दोस्रो इतिहास
१ दाउदका छोरा सुलेमानको शासन झन्झन् स्थिर हुँदै गयो। यहोवा तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो र उहाँले तिनलाई एकदमै महान् तुल्याउनुभयो।+
२ सुलेमानले सारा इस्राएललाई अर्थात् हजार-हजार र सय-सयका नाइकेहरूलाई, न्यायकर्ताहरूलाई अनि इस्राएलका सबै कुलनायक, जो आ-आफ्ना बुबापट्टिको घरानाका नाइकेहरू थिए, तिनीहरूलाई बोलाउन सन्देशवाहकहरू पठाए। ३ त्यसपछि सुलेमान र सारा समुदाय गिबोनमा भएको अग्लो थानमा* गए।+ किनकि साँचो परमेश्वरको भेट हुने पाल त्यहीँ थियो, जुन पाल यहोवा परमेश्वरका सेवक मोसाले निर्जनभूमिमा बनाएका थिए। ४ तर दाउदले साँचो परमेश्वरको सन्दुक* किर्यथ-येरिमबाट+ आफूले त्यसको निम्ति तयार पारेको ठाउँमा ल्याएका थिए। तिनले त्यसको निम्ति यरुसलेममा एउटा पाल टाँगेका थिए।+ ५ हुरका नाति उरिका छोरा बजलेलले+ बनाएको तामाको वेदी+ यहोवा परमेश्वरको वासस्थानअगाडि* राखिएको थियो। सुलेमान र सारा समुदायले त्यस वेदीसामु प्रार्थना गर्थे।* ६ तब सुलेमानले त्यहाँ यहोवा परमेश्वरसामु भेटी चढाए। तिनले भेट हुने पालसँगै भएको तामाको वेदीमा+ १ हजार पशु अग्निभेटीस्वरूप* चढाए।
७ त्यो रात परमेश्वर सुलेमानकहाँ सपनामा प्रकट हुनुभयो र तिनलाई यसो भन्नुभयो: “तिमी के चाहन्छौ, भन।”+ ८ सुलेमानले परमेश्वरलाई यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ+ अनि उहाँको ठाउँमा मलाई राजा बनाउनुभएको छ।+ ९ अब हे यहोवा, तपाईँले मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्।+ तपाईँले मलाई पृथ्वीको धुलोजत्तिकै अनगिन्ती मानिसहरूमाथि राजा बनाउनुभएको छ।+ १० यी मानिसहरूलाई डोऱ्याउन मलाई बुद्धि र ज्ञान दिनुहोस्।+ किनकि तपाईँको यति ठूलो प्रजाको कसले पो न्याय गर्न सक्छ र?”+
११ त्यसपछि परमेश्वरले सुलेमानलाई यसो भन्नुभयो: “तिमीले न धनसम्पत्ति माग्यौ न मानसम्मान; तिमीले आफूलाई घृणा गर्नेहरूको ज्यान पनि मागेनौ न त दीर्घायु जीवन नै माग्यौ। बरु तिमीले मेरो प्रजाको न्याय गर्न बुद्धि र ज्ञान माग्यौ, जसमाथि शासन गर्न मैले तिमीलाई राजा बनाएको छु। तिम्रो मनैदेखिको चाहना यही भएकोले+ १२ म तिमीलाई बुद्धि र ज्ञान दिनेछु। तर त्यसबाहेक म तिमीलाई यति धेरै धनसम्पत्ति र मानसम्मान पनि दिनेछु, जुन न तिमीअघिका कुनै राजाले पाएका थिए न त तिमीपछिका कुनै राजाले नै पाउनेछन्।”+
१३ त्यसपछि सुलेमान गिबोनमा+ भएको अग्लो थान अर्थात् भेट हुने पालबाट यरुसलेम आए। अनि तिनले इस्राएलमा शासन गरे। १४ सुलेमानले प्रशस्तै रथ र घोडा* जम्मा गरे। तिनीसित १ हजार ४ सय रथ र १२ हजार घोडा* थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा+ अनि आफूसितै यरुसलेममा राखे।+ १५ राजा सुलेमानले यरुसलेममा यत्ति धेरै सुनचाँदी जम्मा गरे कि ती ढुङ्गासरह प्रशस्त भए।+ अनि देवदारको काठचाहिँ सेफेलाहका खनिउँका रूखहरूसरह प्रशस्त भयो।+ १६ सुलेमानका घोडाहरू मिश्रबाट* ल्याइएका थिए।+ राजाका व्यापारीहरूले तोकिएको दाममा बथानका बथान घोडा किनेर ल्याउँथे।*+ १७ मिश्रबाट ल्याइएको एउटा रथको दाम चाँदीका ६०० टुक्रा पर्थ्यो अनि घोडाको चाहिँ चाँदीका १५० टुक्रा पर्थ्यो। त्यसपछि ती व्यापारीहरूले हित्तीहरूका सबै राजा र सिरियाका राजाहरूलाई ती रथहरू र घोडाहरू बेच्थे।
२ सुलेमानले यहोवा परमेश्वरको नामको निम्ति एउटा भवन+ अनि आफ्नो निम्ति एउटा राजमहल बनाउने आदेश दिए।+ २ तिनले ७० हजार मजदुरलाई भारी बोक्ने काममा र ८० हजार मानिसलाई पहाडमा ढुङ्गा काट्ने काममा लगाए।+ उनीहरूको कामको निगरानी गर्न तिनले ३ हजार ६ सय जना निरीक्षक पनि नियुक्त गरे।+ ३ साथै तिनले टायरका राजा हिरामलाई+ यस्तो खबर पठाए: “मेरा बुबा दाउदले राजमहल बनाउनुहुँदा तपाईँले उहाँलाई देवदारका काठहरू पठाइदिनुभएको थियो। त्यसैगरि मलाई पनि देवदारका काठहरू पठाइदिनुहोस्।+ ४ म मेरा परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउँदै छु। त्यो भवन परमेश्वरको निम्ति पवित्र पारिनेछ। त्यहाँ उहाँसामु सुगन्धित धूप चढाइनेछ,+ नियमित रूपमा भेटीको रोटी* राखिनेछ+ अनि हरेक बिहान र बेलुकी,+ विश्रामदिनमा,*+ औँसीमा+ र यहोवा परमेश्वरको निम्ति चाडहरू+ मनाइँदा अग्निभेटी चढाइनेछ। यो इस्राएलीहरूले सधैँ पूरा गर्नुपर्ने कर्तव्य हो। ५ मैले बनाउन लागेको त्यो भवन भव्य हुनेछ। किनकि हाम्रा परमेश्वर अरू सबै देवताभन्दा महान् हुनुहुन्छ। ६ तर भन्ने नै हो भने, कसले पो उहाँको निम्ति भवन बनाउन सक्छ र? किनकि आकाश, हो, विशाल आकाश पनि उहाँको लागि सानो छ।+ त्यसैले उहाँको निम्ति भवन बनाउने म को हुँ र? म त यस्तो एउटा ठाउँ मात्र बनाउँदै छु, जहाँ परमेश्वरसामु माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाउन सकियोस्। ७ त्यसैले सुन, चाँदी, तामा,+ फलाम, बैजनी ऊन, गाढा रातो र निलो धागोको काम गर्न अनि बुट्टा कुँद्न निपुण एक जना शिल्पकार मकहाँ पठाइदिनुहोस्। तिनले यहुदा र यरुसलेममा मेरा निपुण शिल्पकारहरूसँगै काम गर्नेछन्, जुन शिल्पकारहरूको प्रबन्ध मेरा बुबा दाउदले मिलाउनुभएको थियो।+ ८ अनि लेबनानबाट देवदार, धुपी+ र चन्दनका काठहरू+ पनि पठाइदिनुहोस्। किनकि मलाई थाह छ, तपाईँका सेवकहरू लेबनानका रूखहरू+ काट्न अनुभवी छन्। मेरा सेवकहरूले पनि तपाईँका सेवकहरूसँगै काम गर्नेछन्+ ९ र मेरो लागि प्रशस्त मात्रामा काठ ल्याउनेछन् किनकि म जुन भवन बनाउँदै छु, त्यो निकै भव्य हुनेछ। १० म तपाईँका सेवकहरू—रूख काट्ने कामदारहरूको लागि खानेकुराको प्रबन्ध गरिदिनेछु।+ म तिनीहरूको निम्ति २० हजार कोर* गहुँ, २० हजार कोर जौ, २० हजार बाथ* मद्य र २० हजार बाथ तेल दिनेछु।”
११ तब टायरका राजा हिरामले सुलेमानलाई यस्तो पत्र लेखेर पठाए: “यहोवा परमेश्वर आफ्नो प्रजालाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँले तपाईँलाई उनीहरूको राजा बनाउनुभएको छ।” १२ हिरामले पत्रमा यस्तो पनि लेखेका थिए: “स्वर्ग र पृथ्वी बनाउनुहुने इस्राएलका परमेश्वर यहोवाको प्रशंसा होस्। किनकि उहाँले राजा दाउदलाई एक जना बुद्धिमान्, विवेकी र समझदार छोरा दिनुभएको छ,+ जसले यहोवा परमेश्वरको निम्ति एउटा भवन र आफ्नो निम्ति एउटा राजमहल बनाउन लागेका छन्। १३ म तपाईँकहाँ शिल्पकार हिराम-अबिलाई+ पठाउँदै छु। तिनी समझदार र निपुण छन्। १४ तिनकी आमा दानको कुलकी हुन् तर तिनका बुबाचाहिँ टायरका हुन्। तिनी सुन, चाँदी, तामा, फलाम, ढुङ्गा, काठ, बैजनी ऊन, निलो धागो, उच्च कोटीको मलमल र गाढा रातो धागोको काम गर्न अनुभवी छन्।+ तिनी जुनसुकै किसिमको बुट्टा कुँद्न सक्छन्।+ तिनले तपाईँका निपुण शिल्पकारहरूसित र तपाईँका बुबा, मेरा प्रभु दाउदका निपुण शिल्पकारहरूसित मिलेर काम गर्नेछन्। १५ अब हे मेरा प्रभु! तपाईँले वाचा गर्नुभएअनुसारै तपाईँका सेवकहरूको लागि गहुँ, जौ, तेल र मद्य पठाइदिनुहोस्।+ १६ तपाईँलाई चाहिएजति रूख हामी लेबनानमा+ काट्नेछौँ अनि ती काठहरू बाँधेर समुद्रमा तैराउँदै त्यसलाई जोप्पासम्म+ ल्याउनेछौँ। अनि तपाईँले ती काठहरू त्यहाँबाट यरुसलेम लैजानुहोला।”+
१७ त्यसपछि सुलेमानले आफ्ना बुबा दाउदले जस्तै+ इस्राएलका इलाकाहरूमा बसोबास गरिरहेका विदेशीहरूको गन्ती गरे।+ उनीहरू जम्मा १ लाख ५३ हजार ६ सय जना थिए। १८ तिनले उनीहरूमध्ये ७० हजारलाई भारी बोक्न र ८० हजारलाई पहाडमा ढुङ्गा काट्न लगाए।+ अनि उनीहरूलाई काममा लगाउन ३ हजार ६ सय जना निरीक्षक खटाए।+
३ त्यसपछि सुलेमानले यरुसलेमको मोरियाह डाँडामा+ यहोवा परमेश्वरको भवन बनाउन थाले।+ त्यही डाँडामा यहोवा परमेश्वर तिनका बुबा दाउदकहाँ प्रकट हुनुभएको थियो।+ त्यो ठाउँ यबुसी ओर्नानको खलामा पर्थ्यो+ र दाउदले तयार पारेको ठाउँ पनि त्यही थियो। २ तिनले आफ्नो शासनकालको चौथो वर्षको दोस्रो महिनाको दोस्रो दिन त्यो भवन बनाउन सुरु गरे। ३ तिनले साँचो परमेश्वरको भवनको जग हाले। उहिले-उहिलेको नापअनुसार* जगको लम्बाइ ६० हात र चौडाइ २० हात थियो।+ ४ भवनको अगाडि भएको दलानको लम्बाइ २० हात थियो, जुन भवनको चौडाइबराबर थियो। अनि त्यस दलानको उचाइ २० हात* थियो। तिनले त्यस दलानको भित्री भाग निखुर सुनले मोहोरे।+ ५ अनि तिनले ठूलो कोठामा* धुपीको फल्याक लगाए र त्यसलाई निखुर सुनले मोहोरे।+ त्यसपछि तिनले त्यस कोठालाई खजुरको बोटका आकृतिहरू+ र सिक्रीहरूले सजाए।+ ६ तिनले त्यस भवनमा सुन्दर-सुन्दर बहुमूल्य रत्नहरू पनि जडे।+ त्यस भवनमा तिनले प्रयोग गरेको सुन+ पर्वैमबाट ल्याइएको थियो। ७ तिनले त्यो भवन, त्यसका दलिनहरू, सँघारहरू, भित्ताहरू र ढोकाहरू सुनले मोहोरे।+ तिनले भित्ताहरूमा करूबहरूको आकृति खोपे।+
८ त्यसपछि तिनले महापवित्र कोठा बनाए।+ त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो। त्यसको लम्बाइ भवनको चौडाइबराबर थियो। तिनले महापवित्र कोठालाई ६०० टालेन्ट* निखुर सुनले मोहोरे।+ ९ किलाहरू बनाउन ५० शेकेल* सुन प्रयोग गरिएको थियो। सुलेमानले छतका कोठाहरू पनि सुनले मोहोरे।
१० त्यसपछि तिनले महापवित्र कोठामा करूबको दुई वटा प्रतिमा बनाए र त्यसलाई सुनले मोहोरे।+ ११ दुइटै करूबका+ पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। एउटा करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले चाहिँ अर्को करूबको एउटा पखेटा छोएको थियो। १२ त्यसैगरि अर्को करूबको एउटा पखेटा पाँच हात लामो थियो र त्यसले भवनको अर्कोपट्टिको भित्ता छोएको थियो। त्यस करूबको अर्को पखेटा पनि पाँचै हात लामो थियो र त्यसले पहिलो करूबको एउटा पखेटा छोएको थियो। १३ ती करूबहरूको पखेटा फिँजिएको थियो र दुइटै करूबका पखेटाहरूको जम्मा लम्बाइ २० हात थियो। ती करूबहरू सीधा उभिएका थिए र तिनीहरूको मुहार ठूलो कोठातर्फ* फर्किएको थियो।
१४ तिनले निलो धागो, बैजनी ऊन, गाढा रातो धागो र उच्च कोटीको मलमलको पर्दा पनि बनाए+ र त्यसमा करूबहरूको आकृति बनाए।+
१५ त्यसपछि तिनले भवनको अघिल्तिरको भागमा दुई वटा खम्बा बनाए।+ त्यसको लम्बाइ ३५ हात थियो। दुई वटै खम्बाको शिरको उचाइ पाँच-पाँच हात थियो।+ १६ तिनले हारजस्तै देखिने सिक्रीहरू बनाए र ती सिक्रीहरूले खम्बाको शिर सजाइदिए। त्यसपछि तिनले १०० वटा अनारका आकृति बनाए र ती आकृतिहरू सिक्रीहरूमा लगाइदिए। १७ तिनले ती खम्बाहरू मन्दिरको अघिल्तिरको भागमा ठड्याए—एउटा दायाँतिर* अनि अर्कोचाहिँ बायाँतिर।* तिनले दायाँतिरको खम्बाको नाम याकिन* राखे र बायाँतिरको खम्बाको नामचाहिँ बोअज* राखे।
४ त्यसपछि तिनले तामाको वेदी बनाए।+ त्यसको लम्बाइ २० हात, चौडाइ २० हात र उचाइ १० हात थियो।
२ तिनले धातु* ढालेर एउटा विशाल खड्कुँलो बनाए,+ जसलाई ‘समुद्र’ भन्ने नाम दिइयो। त्यो गोलाकार थियो। त्यसको मुखको व्यास १० हात र गोलाइ ३० हात थियो।* त्यसको उचाइ ५ हात थियो।+ ३ खड्कुँलोको मुखको तलतिर दुई लहर खरबुजाजस्तो देखिने ससाना फलका आकृतिहरू थिए।+ खड्कुँलोको चारैतिर एक-एक हातभित्र दस-दस वटा त्यस्ता आकृतिहरू थिए। यी आकृतिहरू खड्कुँलोसँगै ढालेर बनाइएका थिए। ४ त्यो खड्कुँलोलाई १२ वटा साँढेमाथि+ अड्याइएको थियो। तीन वटा साँढे उत्तरतिर, तीन वटा पश्चिमतिर, तीन वटा दक्षिणतिर र तीन वटा पूर्वतिर फर्केका थिए। ती सबै साँढेको पछिल्तिरको भाग भित्रपट्टि फर्केको थियो। त्यस खड्कुँलोलाई ती साँढेहरूमाथि अड्याइएको थियो। ५ त्यो खड्कुँलो चार अङ्गुल* बाक्लो थियो। त्यसको मुख कचौराको मुखजस्तो थियो; त्यो फक्रेको लिली फूलजस्तै देखिन्थ्यो। त्यस खड्कुँलोमा ३ हजार बाथ* पानी अटाउँथ्यो।
६ तिनले सरसफाइको लागि १० वटा बाटा पनि बनाए। तिनले पाँच वटा बाटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+ अग्निभेटी+ चढाउँदा प्रयोग गरिने सरसामान ती बाटाहरूमा पखालिन्थ्यो। तर ‘समुद्र’ भनिने विशाल खड्कुँलोको पानीचाहिँ पुजारीहरूले हातखुट्टा धुन प्रयोग गर्थे।+
७ त्यसपछि तिनले आफूलाई दिइएको नमुनाअनुसारै+ सुनका १० वटा पानस बनाए+ र त्यसलाई मन्दिरमा राखे। तिनले पाँच वटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+
८ त्यसपछि तिनले १० वटा टेबुल बनाए र त्यसलाई मन्दिरमा राखे। तिनले पाँच वटा दायाँतिर र बाँकी पाँच वटा बायाँतिर राखे।+ तिनले सुनका १०० वटा कचौरा पनि बनाए।
९ अनि तिनले पुजारीहरूको चोक बनाए।+ तिनले ठूलो चोक+ र त्यसका ढोकाहरू पनि बनाए। तिनले ती ढोकाहरू तामाले मोहोरे। १० तिनले ‘समुद्र’ भनिने विशाल खड्कुँलोलाई चाहिँ दायाँतिर, दक्षिण-पूर्व दिशामा राखे।+
११ हिरामले कोइला राख्ने भाँडाहरू, साबेलहरू र कचौराहरू पनि बनाए।+
यसरी हिरामले साँचो परमेश्वरको भवनमा ती सबै काम गरिसिद्ध्याए, जुन राजा सुलेमानले उनलाई दिएका थिए। उनले यी सबै थोक बनाए:+ १२ दुई वटा खम्बा+ र ती खम्बाहरूका शिरहरू, जुन कचौरा आकारका थिए; ती कचौरा आकारका शिरहरूलाई सिङ्गार्न दुई वटा जाली;+ १३ ती दुई वटा जालीको निम्ति ४०० वटा अनारका आकृति;+ प्रत्येक जालीको निम्ति दुई लहर अनारका आकृति, जसले खम्बाहरूका शिरलाई सिँगारेका थिए;+ १४ दस वटा ठेलागाडा र ठेलागाडामा राखिने १० वटा बाटा;+ १५ ‘समुद्र’ भनिने विशाल खड्कुँलो र त्यसमुनि भएका १२ वटा साँढे+ १६ अनि कोइला राख्ने भाँडाहरू, साबेलहरू, काँटाहरू+ र सबै सरसामान, जुन टल्काइएका तामाले बनाइएका थिए। राजा सुलेमानले भनेअनुसारै हिराम-अबिभले+ यहोवा परमेश्वरको भवनको निम्ति सबै सरसामान बनाएका थिए। १७ राजाले यी सबथोक यर्दनको इलाकामा सुक्कोथ+ र जेरेदाहको बीचमा बनाए। यी सबथोक माटाका साँचाहरूमा ढालेर बनाइएका थिए। १८ सुलेमानले असाध्यै धेरै भाँडाकुँडा बनाएका थिए। त्यसैले ती सब बनाउन कति तामा लाग्यो भनेर थाह पाउन सम्भव थिएन।+
१९ सुलेमानले साँचो परमेश्वरको भवनको निम्ति यी सब सरसामान बनाए:+ सुनको वेदी;+ भेटीको रोटी* राख्न टेबुलहरू;+ २० निखुर सुनका पानसहरू र त्यसका दियोहरू,+ जुन नियमअनुसार भित्री कोठाको अगाडिपट्टि बालिन्थ्यो; २१ फूलहरू, दियोहरू र चिम्टाहरू—यी सबै निखुर सुनले बनाइएका थिए; २२ सलेदो निभाउने साधनहरू, कचौराहरू, प्यालाहरू र सलेदोदानीहरू*—यी सबै निखुर सुनले बनाइएका थिए; साथै महापवित्र कोठाका+ र मन्दिरका* ढोकाहरू, जुन सुनका थिए।+
५ यसरी सुलेमानले यहोवा परमेश्वरको भवनको निम्ति आफूले गर्नुपर्ने सबै काम गरिसिद्ध्याए।+ त्यसपछि तिनले आफ्ना बुबा दाउदले पवित्र पारेका+ सरसामान त्यस भवनमा ल्याए। तिनले सुन, चाँदी र अरू सबै थोक साँचो परमेश्वरको भवनको भण्डारमा राखे।+ २ सुलेमानले इस्राएलका नाइकेहरू अर्थात् सबै कुलका नाइकेहरूलाई र बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गराए। दाउदनगर+ अर्थात् सियोनबाट+ यहोवा परमेश्वरको करारको सन्दुक* ल्याउन तिनीहरू सबै यरुसलेम आए। ३ सातौँ महिनामा+ मनाइने चाडको* समयमा इस्राएलका सबै मानिस राजासामु भेला भए।
४ इस्राएलका सबै नाइके आएपछि लेवीहरूले सन्दुक उचाले।+ ५ पुजारीहरू र लेवीहरूले सन्दुक, भेट हुने पाल+ र त्यस पालमा भएका सबै पवित्र सरसामान ल्याए। ६ राजा सुलेमान र इस्राएलको पूरै समुदाय, जसलाई राजाले बोलाएका थिए, तिनीहरू सबै सन्दुकको अगाडि उभिएका थिए। त्यतिबेला यत्ति धेरै भेडा र वस्तुभाउ बलिदान चढाइयो+ कि त्यसको कुनै लेखाजोखा नै हुन सकेन। ७ अनि पुजारीहरूले यहोवा परमेश्वरको करारको सन्दुक त्यसको लागि तोकिएको ठाउँमा ल्याए। तिनीहरूले त्यो सन्दुक भवनको भित्री कोठा अर्थात् महापवित्र कोठामा करूबहरूको पखेटामुनि राखे।+ ८ करूबहरूका पखेटा सन्दुक राखिएको ठाउँको मास्तिर फैलिएका थिए अनि करूबहरूले सन्दुक र त्यसका डन्डीहरूलाई माथिबाट ढाकेका थिए।+ ९ ती डन्डीहरू निकै लामा थिए। त्यसैले ती डन्डीहरूको टुप्पो भित्री कोठाको अगाडि भएको पवित्र कोठाबाट देखिन्थ्यो तर बाहिरबाट भने देखिँदैनथ्यो। ती अहिलेसम्म पनि त्यहीँ छन्। १० त्यस सन्दुकभित्र मोसाले राखेका दुई वटा पाटी मात्र थिए, जुन तिनले होरेबमा छँदा राखेका थिए।+ इस्राएलीहरू मिश्रबाट निस्केर+ आउँदै गर्दा यहोवा परमेश्वरले उनीहरूसित होरेबमा करार बाँध्नुभएको बेला+ तिनले ती पाटीहरू त्यहाँ राखेका थिए।
११ तब पुजारीहरू पवित्र ठाउँबाट निस्केर आए। (किनकि त्यहाँ उपस्थित भएका सबै पुजारीले आफू जुनसुकै दलको भए तापनि+ आफूलाई पवित्र पारेका थिए।)+ १२ त्यतिबेला आसाप,+ हेमान,+ यदुथुन,+ तिनीहरूका छोराहरू र तिनीहरूका दाजुभाइको दलका सबै लेवी गायकहरू+ उच्च कोटीको मलमलको कपडा लगाएर वेदीको पूर्वपट्टि उभिरहेका थिए। तिनीहरूले झ्याली, तारे बाजा र वीणा बोकेका थिए। तिनीहरूसँगै १२० जना पुजारी पनि उभिरहेका थिए र उनीहरूले बिगुल फुकिरहेका थिए।+ १३ बिगुल फुक्नेहरू र गायकहरूले सुरमा सुर मिलाउँदै यहोवा परमेश्वरको प्रशंसा गरिरहेका थिए र उहाँलाई धन्यवाद चढाइरहेका थिए। त्यहाँ बिगुल, झ्याली र अन्य बाजाको आवाज गुञ्जिरहेको थियो र उनीहरू यहोवा परमेश्वरको प्रशंसा गर्दै थिए, “किनकि उहाँ भला हुनुहुन्छ; उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+ त्यति नै बेला यहोवा परमेश्वरको भवनलाई बादलले ढाक्यो।+ १४ बादलले गर्दा पुजारीहरूले त्यहाँ उभिएर सेवा गर्न सकेनन् किनकि साँचो परमेश्वर यहोवाको भवन उहाँको महिमाले भरिएको थियो।+
६ यो देखेर सुलेमानले भने: “यहोवा परमेश्वरले ‘म बाक्लो बादलमा बास गर्नेछु’ भन्नुभएको थियो।+ २ हे परमेश्वर, मैले तपाईँको निम्ति एउटा भव्य भवन, एउटा निवासस्थान बनाएको छु, जहाँ तपाईँ सधैँभरि बास गर्नुहुनेछ।”+
३ त्यसपछि राजा सुलेमान इस्राएली समुदायतर्फ फर्के अनि आफ्नो अगाडि उभिरहेका ती मानिसहरूलाई आशिष् दिन थाले।+ ४ तिनले भने: “इस्राएलका परमेश्वर यहोवाको प्रशंसा होस्, जसले आफ्नै मुखले मेरा बुबा दाउदसित प्रतिज्ञा गर्नुभएको थियो र आफ्नै हातले त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। उहाँले मेरा बुबासित यस्तो प्रतिज्ञा गर्नुभएको थियो: ५ ‘मेरो प्रजालाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म मैले मेरो नामको महिमाको निम्ति भवन बनाउन इस्राएलको कुनै कुलको कुनै सहर रोजेको छैनँ+ अनि मेरो प्रजामाथि शासन गर्न कुनै मानिसलाई रोजेको छैनँ। ६ तर अब मैले आफ्नो नामको महिमाको निम्ति यरुसलेमलाई रोजेको छु+ र मेरो प्रजा इस्राएलीहरूमाथि शासन गर्न दाउदलाई रोजेको छु।’+ ७ मेरा बुबा दाउदको इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने ठूलो धोको थियो।+ ८ तर यहोवा परमेश्वरले मेरा बुबा दाउदलाई यसो भन्नुभयो: ‘तिमीले मेरो नामको निम्ति एउटा भवन बनाउने इच्छा गऱ्यौ; त्यो राम्रो कुरा हो। ९ तर तिमीले त्यो भवन बनाउनेछैनौ। बरु तिम्रो छोरा, जो तिमीबाट जन्मनेछ, उसैले मेरो नामको निम्ति एउटा भवन बनाउनेछ।’+ १० यहोवा परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ। यहोवा परमेश्वरले गर्नुभएको प्रतिज्ञाअनुसारै+ म मेरा बुबा दाउदपछि राजा भएको छु र इस्राएलको सिंहासनमा बसेको छु।+ इस्राएलका परमेश्वर यहोवाको नामको निम्ति मैले एउटा भवन पनि बनाएको छु। ११ अनि त्यहाँ मैले सन्दुक* राखेको छु, जुन सन्दुकमा यहोवा परमेश्वरले इस्राएलीहरूसित बाँध्नुभएको करारका दुई वटा पाटी राखिएका छन्।”+
१२ त्यसपछि सुलेमान इस्राएलको पूरै समुदायसामु यहोवा परमेश्वरको वेदीअगाडि उभिए र तिनले आफ्नो हात आकाशतिर फैलाए।+ १३ (सुलेमानले तामाको मञ्च बनाएर त्यसलाई चोकको बीचमा राखेका थिए।+ त्यस मञ्चको लम्बाइ पाँच हात, चौडाइ पाँच हात र उचाइ तीन हात थियो। तिनी त्यही मञ्चमा उभिएका थिए।) तिनले इस्राएलको पूरै समुदायसामु घुँडा टेके र आफ्नो हात आकाशतिर फैलाए।+ १४ अनि यसो भने: “हे इस्राएलका परमेश्वर यहोवा, स्वर्ग वा पृथ्वीमा तपाईँजस्तो परमेश्वर अरू कोही छैन। तपाईँ सधैँ आफ्नो करार पूरा गर्नुहुन्छ अनि सारा हृदयले तपाईँको बाटोमा हिँड्ने आफ्ना सेवकहरूलाई अटल प्रेम देखाउनुहुन्छ।+ १५ तपाईँले आफ्नो दास, मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुभएको छ।+ तपाईँले आफ्नै मुखले प्रतिज्ञा गर्नुभएको थियो र आज आफ्नै हातले त्यो पूरा पनि गर्नुभएको छ।+ १६ अब हे इस्राएलका परमेश्वर यहोवा, आफ्ना सेवक, मेरा बुबा दाउदसित गर्नुभएको यो प्रतिज्ञा पनि पूरा गर्नुहोस्: ‘तिमीले जस्तै तिम्रा सन्तानले पनि मेरो व्यवस्था पालन गरिरहे र आफ्नो चालचलनमा ध्यान दिइरहे भने मसामु इस्राएलको सिंहासनमा बस्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ १७ अब हे इस्राएलका परमेश्वर यहोवा! आफ्नो सेवक दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्।
१८ “तर के परमेश्वर मानिसहरूसित पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्! तपाईँको लागि आकाश, हो, विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन् के हो र?+ १९ हे मेरा परमेश्वर यहोवा, तपाईँको यस सेवकको प्रार्थनामा ध्यान दिनुहोस्, तपाईँको कृपाको लागि उसले गरेको बिन्ती सुन्नुहोस्। तपाईँको यस सेवकको गुहार सुन्नुहोस् र उसले तपाईँसामु गरेको यो प्रार्थना स्विकार्नुहोस्। २० यस भवनमाथि दिनरात तपाईँको नजर रहोस्, जुन भवनसित तपाईँले आफ्नो नाम जोड्ने प्रतिज्ञा गर्नुभएको थियो।+ तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्नुहोस्। २१ तपाईँको यस सेवकले र तपाईँको प्रजा इस्राएलीहरूले यस भवनतर्फ फर्केर बिन्ती गर्दा उनीहरूको पुकारा सुन्नुहोस्।+ तपाईँको निवासस्थान स्वर्गबाट उनीहरूको प्रार्थनामा ध्यान दिनुहोस्।+ उनीहरूको बिन्ती सुन्नुहोस् र उनीहरूलाई क्षमा गरिदिनुहोस्।+
२२ “यदि कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गऱ्यो र त्यस मानिसलाई कसम खान लगाइयो* अनि आफूले खाएको कसमको कारण* ऊ यस भवनमा तपाईँको वेदीसामु आयो भने+ २३ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस् र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्। जो दुष्ट हो, उसलाई सजाय दिनुहोस् र उसको पापको दोष उसकै थाप्लोमा परोस्।+ अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस् र उसको धार्मिकताअनुसार* उसलाई इनाम दिनुहोस्।+
२४ “यदि तपाईँको प्रजा इस्राएलीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण तिनीहरू आफ्ना शत्रुहरूसित लडाइँमा हारे+ तर पछि तिनीहरू तपाईँकहाँ फर्केर आए र तपाईँको नामको महिमा गरे+ अनि तिनीहरूले तपाईँको भवनमा आएर प्रार्थना गरे+ र तपाईँसामु दयाको भीख मागे भने+ २५ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्नुहोस्+ र आफ्नो प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस् अनि तिनीहरूलाई र तिनीहरूका पितापुर्खालाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस्।+
२६ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरिरहेको कारण+ आकाश बन्द भयो र पानी परेन+ अनि यसरी तपाईँले तिनीहरूलाई नम्र तुल्याउनुभएकोले+ तिनीहरू आफ्नो पापको मार्गबाट फर्केर आए, यस भवनतर्फ फर्केर प्रार्थना गरे अनि तपाईँको नामको महिमा गरे भने २७ स्वर्गबाट तिनीहरूको बिन्ती सुन्नुहोस् र तपाईँका सेवकहरू, तपाईँको प्रजा इस्राएलीहरूको पाप क्षमा गरिदिनुहोस्। किनकि तिनीहरू हिँड्नुपर्ने सही मार्गबारे तपाईँले तिनीहरूलाई सिकाउनुहुनेछ+ र आफ्ना प्रजालाई पैतृक सम्पत्तिको रूपमा दिनुभएको यस देशमा पानी बर्साउनुहुनेछ।+
२८ “यदि देशमा अनिकाल पऱ्यो+ वा भयानक रोग फैलियो+ अथवा लु, ढुसी+ वा हुल बाँधेर आएका सलहहरूले* अथवा भोका सलहहरूले+ गर्दा बालीनाली सखाप भयो अथवा देशको कुनै सहरमा शत्रुहरूले घेरा हाले+ वा देशमा कुनै रोग वा अरू कुनै महामारी फैलियो+ २९ अनि यस्तो बेला कुनै मानिसले वा तपाईँको सम्पूर्ण इस्राएली प्रजाले यस भवनतर्फ आफ्नो हात फैलाएर तपाईँलाई प्रार्थना+ गऱ्यो वा तपाईँको कृपाको लागि बिन्ती गऱ्यो भने+ (किनकि हरेकलाई आफ्नो पीडा र आफ्नो समस्या थाह हुन्छ)+ ३० आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुहोस्+ अनि तिनीहरूलाई माफ गरिदिनुहोस्।+ हरेकलाई उसले गरेको कामको इनाम दिनुहोस् किनकि तपाईँ हरेक मानिसको हृदयको कुरा जान्नुहुन्छ। (मानिसको हृदयमा के छ भनी तपाईँ मात्र जान्नुहुन्छ।)+ ३१ तब हाम्रा पितापुर्खालाई दिनुभएको यस देशमा रहुन्जेल तिनीहरू तपाईँको मार्गमा हिँड्नेछन् र तपाईँको भय मान्नेछन्।
३२ “यदि तपाईँको प्रजा इस्राएलभन्दा बाहिरको कुनै विदेशी तपाईँको महान् नामबारे*+ अनि तपाईँको शक्तिशाली र पराक्रमी हातले गरेको कामबारे सुनेर टाढा देशबाट यहाँ आयो अनि उसले तपाईँको यस भवनतर्फ फर्केर प्रार्थना गऱ्यो भने+ ३३ तपाईँले आफ्नो निवासस्थान स्वर्गबाट त्यस विदेशीको पुकारा सुन्नुहोस् र उसको सबै बिन्ती पूरा गरिदिनुहोस्। तब पृथ्वीका सबै मानिसले तपाईँको प्रजा इस्राएलीहरूले जस्तै तपाईँको नामबारे थाह पाउनेछन्+ र तपाईँको भय मान्नेछन् अनि मैले बनाएको यस भवनसित तपाईँको नाम जोडिएको छ भनी जान्नेछन्।
३४ “यदि तपाईँले आफ्नो प्रजालाई आफ्ना शत्रुहरूसित लडाइँ गर्न कतै पठाउनुभयो+ र तिनीहरूले तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर तपाईँलाई प्रार्थना गरे भने+ ३५ स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस् अनि तिनीहरूको न्याय गरिदिनुहोस्।+
३६ “यदि तिनीहरूले तपाईँको आज्ञा तोडेर पाप गरे (किनकि पाप नगर्ने मानिस कोही पनि छैन)+ र तिनीहरूसित क्रोधित भएर तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पनुभयो र ती शत्रुहरूले तिनीहरूलाई बन्दी बनाएर आफ्नो देशमा लगे, चाहे त्यो टाढाको देश होस् वा नजिकको+ ३७ अनि त्यहाँ लगिएपछि तिनीहरूलाई आफ्नो गल्तीको पछुतो भयो र आफूलाई बन्दी बनाएर लगिएको देशमा तिनीहरू तपाईँकहाँ फर्के अनि तपाईँको कृपाको लागि यसरी बिन्ती गरे: ‘हामीले पाप गऱ्यौँ, हामीले साह्रै दुष्ट काम गऱ्यौँ’+ ३८ अनि आफूलाई बन्दी बनाएर लैजाने शत्रुहरूको देशमा+ छँदा तिनीहरू आफ्नो सारा हृदयले+ र सारा ज्यानले तपाईँकहाँ फर्के अनि तपाईँले तिनीहरूका पितापुर्खालाई दिनुभएको यस देशतर्फ, तपाईँले रोज्नुभएको यस सहरतर्फ र मैले तपाईँको नामको निम्ति बनाएको यस भवनतर्फ फर्केर प्रार्थना गरे भने+ ३९ आफ्नो निवासस्थान स्वर्गबाट तिनीहरूको प्रार्थना र तपाईँको कृपाको लागि तिनीहरूले गरेको बिन्ती सुन्नुहोस् अनि तिनीहरूको न्याय गरिदिनुहोस्।+ तपाईँको आज्ञा तोडेर पाप गर्ने तपाईँका मानिसहरूलाई क्षमा गरिदिनुहोस्।
४० “हे मेरा परमेश्वर! कसैले यस ठाउँमा* प्रार्थना गर्दा कृपया ऊमाथि नजर लगाउनुहोस् र उसको बिन्ती सुन्नुहोस्।+ ४१ अब हे यहोवा परमेश्वर, उठ्नुहोस्! यस ठाउँमा विश्राम गर्नुहोस्।+ अनि तपाईँको सन्दुक, जुन तपाईँको शक्तिको चिनारी हो, त्यसले पनि यस ठाउँमा विश्राम पाओस्। हे यहोवा परमेश्वर! तपाईँका पुजारीहरूले उद्धारको पोसाक पहिरून् र तपाईँका वफादार सेवकहरू तपाईँको भलाइमा रमाऊन्।+ ४२ हे यहोवा परमेश्वर! आफ्नो अभिषिक्त जनलाई तिरस्कार नगर्नुहोस्।+ तपाईँले आफ्नो सेवक दाउदलाई देखाउनुभएको अटल प्रेम नबिर्सनुहोस्।”+
७ सुलेमानले प्रार्थना गरेर सिद्ध्याउनेबित्तिकै+ स्वर्गबाट आगोको मुस्लो झऱ्यो+ अनि अग्निभेटी र बलिलाई भस्म गऱ्यो। अनि पूरै भवन यहोवा परमेश्वरको महिमाले भरियो।+ २ यहोवा परमेश्वरको भवन यहोवाको महिमाले भरिएकोले पुजारीहरू यहोवाको भवनमा पस्न सकेनन्।+ ३ स्वर्गबाट आगोको मुस्लो आउँदा र यहोवाको महिमाले भवन भरिँदा सबै इस्राएलीले हेरिरहेका थिए। त्यसपछि तिनीहरू भुईँसम्मै घोप्टो परेर पेटीमा लम्पसार परे र यसो भन्दै यहोवा परमेश्वरलाई धन्यवाद चढाए: “किनकि उहाँ भला हुनुहुन्छ। उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”
४ त्यसपछि राजा र सबै मानिसले यहोवा परमेश्वरसामु थुप्रै बलि चढाए।+ ५ राजा सुलेमानले २२ हजार वस्तुभाउ र १ लाख २० हजार भेडा चढाए। यसरी राजा र सबै मानिसले परमेश्वरको भवनको उद्घाटन गरे।+ ६ पुजारीहरू आफूलाई खटाइएको ठाउँमा उभिएका थिए। लेवीहरूचाहिँ यहोवाको स्तुतिगान गाइँदा बजाइने बाजाहरूसहित उभिएका थिए।+ (राजा दाउदले यहोवा परमेश्वरलाई धन्यवाद चढाउन ती बाजाहरू बनाएका थिए। तिनी उनीहरूसँगै* मिलेर यसो भन्दै परमेश्वरको प्रशंसा गर्थे: “किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”) अनि लेवीहरूको अगाडि उभिरहेका पुजारीहरूले ठूलो आवाजमा बिगुल फुकिरहेका थिए।+ सबै इस्राएली पनि उभिरहेका थिए।
७ सुलेमानले बनाएको तामाको वेदीमा+ धेरै अग्निभेटी,+ अन्नभेटी+ र बोसो चढाउन सम्भव नभएकोले तिनले अरू अग्निभेटी र मेलबलिको बोसो चढाउन+ यहोवा परमेश्वरको भवनअगाडि भएको चोकको बीचको भागलाई पवित्र पारे। ८ त्यतिबेला सुलेमानले सारा इस्राएलीसित मिलेर सात दिनसम्म चाड मनाए।+ त्यस चाडमा लेबो-हमाथदेखि* मिश्रको वादीसम्मका* मानिसहरू थिए।+ ९ वेदीको समर्पण* सात दिनसम्म चल्यो अनि तिनीहरूले सात दिनसम्म चाड मनाए। आठौँ दिनमा* तिनीहरूले पवित्र सभा+ गरे। १० सातौँ महिनाको २३ औँ दिनमा राजाले मानिसहरूलाई त्यहाँबाट पठाए।+ यहोवा परमेश्वरले दाउद, सुलेमान र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएको भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+
११ यसरी सुलेमानले यहोवा परमेश्वरको भवन अनि राजमहल बनाउन सिद्ध्याए।+ तिनले यहोवाको भवन र आफ्नो महल बनाउन जे-जस्तो योजना बनाएका थिए, ती सबै सफलतापूर्वक पूरा गरे।+ १२ त्यसपछि यहोवा परमेश्वर राती सुलेमानकहाँ प्रकट हुनुभयो+ र यसो भन्नुभयो: “मैले तिम्रो प्रार्थना सुनेँ। मैले यस ठाउँलाई आफ्नो निम्ति बलिदान चढाइने भवनको रूपमा रोजेको छु।+ १३ यदि मैले पानी नपरोस् भनेर आकाश बन्द गरेँ अनि देशको बालीनाली सखाप पार्न फट्याङ्ग्राहरूलाई आदेश दिएँ र मेरा मानिसहरूमाझ महामारी फैलाएँ भने १४ अनि मेरो नामसित जोडिएका मेरा मानिसहरूले+ त्यतिखेर आफूलाई नम्र तुल्याए,+ मलाई पुकारे, मेरो खोजी गरे र खराब कामहरू त्यागे+ भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु अनि तिनीहरूको पाप क्षमा गरिदिनेछु र तिनीहरूको भूमिलाई फेरि उर्वर बनाइदिनेछु।+ १५ अबदेखि यस ठाउँमा मेरो नजर रहनेछ र यस ठाउँमा गरिएको बिन्ती म सुन्नेछु।+ १६ मेरो नाम सधैँभरि यस भवनसित जोडियोस् भनेर मैले यस भवनलाई रोजेको छु र यसलाई पवित्र पारेको छु।+ मेरो नजर र मेरो हृदय यहाँ सधैँभरि रहनेछ।+
१७ “यदि तिमीले आफ्नो बुबा दाउदले जस्तै मैले दिएको हरेक आज्ञा मान्यौ अनि मेरा नीतिनियम र फैसलाहरू पालन गऱ्यौ भने+ १८ म तिम्रो सिंहासन स्थिर पार्नेछु+ र तिम्रो बुबा दाउदसित गरेको यो करार पूरा गर्नेछु:+ ‘इस्राएलमा शासन गर्नलाई तिम्रो उत्तराधिकारीको* कहिल्यै कमी हुनेछैन।’+ १९ तर यदि तिमी मबाट तर्केर गयौ, मैले तिमीसामु राखिदिएको मेरा आज्ञाहरू र विधिविधान पालन नगरी अरू देवीदेवताको उपासना गऱ्यौ अनि तिनीहरूलाई दण्डवत् गऱ्यौ भने+ २० मैले इस्राएलीहरूलाई जुन देश दिएको थिएँ,+ त्यस देशबाट म तिनीहरूलाई जरैसमेत उखेलिदिनेछु अनि मैले आफ्नो नामको निम्ति पवित्र पारेको यस भवनलाई म आफ्नो नजरबाट हटाइदिनेछु। अनि यसलाई सबै जातिका मानिसहरूमाझ हाँसोको पात्र बनाउनेछु र सबै जनाले यसलाई हाँसोमा उडाउनेछन्।+ २१ यो भवन तहसनहस हुनेछ। यसको छेउबाट भएर जानेजति सबैले तीनछक परेर यसलाई हेर्नेछन्+ र यसो भन्नेछन्, ‘यहोवा परमेश्वरले यो देश र यस भवनको किन यस्तो हालत बनाउनुभयो?’+ २२ अनि उनीहरूले भन्नेछन्, ‘तिनीहरूले आफ्ना पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याउनुहुने+ परमेश्वर यहोवालाई त्यागे+ अनि अरू देवीदेवताको पछि लागेर उनीहरूलाई दण्डवत् गरे र पुजे।+ त्यसैले उहाँले यी सबै विपत्ति तिनीहरूमाथि ल्याउनुभयो।’”+
८ सुलेमानलाई यहोवा परमेश्वरको भवन र आफ्नो महल बनाउन २० वर्ष लाग्यो।+ २ त्यसपछि तिनले ती सहरहरूको पुनर्निर्माण गरे, जुन हिरामले+ तिनलाई दिएका थिए र ती सहरहरूमा इस्राएलीहरूलाई राखे। ३ साथै तिनी हमाथ-जोबाह गए र त्यसलाई कब्जा गरे। ४ तिनले निर्जनभूमिमा बसालिएको तद्मोर सहरलाई र भण्डार गर्न+ हमाथमा बनाएका सबै सहरलाई मजबुत बनाए।*+ ५ तिनले माथिल्लो बेथ-होरोन+ र तल्लो बेथ-होरोनमा+ पर्खालहरू, मूलढोकाहरू अनि गजबारहरू बनाए र ती सहरहरूलाई पनि मजबुत बनाए। ६ सुलेमानले बालाथ+ सहरका साथै भण्डार गर्ने सबै सहर, रथहरू राख्ने सहरहरू+ र घोडचढी बस्ने सहरहरू पनि बनाए। तिनले यरुसलेम, लेबनान र आफ्नो अधिकारमा पर्ने सबै इलाकामा आफूले चाहेको सबै कुरा बनाए।
७ हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबुसीहरूमध्ये+ बाँकी रहेकाहरू जो इस्राएली थिएनन्+ ८ र जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्, तिनीहरूका सन्तान देशमा अझै बाँकी थिए।+ सुलेमानले उनीहरूलाई दास बनाए र मजदुरी गर्न लगाए; उनीहरू आजसम्मै त्यही काम गर्दै छन्।+ ९ तर सुलेमानले इस्राएलीहरू कसैलाई पनि दास बनाएनन्।+ बरु तिनले इस्राएलीहरूलाई आफ्नो योद्धा, सैन्य अफिसरहरूका नाइके अनि सारथिहरूका र घोडचढीहरूका कप्तान बनाए।+ १० राजा सुलेमानका कामदारहरूको निगरानी गर्न २५० जना निरीक्षक खटाइएका थिए।+
११ साथै सुलेमानले फारोकी* छोरीलाई+ पनि दाउदनगरबाट ल्याएर उनको निम्ति बनाइदिएको महलमा राखे।+ किनकि सुलेमानले भने: “उनी मेरी पत्नी भए पनि इस्राएलका राजा दाउदको महलमा बस्नु उचित होइन किनकि यहोवा परमेश्वरको सन्दुक* राखिएको ठाउँ पवित्र हुन्छ।”+
१२ त्यसपछि सुलेमानले यहोवा परमेश्वरको वेदीमा+ यहोवाको निम्ति अग्निभेटी चढाए।+ तिनले त्यो वेदी दलानको अगाडिपट्टि बनाएका थिए।+ १३ तिनी मोसाको आज्ञाअनुसार हरेक दिन चढाउनुपर्ने, विश्रामदिनमा* चढाउनुपर्ने+ र औँसीमा चढाउनुपर्ने+ भेटी चढाउँथे। साथै वर्षको तीन पटक मनाइने चाडहरू+—अखमिरा रोटीको चाड,*+ हप्ताहरूको चाड*+ र झुप्रोबासको चाडमा*+ पनि विधिपूर्वक भेटी चढाउँथे। १४ साथै तिनले आफ्ना बुबा दाउदले बनाएको नियमअनुरूपै पुजारीहरूलाई तिनीहरूले गर्ने सेवाअनुसार विभिन्न दलमा बाँडे।+ अनि लेवीहरूले पनि हरेक दिनको निम्ति तोकिएको नियमबमोजिम परमेश्वरको प्रशंसा गरून्+ र पुजारीहरूसामु सेवा गरून् भनेर उनीहरूलाई विभिन्न जिम्मेवारी सुम्पे। त्यसबाहेक तिनले ढोकेहरूका दलहरूलाई छुट्टाछुट्टै ढोकाहरूमा पहरा दिन खटाए।+ साँचो परमेश्वरका सेवक दाउदले यस्तै गर्ने आज्ञा दिएका हुनाले तिनले यी सब गरेका थिए। १५ राजाले पुजारीहरू र लेवीहरूलाई भण्डारलगायत अरू विभिन्न कुरासम्बन्धी जे-जे आज्ञा दिएका थिए, तिनीहरूले ती सब पालन गरे। १६ सुलेमानले सबै काम व्यवस्थित तरिकामा गरे।* यहोवा परमेश्वरको भवनको जग हालेको समयदेखि त्यो भवन बनाउन नसिद्धिएसम्म+ जे-जति काम गरिए, ती सबै व्यवस्थित ढङ्गमा गरिएका थिए। यसरी यहोवा परमेश्वरको भवन बनाउने काम पूरा भयो।+
१७ त्यसपछि सुलेमान एज्योन-गेबेर+ र एलोथ+ गए, जुन एदोम+ देशको समुद्री किनारामा पर्छ। १८ हिरामले+ सुलेमानकहाँ आफ्ना सेवकहरूमार्फत जहाजहरू र अनुभवी नाविकहरू पठाए।+ तिनीहरू राजा सुलेमानका सेवकहरूसँगै ओपिर+ गए र त्यहाँबाट तिनीहरूले ४५० टालेन्ट* सुन सुलेमानकहाँ ल्याए।+
९ सेबाकी महारानीले+ सुलेमानको ख्यातिबारे सुनिन्। त्यसैले उनी सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्नहरू* लिएर यरुसलेम आइन्। उनी ठूलो लावालस्करसहित त्यहाँ आइपुगिन्। उनले उँटमा बाल्सम तेल* अनि प्रशस्त मात्रामा सुन+ र बहुमूल्य रत्न ल्याएकी थिइन्। उनी सुलेमानकहाँ हाजिर भइन् र आफ्नो मनमा भएका सबै कुरा सुलेमानलाई सोधिन्।+ २ सुलेमानले उनका सबै प्रश्नको जवाफ दिए। उनले सोधेको कुनै पनि प्रश्नको जवाफ दिन सुलेमानलाई गाह्रो भएन।
३ सेबाकी महारानीले सुलेमानको बुद्धि,+ तिनले बनाएको राजमहल,+ ४ तिनको टेबुलको भोजन,+ तिनका सेवकहरूको आसन, खाना पस्कनेहरूले गरेको सेवासुसार र उनीहरूको विशेष पहिरन, तिनका मद्य टक्य्राउनेहरू र तिनीहरूको विशेष पहिरन अनि तिनले यहोवा परमेश्वरको भवनमा नियमित रूपमा चढाउने+ गरेको अग्निभेटी देखेपछि उनी चकित भइन्, केही बोल्नै सकिनन्। ५ त्यसैले उनले राजालाई भनिन्: “मैले आफ्नो देशमा तपाईँको सफलता र तपाईँको बुद्धिबारे सुनेको कुरा सत्य रहेछ। ६ यहीँ आएर आफ्नै आँखाले नदेखेसम्म मलाई पत्यारै लागेको थिएन।+ साँच्चै! मलाई त तपाईँको बुद्धिको महानताबारे+ आधा पनि बताइएको रहेनछ। मैले तपाईँबारे जे सुनेकी थिएँ, त्यो त केही पनि होइन रहेछ।+ ७ तपाईँसँगै रहेर सधैँ तपाईँको बुद्धिका कुरा सुन्न पाउने तपाईँका मानिसहरू र तपाईँका सेवकहरू धन्यका हुन्! ८ तपाईँसित प्रसन्न भएर तपाईँलाई आफ्नो सिंहासनमा बसाल्नुहुने र आफ्नो तर्फबाट शासन गर्न तपाईँलाई नियुक्त गर्नुहुने तपाईँका परमेश्वर यहोवाको प्रशंसा होस्! यहोवा इस्राएललाई प्रेम गर्नुहुन्छ+ र यसलाई सधैँभरिको लागि स्थिर गर्न चाहनुहुन्छ। त्यसैले उहाँले तपाईँलाई इस्राएलमा न्याय र धार्मिकता कायम राख्न राजा नियुक्त गर्नुभएको छ।”
९ त्यसपछि उनले राजालाई १२० टालेन्ट* सुन+ अनि प्रशस्त बाल्सम तेल र बहुमूल्य रत्न दिइन्। सेबाकी महारानीले राजा सुलेमानको लागि जति बाल्सम तेल ल्याएकी थिइन्, त्यति धेरै त पछि कसैले पनि कहिल्यै ल्याएन।+
१० हिरामका सेवकहरू र सुलेमानका सेवकहरूले ओपिरबाट+ सुन ल्याउँथे। तिनीहरूले सुनका साथै बहुमूल्य रत्नहरू र चन्दनका काठहरू पनि ल्याउँथे।+ ११ राजा सुलेमानले ती चन्दनका काठहरूबाट यहोवा परमेश्वरको भवन+ र आफ्नो महलका+ लागि भऱ्याङहरू बनाए। तिनले त्यसबाट गायकहरूको लागि वीणा र तारे बाजा पनि बनाए।+ त्यस्ता काठहरू यहुदामा पहिला कहिल्यै देखिएको थिएन।
१२ राजा सुलेमानले सेबाकी महारानीलाई उनले चाहेको र मागेको सबै कुरा दिए। उनले राजाको लागि जति उपहार ल्याएकी थिइन्, त्योभन्दा धेरै उपहार राजाले उनलाई दिए।* त्यसपछि सेबाकी महारानी आफ्ना सेवकहरूलाई लिएर आफ्नो देश फर्किन्।+
१३ राजा सुलेमानकहाँ हरेक वर्ष ६६६ टालेन्ट सुन आउँथ्यो।+ १४ यसबाहेक व्यापारीहरू, व्यवसायीहरू, अरबका सबै राजा र देशका राज्यपालहरूले पनि सुलेमानकहाँ सुन र चाँदी ल्याउँथे।+
१५ राजा सुलेमानले सुनलाई अरू धातुसित मिसाएर २०० वटा ठूलठूला ढाल बनाए।+ (प्रत्येक ढाल बनाउन ६०० शेकेल* सुन लागेको थियो।)+ १६ तिनले त्यसरी नै ३०० वटा साना ढाल* पनि बनाए। (प्रत्येक सानो ढाल बनाउन तीन मीना* सुन लागेको थियो।) त्यसपछि तिनले ती हतियारहरू ‘लेबनानको वन-भवन’-मा राखे।+
१७ राजाले हस्तिदन्तको एउटा भव्य सिंहासन पनि बनाए र त्यसलाई निखुर सुनले मोहोरे।+ १८ सिंहासनमा जान छ वटा खुट्किला बनाइएको थियो। अनि सिंहासनसितै जोडेर एउटा पाउदान पनि बनाइएको थियो। सिंहासनको दुवैपट्टि हात बिसाउने बाहु थिए। अनि दुवै बाहुको छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो।+ १९ ती छ वटा खुट्किलामा सिंहका १२ वटा मूर्ति थिए;+ प्रत्येक खुट्किलाको दुवै छेउमा सिंहको एउटा-एउटा मूर्ति थियो। अरू कुनै पनि देशमा यस्तो सिंहासन थिएन। २० राजा सुलेमानका सबै प्याला सुनका थिए अनि ‘लेबनानको वन-भवन’-का सबै भाँडाकुँडा पनि निखुर सुनकै थिए। कुनै पनि सामान चाँदीको थिएन किनकि राजा सुलेमानको पालामा चाँदीको केही मोल नै थिएन।+ २१ राजा सुलेमानसित तर्सिस+ जाने जहाजहरू पनि थिए र ती जहाजहरू हिरामका+ सेवकहरूले चलाउँथे। प्रत्येक तीन वर्षमा तर्सिसका जहाजहरू प्रशस्तै सुन, चाँदी, हस्तिदन्त,+ बाँदर र मयूर लिएर आउँथे।
२२ त्यतिबेलाका अरू सबै राजाभन्दा राजा सुलेमान महान् थिए। तिनीजस्तो बुद्धिमान्+ र सम्पन्न राजा अरू कोही थिएन। २३ पृथ्वीका कुनाकुनाबाट राजाहरू सुलेमानको बुद्धिका कुराहरू सुन्न आउँथे, जुन बुद्धि तिनलाई साँचो परमेश्वरले दिनुभएको थियो।+ २४ सुलेमानकहाँ आउने सबैले उपहार ल्याउँथे। तिनीहरूले सुलेमानको लागि सुन र चाँदीका सरसामान अनि लुगाफाटा,+ हातहतियार, बाल्सम तेल, घोडा र खच्चरहरू लिएर आउँथे। हरेक वर्ष यस्तै हुन्थ्यो। २५ सुलेमानका रथहरू र घोडाहरू राख्न ४ हजार तबेला थिए र तिनका १२ हजार घोडा* थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा अनि आफूसितै यरुसलेममा राखे।+ २६ सुलेमानले युफ्रेटिस नदीदेखि पलिस्तियालीहरूको देश र मिश्रको सिमानासम्म भएका सबै राजामाथि शासन गरे।+ २७ राजा सुलेमानले यरुसलेममा यत्ति धेरै चाँदी जम्मा गरे कि ती ढुङ्गासरह प्रशस्त भए। अनि देवदारको काठचाहिँ सेफेलाहका+ खनिउँका रूखहरूसरह प्रशस्त भयो। २८ सुलेमानको लागि मिश्र र अरू देशहरूबाट घोडाहरू ल्याइन्थ्यो।+
२९ सुलेमानको जीवनकालका बाँकी घटनाहरू+ अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास भविष्यवक्ता नातानको+ लेखोटमा, सिलोमा बस्ने अहियाहको+ भविष्यवाणीको पुस्तकमा अनि दर्शी इद्दोको+ लेखोटमा पाइन्छ, जसमा नबातका छोरा यरोबामबारे+ इद्दोले देखेको दर्शन* लेखिएको छ। ३० सुलेमानले यरुसलेमबाट पूरै इस्राएलमाथि ४० वर्ष शासन गरे। ३१ त्यसपछि सुलेमान आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका बुबाको सहर दाउदनगरमा गाडियो।+ तिनीपछि तिनका छोरा रहबाम राजा भए।+
१० रहबाम सकेम+ गए किनकि सबै इस्राएली तिनलाई राजा बनाउन त्यहाँ भेला भएका थिए।+ २ यो कुरा सुन्नेबित्तिकै नबातका छोरा यरोबाम+ मिश्रबाट फर्केर आए। (यतिबेला उनी मिश्रमै थिए। उनी राजा सुलेमानदेखि भागेर मिश्र गएका थिए।)+ ३ मानिसहरूले तुरुन्तै उनलाई मिश्रबाट झिकाए। उनी सबै इस्राएलीसित रहबामकहाँ आए। तिनीहरूले रहबामलाई यसो भने: ४ “तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ।+ तर तपाईँले हाम्रो मजदुरी कम गरिदिनुभयो र तपाईँका बुबाले बोकाउनुभएको यो गह्रौँ जुवा हलुको पारिदिनुभयो भने हामी तपाईँको सेवा गर्नेछौँ।”
५ तब तिनले तिनीहरूलाई भने: “तिमीहरू तीन दिनपछि मकहाँ आउनू!” त्यसैले ती मानिसहरू त्यहाँबाट गए।+ ६ त्यसपछि राजा रहबामले तिनको बुबा सुलेमानको सेवा गरेका बूढापाकाहरूसित सरसल्लाह गरे। तिनले उनीहरूलाई सोधे: “तपाईँहरू यस विषयमा के भन्नुहुन्छ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” ७ उनीहरूले रहबामलाई जवाफ दिए: “यदि तपाईँले यी मानिसहरूसित राम्रो व्यवहार गर्नुभयो, तिनीहरूलाई खुसी पार्नुभयो र तिनीहरूसित मायालु तरिकामा कुरा गर्नुभयो भने तिनीहरू सधैँभरि तपाईँको सेवक बन्नेछन्।”
८ तर रहबामले ती बूढापाकाहरूको सल्लाह स्विकारेनन् बरु आफूसितै हुर्केबढेका जवान मानिसहरूसित सल्लाह लिन गए, जो अहिले तिनका सेवक थिए।+ ९ रहबामले तिनीहरूलाई सोधे: “मानिसहरूले मलाई यसो भनेका छन्: ‘तपाईँका बुबाले हामीलाई बोकाउनुभएको जुवा हलुको पारिदिनुहोस्।’ तिमीहरू के भन्छौ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” १० तिनीसितै हुर्केबढेका ती जवान मानिसहरूले तिनलाई भने: “‘तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ; यसलाई हलुको पारिदिनुहोस्’ भन्ने ती मानिसहरूलाई यस्तो जवाफ दिनुहोस्: ‘मेरो कान्छीऔँला मेरा बुबाको कम्मरभन्दा मोटो हुनेछ। ११ मेरा बुबाले तिमीहरूलाई गह्रौँ जुवा बोकाउनुभएको थियो तर म त्यसलाई झनै गह्रौँ बनाइदिनेछु। मेरा बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।’”
१२ तेस्रो दिन यरोबाम र अरू सबै मानिस राजा रहबामकहाँ आए किनकि राजाले तिनीहरूलाई यसो भनेका थिए: “तीन दिनपछि मकहाँ आउनू!”+ १३ तर राजाले बूढापाकाहरूको सल्लाह सुनेनन्। त्यसैले तिनले मानिसहरूलाई कठोर जवाफ दिए। १४ तिनले जवान मानिसहरूको सल्लाह स्विकारे र मानिसहरूलाई यसो भने: “म तिमीहरूको जुवा झनै गह्रौँ बनाइदिनेछु। मेरो बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।” १५ राजाले मानिसहरूको कुरा सुन्दै सुनेनन् किनकि यी सबै घटनाको पछाडि साँचो परमेश्वरको हात थियो।+ सिलोका अहियाहमार्फत+ नबातका छोरा यरोबामलाई यहोवा परमेश्वरले जे भन्नुभएको थियो, त्यो पूरा गर्न उहाँले त्यसो गर्नुभएको थियो।
१६ राजाले तिनीहरूको कुरा नसुनेकोले सारा इस्राएलीले राजालाई यसो भने: “दाउदसित हाम्रो के सरोकार? यिसैका छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखून्। हे इस्राएली हो, तिमीहरू सबै आ-आफ्नो देवताकहाँ फर्केर जाओ। अब दाउदको घरानाको हेरविचार दाउदले नै गरून्।”+ तब सबै इस्राएली आ-आफ्नो घर* फर्के।+
१७ तर रहबामले यहुदाका सहरहरूमा बसोबास गर्ने इस्राएलीहरूमाथि भने शासन गरिरहे।+
१८ अनि राजा रहबामले मजदुरहरूको निरीक्षक हादोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर सारा इस्राएलीले उसलाई ढुङ्गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+ १९ इस्राएलीहरूले आजसम्मै दाउदको घरानाको विद्रोह गरिरहेका छन्।
११ यरुसलेम पुग्नेबित्तिकै रहबामले यहुदा र बिन्यामिनको घरानाबाट+ १ लाख ८० हजार तालिमप्राप्त योद्धा जम्मा गरे किनकि तिनी इस्राएलसित युद्ध गरेर आफ्नो राज्य फिर्ता लिन चाहन्थे।+ २ तब साँचो परमेश्वर यहोवाका सेवक सेमायाहकहाँ+ उहाँको यो वचन आयो: ३ “सुलेमानका छोरा यहुदाका राजा रहबामलाई अनि यहुदा र बिन्यामिनको कुलका सबै इस्राएलीलाई यसो भन्नू: ४ ‘यहोवा यसो भन्नुहुन्छ: “तिमीहरू आफ्ना भाइबन्धुसित युद्ध गर्न माथि उक्लेर नजानू। तिमीहरू आ-आफ्नो घर फर्कनू किनकि मेरै इच्छाअनुसार यी सब भएको हो।”’”+ त्यसैले तिनीहरूले यहोवा परमेश्वरको वचन पालन गरे र आ-आफ्नो घर फर्के। तिनीहरू यरोबामसित युद्ध गर्न गएनन्।
५ रहबाम यरुसलेममा बसे अनि तिनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए। ६ तिनले यी सहरहरू बनाए*—बेतलेहेम,+ एताम, तेको,+ ७ बेथ-जुर, सोको,+ अदुल्लाम,+ ८ गाथ,+ मारेसाह, जिफ,+ ९ अदोरेम, लाकिस,+ अजेकाह,+ १० जोराह, ऐय्यालोन+ र हेब्रोन।+ पर्खालले घेरिएका ती सहरहरू यहुदा र बिन्यामिनको इलाकामा पर्थे। ११ तिनले पर्खालले घेरिएका ती सहरहरूलाई अझ मजबुत बनाए र ती सहरहरूमा सेनापतिहरू खटाए। अनि तिनीहरूको लागि खानेकुरा, तेल र मद्यको व्यवस्था गरिदिए। १२ तिनले प्रत्येक सहरमा ठूलठूला ढाल र भालाहरू राखे अनि ती सहरहरूलाई निकै मजबुत बनाए। तिनले यहुदा र बिन्यामिनको कुलमाथि शासन गरिरहे।
१३ इस्राएलको पूरै इलाकामा भएका पुजारी र लेवीहरू रहबामलाई साथ दिन आ-आफ्नो इलाका छोडेर तिनीकहाँ आए। १४ यरोबाम र उनका छोराहरूले लेवीहरूलाई यहोवा परमेश्वरको पुजारीको रूपमा सेवा गर्न दिएनन्।+ त्यसैले लेवीहरू आफ्ना चरनहरू र आफ्नो अधिकारमा भएका कुराहरू छोडेर+ यहुदा र यरुसलेम आए। १५ त्यसपछि यरोबामले अग्ला थानहरू,* बोकाजस्तै देखिने पिशाचहरू*+ र आफूले बनाएका बाछाका मूर्तिहरूका+ निम्ति आफैले पुजारीहरू नियुक्त गरे।+ १६ इस्राएलका सबै कुलका मानिसहरूमध्ये ज-जसले आफ्नो हृदयमा इस्राएलका परमेश्वर यहोवाको खोजी गर्ने अठोट गरेका थिए, तिनीहरू पनि आफ्ना पितापुर्खाका परमेश्वर यहोवाको निम्ति बलि चढाउन पुजारी र लेवीहरूको पछिपछि यरुसलेम गए।+ १७ तिनीहरूले तीन वर्षसम्म यहुदाको राज्यलाई सुदृढ पारिरहे र सुलेमानका छोरा रहबामलाई साथ दिइरहे। तिनीहरू तीन वर्षसम्म दाउद र सुलेमानको मार्गमा हिँडे।
१८ रहबामले दाउदकी नातिनी, यरिमोथकी छोरी महलाथसित विवाह गरे। महलाथकी आमा अबिहेल थिइन्, जो एलिआबकी+ छोरी र यिसैकी नातिनी थिइन्। १९ केही समयपछि महलाथले रहबामबाट यी छोराहरू जन्माइन्: यउस, सेमर्याह र जहम। २० पछि रहबामले अब्सालोमकी+ नातिनी माकाहसित विवाह गरे। माकाहले रहबामबाट अबियाह,+ अबि, अत्तै, जिजा र सेलोमिथलाई जन्माइन्। २१ रहबामका १८ जना पत्नी र ६० जना उपपत्नी थिए अनि २८ जना छोरा र ६० जना छोरी थिए। तर तिनी आफ्ना सबै पत्नी र उपपत्नीमध्ये+ अब्सालोमकी नातिनी माकाहलाई सबैभन्दा धेरै माया गर्थे। २२ त्यसैले रहबामले माकाहका छोरा अबियाहलाई उनका दाजुभाइका प्रमुख र अगुवा बनाए। किनकि रहबाम उनलाई राजा बनाउन चाहन्थे। २३ रहबामले बुद्धिमानी कदम चाले। तिनले आफ्ना केही छोरालाई यहुदा र बिन्यामिनको पूरै इलाकामा भएका पर्खालले घेरिएका सबै सहरमा पठाए।*+ अनि उनीहरूको निम्ति खानपिनको राम्रो बन्दोबस्त मिलाइदिए र थुप्रै केटीसित उनीहरूको विवाह पनि गराइदिए।
१२ रहबामको राज्य स्थिर भएपछि+ र तिनी शक्तिशाली भएपछि तिनले यहोवा परमेश्वरको व्यवस्था पालन गर्न छोडिदिए। तिनीसँगै सबै इस्राएलीले पनि परमेश्वरको व्यवस्था पालन गर्न छोडिदिए।+ २ राजा रहबामको शासनकालको पाँचौँ वर्षमा मिश्रका राजा सिसक+ यरुसलेमलाई आक्रमण गर्न आए किनकि इस्राएलीहरूले यहोवा परमेश्वरलाई विश्वासघात गरेका थिए। ३ सिसकले मिश्रबाट १ हजार २ सय रथ, ६० हजार घोडचढी अनि लिबियाली, सुक्की र इथियोपियाली+ सेनाका अनगिन्ती फौज लिएर आएका थिए। ४ उनले यहुदामा भएका पर्खालले घेरिएका सहरहरू कब्जा गरे र उनी यरुसलेमसम्मै पुगे।
५ भविष्यवक्ता सेमायाह+ रहबाम र यहुदाका भारदारहरूकहाँ आए, जो सिसकको डरले यरुसलेममा भेला भएका थिए। सेमायाहले तिनीहरूलाई भने: “यहोवा परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरूले मलाई त्यागेको हुनाले मैले पनि तिमीहरूलाई त्यागेको छु+ र सिसकको हातमा सुम्पिदिएको छु।’” ६ तब राजाले र इस्राएलका भारदारहरूले आफैलाई नम्र तुल्याए+ अनि यसो भने: “यहोवा परमेश्वरले जे सही छ, त्यही गर्नुभएको छ।” ७ तिनीहरूले आफूलाई नम्र तुल्याएको यहोवा परमेश्वरले देख्नुभएपछि यहोवाको यो वचन सेमायाहकहाँ आयो: “तिनीहरूले आफूलाई नम्र तुल्याएका छन्। त्यसैले म तिनीहरूलाई नाश गर्नेछैनँ।+ अब चाँडै म तिनीहरूको उद्धार गर्नेछु। म सिसकमार्फत यरुसलेममाथि आफ्नो रिस पोखाउनेछैनँ। ८ तर तिनीहरू सिसकको दास बन्नेछन्। तब तिनीहरूले मेरो सेवा गर्नु र अरू राष्ट्रका राजाहरूको सेवा गर्नुबीच के भिन्नता रहेछ भनी थाह पाउनेछन्।”
९ त्यसैले मिश्रका राजा सिसक यरुसलेमलाई आक्रमण गर्न आए। तिनले यहोवा परमेश्वरको भवन र राजमहलमा भएका सबै बहुमूल्य चिजबिज लगे।+ सुलेमानले बनाएका सुनका ढालहरू र अरू सबै थोक पनि तिनले लगे।+ १० त्यसैले राजा रहबामले त्यसको सट्टा तामाका ढालहरू बनाए र ती ढालहरू महलको ढोकामा पहरा दिने पहरेदारहरूका कप्तानहरूको जिम्मा लगाए। ११ जब-जब यहोवा परमेश्वरको भवनमा राजा आउँथे, तब-तब पहरेदारहरू पनि तिनीसँगै भित्र जान्थे र ती ढालहरू बोक्थे अनि फेरि त्यसलाई लगेर पहरेदारहरूको चौकीमा राख्थे। १२ राजाले आफूलाई नम्र तुल्याएको हुनाले यहोवा परमेश्वरले तिनीमाथि आफ्नो रिस पोखाउनुभएन+ र तिनीहरूलाई नाश गर्नुभएन।+ त्यसबाहेक यहुदाका मानिसहरूमा केही असल कुरा पनि भेट्टाइएका थिए।+
१३ राजा रहबाम यरुसलेममा झन्झनै शक्तिशाली हुँदै गए र तिनले शासन गरिरहे। राजा हुँदा रहबाम ४१ वर्षका थिए। यहोवा परमेश्वरले आफ्नो नाम जोड्न इस्राएलका सबै कुलमध्ये रोज्नुभएको सहर यरुसलेममा तिनले १७ वर्ष शासन गरे। रहबामकी आमाको नाम नामाह थियो। उनी अम्मोनी थिइन्।+ १४ तर रहबामले जे खराब छ, त्यही गरे। किनकि तिनले आफ्नो हृदयमा यहोवा परमेश्वरको खोजी गर्ने अठोट गरेका थिएनन्।+
१५ रहबामको जीवनकालका सम्पूर्ण घटना अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास भविष्यवक्ता सेमायाह+ र दर्शी इद्दोको+ लेखोटमा पाइन्छ, जुन वंशावलीको रूपमा तयार पारिएका छन्। रहबाम र यरोबामबीच+ निरन्तर लडाइँ भइरह्यो। १६ रहबाम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा+ गाडियो। तिनीपछि तिनका छोरा अबियाह+ राजा भए।
१३ राजा यरोबामको शासनकालको १८ औँ वर्षमा अबियाह यहुदाका राजा भए।+ २ तिनले यरुसलेममा तीन वर्ष शासन गरे। तिनकी आमाको नाम मिकायाह+ थियो। उनी गिबाहका+ बासिन्दा उरिएलकी छोरी थिइन्। अबियाह र यरोबामबीच+ लडाइँ भयो।
३ अबियाह आफ्ना वीर र तालिमप्राप्त ४ लाख योद्धा लिएर युद्ध गर्न निस्के।+ तिनको सामना गर्न यरोबाम पनि तालिमप्राप्त आफ्ना ८ लाख वीर योद्धासहित दल बाँधेर तैनाथ भए। ४ तब अबियाहले एप्रैमको पहाडी इलाकामा पर्ने जेमारिम डाँडामा खडा भएर यसो भने: “हे यरोबाम र सारा इस्राएल, मेरो कुरा सुन! ५ इस्राएलका परमेश्वर यहोवाले दाउदसित र उनका छोराहरूसित नुनको करार* गरेर+ इस्राएलको राज्य सधैँभरिको लागि+ उनीहरूलाई दिनुभएको छ+ भनेर के तिमीहरूलाई थाह छैन? ६ तर नबातको छोरा यरोबाम,+ जो दाउदका छोरा सुलेमानको सेवक थियो, ऊ आफ्ना मालिकको विरुद्धमा उठ्यो र उनको विद्रोह गऱ्यो।+ ७ अनि निकम्मा र व्यर्थका मानिसहरू उसकहाँ जम्मा हुन थाले। उनीहरू सुलेमानका छोरा रहबामभन्दा शक्तिशाली भए किनकि त्यतिबेला रहबाम सानै थिए र त्यत्ति आँटिला पनि थिएनन्। त्यसैले तिनी उनीहरूसामु टिक्न सकेनन्।
८ “तिमीहरू सङ्ख्यामा धेरै छौ र तिमीहरूको देवता हुनलाई यरोबामले बनाएका सुनका बाछाहरू तिमीहरूसँग छन् भन्दैमा के तिमीहरू दाउदका छोराहरूलाई सुम्पिइएको यहोवा परमेश्वरको राज्यविरुद्ध खडा हुन सक्छौ भनी सोच्दै छौ?+ ९ तिमीहरूले यहोवा परमेश्वरका पुजारीहरू—हारुनका सन्तानलाई र लेवीहरूलाई लखेट्यौ।+ अनि अरू जातिका मानिसहरूले जस्तै आफ्नो निम्ति आफैले पुजारीहरू नियुक्त गऱ्यौ।+ एउटा बहर र सात वटा थुमा लिएर आउने जोसुकैलाई तिमीहरूले पुजारी बन्न दियौ; तिनीहरूलाई ती मूर्तिहरूको पुजारी नियुक्त गऱ्यौ, जुन ईश्वरै होइनन्। १० तर जहाँसम्म हाम्रो कुरा छ, यहोवा नै हाम्रा परमेश्वर हुनुहुन्छ+ र हामीले उहाँलाई त्यागेका छैनौँ। हाम्रा पुजारीहरू हारुनका सन्तान हुन् र उनीहरू यहोवा परमेश्वरको सेवा गर्छन् अनि लेवीहरूले उनीहरूलाई सघाउँछन्। ११ उनीहरू हरेक बिहान र बेलुकी यहोवा परमेश्वरको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि अग्निभेटी चढाउँछन्+ र सुगन्धित धूप बाल्छन्।+ उनीहरूले नै भेटीको रोटी* पनि निखुर सुनको टेबुलमा राख्छन्+ अनि हरेक साँझ सुनको पानसमा दियो बाल्छन्।+ हाम्रा परमेश्वर यहोवाप्रति हाम्रो जुन जिम्मेवारी छ, त्यो हामीले पूरा गरिरहेका छौँ तर तिमीहरूले भने उहाँलाई त्यागेका छौ। १२ अब हेर! साँचो परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र उहाँले नै हामीलाई डोऱ्याउँदै हुनुहुन्छ। उहाँका पुजारीहरू पनि हामीसितै छन् र उनीहरू युद्ध-ध्वनि फुक्न बिगुल बोकेर उभिरहेका छन्। हे इस्राएलका मानिसहरू हो, आफ्ना पितापुर्खाका परमेश्वर यहोवासित युद्ध नगर किनकि तिमीहरू सफल हुनेछैनौ।”+
१३ तर यरोबामले आफ्ना सिपाहीहरूको एउटा दललाई अबियाह र तिनका मानिसहरूको पछिल्तिर ढुकेर बस्न लगाए। यरोबामको एउटा दल यहुदाको अगाडिपट्टि थियो र अर्को दलचाहिँ पछाडिपट्टि ढुकेर बसेको थियो। १४ जब यहुदाका मानिसहरूले पछाडि फर्केर हेरे, तब तिनीहरूले अगाडि र पछाडि दुवै तर्फबाट आफूमाथि आक्रमण हुन लागेको कुरा थाह पाए। त्यसैले तिनीहरूले यहोवा परमेश्वरलाई पुकार्न थाले+ र पुजारीहरूले चाहिँ ठूलठूलो आवाजमा बिगुल फुके। १५ यहुदाका मानिसहरूले चर्को स्वरले युद्धको घोषणा गरे। जब उनीहरूले युद्धको घोषणा गरे, तब साँचो परमेश्वरले अबियाह र यहुदासामु यरोबाम र पूरै इस्राएललाई हराउनुभयो। १६ इस्राएलीहरू यहुदाका मानिसहरूको सामनेबाट भागे र परमेश्वरले तिनीहरूलाई यहुदाका मानिसहरूको हातमा सुम्पिदिनुभयो। १७ अबियाह र तिनका मानिसहरूले भयङ्कर मारकाट मच्चाए। त्यस युद्धमा इस्राएलका ५ लाख तालिमप्राप्त योद्धा मारिए। १८ यसरी इस्राएलका मानिसहरूको अपमान भयो। तर यहुदाका मानिसहरू भने शक्तिशाली ठहरिए किनकि उनीहरूले आफ्ना पितापुर्खाका परमेश्वर यहोवामाथि भरोसा राखेका थिए।+ १९ अबियाहले यरोबामलाई खेद्न छोडेनन्। तिनले यरोबामका यी सहरहरू कब्जा गरे: बेथेल+ र त्यसवरपरका सहरहरू, यसानाह र त्यसवरपरका सहरहरू अनि एप्रैन+ र त्यसवरपरका सहरहरू। २० अबियाहको शासनकालमा यरोबाम फेरि कहिल्यै पहिलाजस्तो शक्तिशाली हुन सकेनन्। यहोवा परमेश्वरले यरोबामलाई प्रहार गर्नुभयो र उनी मरे।+
२१ तर अबियाह भने झन्झन् शक्तिशाली हुँदै गए। पछि तिनले १४ जना पत्नी ल्याए।+ तिनका २२ जना छोरा र १६ जना छोरी जन्मिए। २२ अबियाहको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका कामहरू र तिनले भनेका कुराहरू भविष्यवक्ता इद्दोको लेखोटमा पाइन्छ।+
१४ अबियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा+ गाडियो। त्यसपछि तिनका छोरा आसा राजा भए। आसाको शासनकालमा देशमा १० वर्षसम्म शान्ति छायो।
२ आसाले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरे। ३ उनले विदेशी देवीदेवताका वेदीहरू र अग्ला थानहरू* हटाए।+ अनि पवित्र थामहरू* टुक्राटुक्रा पारिदिए+ र पवित्र खामाहरू* पनि ढालिदिए।+ ४ साथै उनले यहुदाका मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्वर यहोवाको खोजी गर्न अनि उहाँको व्यवस्था र आज्ञा पालन गर्न अह्राए। ५ उनले यहुदाका सबै सहरमा भएका अग्ला थानहरू र धूपदानीहरू हटाए।+ उनको शासनकालमा देशमा शान्ति छाएको थियो। ६ यहोवा परमेश्वरले उनलाई विश्राम दिनुभएको थियो। उनको शासनका ती वर्षहरूमा कोही पनि उनीसित लडाइँ गर्न आएनन्; देशमा शान्ति छायो।+ त्यसैले उनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए।+ ७ उनले यहुदाका मानिसहरूलाई यसो भने: “आओ, हामी यी सहरहरू बनाऔँ अनि सहरहरूको वरिपरि पर्खाल र किल्लाहरू+ खडा गरौँ; मूलढोकाहरू र गजबारहरू पनि बनाऔँ। हामीले हाम्रा परमेश्वर यहोवाको खोजी गरेको हुनाले उहाँले यो देश हामीलाई अधिकार गर्न दिनुभएको छ। हामीले उहाँलाई खोज्यौँ र उहाँले हामीलाई चारैतिरबाट शान्ति दिनुभएको छ।” त्यसैले तिनीहरू ती सहरहरू बनाउन सफल भए।+
८ आसाको सेनामा यहुदाका ३ लाख मानिस थिए, जो ठूला ढाल र भालाले सुसज्जित थिए। अनि बिन्यामिनको कुलबाट २ लाख ८० हजार वीर योद्धा थिए, जो साना ढाल* अनि धनुले सुसज्जित थिए।+
९ पछि इथियोपियाली जेरह आफ्ना १० लाख सिपाही र ३ सय रथका साथ आसासित युद्ध गर्न आए।+ जब तिनी मारेसाह+ पुगे, १० तब आसा पनि तिनीसित युद्ध गर्न गए। उनीहरू मारेसाहको जेफ्थाह बेँसीमा दल बाँधेर तैनाथ भए। ११ त्यसपछि आसाले आफ्ना परमेश्वर यहोवालाई पुकार्दै यसो भने:+ “हे यहोवा, तपाईँ जसलाई मदत गर्न चाहनुहुन्छ, तिनीहरूलाई अवश्य मदत गर्न सक्नुहुन्छ, चाहे तिनीहरू सङ्ख्यामा धेरै होऊन् वा चाहे तिनीहरूसित कुनै शक्ति नहोस्।+ हे हाम्रा परमेश्वर यहोवा, हामीलाई मदत गर्नुहोस् किनकि हामी तपाईँमै भर परेका छौँ।+ अनि तपाईँको नाममा हामी यो विशाल सेनासित लड्न आएका छौँ।+ हे यहोवा, तपाईँ हाम्रा परमेश्वर हुनुहुन्छ। मरणशील मानिसलाई तपाईँमाथि विजयी हुन नदिनुहोस्।”+
१२ त्यसैले यहोवा परमेश्वरले आसा र यहुदाका मानिसहरूसामु इथियोपियाली सेनालाई हराउनुभयो अनि तिनीहरू त्यहाँबाट भागे।+ १३ आसा र उनका मानिसहरूले इथियोपियाली सेनालाई गेरारसम्मै लखेटे।+ उनीहरूले एक जना पनि बाँकी नरहनेगरि तिनीहरू सबैलाई मारे। किनकि यहोवा परमेश्वरले आफ्नो सेना चलाएर तिनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो। त्यसपछि आसा र उनका मानिसहरूले थुप्रै सरसामान लुटेर लगे। १४ साथै उनीहरूले गेरारवरपरका सबै सहर नाश गरे किनकि ती सहरहरूका मानिसहरूमाझ यहोवा परमेश्वरको त्रास फैलिएको थियो। उनीहरूले ती सबै सहर लुटे किनकि त्यहाँ लुट्नको लागि प्रशस्तै सरसामान थिए। १५ उनीहरूले वस्तुभाउ भएका मानिसहरूको पालहरूमा पनि आक्रमण गरे अनि थुप्रै गाईवस्तु र उँटहरू लगे। त्यसपछि उनीहरू यरुसलेम फर्के।
१५ परमेश्वरको पवित्र शक्ति ओदेदका छोरा अजर्याहमाथि आयो। २ त्यसैले तिनी आसालाई भेट्न गए अनि यसो भने: “हे आसा अनि यहुदा र बिन्यामिनको कुलका सबै मानिस हो! मेरो कुरा सुन! जबसम्म तिमीहरू यहोवा परमेश्वरसँग रहन्छौ, तबसम्म उहाँ पनि तिमीहरूसँग रहनुहुनेछ।+ अनि तिमीहरूले उहाँको खोजी गऱ्यौ भने उहाँलाई भेट्टाउनेछौ।+ तर तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।+ ३ धेरै समयसम्म साँचो परमेश्वर इस्राएलीहरूमाझ हुनुहुन्न थियो। उनीहरूकहाँ शिक्षा दिने पुजारीहरू थिएनन् र व्यवस्था पनि थिएन।+ ४ तर सङ्कष्टमा परेपछि उनीहरू इस्राएलका परमेश्वर यहोवाकहाँ फर्के र उहाँको खोजी गर्न थाले। अनि उनीहरूले परमेश्वरलाई भेट्टाए।+ ५ ती दिनहरूमा कोही पनि ढुक्क भएर यात्रा गर्न सक्दैन थियो किनकि देशका सबै मानिसमाझ अशान्ति फैलिएको थियो। ६ एउटा जातिले अर्को जातिलाई अनि एउटा सहरले अर्को सहरलाई कुल्चीमिल्ची गरिरहेको थियो। किनकि परमेश्वरले उनीहरूमाथि हरकिसिमको सङ्कष्ट ल्याएर उनीहरूमाझ गोलमाल मच्चाइदिनुभएको थियो।+ ७ तर अब तिमीहरू बलियो होओ; हरेस नखाओ!+ किनकि तिमीहरूले आफ्नो कामको इनाम पाउनेछौ।”
८ जब आसाले यी कुराहरू र भविष्यवक्ता ओदेदले गरेको भविष्यवाणी सुने, तब तिनी साहसी भए अनि तिनले यहुदा र बिन्यामिनको कुलका सबै इलाकाबाट अनि एप्रैमको पहाडी इलाकामा आफूले कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाए।+ त्यसपछि तिनले यहोवा परमेश्वरको वेदी मर्मत गरे, जुन यहोवाको भवनको दलानअगाडि बनाइएको थियो।+ ९ तिनले यहुदा र बिन्यामिनको कुलका सबै मानिसलाई अनि एप्रैम, मनस्से र सिमियोनको कुलको इलाकामा बसोबास गर्ने विदेशीहरूलाई एक ठाउँमा भेला गराए।+ ती विदेशीहरू ठूलो सङ्ख्यामा इस्राएल छोडेर आसाकहाँ आएका थिए किनकि तिनीहरूले आसाका परमेश्वर यहोवा तिनको साथमा हुनुहुन्छ भनी थाह पाएका थिए। १० तिनीहरूलाई आसाको शासनकालको १५ औँ वर्षको तेस्रो महिनामा यरुसलेममा भेला गरिएको थियो। ११ त्यस दिन तिनीहरूले आफूले ल्याएको लुटको मालबाट यहोवा परमेश्वरलाई ७ सय बहर र ७ हजार भेडा बलि चढाए। १२ तिनीहरूले आफ्नो सारा हृदयले र सारा ज्यानले आफ्ना पितापुर्खाका परमेश्वर यहोवाको खोजी गर्नेछौँ भनी करार पनि गरे।+ १३ इस्राएलका परमेश्वर यहोवाको खोजी नगर्नेजति सबैलाई मारिने थियो, चाहे तिनीहरू साना होऊन् वा ठूला, स्त्री होऊन् वा पुरुष।+ १४ त्यसैले तिनीहरूले ठूलो स्वरमा यहोवा परमेश्वरसँग शपथ खाए। तिनीहरूले बिगुल र सिङ फुक्दै अनि खुसी हुँदै जयजयकार गर्न लागे। १५ शपथ खाएपछि यहुदाका सबै मानिसले खुसीयाली मनाए किनकि तिनीहरूले आफ्नो सारा हृदयले शपथ खाएका थिए। तिनीहरूले तनमनले परमेश्वरको खोजी गरेका थिए र तिनीहरूले उहाँलाई भेट्टाए।+ यहोवा परमेश्वरले तिनीहरूलाई चारैतिरबाट शान्ति दिइरहनुभयो।+
१६ राजा आसाले आफ्नी हजुरआमा माकाहलाई+ समेत राजमाताको पदबाट हटाइदिए किनकि उनले पवित्र खामोको* उपासना गर्न एउटा अश्लील मूर्ति बनाएकी थिइन्।+ आसाले त्यो अश्लील मूर्ति ढालिदिए र त्यसलाई टुक्राटुक्रा पारेर किद्रोन बेँसीमा जलाइदिए।+ १७ तर इस्राएलबाट अग्ला थानहरू* भने हटाइएनन्।+ तैपनि आसा आफ्नो जीवनभर पूर्ण हृदयले परमेश्वरप्रति वफादार भइरहे।+ १८ तिनले आफू र आफ्नो बुबाले पवित्र पारेका सुन, चाँदी र विभिन्न सरसामान साँचो परमेश्वरको भवनमा ल्याए।+ १९ आसाको शासनकालको ३५ औँ वर्षसम्म देशमा कुनै युद्ध भएन।+
१६ आसाको शासनकालको ३६ औँ वर्षमा इस्राएलका राजा बासा+ यहुदाविरुद्ध उठे अनि यहुदाका राजा आसाको इलाकामा कोही पनि जान नसकोस् अनि त्यहाँबाट कोही आउन पनि नपाओस् भनेर बासाले रामा+ सहरलाई मजबुत बनाउन थाले।+ २ तब आसाले यहोवा परमेश्वरको भवनका भण्डारहरूबाट र राजमहलका भण्डारहरूबाट सुनचाँदी निकाले+ अनि ती सुनचाँदी सिरियाका राजा बेन-हददकहाँ पठाए।+ बेन-हदद दमिसकमा बस्थे। आसाले उनलाई यस्तो सन्देश पनि पठाए: ३ “तपाईँको बुबा र मेरो बुबाले जस्तै तपाईँ र मैले पनि सन्धि* गरेका छौँ। म तपाईँलाई सुन र चाँदी पठाउँदै छु। अब इस्राएलका राजा बासासित गरेको सन्धि तोडिदिनुहोस् र तिनी मेरो इलाका छोडेर जाऊन्।”
४ बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरूलाई इस्राएलका सहरहरूमाथि आक्रमण गर्न पठाए। तिनीहरूले इयोन,+ दान+ र हाबिल-मैमलाई अनि नप्तालिको कुलका+ सहरहरूमा भएका सबै भण्डार नाश गरिदिए। ५ यो कुरा सुन्नेबित्तिकै बासाले रामा सहरलाई मजबुत बनाउने काम रोके। ६ त्यसपछि राजा आसाले यहुदाका सबै मानिसलाई लगे अनि तिनीहरूले रामा+ सहरलाई मजबुत बनाउन बासाले+ प्रयोग गरेका ढुङ्गाहरू र काठहरू बोकेर ल्याए। राजा आसाले ती ढुङ्गाहरू र काठहरूबाट गेबा+ अनि मिस्पा+ सहरलाई मजबुत बनाए।
७ तब दर्शी हानानि+ यहुदाका राजा आसाकहाँ आए र यसो भने: “तपाईँ आफ्ना परमेश्वर यहोवामाथि भर नपरी सिरियाका राजामाथि भर पर्नुभएकोले सिरियाका राजाको सेना तपाईँको हातबाट उम्केर गयो।+ ८ के इथियोपियालीहरू र लिबियालीहरूको सेना विशाल थिएन र? के तिनीहरूको फौजमा थुप्रै रथ र घोडचढी थिएनन् र? तर त्यसबेला तपाईँ यहोवामाथि भर पर्नुभएको हुनाले उहाँले तिनीहरूलाई तपाईँको हातमा सुम्पिदिनुभएको थियो।+ ९ किनकि जो-जो आफ्नो पूर्ण हृदयले यहोवा परमेश्वरप्रति भक्त छन्,+ तिनीहरूको खातिर आफ्नो शक्ति प्रकट गर्न* उहाँको नजर पृथ्वीभरि नै घुमिरहन्छ।+ तपाईँले यस पटक मूर्ख काम गर्नुभयो। त्यसैले अबदेखि तपाईँले युद्ध लडिरहनुपर्नेछ।”+
१० तर ती दर्शीको कुरा आसालाई मन परेन। आसा उनीसित साह्रै रिसाए र उनलाई झ्यालखानामा हालिदिए। त्यसै बेलादेखि तिनले अरू मानिसहरूलाई पनि दुर्व्यवहार गर्न थाले। ११ आसाको जीवनकालका सम्पूर्ण घटना—सुरुदेखि अन्तसम्मै ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएका छन्।+
१२ आसाको शासनकालको ३९ औँ वर्षमा तिनलाई खुट्टामा रोग लाग्यो र तिनी सिकिस्त बिरामी भए। तर आफू बिरामी पर्दा समेत तिनले यहोवा परमेश्वरको मदत खोजेनन् बरु वैद्यहरूमा भर परे। १३ त्यसपछि आसा आफ्ना पितृहरूसितै सुते।+ तिनको शासनकालको ४१ औँ वर्षमा तिनको मृत्यु भयो। १४ तिनलाई दाउदनगरमा+ एउटा भव्य चिहानमा गाडियो, जुन तिनले आफ्नो निम्ति बनाइराखेका थिए। तिनको लास राखिएको अरथी विभिन्न किसिमको मसला र सुगन्धित तेल मिसाएर बनाइएको लेप अनि बाल्सम तेलले* भरिपूर्ण थियो।+ साथै तिनको सम्मानमा असाध्यै ठूलो आगो पनि बालियो।*
१७ तिनीपछि तिनका छोरा यहोसापात+ राजा भए र उनी इस्राएलमा झन्झनै शक्तिशाली हुँदै गए। २ उनले यहुदाका पर्खालले घेरिएका सबै सहरमा सिपाहीहरू तैनाथ गराए। उनले यहुदामा र एप्रैमका ती सहरहरूमा सैन्य चौकीहरू खडा गरे, जुन सहरहरूलाई उनका बुबा आसाले कब्जा गरेका थिए।+ ३ यहोवा परमेश्वरले यहोसापातलाई निरन्तर साथ दिनुभयो। किनकि उनका पुर्खा दाउद पहिला जुन मार्गमा हिँडेका थिए, उनी पनि त्यही मार्गमा हिँडे।+ उनले बाआल देवताहरूको उपासना गरेनन्। ४ बरु उनले आफ्ना बुबाका परमेश्वरको खोजी गरे+ अनि उहाँका आज्ञा पालन गरे। उनले इस्राएलको तौरतरिका अपनाएनन्।+ ५ यहोवा परमेश्वरले उनको राज्यलाई स्थिर पार्दै लैजानुभयो।+ यहुदाका सारा मानिसले उनको निम्ति उपहारहरू ल्याउने गर्थे। उनले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरे।+ ६ उनी साहसी भएर यहोवा परमेश्वरको मार्गमा हिँडिरहे। उनले यहुदाबाट अग्ला थानहरू*+ र पवित्र खामाहरू* समेत हटाए।+
७ उनले आफ्नो शासनकालको तेस्रो वर्षमा आफ्ना भारदारहरू बेन-हेल, ओबदियाह, जकरिया, नेथनेल र मिकायाहलाई बोलाए अनि तिनीहरूलाई यहुदाका सहरहरूमा मानिसहरूलाई शिक्षा दिन पठाए। ८ तिनीहरूसँग यी लेवीहरू पनि गए: सेमायाह, नेथन्याह, जबदियाह, आसाहेल, सेमिरामोथ, यहोनाथान, अदोनियाह, तोबियाह र तोब-अदोनियाह। पुजारीहरू एलिसामा र यहोराम पनि तिनीहरूसँगै गए।+ ९ अनि तिनीहरूले यहुदाका मानिसहरूलाई शिक्षा दिन थाले। तिनीहरूले मानिसहरूलाई यहोवा परमेश्वरको व्यवस्थाको पुस्तकबाट सिकाए।+ मानिसहरूलाई शिक्षा दिँदै तिनीहरू यहुदाका सबै सहरमा गए।
१० यहुदावरपरका सम्पूर्ण राज्यहरूमा यहोवा परमेश्वरको त्रास फैलियो र उनीहरूले यहोसापातसित लडाइँ गरेनन्। ११ पलिस्तियालीहरूले यहोसापातलाई थुप्रै सौगात चढाए अनि तिरो पनि बुझाए। अरबीहरूले पनि आफ्नो बगालबाट उनको निम्ति ७ हजार ७ सय थुमा र ७ हजार ७ सय बोका ल्याए।
१२ यहोसापात झन्झन् शक्तिशाली भए।+ उनले यहुदामा किल्लाहरू+ र भण्डार गर्ने सहरहरू+ बनाइ नै रहे। १३ उनले यहुदाका सहरहरूमा ठूलठूला परियोजना सञ्चालन गरे। यरुसलेममा उनका वीर योद्धाहरू थिए। १४ उनीहरूलाई आ-आफ्नो बुबापट्टिको घरानाअनुसार यी दलहरूमा बाँडिएको थियो: यहुदाको कुलमा हजार-हजारका नाइकेहरू यी थिए—नाइके अद्नाह, जसको नेतृत्वमा ३ लाख वीर योद्धा थिए।+ १५ तिनको अधीनमा नाइके यहोहानान थिए, जसको नेतृत्वमा २ लाख ८० हजार योद्धा थिए। १६ जिक्रिका छोरा अमास्याह पनि अद्नाहकै अधीनमा थिए। अमास्याह राजीखुसीले यहोवा परमेश्वरको सेवा गर्न अघि सरेका थिए र तिनको नेतृत्वमा २ लाख वीर योद्धा थिए। १७ बिन्यामिनको कुलबाट+ वीर योद्धा एलियादा थिए। तिनको नेतृत्वमा २ लाख योद्धा थिए र उनीहरू सबै भाला र ढालले सुसज्जित थिए।+ १८ एलियादाको अधीनमा यहोजाबाद थिए, जसको नेतृत्वमा हतियार भिरेका १ लाख ८० हजार योद्धा थिए। १९ यी योद्धाहरूले राजाको सेवा गर्थे। यिनीहरूबाहेक राजाका अरू योद्धाहरू पनि थिए, जसलाई उनले यहुदाका पर्खालले घेरिएका सबै सहरमा तैनाथ गरेका थिए।+
१८ यहोसापातले थुप्रै धनसम्पत्ति र मानसम्मान हासिल गरेका थिए+ तर तिनले आहाबको घरानासित वैवाहिक नाता गाँसे।+ २ त्यसैले केही वर्षपछि यहोसापात आहाबलाई भेट्न सामरिया गए+ अनि आहाबले यहोसापात र उनका मानिसहरूको तर्फबाट परमेश्वरलाई प्रशस्तै भेडा र गाईवस्तु बलि चढाए। तिनले यहोसापातलाई रामोथ-गिलादमा आक्रमण गर्न आग्रह* गरे।+ ३ त्यसपछि इस्राएलका राजा आहाबले यहुदाका राजा यहोसापातलाई यसो भने: “रामोथ-गिलादलाई आक्रमण गर्न के तपाईँ मलाई साथ दिनुहुन्छ?” उनले जवाफ दिए: “हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन्। हामी तपाईँलाई लडाइँमा साथ दिनेछौँ।”
४ तर यहोसापातले इस्राएलका राजालाई यस्तो आग्रह गरे: “यस विषयमा यहोवा परमेश्वर के भन्नुहुन्छ, पहिला त्यो बुझ्नुहोस्।”+ ५ त्यसैले इस्राएलका राजाले ४०० जना भविष्यवक्ता भेला गरेर उनीहरूलाई सोधे: “हामी रामोथ-गिलादलाई आक्रमण गर्न जाऔँ कि नजाऔँ?” उनीहरूले भने: “जानुहोस्! साँचो परमेश्वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”
६ त्यसपछि यहोसापातले सोधे: “के यहाँ यहोवा परमेश्वरका कुनै भविष्यवक्ता छैनन्?+ उनीमार्फत पनि परमेश्वरको सल्लाह लेऔँ।”+ ७ तब इस्राएलका राजाले यहोसापातलाई भने: “यहोवा परमेश्वरको सल्लाह लिन सकिने अर्को एक जना पनि छ।+ तर मलाई ऊ फिटिक्कै मन पर्दैन। किनकि उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन,+ सधैँ नराम्रो कुरा मात्र भन्छ। ऊ इम्लाहको छोरा मिकायाह हो।” तर यहोसापातले भने: “तपाईँ त राजा हुनुहुन्छ। तपाईँले यस्तो कुरा गर्नु उचित होइन।”
८ त्यसैले इस्राएलका राजाले दरबारका एक जना अफिसरलाई बोलाएर यस्तो हुकुम गरे: “इम्लाहको छोरा मिकायाहलाई तुरुन्तै यहाँ ल्याऊ।”+ ९ इस्राएलका राजा र यहुदाका राजा यहोसापात सामरियाको मूलढोकाको छेउमा एउटा खुला ठाउँमा* थिए। उनीहरू शाही पोसाक लगाएर आ-आफ्नो सिंहासनमा बसिरहेका थिए। अनि सबै भविष्यवक्ताले उनीहरूसामु भविष्यवाणी गरिरहेका थिए। १० त्यसपछि केनानाका छोरा सिदकियाहले फलाम गालेर सिङहरू बनाए र यसो भने: “यहोवा परमेश्वर भन्नुहुन्छ, ‘सिरियालीहरूको नामोनिसान नमेटिएसम्म तपाईँले तिनीहरूलाई यी सिङहरूले हान्नुहुनेछ।’” ११ अरू सबै भविष्यवक्ताले पनि त्यस्तै भविष्यवाणी गरे। तिनीहरूले यसो भनिरहेका थिए: “रामोथ-गिलाद जानुहोस्; हजुर सफल हुनुहुनेछ।+ यहोवा परमेश्वरले त्यसलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।”
१२ मिकायाहलाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने: “हेर्नुहोस्! सबै भविष्यवक्ताले एक भएर राजाको विषयमा राम्रो भविष्यवाणी गरिरहेका छन्। त्यसैले बिन्ती छ, तपाईँले पनि उनीहरूले जस्तै राम्रो भविष्यवाणी गर्नुहोस्।”+ १३ तर मिकायाहले भने: “म जीवित परमेश्वर यहोवाको कसम खाएर भन्छु, मेरा परमेश्वरले मलाई जे भन्नुहुन्छ, म त्यही बोल्नेछु।”+ १४ त्यसपछि तिनी राजाकहाँ आए अनि राजाले तिनलाई सोधे: “मिकायाह, हामी रामोथ-गिलादलाई आक्रमण गर्न जाऔँ कि नजाऔँ?” तिनले तुरुन्तै जवाफ दिए: “जानुहोस्! हजुर सफल हुनुहुनेछ। परमेश्वरले तिनीहरूलाई हजुरको हातमा सुम्पिदिनुहुनेछ।” १५ तब राजाले तिनलाई भने: “यहोवा परमेश्वरको नाममा मसित साँचो कुरा मात्र बोल्नू भनी तिमीलाई कति चोटि कसम खान लगाऊँ?” १६ त्यसैले तिनले भने: “सबै इस्राएली डाँडाहरूमा तितरबितर भइरहेको म देख्दै छु; तिनीहरू गोठालो नभएका भेडाहरूजस्तै भएका छन्।+ यहोवा परमेश्वरले यसो भन्नुभएको छ: ‘यिनीहरूको कोही मालिक छैन। यिनीहरू सबै शान्तिपूर्वक आ-आफ्नो घर फर्कून्।’”
१७ तब इस्राएलका राजाले यहोसापातलाई भने: “‘उसले मेरो विषयमा भविष्यवाणी गर्दा कहिल्यै राम्रो कुरा भन्दैन, सधैँ नराम्रो कुरा मात्र भन्छ’ भनेर मैले तपाईँलाई बताएकै थिएँ नि!”+
१८ त्यसपछि मिकायाहले भने: “यहोवा परमेश्वर के भन्नुहुन्छ, अब सुन्नुहोस्। मैले यहोवा परमेश्वर आफ्नो सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ स्वर्गको सारा सेना+ उहाँको दायाँ र बायाँपट्टि उभिरहेको थियो।+ १९ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: ‘इस्राएलका राजा आहाबलाई कसले झुक्क्याउनेछ, ताकि ऊ रामोथ-गिलाद जाओस् र त्यहीँ मारियोस्?’ तब एक जना स्वर्गदूतले एउटा जवाफ, अर्को स्वर्गदूतले अर्कै जवाफ दिइरहेका थिए। २० त्यसपछि एक जना स्वर्गदूत+ अगाडि आए र यहोवा परमेश्वरसामु उभिएर भने, ‘म उसलाई झुक्क्याउँछु।’ यहोवा परमेश्वरले सोध्नुभयो: ‘तिमी कसरी झुक्क्याउँछौ?’ २१ तिनले जवाफ दिए: ‘म गएर उसका सबै भविष्यवक्तालाई झूट बोल्न लगाउनेछु।’ तब परमेश्वरले तिनलाई भन्नुभयो: ‘तिमीले उसलाई झुक्क्याउनेछौ। गएर त्यसै गर। तिमी अवश्य सफल हुनेछौ।’ २२ त्यसैले यहोवा परमेश्वरले नै यी भविष्यवक्ताहरूलाई झूट बोल्न लगाउनुभएको हो।+ तपाईँमाथि विपत्ति आइपर्नेछ भनेर यहोवा परमेश्वरले घोषणा गर्नुभएको छ।”
२३ तब केनानाका छोरा सिदकियाहले+ मिकायाहलाई+ थप्पड हानेर+ यसो भने: “यहोवा परमेश्वरको शक्तिले कहिलेदेखि मसँग कुरा गर्न छोडेर तँसित कुरा गर्न थाल्यो?”+ २४ मिकायाहले जवाफ दिए: “जुन दिन तिमी घरको कुनाको कोठामा गएर लुक्नेछौ, त्यही दिन तिमीले यसको जवाफ पाउनेछौ।” २५ तब इस्राएलका राजाले भने: “मिकायाहलाई लगेर सहरका प्रमुख अमोन र राजकुमार योआसको हातमा सुम्पिदेओ। २६ उनीहरूलाई भन्नू: ‘राजा यसो भन्नुहुन्छ, “यसलाई झ्यालखानामा जाकिदेओ।+ म सकुशल नफर्केसम्म यसलाई थोरै रोटी र पानी मात्र दिने गर्नू।”’” २७ तर मिकायाहले भने: “यदि तपाईँ सकुशल यहाँ फर्कनुभयो भने यहोवा परमेश्वरले मसँग कुरा गर्नुभएको होइन रहेछ भनेर साबित हुनेछ।”+ तिनले यसो पनि भने: “हे मानिसहरू हो, यो कुरा नबिर्सनू।”
२८ त्यसपछि इस्राएलका राजा र यहुदाका राजा यहोसापात रामोथ-गिलाद गए।+ २९ इस्राएलका राजाले यहोसापातलाई भने: “म भेष बदलेर लडाइँमा जानेछु तर तपाईँ भने शाही पोसाक नै लगाउनुहोस्।” त्यसैले इस्राएलका राजाले आफ्नो भेष बदले र तिनीहरू लडाइँमा गए। ३० अर्कोतिर सिरियाका राजाले चाहिँ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई यस्तो आदेश दिएका थिए: “तिमीहरू साना-ठूला कसैसित नलड्नू, इस्राएलका राजासित मात्र लड्नू।” ३१ रथ हाँक्ने सैनिकहरूका कप्तानहरूले यहोसापातलाई देख्नेबित्तिकै आपसमा यसो भने: “ऊ नै इस्राएलको राजा हुनुपर्छ।” त्यसैले तिनीहरू यहोसापातसित लड्न गए। तब यहोसापातले मदतको लागि गुहार्न थाले।+ अनि यहोवा परमेश्वरले उनलाई मदत गर्नुभयो र शत्रुहरूलाई उनको पछि लाग्नदेखि तुरुन्तै रोकेर अन्तै पठाइदिनुभयो। ३२ जब ती कप्तानहरूले उनी इस्राएलका राजा होइन रहेछन् भनी थाह पाए, तब तिनीहरू उनको पछि लाग्न छोडे।
३३ तर एक जना सिपाहीले अन्धाधुन्ध काँड हान्यो र त्यस काँडले इस्राएलका राजाले लगाइराखेको कवचलाई छेड्यो। त्यसैले राजाले आफ्नो सारथिलाई भने: “रथ घुमाएर मलाई रणभूमिबाट बाहिर लगिहाल, म साह्रै घाइते भएको छु।”+ ३४ दिनभरि घमासान युद्ध चलिरह्यो। त्यसैले इस्राएलका राजालाई सहारा दिएर रथमै उभ्याइराख्नुपऱ्यो। तिनलाई साँझसम्म सिरियालीहरूको सामुन्ने उभ्याएर राखियो र सूर्यास्तपछि तिनको मृत्यु भयो।+
१९ त्यसपछि यहुदाका राजा यहोसापात सकुशल यरुसलेममा आफ्नो महल फर्के।+ २ दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्वर तपाईँसित क्रोधित हुनुभएको छ। ३ तैपनि उहाँले तपाईँमा केही असल कुरा भेट्टाउनुभएको छ।+ किनकि तपाईँले देशमा भएका पवित्र खामाहरू* हटाउनुभयो अनि साँचो परमेश्वरलाई खोज्न आफ्नो हृदय तयार पार्नुभयो।”*+
४ यहोसापात यरुसलेममै बस्न थाले। अनि तिनी फेरि एक पटक बेर्सेबादेखि एप्रैमको पहाडी इलाकासम्म मानिसहरूलाई भेट्न गए।+ तिनले मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्वर यहोवाकहाँ फर्केर आउन प्रोत्साहन दिए।+ ५ तिनले यहुदाका पर्खालले घेरिएका हरेक सहरमा न्यायकर्ताहरू पनि नियुक्त गरे।+ ६ अनि तिनले ती न्यायकर्ताहरूलाई यसो भने: “तपाईँहरू आफ्नो काम सोचविचार पुऱ्याएर गर्नुहोस् किनकि तपाईँहरू कुनै मान्छेको तर्फबाट होइन, यहोवा परमेश्वरको तर्फबाट न्याय गर्दै हुनुहुन्छ। जब तपाईँहरू कुनै फैसला सुनाउनुहुन्छ, तब उहाँ तपाईँहरूको साथमा हुनुहुनेछ।+ ७ यहोवा परमेश्वरको भय मान्नुहोस्।+ आफ्नो काम होसियारीपूर्वक गर्नुहोस् किनकि हाम्रा परमेश्वर यहोवा अन्याय गर्नुहुन्न,+ पक्षपात गर्नुहुन्न+ अनि घुस पनि लिनुहुन्न।”+
८ यहोसापातले यरुसलेममा पनि केही लेवी, पुजारी अनि इस्राएलमा भएका बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई न्यायकर्ता नियुक्त गरे, जसले यहोवा परमेश्वरको तर्फबाट न्याय गर्ने थिए अनि यरुसलेमका बासिन्दाहरूको मुद्दामामिला सुल्झाउने थिए।+ ९ तिनले उनीहरूलाई यस्तो आज्ञा दिए: “तपाईँहरूले यहोवा परमेश्वरको भय मान्दै अनि विश्वासयोग्य हुँदै पूर्ण हृदयले गर्नुपर्ने काम यही हो: १० जब अन्य सहरहरूमा बसोबास गर्ने तपाईँहरूका भाइबन्धुले कसैको हत्यासित सम्बन्धित+ अथवा कुनै व्यवस्था, आज्ञा, नीतिनियम र फैसलासम्बन्धी प्रश्न उठ्ने किसिमको मुद्दा ल्याउँछन्, तब तपाईँहरूले उनीहरूलाई चेतावनी दिनुहोस् ताकि उनीहरू यहोवा परमेश्वरसामु दोषी नठहरिऊन्। नत्र परमेश्वरको क्रोध तपाईँहरू र तपाईँहरूका भाइबन्धुमाथि दन्कनेछ। तपाईँहरूले यसै गर्नुहोस् र तपाईँहरू दोषी ठहरिनुहुनेछैन। ११ यहोवा परमेश्वरको उपासनासित सम्बन्धित हरेक मामिला सम्हाल्न मुख्य पुजारी अमर्याहलाई तपाईँहरूमाथि खटाइएको छ।+ अनि राजासित सम्बन्धित सबै मामिलाचाहिँ इस्माएलका छोरा जबदियाहले सम्हाल्नेछन्। उनी यहुदाको घरानाका अगुवा हुन्। अनि लेवीहरूले तपाईँहरूको निम्ति अफिसरहरूको रूपमा सेवा गर्नेछन्। साहसी भएर आफ्नो काम गर्नुहोस्। ज-जसले असल काम गर्छन्, तिनीहरूलाई यहोवा परमेश्वरले साथ देऊन्।”+
२० पछि मोआबी+ र अम्मोनीहरू+ केही अम्मोनिमहरूलाई* लिएर यहोसापातसित युद्ध गर्न आए। २ यहोसापातलाई यस्तो खबर दिइयो: “समुद्रको* इलाकाबाट, एदोमबाट+ एउटा विशाल सेना तपाईँसित युद्ध गर्न आएको छ। अहिले तिनीहरू हजाजोन-तामार अर्थात् एन-गेदीमा छन्।”+ ३ यो सुनेर यहोसापात डराए र तिनले यहोवा परमेश्वरको खोजी गर्ने अठोट गरे।+ त्यसैले तिनले यहुदाका सबै मानिस उपवास बसून् भनी घोषणा गरे। ४ त्यसपछि यहुदाका मानिसहरू यहोवा परमेश्वरसित मदत माग्न एकसाथ भेला भए।+ यहुदाका सबै सहरबाट मानिसहरू यहोवासित सल्लाह माग्न आए।
५ यहुदा र यरुसलेमका मानिसहरूको समुदाय यहोवा परमेश्वरको भवनमा नयाँ चोकको अगाडि भेला भएको थियो। तब यहोसापात मानिसहरूको समुदायसामु खडा भए ६ अनि यसो भने:
“हे हाम्रा पितापुर्खाका परमेश्वर यहोवा! के स्वर्गमा तपाईँबाहेक अरू कुनै ईश्वर छ र?+ सबै राष्ट्रमाथि के तपाईँकै अधिकार छैन र?+ तपाईँको हातमा सामर्थ्य र पराक्रम छ। तपाईँविरुद्ध कोही पनि खडा हुन सक्दैन।+ ७ हे हाम्रा परमेश्वर! तपाईँले आफ्नो प्रजा इस्राएलको सामनेबाट यस देशका बासिन्दाहरूलाई धपाइदिनुभएको थियो र आफ्नो मित्र अब्राहामका सन्तानलाई सधैँभरिको लागि यो देश अधिकार गर्न दिनुभएको थियो।+ ८ तिनीहरू यस देशमा बसोबास गरे अनि तिनीहरूले यहाँ तपाईँको नामको निम्ति एउटा पवित्र स्थान* बनाए+ र यसो भने: ९ ‘यदि तरबार, महामारी र अनिकालले गर्दा अथवा कडा सजाय पाएकोले हामी विपत्तिमा पऱ्यौँ भने हामीलाई यो भवन र तपाईँसामु खडा हुन दिनुहोस् (किनकि तपाईँको नाम यस भवनसित जोडिएको छ)+ अनि मदतको लागि तपाईँलाई पुकार्न दिनुहोस्। हाम्रो बिन्ती सुन्नुहोस् र हामीलाई जोगाउनुहोस्।’+ १० अब अम्मोन, मोआब र सेइरको पहाडी इलाकाबाट+ आएका यी मानिसहरूलाई हेर्नुहोस्। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा तपाईँले इस्राएलीहरूलाई यिनीहरूमाथि आक्रमण गर्न दिनुभएको थिएन। इस्राएलीहरूले यिनीहरूलाई नाश गरेनन् र यिनीहरूबाट टाढै रहे।+ ११ तर त्यसको बदलामा अहिले यिनीहरू हामीलाई के गर्दै छन्, हेर्नुहोस्! यिनीहरू तपाईँले हामीलाई पैतृक सम्पत्तिस्वरूप दिनुभएको तपाईँको यस देशबाट हामीलाई धपाउन आएका छन्।+ १२ हे हाम्रा परमेश्वर! के अब तपाईँ यिनीहरूलाई सजाय दिनुहुन्न?+ किनकि हामीलाई आक्रमण गर्न आइरहेको यो विशाल सेनासामु हामी टिक्न सक्दैनौँ। अब के गर्नुपर्ने हो, हामीलाई थाह छैन।+ हाम्रा आँखाले तपाईँकै बाटो हेरिरहेका छन्।”+
१३ यहोसापातले यसो भन्दै गर्दा यहुदाका सबै पुरुष यहोवा परमेश्वरसामु उभिरहेका थिए। तिनीहरूका पत्नी र छोराछोरी, यहाँसम्म कि ससाना केटाकेटीसमेत तिनीहरूसँगै थिए।
१४ तब त्यस समुदायको बीचमा याहजिएलमाथि यहोवा परमेश्वरको पवित्र शक्ति आयो। याहजिएल जकरियाका छोरा थिए। जकरिया बेनायाहका छोरा थिए। बेनायाह यइएलका छोरा थिए। यइएल मत्तन्याहका छोरा थिए। मत्तन्याह एक लेवी थिए र आसापको सन्तान थिए। १५ याहजिएलले यसो भने: “हे सारा यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू र राजा यहोसापात! ध्यान दिएर सुन्नुहोस्। यहोवा परमेश्वर यसो भन्नुहुन्छ, ‘यो विशाल सेनासित नडराओ, त्रसित नहोओ किनकि लडाइँ तिमीहरूको होइन, परमेश्वरको हो।+ १६ भोलि तिमीहरू तिनीहरूसित लड्न जाओ। तिनीहरू जिजको घाटी हुँदै आउनेछन्। तिमीहरूले तिनीहरूलाई बेँसीको* पल्लो छेउमा, यरुएल भनिने निर्जनभूमिको अगाडिपट्टि भेट्टाउनेछौ। १७ यो लडाइँ तिमीहरूले लड्नुपर्नेछैन। आ-आफ्नो स्थानमा खडा रहो+ र यहोवा परमेश्वरले कसरी तिमीहरूको उद्धार गर्नुहुँदो रहेछ, सो हेर।+ हे यहुदा र यरुसलेम, नडराओ, त्रसित नहोओ।+ भोलि तिमीहरू तिनीहरूसित लड्न जाओ र यहोवा परमेश्वरले तिमीहरूलाई साथ दिनुहुनेछ।’”+
१८ यो सुन्नेबित्तिकै यहोसापातले भुईँसम्मै घोप्टो परेर दण्डवत् गरे अनि यहुदाका सबै मानिस र यरुसलेमका बासिन्दाहरूले पनि यहोवा परमेश्वरसामु घोप्टो परेर यहोवाको उपासना गरे। १९ त्यसपछि कोहाती+ र कोरही वंशका लेवीहरू खडा भए अनि ठूलठूलो स्वरमा इस्राएलका परमेश्वर यहोवाको प्रशंसा गर्न थाले।+
२० भोलिपल्ट बिहान तिनीहरू सबेरै उठे र तेकोको निर्जनभूमितिर लागे।+ तिनीहरू जाँदै गर्दा यहोसापातले खडा भएर यसो भने: “हे यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, मेरो कुरा सुन! आफ्ना परमेश्वर यहोवालाई विश्वास गर र तिमीहरू साहसी हुन सक्नेछौ।* उहाँका भविष्यवक्ताहरूलाई विश्वास गर+ अनि तिमीहरू सफल हुनेछौ।”
२१ मानिसहरूसित सरसल्लाह गरेपछि यहोसापातले यहोवा परमेश्वरको स्तुतिगान गाउन र पवित्र पोसाक लगाएर उहाँको प्रशंसा गर्न केही मानिसहरूलाई रोजे।+ तिनीहरू सशस्त्र सैनिकहरूको अघिअघि हिँड्ने थिए र यसो भन्दै गीत गाउने थिए: “यहोवालाई धन्यवाद चढाओ किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+
२२ जब तिनीहरूले रमाउँदै स्तुतिगान गाउन थाले, तब यहोवा परमेश्वरले अम्मोन, मोआब र सेइरको पहाडी इलाकाबाट यहुदालाई आक्रमण गर्न आएको सेनालाई पछिल्तिरबाट आक्रमण गर्नुभयो अनि उनीहरूले एकअर्कालाई मार्न थाले।+ २३ अम्मोनीहरू र मोआबीहरू सेइरको पहाडी इलाकाका+ बासिन्दाहरूमाथि जाइलागे र तिनीहरूलाई खतम गरिदिए। सेइरका बासिन्दाहरूलाई नाश गरिसकेपछि उनीहरूले एकअर्कालाई मारे।+
२४ जब यहुदाका मानिसहरू निर्जनभूमिमा भएको पहरेदारको किल्लामा आइपुगे+ र त्यहाँबाट शत्रुको सेनालाई हेरे, तब तिनीहरूले शत्रुहरूको लास भुईँमा पस्रिरहेको देखे;+ एक जना पनि जिउँदो थिएन। २५ त्यसैले यहोसापात र तिनका मानिसहरू उनीहरूलाई लुट्न गए। तिनीहरूले त्यहाँ प्रशस्तै सरसामान, लुगाफाटा र असल-असल चिजहरू फेला पारे। तिनीहरूले आफूले बोक्नै नसक्ने हदसम्म सरसामान लुटे।+ लुटको माल यत्ति धेरै थियो कि तिनीहरूलाई त्यो जम्मा गर्न तीन दिन लाग्यो। २६ चौथो दिनमा तिनीहरू बराकाह बेँसीमा भेला भए र त्यहाँ तिनीहरूले यहोवा परमेश्वरको प्रशंसा गरे।* त्यसैले तिनीहरूले त्यस ठाउँको नाम बराकाह* बेँसी+ राखे र त्यसको नाम आजसम्मै त्यही छ।
२७ त्यसपछि यहुदा र यरुसलेमका सबै मानिस खुसी मनाउँदै यरुसलेम फर्के+ किनकि यहोवा परमेश्वरले उनीहरूलाई शत्रुहरूमाथि विजयी तुल्याउनुभएको थियो। यहोसापातचाहिँ उनीहरूको अघिअघि थिए। २८ उनीहरू तारे बाजा र वीणा बजाउँदै+ अनि बिगुल फुक्दै+ यरुसलेम आए र यहोवा परमेश्वरको भवनमा गए।+ २९ यहोवा परमेश्वरले इस्राएलका शत्रुहरूसित लडाइँ गर्नुभयो भनेर सुनेपछि सबै राज्यमा परमेश्वरको त्रास फैलियो।+ ३० यसरी यहोसापातको राज्यमा शान्ति कायम भयो। तिनका परमेश्वरले तिनलाई चारैतिरबाट विश्राम दिइरहनुभयो।+
३१ यहोसापातले यहुदामा शासन गरिरहे। तिनी राजा हुँदा ३५ वर्षका थिए र तिनले यरुसलेममा २५ वर्ष शासन गरे। तिनकी आमाको नाम अजुबाह थियो र उनी सिल्हिकी छोरी थिइन्।+ ३२ यहोसापात आफ्ना बुबा आसाको चालमा हिँडिरहे, तिनी त्यसबाट तर्केनन्।+ तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरे।+ ३३ तर तिनको शासनकालमा अग्ला थानहरू* भने हटाइएनन्+ र मानिसहरूले अझै पनि आफ्ना पितापुर्खाका परमेश्वरको खोजी गर्न आफ्नो हृदय तयार पारिसकेका थिएनन्।+
३४ यहोसापातको जीवनकालका बाँकी घटनाहरू अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास हानानिका+ छोरा येहुको+ लेखोटमा पाइन्छ, जुन ‘इस्राएलका राजाहरूको पुस्तक’-मा समावेश गरिएको थियो। ३५ यहुदाका राजा यहोसापातले इस्राएलका राजा आहाज्याहसित गठबन्धन गरे। आहाज्याह दुष्ट थिए।+ ३६ यहोसापातले तर्सिस+ जाने जहाजहरू निर्माण गर्ने काममा आहाज्याहलाई आफ्नो साझेदार बनाए। तिनीहरूले एज्योन-गेबेरमा+ जहाजहरू निर्माण गरे। ३७ तर मारेसाका बासिन्दा दोदाबाहुका छोरा एलिएजरले यहोसापातविरुद्ध यस्तो भविष्यवाणी गरे: “तपाईँले आहाज्याहसित गठबन्धन गर्नुभएको हुनाले यहोवा परमेश्वरले तपाईँको कामलाई विफल तुल्याइदिनुहुनेछ।”+ त्यसैले तिनले बनाएका जहाजहरू तहसनहस भए+ र ती जहाजहरू तर्सिस जान सकेनन्।
२१ त्यसपछि यहोसापात आफ्ना पितृहरूसितै सुते। तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा यहोराम राजा भए।+ २ तिनका भाइहरू अर्थात् यहोसापातका अरू छोराहरू यी थिए: अजर्याह, यहिएल, जकरिया, अजर्याह, माइकल र सेपत्याह। इस्राएलका राजा यहोसापातका छोराहरू यिनीहरू नै थिए। ३ यहोसापातले यिनीहरूलाई उपहारस्वरूप थुप्रै सुन, चाँदी र बहुमूल्य चिजबिजका साथै यहुदाका पर्खालले घेरिएका सहरहरू दिए।+ तर तिनले आफ्नो राज्यचाहिँ यहोरामलाई दिए+ किनकि उनी नै तिनका पहिलो सन्तान थिए।
४ जब यहोरामले आफ्ना बुबाको राज्य आफ्नो हातमा लिए, तब तिनले आफ्नो पकड जमाउन आफ्ना सबै भाइ र इस्राएलका केही भारदारहरूलाई तरबारले मारे।+ ५ राजा हुँदा यहोराम ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे।+ ६ आहाबको घरानाजस्तै तिनी पनि इस्राएलका राजाहरूको चालमा चले+ किनकि तिनले आहाबकी छोरीसित विवाह गरेका थिए।+ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। ७ तर दाउदसित गरेको करारको खातिर+ यहोवा परमेश्वरले दाउदको घरानाको विनाश गर्न चाहनुभएन। किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+
८ यहोरामको शासनकालमा एदोमले यहुदाको विद्रोह गऱ्यो+ र एदोमका मानिसहरू आफैले आफ्नो निम्ति राजा खडा गरे।+ ९ त्यसैले यहोराम आफ्नो सेनाका कप्तानहरू र सबै रथ लिएर पारि गए। अनि यहोरामले राती नै उठेर एदोमीहरूलाई आक्रमण गरे र तिनीहरूलाई हराए, जसले तिनलाई र रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई घेरेका थिए। १० तैपनि एदोमले आजसम्मै यहुदाको विद्रोह गरिरहेको छ। त्यसबेला लिब्नाहले+ पनि यहुदाको विद्रोह गऱ्यो किनकि यहोरामले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+ ११ यरुसलेमका बासिन्दाहरू वेश्यावृत्तिमा लागून्* भनेर तिनले यहुदाका डाँडाहरूमा अग्ला थानहरू* बनाए।+ तिनले यहुदाका मानिसहरूलाई बहकाएर परमेश्वरदेखि टाढा लगे।
१२ पछि भविष्यवक्ता एलियाले+ तिनीकहाँ यस्तो सन्देश लेखेर पठाए: “तपाईँको पुर्खा दाउदका परमेश्वर यहोवा यसो भन्नुहुन्छ, ‘तँ आफ्नो बुबा यहोसापात+ र यहुदाका राजा आसाको+ चालमा हिँडिनस्। १३ बरु तँ इस्राएलका राजाहरूको चालमा हिँडिस्+ अनि यहुदा र यरुसलेमका बासिन्दाहरूलाई आहाबको घरानाले जस्तै+ वेश्यावृत्ति गर्न* लगाइस्।+ तैँले आफ्नो बुबाको घराना, आफ्नै भाइहरूलाई समेत मारिस्,+ जो तँभन्दा असल थिए। १४ त्यसैले यहोवाले तेरो प्रजा, तेरा छोराहरू, पत्नीहरू र तेरा सबै सम्पत्तिमाथि प्रहार गर्नुहुनेछ। १५ तँलाई अनेक रोगले सताउनेछ। तँलाई आन्द्राको रोग पनि लाग्नेछ अनि त्यस रोगले गर्दा तँ दिन प्रतिदिन सिकिस्त हुँदै जानेछस् र अन्तमा तेरो आन्द्रा-भुँडी बाहिर निस्किनेछ।’”
१६ त्यसपछि यहोवा परमेश्वरले पलिस्तियालीहरूलाई+ र इथियोपियालीहरूको इलाकानजिकै बसोबास गर्ने अरबीहरूलाई+ यहोरामसित युद्ध गर्न उक्साउनुभयो।+ १७ त्यसैले उनीहरूले यहुदालाई आक्रमण गरे र देशभित्र घुसे। उनीहरूले महलमा भएको सबै सरसम्पत्ति लिएर गए।+ अनि यहोरामका छोराहरू र पत्नीहरूलाई पनि लगे। उनीहरूले तिनको कान्छो छोरा यहोअहाजलाई* मात्र तिनीकहाँ छोडिदिए।+ १८ त्यसपछि यहोवा परमेश्वरले तिनलाई कहिल्यै निको नहुने आन्द्राको रोगले ग्रस्त पार्नुभयो।+ १९ त्यसको दुई वर्षपछि रोगले गर्दा तिनको आन्द्रा-भुँडी बाहिर निस्कियो। त्यस रोगले गर्दा तिनले निकै पीडा भोगे र तिनी मरे। तिनको प्रजाले तिनको सम्मानमा आगो बालेनन्, जसरी तिनका पितापुर्खाको मृत्यु हुँदा तिनीहरूको सम्मानमा आगो बालिएको थियो।+ २० राजा हुँदा तिनी ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे। तिनको मृत्यु हुँदा कसैले पनि दुःख मनाएन। तिनलाई दाउदनगरमा+ गाडियो तर राजाहरूको चिहानमा भने होइन।+
२२ त्यसपछि यरुसलेमका बासिन्दाहरूले यहोरामका कान्छा छोरा आहाज्याहलाई तिनको ठाउँमा राजा बनाए। किनकि अरबीहरूसित आएको लुटेराहरूको दलले आहाज्याहका सबै दाइलाई मारेको थियो।+ त्यसैले यहोरामका छोरा आहाज्याहले यहुदामा शासन गर्न थाले।+ २ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र उनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। उनकी आमाको नाम अथल्याह+ थियो। तिनी ओम्रिकी+ नातिनी* थिइन्।
३ आहाज्याह पनि आहाबको घरानाकै+ चालमा हिँडे किनकि उनकी आमा उनलाई खराब काम गर्न सल्लाह दिन्थिन्। ४ उनले आहाबको घरानाले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि उनको बुबाको मृत्युपछि आहाबको घरानाका मानिसहरू उनका सल्लाहकार भए। यसै कारणले गर्दा उनको पतन भयो। ५ तिनीहरूको सल्लाह मान्दै उनी सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न इस्राएलका राजा आहाबका छोरा यहोरामसित रामोथ-गिलाद+ गए। त्यस युद्धमा धनुर्धारीहरूले यहोरामलाई घाइते बनाइदिए। ६ सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न जाँदा रामामा सिरियालीहरूले यहोरामलाई घाइते बनाएको हुनाले तिनी निको हुन यिज्रेल फर्के।+
तब यहोरामका+ छोरा यहुदाका राजा आहाज्याह* आहाबका छोरा यहोरामलाई+ भेट्न यिज्रेल गए किनकि तिनी घाइते* भएका थिए।+ ७ तर यहोरामलाई भेट्न जानु नै आहाज्याहको मृत्युको कारण बन्न पुग्यो; परमेश्वरले नै त्यसो गराउनुभएको थियो। आहाज्याहले यहोरामलाई भेटेपछि उनी र यहोराम निम्सिका नाति येहुलाई+ भेट्न गए। यहोवा परमेश्वरले आहाबको घरानाको नामोनिसान मेटाउन येहुलाई अभिषेक गर्नुभएको थियो।+ ८ आहाबको घरानालाई नाश गर्न थाल्दा येहुले यहुदाका भारदारहरूलाई र आहाज्याहका भतिजाहरू—जो आहाज्याहका मन्त्रीहरू थिए—तिनीहरूलाई पनि देखे र मारिदिए।+ ९ त्यसपछि येहुले आहाज्याहलाई खोजे र तिनका मानिसहरूले आहाज्याहलाई सामरियामा लुकिरहेको भेट्टाए। तिनीहरूले उनलाई पक्रेर येहुकहाँ ल्याए। त्यसपछि तिनीहरूले आहाज्याहलाई मारे। तिनीहरूले उनको लास गाडिदिए+ किनकि तिनीहरूले यसो भने: “ऊ तिनै यहोसापातको नाति हो, जसले आफ्नो सारा हृदयले यहोवा परमेश्वरको खोजी गरेका थिए।”+ आहाज्याहको घरानामा उनीपछि राज्य गर्न सक्ने अरू कोही थिएन।
१० आफ्नो छोरा आहाज्याहको मृत्यु भयो भनेर थाह पाएपछि उनकी आमा अथल्याहले+ यहुदाको राजघरानाका सबै उत्तराधिकारीको हत्या गरिन्।+ ११ तर राजकुमारी यहोसेबाले आहाज्याहका छोरा यहोआसलाई+ बचाइन्। अथल्याहले हत्या गर्न लागेका राजकुमारहरूको बीचबाट उनले यहोआसलाई सुटुक्क उठाएर लगिन् अनि यहोआस र तिनकी धाईआमालाई सुत्ने कोठामा लगेर लुकाइन्। राजा यहोरामकी+ छोरी यहोसेबाले (उनी पुजारी यहोयादाकी पत्नी+ र आहाज्याहकी बहिनी थिइन्) यहोआसलाई अथल्याहबाट जसोतसो लुकाएर राखिन्; त्यसैले तिनी मारिएनन्।+ १२ तिनलाई छ वर्षसम्म साँचो परमेश्वरको भवनमा लुकाएर राखियो। त्यस दौडान यहुदामा अथल्याहले शासन गरिन्।
२३ सातौँ वर्षमा यहोयादाले साहसी हुँदै एउटा कदम चाले। तिनले सय-सय जनाका कप्तानहरूसित+ सम्झौता* गरे। ती कप्तानहरू यी थिए: यरोहामका छोरा अजर्याह, यहोहानानका छोरा इस्माएल, ओबेदका छोरा अजर्याह, आदायाहका छोरा मासेयाह र जिक्रिका छोरा एलिसापात। २ त्यसपछि ती कप्तानहरू यहुदाको चारैतिर गए अनि यहुदाका सबै सहरबाट लेवीहरू+ र इस्राएलमा भएका बुबापट्टिका घरानाहरूका नाइकेहरूलाई एक ठाउँमा भेला गरे। जब उनीहरू यरुसलेम आए, ३ तब पूरै समुदायले साँचो परमेश्वरको भवनमा राजासित करार गऱ्यो।+ त्यसपछि यहोयादाले उनीहरूलाई भने:
“हेर! यहोवा परमेश्वरले दाउदका सन्तानबारे गर्नुभएको प्रतिज्ञाअनुसारै यस देशमा राजाका छोराले नै शासन गर्नेछन्।+ ४ तिमीहरूले यसो गर्नू: विश्रामदिनमा* काममा आउनुपर्ने पुजारी र लेवीहरूमध्ये एक तिहाइले ढोकेको काम गर्नू;+ ५ अर्को एक तिहाइ राजमहलमा तैनाथ हुनू+ अनि बाँकी एक तिहाइचाहिँ जग-ढोकामा तैनाथ हुनू। अरू सबै मानिसचाहिँ यहोवा परमेश्वरको भवनका चोकहरूमा हुनेछन्।+ ६ यहोवा परमेश्वरको भवनमा सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई पनि भवनमा छिर्न नदिनू।+ ती पुजारीहरू र लेवीहरूलाई चाहिँ भवनमा छिर्न दिनू किनकि तिनीहरू पवित्र दल हुन्। अरू सबै मानिसले चाहिँ बाहिरै बसेर यहोवा परमेश्वरप्रतिको आफ्नो कर्तव्य पूरा गर्नेछन्। ७ लेवीहरू आ-आफ्नो हातमा हतियार बोकेर राजाको वरिपरि तैनाथ रहून्। यदि कोही भवनभित्र छिर्न खोज्यो भने उसलाई मार्नू। राजा जहाँ-जहाँ जानुहुन्छ, तिमीहरू पनि त्यहाँ-त्यहाँ उहाँसँगै जानू।”
८ ती लेवीहरू र यहुदाका सबै मानिसले पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। तिनीहरूले विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिए।+ किनकि पुजारी यहोयादाले कुनै पनि दललाई कामबाट छुट्टी दिएका थिएनन्।+ ९ त्यसपछि पुजारी यहोयादाले सय-सय जनाका कप्तानहरूलाई+ साँचो परमेश्वरको भवनमा राखिएका+ भालाहरू, साना ढालहरू* र गोलाकार ढालहरू दिए।+ यी हतियारहरू राजा दाउदका थिए। १० तिनले सबै मानिसलाई आफ्नो हातमा हतियार लिएर आ-आफ्नो ठाउँमा तैनाथ हुन लगाए। तिनीहरू भवनको दायाँ कुनादेखि बायाँ कुनासम्मै थिए। तिनीहरू वेदीको र भवनको नजिकै—राजाको चारैतिर तैनाथ भए। ११ त्यसपछि तिनीहरूले राजकुमारलाई बाहिर ल्याए+ अनि तिनको शिरमा मुकुट लगाइदिए र त्यसमाथि साक्षी-पत्र*+ पनि राखिदिए। अनि यहोयादा र तिनका छोराहरूले उनलाई राजा अभिषेक गरे। तिनीहरूले यसो भने: “राजा दीर्घायु होऊन्!”+
१२ मानिसहरू दौडिरहेको र राजाको जयजयकार गरिरहेको आवाज सुन्नेबित्तिकै अथल्याह यहोवा परमेश्वरको भवनमा गइन्। त्यहाँ मानिसहरू भेला भएका थिए।+ १३ त्यहाँ उनले राजालाई भवनको प्रवेशद्वारमा, खम्बाको छेउमा उभिरहेको देखिन्। राजासँगै भारदारहरू+ र बिगुल फुक्नेहरू पनि उभिरहेका थिए। त्यहाँ देशका सबै मानिस बिगुल फुकेर खुसीयाली मनाइरहेका थिए।+ अनि गायकहरूचाहिँ बाजा बजाउँदै खुसीयाली मनाउनमा अगुवाइ लिइरहेका थिए। यो देख्नेबित्तिकै अथल्याहले आफ्नो लुगा च्यातिन् र यसो भन्दै चिच्याइन्: “यो त धोका भयो, धोका!” १४ तब पुजारी यहोयादाले सय-सय जना सैनिकका ती कप्तानहरूलाई बाहिर पठाए र तिनीहरूलाई यस्तो आदेश दिए: “यस आइमाईलाई सैनिकहरूको घेराबाट बाहिर निकाल! कोही उसको पछिपछि गयो भने त्यसलाई तरबारले मार!” किनकि पुजारीले यसो भनेका थिए: “उसलाई यहोवा परमेश्वरको भवनमा नमार्नू।” १५ त्यसैले तिनीहरूले उनलाई पक्रेर लगे अनि राजमहलको घोडा-ढोकामा पुग्नेबित्तिकै उनलाई मारे।
१६ त्यसपछि यहोयादाले आफू, राजा र सबै मानिसबीच करार गरे, जुन करारअनुसार उनीहरू सधैँ यहोवा परमेश्वरको प्रजा रहनुपर्थ्यो।+ १७ त्यसपछि सबै मानिस बाआलको मन्दिरमा आए र त्यो मन्दिर भत्काइदिए।+ तिनीहरूले त्यसका वेदीहरू र मूर्तिहरू धुलोपिठो पारिदिए+ अनि बाआलका पुजारी मत्तानलाई चाहिँ वेदीहरूकै अगाडि मारिदिए।+ १८ त्यसपछि यहोयादाले यहोवा परमेश्वरको भवनको निगरानी गर्ने जिम्मा पुजारीहरू र लेवीहरूलाई सुम्पिदिए। दाउदले उनीहरूलाई भिन्नाभिन्नै दलमा विभाजन गरेका थिए। उनीहरूले मोसाको व्यवस्थामा लेखिएअनुसारै+ यहोवा परमेश्वरको भवनमा यहोवाको निम्ति अग्निभेटी चढाउने थिए+ अनि दाउदको निर्देशनअनुसारै स्तुतिगान गाउने थिए र खुसीयाली मनाउने थिए। १९ कुनै पनि कारणले अशुद्ध भएका मानिसहरू यहोवा परमेश्वरको भवनमा छिर्न नपाऊन् भनेर यहोयादाले भवनका ढोकाहरूमा ढोकेहरू पनि खटाए।+ २० साथै तिनले सय-सय जनाका कप्तानहरू,+ प्रतिष्ठित व्यक्तिहरू, मानिसहरूका शासकहरू र देशका सबै मानिसलाई लिए अनि उनीहरूले राजालाई यहोवा परमेश्वरको भवनबाट बाहिर लगे। उनीहरू माथिल्लो ढोकाबाट राजमहलभित्र पसे अनि राजालाई सिंहासनमा बसाले।+ २१ तब सबै मानिसले खुसीयाली मनाए र सहरमा शान्ति छायो किनकि उनीहरूले अथल्याहलाई तरबारले मारेका थिए।
२४ राजा हुँदा यहोआस सात वर्षका थिए।+ तिनले यरुसलेममा ४० वर्ष शासन गरे। तिनकी आमाको नाम जिब्याह थियो। उनी बेर्सेबाकी बासिन्दा थिइन्।+ २ पुजारी यहोयादा बाँचुन्जेल यहोआसले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ३ यहोयादाले दुई वटी केटीसित तिनको विवाह गराइदिए र उनीहरूबाट तिनका छोराछोरी जन्मिए।
४ पछि यहोआसको हृदयमा यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्ने इच्छा पलायो।+ ५ त्यसैले तिनले पुजारीहरू र लेवीहरूलाई भेला गरे अनि उनीहरूलाई यसो भने: “तपाईँहरू यहुदाका सहरहरूमा जानुहोस् अनि हरेक वर्ष आफ्ना परमेश्वरको भवनको मर्मतसम्भार गर्न सबै इस्राएलीबाट पैसा जम्मा गर्नुहोस्।+ यो काम तुरुन्तै गर्नुहोस्।” तर लेवीहरूले यो काम गर्न ढिलासुस्ती गरे।+ ६ त्यसैले राजाले प्रधानपुजारी यहोयादालाई बोलाए र भने:+ “यहोवा परमेश्वरका सेवक मोसाको निर्देशनअनुसार यहुदा र यरुसलेमबाट जुन पवित्र कर उठाउनुपर्ने थियो, त्यो लेवीहरूले किन उठाएका छैनन्?+ तपाईँले किन यस मामिलामा कडिकडाउ गर्नुभएन? साक्षीपाटी राखिएको पालको* निम्ति इस्राएलको समुदायबाट किन पवित्र कर जम्मा गरिएको छैन?+ ७ त्यो दुष्ट आइमाई अथल्याहका+ छोराहरू जबरजस्ती साँचो परमेश्वरको भवनमा छिरेका थिए+ अनि उनीहरूले यहोवा परमेश्वरको भवनमा भएका सबै पवित्र सरसामान लगेर बाआल देवताहरूको उपासना गर्न प्रयोग गरेका थिए।” ८ तब राजाको आदेशमा एउटा बाकस+ बनाइयो र त्यसलाई यहोवा परमेश्वरको भवनबाहिर ढोकामा राखियो।+ ९ त्यसपछि यहोवा परमेश्वरको निम्ति पवित्र कर ल्याउनू भनी पूरै यहुदा र यरुसलेममा घोषणा गरियो।+ निर्जनभूमिमा छँदा साँचो परमेश्वरका सेवक मोसाले यो कर तिर्नुपर्ने नियम लागू गरेका थिए। १० त्यसपछि सबै भारदार र मानिसहरू रमाए+ अनि दान ल्याएर त्यस बाकसमा खसाल्न थाले। बाकस नभरिउन्जेल* तिनीहरूले दान खसालिरहे।
११ त्यो बाकस पूरै भरिएको देखेपछि लेवीहरूले त्यसलाई राजाकहाँ लग्थे अनि राजाका सचिव र मुख्य पुजारीका सहायक आएर बाकसलाई खाली गर्थे।+ त्यसपछि त्यस बाकसलाई जहाँबाट ल्याइएको हो, त्यहीँ लगेर राख्थे। तिनीहरूले हरेक दिन यसै गर्थे। यसरी तिनीहरूले प्रशस्तै पैसा जम्मा गरे। १२ त्यसपछि राजा र यहोयादाले त्यो पैसा यहोवा परमेश्वरको भवनको कामको निरीक्षण गर्नेहरूलाई दिन्थे। अनि यहोवा परमेश्वरको भवन मर्मतसम्भार गर्न ती निरीक्षकहरूले ढुङ्गा काट्नेहरू र शिल्पकारहरूलाई ज्यालामा ल्याउँथे।+ साथै उनीहरूले यहोवा परमेश्वरको भवन मर्मत गर्न फलाम र तामाको काम गर्नेहरूलाई पनि ज्यालामा ल्याउँथे। १३ अनि ती निरीक्षकहरूले आफ्नो काम सुरु गरे। उनीहरूको निरीक्षणमा मर्मतसम्भारको काम अघि बढ्दै गयो। उनीहरूले साँचो परमेश्वरको भवनलाई मजबुत बनाए र पहिलेको जस्तै अवस्थामा ल्याए। १४ मर्मतसम्भारको काम सकिनेबित्तिकै उनीहरूले बाँकी भएको पैसा लगेर राजा र यहोयादालाई दिए। तिनीहरूले त्यस पैसाले यहोवा परमेश्वरको भवनको लागि भाँडाकुँडा बनाए। साथै तिनीहरूले भवनको सेवामा र भेटी चढाउने काममा प्रयोग हुने भाँडाकुँडाका साथै प्यालाहरू अनि सुन र चाँदीका अरू भाँडाकुँडा बनाउन त्यो पैसा प्रयोग गरे।+ यहोयादा बाँचुन्जेल तिनीहरूले यहोवा परमेश्वरको भवनमा नियमित रूपमा अग्निभेटी चढाए।+
१५ यहोयादा १३० वर्षको उमेरमा मरे। तिनले लामो र सन्तुष्ट जीवन बिताए। १६ तिनलाई दाउदनगरमा राजाहरूको चिहानमा गाडियो+ किनभने तिनले इस्राएलमा साँचो परमेश्वर र उहाँको भवनको निम्ति असल कामहरू गरेका थिए।+
१७ यहोयादाको मृत्युपछि यहुदाका भारदारहरू राजाकहाँ आए र तिनीसामु घोप्टो परे अनि राजाले तिनीहरूको कुरा सुने। १८ तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्वर यहोवाको भवनलाई त्यागे अनि पवित्र खामाहरू* र मूर्तिहरू पुज्न थाले। तिनीहरूको यस पापले गर्दा यहुदा र यरुसलेममाथि परमेश्वरको क्रोध दन्कियो। १९ यहोवा परमेश्वरले तिनीहरूलाई आफूकहाँ फर्काएर ल्याउन थुप्रै भविष्यवक्तालाई पठाइरहनुभयो र ती भविष्यवक्ताहरूले तिनीहरूलाई चेतावनी* दिइरहे तर तिनीहरूले उनीहरूको कुरा सुन्न इन्कार गरे।+
२० परमेश्वरको पवित्र शक्ति पुजारी यहोयादाका+ छोरा जकरियामाथि आयो। तिनी मानिसहरूसामु एउटा अग्लो ठाउँमा उभिए र भने: “साँचो परमेश्वर यसो भन्नुहुन्छ, ‘तिमीहरू किन यहोवा परमेश्वरको आज्ञा उल्लङ्घन गर्छौ? तिमीहरू सफल हुनेछैनौ। तिमीहरूले यहोवा परमेश्वरलाई त्यागेको हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।’”+ २१ तर ती मानिसहरूले तिनीविरुद्ध षड्यन्त्र रचे+ र राजाको आदेशबमोजिम यहोवा परमेश्वरको भवनको चोकमा तिनलाई ढुङ्गाले हानेर मारे।+ २२ यसरी राजा यहोआसले जकरियाको बुबा यहोयादाले आफूलाई देखाएको अटल प्रेम बिर्से अनि उनको छोरालाई मारे। मर्ने बेला जकरियाले यसो भनेका थिए: “यहोवा परमेश्वरले यो देखून् र तिमीसित लेखा लेऊन्।”+
२३ वर्षको सुरुमा सिरियाली सेना यहोआससित लडाइँ गर्न आयो र तिनीहरूले यहुदा र यरुसलेमलाई आक्रमण गरे।+ तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे+ अनि आफूले लुटेका सबै थोक दमिसकका राजाकहाँ पठाए। २४ हुनत सिरियाली सैनिकहरू थोरै थिए तैपनि यहोवाले यहुदाको विशाल सेनालाई उनीहरूको हातमा सुम्पिदिनुभयो+ किनभने तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए। यसरी उनीहरूले* राजा यहोआसलाई दण्ड दिए। २५ जब उनीहरूले राजालाई त्यत्तिकै छाडेर गए (तिनलाई गम्भीर घाइते अवस्थामा छोडिदिए*), तब तिनका आफ्नै सेवकहरूले तिनीविरुद्ध षड्यन्त्र रचे किनकि तिनले पुजारी यहोयादाका+ छोराहरूको* हत्या गरेका थिए। ती सेवकहरूले राजालाई तिनकै ओछ्यानमा हत्या गरे।+ यसरी राजाको मृत्यु भयो र तिनीहरूले राजालाई दाउदनगरमा+ गाडे तर राजाहरूको चिहानमा भने होइन।+
२६ राजाविरुद्ध षड्यन्त्र रच्नेहरू यी थिए:+ अम्मोनी स्त्री सिम्मेथका छोरा जबाद र मोआबी स्त्री सिम्रिथका छोरा यहोजाबाद। २७ यहोआसका छोराहरू, तिनीविरुद्ध सुनाइएका सन्देशहरू+ अनि साँचो परमेश्वरको भवनको मर्मतसम्भारसम्बन्धी+ सम्पूर्ण विवरण ‘राजाहरूको पुस्तक’-मा पाइन्छ। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।
२५ राजा हुँदा अमस्याह २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम यहोअद्दान थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+ २ अमस्याहले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे तर पूर्ण हृदयले त होइन। ३ राजसत्तामा पकड जमाउनेबित्तिकै तिनले आफ्नो बुबाको हत्या गरेका आफ्ना सेवकहरूलाई मृत्युदण्ड दिए।+ ४ तर तिनले उनीहरूका छोराहरूलाई चाहिँ मृत्युदण्ड दिएनन्। तिनले व्यवस्थामा अर्थात् मोसाको पुस्तकमा यहोवा परमेश्वरले दिनुभएको यो आज्ञा पालन गरे: “छोराको कारण बुबालाई मृत्युदण्ड नदिनू र बुबाको कारण छोरालाई मृत्युदण्ड नदिनू। जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनू।”+
५ अमस्याहले यहुदा र बिन्यामिनको कुलका सबै मानिसलाई जम्मा गरे र तिनीहरूलाई हजार-हजार र सय-सयका कप्तानहरूको नेतृत्वमा बुबापट्टिको घरानाअनुसार उभिन लगाए।+ अनि तिनले २० वर्ष र सोभन्दा माथिको उमेरका मानिसहरूको नाम दर्ता गरे।+ त्यहाँ भाला र ठूलो ढाल लिएर लडाइँमा जान सक्ने ३ लाख तालिमप्राप्त सैनिक पाइए। ६ त्यसबाहेक तिनले १०० टालेन्ट* चाँदी तिरेर इस्राएलबाट १ लाख वीर योद्धा ज्यालामा ल्याए। ७ तर साँचो परमेश्वरका एक सेवक तिनीकहाँ आए र यसो भने: “हे महाराज! इस्राएली सेनालाई तपाईँसित नलैजानुहोस्। किनकि यहोवा परमेश्वर इस्राएलीहरूसित हुनुहुन्न;+ उहाँ एप्रैमीहरूमध्ये कसैसित हुनुहुन्न। ८ लडाइँमा तपाईँ आफै जानुहोस् र साहसी भएर लड्नुहोस्। नत्र साँचो परमेश्वरले तपाईँलाई शत्रुहरूको हातबाट परास्त गराउनुहोला किनकि परमेश्वरसँग मदत गर्ने मात्र नभई परास्त गराउने शक्ति पनि छ।”+ ९ यो सुनेर अमस्याहले साँचो परमेश्वरका त्यस सेवकलाई भने: “अब के मैले इस्राएली सेनालाई दिएको १०० टालेन्ट चाँदीको चाहिँ माया मार्नु?” साँचो परमेश्वरका सेवकले जवाफ दिए: “यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ।”+ १० त्यसैले अमस्याहले एप्रैमबाट आएका सेनाका फौजहरूलाई तिनीहरूकै ठाउँमा फर्काइदिए। त्यसैले तिनीहरूलाई यहुदाका मानिसहरूसित साह्रै रिस उठ्यो; तिनीहरू रिसले चूर हुँदै आफ्नो ठाउँ फर्के।
११ तब अमस्याह साहसी भई आफ्नै सेनाका टुकडीहरूलाई लिएर नुन बेँसीमा+ गए। तिनले सेइरका १० हजार मानिसलाई मारे।+ १२ यहुदाका मानिसहरूले १० हजार मानिसलाई जिउँदै पक्रे र तिनीहरूलाई चट्टानको टुप्पोमा लगेर त्यहाँबाट खसालिदिए। तिनीहरू सबै छिन्नभिन्न भए। १३ तर जुन टुकडीहरूलाई अमस्याहले आफूसँगै लडाइँमा आउन दिएका थिएनन्+ र फर्काइदिएका थिए, ती टुकडीहरूले यहुदाका सहरहरूमा लुटपाट मच्चाए। तिनीहरूले सामरियादेखि+ बेथ-होरोनसम्मै+ आक्रमण गरे अनि ३ हजार मानिसलाई मारे। तिनीहरूले थुप्रै माल लुटेर लगे।
१४ तर एदोमीहरूलाई मारेर फर्कँदा अमस्याहले सेइरका मानिसहरूले पुज्ने मूर्तिहरू आफूसँगै ल्याए र त्यसलाई आफ्नो देवता बनाए।+ तिनले ती मूर्तिहरूलाई ढोग्न थाले र त्यसको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउन थाले। १५ त्यसैले यहोवा परमेश्वर अमस्याहसित क्रोधित हुनुभयो। उहाँले अमस्याहकहाँ एक जना भविष्यवक्ता पठाउनुभयो र ती भविष्यवक्ताले तिनलाई यसो भने: “तपाईँ ती मूर्तिहरूको पछि किन लाग्नुहुन्छ, जसले आफ्नै मानिसहरूलाई तपाईँको हातबाट बचाउन सकेनन्?”+ १६ भविष्यवक्ता बोलिरहेकै बेला राजाले बीचमै यसो भने: “चुप लाग्!+ नत्र तँ मर्नेछस्! तँलाई कसले राजाको सल्लाहकार बनायो हँ?”+ तब ती भविष्यवक्ता यसो भनेर चुप लागे: “परमेश्वरले तपाईँको सर्वनाश गर्ने निर्णय गर्नुभएको छ भनेर मलाई थाह छ। किनकि तपाईँले यस्तो नराम्रो काम गर्नुभयो र मेरो सल्लाह पनि सुन्नुभएन।”+
१७ यहुदाका राजा अमस्याहले आफ्ना सल्लाहकारहरूसित कुराकानी गरे अनि येहुका नाति, यहोअहाजका छोरा इस्राएलका राजा यहोआसकहाँ सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “आऊ, हामी रणभूमिमा भिडौँ!”+ १८ तब इस्राएलका राजा यहोआसले यहुदाका राजा अमस्याहलाई यस्तो खबर पठाए: “लेबनानको एउटा काँडेझारले लेबनानको देवदारलाई यस्तो सन्देश पठायो, ‘मेरो छोरासित तिम्री छोरीको बिहे गराइदेऊ।’ तर लेबनानको एउटा जङ्गली जनावर त्यही बाटो भएर आयो र त्यो काँडेझारलाई कुल्चीमिल्ची पारिदियो। १९ तिमीले यसो भनेका छौ: ‘देख्यौ, मैले एदोमलाई हराएँ।’+ तिम्रो हृदय घमन्डले फुलेको छ; तिमी आफ्नो वाहवाही चाहन्छौ। तर अब तिमी आफ्नै महलमा बस! बेकारमा किन आफैमाथि विपत्ति निम्त्याउँछौ? आफूसँगसँगै पूरै यहुदालाई किन विनाशतर्फ धकेल्न खोज्दै छौ?”
२० तर अमस्याहले उनको कुरा सुन्दै सुनेनन्।+ तिनीहरू आफ्नो शत्रुको हातमा परून् भनेर साँचो परमेश्वरले नै यसो हुन दिनुभएको थियो+ किनकि तिनीहरू एदोमका देवताहरूको पछि लागेका थिए।+ २१ त्यसैले इस्राएलका राजा यहोआस यहुदाका राजा अमस्याहसित लडाइँ गर्न निस्के। तिनीहरूले यहुदाको इलाकामा पर्ने बेथ-सेमेसमा+ लडाइँ गरे। २२ इस्राएलले यहुदालाई हरायो र यहुदाका सबै सैनिक आ-आफ्नो घरतिर* भागे। २३ इस्राएलका राजा यहोआसले बेथ-सेमेसमा यहोअहाजका* नाति यहोआसका छोरा यहुदाका राजा अमस्याहलाई पक्रे। त्यसपछि यहोआसले तिनलाई यरुसलेम ल्याए र यरुसलेमको पर्खालको एप्रैम-ढोकादेखि+ कुना-ढोकासम्मको+ भाग भत्काइदिए, जसको लम्बाइ ४०० हात* थियो। २४ त्यसपछि यहोआसले साँचो परमेश्वरको भवनमा ओबेद-एदोमको निगरानीमा राखिएका सबै सुनचाँदी र सरसामान अनि राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी र सरसामान पनि लगे अनि मानिसहरूलाई बन्दी बनाए।+ त्यसपछि उनी सामरिया फर्के।
२५ यहोअहाजका छोरा इस्राएलका राजा यहोआसको+ मृत्यु भएपछि यहोआसका छोरा यहुदाका राजा अमस्याह+ अरू १५ वर्ष बाँचे।+ २६ अमस्याहको जीवनकालका बाँकी घटनाहरू अर्थात् सुरुदेखि अन्तसम्मको तिनको इतिहास ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा पाइन्छ। २७ अमस्याहले यहोवा परमेश्वरलाई त्यागेको समयदेखि शत्रुहरूले यरुसलेममा तिनीविरुद्ध षड्यन्त्र रच्न थाले।+ त्यसैले तिनी भागेर लाकिस गए। तर ती षड्यन्त्रकारीहरूले लाकिसमा आफ्ना मानिसहरू पठाए र तिनीहरूले त्यहीँ तिनको हत्या गरे। २८ अनि तिनीहरूले तिनको लास घोडामा लादेर ल्याए र तिनलाई यहुदाको सहरमा तिनका पितापुर्खाको चिहानमा गाडे।
२६ त्यसपछि यहुदाका सबै मानिसले उज्जियाहलाई+ तिनका बुबा अमस्याहको+ ठाउँमा राजा बनाए। त्यतिबेला तिनी १६ वर्षका थिए। २ राजा* आफ्ना पितृहरूसितै सुतेपछि उज्जियाहले एलोथ+ सहर पुनर्निर्माण गरे अनि त्यसलाई फेरि यहुदाको अधीनमा ल्याए।+ ३ राजा हुँदा उज्जियाह+ १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्।+ ४ तिनले आफ्ना बुबा अमस्याहले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ५ जकरिया बाँचुन्जेल उज्जियाहले परमेश्वरको खोजी गरिरहे। तिनलाई साँचो परमेश्वरको भय मान्न जकरियाले नै सिकाएका थिए। तिनले साँचो परमेश्वर यहोवाको खोजी गरुन्जेल उहाँले तिनको फलिफाप गराउनुभयो।+
६ तिनी पलिस्तियालीहरूसित लडाइँ गर्न गए+ अनि गाथ,+ याब्नेह+ र अस्दोदका पर्खाल+ फोरेर ती सहरहरूभित्र छिरे। तिनले अस्दोदमा र पलिस्तियालीहरूको इलाकामा सहरहरू बनाए। ७ साँचो परमेश्वरले तिनलाई पलिस्तियालीहरू, म्युनीहरू र गुर्बालमा बसोबास गर्ने अरबीहरूमाथि+ जित हासिल गर्न मदत गरिरहनुभयो। ८ अम्मोनीहरूले+ उज्जियाहलाई तिरो तिर्न थाले। तिनको ख्याति टाढा मिश्रसम्मै फैलियो किनकि तिनी अत्यन्तै शक्तिशाली भए। ९ साथै उज्जियाहले यरुसलेममा कुना-ढोका,+ उपत्यका-ढोका+ र ‘टेको’-नजिकै बलिया-बलिया धरहराहरू बनाए।+ १० तिनले निर्जनभूमिमा पनि धरहराहरू बनाए+ अनि थुप्रै इनार खने* (किनकि तिनका वस्तुभाउ धेरै थिए); तिनले सेफेलाहमा र मैदानमा* पनि इनारहरू खने। तिनी खेतीपाती मन पराउने मान्छे थिए, त्यसैले तिनले पहाडहरूमा र कर्मेलमा किसानहरू र अङ्गुर बगानका मालीहरूलाई काममा लगाएका थिए।
११ उज्जियाहसित हातहतियारले सुसज्जित सेना पनि थियो। उनीहरूलाई दल-दलमा विभाजन गरिएको थियो अनि दल-दल गरी नै उनीहरू लडाइँमा जान्थे। राजाका एक जना भारदार हनन्याहको निरीक्षणमा सचिव यइएल+ र अफिसर मासेयाहले ती सिपाहीहरूको नाम दर्ता गरे र उनीहरूको गन्ती लिए।+ १२ यी वीर योद्धाहरूका सेनापतिहरू जम्मा २ हजार ६ सय जना थिए। तिनीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइकेहरू थिए। १३ तिनीहरूको अधीनमा ३ लाख ७ हजार ५ सय सशस्त्र सैनिक थिए। राजालाई शत्रुहरूसित लड्न साथ दिने यो सेना निकै शक्तिशाली थियो।+ १४ उज्जियाहले पूरै सेनालाई ढाल, भाला,+ टोप, कवच,+ धनु र घुयेँत्रोले+ सुसज्जित पारेका थिए। १५ साथै तिनले यरुसलेममा निपुण कारिगरहरूलाई यस्ता यन्त्रहरू बनाउन लगाए, जुन प्रयोग गरेर बाण र ठूलठूलो ढुङ्गा हान्न सकिन्थ्यो। तिनले ती यन्त्रहरू धरहराहरूमा र पर्खालका कुनाहरूमा राखे।+ तिनको ख्याति टाढा-टाढासम्मै फैलियो किनकि परमेश्वरले तिनलाई निकै मदत गर्नुभएको थियो र तिनी शक्तिशाली भए।
१६ तर आफू शक्तिशाली हुनेबित्तिकै उज्जियाहको हृदय घमन्डले फुल्यो। अनि यही नै तिनको पतनको कारण बन्न पुग्यो। धूप बाल्ने वेदीमा धूप बाल्न यहोवा परमेश्वरको मन्दिरभित्र छिरेर तिनले आफ्ना परमेश्वर यहोवालाई विश्वासघात गरे।+ १७ यो देख्नेबित्तिकै पुजारी अजर्याह र यहोवा परमेश्वरका अरू ८० जना साहसी पुजारीहरू राजाको पछिपछि मन्दिरभित्र गए। १८ उनीहरूले राजा उज्जियाहलाई रोके र यसो भने: “हे उज्जियाह, यहोवाको निम्ति तपाईँले धूप बाल्नु सही होइन।+ धूप बाल्ने काम पुजारीहरूको मात्र हो किनकि उनीहरू हारुनका सन्तान हुन्+ र उनीहरूलाई पवित्र पारिएको छ। यो पवित्र स्थानबाट* बाहिर जानुहोस् किनकि तपाईँले परमेश्वरलाई विश्वासघात गर्नुभयो। यस कामको निम्ति तपाईँले यहोवा परमेश्वरबाट कुनै सम्मान पाउनुहुनेछैन।”
१९ तर उज्जियाह, जसले धूप बाल्नको लागि हातमा धूपदानी लिएका थिए, तिनी रिसले चूर भए।+ तिनी पुजारीहरूसित रिसाइरहेकै बेला तिनको निधारमा कुष्ठरोग निस्कियो।+ त्यतिबेला पुजारीहरू यहोवा परमेश्वरको भवनमा धूप बाल्ने वेदीनजिकै उभिरहेका थिए। २० जब मुख्य पुजारी अजर्याह र अरू पुजारीहरू तिनीतिर फर्के, तब उनीहरूले तिनको निधारमा कुष्ठरोग निस्केको देखे। त्यसपछि उनीहरूले तुरुन्तै तिनलाई त्यहाँबाट बाहिर लगे अनि तिनी आफै पनि हतार-हतार बाहिर निस्कन खोजे किनकि यहोवा परमेश्वरले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभएको थियो।
२१ राजा उज्जियाहको रोग जीवनभर निको भएन। कुष्ठरोगी भएकोले तिनी अलग्गै एउटा घरमा बस्थे+ किनकि तिनलाई यहोवा परमेश्वरको भवनमा जाने अनुमति थिएन। तिनका छोरा योतामले राजमहलको सबै कामको रेखदेख गर्थे। अनि प्रजाको न्याय पनि योतामले नै गर्थे।+
२२ उज्जियाहको जीवनकालका बाँकी घटनाहरू, सुरुदेखि अन्तसम्मको तिनको इतिहास आमोजका छोरा भविष्यवक्ता यसैयाले+ लेखेका छन्। २३ उज्जियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनलाई राजाहरूको चिहानको छेउमा भएको जमिनमा गाडियो किनकि उनीहरूले यसो भने: “तिनी कुष्ठरोगी हुन्।” तिनीपछि तिनका छोरा योताम+ राजा भए।
२७ राजा हुँदा योताम+ २५ वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनकी आमाको नाम यरुसाह थियो। उनी सादोककी+ छोरी थिइन्। २ तिनले आफ्ना बुबा उज्जियाहले जस्तै यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ तिनी र तिनको बुबाबीच एउटा कुरा फरक थियो: तिनी आफ्ना बुबाजस्तो यहोवा परमेश्वरको मन्दिरमा जबरजस्ती घुसेनन्।+ तर मानिसहरूले भने अझै पनि खराब काम गरिरहेका थिए। ३ तिनले यहोवा परमेश्वरको भवनको माथिल्लो ढोका+ र ओफेलको पर्खाल+ बनाए। ४ साथै तिनले यहुदाको पहाडी इलाकामा+ सहरहरू बनाए+ र जङ्गलहरूमा किल्लाहरू+ अनि धरहराहरू+ बनाए। ५ तिनले अम्मोनीहरूका+ राजासित लडाइँ गरे र आखिरमा उनीहरूलाई हराए। त्यसैले अम्मोनीहरूले त्यो वर्ष तिनलाई १०० टालेन्ट* चाँदी, १० हजार कोर* गहुँ र १० हजार कोर जौ दिए। उनीहरूले त्यसपछिको दोस्रो र तेस्रो वर्ष पनि तिनलाई यी सब कुरा दिए।+ ६ यसरी योताम झन्झनै शक्तिशाली हुँदै गए किनकि तिनले आफ्ना परमेश्वर यहोवाको मार्गमा हिँड्ने अठोट गरेका थिए।
७ योतामको जीवनकालका बाँकी घटनाहरू, तिनले लडेका सबै युद्ध र तिनको चालचलनबारे ‘इस्राएल र यहुदाका राजाहरूको पुस्तक’-मा लेखिएका छन्।+ ८ राजा हुँदा तिनी २५ वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे।+ ९ त्यसपछि योताम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा+ गाडियो। तिनीपछि तिनका छोरा आहाज राजा भए।+
२८ राजा हुँदा आहाज+ २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्; तिनले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यो गरेनन्।+ २ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे+ र धातु पगालेर बाआल देवताहरूको मूर्तिसमेत+ बनाए। ३ साथै तिनले ‘हिन्नोमको छोराको बेँसी’-मा* माथिसम्म धुवाँ उठ्नेगरि बलि* चढाए र आफ्ना छोराहरूलाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए,+ जुन राष्ट्रहरूलाई यहोवा परमेश्वरले इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो। ४ तिनले अग्ला थानहरूमा,*+ डाँडा-डाँडामा र झ्याम्म परेको हरेक रूखमुनि+ माथिसम्म धुवाँ उठ्नेगरि बलि चढाउन पनि छोडेनन्।
५ त्यसैले तिनका परमेश्वर यहोवाले तिनलाई सिरियाका राजाको हातमा सुम्पिदिनुभयो+ र सिरियालीहरूले तिनलाई हराए। साथै उनीहरूले थुप्रै मानिसलाई बन्दी बनाएर दमिसक लगे।+ परमेश्वरले तिनलाई इस्राएलका राजाको हातमा पनि सुम्पिदिनुभयो, जसले तिनको इलाकामा आएर निकै मारकाट मच्चाए। ६ रमल्याहका छोरा पेकहले+ यहुदामा एकै दिनमा १ लाख २० हजार शूरवीर पुरुषलाई मारे किनकि तिनीहरूले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+ ७ एक जना एप्रैमी योद्धा जिक्रिले राजाका छोरा मासेयाहलाई मारे। उनले महलको रेखदेख गर्ने अज्रिकाम र राजापछिको ओहदामा भएका एल्कानालाई पनि मारे। ८ साथै इस्राएलीहरूले यहुदाका आफ्ना २ लाख दाजुभाइलाई बन्दी बनाएर लगे। त्यसमा स्त्री र केटाकेटी पनि थिए। उनीहरूले टन्नै मालसामान लुटे र सामरिया लगे।+
९ त्यहाँ ओदेद नाम गरेको यहोवा परमेश्वरका एक जना भविष्यवक्ता थिए। उनी सामरिया फर्कँदै गरेको सेनासामु गए र उनीहरूलाई यसो भने: “हेर, तिमीहरूको पितापुर्खाका परमेश्वर यहोवाको क्रोध यहुदामाथि परेकोले उहाँले तिनीहरूलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो।+ तिमीहरूले निर्ममतासाथ तिनीहरूको हत्या गऱ्यौ; तिमीहरूको क्रोध स्वर्गसम्मै पुगेको छ। १० अब तिमीहरू यहुदा र यरुसलेमका यी मानिसहरूलाई आफ्ना दासदासी बनाउन खोज्दै छौ।+ तर के तिमीहरू पनि आफ्ना परमेश्वर यहोवासामु दोषी छैनौ र? ११ त्यसैले मेरो कुरा सुन अनि तिमीहरूले आफ्ना दाजुभाइको माझबाट बन्दी बनाएर ल्याएका यी मानिसहरूलाई फर्काइदेओ किनकि यहोवा परमेश्वरको रिसको आगो तिमीहरूविरुद्ध दन्केको छ।”
१२ तब एप्रैमीहरूका केही नाइकेहरू अर्थात् यहोहानानका छोरा अजर्याह, मेसिल्लेमोथका छोरा बरक्याह, साल्लुमका छोरा यहिजक्याह र हाद्लैका छोरा अमासा लडाइँबाट फर्केको सेनासामु खडा भए। १३ अनि यसो भने: “तिमीहरूले बन्दी बनाएर ल्याएका मानिसहरूलाई यहाँ नल्याओ नत्र त हामी यहोवा परमेश्वरसामु दोषी ठहरिनेछौँ। तिमीहरूले जे गर्ने विचार गरेका छौ, त्यसले हाम्रो पापमाथि पाप र दोषमाथि दोष थप्नेछ किनकि हामी पहिल्यै निकै दोषी छौँ अनि इस्राएलमाथि परमेश्वरको क्रोध दन्केको छ।” १४ त्यसैले ती सशस्त्र सैनिकहरूले बन्दी बनाएर ल्याइएका मानिसहरू र लुटको माल+ अगुवाहरू र सारा समुदायको हातमा सुम्पिदिए। १५ अनि नामै तोकेर चुनिएका मानिसहरूले बन्दी बनाएर ल्याइएका ती मानिसहरूको जिम्मा लिए। ती मानिसहरूमध्ये जोसित लाउने लुगा थिएन, उनीहरूको लागि तिनीहरूले लुटको मालबाट लुगाहरू दिए। साथै लाउनको लागि जुत्ता दिए, खाने र पिउने कुरा दिए अनि शरीरमा दल्न तेल पनि दिए। साथै जो-जो कमजोर थिए, उनीहरूलाई गधामा चढाएर खजुरका बोटहरूको सहर यरिहोमा उनीहरूका दाजुभाइकहाँ पुऱ्याइदिए। त्यसपछि तिनीहरू सामरिया फर्के।
१६ त्यही समयतिर राजा आहाजले अस्सेरियाका राजाहरूसित मदत मागे।+ १७ अनि फेरि एक पटक एदोमीहरूले यहुदामा आक्रमण गरे र त्यहाँका मानिसहरूलाई बन्दी बनाएर लगे। १८ पलिस्तियालीहरूले+ पनि यहुदाको सेफेलाह+ र नेगेब इलाकाका सहरहरूमा आक्रमण गरे अनि यी सहरहरू कब्जा गरे: बेथ-सेमेस,+ ऐय्यालोन,+ गेदेरोथ, सोको र त्यसवरपरका सहरहरू, तिम्नाह+ र त्यसवरपरका सहरहरू अनि गिम्जो र त्यसवरपरका सहरहरू। त्यसपछि उनीहरू ती सहरहरूमा बसोबास गर्न थाले। १९ इस्राएलका राजा आहाजले गर्दा यहोवा परमेश्वरले यहुदालाई अपमानित तुल्याउनुभएको थियो किनभने आहाजले यहुदाका मानिसहरूलाई खराब काम गर्न छुट दिएका थिए, जसले गर्दा मानिसहरू यहोवा परमेश्वरप्रति साह्रै विश्वासघाती भएका थिए।
२० आखिरमा अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ पनि आहाजलाई आक्रमण गरे र तिनलाई मदत गर्नुको साटो कष्ट दिए।+ २१ आहाजले यहोवा परमेश्वरको भवन, आफ्नो महल+ र भारदारहरूका घरहरू रित्याएर त्यहाँ भएका सबथोक अस्सेरियाका राजालाई उपहारस्वरूप दिएका थिए तर केही फाइदा भएन। २२ अनि कष्टमा पर्दा राजा आहाजले यहोवा परमेश्वरलाई झनै विश्वासघात गरे। २३ तिनले दमिसकका देवताहरूको निम्ति बलि चढाउन थाले,+ जसका उपासकहरूले तिनलाई लडाइँमा हराएका थिए।+ तिनले यसो भने: “सिरियाका राजाहरूलाई तिनीहरूका देवताहरूले मदत गरिरहेका छन्, त्यसैले म पनि ती देवताहरूको निम्ति बलि चढाउँछु र ती देवताहरूले मलाई पनि मदत गर्नेछन्।”+ तर ती देवताहरूले गर्दा तिनको र पूरै इस्राएलको पतन भयो। २४ साथै आहाजले साँचो परमेश्वरको भवनका भाँडाकुँडा जम्मा गरे र त्यसलाई टुक्राटुक्रा पारे।+ तिनले यहोवा परमेश्वरको भवनका ढोकाहरू बन्द गरे+ अनि यरुसलेमको कुनाकुनामा आफ्नो निम्ति वेदीहरू बनाए। २५ तिनले अरू देवीदेवताको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि बलि चढाउन यहुदाका सबै सहरमा अग्ला थानहरू बनाए।+ यसरी तिनले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई रिस उठाए।
२६ आहाजको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै कामको विवरण ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएका छन्।+ २७ आहाज आफ्ना पितृहरूसितै सुते र तिनलाई यरुसलेम सहरमा गाडियो। तिनलाई इस्राएलका राजाहरूको चिहानमा गाडिएन।+ तिनीपछि तिनका छोरा हिजकियाह राजा भए।
२९ राजा हुँदा हिजकियाह+ २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबियाह थियो। उनी जकरियाकी छोरी थिइन्।+ २ हिजकियाहले आफ्ना पुर्खा दाउदले जस्तै+ यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ३ आफ्नो शासनकालको पहिलो वर्षको पहिलो महिनामा तिनले यहोवा परमेश्वरको भवनका ढोकाहरू खोले र ती ढोकाहरू मर्मत गरे।+ ४ त्यसपछि तिनले पुजारीहरू र लेवीहरूलाई पूर्वपट्टिको चोकमा भेला गराए। ५ तिनले उनीहरूलाई यसो भने: “हे लेवीहरू हो, मेरो कुरा सुन्नुहोस्। आफैलाई पवित्र पार्नुहोस्+ र आफ्ना पितापुर्खाका परमेश्वर यहोवाको भवनलाई पनि पवित्र पार्नुहोस्। यस पवित्र ठाउँबाट अशुद्ध चिजहरू हटाउनुहोस्।+ ६ किनकि हाम्रा पुर्खाले हाम्रा परमेश्वर यहोवालाई विश्वासघात गरे र उहाँको नजरमा खराब काम गरे।+ तिनीहरूले यहोवा परमेश्वरलाई त्यागे, उहाँको वासस्थानप्रति* रतीभर आदर देखाएनन् र उहाँतर्फ आफ्नो पीठ फर्काए।+ ७ तिनीहरूले परमेश्वरको भवनको दलानका ढोकाहरू बन्द गरे+ अनि दियोहरू निभाइदिए।+ साथै पवित्र ठाउँमा इस्राएलका परमेश्वरको निम्ति धूप बाल्न+ र अग्निभेटी चढाउन छोडिदिए।+ ८ त्यसैले यहोवा परमेश्वरको क्रोध यहुदा र यरुसलेममाथि पऱ्यो+ अनि उहाँले तिनीहरूको हालत यस्तो बनाइदिनुभयो कि मानिसहरू त्यो देखेर डरले थरथर काँपे, अचम्ममा परे र तिनीहरूको खिल्ली उडाए।* तपाईँहरूले आफ्नै आँखाले यी सब भएको देख्नुभएको छ।+ ९ यही पापले गर्दा हाम्रा पितापुर्खा तरबारले मारिए+ अनि हाम्रा छोराछोरी र पत्नीहरू बन्दी बनाएर लगिए।+ १० त्यसैले इस्राएलका परमेश्वर यहोवाले आफ्नो क्रोध हामीबाट हटाऊन् भनेर उहाँसँग एउटा करार गर्ने मेरो मनैदेखिको इच्छा छ।+ ११ त्यसैले हे मेरा दाजुभाइ* हो, अहिले आफ्नो काममा लापर्बाही गर्ने* समय होइन। किनकि यहोवा परमेश्वरले उहाँसामु खडा भएर उहाँको सेवा गर्न+ र उहाँको निम्ति माथिसम्मै धुवाँ उठ्नेगरि बलि* चढाउन तपाईँहरूलाई रोज्नुभएको छ।”+
१२ तब यी सबै लेवी आफ्नो काममा लागे: कोहातीहरूबाट+ अमासैका छोरा महथ र अजर्याहका छोरा योएल; मरारीहरूबाट+ अब्दिका छोरा किस र यहले-लेलका छोरा अजर्याह; गेर्सोनीहरूबाट+ जिम्माहका छोरा योआ र योआका छोरा अदन; १३ एलिसापानका सन्तानबाट सिम्रि र युएल; आसापका सन्तानबाट+ जकरिया र मत्तन्याह; १४ हेमानका+ सन्तानबाट यहिएल र सिमि अनि यदुथुनका+ सन्तानबाट सेमायाह र उज्जिएल। १५ यहोवा परमेश्वरको आज्ञाबमोजिम राजाले जे आदेश दिएका थिए, त्यो पालन गर्दै तिनीहरूले आफ्ना दाजुभाइलाई एक ठाउँमा जम्मा गरे अनि तिनीहरू सबैले आफैलाई पवित्र पारे र यहोवाको भवन शुद्ध पार्न आए।+ १६ त्यसपछि पुजारीहरू यहोवा परमेश्वरको भवन शुद्ध पार्न भवनभित्र पसे। अनि उनीहरूले यहोवाको मन्दिरमा जे-जति अशुद्ध कुरा भेट्टाए, ती सबै यहोवाको भवनको चोकमा ल्याए।+ त्यसपछि लेवीहरूले ती अशुद्ध कुराहरू बाहिर किद्रोन बेँसीमा लगे।+ १७ यसरी उनीहरूले पहिलो महिनाको पहिलो दिन भवनलाई शुद्ध पार्ने काम सुरु गरे। अनि यहोवा परमेश्वरको भवन शुद्ध पार्दै उनीहरू आठौँ दिन दलानमा पुगे।+ उनीहरूले आठ दिनसम्म यहोवा परमेश्वरको भवनलाई शुद्ध पारे अनि पहिलो महिनाको १६ औँ दिनमा त्यो काम सिद्ध्याए।
१८ त्यसपछि उनीहरू राजा हिजकियाहकहाँ गए र यसो भने: “हामीले यहोवा परमेश्वरको पूरै भवन शुद्ध पारिसिद्ध्यायौँ। अग्निभेटी चढाउने वेदी+ र त्यसका सबै भाँडाकुँडा+ अनि भेटीको रोटी* राख्ने टेबुल+ र त्यसका सबै भाँडाकुँडा पनि हामीले शुद्ध पाऱ्यौँ। १९ अनि राजा आहाजले आफ्नो शासनकालमा परमेश्वरलाई विश्वासघात गरेर+ जुन-जुन भाँडाकुँडा भवनबाट हटाइदिएका थिए, ती सबैलाई पनि हामीले तयार पारेका छौँ र पवित्र पारेका छौँ।+ ती भाँडाकुँडाहरू अहिले यहोवा परमेश्वरको वेदीको अगाडि राखिएका छन्।”
२० राजा हिजकियाह सबेरै उठे र सहरका अगुवाहरूलाई एक ठाउँमा भेला गरे। अनि तिनीहरू यहोवा परमेश्वरको भवनमा गए। २१ तिनीहरूले राजघरानाको खातिर, पवित्र स्थानको* खातिर अनि यहुदाको खातिर पापभेटी* चढाउन सात वटा बहर, सात वटा थुमा, भेडाका सात वटा पाठा र सात वटा बोका ल्याए।+ तब हिजकियाहले पुजारीहरूलाई—हारुनका सन्तानलाई यहोवा परमेश्वरको वेदीमा ती जनावरहरू चढाउन लगाए। २२ अनि पुजारीहरूले बहरहरू काटे+ र त्यसको रगत लगेर वेदीमा छर्के।+ त्यसपछि तिनीहरूले थुमाहरू काटे अनि त्यसको रगत वेदीमा छर्के। तिनीहरूले भेडाका पाठाहरू पनि काटे र त्यसको रगत वेदीमा छर्के। २३ त्यसपछि तिनीहरूले पापभेटीको रूपमा चढाइने बोकाहरू राजा र समुदायसामु ल्याए अनि ती बोकाहरूमाथि आफ्नो हात राखे। २४ पुजारीहरूले ती बोकाहरू काटे र पापभेटीको रूपमा चढाए। तिनीहरूले त्यसको रगतचाहिँ सारा इस्राएलको पापको प्रायश्चितको निम्ति वेदीमा चढाए। किनकि राजाले तिनीहरूलाई सारा इस्राएलको खातिर अग्निभेटी र पापभेटी चढाउनू भन्ने हुकुम दिएका थिए।
२५ यस दौडान हिजकियाहले लेवीहरूलाई यहोवा परमेश्वरको भवनमा झ्याली, तारे बाजा र वीणा+ लिएर खडा रहन आदेश दिए। तिनले ती लेवीहरूलाई दाउद,+ राजाका दर्शी गाद+ अनि भविष्यवक्ता नातानले+ ठहराएको नियमअनुसारै खडा रहन आदेश दिए। किनकि यहोवा परमेश्वरले आफ्ना भविष्यवक्ताहरूमार्फत यही आज्ञा दिनुभएको थियो। २६ त्यसैले लेवीहरू दाउदले बनाएका बाजाहरू लिएर अनि पुजारीहरूचाहिँ बिगुलहरू लिएर खडा भए।+
२७ तब हिजकियाहले वेदीमा अग्निभेटी चढाउनू भनेर आदेश दिए।+ जब अग्निभेटी चढाउने काम सुरु भयो, तब यहोवा परमेश्वरको स्तुतिगान गाउन थालियो अनि इस्राएलका राजा दाउदले बनाएका बाजाहरूको धुनमा बिगुल पनि फुक्न थालियो। २८ स्तुतिगान गाइँदा अनि बिगुल फुकिँदा सारा समुदायले आफ्नो शिर निहुरायो। अग्निभेटी चढाउन नसिद्धिएसम्म यस्तै भइरह्यो। २९ बलि चढाउन सिद्धिनेबित्तिकै राजा र तिनीसँगै भएका सबै जना भुईँसम्मै घोप्टो परेर लम्पसार परे। ३० राजा हिजकियाह र अगुवाहरूले लेवीहरूलाई दाउद+ र दर्शी आसापले+ रचेका भजनहरू गाएर यहोवा परमेश्वरको प्रशंसा गर्न लगाए। त्यसैले उनीहरूले रमाई-रमाई परमेश्वरको प्रशंसा गरे अनि भुईँसम्मै घोप्टो परेर लम्पसार परे।
३१ त्यसपछि हिजकियाहले यसो भने: “अब तिमीहरू यहोवा परमेश्वरको निम्ति अलग पारिएका छौ। त्यसैले आओ, यहोवा परमेश्वरको भवनमा बलिदान र धन्यवादको भेटी ल्याओ।” त्यसैले समुदायका सबै मानिसले बलिदान र धन्यवादको भेटी ल्याउन थाले अनि राजीखुसीले चढाउने इच्छा भएका सबैले अग्निभेटी ल्याए।+ ३२ मानिसहरूले अग्निभेटी चढाउन ७० वटा बहर, १०० वटा थुमा र भेडाका २०० वटा पाठा ल्याए। यी सब यहोवा परमेश्वरको निम्ति अग्निभेटीस्वरूप चढाउन ल्याइएका थिए।+ ३३ अनि पवित्र भेटी चढाउन ६०० वटा बहर र ३ हजार वटा भेडा ल्याइएका थिए। ३४ अग्निभेटी चढाउन ल्याइएका सबै जनावरको छाला काढ्न पुजारीहरूको सङ्ख्या पर्याप्त थिएन। त्यसैले उनीहरूका दाजुभाइ अर्थात् लेवीहरूले उनीहरूलाई मदत गरे।+ त्यो काम नभ्याइएसम्म अनि पुजारीहरूले आफैलाई पवित्र पार्न नसिद्धिएसम्म लेवीहरूले उनीहरूलाई मदत गरिरहे।+ आफूलाई पवित्र पार्ने कुरामा पुजारीहरूभन्दा लेवीहरू झनै सजग थिए। ३५ साथै अग्निभेटी,+ मेलबलिको+ बोसो र अग्निभेटीको+ साथमा मद्यभेटी* पनि प्रशस्त मात्रामा चढाइएको थियो। यसरी यहोवा परमेश्वरको भवनमा गरिने सेवा फेरि सुरु भयो। ३६ साँचो परमेश्वरले मानिसहरूलाई मदत गर्नुभएकोले हिजकियाह र सबै मानिस निकै खुसी भए।+ किनकि सम्पूर्ण काम छिट्टै सिद्धिएको थियो।
३० हिजकियाहले इस्राएल र यहुदाका सबै मानिसलाई इस्राएलका परमेश्वर यहोवाको निम्ति निस्तार चाड* मनाउन यहोवाको भवनमा आउनू भनी सन्देश पठाए।+ तिनले एप्रैम र मनस्सेको+ कुलका मानिसहरूलाई पनि पत्र पठाए।+ २ तर राजा, तिनका भारदारहरू र यरुसलेमको पूरै समुदायले निस्तार चाड दोस्रो महिनामा मनाउने निर्णय गरे।+ ३ किनकि थुप्रै पुजारीले आफूलाई पवित्र नपारेकोले+ र मानिसहरू पनि यरुसलेममा भेला नभएकोले तिनीहरूले तोकिएको समयमा+ निस्तार चाड मनाउन पाएका थिएनन्। ४ यो निर्णय राजा र पूरै समुदायलाई ठीक लाग्यो। ५ त्यसैले तिनीहरूले सारा इस्राएलमा—बेर्सेबादेखि दानसम्मको+ पूरै इलाकामा इस्राएलका परमेश्वर यहोवाको निम्ति निस्तार चाड मनाउन मानिसहरू यरुसलेम आऊन् भनी घोषणा गर्ने निर्णय गरे। किनकि तिनीहरूले एकसाथ भेला भएर व्यवस्थामा लेखिएअनुसार निस्तार चाड मनाएका थिएनन्।+
६ त्यसपछि राजाको आदेशअनुसारै राजदूतहरू राजा र तिनका भारदारहरूको पत्र लिएर इस्राएल र यहुदाको सम्पूर्ण इलाकामा गए। उनीहरूले मानिसहरूलाई यस्तो सन्देश दिए: “हे इस्राएलका मानिसहरू हो, तिमीहरू अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर यहोवातर्फ फर्क। यसो गऱ्यौ भने उहाँ पनि तिमीहरू, जो अस्सेरियाका राजाहरूको हातबाट बचेका छौ, तिमीहरूतर्फ फर्कनुहुनेछ।+ ७ तिमीहरू आफ्ना पितापुर्खा अनि आफ्ना दाजुभाइजस्तो नहोओ, जसले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई विश्वासघात गरेका थिए। त्यसैले परमेश्वरले उनीहरूको हालत यस्तो बनाइदिनुभएको थियो कि मानिसहरू त्यो देखेर थरथर काँपे। यो सब भएको तिमीहरूले पनि देखेकै छौ।+ ८ अब तिमीहरू आफ्ना पितापुर्खाजस्तो हठी नहोओ।+ यहोवा परमेश्वरको अधीनमा बस र उहाँको पवित्र स्थानमा* आओ,+ जुन ठाउँलाई उहाँले सदाको लागि पवित्र पार्नुभएको छ अनि आफ्ना परमेश्वर यहोवाको सेवा गर ताकि उहाँको रिसको आगो तिमीहरूबाट हटोस्।+ ९ जब तिमीहरू यहोवा परमेश्वरतर्फ फर्कनेछौ, तब बन्दी बनाएर लगिएका तिमीहरूका दाजुभाइ र छोराहरूलाई शत्रुहरूले कृपा देखाउनेछन्+ र यस देशमा फर्कन दिनेछन्।+ किनकि तिमीहरूका परमेश्वर यहोवा दयालु र कृपालु हुनुहुन्छ।+ तिमीहरू उहाँतर्फ फर्क्यौ भने उहाँले तिमीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछैन।”+
१० राजदूतहरू एप्रैम र मनस्सेको+ कुलको पूरै इलाकामा एउटा सहरबाट अर्को सहरमा गए; उनीहरू जबुलुनको इलाकामा पनि गए। तर मानिसहरूले उनीहरूको गिल्ला गरे र उनीहरूलाई हाँसोमा उडाए।+ ११ तर असेर, मनस्से र जबुलुनको कुलका केही मानिसहरूले भने आफूलाई नम्र तुल्याए र यरुसलेम आए।+ १२ साँचो परमेश्वरको हात यहुदामाथि पनि थियो। त्यसैले यहुदाका मानिसहरूले एकजुट भएर राजा र भारदारहरूको आज्ञा पालन गरे, जुन आज्ञा तिनीहरूले यहोवा परमेश्वरको आदेशअनुसारै दिएका थिए।
१३ दोस्रो महिनामा+ अखमिरा रोटीको चाड*+ मनाउन थुप्रै मानिस यरुसलेममा भेला भए। त्यहाँ एउटा ठूलो समुदाय भेला भएको थियो। १४ तिनीहरूले यरुसलेममा भएका वेदीहरू+ र धूप बाल्ने सबै वेदी हटाइदिए+ अनि ती सबै लगेर किद्रोन बेँसीमा फालिदिए। १५ त्यसपछि तिनीहरूले दोस्रो महिनाको १४ औँ दिन निस्तार चाडको जनावर काटे। यो सब देखेर पुजारीहरू र लेवीहरू लज्जित भए। त्यसैले उनीहरूले आफूलाई पवित्र पारे र यहोवा परमेश्वरको भवनमा अग्निभेटी ल्याए। १६ साँचो परमेश्वरका सेवक मोसाको व्यवस्थामा लेखिएअनुसारै उनीहरू आ-आफ्नो लागि तोकिएको ठाउँमा खडा भए। त्यसपछि पुजारीहरूले लेवीहरूको हातबाट रगत लिएर वेदीमा छर्के।+ १७ त्यहाँ उपस्थित भएका मानिसहरूमध्ये थुप्रैले आफूलाई पवित्र पारेका थिएनन्। ती अशुद्ध मानिसहरूको निम्ति निस्तार चाडको जनावर काट्ने र तिनीहरूलाई यहोवा परमेश्वरको निम्ति पवित्र पार्ने जिम्मेवारी लेवीहरूको थियो।+ १८ थुप्रैले, खासगरि एप्रैम, मनस्से,+ इस्साकार र जबुलुनको कुलका मानिसहरूले आफूलाई शुद्ध पारेका थिएनन्। तैपनि तिनीहरूले व्यवस्थामा दिइएको नियमविपरीत निस्तार चाडको भोज खाए। तर हिजकियाहले ती मानिसहरूको खातिर यसरी प्रार्थना गरे: “यहोवा जो भला हुनुहुन्छ,+ उहाँले ती सबै मानिसलाई क्षमा गरिदेऊन्, १९ जसले आफ्ना पितापुर्खाका परमेश्वर, साँचो परमेश्वर यहोवाको खोजी गर्न+ आफ्नो हृदय तयार पारेका छन् तर पवित्रतासम्बन्धी तोकिएको स्तरअनुसार आफूलाई पवित्र भने पारेका छैनन्।”+ २० तब यहोवा परमेश्वरले हिजकियाहको प्रार्थना सुन्नुभयो र ती मानिसहरूलाई क्षमा गरिदिनुभयो।*
२१ त्यसैले यरुसलेममा भएका इस्राएलीहरूले असाध्यै खुसी हुँदै+ सात दिनसम्म अखमिरा रोटीको चाड मनाए।+ लेवीहरू र पुजारीहरूले चाहिँ यहोवा परमेश्वरको निम्ति ठूलठूलो आवाजमा बाजा बजाउँदै दिनदिनै यहोवाको प्रशंसा गरिरहे।+ २२ साथै हिजकियाहले ती सबै लेवीसँग कुरा गरेर उनीहरूको हौसला बढाए, जसले सुझबुझ चलाउँदै यहोवाको सेवा गर्थे। तिनीहरूले चाडको सातै दिन खानपिन गरे,+ मेलबलि चढाए+ र आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई धन्यवाद दिए।
२३ त्यसपछि पूरै समुदायले अझै सात दिन चाड मनाउने निर्णय गऱ्यो। त्यसैले तिनीहरूले आनन्दित हुँदै थप सात दिन चाड मनाए।+ २४ अनि यहुदाका राजा हिजकियाहले पूरै समुदायको लागि १ हजार बहर र ७ हजार भेडा दान गरे। भारदारहरूले पनि समुदायको लागि १ हजार बहर र १० हजार भेडा दान गरे।+ अनि थुप्रै पुजारीले आफैलाई पवित्र पारे।+ २५ यहुदाको पूरै समुदाय, पुजारीहरू, लेवीहरू, इस्राएलबाट आएको पूरै समुदाय,+ इस्राएलबाट आएका विदेशीहरू+ र यहुदामै बसोबास गर्ने विदेशीहरूले खुसीयाली मनाइरहे। २६ यरुसलेममा निकै खुसीयाली छायो किनकि दाउदका छोरा, इस्राएलका राजा सुलेमानको समयदेखि यता यरुसलेममा यति ठूलो उत्सव कहिल्यै मनाइएको थिएन।+ २७ अन्तमा लेवी पुजारीहरू खडा भए र मानिसहरूलाई आशिष् दिए।+ उनीहरूको बिन्ती परमेश्वरको पवित्र निवासस्थान स्वर्गसम्मै पुग्यो र उहाँले उनीहरूको प्रार्थना सुन्नुभयो।
३१ चाड मनाउन सिद्धिसकेपछि त्यहाँ भेला भएका सबै इस्राएली यहुदाका सहरहरूमा गए। तिनीहरूले ती सहरहरूमा भएका पवित्र थामहरू* टुक्राटुक्रा पारिदिए,+ पवित्र खामाहरू* ढालिदिए+ अनि अग्ला थानहरू *+ र वेदीहरू+ पनि भत्काइदिए। तिनीहरूले यहुदा र बिन्यामिनको सारा इलाकामा अनि एप्रैम र मनस्सेको+ इलाकामा पनि त्यसै गरे र ती कुराहरूको नामोनिसान मेटाइदिए। त्यसपछि सबै इस्राएली आ-आफ्नो सहर, आ-आफ्नो घर फर्के।
२ त्यसपछि हिजकियाहले पुजारीहरू र लेवीहरूलाई तिनीहरूको दलअनुसार नियुक्त गरे।+ हरेक पुजारी र लेवीलाई तिनीहरूले गर्नुपर्ने सेवाको लागि नियुक्त गरियो।+ तिनीहरूलाई अग्निभेटी र मेलबलि चढाउने अनि यहोवा परमेश्वरको भवनका चोकहरूका ढोकाहरूमा सेवा गर्ने, उहाँलाई धन्यवाद चढाउने र उहाँको प्रशंसा गर्ने जिम्मा दिइयो।+ ३ यहोवा परमेश्वरको व्यवस्थामा लेखिएबमोजिम चढाइने अग्निभेटीको लागि,+ बिहान र बेलुकी चढाइने भेटीको लागि+ अनि विश्रामदिन,*+ औँसी+ र विभिन्न चाडहरूमा चढाइने अग्निभेटीको+ लागि राजाले आफ्नो सरसम्पत्तिको केही भाग दिए।
४ साथै पुजारीहरू र लेवीहरूले पाउनुपर्ने भाग तिनीहरूलाई दिनू भनी हिजकियाहले यरुसलेमका बासिन्दाहरूलाई आज्ञा दिए।+ यसो गर्दा ती पुजारीहरू र लेवीहरू यहोवा परमेश्वरको व्यवस्था पालन गर्नमै पूर्ण रूपमा समर्पित हुन सक्ने थिए।* ५ राजाले यो आदेश दिनेबित्तिकै इस्राएलीहरूले आफ्नो उब्जनीको पहिलो फलबाट अन्न, नयाँ मद्य, तेल,+ मह र खेतका अरू सबै उब्जनी ल्याए।+ तिनीहरूले प्रशस्त मात्रामा सबै कुराको दशांश* पनि ल्याए।+ ६ यहुदाका सहरहरूमा बसोबास गर्ने इस्राएलीहरूले र यहुदाका मानिसहरूले आफ्नो वस्तुभाउ र भेडाहरूको दशांश अनि आफ्ना परमेश्वर यहोवाको निम्ति पवित्र पारिएका चिजहरूको दशांश पनि ल्याए।+ तिनीहरूले यी सब ल्याएर थुप्रो लगाए। ७ तिनीहरूले तेस्रो महिनामा+ दान ल्याएर थुपार्न सुरु गरे र सातौँ महिनामा+ त्यो काम सिद्धियो। ८ जब हिजकियाह र भारदारहरू आए अनि मानिसहरूले ल्याएको दानको थुप्रो देखे, तब तिनीहरूले यहोवा परमेश्वरको प्रशंसा गरे र उहाँका प्रजा इस्राएलीहरूलाई आशिष् दिए।
९ जब हिजकियाहले पुजारीहरू र लेवीहरूलाई मानिसहरूले ल्याएको दानको थुप्रोबारे सोधे, १० तब सादोकको घरानाका मुख्य पुजारी अजर्याहले यसो भने: “मानिसहरूले यहोवा परमेश्वरको भवनमा दान ल्याउन थालेदेखि+ तिनीहरूले प्रशस्तै खान पाएका छन् अनि यत्ति धेरै उब्रिएको पनि छ। यहोवा परमेश्वरले आफ्ना मानिसहरूलाई आशिष् दिनुभएकोले नै यत्ति धेरै चिज उब्रिएको हो।”+
११ तब हिजकियाहले तिनीहरूलाई यहोवा परमेश्वरको भवनमा भण्डारहरू* बनाउन आदेश दिए+ र तिनीहरूले ती बनाए। १२ मानिसहरूको दान, दशांश+ र पवित्र चिजहरू भवनमा ल्याउन थालियो। यी सबै थोकको निरीक्षण गर्ने जिम्मा लेवी कोनन्याहलाई दिइएको थियो र तिनीपछिको पदमा तिनका भाइ* सिमि थिए। १३ राजा हिजकियाहको आदेशअनुसारै कोनन्याह र तिनका भाइ सिमिलाई मदत गर्न यी अफिसरहरू खटाइएका थिए: यहिएल, अजज्याह, नहथ, आसाहेल, यरिमोथ, योजाबाद, एलिएल, इस्मक्याह, महथ र बेनायाह। अजर्याहले चाहिँ साँचो परमेश्वरको भवनको निरीक्षण गर्ने जिम्मा पाएका थिए। १४ अनि इम्नाहका छोरा लेवी कोरे, जो पूर्वपट्टिको ढोकाका पहरेदार थिए,+ तिनले साँचो परमेश्वरको निम्ति ल्याइने स्वैच्छिकभेटीको रेखदेख गर्ने जिम्मा पाएका थिए।+ तिनले नै यहोवा परमेश्वरको निम्ति ल्याइएको दान+ र महापवित्र चिजहरू+ बाँड्ने काम गर्थे। १५ तिनको निर्देशनमा अदन, मिन्यामिन, यसुआ, सेमायाह, अमर्याह र सेकन्याहले पुजारीहरूका सहरहरूमा काम गर्थे।+ उनीहरू सबै भरोसायोग्य थिए। त्यसैले उनीहरूले विभिन्न दलका आफ्ना दाजुभाइलाई—सानादेखि ठूलासम्म सबैलाई—तिनीहरूले पाउनुपर्ने भाग बराबर बाँड्ने जिम्मा पाएका थिए।+ १६ यसबाहेक ज-जसको नाम वंशावलीमा लेखिएको थियो अनि जो-जो आफ्नो दलको जिम्मा पूरा गर्न र यहोवा परमेश्वरको सेवा गर्न हरेक दिन उहाँको भवनमा आउँथे, ती सबैलाई पनि तिनीहरूले पाउनुपर्ने भाग बाँडिन्थ्यो। तीन वर्ष र सोभन्दा माथिको उमेरका तिनीहरूका छोराहरू, जसको नाम वंशावलीमा लेखिएको थियो, उनीहरूले पनि आफ्नो भाग पाउँथे।
१७ वंशावलीमा पुजारीहरूको नाम अनि २० वर्ष र सोभन्दा माथिको उमेरका+ लेवीहरूको नाम तिनीहरूको बुबापट्टिको घरानाअनुसार लेखिएको थियो।+ तिनीहरूको नाम तिनीहरूका दलहरूले पाएको जिम्मेवारीअनुसार लेखिएको थियो।+ १८ वंशावलीमा तिनीहरूको सारा समुदायको अर्थात् तिनीहरूका पत्नी र छोराछोरी, यहाँसम्म कि ससाना केटाकेटीको समेत नाम लेखिएको थियो। किनकि ती लेवीहरूले पवित्र सेवा चढाउन आफैलाई पवित्र पारेका थिए र तिनीहरू भरोसायोग्य भएकोले तिनीहरूलाई यो जिम्मेवारी दिइएको थियो। १९ साथै हारुनका सन्तान अर्थात् पुजारीहरू, जो आफ्नो सहरको वरिपरि भएको चरनका मैदानहरूमा बसोबास गर्थे,+ तिनीहरूको नाम पनि वंशावलीमा लेखिएको थियो। पुजारीहरूको परिवारका हरेक पुरुषलाई अनि लेवीहरूको वंशावलीमा नाम लेखिएका सबैलाई तिनीहरूले पाउनुपर्ने भाग दिन हरेक सहरमा केही मानिसलाई नामै तोकेर छानिएको थियो।
२० हिजकियाहले पूरै यहुदामा यस्तो प्रबन्ध गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे असल र सही छ, त्यही गरिरहे। तिनी उहाँप्रति विश्वासयोग्य भइरहे। २१ तिनले आफ्ना परमेश्वरको खोजी गर्न जे-जे काम गरे—चाहे त्यो काम साँचो परमेश्वरको भवनमा चढाइने सेवासित सम्बन्धित होस्+ वा उहाँको व्यवस्था र आज्ञासित—ती सबै काम तिनले आफ्नो सारा हृदयले गरे र तिनी सफल भए।
३२ हिजकियाहले परमेश्वरप्रति विश्वासयोग्य भएर यी सबै काम गरिसकेपछि+ अस्सेरियाका राजा सनहेरिब यहुदालाई आक्रमण गर्न आए। उनले पर्खालले घेरिएका सहरहरूमा घेराबन्दी गरे। किनकि उनी ती सहरहरूमा घुसेर त्यसलाई कब्जा गर्न चाहन्थे।+
२ जब हिजकियाहले सनहेरिब आएका छन् र उनले यरुसलेमसित युद्ध गर्ने सोच बनाएका छन् भनी थाह पाए, ३ तब तिनले आफ्ना भारदारहरू र योद्धाहरूसित सरसल्लाह गरेर सहरबाहिर भएका पानीका मुहानहरू थुनिदिने निर्णय गरे।+ अनि उनीहरू सबैले हिजकियाहलाई समर्थन गरे। ४ त्यहाँ थुप्रै मानिस भेला भए र उनीहरूले त्यो इलाका भएर बग्ने सबै खोला र पानीका सबै मुहान थुनिदिए। उनीहरूले भने: “अस्सेरियाका राजाहरू यहाँ आउँदा तिनीहरूले पानी नपाऊन्!”
५ साथै तिनले दृढ सङ्कल्पका साथ पर्खालको भत्किएको पूरै भाग फेरि बनाए, त्यसमा धरहराहरू खडा गरे अनि बाहिरपट्टि अर्को एउटा पर्खाल बनाए। तिनले दाउदनगरमा भएको ‘ढिस्को’* मर्मत गरे।+ तिनले थुप्रै हातहतियार र ढालहरू पनि बनाए। ६ त्यसपछि तिनले मानिसहरूमाथि सेनापतिहरू नियुक्त गरे अनि ती मानिसहरूलाई सहरको मूलढोकानजिकै भएको चोकमा भेला हुन लगाए। तिनले उनीहरूलाई यसो भन्दै ढाडस दिए: ७ “साहसी र बलिया होओ। अस्सेरियाका राजा+ र ऊसित आएको विशाल सेना देखेर नडराओ, त्रसित नहोओ किनकि ऊसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।+ ८ ऊ शारीरिक शक्तिमा भर परेको छ तर हाम्रो साथमा हाम्रा परमेश्वर यहोवा हुनुहुन्छ। उहाँले हामीलाई मदत गर्नुहुनेछ र हाम्रो तर्फबाट युद्ध लड्नुहुनेछ।”+ यहुदाका राजा हिजकियाहका यी शब्दहरू सुनेर मानिसहरूले बल पाए।+
९ जब अस्सेरियाका राजा सनहेरिब आफ्नो शक्तिशाली सेनासहित लाकिसमा थिए,+ तब उनले आफ्ना सेवकहरूमार्फत यरुसलेममा यहुदाका राजा हिजकियाहलाई र यरुसलेममा बसोबास गर्ने यहुदीहरूलाई+ यस्तो सन्देश पठाए:
१० “अस्सेरियाका राजा सनहेरिब यसो भन्नुहुन्छ, ‘यरुसलेम घेराबन्दीमा परेको देख्दादेख्दै तिमीहरू केमा भर परेर अझै पनि यहीँ बसिरहेका छौ?+ ११ हिजकियाह तिमीहरूलाई यसो भन्छ: “हाम्रा परमेश्वर यहोवाले हामीलाई अस्सेरियाका राजाको हातबाट बचाउनुहुनेछ।”+ तर यसो भनेर उसले तिमीहरूलाई भ्रममा पारिरहेको छ; ऊ तिमीहरूलाई अनिकाल र तिर्खाले मार्न खोज्दै छ। १२ के यो त्यही हिजकियाह होइन, जसले तिमीहरूको परमेश्वरका अग्ला थानहरू*+ र वेदीहरू+ भत्काइदिएको थियो अनि यहुदा र यरुसलेमका बासिन्दाहरूलाई यसो भनेको थियो: “तिमीहरू एउटा वेदीसामु मात्र घोप्टो पर्नू र त्यही वेदीमा मात्र माथिसम्म धुवाँ उठ्नेगरि बलि* चढाउनू?”+ १३ म र मेरा पुर्खाहरूले देश-देशका मानिसहरूको हालत कस्तो बनाइदिएका थियौँ, के तिमीहरूलाई थाह छैन?+ के उनीहरूका देवताहरूले उनीहरूको देशलाई मेरो हातबाट बचाउन सके र?+ १४ जुन राष्ट्रहरूलाई मेरा पुर्खाहरूले तहसनहस पारिदिएका थिए, के ती राष्ट्रहरूको कुनै पनि देवताले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्यो र? त्यसोभए के तिमीहरूको परमेश्वरले चाहिँ तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला र?+ १५ अब तिमीहरू त्यो हिजकियाहको बहकाउमा नपर; उसले तिमीहरूलाई झुक्क्याउन नपाओस्!+ ऊमाथि भर नपर। किनकि अहिलेसम्म कुनै पनि जाति वा राष्ट्रको देवताले आफ्ना मानिसहरूलाई म र मेरा पुर्खाहरूको हातबाट बचाउन सकेको छैन। झन् तिमीहरूको परमेश्वरले तिमीहरूलाई मेरो हातबाट के बचाउन सक्ला र?’”+
१६ सनहेरिबका सेवकहरूले साँचो परमेश्वर यहोवाविरुद्ध अनि उहाँका सेवक हिजकियाहविरुद्ध अरू पनि थुप्रै कुरा भने। १७ सनहेरिबले केही पत्रहरू पनि पठाए,+ जसमा उनले इस्राएलका परमेश्वर यहोवाबारे+ अपमानजनक कुराहरू लेखेका थिए। उनले ती पत्रहरूमा परमेश्वरविरुद्ध यस्तो लेखेका थिए: “जसरी विभिन्न राष्ट्रका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेनन्,+ त्यसरी नै हिजकियाहको परमेश्वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्नेछैन।” १८ सनहेरिबका सेवकहरूले पर्खालमा उभिरहेका यरुसलेमका बासिन्दाहरूसित ठूलठूलो स्वरमा यहुदीहरूको भाषामा कुरा गरिरहे। किनकि उनीहरू तिनीहरूको मनमा डर र त्रास पैदा गरेर सहरलाई कब्जा गर्न चाहन्थे।+ १९ तिनीहरूले संसारका अरू जातिहरूका देवताहरू—जो मानिसको हातका कार्य हुन्—ती देवताहरूको विरुद्धमा जुन कुराहरू भनेका थिए, यरुसलेमका परमेश्वरको विरुद्धमा पनि त्यही कुराहरू भने। २० तर राजा हिजकियाह अनि आमोजका छोरा भविष्यवक्ता यसैयाले+ यस विषयमा प्रार्थना गरिरहे; उनीहरूले मदतको लागि स्वर्गका परमेश्वरलाई गुहारिरहे।+
२१ त्यसपछि यहोवा परमेश्वरले एक जना स्वर्गदूत पठाएर अस्सेरियाका राजाको छाउनीका सबै वीर योद्धा, नाइके र सेनापतिहरूलाई नाश गर्नुभयो।+ त्यसैले अस्सेरियाका राजा अपमानित भएर आफ्नै देश फर्के। पछि उनी आफ्नो देवताको मन्दिरभित्र गएको बेला उनका आफ्नै छोराहरूमध्ये केहीले उनलाई तरबारले मारे।+ २२ यसरी यहोवा परमेश्वरले हिजकियाह र यरुसलेमका बासिन्दाहरूलाई अस्सेरियाका राजा सनहेरिबको हातबाट र अरू सबै शत्रुको हातबाट बचाउनुभयो। उहाँले तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। २३ थुप्रै मानिसले यरुसलेममा यहोवा परमेश्वरको निम्ति भेटीहरू अनि यहुदाका राजा हिजकियाहको निम्ति उत्तम चिजहरू ल्याए।+ त्यो समयदेखि सबै राष्ट्रले राजा हिजकियाहको निकै आदर गर्न थाले।
२४ त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे। त्यसैले तिनले यहोवा परमेश्वरलाई प्रार्थना गरे।+ उहाँले तिनलाई जवाफ दिनुभयो अनि एउटा चिन्ह पनि दिनुभयो।+ २५ तर हिजकियाहले आफ्नो निम्ति परमेश्वरले गरिदिनुभएको असल कुराहरूको कदर गरेनन्। किनकि तिनको हृदय घमन्डले फुल्यो। त्यसैले परमेश्वर हिजकियाहसित अनि यहुदा र यरुसलेमका मानिसहरूसित क्रोधित हुनुभयो। २६ तर हिजकियाहले आफ्नो घमन्डी हृदयलाई नम्र तुल्याए+ र यरुसलेमका बासिन्दाहरूले पनि आफैलाई नम्र तुल्याए। त्यसैले हिजकियाहको शासनकालमा यहोवा परमेश्वरको क्रोध तिनीहरूमाथि परेन।+
२७ हिजकियाहले थुप्रै सरसम्पत्ति र मानसम्मान हासिल गरे।+ तिनले सुन, चाँदी, बहुमूल्य रत्न, बाल्सम तेल,* ढाल र अन्य असल-असल चिजहरू राख्न आफ्नो निम्ति भण्डारहरू बनाए।+ २८ साथै तिनले अन्न र नयाँ मद्य राख्न भण्डारहरू बनाए अनि विभिन्न किसिमका वस्तुभाउ र भेडाबाख्राको लागि गोठहरू पनि बनाए। २९ तिनले थुप्रै सहर बनाए अनि प्रशस्तै भेडाबाख्रा र वस्तुभाउ जम्मा गरे। किनकि परमेश्वरले तिनलाई थुप्रै धनसम्पत्ति दिनुभएको थियो। ३० हिजकियाहले नै गिहोन+ नदीको माथिल्लो मुहान थुनिदिएका थिए+ र त्यसको पानीलाई सीधै दाउदनगरको+ दक्षिणतिर बग्नेगरि मोडिदिएका थिए। हिजकियाह आफ्नो हरेक काममा सफल भए। ३१ तर जब बेबिलोनका शासकहरूले आफ्ना प्रतिनिधिहरूलाई हिजकियाहकहाँ तिनको देशमा देखा परेको+ चिन्हबारे सोधपुछ गर्न पठाए,+ तब साँचो परमेश्वरले तिनको परीक्षा गर्न तिनलाई छोडिदिनुभयो+ किनकि उहाँ तिनको हृदयमा के छ भनी जान्न चाहनुहुन्थ्यो।+
३२ हिजकियाहको जीवनकालका बाँकी घटनाहरू र तिनको अटल प्रेम प्रकट गर्ने तिनका कामहरू+ आमोजका छोरा भविष्यवक्ता यसैयाको+ दर्शनको* लेखोटमा अनि ‘यहुदा र इस्राएलका राजाहरूको पुस्तक’-मा लेखिएका छन्।+ ३३ हिजकियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदका सन्तानको चिहानतर्फ जाने उकालोमा गाडियो।+ तिनको मृत्यु हुँदा सारा यहुदा र यरुसलेमका बासिन्दाहरूले तिनको सम्मान गरे। तिनीपछि तिनका छोरा मनस्से राजा भए।
३३ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+
२ तिनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्नेबाट निकालिदिनुभएको थियो, ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+ ३ तिनले आफ्ना बुबा हिजकियाहले भत्काएका अग्ला थानहरू* फेरि बनाए।+ तिनले पवित्र खामाहरू* ठड्याए र बाआल देवताहरूका निम्ति वेदीहरू बनाए। तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+ ४ तिनले यहोवा परमेश्वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवाले यसो भन्नुभएको थियो: “म यरुसलेमसित सधैँका लागि आफ्नो नाम जोड्नेछु।”+ ५ तिनले यहोवा परमेश्वरको भवनको दुवै चोकमा आकाशका सारा सेनाको निम्ति वेदीहरू बनाए।+ ६ तिनले ‘हिन्नोमको छोराको बेँसी’-मा+ आफ्नै छोराहरूलाई आगोमा बलि चढाए।+ तिनले जादु गर्ने,+ भावी बताउने र टुनामुना गर्नेजस्ता कामहरू गरे। साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्त गरे।+ तिनले यहोवा परमेश्वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।
७ तिनले एउटा मूर्ति कुँदेर बनाउन लगाए र त्यसलाई साँचो परमेश्वरको भवनमा लगेर राखे,+ जुन भवनको विषयमा परमेश्वरले दाउद र उनका छोरा सुलेमानलाई यसो भन्नुभएको थियो: “म यस भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्नेछु।+ ८ यदि इस्राएलीहरूले मेरा सबै आज्ञा, मेरा सम्पूर्ण व्यवस्था र नीतिनियम होसियारीसाथ पालन गरे अनि उनीहरू मैले मोसामार्फत सुनाएको फैसलाहरूअनुसारै चले भने म उनीहरूलाई यस देशबाट कहिल्यै निकाल्नेछैनँ, जुन देश मैले उनीहरूका पितापुर्खालाई दिएको थिएँ।” ९ मनस्सेले यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरूलाई भड्काएर गलत बाटोमा लैजान छोडेनन्। तिनले इस्राएलीहरूलाई यहोवा परमेश्वरले उनीहरूको सामुन्नेबाट नाश गरिदिनुभएको जातिहरूले भन्दा दुष्ट काम गर्न लगाए।+
१० यहोवा परमेश्वर मनस्से र तिनको प्रजासित बारम्बार बोल्नुभयो तर उनीहरूले भने वास्तै गरेनन्।+ ११ त्यसैले यहोवा परमेश्वरले अस्सेरियाका राजाका सेनापतिहरूलाई उनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो। ती सेनापतिहरूले मनस्सेलाई अङ्कुसेहरूले पक्रे* अनि तामाका दुई वटा नेल ठोकेर बेबिलोन लगे। १२ आफू कष्टमा परेपछि मनस्सेले आफ्ना परमेश्वर यहोवासित दयाको भीख मागे। तिनले आफ्ना पितापुर्खाका परमेश्वरसामु आफूलाई साह्रै नम्र तुल्याइरहे। १३ तिनले परमेश्वरलाई प्रार्थना गरिरहे। त्यसकारण उहाँमा दया जाग्यो र उहाँले तिनको बिन्ती सुन्नुभयो। उहाँले तिनलाई यरुसलेममा फर्काएर ल्याउनुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो।+ त्यसपछि मनस्सेले यहोवा नै साँचो परमेश्वर हुनुहुन्छ भनेर थाह पाए।+
१४ त्यसपछि तिनले दाउदनगरको+ लागि बेँसीमा* रहेको गिहोनको+ पश्चिमपट्टि एउटा बाहिरी पर्खाल बनाए। तिनले त्यो पर्खाल टाढा माछा-ढोकासम्मै+ बनाए। त्यहाँबाट त्यो पर्खाल सहरलाई घेर्दै ओफेलसम्म+ पुगेको थियो। तिनले त्यो पर्खाल निकै अग्लो बनाए। साथै तिनले यहुदाका पर्खालले घेरिएका हरेक सहरमा सेनापतिहरू नियुक्त गरे। १५ तिनले विदेशी देवताहरूका मूर्ति, यहोवा परमेश्वरको भवनमा राखिएको मूर्ति+ अनि आफूले यहोवा परमेश्वरको भवन भएको डाँडामा र यरुसलेममा बनाएका सबै वेदी हटाइदिए।+ तिनले ती सब सहरबाहिर लगेर फ्याँक्न लगाए। १६ साथै तिनले यहोवा परमेश्वरको वेदी तयार पारे+ र त्यसमा मेलबलि+ अनि धन्यवादको बलि चढाउन थाले।+ तिनले यहुदाका मानिसहरूलाई इस्राएलका परमेश्वर यहोवाको उपासना गर्न हुकुम गरे। १७ मानिसहरूले अझै पनि अग्ला थानहरूमा बलि चढाइरहेका थिए तर तिनीहरू आफ्ना परमेश्वर यहोवाको निम्ति मात्र बलि चढाउँथे।
१८ मनस्सेको जीवनकालका बाँकी घटनाहरू, तिनले आफ्ना परमेश्वरलाई गरेको प्रार्थना र दर्शीहरूले इस्राएलका परमेश्वर यहोवाको नाममा तिनलाई भनेका कुराहरू इस्राएलका राजाहरूको इतिहासमा पाइन्छ। १९ तिनले गरेको बिन्ती+ र परमेश्वरले कसरी तिनको प्रार्थनाको जवाफ दिनुभयो, ती सबै कुरा तिनका दर्शीहरूको लेखोटमा पाइन्छ। साथै तिनले आफूलाई नम्र तुल्याउनुअघि के-कस्ता पाप गरेका थिए, कसरी परमेश्वरलाई विश्वासघात गरेका थिए+ अनि तिनले कुन-कुन ठाउँमा अग्ला थानहरू बनाएका थिए, पवित्र खामाहरू ठड्याएका थिए र कुँदिएका मूर्तिहरू राखेका थिए,+ ती सबैको विवरण पनि तिनका दर्शीहरूको लेखोटमा पाइन्छ। २० मनस्से आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनको घरनजिकै गाडियो। तिनीपछि तिनका छोरा अमोन राजा भए।+
२१ राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ २२ अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ उनले आफ्ना बुबा मनस्सेले कुँदेर बनाएका मूर्तिहरूको निम्ति बलि चढाए+ र ती मूर्तिहरूको उपासना गरिरहे। २३ तर उनका बुबा मनस्सेले यहोवा परमेश्वरसामु आफूलाई नम्र तुल्याएझैँ+ उनले आफूलाई नम्र तुल्याएनन्।+ बरु उनले झन् धेरै पाप गरे। २४ पछि अमोनका सेवकहरूले उनीविरुद्ध षड्यन्त्र रचे+ र उनकै महलमा उनको हत्या गरे। २५ तर देशका मानिसहरूले राजा अमोनविरुद्ध षड्यन्त्र रच्ने सबैलाई मारे।+ त्यसपछि तिनीहरूले उनका छोरा योसियाहलाई+ राजा बनाए।
३४ राजा हुँदा योसियाह आठ वर्षका थिए+ र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+ २ योसियाहले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरे। तिनी आफ्ना पुर्खा दाउदको चालमा हिँडे, तिनी त्यसबाट दाहिने वा देब्रे लागेनन्।
३ तिनले आफ्नो शासनकालको आठौँ वर्षमा—जब तिनी सानै थिए—आफ्ना पुर्खा दाउदका परमेश्वरको खोजी गर्न थाले।+ आफ्नो शासनकालको १२ औँ वर्षमा तिनले यहुदा र यरुसलेमलाई शुद्ध पार्न सुरु गरे।+ तिनले अग्ला थानहरू,*+ पवित्र खामाहरू,* कुँदिएका मूर्तिहरू+ र धातुका मूर्तिहरू हटाउन थाले। ४ साथै मानिसहरूले राजाकै सामने बाआल देवताहरूका वेदीहरू भत्काइदिए। अनि राजाले ती वेदीहरूमाथि भएका धूपदानीहरू नष्ट गरिदिए। तिनले पवित्र खामाहरू, कुँदिएका मूर्तिहरू र धातुका मूर्तिहरू पनि धुलोपिठो पारिदिए अनि त्यो धुलो लगेर ती मानिसहरूका चिहानहरूमा छरिदिए, जसले ती मूर्तिहरू पुज्ने गर्थे।+ ५ अनि जुन वेदीहरूमा पुजारीहरूले बलि चढाउने गर्थे, त्यही वेदीहरूमा योसियाहले ती पुजारीहरूका हड्डीहरू जलाइदिए।+ यसरी तिनले यहुदा र यरुसलेमलाई शुद्ध पारे।
६ तिनले मनस्से, एप्रैम,+ सिमियोन र नप्तालिको कुलका सहरहरूसम्मै र ती सहरहरूवरपरका खण्डहरहरूमा भएका ७ वेदीहरू भत्काइदिए अनि पवित्र खामाहरू र कुँदिएका मूर्तिहरू+ धुलोपिठो पारिदिए। तिनले इस्राएलको पूरै इलाकामा भएका सबै धूपदानी पनि नष्ट गरिदिए।+ त्यसपछि तिनी यरुसलेम फर्के।
८ आफ्नो शासनकालको १८ औँ वर्षमा, जब तिनले देशलाई र परमेश्वरको मन्दिरलाई शुद्ध पार्ने काम सिद्ध्याइसकेका थिए, तब तिनले अजल्याहका छोरा सापानलाई,+ सहरका प्रमुख मासेयाहलाई अनि योअहाजका छोरा लेखनदास योआलाई तिनका परमेश्वर यहोवाको भवन मर्मतसम्भार गर्न पठाए।+ ९ तिनीहरू प्रधानपुजारी हिल्कियाहकहाँ गए र उनलाई परमेश्वरको भवनमा चढाइएको पैसा दिए। परमेश्वरको भवनमा ढोकेको रूपमा सेवा गर्ने लेवीहरूले त्यो पैसा मनस्से र एप्रैमको कुलका मानिसहरू अनि बाँकी सबै इस्राएलीबाट,+ साथै यहुदा र बिन्यामिनको कुलका मानिसहरू अनि यरुसलेमका बासिन्दाहरूबाट जम्मा गरेका थिए। १० तिनीहरूले त्यो पैसा यहोवा परमेश्वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिए। यहोवा परमेश्वरको भवनमा काम गर्नेहरूले त्यो पैसा भवन मर्मत गर्न चलाए। ११ तिनीहरूले शिल्पकारहरू र डकर्मीहरूलाई पैसा दिए अनि उनीहरूले त्यो पैसाले नापअनुसार काटिएका ढुङ्गाहरू र टेको बनाउने काठहरू किने अनि यहुदाका राजाहरूले नष्ट हुन त्यसै छोडिदिएका घरहरूको दलिन बनाए।+
१२ ती मानिसहरूले आफ्नो काम इमानदारीसाथ गरे।+ उनीहरूको कामको निरीक्षण गर्न यी लेवीहरू खटाइएका थिए: मरारीहरूबाट+ याहथ र ओबदियाह अनि कोहातीहरूबाट+ जकरिया र मेसुल्लाम। साथै ती लेवीहरू, जो सिपालु वाद्यवादक थिए,+ १३ उनीहरूले आम मजदुरहरूको निगरानी गर्नुका साथै हरकिसिमको काम गर्ने मानिसहरूको पनि निरीक्षण गर्थे। केही लेवीहरू सचिव, केही अफिसर अनि केही भने ढोके थिए।+
१४ जब उनीहरू यहोवा परमेश्वरको भवनमा चढाइएको पैसा निकाल्दै थिए,+ तब पुजारी हिल्कियाहले यहोवा परमेश्वरले मोसामार्फत दिनुभएको+ व्यवस्थाको पुस्तक भेट्टाए।+ १५ त्यसपछि हिल्कियाहले सचिव सापानलाई यसो भने: “मैले यहोवा परमेश्वरको भवनमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।” अनि हिल्कियाहले त्यो पुस्तक सापानलाई दिए। १६ सापानले त्यो पुस्तक राजाकहाँ ल्याए र तिनलाई यसो भने: “तपाईँका सेवकहरूले आफूलाई सुम्पिइएका सबै काम गरिरहेका छन्। १७ उनीहरूले यहोवा परमेश्वरको भवनमा ल्याइएको पैसा जम्मा गरेका छन् अनि त्यो पैसा निरीक्षकहरू र कामदारहरूलाई दिएका छन्।” १८ सचिव सापानले राजालाई यसो पनि भने: “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिनुभएको छ।”+ त्यसपछि सापानले राजासामु त्यो पुस्तक पढ्न थाले।+
१९ व्यवस्थामा लेखिएका कुराहरू सुन्नेबित्तिकै राजाले आफ्नो लुगा च्याते।+ २० त्यसपछि राजाले हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकाका छोरा अब्दोन, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: २१ “जाओ! मेरो तर्फबाट अनि इस्राएल र यहुदामा बाँकी रहेका मानिसहरूको तर्फबाट भर्खरै भेटिएको पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्वरसित सोधपुछ गर। किनकि हाम्रा पितापुर्खाले यस पुस्तकमा लेखिएका यहोवा परमेश्वरका आज्ञाहरू पालन नगरेको हुनाले यहोवाले आफ्नो भयङ्कर रिस हामीमाथि पोखाउनुहुनेछ।”+
२२ तब पुजारी हिल्कियाह राजाले पठाएका मानिसहरूको साथमा भविष्यवक्ता हुल्दाहकहाँ गए।+ उनका पति साल्लुम थिए, जो हारहसका नाति अनि तिक्भाहका छोरा थिए। साल्लुम वस्त्र-भण्डारको रेखदेख गर्ने अफिसर थिए। हुल्दाह ‘यरुसलेमको नयाँ बस्ती’-मा बस्थिन्। योसियाहले पठाएका मानिसहरू त्यहीँ गएर उनीसित कुरा गरे।+ २३ हुल्दाहले तिनीहरूलाई यसो भनिन्: “इस्राएलका परमेश्वर यहोवा भन्नुहुन्छ, ‘तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई यसो भन: २४ “यहोवा परमेश्वर भन्नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु;+ यहुदाको राजासामु पढिएको त्यस पुस्तकमा लेखिएका सबै सराप तिनीहरूलाई लाग्नेछ।+ २५ किनकि तिनीहरूले मलाई त्यागेका छन्+ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्नेगरि बलि* चढाएका छन्। तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्।+ त्यसैले म यस ठाउँमाथि आफ्नो क्रोध पोखाउनेछु र त्यो शान्त हुनेछैन।’”+ २६ तर तिमीहरूलाई मकहाँ यहोवा परमेश्वरसित सोधपुछ गर्न पठाउने यहुदाका राजालाई यसो भन्नू, “तिमीले सुनेका कुराहरूको विषयमा इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+ २७ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरूबारे भनेको कुरा सुनेपछि तिम्रो मन पग्लियो र तिमीले परमेश्वरसामु आफूलाई नम्र तुल्यायौ। हो, तिमीले मसामु आफूलाई नम्र तुल्यायौ अनि आफ्नो लुगा च्यातेर रोयौ। त्यसैले म तिम्रो बिन्ती सुन्नेछु,+ यहोवा घोषणा गर्नुहुन्छ। २८ मैले यो ठाउँ र यहाँका बासिन्दाहरूमाथि ल्याउन लागेको विपत्ति तिमीले देख्नेछैनौ। तिमी शान्तिपूर्वक आफ्नो चिहानमा जानेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।’”’”+
त्यसपछि ती मानिसहरूले यी सबै कुरा राजालाई सुनाइदिए। २९ त्यसैले राजाले सन्देश पठाएर यहुदा र यरुसलेमका सबै नाइकेलाई जम्मा गर्न लगाए।+ ३० त्यसपछि राजा योसियाहले यहुदाका सबै मानिस, यरुसलेमका सबै बासिन्दा, पुजारीहरू, लेवीहरू अनि के साना, के ठूला सबै मानिसलाई आफूसँगै यहोवा परमेश्वरको भवनमा लगे। अनि तिनले यहोवा परमेश्वरको भवनमा भेटिएको करारको पुस्तक ठूलो स्वरमा पढ्न थाले।+ ३१ तिनी आफ्नो स्थानमा उभिए अनि यहोवा परमेश्वरसित करार बाँधे।*+ तिनले त्यस पुस्तकमा लेखिएको करारअनुसार+ चलेर आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा परमेश्वरको पछि लाग्ने+ अनि उहाँका आज्ञाहरू, सम्झौटाहरू र नीतिनियम मान्ने करार बाँधे। ३२ साथै तिनले यरुसलेमका र बिन्यामिनको इलाकाका मानिसहरूलाई त्यो करार स्विकार्न लगाए। अनि यरुसलेमका बासिन्दाहरू आफ्ना पितापुर्खाका परमेश्वरसित गरेको करारअनुसार चले।+ ३३ त्यसपछि योसियाहले इस्राएलीहरूको पूरै इलाकाबाट सबै घिनलाग्दा चिज* हटाए।+ अनि इस्राएलका सबै मानिसलाई आफ्ना परमेश्वर यहोवाको सेवा गर्न हौस्याए। तिनी बाँचुन्जेल मानिसहरू आफ्ना पितापुर्खाका परमेश्वर यहोवाको मार्गबाट तर्केनन्।
३५ योसियाहले यरुसलेममा यहोवा परमेश्वरको निम्ति निस्तार चाड* मनाए।+ तिनीहरूले पहिलो महिनाको १४ औँ दिनमा+ निस्तार चाडको जनावर काटे।+ २ तिनले पुजारीहरूलाई आ-आफ्नो काममा नियुक्त गरे। तिनले उनीहरूलाई यहोवा परमेश्वरको भवनमा आफूले गर्नुपर्ने सेवामा लागिरहन प्रोत्साहन दिए।+ ३ त्यसपछि तिनले लेवीहरूलाई, जसले सारा इस्राएललाई शिक्षा दिन्थे+ र जो यहोवा परमेश्वरको निम्ति पवित्र थिए, उनीहरूलाई यसो भने: “पवित्र सन्दुकलाई* दाउदका छोरा, इस्राएलका राजा सुलेमानले बनाएको भवनमा लगेर राख।+ अबदेखि तिमीहरूले सन्दुक आफ्नो काँधमा बोक्नु पर्दैन।+ आफ्ना परमेश्वर यहोवा र उहाँको प्रजाको सेवा गर। ४ इस्राएलका राजा दाउद+ र उनका छोरा सुलेमानको लिखित निर्देशनअनुसारै+ अब तिमीहरू आ-आफ्नो बुबापट्टिको घराना र आ-आफ्नो दलअनुसार तयार होओ। ५ तिमीहरू आ-आफ्नो दलअनुसार पवित्र ठाउँमा खडा होओ ताकि मानिसहरूलाई मदत गर्न एउटा परिवारको साथमा लेवी परिवारको एउटा दल होस्। ६ निस्तार चाडको जनावर काट,+ आफूलाई पवित्र तुल्याओ अनि यहोवा परमेश्वरले मोसामार्फत दिनुभएको आज्ञा पालन गर्न आफ्ना दाजुभाइको निम्ति तयारी गर।”
७ मानिसहरूले निस्तार चाडको बलि चढाऊन् भनेर योसियाहले त्यहाँ उपस्थित भएका सबैलाई भेडा र बाख्राका ३० हजार पाठा अनि ३ हजार बहर दिए। राजाले यी सब आफ्नो निजी सम्पत्तिबाट दिएका थिए।+ ८ मानिसहरू, पुजारीहरू र लेवीहरूले स्वैच्छिकभेटी चढाऊन् भनेर राजाका भारदारहरूले पनि उनीहरूको निम्ति जनावरहरू दान गरे। साँचो परमेश्वरको भवनका अगुवाहरू हिल्कियाह,+ जकरिया र यहिएलले पुजारीहरूलाई ३ सय बहर र निस्तार चाडको बलिस्वरूप चढाउन २ हजार ६ सय जनावर दिए। ९ कोनन्याह अनि उनका भाइहरू सेमायाह र नेथनेलले अनि लेवीहरूका नाइकेहरू हासबियाह, यइएल र योजाबादले लेवीहरूलाई ५ सय बहर अनि निस्तार चाडको बलिस्वरूप चढाउन ५ हजार गाईवस्तु दान गरे।
१० चाडको सबै तयारी सिद्धियो। त्यसपछि राजाको आदेशअनुसारै पुजारीहरू आ-आफ्नो स्थानमा खडा भए अनि लेवीहरू पनि आ-आफ्नो दलअनुसार खडा भए।+ ११ लेवीहरूले निस्तार चाडको जनावर काटे।+ अनि पुजारीहरूले तिनीहरूबाट रगत लिएर वेदीमा छर्के।+ अनि लेवीहरूले चाहिँ जनावरको छाला काढे।+ १२ त्यसपछि लेवीहरूले बुबापट्टिको घरानाअनुसार समूह-समूहमा राखिएका मानिसहरूलाई दिन अग्निभेटी तयार पारे। मोसाको पुस्तकमा लेखिएअनुसारै यहोवा परमेश्वरलाई त्यो अग्निभेटी चढाउन सकियोस् भनेर तिनीहरूले त्यसो गरेका थिए। लेवीहरूले बहरहरूलाई पनि त्यसै गरे। १३ त्यसैगरि तिनीहरूले रीतिअनुसारै आगोमा निस्तार चाडको जनावरको मासु पकाए।*+ पवित्र भेटीस्वरूप ल्याइएका कुराहरूलाई चाहिँ तिनीहरूले फोसी,* खड्कुँलो र तावामा पकाए। अनि तुरुन्तै मानिसहरूकहाँ लगे। १४ त्यसपछि तिनीहरूले आफ्नो निम्ति र पुजारीहरूको निम्ति निस्तार चाडको बलि तयार पारे। किनकि पुजारीहरू—हारुनका सन्तान साँझसम्मै अग्निभेटी र बोसो चढाउन व्यस्त थिए। त्यसैले तिनीहरूले आफ्नो निम्ति र पुजारीहरू—हारुनका सन्तानको निम्ति निस्तार चाडको बलि तयार पारे।
१५ अनि गायकहरू, जो आसापका सन्तान+ थिए, तिनीहरू पनि दाउद,+ आसाप,+ हेमान र राजाका दर्शी यदुथुनले+ ठहराएको नियमअनुसारै आ-आफ्नो स्थानमा खडा भए। ढोकेहरूले चाहिँ छुट्टाछुट्टै ढोकामा पहरा दिइरहेका थिए।+ तिनीहरूले आफ्नो सेवाको काम छोडेर जानु परेन किनकि तिनीहरूका लेवी दाजुभाइले नै तिनीहरूको निम्ति तयारी गरिदिए। १६ त्यस दिन तिनीहरूले निस्तार चाड मनाउन+ र यहोवा परमेश्वरको वेदीमा अग्निभेटी चढाउन यहोवाको निर्देशनबमोजिम जे-जे तयारी गर्नुपर्ने थियो, ती सब गरिसिद्ध्याए। तिनीहरूले यी सबै तयारी राजा योसियाहको आदेशअनुसारै गरे।+
१७ त्यसबेला त्यहाँ उपस्थित भएका सबै इस्राएलीले निस्तार चाड मनाए र तिनीहरूले सात दिनसम्म अखमिरा रोटीको चाड* पनि मनाए।+ १८ भविष्यवक्ता समुएलको समयदेखि यता इस्राएलमा कहिल्यै यत्ति भव्य तरिकामा निस्तार चाड मनाइएको थिएन। राजा योसियाह,+ पुजारीहरू, लेवीहरू, त्यहाँ उपस्थित भएका यहुदा र इस्राएलका मानिसहरू अनि यरुसलेमका बासिन्दाहरूले त्यतिबेला जसरी निस्तार चाड मनाए, त्यसरी त इस्राएलका कुनै पनि राजाले मनाएका थिएनन्। १९ यो निस्तार चाड राजा योसियाहको शासनकालको १८ औँ वर्षमा मनाइएको थियो।
२० यी सब सिद्धिएपछि र योसियाहले मन्दिर तयार पारिसकेपछि मिश्रका राजा नेको+ युफ्रेटिसनजिकै भएको कार्कमिसमा लडाइँ गर्न गए। तब योसियाह उनीसित लडाइँ गर्न निस्के।+ २१ त्यसैले नेकोले आफ्ना सन्देशवाहकहरूमार्फत योसियाहकहाँ यस्तो सन्देश पठाए: “हे यहुदाका राजा, तपाईँ किन मसित लडाइँ गर्न आउँदै हुनुहुन्छ? म तपाईँसित होइन, अर्कै राष्ट्रसित लडाइँ गर्न आएको हुँ। परमेश्वरले मलाई तुरुन्तै लडाइँ गर्न जाऊ भन्नुभएको छ। उहाँ मेरो साथमा हुनुहुन्छ। त्यसैले म तपाईँकै भलाइको लागि भन्दै छु, उहाँविरुद्ध खडा नहुनुहोस् नत्र त उहाँले तपाईँमाथि विनाश ल्याउनुहुनेछ।” २२ तर योसियाह पछि हटेनन्। तिनी आफ्नो भेष बदलेर नेकोसित लडाइँ गर्न गए।+ तिनले नेकोको कुरा सुन्दै सुनेनन्, जुन कुरा परमेश्वरबाटै आएको थियो। तिनी मगिद्दो बेँसीमा+ लडाइँ गर्न गए।
२३ अनि धनुर्धारीहरूले राजा योसियाहलाई बाण हाने। राजाले आफ्ना सेवकहरूलाई यसो भने: “म असाध्यै घाइते भएको छु; मलाई यहाँबाट लगिहाल।” २४ त्यसैले तिनका सेवकहरूले तिनलाई रथबाट ओराले अनि तिनको अर्को रथमा राखेर यरुसलेम लगे। अनि तिनको मृत्यु भयो र तिनलाई तिनका पितापुर्खाको चिहानमा गाडियो।+ यहुदा र यरुसलेमका सबै मानिसले तिनको निम्ति शोक मनाए। २५ अनि यर्मियाले+ योसियाहको निम्ति शोकगीत रचे। सबै गायक-गायिकाले+ आज पनि शोकगीतहरू गाउँदा योसियाहको स्मरण गर्ने गर्छन्। इस्राएलका मानिसहरूमाझ ती शोकगीतहरू गाउने चलन नै भयो।* ती गीतहरू शोकगीतहरूको सङ्कलनमा पनि समावेश गरिएका छन्।
२६ योसियाहको जीवनकालका बाँकी घटनाहरू र तिनको अटल प्रेम प्रकट गर्ने तिनका कामहरूका साथै तिनले कसरी यहोवा परमेश्वरको व्यवस्थामा लेखिएका कुराहरू पालन गरे २७ अनि तिनले सुरुदेखि अन्तसम्म के-कस्ता कामहरू गरे, ती सबैको विवरण ‘इस्राएल र यहुदाका राजाहरूको पुस्तक’-मा पाइन्छ।+
३६ त्यसपछि देशका मानिसहरूले योसियाहका छोरा यहोअहाजलाई+ यरुसलेममा उनको बुबाको ठाउँमा राजा बनाए।+ २ राजा हुँदा यहोअहाज २३ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे। ३ तर मिश्रका राजाले उनलाई यरुसलेममा राजाको पदबाट हटाइदिए अनि देशलाई १०० टालेन्ट* चाँदी र १ टालेन्ट सुन जरिबाना तिर्न लगाए।+ ४ साथै मिश्रका राजाले यहोअहाजका दाइ एलियाकिमलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे अनि तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले+ यहोयाकिमका भाइ यहोअहाजलाई चाहिँ मिश्र लगे।+
५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ६ बेबिलोनका राजा नबुकद्नेजर+ यहोयाकिमलाई तामाका दुई वटा नेल ठोकेर बेबिलोन लैजान+ तिनीसित लडाइँ गर्न आए। ७ उनले यहोवा परमेश्वरको भवनमा भएका केही भाँडाकुँडा बेबिलोन लगे अनि ती भाँडाकुँडाहरू आफ्नो महलमा राखे।+ ८ यहोयाकिमको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका घिनलाग्दा कामहरू अनि तिनमा पाइएको खराबीबारे ‘इस्राएल र यहुदाका राजाहरूको पुस्तक’-मा लेखिएका छन्। तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।+
९ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना दस दिन शासन गरे। उनले यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १० वर्षको सुरुमा* राजा नबुकद्नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्त गरे।+
११ राजा हुँदा सिदकियाह+ २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे।+ १२ उनले आफ्ना परमेश्वर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरिरहे। यहोवा परमेश्वरको आदेशअनुसारै बोल्ने भविष्यवक्ता यर्मियासामु+ उनले आफूलाई नम्र तुल्याएनन्। १३ साथै उनले राजा नबुकद्नेजरको+ पनि विद्रोह गरे, जसले उनलाई परमेश्वरको नाममा कसम खान लगाएका थिए। उनी हठी नै भइरहे र उनले आफ्नो हृदय कठोर बनाए। उनी इस्राएलका परमेश्वर यहोवातर्फ फर्केर आउन मानेनन्। १४ पुजारीहरूका सबै नाइके अनि मानिसहरू पनि परमेश्वरप्रति साह्रै विश्वासघाती भए। तिनीहरूले अरू जातिहरूले गर्ने सबै घिनलाग्दा काम गरे अनि यहोवा परमेश्वरको भवनलाई अशुद्ध पारिदिए,+ जुन भवनलाई उहाँले यरुसलेममा पवित्र पार्नुभएको थियो।
१५ तिनीहरूका पितापुर्खाका परमेश्वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+
१७ त्यसैले परमेश्वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्त कसैमाथि पनि दया देखाएनन्।+ परमेश्वरले सबथोक उनको हातमा दिनुभयो।+ १८ उनले साँचो परमेश्वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+ १९ उनले साँचो परमेश्वरको भवनमा र सबै बलिया-बलिया किल्लामा आगो लगाइदिए।+ साथै उनले यरुसलेमको पर्खाल भत्काइदिए र हरेक बहुमूल्य चिज नाश गरिदिए।+ २० उनले तरबारबाट बचेकाहरूलाई चाहिँ बन्दी बनाएर बेबिलोन लगे।+ फारसी राज्य शक्तिमा नआएसम्म+ ती मानिसहरू नबुकद्नेजर र उनका छोराहरूका सेवक भएर बस्नुपऱ्यो।+ २१ यहोवा परमेश्वरले यर्मियामार्फत+ भन्नुभएको कुरा पूरा होस् अनि देशले पहिला मनाउन नपाएको विश्रामदिन* मनाउन सकोस्+ भनेर यी सब भएको थियो। देश ७० वर्षसम्म उजाड रहुन्जेल त्यसले विश्रामदिन मनायो।+
२२ यहोवा परमेश्वरले यर्मियामार्फत+ भन्नुभएको कुरा पूरा होस् भनेर फारसका राजा कोरेसको+ शासनकालको पहिलो वर्षमा यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो: २३ “फारसका राजा कोरेस यसो भन्नुहुन्छ, ‘स्वर्गका परमेश्वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यरुसलेम जाओ; तिमीहरूका परमेश्वर यहोवा तिमीहरूसँग रहून्।’”+
शब्दावली हेर्नुहोस्।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “परमेश्वरसित सोधपुछ गर्थे।”
शब्दावली हेर्नुहोस्।
वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्।
वा “घोडचढीहरू।”
वा “घोडचढी।”
वा “इजिप्टबाट।”
वा सम्भवतः “घोडाहरू मिश्र र कोएबाट मगाइन्थ्यो; राजाका व्यापारीहरूले घोडाहरू कोएबाट किनेर ल्याउँथे।” कोए भन्ने ठाउँले सिलिसियालाई जनाएको हुन सक्छ।
वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
एक बाथ भनेको २२ लिटर हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
मानक नापअनुसार एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो तर “उहिले-उहिलेको नाप”-ले लामो हातलाई जनाउँछ भनी कोही-कोही बताउँछन्। लामो हात भनेको ५१.८ सेन्टिमिटर (२०.४ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
केही प्राचीन पाण्डुलिपिहरूमा “१२०” लेखिएको छ। तर अरू पाण्डुलिपिहरू र केही अनुवादहरूमा “२० हात” लेखिएको छ।
शा., “ठूलो घरमा।” यसले पवित्र कोठालाई जनाएको हुन सक्छ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अर्थात्, पवित्र कोठातर्फ।
वा “दक्षिणतिर।”
वा “उत्तरतिर।”
यसको अर्थ हो, “उहाँले [अर्थात्, यहोवाले] स्थिर पारून्।”
यसको अर्थ “सामर्थ्यसित” पनि हुन सक्छ।
वा “तामा।”
वा “त्यसलाई एक फन्को लगाउन ३० हात लामो डोरी चाहिन्थ्यो।”
चार अङ्गुल भनेको लगभग ७.४ सेन्टिमिटर (२.९ इन्च) हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
एक बाथ भनेको २२ लिटर हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
बलिसकेको सलेदो राख्ने भाँडो।
यहाँ “मन्दिर”-ले पवित्र कोठालाई जनाउँछ।
शब्दावली हेर्नुहोस्।
अर्थात्, झुप्रोबासको चाड।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
वा “सन्तानको।”
वा “उसलाई सराप दिइयो।” यो यस्तो किसिमको कसम थियो, जसमा कसम खाने मानिसले झूटो कसम खाएमा वा आफ्नो कसम पूरा नगरेमा सजायस्वरूप सराप पाउँथ्यो।
शा., “आफूले पाएको सरापको कारण।”
शब्दावली हेर्नुहोस्।
वा “फट्याङ्ग्राहरूले।”
वा “ख्यातिबारे।”
वा “यस ठाउँबारे।”
यसले लेवीहरूलाई जनाएको हुन सक्छ।
वा “हमाथ छिर्ने ठाउँदेखि।”
शब्दावली हेर्नुहोस्।
वा “उद्घाटन।”
चाडपछिको दिन वा १५ औँ दिन।
वा “सन्तानको।”
वा “पुनर्निर्माण गरे।”
मिश्रका राजाहरूको एउटा उपाधि।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावलीमा “कटनीको चाड; हप्ताहरूको चाड” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “राम्रो प्रबन्ध मिलाए; पूरा गरे।”
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “गाउँखाने कथा।”
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा सम्भवतः “त्यति नै उपहार राजाले उनलाई पनि दिए।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
प्रायजसो धनुर्धारीले बोक्ने ढाल।
हिब्रू धर्मशास्त्रमा एक मीना भनेको ५७० ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “घोडचढी।”
शब्दावली हेर्नुहोस्।
शा., “पालमा।”
वा “मजबुत बनाए।”
शब्दावली हेर्नुहोस्।
शा., “बोकाहरू।”
वा “तितरबितर पारिदिए।”
अर्थात्, स्थायी र कहिल्यै परिवर्तन नहुने करार।
वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
प्रायजसो धनुर्धारीले बोक्ने ढाल।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “करार।”
वा “तिनीहरूलाई सहायता दिन।”
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
यसले मसलाहरू बालेको आगोलाई जनाएको हुनुपर्छ।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “कर।”
शा., “एउटा खलामा।”
शब्दावली हेर्नुहोस्।
वा “हृदयदेखि अठोट गर्नुभयो।”
वा सम्भवतः “मउनीहरूलाई।”
यसले मृतसागरलाई जनाएको हुनुपर्छ।
शब्दावली हेर्नुहोस्।
वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
वा “सहन सक्नेछौ।”
शा., “परमेश्वरलाई आशिष् दिए।”
यसको अर्थ हो “आशिष्।”
शब्दावली हेर्नुहोस्।
साँचो परमेश्वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्यावृत्तिसित तुलना गरिएको छ।
शब्दावली हेर्नुहोस्।
साँचो परमेश्वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्यावृत्तिसित तुलना गरिएको छ।
उनलाई आहाज्याह पनि भनिन्छ।
शा., “छोरी।”
कुनै-कुनै हिब्रू पाण्डुलिपिहरूमा “अजर्याह।”
वा “बिरामी।”
वा “करार।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
प्रायजसो धनुर्धारीले बोक्ने ढाल।
यसले परमेश्वरको व्यवस्था लेखिएको मुठालाई जनाएको हुन सक्छ।
वा “वासस्थानको।”
वा सम्भवतः “सबै जनाले दान खसालेर नसकुन्जेल।”
शब्दावली हेर्नुहोस्।
वा “तिनीहरूविरुद्ध साक्षी।”
अर्थात्, सिरियालीहरूले।
वा “तिनलाई थुप्रै रोगले पीडित अवस्थामा छोडिदिए।”
वा “छोराको।” तिनलाई सम्मान दिन बहुवचन प्रयोग गरिएको हुन सक्छ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शा., “पालतिर।”
तिनलाई आहाज्याह पनि भनिन्छ।
लगभग १७८ मिटर (५८४ फिट)। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अर्थात्, तिनका बुबा अमस्याह।
पानी सञ्चय गर्न प्रयोग गरिने यी इनारहरू चट्टानहरूमा बनाइएका हुन सक्छन्।
वा “पठारमा।”
शब्दावली हेर्नुहोस्।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शब्दावलीमा “गेहेन्ना” हेर्नुहोस्।
हिब्रू भाषामा यहाँ चलाइएको शब्दले धूप बाल्नुलाई पनि जनाउन सक्छ।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “सिटी बजाए।”
शा., “छोराहरू।”
वा “अहिले आराम गर्ने।”
हिब्रू भाषामा यहाँ चलाइएको शब्दले धूप बाल्नुलाई पनि जनाउन सक्छ।
वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “निको पारिदिनुभयो।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
शा., “व्यवस्था कडाइका साथ पालन गर्न सक्ने थिए।”
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
वा “भोजनकक्षहरू।”
सिमि कोनन्याहका भाइ थिए कि दाइ थिए भन्ने कुरा पक्का छैन।
वा “मिलो।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”
शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा यहाँ चलाइएको शब्दले धूप बाल्नुलाई पनि जनाउन सक्छ।
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।
वा सम्भवतः “खाल्डाहरूमा पक्रे।”
वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा यहाँ चलाइएको शब्दले धूप बाल्नुलाई पनि जनाउन सक्छ।
वा “करार नवीकरण गरे।”
वा “मूर्ति।”
शब्दावली हेर्नुहोस्।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
वा सम्भवतः “पोले।”
अर्थात्, एक प्रकारको ठूलो भाँडो।
शब्दावली हेर्नुहोस्।
वा “नियम लागू भयो।”
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
यसले वसन्त ऋतुलाई सङ्केत गरेको हुन सक्छ।
शा., “निको पार्नै नसकिने।”
शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।