प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt १ राजा १:१-२२:५३
  • १ राजा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ राजा
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ राजा

पहिलो राजा

१ राजा दाउद धेरै वृद्ध भइसकेका थिए+ र जीवनको अन्तिम क्षणतिर पुगिसकेका थिए। तिनलाई जति नै कम्बल ओढाइदिए पनि न्यानो हुँदैनथ्यो। २ त्यसैले राजाका सेवकहरूले भने: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको निम्ति एउटी कुमारी केटी खोजेर ल्याउन हामीलाई अनुमति दिनुहोस्‌। उनले हजुरको स्याहारसुसार गर्नेछिन्‌। अनि हजुरलाई न्यानो बनाउन उनी हजुरसँगै सुत्नेछिन्‌।” ३ त्यसपछि एउटी सुन्दरी केटी खोज्न इस्राएलको चारैतिर मानिसहरू पठाइए। तिनीहरूले सुनेममा+ बस्ने अबिसागलाई+ फेला पारे र तिनलाई राजाकहाँ ल्याए। ४ तिनी असाध्यै सुन्दरी थिइन्‌। राजासँगै बसेर तिनले राजाको स्याहारसुसार गर्न थालिन्‌ तर राजाले तिनीसित यौनसम्बन्ध राखेनन्‌।

५ त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्‍न थाल्यो: “अब राजा बन्‍ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+ ६ ‘तिमी किन यस्तो काम गर्दै छौ?’ भनेर उसका बुबाले उसलाई कहिल्यै सोधेनन्‌।* ऊ असाध्यै आकर्षक देखिन्थ्यो र ऊ अब्सालोमभन्दा पछि जन्मेको थियो। ७ उसले जेरुयाहको छोरा योआब र पुजारी अबियातारसँग+ सल्लाह गऱ्‍यो। तिनीहरूले अदोनियाहको पक्ष लिए र उसलाई मदत गर्न तयार भए।+ ८ तर पुजारी सादोक,+ यहोयादाको छोरा बेनायाह,+ भविष्यवक्‍ता नातान,+ सिमि,+ रेइ र दाउदका वीर योद्धाहरूले+ भने अदोनियाहलाई साथ दिएनन्‌।

९ एकदिन अदोनियाहले एन-रोगेलनजिकै जोहेलेथको ढुङ्‌गामा भेडा, गाईवस्तु र अरू मोटाघाटा पशु बलि चढायो।+ त्यस उत्सवमा उसले राजाका सबै छोरा अर्थात्‌ आफ्ना सबै भाइलाई र राजाका सबै सेवक जो यहुदामा बस्थे, तिनीहरूलाई पनि निम्तो दिएको थियो। १० तर उसले भविष्यवक्‍ता नातान, बेनायाह, दाउदका वीर योद्धाहरू र आफ्नो भाइ सुलेमानलाई भने बोलाएन। ११ त्यसपछि भविष्यवक्‍ता नातानले+ सुलेमानकी आमा+ बेतसेबालाई+ यसो भने: “हग्गिथको छोरा अदोनियाह+ राजा भयो भनेर हजुरले खबर पाउनुभएको छैन? अनि के हाम्रा महाराज दाउदलाई यसबारे केही अत्तोपत्तो छैन? १२ अब कृपया मेरो सल्लाह सुन्‍नुहोस्‌ अनि हजुरको र हजुरको छोरा सुलेमानको जीवन बचाउनुहोस्‌।+ १३ राजा दाउदकहाँ जानुहोस्‌ र यसो भन्‍नुहोस्‌, ‘हे मेरा प्रभु! मेरा महाराज! हजुरले यस दासीसँग यसो भनेर कसम खानुभएको थियो: “मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ।”+ तर अहिले अदोनियाह कसरी राजा भयो?’ १४ अनि हजुर महाराजसँग कुरा गरिरहनुभएको बेला म पनि त्यहीँ आउनेछु र हजुरले भन्‍नुभएको कुरा सही हो भनेर बताउनेछु।”

१५ त्यसैले बेतसेबा राजा दाउदको सुत्ने कोठामा गइन्‌। राजा दाउद धेरै वृद्ध भइसकेका थिए र सुनेम्मी अबिसागले राजाको स्याहारसुसार गरिरहेकी थिइन्‌।+ १६ अनि बेतसेबाले भुईँमा घोप्टो परेर राजालाई दण्डवत्‌ गरिन्‌। तब राजाले भने: “भन, तिमी के चाहन्छ्यौ?” १७ त्यसपछि बेतसेबाले भनिन्‌: “हे प्रभु, हजुरले यस दासीसँग यसो भनेर यहोवा परमेश्‍वरको नाममा कसम खानुभएको थियो, ‘मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ।’+ १८ हेर्नुहोस्‌! अहिले अदोनियाह राजा भएको छ तर मेरा प्रभु, मेरा महाराजलाई यसबारे केही खबर छैन।+ १९ उसले थुप्रै बहर, मोटाघाटा जनावर र भेडा बलि चढायो। अनि त्यस उत्सवमा उसले सबै राजकुमारलाई, पुजारी अबियातारलाई र सेनापति योआबलाई निम्तो दियो+ तर हजुरको सेवक सुलेमानलाई भने निम्तो दिएन।+ २० तर हे मेरा प्रभु! मेरा महाराज! हजुरपछि सिंहासनमा को बस्नेछ भनेर जान्‍न अहिले सारा इस्राएलले हजुरको निर्णय पर्खिरहेको छ। २१ यदि हजुरले अहिले यस कुराको फैसला गरिदिनुभएन भने हजुरको शेषपछि* म र मेरो छोरा सुलेमान विद्रोही ठहराइनेछौँ।”

२२ बेतसेबाले राजासँग कुरा गरिरहेको बेला भविष्यवक्‍ता नातान पनि आइपुगे।+ २३ राजालाई तुरुन्तै यस्तो खबर दिइयो: “भविष्यवक्‍ता नातान यहाँ आएका छन्‌!” तब नातान राजाको सामने हाजिर भए र भुईँमा लम्पसार परेर राजालाई दण्डवत्‌ गरे। २४ त्यसपछि नातानले भने: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको शेषपछि अदोनियाह राजा हुनेछन्‌ र उनी नै हजुरको सिंहासनमा बस्नेछन्‌ भनेर हजुरले नै भन्‍नुभएको हो र?+ २५ आज अदोनियाह थुप्रै बहर, मोटाघाटा जनावर र भेडा बलि चढाउन गएका छन्‌।+ अनि त्यस उत्सवमा उनले सबै राजकुमारलाई, पुजारी अबियातारलाई र सेनापति योआबलाई निम्तो दिएका छन्‌।+ तिनीहरू अहिले त्यहाँ अदोनियाहसँगै खानपिन गरिरहेका छन्‌ र यसो भनिरहेका छन्‌, ‘राजा अदोनियाह दीर्घायु होऊन्‌!’ २६ तर उनले मलाई, पुजारी सादोकलाई, यहोयादाको छोरा बेनायाहलाई+ र हजुरको सेवक सुलेमानलाई भने बोलाएनन्‌। २७ महाराज! के हजुरले नै अदोनियाहलाई यस्तो काम गर्ने अधिकार दिनुभएको हो? हजुरपछि अदोनियाह राजा हुनेछन्‌ भनेर हजुरले निर्णय गरिसक्नुभएको हो? यसबारे त हजुरले यस सेवकलाई कुनै जानकारी दिनुभएको थिएन।”

२८ यो सुनेर राजा दाउदले यस्तो हुकुम गरे: “बेतसेबालाई यहाँ बोलाऊ!” तब बेतसेबा राजासामु हाजिर भइन्‌। २९ त्यसपछि राजाले कसम खाँदै यसो भने: “जीवित परमेश्‍वर यहोवा, जसले मलाई अनेक कठिनाइबाट बचाउनुभयो, उहाँको नाममा म भन्छु,+ ३० इस्राएलका परमेश्‍वर यहोवाको नाममा मैले तिमीसित यस्तो कसम खाएको थिएँ: ‘मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ!’ मेरो वचन आज म पूरा गर्छु।” ३१ त्यसपछि बेतसेबाले भुईँमा लम्पसार परेर राजालाई दण्डवत्‌ गरिन्‌ र भनिन्‌: “मेरा प्रभु, मेरा महाराज दाउद दीर्घायु होऊन्‌!”

३२ राजा दाउदले तुरुन्तै यस्तो हुकुम गरे: “पुजारी सादोकलाई, भविष्यवक्‍ता नातानलाई र यहोयादाको+ छोरा बेनायाहलाई+ यहाँ बोलाऊ!” त्यसैले तिनीहरू सबै राजासामु हाजिर भए। ३३ राजाले तिनीहरूलाई भने: “मेरा सेवकहरूलाई लिएर जाओ र मेरो छोरा सुलेमानलाई मेरो खच्चरमा चढाएर+ गिहोनमा+ लैजाओ। ३४ त्यहाँ पुगेपछि पुजारी सादोक र भविष्यवक्‍ता नातानले सुलेमानलाई इस्राएलका राजा अभिषेक गरून्‌।+ त्यसपछि सिङ फुकेर यसो भन्‍नू: ‘राजा सुलेमान दीर्घायु होऊन्‌!’+ ३५ त्यसपछि तिमीहरू सबै उसको पछिपछि लागेर यहाँ आओ। ऊ यहाँ आएर मेरो सिंहासनमा बस्नेछ अनि मेरो सट्टा ऊ नै राजा हुनेछ। म उसलाई इस्राएलको र यहुदाको नाइके बनाउनेछु।” ३६ तब यहोयादाको छोरा बेनायाहले भने: “आमिन!* मेरा प्रभु, मेरा महाराजले जे भन्‍नुभएको छ, यहोवा परमेश्‍वरको इच्छा पनि त्यस्तै होस्‌। ३७ जसरी यहोवा परमेश्‍वरले मेरा प्रभुलाई साथ दिनुभयो, त्यसैगरि उहाँले सुलेमानलाई पनि साथ देऊन्‌।+ उहाँले सुलेमानलाई मेरा प्रभु दाउदभन्दा पनि महान्‌ शासक बनाऊन्‌।”+

३८ त्यसपछि पुजारी सादोक, भविष्यवक्‍ता नातान, यहोयादाको छोरा बेनायाह+ अनि कराथीहरू र पेलेथीहरू*+ गए। तिनीहरूले सुलेमानलाई राजा दाउदको खच्चरमा चढाए+ र गिहोनमा+ लगे। ३९ अनि पुजारी सादोक पालमा गए+ र तेल राखिएको सिङ ल्याए+ अनि सुलेमानलाई अभिषेक गरे।+ तिनीहरूले सिङ फुकेपछि मानिसहरू यसो भन्दै कराउन थाले: “राजा सुलेमान दीर्घायु होऊन्‌!” ४० त्यसपछि सबै मानिस बाँसुरी बजाउँदै र खुसीले कराउँदै सुलेमानको पछिपछि लागे। तिनीहरूले ठूलो स्वरले जयजयकार गरेकोले जमिनै थर्कियो।+

४१ अदोनियाह र उसले निम्तो दिएका मानिसहरूले पनि यो स्वर सुने। त्यतिबेला तिनीहरूले खानपिन गरिसकेका थिए।+ सिङ फुकेको आवाज सुन्‍नेबित्तिकै योआबले भने: “सहरमा किन यस्तो होहल्ला भइरहेको छ?” ४२ तिनी बोलिरहेकै बेला पुजारी अबियातारको छोरा जोनाथन त्यहाँ आइपुगे।+ अनि अदोनियाहले जोनाथनलाई भने: “यता आऊ! तिमी त असल मानिस हौ। तिमीले पक्कै कुनै शुभसमाचार ल्याएका छौ।” ४३ तर जोनाथनले अदोनियाहलाई भने: “शुभसमाचार होइन! हाम्रा प्रभु राजा दाउदले सुलेमानलाई राजा बनाउनुभएको छ। ४४ राजाले पुजारी सादोक, भविष्यवक्‍ता नातान, यहोयादाको छोरा बेनायाह अनि कराथीहरू र पेलेथीहरूलाई सुलेमानसँगै पठाउनुभयो र तिनीहरूले सुलेमानलाई राजाको खच्चरमा चढाएर लगे।+ ४५ त्यसपछि पुजारी सादोक र भविष्यवक्‍ता नातानले गिहोनमा सुलेमानलाई राजा अभिषेक गरे। अनि मानिसहरू खुसीले कराउँदै त्यहाँबाट फर्के। त्यसैले सहरमा ठूलो होहल्ला भइरहेको हो। हजुरले सुन्‍नुभएको होहल्ला पनि त्यही हो। ४६ अनि सुलेमानचाहिँ सिंहासनमा बसिसकेका छन्‌। ४७ अझै अर्को कुरा, हाम्रा प्रभु राजा दाउदका सेवकहरू उहाँलाई बधाई दिन आए र यसो भने ‘हजुरका परमेश्‍वरले सुलेमानको नाम हजुरको नामभन्दा पनि उच्च पारून्‌ अनि उहाँले सुलेमानलाई हजुरभन्दा पनि महान्‌ शासक बनाऊन्‌!’ यो कुरा सुनेपछि ओछ्यानमा बसिरहेका राजा दाउदले आफ्नो शिर झुकाउनुभयो। ४८ अनि उहाँले यसो भन्‍नुभयो, ‘इस्राएलका परमेश्‍वर यहोवाको महिमा होस्‌! उहाँले आज मेरो छोरालाई मेरो सिंहासनमा बसाउनुभएको छ र मलाई यो देख्ने सुअवसर दिनुभएको छ।’”

४९ यी सबै कुरा सुनेपछि अदोनियाहले बोलाएका मानिसहरू डरले थरथर काँप्न थाले र तिनीहरू उठेर आ-आफ्नो बाटो लागे। ५० अदोनियाह पनि सुलेमानदेखि असाध्यै डरायो। ऊ त्यहाँबाट उठ्‌यो अनि वेदीमा गएर त्यसको सिङ समातेर बसिरह्‍यो।+ ५१ त्यसपछि सुलेमानलाई यस्तो खबर दिइयो: “अदोनियाह सुलेमान राजादेखि असाध्यै डराएको छ र वेदीको सिङ समातेर यसो भन्दै बसिरहेको छ, ‘म तबसम्म यहाँबाट जानेछैनँ, जबसम्म राजा सुलेमानले मलाई नमार्ने कसम खानुहुन्‍न।’” ५२ अनि सुलेमानले यस्तो जवाफ दिए: “यदि उसले असल व्यवहार गऱ्‍यो भने उसको शिरको एउटा केशसमेत भुईँमा खस्नेछैन तर गलत काम गऱ्‍यो भने उसलाई कुनै हालतमा जिउँदो छोडिनेछैन।”+ ५३ त्यसपछि राजा सुलेमानले अदोनियाहलाई वेदीबाट ल्याउन मानिसहरू पठाए। अनि अदोनियाह राजा सुलेमानकहाँ आए र उनलाई दण्डवत्‌ गरे। त्यसपछि सुलेमानले भने: “तिमी आफ्नै घरमा जाऊ!”

२ दाउदको मृत्यु हुने समय नजिकै आएपछि तिनले आफ्नो छोरा सुलेमानलाई यस्तो निर्देशन दिए: २ “छोरा, अब मेरो मर्ने बेला नजिक आइसक्यो।* तिमी बलियो+ र साहसी+ होऊ! ३ यहोवा तिम्रा परमेश्‍वरप्रति आज्ञाकारी भएर सधैँ उहाँले देखाउनुभएको बाटोमा हिँड अनि उहाँले मोसाको व्यवस्थामा जे-जस्ता विधिविधान, आज्ञा, नीतिनियम र सम्झौटा दिनुभएको छ, ती सबै पालन गर।+ यसो गऱ्‍यौ भने जे गरे पनि र जहाँ गए पनि तिमी सफल हुनेछौ। ४ अनि यहोवा परमेश्‍वरले मेरो विषयमा गर्नुभएको यो प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ: ‘यदि तिम्रा सन्तान आफ्नो सारा हृदयले र सारा ज्यानले मसामु वफादार भई हिँडिरहे र आफ्नो चालचलनमा ध्यान दिइरहे भने+ इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+

५ “जेरुयाहको छोरा योआबले मलाई र इस्राएली सेनाका दुई जना सेनापति नेरको छोरा अब्नेर+ अनि यथेरको छोरा अमासालाई+ के गरेको थियो, त्यो पनि तिमीलाई राम्ररी थाह छ। उसले युद्ध नै नभएको समयमा तिनीहरू दुवैलाई माऱ्‍यो।+ यसरी उसले आफ्नो कम्मरपेटीमा र जुत्तामा तिनीहरूको रगतको दाग लगायो। ६ तिमी बुद्धिमान्‌ भई काम गर, उसलाई बुढेसकालमा चैनसित चिहानमा* जान नदेऊ।+

७ “तर गिलादी बार्जिलैका सन्तानलाई+ चाहिँ दया* देखाऊ। उनीहरूले तिम्रो टेबुलमा तिमीसितै खाऊन्‌। किनकि तिम्रा दाइ अब्सालोमबाट म भागेर हिँड्‌नुपर्दा+ उनीहरूले नै मलाई साथ दिएका थिए।+

८ “बिन्यामिनी गेराको छोरा सिमि पनि यहीँ नजिकै बाहुरिममा छ। म महनैमतिर गइरहेको बेला+ उसले मलाई सराप्नुसम्म सरापेको थियो।+ तर ऊ मलाई यर्दन नदीमा भेट्‌न आउँदा मैले यहोवा परमेश्‍वरको नाममा ऊसित यस्तो कसम खाएको थिएँ: ‘म तिमीलाई मार्नेछैनँ।’+ ९ छोरा, तिमी बुद्धिमान्‌ छौ। उसलाई के गर्नुपर्ने हो, तिमीलाई राम्ररी थाह छ। उसलाई उम्कन नदेऊ,+ बुढेसकालमा ऊ चैनसित चिहानमा* जान नपाओस्‌।”+

१० त्यसपछि दाउद आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा गाडियो।+ ११ दाउदले इस्राएलमा ४० वर्ष शासन गरे। तिनले हेब्रोनमा+ सात वर्ष र यरुसलेममा ३३ वर्ष शासन गरे।+

१२ त्यसपछि सुलेमान आफ्नो बुबा दाउदको सिंहासनमा विराजमान भए। अनि तिनको शासन स्थिर हुँदै गयो।+

१३ केही समय बितेपछि हग्गिथको छोरा अदोनियाह सुलेमानकी आमा बेतसेबाकहाँ आयो। बेतसेबाले उसलाई भनिन्‌: “तिमी राम्रै मनसायले यहाँ आएका हौ?” उसले जवाफ दियो: “हो हजुर!” १४ त्यसपछि उसले बेतसेबालाई भन्यो: “हजुरसित एउटा बिन्ती गर्नु थियो।” तिनले भनिन्‌: “के हो, भन।” १५ उसले यसो भन्यो: “हजुरलाई राम्ररी थाह छ, सिंहासनको हकदार म थिएँ अनि इस्राएलीहरूले म नै राजा हुनेछु भनेर आस गरिरहेका थिए।+ तर सिंहासन मेरो होइन, मेरो भाइको पो भयो। किनकि यो यहोवा परमेश्‍वरकै इच्छा थियो।+ १६ तर अब म हजुरसित एउटा बिन्ती गर्न चाहन्छु। कृपया, इन्कार नगर्नुहोस्‌।” तब तिनले भनिन्‌: “कस्तो बिन्ती हो, भन।” १७ उसले भन्यो: “कृपया, राजा सुलेमानसित मेरो निम्ति सुनेम्मी अबिसाग+ मागिदिनुहोस्‌। म ऊसित विवाह गर्न चाहन्छु। मलाई विश्‍वास छ, उहाँले तपाईँको कुरा मान्‍नुहुनेछ।” १८ तब बेतसेबाले भनिन्‌: “हुन्छ, तिम्रो बिन्ती म राजाकहाँ पुऱ्‍याउनेछु।”

१९ अनि बेतसेबा अदोनियाहको बिन्ती लिएर राजा सुलेमानकहाँ गइन्‌। आफ्नी आमालाई देखेपछि राजा सुलेमान उठे र तिनलाई दण्डवत्‌ गरे। त्यसपछि सुलेमान आफ्नो सिंहासनमा बसे। उनले आफ्नी आमाको निम्ति आफ्नो सिंहासनको दाहिनेपट्टि अर्को सिंहासन राख्ने आदेश दिए। २० अनि बेतसेबाले भनिन्‌: “म एउटा सानो बिन्ती लिएर आएकी हुँ। त्यसलाई अस्वीकार नगर।” तब राजाले भने: “भन्‍नुहोस्‌ आमा, के कुरा हो। म तपाईँको बिन्ती अस्वीकार गर्नेछैनँ।” २१ तिनले भनिन्‌: “सुनेम्मी अबिसाग तिम्रो दाइ अदोनियाहलाई देऊ। ऊ अबिसागसँग विवाह गर्न चाहन्छ।” २२ तब राजा सुलेमानले आफ्नी आमालाई भने: “अदोनियाहको लागि सुनेम्मी अबिसाग मात्र किन माग्नुहुन्छ? उसको लागि सिंहासन नै माग्नुभएको भए हुन्थ्यो नि!+ ऊ त मेरो दाइ हो+ अनि पुजारी अबियातार र जेरुयाहको छोरा योआब+ पनि उसकै पक्षमा छन्‌।”+

२३ तब राजा सुलेमानले यहोवा परमेश्‍वरको नाममा यस्तो कसम खाए: “यस्तो बिन्तीको मोल अदोनियाहले आफ्नो ज्यान दिएर चुकाउनुपर्नेछ। यदि मैले उसको ज्यान लिइनँ भने परमेश्‍वरले मलाई त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌। २४ म जीवित परमेश्‍वर यहोवाको कसम खान्छु, जसले आफ्नो प्रतिज्ञाअनुसारै मलाई मेरो बुबा दाउदको सिंहासनमा बसाउनुभयो, मेरो राज्यलाई स्थिर पार्नुभयो+ अनि मेरो लागि राजघराना खडा गर्नुभयो।+ म उहाँको नाममा कसम खाएर भन्छु, आज अदोनियाहको ज्यान लिइनेछ।”+ २५ त्यसपछि राजा सुलेमानले अदोनियाहलाई मार्न यहोयादाका छोरा बेनायाहलाई+ पठाए अनि बेनायाहले उसलाई मारे।

२६ राजाले पुजारी अबियातारलाई+ भने: “तपाईँ अनातोतमा भएको आफ्नै जग्गामा जानुहोस्‌।+ हुनत तपाईँलाई पनि मृत्युदण्ड दिनुपर्ने हो तर आज म तपाईँलाई मार्नेछैनँ। किनकि तपाईँ मेरो बुबा दाउदसँग हुनुभएको बेला तपाईँले ब्रह्‍माण्डका मालिक यहोवाको सन्दुक* बोक्नुभएको थियो+ अनि तपाईँले मेरो बुबालाई हरेक सङ्‌कष्टमा पनि साथ दिनुभएको थियो।”+ २७ अबियातार यहोवा परमेश्‍वरको पुजारी थिए। तर सुलेमानले उनलाई पुजारी पदबाट हटाइदिए। यसरी यहोवा परमेश्‍वरले एलिको घरानाविरुद्ध+ सिलोमा+ भन्‍नुभएको कुरा पूरा भयो।

२८ जब यो खबर योआबकहाँ पुग्यो, तब ऊ यहोवा परमेश्‍वरको पालमा गयो+ र वेदीको सिङ समातेर बस्यो। किनकि ऊ पहिले अब्सालोमपट्टि नलागेको भए+ तापनि यसपालि अदोनियाहपट्टि भने लागेको थियो।+ २९ अनि राजा सुलेमानलाई यस्तो खबर दिइयो: “योआब भागेर यहोवा परमेश्‍वरको पालमा गएको छ र त्यहाँ वेदीको छेउमा बसिरहेको छ।” त्यसैले सुलेमानले यहोयादाका छोरा बेनायाहलाई यस्तो आदेश दिए: “जाऊ, त्यसलाई मार।” ३० त्यसपछि यहोवा परमेश्‍वरको पालमा गएर बेनायाहले योआबलाई यसो भने: “राजाले तिमीलाई यहाँबाट निस्कन हुकुम दिनुभएको छ।” तर उसले भन्यो: “अहँ, म आउँदिनँ! म यहीँ मर्छु।” अनि बेनायाह राजाकहाँ गए र योआबले भनेको सबै कुरा बताइदिए। ३१ त्यसपछि राजाले बेनायाहलाई भने: “जाऊ, उसले भनेअनुसारै गर। उसलाई त्यहीँ मार र लगेर गाडिदेऊ। उसले निर्दोषहरूको रगत बगाएको छ। त्यसको दोष म र मेरो बुबाको घरानाबाट हटोस्‌।+ ३२ यहोवा परमेश्‍वरले उसको रगतको दोष उसकै थाप्लोमा पारिदेऊन्‌। किनकि उसले मेरो बुबा दाउदलाई पत्तै नदिई आफूभन्दा धर्मी दुई जना सेनापतिलाई तरबारले मारेको थियो। तिनीहरू नेरका छोरा इस्राएलका सेनापति+ अब्नेर+ र यथेरका छोरा यहुदाका सेनापति+ अमासा+ थिए। ३३ तिनीहरूको रगतको दोष सदाको लागि योआब र उसको सन्तानको शिरमा पर्नेछ।+ तर दाउद, तिनको सन्तान, तिनको घराना र तिनको सिंहासनमाथि चाहिँ यहोवा परमेश्‍वरको शान्ति रहिरहोस्‌।” ३४ त्यसपछि यहोयादाका छोरा बेनायाह गए र योआबलाई मारे। अनि योआबको लास निर्जनभूमिमा भएको उसकै घरको छेउमा गाडियो। ३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्‍त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्‍त गरे।+

३६ अनि राजाले सिमिलाई बोलाउन लगाए।+ राजाले सिमिलाई भने: “यरुसलेममै एउटा घर बनाऊ र यहीँ बस। यहाँबाट तिमी कतै पनि जान पाउँदैनौ। ३७ जुन दिन यहाँबाट निस्केर तिमीले किद्रोन बेँसी पार गर्नेछौ,+ त्यही दिन तिमीलाई मारिनेछ। तिम्रो रगतको दोष तिम्रै शिरमा पर्नेछ।” ३८ सिमिले राजालाई यस्तो जवाफ दियो: “हे मेरा प्रभु! मेरा महाराज! हजुरले भन्‍नुभएझैँ होस्‌। हजुरको यस दासले हजुरको आज्ञा पालन गर्नेछ।” त्यसैले सिमि धेरै दिनसम्म यरुसलेममै बस्यो।

३९ तीन वर्ष पुग्नै लाग्दा सिमिका दुई जना दास भागेर गाथका राजा आकिसकहाँ गए,+ जो माकाहका छोरा थिए। सिमिलाई यस्तो खबर दिइयो: “तपाईँका दासहरू गाथमा गएका छन्‌।” ४० यो खबर सुन्‍नेबित्तिकै सिमिले आफ्नो गधामा काठी कस्यो अनि आफ्ना दासहरूलाई खोज्न गाथमा आकिसकहाँ गयो। सिमि आफ्ना दासहरूलाई लिएर गाथबाट फर्केपछि ४१ सुलेमानकहाँ यस्तो खबर पुग्यो: “सिमि यरुसलेमबाट निस्केर गाथ गएको थियो र अहिले ऊ फर्केको छ।” ४२ राजाले सिमिलाई बोलाउन लगाए। अनि राजाले सिमिलाई भने: “मैले तिमीलाई यहोवा परमेश्‍वरको नाममा कसम खान लगाएको थिएँ र तिमीलाई यस्तो चेतावनी दिएको थिएँ: ‘तिमी जुन दिन यहाँबाट निस्केर अन्त जान्छौ, त्यही दिन तिमीलाई मारिनेछ।’ अनि तिमीले मलाई यसो भनेका थियौ: ‘हजुरले भन्‍नुभएझैँ होस्‌। म हजुरको आज्ञा पालन गर्नेछु।’+ ४३ तिमीले यहोवा परमेश्‍वरको नाममा खाएको कसम किन पूरा गरेनौ? तिमीले मेरो आज्ञा किन उल्लङ्‌घन गऱ्‍यौ?” ४४ त्यसपछि राजाले सिमिलाई भने: “तिमीले मेरो बुबा दाउदलाई कस्तो व्यवहार गरेका थियौ, त्यो तिमीलाई राम्ररी थाह छ।+ अब यहोवा परमेश्‍वरले तिमीसित त्यसको साटो फेर्नुहुनेछ।+ ४५ तर यहोवा परमेश्‍वरले राजा सुलेमानलाई आशिष्‌ दिनुहुनेछ+ र दाउदको सिंहासनलाई सदाको लागि स्थिर गर्नुहुनेछ।” ४६ यति भनिसकेपछि राजाले सिमिलाई मार्न यहोयादाका छोरा बेनायाहलाई आदेश दिए। तब बेनायाह गए र सिमिलाई मारे।+

यसरी सारा इस्राएलमा सुलेमानको शासन स्थिर भयो।+

३ सुलेमानले मिश्रका* फारोसित* वैवाहिक नाता गाँसे। तिनले फारोकी छोरीसित विवाह गरे+ अनि उनलाई दाउदनगरमा ल्याए।+ तिनले आफ्नो महल,+ यहोवा परमेश्‍वरको भवन+ र यरुसलेमको वरिपरि पर्खाल+ बनाएर नसिद्‌ध्याएसम्म फारोकी छोरीलाई त्यहीँ राखे। २ मानिसहरू अझै पनि उपासनाको लागि बनाइएका अग्ला थानहरूमा* बलि चढाउने गर्थे+ किनभने त्यतिबेलासम्म यहोवा परमेश्‍वरको नामको निम्ति कुनै भवन बनाइएको थिएन।+ ३ आफ्ना बुबा दाउदले बताएको विधि-विधानअनुसार हिँडेर सुलेमानले यहोवा परमेश्‍वरलाई प्रेम गरिरहे। तर उनले ती अग्ला थानहरूमा आगोमा बलि चढाउन भने छोडेका थिएनन्‌।+

४ राजा बलि चढाउन गिबोन गए किनभने उपासनाको लागि बनाइएका अग्ला थानहरूमध्ये सबैभन्दा मुख्य अग्लो थान त्यही नै थियो।+ सुलेमानले त्यहाँको वेदीमा १ हजार जनावर अग्निभेटी* चढाए।+ ५ यहोवा परमेश्‍वर गिबोनमा राती सुलेमानकहाँ सपनामा प्रकट हुनुभयो अनि उहाँले भन्‍नुभयो: “तिमी के चाहन्छौ, भन।”+ ६ सुलेमानले यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ किनभने उहाँ तपाईँको सामुन्‍ने विश्‍वासयोग्य, धर्मी* र शुद्ध हृदयको भएर हिँड्‌नुभयो। अनि उहाँको सिंहासनमा बस्न उहाँलाई छोरा दिएर तपाईँले आजसम्म उहाँलाई अपार प्रेम देखाइरहनुभएको छ।+ ७ हे मेरा परमेश्‍वर यहोवा, म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव पनि छैन।+ तैपनि तपाईँले मेरा बुबा दाउदको साटो मलाई राजा बनाउनुभएको छ। ८ आफूले रोजेका यी असङ्‌ख्य मानिसमाथि शासन गर्न तपाईँले यस दासलाई नियुक्‍त गर्नुभएको छ।+ ९ त्यसैले तपाईँका मानिसहरूको न्याय गर्न+ अनि सही र गलत छुट्ट्याउन+ यस दासलाई आज्ञाकारी हृदय दिनुहोस्‌। किनकि तपाईँको यो अनगिन्ती* प्रजामाथि कसले पो न्याय गर्न सक्छ र?”

१० सुलेमानको यस्तो बिन्ती सुनेर यहोवा परमेश्‍वर प्रसन्‍न हुनुभयो।+ ११ अनि परमेश्‍वरले भन्‍नुभयो: “तिमीले यस्तो बिन्ती गऱ्‍यौ अनि आफ्नो लामो आयु अथवा धनसम्पत्ति अथवा शत्रुहरूको विनाश होस्‌ भनेर मागेनौ तर तिमीले न्याय गर्न बुद्धि माग्यौ।+ १२ त्यसैले म तिमीले मागेकै आशिष्‌ दिनेछु।+ तिमीलाई बुद्धि र समझले भरिएको हृदय दिनेछु।+ तिमीजस्तो बुद्धिमान्‌ मानिस न पहिले थियो न पछि नै हुनेछ।+ १३ यसबाहेक तिमीले नमागेको धनसम्पत्ति र मानसम्मान+ पनि म दिनेछु+ अनि तिम्रो जीवनकालमा* तिमीजस्तो राजा अरू कोही हुनेछैन।+ १४ मेरो मार्गमा हिँड्‌न तिमीले आफ्ना बुबा दाउदले जस्तै मेरा विधि-विधान र आज्ञाहरू पालन गऱ्‍यौ भने+ म तिमीलाई दीर्घायु बनाउनेछु।”*+

१५ त्यसपछि सुलेमान निद्राबाट ब्युँझिए र आफूले दर्शन* देखेको रहेछु भनेर थाह पाए। त्यसपछि तिनी यरुसलेम गए अनि यहोवा परमेश्‍वरको करारको सन्दुकअगाडि* उभिए। त्यहाँ तिनले अग्निभेटी र मेलबलि*+ चढाए र आफ्ना सबै सेवकलाई भोज दिए।

१६ एकपटकको कुरा हो, दुई वेश्‍या राजाकहाँ आए। १७ पहिलीले भनी: “हे महाराज! म र यो आइमाई एउटै घरमा बस्छौँ अनि ऊ घरमै छँदा मैले बच्चा जन्माएँ। १८ मेरो बच्चा जन्मेको तेस्रो दिनमा उसले पनि बच्चा जन्माई। त्यस घरमा हामी दुई जनाबाहेक अरू कोही पनि थिएन। १९ राती सुतिरहेको बेला उसकै जीउले थिचिएर उसको छोराचाहिँ मरेछ। २० हजुरकी यो दासी सुतिरहेकी बेला उसले मध्यरातमा उठेर मेरो छोरा लगिछे र उसको मरेको छोराचाहिँ मेरो छेउमा* सुताएर गइछे। २१ मेरो छोरालाई दूध खुवाउन म बिहान उठ्‌दा त ऊ मरिसकेको रहेछ। अनि मैले उसलाई नियालेर हेरेँ र ऊ मैले जन्माएको छोरा होइन रहेछ भनेर थाह पाएँ।” २२ तर दोस्रीले भनी: “होइन, जिउँदोचाहिँ मेरै छोरा हो। मरेकोचाहिँ तेरो हो!” तर पहिलीले यसो भन्‍न थाली: “होइन, तेरो छोराचाहिँ मरेको हो। त्यो जिउँदोचाहिँ मेरो हो!” यसरी तिनीहरू राजाकै सामुन्‍ने बाझाबाझ गर्न थाले।

२३ अन्तमा राजाले भने: “एउटीले ‘जिउँदो छोरा मेरो हो, मरेकोचाहिँ तेरो हो’ भन्छे अनि अर्कीले पनि ‘होइन, मरेकोचाहिँ तेरो हो, जिउँदोचाहिँ मेरो हो’ भन्छे।” २४ अनि राजाले भने: “मलाई एउटा तरबार देओ।” तब राजालाई एउटा तरबार दिइयो। २५ त्यसपछि राजाले भने: “यो बच्चालाई दुई टुक्रा पार। अनि दुवैलाई आधा-आधा देओ।” २६ यो सुन्‍नेबित्तिकै जिउँदो बच्चाकी आमाको मन मायाले भरियो अनि उसले राजालाई यस्तो बिन्ती गरी: “हे मेरा प्रभु! यो बच्चा उसैलाई दिनुहोस्‌। बिन्ती छ, बच्चालाई नमार्नुहोस्‌।” तर अर्कीले यसो भन्‍न थाली: “यो बच्चा न मेरो हुन्छ न त तेरो! यसलाई आधा-आधा पारियोस्‌।” २७ तब राजाले भने: “यस बच्चालाई नमार। यसलाई पहिली आइमाईलाई देऊ। ऊ नै यसकी आमा हो।”

२८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्‍न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्‍वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+

४ राजा सुलेमानले सारा इस्राएलमा शासन गरे।+ २ उच्च ओहदाका तिनका अफिसरहरू यी थिए: सादोकका+ छोरा अजर्याह, जो पुजारी थिए; ३ सिसाका छोरा एलिहोरेफ र अहियाह, जो सचिव थिए;+ अहिलुदका छोरा यहोसापात,+ जो लेखनदास थिए; ४ यहोयादाका छोरा बेनायाह,+ जो सेनापति थिए; सादोक र अबियातार, जो पुजारी थिए;+ ५ नातानका+ छोरा अजर्याह, जो प्रशासकहरूका हाकिम थिए; नातानका छोरा जबुद, जो पुजारी र राजाका साथी थिए;+ ६ अहिसर, जो राजमहलको रेखदेख गर्ने अधिकारी थिए अनि अब्दाका छोरा अदोनिराम,+ जो राजाको लागि मजदुरी गर्नेहरूका मुखिया थिए।+

७ सुलेमानले सारा इस्राएलमा १२ जना प्रशासक नियुक्‍त गरेका थिए। तिनीहरूले राजा र तिनको महलका सबैको लागि खानेकुराको प्रबन्ध गर्थे। तिनीहरूलाई हरेक महिना पालैपालो खानेकुराको प्रबन्ध गर्ने जिम्मेवारी दिइएको थियो।+ ८ ती प्रशासकहरू यी थिए: हुरका छोरा, जसको अधिकारमा एप्रैमको पहाडी इलाका थियो; ९ दकेरका छोरा, जसको अधिकारमा मकज, सालबिम,+ बेथ-सेमेस र एलोन-बेथ-हानान थियो; १० हेसेदका छोरा, जसको अधिकारमा अरुब्बोथ थियो (सोकोह र हेपेरको सबै इलाका पनि तिनको अधिकारमा थियो); ११ अबिनादाबको छोरा, जसको अधिकारमा दोरका सबै पहाडी इलाका थियो (तिनले सुलेमानकी छोरी ताफथसित विवाह गरेका थिए); १२ अहिलुदको छोरा बाना, जसको अधिकारमा तानक, मगिद्दो,+ बेथ-सेनका सबै इलाका+ (त्यो इलाका जारेथानको नजिकै र यिज्रेलको तलतिर पर्थ्यो) अर्थात्‌ बेथ-सेनदेखि हाबिल-मेहोलाह हुँदै योक्मिमसम्मको इलाका थियो;+ १३ गेबेरको छोरा, जसको अधिकारमा रामोथ-गिलाद थियो+ (तिनको अधिकारमा मनस्सेको सन्तान याइरका गाउँहरू* थिए,+ जुन गाउँहरू गिलादमा पर्थे+ अनि बासानमा+ पर्ने अर्गोब+ पनि तिनको अधिकारमा पर्थ्यो; त्यहाँ पर्खालले घेरिएका ६० वटा ठूला सहर थिए र ती सहरहरूको ढोकामा तामाका गजबारहरू लगाइएका थिए); १४ इद्दोका छोरा अहिनादाब, जसको अधिकारमा महनैम थियो;+ १५ अहिमास, जसको अधिकारमा नप्तालिको इलाका थियो (तिनले सुलेमानकी अर्की छोरी बास्मथसित विवाह गरेका थिए); १६ हुसैका छोरा बाना, जसको अधिकारमा असेर र बेआलोथ थियो; १७ पारुहका छोरा यहोसापात, जसको अधिकारमा इस्साकारको इलाका थियो; १८ एलाका छोरा सिमि,+ जसको अधिकारमा बिन्यामिनको इलाका थियो;+ १९ उरिका छोरा गेबेर, जसको अधिकारमा गिलादको इलाका थियो।+ यो इलाका पहिले एमोरीहरूका राजा सिहोन+ र बासानका राजा ओगको+ थियो। इस्राएलमा भएका यी सबै प्रशासकका पनि एक जना हाकिम थिए।

२० यहुदाका र इस्राएलका मानिसहरू समुद्र किनारका बालुवासरी असङ्‌ख्य थिए।+ तिनीहरूसित खाने र पिउने कुराको कुनै कमी थिएन; तिनीहरूको जीवनमा खुसीयाली छाएको थियो।+

२१ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राज्यमाथि शासन गरे।+ ती राज्यहरूले राजा सुलेमानलाई तिनको जीवनकालभरि नै तिरो तिरे र तिनको सेवा गरे।+

२२ सुलेमानको महलमा हरेक दिन खाना तयार पार्न यति सामग्री लाग्थ्यो: ३० कोर* मसिनो पीठो, ६० कोर पीठो, २३ गोठमा पालिएका १० वटा गाईवस्तु, चरनमा पालिएका २० वटा गाईवस्तु अनि १०० वटा भेडा। यसबाहेक केही जरायो, मृग, थार र घरमा पालिएका कोइली चराको मासु पनि पकाइन्थ्यो। २४ सुलेमानले युफ्रेटिस नदीको पश्‍चिमतिरका सबै इलाकामा अधिकार जमाएका थिए,+ जुन तिफ्सादेखि गाजासम्म पर्थ्यो।+ त्यस इलाकाका सबै राजा पनि सुलेमानको अधीनमा थिए। तिनले शासन गरेका सबै इलाकामा शान्ति छाएको थियो।+ २५ सुलेमानको शासनकालमा दानदेखि बेर्सेबासम्म यहुदाका र इस्राएलका सबै मानिस सुरक्षित थिए; त्यहाँका हरेक मानिस आफ्नै अङ्‌गुरको बोटमुनि र आफ्नै अन्जिरको रूखमुनि ढुक्कसँग बस्थे।

२६ सुलेमानका रथका घोडाहरू राख्न ४ हजार* तबेला थिए र तिनका १२ हजार घोडा* थिए।+

२७ राजा सुलेमानका प्रशासकहरूले तिनको लागि र तिनको भान्छामा खाने सबैको लागि खानेकुराको प्रबन्ध गर्थे। ती प्रशासकहरूले पालैपालो एक-एक महिना काम गर्नुपर्थ्यो र आफ्नो पालोमा कुनै कुराको कमी हुन नदिन तिनीहरू सधैँ होसियार हुनुपर्थ्यो।+ २८ तिनीहरूले घोडाहरूको लागि र रथका घोडाहरूको लागि जहाँ-जहाँ जौ र पराल चाहिन्छ, त्यहाँ-त्यहाँ जौ र पराल पनि ल्याउँथे; प्रत्येक प्रशासकले कति जौ र पराल दिने भनेर तोकिएको थियो।

२९ परमेश्‍वरले सुलेमानलाई अपार बुद्धि र समझशक्‍ति दिनुभयो। समझले भरिएको तिनको हृदय समुद्र किनारामा फैलिएको बालुवाजत्तिकै विशाल थियो।+ ३० सुलेमान पूर्वका सबै मानिसभन्दा अनि मिश्रका सबै मानिसभन्दा कैयौँ गुणा बुद्धिमान्‌ थिए।+ ३१ सुलेमानजस्तो बुद्धिमान्‌ मानिस अरू कोही थिएन। तिनी एज्रहका सन्तान एतानभन्दा+ अनि महोलका छोराहरू हेमान,+ कलकोल+ र दार्दाभन्दा पनि बुद्धिमान्‌ थिए; वरपरका सबै देशमा तिनको ख्याति फैलिएको थियो।+ ३२ तिनले ३ हजार वटा हितोपदेश रचे*+ र १ हजार ५ वटा गीत लेखे।+ ३३ तिनलाई किसिम-किसिमका रूखहरूबारे थाह थियो। तिनी लेबनानमा पाइने देवदारका रूखदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका* कुरा बताउँथे।+ तिनलाई किसिम-किसिमका जनावरहरूबारे पनि थाह थियो।+ चराचुरुङ्‌गी,+ घस्रने जीवहरू,+ किराफट्‌याङ्‌ग्रा र माछाहरूबारे तिनी बताउँथे। ३४ सबै देशका मानिसहरू सुलेमानको बुद्धिका कुरा सुन्‍न आउँथे। सुलेमानको बुद्धिबारे सुनेर पृथ्वीको चारैतिरबाट राजाहरू पनि आउँथे।+

५ जब टायरका राजा हिरामले+ सुलेमान आफ्नो बुबाको ठाउँमा राजा नियुक्‍त भएका छन्‌ भनेर थाह पाए, तब तिनले आफ्ना सेवकहरूलाई सुलेमानकहाँ पठाए। किनकि हिराम लामो समयदेखि दाउदको मिल्ने साथी थिए।*+ २ सुलेमानले पनि हिरामकहाँ यस्तो खबर पठाए:+ ३ “मेरो बुबा दाउदले आफ्ना परमेश्‍वर यहोवाको नामको निम्ति भवन बनाउन सक्नुभएन भनेर त तपाईँलाई थाहै छ। किनकि उहाँले वरपरका शत्रुहरूसित युद्ध गरिरहनुपरेको थियो। अनि यहोवा परमेश्‍वरले मेरो बुबालाई उहाँका शत्रुहरूमाथि विजयी तुल्याउनुभयो।+ ४ तर अब मेरा परमेश्‍वर यहोवाले मलाई चारैतिरका शत्रुहरूबाट विश्राम दिनुभएको छ।+ मेरो विरुद्धमा उठ्‌ने कोही छैन र अहिले मेरो राज्यमा कुनै समस्या छैन।+ ५ त्यसैले अब म मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउन चाहन्छु। यहोवा परमेश्‍वरले मेरा बुबा दाउदसित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: ‘तिम्रो छोरा, जसलाई म तिम्रो ठाउँमा तिम्रो सिंहासनमा राख्नेछु, तिनले नै मेरो नाममा एउटा भवन बनाउनेछन्‌।’+ ६ अब तपाईँका सेवकहरूलाई मेरो निम्ति लेबनानको देवदारका रूखहरू काट्‌न हुकुम दिनुहोस्‌।+ मेरा सेवकहरूले पनि तपाईँका सेवकहरूसँगै काम गर्नेछन्‌। अनि तपाईँ जति भन्‍नुहुन्छ, म तपाईँका सेवकहरूलाई त्यति नै ज्याला दिनेछु। तपाईँलाई थाहै छ, सिदोनीहरूजस्तो रूख काट्‌न सिपालु मानिस यहाँ हामीसँग कोही पनि छैन।”+

७ सुलेमानको यो खबर हिरामकहाँ पुगेपछि हिराम असाध्यै खुसी भए र भने: “यहोवाको प्रशंसा होस्‌! किनकि यी असङ्‌ख्य मानिसमाथि शासन गर्न उहाँले दाउदलाई एक जना बुद्धिमान्‌ छोरा दिनुभएको छ।”+ ८ त्यसैले हिरामले राजा सुलेमानलाई यस्तो खबर पठाए: “तपाईँले पठाउनुभएको खबर मैले पाएँ। म तपाईँको इच्छाअनुसारै गर्नेछु। म तपाईँको लागि देवदार र धुपीको काठको प्रबन्ध गरिदिनेछु।+ ९ मेरा सेवकहरूले ती काठहरू लेबनानबाट समुद्र किनारासम्म ल्याउनेछन्‌। अनि म त्यसलाई बाँधेर तपाईँले तोक्नुभएको ठाउँसम्म समुद्रबाट पठाइदिनेछु। ती काठहरू त्यहाँ पुगेपछि ती फुकाउन लगाउनेछु अनि तपाईँले ती लैजानुहोला। त्यसको सट्टा मेरो घरानाको लागि मेरो बिन्तीअनुसारै खानेकुरा पठाइदिनुहोस्‌।”+

१० हिरामले सुलेमानको मागअनुसारै देवदार र धुपीका काठहरू पठाइदिए। ११ अनि सुलेमानले पनि हिरामको घरानाको लागि २० हजार कोर* गहुँ र २० कोर जैतुनको शुद्ध तेल दिए। सुलेमानले हिरामलाई वर्षैपिच्छे यी सरसामानहरू पठाउने गर्थे।+ १२ अनि यहोवा परमेश्‍वरले आफ्नो वाचाअनुसारै सुलेमानलाई बुद्धि दिनुभयो।+ हिराम र सुलेमानबीच मेलमिलाप थियो अनि तिनीहरूले आपसमा सन्धि* पनि गरे।

१३ राजा सुलेमानले सारा इस्राएलबाट आफ्नो लागि मजदुरी गर्न ३० हजार मानिस खोजे।+ १४ राजाले ती मजदुरहरूलाई हरेक महिना १०-१० हजारको सङ्‌ख्यामा पालैपालो लेबनान पठाउँथे। तिनीहरू एक महिना लेबनानमा काम गर्थे अनि दुई महिनाचाहिँ आफ्नै घरमा बस्थे। अदोनिरामचाहिँ राजाको लागि काम गर्ने ती मजदुरहरूका हाकिम थिए।+ १५ सुलेमानका भारी बोक्ने मजदुरहरू ७० हजार थिए अनि पहाडमा ढुङ्‌गा काट्‌ने मजदुरहरू+ ८० हजार थिए।+ १६ त्यसबाहेक सुलेमानले ३ हजार ३ सय मानिसलाई मजदुरहरूको निरीक्षण गर्न खटाएका थिए।+ १७ राजाको आदेशअनुसारै मजदुरहरूले भवनको जग बसाल्न+ खानीबाट ठूलठूला ढुङ्‌गाहरू निकाले।+ ती ढुङ्‌गाहरू असाध्यै बहुमूल्य थिए।+ १८ यसरी सुलेमानका र हिरामका कामदारहरूले गेबालीहरूसितै मिलेर ढुङ्‌गा काटे।+ तिनीहरूले भवनको लागि काठहरू र ढुङ्‌गाहरू तयार पारे।

६ सुलेमान इस्राएलका राजा भएको चौथो वर्षको जीभ*+ महिनामा (अर्थात्‌ दोस्रो महिनामा) तिनले यहोवा परमेश्‍वरको भवन* बनाउन सुरु गरे।+ यो इस्राएलीहरू मिश्रबाट निस्केर आएको ४८० औँ वर्ष थियो।+ २ राजा सुलेमानले यहोवा परमेश्‍वरको निम्ति बनाएको त्यस भवनको लम्बाइ ६० हात,* चौडाइ २० हात र उचाइ ३० हात थियो।+ ३ मन्दिरको* अगाडि भएको दलानको+ लम्बाइ* २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। त्यो दलान भवनको अगाडिको भित्ताबाट नाप्दा १० हात थियो।

४ सुलेमानले भवनमा बाहिरपट्टि साँघुरो र भित्रपट्टि फराकिलो हुँदै गएका झ्यालहरू पनि बनाए।+ ५ साथै तिनले भवनको भित्तासित जोडिनेगरि भवनको चारैतिर अरू कोठाहरू पनि थपे।+ ती कोठाहरू मन्दिर* अनि भित्री कोठाको+ बाहिरी भित्तासित जोडिएका थिए। ६ ती कोठाहरूको भुईँ तलाको चौडाइ पाँच हात, पहिलो तलाको छ हात र दोस्रो तलाको सात हात थियो। तिनले भवनको भित्तामा दलिन अडाउने ठाउँहरू बनाएको हुनाले दलिनलाई ठोक्न भित्तामा प्वाल पार्नु परेन।+

७ त्यो भवन बनाउन पहिल्यै काटेर तयार पारिएको ढुङ्‌गा प्रयोग गरिएको थियो।+ त्यसैले भवन बनाउने बेला हतौडा, बन्चरो वा फलामको कुनै औजारको आवाज सुनिएन। ८ भवनको भित्तामा जोडेर बनाइएका कोठाहरूको भुईँ तलाको ढोका भवनको दक्षिणपट्टि* थियो।+ भुईँ तलाबाट पहिलो तलामा र पहिलो तलाबाट दोस्रो तलामा जान घुमौरो भऱ्‍याङ थियो। ९ सुलेमानले भवन बनाउँदै गए र भवन निर्माण गर्ने काम पूरा गरे।+ अनि तिनले देवदारका दलिनहरू र फल्याकहरूले भवनको छत बनाए।+ १० तिनले भवनको भित्तासितै जोडेर बनाएका कोठाहरूको उचाइ पाँच हात थियो।+ ती कोठाहरू देवदारका काठले भवनसित गाँसिएका थिए।

११ त्यही समयतिर यहोवा परमेश्‍वरले सुलेमानलाई यसो भन्‍नुभयो: १२ “मेरा विधिविधान र आज्ञाहरूअनुसार चल्यौ र मेरो नीतिनियम पालन गऱ्‍यौ भने+ मैले तिम्रो विषयमा तिम्रो बुबा दाउदसित गरेको प्रतिज्ञा पूरा गर्नेछु, विशेषगरि त्यो प्रतिज्ञा जुन मैले यस भवनबारे गरेको थिएँ।+ १३ अनि म इस्राएलीहरूसितै बास गर्नेछु;+ म मेरा मानिसहरूलाई त्याग्नेछैनँ।”+

१४ सुलेमानले भवन बनाउने काम जारी राखे। १५ तिनले भवनको भित्री भित्ता देवदारको फल्याकले छोपे।* तिनले भित्री भित्तालाई भुईँदेखि छतसम्मै फल्याकले छोपे। अनि भुईँमा चाहिँ धुपीको फल्याक बिछ्याए।+ १६ तिनले भवनको पछिल्लो भागको भित्री भित्ताबाट २० हातअगाडि भुईँदेखि छतसम्मै देवदारको काठले बारे र त्यहाँ एउटा कोठा बनाए। यसरी तिनले भवनमा भित्री कोठा+ अर्थात्‌ महापवित्र कोठा बनाए।+ १७ भवनको अगाडिको भागमा भएको मन्दिरको*+ लम्बाइ ४० हात थियो। १८ भवनको भित्तामा भएको देवदारको फल्याकमा खरबुजाजस्तै देखिने साना फलका+ र फक्रेका फूलका+ आकृतिहरू खोपिएका थिए। भवनको भित्र चारैतिर देवदारको काठ थियो, कतै पनि ढुङ्‌गा देखिँदैनथ्यो।

१९ यहोवा परमेश्‍वरको करारको सन्दुक* राख्न+ सुलेमानले भवनभित्र भित्री कोठा तयार पारे।+ २० भित्री कोठाको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ २० हात थियो।+ तिनले त्यस कोठालाई निखुर सुनले मोहोरे अनि वेदीलाई* देवदारको काठले मोहोरे।+ २१ सुलेमानले भवनको भित्री भाग निखुर सुनले मोहोरे+ अनि सुनले मोहोरिएको भित्री कोठाको अगाडि सुनको साङ्‌ला टाँगे।+ २२ तिनले पूरै भवनको भित्री भागलाई सुनले मोहोरे। अनि भित्री कोठाको नजिकै राखिएको वेदीलाई पनि सुनले मोहोरे।+

२३ भित्री कोठामा सुलेमानले सल्लाको काठका दुई वटा करूब बनाए।+ दुवै करूब १०-१० हात अग्ला थिए।+ २४ करूबको एउटा पखेटा पाँच हात र अर्को पखेटा पनि पाँच हात लामो थियो। एउटा पखेटाको टुप्पोदेखि अर्को पखेटाको टुप्पोसम्म १० हात थियो। २५ अर्को करूबका पखेटाहरू पनि १० हातको थियो। दुवै करूबको नाप र आकार उस्तै थियो। २६ दुवै करूब १०-१० हात अग्ला थिए। २७ त्यसपछि सुलेमानले दुवै करूब+ महापवित्र कोठामा राखे। ती दुवै करूबका पखेटाहरू फैलिएका थिए। त्यसैले पहिलो करूबको एउटा पखेटाले एकातिरको भित्ता र दोस्रो करूबको अर्को पखेटाले अर्कोतिरको भित्ता छुन्थ्यो। अनि भवनको बीचमा पहिलो करूबको एउटा पखेटाले दोस्रो करूबको अर्को पखेटालाई छुन्थ्यो। २८ अनि तिनले ती करूबहरूलाई सुनले मोहोरे।

२९ सुलेमानले भित्री र बाहिरी कोठाको भित्तामा करूब,+ खजुरको बोट+ र फक्रेका फूलका आकृतिहरू खोपे।+ ३० तिनले भवनको भित्री र बाहिरी कोठाका भुईँ सुनले मोहोरे। ३१ तिनले भित्री कोठाको लागि सल्लाको काठका ढोकाहरू, ढोकाको छेउका खम्बाहरू र चौकोसहरू बनाए, जुन पाँचौँ भाग* थियो। ३२ दुवै ढोका सल्लाको काठबाट बनाइएको थियो। सुलेमानले ती ढोकाहरूमा करूबका, खजुरको बोटका र फक्रेका फूलका आकृतिहरू खोपे अनि ती ढोकाहरूलाई सुनले मोहोरे। तिनले सुन पिटेर करूबका र खजुरको बोटका आकृतिहरूलाई पनि मोहोरे। ३३ मन्दिरको* ढोकाको लागि पनि तिनले त्यसरी नै सल्लाको काठका चौकोस बनाए, जुन चौथो भागको* थियो। ३४ अनि तिनले धुपीको काठका दुई वटा ढोका बनाए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए र ढोका खोल्दा ती खापाहरू खप्टिन्थे।+ ३५ तिनले ती ढोकाहरूमा करूब, खजुरको बोट र फक्रेका फूलका आकृतिहरू खोपे र ती आकृतिहरूलाई सुनले मोहोरे।

३६ त्यसपछि सुलेमानले पर्खालले घेरेर भित्री चोक बनाए।+ त्यस पर्खालमा काटेर तयार पारिएको ढुङ्‌गाको तीन सल* लगाइएको थियो र चौथो सलचाहिँ देवदारको काठको थियो।+

३७ सुलेमानको शासनकालको चौथो वर्षको जीभ महिनामा यहोवा परमेश्‍वरको भवनको जग राखिएको थियो।+ ३८ अनि एघारौँ वर्षको बूल* महिनामा (अर्थात्‌ आठौँ महिनामा) त्यस भवनको एक-एक भाग नमुनाअनुसार बनाएर सिद्धियो।+ परमेश्‍वरको भवन बनाउन सात वर्ष लाग्यो।

७ सुलेमानले आफ्नो निम्ति महल बनाए। महल बनाउन तिनलाई १३ वर्ष लाग्यो।+

२ तिनले ‘लेबनानको वन-भवन’ बनाए।+ त्यसको लम्बाइ १०० हात,* चौडाइ ५० हात र उचाइ ३० हात थियो। देवदारको काठबाट बनेका खम्बाहरूको चार लहरमाथि यो भवन ठड्‌याइएको थियो। ती खम्बाहरूमाथि देवदारका निदालहरू तेर्स्याइएका थिए।+ ३ त्यसका दलिनहरू पनि खम्बाहरूमा तेर्स्याएर राखिएको थियो। त्यसमाथि देवदारका फल्याकहरू लगाइएका थिए। ती* जम्मा ४५ वटा थिए, हरेक लहरमा १५-१५ वटा। ४ यस भवनमा चौकोस भएका झ्यालहरू थिए। ती झ्यालहरू तीन तहमा थिए। प्रत्येक झ्यालको पल्लोपट्टि अर्को झ्याल थियो र ती झ्यालहरू पनि तीन तहमा थिए। ५ यस भवनका सबै ढोका र चौकोस वर्गाकार* थिए। एकअर्काको आमनेसामने तीन तहमा भएका सबै झ्यालको अगाडिपट्टिको चौकोस पनि वर्गाकार नै थियो।

६ तिनले ‘खम्बाहरूको भवन’* बनाए। त्यसको लम्बाइ ५० हात र चौडाइ ३० हात थियो। त्यसमा खम्बाहरू र छत भएको एउटा दलान पनि थियो।

७ तिनले ‘सिंहासनको भवन’* पनि बनाए,+ जहाँ बसेर तिनी न्याय गर्थे। त्यसलाई ‘न्याय-भवन’ पनि भनिन्थ्यो।+ त्यस भवनको भित्रपट्टि भुईँदेखि छतसम्म देवदारका फल्याकहरू बिछ्याइएका थिए।

८ त्यस भवनको अर्कोपट्टि भएको चोकमा तिनले आफू बस्नको लागि महल बनाए।+ महलको बनौट त्यस भवनको जस्तै थियो। सुलेमानले त्यो भवनजस्तै अर्को एउटा भवन फारोकी छोरीको लागि बनाए, जससित तिनले विवाह गरेका थिए।+

९ यी सबै भवन दामी-दामी ढुङ्‌गाहरूले बनाइएका थिए।+ ती ढुङ्‌गाहरू नापअनुसार काटिएका थिए र ढुङ्‌गा काट्‌ने आरोद्वारा ती ढुङ्‌गाका पाटाहरू चारैतिर समतल पारिएका थिए। सबै भवनको जगदेखि गारोको माथिसम्मै अनि ठूलो चोकमा* समेत यस्ता ढुङ्‌गाहरू प्रयोग गरिएका थिए।+ १० ती भवनहरूको जग हाल्न दामी-दामी अनि ठूलठूला ढुङ्‌गाहरू प्रयोग गरिएका थिए। कुनै-कुनै ढुङ्‌गा १० हातका र अरूचाहिँ ८ हातका थिए। ११ यी ढुङ्‌गाहरूमाथि ठड्‌याइएको गारोमा पनि नापअनुसार काटिएका दामी-दामी ढुङ्‌गाहरू र देवदारका काठहरू प्रयोग गरिएका थिए। १२ ठूलो चोकको पर्खालमा चाहिँ काटेर तयार पारिएको ढुङ्‌गाको तीन सल* थियो अनि चौथो सलचाहिँ देवदारको काठको थियो। यो पर्खाल यहोवा परमेश्‍वरको भवनलाई र दलानलाई+ घेरेको भित्री चोकको+ पर्खालजस्तै गरी बनाइएको थियो।

१३ राजा सुलेमानले आफ्ना मानिसहरू पठाएर टायरबाट हिरामलाई झिकाए।+ १४ उनकी विधवा आमा नप्तालिको कुलकी थिइन्‌। उनका बुबा भने टायरका थिए, जो तामाको काम गर्थे।+ हिरामसित तामाको* हर काम गर्ने सीप, समझ+ र अनुभव थियो। त्यसैले उनी राजा सुलेमानकहाँ गए र तिनले अह्राएको सबै काम गरे।

१५ उनले तामा ढालेर दुई वटा खम्बा बनाए।+ हरेक खम्बाको उचाइ १८ हात र गोलाइ १२ हात थियो।*+ १६ उनले तामा ढालेर दुई वटै खम्बाको शिर पनि बनाए। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो। १७ दुई वटै खम्बाको शिरमा जाली थिए र त्यसलाई डोरीजस्तै गरी बटारिएका ससाना सिक्रीहरूले सजाइएका थिए।+ ती दुवै खम्बाको शिरमा सात-सात वटा जाली थिए। १८ खम्बाको शिरलाई सजाउन उनले जालीको वरिपरि दुई लहर अनारका आकृतिहरू पनि बनाए। दुवै खम्बाको शिरलाई उनले यसरी नै सजाए। १९ शिरको टुप्पोचाहिँ लिली फूलको आकारको थियो, जसको उचाइ चार हात थियो। २० दुई वटै खम्बाको शिरको तल्लो भाग भुक्क उठेको थियो र त्यसमा बटारिएका सिक्रीहरूले सजाइएका जालीहरू थिए। अनि प्रत्येक शिरको वरिपरि २०० वटा अनारका आकृतिहरू थिए।+

२१ उनले यी खम्बाहरू मन्दिरको* दलानको अगाडि ठड्‌याए।+ उनले एउटा खम्बा दायाँपट्टि* ठड्‌याए र त्यसलाई याकिन* भन्‍ने नाम दिए। उनले अर्को खम्बाचाहिँ बायाँपट्टि* ठड्‌याए र त्यसलाई बोअज* भन्‍ने नाम दिए।+ २२ खम्बाहरूको माथिल्लो भागको बनौट लिली फूलजस्तै थियो। यसरी खम्बाको काम सिद्धियो।

२३ त्यसपछि उनले धातु* ढालेर एउटा विशाल खड्‌कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्‍ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात* र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+ २४ खड्‌कुँलोको मुखको तलतिर दुई लहर खरबुजाजस्तो देखिने ससाना फलका आकृतिहरू थिए।+ खड्‌कुँलोको चारैतिर एक-एक हातभित्र दस-दस वटा त्यस्ता आकृतिहरू थिए। यी आकृतिहरू खड्‌कुँलोसँगै ढालेर बनाइएका थिए। २५ त्यो खड्‌कुँलोलाई १२ वटा साँढेमाथि अड्‌याइएको थियो।+ तीन वटा साँढे उत्तरतिर, तीन वटा पश्‍चिमतिर, तीन वटा दक्षिणतिर र तीन वटा पूर्वतिर फर्केका थिए। ती सबै साँढेको पछिल्तिरको भाग भित्रपट्टि फर्केको थियो। त्यस खड्‌कुँलोलाई ती साँढेहरूमाथि अड्‌याइएको थियो। २६ त्यो खड्‌कुँलो चार अङ्‌गुल* बाक्लो थियो। त्यसको मुख कचौराको मुखजस्तो थियो; त्यो फक्रेको लिली फूलजस्तै देखिन्थ्यो। त्यस खड्‌कुँलोमा २ हजार बाथ* पानी अटाउँथ्यो।

२७ त्यसपछि उनले तामाका १० वटा ठेलागाडा* बनाए।+ प्रत्येक ठेलागाडाको लम्बाइ चार हात, चौडाइ चार हात र उचाइ तीन हात थियो। २८ ठेलागाडाको बनौट यस्तो थियो: त्यसको चारैतिर पातैपाता थिए र ती पाताहरू डन्डीहरूको बीच-बीचमा थिए। २९ डन्डीहरूको बीच-बीचमा भएका ती पाताहरूमा सिंह,+ साँढे र करूबका+ आकृतिहरू थिए। डन्डीहरूमा पनि त्यस्तै आकृतिहरू थिए। सिंह र साँढेका आकृतिहरूको तल र माथि मालाका आकृतिहरू थिए। ३० प्रत्येक ठेलागाडामा तामाका चार वटा पाङ्‌ग्रा र तामाकै धुराहरू * थिए। ठेलागाडाको चारै कुनामा भएका टेकोहरूमा ती पाङ्‌ग्राहरू अड्‌याइएका थिए। बाटा अड्‌याउनका लागि पनि टेकोहरू थिए, जसमा मालाका आकृतिहरू थिए। यी आकृतिहरू टेकोहरूसँगै ढालेर बनाइएका थिए। ३१ ठेलागाडाको माथिल्लो भागमा घेरा थियो र घेरामा बुट्टाहरू खोपिएका थिए। यो घेरामाथि बाटा बिसाइन्थ्यो। घेरादेखि बाटाको पिँधसम्मको नाप एक हात थियो। तर टेकोदेखि घेराको मुखसम्मको जम्मा उचाइ भने डेढ हात थियो। घेरामा भएका पाताहरू गोलो नभई चारपाटे थिए। ३२ ठेलागाडाका पाताहरूमुनि चार वटा पाङ्‌ग्रा थिए र पाङ्‌ग्राहरूका टेकोहरू ठेलागाडासँगै जोडिएका थिए। प्रत्येक पाङ्‌ग्राको उचाइ डेढ हात थियो। ३३ ती पाङ्‌ग्राहरू रथका पाङ्‌ग्राहरूजस्तै थिए। टेको, चक्का, सुइरा र नाभि धातु ढालेर बनाइएका थिए। ३४ प्रत्येक ठेलागाडाको चारै कुनामा चार वटा टेको थियो। ती टेकोहरूलाई ठेलागाडासँगै ढालेर बनाइएको थियो। ३५ ठेलागाडाको माथिल्लो भागमा एउटा पेटी थियो। त्यो गोलाकार थियो र त्यसको उचाइ आधा हात थियो। ठेलागाडाको माथिल्लो भागमा भएका चौकोसहरू र पाताहरू पनि ठेलागाडासँगै ढालेर बनाइएका थिए। ३६ ती चौकोसहरू र पाताहरूमा भएको खाली ठाउँअनुसार उनले करूबका, सिंहका र खजुरको बोटका आकृतिहरू बनाए अनि चारैतिर मालाको आकृति पनि बनाए।+ ३७ यसरी उनले १० वटा ठेलागाडा बनाए।+ ती सबै एउटै तरिकामा ढालेर बनाइएका थिए;+ सबैको नाप र आकार उस्तै थियो।

३८ उनले तामाका १० वटा बाटा बनाए।+ प्रत्येक बाटामा ४० बाथ पानी अटाउँथ्यो। प्रत्येक बाटा चार हातको थियो।* दस वटै ठेलागाडाको निम्ति एक-एक वटा बाटा थियो। ३९ त्यसपछि उनले पाँच वटा ठेलागाडा भवनको दायाँतिर अनि पाँच वटा ठेलागाडा भवनको बायाँतिर राखे। उनले ‘समुद्र’ भनिने विशाल खड्‌कुँलोलाई चाहिँ भवनको दायाँतिर, दक्षिण-पूर्व दिशामा राखे।+

४० हिरामले+ बाटाहरू, साबेलहरू+ र कचौराहरू+ पनि बनाए। यसरी हिरामले यहोवा परमेश्‍वरको भवनमा ती सबै काम गरिसिद्‌ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए।+ उनले यी सबै थोक बनाए: ४१ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए, ती कचौरा आकारका शिरहरूलाई सिँगार्न दुई वटा जाली,+ ४२ ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति,+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले दुई वटा खम्बाका शिरलाई सिँगारेका थिए, ४३ दस वटा ठेलागाडा+ र ठेलागाडामा राखिने १० वटा बाटा,+ ४४ ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो+ र त्यसमुनि भएका १२ वटा साँढे ४५ अनि कोइला राख्ने भाँडाहरू, साबेलहरू, कचौराहरू र सबै सरसामान, जुन टल्काइएका तामाले बनाइएका थिए। राजा सुलेमानले भनेअनुसारै हिरामले यहोवा परमेश्‍वरको भवनको निम्ति सबै सरसामान बनाएका थिए। ४६ राजाले यी सबथोक यर्दनको इलाकामा सुक्कोथ र जारेथानको बीचमा बनाए। यी सबथोक माटोका साँचाहरूमा ढालेर बनाइएका थिए।

४७ सुलेमानले कुनै पनि सरसामान जोखेनन्‌ किनकि ती असाध्यै धेरै थिए। त्यसैले ती सब बनाउन कति तामा लाग्यो भनेर थाह पाउन सम्भव थिएन।+ ४८ सुलेमानले यहोवा परमेश्‍वरको भवनको निम्ति यी सब सरसामान बनाए:+ सुनको वेदी, भेटीको रोटी* राख्न सुनको टेबुल,+ ४९ निखुर सुनका पानसहरू,+ जुन भित्री कोठाको अगाडिपट्टि दायाँतिर पाँच वटा र बायाँतिर पाँच वटा राखिएका थिए, सुनका फूलहरू,+ सुनका दियोहरू र सुनका चिम्टाहरू,+ ५० बाटाहरू, सलेदो निभाउने साधनहरू,+ कचौराहरू, प्यालाहरू+ र सलेदोदानीहरू।*+ यी सबै निखुर सुनले बनाइएका थिए; साथै भित्री कोठा अर्थात्‌ महापवित्र कोठाको ढोकाको लागि+ र मन्दिरको* ढोकाको लागि+ सुनका कब्जाहरू।

५१ यसरी राजा सुलेमानले यहोवा परमेश्‍वरको भवनको निम्ति आफूले गर्नुपर्ने सबै काम गरिसिद्‌ध्याए। त्यसपछि तिनले आफ्ना बुबा दाउदले पवित्र पारेका सरसामान त्यस भवनमा ल्याए।+ तिनले सुन, चाँदी र अरू सबै थोक यहोवा परमेश्‍वरको भवनको भण्डारमा राखे।+

८ सुलेमानले इस्राएलका नाइकेहरू अर्थात्‌ सबै कुलका नाइकेहरूलाई र बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गराए।+ दाउदनगर+ अर्थात्‌ सियोनबाट+ यहोवा परमेश्‍वरको करारको सन्दुक* ल्याउन तिनीहरू सबै यरुसलेममा राजा सुलेमानकहाँ आए। २ सातौँ महिना अर्थात्‌ एथानीम* महिनामा चाडको* समयमा इस्राएलका सबै मानिस राजा सुलेमानसामु भेला भए।+ ३ अनि इस्राएलका सबै नाइके आएपछि पुजारीहरूले सन्दुक उचाले।+ ४ पुजारीहरू र लेवीहरूले यहोवा परमेश्‍वरको सन्दुक, भेट हुने पाल+ र त्यस पालमा भएका सबै पवित्र सरसामान ल्याए। ५ राजा सुलेमान र इस्राएलको पूरै समुदाय, जसलाई राजाले बोलाएका थिए, तिनीहरू सबै सन्दुकको अगाडि उभिएका थिए। त्यतिबेला यत्ति धेरै भेडा र वस्तुभाउ बलिदान चढाइयो+ कि त्यसको कुनै लेखाजोखा नै हुन सकेन।

६ अनि पुजारीहरूले यहोवा परमेश्‍वरको करारको सन्दुक त्यसको लागि तोकिएको ठाउँमा ल्याए।+ तिनीहरूले त्यो सन्दुक भवनको भित्री कोठा अर्थात्‌ महापवित्र कोठामा करूबहरूको पखेटामुनि राखे।+

७ करूबहरूका पखेटा सन्दुक राखिएको ठाउँको मास्तिर फैलिएका थिए अनि करूबहरूले सन्दुक र त्यसका डन्डीहरूलाई छाया पारेका थिए।+ ८ ती डन्डीहरू+ निकै लामा थिए। त्यसैले ती डन्डीहरूको टुप्पो भित्री कोठाको अगाडि भएको पवित्र कोठाबाट देखिन्थ्यो तर बाहिरबाट भने देखिँदैनथ्यो। ती अहिलेसम्म पनि त्यहीँ छन्‌। ९ त्यस सन्दुकभित्र मोसाले राखेका+ ढुङ्‌गाका दुई वटा पाटी+ मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदै गर्दा+ यहोवा परमेश्‍वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।

१० पुजारीहरू पवित्र ठाउँबाट निस्केर आएपछि यहोवा परमेश्‍वरको भवनलाई बादलले+ छोप्यो।+ ११ बादलले गर्दा पुजारीहरूले त्यहाँ उभिएर सेवा गर्न सकेनन्‌ किनकि यहोवा परमेश्‍वरको भवन यहोवाको महिमाले भरिएको थियो।+ १२ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्‍वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्‍नुभएको थियो।+ १३ हे परमेश्‍वर, तपाईँको निम्ति एउटा भव्य भवन, एउटा निवासस्थान बनाउन म सफल भएको छु, जहाँ तपाईँ सधैँभरि बास गर्नुहुनेछ।”+

१४ त्यसपछि राजा सुलेमान इस्राएली समुदायतर्फ फर्के अनि आफ्नो अगाडि उभिरहेका ती मानिसहरूलाई आशिष्‌ दिन थाले।+ १५ तिनले भने: “इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌, जसले आफ्नै मुखले मेरा बुबा दाउदसित प्रतिज्ञा गर्नुभएको थियो र आफ्नै हातले त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। उहाँले मेरो बुबासित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: १६ ‘मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले मेरो नामको महिमाको निम्ति भवन बनाउन इस्राएलको कुनै कुलको कुनै सहर रोजेको छैनँ+ तर मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न भने मैले दाउदलाई रोजेको छु।’ १७ मेरा बुबा दाउदको इस्राएलका परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+ १८ तर यहोवा परमेश्‍वरले मेरो बुबा दाउदलाई यसो भन्‍नुभयो: ‘तिमीले मेरो नामको निम्ति एउटा भवन बनाउने इच्छा गऱ्‍यौ; त्यो राम्रो कुरा हो। १९ तर तिमीले त्यो भवन बनाउनेछैनौ। बरु तिम्रो छोरा, जो तिमीबाट जन्मनेछ, उसैले मेरो नामको निम्ति एउटा भवन बनाउनेछ।’+ २० यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। यहोवा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाअनुसारै म मेरो बुबा दाउदपछि राजा भएको छु र इस्राएलको सिंहासनमा बसेको छु। इस्राएलका परमेश्‍वर यहोवाको नामको निम्ति मैले एउटा भवन पनि बनाएको छु।+ २१ अनि त्यहाँ मैले सन्दुक राख्न ठाउँ तयार पारेको छु,+ जुन सन्दुकमा हाम्रा पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउँदा यहोवा परमेश्‍वरले उनीहरूसित बाँध्नुभएको करारको दुई वटा पाटी राखिएका छन्‌।”

२२ त्यसपछि सुलेमान इस्राएलको पूरै समुदायसामु यहोवा परमेश्‍वरको वेदीअगाडि उभिए र तिनले आफ्नो हात आकाशतिर फैलाए।+ २३ अनि यसो भने: “हे इस्राएलका परमेश्‍वर यहोवा, माथि स्वर्गमा वा तल पृथ्वीमा तपाईँजस्तो परमेश्‍वर अरू कोही छैन।+ तपाईँ सधैँ आफ्नो करार पूरा गर्नुहुन्छ अनि सारा हृदयले तपाईँको बाटोमा हिँड्‌ने आफ्ना सेवकहरूलाई+ अटल प्रेम देखाउनुहुन्छ।+ २४ तपाईँले आफ्नो दास, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको छ। तपाईँले आफ्नै मुखले प्रतिज्ञा गर्नुभएको थियो र आज आफ्नै हातले त्यो पूरा पनि गर्नुभएको छ।+ २५ अब हे इस्राएलका परमेश्‍वर यहोवा, आफ्ना सेवक, मेरो बुबा दाउदसित गर्नुभएको यो प्रतिज्ञा पनि पूरा गर्नुहोस्‌: ‘तिमीजस्तै तिम्रा सन्तान पनि मसामु सही बाटोमा हिँडिरहे र तिनीहरूले आफ्नो चालचलनमा ध्यान दिइरहे भने मसामु इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ २६ अब हे इस्राएलका परमेश्‍वर! बिन्ती छ, आफ्नो सेवक, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्‌।

२७ “तर के परमेश्‍वर पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्‌! तपाईँको लागि आकाश, हो विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन्‌ के हो र?+ २८ हे मेरा परमेश्‍वर यहोवा, तपाईँको यस सेवकको प्रार्थनामा ध्यान दिनुहोस्‌, तपाईँको कृपाको लागि उसले गरेको बिन्ती सुन्‍नुहोस्‌। तपाईँको यस सेवकको गुहार सुन्‍नुहोस्‌ र आज उसले तपाईँसामु गरेको यो प्रार्थना स्विकार्नुहोस्‌। २९ तपाईँले यस भवनबारे यसो भन्‍नुभएको थियो: ‘मेरो नाम त्यहाँ रहनेछ।’+ त्यसैले यस भवनमाथि दिनरात तपाईँको नजर रहोस्‌ र तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्‍नुहोस्‌।+ ३० तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले यस भवनतर्फ फर्केर तपाईँको कृपाको लागि बिन्ती गर्दा उनीहरूको पुकारा सुन्‍नुहोस्‌। तपाईँको निवासस्थान स्वर्गबाट उनीहरूको प्रार्थनामा ध्यान दिनुहोस्‌।+ उनीहरूको बिन्ती सुन्‍नुहोस्‌ र उनीहरूलाई क्षमा गरिदिनुहोस्‌।+

३१ “यदि कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गऱ्‍यो र त्यस मानिसलाई कसम खान लगाइयो* अनि आफूले खाएको कसमको कारण* ऊ यस भवनमा तपाईँको वेदीसामु आयो भने+ ३२ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस्‌ र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्‌। जो दुष्ट हो, उसलाई दोषी ठहराउनुहोस्‌ र उसको पापको दोष उसकै थाप्लोमा परोस्‌। अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस्‌ र उसको धार्मिकताअनुसार उसलाई इनाम दिनुहोस्‌।+

३३ “यदि तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण तिनीहरू आफ्ना शत्रुहरूसित लडाइँमा हारे+ तर पछि तिनीहरू तपाईँकहाँ फर्केर आए र तपाईँको नामको महिमा गरे+ अनि तिनीहरूले तपाईँको भवनमा आएर प्रार्थना गरे र दयाको भीख मागे भने+ ३४ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्‍नुहोस्‌ र आफ्नो प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस्‌ अनि तिनीहरूको पितापुर्खालाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस्‌।+

३५ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेकोले+ आकाश बन्द भयो र पानी परेन+ अनि यसरी तपाईँले तिनीहरूलाई नम्र तुल्याउनुभएकोले तिनीहरू आफ्नो पापको मार्गबाट फर्केर आए, यस भवनतर्फ फर्केर प्रार्थना गरे अनि तपाईँको नामको महिमा गरे भने+ ३६ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्‍नुहोस्‌ र तपाईँका सेवकहरू, तपाईँको प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस्‌। किनकि तिनीहरू हिँड्‌नुपर्ने सही मार्गबारे तपाईँले तिनीहरूलाई सिकाउनुहुनेछ+ र आफ्ना प्रजालाई पैतृक सम्पत्तिको रूपमा दिनुभएको यस देशमा पानी बर्साउनुहुनेछ।+

३७ “यदि देशमा अनिकाल पऱ्‍यो+ वा भयानक रोग फैलियो अथवा लु, ढुसी+ वा हुल बाँधेर आएका सलहहरूले* अथवा भोका सलहहरूले गर्दा बालीनाली सखाप भयो अथवा देशको कुनै सहरमा शत्रुहरूले घेरा हाले वा देशमा कुनै रोग वा अरू कुनै महामारी फैलियो+ ३८ अनि यस्तो बेला कुनै मानिसले वा तपाईँको सम्पूर्ण इस्राएली प्रजाले यस भवनतर्फ आफ्नो हात फैलाएर तपाईँलाई प्रार्थना गऱ्‍यो वा तपाईँको कृपाको लागि बिन्ती गऱ्‍यो भने+ (किनकि हरेकलाई आफ्नो मनको पीडा थाह हुन्छ)+ ३९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको पुकारा सुन्‍नुहोस्‌+ अनि तिनीहरूलाई माफ गरिदिनुहोस्‌+ र तिनीहरूको खातिर कदम चाल्नुहोस्‌। हरेकलाई उसले गरेको कामको इनाम दिनुहोस्‌+ किनकि तपाईँ हरेक मानिसको हृदयको कुरा जान्‍नुहुन्छ। (हरेक मानिसको हृदयमा के छ भनी तपाईँ मात्र जान्‍नुहुन्छ।)+ ४० तब हाम्रा पितापुर्खालाई दिनुभएको यस देशमा रहुन्जेल तिनीहरूले तपाईँको भय मान्‍नेछन्‌।

४१ “यदि तपाईँको प्रजा इस्राएलभन्दा बाहिरको कुनै विदेशी तपाईँको नामबारे* सुनेर टाढा देशबाट यहाँ आयो+ ४२ (किनकि तिनीहरूले तपाईँको महान्‌ नामबारे+ अनि तपाईँको शक्‍तिशाली र पराक्रमी हातले गरेको कामबारे सुन्‍नेछन्‌) अनि उसले तपाईँको यस भवनतर्फ फर्केर प्रार्थना गऱ्‍यो भने ४३ तपाईँले आफ्नो निवासस्थान स्वर्गबाट त्यस विदेशीको पुकारा सुन्‍नुहोस्‌+ र उसको सबै बिन्ती पूरा गरिदिनुहोस्‌। तब पृथ्वीका सबै मानिसले तपाईँको प्रजा इस्राएलीहरूले जस्तै तपाईँको नामबारे थाह पाउनेछन्‌+ र तपाईँको भय मान्‍नेछन्‌ अनि मैले बनाएको यस भवनसित तपाईँको नाम जोडिएको छ भनी जान्‍नेछन्‌।

४४ “यदि तपाईँले आफ्नो प्रजालाई आफ्ना शत्रुहरूसित लडाइँ गर्न कतै पठाउनुभयो+ र तिनीहरूले तपाईँले रोज्नुभएको यस सहरतर्फ+ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ+ फर्केर प्रार्थना गरे भने+ हे यहोवा, ४५ स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्‍नुहोस्‌ अनि तिनीहरूको न्याय गरिदिनुहोस्‌।

४६ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरे (किनकि पाप नगर्ने मानिस कोही पनि छैन)+ र तिनीहरूसित क्रोधित भएर तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पनुभयो र ती शत्रुहरूले तिनीहरूलाई बन्दी बनाएर आफ्नो देशमा लगे, चाहे त्यो टाढाको देश होस्‌ वा नजिकको।+ ४७ अनि त्यहाँ लगिएपछि तिनीहरूलाई आफ्नो गल्तीको पछुतो भयो+ र आफूलाई बन्दी बनाउनेहरूको देशमा तिनीहरू तपाईँकहाँ फर्के+ अनि तपाईँको कृपाको लागि यसरी बिन्ती गरे:+ ‘हामीले पाप गऱ्‍यौँ, हामीले साह्रै दुष्ट काम गऱ्‍यौँ’+ ४८ अनि आफूलाई बन्दी बनाएर लगिएको देशमा छँदा तिनीहरू आफ्नो सारा हृदयले र सारा ज्यानले तपाईँकहाँ फर्के+ अनि तपाईँले तिनीहरूका पितापुर्खालाई दिनुभएको यस देशतर्फ, तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर प्रार्थना गरे भने+ ४९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्‍नुहोस्‌+ अनि तिनीहरूको न्याय गरिदिनुहोस्‌। ५० तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्‌, तिनीहरूले तपाईँविरुद्ध गरेको सबै अपराध माफ गरिदिनुहोस्‌। तपाईँले तिनीहरूका शत्रुहरूलाई तिनीहरूमाथि दया गर्न लगाउनुहोस्‌ र ती शत्रुहरूले तिनीहरूमाथि दया गरून्‌।+ ५१ (किनकि तिनीहरू तपाईँको प्रजा र तपाईँकै सम्पत्ति हुन्‌,+ जसलाई तपाईँले मिश्रबाट, फलाम गाल्ने भट्टीबाट+ निकालेर ल्याउनुभयो।)+ ५२ तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको कृपाको लागि बिन्ती गर्दा तिनीहरूको बिन्तीमा ध्यान दिनुहोस्‌।*+ जब-जब तिनीहरूले तपाईँलाई पुकार्छन्‌, तब-तब तिनीहरूको बिन्ती सुन्‍नुहोस्‌।*+ ५३ किनकि हे ब्रह्‍माण्डका मालिक यहोवा, पृथ्वीका सबै मानिसमध्ये तपाईँले तिनीहरूलाई आफ्नो सम्पत्ति हुन रोज्नुभयो।+ हाम्रा पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउँदा तपाईँले मोसामार्फत यसबारे घोषणा गर्नुभएको थियो।”

५४ यहोवा परमेश्‍वरलाई यो प्रार्थना र कृपाको लागि बिन्ती चढाइसकेपछि सुलेमान उठे। तिनी यहोवा परमेश्‍वरको वेदीसामु घुँडा टेकेर अनि आकाशतिर हात फैलाएर उहाँलाई प्रार्थना गरिरहेका थिए।+ ५५ तिनी उठे र ठूलो स्वरमा इस्राएलको पूरै समुदायलाई यसरी आशिष्‌ दिए: ५६ “यहोवा परमेश्‍वरको प्रशंसा होस्‌, जसले आफ्नो प्रतिज्ञाअनुसारै आज आफ्नो प्रजा इस्राएलीहरूलाई विश्राम गर्ने ठाउँ दिनुभएको छ।+ उहाँले आफ्ना सेवक मोसामार्फत गर्नुभएका सबै असल प्रतिज्ञा पूरा भएको छ; एउटा पनि विफल भएको छैन।+ ५७ हाम्रा पितापुर्खासँग रहनुभएझैँ हाम्रा परमेश्‍वर यहोवा हामीसित पनि रहून्‌।+ उहाँले हामीलाई कहिल्यै नछोडून्‌, हामीलाई कहिल्यै नत्यागून्‌।+ ५८ उहाँले हाम्रो हृदयलाई आफूतर्फ खिचून्‌+ र हामी उहाँको मार्गमा चल्न सकौँ अनि उहाँले हाम्रा पितापुर्खालाई दिनुभएको विधि-विधान, आज्ञाहरू र नीतिनियम पालन गर्न सकौँ। ५९ आज मैले यहोवाको कृपाको लागि गरेको यो बिन्ती यहोवा हाम्रा परमेश्‍वरले दिनरात सम्झून्‌ अनि हरेक दिन आवश्‍यकताअनुसार उहाँले आफ्नो यस सेवकको र आफ्नो प्रजा इस्राएलीहरूको न्याय गरिदेऊन्‌। ६० तब पृथ्वीका सबै मानिसले यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाउनेछन्‌।+ उहाँबाहेक अरू कोही परमेश्‍वर छैन!+ ६१ त्यसैले आजजस्तै सधैँभरि यहोवा हाम्रा परमेश्‍वरको विधि-विधान र आज्ञाहरू पालन गरेर आफ्नो सारा हृदयले उहाँप्रति वफादार होओ!”+

६२ त्यसपछि राजा र सबै इस्राएलीले यहोवा परमेश्‍वरसामु थुप्रै बलि चढाए।+ ६३ सुलेमानले यहोवा परमेश्‍वरको लागि २२ हजार वस्तुभाउ र १ लाख २० हजार भेडा मेलबलि चढाए।+ यसरी राजा र सारा इस्राएलीले यहोवा परमेश्‍वरको भवनको उद्‌घाटन गरे।+ ६४ त्यस दिन राजाले अग्निभेटी, अन्‍नभेटी र मेलबलिको बोसो चढाउन यहोवा परमेश्‍वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पार्नुपऱ्‍यो। किनकि यहोवा परमेश्‍वरसामु भएको तामाको वेदीमा+ यति धेरै अग्निभेटी, अन्‍नभेटी र मेलबलिको बोसो+ चढाउन सम्भव थिएन। ६५ त्यतिबेला सुलेमानले सारा इस्राएलीसित मिलेर हाम्रा परमेश्‍वर यहोवासामु चाड मनाए।+ त्यस चाडमा लेबो-हमाथदेखि* मिश्रको वादीसम्मका*+ मानिसहरू थिए। तिनीहरूले सात दिनसम्म चाड मनाए। तिनीहरूले अर्को सात दिनसम्म पनि चाड मनाए। यसरी यो चाड जम्मा १४ दिनसम्म मनाइयो। ६६ त्यसको भोलिपल्ट राजाले मानिसहरूलाई त्यहाँबाट पठाए। तिनीहरूले राजालाई आशिष्‌ दिए। अनि यहोवा परमेश्‍वरले आफ्नो सेवक दाउद र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएका सबै भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+

९ सुलेमानले यहोवा परमेश्‍वरको भवन, राजमहल र आफूले चाहेको सबै कुरा बनाइसकेपछि+ २ यहोवा परमेश्‍वर दोस्रो पटक सुलेमानकहाँ प्रकट हुनुभयो, जसरी उहाँ गिबोनमा प्रकट हुनुभएको थियो।+ ३ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “मैले तिम्रो प्रार्थना र मेरो कृपाको लागि तिमीले गरेको बिन्ती सुनेँ। तिमीले मेरो लागि बनाएको यस भवनसित सधैँभरि आफ्नो नाम जोडेर मैले यसलाई पवित्र पारेको छु।+ मेरो नजर र मेरो हृदय यहाँ सधैँभरि रहनेछ।+ ४ अनि मैले दिएको हरेक आज्ञा मानेर+ तिमी आफ्नो बुबा दाउदजस्तै सत्यनिष्ठ भयौ+ र सोझो हृदयले+ मेरो मार्गमा चल्यौ+ अनि मेरा नीतिनियम र फैसलाहरू पालन गऱ्‍यौ+ भने ५ म इस्राएलमा तिम्रो सिंहासनलाई सधैँभरि स्थिर पार्नेछु र तिम्रो बुबा दाउदसित गरेको यो प्रतिज्ञा पूरा गर्नेछु, ‘इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ ६ तर तिमी र तिम्रा छोराहरूले मलाई पछ्याउन छोड्‌यौ अनि मैले तिमीहरूसामु राखिदिएको मेरा आज्ञाहरू र विधिविधान पालन नगरी अरू देवीदेवताको उपासना गऱ्‍यौ अनि तिनीहरूलाई दण्डवत्‌ गऱ्‍यौ भने+ ७ म इस्राएलीहरूलाई यस देशबाट नामेट पारिदिनेछु, जुन देश मैले तिनीहरूलाई दिएको थिएँ+ अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु।+ तब सबै जातिका मानिसहरूमाझ इस्राएल हाँसोको* पात्र हुनेछ र इस्राएलको हालत देखेर सबै जना हाँस्नेछन्‌।+ ८ अनि यो भवन तहसनहस हुनेछ।+ यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्‌ र आफ्नो मुन्टो हल्लाउँदै* यसो भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ ९ अनि उनीहरूले भन्‍नेछन्‌, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने आफ्ना परमेश्‍वर यहोवालाई त्यागे अनि अरू देवीदेवताको पछि लागेर तिनीहरूलाई दण्डवत्‌ गरे र पुजे। त्यसैले यहोवाले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+

१० सुलेमानलाई यहोवा परमेश्‍वरको भवन र आफ्नो महल बनाउन २० वर्ष लाग्यो।+ ११ टायरका राजा हिरामले+ सुलेमानलाई देवदार र धुपीका काठ दिएका थिए। साथै उनले सुलेमानलाई मनग्गे सुन पनि दिएका थिए।+ त्यसैले राजा सुलेमानले हिरामलाई गालिलको इलाकामा पर्ने २० वटा सहर दिए। १२ तब हिराम सुलेमानले दिएका सहरहरू हेर्न टायरबाट निस्के तर उनलाई ती सहरहरू चित्त बुझेन। १३ उनले भने: “हे मेरो भाइ, तिमीले मलाई किन यस्ता सहरहरू दियौ?” त्यसैले ती सहरहरूको इलाकालाई आजसम्मै ‘काबुल देश’* भनेर चिनिन्छ। १४ अनि हिरामले राजा सुलेमानकहाँ १२० टालेन्ट* सुन पठाए।+

१५ यहोवा परमेश्‍वरको भवन,+ राजमहल, ‘ढिस्को,’*+ यरुसलेमको पर्खाल अनि हजोर,+ मगिद्दो+ र गेजेर+ सहर बनाउने काममा मजदुरी गर्न राजा सुलेमानले खटाएकाहरूको कामको विवरण यही हो।+ १६ (मिश्रका फारोले गेजेरलाई कब्जा गरेर आगो लगाइदिएका थिए अनि त्यहाँ बस्ने कनानीहरूलाई पनि मारेका थिए।+ उनले आफ्नी छोरी,+ जो सुलेमानकी पत्नी थिइन्‌, तिनलाई दाइजोको रूपमा गेजेर दिएका थिए।) १७ सुलेमानले यी सहरहरू बसाले:* गेजेर, तल्लो बेथ-होरोन,+ १८ बालाथ+ अनि इस्राएलको* निर्जनभूमिमा पर्ने तामार। १९ साथै सुलेमानले भण्डार गर्ने सबै सहर, रथहरू राख्ने सहरहरू र घोडचढी बस्ने सहरहरू पनि बनाए।+ तिनले यरुसलेम, लेबनान र आफ्नो अधिकारमा पर्ने सबै इलाकामा आफूले चाहेको सबै कुरा बनाए। २० एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूमध्ये+ बाँकी रहेकाहरू, जो इस्राएली थिएनन्‌+ २१ र जसलाई इस्राएलीहरूले नाश गर्न सकेका थिएनन्‌, तिनीहरूका सन्तान देशमा अझै बाँकी थिए। सुलेमानले उनीहरूलाई दास बनाए र मजदुरी गर्न लगाए; उनीहरू आजसम्मै त्यही काम गर्दै छन्‌।+ २२ तर सुलेमानले इस्राएलीहरू कसैलाई पनि दास बनाएनन्‌।+ बरु तिनले इस्राएलीहरूलाई आफ्नो योद्धा, सेवक, भारदार, सैन्य अफिसर अनि सारथिहरूका तथा घोडचढीहरूका कप्तान बनाए। २३ सुलेमानको कामको रेखदेख गर्न ५५० जना निरीक्षक थिए र तिनीहरू कामदारहरूको निगरानी गर्न खटाइएका थिए।+

२४ अनि फारोकी छोरी+ दाउदनगर+ छोडेर सुलेमानले उनको निम्ति बनाइदिएको महलमा आइन्‌। त्यसपछि सुलेमानले ‘ढिस्को’* बनाए।+

२५ सुलेमान वर्षको तीन चोटि+ यहोवा परमेश्‍वरको लागि आफूले बनाएको वेदीमा अग्निभेटी र मेलबलि चढाउँथे।+ तिनले यहोवा परमेश्‍वरसामु भएको वेदीमा माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउँथे। यसरी तिनले भवन बनाउने काम पूरा गरे।+

२६ राजा सुलेमानले एज्योन-गेबेरमा थुप्रै जहाज पनि राखे।+ एज्योन-गेबेर एदोम देशमा+ लाल समुद्रको किनारमा रहेको एलोथनजिकै पर्छ। २७ आफ्ना अनुभवी नाविकहरूले सुलेमानका सेवकहरूसँग मिलेर काम गरून्‌ भनेर हिरामले आफ्ना नाविकहरूलाई जहाजहरूसँगै पठाए।+ २८ तिनीहरू ओपिर गए+ र त्यहाँबाट तिनीहरूले ४२० टालेन्ट सुन सुलेमानकहाँ ल्याए।

१० सेबाकी महारानीले सुलेमानको ख्यातिबारे सुनिन्‌ र यहोवा परमेश्‍वरको नामको कारण तिनले यस्तो ख्याति कमाएका हुन्‌ भनेर थाह पाइन्‌।+ त्यसैले उनी सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्‍नहरू* लिएर आइन्‌।+ २ उनी ठूलो लावालस्करसहित यरुसलेम आइपुगिन्‌।+ उनले उँटमा बाल्सम तेल* अनि प्रशस्त मात्रामा सुन र बहुमूल्य रत्न ल्याएकी थिइन्‌।+ उनी सुलेमानकहाँ हाजिर भइन्‌ र आफ्नो मनमा भएका सबै कुरा सुलेमानलाई सोधिन्‌। ३ सुलेमानले उनका सबै प्रश्‍नको जवाफ दिए। उनले सोधेको कुनै पनि कुराको जवाफ दिन राजालाई गाह्रो भएन।

४ सेबाकी महारानीले सुलेमानको बुद्धि,+ तिनले बनाएको राजमहल,+ ५ तिनको टेबुलको भोजन,+ तिनका सेवकहरूको आसन, खाना पस्कनेहरूले गरेको सेवासुसार र उनीहरूको विशेष पहिरन, तिनका मद्य टक्य्राउनेहरू र तिनले यहोवा परमेश्‍वरको भवनमा नियमित रूपमा चढाउने गरेको अग्निभेटी देखेपछि उनी चकित भइन्‌, केही बोल्नै सकिनन्‌। ६ त्यसैले उनले राजालाई भनिन्‌: “मैले आफ्नो देशमा तपाईँको सफलता* र तपाईँको बुद्धिबारे सुनेको कुरा सत्य रहेछ। ७ यहीँ आएर आफ्नै आँखाले नदेखेसम्म मलाई पत्यारै लागेको थिएन। साँच्चै! मलाई त यसको आधा पनि बताइएको रहेनछ। तपाईँको बुद्धि र वैभवबारे मैले जुन कुरा सुनेकी थिएँ, त्यो त केही पनि होइन रहेछ। ८ तपाईँसँगै रहेर सधैँ तपाईँको बुद्धिका कुरा सुन्‍न पाउने तपाईँका मानिसहरू र तपाईँका सेवकहरू धन्यका हुन्‌!+ ९ तपाईँसित प्रसन्‍न भएर तपाईँलाई इस्राएलको सिंहासनमा बसाल्नुहुने तपाईँका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌!+ यहोवाले इस्राएललाई सधैँभरि प्रेम गर्नुभएकोले नै इस्राएलमा न्याय र धार्मिकता कायम राख्न उहाँले तपाईँलाई राजा नियुक्‍त गर्नुभएको छ।”

१० त्यसपछि उनले राजालाई १२० टालेन्ट* सुन अनि प्रशस्त मात्रामा बाल्सम तेल+ र बहुमूल्य रत्न+ दिइन्‌। सेबाकी महारानीले राजा सुलेमानको लागि जति बाल्सम तेल ल्याएकी थिइन्‌, त्यति धेरै त पछि कसैले पनि कहिल्यै ल्याएन।

११ ओपिरबाट सुन ल्याउने+ हिरामका जहाजहरूले बहुमूल्य रत्नहरू+ र प्रशस्त मात्रामा चन्दनको काठ+ पनि ल्याउँथे। १२ राजा सुलेमानले ती चन्दनका काठहरूबाट यहोवा परमेश्‍वरको भवन र आफ्नो महलका लागि थामहरू बनाए। तिनले त्यसबाट गायकहरूको लागि वीणा र तारे बाजा पनि बनाए।+ त्यत्ति धेरै चन्दनको काठ आजसम्म कहिल्यै पनि ल्याइएको छैन र देखिएको पनि छैन।

१३ राजा सुलेमानले सेबाकी महारानीलाई उनले चाहेको र मागेको सबै कुरा दिए। त्यसबाहेक तिनले उनलाई उदारचित्तले अरू थुप्रै कुरा पनि दिए। त्यसपछि सेबाकी महारानी आफ्ना सेवकहरूलाई लिएर आफ्नो देश फर्किन्‌।+

१४ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १५ यसबाहेक तिनले व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूबाट कर पनि पाउँथे।

१६ राजा सुलेमानले सुनलाई अरू धातुसित मिसाएर २०० वटा ठूलठूला ढाल बनाए।+ (प्रत्येक ढाल बनाउन ६०० शेकेल* सुन लागेको थियो।)+ १७ तिनले त्यसरी नै ३०० वटा साना ढाल* पनि बनाए। (प्रत्येक सानो ढाल बनाउन तीन मीना* सुन लागेको थियो।) त्यसपछि तिनले ती हतियारहरू ‘लेबनानको वन-भवन’-मा राखे।+

१८ राजाले हस्तिदन्तको एउटा भव्य सिंहासन पनि बनाए+ र त्यसलाई निखुर सुनले मोहोरे।+ १९ सिंहासनमा जान छ वटा खुट्‌किला बनाइएको थियो। अनि सिंहासनमा गोलाकार छत पनि थियो। सिंहासनको दुवैपट्टि हात बिसाउने बाहु थिए। अनि दुवै बाहुको छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो।+ २० ती छ वटा खुट्‌किलामा सिंहका १२ वटा मूर्ति थिए; प्रत्येक खुट्‌किलाको दुवै छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो। अरू कुनै पनि देशमा यस्तो सिंहासन थिएन।

२१ राजा सुलेमानका सबै प्याला सुनका थिए अनि ‘लेबनानको वन-भवन’-का सबै भाँडाकुँडा पनि निखुर सुनकै थिए।+ कुनै पनि सामान चाँदीको थिएन किनकि राजा सुलेमानको पालामा चाँदीको केही मोल नै थिएन।+ २२ राजा सुलेमानसित तर्सिसका जहाजहरू पनि थिए+ र ती जहाजहरू समुद्रमा हिरामका जहाजहरूसँगै यात्रा गर्थे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।

२३ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान्‌ थिए। तिनीजस्तो बुद्धिमान्‌+ र सम्पन्‍न+ राजा अरू कोही थिएन। २४ पृथ्वीका कुनाकुनाबाट मानिसहरू सुलेमानको बुद्धिका कुराहरू सुन्‍न आउँथे, जुन बुद्धि तिनलाई परमेश्‍वरले दिनुभएको थियो।+ २५ सुलेमानकहाँ आउने सबै मानिसले उपहार ल्याउँथे। तिनीहरूले सुलेमानको लागि सुन र चाँदीका सरसामान अनि लुगाफाटा, हातहतियार, बाल्सम तेल, घोडा र खच्चरहरू लिएर आउँथे। हरेक वर्ष यस्तै हुन्थ्यो।

२६ सुलेमानले प्रशस्तै रथ र घोडा जम्मा गरे। तिनीसित १ हजार ४ सय रथ र १२ हजार घोडा थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा अनि आफूसितै यरुसलेममा राखे।+

२७ राजा सुलेमानले यरुसलेममा यत्ति धेरै चाँदी जम्मा गरे कि ती ढुङ्‌गासरह प्रशस्त भए। अनि देवदारको काठचाहिँ सेफेलाहका खनिउँको रूखहरूसरह प्रशस्त भयो।+

२८ सुलेमानका घोडाहरू मिश्रबाट ल्याइएका थिए। राजाका व्यापारीहरूले तोकिएको दाममा बथानका बथान घोडा किनेर ल्याउँथे।*+ २९ मिश्रबाट ल्याइएको एउटा रथको दाम चाँदीका ६०० टुक्रा पर्थ्यो अनि घोडाको चाहिँ चाँदीका १५० टुक्रा पर्थ्यो। त्यसपछि ती व्यापारीहरूले हित्तीहरूका+ सबै राजा र सिरियाका राजाहरूलाई ती रथहरू र घोडाहरू बेच्थे।

११ राजा सुलेमानले फारोकी छोरीबाहेक+ अरू थुप्रै विदेशी स्त्रीलाई पनि प्रेम गरे।+ तिनले मोआबी,+ अम्मोनी,+ एदोमी, सिदोनी+ र हित्ती+ स्त्रीहरूसित मायाप्रीती गाँसे। २ यी स्त्रीहरू ती जातिका थिए, जसबारे यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरू तिनीहरूमाझ नजानू* र तिनीहरू पनि तिमीहरूमाझ नआऊन्‌। नत्र त तिनीहरूले तिमीहरूको हृदय बहकाइदिनेछन्‌ र तिमीहरूलाई तिनीहरूको देवीदेवता पुज्न लगाउनेछन्‌।”+ तैपनि सुलेमान उनीहरूको पछि लागे र उनीहरूलाई प्रेम गरे। ३ सुलेमानका ७०० जना पत्नी थिए, जो राजकुमारीहरू थिए। तिनका ३०० जना उपपत्नी पनि थिए। तिनका पत्नीहरूले बिस्तारै-बिस्तारै तिनको हृदय बहकाइदिए।* ४ सुलेमान वृद्ध भएपछि+ तिनका पत्नीहरूले तिनको हृदय अरू देवीदेवतातर्फ लगाइदिए।+ तिनी आफ्नो बुबा दाउदजस्तै भइरहन सकेनन्‌, जो हृदयदेखि नै यहोवाप्रति वफादार थिए। ५ सुलेमानले सिदोनीहरूकी देवी अस्तोरेथ+ र अम्मोनीहरूको घिनलाग्दो देवता मिल्कोमलाई+ पुजे। ६ यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, सुलेमानले त्यही गरे। तिनी आफ्नो बुबा दाउदजस्तै हुन सकेनन्‌, जो हृदयदेखि नै यहोवा परमेश्‍वरको पछि लागेका थिए।+

७ त्यसै समयतिर सुलेमानले यरुसलेमसामु भएको डाँडामा मोआबको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घिनलाग्दो देवता+ मोलेकको+ लागि अग्लो थान* बनाए।+ ८ तिनले आफ्ना सबै विदेशी पत्नीहरूको निम्ति त्यसै गरे, जो आ-आफ्ना देवीदेवताको निम्ति माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउँथे।

९ यहोवा परमेश्‍वर सुलेमानसित क्रोधित हुनुभयो। किनकि तिनको हृदय इस्राएलका परमेश्‍वर यहोवादेखि तर्केर गएको थियो,+ जसले तिनलाई दुई पटक दर्शन* दिनुभएको थियो+ १० र अरू देवीदेवताको पछि नलाग्नू भनी चेतावनी दिनुभएको थियो।+ तर तिनले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनन्‌। ११ त्यसैले यहोवा परमेश्‍वरले सुलेमानलाई भन्‍नुभयो: “मैले तिमीलाई मसित गरेको करार पूरा गर्नू र मेरा नीतिनियम पालन गर्नू भनी आज्ञा दिएको थिएँ तर तिमीले त्यसो गरेनौ बरु यस्तो खराब काम गऱ्‍यौ। त्यसैले म अवश्‍य तिम्रो राज्य खोसेर तिम्रा सेवकहरूमध्ये एक जनालाई दिनेछु।+ १२ तर तिम्रो बुबा दाउदको खातिर म तिम्रो शासनकालमा यसो गर्नेछैनँ। बरु तिम्रो छोराको हातबाट राज्य खोस्नेछु।+ १३ तर म पूरै राज्यचाहिँ खोस्नेछैनँ।+ आफ्नो सेवक दाउदको खातिर र मैले चुनेको सहर यरुसलेमको+ खातिर म तिम्रो छोरालाई एउटा कुल दिनेछु।”+

१४ त्यसपछि यहोवा परमेश्‍वरले एदोमी हाददलाई सुलेमानविरुद्ध खडा गराउनुभयो।+ उनी एदोमको राजघरानाका सदस्य थिए।+ १५ दाउदले एदोमलाई परास्त गरेपछि+ सेनापति योआब मारिएकाहरूलाई गाड्‌न गएका थिए र योआबले एदोमका सबै पुरुषलाई मार्ने प्रयास गरेका थिए। १६ (एदोमका सबै पुरुषलाई मार्न योआब सबै इस्राएली सैनिकसहित छ महिनासम्म त्यहीँ बसेका थिए।) १७ तर हादद भने आफ्नो बुबाका केही एदोमी सेवकसँगै भागेर मिश्र गएका थिए। त्यसबेला हादद ठिटै थिए। १८ तिनीहरू मिद्यानबाट निस्केर पारान गए। पारानबाट तिनीहरूले केही मानिसलाई आफूसँगै मिश्र लगे+ र त्यहाँ पुगेर फारोलाई भेटे। फारोले हाददलाई घर र जग्गाजमिन दिए अनि खानेकुराको बन्दोबस्त पनि मिलाइदिए। १९ फारो हाददसित निकै प्रसन्‍न भए। फारोले आफ्नी पत्नी रानी* ताहपेनेसकी बहिनीसित उनको विवाहसमेत गराइदिए। २० केही समयपछि ताहपेनेसकी बहिनीले हाददबाट एउटा छोरो जन्माइन्‌। उसको नाम गेनुबथ थियो। ताहपेनेसले गेनुबथलाई फारोको महलमै हुर्काइन्‌* र ऊ त्यहाँ फारोका छोराहरूसँगै हुर्क्यो।

२१ मिश्रमा छँदा हाददले दाउदको मृत्यु भयो*+ र सेनापति योआब पनि मरे+ भन्‍ने खबर पाए। त्यसैले उनले फारोलाई भने: “म आफ्नो देश फर्कन चाहन्छु।” २२ तर फारोले भने: “तिमीलाई यहाँ के पुगेन? तिमी किन आफ्नै देश फर्कन चाहन्छौ?” हाददले भने: “यहाँ मलाई सबै कुरा पुग्दो छ। तर बिन्ती छ, मलाई जान दिनुहोस्‌।”

२३ परमेश्‍वरले एलियादाका छोरा रजोनलाई पनि सुलेमानविरुद्ध खडा गराउनुभयो।+ रजोन आफ्ना मालिक हदद-एजेरबाट+ भागेका थिए, जो जोबाहका राजा थिए। २४ दाउदले जोबाहका मानिसहरूलाई परास्त गरेपछि रजोनले केही मानिस जम्मा गरेर लुटेराहरूको दल बनाए+ र आफूचाहिँ तिनीहरूको नाइके बने। त्यसपछि तिनीहरू दमिसकमा गएर बसोबास गरे+ र त्यहीँ शासन गर्न थाले। २५ सुलेमान बाँचुन्जेल रजोन इस्राएलको विरोधी भइरहे। हाददले गर्दा इस्राएललाई धेरै हानि पुगेको थियो; रजोनले हानिमाथि झनै हानि थपिदिए। सिरियामा शासन गरुन्जेल रजोनले इस्राएललाई घृणा गरिरहे।

२६ राजा सुलेमानका सेवक+ यरोबामले+ पनि विद्रोह गर्न थाले। उनी जेरेदाहमा बस्ने एप्रैमी थिए र नबातका छोरा थिए।+ उनकी आमा जेरुआह विधवा थिइन्‌। २७ उनले विद्रोह गर्नुको कारण यो थियो: सुलेमानले ‘ढिस्को’* बनाएर+ आफ्नो बुबाको सहर अर्थात्‌ दाउदनगरलाई मजबुत बनाएका थिए।+ २८ यरोबाम होनहार र जवान थिए। उनी निकै मेहनती रहेछन्‌ भनेर देखेपछि सुलेमानले उनलाई अनिवार्य सेवामा खटाइएका मानिसहरूको निरीक्षण गर्ने काम दिए।+ तिनीहरू युसुफको घरानाका थिए। २९ त्यसै समयतिरको कुरा हो, यरोबाम यरुसलेमबाट निस्केर जाँदै गर्दा सिलोका भविष्यवक्‍ता अहियाहले+ उनलाई बाटोमा भेटे। अहियाहले नयाँ लुगा लगाएका थिए र त्यहाँ मैदानमा तिनीहरू दुई जनाबाहेक कोही थिएन। ३० तब अहियाहले आफ्नो नयाँ लुगा च्यातेर १२ टुक्रा पारे। ३१ तिनले यरोबामलाई यसो भने:

“यो १० टुक्रा तिमी लेऊ किनकि इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: ‘म सुलेमानको हातबाट राज्य खोस्नेछु र तिमीलाई १० कुल दिनेछु।+ ३२ तर मेरो सेवक दाउदको खातिर+ र मैले इस्राएलका सबै कुलमध्ये रोजेको सहर यरुसलेमको खातिर+ म एउटा कुल भने सुलेमानकै रहन दिनेछु।+ ३३ म त्यसो गर्नेछु किनकि तिनीहरूले मलाई त्यागेका छन्‌+ अनि सिदोनीहरूकी देवी अस्तोरेथ, मोआबको देवता केमोस र अम्मोनीहरूको देवता मिल्कोमलाई ढोगेका छन्‌। तिनीहरू सुलेमानका बुबा दाउदजस्ता छैनन्‌; मेरो नजरमा जे असल छ, त्यो नगरेर अनि मेरा नीतिनियम तथा विधिविधान पालन नगरेर तिनीहरूले मेरो मार्गमा चल्न छोडिदिएका छन्‌। ३४ तर म सुलेमानको हातबाट पूरै राज्यचाहिँ खोस्नेछैनँ। ऊ बाँचुन्जेल म उसलाई अगुवा भइरहन दिनेछु। मैले रोजेको मेरो सेवक दाउदको खातिर म यसो गर्नेछु+ किनकि तिनले मेरा आज्ञाहरू र नीतिनियम पालन गरेका थिए। ३५ तर म सुलेमानको छोराको हातबाट राज्य खोस्नेछु र तिमीलाई १० कुल दिनेछु।+ ३६ मैले आफ्नो नाम जोड्‌न यरुसलेम सहरलाई रोजेको छु। त्यसैले उसको छोरालाई चाहिँ म एउटा कुल दिनेछु किनकि यरुसलेममा मेरो सेवक दाउदको दियो मेरो नजरको सामने सधैँ बलिरहोस्‌* भन्‍ने म चाहन्छु।+ ३७ म तिमीलाई इस्राएलको राजा बनाउनेछु। तिमीले इच्छा गरेका सबै कुरामाथि तिमीले राज गर्नेछौ। ३८ यदि तिमीले मेरा सबै आज्ञा मान्यौ, मेरो मार्गमा चल्यौ र मेरो सेवक दाउदले जस्तै मेरा नीतिनियम र आज्ञाहरू पालन गरेर मेरो नजरमा जे सही छ, त्यही गऱ्‍यौ भने म तिमीलाई पनि साथ दिनेछु।+ जसरी मैले दाउदको घरानालाई स्थिर पारेको थिएँ, त्यसैगरि म तिम्रो घरानालाई पनि स्थिर पार्नेछु+ र तिमीलाई इस्राएलमा शासन गर्न दिनेछु। ३९ दाउदका सन्तानले खराब काम गरेकोले म तिनीहरूलाई लाजमा पार्नेछु+ तर सधैँका लागि भने होइन।’”+

४० त्यसैले सुलेमानले यरोबामलाई मार्न लगाए तर उनी भागेर मिश्रमा राजा सिसककहाँ+ गए। सुलेमानको मृत्यु नहोउन्जेल यरोबाम त्यहीँ बसे।+

४१ सुलेमानको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका सबै काम र तिनको बुद्धिबारे सुलेमानको इतिहासको पुस्तकमा लेखिएका छन्‌।+ ४२ सुलेमानले यरुसलेमबाट पूरै इस्राएलमाथि ४० वर्ष शासन गरे। ४३ त्यसपछि सुलेमान आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका बुबाको सहर दाउदनगरमा गाडियो। तिनीपछि तिनका छोरा रहबाम+ राजा भए।

१२ रहबाम सकेम गए किनकि सबै इस्राएली तिनलाई राजा बनाउन+ त्यहाँ भेला भएका थिए।+ २ यो कुरा नबातका छोरा यरोबामको कानमा पऱ्‍यो। (यतिबेला उनी मिश्रमै थिए। उनी राजा सुलेमानदेखि भागेर मिश्र गएका थिए र त्यहीँ बसोबास गरिरहेका थिए।)+ ३ तब मानिसहरूले तुरुन्तै उनलाई मिश्रबाट झिकाए। त्यसपछि यरोबाम पूरै इस्राएली समुदायसित रहबामकहाँ आए र तिनीहरूले रहबामलाई यसो भने: ४ “तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ।+ तर तपाईँले हाम्रो मजदुरी कम गरिदिनुभयो र तपाईँका बुबाले बोकाउनुभएको यो गह्रौँ जुवा हलुको पारिदिनुभयो भने हामी तपाईँको सेवा गर्नेछौँ।”

५ तब तिनले तिनीहरूलाई भने: “तिमीहरू अहिलेलाई यहाँबाट जाओ। तीन दिनपछि आउनू!” त्यसैले ती मानिसहरू त्यहाँबाट गए।+ ६ त्यसपछि राजा रहबामले तिनको बुबा सुलेमानको सेवा गरेका बूढापाकाहरूसित* सरसल्लाह गरे। तिनले उनीहरूलाई सोधे: “तपाईँहरू यस विषयमा के भन्‍नुहुन्छ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” ७ उनीहरूले रहबामलाई जवाफ दिए: “यदि तपाईँ आज यी मानिसहरूको सेवक बन्‍न तयार हुनुभयो, तिनीहरूको माग पूरा गरिदिनुभयो र तिनीहरूसित मायालु तरिकामा कुरा गर्नुभयो भने तिनीहरू सधैँभरि तपाईँको सेवक बन्‍नेछन्‌।”

८ तर रहबामले ती बूढापाकाहरूको सल्लाह स्विकारेनन्‌ बरु आफूसितै हुर्केबढेका जवान मानिसहरूसित सल्लाह लिन गए, जो अहिले तिनका सेवक थिए।+ ९ रहबामले तिनीहरूलाई सोधे: “मानिसहरूले मलाई यसो भनेका छन्‌: ‘तपाईँका बुबाले हामीलाई बोकाउनुभएको जुवा हलुको पारिदिनुहोस्‌।’ तिमीहरू के भन्छौ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” १० तिनीसितै हुर्केबढेका ती जवान मानिसहरूले तिनलाई भने: “‘तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ; यसलाई हलुको पारिदिनुहोस्‌’ भन्‍ने ती मानिसहरूलाई यस्तो जवाफ दिनुहोस्‌: ‘मेरो कान्छीऔँला मेरा बुबाको कम्मरभन्दा मोटो हुनेछ। ११ मेरा बुबाले तिमीहरूलाई गह्रौँ जुवा बोकाउनुभएको थियो तर म त्यसलाई झनै गह्रौँ बनाइदिनेछु। मेरा बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।’”

१२ तेस्रो दिन यरोबाम र अरू सबै मानिस रहबामकहाँ आए किनकि राजाले तिनीहरूलाई यसो भनेका थिए: “तीन दिनपछि मकहाँ आउनू!”+ १३ तर राजाले बूढापाकाहरूको सल्लाह सुनेनन्‌; तिनले मानिसहरूलाई कठोर जवाफ दिए। १४ तिनले जवान मानिसहरूको सल्लाह स्विकारे र मानिसहरूलाई यसो भने: “मेरो बुबाले तिमीहरूलाई गह्रौँ जुवा बोकाउनुभएको थियो, म त्यसलाई झनै गह्रौँ बनाइदिनेछु। मेरो बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।” १५ राजाले मानिसहरूको कुरा सुन्दै सुनेनन्‌ किनकि यी सबै घटनाको पछाडि यहोवा परमेश्‍वरको हात थियो।+ सिलोका अहियाहमार्फत+ नबातका छोरा यरोबामलाई यहोवाले जे भन्‍नुभएको थियो, त्यो पूरा गर्न उहाँले त्यसो गर्नुभएको थियो।

१६ राजाले तिनीहरूको कुरा नसुनेको देखेपछि सारा इस्राएलीले राजालाई यसो भने: “दाउदसित हाम्रो के सरोकार? यिसैका छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखून्‌। हे इस्राएली हो, तिमीहरू आ-आफ्नो देवताकहाँ फर्केर जाओ। अब दाउदको घरानाको हेरविचार दाउदले नै गरून्‌।” तब सबै इस्राएली आ-आफ्नो घर* फर्के।+ १७ तर रहबामले यहुदाका सहरहरूमा बसोबास गर्ने इस्राएलीहरूमाथि भने शासन गरिरहे।+

१८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक अदोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर इस्राएलीहरूले उसलाई ढुङ्‌गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+ १९ इस्राएलीहरूले आजसम्मै दाउदको घरानाको विद्रोह गरिरहेका छन्‌।+

२० यरोबाम फर्केको थाह पाउनेबित्तिकै सबै इस्राएली एक ठाउँमा भेला भए अनि यरोबामलाई पनि त्यहाँ बोलाए। तिनीहरूले उनलाई सारा इस्राएलमाथि राजा नियुक्‍त गरे।+ यहुदाको कुलले बाहेक अरू कसैले पनि दाउदको घरानालाई साथ दिएन।+

२१ यरुसलेम पुग्नेबित्तिकै रहबामले यहुदाको घरानाबाट र बिन्यामिनको कुलबाट १ लाख ८० हजार तालिमप्राप्त* योद्धा जम्मा गरे किनकि तिनी इस्राएलको घरानासित युद्ध गरेर आफ्नो बुबा सुलेमानको राज्य फिर्ता लिन चाहन्थे।+ २२ तब साँचो परमेश्‍वरका सेवक सेमायाहकहाँ+ उहाँको यो वचन आयो: २३ “सुलेमानको छोरा यहुदाका राजा रहबामलाई, यहुदा र बिन्यामिनको घरानालाई अनि अरू सबै मानिसलाई यसो भन्‍नू: २४ ‘यहोवा यसो भन्‍नुहुन्छ: “तिमीहरू आफ्ना इस्राएली भाइबन्धुसित युद्ध गर्न माथि उक्लेर नजानू। तिमीहरू आ-आफ्नो घर फर्कनू किनकि मेरै इच्छाअनुसार यी सब भएको हो।”’”+ त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरको वचन पालन गरे र यहोवाले भन्‍नुभएझैँ आ-आफ्नो घर फर्के।

२५ त्यसपछि यरोबामले एप्रैमको पहाडी इलाकामा पर्ने सकेम+ सहरलाई अझै मजबुत बनाए र त्यहीँ बसोबास गर्न थाले। त्यहाँबाट उनी पेनुएल+ गए र त्यसलाई पनि मजबुत बनाए। २६ अनि यरोबामले मनमनै यसो भने: “कतै मेरो राज्यका मानिसहरू दाउदको घरानातर्फ फर्कने हुन्‌ कि?+ २७ यदि मेरा मानिसहरू यहोवा परमेश्‍वरको भवनमा बलि चढाउन यरुसलेम गइरहे+ भने एकदिन तिनीहरूको हृदय आफ्ना प्रभु, यहुदाका राजा रहबामतर्फ फर्कनेछ। अनि तिनीहरूले मलाई मार्नेछन्‌ र यहुदाका राजा रहबामकहाँ फर्केर जानेछन्‌।” २८ त्यसैले उनले आफ्ना सल्लाहकारहरूसित कुरा गरे अनि सुनको दुई वटा बाछा बनाए।+ त्यसपछि उनले मानिसहरूलाई भने: “हे इस्राएलीहरू हो, तिमीहरू किन यरुसलेमसम्म जाने दुःख गर्छौ? तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने तिमीहरूका परमेश्‍वर यहाँ छन्‌।”+ २९ त्यसपछि यरोबामले एउटा बाछा बेथेलमा+ र अर्कोचाहिँ दानमा+ राखे। ३० यही कारणले गर्दा मानिसहरूले पाप गर्न पुगे।+ बाछाको पूजा गर्न तिनीहरू दानसम्मै जान थाले।

३१ अनि यरोबामले अग्ला ठाउँहरूमा पूजाथानहरू बनाए र साधारण मानिसहरूलाई पुजारी नियुक्‍त गरे, जो लेविको कुलका थिएनन्‌।+ ३२ उनले आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे,+ जुन यहुदामा मनाइने चाडजस्तै थियो। बेथेलमा बनाएको वेदीमा+ उनले बाछाका मूर्तिहरूको लागि बलि चढाए अनि आफूले बनाएका अग्ला थानहरूमा सेवा गर्न पुजारीहरू पनि नियुक्‍त गरे। ३३ आठौँ महिनाको पन्ध्रौँ दिनमा उनले बेथेलमा बनाइएको वेदीमा बलि चढाउन थाले। त्यो महिना उनी आफैले रोजेका थिए। उनले इस्राएलका मानिसहरूको निम्ति चाड स्थापना गरे अनि वेदीमा उक्लेर माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाए।

१३ यहोवा परमेश्‍वरका एक सेवक+ उहाँको आज्ञा पालन गर्दै यहुदाबाट बेथेल आए। त्यसबेला यरोबाम वेदीनजिकै उभिएर माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाइरहेका थिए।+ २ अनि यहोवा परमेश्‍वरको आज्ञाअनुसारै उहाँका ती सेवकले त्यस वेदीविरुद्ध यस्तो अनिष्ट वाणी सुनाए: “ए वेदी! ए वेदी! यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘हेर! दाउदको घरानामा योसियाह+ नाम गरेको बालक जन्मनेछ। उसले अग्ला थानहरूमा* सेवा गर्ने अनि तँमाथि उक्लेर माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउने पुजारीहरूलाई तँमाथि जलाउनेछ। उसले तँमाथि मान्छेको हड्डी जलाउनेछ।’”+ ३ परमेश्‍वरका ती सेवकले त्यस दिन एउटा चिन्ह पनि दिए। तिनले यसो भने: “यहोवा परमेश्‍वरले दिनुभएको चिन्ह यही हो: हेर! वेदी दुई फ्याक हुनेछ र त्यसमा भएको खरानीचाहिँ* छरपस्ट हुनेछ।”

४ साँचो परमेश्‍वरका ती सेवकले बेथेलको वेदीविरुद्ध गरेको अनिष्ट वाणी सुन्‍नेबित्तिकै राजा यरोबामले आफ्नो हात पसारेर यसो भने: “त्यसलाई समात्‌!”+ त्यति नै खेर उनले पसारेको हात सुक्यो* र उनले त्यसलाई आफूतिर खिच्न सकेनन्‌।+ ५ त्यसपछि वेदी दुई फ्याक भयो र त्यसमा भएको खरानीचाहिँ छरपस्ट भयो। यसरी साँचो परमेश्‍वर यहोवाका सेवकले उहाँको आज्ञाअनुसारै दिएको चिन्ह पूरा भयो।

६ तब राजाले साँचो परमेश्‍वरका सेवकलाई भने: “तपाईँका परमेश्‍वर यहोवालाई ममाथि कृपा गर्न बिन्ती गरिदिनुहोस्‌। बिन्ती छ! मेरो हात निको होस्‌ भनी प्रार्थना गरिदिनुहोस्‌।”+ त्यसैले साँचो परमेश्‍वर यहोवाका ती सेवकले उहाँलाई बिन्ती गरे र राजाको हात पहिलाको जस्तै भयो। ७ त्यसपछि राजाले साँचो परमेश्‍वरका सेवकलाई भने: “मसँगै मेरो घर हिँड्‌नुहोस्‌ र केही खानुहोस्‌। म तपाईँलाई उपहार पनि दिन चाहन्छु।” ८ तर साँचो परमेश्‍वरका सेवकले राजालाई भने: “तपाईँले मलाई आधै महल दिनुभए पनि म तपाईँसँग जानेछैनँ। म यस ठाउँमा एक टुक्रो रोटी खानेछैनँ अनि एक थोपा पानीसमेत पिउनेछैनँ। ९ किनकि यहोवा परमेश्‍वरले मलाई यस्तो आज्ञा दिनुभएको छ: ‘तिमीले केही नखानू र पानीसमेत नपिउनू अनि तिमी जुन बाटो जान्छौ, त्यही बाटो नफर्कनू।’” १० त्यसैले तिनी अर्कै बाटो भएर गए; तिनी जुन बाटो भएर बेथेल आएका थिए, त्यही बाटो फर्केनन्‌।

११ बेथेलमा एक जना वृद्ध भविष्यवक्‍ता बस्थे। तिनका छोराहरू घर आए अनि त्यस दिन बेथेलमा साँचो परमेश्‍वरका सेवकले गरेका सबै कुरा तिनलाई बताए। साँचो परमेश्‍वरका ती सेवकले राजालाई के-के भने, त्यो पनि तिनीहरूले सुनाए। तिनीहरूले यी सब कुरा बताइसकेपछि १२ तिनीहरूका बुबाले सोधे: “तिनी कुन बाटो गए?” तब तिनीहरूले आफ्नो बुबालाई यहुदाबाट आएका साँचो परमेश्‍वरका सेवक गएको बाटो देखाइदिए। १३ अनि ती भविष्यवक्‍ताले आफ्ना छोराहरूलाई भने: “मेरो लागि गधामा काठी कसिदेओ।” तिनीहरूले त्यसै गरे र तिनी गधा चढेर गए।

१४ तिनी साँचो परमेश्‍वरका सेवकलाई पछ्याउँदै गए र तिनले उनलाई एउटा ठूलो रूखमुनि बसिरहेको भेट्टाए। त्यसपछि तिनले सोधे: “यहुदाबाट आउनुभएको साँचो परमेश्‍वरका सेवक तपाईँ नै हुनुहुन्छ?”+ उनले जवाफ दिए: “हजुर, मै हुँ।” १५ तिनले भने: “मसँगै मेरो घर हिँड्‌नुहोस्‌ र केही खानुहोस्‌।” १६ तर उनले जवाफ दिए: “म तपाईँको निम्तो स्विकार्न र फर्केर तपाईँकहाँ आउन सक्दिनँ। मैले यस ठाउँमा केही खान वा पिउन पनि मिल्दैन। १७ किनकि यहोवा परमेश्‍वरले मलाई यस्तो आज्ञा दिनुभएको छ, ‘तिमीले त्यहाँ केही नखानू र पानीसमेत नपिउनू। अनि तिमी जुन बाटो जान्छौ, त्यही बाटो नफर्कनू।’” १८ तब ती वृद्ध भविष्यवक्‍ताले भने: “म पनि तपाईँजस्तै भविष्यवक्‍ता हुँ अनि एक जना स्वर्गदूतले मलाई यहोवा परमेश्‍वरको यो निर्देशन दिएका थिए, ‘गएर उसलाई आफ्नो घरमा ल्याऊ अनि केही खानेकुरा र पानी देऊ।’” (तिनले झूट बोलिरहेका थिए।) १९ तब परमेश्‍वरका ती सेवक तिनको घरमा खानेकुरा खान र पानी पिउन फर्केर गए।

२० तिनीहरू टेबुलमा बसिरहेको बेला यहोवा परमेश्‍वरको वचन ती वृद्ध भविष्यवक्‍ताकहाँ आयो, जसले उनलाई फर्काएर ल्याएका थिए। २१ तिनले यहुदाबाट आएका साँचो परमेश्‍वरका सेवकलाई भने, “यहोवा यसो भन्‍नुहुन्छ: ‘तिमीले यहोवाको आदेश पालन गरेनौ र तिम्रा परमेश्‍वर यहोवाले दिनुभएको आज्ञा उल्लङ्‌घन गऱ्‍यौ। २२ मैले तिमीलाई जुन ठाउँमा गएर खानेकुरा नखानू र पानी नपिउनू भनेको थिएँ, तिमी त्यही ठाउँमा खानपिन गर्न फर्क्यौ। त्यसैले तिम्रो लास तिम्रो पितापुर्खाको चिहानमा गाडिनेछैन।’”+

२३ साँचो परमेश्‍वरका ती सेवकले खानपिन गरिसकेपछि वृद्ध भविष्यवक्‍ताले उनको लागि गधामा काठी कसिदिए, जसलाई तिनले फर्काएर ल्याएका थिए। २४ त्यसपछि उनी आफ्नो बाटो लागे। तर बाटोमा एउटा सिंहले उनलाई आक्रमण गरेर माऱ्‍यो।+ उनको लास बाटोमै पस्रिरह्‍यो र उनी चढेर आएको गधाचाहिँ लासको छेवैमा उभिरहेको थियो। सिंह पनि त्यहीँ उभिरहेको थियो। २५ त्यो बाटो भएर आउजाउ गर्ने मानिसहरूले लास बाटोमा लडिरहेको र सिंहचाहिँ लासको छेवैमा उभिरहेको देखे। तिनीहरूले ती वृद्ध भविष्यवक्‍ता बस्ने सहरमा गएर त्यहाँका मानिसहरूलाई यो कुरा सुनाए।

२६ परमेश्‍वरका ती सेवकलाई फर्काएर ल्याउने वृद्ध भविष्यवक्‍ताले यो कुरा सुन्‍नेबित्तिकै यसो भने: “त्यो लास साँचो परमेश्‍वरका सेवककै हुनुपर्छ। उनले यहोवाको आदेश पालन नगरेको हुनाले+ यहोवाले उनलाई सिंहको सिकार बनाउनुभयो र सिंहले उनलाई आक्रमण गरेर माऱ्‍यो। यहोवाले उनलाई जे भन्‍नुभएको थियो, त्यही भयो।”+ २७ तब तिनले आफ्ना छोराहरूलाई भने: “मेरो लागि गधामा काठी कसिदेओ।” तिनीहरूले त्यसै गरे। २८ त्यसपछि तिनी त्यहाँबाट गए। तिनले परमेश्‍वरका सेवकको लास बाटोमा भेट्टाए अनि गधा र सिंह लासको छेवैमा उभिरहेको पनि देखे। सिंहले न त्यो लास खाएको थियो न त गधालाई आक्रमण नै गरेको थियो। २९ ती भविष्यवक्‍ताले साँचो परमेश्‍वरका सेवकको लास उठाएर गधामा राखे अनि उनलाई गाड्‌न र उनको निम्ति शोक मनाउन उनको लास आफ्नो सहरमा ल्याए। ३० तिनले त्यो लास आफ्नो लागि बनाइएको चिहानमा गाडे र तिनीहरूले यसो भन्दै शोक गरे: “हाय, मेरो भाइ! यो के भयो?” ३१ लास गाडिसकेपछि ती भविष्यवक्‍ताले आफ्ना छोराहरूलाई यसो भने: “म मरेपछि मेरो लास पनि साँचो परमेश्‍वरका सेवक गाडिएकै ठाउँमा गाडिदिनू। मेरा हड्डीहरू तिनकै हड्डीहरूको छेउमा रहून्‌।+ ३२ यहोवा परमेश्‍वरको आज्ञाअनुसारै तिनले बेथेलको वेदीविरुद्ध अनि सामरियाका सहरहरूको अग्ला ठाउँहरूमा भएका सबै पूजाथानविरुद्ध+ सुनाएको अनिष्ट वाणी अवश्‍य पूरा हुनेछ।”+

३३ यी सबै घटना भइसकेपछि पनि यरोबाम गलत बाटोमा हिँड्‌न छोडेनन्‌। तिनले साधारण मानिसहरूलाई उपासनाको लागि बनाइएका अग्ला थानहरूको पुजारी बनाउन छोडेनन्‌।+ पुजारी बन्‍न चाहने जो कोहीलाई पनि यरोबाम पुजारी नियुक्‍त गर्थे। तिनी यसो भन्थे: “उसलाई अग्ला थानहरूको पुजारी बन्‍न देऊ।”+ ३४ यरोबामको घरानाले गरेको यस्तो पापले गर्दा+ तिनीहरूको विनाश भयो र पृथ्वीबाट तिनीहरूको नामोनिसानै मेटियो।+

१४ त्यही समयतिर यरोबामको छोरा अबियाह बिरामी भयो। २ त्यसैले यरोबामले आफ्नी पत्नीलाई भने: “तिमी सिलो जाऊ। अनि बिन्ती छ, आफ्नो भेष बदलेर जानू नत्र त तिमी यरोबामकी पत्नी हौ भनेर अरूले थाह पाउनेछन्‌। त्यहाँ गएर भविष्यवक्‍ता अहियाहलाई भेट। म इस्राएलीहरूको राजा हुनेछु भनेर उनले नै मलाई भनेका थिए।+ ३ आफूसँग १० वटा रोटी, केही गुलियो रोटी र एक भाँडो मह पनि लैजानू। अनि हाम्रो छोरालाई के हुनेछ, उनले बताउनेछन्‌।”

४ यरोबामकी पत्नीले त्यसै गरिन्‌। तिनी उठेर सिलो गइन्‌+ र अहियाहको घरमा आइपुगिन्‌। धेरै वृद्ध भइसकेकोले अहियाहको आँखाको ज्योति गइसकेको थियो, उनी केही देख्दैनथे।

५ तर यहोवा परमेश्‍वरले अहियाहलाई यसो भनिसक्नुभएको थियो: “यरोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न तिमीकहाँ आउँदै छिन्‌। किनकि तिनको छोरा बिरामी भएको छ। तिमीले तिनलाई के भन्‍नुपर्ने हो, म बताउनेछु। तिनी यहाँ भेष बदलेर आउनेछिन्‌।”

६ जब अहियाहले तिनी ढोकामा आइरहेको आवाज सुने, तब उनले तिनलाई भने: “ए यरोबामकी पत्नी, भित्रै आऊ। तिमी किन भेष बदलेर आयौ? तिमीलाई एउटा कठोर सन्देश सुनाउन परमेश्‍वरले मलाई आदेश दिनुभएको छ। ७ गएर यरोबामलाई भन, ‘इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मेरो प्रजा इस्राएलीहरूको नाइके बनाउन मैले तिम्रा मानिसहरूमध्ये तिमीलाई रोजेँ।+ ८ अनि मैले दाउदको घरानाबाट राज्य खोसेर तिमीलाई दिएँ।+ तर तिमी मेरा सेवक दाउदजस्तो भएनौ, जसले मेरा आज्ञाहरू पालन गरेका थिए र हृदयदेखि नै मेरो पछि लागेका थिए। तिनले मेरो नजरमा जे सही छ, त्यही मात्र गरे।+ ९ तर तिमीले त तिम्रा पूर्वजले भन्दा धेरै खराब काम गऱ्‍यौ। तिमीले आफ्नो निम्ति अरू देवीदेवता र धातुका मूर्तिहरू* बनाएर मलाई रिस उठायौ।+ तिमीले मलाई नै पिठिउँ फर्कायौ।+ १० त्यसैले म यरोबामको घरानामाथि विपत्ति ल्याउनेछु। म तिनको घरानाका सबै पुरुषलाई नाश गर्नेछु। म इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत छोड्‌नेछैनँ। कसैले गोबर सोहोरेर सिनित्तै पारेझैँ म यरोबामको घरानाको+ नामोनिसान मेटाइदिनेछु। ११ यरोबामको घरानाका जो-जो सहरमा मर्छन्‌, उनीहरूलाई कुकुरहरूले खानेछन्‌ अनि जो-जो मैदानमा मर्छन्‌, उनीहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन्‌ किनकि यहोवाले नै यसो भन्‍नुभएको छ।”’

१२ “अब तिमी आफ्नो घर फर्क। तिमीले सहरमा पाइला टेक्नेबित्तिकै तिम्रो छोरा मर्नेछ। १३ अनि सबै इस्राएलीले तिम्रो छोराको निम्ति शोक गर्नेछन्‌ र उसलाई लगेर गाड्‌नेछन्‌। उसलाई बाहेक यरोबामको परिवारको अरू कसैलाई पनि चिहानमा गाडिनेछैन। किनकि इस्राएलका परमेश्‍वर यहोवाले यरोबामको घरानामा उसमा मात्र केही असल कुरा भेट्टाउनुभएको छ। १४ यहोवा परमेश्‍वरले इस्राएलमा एक जना राजा खडा गर्नुहुनेछ र समय आएपछि तिनले यरोबामको घरानाको नामोनिसान मेटाइदिनेछन्‌।+ हो, परमेश्‍वरले चाहनुभयो भने अहिल्यै यसो गर्न सक्नुहुन्छ। १५ यहोवा परमेश्‍वरले इस्राएललाई प्रहार गर्नुहुनेछ र त्यसको हालत पानीमा यताउता हल्लिरहने नर्कटको जस्तै हुनेछ। उहाँले इस्राएलीहरूका पितापुर्खालाई दिनुभएको यो सुन्दर भूमिबाट तिनीहरूलाई जरैसमेत उखेल्नुहुनेछ।+ अनि उहाँले तिनीहरूलाई युफ्रेटिस नदीको पारिपट्टिसम्मै तितरबितर पार्नुहुनेछ+ किनकि तिनीहरूले आफ्नो निम्ति पवित्र खामाहरू* बनाएर+ यहोवा परमेश्‍वरलाई रिस उठाएका छन्‌। १६ यरोबामले पाप गरेकोले र इस्राएलीहरूलाई पनि पाप गर्न लगाएकोले परमेश्‍वरले इस्राएललाई त्याग्नुहुनेछ।”+

१७ त्यसपछि यरोबामकी पत्नी उठिन्‌ र आफ्नो बाटो लागिन्‌। तिनी तिर्जाह सहरमा आइन्‌। तिनले आफ्नो घरको ढोकाको सँघारमा पाइला राख्नेबित्तिकै तिनको छोरा मऱ्‍यो। १८ त्यसपछि उनीहरूले त्यस ठिटोलाई लगेर गाडे र उसको निम्ति सारा इस्राएलले शोक गऱ्‍यो। यसरी यहोवा परमेश्‍वरले आफ्ना सेवक, भविष्यवक्‍ता अहियाहमार्फत भन्‍नुभएको कुरा पूरा भयो।

१९ यरोबामको जीवनकालका बाँकी घटनाहरू, उनले लडेका युद्धहरू+ र उनको शासनबारे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। २० यरोबामले २२ वर्ष शासन गरे। त्यसपछि उनी आफ्ना पितृहरूसितै सुते+ र उनको ठाउँमा उनका छोरा नादाब राजा भए।+

२१ यहुदामा चाहिँ सुलेमानका छोरा रहबाम राजा भएका थिए। राजा हुँदा रहबाम ४१ वर्षका थिए। यहोवा परमेश्‍वरले आफ्नो नाम जोड्‌न+ इस्राएलका सबै कुलमध्ये रोज्नुभएको सहर+ यरुसलेममा तिनले १७ वर्ष शासन गरे। रहबामकी आमाको नाम नामाह थियो। उनी अम्मोनी थिइन्‌।+ २२ यहुदाका मानिसहरूले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ तिनीहरूले पाप गरे अनि उहाँलाई आफ्ना पितापुर्खाले भन्दा धेरै रिस उठाए।+ २३ तिनीहरूले डाँडा-डाँडामा+ र झ्याम्म परेका हरेक रूखमुनि+ आफ्नो निम्ति अग्ला थानहरू,* पवित्र थामहरू* र पवित्र खामाहरू बनाउन छोडेनन्‌।+ २४ यहुदाका मन्दिरहरूमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरू पनि थिए।+ जुन जातिहरूलाई यहोवा परमेश्‍वरले इस्राएलीहरूको सामनेबाट निकालिदिनुभएको थियो, ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू यहुदाका मानिसहरूले गरे।

२५ राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा सिसक+ यरुसलेमलाई आक्रमण गर्न आए।+ २६ तिनले यहोवा परमेश्‍वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+ २७ त्यसैले राजा रहबामले त्यसको सट्टा तामाका ढालहरू बनाए र ती ढालहरू महलको ढोकामा पहरा दिने पहरेदारहरूका कप्तानहरूको जिम्मा लगाए। २८ जब-जब यहोवा परमेश्‍वरको भवनमा राजा आउँथे, तब-तब पहरेदारहरूले ती ढालहरू बोक्थे अनि फेरि त्यसलाई लगेर पहरेदारहरूको चौकीमा राख्थे।

२९ रहबामको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।+ ३० रहबाम र यरोबामबीच सधैँ युद्ध भइरहन्थ्यो।+ ३१ रहबाम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो।+ रहबामकी आमाको नाम नामाह थियो। उनी अम्मोनी थिइन्‌।+ त्यसपछि रहबामका छोरा अबियाम*+ राजा भए।

१५ नबातका छोरा राजा यरोबामको+ शासनकालको १८ औँ वर्षमा अबियाम यहुदाका राजा भए।+ २ तिनले यरुसलेममा तीन वर्ष शासन गरे। तिनकी आमाको नाम माकाह थियो।+ उनी अबिसालोमकी नातिनी थिइन्‌। ३ तिनका बुबाले पहिला जे-जे पाप गरेका थिए, तिनले ती सबै गरे। तिनी आफ्ना परमेश्‍वर यहोवाप्रति हृदयदेखि वफादार भएनन्‌; तिनी आफ्ना पुर्खा दाउदजस्तो हुन सकेनन्‌। ४ तैपनि दाउदका+ परमेश्‍वर यहोवाले दाउदको खातिर अबियामको छोरालाई तिनीपछि राजा बनाउनुभयो र यरुसलेमलाई रहिरहन दिनुभयो।+ यसरी उहाँले यरुसलेममा तिनको दियो बलिरहन दिनुभयो।* ५ किनकि दाउदले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरेका थिए। तिनले आफ्नो जीवनभरि उहाँका सबै आज्ञा पालन गरे। तिनी केवल हित्ती उरियाहको+ मामिलामा चुके। ६ रहबाम जीवित रहुन्जेल रहबाम र यरोबामबीच लडाइँ भइरह्‍यो।+

७ अबियामको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।+ अबियाम र यरोबामबीच पनि लडाइँ भयो।+ ८ अबियाम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा गाडियो। त्यसपछि तिनका छोरा आसा+ राजा भए।+

९ इस्राएलका राजा यरोबामको शासनकालको २० औँ वर्षमा आसाले यहुदामाथि शासन गर्न थाले। १० तिनले यरुसलेममा ४१ वर्ष शासन गरे। तिनकी हजुरआमाको नाम माकाह थियो।+ उनी अबिसालोमकी नातिनी थिइन्‌। ११ आसाले आफ्नो पुर्खा दाउदले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे।+ १२ तिनले मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूलाई देशबाट निकालिदिए+ अनि आफ्ना पितापुर्खाले बनाएका सबै घिनलाग्दा मूर्ति* पनि हटाइदिए।+ १३ तिनले आफ्नी हजुरआमा माकाहलाई समेत राजमाताको पदबाट हटाइदिए+ किनकि उनले पवित्र खामोको* उपासना गर्न एउटा अश्‍लील मूर्ति बनाएकी थिइन्‌। आसाले त्यो अश्‍लील मूर्ति ढालिदिए+ र त्यसलाई किद्रोन बेँसीमा लगेर जलाइदिए।+ १४ तर अग्ला थानहरू* भने हटाइएनन्‌।+ तैपनि आसा आफ्नो जीवनभर पूर्ण हृदयले यहोवा परमेश्‍वरप्रति वफादार भइरहे। १५ तिनले आफू र आफ्नो बुबाले पवित्र पारेका सुन, चाँदी र विभिन्‍न सरसामान यहोवा परमेश्‍वरको भवनमा ल्याए।+

१६ आसा र इस्राएलका राजा बासाबीच+ सधैँ लडाइँ चलिरहन्थ्यो। १७ इस्राएलका राजा बासा यहुदाविरुद्ध उठे अनि यहुदाका राजा आसाको इलाकामा कोही पनि जान नसकोस्‌ अनि त्यहाँबाट कोही आउन पनि नपाओस्‌ भनेर बासाले रामा+ सहरलाई मजबुत बनाउन थाले।+ १८ तब आसाले यहोवा परमेश्‍वरको भवनको भण्डारमा र राजमहलको भण्डारमा बाँकी रहेका सबै सुन र चाँदी आफ्ना सेवकहरूको हातमा सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद हेज्योनका नाति र तब्रिमोनका छोरा थिए। उनी दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पठाए: १९ “तपाईँको बुबा र मेरो बुबाले जस्तै तपाईँ र मैले पनि सन्धि* गरेका छौँ। म तपाईँलाई भेटीस्वरूप सुन र चाँदी पठाउँदै छु। अब इस्राएलका राजा बासासित गरेको सन्धि तोडिदिनुहोस्‌ र तिनी मेरो इलाका छोडेर जाऊन्‌।” २० बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूमाथि आक्रमण गर्न पठाए। तिनीहरूले इयोन,+ दान,+ हाबिल-बेथ-माकाह र पूरै किन्‍नरेथ अनि नप्तालिको कुलको सारा इलाकालाई आक्रमण गरे। २१ यो कुरा सुन्‍नेबित्तिकै बासाले रामा सहरलाई मजबुत बनाउन छोडे र तिर्जाहमा गएर बस्न थाले।+ २२ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई भेला गराए। अनि तिनीहरूले रामा सहरलाई मजबुत बनाउन बासाले प्रयोग गरेका ढुङ्‌गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्‌गाहरू र काठहरूबाट मिस्पा सहरलाई+ अनि बिन्यामिनको इलाकामा पर्ने गेबा सहरलाई+ मजबुत बनाए।

२३ आसाको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता, तिनले गरेका सबै काम र तिनले बसालेका* सहरहरूबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। तिनी वृद्ध भएपछि तिनको खुट्टामा रोग लाग्यो।+ २४ त्यसपछि आसा आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। त्यसपछि तिनको छोरा यहोसापात+ राजा भए।

२५ यहुदाका राजा आसाको शासनकालको दोस्रो वर्षमा यरोबामका छोरा नादाब+ इस्राएलका राजा भए। तिनले इस्राएलमा दुई वर्ष शासन गरे। २६ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। तिनी आफ्नो बुबाकै चालमा हिँडे।+ तिनका बुबाले जुन पाप गरेका थिए र इस्राएललाई पनि गर्न लगाएका थिए, तिनले त्यही गरे।+ २७ इस्साकारको घरानाका अहियाहका छोरा बासाले नादाबविरुद्ध षड्‌यन्त्र रचे। उनले नादाबलाई पलिस्तियालीहरूको सहर गिब्बथोनमा मारे।+ त्यसबेला नादाब आफ्ना सबै इस्राएली सैनिक लिएर गिब्बथोनलाई घेरा हालेर बसिरहेका थिए। २८ यसरी यहुदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा बासाले नादाबलाई मारे र उनी नादाबको ठाउँमा राजा भए। २९ राजा हुनेबित्तिकै बासाले यरोबामको घरानाका सबैलाई मारे; उनले एक जनालाई पनि बाँकी राखेनन्‌। यहोवा परमेश्‍वरले आफ्ना सेवक, सिलोका अहियाहमार्फत भन्‍नुभएको वचनअनुसारै बासाले यरोबामको घरानालाई सखाप पारे।+ ३० किनकि यरोबामले पाप गरेका थिए र इस्राएललाई पनि पाप गर्न लगाएका थिए। अनि तिनले इस्राएलका परमेश्‍वर यहोवालाई साह्रै रिस उठाएका थिए। ३१ नादाबको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ३२ आसा र इस्राएलका राजा बासाबीच सधैँ लडाइँ चलिरहन्थ्यो।+

३३ यहुदाका राजा आसाको शासनकालको तेस्रो वर्षमा अहियाहका छोरा बासा इस्राएलका राजा भए। तिनले तिर्जाह सहरबाट इस्राएलमा २४ वर्ष शासन गरे।+ ३४ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ तिनी यरोबामकै चालमा हिँडे। यरोबामले जुन पाप गरेका थिए र इस्राएललाई पनि गर्न लगाएका थिए, तिनले त्यही गरे।+

१६ यहोवा परमेश्‍वरले हानानिका+ छोरा येहुमार्फत बासालाई यस्तो सजाय सुनाउनुभयो:+ २ “मैले तिमीलाई धुलोबाट उठाएर मेरो प्रजा इस्राएलको अगुवा बनाएँ।+ तर तिमी यरोबामको चालमा हिँड्‌न छोडेनौ अनि मेरो प्रजा इस्राएललाई तिमीले पाप गर्न लगायौ र तिनीहरूले पाप गरेर मलाई असाध्यै रिस उठाए।+ ३ त्यसैले ए बासा, म तिम्रो र तिम्रो घरानाको नामोनिसान मेटाइदिनेछु। म तिम्रो घरानाको हालत पनि नबातको छोरा यरोबामको घरानाको+ जस्तै बनाइदिनेछु। ४ बासाको घरानाका जो-जो सहरमा मर्छन्‌, उनीहरूलाई कुकुरहरूले खानेछन्‌ अनि जो-जो मैदानमा मर्छन्‌, उनीहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन्‌।”

५ बासाको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता र तिनले गरेका काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ६ बासा आफ्ना पितृहरूसितै सुते र तिनलाई तिर्जाहमा गाडियो।+ त्यसपछि तिनका छोरा एलाह राजा भए। ७ बासाले यहोवा परमेश्‍वरको नजरमा थुप्रै घिनलाग्दा काम गरे अनि यरोबामको घरानाले जस्तै खराब काम गरेर परमेश्‍वरलाई असाध्यै रिस उठाए। साथै बासाले नादाबलाई पनि मारे। यी दुई कारणले गर्दा यहोवा परमेश्‍वरले हानानिका छोरा येहुमार्फत बासा र तिनको घरानालाई सजाय सुनाउनुभएको थियो।+

८ यहुदाका राजा आसाको शासनकालको २६ औँ वर्षमा बासाका छोरा एलाह इस्राएलका राजा भए। उनले तिर्जाहबाट इस्राएलमाथि दुई वर्ष शासन गरे। ९ एलाहको जिम्रि नाम गरेका एक जना सेवक थिए। तिनी एलाहको रथ हाँक्ने सैनिकहरूमध्ये आधा सैनिकहरूको सेनापति थिए। तिनले एलाहविरुद्ध षड्‌यन्त्र रचे। त्यतिबेला एलाह तिर्जाहमा आफ्नो घरानाको रेखदेख गर्ने अर्जाको घरमा रक्सी पिएर लट्ठ परेका थिए। १० जिम्रि त्यहाँ गए र एलाहलाई मारे।+ अनि तिनी एलाहको ठाउँमा राजा भए। त्यतिबेला यहुदाका राजा आसाले शासन गरेको २७ वर्ष भइसकेको थियो। ११ सिंहासनमा बस्नेबित्तिकै जिम्रिले बासाको घरानाका सबैलाई नाश गरे। तिनले सबै पुरुषलाई मारे। बासाको आफन्त* वा साथी पर्ने एउटै पुरुषलाई तिनले बाँकी राखेनन्‌। १२ जिम्रिले बासाको पूरै घरानालाई सखाप पारिदिए। यसरी भविष्यवक्‍ता येहुमार्फत यहोवा परमेश्‍वरले बासाविरुद्ध भन्‍नुभएको वचन पूरा भयो।+ १३ बासा अनि उनको छोरा एलाहले पाप गरेका थिए र इस्राएलीहरूलाई पनि पाप गर्न लगाएका थिए। अनि उनीहरूले बेकामका मूर्तिहरू पुजेर इस्राएलका परमेश्‍वर यहोवालाई असाध्यै रिस उठाएका थिए।+ त्यसैले उहाँले बासाको घरानामाथि यस्तो विपत्ति ल्याउनुभएको थियो। १४ एलाहको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।

१५ यहुदाका राजा आसाको शासनकालको २७ औँ वर्षमा जिम्रि तिर्जाहमा राजा भए। तिनले जम्मा सात दिन शासन गरे। त्यतिबेला इस्राएली सेना पलिस्तियालीहरूको सहर गिब्बथोनलाई+ आक्रमण गर्न छाउनी हालेर बसिरहेको थियो। १६ केही समयपछि छाउनी हालेर बसिरहेका ती सैनिकहरूले यस्तो खबर पाए: “जिम्रिले षड्‌यन्त्र रचेर राजालाई मारे।” त्यही दिन सबै सैनिकले* छाउनीमा सेनापति ओम्रिलाई+ इस्राएलको राजा बनाए। १७ त्यसपछि ओम्रि आफूसँग भएका सबै सैनिकलाई* लिएर गिब्बथोनबाट गए अनि तिर्जाहलाई घेराबन्दी गरे। १८ सहर कब्जा भएको देखेपछि जिम्रि राजमहलको किल्लाभित्र पसे र महलमा आगो लगाइदिए। तिनी आफै पनि त्यहीँ जलेर मरे।+ १९ तिनले यरोबामको चालमा चलेर यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरेका थिए र इस्राएलीहरूलाई पनि पाप गर्न लगाएका थिए।+ त्यसैले तिनको यस्तो हालत भयो। २० जिम्रिको जीवनकालका बाँकी घटनाहरू र तिनले रचेको षड्‌यन्त्रबारे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।

२१ त्यस घटनापछि इस्राएलीहरू दुई वटा गुटमा विभाजित भए। एउटा गुटले गिनथका छोरा तिब्निको पक्ष लियो। तिनीहरू तिब्निलाई राजा बनाउन चाहन्थे। अर्को गुटले चाहिँ ओम्रिको पक्ष लियो। २२ तर ओम्रिको गुटले गिनथका छोरा तिब्निको गुटलाई हरायो। अनि तिब्नि मरे र ओम्रि राजा भए।

२३ यहुदाका राजा आसाको शासनकालको ३१ औँ वर्षमा ओम्रि राजा भएका थिए। तिनले १२ वर्ष शासन गरे। तिनले तिर्जाहमा चाहिँ छ वर्ष शासन गरे। २४ तिनले दुई टालेन्ट* चाँदी तिरेर सेमेरसँग पहाड किने र त्यहाँ एउटा सहर बसाले। तिनले आफूले बनाएको सहरको नाम त्यस पहाडको मालिक सेमेरको नामबाट सामरिया* राखे।+ २५ ओम्रिले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। तिनी आफ्ना पूर्वजभन्दा खराब भए।+ २६ तिनी नबातका छोरा यरोबामको चालमा हिँडे। यरोबामले जस्तै तिनले पनि इस्राएलीहरूलाई पाप गर्न लगाए। उनीहरूले बेकामका मूर्तिहरू पुजेर इस्राएलका परमेश्‍वर यहोवालाई असाध्यै रिस उठाए।+ २७ ओम्रिको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता र तिनले गरेका कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २८ ओम्रि आफ्ना पितृहरूसितै सुते र तिनलाई सामरियामा गाडियो। त्यसपछि तिनका छोरा आहाब+ राजा भए।

२९ यहुदाका राजा आसाको शासनकालको ३८ औँ वर्षमा ओम्रिका छोरा आहाब इस्राएलका राजा भएका थिए। आहाबले सामरियाबाट+ इस्राएलमा २२ वर्ष शासन गरे। ३० ओम्रिका छोरा आहाब यहोवा परमेश्‍वरको नजरमा तिनका पूर्वजभन्दा खराब थिए।+ ३१ नबातका छोरा यरोबामले जुन पाप गरेका थिए, तिनले त्यही गरे।+ यतिले पनि नपुगेर तिनले सिदोनीहरूका+ राजा एतबालकी छोरी ईजेबेलसित+ विवाह गरे अनि बाआल+ देवतालाई ढोग्न र त्यसलाई पुज्न थाले। ३२ साथै तिनले सामरियामा बनाएको बाआलको मन्दिरमा एउटा वेदी बनाए।+ ३३ आहाबले पवित्र खामो* पनि बनाए।+ तिनले खराब कामहरू गरेर इस्राएलका परमेश्‍वर यहोवालाई आफूअघिका सबै राजाले भन्दा धेरै रिस उठाए।

३४ आहाबको शासनकालमा बेथेलका हिएलले यरिहो सहर फेरि निर्माण गरे। तर यसको लागि उनले ठूलो मोल चुकाउनुपऱ्‍यो। उनले यस सहरको जग हाल्दा उनको जेठो छोरा अबिराम मऱ्‍यो अनि उनले यस सहरका मूलढोकाहरू खडा गर्दा उनको कान्छो छोरा सिगब मऱ्‍यो। यसरी यहोवा परमेश्‍वरले नुनका छोरा यहोसुमार्फत भन्‍नुभएको वचन पूरा भयो।+

१७ गिलादमा बस्ने+ तिस्बेली एलियाले*+ आहाबलाई यसो भने: “इस्राएलका जीवित परमेश्‍वर यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर म भन्छु: अब केही वर्ष मेरो वचनविना देशमा न शीत न त पानी नै पर्नेछ।”+

२ तब यहोवा परमेश्‍वरको यो वचन एलियाकहाँ आयो: ३ “यो ठाउँ छोडेर पूर्वतिर जाऊ। अनि यर्दनको पूर्वपट्टि पर्ने केरिथ बेँसीमा* गएर लुक। ४ तिमीले खोलाको पानी पिउनू अनि तिमीलाई खुवाउन म कागहरूलाई हुकुम गर्नेछु।”+ ५ एलिया तुरुन्तै त्यहाँबाट गए र यहोवा परमेश्‍वरको आज्ञाअनुसारै गरे। तिनी यर्दनको पूर्वपट्टि पर्ने केरिथ बेँसीमा गएर बस्न थाले। ६ कागहरूले हरेक दिन बिहान र बेलुकी तिनका लागि रोटी र मासु ल्याइदिन्थे। अनि तिनी खोलाको पानी पिउँथे।+ ७ तर केही दिनपछि त्यो खोला सुक्यो+ किनकि देशमा पानी पर्न बन्द भइसकेको थियो।

८ त्यसपछि यहोवा परमेश्‍वरको यो वचन तिनीकहाँ आयो: ९ “अब यहाँबाट सिदोनको सारपत सहर जाऊ र त्यहीँ बस। त्यहाँ तिमीलाई खानेकुरा दिन म एक जना विधवालाई अह्राउनेछु।”+ १० त्यसैले तिनी सारपत गए। सहरको मूलढोकामा पुग्दा तिनले एक जना विधवालाई दाउरा बटुलिरहेकी देखे। तब तिनले त्यस विधवालाई बोलाएर यसो भने: “कृपया मलाई अलिकता पिउने पानी देऊ।”+ ११ ती विधवा पानी लिन जाँदै गर्दा एलियाले फेरि उनलाई बोलाएर भने: “कृपया एक टुक्रा रोटी पनि ल्याइदेऊ।” १२ तब उनले भनिन्‌: “तपाईँका परमेश्‍वर, जीवित परमेश्‍वर यहोवाको कसम खाएर भन्छु, मसँग रोटीको एक टुक्रो पनि छैन। घ्याम्पोमा एक मुठी पीठो र भाँडोमा अलिकता तेलबाहेक मसँग अरू केही छैन।+ म र मेरो छोराको लागि केही पकाउन यहाँ झिँजामिजा बटुल्दै छु। यो नै हाम्रो अन्तिम छाक हो; त्यसपछि त हामी भोकै मर्नेछौँ।”

१३ अनि एलियाले उनलाई भने: “नडराऊ, गएर तिमीले भनेझैँ गर। तर पहिले तिमीसँग जे छ, त्यसको एउटा सानो रोटी बनाएर मकहाँ ल्याऊ। त्यसपछि आफू र आफ्नो छोराको लागि केही बनाऊ। १४ किनकि इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘यहोवाले यस भूमिमा पानी नबर्साउनुभएसम्म घ्याम्पोको पीठो सिद्धिनेछैन र भाँडोको तेल पनि रित्तिनेछैन।’”+ १५ त्यसैले उनी गइन्‌ र एलियाले भनेझैँ गरिन्‌। एलिया, ती विधवा र उनको परिवारको निम्ति धेरै दिनसम्म खानेकुरा पुग्यो।+ १६ यहोवा परमेश्‍वरले एलियामार्फत भन्‍नुभएझैँ घ्याम्पोको पीठो सिद्धिएन र भाँडोको तेल पनि रित्तिएन।

१७ केही समयपछि त्यस विधवाको* छोरा बिरामी भयो। ऊ झन्‌झन्‌ सिकिस्त हुँदै गयो र मऱ्‍यो।+ १८ उनले एलियालाई भनिन्‌: “हे साँचो परमेश्‍वरका सेवक! मैले तपाईँको के बिगार गरेकी थिएँ र? तपाईँ त यहाँ मेरो दोष देखाइदिन र मेरो छोरालाई मार्न आउनुभएको रहेछ।”+ १९ एलियाले भने: “तिम्रो छोरा मलाई देऊ।” त्यसपछि तिनले त्यस विधवाको काखबाट उनको छोरा लिए र माथि आफ्नो कोठामा लगे। अनि उसलाई आफ्नो ओछ्यानमा सुताए।+ २० तिनले यहोवा परमेश्‍वरलाई पुकारेर यसो भने: “हे यहोवा! मेरा परमेश्‍वर!+ म जसकहाँ बस्दै छु, तिनीमाथि किन यत्रो विपत्ति ल्याउनुभयो? तपाईँले किन यस विधवाको छोराको ज्यान लिनुभयो?” २१ त्यसपछि तिनी त्यस बालकमाथि तीन पटक लम्पसार परे र यहोवा परमेश्‍वरलाई यसरी पुकारे: “हे यहोवा! मेरा परमेश्‍वर! बिन्ती छ, यस बालकलाई जिउँदो बनाइदिनुहोस्‌।” २२ यहोवा परमेश्‍वरले एलियाको बिन्ती सुन्‍नुभयो+ र त्यो बालक जिउँदो भयो।+ २३ तब एलिया बालकलाई लिएर तल ओर्ले र उसकी आमालाई दिँदै यसो भने: “हेर! तिम्रो छोरा जिउँदो भयो।”+ २४ तब ती स्त्रीले एलियालाई भनिन्‌: “अब मलाई पक्का भयो, तपाईँ साँच्चै यहोवा परमेश्‍वरका सेवक हुनुहुँदो रहेछ+ र तपाईँको मुखबाट निस्केको उहाँको वचन सत्य रहेछ।”

१८ केही समयपछि, तेस्रो वर्षमा+ यहोवा परमेश्‍वरको यो वचन एलियाकहाँ आयो: “गएर आहाबलाई भेट। अब म यस भूमिमा पानी बर्साउनेछु।”+ २ त्यसैले एलिया आहाबलाई भेट्‌न गए। त्यतिबेला सामरियामा डरलाग्दो अनिकाल परेको थियो।+

३ त्यही समयमा आहाबले आफ्नो घरानाको रेखदेख गर्ने ओबदियाहलाई बोलाए। (ओबदियाह यहोवा परमेश्‍वरको असाध्यै डर मान्थे। ४ ईजेबेलले+ यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूको हत्या गरेको बेला ओबदियाहले १०० जना भविष्यवक्‍तालाई ५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखेका थिए। तिनले उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिएका थिए।) ५ आहाबले ओबदियाहलाई यस्तो हुकुम गरे: “देशका सबै खोलानाला र बेँसीमा* जाऊ। घोडा र खच्चरको लागि पुग्दो घाँस पाइएला कि? नत्र त अनिकालले गर्दा हाम्रो सबै वस्तुभाउ सखाप हुनेछ।” ६ त्यसैले को कुन इलाकामा जाने, तिनीहरूले छुट्ट्याए र देशको दौडाहामा निस्के। आहाब एकातिर र ओबदियाहचाहिँ अर्कोतिर गए।

७ ओबदियाह बाटोमा गइरहेको बेला एलिया तिनलाई भेट्‌न कुरिरहेका थिए। तिनले एलियालाई चिनिहाले र भुईँमा घोप्टो परेर यसो भने: “हे मेरा प्रभु! तपाईँ साँच्चै एलिया नै हुनुहुन्छ?”+ ८ उनले जवाफ दिए: “हो, म एलिया नै हुँ। गएर तिम्रा मालिकलाई भन: ‘एलिया यहाँ आएका छन्‌।’” ९ तर ओबदियाहले भने: “मैले के पाप गरेको छु र? तपाईँ किन आफ्नो यस सेवकलाई आहाबको हातबाट मार्न चाहनुहुन्छ? १० तपाईँका परमेश्‍वर, जीवित परमेश्‍वर यहोवाको कसम खाएर भन्छु, मेरा मालिकले तपाईँलाई नखोज्नुभएको एउटै ठाउँ छैन; उहाँले तपाईँलाई सबै जातिमाझ र सबै राज्यमा खोजिसक्नुभयो। त्यहाँका मानिसहरूले ‘उनी यहाँ छैनन्‌’ भन्दा उहाँले तिनीहरूलाई कसम खान समेत लगाउनुभयो।+ ११ अब तपाईँ मलाई भन्‍नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई “एलिया यहाँ आएका छन्‌” भन।’ १२ म यहाँबाट गएपछि यहोवा परमेश्‍वरको शक्‍तिले तपाईँलाई अन्तै लैजानेछ+ र त्यो ठाउँ मलाई थाह हुनेछैन। अनि मैले आहाबलाई तपाईँको विषयमा बताएँ तर उहाँले तपाईँलाई भेट्टाउनुभएन भने मलाई बाँकी राख्नुहुनेछैन। तपाईँको यस सेवकले सानैदेखि यहोवा परमेश्‍वरको डर मान्दै आएको छ। १३ हे प्रभु! ईजेबेलले यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूको हत्या गरिरहेको बेला मैले के गरेको थिएँ, के तपाईँलाई बताइएको छैन? मैले यहोवा परमेश्‍वरका १०० जना भविष्यवक्‍तालाई ५०-५० जनाको समूह बनाएर दुई वटा ओडारमा लुकाएर राखेँ। अनि उनीहरूको लागि रोटी र पानीको बन्दोबस्त पनि मिलाइदिएँ।+ १४ अब तपाईँ मलाई भन्‍नुहुन्छ, ‘गएर तिम्रा मालिकलाई “एलिया यहाँ आएका छन्‌” भन।’ उहाँले पक्कै मेरो ज्यान लिनुहुनेछ।” १५ तर एलियाले भने: “जीवित परमेश्‍वर, सेनाहरूका यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर भन्छु, आज म आहाबलाई भेट्‌नेछु।”

१६ तब ओबदियाह आहाबकहाँ गए र एलियाको विषयमा बताइदिए। त्यसपछि आहाब एलियालाई भेट्‌न निस्के।

१७ एलियालाई देख्नेबित्तिकै आहाबले यसो भने: “इस्राएलमा यत्रो विपत्ति ल्याउने तिमी नै हौ?”

१८ एलियाले जवाफ दिए: “इस्राएलमा विपत्ति ल्याउने म होइनँ, तपाईँ र तपाईँको बुबाको घराना हो। यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नुको साटो तपाईँहरू बाआल देवताहरूको पछि लाग्नुभयो।+ १९ अब सबै इस्राएलीलाई कर्मेल डाँडामा भेला गराउनुहोस्‌।+ बाआलका ४५० जना भविष्यवक्‍ता र पवित्र खामोलाई* पुज्ने ४०० जना भविष्यवक्‍ता,+ जो ईजेबेलको टेबुलमा खान्छन्‌, तिनीहरू सबैलाई पनि बोलाउनुहोस्‌।” २० त्यसैले आहाबले इस्राएलका सबै मानिसलाई कर्मेल डाँडामा भेला हुन आदेश दिए र भविष्यवक्‍ताहरूलाई पनि त्यहाँ भेला गराए।

२१ त्यसपछि एलियाले मानिसहरूको नजिकै गएर भने: “तिमीहरू कतिन्जेल दोधारमा बस्छौ?+ यदि यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ भने उहाँको पछि लाग।+ तर बाआल साँचो परमेश्‍वर हो भने त्यसकै पछि लाग।” तर मानिसहरूले एक शब्द बोलेनन्‌। २२ एलियाले मानिसहरूलाई फेरि यसो भने: “यहोवा परमेश्‍वरका भविष्यवक्‍ताहरूमध्ये अब म मात्र बाँकी छु।+ तर बाआलका भविष्यवक्‍ता भने ४५० जना छन्‌। २३ हाम्रो लागि दुई वटा बहर ल्याओ। बाआलका भविष्यवक्‍ताहरूले एउटा बहर लिऊन्‌ र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राखून्‌। तर त्यसमा आगो नलगाऊन्‌। अर्को बहरचाहिँ म लिनेछु र त्यसलाई टुक्राटुक्रा पारेर दाउरामाथि राख्नेछु। तर म त्यसमा आगो लगाउनेछैनँ। २४ त्यसपछि तिमीहरू आफ्नो देवताको नाम पुकार+ अनि मचाहिँ यहोवा परमेश्‍वरको नाम पुकार्नेछु। जसले आगो पठाएर जवाफ दिन्छ, ऊ नै साँचो परमेश्‍वर हो+ भनी साबित होस्‌।” तब सबै मानिसले भने: “हुन्छ, त्यसै गरौँ।”

२५ अनि एलियाले बाआलका भविष्यवक्‍ताहरूलाई भने: “तिमीहरू धेरै जना छौ। त्यसैले पहिला तिमीहरू एउटा बहर छान र त्यसलाई बलि चढाउन तयार पार। त्यसपछि आफ्नो देवताको नाम पुकार तर दाउरामा आगोचाहिँ नलगाओ।” २६ ती भविष्यवक्‍ताहरूले आफूले रोजेको बहर तयार पारे अनि बिहानदेखि मध्यदिनसम्मै “हे बाआल, हामीलाई जवाफ देऊ” भन्दै बाआलको नाम पुकारिरहे। तर न कुनै आवाज सुनियो न त कुनै जवाफ आयो।+ तिनीहरू आफूले बनाएको वेदीवरिपरि उफ्रँदै नाचिरहे। २७ मध्यदिनतिर एलियाले तिनीहरूलाई यसो भन्दै गिज्याउन थाले: “अझ जोडले कराओ! ऊ त देवता हो!+ सायद ऊ ध्यानमा मग्न होला वा दिसा बस्न गयो होला* अथवा ऊ गहिरो निद्रामा पऱ्‍यो होला, उसलाई जगाउनुपर्छ।” २८ तिनीहरू ठूलठूलो स्वरमा कराइरहे। रक्‍ताम्मे नहोउन्जेल तिनीहरूले आफ्नो परम्पराअनुसार आफैलाई छुरा र भालाले चोट पुऱ्‍याइरहे। २९ दिन पनि बित्यो र साँझको अन्‍नभेटी चढाउने बेलासम्मै तिनीहरू बौलाहाजस्तै उफ्रिरहे। तर न कुनै आवाज सुनियो न त कुनै जवाफ नै आयो; तिनीहरूको पुकारा सुन्‍ने कोही थिएन।+

३० त्यसपछि एलियाले मानिसहरूलाई भने: “तिमीहरू सबै मेरो नजिक आओ।” त्यसैले सबै मानिस तिनको नजिक गए। त्यसपछि तिनले यहोवा परमेश्‍वरको भत्किएको वेदी फेरि बनाए।+ ३१ याकुबका छोराहरूको कुलको सङ्‌ख्याअनुसार एलियाले १२ वटा ढुङ्‌गा ल्याए। यहोवा परमेश्‍वरले याकुबलाई यसो भन्‍नुभएको थियो: “अबदेखि तिम्रो नाम इस्राएल हुनेछ।”+ ३२ ती ढुङ्‌गाहरू मिलाएर एलियाले यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।+ त्यसपछि तिनले वेदीको वरिपरि खाल्टो खने। त्यस खाल्टोले दुई सेआ* बिउ छर्न पुग्ने जमिन ओगटेको थियो। ३३ त्यसपछि एलियाले दाउरा मिलाए अनि बहरलाई टुक्राटुक्रा पारेर दाउरामाथि राखे।+ अनि यसो भने: “अब चार वटा घ्याम्पामा पानी ल्याएर यो अग्निभेटी र दाउरामाथि खन्याइदेओ।” ३४ तिनले भने: “फेरि त्यसै गर।” उनीहरूले त्यसै गरे। तिनले फेरि भने: “तेस्रो पटक पनि त्यसै गर।” उनीहरूले तेस्रो पटक पनि त्यसै गरे। ३५ अनि वेदीको चारैतिर पानी बग्न थाल्यो र एलियाले खाल्टोमा पनि पानी भरे।

३६ त्यतिबेला साँझको अन्‍नभेटी चढाउने समय भएको थियो।+ भविष्यवक्‍ता एलिया वेदीनजिकै गए र यसो भने: “हे यहोवा! अब्राहाम,+ इसहाक+ र याकुबका* परमेश्‍वर! इस्राएलमा तपाईँ मात्र परमेश्‍वर हुनुहुन्छ अनि म तपाईँको सेवक हुँ र तपाईँकै आज्ञाअनुसार मैले यी सब गरेको हुँ भनी आज साबित गरिदिनुहोस्‌।+ ३७ हे यहोवा, जवाफ दिनुहोस्‌! मलाई जवाफ दिनुहोस्‌! तब यी मानिसहरूले तपाईँ यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईँले तिनीहरूको हृदय आफूतर्फ खिच्दै हुनुहुन्छ भनी थाह पाउनेछन्‌।”+

३८ तब यहोवा परमेश्‍वरले आगो पठाउनुभयो र त्यसले अग्निभेटी, दाउरा, ढुङ्‌गा र धुलो सबै भस्म पारिदियो+ अनि खाल्टोको पानी पनि सुकाइदियो।+ ३९ यो देख्नेबित्तिकै मानिसहरू भुईँमा घोप्टो परेर यसो भन्दै कराउन थाले: “यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ! यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ!” ४० त्यसपछि एलियाले तिनीहरूलाई भने: “बाआलका भविष्यवक्‍ताहरूलाई पक्र! एक जना पनि उम्कन नपाओस्‌।” तब मानिसहरूले उनीहरूलाई पक्रे अनि एलियाले उनीहरूलाई किसोन खोल्सामा*+ लगेर मारे।+

४१ त्यसपछि एलियाले आहाबलाई भने: “गएर खानपिन गर्नुहोस्‌। म ठूलो झरी पर्न लागेको आवाज सुन्दै छु।”+ ४२ त्यसैले आहाब खानपिन गर्न गए। एलियाचाहिँ कर्मेल डाँडाको टुप्पोमा गए अनि आफ्नो टाउको घुँडाहरूको बीचमा राखेर भुईँमा घुँडा टेकेर बसे।+ ४३ त्यसपछि तिनले आफ्नो सेवकलाई भने: “गएर समुद्रतिर हेर!” त्यसैले ऊ गयो र हेऱ्‍यो। अनि एलियाकहाँ आएर भन्यो: “केही पनि देखिँदैन।” एलियाले उसलाई सात पटकसम्म “गएर हेर” भने। ४४ सातौँ पटकमा एलियाको सेवकले भन्यो: “समुद्रबाट हत्केला जत्रो सानो बादल मास्तिर उठ्‌दै छ।” तब एलियाले भने: “गएर आहाबलाई यसो भन: ‘रथ तयार पार्नुहोस्‌! झट्टै तल झर्नुहोस्‌। नत्र त झरीले तपाईँलाई रोक्ला।’” ४५ नभन्दै कालो बादलले आकाशलाई छोप्यो, हुरीबतास चल्यो र मुसलधारे पानी पर्न थाल्यो।+ आहाबचाहिँ रथ चढेर यिज्रेलतिर+ गए। ४६ तर यहोवा परमेश्‍वरले आफ्नो हात एलियामाथि राख्नुभयो। तिनले आफ्नो लुगा माथि सारेर कम्मरमा कसे अनि आहाबको अघिअघि दौडेर यिज्रेलसम्मै पुगे।

१९ आहाबले+ ईजेबेललाई+ एलियाले गरेका सबै काम सुनाए। एलियाले सबै भविष्यवक्‍तालाई तरबारले मारे भनेर पनि आहाबले बताए।+ २ तब ईजेबेलले एक जना सन्देशवाहक पठाएर एलियालाई यस्तो धम्की दिइन्‌: “भोलि यही बेलासम्म मैले तेरो हालत पनि ती भविष्यवक्‍ताहरूको जस्तै बनाइनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्‌; अझ त्योभन्दा बढ्‌ता गरून्‌।” ३ यो सुनेर एलिया डराए र आफ्नो ज्यान बचाउन भागे।+ तिनी यहुदाको इलाकामा पर्ने+ बेर्सेबा पुगे+ र आफ्नो सेवकलाई त्यहीँ छोडे। ४ तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्‍वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्‌+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।”

५ त्यसपछि तिनी त्यही झाडीमुनि ढल्किए र निदाए। अचानक एक जना स्वर्गदूत आए+ र तिनलाई छोएर भने: “उठ र केही खाऊ।”+ ६ तिनले यताउता हेरे र आफ्नो टाउकोनेर तातो ढुङ्‌गामा एउटा गोलो रोटी र एक सुराही पानी देखे। तिनले रोटी खाए, पानी पिए अनि फेरि सुते। ७ यहोवा परमेश्‍वरका स्वर्गदूत दोस्रो पटक आए र तिनलाई छोएर भने: “उठ र केही खाऊ किनकि अब तिमीले गर्नुपर्ने यात्रा साह्रै कठिन छ।” ८ त्यसैले तिनले उठेर खानपिन गरे। यही खानेकुराबाट बल पाएर तिनले ४० दिन र ४० रात यात्रा गरे अनि साँचो परमेश्‍वरको डाँडा होरेबमा आइपुगे।+

९ एलिया एउटा ओडारभित्र पसे+ र त्यहीँ रात काटे। तब यहोवा परमेश्‍वरको वचन तिनीकहाँ आयो। उहाँले भन्‍नुभयो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?” १० तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु।+ किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे।+ अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+ ११ तर उहाँले यसो भन्‍नुभयो: “यहाँबाट बाहिर जाऊ र पहाडमा यहोवा परमेश्‍वरसामु उभिऊ।” त्यतिबेला यहोवा परमेश्‍वर त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो।+ यहोवाको अघिअघि एउटा भयानक र शक्‍तिशाली आँधी पहाडहरू फोर्दै अनि चट्टानहरू फुटाउँदै गयो।+ तर यहोवा परमेश्‍वर आँधीमा हुनुहुन्‍नथ्यो। आँधीपछि भुईँचालो गयो।+ तर यहोवा परमेश्‍वर भुईँचालोमा हुनुहुन्‍नथ्यो। १२ भुईँचालोपछि आगोको मुस्लो आयो+ तर यहोवा परमेश्‍वर आगोमा पनि हुनुहुन्‍नथ्यो। आगोपछि एउटा सानो मधुर स्वर सुनियो।+ १३ त्यो स्वर सुन्‍नेबित्तिकै एलियाले आफ्नो अनुहार लुगाले* ढाके+ र बाहिर गएर ओडारको मुखमा उभिए। तब यस्तो स्वर सुनियो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?” १४ तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु। किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे। अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+

१५ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “यहाँबाट फर्केर दमिसकको निर्जनभूमिमा जाऊ। त्यहाँ पुगेर हाजाएललाई+ सिरियाको राजा अभिषेक गर्नू। १६ अनि निम्सिका नाति येहुलाई+ इस्राएलको राजा अभिषेक गर्नू। साथै हाबिल-मेहोलाहमा बस्ने सापातका छोरा एलिसालाई* तिम्रो ठाउँमा भविष्यवक्‍ता नियुक्‍त गर्नू।*+ १७ जो हाजाएलको तरबारबाट उम्कन्छ,+ त्यसलाई येहुले मार्नेछन्‌+ अनि जो येहुको तरबारबाट उम्कन्छ, त्यसलाई चाहिँ एलिसाले मार्नेछन्‌।+ १८ अनि हेर, बाआलसामु घुँडा नटेकेका+ र त्यसलाई चुम्बन नगरेका+ ७ हजार मानिस इस्राएलमा अझै बाँकी छन्‌।”+

१९ त्यसपछि एलिया त्यहाँबाट गए र सापातका छोरा एलिसालाई बहर जोतिरहेको भेट्टाए। त्यहाँ १२ हल बहरले खेत जोतिरहेका थिए र एलिसाचाहिँ सबैभन्दा पछाडि थिए। एलिया त्यहाँ गए र एलिसालाई आफ्नो लुगा* ओढाइदिए।+ २० एलिसा तुरुन्तै आफ्नो बहर छोडेर दौडँदै एलियाको पछिपछि गए र यसो भने: “बिन्ती छ! मलाई बुबाआमासित बिदा लिन* दिनुहोस्‌। त्यसपछि म तपाईँको पछि लाग्नेछु।” एलियाले भने: “हुन्छ, जाऊ। म तिमीलाई रोक्दिनँ।” २१ त्यसैले एलिसा गए र एक हल बहर काटेर बलि चढाए। उनले जुवा र हलोको दाउरा बाले अनि बहरको मासु उसिने। उनले त्यो मासु मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि उनी एलियाको पछि लागे अनि तिनको सेवा गर्न थाले।+

२० सिरियाका+ राजा बेन-हददले+ आफ्नो पूरै सेना भेला गरे। तिनले ३२ जना राजा र उनीहरूका घोडाहरू तथा रथहरू पनि साथमा लिए। त्यसपछि तिनले सामरिया+ सहरलाई आक्रमण गर्न त्यसलाई घेराबन्दी गरे।+ २ अनि तिनले सहरमा सन्देशवाहकहरू पठाए र इस्राएलका राजा आहाबलाई+ यस्तो खबर दिए: “बेन-हदद यसो भन्‍नुहुन्छ: ३ ‘तिम्रो सबै सुनचाँदी मेरो हो अनि तिम्रा राम्री-राम्री पत्नीहरू र राम्रा-राम्रा छोराहरू पनि मेरै हुन्‌।’” ४ इस्राएलका राजाले यस्तो जवाफ दिए: “हे मेरा प्रभु! मेरा महाराज! हजुरले भन्‍नुभएझैँ म र मसित भएका सबै कुरा हजुरकै हुन्‌।”+

५ ती सन्देशवाहकहरूले फेरि आएर भने: “बेन-हदद यसो भन्‍नुहुन्छ, ‘मैले तिमीकहाँ यो खबर पठाएको थिएँ: “तिम्रा सुनचाँदी, पत्नीहरू र छोराहरू मलाई देऊ।” ६ भोलि यही बेला म तिमीकहाँ मेरा सेवकहरू पठाउनेछु। तिनीहरूले तिम्रो महलको र तिम्रा सेवकहरूका घरहरूको खानतलासी गर्नेछन्‌ अनि त्यहाँ भएका सबै असल-असल चिज खोसेर लैजानेछन्‌।’”

७ यो खबर पाएपछि इस्राएलका राजाले देशका सबै नाइकेलाई बोलाएर भने: “बिन्ती छ, यो कुरा राम्ररी विचार गर्नुहोस्‌, त्यो मान्छेले इस्राएलमा घोर विपत्ति ल्याउन निहुँ खोजिरहेको छ। उसले मेरा पत्नीहरू, छोराहरू र मेरा सुनचाँदी माग्यो र मैले नाइँनास्ति गरिनँ।” ८ तब इस्राएलका सबै नाइके र सबै मानिसले राजालाई भने: “उसको कुरा नसुन्‍नुहोस्‌! उसले भनेजस्तो नगर्नुहोस्‌।” ९ त्यसैले राजाले बेन-हददका सन्देशवाहकहरूलाई भने: “मेरा प्रभु, मेरा महाराजलाई यस्तो खबर देऊ, ‘हजुरले पहिले गर्नुभएको सबै माग म पूरा गर्छु। तर यो मागचाहिँ पूरा गर्न सक्दिनँ।’” तब ती सन्देशवाहकहरू त्यहाँबाट गए र बेन-हददलाई सबै कुरा सुनाइदिए।

१० त्यसपछि बेन-हददले यस्तो सन्देश पठाए: “म सामरियालाई ध्वस्त पारिदिनेछु अनि त्यसको धुलोले मेरा सैनिकहरूको मुठी पनि भरिनेछैन। यदि मैले त्यसो गरिनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌।” ११ इस्राएलका राजाले यस्तो जवाफ दिए: “तिनलाई यसो भनिदेओ, ‘लडाइँ सुरु नहुँदै तपाईँ किन लडाइँ जितेकै जस्तो गरी फुइँ लगाउनुहुन्छ?’”+ १२ त्यतिबेला बेन-हदद र तिनलाई साथ दिन आएका राजाहरू पालमा रक्सी खाँदै थिए। यो खबर पाउनेबित्तिकै तिनले आफ्ना सेवकहरूलाई भने: “लडाइँको लागि तयार होओ!” त्यसैले तिनीहरू सहरलाई आक्रमण गर्न तयार भए।

१३ तर एक जना भविष्यवक्‍ताले इस्राएलका राजा आहाबकहाँ आएर भने:+ “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘के तिमीले यो विशाल सेना देख्यौ? आज म यो सेना तिम्रो हातमा सुम्पिदिनेछु र तिमीले म यहोवा हुँ भनी थाह पाउनेछौ।’”+ १४ आहाबले सोधे: “यसको लागि तपाईँ कसलाई चलाउनुहुन्छ?” ती भविष्यवक्‍ताले जवाफ दिए: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रजौटाहरूका चाकरहरूलाई।’” तब आहाबले सोधे: “युद्धचाहिँ कसले सुरु गर्नेछ?” ती भविष्यवक्‍ताले भने: “तपाईँले।”

१५ त्यसपछि आहाबले रजौटाहरूका चाकरहरू कति जना छन्‌ भनेर गने; तिनीहरू २३२ जना थिए। आहाबले इस्राएली सैनिकहरू पनि गने र उनीहरू ७ हजार जना थिए। १६ त्यसपछि तिनीहरू मध्यदिनमा सहरबाट निस्के। त्यतिबेला बेन-हदद आफूलाई युद्धमा साथ दिन आएका ३२ जना राजासितै पालमा रक्सी खाएर लट्ठ परेका थिए। १७ सिरियालीहरूको सामना गर्न सबैभन्दा पहिला रजौटाहरूका चाकरहरू सहरबाट निस्के। तब बेन-हददले के भएछ भनी बुझ्न तुरुन्तै केही मानिसलाई पठाए। उनीहरूले फर्केर तिनलाई यस्तो खबर दिए: “सामरियाका मानिसहरू सहरबाट निस्कँदै छन्‌!” १८ तब तिनले भने: “तिनीहरूलाई जिउँदै ल्याओ, चाहे तिनीहरू हामीसित मिलाप गर्न आएका होऊन्‌ या युद्ध गर्न।” १९ तर सहरबाट निस्केका रजौटाहरूका चाकरहरू र तिनीहरूको पछिपछि आइरहेका सैनिकहरूले २० आफ्ना शत्रुहरूलाई मार्न थाले। यो देखेर सिरियाका सैनिकहरू भागे+ र इस्राएलीहरूले तिनीहरूलाई खेदे। सिरियाका राजा बेन-हदद भने केही घोडचढीसँगै त्यहाँबाट भागे। २१ इस्राएलका राजा पनि रणभूमिमा गए अनि घोडा र रथमा सवार भएका सैनिकहरूलाई मार्न थाले। यसरी उनले सिरियामाथि ठूलो विजय हासिल गरे।

२२ पछि ती भविष्यवक्‍ता+ इस्राएलका राजाकहाँ आए अनि यसो भने: “अर्को वर्ष लाग्नेबित्तिकै* सिरियाका राजा फेरि तपाईँसित लडाइँ गर्न आउनेछन्‌।+ त्यसैले जानुहोस्‌ र आफ्नो सेनालाई अझ मजबुत पार्नुहोस्‌। अनि अहिल्यैदेखि एउटा राम्रो योजना बनाउनुहोस्‌।”+

२३ सिरियाका राजालाई तिनका सेवकहरूले यसो भने: “तिनीहरूका देवता पहाडहरूका देवता हुन्‌। त्यसैले तिनीहरूले हामीलाई हराएका हुन्‌। तर तिनीहरूसित मैदानमा लड्‌न गयौँ भने हामीले तिनीहरूलाई जित्नेछौँ। २४ अब तपाईँ यसो गर्नुहोस्‌: सेनाको नेतृत्व गर्ने कामबाट राजाहरूलाई हटाउनुहोस्‌+ र त्यो काम राज्यपालहरूलाई दिनुहोस्‌। २५ तपाईँले जति सैनिक गुमाउनुभएको थियो, त्यति नै जम्मा गर्नुहोस्‌। घोडा र रथहरूको सङ्‌ख्या पनि पहिलेको जत्तिकै पुऱ्‍याउनुहोस्‌। अनि हामी तिनीहरूसित मैदानमा लडाइँ गर्न जाऔँ। यसपालि भने हामी तिनीहरूलाई अवश्‍य हराउनेछौँ।” राजाले उनीहरूको सल्लाह सुने र त्यसैअनुसार गरे।

२६ अर्को वर्ष लाग्नेबित्तिकै* बेन-हददले सिरियाली सैनिकहरू जम्मा गरे अनि इस्राएलीहरूसित लडाइँ गर्न अफेक सहर गए।+ २७ सिरियालीहरूको सामना गर्न इस्राएली सैनिकहरू पनि जम्मा गरिए र तिनीहरूलाई आवश्‍यक पर्ने सबै चिजबिजको बन्दोबस्त मिलाइयो। त्यसपछि तिनीहरू सिरियालीहरूसित लडाइँ गर्न निस्के। इस्राएली सैनिकहरू ती सिरियालीहरूको अगाडि छाउनी हालेर बसे। तिनीहरू बाख्राको दुई वटा साना बगालजस्ता देखिन्थे तर सिरियालीहरूले भने पूरै इलाका ढाकेका थिए।+ २८ तब साँचो परमेश्‍वरका सेवक इस्राएलका राजाकहाँ आए अनि यसो भने: “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘यी सिरियालीहरूले “यहोवा पहाडहरूको देवता हो, मैदानहरूको होइन” भनेका छन्‌। त्यसैले म यो विशाल सेना तिम्रो हातमा सुम्पिदिनेछु+ र तिमीले म यहोवा हुँ भनी अवश्‍य थाह पाउनेछौ।’”+

२९ तिनीहरू सात दिनसम्म एकअर्काको आमनेसामने छाउनी हालेर बसे अनि सातौँ दिनमा लडाइँ सुरु भयो। इस्राएलीहरूले एकै दिनमा १ लाख सिरियाली पैदल सैनिकलाई नाश गरे। ३० अनि बाँकी रहेका सिरियाली सैनिकहरू भागेर अफेक सहरभित्र पसे।+ तर सहरको पर्खालले थिचेर २७ हजार सिरियाली त्यहीँ मरे। बेन-हदद पनि भागेर सहरभित्र पसे अनि एउटा घरको कुनामा गएर लुके।

३१ तब बेन-हददका सेवकहरूले तिनलाई भने: “हामीले इस्राएलका राजाहरू साह्रै कृपालु हुन्छन्‌* भनेर सुनेका छौँ। त्यसैले बिन्ती छ, अब हामी कम्मरमा भाङ्‌ग्रा बेरेर अनि टाउकोमा डोरी बाँधेर इस्राएलका राजाकहाँ जाऔँ। तिनले तपाईँलाई जीवनदान देलान्‌ कि?”+ ३२ त्यसैले तिनीहरूले कम्मरमा भाङ्‌ग्रा बेरे र टाउकोमा डोरी बाँधे। अनि इस्राएलका राजाकहाँ गएर भने: “तपाईँका सेवक बेन-हदद यसो भन्‍नुहुन्छ, ‘बिन्ती छ, मेरो ज्यान नलिनुहोस्‌।’” उनले जवाफ दिए: “तिनी जिउँदै रहेछन्‌? तिनी त मेरा भाइ हुन्‌।” ३३ ती मानिसहरूले यसलाई शुभ-सङ्‌केत ठाने अनि राजा आहाबले मनैदेखि यसो भनेका हुन्‌ भनी तुरुन्तै बुझे। त्यसैले तिनीहरूले भने: “हो महाराज, उहाँ तपाईँको भाइ नै हो।” तब आहाबले भने: “गएर तिनलाई ल्याऊ।” त्यसैले बेन-हदद निस्केर आहाबकहाँ आए र उनले बेन-हददलाई आफ्नो रथमा चढाए।

३४ बेन-हददले राजा आहाबलाई भने: “मेरो बुबाले तपाईँको बुबाबाट लिनुभएको सबै सहर म फिर्ता गरिदिनेछु अनि मेरो बुबाले सामरियामा बजारहरू खोल्नुभएझैँ तपाईँ पनि दमिसकमा बजारहरू खोल्नुहोस्‌।”

आहाबले जवाफ दिए: “यो सम्झौताको* आधारमा म तपाईँलाई छोडिदिनेछु।”

यसरी आहाबले बेन-हददसित सम्झौता गरे र तिनलाई छोडिदिए।

३५ ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये*+ एक जनाकहाँ यहोवा परमेश्‍वरको वचन आयो। उहाँको आज्ञा पालन गर्दै तिनले आफ्नो साथीलाई अनुरोध गरे: “मलाई हिर्काऊ!” तर उसले मानेन। ३६ त्यसैले तिनले उसलाई भने: “तिमीले यहोवा परमेश्‍वरको आज्ञा मानेनौ। त्यसैले तिमी यहाँबाट निस्कनेबित्तिकै तिमीलाई सिंहले मार्नेछ।” ऊ त्यहाँबाट निस्केपछि एउटा सिंहले उसलाई झम्टेर माऱ्‍यो।

३७ तिनले अर्को एक जना मानिस फेला पारे र यस्तो अनुरोध गरे: “मलाई हिर्काउनुहोस्‌!” त्यसैले ती मानिसले तिनलाई हिर्काएर घाइते बनाइदिए।

३८ त्यसपछि ती भविष्यवक्‍ताले आफूलाई कसैले नचिनोस्‌ भनेर आँखामा पट्टी बाँधे र बाटोमा गएर राजालाई पर्खे। ३९ राजा त्यो बाटो भएर गइरहेको बेला तिनले राजालाई बोलाएर यसो भने: “हजुरको यस सेवक लडाइँमा गएको थियो। त्यसबेला घमासान लडाइँ चलिरहेको थियो र एक जना मान्छे एउटा कैदीलाई लिएर मकहाँ आयो अनि यसो भन्यो, ‘यसमाथि नजर राख। यो यहाँबाट भाग्यो भने यसको सट्टा तिमीले आफ्नो ज्यान दिनुपर्नेछ+ अथवा एक टालेन्ट* चाँदी तिर्नुपर्नेछ।’ ४० अनि हजुरको यस सेवक काममा व्यस्त हुँदा त्यो कैदी भागेछ।” तब इस्राएलका राजाले भने: “त्यसोभए त तिमीले सजाय पाउनै पर्छ। तिमीले आफ्नो इन्साफ आफैले गरिसक्यौ।” ४१ तिनले तुरुन्तै आफ्नो आँखाको पट्टी खोले र इस्राएलका राजाले तिनी भविष्यवक्‍ता रहेछन्‌ भनेर चिने।+ ४२ ती भविष्यवक्‍ताले राजालाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मैले मारिनै पर्छ भनेको मान्छेलाई तिमीले त्यसै आफ्नो हातबाट उम्कन दियौ।+ त्यसैले त्यसको सट्टा तिमीले आफ्नो ज्यान दिनुपर्नेछ+ र त्यसका मानिसहरूको सट्टा तिम्रा मानिसहरू नाश हुनेछन्‌।’”+ ४३ यो सुनेर इस्राएलका राजा उदास भए अनि अँध्यारो मुख लगाएर सामरियामा+ आफ्नो महल गए।

२१ यी सब भएपछि एउटा घटना घट्‌यो। यिज्रेलमा+ बस्ने नाबोथको एउटा अङ्‌गुर बगान थियो। त्यो बगान सामरियाका राजा आहाबको महलको छेवैमा थियो। २ आहाबले नाबोथलाई भने: “तिम्रो अङ्‌गुर बगान मलाई देऊ किनकि त्यो मेरो महलको छेवैमा छ। म त्यसमा करेसाबारी लगाउन चाहन्छु। बरु त्यसको सट्टा म तिमीलाई त्योभन्दा राम्रो अङ्‌गुर बगान दिन्छु। अथवा तिमी चाहन्छौ भने दाम तिरेर त्यो बगान तिमीबाट किन्छु।” ३ तर नाबोथले आहाबलाई यसो भने: “पितापुर्खाको सम्पत्ति तपाईँलाई दिने कुरा म सोच्न समेत सक्दिनँ।+ किनकि यहोवा परमेश्‍वरले यसो गर्न निषेध गर्नुभएको छ।” ४ यिज्रेलको नाबोथले ‘म तपाईँलाई पितापुर्खाको सम्पत्ति दिन सक्दिनँ’ भनेको हुनाले आहाब उदास भए अनि अँध्यारो मुख लगाएर आफ्नो महल फर्के। तिनी आफ्नो मुख भित्तातिर फर्काएर ओछ्यानमा पल्टिए र तिनले केही खान मानेनन्‌।

५ आहाबकी पत्नी ईजेबेल+ तिनीकहाँ आइन्‌ र सोधिन्‌: “तपाईँ किन यति धेरै उदास हुनुहुन्छ? किन केही नखाई बस्नुहुन्छ?” ६ तिनले जवाफ दिए: “मैले यिज्रेलको नाबोथलाई ‘तिम्रो अङ्‌गुर बगान दाम तिरेर लिन्छु। अथवा तिमी चाहन्छौ भने त्यसको सट्टा म तिमीलाई अर्को अङ्‌गुर बगान दिन्छु’ भनेको थिएँ। तर उसले दिन मानेन।” ७ तिनकी पत्नी ईजेबेलले भनिन्‌: “इस्राएलको राजा त तपाईँ नै होइन र? अब उठेर केही खानुहोस्‌, उदास नहुनुहोस्‌। म तपाईँलाई यिज्रेलको नाबोथको अङ्‌गुर बगान दिनेछु।”+ ८ तब ईजेबेलले आहाबको नाममा पत्रहरू लेखिन्‌ र त्यसमा आहाबको छाप लगाइन्‌।+ अनि नाबोथको सहरका नाइकेहरू र प्रतिष्ठित व्यक्‍तिहरूकहाँ ती पठाइन्‌।+ ९ उनले पत्रहरूमा यस्तो लेखेकी थिइन्‌: “उपवासको घोषणा गर र नाबोथलाई सबैको अगाडि बसाओ। १० त्यसपछि दुई जना निकम्मा मानिस ल्याएर नाबोथको अगाडि बसाओ र तिनीहरूलाई नाबोथको विरुद्धमा झूटो बयान दिन लगाओ।+ तिनीहरूलाई यसो भन्‍न लगाओ, ‘तिमीले परमेश्‍वर र राजाको निन्दा गरेका छौ!’+ त्यसपछि नाबोथलाई सहरबाहिर लगेर ढुङ्‌गाले हानेर मार।”+

११ ईजेबेलले पत्रहरूमा जे लेखेर पठाएकी थिइन्‌, नाबोथको सहरका नाइकेहरू र प्रतिष्ठित व्यक्‍तिहरूले त्यही गरे। १२ तिनीहरूले उपवासको घोषणा गरे र नाबोथलाई मानिसहरूको अगाडि बसाए। १३ त्यसपछि दुई जना निकम्मा मानिस आएर नाबोथको अगाडि बसे। अनि तिनीहरूले सबैको अगाडि यस्तो झूटो बयान दिए: “नाबोथले परमेश्‍वर र राजाको निन्दा गरेको छ!”+ तब तिनीहरूले नाबोथलाई सहरबाहिर लगे अनि ढुङ्‌गाले हानेर मारे।+ १४ त्यसपछि ईजेबेललाई यो खबर पठाए: “हामीले नाबोथलाई ढुङ्‌गाले हानेर मारिसक्यौँ।”+

१५ नाबोथलाई ढुङ्‌गाले हानेर मारियो भनेर सुन्‍नेबित्तिकै ईजेबेलले आहाबलाई यसो भनिन्‌: “अब उठ्‌नुहोस्‌। यिज्रेलको नाबोथले बेच्न नमानेको अङ्‌गुर बगान लिनुहोस्‌+ किनकि ऊ मरिसक्यो।” १६ यिज्रेलको नाबोथ मरिसक्यो भनेर सुन्‍नेबित्तिकै आहाब नाबोथको अङ्‌गुर बगान लिन त्यहाँ गए।

१७ तब यहोवा परमेश्‍वरको यो वचन तिस्बेली एलियाकहाँ आयो:+ १८ “सामरिया गएर इस्राएलका राजा आहाबलाई भेट।+ ऊ नाबोथको अङ्‌गुर बगान लिन त्यहाँ गएको छ। १९ तिमीले उसलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “तिमीले किन एक जना मानिसको हत्या गऱ्‍यौ+ र उसको सरसम्पत्तिसमेत खोस्यौ?”’+ त्यसपछि आहाबलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “जुन ठाउँमा कुकुरहरूले नाबोथको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तिम्रो रगत पनि चाट्‌नेछन्‌।”’”+

२० आहाबले एलियालाई भने: “ए मेरो शत्रु! आखिर तिमीले मलाई भेट्टायौ, होइन?”+ एलियाले भने: “हो, मैले तपाईँलाई भेट्टाएँ। परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिमीले यहोवाको नजरमा जे खराब छ, त्यही गर्ने हठ गऱ्‍यौ।+ २१ त्यसैले म तिमीमाथि विपत्ति ल्याउनेछु। म तिम्रो घरानालाई सखाप पार्नेछु र तिम्रो घरानाका सबै पुरुषलाई नाश गर्नेछु।+ इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत म छोड्‌नेछैनँ।+ २२ म तिम्रो घरानाको हालत नबातका छोरा यरोबामको घरानाको+ र अहियाहका छोरा बासाको घरानाको+ जस्तै बनाइदिनेछु किनकि तिमीले मलाई रिस उठायौ र इस्राएलीहरूलाई पाप गर्न लगायौ।’ २३ अनि ईजेबेलबारे यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘यिज्रेलको यसै जमिनमा कुकुरहरूले ईजेबेलको लास खानेछन्‌।+ २४ आहाबको घरानाका जो-जो सहरमा मर्छन्‌, उनीहरूलाई कुकुरहरूले खानेछन्‌ अनि जो-जो मैदानमा मर्छन्‌, उनीहरूलाई चाहिँ आकाशका चराहरूले खानेछन्‌।+ २५ साँच्चै! आफ्नी पत्नी ईजेबेलको+ लहैलहैमा लागेर आहाबले यहोवा परमेश्‍वरको नजरमा खराब काम गर्न जति हठ गरे, त्यति त यसअघि कसैले गरेको थिएन।+ २६ यहोवा परमेश्‍वरले इस्राएलीहरूको सामनेबाट धपाइदिनुभएको एमोरीहरूजस्तै आहाब घिनलाग्दा मूर्तिहरूको* पछि लागेका छन्‌।+ यसरी तिनले सबैभन्दा घृणित काम गरेका छन्‌।’”

२७ यो सुन्‍नेबित्तिकै आहाबले आफ्नो लुगा च्याते अनि भाङ्‌ग्रा लगाएर उपवास बस्न थाले। तिनी भाङ्‌ग्रा लगाएरै सुतिरहे अनि घोसेमुन्टो लगाएर हिँडिरहे। २८ तब यहोवा परमेश्‍वरको यो वचन तिस्बेली एलियाकहाँ आयो: २९ “मेरो वचन सुनेपछि आहाबले कसरी आफैलाई नम्र तुल्याएको छ, तिमीले देख्यौ?+ उसले आफैलाई नम्र तुल्याएको हुनाले म ऊ बाँचुन्जेल विपत्ति ल्याउँदिनँ। बरु उसको छोराको पालामा विपत्ति ल्याउँछु।”+

२२ सिरिया र इस्राएलबीच तीन वर्षसम्म कुनै लडाइँ भएन। २ तेस्रो वर्षमा यहुदाका राजा यहोसापात+ इस्राएलका राजालाई भेट्‌न गए।+ ३ इस्राएलका राजाले आफ्ना सेवकहरूलाई भने: “रामोथ-गिलाद+ हाम्रो हो भनेर तिमीहरूलाई थाहै छ। त्यसोभए सिरियाका राजाबाट त्यो फिर्ता लिन हामी किन हिचकिचाउँदै छौँ?” ४ त्यसपछि तिनले यहोसापातलाई सोधे: “रामोथ-गिलादमा लडाइँ गर्न के तपाईँ मलाई साथ दिनुहुन्छ?” यहोसापातले इस्राएलका राजालाई जवाफ दिए: “हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन्‌ र मेरा घोडाहरू तपाईँका घोडाहरू हुन्‌।”+

५ तर यहोसापातले इस्राएलका राजालाई यस्तो आग्रह गरे: “यस विषयमा यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ,+ पहिला त्यो बुझ्नुहोस्‌।”+ ६ त्यसैले इस्राएलका राजाले लगभग ४०० जना भविष्यवक्‍ता भेला गरेर उनीहरूलाई सोधे: “म रामोथ-गिलादलाई आक्रमण गर्न जाऊँ कि नजाऊँ?” उनीहरूले भने: “जानुहोस्‌! यहोवा परमेश्‍वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”

७ त्यसपछि यहोसापातले सोधे: “के यहाँ यहोवा परमेश्‍वरको कुनै भविष्यवक्‍ता छैनन्‌? उनीमार्फत पनि परमेश्‍वरको सल्लाह लेऔँ।”+ ८ तब इस्राएलका राजाले यहोसापातलाई भने: “यहोवा परमेश्‍वरको सल्लाह लिन सकिने अर्को एक जना पनि छ।+ तर मलाई ऊ फिटिक्कै मन पर्दैन।+ किनकि उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन, सधैँ नराम्रो कुरा मात्र भन्छ।+ ऊ इम्लाहको छोरा मिकायाह हो।” तर यहोसापातले भने: “तपाईँ त राजा हुनुहुन्छ। तपाईँले यस्तो कुरा गर्नु उचित होइन।”

९ त्यसैले इस्राएलका राजाले दरबारका एक जना अफिसरलाई बोलाएर यस्तो हुकुम गरे: “इम्लाहको छोरा मिकायाहलाई तुरुन्तै यहाँ ल्याऊ।”+ १० इस्राएलका राजा र यहुदाका राजा यहोसापात सामरियाको मूलढोकाको छेउमा एउटा खुला ठाउँमा* थिए। उनीहरू शाही पोसाक लगाएर आ-आफ्नो सिंहासनमा बसिरहेका थिए। अनि सबै भविष्यवक्‍ताले उनीहरूसामु भविष्यवाणी गरिरहेका थिए।+ ११ त्यसपछि केनानाका छोरा सिदकियाहले फलाम गालेर सिङहरू बनाए र यसो भने: “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘सिरियालीहरूको नामोनिसान नमेटिएसम्म तपाईँले तिनीहरूलाई यी सिङहरूले हान्‍नुहुनेछ।’” १२ अरू सबै भविष्यवक्‍ताले पनि त्यस्तै भविष्यवाणी गरे। तिनीहरूले यसो भनिरहेका थिए: “रामोथ-गिलाद जानुहोस्‌; हजुर सफल हुनुहुनेछ। यहोवा परमेश्‍वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”

१३ मिकायाहलाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने: “हेर्नुहोस्‌! सबै भविष्यवक्‍ताले एक भएर राजाको विषयमा राम्रो भविष्यवाणी गरिरहेका छन्‌। त्यसैले बिन्ती छ, तपाईँले पनि उनीहरूले जस्तै राम्रो भविष्यवाणी गर्नुहोस्‌।”+ १४ तर मिकायाहले भने: “म जीवित परमेश्‍वर यहोवाको कसम खाएर भन्छु, यहोवाले मलाई जे भन्‍नुहुन्छ, म त्यही बोल्नेछु।” १५ त्यसपछि तिनी राजाकहाँ आए अनि राजाले तिनलाई सोधे: “मिकायाह, हामी रामोथ-गिलादसित लडाइँ गर्न जाऔँ कि नजाऔँ?” तिनले तुरुन्तै जवाफ दिए: “जानुहोस्‌! हजुर सफल हुनुहुनेछ। यहोवा परमेश्‍वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।” १६ तब राजाले तिनलाई भने: “यहोवा परमेश्‍वरको नाममा मसित साँचो कुरा मात्र बोल्नू भनी तिमीलाई कति चोटि कसम खान लगाऊँ?” १७ त्यसैले तिनले भने: “सबै इस्राएली डाँडाहरूमा तितरबितर भइरहेको म देख्दै छु;+ तिनीहरू गोठालो नभएका भेडाहरूजस्तै भएका छन्‌। यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘यिनीहरूको कोही मालिक छैन। यिनीहरू सबै शान्तिपूर्वक आ-आफ्नो घर फर्कून्‌।’”

१८ तब इस्राएलका राजाले यहोसापातलाई भने: “‘उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन, सधैँ नराम्रो कुरा मात्र भन्छ’ भनेर मैले तपाईँलाई बताएकै थिएँ नि!”+

१९ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ, अब सुन्‍नुहोस्‌। मैले यहोवा परमेश्‍वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+ २० त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: ‘आहाबलाई कसले झुक्क्याउनेछ ताकि ऊ रामोथ-गिलाद जाओस्‌ र त्यहीँ मारियोस्‌?’ तब एक जना स्वर्गदूतले एउटा जवाफ, अर्को स्वर्गदूतले अर्कै जवाफ दिइरहेका थिए। २१ त्यसपछि एक जना स्वर्गदूत+ अगाडि आए र यहोवा परमेश्‍वरसामु उभिएर भने, ‘म उसलाई झुक्क्याउँछु।’ यहोवा परमेश्‍वरले सोध्नुभयो: ‘तिमी कसरी झुक्क्याउँछौ?’ २२ तिनले जवाफ दिए: ‘म गएर उसका सबै भविष्यवक्‍तालाई झूट बोल्न लगाउनेछु।’+ तब परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तिमीले उसलाई झुक्क्याउनेछौ। गएर त्यसै गर। तिमी अवश्‍य सफल हुनेछौ।’ २३ त्यसैले यहोवा परमेश्‍वरले नै यी सबै भविष्यवक्‍तालाई झूट बोल्न लगाउनुभएको हो।+ तपाईँमाथि विपत्ति आइपर्नेछ भनेर यहोवा परमेश्‍वरले घोषणा गर्नुभएको छ।”+

२४ तब केनानाका छोरा सिदकियाहले मिकायाहलाई थप्पड हानेर यसो भने: “यहोवा परमेश्‍वरको शक्‍तिले कहिलेदेखि मसँग कुरा गर्न छोडेर तिमीसित कुरा गर्न थाल्यो?”+ २५ मिकायाहले जवाफ दिए: “जुन दिन तिमी घरको कुनाको कोठामा गएर लुक्नेछौ, त्यही दिन तिमीले यसको जवाफ पाउनेछौ।” २६ तब इस्राएलका राजाले भने: “मिकायाहलाई लगेर सहरका प्रमुख अमोन र राजकुमार योआसको हातमा सुम्पिदेओ। २७ उनीहरूलाई भन्‍नू: ‘राजा यसो भन्‍नुहुन्छ, “यसलाई झ्यालखानामा जाकिदेओ।+ म सकुशल नफर्केसम्म यसलाई थोरै रोटी र पानी मात्र दिने गर्नू।”’” २८ तर मिकायाहले भने: “यदि तपाईँ सकुशल यहाँ फर्कनुभयो भने यहोवा परमेश्‍वरले मसँग कुरा गर्नुभएको होइन रहेछ भनेर साबित हुनेछ।”+ तिनले यसो पनि भने: “हे मानिसहरू हो, यो कुरा नबिर्सनू।”

२९ त्यसपछि इस्राएलका राजा र यहुदाका राजा यहोसापात रामोथ-गिलाद गए।+ ३० इस्राएलका राजाले यहोसापातलाई भने: “म भेष बदलेर लडाइँमा जानेछु तर तपाईँ भने शाही पोसाक नै लगाउनुहोस्‌।” त्यसैले इस्राएलका राजा आफ्नो भेष बदलेर लडाइँमा गए।+ ३१ अर्कोतिर सिरियाका राजाले चाहिँ रथ हाँक्ने सैनिकहरूका ३२ जना कप्तानलाई यस्तो आदेश दिएका थिए:+ “तिमीहरू साना-ठूला कसैसित नलड्‌नू, इस्राएलका राजासित मात्र लड्‌नू।” ३२ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूले यहोसापातलाई देख्नेबित्तिकै आपसमा यसो भने: “ऊ नै इस्राएलको राजा हुनुपर्छ।” त्यसैले तिनीहरू यहोसापातसित लड्‌न गए। तब यहोसापातले मदतको लागि गुहार्न थाले। ३३ जब ती कप्तानहरूले उनी इस्राएलका राजा होइन रहेछन्‌ भनी थाह पाए, तब तिनीहरू उनको पछि लाग्न छोडे।

३४ तर एक जना सिपाहीले अन्धाधुन्ध काँड हान्यो र त्यस काँडले इस्राएलका राजाले लगाइराखेको कवचलाई छेड्‌यो। त्यसैले राजाले आफ्नो सारथिलाई भने: “रथ घुमाएर मलाई रणभूमिबाट बाहिर लगिहाल, म साह्रै घाइते भएको छु।”+ ३५ दिनभरि घमासान युद्ध चलिरह्‍यो। त्यसैले राजालाई सहारा दिएर सिरियालीहरूको सामुन्‍ने रथमा उभ्याइराख्नुपऱ्‍यो। तिनको घाउबाट रगत निस्केर रथमा बग्यो र साँझ तिनको मृत्यु भयो।+ ३६ घाम अस्ताउन लाग्दा छाउनीमा यस्तो घोषणा गरियो: “सबै आ-आफ्नो सहर फर्क! आ-आफ्नै देश फर्केर जाओ!”+ ३७ यसरी राजाको मृत्यु भयो। तिनको लास सामरिया ल्याइयो र तिनलाई त्यहीँ गाडियो। ३८ तिनीहरूले सामरियाको एउटा पोखरीमा रथ धोए। त्यतिबेला कुकुरहरूले तिनको रगत चाटे र त्यहाँ वेश्‍याहरूले नुहाए।* यसरी यहोवा परमेश्‍वरको वचन पूरा भयो।+

३९ आहाबको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका सबै काम, तिनले बनाएको हस्तिदन्तको महल+ र तिनले बसालेका सहरहरूबारे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ४० आहाब आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा आहाज्याह+ राजा भए।

४१ इस्राएलका राजा आहाबको शासनकालको चौथो वर्षमा आसाका छोरा यहोसापात+ यहुदाका राजा भएका थिए। ४२ यहोसापात राजा हुँदा ३५ वर्षका थिए र उनले यरुसलेममा २५ वर्ष शासन गरे। उनकी आमाको नाम अजुबाह थियो र तिनी सिल्हिकी छोरी थिइन्‌। ४३ उनी आफ्नो बुबा आसाको चालमा हिँडिरहे,+ उनी त्यसबाट तर्केनन्‌। उनले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे।+ तर अग्ला थानहरू* भने हटाइएनन्‌। मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+ ४४ यहोसापातले इस्राएलका राजासित शान्तिमय सम्बन्ध कायम राखे।+ ४५ यहोसापातको जीवनकालका बाँकी घटनाहरू, उनको वीरता र उनले लडेका युद्धहरूबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ४६ उनका बुबा आसाको पालामा हटाउन बाँकी रहेका त्यस्ता पुरुषहरूलाई पनि उनले देशबाट हटाए,+ जो मन्दिरमा अरू पुरुषसित सम्बन्ध राख्थे।+

४७ त्यतिबेला एदोममा कुनै राजा थिएन।+ त्यहाँ राज्यपालले नै शासन गर्थे।+

४८ ओपिरबाट सुन ल्याउन यहोसापातले तर्सिसका जहाजहरू* पनि बनाएका थिए।+ तर ती जहाजहरू एज्योन-गेबेरमा क्षतिग्रस्त भएकोले ओपिर जान सकेनन्‌।+ ४९ त्यतिबेला आहाबका छोरा आहाज्याहले यहोसापातलाई यसो भने: “मेरा सेवकहरूलाई पनि तपाईँका सेवकहरूसँगै जहाजहरूमा जान दिनुहोस्‌।” तर यहोसापातले त्यसो गर्न मानेनन्‌।

५० त्यसपछि यहोसापात आफ्ना पितृहरूसितै सुते।+ तिनलाई तिनको पुर्खा दाउदको सहर दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा यहोराम+ राजा भए।

५१ यहुदाका राजा यहोसापातको शासनकालको १७ औँ वर्षमा आहाबका छोरा आहाज्याहले+ सामरियाबाट इस्राएलमाथि शासन गर्न थाले। उनले इस्राएलमाथि दुई वर्ष शासन गरे। ५२ उनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। उनी आफ्नो बुबा+ र आमा+ अनि नबातका छोरा यरोबामको चालमा हिँडिरहे, जसले इस्राएललाई पाप गर्न लगाएका थिए।+ ५३ आफ्नो बुबाले जस्तै उनले बाआलको उपासना गर्न र त्यसलाई ढोग्न छोडेनन्‌।+ यसरी उनले इस्राएलका परमेश्‍वर यहोवालाई रिस उठाइरहे।+

वा “उसको चित्त दुखाएनन्‌; उसलाई हपारेनन्‌।”

शा., “पितृहरूसितै सुत्नुभएपछि।”

वा “यस्तै होस्‌!”

अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरू।

शा., “म यस संसारको बाटोमा गइरहेछु।”

वा “सन्तानको।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

वा “इजिप्टका।”

मिश्रका राजाहरूको एउटा उपाधि।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “अटल प्रेम।”

शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

वा सम्भवतः “हठी।” शा., “गह्रुङ्‌गो।”

शा., “तिम्रा सबै दिनमा।”

शा., “तिम्रा दिनहरू लम्ब्याइदिनेछु।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मेरो काखमा।” शा., “मेरो छातीमा।”

वा “पालहरू भएका बस्तीहरू।”

एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

केही पाण्डुलिपिमा र २इ ९:२५ मा पनि यही सङ्‌ख्या उल्लेख गरिएको छ। कुनै-कुनै पाण्डुलिपिमा चाहिँ ४० हजार लेखिएको छ।

वा “घोडचढी।”

वा “बताए।”

शब्दावली हेर्नुहोस्‌।

वा “हिराम दाउदलाई सधैँ माया गर्थे।”

एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “करार।”

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख८ हेर्नुहोस्‌।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “भवनको मन्दिरको।”

वा “चौडाइ।”

यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।

शा., “दायाँपट्टि।”

शा., “बनाए।”

अर्थात्‌, पवित्र कोठाको। यो महापवित्र कोठाको अगाडिपट्टि थियो।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, धूप बाल्ने वेदीलाई।

यसले ढोकाको खापा बनाउने कामलाई वा ढोकाको नापलाई जनाएको हुन सक्छ।

यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।

यसले ढोकाको खापा बनाउने कामलाई वा ढोकाको नापलाई जनाएको हुन सक्छ।

पर्खाल आदि लगाउँदा राखिने ढुङ्‌गाको तह।

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यसले दलिनहरूलाई जनाएको हुन सक्छ।

वा “आयताकार।”

वा “खम्बाहरूको दलान।”

वा “सिंहासनको दलान।”

अर्थात्‌, बाहिरी चोकमा।

पर्खाल आदि लगाउँदा राखिने ढुङ्‌गाको तह।

वा “काँसाको।” यस अध्यायमा जहाँ-जहाँ “तामा” लेखिएको छ, ती सबै ठाउँमा यो फुटनोट लागू हुन्छ।

शा., “खम्बालाई एक फन्को लगाउन १२ हात लामो डोरी चाहिन्थ्यो।”

यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।

वा “दक्षिणतिर।”

यसको अर्थ हो, “उहाँले [अर्थात्‌, यहोवाले] स्थिर पारून्‌।”

वा “उत्तरतिर।”

यसको अर्थ “सामर्थ्यसित” हुन सक्छ।

वा “तामा।”

शा., “त्यसको मुखको एक छेउदेखि अर्को छेउसम्मको दूरी १० हात थियो।”

शा., “त्यसलाई एक फन्को लगाउन ३० हात लामो डोरी चाहिन्थ्यो।”

लगभग ७.४ सेन्टिमिटर (२.९ इन्च)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “पानी बोक्ने गाडा।”

पाङ्‌ग्रा अड्‌याउन तेर्सो पारेर राखिने डन्डा।

वा “प्रत्येक बाटाको व्यास चार हात थियो।”

शब्दावली हेर्नुहोस्‌।

बलिसकेको सलेदो राख्ने भाँडो।

यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

अर्थात्‌, झुप्रोबासको चाडको।

वा “सन्तानको।”

वा “त्यस छिमेकीले उसलाई सराप दियो।” यो यस्तो किसिमको कसम थियो, जसमा कसम खाने मानिसले झूटो कसम खाएमा वा आफ्नो कसम पूरा नगरेमा सजायस्वरूप सराप पाउँथ्यो।

शा., “आफूले पाएको सरापको कारण।”

वा “फट्‌याङ्‌ग्राहरूले।”

वा “ख्यातिबारे।”

शा., “बिन्तीमा नजर लगाउनुहोस्‌।”

वा “तिनीहरूले जे बिन्ती गरे तापनि तिनीहरूको बिन्ती सुन्‍नुहोस्‌।”

वा “हमाथ छिर्ने ठाउँदेखि।”

शब्दावली हेर्नुहोस्‌।

वा “सन्तानको।”

शा., “उखानको।”

शा., “सिटी बजाउँदै।”

वा सम्भवतः “व्यर्थको देश।”

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “मिलो।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”

वा “मजबुत बनाए।”

शा., “देशको।”

वा “मिलो।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”

वा “गाउँखाने कथाहरू।”

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

वा “तपाईँले बोलेका कुराहरू।”

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

प्रायजसो धनुर्धारीले बोक्ने ढाल।

हिब्रू धर्मशास्त्रमा एक मीना भनेको ५७० ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा सम्भवतः “घोडाहरू मिश्र र कोएबाट मगाइन्थ्यो; राजाका व्यापारीहरूले घोडाहरू कोएबाट किनेर ल्याउँथे।” कोए भन्‍ने ठाउँले सिलिसियालाई जनाएको हुन सक्छ।

वा “तिनीहरूसित विवाहवारी नगर्नू।”

वा “तिनका पत्नीहरूले तिनलाई निकै प्रभाव पारे।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शासन गर्ने अधिकार नभएकी रानी।

वा सम्भवतः “दूध छुटाइन्‌।”

शा., “दाउद आफ्ना पितृहरूसितै सुते।”

वा “मिलो।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”

अर्थात्‌, दाउदको सन्तान मेरो नजरको सामने सधैँ रहिरहोस्‌।

वा “नाइकेहरूसित।”

शा., “पाल।”

शा., “चुनिएका।”

शब्दावली हेर्नुहोस्‌।

वा “बोसो मिसिएको खरानीचाहिँ।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

वा “पक्षाघात भयो।”

वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

तिनलाई अबियाह पनि भनिन्छ।

अर्थात्‌, तिनको सन्तान रहिरहन दिनुभयो।

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करार।”

वा “मजबुत बनाएका; पुनर्निर्माण गरेका।”

वा “रगतको साटो फेर्ने व्यक्‍ति।”

शा., “इस्राएलीले।”

शा., “इस्राएलीलाई।”

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यसको अर्थ हो, “सेमेरको घरानाको।”

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ हो, “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ।”

शा., “जोसामु म खडा छु।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

शा., “घरकी मालिक्नीको।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

शा., “जोसामु म खडा छु।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “यात्रामा गयो होला।”

एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “इस्राएलका।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाकले।”

यसको अर्थ हो, “परमेश्‍वर उद्धारक हुनुहुन्छ।”

शा., “अभिषेक गर्नू।”

वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाक।”

शा., “बुबाआमालाई चुम्बन गर्न।”

अर्थात्‌, अर्को वसन्तमा।

अर्थात्‌, वसन्त ऋतुमा।

वा “इस्राएलका राजाहरूले अटल प्रेम देखाउँछन्‌।”

वा “करारको।”

“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

शा., “खलामा।”

वा सम्भवतः “वेश्‍याहरू नुहाउने ठाउँमा कुकुरहरूले तिनको रगत चाटे।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने