित्र ठान्‍नेछ।+

 ९ बुद्धिमान्‌ मानिसलाई अर्ती देऊ, ऊ अझै बुद्धिमान्‌ हुनेछ;+

धर्मी मानिसलाई सिकाऊ, उसको ज्ञान अझै बढ्‌नेछ।

१० यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो;+

महापवित्र परमेश्‍वरबारे सिक्नु+ समझ बढाउनु हो।

११ बुद्धिले गर्दा तिम्रो आयु लम्बिनेछ,+

हो, तिमी दीर्घायु हुनेछौ।

१२ तिमीले बुद्धि हासिल गऱ्‍यौ भने तिम्रै भलो हुनेछ

तर तिमीले त्यसको खिल्ली उडायौ भने तिमीले नै दुःख भोग्नेछौ।

१३ मूर्ख आइमाई बकबक गर्छे,+

ऊ अज्ञानी हुन्छे र उसलाई केही थाह हुँदैन।

१४ ऊ आफ्नो घरको ढोकामा बस्छे;

ऊ सहरको अग्लो ठाउँमा उभिन्छे।+

१५ त्यहाँबाट जानेहरूलाई ऊ बोलाउँछे;

सरासर आफ्नो बाटो हिँडिरहेकाहरूलाई ऊ यसो भन्छे:

१६ “जो-जो अनुभवहीन छन्‌, तिनीहरू यहाँ आऊन्‌।”

मूर्ख* मानिसहरूलाई ऊ यसो भन्छे:+

१७ “चोरेको पानी मीठो हुन्छ;

लुकीछिपी खाएको खाना स्वादिलो हुन्छ।”+

१८ तर आफू मृत्युको मुखमा धकेलिँदै छु

र उसका पाहुनाहरू चिहानको* गहिराइमा पुगिसकेका छन्‌ भनेर तिनीहरूलाई थाहै हुँदैन।+

१० सुलेमानको हितोपदेश।+

बुद्धिमान्‌ छोराले बुबालाई खुसी बनाउँछ+

तर मूर्ख छोराले आमालाई रुवाउँछ।

 २ बेइमानी गरेर कमाएको धन कुनै कामको हुँदैन

तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउँछ।+

 ३ धर्मी मानिसलाई यहोवा भोकै छोड्‌नुहुन्‍न;+

दुष्ट मानिसको लालसा उहाँ पूरा हुन दिनुहुन्‍न।

 ४ अल्छी हातले मानिसलाई दरिद्र बनाउँछ+

तर मेहनती हातले मानिसलाई धनी बनाउँछ।+

 ५ कटनीको मौसममा अन्‍न बटुल्ने छोरा बुद्धिमान्‌* हुन्छ

तर बाली काट्‌ने बेला सुतेर बस्ने छोरा लाजमा पर्छ।+

 ६ धर्मी मानिसमाथि आशिष्‌ बर्सन्छ;+

दुष्ट मानिसको बोलीमा छलकपट लुकेको हुन्छ।

 ७ धर्मी मानिसको सम्झना हुनेछ* र उसले आशिष्‌ पाउनेछ+

तर दुष्ट मानिसको नाम मेटिनेछ।+

 ८ बुद्धिमान्‌ मानिसले तुरुन्तै अर्ती* स्विकार्छ+

तर मूर्ख कुरा गर्ने मानिसले दुःख भोग्छ।+

 ९ निष्ठावान्‌ मानिस सुरक्षित हुनेछ+

तर टेढो चालको मानिस पक्राउ पर्नेछ।+

१० खराब नियतले आँखा सन्काउने मानिसले दुःख निम्त्याउँछ+

अनि मूर्ख कुरा गर्ने मानिसले दुःख भोग्छ।+

११ धर्मी मानिसको बोली जीवनको मुहान हो+

तर दुष्ट मानिसको बोलीमा छलकपट लुकेको हुन्छ।+

१२ घृणाले झगडा मच्चाउँछ

तर प्रेमले सबै गल्ती ढाक्छ।+

१३ समझदार मानिसको बोली बुद्धिले भरिएको हुन्छ+

तर मूर्ख* मानिसको पिठिउँमा छडी बजारिन्छ।+

१४ बुद्धिमान्‌ मानिसले ज्ञान बटुल्छ+

तर मूर्खको बोलीले समस्या निम्त्याउँछ।+

१५ धनी मानिसको सम्पत्ति उसको लागि पर्खालले घेरिएको सहरजस्तै हो।

तर गरिबीले गर्दा गरिब मानिसको पतन हुन्छ।+

१६ धर्मी मानिसको कामले उसलाई जीवनतिर लैजान्छ

तर दुष्ट मानिसको कमाइले उसलाई पापतिर धकेल्छ।+

१७ अर्ती स्विकार्ने मानिसले अरूलाई जीवनको बाटो देखाउँछ*

तर सुधारलाई बेवास्ता गर्ने मानिसले अरूलाई बहकाउँछ।

१८ मनमा घृणा लुकाएर राख्ने मानिसले झूट बोल्छ+

अनि मूर्खले अरूबारे झूटो हल्ला फैलाउँछ।

१९ मानिसले जति धेरै बोल्छ, उति नै धेरै गल्ती गर्छ+

तर समझदार मानिसले आफ्नो जिब्रोलाई काबूमा राख्छ।+

२० धर्मी मानिसको जिब्रो शुद्ध चाँदीजस्तै हो+

तर दुष्ट मानिसको हृदयको विचार बेकामको हुन्छ।

२१ धर्मी मानिसको बोलीले धेरैलाई सम्हाल्छ*+

तर समझ नभएकोले मूर्खको विनाश हुन्छ।+

२२ यहोवाको आशिष्‌ले मानिसलाई धनी बनाउँछ;+

उहाँले त्योसँगै कुनै दुःख पठाउनुहुन्‍न।

२३ छाडा व्यवहार मूर्ख मानिसको लागि खेलजस्तै हो

तर समझदार मानिसले बुद्धिको खोजी गर्छ।+

२४ दुष्ट मानिसलाई जुन कुराको डर हुन्छ, त्यही कुरा ऊमाथि आइपर्छ

तर धर्मी मानिसको इच्छा पूरा हुन्छ।+

२५ आँधीबेहरीले सबै थोक उडाएझैँ दुष्ट पनि हराएर जान्छ+

तर धर्मी मानिसको जग भने कहिल्यै डगमगाउँदैन।+

२६ अमिलोले दाँत कुँडिएझैँ र धुवाँले आँखा पिरो भएझैँ

अल्छी मानिसले उसको मालिकलाई पिरोल्छ।

२७ यहोवाको डरले दीर्घायु बनाउँछ+

तर दुष्ट मानिसको आयु छोटो हुन्छ।+

२८ धर्मी मानिसको आशाले खुसीयाली ल्याउँछ+

तर दुष्ट मानिसको आशा पूरा हुँदैन।+

२९ यहोवाको मार्ग निर्दोष मानिसको लागि शरणस्थान हो+

तर कुकर्मीहरूको लागि भने त्यो विनाश हो।+

३० धर्मी मानिसले कहिल्यै ठेस खानेछैन+

तर दुष्ट मानिस पृथ्वीमा बस्न पाउनेछैन।+

३१ धर्मी मानिसको मुखबाट बुद्धिका कुरा निस्कन्छन्‌

तर छली जिब्रो काटिनेछ।

३२ धर्मी मानिसको मुखबाट मीठो बोली निस्कन्छ

तर दुष्ट मानिसको मुखबाट छली कुरा निस्कन्छ।

११ गलत* तराजुलाई यहोवा घृणा गर्नुहुन्छ

तर सही नापतौलदेखि* उहाँ खुसी हुनुहुन्छ।+

 २ जब अहङ्‌कार आउँछ, तब अपमान पनि आउँछ+

तर जो मर्यादामा रहन्छ, ऊ बुद्धिमान्‌ हुन्छ।+

 ३ सोझो मानिसको इमानदारीले उसलाई सही बाटोतर्फ डोऱ्‍याउँछ+

तर छली मानिसको छलकपटले उसको विनाश गर्छ।+

 ४ क्रोधको दिनमा धनसम्पत्तिले बचाउनेछैन+

तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउनेछ।+

 ५ निर्दोष मानिसको धार्मिकताले उसको बाटो सीधा बनाउँछ

तर दुष्ट मानिस आफ्नै दुष्टताले नाश हुन्छ।+

 ६ सोझो मानिसको धार्मिकताले उसलाई बचाउँछ+

तर कुटिल मानिस आफ्नै लोभको पासोमा पर्छ।+

 ७ दुष्ट मानिस मर्दा उसको आशा नामेट हुन्छ,

उसले आफ्नो शक्‍तिमा राखेको भरोसा पनि बेकार हुन्छ।+

 ८ धर्मी मानिस समस्याबाट उम्किन्छ

तर त्यही समस्यामा दुष्ट मानिस फस्छ।+

 ९ भक्‍तिहीन* मानिसको बोलीले छिमेकीलाई बरबाद पार्छ

तर धर्मी मानिसलाई उसको ज्ञानले बचाउँछ।+

१० धर्मी मानिसको राम्रो कामले सहरमा खुसीयाली छाउँछ

अनि दुष्ट मानिस मर्दा रमाहटको आवाज गुञ्जिन्छ।+

११ सोझो मानिसले आशिष्‌ पाउँदा* सहरको सान बढ्‌छ+

तर दुष्टको बोलीले सहरलाई बरबाद पार्छ।+

१२ मूर्ख* मानिसले आफ्नो छिमेकीको खिल्ली उडाउँछ

तर समझदार मानिस चुप लागेर बस्छ।+

१३ निन्दा गर्ने मानिसले अरूको गोप्य कुरा सुनाउँदै हिँड्‌छ+

तर विश्‍वासिलो मानिसले अरूको गोप्य कुरा प्रकट गर्दैन।*

१४ सही निर्देशन* नपाउँदा मानिसहरूले दुःख पाउँछन्‌

तर धेरै जनासँग सल्लाह लिँदा सफलता* मिल्छ।+

१५ अपरिचित मानिसले ऋण लिँदा जमानी* बस्ने मानिस समस्यामा फस्छ+

तर हात मिलाउन* इन्कार* गर्ने मानिस सुरक्षित हुन्छ।

१६ शीलस्वभावकी* स्त्रीले आदर कमाउँछिन्‌+

तर दयामाया नभएको पुरुषले धनसम्पत्ति लुट्‌छ।

१७ दयालु हुँदा* आफ्नै भलो हुन्छ+

तर निर्दयी हुँदा आफैमाथि सङ्‌कट* आइपर्छ।+

१८ दुष्ट मानिसले कमाएको धन टिक्दैन+

तर धार्मिकता रोप्नेले पक्कै इनाम पाउँछ।+

१९ धार्मिकताको पक्षमा दृढ भई खडा हुने मानिसले जीवन पाउँछ+

तर दुष्ट कामको पछि लागिरहनेले जीवन गुमाउँछ।

२० टेढो मन भएको मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+

तर जसको चाल निर्दोष छ, उसलाई उहाँ मन पराउनुहुन्छ।+

२१ यो कुरा निश्‍चित छ: दुष्ट मानिस सजायबाट उम्कन पाउनेछैन+

तर धर्मी मानिसका सन्तानलाई कुनै हानि हुनेछैन।

२२ कुनै स्त्री सुन्दरी भए पनि ऊसँग सुझबुझ छैन भने

ऊ सुङ्‌गुरको थुतुनोमा लगाइदिएको सुनको बुलाकीजस्तै हुन्छे।

२३ धर्मी मानिसको असल चाहनाले असलै परिणाम ल्याउँछ+

तर दुष्ट मानिसको खराब चाहनाले परमेश्‍वरको क्रोध निम्त्याउँछ।

२४ जसले मन खोलेर दिन्छ,* उसले अझ धेरै पाउँछ+

तर जसले दिनुपर्ने कुरा पनि दिँदैन, ऊ कङ्‌गाल हुन्छ।+

२५ मन खोलेर दिने मानिसको उन्‍नति हुन्छ+

अनि जसले अरूलाई स्फूर्ति दिन्छ,* ऊ आफैले पनि स्फूर्ति पाउँछ।+

२६ अन्‍न नबेची लुकाएर राख्नेलाई मानिसहरूले सराप्छन्‌

तर जसले आफ्नो अन्‍न बेच्छ, उसले आशिष्‌ पाउँछ।

२७ जो भलो गर्न कोसिस गरिरहन्छ, उसले प्रशंसा पाउँछ+

तर जो कुभलो गर्न ढुकिबस्छ, उसैमाथि खराबी आइपर्छ।+

२८ धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ+

तर धर्मी मानिसको फलिफाप हुन्छ।*+

२९ जसले आफ्नो परिवारमा दुःख ल्याउँछ, उसले केही पाउँदैन*+

अनि मूर्खचाहिँ बुद्धिमान्‌ मानिसको चाकर हुन्छ।

३० धर्मी मानिसको फल जीवनको रूख हो+

अनि अरूको मन जित्ने मानिस बुद्धिमान्‌ हो।+

३१ धर्मी मानिसले त आफ्नो कामको इनाम पाउँछ भने

दुष्ट र पापीले झन्‌ कति धेरै सजाय पाउलान्‌!+

१२ अनुशासन मन पराउने मानिसले ज्ञान मन पराउँछ+

तर बेसमझ मानिसले सुधारलाई मन पराउँदैन।+

 २ असल मानिससित यहोवा खुसी हुनुहुन्छ

तर धूर्त योजना बनाउने मानिसलाई उहाँ दोषी ठहराउनुहुन्छ।+

 ३ दुष्ट काम गर्ने मानिस कहिल्यै टिक्दैन+

अनि धर्मी मानिस कहिल्यै उखेलिँदैन।

 ४ गुणवती पत्नी आफ्नो पतिको मुकुट हो+

तर छाडा पत्नीले आफ्नो पतिको हड्डी गलाउँछे।+

 ५ धर्मी मानिसको विचार निश्‍छल हुन्छ

तर दुष्टको सल्लाह छलले भरिएको हुन्छ।

 ६ दुष्टको बोली ज्यान लिने पासोजस्तै हो+

तर सोझो मानिसको बोलीले जीवन बचाउँछ।+

 ७ दुष्टहरूको विनाश हुँदा तिनीहरूको नामोनिसान मेटिन्छ

तर धर्मी मानिसको घरको फलिफाप हुनेछ।+

 ८ बुद्धिले भरिएका कुरा गर्ने मानिसको प्रशंसा गरिन्छ+

तर टेढो विचार भएको मानिसको गिल्ला गरिन्छ।+

 ९ एक टुक्रा रोटी नभए पनि फुर्ती लगाउने मानिसभन्दा

एक जना मात्र नोकर राख्न सक्ने साधारण मानिस असल हो।+

१० धर्मी मानिसले आफूले पालेको जनावरको हेरविचार गर्छ+

तर दुष्ट मानिसको दयालु काम पनि कठोर हुन्छ।

११ आफ्नो जमिन खनजोत गर्ने मानिसले टन्‍न खान पाउँछ+

तर व्यर्थका कुराको पछि लाग्ने मानिस मूर्ख* हो।

१२ दुष्टले खराब मानिसले लुटेको सामानको लोभ गर्छ

तर धर्मी मानिस बलियो जरा भएको रूखजस्तै हो, जसले फल फलाउँछ।

१३ दुष्ट मानिस आफ्नै छली बोलीको पासोमा पर्छ+

तर धर्मी मानिस सङ्‌कटबाट बच्छ।

१४ मानिसको असल बोलीले उसको भलो गर्छ,+

उसको हातको कामले उसलाई इनाम दिन्छ।

१५ मूर्खलाई आफ्नै बाटो सही लाग्छ+

तर बुद्धिमान्‌ मानिसले अरूको सल्लाह सुन्छ।+

१६ समझदार मानिसले आफ्नो अपमान हुँदासमेत त्यसको वास्ता गर्दैन*

तर मूर्खले तुरुन्तै* रिस देखाउँछ।+

१७ विश्‍वासयोग्य साक्षीले सीधा* कुरा गर्छ

तर झूटो साक्षीले बाङ्‌गो कुरा गर्छ।

१८ सोचविचार नगरी बोल्दा त्यसले तरबारले झैँ घोच्छ

तर बुद्धिमान्‌ मानिसको बोलीले निको पार्छ।+

१९ सत्य बोल्ने मानिस सधैँभरि रहन्छ+

तर झूट बोल्ने जिब्रो एकछिन पनि टिक्दैन।+

२० षड्‌यन्त्र रच्ने मानिसको हृदयमा कपट हुन्छ

तर शान्ति कायम गराउने* मानिस आनन्दित हुन्छ।+

२१ धर्मी मानिसले कुनै हानि बेहोर्नुपर्दैन+

तर दुष्टमाथि विपत्तिको ओइरो लाग्छ।+

२२ झूट बोल्ने मानिसलाई यहोवा घृणा गर्नुहुन्छ+

तर वफादार मानिसदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ।

२३ चतुर मानिसले आफ्नो ज्ञान प्रकट गर्दैन

तर मूर्ख मानिसले आफ्नो बोलीबाट मूर्खता प्रकट गरिहाल्छ।+

२४ मेहनती हातले शासन गर्छ+

तर अल्छी हातले मानिसलाई अरूको दास बनाउँछ।+

२५ चिन्ताले मन भारी* बनाउँछ+

तर मीठो बोलीले मन हल्का बनाउँछ।+

२६ धर्मी मानिसले आफ्नो खर्कलाई राम्ररी नियाल्छ

तर दुष्टको चालले त्यसलाई बराल्छ।

२७ अल्छी मानिस आफ्नो सिकार पक्रन समेत खोज्दैन+

तर मानिसको लगनशीलता नै उसको अनमोल धन हो।

२८ धार्मिकताको बाटोले जीवनतर्फ पुऱ्‍याउँछ,+

त्यस बाटोमा हिँड्‌नेले मृत्यु भोग्नेछैन।

१३ बुद्धिमान्‌ छोराले बुबाको अर्ती सुन्छ*+

तर अहङ्‌कारी* मानिसले कसैको हप्की* सुन्दैन।+

 २ मानिसको असल बोलीले गर्दा उसले असलै इनाम पाउँछ+

तर धोका दिने मानिसले हिंसा मन पराउँछ।

 ३ आफ्नो बोली काबूमा राख्ने मानिसको जीवन सुरक्षित हुन्छ+

तर बकबक गर्ने मानिसको पतन हुन्छ।+

 ४ अल्छी मानिसले लालसा गरे पनि केही पाउँदैन+

तर मेहनती मानिसको इच्छा पूरा हुन्छ।+

 ५ धर्मी मानिसले झूटलाई घृणा गर्छ,+

दुष्ट मानिसको व्यवहारले लाज र अपमान निम्त्याउँछ।

 ६ धार्मिकताले निर्दोष मानिसको रक्षा गर्छ+

तर दुष्ट कामले पापी मानिसलाई बरबाद पार्छ।

 ७ कोही मानिस आफूसित केही नभए पनि आफूलाई धनीजस्तो देखाउँछ+

तर कोही मानिस आफूसित अपार धनसम्पत्ति भए पनि आफूलाई गरिबजस्तो देखाउँछ।

 ८ धनी मानिसले धन दिएर आफ्नो ज्यान बचाउँछ+

तर गरिब मानिसलाई त कतैबाट ज्यानको खतरा हुँदैन।*+

 ९ धर्मी मानिसको ज्योति चहकिलो हुन्छ+

तर दुष्टको दियो निभाइनेछ।+

१० अहङ्‌कारले झगडा निम्त्याउँछ+

तर बुद्धिमान्‌ मानिसले सरसल्लाह गर्छ।+

११ रातारात कमाएको धन घट्‌दै जान्छ+

तर अलिअलि गरी जम्मा गरेको धन बढ्‌दै जान्छ।

१२ आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्छ+

तर मनको इच्छा पूरा हुनु जीवनको रूख हो।+

१३ जसले निर्देशन पालन गर्दैन, उसले सजाय भोग्छ+

तर जसले आज्ञा पालन गर्छ, उसले इनाम पाउँछ।+

१४ बुद्धिमान्‌ मानिसको सल्लाह जीवनको मूल हो;+

यसले मानिसलाई मृत्युको पासोबाट जोगाउँछ।

१५ अन्तर्दृष्टि* भएको मानिसले अरूको निगाह पाउँछ

तर धूर्त मानिसको मार्ग कठिन हुन्छ।

१६ चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ+

तर मूर्खले भने आफ्नो मूर्खता देखाउँछ।+

१७ धोकेबाज दूतले समस्या निम्त्याउँछ+

तर वफादार दूतले भलाइ गर्छ।+

१८ अनुशासनलाई बेवास्ता गर्ने मानिसलाई गरिबीले छोप्छ र ऊ लाजमा पर्छ

तर सुधार स्विकार्ने मानिसले प्रशंसा पाउँछ।+

१९ आफ्नो इच्छा पूरा हुँदा मानिसको मन खुसी हुन्छ+

तर मूर्ख मानिसले गलत बाटो त्याग्न मन गर्दैन।+

२० बुद्धिमान्‌सित हिँड्‌ने मानिस बुद्धिमान्‌ हुन्छ+

तर मूर्खसित सङ्‌गत गर्ने मानिसले दुःख भोग्छ।+

२१ पापीहरूलाई विपत्तिले खेद्‌न छोड्‌दैन+

तर धर्मी मानिसको उन्‍नति हुन्छ।+

२२ भला मानिसले आफ्ना नातिनातिनाको लागि पैतृक-सम्पत्ति छोड्‌छ;

पापी मानिसको धनसम्पत्ति धर्मी मानिसको लागि हुन्छ।+

२३ गरिब मानिसले आफ्नो खेतमा खनजोत गरेर प्रशस्त अन्‍न फलाउँछ

तर अन्यायको मारमा पर्दा ऊ बरबाद हुन सक्छ।

२४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+

तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्‌दैन।*+

२५ धर्मी मानिसले पेटभरि खान पाउँछ+

तर दुष्ट मानिस भोकै रहन्छ।+

१४ बुद्धिमती स्त्रीले आफ्नो घर सम्हाल्छिन्‌+

तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो बिगार्छे।

 २ सोझो बाटोमा हिँड्‌ने मानिसले यहोवाको डर मान्छ

तर टेढो बाटोमा हिँड्‌ने मानिसले उहाँलाई घृणा गर्छ।

 ३ मूर्खको अहङ्‌कारी बोली सजाय दिने छडीजस्तै हुन्छ

तर बुद्धिमान्‌को बोलीले मानिसहरूलाई जोगाउँछ।

 ४ गाईवस्तु छैनन्‌ भने डुँड सफा हुन्छ

तर गोरुहरूको बलले प्रशस्त उब्जनी हुन्छ।

 ५ साँचो साक्षीले झूट बोल्दैन

तर झूटो साक्षीले कुरैपिच्छे* झूट बोल्छ।+

 ६ अहङ्‌कारी* मानिसले बुद्धि खोज्छ तैपनि भेट्टाउँदैन

तर समझदार मानिसले सजिलै ज्ञान प्राप्त गर्छ।+

 ७ मूर्ख मानिसबाट टाढै बस

किनकि उसको बोलीमा ज्ञानको कुरा पाइँदैन।+

 ८ चतुर मानिससित ठीक बाटोमा हिँड्‌ने बुद्धि हुन्छ

तर मूर्ख मानिसलाई उसकै मूर्खताले झुक्क्याउँछ।*+

 ९ मूर्ख मानिसले आफ्नो गल्ती स्विकार्नुको* सट्टा त्यसलाई हाँसोमा उडाउँछ+

तर सोझो मानिस मिलाप गर्न अग्रसर हुन्छ।

१० आफ्नो मनको पीडा आफैलाई मात्र थाह हुन्छ

अनि मनको आनन्द पनि अरू कसैले बुझ्दैन।

११ दुष्ट मानिसको घर नष्ट हुन्छ+

तर सोझो मानिसको घरको फलिफाप हुन्छ।

१२ कुनै बाटो मानिसलाई सही नै लाग्ला+

तर त्यसले अन्तमा मृत्युमा पुऱ्‍याउँछ।+

१३ मुखमा हाँसो भए पनि हृदयमा पीडा हुन सक्छ

अनि खुसीयाली पनि दुःखमा परिणत हुन सक्छ।

१४ परमेश्‍वरबाट टाढिएको मानिसले आफ्नो कामको नतिजा भोग्छ+

तर असल मानिसले आफ्नो कामको इनाम पाउँछ।+

१५ सुधो* मानिसले सुनेको सबै कुरा पत्याउँछ

तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।+

१६ बुद्धिमान्‌ मानिस होसियार हुन्छ र खराबीदेखि परै बस्छ

तर मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ* र आफूमा बढ्‌तै भरोसा राख्छ।

१७ झट्टै रिसाउने मानिसले मूर्ख काम गर्छ+

तर सोच्ने क्षमता चलाउने मानिस घृणाको पात्र हुन्छ।

१८ सुधो* मानिसले मूर्खता मात्र देखाउँछ

तर चतुर मानिसले ज्ञानको मुकुट* पाउँछ।+

१९ खराब मानिसले असल मानिससामु शिर झुकाउनुपर्नेछ

अनि दुष्ट मानिसले धर्मी मानिसको ढोकासामु शिर निहुराउनेछ।

२० गरिब मानिसलाई उसको छिमेकीले पनि हेप्छ+

तर धनी मानिसका थुप्रै साथी हुन्छन्‌।+

२१ आफ्नो छिमेकीलाई घृणा गर्ने मानिसले पाप गर्छ

तर जसले दीनदुःखीलाई दया गर्छ, ऊ सुखी हुन्छ।+

२२ जसले षड्‌यन्त्र रच्छ, के उसको पतन हुँदैन र?

तर जसले अरूको भलाइ गर्छ, उसले माया* पाउँछ र भरोसा जित्छ।+

२३ मेहनतको फल मीठो हुन्छ

तर कुरा मात्र गर्ने मानिस कङ्‌गाल हुन्छ।+

२४ बुद्धिमान्‌ मानिसको मुकुट उसको सम्पत्ति हो

तर मूर्ख मानिसले मूर्ख कामबाहेक केही गर्दैन।+

२५ साँचो साक्षीले जीवन बचाउँछ

तर छली मानिसले कुरैपिच्छे* झूट बोल्छ।

२६ यहोवाको डर राख्ने मानिसले उहाँमाथि भरोसा राख्छ+

अनि त्यस्तो मानिसका छोराछोरीको लागि पनि यो शरण हुनेछ।+

२७ यहोवाको डर जीवनको मूल हो;

यसले मानिसलाई मृत्युको पासोबाट बचाउँछ।

२८ प्रजा धेरै हुनु राजाको गौरव हो+

तर प्रजा छैन भने राजा हुनुको कुनै अर्थ हुँदैन।

२९ समझदार मानिस हतपती रिसाउँदैन+

तर मूर्खले आफ्नो रिस देखाइहाल्छ।+

३० शान्त हृदयले शरीर स्वस्थ बनाउँछ

तर डाहले हड्डी गलाउँछ।+

३१ दीनदुःखीलाई थिचोमिचो गर्ने मानिसले सृष्टिकर्ताको अपमान गर्छ+

तर गरिबलाई दया गर्नेले उहाँको महिमा गर्छ।+

३२ दुष्ट मानिसको आफ्नै खराब कामले गर्दा उसको पतन हुन्छ

तर धर्मी मानिसको निर्दोष चालले* गर्दा उसले शरण पाउँछ।+

३३ समझदार मानिसको हृदय बुद्धिले भरिएको हुन्छ तैपनि ऊ चुपचाप रहन्छ+

तर मूर्ख मानिस आफूसित बुद्धि नभए पनि बुद्धिमान्‌ भई टोपल्छ।

३४ धार्मिकताले देशको गौरव बढाउँछ+

तर पापले मानिसहरूको बदनाम गर्छ।

३५ समझदार* सेवकसित राजा खुसी हुन्छन्‌+

तर लाजमर्दो काम गर्ने सेवकसित राजा क्रोधित हुन्छन्‌।+

१५ मीठो* जवाफले रिसलाई शान्त पार्छ+

तर कठोर* बोलीले रिस उठाउँछ।+

 २ बुद्धिमान्‌को बोलीमा उसको ज्ञान झल्किन्छ+

तर मूर्खको बोलीमा उसको मूर्खता देखिन्छ।

 ३ यहोवाको नजर सर्वत्र रहन्छ,

असल र खराब दुवैलाई उहाँ ध्यान दिएर हेर्नुहुन्छ।+

 ४ मीठो बोली* जीवनको रूख हो+

तर छली बोलीले निराश बनाउँछ।*

 ५ मूर्खले आफ्नो बुबाको अर्तीलाई* तुच्छ ठान्छ+

तर अरूले सच्याउँदा* चतुर मानिसले स्विकार्छ।+

 ६ धर्मी मानिसको घर धनसम्पत्तिले भरिएको हुन्छ

तर दुष्टको कमाइले दुःख ल्याउँछ।+

 ७ बुद्धिमान्‌ मानिसले आफ्नो बोलीले ज्ञान फैलाउँछ+

तर मूर्खको मनमा भने त्यसो गर्ने विचारै हुँदैन।+

 ८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+

तर सोझो मानिसको प्रार्थना सुन्‍न उहाँ मन पराउनुहुन्छ।+

 ९ दुष्टको चाललाई यहोवा घृणा गर्नुहुन्छ+

तर धार्मिकताको बाटोमा हिँड्‌ने मानिसलाई उहाँ मन पराउनुहुन्छ।+

१० जसले सही बाटो त्याग्छ, उसले अर्तीलाई* तुच्छ ठान्छ;+

जसले सुधारलाई घृणा गर्छ, उसले ज्यान गुमाउँछ।+

११ चिहान* र विनाशको खाडल* त यहोवाको नजरमा उदाङ्‌ग छन्‌ भने+

मानिसको हृदय उहाँसामु झन्‌ कत्ति उदाङ्‌ग होला!+

१२ अहङ्‌कारी मानिसले आफ्नो गल्ती देखाइदिने* मानिसलाई मन पराउँदैन;+

उसले बुद्धिमान्‌ मानिससित सरसल्लाह गर्दैन।+

१३ आनन्दित हृदयले अनुहार उज्यालो बनाउँछ

तर हृदयको पीडाले मानिसलाई गलाउँछ।+

१४ समझदार मानिसले ज्ञानको खोजी गर्छ+

तर मूर्खले भने मूर्ख कुराहरू नै खोज्छ।+

१५ दुःखमा परेकाहरूलाई हरेक दिन दुःखै हुन्छ+

तर हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।+

१६ धेरै धनसम्पत्ति हुनु र चिन्तामा डुबिरहनुभन्दा+

थोरै हुनु तर यहोवाको डर मान्‍नु बेस हो।+

१७ घृणाले भरिएको घरमा मासु* खानुभन्दा

प्रेमले भरिएको घरमा सागपात खानु बेस हो।+

१८ तातो रिस भएको मानिसले कलह मच्चाउँछ+

तर हतपती नरिसाउने मानिसले झगडा शान्त पार्छ।+

१९ अल्छी मानिसले आफ्नो बाटोभरि काँडैकाँडा देख्छ+

तर सोझो मानिसको बाटो राजमार्गजस्तै सम्म हुन्छ।+

२० बुद्धिमान्‌ छोराले आफ्नो बुबालाई आनन्दित बनाउँछ+

तर मूर्ख छोराले आफ्नी आमालाई तुच्छ ठान्छ।+

२१ सुझबुझ नभएको मानिस आफ्नो मूर्खतामा रमाउँछ+

तर समझदार मानिस सही बाटोमा हिँड्‌छ।+

२२ सरसल्लाह नगरी बनाएको योजना विफल हुन्छ

तर धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ।+

२३ उचित जवाफ दिँदा मानिस खुसी हुन्छ+

अनि ठीक बेलामा बोलेको कुरा कत्ति असल हुन्छ!+

२४ अन्तर्दृष्टि* भएको मानिस जीवन दिने बाटोतर्फ उक्लन्छ,+

ऊ तल चिहानतर्फ* लैजाने बाटोमा जाँदैन।+

२५ यहोवाले घमन्डीको घर भत्काउनुहुन्छ+

तर उहाँले विधवाको साँध-सिमाना कसैलाई मिच्न दिनुहुन्‍न।+

२६ दुष्टको षड्‌यन्त्रलाई यहोवा घृणा गर्नुहुन्छ+

तर मीठा वचन उहाँको नजरमा शुद्ध छन्‌।+

२७ बेइमानी गरेर कमाउने मानिसले परिवारमा समस्या* ल्याउँछ+

तर घुस खान इन्कार गर्ने मानिसको आयु लामो हुन्छ।+

२८ धर्मी मानिसले सोचविचार गरेर मात्र जवाफ दिन्छ+

तर दुष्ट मानिसले खराब कुरा बोलिहाल्छ।

२९ यहोवा दुष्टदेखि टाढै रहनुहुन्छ

तर उहाँ धर्मी मानिसको प्रार्थना सुन्‍नुहुन्छ।+

३० हँसिलो मुहारले* हृदय खुसी बनाउँछ;

शुभसमाचारले शरीर फुर्तिलो बनाउँछ।*+

३१ जसले जीवन बचाउने सुधार स्विकार्छ,

ऊ बुद्धिमान्‌ मानिसहरूमध्ये गनिन्छ।+

३२ अनुशासन नस्विकार्ने मानिसले आफ्नो जीवनलाई घृणा गर्छ+

तर सुधार स्विकार्ने मानिसले बुद्धि प्राप्त गर्छ।+

३३ यहोवाको डर मान्‍ने मानिसले बुद्धिमान्‌ हुन सिक्छ+

अनि नम्र मानिसले आदर कमाउँछ।+

१६ मानिसले आफ्नो मनमा सोच्न त सोच्छ

तर यहोवाले नै उसको मुखमा जवाफ* हालिदिनुहुन्छ।+

 २ मानिसलाई आफ्नो सबै चाल ठीक* लाग्छ+

तर उसको मनसाय यहोवाले जाँच्नुहुन्छ।+

 ३ आफूले गर्ने जुनसुकै काम यहोवालाई सुम्पिदेऊ;+

तब तिम्रा योजनाहरू सफल हुनेछन्‌।

 ४ यहोवाले सबै कुरा आफ्नो उद्देश्‍यअनुसार गर्नुहुन्छ;

उहाँले दुष्टहरूलाई विनाशको दिनमा नाश गर्ने उद्देश्‍य राख्नुभएको छ।+

 ५ घमन्डी मानिसलाई यहोवा घृणा गर्नुहुन्छ।+

यो कुरा पक्का छ, त्यस्तो मानिस सजायबाट उम्कन पाउनेछैन।

 ६ अटल प्रेम र वफादारी देखाउने मानिसले* आफ्नो गल्तीको क्षमा पाउँछ+

अनि यहोवाको डर राख्ने मानिस खराब कामबाट अलग्गै बस्छ।+

 ७ जब कुनै मानिसको चालदेखि यहोवा खुसी हुनुहुन्छ,

तब उहाँले उसका शत्रुहरूलाई पनि ऊसित मिलाप गराइदिनुहुन्छ।+

 ८ बेइमानी गरेर कमाएको धेरै सम्पत्तिभन्दा+

इमानदारीसित कमाएको थोरै सम्पत्ति असल हो।+

 ९ मानिसले आफ्नो मनमा योजना त बनाउला

तर उसको हरेक कदमलाई यहोवाले डोऱ्‍याउनुहुन्छ।+

१० राजाको ओठमा ईश्‍वरीय फैसला हुनुपर्छ,+

उसले कहिल्यै अन्याय गर्नु हुँदैन।+

११ ठीक-ठीक नाप र ढक-तराजु यहोवाका हुन्‌,

झोलामा भएका ढकहरू पनि उहाँकै हुन्‌।+

१२ दुष्ट कामलाई राजाहरूले घृणा गर्छन्‌+

किनकि धार्मिकताले गर्दा नै सिंहासन स्थिर रहन्छ।+

१३ सही कुरा बोल्ने मानिससित राजाहरू खुसी हुन्छन्‌।

इमानदार भई जवाफ दिने मानिसलाई उनीहरू मन पराउँछन्‌।+

१४ राजाको क्रोधले मृत्यु निम्त्याउँछ*+

तर बुद्धिमान्‌ मानिसले राजाको क्रोधलाई शान्त पार्छ।*+

१५ राजाको मुहार उज्यालो हुँदा मानिसको जीवन बच्छ,

राजाको निगाह वसन्त ऋतुको वर्षाजस्तै हो।+

१६ सुनभन्दा बुद्धि प्राप्त गर्नु+

अनि चाँदीभन्दा समझ प्राप्त गर्नु उत्तम हो।+

१७ सोझो मानिस गलत बाटोदेखि टाढै बस्छ।

अनि जो होसियार भई सही बाटोमा हिँड्‌छ, उसले जीवन बचाउँछ।+

१८ नाशको अघि घमन्ड

अनि पतनको अघि अहङ्‌कार आउँछ।+

१९ अहङ्‌कारीहरूसित लुटको माल बाँड्‌नुभन्दा

नम्र भई सोझाहरूमाझ रहनु बेस हो।+

२० समझ* प्रयोग गर्ने मानिस सफल हुन्छ

अनि यहोवामा भरोसा राख्ने मानिस सुखी रहन्छ।

२१ बुद्धिमान्‌ मानिस समझदार हुन्छ+

अनि मीठो बोलीले अरूको मन जित्न सकिन्छ।+

२२ जोसित समझशक्‍ति* छ, उसको लागि त्यो जीवनको मूल हो

तर मूर्खहरूले आफ्नै मूर्खताले गर्दा सजाय भोग्छन्‌।

२३ बुद्धिमान्‌ मानिसको बोली समझले* भरिएको हुन्छ+

अनि उसको बोलीले अरूलाई रिझाउन सक्छ।

२४ मीठो बोली शुद्ध महजस्तै हो;

यो गुलियो हुन्छ र यसले शरीरलाई फुर्तिलो बनाउँछ।*+

२५ कुनै बाटो मानिसलाई सही नै लाग्ला

तर त्यसले अन्तमा मृत्युमा पुऱ्‍याउँछ।+

२६ मजदुरको भोको पेटले उसलाई काम गर्न जुरमुऱ्‍याउँछ;

उसको भोकले* उसलाई काम नगरी बस्न दिँदैन।+

२७ बेकम्मा मानिसले अरूको नराम्रो कुरा मात्र खोतल्छ;+

उसको बोली आगोको भुङ्‌ग्रोजस्तै हुन्छ।+

२८ झगडालु मानिसले* फूट गराउँछ+

अनि निन्दा गर्ने मानिसले घनिष्ठ मित्रहरूबीच फाटो ल्याउँछ।+

२९ अत्याचारी मानिसले आफ्नो छिमेकीलाई फुस्ल्याउँछ

र उसलाई गलत बाटोमा लैजान्छ।

३० उसले अरूको हानि गर्न आँखा सन्काउँछ

अनि आफ्नो ओठ टोक्दै दुष्ट काम गर्छ।

३१ धार्मिकताको मार्गमा हिँड्‌ने मानिसको फुलेको कपाल

उसको शोभाको मुकुट* हो।+

३२ हतपती नरिसाउने मानिस+ वीर योद्धाभन्दा असल हो

अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।+

३३ पोल्टामा राखेर गोला त हालिन्छ+

तर हरेक फैसला यहोवाले नै गर्नुहुन्छ।+

१७ झगडाले भरिएको घरमा भोज लगाउनुभन्दा*+

शान्ति छाएको घरमा सुक्खा रोटी खानु बेस हो।+

 २ समझदार* नोकरले आफ्नो मालिकको मूर्ख छोरामाथि हैकम चलाउँछ

अनि त्यसले मालिकका छोराहरूसरह अंश पाउँछ।

 ३ चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ+

तर मानिसको हृदय जाँच्ने त यहोवा नै हुनुहुन्छ।+

 ४ दुष्ट मानिसले खराब कुरा सुन्‍न आफ्नो कान थाप्छ

अनि छली मानिसलाई चुक्ली सुन्‍न मन पर्छ।+

 ५ गरिबको खिल्ली उडाउनेले उसलाई सृष्टि गर्नुहुनेको अपमान गर्छ+

अनि अरूको दुःखमा हाँस्नेले पक्कै दण्ड पाउनेछ।+

 ६ बाजेबज्यैका मुकुट* तिनका नातिहरू* हुन्‌

अनि छोराहरूका* गौरव तिनका बुबाहरू* हुन्‌।

 ७ मूर्खको मुखमा सोझो* कुरा सुहाउँदैन;+

राजाको* मुखमा झूटो कुरा झनै सुहाउँदैन!+

 ८ उपहार एउटा बहुमूल्य रत्नजस्तै हो;+

जोसित त्यो छ, आफूले गर्ने हरेक काममा ऊ सफल हुन्छ।+

 ९ अरूको गल्ती क्षमा गर्ने मानिसले प्रेम देखाउँछ+

तर अरूको कुरा काटिरहनेले घनिष्ठ मित्रहरूबीच फूट गराउँछ।+

१० मूर्खले सय पटक कोर्रा खाए पनि ऊ सुध्रिँदैन+

तर समझदार मानिसलाई एक चोटि हप्काए पुग्छ।+

११ खराब मानिस विद्रोह गर्न मात्र खोज्छ;

सजाय दिन आउने दूतले उसलाई कुनै दयामाया देखाउनेछैन।+

१२ आफ्नो मूर्ख काममा रमाउने मूर्ख मानिससित भेट हुनुभन्दा

बच्चाहरू खोसिएको भालुसित भेट हुनु बेस हो।+

१३ गुनको साटो बैगुन गर्ने मानिसको

घरमा कहिल्यै सुख हुँदैन।+

१४ झगडा सुरु हुनु पानीको बाँध फुट्‌नुजस्तै हो;

झगडा चर्किनुअघि नै त्यस ठाउँबाट निस्किहाल।+

१५ जसले दुष्ट मानिसलाई निर्दोष ठहराउँछ

अनि जसले धर्मी मानिसलाई दोषी ठहराउँछ,+

ती दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।

१६ मूर्खलाई बुद्धि हासिल गर्ने मौका दिए पनि केही फाइदा हुँदैन

किनकि उसलाई बुद्धि प्राप्त गर्ने इच्छा नै हुँदैन।+

१७ साँचो मित्रले सधैँ माया गर्छ+

अनि ऊ दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।+

१८ सुझबुझ नभएको मानिसले हात मिलाएर आफ्नो सहमति जनाउँछ*

अनि आफ्नो छिमेकीको सामने अरूको जमानी* बस्छ।+

१९ जसलाई झैझगडा मन पर्छ, उसलाई अपराध गर्न पनि मन पर्छ।+

अनि जसले आफ्नो घरको ढोका अग्लो बनाउँछ, उसले विपत्ति निम्त्याउँछ।+

२० टेढो मन भएको मानिस कहिल्यै सफल हुँदैन+

अनि छली कुरा गर्ने मानिसको पतन हुन्छ।

२१ छोरा मूर्ख भयो भने बुबाले दुःख पाउँछ

अनि सुझबुझ नभएको छोराले बुबालाई सुख दिँदैन।+

२२ आनन्दित हृदय रोग निको पार्ने औषधीजस्तै हो+

तर दुःखी हृदयले शरीरलाई कमजोर बनाउँछ।*+

२३ दुष्ट मानिसले लुकीछिपी घुस खान्छ

र न्यायलाई बिगार्छ।+

२४ बुद्धि समझदार मानिसको आँखैअगाडि हुन्छ

तर मूर्खको आँखा भने यताउता डुलिरहन्छ।+

२५ मूर्ख छोराले बुबालाई पिरोल्छ

अनि उसलाई जन्माउने आमाको मन दुखाउँछ।+

२६ धर्मी मानिसलाई सजाय दिनु* उचित होइन

अनि भलादमी मानिसलाई कोर्रा लगाउनु गलत हो।

२७ बुद्धिमान्‌ मानिस थोरै बोल्छ+

अनि समझदार मानिस शान्त रहन्छ।+

२८ चुप लागेर बस्दा मूर्ख पनि बुद्धिमान्‌ देखिन्छ

अनि आफ्नो मुख नखोल्ने मानिस समझदार देखिन्छ।

१८ जो अरूदेखि अलग्गै बस्न खोज्छ, उसले आफ्नै स्वार्थ पूरा गर्न खोज्छ;

उसले अरूले दिएको बुद्धिमानी सल्लाह* सुन्दैन।*

 २ मूर्ख मानिसले कुनै कुरा बुझ्ने इच्छा गर्दैन

बरु ऊ आफ्नै विचार मात्र प्रकट गर्न चाहन्छ।+

 ३ जहाँ दुष्ट मानिस जान्छ, त्यहाँ घृणा पनि पछि लाग्छ

अनि जसले आदरयोग्य काम गर्दैन, उसको अपमान हुन्छ।+

 ४ मानिसको बोली गहिरो पानीजस्तै हो+

अनि बुद्धिको मुहानचाहिँ बगिरहने खोलाजस्तै हो।

 ५ दुष्टको पक्ष लिनु राम्रो होइन+

अनि धर्मी मानिसलाई न्याय नदिनु उचित होइन।+

 ६ मूर्खको बोलीले झगडा निम्त्याउँछ+

अनि आफ्नो मुखले गर्दा उसले पिटाइ खान्छ।+

 ७ आफ्नो मुखले गर्दा मूर्खको पतन हुन्छ;+

उसको बोली* नै उसको लागि पासो बन्छ।

 ८ निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै* हो;+

त्यसलाई निलेपछि सलक्क पेटमा जान्छ।+

 ९ काम गर्न अल्छी गर्ने मानिस

र अरूको बिगार गर्ने मानिस दाजुभाइ हुन्‌।+

१० यहोवाको नाम बलियो धरहरा हो;+

धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+

११ धनी मानिसले आफ्नो सम्पत्तिलाई सुरक्षित सहर*

अनि आफ्नो रखवाली गर्ने पर्खाल ठान्छ।+

१२ मानिसको पतन हुनुअघि उसको हृदयमा घमन्ड पलाउँछ+

तर नम्र मानिसले सम्मान पाउँछ।+

१३ जसले राम्ररी कुरा सुन्‍नुअघि नै जवाफ दिन्छ,

उसले मूर्खता प्रकट गर्छ र आफ्नै बेइज्जती गर्छ।+

१४ मन बलियो भएको मानिस रोगबिमारसित पनि जुझ्न सक्छ+

तर मनै भाँचिएको* छ भने कसले सम्हाल्ने?+

१५ समझदार मानिसको हृदयले ज्ञान हासिल गर्छ;+

बुद्धिमान्‌ मानिसको कानले ज्ञानको खोजी गर्छ।

१६ जसले उपहार दिन्छ, उसको निम्ति बाटो खुल्छ;+

त्यसले उसको पहुँच ठूलाठालुसम्म पुऱ्‍याउँछ।

१७ मुद्दामामिलामा विपक्षी आएर केरकार नगरुन्जेल

सुरुमा मुद्दा हाल्ने पक्ष नै सही देखिन्छ।+

१८ गोला हाल्दा विवादको टुङ्‌गो लाग्छ+

र दुई कट्टर विरोधीबीच फैसला हुन्छ।

१९ चित्त दुखाएर बसेको साथीलाई मनाउनुभन्दा पर्खालले घेरिएको सहर जित्नु सजिलो हुन्छ+

अनि कुनै-कुनै किचलो दरबारका ढोकाहरूजस्तै हुन्छ।+

२० आफूले बोलेको कुराले मानिसले आफ्नो पेट भर्छ;+

उसले जे बोल्छ, त्यसकै फल पाउँछ।

२१ जिब्रोमा जीवन र मृत्युको शक्‍ति हुन्छ;+

मानिसले जे बोल्न मन पराउँछ, त्यस्तै फल पाउँछ।+

२२ असल पत्नी पाउनु अनमोल कुरा पाउनु हो;+

जसले असल पत्नी पाउँछ, उसले यहोवाको निगाह* पनि पाउँछ।+

२३ गरिब मानिसले गिडगिडाउँदै बिन्ती गर्छ

तर धनी मानिसले रुखो जवाफ फर्काउँछ।

२४ कुनै-कुनै साथी अरूलाई बरबाद पार्न समेत पछि पर्दैन+

तर कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।+

१९ मूर्ख र झूट बोल्ने मानिस हुनुभन्दा

गरिब तर इमानदार* हुनु बेस हो।+

 २ अज्ञानी हुनु राम्रो होइन+

अनि हतार गर्नेले गल्ती गर्छ।

 ३ आफ्नै मूर्खताले गर्दा मानिसले गलत कदम चाल्छ

अनि उल्टै यहोवासित रिसाउँछ।

 ४ धनी मानिसका साथीहरू धेरै हुन्छन्‌

तर गरिबलाई उसको एक मात्र साथीले समेत छोडेर हिँड्‌छ।+

 ५ झूटो साक्षीले अवश्‍य सजाय पाउनेछ+

अनि कुरैपिच्छे* झूट बोल्ने मानिस उम्कनेछैन।+

 ६ ठूलाबडाको* निगाह सबैले खोज्छन्‌

अनि उपहार दिने मानिसलाई सबैले साथी बनाउन चाहन्छन्‌।

 ७ गरिबलाई उसका सबै दाजुभाइले हेला गर्छन्‌,+

उसका साथीहरूले त झनै घिन गर्छन्‌!+

तिनीहरूको पछिपछि लाग्दै बिन्तीभाउ गरे पनि कसैले उसको कुरा सुन्दैन।

 ८ समझ प्राप्त गर्ने मानिसले आफूलाई प्रेम गर्छ।+

समझशक्‍ति देखाउने मानिसले सफलता पाउँछ।+

 ९ झूटो साक्षीले अवश्‍य सजाय पाउनेछ

अनि कुरैपिच्छे झूट बोल्ने मानिस नाश हुनेछ।+

१० मूर्खले विलासी जीवन बिताएको सुहाउँदैन;

नोकरले मालिकहरूमाथि हैकम जमाएको झन्‌ पटक्कै सुहाउँदैन!+

११ अन्तर्दृष्टि* भएको मानिसले रिसलाई काबूमा राख्छ+

अनि दोषको* वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।+

१२ राजाको क्रोध सिंहको गर्जनजस्तै हो+

तर तिनको कृपा घाँसलाई भिजाउने शीतजस्तै हो।

१३ मूर्ख छोराले आफ्नो बुबामाथि सङ्‌कट ल्याउँछ+

अनि झगडालु* पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।+

१४ घर र धनसम्पत्ति पुर्खाबाट पाउने कुरा हो

तर बुद्धिमान्‌ पत्नीचाहिँ यहोवाको वरदान हो।+

१५ अल्छी मानिसलाई धेरै निद्रा लाग्छ

अनि लोसे मानिस भोकै पर्छ।+

१६ आज्ञा पालन गर्दा ज्यान जोगिन्छ;+

लापर्बाही गर्दा ज्यान जान्छ।+

१७ गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+

त्यसको इनाम उहाँले दिनुहुन्छ।+

१८ छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ;+

तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।+

१९ झट्टै रिसाउने मानिसले सजाय पाउनेछ;

उसलाई एक चोटि बचायौ भने घरीघरी बचाइरहनुपर्नेछ।+

२० सल्लाह सुन र अनुशासन स्विकार;+

तब तिमी बुद्धिमान्‌ हुनेछौ।+

२१ मानिसले मनमा थुप्रै योजना बुन्छ

तर उद्देश्‍य भने सधैँ यहोवाकै पूरा हुन्छ।+

२२ दया* मानिसको असल गुण हो+

अनि फटाहा हुनुभन्दा गरिब हुनु बेस हो।

२३ यहोवाको डर मान्‍नेले जीवन पाउँछ;+

जो उहाँसित डराउँछ, उसलाई मीठो निद्रा लाग्छ र उसलाई कुनै हानि हुँदैन।+

२४ अल्छीले थालमा आफ्नो हात हाल्छ

तर त्यसलाई मुखसम्म लैजान पनि मन गर्दैन।+

२५ खिल्ली उडाउनेलाई हिर्काऊ,+ यो देखेर सोझो मानिस चनाखो हुनेछ+

अनि समझदार व्यक्‍तिलाई हप्काऊ, तब ऊ अझ ज्ञानी हुनेछ।+

२६ बुबालाई दुर्व्यवहार गर्ने र आमालाई घरबाट निकाल्ने छोराले

लाज र बदनामी ल्याउँछ।+

२७ हे मेरो छोरा, अर्ती* सुन्‍न छोड्‌यौ भने

तिमी ज्ञानको बाटोदेखि तर्किनेछौ।

२८ निकम्मा साक्षीले न्यायको खिसी गर्छ+

अनि दुष्ट मानिस खराब कुरामा रमाउँछ।+

२९ खिल्ली उडाउने मानिसको भागमा सजाय पर्छ+

अनि मूर्खको पिठिउँमा लट्ठी बजारिन्छ।+

२० मद्यले बदख्वाइँ गर्छ,+ रक्सीले होहल्ला मच्चाउँछ;+

जो यसको पछि लाग्छ, त्यो मूर्ख हो।+

 २ राजाको क्रोध सिंहको गर्जनजस्तै हो,+

राजालाई रिस उठाउनेले आफ्नो ज्यान खतरामा पार्छ।+

 ३ झगडाबाट टाढै रहने मानिसले आदर कमाउँछ+

तर मूर्ख भने झगडामा फस्छ।+

 ४ अल्छीले हिउँदमा खेत जोत्दैन;

त्यसैले आफूसित केही नभएपछि कटनीको समयमा ऊ मागेर हिँड्‌छ।*+

 ५ मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो

तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

 ६ दयालु छु* भन्दै हिँड्‌ने मानिस थुप्रै हुन्छन्‌

तर साँच्चै दया देखाउने मानिस कमै भेटिन्छ।

 ७ धर्मी मानिस इमानदार* भई हिँड्‌छ+

अनि उसका सन्तान* सुखी हुन्छन्‌।+

 ८ न्याय गर्न राजा सिंहासनमा बस्दा+

तिनको एकै नजरले असल र खराब छुट्ट्याउँछ।+

 ९ कसले भन्‍न सक्छ: “मेरो हृदय सफा छ,+

मेरो पाप मेटियो?”+

१० बेइमानीको ढक र गलत नाप*

—यी दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।+

११ बालकसमेत उसको व्यवहारबाटै चिनिन्छ,

उसको चालचलन शुद्ध र असल छ कि छैन, त्यो थाह हुन्छ।+

१२ सुन्‍ने कान र हेर्ने आँखा

—दुवै बनाउने यहोवा नै हुनुहुन्छ।+

१३ निद्रालाई प्यारो नठान नत्र तिमी कङ्‌गाल हुनेछौ।+

जागा बस अनि तिमी कहिल्यै भोको बस्नुपर्नेछैन।+

१४ किन्‍ने मान्छे भन्छ, “अहँ! हुँदैन। महँगो भयो!”

तर त्यहाँबाट गइसकेपछि भने त्यो सामान सस्तोमा किनेकोमा फुर्ती लगाउँछ।+

१५ बहुमूल्य सुन र मुगा* प्रशस्त पाइन्छ

तर ज्ञानले भरिएको बोली तीभन्दा अनमोल हुन्छ!+

१६ अपरिचित मानिसको लागि जमानी बसिदिने व्यक्‍तिको लुगा बन्धकी राख+

तर उसले चरित्रहीन* आइमाईको निम्ति बन्धकी राखेको हो भने त्यो फिर्ता नगर।+

१७ छल गरेर कमाएको भोजन सुरुमा मीठो हुन्छ

तर पछिचाहिँ ढुङ्‌गा चपाएझैँ हुन्छ।+

१८ सरसल्लाह गरेर बनाएको योजना सफल हुन्छ;+

सही निर्देशन* खोजेर युद्ध लड।+

१९ निन्दा गर्ने मानिसले गोप्य कुरा सुनाउँदै हिँड्‌छ;+

कुरौटेसित सङ्‌गत नगर।

२० जसले आफ्नो बुबा र आमालाई सराप्छ,

अन्धकारले घेर्दा उसको बत्ती निभ्नेछ।+

२१ लोभ गरेर हासिल गरेको धनसम्पत्तिबाट

अन्तमा केही आशिष्‌ पाइँदैन।+

२२ यसो नभन्‍नू: “म बदला नलिई कहाँ छाड्‌छु र!”+

यहोवामा भरोसा राख,+ उहाँले तिमीलाई बचाउनुहुनेछ।+

२३ बेइमानीको ढकलाई* यहोवा घृणा गर्नुहुन्छ

अनि छलको तराजु पनि उहाँलाई मन पर्दैन।

२४ मानिसको हरेक पाइलालाई यहोवाले डोऱ्‍याउनुहुन्छ;+

मानिसलाई आफ्नो बाटो कहाँ थाह हुन्छ र!

२५ सोचविचारै नगरी भाकल गरेर त्यसलाई “पवित्र!” भन्‍नु+

तर पछि मात्र त्यसबारे सोच्न थाल्नु मानिसको लागि पासो हो।+

२६ बुद्धिमान्‌ राजाले दुष्टहरूलाई निफन्छन्‌+

अनि तिनीहरूमाथि दाइँ गर्छन्‌।+

२७ मानिसको सास यहोवाको बत्ती हो,

मानिसको मनभित्र के छ, त्यसले प्रकट गर्छ।

२८ अटल प्रेम र सत्यले राजाको रक्षा गर्छ;+

अटल प्रेम देखाएर तिनी आफ्नो सिंहासन जोगाइराख्छन्‌।+

२९ जवान मानिसहरूको गौरव उनीहरूको बल हो+

अनि फुलेको केश बूढापाकाको शोभा हो।+

३० मुक्का र चोटले खराबीलाई पखाल्छ+

अनि पिटाइले मानिसलाई भित्रैदेखि सुधार्छ।

२१ राजाको हृदय यहोवाको हातमा खोलाको पानीजस्तै हो,+

उहाँ त्यसलाई जता चाहनुहुन्छ, त्यतै मोड्‌नुहुन्छ।+

 २ मानिसलाई आफ्नो सबै चाल ठीक लाग्छ+

तर हृदय* जाँच्नुहुने यहोवा नै हुनुहुन्छ।+

 ३ यहोवालाई बलिदानभन्दा

सही र न्यायोचित काम मन पर्छ।+

 ४ अहङ्‌कारी आँखा र घमन्डी हृदय पाप हुन्‌,

जसले दुष्टलाई बत्तीले झैँ बाटो देखाउँछ।+

 ५ मेहनती मानिसले बनाएको योजना सफल हुन्छ+

तर हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।+

 ६ झूट बोलेर कमाएको सम्पत्ति

बिलाएर जाने कुहिरो र ज्यानमारा पासो हो।*+

 ७ दुष्टहरूको अत्याचारले तिनीहरूको आफ्नै हानि हुन्छ+

किनकि तिनीहरू अन्याय गर्न छोड्‌दैनन्‌।

 ८ दोषी मानिसको चाल टेढो हुन्छ

तर निर्दोष मानिसको चाल सोझो हुन्छ।+

 ९ झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा

कौसीको एउटा कुनामा बस्नु बेस हो।+

१० दुष्ट मानिस खराब काम गर्न खोजिरहन्छ;+

उसले छिमेकीलाई दयामाया देखाउँदैन।+

११ अरूको खिल्ली उडाउनेले सजाय पाएको देख्दा अनुभवहीन मानिस बुद्धिमान्‌ हुन्छ;

बुद्धिमान्‌ मानिसले अन्तर्दृष्टि* हासिल गर्दा उसको ज्ञान बढ्‌छ।+

१२ न्यायी परमेश्‍वरको नजर दुष्टको घरमा पनि हुन्छ;

उहाँले दुष्टलाई नाश गर्नुहुन्छ।+

१३ जसले दीनदुःखीको पुकारा सुन्दैन,

उसले पुकार्दा पनि कसैले सुन्‍नेछैन।+

१४ गुप्तमा दिएको उपहारले रिसलाई शान्त पार्छ+

अनि लुकाएर दिएको दानले* क्रोधलाई कम गर्छ।

१५ न्यायोचित काम गर्न धर्मी मानिसलाई खुसी लाग्छ+

तर दुष्ट काम गर्नेलाई भने असाध्यै दुःख लाग्छ।

१६ बुद्धिको* मार्गबाट तर्किने मानिसले

मृत्यु भोग्नुपर्ने हुन्छ।+

१७ मोजमस्तीमा डुबिरहने मानिस दरिद्र हुनेछ;+

मद्य र तेल मन पराउने मानिस धनी हुँदैन।

१८ धर्मी मानिसको लागि दुष्ट मानिसको फिरौती दिइनेछ

अनि सोझो मानिसको साटो छली मानिस लगिनेछ।+

१९ झगडालु* र घरीघरी रिसाइरहने पत्नीसित बस्नुभन्दा

अनकन्टार ठाउँमा बस्नु बेस हो।+

२० बुद्धिमान्‌को घरमा बहुमूल्य सम्पत्ति र तेल हुन्छ+

तर मूर्खले आफूसित भएको सबै उडाउँछ।*+

२१ जो धार्मिकता र अटल प्रेमको पछि लाग्छ,

ऊ परमेश्‍वरको नजरमा धर्मी ठहरिन्छ; उसले जीवन र प्रशंसा पाउँछ।+

२२ बुद्धिमान्‌ मानिसले वीर योद्धाहरूको सहरलाई जित्छ

अनि जुन शक्‍तिमा तिनीहरूको भरोसा थियो, त्यसलाई तोडिदिन्छ।+

२३ आफ्नो मुख र जिब्रोलाई काबूमा राख्ने मानिस

समस्यामा फस्नदेखि जोगिन्छ।+

२४ घमन्डले फुलेर आवेगमा आउने मानिस

अहङ्‌कारी र धक्कुबाज कहलाइन्छ।+

२५ अल्छी मानिसलाई उसको आफ्नै लालसाले मार्छ

किनकि ऊ आफ्नो हातले काम गर्न चाहँदैन।+

२६ ऊ दिनभर केही न केही कुरा पाउने लालसा गरिरहन्छ

तर धर्मी मानिसले कन्जुस्याइँ नगरी दिन्छ।+

२७ दुष्टले चढाएको बलि घृणित हुन्छ,+

त्यसले खराब मनसायले* चढाएको बलि झन्‌ कत्ति घृणित हुन्छ होला!

२८ झूटो साक्षी दिने मानिस नाश हुन्छ+

तर ध्यान दिएर सुन्‍ने मानिसले सही बयान दिन्छ।

२९ दुष्ट मानिसको अनुहारमा लाजसरम हुँदैन,+

सोझो मानिसले सही बाटो छोड्‌दैन।+

३० यहोवाको सामने कसैको बुद्धि, समझ र अर्तीको केही लाग्दैन।+

३१ युद्धको दिनको लागि घोडा तयार पारिन्छ+

तर विजयी तुल्याउनुहुने* यहोवा नै हुनुहुन्छ।+

२२ प्रशस्त धनसम्पत्तिभन्दा राम्रो नाम कमाउनु बेस हो;+

सुनचाँदीभन्दा इज्जत* कमाउनु उत्तम हो।

 २ धनी र गरिबबीच एउटा कुरा मिल्दोजुल्दो छ:

दुवैलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ।+

 ३ चतुर मानिस खतरा आएको देखेर लुक्छ

तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख* पाउँछ।

 ४ नम्र र यहोवाको डर मान्‍ने मानिसले

धनसम्पत्ति, सम्मान र जीवन पाउँछ।+

 ५ टेढो मानिसको बाटोमा काँडा र पासोहरू हुन्छन्‌

तर आफ्नो जीवनलाई माया गर्ने मानिस यी कुराहरूदेखि टाढै रहन्छ।+

 ६ बालकलाई सही बाटोमा लगाऊ;+

बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।+

 ७ धनीले गरिबमाथि हैकम चलाउँछ

अनि सापटी लिने मानिसचाहिँ सापटी दिनेको दास बन्छ।+

 ८ जसले कुकर्म छर्छ, उसले विनाशको कटनी गर्नेछ+

अनि उसको अत्याचारको लाठो भाँचिनेछ।+

 ९ उदार मानिसले आशिष्‌ पाउँछ

किनभने उसले आफ्नो भोजन गरिबसँग बाँडचुँड गर्छ।+

१० खिसी गर्ने मानिसलाई हटाऊ,

तब झगडा सुल्झिन्छ

अनि किचलो* र गाली बन्द हुन्छ।

११ जसको हृदय चोखो छ र जसले दयालु वचन बोल्छ,

ऊसित राजाले समेत मित्रता गाँस्छ।+

१२ यहोवाले बुद्धिको* रक्षा गर्नुहुन्छ

तर छली मानिसको कुरालाई उहाँ विफल तुल्याइदिनुहुन्छ।+

१३ अल्छीले भन्छ: “बाहिर सिंह छ!

त्यसले मलाई चोकमै मारिहाल्छ!”+

१४ छाडा* स्त्रीको बोली गहिरो खाडल हो।+

यहोवाले दोषी ठहराउनुभएकाहरू त्यसमा पर्नेछन्‌।

१५ बालकको हृदयमा मूर्खताले जरा गाडेको हुन्छ;+

अनुशासनको छडीले त्यसलाई उखेलिदिन्छ।+

१६ जो गरिबलाई ठगेर धनी बन्छ+

अनि जसले धनीलाई उपहार दिन्छ,

ती दुवै कङ्‌गाल हुनेछन्‌।

१७ बुद्धिमान्‌ मानिसले के भन्छ, कान थापेर सुन;+

तब मैले सिकाएको कुरामा तिमीले मन लगाउन सक्नेछौ+

१८ किनभने ती मनमा राख्यौ भने तिमी आनन्दित हुनेछौ+

अनि ती सधैँ तिम्रो ओठमा रहनेछन्‌।+

१९ तिमीले यहोवालाई भरोसा गर्न सक भनेर

मैले यी कुराहरू आज तिमीलाई बताएँ।

२० मैले तिमीलाई धेरै कुरा लेखिसकेँ,

सरसल्लाह र निर्देशन दिइसकेँ

२१ किनभने म तिमीलाई सत्य र भरोसायोग्य कुरा सिकाउन चाहन्छु

ताकि जसले तिमीलाई पठायो, उसलाई तिमीले सही कुरा बताउन सक्नेछौ।

२२ गरिब मानिसलाई ऊ गरिब छ भन्दैमा नलुट;+

सहरको मूलढोकामा गरिबलाई थिचोमिचो नगर।+

२३ किनभने यहोवाले नै तिनीहरूको मुद्दा लड्‌नुहुनेछ;+

तिनीहरूलाई लुट्‌नेहरूको ज्यान उहाँले लिनुहुनेछ।

२४ गरम मिजासको मानिससित सङ्‌गत नगर

अनि सानो कुरामा पनि जङ्‌गिने मानिससित नबस।

२५ नत्र त तिमीले उनीहरूको सिको गर्नेछौ

अनि आफै पासोमा पर्नेछौ।+

२६ तिमी ती मानिसहरूजस्ता नहोऊ, जो अरूले ऋण लिँदा

हात मिलाएर जमानी बस्छन्‌।+

२७ नत्र त तिमीसित तिर्ने कुरा केही भएन भने

मानिसहरूले तिमी सुतिराखेको ओछ्यानसमेत खोसेर लैजानेछन्‌!

२८ तिम्रा पुर्खाले राखेको

पुरानो साँध-सिमाना नसार।+

२९ के तिमीले आफ्नो काममा सिपालु मानिस देखेका छौ?

उसले साधारण मानिसको होइन,

राजाको सेवा गर्नेछ।+

२३ राजासँग भोजन गर्न बस्दा

होस पुऱ्‍याऊ, खान हतार नगर;

 २ तिम्रो धेरै खाने बानी छ भने

आफूलाई काबूमा राख।*

 ३ उसले दिने स्वादिष्ठ भोजनको लोभ नगर,

त्यो भोजन तिम्रो लागि पासो बन्‍न सक्छ।

 ४ धन कमाउन बेसरी घोटिने नगर,+

त्यसो गर्न छोड र सुझबुझ देखाऊ।*

 ५ तिमीले नजर लगाउन नपाउँदै त्यो धनसम्पत्ति हराइहाल्छ।+

किनकि त्यसमा पखेटा लाग्छ र चील आकाशतिर उडेझैँ त्यो उडेर गइहाल्छ।+

 ६ कन्जुस मानिसकहाँ खाना खान नजाऊ

अनि उसले दिने स्वादिष्ठ भोजनको लोभ नगर

 ७ किनकि उसले एक-एक कुराको हिसाब राख्छ।

उसले मुखले त “खाऊ, पिऊ” भन्ला तर मनैदेखि भन्दैन।

 ८ तिमीले उसको जे खायौ, त्यो सबै ओकल्नेछौ

अनि तिमीले गरेको सबै तारिफ बेकार हुनेछ।

 ९ मूर्खसित ज्ञानगुनको कुरा नगर+

किनकि उसले त्यसलाई बेकार ठान्‍नेछ।+

१० पुरानो साँध-सिमाना नसार+

अनि अनाथको* जग्गा नमिच

११ किनकि तिनीहरूका रक्षक* शक्‍तिशाली हुनुहुन्छ;

उहाँ तिनीहरूको पक्षमा लड्‌नुहुनेछ।+

१२ मन लगाएर अर्ती* ग्रहण गर

अनि ज्ञानगुनका कुरामा कान थाप।

१३ बालकलाई अनुशासन दिन पछि नहट।+

तिमीले उसलाई छडीले पिट्‌यौ भने पनि ऊ मर्नेछैन।

१४ तिमीले उसलाई छडीले पिट्‌यौ भने

उसको जीवन जोगाउनेछौ।*

१५ हे मेरो छोरा, तिमी बुद्धिमान्‌ भयौ भने

मेरो हृदय रमाउनेछ।+

१६ जब तिमी साँचो कुरा बोल्छौ,

तब म मनैदेखि रमाउँछु।*

१७ तिम्रो हृदयले पापीहरूको डाह नगरोस्‌+

बरु सधैँ यहोवाको डर मानोस्‌।+

१८ तब तिम्रो भविष्य उज्ज्वल हुनेछ+

अनि तिम्रो आशा टुट्‌नेछैन।

१९ हे मेरो छोरा, सुन र बुद्धिमान्‌ होऊ

अनि तिम्रो हृदयलाई सही बाटोमा लगाऊ।

२० रक्सी धेरै पिउने मानिसहरूको सङ्‌गत नगर+

अनि मासु हसुर्ने मानिसहरूसित नबस।+

२१ किनकि जँड्‌याहा र घिचुवा कङ्‌गाल हुनेछ+

अनि निद्राले थाङ्‌ने बनाइदिन्छ।

२२ तिमीलाई जन्म दिने बुबाको कुरा सुन

अनि आफ्नी आमालाई बूढी भइसकिन्‌ भनेर हेला नगर।+

२३ सत्य किन* र त्यसलाई कहिल्यै नबेच+

बरु बुद्धि, अनुशासन र समझ पनि किन।+

२४ धर्मी छोराको बुबा साँच्चै रमाउनेछ

अनि बुद्धिमान्‌ छोराको बुबा आनन्दित हुनेछ।

२५ तिम्रा बुबा र आमा खुसी हुनेछन्‌

अनि जसले तिमीलाई जन्माइन्‌, उनी रमाउनेछिन्‌।

२६ हे मेरो छोरा, मेरो कुरामा मन लगाऊ

अनि मैले देखाएको बाटोमा खुसीसाथ हिँड।+

२७ वेश्‍या गहिरो खाडल हो

अनि चरित्रहीन* आइमाई गहिरो इनार हो।+

२८ ऊ डाँकुजस्तै ढुकेर बस्छे;+

उसले गर्दा थुप्रै पुरुषले धोका दिन्छन्‌।

२९ कष्ट कसलाई हुन्छ? छटपटी कसलाई हुन्छ?

झगडा कसले गर्छ? गनगन कसले गर्छ?

बिनसित्ति चोटपटक कसलाई लाग्छ? कसका आँखा राताराता* हुन्छन्‌?

३० जसले अबेरसम्म रक्सी पिइरहन्छ+

अनि जो कडा रक्सी खोज्दै हिँड्‌छ।*

३१ प्यालामा चमचम चम्किने र घाँटीमा सरर्र बग्ने

रक्सीको रातो रङ्‌गलाई नहेर

३२ किनकि अन्तमा त्यसले सर्पले झैँ डस्छ

अनि विषालु सर्पले झैँ विष ओकल्छ।

३३ तिम्रा आँखाले अनौठा दृश्‍यहरू देख्नेछन्‌

अनि तिम्रो मनले अर्थ न बर्थका कुराहरू गर्नेछ।+

३४ अनि तिमीलाई आफू समुद्रको बीचमा तैरिरहेको छु जस्तो लाग्नेछ,

जहाजको मस्तुलको टुप्पामा सुतिरहेको छु जस्तो लाग्नेछ।

३५ तिमीले भन्‍नेछौ: “तिनीहरूले मलाई हिर्काए तर मैले थाहै पाइनँ।*

तिनीहरूले मलाई कुटे तर मैले चालै पाइनँ।

म कहिले ब्युँझिऊँ+ र

अर्को एक घुट्‌को रक्सी पिऊँ?”*

२४ कुकर्मीको डाह नगर

तिनीहरूसित सङ्‌गत गर्न नखोज+

 २ किनकि तिनीहरू अरूलाई चोट पुऱ्‍याउने कुरा मात्र सोचिरहन्छन्‌

अनि तिनीहरूको ओठले अरूलाई दुःख दिने कुरा गरिरहन्छ।

 ३ बुद्धिले घर* बनाउँछ+

अनि समझशक्‍तिले त्यसलाई बलियो बनाउँछ।

 ४ ज्ञानले त्यसका कोठाहरू

किसिम-किसिमका सुन्दर र बहुमूल्य खजानाले भरिदिन्छ।+

 ५ बुद्धिमान्‌ मानिस शक्‍तिशाली हुन्छ,+

ज्ञानले गर्दा उसको शक्‍ति झनै बढ्‌छ।

 ६ सही निर्देशन* लिएर युद्ध लड,+

धेरै जनासँग सल्लाह लिँदा विजय* प्राप्त हुन्छ।+

 ७ मूर्खले साँचो बुद्धि प्राप्त गर्न सक्दैन;+

ऊसित सहरको मूलढोकामा* बताउने कुरा केही हुँदैन।

 ८ जसले दुष्ट योजना बनाउँछ,

उसले कुख्यात षड्‌यन्त्रकारीको नाम कमाउँछ।+

 ९ मूर्खका षड्‌यन्त्रहरूले पापतर्फ धकेल्छ

अनि खिल्ली उडाउने मानिसलाई अरूले घृणा गर्छन्‌।+

१० विपत्‌को दिनमा* तिमी निराश भयौ भने

तिम्रो बल घट्‌नेछ।

११ मार्न लगिएकाहरूलाई छुटाऊ

अनि लरखराउँदै मृत्युको मुखमा पुगेकाहरूलाई बचाऊ।+

१२ “तर हामीले थाहै पाएनौँ” भन्छौ भने

मानिसको हृदय* जाँच्नुहुनेले चाल पाउनुहुन्‍न र?+

जसले तिमीमाथि नजर राख्नुहुन्छ, उहाँले सबै कुरा देख्नुहुन्छ

अनि हरेक मानिसलाई उसको कामअनुसारको प्रतिफल दिनुहुन्छ।+

१३ हे मेरो छोरा, मह खाऊ किनभने त्यसले तिमीलाई फाइदा गर्छ;

चाकाबाट तपतप चुहेको मह गुलियो हुन्छ।

१४ त्यसैगरि यो कुरा बुझिराख, बुद्धिले तिम्रो भलाइ गर्छ।+

बुद्धि भेट्टायौ भने तिम्रो भविष्य उज्ज्वल हुनेछ

अनि तिम्रो आशा टुट्‌नेछैन।+

१५ दुष्ट मानिसजस्तो नहोऊ, जो धर्मी मानिसलाई आक्रमण गर्न उसको घरको छेउमा ढुकेर बस्छ;

धर्मी मानिसको बास बस्ने थलोलाई उजाड नपार।

१६ धर्मी मानिस सात पल्ट लड्‌यो भने पनि फेरि उठ्‌नेछ+

तर दुष्टचाहिँ विपत्ति आइपर्दा लड्‌नेछ।+

१७ तिम्रो शत्रु ढल्दा नरमाऊ,

उसले ठक्कर खाँदा खुसी नहोऊ+

१८ नत्र त यहोवाले त्यो देख्नुहुनेछ र उहाँ रिसाउनुहुनेछ

अनि उसलाई* कुनै दण्ड दिनुहुनेछैन।+

१९ कुकर्मी मानिसको कारण नचिढिऊ;*

दुष्ट मानिसको डाह नगर

२० किनकि कुकर्मीको भविष्य अन्धकार हुन्छ+

अनि दुष्टको दियो निभाइनेछ।+

२१ हे मेरो छोरा, यहोवाको र राजाको डर मान+

अनि विद्रोहीहरूसित सङ्‌गत नगर+

२२ किनकि तिनीहरूमाथि अचानक विपत्ति आइपर्नेछ।+

दुवैले* तिनीहरूलाई कस्तो दण्ड दिनुहुने हो, कसलाई के थाह!+

२३ बुद्धिमान्‌ मानिसहरूले पनि यसो भनेका छन्‌:

न्याय गर्दा पक्षपात गर्नु राम्रो होइन।+

२४ जसले दुष्टलाई “तिमी धर्मी छौ” भन्छ,+

उसलाई मानिसहरूले सराप्नेछन्‌ र जातिजातिले धिक्कार्नेछन्‌।

२५ तर दुष्टलाई सुधार्नेहरूको भलो हुनेछ;+

तिनीहरूले आशिष्‌स्वरूप असल कुराहरू पाउनेछन्‌।+

२६ इमानदार जवाफ दिने व्यक्‍तिलाई मानिसहरूले आदर गर्नेछन्‌।*+

२७ पहिला बाहिरको काम गर अनि खेत तयार पार;

त्यसपछि आफ्नो घर बनाऊ।*

२८ कुनै प्रमाणविना आफ्नो छिमेकीको विरुद्धमा साक्षी नदेऊ।+

आफ्ना ओठहरूले अरूलाई धोका नदेऊ।+

२९ यसो नभन्‍नू, “उसले मलाई जसो गऱ्‍यो, म पनि उसलाई त्यसै गर्नेछु;

म ऊसित बदला लिनेछु।”*+

३० अल्छी मानिसको खेतको छेउबाट म गएँ,+

मूर्ख* मानिसको अङ्‌गुर बगान भएर म गएँ।

३१ त्यहाँ झारैझार उम्रेको मैले देखेँ;

जमिनलाई काँडैकाँडाले ढाकेको थियो

अनि ढुङ्‌गाको पर्खाल पनि ढलेको थियो।+

३२ मैले त्यो हेरेँ र निकै सोचेँ;

मैले सबै देखेँ र यस्तो पाठ सिकेँ:*

३३ एकछिनको सुताइले, एकछिनको झुलाइले

र हात बाँधेर एकछिनको बसाइले

३४ गरिबीले तिमीलाई डाँकुले झैँ आक्रमण गर्नेछ;

अभावले तिमीलाई हतियारधारीले झैँ हमला गर्नेछ।+

२५ यी हितोपदेश पनि सुलेमानका हुन्‌,+ जुन यहुदाका राजा हिजकियाहका+ भारदारहरूले सङ्‌कलन गरे र त्यसको नक्कल उतारे:

 २ कुनै कुरा गोप्य राख्नु परमेश्‍वरको गौरव हो+

अनि मुद्दामामिलाको छानबिन गर्नुचाहिँ राजाहरूको गौरव हो।

 ३ जसरी आकाशको उचाइ र पृथ्वीको गहिराइ थाह पाउन सकिँदैन,

त्यसरी नै राजाको मनको कुरा पनि बुझ्न सकिँदैन।

 ४ चाँदीबाट कसर निकाल अनि त्यो पूरै शुद्ध हुनेछ।+

 ५ राजाको सामनेबाट दुष्टलाई हटाऊ

अनि धार्मिकताले तिनको राजगद्दी स्थिर हुनेछ।+

 ६ राजाको सामने आफूलाई ठूलो नदेखाऊ,+

ठूलाबडाको माझमा बस्न नखोज+

 ७ किनकि ठूलाबडाको सामने तिम्रो अपमान हुनुभन्दा

बरु उसले यसो भनेको बेस: “आऊ, यहाँ माथि बस।”+

 ८ आफ्नो छिमेकीलाई मुद्दा हाल्न हतार नगर,

उसले तिमीलाई गलत ठहरायो भने तिमी के गर्छौ?+

 ९ छिमेकीसितको विवाद सुल्झाउन ऊसित छलफल गर+

तर तिमीसित गरेको गोप्य कुरा अरूलाई सुनाउँदै नहिँड*+

१० नत्र त तिम्रो कुरा सुन्‍ने मानिसले तिमीलाई लाजमा पार्ला,

तिमीले फैलाएको झूटलाई* फिर्ता ल्याउन सकिँदैन।

११ ठीक बेलामा ठीक कुरा भन्‍नु

चाँदीको भाँडोमा सुनका स्याउ राख्नुजस्तै हो।+

१२ जसको सुन्‍ने कान छ, उसको लागि बुद्धिमान्‌ मानिसको कुरा

सुनको कुण्डल र निखुर सुनको गहनाजस्तै हो।+

१३ विश्‍वासयोग्य दूत

कटनीको दिनमा चिसो पानीले दिने शीतलताझैँ* हुन्छ

किनकि उसले आफ्नो मालिकलाई नयाँ जोस दिन्छ।+

१४ उपहार दिन्छु भनेर फुर्ती लगाउने तर कहिल्यै नदिने मानिस

पानी नपार्ने बादल र बतासजस्तै हो।+

१५ धैर्य गर्दा सेनापतिको मन जित्न सकिन्छ;

नरम बोलीले* हड्डी पनि गलाउन सक्छ।+

१६ मह पायौ भने आफूलाई चाहिनेजति मात्र खाऊ;

धेरै खायौ भने तिमीले बान्ता गरौला।+

१७ तिम्रो छिमेकीको घरमा घरीघरी नजाऊ

नत्र त उसलाई दिक्क लागेर तिमीलाई घृणा गर्ला।

१८ आफ्नो छिमेकीविरुद्ध झूटो साक्षी दिने मानिस

लट्ठी, तरबार र तीखो काँडजस्तै हो।+

१९ भरोसा गर्न नसकिने मानिसमा* विपत्तिको बेला भर पर्नु

भाँचिएको दाँतमा वा लुलो खुट्टामा भर पर्नुजस्तै हो।

२० मन उदास भएको मानिसको अगाडि गीत गाउनु

जाडोमा लुगा फुकाल्नु

अनि सोडामा* अमिलो झोल* खन्याउनुजस्तै हो।+

२१ तिम्रो शत्रु* भोकाएको छ भने उसलाई रोटी देऊ,

ऊ तिर्खाएको छ भने उसलाई पानी खुवाऊ;+

२२ यसो गर्दा तिमीले कोइलाको भुङ्‌ग्रो उसको टाउकोमा थुपारिरहेका हुनेछौ*+

अनि यहोवाले तिमीलाई इनाम दिनुहुनेछ।

२३ उत्तरबाट बहने बतासले मुसलधारे पानी पार्छ

अनि कुरा काट्‌ने जिब्रोले अरूको अनुहार बिगार्छ।*+

२४ झगडालु* पत्नीसित एउटै घरमा बस्नुभन्दा

कौसीको एउटा कुनामा बस्नु बेस हो।+

२५ टाढा देशबाट आएको शुभसमाचार

तिर्खाएको बेला चिसो पानी पिउनुजस्तै हो।+

२६ दुष्ट मानिससामु झुक्ने* धर्मी मानिस

धमिलो पानीको मुहान र दूषित कुवाजस्तै हो।

२७ मह धेरै खानु राम्रो होइन+

अनि आफ्नै मान खोज्नु पनि उचित होइन।+

२८ रिस थाम्न नसक्ने मानिस

पर्खाल भत्किएको सहरजस्तै हो।+

२६ जसरी गर्मी महिनामा हिउँ र बाली काट्‌ने बेला पानी परेको सुहाउँदैन,

त्यसरी नै मूर्खलाई सम्मान दिएको पनि सुहाउँदैन।+

 २ जसरी कारणैविना चरा भाग्दैन र गौँथली भुर्र उड्‌दैन,

त्यसरी नै कारणैविना कसैले सराप्दैन।*

 ३ घोडाको लागि कोर्रा, गधाको लागि लगाम+

अनि मूर्ख मानिसको पिठिउँको लागि छडी।+

 ४ मूर्खलाई मूर्ख भएर जवाफ नदेऊ

नत्र त तिमी र उसमा के फरक हुन्छ र?

 ५ मूर्खलाई उसको मुर्ख्याइँ विचार गरेर जवाफ देऊ

नत्र त उसले आफूलाई बुद्धिमान्‌ ठान्‍नेछ।+

 ६ आफ्नो काम मूर्खलाई जिम्मा लगाउने मानिस

आफ्नै खुट्टा काट्‌ने मानिसजस्तै हो।*

 ७ मूर्खको मुखबाट निस्कने उपदेश

लङ्‌गडो मानिसको लुलो खुट्टाजस्तै हो।+

 ८ मूर्ख मानिसको प्रशंसा गर्नु

मट्‌याङ्‌ग्रालाई* घुयेँत्रोमा बाँधेर राख्नुजस्तै हो।+

 ९ मूर्खको मुखबाट निस्कने उपदेश

जँड्‌याहाको हातमा परेको काँडेझारजस्तै हो।

१० मूर्खलाई वा कुनै बटुवालाई काममा लगाउने मानिस

जथाभाबी काँड हान्‍ने* मानिसजस्तै हो।

११ घरीघरी मूर्ख काम गरिरहने मानिस

आफ्नो बान्ता चाट्‌न फर्कने कुकुरजस्तै हो।+

१२ के आफैलाई बुद्धिमान्‌ ठान्‍ने मानिस देखेका छौ?+

यस्तो मानिसभन्दा त मूर्ख मानिस सुध्रिने आशा हुन्छ।

१३ अल्छीले भन्छ: “सडकमा सिंह छ,

चोकमा घोर्ले सिंह घुमिरहेको छ!”+

१४ ढोका आफ्नो कब्जामा* यताउता फर्केझैँ

अल्छी मानिस ओछ्यानमा कोल्टे फेरिरहन्छ।+

१५ अल्छीले थालमा आफ्नो हात हाल्छ

तर त्यसलाई मुखसम्म लैजान पनि अल्छी गर्छ।+

१६ जो अल्छी छ, उसले आफूलाई

विवेक चलाएर जवाफ दिने सात जना मानिसभन्दा पनि बुद्धिमान्‌ ठान्छ।

१७ बाटोमा अरूको झगडा देखेर रिसले चूर हुने मानिस*

कुकुरको कान तान्‍ने मानिसजस्तै हो।+

१८ धारिलो हतियार चलाएर र काँड हानेर अरूको ज्यान लिने बौलाहा मानिस

१९ अनि आफ्नो छिमेकीलाई झुक्क्याउने र “ए, मैले त ठट्टा पो गरेको!” भन्‍ने मानिस उस्तै हो।+

२० जहाँ दाउरा हुँदैन, त्यहाँ आगो निभ्छ

अनि जहाँ निन्दा गर्ने मानिस हुँदैन, त्यहाँ झगडा टुङ्‌गिन्छ।+

२१ कोइलाले भुङ्‌ग्रोलाई र दाउराले आगोलाई दन्काएझैँ

निहुँ खोज्ने मानिसले झगडा सल्काउँछ।+

२२ निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै* हो;

त्यसलाई निलेपछि सलक्क पेटमा जान्छ।+

२३ दुष्ट हृदयबाट निस्केको दयालु वचन

खपटामा लगाइएको चाँदीको जलपजस्तै हो।+

२४ अरूलाई घृणा गर्ने मानिसको मुखले मीठो बोली बोल्छ

तर उसको मनमा कपट लुकेको हुन्छ।

२५ उसले मीठो बोली बोले पनि उसको कुरा नपत्याऊ

किनकि उसको हृदयमा सात वटा दुष्ट कुरा लुकेको हुन्छ।*

२६ उसले आफ्नो घृणा छल गरेर लुकाए पनि

उसको दुष्ट काम मानिसहरूसामु प्रकट हुन्छ।

२७ जसले खाडल खन्छ, ऊ आफै त्यसमा खस्छ

अनि जसले ढुङ्‌गा पल्टाउँछ, त्यो फर्केर ऊमाथि नै आउँछ।+

२८ झूट बोल्ने जिब्रोले आफूले चोट पुऱ्‍याएको व्यक्‍तिलाई घृणा पनि गर्छ

अनि चिप्लो घस्ने मुखले अरूलाई बरबाद पार्छ।+

२७ भोलि यसो गर्छु, उसो गर्छु भनेर फुर्ती नलगाऊ

किनकि भोलि के हुन्छ, तिमी जान्दैनौ।+

 २ आफ्नो प्रशंसा आफैले नगर, अरूको* मुखबाट तिम्रो प्रशंसा होस्‌;

अरूले* तिम्रो प्रशंसा गरून्‌, तिम्रो आफ्नै मुखले होइन।+

 ३ ढुङ्‌गा गह्रौँ हुन्छ र बालुवा भारी

तर मूर्खको कचकच ती दुवैभन्दा बोझिलो हुन्छ।+

 ४ क्रोध निर्दयी हुन्छ र रिस बाढीझैँ उर्लन्छ

तर डाहको सामने को खडा हुन सक्छ र?+

 ५ मनमा लुकाएर राखेको मायाभन्दा सबैले देख्नेगरि पाएको सुधार बेस।+

 ६ साथीबाट पाएका चोटहरू विश्‍वासयोग्य हुन्छन्‌+

तर शत्रुका चुम्बनहरू धेरै* हुन्छन्‌।

 ७ अघाएको मानिसले शुद्ध महसमेत रुचाउँदैन*

तर भोकाएको मानिसलाई तीतो पनि मीठो लाग्छ।

 ८ घर छोडेर हिँड्‌ने मानिस

आफ्नो गुँड छोड्‌ने चराजस्तै हो।

 ९ तेल र धूपले हृदयलाई प्रसन्‍न बनाउँछ

अनि साथीले साँचो मनले दिएको सल्लाह मीठो हुन्छ।+

१० आफ्नो साथीलाई वा आफ्नो बुबाको साथीलाई नत्याग

अनि तिमीलाई विपद्‌ आइपर्दा आफ्नो दाजुभाइको घरमा नजाऊ;

टाढा बस्ने दाजुभाइभन्दा नजिकै बस्ने तिम्रो छिमेकी बेस।+

११ हे मेरो छोरा, बुद्धिमान्‌ होऊ र मेरो हृदयलाई खुसी बनाऊ+

अनि मेरो गिल्ला गर्नेलाई म मुखभरिको जवाफ दिन सक्छु।+

१२ चतुर मानिस खतरा आएको देखेर लुक्छ+

तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख* पाउँछ।

१३ अपरिचित मानिसको लागि जमानी बसिदिने व्यक्‍तिको लुगा बन्धकी राख

तर उसले चरित्रहीन* आइमाईको निम्ति बन्धकी राखेको हो भने त्यो फिर्ता नगर।+

१४ एकाबिहानै ठूलो स्वरले छिमेकीलाई दिएको आशिष्‌

सरापसरह हुन्छ।

१५ झगडालु* पत्नी झरी परेको दिन तपतप चुहिने छानोजस्तै हो।+

१६ उसलाई वशमा राख्न सक्ने मानिसले बतासलाई रोक्न सक्छ

अनि तेल पनि आफ्नो दाहिने मुठीमा कस्न सक्छ।

१७ फलामले फलामलाई उध्याएझैँ

एक जना साथीले अर्को साथीको बुद्धिलाई तिखार्छ।*+

१८ अन्जिरको रूखको हेरचाह गर्ने मानिसले त्यसको फल खान्छ+

अनि आफ्नो मालिकको रेखदेख गर्ने मानिसले सम्मान पाउँछ।+

१९ मानिसले पानीमा आफ्नो अनुहार देखेझैँ

उसले अर्को मानिसको हृदयमा आफ्नो हृदय देख्छ।

२० चिहान र विनाशको खाडल* कहिल्यै सन्तुष्ट हुँदैनन्‌+

अनि मानिसका आँखा पनि कहिल्यै सन्तुष्ट हुँदैनन्‌।

२१ जसरी चाँदी पगाल्नको लागि भाँडो र सुन खार्नको लागि आगोको भट्टी हुन्छ,+

त्यसरी नै मानिसको जाँच उसले पाउने प्रशंसाले गर्छ।

२२ मूर्खलाई ओखलमा* हालेर

मुस्लीले* अन्‍न कुटेझैँ कुटे पनि

उसको मूर्खताले उसलाई छोड्‌नेछैन।

२३ आफ्नो बगालको अवस्था राम्रोसँग बुझ।

अनि आफ्नो भेडाको राम्ररी* हेरचाह गर।+

२४ किनकि धनसम्पत्ति सधैँभरि रहँदैन+

अनि मुकुट* पनि पुस्तौँसम्म टिक्दैन।

२५ हरियो घाँस ओइलाउँछ अनि नयाँ घाँस पलाउँछ;

बटुल्नलाई डाँडामा हरिया घाँसपात हुन्छ।

२६ तिमीले लुगा बनाउन भेडाबाट ऊन पाउँछौ

अनि बाख्राबाट खेत किन्‍न दाम पाउँछौ।

२७ तिम्रो लागि बाख्रीको दूध प्रशस्तै हुनेछ;

तिम्रो घरपरिवार र दासीहरूलाई पनि खुवाउन पुग्नेछ।

२८ कसैले नखेदे पनि दुष्ट मानिस भागी हिँड्‌छ

तर धर्मी मानिस सिंहजस्तै आँटिलो हुन्छ।+

 २ जब देशमा विद्रोह भइरहन्छ, तब शासक फेरिरहन्छन्‌+

तर समझ र ज्ञान भएको मानिसको साथ पाएमा शासक टिकिरहन्छन्‌।+

 ३ दीनदुःखीलाई थिचोमिचो गर्ने गरिब मानिस+

मुसलधारे पानीको भलजस्तै हो, जसले सबै अन्‍न बगाएर लैजान्छ।

 ४ नियमकानुन पालन नगर्नेहरूले दुष्टको प्रशंसा गर्दा

नियमकानुन पालन गर्नेहरूचाहिँ आक्रोशित हुन्छन्‌।+

 ५ दुष्ट मानिसले न्याय के हो भनेर बुझ्न सक्दैन

तर यहोवालाई खोज्ने मानिसले सबै कुरा बुझ्न सक्छ।+

 ६ भ्रष्टाचार गर्ने धनी मानिसभन्दा

इमानदार* भई हिँड्‌ने गरिब मानिस असल हो।+

 ७ बुज्झकी छोराले नियमकानुन पालन गर्छ

तर घिचुवाहरूको सङ्‌गत गर्ने छोराले बुबालाई लाजमा पार्छ।+

 ८ जसले धेरै नाफा खान्छ र चर्को ब्याजमा ऋण दिन्छ,+

उसको धन गरिबलाई दया देखाउने मानिसको हुन्छ।+

 ९ जसले नियमकानुन पालन गर्न मान्दैन,

उसको प्रार्थनासमेत घिनलाग्दो हुन्छ।+

१० सोझो मानिसलाई फकाएर दुष्ट काम गर्न लगाउने मानिस आफूले खनेको खाडलमा आफै खस्छ+

तर निर्दोष मानिसले इनाम पाउँछ।+

११ धनी मानिसले आफूलाई बुद्धिमान्‌ ठान्छ+

तर समझ भएको गरिबलाई उसको असली रूप थाह हुन्छ।+

१२ धर्मी मानिस विजयी हुँदा मानिसहरू रमाउँछन्‌

तर दुष्ट मानिस सत्तामा आउँदा मानिसहरू लुकेर हिँड्‌छन्‌।+

१३ आफ्नो गल्ती* लुकाउने मानिस सफल हुँदैन+

तर गल्ती स्विकार्ने र त्यसलाई त्याग्ने मानिसले निगाह पाउँछ।+

१४ त्यो मानिस आनन्दित हो, जो सधैँ सचेत रहन्छ*

तर जसले हृदय कठोर बनाउँछ, ऊ आपत्‌मा पर्छ।+

१५ असहाय प्रजामाथि राज गर्ने दुष्ट शासक,

गर्जने सिंह र झम्टने भालुजस्तै हो।+

१६ समझ नभएको शासकले आफ्नो शक्‍तिको दुरुपयोग गर्छ+

तर जसले बेइमान गरेर धन कमाउनुलाई घृणा गर्छ, उसको आयु लामो हुन्छ।+

१७ हत्याको दोष लागेको मानिस कसैले उसको ज्यान नलिउन्जेल भागिरहन्छ;+

उसलाई कसैले मदत नगरोस्‌।

१८ निर्दोष जीवन बिताउने मानिस बचाइनेछ+

तर टेढो चालमा हिँड्‌ने मानिसको पतन अचानक हुनेछ।+

१९ जसले आफ्नो जमिन खनजोत गर्छ, ऊसँग प्रशस्त खानेकुरा हुन्छ

तर जो व्यर्थको कामको पछि लाग्छ, ऊ कङ्‌गाल हुन्छ।+

२० वफादार मानिसले प्रशस्त आशिष्‌ पाउँछ+

तर रातारात धनी बन्‍न खोज्ने मानिस निर्दोष रहिरहन सक्दैन।+

२१ पक्षपात गर्नु राम्रो होइन+

तैपनि एक टुक्रा रोटीको लागि मानिसले यस्तो गलत काम गर्न सक्छ।

२२ डाही* मानिस धनी हुन आतुर हुन्छ

तर आफूमाथि गरिबी आइपर्नेछ भनेर उसलाई थाहै हुँदैन।

२३ फुर्क्याउने कुरा गर्ने मानिसको भन्दा

अरूलाई सुधार्ने मानिसको+ आखिरमा कदर हुन्छ।+

२४ कसैले आफ्ना आमाबुबालाई लुट्‌छ र “मैले के गल्ती गरेँ र” भन्छ भने+

ऊ लुटाहाको साथी हो।+

२५ लोभी मानिसले* कलह मच्चाउँछ

तर यहोवामाथि भर पर्ने मानिसको फलिफाप हुन्छ।*+

२६ आफैमाथि* भरोसा राख्ने मानिस मूर्ख हो+

तर बुद्धिको बाटोमा हिँड्‌ने मानिस सुरक्षित रहनेछ।+

२७ जसले गरिबलाई दिन्छ, उसलाई कुनै कुराको अभाव हुँदैन+

तर गरिबलाई देखेर पनि आँखा चिम्लने मानिसले धेरै सराप पाउँछ।

२८ दुष्टहरू सत्तामा आउँदा मानिसहरू लुकेर हिँड्‌छन्‌

तर तिनीहरू नाश हुँदा धर्मी मानिसहरूको फलिफाप हुन्छ।+

२९ जो बारम्बार हप्काउँदा पनि अटेरी भइरहन्छ,+

उसको पतन अकस्मात्‌ हुनेछ।+

 २ धर्मीहरू धेरै हुँदा मानिसहरू रमाउँछन्‌

तर दुष्टले शासन गर्दा प्रजाले सुस्केरा हाल्छन्‌।+

 ३ बुद्धिलाई प्रेम गर्ने मानिसले आफ्नो बुबालाई खुसी बनाउँछ+

तर वेश्‍याहरूसित सङ्‌गत गर्नेले धनसम्पत्ति उडाउँछ।+

 ४ राजाले निष्पक्ष न्याय गर्दा देश बलियो हुन्छ+

तर घुस खाने मानिसले देशलाई बरबाद पार्छ।

 ५ आफ्नो छिमेकीलाई फुर्क्याउने मानिसले

उसको खुट्टामा जाल बिछ्याउँछ।+

 ६ खराब मानिस आफ्नै पासोमा पर्छ+

तर धर्मी मानिस खुसीले गाउँछ अनि उफ्रन्छ।+

 ७ धर्मी मानिसले गरिबको हकहितको चिन्ता गर्छ+

तर दुष्ट मानिसले त्यसको वास्तै गर्दैन।+

 ८ धाक लगाउने मानिसले सहरमा आगो लगाउँछ+

तर बुद्धिमान्‌ मानिसले रिसलाई शान्त पार्छ।+

 ९ बुद्धिमान्‌ र मूर्खबीच मुद्दा चल्दा

मूर्ख मनपरी कराइरहन्छ र उसले खिसी गर्छ अनि बुद्धिमान्‌ मानिसले कहिल्यै चैन पाउँदैन।+

१० हत्याराहरूले निर्दोष मानिसलाई घृणा गर्छन्‌+

अनि सोझो मानिसको ज्यान लिन खोज्छन्‌।*

११ मूर्ख मानिसले आफ्नो रिस पोख्छ+

तर बुद्धिमान्‌ मानिसले त्यसलाई काबूमा राख्छ।+

१२ जब कुनै शासकले झूटा कुराहरूमा ध्यान दिन्छ,

तब उसका सबै सेवक दुष्ट हुन्छन्‌।+

१३ गरिब मानिस र अत्याचार गर्ने मानिस दुवैमा एउटा कुरा मिल्दोजुल्दो छ:

दुवैको आँखामा ज्योति दिने यहोवा नै हुनुहुन्छ।*

१४ गरिबलाई पक्षपात नगर्ने राजाको+ सिंहासन

कहिल्यै डगमगाउँदैन।+

१५ छडी* र हप्काइबाट बुद्धि पाइन्छ+

तर बालकलाई आफूखुसी गर्न दिइयो भने उसले आमालाई लाजमा पार्छ।

१६ जब दुष्टहरू धेरै हुन्छन्‌, तब दुष्टता पनि बढ्‌छ

तर धर्मी मानिसहरूले तिनीहरूको पतन देख्नेछन्‌।+

१७ आफ्नो छोरालाई अनुशासनमा राख र उसले तिमीलाई सुख दिनेछ

उसले तिमीलाई अपार आनन्द दिनेछ।+

१८ परमेश्‍वरको डोऱ्‍याइ नपाउँदा मानिसहरू छाडा हुन्छन्‌+

तर आनन्दित हुन्‌ ती मानिसहरू, जसले उहाँको नियमकानुन पालन गरिरहन्छन्‌।+

१९ मुखले भनेर मात्र नोकरलाई सुधार्न सकिँदैन

किनभने उसले बुझ्न त बुझ्छ तर पालन गर्दैन।+

२० के तिमीले बोल्न हतार गर्ने मानिस देखेका छौ?+

त्यस्तो मानिसभन्दा त बरु मूर्ख सुध्रने आशा हुन्छ।+

२१ नोकरलाई सानैदेखि पुलपुल्याएर राख्यौ भने

पछि गएर ऊ बैगुनी हुन्छ।

२२ झट्टै रिसाउने मानिसले कलह मच्चाउँछ+

अनि झडङ्‌ङ रिसाउने मानिसबाट धेरै गल्ती हुन्छ।+

२३ अहङ्‌कारले मानिसलाई खसाल्छ+

तर जो नम्र छ, उसले सम्मान पाउँछ।+

२४ चोरको साथीले आफैसित दुस्मनी मोल्छ

किनकि बयान दिन लगाउँदा उसले आफ्नो मुख खोल्दैन।+

२५ मानिसहरूको डर पासो हो+

तर जसले यहोवामा भरोसा गर्छ, ऊ सुरक्षित रहन्छ।+

२६ धेरै जना राजासामु आउन खोज्छन्‌*

तर न्याय यहोवाबाट मात्र पाइन्छ।+

२७ अन्याय गर्ने मानिसलाई धर्मीले घृणा गर्छ+

तर सोझो बाटोमा हिँड्‌ने मानिसलाई दुष्टले घृणा गर्छ।+

३० याकेका छोरा अगुरका महत्त्वपूर्ण उपदेश। यो उपदेश अगुरले इथिएल र उकाललाई सुनाए।

 २ मजस्तो अबुझ अरू कोही छैन+

अनि मानिससित हुनुपर्ने समझ पनि मसित छैन।

 ३ मैले बुद्धि प्राप्त गरेको छैनँ

अनि महापवित्र परमेश्‍वरसित भएको ज्ञान मसित छैन।

 ४ स्वर्ग उक्लेर फेरि पृथ्वीमा को ओर्लेको छ?+

बतासलाई आफ्नो दुवै मुठीमा कसले राख्न सकेको छ?

समुद्रलाई आफ्नो पोल्टामा कसले हाल्न सकेको छ?+

पृथ्वीको साँध-सिमाना कसले तोक्यो?+

तिनी र तिनको छोराको नाम के हो, तिमीलाई थाह छ?

 ५ परमेश्‍वरका एक-एक वचन शुद्ध* छन्‌।+

उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ।+

 ६ उहाँले भन्‍नुभएको कुरामा एक शब्द नथप+

नत्र उहाँले हप्काउनुहुनेछ

र तिमी फटाहा ठहरिनेछौ।

 ७ हे परमेश्‍वर, म तपाईँसित दुई वटा कुरा माग्छु।

म मर्नुअघि नै मलाई ती दिनुहोस्‌।

 ८ झूट र असत्य मबाट टाढै रहोस्‌।+

म गरिब हुन नपरोस्‌ अनि मलाई धनी पनि नबनाउनुहोस्‌।

मलाई चाहिनेजति भोजन मात्र दिनुहोस्‌।+

 ९ नत्र त आफूसित कुनै अभाव नभएकोले म तपाईँलाई इन्कार गरूँला र यसो भनूँला, “यहोवा को हो र?”+

वा गरिब भएकोले चोर्न थालूँला र मेरा परमेश्‍वरको बदनाम गरूँला।

१० मालिकसित उसको नोकरको कुरा नकाट*

नत्र त नोकरले तिमीलाई सराप्नेछ र तिमी दोषी हुनेछौ।+

११ यस्ता मानिसहरू पनि छन्‌, जसले आफ्नो बुबालाई सराप्छन्‌

अनि आफ्नी आमाको आदर गर्दैनन्‌।+

१२ यस्ता मानिसहरू पनि छन्‌, जो आफूलाई चोखो ठान्छन्‌+

तर तिनीहरूले आफ्नै मैलासमेत* सफा गरेका छैनन्‌।

१३ यस्ता मानिसहरू पनि छन्‌, जसका आँखा घमन्डले भरिएका छन्‌

अनि जसको हेराइमा अहङ्‌कार झल्किन्छ!+

१४ यस्ता मानिसहरू पनि छन्‌, जसका दाँत तरबारजस्तै छन्‌

र जसका बङ्‌गारा चुपीजस्तै छन्‌;

तिनीहरूले पृथ्वीका दीनदुःखीलाई

र गरिबलाई निल्छन्‌।+

१५ जुकाका दुई छोरी छन्‌। एउटीले भन्छे, “देऊ!” अनि अर्कीले पनि भन्छे, “देऊ!”

तीन वटा कुरा छन्‌, जो कहिल्यै अघाउँदैनन्‌;

वास्तवमा चार वटा छन्‌, जसले कहिल्यै “भो! पुग्यो” भन्दैनन्‌।

१६ चिहान,*+ बाँझी स्त्री,

पानी नपाएर पटपट फुटेको जमिन

र दनदनी बलिरहेको आगो, जसले कहिल्यै “भो! पुग्यो” भन्दैन।

१७ आफ्नो बुबाको खिसी गर्ने र आफ्नी आमाको आज्ञालाई तुच्छ ठान्‍ने मानिसको आँखा+

बेँसीका* कागहरूले ठुँगेर निकाल्नेछन्‌

र त्यसलाई चीलका बचेराहरूले खानेछन्‌।+

१८ मैले बुझ्नै नसकेका* तीन वटा कुरा छन्‌;

वास्तवमा चार वटा छन्‌, जुन मैले बुझ्नै सकेको छैनँ:

१९ आकाशमा चीलको चाल,

पहरामा सर्पको चाल,

समुद्रमा जहाजको चाल

अनि तरुनी केटीसित हुँदा पुरुषको चाल।

२० परपुरुषसित लाग्ने स्त्रीको चाल यस्तो हुन्छ:

उसले खान्छे र आफ्नो मुख पुछेपछि

यसो भन्छे, “मैले केही गल्ती गरेकी छैनँ।”+

२१ धर्तीलाई हल्लाउने तीन वटा कुरा छन्‌;

वास्तवमा चार वटा छन्‌, जुन धर्तीले सहनै सक्दैन:

२२ दास राजा भएको,+

मूर्खको अगाडि खानाको छेलोखेलो भएको,

२३ सबैको घृणापात्र भएकी स्त्री कसैकी पत्नी बनेको

अनि दासीले आफ्नी मालिक्नीको ठाउँ लिएको।+

२४ पृथ्वीमा चार वटा जीव छन्‌, जुन अत्यन्तै साना छन्‌

तर तिनीहरूमा सहज ज्ञान हुन्छ:*+

२५ कमिला, जो बलिया छैनन्‌

तैपनि ग्रीष्म ऋतुमा खानेकुरा जम्मा गर्छन्‌।+

२६ भीरखरायो,+ जो बलवान्‌ जीव होइनन्‌

तैपनि तिनीहरूले पहरामा घर बनाउँछन्‌।+

२७ सलह,+ जसको राजा हुँदैन

तैपनि तिनीहरू दल-दल बनाएर अघि बढ्‌छन्‌।+

२८ माउसुली,+ जो भित्तामा पनि हिँड्‌न सक्छन्‌

अनि जसलाई राजाको दरबारमा जान समेत कसैले रोक्न सक्दैन।

२९ तीन वटा जीव छन्‌, जसको हिँडाइ रबाफिलो छ;

वास्तवमा चार वटा छन्‌, जो फुर्तीसाथ हिँड्‌छन्‌:

३० जनावरमा सबैभन्दा शक्‍तिशाली सिंह,

जो कसैसित डराएर पछि हट्‌दैन;+

३१ सिकारी कुकुर र बोका

अनि सेनाको अघिअघि हिँडेको राजा।

३२ यदि तिमीले आफैलाई उच्च पार्ने मूर्खता गरेका छौ+

वा त्यसो गर्ने योजना बनाइसकेका छौ भने

चुपचाप बस।*+

३३ दूध मथ्दा* घिउ निस्कन्छ,

नाक निचोर्दा रगत निस्कन्छ

अनि रिस उठाउँदा झगडा सुरु हुन्छ।+

३१ राजा लेमुएलका अमूल्य उपदेश, जुन उनले आफ्नी आमाबाट पाएका थिए:+

 २ हे मेरो छोरा, म तिमीलाई के भनूँ?

हे मेरो छोरा! मेरो गर्भको फल!

मैले भाकल गरेको हे मेरो छोरा! तिमीलाई म के भनूँ?+

 ३ स्त्रीहरूको पछि लागेर आफ्नो बल खेर नफाल;+

त्यो बाटोमा नलाग, जुन बाटोमा राजाहरूको समेत पतन हुन्छ।+

 ४ हे लेमुएल, रक्सी राजाहरूको लागि होइन;

राजाहरूले रक्सी पिउनु असल होइन

अनि शासकहरूले “खोइ मेरो रक्सी” भनेको सुहाउँदैन।+

 ५ नत्र त तिनीहरूले रक्सी पिएर नियमकानुन बिर्सनेछन्‌

र दीनदुःखीको अधिकार खोस्नेछन्‌।

 ६ जसको जीवन खतम हुनै लागेको छ, तिनीहरूलाई रक्सी देऊ+

अनि जो निराशामा डुबेका छन्‌, तिनीहरूलाई दाखमद्य* पियाऊ।+

 ७ तिनीहरूले रक्सी पिएर आफ्नो गरिबी बिर्सून्‌

अनि तिनीहरूले आफ्नो दुःख नसम्झून्‌।

 ८ निमुखाहरूको पक्षमा बोल

अनि जसको जीवन खतम हुनै लागेको छ, तिनीहरूको हकको निम्ति लड।+

 ९ तिमी चुप लागेर नबस र ठीकसित न्याय गर;

दीनदुःखी र गरिबहरूको अधिकारको रक्षा गर।*+

א [आलेफ]

१० गुणवती पत्नी कसले पाउन सक्छ?+

तिनी मुगाभन्दा* पनि बहुमूल्य हुन्छिन्‌।

ב [बेथ]

११ तिनका पतिले तिनलाई हृदयदेखि भरोसा गर्छन्‌

अनि तिनका पतिलाई कुनै कुराको कमी हुँदैन।

ג [गिमेल]

१२ तिनले आफ्ना पतिको कुभलो हुने काम गर्दिनन्‌

बरु जीवनभर उनको भलो गर्छिन्‌।

ד [दालेथ]

१३ तिनी ऊन र मलमल खोजेर ल्याउँछिन्‌,

खुसी भई आफ्नै हातले काम गर्छिन्‌।+

ה [हे]

१४ व्यापारीहरूको जहाजले जस्तै+

तिनी टाढा-टाढाबाट खानेकुरा ल्याउँछिन्‌।

ו [वाव]

१५ तिनी बिहान मिरमिरेमै उठ्‌छिन्‌

अनि आफ्नो परिवारका लागि खाना बनाउँछिन्‌

र आफ्ना दासीहरूलाई पनि खानेकुरा दिन्छिन्‌।+

ז [जयिन]

१६ तिनी राम्ररी सोचविचार गरेर जमिन किन्छिन्‌;

मेहनत गरेर* अङ्‌गुरको बगान लगाउँछिन्‌।

ח [हेत]

१७ तिनी परिश्रम गर्न पनि तयार हुन्छिन्‌*+

अनि गाह्रो काम गर्न आफ्नो पाखुरा चलाउँछिन्‌।

ט [टेथ]

१८ तिनी आफ्नो व्यापारबाट नाफा होस्‌ भनेर होस पुऱ्‍याउँछिन्‌;

राती पनि तिनको घरमा दियो* निभ्दैन।

י [योद]

१९ तिनी एउटा हातले चर्खा घुमाउँछिन्‌

अनि अर्को हातले कतुवा* समाउँछिन्‌।+

כ [काफ]

२० तिनी दीनदुःखीलाई मदत गर्न हात बढाउँछिन्‌

अनि गरिबहरूलाई मुठी खोलेर दिन्छिन्‌।+

ל [लामेद]

२१ आफ्नो परिवारलाई जाडोले सताउला भनेर तिनले चिन्ता गर्नुपर्दैन

किनभने तिनको घरका सबैले न्यानो* लुगा लगाएका हुन्छन्‌।

מ [मेम]

२२ तिनी आफै तन्‍ना बुन्छिन्‌;

तिनका लुगाहरू मलमल र बैजनी ऊनका हुन्छन्‌।

נ [नुन]

२३ सहरका मूलढोकामा तिनका पतिलाई सबैले चिन्छन्‌;+

त्यहाँ तिनका पति सहरका नाइकेहरूसँगै बस्छन्‌।

ס [सामेख]

२४ तिनी मलमलको लुगा* बुनेर बेच्छिन्‌

अनि व्यापारीहरूलाई पटुका बेच्छिन्‌।

ע [अयिन]

२५ तागत र वैभव तिनका पहिरन हुन्‌,

तिनी भोलिको लागि चिन्ता गर्दिनन्‌।

פ [पे]

२६ तिनको मुखबाट बुद्धिले भरिएका कुरा निस्कन्छन्‌;+

तिनको बोली दयाले* भरिएको छ।

צ [सादे]

२७ तिनी आफ्नो परिवारको रेखदेख गर्छिन्‌,

तिनी आलस्यको रोटी खाँदिनन्‌।+

ק [कोफ]

२८ तिनका छोराछोरी तिनीसामु खडा हुन्छन्‌ र तिनको तारिफ गर्छन्‌;

तिनका पति पनि खडा हुन्छन्‌ र तिनको प्रशंसा गर्छन्‌।

ר [रेश]

२९ गुणवती स्त्री त धेरै छन्‌

तर तिनीहरू सबैलाई तिमीले उछिनेकी छ्यौ।

ש [शिन]

३० बाहिरी रूप भ्रामक होला अनि सौन्दर्य पनि उडेर जाला+

तर यहोवाको डर मान्‍ने स्त्रीले अरूको प्रशंसा पाइरहन्छिन्‌।+

ת [ताव]

३१ तिनले गरेको परिश्रमको लागि इनाम देऊ*+

अनि सहरका मूलढोकाहरूमा तिनको प्रशंसा होस्‌।+

वा “ज्ञानगुनका कुरा।”

वा “आन्तरिक चेतना।”

शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

वा “गाउँखाने कथा।”

वा “ताज।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शा., “तिनीहरूको खुट्टा।”

वा “साँचो बुद्धिले।”

शा., “शिरमा।”

वा “व्यावहारिक ज्ञानको।”

वा “तिम्रो ज्यानलाई।” शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

शा., “पराई।” यसले परमेश्‍वरको नैतिक स्तरबाट टाढिएको व्यक्‍तिलाई जनाएको हुनुपर्छ।

शा., “विदेशी।” यसले परमेश्‍वरको नैतिक स्तर पालन गर्नबाट चुकेको व्यक्‍तिलाई जनाएको हुनुपर्छ।

वा “लट्ठ पार्ने।”

वा “पतिलाई।”

वा “निष्ठावान्‌हरू।”

शब्दावली हेर्नुहोस्‌।

वा “दया।”

वा “अन्तर्दृष्टि भएको।”

शा., “नाइटोको लागि।”

शा., “तिम्रो हड्डीले स्फूर्ति पाउनेछ।”

वा “सबैभन्दा राम्रो बाली।”

शब्दावली हेर्नुहोस्‌।

यसले अघिल्ला पदहरूमा बताइएको परमेश्‍वरका गुणहरूलाई जनाएको हुनुपर्छ।

वा “व्यावहारिक ज्ञान।”

वा “छोराहरू।”

शा., “अनुशासन सुन।”

वा “घामजस्तै।”

वा सम्भवतः “आफ्नो बाटोबारे राम्ररी विचार गर।”

शा., “कुराहरूमा कान थाप।”

शा., “पराई।” हितो २:१६ हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शा., “सभा अनि मण्डलीको माझ।”

ठूलो खालको बाख्रोजस्तो एक जातको मृग।

शा., “पराई।” हितो २:१६ हेर्नुहोस्‌।

शा., “विदेशी।” हितो २:१६ हेर्नुहोस्‌।

वा “ग्यारेन्टी।”

हात मिलाउनुले वाचा बाँध्नुलाई जनाउँछ।

वा “अहङ्‌कारी।”

शा., “सासैपिच्छे।”

वा “तिमीलाई सिकाउनेछन्‌।”

शा., “विदेशी।” हितो २:१६ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “सुझबुझ नभएको।”

शा., “फिरौती।”

शा., “पराई।” हितो २:१६ हेर्नुहोस्‌।

शा., “विदेशी।” हितो २:१६ हेर्नुहोस्‌।

वा “लट्ठ पार्ने।”

वा “अनुभव नभएका।”

वा “सुझबुझ नभएको।”

शा., “घरमा उसको खुट्टै हुँदैन।”

शब्दावली हेर्नुहोस्‌।

वा “इजिप्टबाट।”

शब्दावली हेर्नुहोस्‌।

यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “व्यावहारिक ज्ञान।”

वा “पैतृक संस्कार।”

वा “परापूर्वकालमा।”

वा “क्षितिज।” शा., “गोलो घेरा।”

वा “जग बसाल्ने घोषणा गर्नुभयो।”

वा “जो हरेक दिन मेरो ढोकामा जागा रहन्छ।”

वा “साँचो बुद्धिले।”

शा., “त्यसले पशु काटेर तयार पारेकी छे।”

वा “सुझबुझ नभएकाहरूलाई।”

वा “अनुभवहीन।”

वा “सुझबुझ नभएका।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “अन्तर्दृष्टि भएको।”

वा “धर्मी मानिसले राम्रो नाम कमाउनेछ।”

शा., “आज्ञा।”

वा “सुझबुझ नभएको।”

वा सम्भवतः “अर्ती स्विकार्ने मानिस जीवनको बाटोमा हिँडिरहेको हुन्छ।”

वा “डोऱ्‍याउँछ।”

वा “छली।”

वा “ढकदेखि।”

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा “सोझो मानिसले आशिष्‌ दिँदा।”

वा “सुझबुझ नभएको।”

शा., “गोप्य कुरा लुकाइराख्छ।”

वा “बुद्धिमानी डोऱ्‍याइ।”

वा “उद्धार।”

वा “ग्यारेन्टी।”

हात मिलाउनुले वाचा बाँध्नुलाई जनाउँछ।

शा., “घृणा।”

वा “आकर्षक।”

वा “अटल प्रेम देखाउँदा।”

वा “अपमान।”

शा., “छर्छ।”

शा., “प्रशस्त पानी हाल्छ।”

शा., “धर्मी मानिस हरिया पातहरूजस्तै लहलह हुन्छ।”

शा., “उसले हावा मात्र पाउँछ।”

वा “सुझबुझ नभएको।”

शा., “त्यसलाई छोप्छ।”

वा “त्यही दिन।”

शा., “धर्मी।”

शा., “शान्तिको सल्लाह दिने।”

वा “निराश।”

वा “अनुशासन स्विकार्छ।”

वा “गिल्ला गर्ने।”

वा “सुझाव।”

शा., “गरिब मानिसले कसैको गाली खानुपर्दैन।”

वा “आन्तरिक चेतना।”

शा., “ऊमाथि छडी चलाउँदैन।”

वा सम्भवतः “उसलाई तुरुन्तै अनुशासन दिन्छ।”

शा., “सासैपिच्छे।”

वा “गिल्ला गर्ने।”

वा सम्भवतः “मूर्खले आफ्नो मूर्खताद्वारा अरूलाई झुक्क्याउँछ।”

वा “सुधार्नुको।”

वा “अनुभवहीन।”

वा “मूर्ख मानिस रिसाहा हुन्छ।”

वा “अनुभवहीन।”

वा “ताज।”

वा “अटल प्रेम।”

शा., “सासैपिच्छे।”

वा “निष्ठाले।”

वा “अन्तर्दृष्टि भएको।”

वा “नरम।”

वा “घोच्ने।”

शा., “निको पार्ने जिब्रो।”

शा., “मन भाँचिदिन्छ।”

वा “अनुशासनलाई।”

वा “सुधार्दा।”

वा “अनुशासनलाई।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा एबाड्डोन। शब्दावलीमा “एबाड्डोन” हेर्नुहोस्‌।

वा “सुधार्ने।”

शा., “मोटोघाटो बहर।”

वा “आन्तरिक चेतना।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “अपमान।”

शा., “चम्किलो आँखाले।”

शा., “हड्डी मोटो बनाउँछ।”

वा “सही जवाफ।”

शा., “शुद्ध।”

हिब्रू भाषामा यो अभिव्यक्‍तिले परमेश्‍वरको अटल प्रेम र वफादारीलाई पनि जनाएको हुन सक्छ।

शा., “राजाको क्रोध मृत्युको दूतजस्तै हो।”

वा “बुद्धिमान्‌ मानिस राजाको क्रोधबाट जोगिन्छ।”

वा “अन्तर्दृष्टि।”

वा “अन्तर्दृष्टि।”

वा “अन्तर्दृष्टिले।”

शा., “हड्डीहरूलाई निको पार्छ।”

शा., “मुखले।”

वा “षड्‌यन्त्रकारीले।”

वा “ताज।”

शा., “बलिहरू चढाउनुभन्दा।”

वा “अन्तर्दृष्टि भएको।”

वा “ताज।”

वा “नातिनातिना।”

वा “छोराछोरीका।”

वा “आमाबुबा।”

वा “असल।”

वा “उच्च ओहदाका व्यक्‍तिको।”

हात मिलाउनुले वाचा बाँध्नुलाई जनाउँछ।

वा “ग्यारेन्टी।”

वा “हड्डी गलाउँछ।”

वा “जरिबाना तिराउनु।”

वा “व्यावहारिक ज्ञान।”

वा “सल्लाहलाई घृणा गर्छ।”

शा., “ओठ।”

वा “स्वाद लिई-लिई खाने भोजनजस्तै।”

वा “चारैतिर पर्खालले घेरिएको सहर।”

वा “निराशामा डुबेको।”

वा “अनुमोदन।”

वा “निष्ठावान्‌।”

शा., “सासैपिच्छे।”

वा “उदार मानिसको।”

वा “आन्तरिक चेतना।”

वा “गल्तीको।”

वा “कचकचे।”

वा “अटल प्रेम।”

शा., “अनुशासन।”

वा सम्भवतः “उसले कटनीको समयमा अन्‍न खोज्नेछ तर केही भेट्टाउनेछैन।”

वा “अटल प्रेम देखाउँछु।”

वा “निष्ठावान्‌।”

शा., “छोराहरू।”

वा “दुई फरक तौलको ढक र सानो-ठूलो मानापाथी।”

शब्दावली हेर्नुहोस्‌।

शा., “विदेशी।”

वा “बुद्धिमानी डोऱ्‍याइ।”

वा “दुई फरक तौलको ढकलाई।”

वा “मनसाय।”

वा सम्भवतः “मृत्युको बाटो खोज्नेहरूका लागि बिलाएर जाने कुहिरोजस्तै हो।”

वा “कचकचे।”

वा “आन्तरिक चेतना।”

शा., “पोल्टामा लुकाएको घुसले।”

वा “अन्तर्दृष्टिको।”

वा “कचकचे।”

शा., “निल्छ।”

वा “निर्लज्ज आचरणसहित।”

वा “उद्धार दिनुहुने।”

शा., “निगाह।”

वा “सजाय।”

वा “मुद्दामामिला।”

शा., “ज्ञानको।”

शा., “पराई।” हितो २:१६ हेर्नुहोस्‌।

शा., “तिम्रो गर्दनमा चक्कु तेर्स्याऊ।”

वा सम्भवतः “आफ्नै समझशक्‍तिमा भर पर्न छोड।”

वा “बुबा गुमाएको बच्चाको।”

शा., “उद्धारक।”

वा “अनुशासन।”

वा “उसलाई चिहानबाट जोगाउनेछौ।” हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शा., “मेरा मिर्गौलाहरू रमाउँछन्‌।”

वा “हासिल गर।”

शा., “विदेशी।” हितो २:१६ हेर्नुहोस्‌।

वा “लट्ठ।”

वा “कडा रक्सी पिउन भेला हुन्छ।”

वा “मलाई दुखेन।”

वा “फेरि रक्सी खोज्न जाऊँ?”

वा “घरपरिवार।”

वा “बुद्धिमानी डोऱ्‍याइ।”

वा “सफलता; मुक्‍ति।”

सहरका नाइकेहरू जम्मा हुने ठाउँ।

वा “सङ्‌कष्टको समयमा।”

वा “मनसाय।”

अर्थात्‌, शत्रुलाई।

वा “रिसले चूर नहोऊ।”

अर्थात्‌, यहोवाले र राजाले।

शा., “मानिसहरूले ओठमा चुम्बन गर्नेछन्‌।” वा सम्भवतः “सीधासीधा जवाफ दिनु भनेको म्वाइँ खानुजस्तै हो।”

वा “घरपरिवारको बन्दोबस्त मिलाऊ।”

वा “म जस्तालाई त्यस्तै गर्नेछु।”

वा “सुझबुझ नभएको।”

शा., “मैले अनुशासन स्विकारेँ।”

वा “अरूको गोप्य कुरा प्रकट नगर।”

वा “हानिकारक गफलाई।”

शा., “हिउँको शीतलताझैँ।”

शा., “नरम जिब्रोले।”

वा सम्भवतः “छली मानिसमा।”

यसले सोडियम कार्बोनेटलाई जनाउँछ।

वा “भिनेगर।”

शा., “तिमीलाई घृणा गर्ने मानिस।”

यसको अर्थ उसलाई कोमल र नरम बनाउनु हो।

वा “अरूलाई रिस उठाउँछ।”

वा “कचकचे।”

वा “सम्झौता गर्ने।” शा., “धरमराउने।”

वा सम्भवतः “कारणैविना दिइएको सराप लाग्दैन।”

शा., “हिंसा पिउने मानिसजस्तै हो।”

वा “ढुङ्‌गालाई।”

वा “सबैलाई घाइते बनाउने।”

वा “जोड्‌नीमा।”

वा सम्भवतः “अरूको झगडामा हात हाल्ने मानिस।”

वा “स्वाद लिई-लिई खाने भोजनजस्तै।”

वा “उसको मन घृणाले भरिएको हुन्छ।”

शा., “पराईको।”

शा., “विदेशीले।”

वा सम्भवतः “कपटपूर्ण; झूटा।”

शा., “शुद्ध महलाई समेत कुल्चीमिल्ची गर्छ।”

वा “सजाय।”

शा., “विदेशी।”

वा “कचकचे।”

शा., “साथीको अनुहारलाई उध्याउँछ।”

हिब्रू भाषामा शिओल र एबाड्डोन। शब्दावलीमा “शिओल; एबाड्डोन” हेर्नुहोस्‌।

अन्‍न कुट्‌नको लागि खोपिल्टो पारी बनाइएको ढुङ्‌गा वा काठको साधन।

ओखलमा अन्‍न कुट्‌ने साधन।

वा “मन लगाएर।”

वा “ताज।”

वा “निष्ठावान्‌।”

वा “पाप।”

वा “जसले परमेश्‍वरको सधैँ भय मान्छ।”

वा “लोभी।”

वा सम्भवतः “अहङ्‌कारी मानिसले।”

शा., “यहोवामाथि भर पर्ने मानिसलाई मोटो पारिनेछ।”

शा., “आफ्नो मनमाथि।”

वा सम्भवतः “तर सोझो मानिसले आफ्नो ज्यान जोगाउन खोज्छ।”

यसको अर्थ हो, “उहाँले तिनीहरूलाई जीवन दिनुहुन्छ।”

वा “अनुशासन; सजाय।”

वा सम्भवतः “राजाको निगाह पाउन खोज्छन्‌।”

वा “आगोले खारिएका।”

वा “निन्दा नगर।”

शा., “दिसासमेत।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “वादीका।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “मलाई साह्रै अचम्म लागेका।”

वा “तिनीहरू अत्यन्तै बुद्धिमान्‌ हुन्छन्‌।”

शा., “हातले मुख छोप।”

वा “फिट्‌दा।”

अङ्‌गुरबाट बनेको रक्सी।

वा “पक्षमा लड।”

शब्दावली हेर्नुहोस्‌।

वा “आफ्नै कमाइले।” शा., “आफ्नै हातको फलले।”

शा., “टमक्क कम्मर कस्छिन्‌।”

वा “बत्ती।”

धागो कात्ने साधन।

शा., “दुईसरो।”

वा “भित्री लुगा।”

वा “मायालु निर्देशनले; अटल प्रेमले।”

शा., “तिनको हातको मेहनतबाट तिनलाई देऊ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने