इजकिएल
१ तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा* म निर्वासनमा लगिएका मानिसहरूसँगै+ केबार नदीको किनारमा थिएँ।+ तब स्वर्ग खुल्यो र मैले परमेश्वरबाट दर्शन* पाएँ। २ त्यसै महिनाको पाँचौँ दिनमा अर्थात् राजा यहोयाकिन+ निर्वासित भएको पाँचौँ वर्षमा ३ यहोवा परमेश्वरको वचन पुजारी बुजिका छोरा इजकिएलकहाँ* आयो। त्यतिबेला तिनी कल्दियाको+ केबार नदीको किनारमा थिए। त्यहाँ यहोवा परमेश्वरको हात तिनीमाथि आयो।+
४ मैले हेर्दाहेर्दै उत्तरतिरबाट बेसरी बतास+ चल्यो। अनि त्यससँगै बाक्लो बादल पनि देखेँ, जसबाट आगो निस्किरहेको* थियो+ र बादलको चारैतिर चहकिलो ज्योति थियो। अनि आगोको बीचबाट चम्किलो धातुजस्तो*+ केही चम्किरहेको देखिन्थ्यो। ५ भित्रपट्टि मैले चार वटा जीवजस्तै+ केही देखेँ र तिनीहरू प्रत्येकको रूप मानिसको जस्तै थियो। ६ तिनीहरू प्रत्येकका चार-चार वटा अनुहार र चार-चार वटा पखेटा थिए।+ ७ तिनीहरूका खुट्टा सीधा थिए अनि पाउचाहिँ बाछाका खुरजस्तै थिए। ती खुट्टाहरूको चमक टल्काइएको तामाको+ जस्तो थियो। ८ तिनीहरूको पखेटामुनि चारैपट्टि मानिसका जस्तै हात थिए। अनि तिनीहरू चारै जनाको अनुहार र पखेटा थिए। ९ तिनीहरूको एउटा पखेटाले अर्को पखेटालाई छोएको थियो। तिनीहरू सीधा अघि बढ्थे,+ कतै मोडिँदैन थिए।
१० तिनीहरू प्रत्येकको अनुहार यस्तो थियो:+ अगाडिपट्टिको अनुहार मान्छेको, दायाँपट्टिको अनुहार सिंहको,+ बायाँपट्टिको साँढेको+ अनि पछाडिपट्टिको अनुहारचाहिँ चीलको।+ ११ तिनीहरूका अनुहार यस्तै थिए। तिनीहरू प्रत्येकका पखेटाहरू मास्तिर फिँजिएका थिए। तिनीहरू हरेकको दुइटा पखेटा थियो र एउटा पखेटाले अर्को पखेटालाई छोएको थियो अनि बाँकी दुइटा पखेटाले भने तिनीहरूको शरीरलाई ढाकेको थियो।+
१२ तिनीहरू सीधा अघि बढ्थे। पवित्र शक्तिले तिनीहरूलाई जताजता डोऱ्याउँथ्यो, तिनीहरू त्यतैत्यतै जान्थे।+ तिनीहरू कतै नमोडी सीधा अघि बढ्थे। १३ ती जीवहरू बलिरहेको आगोको भुङ्ग्रोजस्तै देखिन्थे। तिनीहरूको बीचमा दन्किरहेका राँकोहरूजस्तै केही अगाडि-पछाडि गरिरहेको देखिन्थ्यो र ती राँकोहरूको आगोबाट बिजुली चम्किन्थ्यो।+ १४ ती जीवहरू अगाडि-पछाडि गर्दा तिनीहरूको चाल बिजुली चम्केझैँ देखिन्थ्यो।
१५ चार वटा अनुहार+ भएका ती जीवहरूलाई हेर्दै गर्दा मैले तिनीहरू प्रत्येकको छेवैमा जमिनमा एक-एक वटा पाङ्ग्रा देखेँ। १६ ती चारै वटा पाङ्ग्रा क्रिसोलाइटजस्तै* चम्किन्थे र उस्तै देखिन्थे। तिनीहरूको बनावट हेर्दा प्रत्येक पाङ्ग्राभित्र अर्को पाङ्ग्रा भएजस्तै देखिन्थ्यो।* १७ ती पाङ्ग्राहरू अघि बढ्दा कतै नमोडी चारै दिशातिर जान सक्थे। १८ ती पाङ्ग्राहरू यत्ति अग्ला थिए कि ती देख्दा आङै सिरिङ्ङ हुन्थ्यो। मैले पाङ्ग्राका घेराभरि आँखैआँखा देखेँ।+ १९ ती जीवहरू जताजता जान्थे, ती पाङ्ग्राहरू पनि त्यतैत्यतै जान्थे। अनि तिनीहरू मास्तिर उचालिँदा पाङ्ग्राहरू पनि मास्तिरै उचालिन्थे।+ २० पवित्र शक्तिले तिनीहरूलाई जताजता डोऱ्याउँथ्यो, तिनीहरू त्यतैत्यतै जान्थे। पाङ्ग्राहरू ती जीवहरूसँगसँगै माथि उचालिन्थे किनकि ती जीवहरूलाई जस्तै पाङ्ग्राहरूलाई पनि पवित्र शक्तिले डोऱ्याउँथ्यो। २१ तिनीहरू अघि बढ्दा पाङ्ग्राहरू पनि अघि बढ्थे; तिनीहरू रोकिँदा ती पनि रोकिन्थे। तिनीहरू माथि उचालिँदा ती पनि सँगसँगै उचालिन्थे। किनकि ती जीवहरूलाई जस्तै पाङ्ग्राहरूलाई पनि पवित्र शक्तिले डोऱ्याउँथ्यो।
२२ ती जीवहरूको शिरमास्तिर बरफजस्तै चमचम चम्किरहेको पाता थियो। त्यो तिनीहरूको शिरमास्तिर+ फैलिएको थियो। २३ पातामुनि ती जीवहरूका पखेटाहरू सीधा थिए* र एउटा पखेटाले अर्को पखेटालाई छोएको थियो। तिनीहरूको एक जोडी पखेटाले शरीरको एकातिर ढाकेको थियो भने अर्को एक जोडी पखेटाले अर्कोतिर ढाकेको थियो। २४ तिनीहरूले पखेटा फट्फटाउँदा उर्लिएको भेलको आवाजजस्तै सुनिन्थ्यो, सर्वशक्तिमान् परमेश्वरको वाणीजस्तै।+ तिनीहरू यताउता गर्दा सेनाको डफ्फा यताउता गरिरहेको जस्तो सुनिन्थ्यो। चलहल नगरी एकै ठाउँमा उभिएको बेला तिनीहरू पखेटा तल झार्थे।
२५ पातामास्तिरबाट एउटा आवाज सुनियो। (चलहल नगरी एकै ठाउँमा उभिएको बेला तिनीहरू पखेटा तल झार्थे।) २६ ती जीवहरूको शिरमास्तिर भएको पाताको माथि नीलमजस्तै+ केही देखिन्थ्यो। त्यो सिंहासनजस्तो+ देखिन्थ्यो। अनि त्यसमा बस्नेको रूप मानिसको+ जस्तै थियो। २७ मैले चम्किलो धातुजस्तै+ केही देखेँ, जुन तिनको कम्मरजस्तो देखिने भागको मास्तिर दनदनी बलिरहेको आगोजस्तो देखिन्थ्यो। अनि मैले तिनको कम्मरदेखि मुनि पनि आगोजस्तै+ केही देखेँ। तिनको चारैतिर चहकिलो ज्योति थियो। २८ त्यो ज्योति पानी परेको बेला बादलमा देखिने इन्द्रेनीजस्तै+ थियो। तिनको चारैतिर भएको चहकिलो ज्योति यस्तै देखिन्थ्यो। त्यो यहोवा परमेश्वरको महिमाजस्तै देखिन्थ्यो।+ जब मैले त्यो देखेँ, तब म भुईँसम्मै घोप्टो परेँ अनि मैले कोही बोलेको आवाज सुनेँ।
२ तब उहाँले मलाई यसो भन्नुभयो: “हे मानिसको छोरा,* उठ। तिमीसित कुरा गर्नु छ।”+ २ उहाँले मसित बोल्नुहुँदा ममाथि पवित्र शक्ति आयो र मैले उहाँको कुरा सुन्न सकूँ भनेर त्यसले मलाई उभिन बल दियो।+
३ उहाँले मलाई अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ+ अर्थात् मेरो विद्रोह गर्ने जातिकहाँ+ पठाउँदै छु। तिनीहरूले पुस्तौँदेखि मेरो नियम उल्लङ्घन गर्दै आएका छन्।+ ४ म तिमीलाई अटेरी र कठोर+ मानिसहरूकहाँ पठाउँदै छु र तिमीले तिनीहरूलाई ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ’ भन। ५ तर तिनीहरूले चाहे सुनून् या नसुनून्—किनकि तिनीहरू विद्रोही हुन्+—तिनीहरूमाझ एक जना भविष्यवक्ता रहेछन् भनेर तिनीहरूले थाह पाउनेछन्।+
६ “तर हे मानिसको छोरा, तिमीचाहिँ तिनीहरूसित नडराउनू।+ तिम्रो वरपर काँडैकाँडाको झाडी भए पनि*+ र तिमी बिच्छी नै बिच्छी भएको ठाउँमा बस्नुपरे पनि तिनीहरूको कुरा सुनेर नडराउनू।+ हो, तिनीहरूले जेसुकै भने पनि नडराउनू। तिनीहरूलाई देखेर नतर्सनू+ किनकि तिनीहरू विद्रोही जाति हुन्। ७ तिनीहरूले चाहे सुनून् या नसुनून्, तिमीले तिनीहरूलाई मेरो कुरा सुनाउनू किनकि तिनीहरू विद्रोही मानिस हुन्।+
८ “तर हे मानिसको छोरा, तिमीचाहिँ मैले भनेको कुरा सुन। तिमी यी मानिसहरूजस्तै विद्रोही नहुनू। अब आफ्नो मुख खोल र म जे दिन्छु, त्यो खाऊ।”+
९ मैले हेर्दा एउटा हात मतिर पसारिएको देखेँ+ र हातमा एउटा मुठा थियो, जसमा केही लेखिएको थियो।+ १० उहाँले मेरै अगाडि त्यो मुठा खोल्नुभयो। त्यसको दुवैपट्टि लेखिएको थियो।+ त्यसमा शोकगीत अनि पीडा र विलापका शब्दहरू लेखिएका थिए।+
३ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, तिमीसामु जे छ, त्यो खाऊ। यो मुठा खाऊ र गएर इस्राएलको घरानासँग कुरा गर।”+
२ त्यसैले मैले मुख खोलेँ र उहाँले मलाई त्यो मुठा खान लगाउनुभयो। ३ उहाँले अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, मैले दिएको यो मुठा खाऊ र आफ्नो पेट भर।” तब मैले त्यो मुठा खाएँ; त्यो मेरो मुखमा महजत्तिकै गुलियो भयो।+
४ उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाकहाँ जाऊ र मैले भनेको कुरा तिनीहरूलाई सुनाऊ। ५ मैले तिमीलाई यस्तो जातिकहाँ पठाउन लागेको होइनँ, जसको भाषा तिमीले जान्दै जान्दैनौ अथवा जसको कुरा तिमी पटक्कै बुझ्दैनौ बरु म तिमीलाई इस्राएलको घरानाकहाँ पठाउँदै छु। ६ तिमीले जान्दै नजान्ने वा तिमीले पटक्कै नबुझ्ने भाषा बोल्ने जातिजातिकहाँ मैले तिमीलाई पठाएको भए बरु तिनीहरूले तिम्रो कुरा सुन्ने थिए।+ ७ तर इस्राएलको घरानाले तिम्रो कुरा पटक्कै सुन्नेछैन किनकि तिनीहरू मेरो कुरा सुन्नै चाहँदैनन्।+ सबै इस्राएलीको मन र दिमाग दुवै कठोर छ।+ ८ हेर! मैले तिम्रो अनुहार र तिम्रो निधार तिनीहरूको जस्तै कडा बनाइदिएको छु।+ ९ तिम्रो निधारलाई चकमक ढुङ्गाभन्दा पनि साह्रो, हिरासरह कडा तुल्याइदिएको छु।+ तिनीहरूसित नडराऊ; तिनीहरूको अनुहार देखेर नआत्तिऊ।+ किनकि तिनीहरू विद्रोही घराना हुन्।”
१० उहाँले मलाई अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, मैले भनेको सबै कुरा ध्यान दिएर सुन र मनमा गुन। ११ निर्वासनमा लगिएका तिम्रा मानिसहरूकहाँ जाऊ+ र तिनीहरूसित कुरा गर। तिनीहरूले चाहे सुनून् या नसुनून्,+ तिनीहरूलाई ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ’ भन।”
१२ तब एउटा शक्तिले* मलाई माथि उचाल्यो+ र मेरो पछाडिबाट कसैले ठूलो स्वरमा यसो भनिरहेको आवाज मैले सुनेँ: “यहोवाको निवासस्थानमा उहाँको महिमा उच्च पारियोस्।” १३ मैले अर्को आवाज पनि सुनेँ। चार वटा जीवले पखेटा फटफटाउँदा एउटा पखेटाले अर्को पखेटालाई छोएको आवाज+ अनि तिनीहरूको छेवैमा भएका पाङ्ग्राहरूको आवाज+ सुनेँ। अनि चर्को गडगडाहट पनि सुनेँ। १४ त्यतिकैमा त्यो शक्तिले* मलाई माथि उचालेर लग्यो। मेरो मन भरङ्ग भएको थियो र म रिसले रन्किरहेको थिएँ अनि यहोवाको हात ममाथि बलियोगरि रहेको थियो। १५ त्यसैले म तेल-अबिबमा निर्वासनमा लगिएका मानिसहरूकहाँ गएँ। तिनीहरू केबार नदीको किनारमा+ बसोबास गरिरहेका थिए। म अक्क न बक्क भएर+ सात दिनसम्म तिनीहरूसितै बसेँ।
१६ सातौँ दिनको अन्तमा यहोवाको यो वचन मकहाँ आयो:
१७ “हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्त गरेको छु।+ मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले तिनीहरूलाई मेरो चेतावनी सुनाउनू।+ १८ मैले कुनै दुष्ट मानिसलाई ‘तँ पक्कै मर्नेछस्’ भनेँ तर तिमीले त्यसलाई चेतावनी दिएनौ र त्यसलाई ‘आफ्नो ज्यान जोगाउन कुकर्म छोड’ भनेनौ भने+ त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर म तिमीसित त्यसको रगतको साटो फेर्नेछु।*+ १९ तर यदि तिमीले कुनै दुष्ट मानिसलाई चेतावनी दियौ तैपनि त्यसले आफ्नो कुकर्म त्यागेन भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ तर तिमीले भने आफ्नो ज्यान जोगाउनेछौ।+ २० तर कुनै धर्मी मानिसले असल काम* त्यागेर खराब काम* गऱ्यो भने म उसको अगाडि ठेस लाग्ने ढुङ्गो राखिदिनेछु र ऊ मर्नेछ।+ तिमीले उसलाई चेतावनी दिएनौ भने ऊ आफ्नो खराब कामले गर्दा मर्नेछ र उसको असल काम पनि याद गरिनेछैन तर म तिमीसित उसको रगतको साटो फेर्नेछु।*+ २१ तर तिमीले धर्मी मानिसलाई ‘खराब काम नगर्नू’ भनेर चेतावनी दियौ र उसले तिम्रो कुरा मान्यो भने ऊ पक्कै जीवित रहनेछ किनकि उसले चेतावनी सुन्यो।+ अनि तिमीले पनि आफ्नो ज्यान जोगाउनेछौ।”
२२ त्यहाँ यहोवाको हात ममाथि आयो र उहाँले मलाई यसो भन्नुभयो: “उठ, बेँसीमा जाऊ र म तिमीसित त्यहाँ कुरा गर्छु।” २३ त्यसैले म उठेँ र बेँसीतिर लागेँ। हेर! त्यहाँ यहोवा परमेश्वरको महिमा रहेछ!+ मैले केबार नदीको किनारमा+ देखेको जस्तै महिमा त्यहाँ पनि देखेँ। अनि म भुईँसम्मै घोप्टो परेँ। २४ तब पवित्र शक्ति ममा आयो र त्यसले मलाई उभिन बल दियो।+ त्यसपछि उहाँ मसित बोल्न थाल्नुभयो र यसो भन्नुभयो:
“जाऊ, घर गएर ढोका थुनेर बस। २५ हे मानिसको छोरा, तिमी तिनीहरूबीच जान नसक भनेर तिनीहरूले तिमीलाई डोरीले बाँध्नेछन्। २६ अनि म तिम्रो जिब्रोलाई तालुमै टाँसिदिनेछु अनि तिमी गुँगो हुनेछौ र तिनीहरूलाई हप्काउन सक्नेछैनौ। किनकि तिनीहरू विद्रोही घराना हुन्। २७ तर जब म तिमीसित बोल्छु, म तिम्रो मुख खोलिदिनेछु। तब तिमीले ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ’ भनेर तिनीहरूलाई मेरो कुरा सुनाऊ।+ सुन्न चाहनेले सुनोस्+ अनि सुन्न नचाहनेले नसुनोस् किनकि तिनीहरू विद्रोही घराना हुन्।+
४ “हे मानिसको छोरा, एउटा इँटा लेऊ र त्यसलाई आफ्नो अगाडि राख। अनि त्यसमा एउटा सहर—यरुसलेम सहरको चित्र कोर। २ अनि त्यसको चारैतिर घेरा हाल,+ पर्खाल ठड्याऊ,+ त्यसमा घेरा-मचान* बनाऊ,+ वरिपरि छाउनी हाल र बख्तरबन्द गाडीहरूले* घेर।+ ३ एउटा फलामको तावा लेऊ र त्यसलाई तिमी र सहरको बीचमा फलामको पर्खालझैँ ठड्याऊ। अनि रिसाउँदै सहरलाई हेर र त्यसलाई घेराबन्दी गर। त्यसपछि सहरलाई कब्जा गर। इस्राएलको घरानाको लागि यो एउटा चिन्ह हुनेछ।+
४ “त्यसपछि तिमी बायाँतिर कोल्टे परेर सुत र इस्राएलको घरानाको दोष आफूमाथि* लेऊ।+ यसरी जति दिन तिमी कोल्टे परेर सुत्छौ, त्यति दिन तिमीले तिनीहरूको दोष बोक्नेछौ। ५ इस्राएलको घरानाले जति वर्ष मेरो विरोध गरे, त्यति नै दिन अर्थात् ३९० दिन मैले तिम्रो लागि तोकेको छु।+ तिमीले त्यति नै दिन तिनीहरूको दोष बोक्नुपर्नेछ। ६ तिम्रो लागि तोकिएका यी दिनहरूमा तिमीले यस्तै गर्नू।
“अनि यी दिनहरू पूरा भएपछि तिमी फेरि दायाँतिर कोल्टे परेर सुत र तिमीले ४० दिन यहुदाको घरानाको दोष बोक्नेछौ।+ एक वर्षको निम्ति एक दिन, हो, एक वर्षको निम्ति एक दिनको हिसाबले मैले दिन तोकेको छु। ७ त्यसपछि तिमीले आफ्नो पाखुरा नाङ्गो राखेर घेरा हालिएको यरुसलेमतिर हेर+ र त्यसको विरुद्धमा भविष्यवाणी गर।
८ “हेर, घेरा हालेको दिन पूरा नभएसम्म म तिमीलाई अर्कोतिर कोल्टे पर्न नसक्नेगरि डोरीले बाँध्नेछु।
९ “त्यसपछि गहुँ, जौ, बकुला, मुसुरो, कोदो र कठिया गहुँ* लेऊ र एउटा भाँडामा राख। अनि आफ्नो लागि त्यसको रोटी बनाऊ। बायाँतिर कोल्टे परेर सुतुन्जेल ३९० दिनसम्म तिमीले त्यो रोटी खानू।+ १० तिमीले एक दिनको लागि २० शेकेल* खाना जोख्नू र त्यसलाई तोकिएको समयमा खानू।
११ “अनि पानी पनि नापेर एक हिनको छैटौँ भाग* मात्र पिउनू। तिमीले पानी पनि तोकिएको समयमा पिउनू।
१२ “तिमीले जसरी जौको गोलो रोटी खान्छौ, त्यसरी नै त्यो रोटी खानू। अनि तिमीले सबैले देख्नेगरि मानिसको सुकेको मल बालेर त्यो रोटी पकाउनू।” १३ यहोवाले अझै भन्नुभयो: “इस्राएलीहरूलाई तितरबितर पारेर जुन-जुन देशमा म पठाउनेछु, त्यहाँका मानिसहरूले देख्नेगरि तिनीहरूले त्यस्तो अशुद्ध रोटी खानेछन्।”+
१४ अनि मैले भनेँ: “हे ब्रह्माण्डका मालिक यहोवा, यो त म गर्नै सक्दिनँ! मरेको जनावरको अथवा लुछेर मारिएको जनावरको मासु खाएर मैले अहिलेसम्म आफूलाई अशुद्ध बनाएको छैनँ।+ मैले अशुद्ध मासु आफ्नो मुखमा समेत हालेको छैनँ।”+
१५ त्यसैले उहाँले मलाई यसो भन्नुभयो: “त्यसोभए मानिसको मलको सट्टा गुइँठा बालेर रोटी पकाऊ।” १६ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ त्यसैले खानेकुरा र पानीको हाहाकार मच्चिनेछ। तिनीहरूले जोखी-जोखीकन खानेछन्+ र नापी-नापीकन पिउनेछन्।+ १७ खानाको र पानीको हाहाकारले गर्दा तिनीहरू एकअर्कालाई देख्दा पनि झस्कनेछन् र आफ्नो अपराधको कारण सुक्दै जानेछन्।
५ “हे मानिसको छोरा, अब एउटा धारिलो तरबार लेऊ। अनि हजामको छुरीले खौरेझैँ त्यसले आफ्नो कपाल अनि दाह्रीजुँगा खौर। त्यसपछि एउटा तराजु लेऊ र खौरेको कपाल र दाह्रीजुँगा जोखेर भाग-भाग लगाऊ। २ सहरलाई घेरेर राख्ने दिन पूरा भएपछि+ रौँको एक भाग सहरभित्र जलाऊ। त्यसपछि दोस्रो भाग सहरको चारैतिर लैजाऊ र त्यसलाई तरबारले टुक्राटुक्रा पार।+ अनि तेस्रो भागचाहिँ हावामा हुर्ऱ्याऊ। त्यसपछि म एउटा तरबार थुतेर त्यसलाई लखेट्नेछु।+
३ “तेस्रो भागबाट अलिकता रौँ लेऊ र आफ्नो लुगाको किनारामा पोको पारेर राख। ४ अनि त्यसबाट अझै केही रौँ लेऊ र आगोमा फालेर जलाइदेऊ। अनि त्यसको आगो इस्राएलको सम्पूर्ण घरानामा फैलनेछ।+
५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘यो यरुसलेम हो। मैले यस सहरलाई जातिजातिको बीचमा बसालेको छु र त्यसको चारैतिर अरू देश छन्। ६ तर यो सहर विद्रोही भयो। तिनीहरू मेरा फैसलाहरू र विधिविधानअनुसार चलेनन्। वरपरका अरू जाति र देशभन्दा पनि तिनीहरू धेरै दुष्ट भए।+ किनकि तिनीहरूले मेरा फैसलाहरू तिरस्कार गरे र मेरा विधिविधानअनुसार चलेनन्।’
७ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरू वरपरका अरू जातिभन्दा विद्रोही भएका छौ। तिमीहरूले मेरा फैसलाहरू पालन गरेनौ, तिमीहरू मेरा विधिविधानअनुसार पनि चलेनौ। बरु तिमीहरूले वरपरका जातिहरूकै चलन पछ्यायौ।+ ८ त्यसकारण ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “हे सहर, म तँविरुद्ध उठेको छु।+ अरू जातिले देख्नेगरि म तँलाई दण्ड दिनेछु।+ ९ तैँले असाध्यै घिनलाग्दा कामहरू गरेकोले म तँलाई कठोर सजाय दिनेछु। यस्तो सजाय, जुन मैले तँलाई अहिलेसम्म दिएको थिइनँ र पछि पनि दिनेछैनँ।+
१० “‘“त्यसैले आमाबुबाले आफ्नै छोराछोरीलाई खानेछन्+ र छोराछोरीले पनि आफ्नै आमाबुबालाई खानेछन्। म तिमीहरूलाई दण्ड दिनेछु र बाँकी सबैलाई चारैतिर तितरबितर पार्नेछु।”’+
११ “‘त्यो मेरो पवित्र स्थान* थियो। तर तिमीहरूका घिनलाग्दा मूर्तिहरू र तिमीहरूका घिनलाग्दा कामहरूले गर्दा त्यो बिटुलो भएको छ।’+ त्यसैले ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, म पनि तिमीहरूलाई तिरस्कार गर्नेछु;* म तिमीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र अफसोस मान्नेछैनँ।+ १२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्नेछु।+ १३ त्यसपछि मेरो रिस थामिनेछ। तिनीहरूलाई सजाय दिएपछि म शान्त र सन्तुष्ट हुनेछु।+ जब तिनीहरूमाथि म आफ्नो रिस खन्याउनेछु, तब तिनीहरूले थाह पाउनेछन् कि मैले यो सब यसकारण भनेको हुँ किनकि म यहोवा मेरो बाहेक अरू कसैको भक्ति गरिएको पटक्कै सहँदिनँ।+
१४ “‘म तिमीहरूको सहरलाई उजाड पार्नेछु अनि अरू जातिहरूका बीचमा र तिमीहरूको छेउबाट भएर जानेहरूको नजरमा तिमीहरूलाई खिसीको पात्र बनाउनेछु।+ १५ अति नै क्रोधित भएर मैले तिमीहरूलाई कठोर सजाय दिँदा वरपरका जातिले तिमीहरूको निन्दा गर्नेछन्।+ तिमीहरू खिसीको पात्र हुनेछौ। तिमीहरू तिनीहरूको लागि चेतावनी हुनेछौ र तिनीहरू तिमीहरूलाई देखेर डरले खङ्ग्रङ्ग हुनेछन्। म यहोवाले नै यसो भनेको हुँ।
१६ “‘म तिनीहरूलाई नाश गर्न अनिकालको घातक बाण हान्नेछु। मैले तिमीहरूविरुद्ध हान्ने बाणले तिमीहरूलाई नाश गर्नेछ।+ म तिमीहरूको खानेकुराको भण्डार नष्ट गरेर* तिमीहरूमाझ घोर अनिकाल ल्याउनेछु।+ १७ म तिमीहरूविरुद्ध अनिकाल र हिंस्रक जङ्गली जनावरहरू पठाउनेछु,+ जसले तिमीहरूका छोराछोरीलाई तिमीहरूबाट खोस्नेछन्। महामारी र रक्तपातले गर्दा तिमीहरूको बेहाल हुनेछ। म तिमीहरूविरुद्ध तरबार पठाउनेछु।+ म यहोवाले नै यसो भनेको हुँ।’”
६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, इस्राएलका पहाडहरूतिर आफ्नो अनुहार फर्काऊ र त्यसविरुद्ध भविष्यवाणी गर। ३ तिमीले यसो भन्नू: ‘हे इस्राएलका पहाडहरू हो, ब्रह्माण्डका मालिक यहोवाको वचन सुन: ब्रह्माण्डका मालिक यहोवा पहाड, डाँडा, खोला र बेँसीहरूलाई यसो भन्नुहुन्छ: “हेर, म तिमीहरूविरुद्ध तरबार उठाउनेछु र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू* नष्ट गर्नेछु। ४ म तिमीहरूका वेदीहरू ध्वस्त पारिदिनेछु, तिमीहरूका धूपदानीहरू टुक्राटुक्रा पारिदिनेछु+ र मारिएकाहरूलाई तिमीहरूका घिनलाग्दा मूर्तिहरूअगाडि* फालिदिनेछु।+ ५ इस्राएलीहरूका लास तिनीहरूका घिनलाग्दा मूर्तिहरूकै अगाडि फालिदिनेछु र तिनीहरूका हड्डीहरू तिनीहरूकै वेदीवरिपरि छरिदिनेछु।+ ६ तिमीहरू जहाँसुकै बसे पनि, जुनसुकै सहरमा बसे पनि ती उजाड पारिनेछन्+ र डाँडा-डाँडामा भएका तिमीहरूका अग्ला थानहरू ध्वस्त पारिनेछन् र ती उजाडै रहनेछन्।+ तिमीहरूका वेदीहरू धुलोपिठो पारिनेछन्, तिमीहरूका घिनलाग्दा मूर्तिहरू सर्वनाश हुनेछन्, तिमीहरूका धूपदानीहरू भाँचिनेछन् र तिमीहरूका कामको नामोनिसान रहनेछैन। ७ काटिएका मानिसहरू तिमीहरूकै बीचमा ढल्नेछन्।+ तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+
८ “‘“तर तिमीहरूमध्ये कसै-कसैलाई म जीवितै छोडिदिनेछु। तिमीहरू जातिजातिमाझ तितरबितर हुँदा कोही-कोहीचाहिँ तरबारबाट उम्कनेछौ।+ ९ अनि जो-जो उम्कन्छन्, तिनीहरूले आफूलाई बन्दी बनाएर लगिएको ठाउँमा मलाई सम्झनेछन्।+ तिनीहरूको हृदय विश्वासघाती भएर* मबाट तर्किएकोले+ र तिनीहरूका आँखा कामुक भएर घिनलाग्दा मूर्तिहरूको पछि लागेकोले+ मेरो मन कत्ति दुःखी भएको थियो भनेर तिनीहरूले बुझ्नेछन्। आफूले गरेका सबै खराब र घिनलाग्दा कामहरूका कारण तिनीहरू लाजमा पर्नेछन् र ती कामहरूलाई घृणा गर्नेछन्।+ १० तब म नै यहोवा हुँ र मैले तिनीहरूमाथि विपत्ति ल्याउनेछु भनेर दिएको चेतावनी खोक्रो धम्की रहेनछ भनेर तिनीहरूले जान्नेछन्।”’+
११ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘दुःखी हुँदै थपडी मार अनि आफ्नो खुट्टा बजार र इस्राएलको घरानाले गरेका सबै खराब र घिनलाग्दा कामहरूका लागि विलाप गर। तिनीहरू तरबार, अनिकाल र महामारीले गर्दा ढल्नेछन्।+ १२ टाढा भएकाहरू महामारीले गर्दा मर्नेछन्, नजिकै भएकाहरूचाहिँ तरबारले काटिनेछन् र यी सबैबाट उम्केर बचेकाहरूचाहिँ अनिकालले गर्दा मर्नेछन्। म तिनीहरूमाथि मेरो भएभरको रिस पोख्नेछु।+ १३ तरबारले काटिएर ढलेका तिनीहरूका मानिसहरूको लास तिनीहरूकै घिनलाग्दा मूर्तिहरूअगाडि, वेदीहरूको वरिपरि,+ अग्ला डाँडाहरूमाथि, पहाडका टाकुराहरूमाथि, झ्याम्म परेका रूखहरूमुनि र घिनलाग्दा मूर्तिहरूका निम्ति तिनीहरूले सुगन्धित धूप चढाउने ठूलठूला रूखका हाँगाहरूमुनि+ अलपत्र पर्नेछन्। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+ १४ म तिनीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरू बस्ने ठाउँ उजाड बनाइदिनेछु। तिनीहरूका देशलाई दिब्लाहको निर्जनभूमिभन्दा पनि उजाड बनाइदिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।’”
७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले भन्नुभयो: २ “हे मानिसको छोरा, ब्रह्माण्डका मालिक यहोवा इस्राएल राष्ट्रलाई यसो भन्नुहुन्छ: ‘अन्त आउँदै छ! देशको चारैतिर विनाश आउनै लागेको छ। ३ तँमाथि अन्त आउनै लागेको छ र म तँमाथि मेरो रिस पोख्नेछु। तेरो कामअनुसार म तेरो न्याय गर्नेछु र तैँले गरेका घिनलाग्दा कामहरूको लेखा लिनेछु। ४ म तँलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस पनि मान्नेछैनँ।+ किनभने तैँले आफ्नो कामअनुसारको फल पाउनेछस् र तैँले आफ्ना घिनलाग्दा कामहरूको नतिजा भोग्नेछस्।+ तब म नै यहोवा हुँ भनेर तैँले जान्नेछस्।’+
५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘हेर्, तँमाथि विपत्ति आउनेछ, तैँले पहिला कहिल्यै नभोगेको विपत्ति।+ ६ अन्त आउँदै छ; त्यो पक्कै आउनेछ। त्यो तँमाथि आउनेछ।* हेर्! अन्त आउँदै छ। ७ तिमीहरू जो यस देशका बासिन्दाहरू हौ, तिमीहरूको पालो आएको छ। बेला आउँदै छ, दिन नजिकै छ।+ पहाडहरूमा खैलाबैला मच्चिएको छ, त्यहाँ खुसीयालीको आवाज सुनिँदैन।
८ “‘अब चाँडै म आफ्नो क्रोध तँमाथि दन्काउनेछु+ र तँमाथि मेरो भएभरको रिस पोख्नेछु।+ तेरो कामअनुसार म तेरो न्याय गर्नेछु र तैँले गरेका घिनलाग्दा कामहरूको लेखा लिनेछु। ९ म तँलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस मान्नेछैनँ।+ तैँले आफ्नो कामअनुसारको फल पाउनेछस् र तैँले आफ्ना घिनलाग्दा कामहरूको नतिजा भोग्नेछस्। तब तँलाई सजाय दिने म यहोवा नै हुँ भनेर तैँले जान्नेछस्।+
१० “‘हेर्, त्यो दिन! हेर्, त्यो आउँदै छ!+ तेरो पालो आएको छ। सजाय दिने लौरो तयार भएको छ र शत्रुको घमन्ड बढेको छ। ११ हिंसा बढेर दुष्ट्याइँको लौरो बनेको छ।+ अब तिनीहरू, तिनीहरूका धनसम्पत्ति, तिनीहरूका मानिसहरूको भीड, तिनीहरूको मानसम्मान केही पनि बाँकी रहनेछैन। १२ बेला आउँदै छ, त्यो दिन आउँदै छ। किन्नेले खुसी नमनाओस् र बेच्नेले पनि दुःख नमानोस् किनभने सबै मानिसमाथि मेरो क्रोध दन्कँदै छ।*+ १३ बेच्नेले आफ्नो ज्यान जोगाए पनि आफूले बेचेको कुरा फिर्ता लिन जानेछैन किनभने यो दर्शनमा* देखिएको कुरा सबै मानिसले भोग्नेछन्। कोही पनि फर्कनेछैन र गल्ती गरेको हुनाले कोही पनि बच्नेछैन।
१४ “‘तिनीहरूले बिगुल फुकेका छन्+ र सबै तयार भएका छन् तर युद्धभूमिमा कोही जानेछैन किनभने सबै मानिसमाथि म आफ्नो क्रोध खन्याउनेछु।+ १५ तरबार बाहिर ढुकिबसेको छ+ अनि भित्र महामारी र अनिकाल ढुकिबसेको छ। बाहिर खेतमा हुनेजति तरबारले काटिनेछन् र भित्र सहरमा भएकाहरूलाई चाहिँ अनिकाल र महामारीले निल्नेछन्।+ १६ अनि यी सबैबाट उम्कन सफल हुनेहरूचाहिँ पहाडहरूतिर भाग्नेछन् र बेँसीका ढुकुरहरूले जस्तै तिनीहरू प्रत्येकले आफ्नो गल्तीको लागि शोक गर्नेछन्।+ १७ तिनीहरूका हात लुला हुनेछन् र तिनीहरूका घुँडा भिज्नेछन्।*+ १८ तिनीहरूले कम्मरमा भाङ्ग्रा बेरेका छन्+ र तिनीहरू डरले लगलग काँपिरहेका छन्। तिनीहरू सबै लाजमा पर्नेछन् र सबैले कपाल खौरनेछन्।*+
१९ “‘तिनीहरूले आफूसित भएको चाँदी सडकमा फाल्नेछन् र आफूसित भएको सुन देखेर तिनीहरूलाई घिन लाग्नेछ। यहोवाको रिसको दिनमा तिनीहरूको सुनचाँदीले तिनीहरूलाई बचाउन सक्नेछैन।+ तिनीहरू तृप्त हुनेछैनन् र तिनीहरूको पेट पनि भरिनेछैन किनभने तिनीहरूको सुनचाँदी नै तिनीहरूको लागि ठेस लाग्ने ढुङ्गो बनेको छ। २० तिनीहरू आफ्नो सुन्दर-सुन्दर गहनामा घमन्ड गर्थे र तिनीहरूले त्यसबाट* घिनलाग्दा मूर्ति अनि देवताहरू बनाए।+ त्यसैले म त्यो तिनीहरूकै लागि घिनलाग्दो कुरा बनाउनेछु। २१ त्यो* म विदेशीहरूलाई लुट्न दिनेछु र दुष्टहरूलाई ती खोस्न दिनेछु अनि उनीहरूले त्यसलाई बिटुलो पार्नेछन्।
२२ “‘तिनीहरूबाट म आफ्नो अनुहार फर्काउनेछु+ र उनीहरूले* मेरो गोप्य ठाउँ* बिटुलो पार्नेछन्; डाँकुहरू भित्र पसेर त्यसलाई बिटुलो पार्नेछन्।+
२३ “‘साङ्ला* बनाऊ+ किनभने अन्यायले गर्दा देशभरि रक्तपात मच्चिएको छ+ र सहर हिंसाले भरिएको छ।+ २४ म संसारकै सबैभन्दा क्रूर जातिलाई ल्याउनेछु+ र ती मानिसहरूले तिनीहरूको घर कब्जा गर्नेछन्।+ अनि म शक्तिशालीहरूको घमन्ड चकनाचुर पारिदिन्छु र तिनीहरूका पवित्र स्थानहरू* बिटुलो पारिनेछन्।+ २५ सङ्कष्टले गर्दा छटपटी भएपछि तिनीहरू शान्तिको लागि भौँतारिनेछन् तर शान्ति पाउनेछैनन्।+ २६ विपत्तिमाथि विपत्ति आउनेछ र एकपछि अर्को नराम्रा समाचार सुनिनेछन्। मानिसहरूले भविष्यवक्ताबाट दर्शन खोज्नेछन्+ तर पुजारीले निर्देशन* दिन सक्नेछैनन्, मुखियाहरूले सल्लाह दिन सक्नेछैनन्।+ २७ राजाले शोक गर्नेछन्+ र कुलनायक निराशामा डुब्नेछन् अनि मानिसहरूको हात डरले थरथर काँप्नेछ। तिनीहरूको कामअनुसार म तिनीहरूसित व्यवहार गर्नेछु। तिनीहरूले जसरी अरूको न्याय गरेका थिए, म पनि त्यसरी नै तिनीहरूको न्याय गर्नेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।’”+
८ छैटौँ वर्षको* छैटौँ महिनाको पाँचौँ दिनमा म आफ्नो घरमा बसिरहेको थिएँ र यहुदाका नाइकेहरू पनि मेरो सामुन्ने बसिरहेका थिए। त्यहाँ ब्रह्माण्डका मालिक यहोवाको हात ममाथि आयो। २ मैले हेर्दै गर्दा बलिरहेको आगोजस्तै रूप भएको कोही देखेँ; उहाँको कम्मरजस्तो देखिने+ भागको मुनि आगो थियो र कम्मरमास्तिरको भाग चम्किलो धातुजस्तै*+ उज्यालो थियो। ३ उहाँले मतिर केही पसार्नुभयो, जुन हातजस्तै देखिन्थ्यो अनि उहाँले मेरो कपाल समातेर मलाई उठाउनुभयो। अनि परमेश्वरले देखाउनुभएको दर्शनमा* एउटा शक्तिले* मलाई उचालेर जमिन र आकाशको बीचमा राख्यो र यरुसलेममा मन्दिरको उत्तरतिर फर्केको भित्री चोकको ढोकामा+ पुऱ्यायो। त्यहाँ परमेश्वरलाई रिस उठाउने मूर्ति थियो।+ ४ अनि हेर! बेँसीमा देखेझैँ+ मैले इस्राएलका परमेश्वरको महिमा त्यहाँ पनि देखेँ।+
५ त्यसपछि उहाँले मलाई यसो भन्नुभयो: “हे मानिसको छोरा, आँखा उठाएर उत्तरतिर हेर।” अनि मैले आँखा उठाएर उत्तरतिर हेरेँ अनि वेदीको ढोकाको उत्तरतिर परमेश्वरलाई रिस उठाउने त्यो मूर्ति देखेँ। ६ अनि उहाँले मलाई यसो भन्नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाले कस्ता-कस्ता घिनलाग्दा कुराहरू गरिरहेका छन्, तिमीले देख्यौ?+ यी नै कुराहरूले गर्दा म आफ्नो पवित्र स्थानबाट* टाढा जान बाध्य भएको छु।+ तर तिमीले यीभन्दा अझ घिनलाग्दा कुराहरू देख्नेछौ।”
७ त्यसपछि उहाँले मलाई चोकको ढोकानेर पुऱ्याउनुभयो र मैले भित्तामा एउटा प्वाल देखेँ। ८ उहाँले मलाई यसो भन्नुभयो: “हे मानिसको छोरा, त्यो प्वाल अझै ठूलो बनाऊ।” तब मैले त्यो प्वाललाई ठूलो बनाएँ र त्यहाँ भित्र पस्ने एउटा बाटो देखेँ। ९ उहाँले मलाई यसो भन्नुभयो: “जाऊ, भित्र गएर तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्, हेर।” १० अनि भित्र पसेर हेर्दा मैले भित्तामा अनेक किसिमका घस्रने जन्तु र घिनलाग्दा पशुका आकृतिहरू+ अनि इस्राएलको घरानाको सबै खालका घिनलाग्दा मूर्तिहरूको*+ आकृति देखेँ; ती चारैतिर भित्ताभरि कुँदिएका थिए। ११ अनि ती सबैको अगाडि इस्राएलको घरानाका ७० जना नाइके उभिरहेका थिए। तिनीहरूसँगै सापानका छोरा याजन्याह+ पनि थिए। तिनीहरू सबैको हातमा धुपौरो थियो र धुपौरोबाट सुगन्धित धूपको धुवाँ बादलसरह उठिरहेको थियो।+ १२ उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, इस्राएलको घरानाका नाइकेहरू आ-आफ्ना मूर्तिहरू राखेको भित्री कोठाहरूमा गएर अँध्यारोमा के गरिरहेका छन्, तिमीले देख्यौ? तिनीहरू यसो भनिरहेका छन्, ‘यहोवाले हामीलाई देख्नुहुन्न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’”+
१३ अनि उहाँले मलाई यसो भन्नुभयो: “तिनीहरूले यीभन्दा पनि घिनलाग्दा कुराहरू गरिरहेको तिमीले देख्नेछौ।” १४ त्यसैले उहाँले मलाई यहोवाको मन्दिरको उत्तर ढोकामा ल्याउनुभयो र त्यहाँ मैले स्त्रीहरू बसेर तम्मुज देवताको लागि रोइरहेका देखेँ।
१५ उहाँले मलाई सोध्नुभयो: “हे मानिसको छोरा, यहाँ भइरहेको कुरा तिमीले देख्यौ? तिमीले यीभन्दा अझ घिनलाग्दा कुरा देख्नेछौ।”+ १६ त्यसैले उहाँले मलाई यहोवाको मन्दिरको भित्री चोकमा पुऱ्याउनुभयो।+ त्यहाँ यहोवाको मन्दिरको ढोकामा वेदी र दलानको बीचमा २५ जनाजति पुरुष आफ्नो ढाड यहोवाको मन्दिरतिर अनि आफ्नो अनुहारचाहिँ पूर्वतिर फर्काएर उभिरहेका थिए। तिनीहरूले पूर्वतिर सूर्यलाई ढोगिरहेका थिए।+
१७ उहाँले मलाई यसो भन्नुभयो: “हे मानिसको छोरा, तिमीले देख्यौ? यहुदाको घरानाले यस्ता घिनलाग्दा काम गर्नु, देशभरि हिंसा मच्चाउनु+ र मलाई रिस उठाइराख्नु के चानचुने कुरा हो? तिनीहरूले मेरो नाकैमा हाँगा* झोसिरहेका छन्। १८ त्यसैले तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ। म तिनीहरूलाई पटक्कै दयामाया देखाउनेछैनँ र म अफसोस मान्नेछैनँ।+ तिनीहरूले मेरो कानैमा ठूलो स्वरले कराएर गुहार मागे तापनि म सुन्नेछैनँ।”+
९ त्यसपछि उहाँले ठूलो स्वरले मलाई यसो भन्नुभयो: “सहर विनाश गर्न खटाइएकाहरूलाई बोलाऊ र तिनीहरू आ-आफ्नो हातमा विनाशको हतियार लिएर आऊन्।”
२ मैले उत्तरतिरको माथिल्लो ढोकातिरबाट+ छ जना पुरुष आइरहेको देखेँ। तिनीहरू प्रत्येकको हातमा फोर्ने डन्डा* थियो। मैले तिनीहरूसँगै मलमलको लुगा लगाएका अर्को एक जना पुरुषलाई पनि देखेँ। तिनले आफ्नो कम्मरमा लेखनदासको मसीदानी* भिरेका थिए। तिनीहरू सबै मन्दिरभित्र पसे र तामाको वेदीनजिकै+ उभिए।
३ त्यसपछि इस्राएलका परमेश्वरको महिमा+ करूबहरूबाट* हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो।+ अनि उहाँले मलमलको लुगा लगाएका र कम्मरमा मसीदानी भिरेका पुरुषलाई बोलाउनुभयो। ४ यहोवाले तिनलाई भन्नुभयो: “यरुसलेम सहरमा चारैतिर जाऊ र सहरमा भइरहेका घिनलाग्दा कामहरू+ देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेका+ मानिसहरूको निधारमा चिन्ह लगाऊ।”
५ अनि उहाँले मैले सुन्नेगरि बाँकी छ जनालाई यसो भन्नुभयो: “तिमीहरूचाहिँ उसको पछिपछि सहरमा जाओ र मानिसहरूलाई प्रहार गर। तिनीहरूलाई पटक्कै दयामाया नदेखाओ र अफसोस नमान।+ ६ जवान, वृद्ध, केटाकेटी, कुमारी र स्त्री कसैलाई नछोड, सबैलाई मार।+ तर निधारमा चिन्ह हुनेजतिलाई भने केही नगर।+ तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।”+ त्यसैले तिनीहरूले मन्दिरको सामुन्ने उभिरहेका नाइकेहरूबाटै सुरु गरे।+ ७ त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “जाओ! मन्दिरलाई बिटुलो पारिदेओ।+ चोकहरूमा लास थुपार।” तिनीहरू गए र सहरका मानिसहरूलाई मार्न सुरु गरे।
८ तिनीहरूले मानिसहरूलाई मार्दै गर्दा मलाई चाहिँ छोडिदिए। तब म भुईँमा घोप्टो परेर यसो भन्दै चिच्याएँ: “हाय! ब्रह्माण्डका मालिक यहोवा! के तपाईँ यसरी नै यरुसलेममाथि आफ्नो क्रोध खन्याउनुहुनेछ? के तपाईँले इस्राएलका बाँकी मानिसहरूलाई पनि नाश गर्नुहुनेछ?”+
९ तब उहाँले मलाई भन्नुभयो: “इस्राएलको र यहुदाको घरानाले घोर पाप गरेका छन्।+ सहर रक्तपात+ र भ्रष्टाचारले+ भरिएको छ। किनभने तिनीहरू यसो भन्छन्, ‘यहोवाले हामीलाई देख्नुहुन्न। यहोवाले यस भूमिलाई छोडेर गइसक्नुभयो।’+ १० तर म तिनीहरूलाई दयामाया देखाउनेछैनँ र अफसोस मान्नेछैनँ।+ तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु।”
११ त्यसपछि मलमलको लुगा लगाएका र कम्मरमा मसीदानी भिरेका ती पुरुष फर्केर आएको मैले देखेँ र तिनले यसो भनिरहेका थिए: “मैले तपाईँको आज्ञाअनुसार सबै गरेँ।”
१० मैले हेर्दै गर्दा करूबहरूको शिरमास्तिर भएको पातामाथि नीलमजस्तै केही देखेँ। त्यो हेर्दा सिंहासनजस्तो देखिन्थ्यो।+ २ त्यसपछि उहाँले मलमलको लुगा लगाएका+ पुरुषलाई यसो भन्नुभयो: “करूबहरूको मुन्तिर फनफनी घुमिरहेका पाङ्ग्राहरूको बीचमा पस।+ अनि करूबहरूबीच राखिएको आगोको भुङ्ग्रो+ दुवै हातभरि लेऊ र सहरतिर हुर्ऱ्याऊ।”+ अनि मैले हेर्दाहेर्दै ती पुरुष भित्र पसे।
३ ती पुरुष भित्र पस्दा करूबहरू मन्दिरको दायाँतिर उभिरहेका थिए अनि बादलले भित्री चोकलाई ढाक्यो। ४ त्यसपछि यहोवा परमेश्वरको महिमा+ करूबहरू उभिएको ठाउँबाट हटेर मन्दिरको ढोकाको दलानमा पुग्यो र मन्दिरलाई बिस्तारै बादलले ढाक्यो।+ अनि चोक यहोवा परमेश्वरको महिमाले उज्यालो भयो। ५ करूबहरूको पखेटाको आवाज बाहिरी चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा सुनिने आवाजजस्तै थियो।+
६ त्यसपछि उहाँले मलमलको लुगा लगाएका पुरुषलाई यस्तो आदेश दिनुभयो: “फनफनी घुमिरहेका पाङ्ग्राहरू र करूबहरूको बीचमा राखिएको आगो लेऊ।” तब तिनी भित्र पसे र पाङ्ग्राको छेउमा उभिए। ७ करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा राखिएको आगोतिर+ हात बढाए। उनले आगो लिए र मलमलको लुगा लगाएका+ पुरुषको दुवै हातभरि राखिदिए। अनि ती पुरुष त्यो आगो लिएर बाहिर निस्के। ८ ती करूबहरूका पखेटामुनि मैले केही देखेँ, जुन मानिसका हातजस्तै देखिन्थे।+
९ मैले हेरिरहेकै बेला करूबहरूको छेउमा चार वटा पाङ्ग्रा देखेँ। प्रत्येक करूबको छेउमा एउटा पाङ्ग्रा थियो र ती पाङ्ग्रा क्रिसोलाइटजस्तै*+ चम्किन्थे। १० ती चारै वटा पाङ्ग्रा उस्तै देखिन्थे र प्रत्येक पाङ्ग्राभित्र अर्को पाङ्ग्रा भएजस्तै देखिन्थ्यो। ११ ती पाङ्ग्राहरू अघि बढ्दा कतै नमोडी चारै दिशातिर जान सक्थे। किनकि करूबहरूको शिर जतातिर फर्किएको हुन्थ्यो, ती पाङ्ग्रा पनि कतै नमोडी त्यतैतिर अगाडि बढ्थे। १२ ती करूबहरूको जीउ, ढाड, हात र पखेटाभरि आँखैआँखा थिए। अनि तिनीहरूको छेवैमा भएका चारै वटा पाङ्ग्राभरि पनि आँखैआँखा थिए।+ १३ अनि मैले ती पाङ्ग्राहरूलाई एउटा आवाजले यसो भनेको सुनेँ: “घुम्ने पाङ्ग्रा!”
१४ तिनीहरू प्रत्येकका* चार-चार वटा अनुहार थिए। पहिलो अनुहार करूबको थियो अनि दोस्रो मान्छेको, तेस्रो सिंहको र चौथोचाहिँ चीलको+ थियो।
१५ ती करूबहरू मैले केबार नदीमा+ देखेका जीवहरू नै थिए। ती करूबहरू मास्तिर उचालिन्थे १६ र करूबहरू जताजता जान्थे, ती पाङ्ग्राहरू पनि त्यतैत्यतै जान्थे। अनि जमिनबाट माथि जान करूबहरूले पखेटा मास्तिर फिँजाउँदा ती पाङ्ग्राहरू करूबहरूको छेउबाट हट्दैन थिए र घुम्दैन थिए।+ १७ तिनीहरू रोकिँदा पाङ्ग्राहरू पनि रोकिन्थे। तिनीहरू माथि उचालिँदा ती पनि सँगसँगै उचालिन्थे। किनकि ती जीवहरूलाई जस्तै पाङ्ग्राहरूलाई पनि पवित्र शक्तिले डोऱ्याउँथ्यो।
१८ त्यसपछि यहोवा परमेश्वरको महिमा+ मन्दिरको ढोकाको दलानबाट हट्यो र करूबहरूमाथि गएर टक्क अडियो।+ १९ मैले हेर्दाहेर्दै करूबहरूले आ-आफ्ना पखेटा फिँजाए र जमिनबाट मास्तिर उठे। तब पाङ्ग्राहरू पनि तिनीहरूसँगसँगै मास्तिर गए। तिनीहरू यहोवा परमेश्वरको मन्दिरको पूर्वतिरको ढोकामा रोकिए र तिनीहरूको मास्तिर इस्राएलका परमेश्वरको महिमा थियो।+
२० मैले केबार नदीमा इस्राएलका परमेश्वरको मुन्तिर देखेका जीवहरू तिनीहरू नै थिए।+ त्यसैले तिनीहरू करूबहरू रहेछन् भनेर मैले थाह पाएँ। २१ ती चारै वटा जीवका चार-चार वटा अनुहार र चार-चार वटा पखेटा थिए। तिनीहरूको पखेटामुनि मानिसको हातजस्तै देखिने केही थिए।+ २२ अनि तिनीहरूको अनुहार मैले केबार नदीमा देखेका जीवहरूको अनुहारजस्तै थियो।+ अनि तिनीहरू सीधा अघि बढ्थे।+
११ अनि एउटा शक्तिले* मलाई उचाल्यो र यहोवाको मन्दिरको पूर्वतिरको ढोकामा पुऱ्यायो।+ त्यहाँ मूलढोकामा मैले २५ जना मानिसलाई देखेँ, जो शासक+ थिए। यिनीहरूमध्ये अज्जुरका छोरा याजन्याह र बेनायाहका छोरा पलात्याह पनि थिए। २ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, षड्यन्त्र रच्ने र सहरलाई हानि पुऱ्याउने सल्लाह दिने मानिसहरू यिनीहरू नै हुन्। ३ यिनीहरू यसो भन्दै छन्: ‘घर बनाउने बेला भएन र?+ यो सहर* खड्कुँलो हो+ र हामी मासु हौँ।’
४ “त्यसैले यिनीहरूविरुद्ध भविष्यवाणी गर। हे मानिसको छोरा, भविष्यवाणी गर।”+
५ त्यसपछि यहोवाको पवित्र शक्ति ममाथि आयो+ र उहाँले मलाई यसो भन्नुभयो: “तिमीले यसो भन्नू, ‘यहोवा यसो भन्नुहुन्छ: “हे इस्राएलको घरानाका मानिसहरू हो, तिमीहरूको कुरा ठीक हो। तिमीहरू के सोच्दै छौ, मलाई थाह छ। ६ तिमीहरूले गर्दा यस सहरका थुप्रै मानिसले आफ्नो ज्यान गुमाएका छन्; सहरका बाटोभरि लासैलास छन्।”’”+ ७ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरूले सहरभरि फालेका लासचाहिँ मासु हो र यो सहर खड्कुँलो हो।+ तर तिमीहरू भने सहरबाट बाहिर निकालिनेछौ।’”
८ “‘तिमीहरू तरबारदेखि डराउँछौ, होइन?+ म तिमीहरूलाई तरबारले प्रहार गर्नेछु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ९ ‘म तिमीहरूलाई सहरबाट बाहिर ल्याउनेछु, विदेशीहरूको हातमा सुम्पनेछु र तिमीहरूलाई दण्ड दिनेछु।+ १० तिमीहरू तरबारले मारिनेछौ।+ म तिमीहरूलाई इस्राएलको सिमानामै दण्ड दिनेछु+ र म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+ ११ तिमीहरूको लागि यो सहर खड्कुँलो हुनेछैन; तिमीहरू त्यसभित्रको मासु पनि हुनेछैनौ। म तिमीहरूलाई इस्राएलको सिमानामै दण्ड दिनेछु १२ र म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ। किनकि तिमीहरू मेरो नीतिनियमअनुसार चलेनौ र तिमीहरूले मेरा ऐनकानुन पालन गरेनौ+ बरु वरपरका जातिहरूको ऐनकानुन पालन गऱ्यौ।’”+
१३ मैले यो भविष्यवाणी गर्नेबित्तिकै बेनायाहका छोरा पलात्याह मरे। अनि म भुईँमा घोप्टो परेँ र ठूलो स्वरले यसो भन्दै कराएँ: “हाय! ब्रह्माण्डका मालिक यहोवा! के अब इस्राएलका बाँकी मानिसहरूलाई पनि तपाईँ नाश गर्नुहुन्छ?”+
१४ तब यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १५ “हे मानिसको छोरा, तिम्रा दाजुभाइ, जससित तिम्रो पुर्ख्यौली जमिन फेरि किन्ने अधिकार छ, तिनीहरूलाई र पूरै इस्राएलको घरानालाई यरुसलेमवासीले यसो भनेका छन्, ‘यहोवादेखि टाढै बस। यो भूमि हाम्रो हो, यो हामीलाई दिइएको हो।’ १६ त्यसैले यसो भन: ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, “मैले तिनीहरूलाई टाढाका जातिहरूकहाँ पठाए पनि र देशदेशमा तितरबितर पारिदिए पनि+ तिनीहरू गएको भूमिमा म केही समयको निम्ति तिनीहरूको पवित्र स्थान* हुनेछु।”’+
१७ “त्यसैले यसो भन: ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, “तितरबितर भएर तिमीहरू जुन-जुन देश अनि जातिकहाँ पुग्यौ, म त्यहाँबाट तिमीहरूलाई जम्मा गरेर ल्याउनेछु र इस्राएल देश दिनेछु।+ १८ तिनीहरू फर्कनेछन् र त्यहाँबाट घिनलाग्दा मूर्ति र घिनलाग्दा काम सबै हटाउनेछन्।+ १९ म तिनीहरू सबैलाई एकजुट पार्नेछु+ र तिनीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिनीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु।+ २० तब तिनीहरू मेरा विधिविधानअनुसार चल्नेछन् र मेरा फैसलाहरू पालन गर्नेछन्। अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।”’
२१ “‘“तर घिनलाग्दा मूर्ति पुज्न र घिनलाग्दा काम गर्न नछोड्नेहरूलाई भने तिनीहरूको कामको नतिजा म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु,” ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’”
२२ त्यसपछि करूबहरूले पखेटा मास्तिर उठाए। अनि पाङ्ग्राहरू तिनीहरूका छेवैमा थिए।+ तिनीहरूको मास्तिर इस्राएलका परमेश्वरको महिमा थियो।+ २३ तब यहोवा परमेश्वरको महिमा+ सहरको मास्तिरबाट उठ्यो र पूर्वतिरको डाँडामाथि बस्यो।+ २४ त्यसपछि दर्शनमा* एउटा शक्तिले* मलाई उचाल्यो र कल्दियामा निर्वासित मेरा मानिसहरूकहाँ पुऱ्यायो। अनि मैले देखिरहेको त्यो दर्शन अन्त भयो। २५ तब यहोवा परमेश्वरले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासनमा भएका मानिसहरूलाई बताएँ।
१२ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, तिमी विद्रोही घरानाका मानिसहरूबीच बस्दै छौ। तिनीहरूको आँखा त छ तर देख्दैनन्; कान त छ तर सुन्दैनन्।+ किनभने तिनीहरू विद्रोही घराना हुन्।+ ३ हे मानिसको छोरा, निर्वासनमा जानको लागि सामान पोको पार। अनि दिउँसो तिनीहरूले हेरिरहेको बेला निर्वासनमा जाऊ। तिनीहरूले हेरिरहेकै बेला घरबाट निस्क र अर्को ठाउँमा जाऊ। तिनीहरू विद्रोही घराना भए पनि सायद तिनीहरूले बुझ्लान् कि? ४ दिउँसो तिनीहरूले हेरिरहेकै बेला तिम्रो पोको बाहिर ल्याऊ अनि साँझ तिनीहरूले हेरिरहेकै बेला निर्वासित हुन लागेझैँ गरी निस्क।+
५ “तिनीहरूले हेरिरहेकै बेला भित्तामा प्वाल पार र त्यहीँबाट आफ्नो पोको बाहिर निकाल।+ ६ अँध्यारो भएपछि तिनीहरूले हेरिरहेकै बेला पोको काँधमा बोकेर निस्क। अनि भुईँ नदेख्नेगरि आफ्नो अनुहार छोप। किनभने इस्राएलको घरानाको निम्ति म तिमीलाई एउटा चिन्ह बनाउँदै छु।”+
७ मलाई आज्ञा गरिएअनुसारै मैले सबै गरेँ। निर्वासनमा जान लागेझैँ गरी मैले दिउँसो आफ्नो पोको बाहिर ल्याएँ र साँझ भित्तामा हातैले प्वाल पारेँ। अनि अँध्यारो भएपछि तिनीहरूकै अगाडि पोको काँधमा राखेर निस्किएँ।
८ बिहान यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: ९ “हे मानिसको छोरा, इस्राएलको घराना, त्यो विद्रोही जातिले तिमीलाई ‘यो के तमासा गरेको’ भनेर सोधेन? १० तिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “यो यरुसलेमका कुलनायक+ र सहरमा भएको इस्राएलको घरानालाई मैले दिन लागेको दण्डको घोषणा हो।”’
११ “तिनीहरूलाई यसो भन, ‘म तिमीहरूको लागि चिन्ह हुँ।+ मैले जे-जे गरेँ, तिनीहरूलाई पनि त्यही गरिनेछ। तिनीहरू निर्वासनमा लगिनेछन्।+ १२ तिनीहरूका कुलनायक आफ्नो पोको काँधमा बोकेर अँध्यारोमा निस्कनेछन्। तिनले सहरको पर्खालमा प्वाल पार्नेछन् र आफ्नो पोको बोकेर त्यहाँबाट निस्कनेछन्।+ भुईँ नदेख्नेगरि तिनले आफ्नो अनुहार छोप्नेछन्।’ १३ म तिनीमाथि आफ्नो जाल हान्नेछु र तिनी मेरो जालमा पर्नेछन्।+ त्यसपछि म तिनलाई कल्दियालीहरूको देश बेबिलोनमा ल्याउनेछु तर तिनले त्यो देश देख्न पाउनेछैनन् र त्यहीँ तिनी मर्नेछन्।+ १४ तिनका सबै सहयोगी र तिनको सेना, जो तिनको वरपर रहन्छन्, तिनीहरू सबैलाई म चारैतिर तितरबितर पारिदिनेछु+ र म तरबार थुतेर तिनीहरूलाई खेद्नेछु।+ १५ तिनीहरूलाई अरू जातिबीच र देश-देशमा तितरबितर पारेपछि म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्। १६ तर म तिनीहरूमध्ये केहीलाई भने तरबार, अनिकाल र महामारीबाट उम्कन दिनेछु र तिनीहरूले आफू जहाँ गए पनि मानिसहरूलाई आफूले गरेका सबै घृणित कामबारे बताउनेछन्। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।”
१७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १८ “हे मानिसको छोरा, थरथर काँप्दै रोटी खाऊ; चिन्तित र व्याकुल हुँदै पानी पिऊ।+ १९ अनि देशवासीहरूलाई यसो भन, ‘इस्राएलको यरुसलेममा बस्नेहरूलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “त्यहाँका बासिन्दाहरू हिंस्रक भएकोले+ भूमि पूरै उजाड हुनेछ।+ त्यसैले तिनीहरूले व्याकुल हुँदै रोटी खानेछन् र डरैडरमा पानी पिउनेछन्। २० मानिसहरूले भरिभराउ सहरहरू नाश हुनेछन् र देश उजाड हुनेछ।+ तब तिमीहरूले म नै यहोवा हुँ भनेर जान्नेछौ।”’”+
२१ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २२ “हे मानिसको छोरा, इस्राएलमा चल्दै आएको यो उखान के हो: ‘दिनहरू बित्दै जान्छन् तर एउटा पनि दर्शन* पूरा हुँदैन’?+ २३ त्यसैले तिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म यो उखानको अन्त गरिदिनेछु र इस्राएलमा फेरि कहिल्यै यो उखान चलाइनेछैन।”’ तर तिनीहरूलाई यसो भन, ‘दिन नजिकै छ+ र एक-एक दर्शन पूरा हुनेछ।’ २४ त्यसपछि इस्राएलको घरानामा कसैले पनि झूटा दर्शन देख्नेछैन र जोखना हेरेर फुस्लाउने* कुरा गर्नेछैन।+ २५ ‘ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: “किनकि म यहोवा तिमीहरूसित बोल्नेछु। मेरो मुखबाट निस्कने वचनले बियाँलो गर्नेछैन।+ ए विद्रोही घरानाका मानिसहरू, मैले जे बोलेँ, तिमीहरूकै जीवनकालमा+ त्यो पूरा पनि गर्नेछु।”’”
२६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २७ “हे मानिसको छोरा, इस्राएलका मानिसहरू* यसो भन्दै छन्, ‘त्यसले देखेको दर्शन धेरै पछि मात्र पूरा हुन्छ; त्यसले गरेको भविष्यवाणी पूरा हुने कहिले हो कहिले!’+ २८ त्यसैले तिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “‘मेरो हरेक वचन समयमै पूरा हुनेछ; मैले बोलेको कुरा अवश्य पुग्नेछ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”’”
१३ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, इस्राएलका भविष्यवक्ताहरूविरुद्ध भविष्यवाणी गर+ र मनगढन्ते भविष्यवाणी गर्नेहरूलाई यसो भन,+ ‘यहोवाको वचन सुन। ३ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “धिक्कार! मूर्ख भविष्यवक्ताहरू! तिनीहरू कुनै दर्शन नदेखे पनि आफूखुसी भविष्यवाणी गर्छन्।+ ४ हे इस्राएल, तिम्रा भविष्यवक्ताहरू खण्डहरमा बस्ने फ्याउराहरूजस्ता छन्। ५ इस्राएलको घरानाको निम्ति ढुङ्गाको पर्खालमा भत्किएका ठाउँहरू बनाउन तिमीहरू फेरि जानेछैनौ+ नत्र त यहोवाको युद्धको दिनमा इस्राएलीहरू खडा भइरहनेछन्।”+ ६ “यहोवाले पठाउँदै नपठाए तापनि ‘यहोवा यसो भन्नुहुन्छ’ भन्नेहरूले झूटो दर्शन* देखेका छन् र झूटो भविष्यवाणी गरेका छन् अनि तिनीहरू त्यो पूरा होस् भनेर आशा गर्छन्।+ ७ मैले तिमीहरूलाई केही नभने पनि तिमीहरू ‘यहोवा यसो भन्नुहुन्छ’ भन्छौ। के यो झूटो दर्शन अनि झूटो भविष्यवाणी होइन र?”’
८ “‘त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “‘तिमीहरूले झूटो बोलेकोले र तिमीहरूको दर्शन झूट भएकोले म तिमीहरूविरुद्ध खडा भएको छु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”+ ९ झूटा दर्शन देख्नेहरू र झूटा भविष्यवाणी गर्नेहरूमाथि म आफ्नो हात उठाउनेछु।+ तिनीहरू मेरा नजिकका मित्रहरूमध्ये हुन पाउनेछैनन्; तिनीहरूको नाम न इस्राएलको घरानाको सूचीमा लेखिनेछ न त तिनीहरू इस्राएलमा फर्कन नै पाउनेछन्। तब म नै ब्रह्माण्डको मालिक यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+ १० किनकि तिनीहरूले शान्ति नहुँदा पनि “शान्ति छ” भनेर मेरा मानिसहरूलाई बहकाएका छन्।+ कमजोर भित्ता बनाएर तिनीहरू त्यसमा चुन पोत्छन्।’*+
११ “चुन पोत्नेहरूलाई भित्ता भत्किनेछ भनिदेऊ। घनघोर वर्षा हुनेछ, असिना पर्नेछ र ठूलो आँधीले त्यसलाई भत्काउनेछ।+ १२ भित्ता ढलेपछि तिमीहरूलाई यसो भनेर सोधिनेछ, ‘तिमीहरूले पोतेको चुन खोइ कता गयो?’+
१३ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तिमीहरूसित असाध्यै रिसाएको छु। त्यसैले ठूलो आँधी चलाएर, घनघोर पानी अनि ठूलठूला असिना बर्साएर म आफ्नो रिस पोख्नेछु। १४ तिमीहरूले चुन पोतेको भित्ता जगसमेत उदाङ्ग हुनेगरि म भुईँमा ढालिदिनेछु। सहर ढल्दा तिमीहरू पनि नाश हुनेछौ। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’
१५ “‘पर्खाल र त्यसमा चुन पोत्नेहरूमाथि म आफ्नो भएभरको रिस पोखाउनेछु र म तिमीहरूलाई यसो भन्नेछु: “पर्खाल भत्कियो र त्यसमा चुन पोत्नेहरू पनि मरे।+ १६ यरुसलेमबारे भविष्यवाणी गर्ने र शान्ति नहुँदा पनि शान्ति छाएको दर्शन देख्ने इस्राएलका ती भविष्यवक्ताहरू अब छैनन्,”’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१७ “हे मानिसको छोरा, तिमीचाहिँ मनगढन्ते भविष्यवाणी गर्ने इस्राएलका छोरीहरूतिर हेरेर तिनीहरूविरुद्ध भविष्यवाणी गर। १८ तिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “धिक्कार छ ती स्त्रीहरूलाई! तिनीहरू मानिसहरूलाई पासोमा पार्न नाप-नापको जन्तर र शिर ढाक्ने घुम्टो बनाउँछन्। के तिमीहरू मेरा मानिसहरूलाई मार्न पासो थापेर आफ्नो ज्यान जोगाउन खोज्दै छौ? १९ मुठीभर जौ र दुई-चार टुक्रा रोटीको लागि+ तिमीहरूले मर्नु नपर्ने मानिसहरूलाई माऱ्यौ र मर्नु पर्ने मानिसहरूलाई चाहिँ बचायौ। मेरा मानिसहरूसित झूटो बोलेर तिमीहरूले त्यसो गऱ्यौ र तिनीहरूले पनि तिमीहरूको कुरा सुने।+ यस्तो काम गरेर के तिमीहरू मेरा मानिसहरूबीच मेरो अपमान गर्छौ?”’
२० “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘हे स्त्रीहरू हो, चरा पक्रन पासो थापेझैँ मानिसहरूलाई पासो थाप्न तिमीहरूले चलाउने जन्तरको विरुद्धमा म छु। म त्यो तिमीहरूको पाखुराबाट खोस्नेछु र तिमीहरूले चरालाई झैँ पासोमा पार्न खोजेका मानिसहरूलाई छुटाउनेछु। २१ तिमीहरूले बनाएको शिर ढाक्ने घुम्टो म च्यातिदिनेछु र तिमीहरूको हातबाट मेरा मानिसहरूलाई छुटाउनेछु। अनि तिनीहरू कहिल्यै तिमीहरूको सिकार हुनेछैनन्। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+ २२ मैले धर्मी मानिसलाई दुःख नदिँदा पनि तिमीहरूले झूटो बोलेर उसलाई दुःखी बनायौ।*+ अनि दुष्टले आफ्नो खराब मार्ग नत्यागोस् र आफ्नो ज्यान नजोगाओस् भनेर+ तिमीहरूले दुष्टलाई झन् हौसला दियौ।+ २३ त्यसैले ए स्त्रीहरू हो, तिमीहरूले अब फेरि झूटा दर्शनहरू देख्नेछैनौ र जोखना हेर्नेछैनौ।+ म आफ्ना मानिसहरूलाई तिमीहरूको हातबाट छुटाउनेछु। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’”
१४ अनि इस्राएलका केही नाइके आएर मेरो अगाडि बसे।+ २ तब यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: ३ “हे मानिसको छोरा, यिनीहरू आफ्ना घिनलाग्दा मूर्तिहरू* पुज्न छोड्दैनन् र मानिसहरू पापमा फसून् भनेर यिनीहरूले ठेस लाग्ने ढुङ्गो राखेका छन्। अब यिनीहरूले मलाई खोज्दा म किन जवाफ दिऊँ?+ ४ अब यिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “यदि कुनै इस्राएलीले घिनलाग्दा मूर्तिहरू पुज्न छोडेन र अरू मानिस पनि पापमा फसून् भनेर ठेस लाग्ने ढुङ्गो राखिदियो अनि फेरि भविष्यवक्ताकहाँ गएर सोधपुछ गऱ्यो भने उसले जत्ति धेरै मूर्ति पुजेको छ, त्यसैअनुसार म यहोवा उसलाई दण्ड दिनेछु। ५ इस्राएलको घरानाको मुटु काँप्नेगरि म त्रास फैलाउनेछु* किनकि तिनीहरू सबै मबाट टाढा भएका छन् र तिनीहरूले घिनलाग्दा मूर्तिहरू पुजेका छन्।”’+
६ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “आऊ, फर्केर आऊ। घिनलाग्दा मूर्तिहरू पुज्न छोड। तिमीहरूले गरिरहेका सबै घिनलाग्दा काम छोड।+ ७ किनकि यदि कुनै इस्राएली अथवा इस्राएलमा बसोबास गरिरहेको विदेशीले मलाई त्याग्यो, घिनलाग्दा मूर्तिहरू पुज्न छोडेन, अरू मानिस पनि पापमा फसून् भनेर ठेस लाग्ने ढुङ्गो राखिदियो अनि फेरि मेरो भविष्यवक्ताकहाँ गएर सोधपुछ गऱ्यो भने+ म यहोवा आफैले त्यसलाई जवाफ दिनेछु। ८ म त्यसको विरोधमा खडा हुनेछु अनि त्यसको हालत देखेर अरूले चेतावनी पाउनेछन् र त्यसबारे मानिसहरूबीच आहानै चल्नेछ। म त्यसलाई मेरा मानिसहरूको माझबाट नाश गर्नेछु।+ तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।”’
९ “‘तर यदि कुनै भविष्यवक्ताले धोकामा परेर केही भविष्यवाणी गऱ्यो भने त्यसलाई मूर्ख बनाउने म यहोवा नै हुँ।+ म त्यसविरुद्ध आफ्नो हात उठाउनेछु र त्यसलाई मेरा मानिसहरूबीचबाट नामेट पार्नेछु। १० तिनीहरूले आफ्नो गल्तीको सजाय भोग्नेछन्; सोध्ने मान्छेको गल्ती अनि जवाफ दिने भविष्यवक्ताको गल्ती बराबर हुनेछ। ११ त्यसपछि इस्राएलको घराना मबाट बरालिएर टाढा जानेछैन र आफ्नो अपराधले आफैलाई बिटुलो पार्नेछैन। अनि तिनीहरू मेरा मानिस हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१२ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई यसो भन्नुभयो: १३ “हे मानिसको छोरा, विश्वासघात गरेर कुनै देश मविरुद्ध चल्यो भने म त्यसमाथि आफ्नो हात उठाउनेछु अनि त्यसको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ म त्यहाँ अनिकाल ल्याउनेछु+ अनि मानिस र जनावरलाई नामेट पार्नेछु।”+ १४ “‘नुह,+ दानिएल+ र अय्युब+ त्यहाँ रहेछन् भने पनि ती तीन जनाले आफूले गरेको असल कामले आफ्नै ज्यान मात्र जोगाउन सक्नेछन्,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१५ “‘अथवा मानौँ, मैले देशमा हिंस्रक जङ्गली जनावरहरू पठाएँ अनि ती हिंस्रक जनावरहरूले देशलाई निर्जन* तुल्याइदिए अनि मानिसहरू त्यो देश भएर हिँड्न छोडेकोले देश उजाड भयो।+ १६ म आफ्नै कसम खाएर भन्छु कि त्यहाँ ती तीन जना मानिस रहेछन् भने पनि तिनीहरूले आफ्नै छोराछोरीलाई समेत जोगाउन सक्नेछैनन्। तिनीहरूले आफैलाई मात्र जोगाउन सक्नेछन् र देश निर्जन हुनेछ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१७ “‘अथवा मानौँ, मैले त्यस देशविरुद्ध तरबार पठाएँ+ र यसो भनेँ: “देशभरि तरबार चलोस्।” अनि तरबारले मानिस र जनावर दुवैलाई नाश गर्दा+ १८ त्यहाँ ती तीन जना मानिस रहेछन् भने पनि तिनीहरूले आफ्नै छोराछोरीलाई समेत जोगाउन सक्नेछैनन्। तिनीहरूले आफैलाई मात्र जोगाउन सक्नेछन्। यो कुरा म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१९ “‘अथवा मानौँ, मैले देशमा महामारी पठाएँ+ अनि त्यहाँबाट मानिस र जनावरलाई नाश गर्न रक्तपात मच्चाएर मेरो रिस पोखेँ। २० त्यहाँ नुह,+ दानिएल+ र अय्युब+ रहेछन् भने पनि तिनीहरूले आफ्नै छोराछोरीलाई समेत जोगाउन सक्नेछैनन्। तिनीहरूले गरेको असल कामले तिनीहरूलाई मात्र जोगाउनेछ।+ यो कुरा म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
२१ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘यरुसलेमबाट मानिस र जनावरको नामोनिसान मेट्न+ मैले यी चार थोक+—तरबार, अनिकाल, हिंस्रक जनावर र महामारी+ चलाएर दण्ड दिँदा यस्तै हुनेछ। २२ तर केही पुरुष र स्त्री त्यस विपत्तिबाट जोगिनेछन् र तिनीहरूलाई त्यहाँबाट बाहिर लगिनेछ।+ तिनीहरू तिमीहरूकहाँ आउनेछन्। अनि तिमीहरूले तिनीहरूको काम र व्यवहार देखेपछि मैले यरुसलेमलाई किन त्यस्तो दण्ड दिएको रहेछु अनि किन त्यसमाथि विपत्ति ल्याएको रहेछु भनेर तिमीहरूले बुझ्नेछौ।’”
२३ “‘जब तिमीहरूले तिनीहरूको काम र व्यवहार देख्नेछौ, तब तिमीहरूले बुझ्नेछौ कि मैले जे गरेँ, त्यो विनाकारण गरेको होइन रहेछु,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, वनका अरू रूख वा हाँगाबिँगाको तुलनामा अङ्गुरको बोटको काठलाई राम्रो मान्न सकिन्छ र? ३ त्यसको काठबाट बनेको डन्डाको के काम? मानिसहरू भाँडाकुँडा झुन्ड्याउन त्यसबाट किला बनाउँछन् र? ४ हेर, त्यो त आगो बाल्न मात्र काम लाग्छ। त्यसको दुई छेउ ह्वारह्वार्ती बल्छ र बीचको भाग डढ्छ। त्यसपछि त्यसको के काम? ५ अङ्गुरको बोटको काठ सिङ्गो हुँदा त कामलाग्दो थिएन भने आगोमा डढिसकेपछि झन् के काम?”
६ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘वनका रूखहरूमध्ये अङ्गुरको बोटको काठलाई आगो बाल्ने दाउरा बनाएझैँ म यरुसलेमका मानिसहरूलाई नाश गर्नेछु।+ ७ म तिनीहरूविरुद्ध कदम चाल्नेछु। तिनीहरू आगोको लप्कोबाट उम्केका छन् तर तिनीहरू आगोले नै भस्म हुनेछन्। जब म तिनीहरूविरुद्ध खडा हुनेछु, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’”+
८ “‘म तिनीहरूको देशलाई उजाड पार्नेछु+ किनकि तिनीहरू विश्वासघाती भए,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, यरुसलेम सहरलाई त्यसले गरेका घिनलाग्दा कामहरू बताऊ।+ ३ तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यरुसलेमलाई यसो भन्नुहुन्छ: “तँ कनानीहरूको देशमा जन्मिइस् र तेरो सुरुवात त्यहीँबाट भयो। तेरा बुबा एमोरी थिए+ र तेरी आमा हित्ती थिइन्।+ ४ तँ जन्मँदा कसैले तेरो नाल काटिदिएन, तँलाई पखालिदिएन, शरीरमा नुन दलिदिएन* र कपडाले गुटुमुटु पारेर बेरिदिएन। ५ कसैले टिठाएर तँलाई यीमध्ये केही पनि गरिदिएन। तँलाई कसैले दया देखाएन। बरु तँ खुला मैदानमा फालिइस् किनभने जन्मेको दिनदेखि नै तँ घृणाको पात्र भइस्।
६ “‘“तेरो छेउबाट जाँदा मैले तँलाई हातगोडा चलाउँदै रगतमा लतपतिरहेकी देखेँ र मैले यसो भनेँ: ‘म तँलाई मर्न दिन्नँ!’ हो, रगतमा लतपतिएकी तँलाई मैले भनेँ, ‘म तँलाई मर्न दिन्नँ!’ ७ जमिनमा उम्रने बोटहरूजस्तै मैले तँलाई बढाएर असङ्ख्य बनाएँ। तँ हुर्किइस् अनि दामी-दामी गरगहना लगाइस्। तेरा छाती उठे र केश पनि लामो भयो। तर तँ अझै पनि नाङ्गै थिइस्।”’
८ “‘म फेरि तेरो छेउबाट जाँदा तँ तरुनी भइसकेकी देखेँ। तँ मायाप्रीति गाँस्ने उमेरकी भइसकेकी थिइस्। त्यसैले तँलाई मेरो लुगा ओढाइदिएँ+ र तेरो लाज ढाकिदिएँ। अनि तँसित शपथ खाएँ र करार गरेँ। तँ मेरी भइस्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ९ ‘मैले तेरो शरीरमा लागेको रगत पखालिदिएँ र तेल लगाइदिएँ।+ १० त्यसपछि मैले तँलाई बुट्टा भरेको लुगा पहिराइदिएँ, राम्रो छालाको* जुत्ता दिएँ, तँलाई मलमलको* कपडा ओढाइदिएँ र दामी लुगा लगाइदिएँ। ११ मैले तँलाई सुन्दर गहना लगाइदिएर सिँगारेँ, तेरा हातमा बाला लगाइदिएँ र गलामा हार पहिराइदिएँ। १२ मैले तेरो नाकमा नत्थ र कानमा कुण्डल लगाइदिएँ अनि शिरमा सुन्दर मुकुट पनि पहिराइदिएँ। १३ तैँले आफूलाई सुनचाँदीले झकिझकाउ बनाइस्। तैँले मलमलको लुगा, महँगो अनि बुट्टा भरेको लुगा लगाइस्। तँ मसिनो पीठो, तेल र महबाट बनेका मीठामीठा खानेकुरा खान्थिस्। तँ रूपवती भइस्,+ रानी बन्न* सुहाउँदी।’”
१४ “‘तेरो सौन्दर्यले गर्दा तेरो नाम चारैतिर फिँजियो।+ मैले आफ्नै गौरव तँलाई पहिराइदिएकोले तेरो सौन्दर्य खोटरहित थियो,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१५ “‘तर तैँले आफ्नो सौन्दर्यमा घमन्ड गर्न थालिस्+ र तैँले आफ्नै ख्यातिको आड लिएर वेश्यावृत्ति गरिस्।+ तैँले सहरमा आउने जोसित पनि लाजै नमानी वेश्यागमन गर्न थालिस्+ र आफ्नो सौन्दर्य लुटाइस्। १६ तैँले आफ्ना केही लुगा लिएर आफ्नो लागि रङ्गीचङ्गी अग्ला थानहरू* बनाइस्। अनि त्यहाँ तैँले वेश्यावृत्ति गर्न थालिस्।+ तैँले यस्तो काम गरिस्, जुन गर्नु हुँदैनथ्यो र पछि पनि कहिल्यै गर्नु हुँदैन। १७ मैले दिएका सुनचाँदीका सुन्दर गरगहना पनि तैँले लगिस् र त्यसबाट पुरुषका मूर्तिहरू बनाइस् र तीसित वेश्यागमन गरिस्।+ १८ अनि बुट्टा भरेको आफ्नो लुगा तैँले ती मूर्तिहरूलाई* ओढाइदिइस् अनि मेरो तेल र धूप पनि चढाइस्।+ १९ मैले तँलाई खानको लागि दिएको मसिनो पीठो, तेल र महबाट बनेको रोटी पनि तैँले लगेर तिनीहरूको अघि चढाइस् ताकि तिनीहरू त्यसको सुगन्धित बास्नाले गर्दा खुसी होऊन्।+ हो, तैँले यस्तै गरिस्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
२० “‘तैँले मेरो निम्ति जन्माएका छोराछोरीलाई+ ती मूर्तिहरूको सामुन्ने बलि चढाइस्।+ के तेरो वेश्यावृत्ति हदै भएन र? २१ तैँले मेरा छोराहरूको हत्या गरिस् र तिनीहरूलाई आगोमा बलि चढाइस्।+ २२ यी सबै घिनलाग्दा कामहरू गर्दा र वेश्यावृत्तिमा लाग्दा तैँले आफ्नो बाल्यावस्था सम्झिनस्। त्यतिबेला तँ हातगोडा चलाउँदै आफ्नै रगतमा लतपतिएकी थिइस् अनि कसैले पनि तँलाई कपडाले गुटुमुटु पारेर बेरेको थिएन। २३ यस्ता दुष्ट काम गरेकोमा तँलाई धिक्कार छ! धिक्कार छ तँलाई!’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २४ ‘तैँले आफ्नो लागि ढिस्काहरू बनाइस् र चोकचोकमा अग्ला थानहरू बनाइस्। २५ तैँले हरेक दोबाटोमा अग्ला थानहरू बनाइस् र त्यहाँबाट हिँड्ने जोकोहीलाई आफ्नो शरीर सुम्पिस्।+ यसरी तैँले आफ्नो सौन्दर्यलाई घिनलाग्दो बनाइस्; तैँले गर्नुसम्म वेश्यावृत्ति गरिस्।+ २६ तैँले आफ्ना कामातुर छिमेकी मिश्रका* छोराहरूसित पनि वेश्यागमन गरिस्।+ तैँले कति जनासित वेश्यागमन गरिस्, गनेर साध्य छैन। यस्तो घिनलाग्दो काम गरेर तैँले मलाई रिस उठाइस्। २७ अब म तँमाथि आफ्नो हात उठाउनेछु र तेरो खानेकुरा घटाइदिनेछु।+ तँलाई घृणा गर्ने पलिस्तियालीहरूका छोरीहरूको हातमा म तँलाई सुम्पिदिनेछु।+ तेरो छाडापन देखेर तिनीहरूसमेत छक्क परेका थिए।+
२८ “‘तर तँ सन्तुष्ट हुन सकिनस्। त्यसैले तैँले अस्सेरियाका छोराहरूसित वेश्यागमन गरिस्।+ तैपनि तेरो मन भरिएन। २९ त्यसैले तैँले कनानीहरूसित* र कल्दियालीहरूसित पनि वेश्यागमन गरिस्।+ तर अझै तेरो मन भरिएन। ३० निर्लज्ज वेश्याले+ जस्तै तैँले यी सब काम गर्दा तेरो मन कत्ति कमजोर* भएको थियो,’* ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ३१ ‘तर तैँले दोबाटोमा ढिस्को बनाउँदा र चोकचोकमा अग्ला थानहरू बनाउँदा अरू वेश्याहरूले जस्तो पैसा लिन मानिनस्। ३२ तँ त आफ्नो पतिलाई छोडेर पराईसित सुत्ने व्यभिचारिणी स्वास्नी होस्!+ ३३ मानिसहरूले वेश्याहरूलाई पैसा* दिने गर्छन्।+ तर तँ त आफ्नो पछि लाग्ने कामुक मानिसहरूलाई पैसा दिन्छेस्।+ अनि घुस दिई-दिईकन चारैतिरका मानिसहरूलाई आफूकहाँ निम्त्याउँछेस्।+ ३४ वेश्यावृत्तिमा लाग्ने अरू स्त्रीहरूभन्दा तँ फरक छेस्। अरू कुनै वेश्याले तैँले जस्तो गर्दिन। किनकि तँकहाँ आउनेहरूसित पैसा लिनुको सट्टा तँ तिनीहरूलाई पैसा दिन्छेस्। तेरो तरिका उल्टो छ।’
३५ “त्यसैले ए वेश्या,+ यहोवाको वचन सुन्। ३६ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले कामवासनाले जलेर आफ्ना प्रेमीहरू र घिनलाग्दा मूर्तिहरूसित*+ वेश्यावृत्ति गरिस् र आफ्नो लाज देखाइस्। तैँले आफ्ना छोराहरूको रगतसमेत तिनीहरूलाई चढाइस्।+ ३७ त्यसैले तैँले सन्तुष्ट पारिदिएका तेरा प्रेमीहरू सबैलाई र तैँले घृणा गर्ने सबैलाई म जम्मा गर्नेछु। तिनीहरू सबैलाई म तँविरुद्ध उठाउनेछु र तिनीहरूसामु तँलाई निर्वस्त्र पार्नेछु। तिनीहरूले तँलाई नाङ्गो देख्नेछन्।+
३८ “‘अनि व्यभिचारिणीहरू+ र रक्तपात गर्ने स्त्रीहरूलाई+ जस्तो दण्ड दिइन्छ, म तँलाई त्यस्तै दण्ड दिनेछु अनि क्रोध र ईर्ष्यामा म तेरो रगत बगाउनेछु।+ ३९ म तँलाई तिनीहरूको हातमा सुम्पिदिनेछु र तैँले बनाएका ढिस्काहरू र अग्ला थानहरू तिनीहरूले भत्काइदिनेछन्।+ तिनीहरूले तँलाई निर्वस्त्र पारिदिनेछन्।+ तेरा सुन्दर गरगहना पनि खोस्नेछन्।+ तिनीहरूले तँलाई नाङ्गो पारेर छोडिदिनेछन्। ४० तिनीहरूले तँविरुद्ध भीड जम्मा पार्नेछन्,+ तँलाई ढुङ्गाले हिर्काउनेछन्+ र तरबारले काट्नेछन्।+ ४१ तिनीहरूले तेरा घरहरूमा आगो लगाउनेछन्+ र थुप्रै स्त्रीको आँखाकै सामुन्ने तँलाई दण्ड दिनेछन्। यसरी म तेरो वेश्यावृत्तिको अन्त गरिदिनेछु+ र आफ्ना प्रेमीहरूलाई तैँले पैसा दिन छोड्नेछेस्। ४२ तब तँविरुद्ध मेरो क्रोध शान्त हुनेछ+ र मेरो रिस थामिनेछ।+ त्यसपछि म शान्त हुनेछु र रिसाउनेछैनँ।’
४३ “‘तैँले आफ्नो बाल्यावस्था सम्झिनस्+ र यी सबै काम गरेर मलाई रिस उठाइस्। यसैकारण अब म तेरो कामको नतिजा तेरै थाप्लोमा खन्याइदिनेछु। त्यसपछि तैँले छाडा र घिनलाग्दा कामहरू गर्नेछैनस्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
४४ “‘हेर्, उखान भन्नेहरू सबैले तेरो बारेमा यो उखान भन्नेछन्: “जस्ती आमा, उस्तै छोरी!”+ ४५ तँ ठ्याक्कै तेरी आमाजस्तै छेस्। तेरी आमाले पनि आफ्नो पति र छोराछोरीलाई तुच्छ सम्झन्थी। अनि तँ ठ्याक्कै तेरा दिदीबहिनीजस्तै छेस्। तिनीहरू पनि आफ्ना पति र छोराछोरीलाई तुच्छ सम्झन्थे। तेरी आमा हित्ती थिइन् र बुबाचाहिँ एमोरी थिए।’”+
४६ “‘सामरिया तेरी दिदी हो।+ ऊ आफ्ना छोरीहरूसित* तेरो उत्तरतिर* बस्छे।+ अनि तेरी बहिनीचाहिँ सदोम हो।+ ऊ आफ्ना छोरीहरूसित तेरो दक्षिणतिर* बस्छे।+ ४७ तैँले उनीहरूको चालचलन र घिनलाग्दा कामहरूको सिको मात्र गरिनस् तर हेर्दाहेर्दै तैँले उनीहरूलाई पनि उछिनिस् र हरेक कुरामा तँ उनीहरूभन्दा भ्रष्ट भइस्।’+ ४८ ‘म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘तँ र तेरा छोरीहरूले जत्तिको दुष्ट काम त तेरी बहिनी सदोम र उसका छोरीहरूले समेत गरेका छैनन्। ४९ हेर्, तेरी बहिनी सदोमको गल्ती यही हो: सदोम र उसका छोरीहरू+ घमन्डी थिए।+ उनीहरूसित प्रशस्त खानेकुरा थियो+ र उनीहरू सुख-चैनले बसिरहेका थिए।+ तर उनीहरूले गरिबहरूलाई मदत गरेनन्।+ ५० उनीहरूले अहङ्कार गर्न छोडेनन्+ र मेरो दृष्टिमा घिनलाग्दा कामहरू गरी नै रहे।+ त्यसैले मैले उनीहरूलाई नाश गर्नुपऱ्यो।+
५१ “‘तेरो तुलनामा सामरियाले+ गरेको गल्ती आधा पनि छैन। तैँले आफ्ना दिदीबहिनीले भन्दा यति धेरै घिनलाग्दा काम गरिस् कि तेरा दिदीबहिनी नै तँभन्दा धर्मी देखिन्छन्।+ ५२ यसरी तैँले आफ्ना दिदीबहिनीलाई धर्मी ठहराएकीले* अब तैँले बेइज्जती भोग्नुपर्नेछ। तैँले उनीहरूले भन्दा घिनलाग्दा कामहरू गरेकीले उनीहरू तँभन्दा धर्मी देखिन्छन्। त्यसैले अब लज्जित हो र तेरा कर्तुतहरूले गर्दा तेरा दिदीबहिनी नै धर्मी देखिन पुगेकोमा बेइज्जती भोग्।’
५३ “‘सदोम र उसका छोरीहरूले कैद गरेका मानिसहरूलाई अनि सामरिया र उसका छोरीहरूले कैद गरेका मानिसहरूलाई म जम्मा पार्नेछु। उनीहरूसितै म तैँले कैद गरेकाहरूलाई पनि जम्मा पार्नेछु।+ ५४ अनि तैँले बेइज्जती भोग्नेछेस् र तेरा सबै काम देखेर उनीहरूले सान्त्वना पाएकोले तँ अपमानित हुनेछेस्। ५५ तेरी बहिनी सदोम र उसका छोरीहरूको सुदिन फर्कनेछ र तेरी दिदी सामरिया र उसका छोरीहरू पनि पहिलेकै अवस्थामा फर्कनेछन्। अनि तँ पनि आफ्ना छोरीहरूसँगै पहिलेकै अवस्थामा फर्कनेछेस्।+ ५६ तेरो अहङ्कार चढेको बेलामा तँ आफ्नी बहिनी सदोमको नाम लिन समेत इन्कार गर्थिस्। ५७ किनभने त्यतिबेला तेरो दुष्ट्याइँ उदाङ्ग भइसकेको थिएन।+ अहिले सिरियाका छोरीहरू र उनका छिमेकीहरूले तेरो अपमान गर्छन् र तेरो वरपर भएका पलिस्तियाली छोरीहरूले+ तेरो खिसी गर्छन्। ५८ तैँले आफ्नो छाडा र घिनलाग्दा कामहरूको नतिजा भोग्नेछेस्,’ यहोवा घोषणा गर्नुहुन्छ।
५९ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले मसित जस्तो व्यवहार गरिस्, अब म तँसित त्यस्तै व्यवहार गर्नेछु।+ किनभने मसित गरेको करार तोडेर तैँले मेरो शपथलाई तुच्छ ठानिस्।+ ६० तर तँ तरुनी हुँदा मैले तँसित गरेको करार म बिर्सनेछैनँ र तँसित सदाको लागि करार गर्नेछु।+ ६१ आफ्ना दिदीबहिनीलाई स्विकारेपछि तैँले आफ्ना कर्तुतहरू सम्झनेछेस् र लज्जित महसुस गर्नेछेस्।+ म उनीहरूलाई तेरा छोरीहरूको रूपमा दिनेछु तर तँसित गरेको करारको कारणले त होइन।’
६२ “‘म आफै तँसित करार गर्नेछु। तब म नै यहोवा हुँ भनेर तैँले जान्नेछेस्। ६३ तैँले गरेका सबै गल्तीको बाबजुद म तँलाई क्षमा दिनेछु।+ तब आफ्ना गल्तीहरू सम्झेर तँ लज्जित हुनेछेस् र मुख खोल्न समेत सर्माउनेछेस्,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, एउटा अड्को थाप र इस्राएलको घरानाबारे एउटा दृष्टान्त बताऊ।+ ३ तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “ठूला-ठूला र लामा-लामा पखेटा भएको अनि रङ्गीबिरङ्गी प्वाँख भएको एउटा ठूलो चील+ लेबनानमा आयो+ र देवदारको रूखको टुप्पो चुँडायो।+ ४ त्यसले टुप्पोको कलिलो डाँठ चुँडायो र व्यापारीहरूको देशमा* त्यो लग्यो अनि त्यहाँको एउटा सहरमा रोप्यो।+ ५ त्यसले लेबनानबाट केही बिउ पनि ल्यायो+ र मलिलो माटोमा लगेर रोप्यो। प्रशस्त पानी भएको ठाउँमा बैँसको रूख सप्रेझैँ त्यो पनि सप्रोस् भनेर त्यसले त्यो बिउ रोप्यो। ६ त्यो बिउ अङ्कुरायो र बढेर अङ्गुरको होचो बोट बन्यो।+ त्यसका पातहरू मुन्तिर फर्केका थिए र त्यसका जरा पनि जमिनमुनि फैलिए। यसरी त्यो बढ्यो र अङ्गुरको बोट बन्यो। त्यसमा मुनाहरू पलाए र त्यसका हाँगाहरू झाङ्गिए।+
७ “‘“त्यसपछि ठूला-ठूला र लामा-लामा पखेटा भएको+ अर्को ठूलो चील+ त्यहाँ आयो। चीलले पानी देओस् भनेर त्यो अङ्गुरको बोटले आतुर हुँदै आफ्नो जरा त्यो चीलतिर फर्कायो। आफ्ना हाँगाहरू र पातहरू पनि त्यसले त्यही चीलतिरै फर्कायो।+ ८ तर त्यसमा प्रशस्त हाँगा लागोस्, लटरम्म फल फलोस् र त्यो झ्याम्म परेको बोट बनोस् भनेर त्यसलाई पहिले नै प्रशस्त पानी भएको मलिलो जमिनमा रोपिएको थियो।”’+
९ “तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “त्यो अब फस्टाउँछ र? कसैले त्यसका जराहरू उखेल्दैन र?+ त्यसका फलहरू कुहिएर अनि मुनाहरू सुकेर जाँदैनन् र?+ त्यो सुकेर खङ्ग्रङ्ङ हुनेछ। त्यसलाई जरैदेखि उखेल्न न बलियो पाखुरा न त थुप्रै मान्छे नै चाहिनेछ। १० त्यसलाई अन्तै सारे पनि त्यो सप्रन्छ र? पूर्वको बतासले हिर्काउँदा त्यो सुकेर खङ्ग्रङ्ङै हुनेछैन र? त्यो त उम्रिएकै ठाउँमा सुकेर जानेछ।”’”
११ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १२ “त्यो विद्रोही घरानालाई यसो भन, ‘के तिमीहरू यसको अर्थ बुझ्दैनौ? हेर, बेबिलोनका राजा यरुसलेम आए र त्यहाँका राजा र भारदारहरूलाई आफूसितै लिएर गए।+ १३ तिनले राजघरानाकै एक जनासित+ करार गरे र तिनलाई शपथ खान लगाए।+ त्यसपछि तिनले यरुसलेमका गण्यमान्य मानिसहरूलाई आफूसितै लगे।+ १४ त्यो राज्य बलियो हुन नसकोस् भनेर तिनले त्यसो गरेका थिए। तिनीसित गरेको करार पूरा गरेर मात्र त्यो अस्तित्वमा रहन सक्थ्यो।+ १५ तर पछि यरुसलेमका राजाले विद्रोह गरे।+ तिनले मिश्रमा सन्देशवाहकहरू पठाएर युद्धको निम्ति घोडाहरू+ र विशाल सेना+ मगाए। तर तिनी सफल होलान् र? यस्तो काम गर्नेले सजाय पाउँदैन र? आफूले गरेको करार तोडेर के तिनी उम्कन सक्लान् र?’+
१६ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु: राजा* बेबिलोनमै मर्नेछन्। तिनलाई राजा बनाउने राजाकै* देशमा तिनी मर्नेछन्। किनकि तिनले त्यहाँका राजाको शपथलाई तुच्छ ठाने र करार तोडे।+ १७ जब युद्धको बेला धेरैको ज्यान लिन यरुसलेमवरिपरि पर्खाल र घेरा-मचानहरू* बनाइनेछ, तब फारोको* शक्तिशाली र असङ्ख्य सेनाले पनि केही गर्न सक्नेछैन।+ १८ राजाले शपथलाई तुच्छ ठाने र करार तोडे। तिनले वचन दिएर पनि त्यो पूरा गरेनन्। तिनी त्यसै उम्कनेछैनन्।”’
१९ “‘त्यसैकारण ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु: मेरो शपथलाई तिनले तुच्छ ठानेकोले+ र मसित गरेको करारलाई तोडेकोले म त्यसको दोष तिनकै थाप्लोमा खन्याइदिनेछु। २० म तिनीमाथि आफ्नो जाल फिँजाउनेछु र तिनी मेरो जालमा पर्नेछन्।+ मलाई धोका दिएकोले म तिनलाई बेबिलोनमा पुऱ्याउनेछु र त्यहाँ तिनलाई दण्ड दिनेछु।+ २१ ज्यान जोगाएर तिनको सेनाबाट भागेकाहरू सबै तरबारले काटिनेछन्। बाँकी रहेकाहरूचाहिँ चारैतिर तितरबितर पारिनेछन्।+ तब म यहोवाले नै यसो भनेको हुँ भनेर तिमीहरूले थाह पाउनेछौ।”’+
२२ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म देवदारको अग्लो रूखको टुप्पोको हाँगा भाँच्नेछु+ र त्यसलाई रोप्नेछु। त्यसको टुप्पोबाट म एउटा कलिलो डाँठ लिनेछु+ र म आफै एउटा अग्लो डाँडामा त्यसलाई रोप्नेछु।+ २३ म त्यसलाई इस्राएलको एउटा अग्लो डाँडामा लगेर रोप्नेछु। त्यसमा हाँगा पलाउनेछन्, फल लाग्नेछन् र त्यो झ्याम्म परेको देवदारको ठूलो रूख बन्नेछ। अनि सबै किसिमका चराचुरुङ्गी त्यसमा बास बस्नेछन् र त्यसको छहारीमा आउनेछन्। २४ अनि मैदानका सबै रूखले यो कुरा जान्नेछन् कि ठूलो रूखलाई ढाल्ने र सानो रूखलाई बढाउने+ अनि हरियो रूखलाई सुकाउने र सुकेको रूखलाई हरियो पार्ने+ म यहोवा नै हुँ। म यहोवाले नै यसो भनेको र गरेको हुँ।”’”
१८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ इस्राएलमा चलेको यो उखानको अर्थ के हो, ‘अमिलो अङ्गुर खाए बुबाले, दाँत कुँडियो छोराको’?+
३ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु: तिमीहरूले इस्राएलमा यो उखान फेरि कहिल्यै भन्नेछैनौ। ४ हेर, सबैको जीवन* मेरै हो। बुबाको अनि छोराको; दुवैको जीवन मेरै हो। जसले* पाप गर्छ, त्यही मर्छ।
५ “‘मानौँ, एक जना धर्मी मानिसले सधैँ न्यायसङ्गत अनि सही काम गर्छ। ६ उसले डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खाँदैन;+ इस्राएलीहरूका घिनलाग्दा मूर्तिहरूलाई* ढोग्दैन; छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन+ र महिनावारी भएकी स्त्रीसित सम्बन्ध राख्दैन;+ ७ कसैलाई दुर्व्यवहार गर्दैन+ बरु ऊसित सापटी लिनेले राखेको बन्धकी फिर्ता गर्छ;+ कसैलाई लुट्दैन+ बरु भोकोलाई आफ्नै खानेकुरा दिन्छ+ र नाङ्गोलाई लुगा दिन्छ;+ ८ कसैसित ब्याज लिँदैन न त धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिन्छ+ अनि कसैलाई अन्याय पनि गर्दैन+ र दुई व्यक्तिबीच निष्पक्ष न्याय गर्छ+ ९ अनि वफादार भएर मेरा विधिविधान तथा फैसलाहरू पालन गर्छ। यस्तो मानिस धर्मी मानिस हो र ऊ पक्कै बाँच्नेछ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१० “‘तर मानौँ, उसको छोराचाहिँ लुटेरा+ भयो अथवा हत्यारा+ भयो अथवा यीमध्ये कुनै पनि गलत काम गर्ने भयो: ११ (तर उसको बुबाले भने यस्ता कुनै पनि गलत काम गरेको छैन) डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खाने, छिमेकीकी पत्नीलाई बिटुलो पार्ने, १२ खाँचोमा परेको मानिस र गरिबलाई दुर्व्यवहार गर्ने,+ अरूलाई लुट्ने, बन्धकी फिर्ता नगर्ने, घिनलाग्दा मूर्तिहरूलाई ढोग्ने,+ घिनलाग्दा रीतिथिति मान्ने,+ १३ ब्याज लिने वा धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिने।+ यस्तो छोरा बाँच्नेछैन। उसले गरेका यस्ता घिनलाग्दा कामले गर्दा ऊ पक्कै मारिनेछ। उसको रगतको दोष उसकै थाप्लोमा पर्नेछ।
१४ “‘तर मानौँ, एउटा बुबा छ र बुबाले गरेको सबै गलत काम छोराले देख्छ। तर त्यो देखेर पनि उसले बुबाले जस्तै गर्दैन। १५ उसले डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खाँदैन; इस्राएलीहरूका घिनलाग्दा मूर्तिहरूलाई ढोग्दैन; छिमेकीकी पत्नीलाई बिटुलो पार्दैन; १६ कसैलाई दुर्व्यवहार गर्दैन; अरूलाई लुट्दैन; बन्धकी फिर्ता दिन्छ; भोकोलाई आफ्नै खानेकुरा दिन्छ र नाङ्गोलाई लुगा दिन्छ; १७ गरिबलाई थिचोमिचो गर्दैन; ब्याज लिँदैन वा धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिँदैन र मेरा फैसलाहरू तथा विधिविधान पालन गर्छ। यस्तो मानिस उसको बुबाको गलत कामले गर्दा मर्दैन। ऊ पक्कै बाँच्नेछ। १८ तर बुबाले भने आफ्नो गल्तीको सजाय पाउनेछ र मर्नेछ। किनकि बुबाले जालसाजी गऱ्यो, आफ्नै भाइबन्धुलाई लुट्यो र आफ्ना मानिसहरूलाई हानि पुऱ्यायो।
१९ “‘तर तिमीहरू सोधौला: “बुबाले गरेको गल्तीको सजाय छोराले किन भोग्नुपर्दैन?” छोराले न्यायसङ्गत अनि सही काम गरेकोले र मेरा विधिविधान पालन गरेकोले ऊ पक्कै बाँच्नेछ।+ २० किनकि जसले* पाप गर्छ, त्यही मर्छ।+ बुबाको गल्तीको सजाय छोराले भोग्नुपर्नेछैन। त्यसैगरि छोराको गल्तीको सजाय बुबाले भोग्नुपर्नेछैन। धर्मी मानिसले गरेको असल कामको फल ऊ आफैले पाउनेछ र दुष्ट मानिसले गरेको दुष्ट कामको फल पनि ऊ आफैले पाउनेछ।+
२१ “‘यदि कुनै दुष्ट मानिसले आफ्नो दुष्ट काम त्याग्छ अनि मेरा विधिविधान पालन गर्छ र न्यायसङ्गत अनि सही काम गर्छ भने ऊ पक्कै बाँच्नेछ, ऊ मर्नेछैन।+ २२ उसले पहिले गरेको कुनै पनि अपराधको लेखा लिइनेछैन।*+ असल काम गरिरहेकोले ऊ बाँच्नेछ।’+
२३ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘दुष्ट मर्दा म खुसी हुन्छु र?+ के म उसले खराब काम त्यागेर बाँचेको हेर्न चाहन्नँ र?’+
२४ “‘तर कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम* गऱ्यो र दुष्ट मानिसले गर्ने सबै घिनलाग्दा काम गऱ्यो भने ऊ बाँच्नेछ र? उसले पहिला गरेको कुनै पनि असल काम याद गरिनेछैन।+ ऊ मर्नेछ किनकि उसले धोका दियो र पाप गऱ्यो।+
२५ “‘तर तिमीहरू भनौला: “यहोवाको काम न्यायसङ्गत छैन।”+ हे इस्राएलको घराना, सुन! मेरो काम न्यायसङ्गत छैन?+ मेरो होइन, तिमीहरूको काम पो न्यायसङ्गत छैन!+
२६ “‘कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम गऱ्यो र त्यसले गर्दा ऊ मऱ्यो भने ऊ आफ्नै गलत कामले गर्दा मरेको हुन्छ।
२७ “‘अनि कुनै दुष्ट मानिसले दुष्ट काम त्यागेर न्यायसङ्गत र सही काम गर्न थाल्यो भने उसले आफ्नो ज्यान* जोगाउनेछ।+ २८ उसले आफ्नो गल्ती स्विकाऱ्यो र पाप गर्न छोड्यो भने ऊ निश्चय बाँच्नेछ, ऊ मर्नेछैन।
२९ “‘तर इस्राएलको घरानाले यसो भन्ला: “यहोवाको काम न्यायसङ्गत छैन।” हे इस्राएलको घराना, के मेरो काम साँच्चै न्यायसङ्गत छैन?+ मेरो होइन बरु तिमीहरूको काम पो न्यायसङ्गत छैन!’
३० “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘हे इस्राएलको घराना, म तिमीहरू प्रत्येकको काम हेरेर इन्साफ गर्नेछु।+ त्यसैले गल्ती गर्न छोड, दुष्ट काम गर्न चटक्कै छोडिहाल। नत्र त ती दुष्ट कामले गर्दा तिमीहरूले ठेस खानेछौ र तिमीहरू दोषी ठहरिनेछौ। ३१ त्यसैकारण पहिले-पहिले जे-जति पाप गऱ्यौ, अब ती सबै गर्न छोडिहाल+ अनि आफ्नो मन र विचार परिवर्तन गर।+ हे इस्राएलको घराना, तिमीहरू किन व्यर्थै मर्छौ?’+
३२ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘कोही मर्दा म खुसी हुन्नँ।+ त्यसैले दुष्ट काम गर्न छोड र बाँच!’”+
१९ “इस्राएलका कुलनायकहरूबारे एउटा शोकगीत गाऊ। २ यसो भन,
‘ओहो! तिम्री आमा, सिंहहरूसँगसँगै हिँड्ने सिंहनी!
जवान सिंहहरूबीच ढल्कने र डमरुहरू हुर्काउने सिंहनी!
३ सिहंनीले डमरुहरूमध्ये एउटालाई हुर्काई अनि त्यो डमरु बलियो जवान सिंह भयो।+
त्यसले सिकार गर्न सिक्यो,
मानिसहरूलाई समेत फहराउन थाल्यो।
४ जातिजातिका मानिसहरूले त्यसबारे सुने र त्यसलाई खाल्टोमा पासो थापेर पक्रे
अनि त्यसको नाकमा अङ्कुस लगाएर मिश्र देशमा ल्याए।+
५ सिंहनीले आफ्नो डमरु फर्केला कि भनेर पर्खिई तर त्यो फर्केन र सिंहनीको आशा मऱ्यो।
त्यसैकारण त्यसले अर्को डमरुलाई हुर्काउन थाली र त्यसलाई पनि बलियो जवान सिंह बनाई।
६ त्यो पनि अरू सिंहसँगसँगै हिँड्न थाल्यो र बलियो जवान सिंह भयो।
त्यसले पनि सिकार गर्न सिक्यो र मानिसहरूलाई समेत फहराउन थाल्यो।+
७ मानिसहरूका बलिया किल्लाहरूमा त्यो चाल मारेर पस्यो र सहरहरू तहसनहस पाऱ्यो।
त्यसको गर्जन उजाड देशभरि सुनियो।+
८ त्यसलाई पक्रन चारैतिरबाट जातिजातिका मानिसहरू आए।
तिनीहरूले जाल बिछ्याए र त्यो खाल्टोमा पऱ्यो।
९ तिनीहरूले त्यसलाई अङ्कुसले तानेर खोरमा हाले र बेबिलोनका राजाकहाँ लगे।
अनि इस्राएलका डाँडाहरूमा त्यसको गर्जन फेरि कहिल्यै नसुनियोस् भनेर तिनीहरूले त्यसलाई थुने।
१० तिम्री आमा खोलाको छेउमा रोपेको अङ्गुरको बोटजस्तै* थिई।+
प्रशस्त पानी भएकोले त्यसले फल फलायो र त्यसका हाँगाबिँगा फैलिए।
११ राजदण्ड नै बनाउन मिल्नेगरि त्यसका हाँगाहरू बलिया भए।
अङ्गुरको बोट बढ्यो र बढ्दै गएर त्यो अरू रूखभन्दा अग्लो भयो,
अग्लो भएकोले र झ्याम्म परेकोले टाढैबाट त्यो छर्लङ्गै देखिन्थ्यो।
१२ तर रिसको झोँकमा त्यसलाई उखेलियो+ र जमिनमा फ्याँकियो,
पूर्वीय बतासले गर्दा त्यसको फल सुक्यो।
त्यसका बलिया हाँगाहरू भाँचिए र सुके+ अनि आगोले ती खरानी भए।+
१३ त्यसलाई फेरि उजाड भूमिमा रोपियो,
पानी नभएको सुक्खा ठाउँमा त्यो रोपियो।+
१४ त्यसका हाँगाहरूबाट आगो फैलियो र त्यसका कलिला हाँगाहरू अनि फलहरू खरानी भए।
त्यसका बलिया हाँगाहरू एउटै बाँकी रहेन, शासकको राजदण्ड बनाउन लायकको हाँगासमेत बाँकी रहेन।+
“‘यो शोकगीत हो र शोकगीत नै रहिरहनेछ।’”
२० सातौँ वर्षको पाँचौँ महिनाको १० औँ दिनमा इस्राएलका केही नाइके यहोवाको विचार बुझ्न मकहाँ आए र मेरो सामुन्ने बसे। २ तब यहोवाको यो वचन मकहाँ आयो: ३ “हे मानिसको छोरा, अब इस्राएलका नाइकेहरूसित बोल र तिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “तिमीहरू मकहाँ के सोध्न आयौ? ‘म आफ्नै कसम खाएर भन्छु, म तिमीहरूलाई जवाफ दिन्नँ’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”’
४ “हे मानिसको छोरा, के तिमी तिनीहरूको न्याय गर्न* तयार छौ? तिमी साँच्चै तयार छौ? तिनीहरूका पुर्खाले गरेका घिनलाग्दा कामहरू तिनीहरूलाई बताइदेऊ।+ ५ तिनीहरूलाई भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “इस्राएललाई छानेको दिनमा+ मैले याकुबका सन्तानसित शपथ पनि खाएँ र मिश्र देशमा मैले तिनीहरूसामु आफूलाई चिनाएँ।+ हो, मैले तिनीहरूसित शपथ खाएँ र भनेँ, ‘म यहोवा तिमीहरूका परमेश्वर हुँ।’ ६ त्यस दिन मैले तिनीहरूलाई मिश्र देशबाट निकालेर तिनीहरूको लागि छानेको देशमा—दूध र मह बग्ने देशमा लैजानेछु भनेर शपथ खाएँ।+ त्यो संसारकै सबैभन्दा सुन्दर देश थियो। ७ त्यसपछि मैले तिनीहरूलाई भनेँ, ‘तिमीहरूले आफूसित भएका सबै घिनलाग्दा कुरा फ्याँकिदेओ; मिश्रका घिनलाग्दा मूर्तिहरूले* आफूलाई बिटुलो नपार।+ म यहोवा तिमीहरूका परमेश्वर हुँ।’+
८ “‘“तर तिनीहरूले मेरो विद्रोह गरे र मेरो कुरा पटक्कै सुन्न चाहेनन्। तिनीहरूले आफूसित भएका घिनलाग्दा कुराहरू फ्याँकेनन् र मिश्रका घिनलाग्दा मूर्तिहरू पुज्न पनि छोडेनन्।+ त्यसैले मैले मिश्रमा तिनीहरूमाथि आफ्नो क्रोध दन्काउने र भएभरको रिस पोखाउने प्रतिज्ञा गरेँ। ९ तर तिनीहरू बसिरहेका जातिहरूमाझ मेरो नाममा कलङ्क नलागोस् भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+ किनकि तिनीहरूलाई* मिश्रबाट छुटाएर ल्याउँदा मैले ती जातिहरूमाझ आफूलाई तिनीहरूसामु* चिनाएँ।+ १० त्यसैले मैले तिनीहरूलाई मिश्रबाट निकालेर निर्जनभूमिमा ल्याएँ।+
११ “‘“मैले तिनीहरूलाई मेरा विधिविधान तथा फैसलाहरू बताएँ+ ताकि ती पालन गर्ने मानिसहरू जीवित रहन सकून्।+ १२ तिनीहरूलाई पवित्र गर्ने म यहोवा नै हुँ भनेर तिनीहरूले जानून् भनी मैले तिनीहरू र मबीच चिन्हको रूपमा+ विश्रामदिन* पनि दिएँ।+
१३ “‘“तर इस्राएलको घरानाले निर्जनभूमिमा मेरो विद्रोह गऱ्यो।+ तिनीहरूले मेरा विधिविधान मानेनन् अनि मेरा फैसलाहरू तिरस्कार गरे, जुन पालन गरेमा मानिस जीवित रहन सक्छ। तिनीहरूले मेरो विश्रामदिनलाई पूर्णतया बिटुलो पारे। त्यसैले मैले तिनीहरूमाथि निर्जनभूमिमा आफ्नो रिस पोखेर तिनीहरूको नामोनिसान मेटिदिने प्रतिज्ञा गरेँ।+ १४ तर मैले जुन जातिहरूको सामुन्नेबाट तिनीहरूलाई* निकालेर ल्याएको थिएँ, तिनै जातिहरूमाझ मेरो नाममा कलङ्क नलागोस् भनेर मैले आफ्नो नामको खातिर कदम चालेँ।+ १५ तिनीहरूको लागि भनेर मैले दिएको दूध र मह बग्ने देश,+ जुन संसारकै सबैभन्दा सुन्दर देश थियो, त्यहाँ तिनीहरूलाई लैजानेछैनँ भनेर पनि मैले निर्जनभूमिमा तिनीहरूसँग शपथ खाएँ।+ १६ किनकि तिनीहरूले मेरा फैसलाहरू मानेनन्, मेरा विधिविधान पालन नगरेर मेरो विश्रामदिनलाई बिटुलो पारे। तिनीहरूको मन घिनलाग्दा मूर्तिहरूमै भएकोले मैले यस्तो शपथ खाएँ।+
१७ “‘“तर तिनीहरूलाई देखेर मलाई दया लाग्यो। त्यसैले मैले तिनीहरूलाई नाश गरिनँ। मैले निर्जनभूमिमा तिनीहरूको नामोनिसान मेटिनँ। १८ निर्जनभूमिमा मैले तिनीहरूका छोराहरूलाई यसो भनेँ,+ ‘तिमीहरूका पुर्खाहरू जुन नीतिनियममा चले, तिमीहरू त्यसमा नचल।+ तिनीहरूको सिद्धान्त पालन नगर र तिनीहरूका घिनलाग्दा मूर्तिहरूले आफूलाई बिटुलो नपार। १९ म यहोवा तिमीहरूका परमेश्वर हुँ। मेरा विधिविधान र फैसलाहरूबमोजिम चल।+ २० मेरो विश्रामदिनलाई पवित्र मान+ अनि त्यो तिमीहरू र मबीच चिन्ह हुनेछ। अनि म यहोवा तिमीहरूका परमेश्वर हुँ भनेर तिमीहरूले जान्नेछौ।’+
२१ “‘“तर तिनीहरूका छोराहरूले पनि मेरो विद्रोह गर्न थाले।+ तिनीहरूले मेरा विधिविधान उल्लङ्घन गरे र मेरा फैसलाहरू पालन गरेनन्, जुन पालन गरेमा मानिसले आफ्नो जीवन बचाउन सक्छ। तिनीहरूले मेरो विश्रामदिनलाई बिटुलो पारे। त्यसैले मैले निर्जनभूमिमा तिनीहरूमाथि आफ्नो क्रोध दन्काउने र भएभरको रिस पोखाउने प्रतिज्ञा गरेँ।+ २२ तर मैले जुन जातिहरूको सामुन्नेबाट तिनीहरूलाई* निकालेर ल्याएको थिएँ, तिनै जातिहरूमाझ मेरो नाममा कलङ्क नलागोस् भनेर मैले आफूलाई रोकेँ+ र आफ्नो नामको खातिर कदम चालेँ।+ २३ साथै मैले निर्जनभूमिमा तिनीहरूलाई जातिजातिमाझ र ठाउँठाउँमा तितरबितर पारिदिने शपथ खाएँ।+ २४ किनभने तिनीहरूले मेरा फैसलाहरू पालन गरेनन्, मेरा विधिविधान उल्लङ्घन गरे+ र मेरो विश्रामदिनलाई बिटुलो पारे अनि आफ्ना पुर्खाका घिनलाग्दा मूर्तिहरूको पछि लागी नै रहे।+ २५ साथै मैले तिनीहरूलाई यस्ता नीतिनियम मान्न दिएँ, जसले तिनीहरूको भलो गर्दैन थियो र यस्ता फैसलाहरू पालन गर्न दिएँ, जसले तिनीहरूको जीवन बचाउँदैन थियो।+ २६ तिनीहरूले आफ्नो पहिलो सन्तानलाई आगोमा बलि चढाएर+ आफैलाई बिटुलो पार्दा मैले रोकिनँ। तिनीहरूलाई नाश गर्न र म नै यहोवा हुँ भनेर चिनाउन मैले त्यसो गरेँ।”’
२७ “त्यसैले हे मानिसको छोरा, इस्राएलको घरानालाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “तिमीहरूका पुर्खाले यसरी नै मलाई धोका दिएर मेरो निन्दा गरेका थिए। २८ तिनीहरूलाई दिन्छु भनेर शपथ खाएको देशमा मैले तिनीहरूलाई ल्याएँ।+ तर जब तिनीहरूले अग्ला-अग्ला डाँडा र झ्याम्म परेका रूखहरू देखे,+ तब त्यहाँ बलि चढाउन थाले र घिनलाग्दा भेटीहरू चढाए। मीठो बास्ना आउने बलि र मद्यभेटी* पनि चढाए। २९ त्यसैले मैले तिनीहरूलाई सोधेँ, ‘तिमीहरू त्यो अग्लो थानमा* किन जान्छौ? (त्यस ठाउँलाई आजसम्म पनि अग्लो थान भनिन्छ।)’”’+
३० “अब इस्राएलको घरानालाई भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “घिनलाग्दा मूर्तिहरू पुजेर के तिमीहरू पनि आफ्ना पुर्खाले जस्तै वेश्यावृत्ति* गर्छौ र आफूलाई बिटुलो पार्छौ?+ ३१ घिनलाग्दा मूर्तिहरूलाई पुजेर र आफ्ना सन्तानलाई आगोमा बलि चढाएर के तिमीहरू आफूलाई अझै बिटुलो पार्छौ?+ हे इस्राएलको घराना, म तिमीहरूलाई किन जवाफ दिऊँ?”’+
“‘म आफ्नै कसम खाएर भन्छु, म तिमीहरूलाई जवाफ दिन्नँ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ३२ ‘अनि तिमीहरू मनमनै भन्छौ, “आओ, हामी अरू जातिजस्तै बनौँ, ती देशका मानिसहरूजस्तै, जो ढुङ्गा र काठका देवताहरूलाई पुज्छन्।”*+ तर तिमीहरूको यो इच्छा कहिल्यै पूरा हुनेछैन।’”
३३ “‘म आफ्नै कसम खाएर भन्छु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म राजाको रूपमा तिमीहरूमाथि शक्तिशाली र पराक्रमी हातले* शासन गर्नेछु र तिमीहरूमाथि आफ्नो क्रोध खन्याउनेछु।+ ३४ शक्तिशाली र पराक्रमी हातले अनि क्रोध खन्याउँदै म तिमीहरूलाई जातिजातिहरूको बीचबाट निकालेर ल्याउनेछु र ती ठाउँहरूबाट जम्मा गर्नेछु, जहाँ तिमीहरूलाई तितरबितर पारिएको थियो।+ ३५ म तिमीहरूलाई जातिजातिहरूको निर्जनभूमिमा ल्याउनेछु र त्यहाँ आमनेसामने तिमीहरूको इन्साफ गर्नेछु।+
३६ “‘मैले मिश्र देशको निर्जनभूमिमा तिमीहरूका पुर्खाको इन्साफ गरेझैँ म तिमीहरूको पनि इन्साफ गर्नेछु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ३७ ‘म तिमीहरूलाई गोठालोको लौरोमुनिबाट छिर्न लगाउनेछु+ र तिमीहरूलाई करारको बन्धनमा बाँध्नेछु। ३८ तर म तिमीहरूमाझ भएका विद्रोहीहरू र मेरो विरुद्धमा पाप गर्नेहरूलाई हटाउनेछु।+ तिनीहरू प्रवासी भएर बसेको ठाउँबाट म तिनीहरूलाई निकालेर ल्याउनेछु तर तिनीहरू इस्राएलमा पस्न पाउनेछैनन्।+ तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’
३९ “हे इस्राएलको घराना, तिमीहरूलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘जाओ, आफूसित भएका घिनलाग्दा मूर्तिहरू पुज।+ तर त्यसपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने तिमीहरूले यसको परिणाम भोग्नुपर्नेछ। तिमीहरूले आफ्ना बलिदानहरू र घिनलाग्दा मूर्तिहरूद्वारा मेरो पवित्र नाममा फेरि कलङ्क लगाउन सक्नेछैनौ।’+
४० “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘मेरो पवित्र डाँडामा, इस्राएलको डाँडामा+ इस्राएलको सम्पूर्ण घरानाले मेरो सेवा गर्नेछ।+ म तिमीहरूलाई ग्रहण गर्नेछु र तिमीहरूले चढाएका सबै पवित्र कुरा—भेटीहरू र उब्जनीको पहिलो फल स्विकार्नेछु।+ ४१ मैले तिमीहरूलाई तितरबितर पारेको ठाउँबाट र जातिजातिहरूको माझबाट निकालेर ल्याएपछि तिमीहरूले चढाएको भेटीको मीठो बास्नाले गर्दा म तिमीहरूदेखि खुसी हुनेछु।+ अनि जातिजातिसामु म तिमीहरूमाझ आफ्नो पवित्रता प्रकट गर्नेछु।’+
४२ “‘तिमीहरूका पुर्खालाई दिन्छु भनेर शपथ खाएको इस्राएल देशमा तिमीहरूलाई पुऱ्याएपछि+ म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।+ ४३ अनि त्यहाँ तिमीहरूले आफ्नो व्यवहार र कामहरूद्वारा कसरी आफूलाई बिटुलो पाऱ्यौ भनेर सम्झनेछौ+ अनि आफ्ना खराब कामहरू सम्झेर आफैलाई घृणा गर्नेछौ।+ ४४ हे इस्राएलको घराना, म तिमीहरूको दुष्ट र भ्रष्ट कामअनुसार होइन बरु आफ्नो नामको खातिर कदम चाल्छु भनेर जब तिमीहरूले बुझ्नेछौ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
४५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: ४६ “हे मानिसको छोरा, दक्षिणतिर हेर, त्यसविरुद्ध भविष्यवाणी गर; दक्षिणको वनविरुद्ध भविष्यवाणी गर। ४७ दक्षिणको वनलाई भन्नू, ‘यहोवाको वचन सुन्। ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म तँविरुद्ध आगो सल्काउनेछु+ र त्यसले तँकहाँ भएका सबै रूख भस्म पार्नेछ, चाहे ती हरिया होऊन् वा सुकेका। यो दन्केको आगो निभ्नेछैन+ र दक्षिणदेखि उत्तरसम्म सबैको अनुहार डढ्नेछ। ४८ आगो निभ्नेछैन र म यहोवाले नै त्यो आगो लगाएको हुँ भनेर सबैले देख्नेछन्।”’”+
४९ अनि मैले भनेँ: “हे ब्रह्माण्डका मालिक यहोवा, तिनीहरू मलाई यसो भन्दै छन्, ‘यसले अड्को मात्र थापेको होइन र?’”
२१ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, यरुसलेमतिर फर्क र त्यसका पवित्र ठाउँहरूविरुद्ध घोषणा गर। इस्राएलविरुद्ध भविष्यवाणी गर। ३ इस्राएललाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “म तिमीविरुद्ध खडा भएको छु। म आफ्नो म्यानबाट तरबार थुत्नेछु+ र धर्मी अनि दुष्ट दुवैलाई नाश गर्नेछु। ४ धर्मी र दुष्ट दुवैलाई नाश गर्नकै लागि म आफ्नो तरबार म्यानबाट थुत्नेछु र दक्षिणदेखि उत्तरसम्म सबै मानिसलाई नाश गर्नेछु। ५ तब म्यानबाट तरबार थुत्ने म यहोवा नै हुँ भनेर सबैले जान्नेछन्। मेरो तरबार म्यानमा त्यसै फिर्ता जानेछैन।”’+
६ “हे मानिसको छोरा, तिमीचाहिँ डरले काँप्दै* सुस्केरा हाल। तिनीहरूसामु जोडले सुस्केरा हाल।+ ७ ‘तिमी किन सुस्केरा हाल्दै छौ’ भनेर तिनीहरूले सोधे भने ‘नराम्रो खबर सुनेकोले’ भन्नू। हो, विनाश पक्कै आउनेछ। तिनीहरू प्रत्येकको हृदय त्रासले भरिनेछ, तिनीहरूका हात लुला हुनेछन्, तिनीहरू सबै हताश हुनेछन् र तिनीहरूका घुँडा भिज्नेछन्।*+ ‘यो कुरा पूरा हुनेछ, पक्कै पूरा हुनेछ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: ९ “हे मानिसको छोरा, यस्तो भविष्यवाणी गर, ‘यहोवा परमेश्वर भन्नुहुन्छ: “तिमीले यसो भन्नू, ‘तरबार! सान लगाइएको र टल्काइएको तरबार!’+ १० ठूलो संहार गर्न त्यसमा सान लगाइएको छ र बिजुली चम्किएझैँ चम्किनेगरि त्यसलाई टल्काइएको छ।”’”
तब मानिसहरूले सोधे, “त्यसोभए हामीसित रमाउने कुनै कारणै छैन त?”
तर परमेश्वरले भन्नुभयो, “‘रूखलाई काटेझैँ के त्यो तरबारले* मेरो आफ्नै छोराको राजदण्डलाई पनि काट्नेछैन र?+
११ “‘त्यो तरबार टल्काउन सान लगाउनेको हातमा दिइयो। संहार गर्नेको हातमा सुम्पिन त्यो तरबार टल्काइयो र त्यसमा सान लगाइयो।+
१२ “‘हे मानिसको छोरा, चिच्याऊ र विलाप गर।+ किनभने त्यो तरबार मेरा मानिसहरू र इस्राएलका सबै कुलनायकविरुद्ध आउँदै छ।+ मेरा मानिसहरूसँगसँगै ती कुलनायकहरू पनि तरबारले नाश हुनेछन्। त्यसैले शोक गर्दै तिघ्रा ठटाऊ। १३ तरबारको जाँच गरिएको छ।+ तरबारले राजदण्डलाई तिरस्कार गऱ्यो भने के हुन्छ? त्यसको* अस्तित्व रहँदैन,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१४ “हे मानिसको छोरा, भविष्यवाणी गर, थपडी मार र ठूलो स्वरमा तीन पटक ‘तरबार!’ भन। त्यो तरबारले मानिसहरूको ज्यान लिनेछ र ठूलो संहार गर्नेछ।+ १५ तिनीहरू डरले थरथराउनेछन्+ र मूलढोकामा मुर्छा परेर ढल्नेछन्। म तरबारले विध्वंस मच्चाउनेछु! संहार गर्न त्यसमा सान लगाइएको छ र बिजुली चम्किएझैँ चम्किनेगरि त्यसलाई टल्काइएको छ। १६ तरबारले दायाँतिर हान! अनि तरबारलाई फनक्क घुमाएर बायाँतिर हान! तिमीलाई जता जान भनिन्छ, त्यतै गएर हान! १७ म पनि थपडी मार्नेछु र रिस शान्त पार्नेछु।+ म यहोवाले नै यसो भनेको हुँ।”
१८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १९ “तिमीले चाहिँ हे मानिसको छोरा, बेबिलोनका राजाको तरबारको लागि एउटा बाटोको नक्सा कोर। मूलबाटोबाट दुई वटा हाँगा छुट्टिएर फरक-फरक सहरतिर जाने बाटोको नक्सा कोर। त्यहीँ दोबाटोमा एउटा सङ्केतपाटी राख। २० अनि कुनचाहिँ बाटो अम्मोनीहरूको राब्बाहतिर+ जान्छ र कुनचाहिँ बाटो यहुदाको मजबुत सहर यरुसलेमतिर+ जान्छ, सङ्केतपाटीमा देखाऊ। २१ दोबाटोमा पुगेपछि बेबिलोनका राजाले जोखना हेर्नेछन्। तिनले काँड छान्न ठोक्रो हल्लाउनेछन्, आफ्ना देवताहरूसित* सोधपुछ गर्नेछन् र कलेजोमा हेर्नेछन्।* २२ जोखना हेर्दा तिनको दायाँ हातले यरुसलेमतिर जाने सङ्केत दिनेछ। त्यसपछि बख्तरबन्द गाडीहरू तयार पार्न, मृत्युको घोषणा गर्न, युद्धको बिगुल फुक्न, मूलढोकाहरू भत्काउनको लागि बख्तरबन्द गाडी तयार पार्न, घेरा-मचान* बनाउन र यरुसलेमलाई घेरा हाल्न तिनी अघि बढ्नेछन्।+ २३ तर उनीहरूसित* शपथ खाएका यरुसलेमका बासिन्दाहरूले तिनले हेरेको जोखनामा विश्वास गर्नेछैनन्।+ तर तिनले भने यरुसलेमका बासिन्दाहरूको दोष सम्झनेछन् र तिनीहरूलाई कैद गर्नेछन्।+
२४ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरू आफैले आफ्नो पाप उदाङ्ग पारेका छौ। तिमीहरूले गरेका सबै काममा तिमीहरूको पाप छर्लङ्गै देखिएको छ। तिमीहरूको कुकर्म याद गरिएको छ। हो, तिमीहरूका अपराध याद गरिएकोले नै तिमीहरू जबरजस्ती कैदमा लगिनेछौ।’
२५ “मरणासन्न हुनेगरि घाइते भएको हे इस्राएलको दुष्ट कुलनायक,+ तिमीले दण्ड पाउने दिन आएको छ। २६ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘पगरी उतार! मुकुट उतार!+ त्यो जस्ताको तस्तै रहनेछैन।+ तल खसालिएकोलाई उच्च पार+ र उच्च पारिएकोलाई तल खसाल।+ २७ बेकम्मा! बेकम्मा! म त्यसलाई बेकम्मा तुल्याइदिनेछु। जसको त्यस मुकुटमाथि अधिकार छ,+ उसैलाई मात्र म त्यो दिनेछु।+ ऊ नआउन्जेल त्यो कसैको हुनेछैन।’
२८ “अनि तिमीचाहिँ हे मानिसको छोरा, यसो भनेर भविष्यवाणी गर: ‘अम्मोनीहरू र तिनीहरूले गरेको अपमानबारे ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ, “तरबार! संहार गर्न एउटा तरबार थुतिएको छ। सबैलाई सखाप पार्न त्यसमा सान लगाइएको छ र बिजुली चम्किएझैँ चम्किनेगरि त्यसलाई टल्काइएको छ। २९ तिमीहरूबारे झूटो दर्शन* देखिएको छ र झूटो जोखना हेरिएको छ। तैपनि तिमीहरूलाई तरबारले मारिएका मानिसहरूको लासमाथि थुपारिनेछ, ती दुष्टहरूको लासमाथि, जसको विनाशको दिन आइसकेको छ। त्यो समय आइसकेको छ, जब तिनीहरूलाई सजाय दिएर तिनीहरूको नामोनिसान मेटिनेछ। ३० म्यानबाट थुतेको तरबार फेरि म्यानमै राख। तिमीहरूको जन्म भएको ठाउँमै, तिमीहरूको सुरुवात भएको ठाउँमै म तिमीहरूको न्याय गर्नेछु। ३१ म तिमीहरूमाथि आफ्नो रिस पोख्नेछु। मेरो क्रोधको आगो म तिमीहरूमाथि दन्काउनेछु। काटमार गर्न सिपालु र निर्दयी मानिसहरूको हातमा म तिमीहरूलाई सुम्पिनेछु।+ ३२ तिमीहरू आगोमा हालिने दाउराझैँ हुनेछौ।+ तिमीहरूको आफ्नै भूमिमा तिमीहरूको रगत बगाइनेछ। तिमीहरूको फेरि कहिल्यै सम्झना हुनेछैन किनकि म यहोवाले नै यसो भनेको हुँ।”’”
२२ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, के तिमी त्यो हत्यारा सहरमाथि न्यायदण्ड सुनाउन तयार छौ?*+ त्यसका घिनलाग्दा कामहरूबारे बताउन के तिमी तयार छौ?+ ३ तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “ए सहर! तिमी आफ्नै मानिसहरूको हत्या गर्छ्यौ,+ घिनलाग्दा मूर्तिहरू* बनाएर आफैलाई बिटुलो पार्छ्यौ,+ अब तिम्रो इन्साफको समय आएको छ।+ ४ तिमीले गरेको हत्याले गर्दा तिमी दोषी ठहरिएकी छ्यौ+ र तिम्रा घिनलाग्दा मूर्तिहरूले तिमीलाई अशुद्ध बनाएको छ।+ तिमीले आफ्नै विनाश निम्त्याएकी छ्यौ। तिम्रो अधर्मले गर्दा तिम्रो नाश नजिकै आएको छ। त्यसैले म तिमीलाई सबै जातिमाझ घृणाको पात्र बनाउनेछु र देशहरूले तिम्रो खिसी गर्नेछन्।+ ५ ए बदनामी र उपद्रवले भरिएकी सहर! तिम्रो वरपरका र टाढा-टाढाका देशहरूले तिम्रो खिसी गर्नेछन्।+ ६ तिमीमाझ भएका इस्राएलका हरेक कुलनायकले आफ्नो अख्तियारको दुरुपयोग गर्दै अरूको हत्या गर्छन्।+ ७ तिनीहरू आफ्नो बुबा र आफ्नी आमाको अपमान गर्छन्,+ विदेशीहरूलाई ठग्छन् अनि विधवा र अनाथमाथि* अत्याचार गर्छन्।”’”+
८ “‘मेरा पवित्र ठाउँहरूलाई तिमी तुच्छ ठान्छ्यौ र मेरो विश्रामदिनलाई* बिटुलो पार्छ्यौ।+ ९ अरूलाई दोषी ठहराएर हत्या गर्न खोज्ने मानिसहरू तिमीमाझ छन्।+ तिनीहरू डाँडामा मूर्तिहरूसामु बलि चढाएको चिज खान्छन् र छाडा काम गर्न छोड्दैनन्।+ १० तिनीहरू आफ्नै बुबाकी पत्नीसित सुत्छन्*+ र महिनावारीले अशुद्ध भएकी स्त्रीसित सम्बन्ध राख्छन्।+ ११ एउटाले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो व्यवहार गर्छ+ भने अर्कोले आफ्नै बुहारीसित छाडा काम गरेर उसलाई बिटुलो पार्छ+ अनि अर्कोचाहिँ आफ्नै बुबाबाट जन्मिएकी बहिनीको इज्जत लुट्छ।+ १२ अरूको हत्या गर्न तिम्रा मानिसहरू घुस लिन्छन्।+ तिमी ब्याज लिन वा नाफा कमाउन सापटी दिन्छ्यौ+ र आफ्ना छिमेकीहरूको पैसा धुत्छ्यौ।+ हो, तिमीले मलाई चटक्कै बिर्सेकी छ्यौ,’ ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ।
१३ “‘हेर, तिमीहरूको बेइमानीको कमाइ र तिमीहरूले गरेको रक्तपात देखेर म घिनाउँदै थपडी मार्छु। १४ मैले सजाय दिँदा के तिमी आफ्नो मुटु र पाखुरा दह्रो बनाइरहन सक्छ्यौ?+ म यहोवाले नै यसो भनेको हुँ र म तिमीलाई सजाय दिन्छु। १५ म तिमीलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारिदिनेछु+ र तिम्रो घिनलाग्दो कामको अन्त्य गरिदिनेछु।+ १६ अनि जातिजातिमाझ तिमीले बेइज्जती भोग्नुपर्नेछ। तब म नै यहोवा हुँ भनेर तिमीले जान्नेछ्यौ।’”+
१७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १८ “हे मानिसको छोरा, इस्राएलको घराना मेरो लागि कसरजस्तै बेकार भएको छ। तिनीहरू सबै आरनमा हालिएको तामा, टिन, फलाम र सिसाजस्तै छन्। तिनीहरू चाँदीको कसरझैँ भएका छन्।+
१९ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरू कसरजस्तै बेकार+ भएकाले म तिमीहरूलाई यरुसलेममा जम्मा गर्नेछु। २० जसरी चाँदी, तामा, फलाम, सिसा र टिनलाई जम्मा गरेर आरनमा हालिन्छ र आगो दन्काएर गलाइन्छ, म पनि मेरो रिस र मेरो क्रोध खन्याउँदै तिमीहरूलाई जम्मा गर्नेछु र आगो दन्काएर गाल्नेछु।+ २१ तिमीहरूलाई यरुसलेममा जम्मा गरेर म आफ्नो क्रोधको आगो तिमीहरूमाथि दन्काउनेछु+ र त्यहाँ तिमीहरू गल्नेछौ।+ २२ जसरी आरनमा चाँदी गल्छ, त्यसरी नै तिमीहरू पनि यरुसलेममा गल्नेछौ। तब म यहोवाले नै तिमीहरूमाथि क्रोध खन्याएको हुँ भनेर तिमीहरूले जान्नेछौ।’”
२३ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २४ “हे मानिसको छोरा, यरुसलेमलाई यसो भन, ‘मेरो क्रोधको दिनमा तिमी पखालिनेछैनौ र तिमीमाथि झरी बर्सनेछैन। २५ तिम्रा भविष्यवक्ताहरू षड्यन्त्र रच्छन्।+ तिनीहरू गर्जँदै आफ्नो सिकारलाई लुछलाछ पार्ने सिंहजस्ता छन्।+ ती भविष्यवक्ताहरू मानिसहरूलाई निल्न तिनीहरूमाथि जाइलाग्छन्। खरखजाना र बहुमूल्य कुराहरू तिनीहरू खोसेर लिन्छन्। तिनीहरूले गर्दा धेरै जना विधवा भएका छन्। २६ तिम्रा पुजारीहरूले मेरा आज्ञाहरू तोडेका छन्+ र तिनीहरू मेरा पवित्र ठाउँहरूलाई बिटुलो पार्छन्।+ कुन कुरालाई पवित्र मान्नुपर्छ अनि कुनलाई पर्दैन, त्यसको तिनीहरूलाई वास्तै छैन।+ शुद्ध के हो र अशुद्ध के हो, त्यो तिनीहरूले अरूलाई सिकाएकै छैनन्।+ तिनीहरू मेरो विश्रामदिन पालन गर्दैनन्। तिनीहरूले मेरो अपमान गरेका छन्। २७ तिम्रा शासकहरू आफ्नो सिकारलाई च्यातचुत पार्ने ब्वाँसाजस्ता छन्। तिनीहरू नाफा कमाउनलाई अरूको रगत बगाउँछन् र ज्यान लिन्छन्।+ २८ तर तिम्रा भविष्यवक्ताहरू भने ती शासकहरूका कुकर्मलाई चुनले पोतेर ढाकछोप गर्छन्। तिनीहरू झूटा दर्शन* देख्छन् र झूटा जोखना हेर्छन्+ अनि यहोवाले केही भन्दै नभन्नुभए पनि “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ” भन्छन्। २९ तिम्रा मानिसहरूले जालसाजी गरेका छन् र अरूलाई लुटेका छन्।+ गरिब र खाँचोमा परेकाहरूसित तिनीहरूले निर्दयी व्यवहार गरेका छन्। तिनीहरूले परदेशीहरूमाथि अन्याय गरेका छन् र तिनीहरूलाई ठगेका छन्।’
३० “‘सहरको पर्खाल मर्मत गरेर वा पर्खाल चर्केको ठाउँमा पहरा दिएर रक्षा गर्ने मानिस कोही छ कि भनेर मैले खोजेँ+ तर कोही पनि पाइनँ। ३१ त्यसैले म तिनीहरूमाथि आफ्नो रिस पोख्नेछु र मेरो क्रोधको आगोले तिनीहरूलाई भस्म गर्नेछु। तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याउनेछु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
२३ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, एउटी आमाकी दुइटी छोरी थिए।+ ३ तिनीहरू मिश्रमा वेश्या भए।+ तरुनी छँदै तिनीहरू वेश्यावृत्तिमा लागे। तिनीहरूका स्तन माडिए र तिनीहरूको कुमारी अवस्थाका स्तन मुसारिए। ४ दिदीचाहिँको नाम ओहोलाह* थियो र बहिनीचाहिँको नाम ओहोलिबाह* थियो। तिनीहरू मेरा भए र तिनीहरूले छोराछोरी जन्माए। ओहोलाह सामरिया हो+ र ओहोलिबाह यरुसलेम हो।
५ “मेरी हुँदाहुँदै पनि ओहोलाहले वेश्यावृत्ति गर्न थाली।+ आफ्नो कामवासना पूरा गर्न त्यो आफ्ना कामुक प्रेमी,+ आफ्ना छिमेकी अस्सेरियालीहरूकहाँ+ जान थाली। तिनीहरू त्यसको प्रेममा पागल भएका थिए। ६ त्यसका प्रेमीहरू निलो पोसाक लगाएका अस्सेरियाका राज्यपालहरू अनि उप-शासकहरू थिए। तिनीहरू सबै जना घोडामा सवार भएर हिँड्ने सुन्दर नौजवान थिए। ७ त्यसले अस्सेरियालीहरूका एक-से-एक सुन्दर छोराहरूसित वेश्यागमन गर्न थाली। आफू जोप्रति आसक्त भएकी थिई, तिनीहरूका घिनलाग्दा मूर्तिहरूद्वारा* पनि त्यसले आफूलाई बिटुलो पारी।+ ८ त्यो तरुनी छँदा तिनीहरू त्यससित सुतेका थिए। तिनीहरूले त्यो कुमारी छँदै त्यसका स्तन मुसारेका थिए र ज्यादै कामुक भएर त्यससित सम्भोग गरेका थिए।+ त्यसैले मिश्रबाट फर्केपछि पनि त्यसले वेश्यावृत्ति गर्न छोडिन। ९ त्यसैकारण जसको प्रेममा फसेर त्यो पागल अनि कामुक भएकी थिई, तिनै अस्सेरियालीहरूको+ हातमा मैले त्यसलाई सुम्पिदिएँ। १० तिनीहरूले त्यसको लाज उदाङ्ग पारे+ र त्यसका छोराछोरीलाई पक्रे।+ अनि त्यसलाई* तरबारले मारे। त्यो आइमाईहरूमाझ कुख्यात भई। तिनीहरूले त्यसलाई दण्ड दिए।
११ “दिदीको बेहोरा देखेर त्यसकी बहिनी ओहोलिबाह झनै कामुक भई र दिदीचाहिँले भन्दा झन् धेरै वेश्यावृत्ति गर्न थाली।+ १२ त्यो कामुक हुँदै आफ्ना छिमेकी अस्सेरियालीहरूका छोराहरूकहाँ जान थाली।+ तिनीहरू निलो पोसाक लगाएका अस्सेरियाका राज्यपालहरू अनि उप-शासकहरू थिए। तिनीहरू सबै जना घोडामा सवार भएर हिँड्ने सुन्दर नौजवान थिए। १३ त्यसले पनि आफूलाई बिटुलो पारी। आखिर ती दिदीबहिनी एउटै बाटोमा लागे।+ १४ तर बहिनीचाहिँले झन्झनै वेश्यावृत्ति गर्न थाली। त्यसले भित्तामा पुरुषहरूको अर्थात् कल्दियालीहरूको मूर्ति खोपिएको देखी। त्यसमा सिन्दूरे रङ्ग पोतिएको थियो। १५ कम्मरमा बाँधेको पेटी र शिरमा गुथेको पगरीको लामो फुर्कोले गर्दा ती मूर्तिहरू कल्दियामा जन्मिएका बेबिलोनी योद्धाहरूका मूर्तिजस्तै देखिन्थे। १६ ती मूर्तिहरू देख्नेबित्तिकै त्यो कामुक भई र तिनीहरूसित सम्बन्ध राख्न आतुर भई। त्यसले आफ्ना दूतहरूमार्फत कल्दियामा खबर पठाई।+ १७ त्यसैले बेबिलोनका छोराहरू त्यसकहाँ आउन थाले र त्यससित सुतेर* त्यसलाई बिटुलो पारे। तर बिटुलो भएपछि त्यसलाई तिनीहरूदेखि घिन लाग्यो र त्यो तिनीहरूसित टाढिई।
१८ “त्यसले पनि निर्लज्ज भएर वेश्यावृत्ति गरेकीले र आफ्नो लाज उदाङ्ग पारेकीले+ म घिनाउँदै त्योदेखि टाढिएँ, जसरी त्यसकी दिदीदेखि म टाढिएको थिएँ।+ १९ तरुनी छँदा मिश्रमा गरेको वेश्यावृत्ति सम्झँदै+ त्यसले झन् धेरै वेश्यावृत्ति गर्न थाली।+ २० गधाका र घोडाका जस्तै लिङ्ग भएका पुरुषहरूका रखौटीहरूजस्तै त्यो पनि आफ्ना प्रेमीहरूप्रति आसक्त भई। २१ तैँले आफू सानो छँदा मिश्रमा गरेको छाडा कामको लालसा गर्न थालिस्।+ त्यतिखेर तँ कुमारी छँदा तेरा स्तन तिनीहरूले मुसारेका थिए।+
२२ “त्यसैकारण हे ओहोलिबाह, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले घिन मान्दै पर पन्छाएका तेरा प्रेमीहरूलाई म सुऱ्याउँछु+ र तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा ल्याउँछु+— २३ बेबिलोनीहरूका छोराहरू+ र कल्दियाका सबै पुरुष;+ पेकोदका,+ सोअका र कोअका पुरुषहरू अनि अस्सेरियाका सबै छोरा। हो, तिनीहरू सबै नै घोडामा सवार सुन्दर नौजवान हुन्; तिनीहरू राज्यपालहरू अनि उप-शासकहरू, योद्धाहरू र रोजिएकाहरू हुन्। २४ तिनीहरू युद्धका रथहरू चढेर तँलाई हमला गर्न आउनेछन् र तैँले रथको गडगडाहट सुन्नेछेस्। साना* र ठूला ढाल बोकेका र टोप लगाएका सिपाहीहरू तँविरुद्ध आउनेछन्। तिनीहरूले तँलाई चारैतिरबाट घेर्नेछन्। तँविरुद्ध फैसला सुनाउने र तँलाई उचित दण्ड दिने अधिकार पनि म तिनीहरूलाई दिनेछु।+ २५ मेरो क्रोध तँमाथि दन्कनेछ। तिनीहरूले क्रोधित हुँदै तँलाई बेहाल बनाउनेछन्, तेरो नाक-कान काट्नेछन् अनि बाँकी रहेकाहरूलाई तरबारले मार्नेछन्। तिनीहरूले तेरा छोराछोरीलाई कैद गरेर लैजानेछन् र बाँकी रहेकाहरूलाई जलाउनेछन्।+ २६ तिनीहरूले तँलाई निर्वस्त्र पार्नेछन्+ र तेरा सुन्दर गरगहना लुट्नेछन्।+ २७ मिश्रमा सुरु भएको तेरो छाडा काम र तेरो वेश्यावृत्तिको+ म अन्त गरिदिनेछु।+ तैँले तिनीहरूलाई हेर्न छोड्नेछेस् र मिश्रलाई बिर्सनेछेस्।’
२८ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘जसलाई तँ घृणा गर्थिस्, जससित घिनाएर तैँले मुख फर्काएकी थिइस्, अब म तिनीहरूकै हातमा तँलाई सुम्पनेछु।+ २९ तिनीहरूले तँलाई घृणा गर्नेछन्, तेरो मेहनतको कमाइ लुट्नेछन्+ अनि तँलाई नाङ्गो पार्नेछन्। तेरो अवैध सम्बन्ध, तेरो छाडा आचरण र तेरो वेश्यावृत्तिको पर्दाफास हुनेछ।+ ३० तैँले यी सब भोग्नुपर्नेछ किनकि तैँले जातिजातिका मानिसहरूलाई वेश्याले जस्तै पछ्याइस्+ र तिनीहरूका घिनलाग्दा मूर्तिहरूद्वारा आफैलाई बिटुलो पारिस्।+ ३१ तँ आफ्नी दिदीकै बाटोमा लागिस्।+ त्यसैले म तेरी दिदीको कचौरा तेरो हातमा थमाइदिनेछु।’+
३२ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
‘तैँले तेरी दिदीले पिएको गहिरो र ठूलो कचौराबाट पिउनेछेस्;+
तँ खिसीको पात्र हुनेछेस् र तँलाई हाँसोमा उडाइनेछ किनकि यस्तै कुराले त्यो कचौरा भरिएको छ।+
३३ तैँले तेरी दिदी सामरियाको कचौराबाट पिउनेछेस्;
तँ मात्तिनेछेस् र शोकमा डुब्नेछेस्;
तँलाई देखेर मानिसहरू छक्क पर्नेछन् र तँ एक्लो अनि उजाड हुनेछेस्।
३४ तैँले माटोको त्यो कचौराबाट पिउनेछेस्, तैँले त्यसलाई सिनित्तै पार्नेछेस्+ र कचौराका टुक्राहरूसमेत चपाउनेछेस्;
शोकाकुल भएर आफ्ना स्तनहरू काट्नेछेस्;
“किनकि म आफैले यसो भनेको हुँ,” ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।’
३५ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तैँले मलाई चटक्कै बिर्सेकी छेस् र मलाई तिरस्कार गरेकी छेस्।+ त्यसैले आफ्नो छाडा आचरण र वेश्यावृत्तिको फल अब तैँले भोग्नुपर्नेछ।’”
३६ त्यसपछि यहोवाले मलाई सोध्नुभयो: “हे मानिसको छोरा, के तिमी ओहोलाह र ओहोलिबाहकहाँ+ गएर मेरो फैसला सुनाउँछौ? तिनीहरूलाई घिनलाग्दा कामहरूको दोषी ठहराउँछौ? ३७ तिनीहरूले व्यभिचार* गरेका छन्+ र तिनीहरूका हात रगतले लतपतिएको छ। तिनीहरूले आफ्ना प्रेमीहरूका घिनलाग्दा मूर्तिहरूसित व्यभिचार मात्र गरेका छैनन्, तिनीहरूले मेरो निम्ति जन्माएका छोराहरूलाई ती मूर्तिहरूसामु आगोमा बलि समेत चढाएका छन्।+ ३८ त्यति मात्र होइन, त्यस दिन तिनीहरूले मेरो मन्दिर र मेरो विश्रामदिनलाई बिटुलो पनि पारे। ३९ ती मूर्तिहरूसामु आफ्ना छोराहरूलाई काटेर बलि दिएपछि+ त्यही दिन तिनीहरू मेरो पवित्र स्थानमा* आए र त्यसलाई बिटुलो पारे।+ तिनीहरूले मेरै घरभित्र त्यसो गरे। ४० टाढा-टाढाका पुरुषहरूलाई बोलाउन तिनीहरूले सन्देशवाहक समेत पठाए।+ अनि ती पुरुषहरू बाटोमा आउँदै गर्दा तैँले नुहाइधुवाइ गरिस्, आँखामा गाजल लगाइस् र गरगहनाले आफूलाई झकिझकाउ पारिस्।+ ४१ अनि तँ शानदार शय्यामा ढल्किइस्।+ तेरो अघि एउटा टेबुल थियो+ र तैँले त्यसमा मेरो धूप बालिस्+ र मेरो तेल हालिस्।+ ४२ त्यहाँ मोजमस्ती गरिरहेका पुरुषहरूको हल्ला सुनियो। तिनीहरूमध्ये निर्जनभूमिबाट ल्याइएका जँड्याहाहरू पनि थिए। तिनीहरूले ती दिदीबहिनीलाई चुरा लगाइदिए र सुन्दर ताज पहिराइदिए।
४३ “बारम्बार व्यभिचार गरेर थाकेकी दिदीबारे मैले यसो भनेँ: ‘त्यसले वेश्यावृत्ति गर्न नछोड्ने भई।’ ४४ मानिस वेश्याकहाँ बारम्बार गएझैँ तिनीहरू त्यसकहाँ गइरहे। हो, तिनीहरू ती दुई छाडा दिदीबहिनी ओहोलाह र ओहोलिबाहकहाँ जान छोडेनन्। ४५ तर ती दिदीबहिनीले गरेको वेश्यावृत्ति+ र रक्तपातको+ लागि धर्मीहरूले तिनीहरूलाई उचित दण्ड दिनेछन्। किनकि तिनीहरू व्यभिचारिणीहरू हुन् र तिनीहरूको हात अरूको रगतले लतपतिएको छ।+
४६ “त्यसैकारण ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिनीहरूको विरुद्धमा म सेना पठाउनेछु अनि तिनीहरूको दुर्गति देखेर मानिसहरूबीच आतङ्क मच्चिनेछ र तिनीहरूका सबै थोक लुटिनेछन्।+ ४७ तिनीहरूमाथि जाइलाग्ने सेनाले तिनीहरूमाथि ढुङ्गा बर्साउनेछ,+ तरबारले तिनीहरूलाई काट्नेछ, तिनीहरूका छोराछोरीलाई मार्नेछ+ र तिनीहरूको घरमा आगो लगाइदिनेछ।+ ४८ म त्यस देशमा तिनीहरूको छाडापनको अन्त गर्नेछु। देशका सबै स्त्रीले पाठ सिक्नेछन् र तिमीहरूको छाडा चालमा हिँड्नेछैनन्।+ ४९ तिमीहरूको छाडा आचरण र तिमीहरूले घिनलाग्दा मूर्तिहरूसित गरेको पापको फल त्यसले तिमीहरूलाई दिनेछ। तब तिमीहरूले म नै ब्रह्माण्डका मालिक यहोवा हुँ भनेर जान्नेछौ।’”+
२४ नवौँ वर्षको १० औँ महिनाको १० औँ दिनमा यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, आजको दिन याद गर, यसलाई लेखेरै राख। आजकै दिन बेबिलोनका राजाले यरुसलेममाथि हमला गर्न सुरु गरेका छन्।+ ३ तिमीले विद्रोही घरानाबारे एउटा दृष्टान्त* सुनाउनू र यसो भन्नू:
“‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“आगो बालेर खड्कुँलो बसाल र त्यसमा पानी हाल।+
४ त्यसमा मासुका टुक्राहरू हाल;+ राम्रा-राम्रा भागहरू छानेर हाल।
साँप्रा अनि असल-असल हड्डीहरू पनि त्यसमा हाल।
५ बगालबाट राम्रा-राम्रा भेडा छान;+ खड्कुँलोमुनि चारैतिर दाउरा राख।
त्यसमा भएको मासु र हड्डीसमेत पाक्नेगरि उमाल।”’
६ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
‘धिक्कार छ! त्यो हत्यारा सहर,+ त्यो कस लागेको खड्कुँलोलाई! त्यसको कस त्यसबाट हटाइएको छैन।
खड्कुँलोबाट एक-एक गरी सबै मासु निकाल;+ मासुको लागि गोला नहाल।
७ किनकि त्यसले बगाएको रगत त्यसभित्रै छ;+ त्यसले नाङ्गो चट्टानमा रगत खन्याएर त्यसै छोडी।
त्यसले त्यो जमिनमा खन्याएर माटोले पुरिन।+
८ त्यसले चिल्लो र नाङ्गो चट्टानमा खन्याएको रगत मैले त्यतिकै छोडिदिएको छु
ताकि मेरो क्रोध जगाएर त्यससित बदला लिन सकूँ।
मैले त्यो पुरेको छैनँ।’+
९ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
‘धिक्कार छ त्यो हत्यारा सहरलाई!+
म दाउराको थुप्रो लगाउनेछु।
१० ठूलठूला मुढा थुपार र आगो सल्काऊ,
मासु पाक्नेगरि उमाल अनि झोल पोखाइदेऊ र त्यसको हड्डी डढोस्।
११ त्यो रित्तो खड्कुँलोलाई तताउन भुङ्ग्रोमाथि राख
र त्यसको तामा रातो हुनेगरि बेसरी तताऊ;
त्यसको फोहोर त्यसभित्रै गलोस्+ र कस पनि डढेर जाओस्।
१२ त्यसलाई सफा गर्नु बेकार छ;
जत्ति सफा गरे पनि त्यसको कस हट्दैन।+
त्यसैले त्यो भाँडोलाई आगोमा हुर्ऱ्याइदेऊ!’
१३ “‘तेरो छाडा आचरणले गर्दा तँ अशुद्ध भएकी होस्।+ मैले तँलाई शुद्ध पार्न खोजेँ तर तँ शुद्ध भइनस्। अब तँविरुद्ध मेरो रिस नमरुन्जेल तँ शुद्ध हुनेछैनस्।+ १४ म यहोवाले नै यो कुरा भनेको हुँ। यो पूरा भएरै छोड्नेछ। म सजाय दिनदेखि पछि हट्नेछैनँ, दया देखाउनेछैनँ र पछुतो मान्नेछैनँ।+ तिनीहरूले तेरो काम र व्यवहारअनुसारै तेरो न्याय गर्नेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १६ “हे मानिसको छोरा, म तिम्री प्रिय पत्नीलाई तिमीबाट एक्कासि खोसेर लैजाँदै छु।+ तिमीले शोक नमनाउनू* न त रुनू वा आँसु नै झार्नू। १७ भित्रभित्रै शोक गर्नू। मृतसंस्कार पनि नगर्नू।+ पगरी गुथ्नू+ र जुत्ता लगाउनू।+ अनि आफ्नो जुँगा नछोप्नू+ र अरूले ल्याइदिएको रोटी नखानू।+
१८ मैले बिहान मानिसहरूलाई परमेश्वरको सन्देश सुनाएँ र त्यही बेलुकी मेरी पत्नी मरिन्। भोलिपल्ट बिहान मैले परमेश्वरले भन्नुभएअनुसारै गरेँ। १९ अनि मानिसहरूले मलाई सोधे: “हामीलाई भन, तिमी यो सब किन गर्दै छौ? यसको अर्थ के हो?” २० मैले जवाफ दिएँ: “यहोवाको यो वचन मकहाँ आयो, २१ ‘इस्राएलको घरानालाई यसो भन: “ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ, ‘मेरो मन्दिर, जसमा तिमीहरू घमन्ड गर्छौ, जसको तिमीहरू चाह गर्छौ र जसलाई तिमीहरू प्यारो ठान्छौ, त्यसलाई म त्याग्नेछु।+ तिमीहरूले छोडेर आएका तिमीहरूका छोराछोरी तरबारले काटिनेछन्।+ २२ त्यसपछि मैले* जसो गरेँ, तिमीहरूले पनि त्यसै गर्नेछौ; तिमीहरूले जुँगा छोप्नेछैनौ र अरूले ल्याइदिएको रोटी खानेछैनौ।+ २३ पगरी उतार्नेछैनौ र जुत्ता फुकाल्नेछैनौ। तिमीहरूले शोक गर्नेछैनौ र आँसु पनि झार्नेछैनौ। आफ्नै कुकर्मले तिमीहरू गल्नेछौ+ र एकअर्काको अनुहार हेर्दै सुस्केरा हाल्नेछौ। २४ इजकिएल तिमीहरूको लागि चिन्ह भएका छन्।+ तिनले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यी सबै तिमीहरूमाथि आइपर्नेछ, तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’”’”
२५ “हे मानिसको छोरा, म तिनीहरूको शरणस्थान खोस्नेछु। तिनीहरू त्यसलाई निकै प्यारो ठान्छन्, त्यसको चाह गर्छन्, त्यसमै गर्व गर्छन्। हो, तिनीहरूको त्यही शरणस्थान र तिनीहरूका छोराछोरी म खोस्नेछु।+ जुन दिन म त्यसो गर्नेछु, २६ त्यही दिन त्यस विपत्तिबाट उम्केको मानिसले तिमीलाई खबर दिनेछ।+ २७ तब त्यही दिनदेखि मात्र तिमीले आफ्नो मुख खोल्नू र विपत्तिबाट उम्केको त्यस मानिससित बोल्नू। त्यस दिनदेखि तिमी चुप लाग्नेछैनौ।+ तिनीहरूको लागि तिमी चिन्ह हुनेछौ र म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।”
२५ यहोवाको यो वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, अम्मोनीहरूतिर+ फर्केर तिनीहरूविरुद्ध भविष्यवाणी गर।+ ३ अम्मोनीहरूको विषयमा तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवाको वचन सुन। ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “मेरो मन्दिर अपवित्र हुँदा, इस्राएलको भूमि उजाड हुँदा अनि यहुदाको घरानालाई कैद गरेर लगिँदा तिमीहरूले ‘बेसै भयो!’ भन्दै गिज्यायौ। ४ त्यसकारण म तिमीहरूलाई पूर्वका मानिसहरूको* हातमा सुम्पिनेछु। तिनीहरूले तिमीहरूको भूमिमा छाउनी* हाल्नेछन् र पाल टाँग्नेछन्। तिमीहरूको भूमिको उब्जनी तिनीहरूले खानेछन् र तिमीहरूका भेडाबाख्राको दूध पिउनेछन्। ५ राब्बाहलाई+ म उँटहरू चर्ने ठाउँ र अम्मोनीहरूको बस्तीलाई भेडाबाख्राको गोठ बनाउनेछु। अनि म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।”’”
६ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘इस्राएलको दुर्गति देख्दा तिमीहरूले थपडी माऱ्यौ,+ बुर्लुक-बुर्लुक उफ्रियौ र हर्ष मनायौ। यसरी तिमीहरूले इस्राएललाई गिज्यायौ।+ ७ त्यसैले म तिमीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिमीहरूलाई अरू जातिको हातमा सुम्पिनेछु र तिनीहरूले तिमीहरूलाई लुट्नेछन्। म तिमीहरूको नामोनिसान मेटिदिनेछु र तिमीहरूको भूमिबाट तिमीहरूलाई नष्ट गर्नेछु।+ म तिमीहरूको सर्वनाश गर्नेछु। तब म नै यहोवा हुँ भनेर तिमीहरूले जान्नेछौ।’
८ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘मोआब+ र सेइरले+ “यहुदाको घराना पनि अरू जातिजस्तै त हो नि” भनेकोले ९ म मोआबको पाखा—त्यसको सिमानामा रहेका सुन्दर-सुन्दर सहरहरू बेथ-यसिमोथ, बाआल-मोन र किर्यथैमसमेत+ शत्रुहरूका लागि खुला छोडिदिनेछु। १० म अम्मोनीहरूसँगसँगै मोआबीहरूलाई पनि पूर्वका मानिसहरूको हातमा सुम्पिदिनेछु।+ यसरी अम्मोनीहरूको नामोनिसान मेटिनेछ।+ ११ म मोआबमा तिनीहरूलाई दण्ड दिनेछु।+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।’
१२ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘एदोमले बदलाको भाव राख्दै यहुदाको घरानालाई आक्रमण गरेर ठूलो अपराध गरेको छ।+ १३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म एदोमविरुद्ध पनि आफ्नो हात उठाउनेछु र त्यहाँ भएका मानिस, वस्तुभाउ दुवैलाई सखाप पार्नेछु। म त्यसलाई उजाड पार्नेछु।+ तेमानदेखि ददानसम्म सबैलाई म तरबारले नाश गर्नेछु।+ १४ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘इस्राएलका मेरा मानिसहरूको हातबाट म एदोमसित बदला लिनेछु।+ तिनीहरूले मेरो रिस र मेरो क्रोध एदोममाथि खन्याउनेछन् अनि म कसरी बदला लिँदो रहेछु भनेर एदोमले थाह पाउनेछ।’”’+
१५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘पलिस्तियालीहरूले मेरा मानिसहरूसित इबी राख्दै* उनीहरूलाई नाश गरेर बदला लिन खोजेका छन्।+ १६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हेर, म पलिस्तियालीहरूविरुद्ध आफ्नो हात उठाउनेछु।+ म कराथीहरूलाई+ र समुद्री किनारमा जो-जो बाँकी छन्,+ तिनीहरू सबैलाई नाश गर्नेछु। १७ तिनीहरूलाई कडाभन्दा कडा सजाय दिएर म तिनीहरूसित बदला लिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।”’”
२६ एघारौँ वर्षमा महिनाको पहिलो दिन यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, टायरले यरुसलेमविरुद्ध यसो भनेको छ,+ ‘हेर त! सबै जातिको प्रवेशद्वार तहसनहस भएको छ।+ आहा! अब सबै मकहाँ आउनेछन्। म मालामाल हुनेछु।’ ३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘ए टायर! म तँविरुद्ध उठेको छु। तँलाई नाश गर्न म जातिजातिका मानिसहरूलाई सुऱ्याउनेछु। समुद्रमा छाल उर्लेझैँ तिनीहरू तँमाथि आइलाग्नेछन्। ४ तिनीहरूले तेरा पर्खालहरू ढाल्नेछन् र तेरा किल्लाहरू भत्काउनेछन्।+ म तेरो माटो सबै खोस्रनेछु र तँ नाङ्गो, चिल्लो चट्टान हुनेछेस्। ५ तँ समुद्रको बीचमा जलारीको जाल सुकाउने ठाउँ हुनेछेस्।’+
“ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘राष्ट्रहरूले त्यसलाई लुट्नेछन् किनकि म आफैले यसो भनेको हुँ। ६ त्यसका छेउछाउका बस्तीहरूमा* बस्नेहरू तरबारले नाश हुनेछन्। तब म नै यहोवा हुँ भनेर मानिसहरूले जान्नेछन्।’
७ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तँलाई आक्रमण गर्न उत्तरबाट बेबिलोनका राजा नबुकद्नेजरलाई* ल्याउनेछु।+ तिनी राजाहरूका राजा हुन्।+ तिनीसित घोडाहरू,+ युद्धका रथहरू,+ घोडचढीहरू र सिपाहीहरूको* ठूलो दल छ। ८ तिनले छेउछाउका तेरा बस्तीहरूलाई तरबारले नाश गर्नेछन्। तिनले तँलाई घेरा हाल्नेछन्, तेरो वरिपरि घेरा-मचानहरू* बनाउनेछन् र तँविरुद्ध ठूलो ढाल उठाउनेछन्। ९ तिनले बख्तरबन्द गाडीले तेरा पर्खालहरूलाई ढाल्नेछन् र तेरा किल्लाहरू बन्चरोले* हानेर भत्काउनेछन्। १० तिनका यत्ति धेरै घोडा हुनेछन्, ती दौडँदा धुलोको बादलले तँलाई डम्मै ढाक्नेछ। भत्केका पर्खालबाट मान्छेहरू गुटुटु छिरेझैँ ती घोडाहरू तेरा सहरभित्र छिर्नेछन्। तिनका घोडचढीहरू र रथको गडगडाहटले गर्दा तेरा पर्खालहरू थर्थराउनेछन्। ११ तेरा सबै बाटोभरि घोडाको टापको आवाज मात्र सुनिनेछ।+ तेरा बडेमाका खम्बाहरू गर्ल्यामगुर्लुम ढल्नेछन्। तिनले तेरा मानिसहरूलाई तरबारले काट्नेछन्। १२ तिनीहरूले तेरो सम्पत्ति र तेरो व्यापारका मालसामान सबै लुट्नेछन्।+ तिनीहरूले तेरा पर्खालहरू भत्काउनेछन् र तेरा सुन्दर घरहरू तहसनहस पार्नेछन्। तेरा ढुङ्गा र काठका सरसामान र तेरो भूमिको माटो तिनीहरूले समुद्रमा फालिदिनेछन्।’
१३ “‘तेरा गीतहरूको गुञ्जन म बन्द गरिदिनेछु र वीणाको धुन पनि सधैँको लागि बन्द हुनेछ।+ १४ तेरो भूमिमा चट्टानसिवाय अरू केही हुनेछैन। तँ जलारीको जाल सुकाउने ठाउँ हुनेछेस्।+ तँ फेरि कहिल्यै बसालिनेछैनस्। म यहोवाले नै यसो भनेको हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१५ ब्रह्माण्डका मालिक यहोवा टायरलाई यसो भन्नुहुन्छ: ‘जब तेरो पतन हुनेछ र तेरो बीचमा काटमार मच्चिनेछ अनि मरणासन्न भएकाहरूको रोदन सुनिनेछ, तब टापुहरू डरले थरथर काँप्नेछन्।+ १६ समुद्रका सबै शासक* आफ्नो सिंहासनबाट ओर्लिनेछन् र तिनीहरूले आफ्नो अलखा* र बुट्टेदार वस्त्र उतार्नेछन्। तिनीहरू थरथर काँप्दै भुईँमा थचक्क बस्नेछन् अनि अक्क न बक्क भएर तँलाई हेरिरहनेछन्।+ १७ अनि यसो भन्दै शोकगीत गाउनेछन्:+
“ए सबैको वाहवाही पाएको सहर! समुद्रपारिबाट मानिसहरू तिमीकहाँ आएर बस्ने गर्थे। तर तिम्रो पतन भएको छ;+
समुद्रभरि तिमी र तिम्रा मानिसहरू* कत्ति शक्तिशाली थियौ!+
तिम्रो नाम सुनेर पृथ्वीभरिका मानिसहरू डराउँथे।
१८ तिम्रो पतन भएको दिन टापुहरू थर्थराउनेछन्;
तिम्रो नामोनिसान मेटिँदा समुद्रभरिका टापुहरू त्रसित हुनेछन्।”’+
१९ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘मानिस नभएका सहरहरूलाई जस्तै म तँलाई उजाड पार्नेछु। समुद्रको उर्लँदो छालले म तँलाई छोप्नेछु र समुद्रले तँलाई निल्नेछ।+ २० अरूलाई जस्तै म तँलाई पनि चिहानमा पुऱ्याउनेछु, त्यस्तो चिहानमा, जहाँ वर्षौँअघि मरेका मानिसहरू छन्। तेरो कहिल्यै आबादी हुनेछैन किनकि म तँलाई गहिरो खाडलमा जाक्नेछु, जहाँ वर्षौँअघि नाश भएका ठाउँहरू छन् अनि जहाँ बाँकी सबै जाकिनेछन्।+ त्यसपछि म जीवितहरूको देशलाई सजाउनेछु।
२१ “‘म तँमाथि अचानक आतङ्क मच्चाउनेछु। त्यसपछि तँलाई कसैले कहिल्यै देख्नेछैन।+ तिनीहरूले तँलाई खोज्नेछन् तर कहिल्यै भेट्टाउनेछैनन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
२७ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “तिमीचाहिँ हे मानिसको छोरा, टायरबारे एउटा शोकगीत गाऊ+ ३ र टायरलाई यसो भन:
‘तँ समुद्रको मुखैमा बस्छेस्
र थुप्रै टापुसित व्यापार गर्छेस्।
तँलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“हे टायर, तैँले ‘मेरो सौन्दर्यमा कुनै खोट छैन’ भनेकी थिइस्।+
४ तँ समुद्रको बीचमा छेस्
अनि तँलाई बनाउनेहरूले तेरो सौन्दर्यलाई अझै निखारेका छन्।
५ तिनीहरूले तेरा सबै फल्याक सेनिरको+ सल्लाको रूखबाट बनाए;
तिनीहरूले तेरा मस्तुल लेबनानको देवदारको रूखबाट बनाए।
६ तिनीहरूले तेरा पतवार बासानको फलाँटको रूखबाट बनाए,
तिनीहरूले जहाजको अगाडिको भाग राइसल्लाको रूखबाट बनाए र त्यसलाई कित्तिम टापुको+ हस्तिदन्तले मोहोरे।
७ तिनीहरूले तेरो जहाजको पाल मिश्र देशको रङ्गीन कपडाबाट बनाए;
तिनीहरूले तेरो जहाजको त्रिपाल एलिसाह टापुको+ निलो धागो र बैजनी रङ्गको ऊनबाट बनाए।
८ सिदोन र अर्वादका+ मानिसहरूले तँलाई खियाउँथे
अनि हे टायर, तेरा नाविकहरू तेरा निपुण मानिसहरू नै थिए।+
९ तेरो जहाज मर्मत गर्नेहरू+ गेबालका+ अनुभवी* र सिपालु मानिसहरू थिए;
समुद्रका सबै जहाज र तिनीहरूका नाविकहरू तँसित व्यापार गर्न आउँथे।
१० तेरो सेनामा फारस, लुदिम र पतका+ योद्धाहरू थिए;
तिनीहरूले आफ्ना ढालहरू र टोपहरू टाँगेर तेरो सौन्दर्य बढाउँथे।
११ तेरो सेनामा भएका अर्वादका सिपाहीहरू तेरो पर्खालमा तैनाथ हुन्थे
अनि वीर पुरुषहरूले तेरा धरहराहरूमा उभिएर पहरा दिन्थे।
तिनीहरूले आफ्ना गोला ढालहरू तेरा पर्खालमा झुन्ड्याउँथे;
यसरी तिनीहरूले तेरो सौन्दर्य अझ बढाएका थिए।
१२ “‘“तँसँग प्रशस्त धनसम्पत्ति भएकोले+ तर्सिस+ तँसित व्यापार गर्न आउँथ्यो। तिनीहरूले तेरा मालसामानसित आफ्ना चाँदी, फलाम, टिन र सिसा साट्थे।+ १३ याबान, तुबल+ र मेसेक+ तँसित व्यापार गर्थे। तिनीहरूले तेरा मालसामानसित आफ्ना दासदासी+ र तामाका सामान साट्थे। १४ तोगार्माको घरानाले+ तेरा मालसामान घोडा र खच्चरहरूसित सट्टापट्टा गर्थे। १५ ददानका मानिसहरू+ तँसित व्यापार गर्थे; तैँले थुप्रै टापुका व्यापारीहरूलाई काम दिइस् र तिनीहरूले तँलाई हस्तिदन्त+ र दामी कालीकाठ* सौगातस्वरूप दिए। १६ तँसँग मालसामानको छेलोखेलो भएकोले एदोम तँसित व्यापार गर्न आउँथ्यो। ती मालसामानको सट्टामा तिनीहरूले तँलाई फिरोजा, बैजनी रङ्गको ऊन, रङ्गीन बुट्टा भरेको कपडा, मलमल कपडा, मुगा र माणिक दिन्थे।
१७ “‘“यहुदा र इस्राएल राष्ट्रले तँसित व्यापार गर्थे। तेरा मालसामानका सट्टामा+ तिनीहरूले तँलाई मिन्निथको गहुँ,+ असल-असल खानेकुरा, मह,+ तेल र बाल्सम*+ दिन्थे।
१८ “‘“तँसँग धनसम्पत्ति र मालसामान प्रशस्त भएकोले दमिसक+ तँसित व्यापार गर्न आउँथ्यो। तिनीहरूले तेरा मालसामानसित हेल्बोनको मद्य र जाहारको ऊन* सट्टापट्टा गर्थे। १९ उजालका वेदान र याबानले तेरा मालसामानसित फलाम, क्यासिया* र बोझो* साटे। २० ददानले+ तँसित जिनपोसको* व्यापार गर्थ्यो। २१ तैँले अरबीहरूलाई र केदारका सबै कुलनायकलाई+ काममा लगाएको थिइस्, जसले भेडा, थुमा र बाख्राका व्यापार गर्थे।+ २२ सेबा र रामाहका व्यापारीहरूले+ तँसित व्यापार गर्थे। तिनीहरूले सबैभन्दा असल अत्तर, बहुमूल्य रत्न र सुनसित तेरा मालसामान साट्थे।+ २३ हारान,+ कान्नेह, अदन+ अनि सेबा,+ अस्सुर+ र किल्मदका व्यापारीहरूले तँसित व्यापार गर्थे। २४ तिनीहरूले सुन्दर-सुन्दर पोसाक, निलो धागोले बनाइएका र रङ्गीचङ्गी बुट्टा भरिएका अलखा* अनि रङ्गीबिरङ्गी गलैँचा तेरो बजारमा व्यापार गर्न ल्याउँथे। तिनीहरू ती सबै सामान डोरीले राम्ररी कसेर ल्याउँथे।
२५ तर्सिसका जहाजहरूले+ तेरा मालसामान ओसारपसार गर्थे।
त्यसैले समुद्रको बीचमा तँ सधैँ मालसामानले भरिभराउ हुन्थिस्।*
२६ तेरा नाविकहरूले तँलाई समुद्रको बीचमा लगे;
पूर्वीय बतासले तँलाई समुद्रकै बीचमा ध्वस्त पाऱ्यो।
२७ तेरो धनसम्पत्ति, मालसामान, तेरा मल्लाहहरू र तेरा नाविकहरू,
जहाज मर्मत गर्नेहरू, तँसित व्यापार गर्नेहरू+ र तेरा सबै योद्धा;+
हो, तेरा सबै मानिस*
तेरो पतन हुँदा तँसँगसँगै बीच समुद्रमा डुब्नेछन्।+
२८ तेरा नाविकहरूको चीत्कार सुनेर समुद्रका किनार थरथर काँप्नेछन्।
२९ समुद्रमा जहाज खियाउनेहरू, मल्लाहहरू र नाविकहरू सबै
आ-आफ्नो जहाजबाट उत्रनेछन् र किनारामा उभिनेछन्।
३० तँलाई देखेर तिनीहरू टाउकोमा धुलो छर्दै
र खरानीमा लडीबुडी गर्दै डाँको छोडेर रुनेछन्।+
३१ तिनीहरूले कपाल खौरनेछन् र भाङ्ग्रा ओढ्नेछन्;
तिनीहरू तेरो लागि अलापविलाप गरेर रुनेछन्।
३२ विलाप गर्दै तिनीहरूले शोकगीत गाउनेछन्:
‘टायरजस्तो अरू को थियो र? त्यो त अहिले समुद्रको बीचमा बिलाएको छ।+
३३ समुद्रबाट तेरा मालसामान आउँदा तैँले धेरैलाई सन्तुष्ट पार्थिस्।+
पृथ्वीका राजाहरू तेरो प्रशस्त धनसम्पत्ति र तेरो मालसामानले गर्दा मालामाल हुन्थे।+
३४ तर तँ अहिले समुद्रबीच नष्ट भएकी छेस्+
अनि तँसँगसँगै तेरा मालसामान र तेरा सबै मानिस डुबेका छन्।+
३५ टापुका सबै बासिन्दाले अक्क न बक्क भएर तँलाई हेर्नेछन्+
अनि तिनीहरूका राजाहरू डरले थरथर काँप्नेछन्;+
तिनीहरूको अनुहार नीलोकालो हुनेछ।
३६ जातिजातिका व्यापारीहरू तेरो अवस्था देखेर जिल्ल पर्नेछन्।
तेरो विनाश अचानक, डरलाग्दो तरिकाले हुनेछ।
तँ बिलाएर जानेछेस्, फेरि कहिल्यै देखा पर्नेछैनस्।’”’”+
२८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, टायरका अगुवालाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“तँ घमन्डले फुलेको छस्।+ त्यसैले तँ यसो भनिरहन्छस्, ‘म ईश्वर हुँ।
समुद्रबीच म ईश्वरको सिंहासनमा विराजमान छु।’+
तँ आफूलाई ईश्वर सम्झन्छस्
तर तँ मानिस मात्र होस्, ईश्वर होइनस्।
३ तँ आफूलाई दानिएलभन्दा बुद्धिमान् सम्झन्छस्।+
कुनै रहस्य आफूबाट लुकेको छैन भनेर तँ सोच्छस्।
४ तेरो बुद्धि र तेरो विवेक चलाएर तँ धनी भइस्।
तँ आफ्नो ढुकुटीमा प्रशस्त सुनचाँदी थुपारिरहन्छस्।+
५ व्यापार गर्न सिपालु भएकोले तैँले प्रशस्त धनसम्पत्ति कमाइस्।+
तेरो धनसम्पत्तिले गर्दा तँ घमन्डले फुलिस्।”’
६ “‘त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“तैँले आफैलाई ईश्वर सम्झेको हुनाले
७ म विदेशीहरूलाई तेरो विरुद्धमा उठाउनेछु, जो जातिहरूमध्ये सबैभन्दा निष्ठुर र क्रूर छन्।+
तैँले आफ्नो बुद्धिको कारण हासिल गरेको सबै कुरामाथि तिनीहरूले तरबारले प्रहार गर्नेछन्
र तेरो गौरव नष्ट गरेर तँलाई बिटुलो पारिदिनेछन्।+
८ तिनीहरूले तँलाई चिहानमा पुऱ्याउनेछन्।
समुद्रको बीचमा तँ भयानक तरिकाले मर्नेछस्।+
९ तब के तेरो हत्या गर्न आउनेलाई तँ अझै यसो भन्न सक्छस्: ‘म त ईश्वर हुँ’?
तँलाई बिटुलो पार्नेहरूको हातमा तँ ईश्वर होइन, एउटा मामुली मानिस हुनेछस्।”’
१० ‘विदेशीहरूले तँलाई मार्नेछन्; तँ बेखतनेको* रूपमा मर्नेछस्।
म आफैले नै यसो भनेको हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
११ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १२ “हे मानिसको छोरा, टायरका राजाबारे यसो भनेर एउटा शोकगीत गाऊ, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“तँ परिपूर्णताको आदर्श थिइस्
किनकि तँ बुद्धिले भरिपूर्ण+ अनि बिछट्टै सुन्दर+ थिइस्।
१३ तँ परमेश्वरको बगैँचा अदनमा थिइस्।
अनमोल रत्नहरूले तँ सिँगारिएको थिइस्
—माणिक, पुष्पराज र यशवमणि;
क्रिसोलाइट, ओनिक्स* र हरितमणि; नीलम, फिरोजा+ र पन्ना;
ती सबै सुनमा जडिएका थिए।
तँ सृजिएको दिनमै ती तयार पारिएका थिए।
१४ मैले तँलाई अभिषेक गरेर पहरा दिने करूबको रूपमा नियुक्त गरेँ।
तँ परमेश्वरको पवित्र डाँडामा थिइस्+ र बलिरहेको पत्थरमा हिँड्ने गर्थिस्।
१५ सृष्टि गरिएको दिनदेखि जबसम्म तँमा दुष्टता फेला परेको थिएन,+
तबसम्म तेरो चालचलन खोटरहित थियो।
१६ तेरो व्यापार ज्यादै फस्टाएकोले+
तैँले ज्यादै अत्याचार गरिस् र पाप गर्न थालिस्।+
तँ अशुद्ध ठहरिएकोले म तँलाई परमेश्वरको पर्वतबाट निकालिदिनेछु र तँलाई नाश गर्नेछु।+
ए पहरा दिने करूब, तँ अब बलिरहेको पत्थरमा हिँड्नेछैनस्।
१७ आफ्नो सुन्दरताले गर्दा तँ घमन्डले फुलिस्।+
तँ आफ्नो गौरवमै डुबेर बसिस् र तेरो बुद्धि भ्रष्ट भयो।+
म तँलाई पृथ्वीमा फ्याँकिदिनेछु।+
अनि राजाहरूसामु तँ तमासा हुनेछस्।
१८ व्यापारमा ठगी गरेर अनि ठूलठूला अपराध गरेर तैँले आफ्ना पवित्र स्थानहरूलाई बिटुलो पारिस्।
म तेरो भूमिमा आगो सल्काउनेछु र तँ जलेर भस्म हुनेछस्;+
तँलाई हेर्नेहरू सबैसामु तँ खरानी हुनेछस्।
१९ देश-विदेशमा तँलाई चिन्नेहरू सबैले अक्क न बक्क भएर तँलाई हेर्नेछन्।+
तेरो विनाश अचानक अनि भयानक तरिकाले हुनेछ।
तँ कहिल्यै देखा नपर्नेगरि सदाको लागि नाश हुनेछस्।”’”+
२० यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २१ “हे मानिसको छोरा, सिदोनतिर हेर+ र त्यसविरुद्ध भविष्यवाणी गर। २२ यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ:
“ए सिदोन, म तँविरुद्ध उठेको छु र तँमाझ मेरो महिमा हुनेछ।
जब म तँलाई सजाय दिनेछु र तँसामु आफूलाई पवित्र तुल्याउनेछु, तब म नै यहोवा हुँ भनेर मानिसहरूले जान्नेछन्।
२३ म सिदोनमा महामारी फैलाउनेछु; त्यसका सडकहरूमा रगतको खोलो बग्नेछ।
त्यसको चारैतिर तरबार चल्नेछ र तरबारले काटिएकाहरू सबै मर्नेछन्।
तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।+
२४ “‘“त्यसपछि इस्राएलको घराना फेरि कहिल्यै त्यस्ता मानिसहरूले घेरिनेछैन, जसले तिनीहरूलाई काँडाको झाडीले जस्तै घोचपेच र खिसी गर्छन्।+ तब म नै ब्रह्माण्डका मालिक यहोवा हुँ भनेर मानिसहरूले जान्नेछन्।”’
२५ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “जब म इस्राएलको घरानालाई तिनीहरू तितरबितर भएका सबै देशबाट फेरि जम्मा गर्नेछु,+ तब इस्राएलीहरूसामु म आफूलाई पवित्र तुल्याउनेछु र जातिजातिले त्यो देख्नेछन्।+ तब मैले मेरो दास याकुबलाई दिएको+ देशमा इस्राएलीहरू आएर बस्नेछन्।+ २६ तिनीहरू त्यहाँ ढुक्कले बस्नेछन्।+ तिनीहरूले घर बनाउनेछन् र अङ्गुर बगान लगाउनेछन्।+ तिनीहरूसित तुच्छ व्यवहार गर्ने सबै जातिलाई मैले सजाय दिएपछि+ तिनीहरू निर्धक्क भएर बस्नेछन्। तब म नै तिनीहरूका परमेश्वर यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।”’”
२९ दसौँ वर्षको १० औँ महिनाको १२ औँ दिनमा यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, मिश्रका फारोतिर फर्क अनि फारो र सम्पूर्ण मिश्रविरुद्ध भविष्यवाणी गर।+ ३ तिमीले यसो भन्नू: ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ:
“हे मिश्रका फारो!+ नाइल नदीमा* पल्टिरहेको बडेमाको जलजन्तु!+
म तँविरुद्ध खडा भएको छु।
तैँले यसो भनिस्, ‘नाइल नदी मेरो हो।
मैले आफ्नै लागि यो बनाएको हुँ।’+
४ तर म तेरो बङ्गारामा बल्छी लगाउनेछु। तेरो नदीका माछालाई तेरो कत्लामा टाँसिदिनेछु।
म तँलाई र तेरो कत्लामा टाँसिएका सबै माछालाई नाइल नदीबाट निकाल्नेछु।
५ म तँलाई र तेरो नदीका सबै माछालाई मरुभूमिमा छोडिदिनेछु।
तँ खुला मैदानमा बजारिनेछस्; तेरो लास छिन्नभिन्न हुनेछ र कसैले त्यसलाई उठाउनेछैन।+
म तँलाई जङ्गली जनावर र आकाशका पन्छीको आहारा बनाइदिनेछु।+
६ तब मिश्रका सबै बासिन्दाले म नै यहोवा हुँ भनेर जान्नेछन्
किनकि इस्राएलको घरानाको लागि तँ नर्कटको सहाराभन्दा कमजोर भइस्।+
७ तिनीहरूले तेरो हात समात्न खोज्दा तँ पिट्टिकै भाँचिइस्
र तैँले गर्दा तिनीहरूका काँधमा चोट लाग्यो।
तिनीहरू तँमाथि भर पर्न खोज्दा तँ भाँचिइस्
र तैँले गर्दा तिनीहरूका गोडा* धरमराए।+
८ “‘त्यसैकारण ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म तँमाथि तरबार उठाउनेछु+ अनि तेरा मानिस र पशु सबैलाई सोत्तर पार्नेछु। ९ मिश्र उजाड र निर्जन हुनेछ+ अनि तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्। किनकि तैँले भनिस्,* ‘नाइल नदी मेरो हो; त्यो बनाउने म नै हुँ।’+ १० त्यसैले म तँ अनि तेरो नाइल नदीविरुद्ध खडा हुनेछु र मिश्रलाई निर्जन र सुक्खा बनाउनेछु।+ मिग्दोलदेखि+ इथियोपियाको सिमानामा पर्ने सिनेसम्मै+ म सम्पूर्ण देशलाई उजाड पारिदिनेछु। ११ त्यहाँ न कुनै मानिस न कुनै पशुले खुट्टा हाल्नेछ।+ पूरै देश ४० वर्षसम्म निर्जन हुनेछ। १२ उजाड भएका देशहरूमध्ये म मिश्रलाई झनै उजाड पारिदिनेछु र त्यसका सहरहरू ४० वर्षसम्म सुनसान हुनेछन्।+ म मिश्रीहरूलाई जातिजातिका मानिसहरूबीच र देश-देशमा तितरबितर पारिदिनेछु।”+
१३ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “तर ४० वर्षपछि म मिश्रीहरूलाई तिनीहरू तितरबितर पारिएका जातिहरूबाट फेरि जम्मा गर्नेछु;+ १४ कैदमा लगिएका मिश्रीहरूलाई म तिनीहरूको जन्मभूमि पाथ्रोसमा+ फिर्ता ल्याउनेछु। त्यसपछि तिनीहरूको देशको कुनै नाम रहनेछैन। १५ अन्य देशको तुलनामा मिश्र अत्यन्तै तुच्छ हुनेछ। त्यसले अरू देशलाई दमन गर्न सक्नेछैन।+ अरू देशलाई अधीनमा राख्नै नसक्नेगरि म मिश्रलाई नगण्य तुल्याइदिनेछु।+ १६ इस्राएलको घराना फेरि कहिल्यै मिश्रमा भर पर्नेछैन।+ मिश्रमा भर पर्नु गल्ती थियो भनेर तिनीहरूले सम्झनेछन्। तब तिनीहरूले म नै ब्रह्माण्डका मालिक यहोवा हुँ भनेर जान्नेछन्।”’”
१७ अनि २७ औँ वर्षको पहिलो महिनाको पहिलो दिन यहोवाको यो वचन मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १८ “हे मानिसको छोरा, बेबिलोनका राजा नबुकद्नेजरले*+ टायरसित लड्न आफ्नो सेनालाई घोटाउनसम्म घोटाए।+ त्यसैले तिनीहरू सबैको तालु खुइलियो र तिनीहरू सबैको काँध ताछियो। तर तिनीहरूले आफ्नो कठोर परिश्रमको कुनै फल पाएनन्।
१९ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ, ‘म मिश्र बेबिलोनका राजा नबुकद्नेजरलाई दिनेछु+ र तिनले तिनीहरूको सरसम्पत्ति लैजानेछन् र देशलाई लुट्नेछन्। त्यो लुटको धन नै बेबिलोनी सेनाको ज्याला हुनेछ।’
२० “‘टायरसित लड्न गरेको परिश्रमको फलस्वरूप म तिनलाई मिश्र दिनेछु किनकि तिनले मेरो निम्ति काम गरेका थिए,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
२१ “त्यस दिन म इस्राएलको घरानाको निम्ति एउटा सिङ उमार्नेछु*+ र तिमीलाई तिनीहरूसित बोल्ने मौका दिनेछु। तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।”
३० यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, भविष्यवाणी गर र भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“‘हाय! त्यो दिन आउँदै छ,’ भन्दै बिलौना गर।”
३ किनकि त्यो दिन नजिकै छ। हो, यहोवाको दिन नजिकै छ।+
त्यो दिन आकाशलाई कालो बादलले ढाक्नेछ,+ त्यो जातिजातिको इन्साफको समय हुनेछ।+
४ मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्क मच्चिनेछ;
मिश्रका धनसम्पत्ति लगिनेछन् र त्यसका जगहरू भत्काइनेछन्।+
५ इथियोपिया,+ पत,+ लुद र अरू राष्ट्रका सबै मानिस
अनि कुबका मानिसहरूका साथै करार गरेको राष्ट्रका* छोराहरू पनि
त्यही तरबारले काटिनेछन्।
६ यहोवा यसो भन्नुहुन्छ:
‘मिश्रका समर्थकहरू पनि काटिनेछन्
अनि त्यसको सेखी झारिनेछ।’+
“‘मिग्दोलदेखि+ सिनेसम्मै+ तिनीहरू तरबारले काटिनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। ७ ‘उजाड भएका देशहरूमध्ये त्यो सबैभन्दा उजाड पारिनेछ अनि त्यसका सहरहरूजत्तिको तहसनहस भएको सहर अरू कुनै पनि हुनेछैन।+ ८ मिश्रमा र त्यससित साठगाँठ गरेका सबै राष्ट्रमा म आगो लगाइदिनेछु, तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्। ९ आफूमाथि ज्यादै भरोसा गर्ने इथियोपियालाई तर्साउन म त्यो दिन सन्देशवाहकहरूलाई जहाजमा पठाउनेछु; मिश्रको इन्साफको दिनमा तिनीहरू डरले थरथर काँप्नेछन् किनभने त्यो दिन निश्चय आउनेछ।’
१० “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म मिश्रका मानिसहरूलाई बेबिलोनका राजा नबुकद्नेजरको* हातबाट नाश गर्नेछु।+ ११ तिनी र तिनका फौज, जो अत्यन्तै निष्ठुर र क्रूर छन्,+ तिनीहरूलाई मिश्र नाश गर्न पठाइनेछ। तिनीहरूले मिश्रलाई आफ्नो तरबारले प्रहार गर्नेछन् र देशभरि लासको थुप्रो लगाउनेछन्।+ १२ म नाइल नदीका नहरहरूलाई+ सुकाइदिनेछु र मिश्रलाई दुष्टहरूको हातमा बेचिदिनेछु। त्यो देश र त्यसमा भएका सबै कुरा विदेशीको हातबाट उजाड हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ।’
१३ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्क फैलाइदिनेछु।+ १४ म पाथ्रोसलाई उजाड पारिदिनेछु,+ जोअनमा आगो लगाइदिनेछु अनि नोलाई* पनि सजाय दिनेछु।+ १५ मिश्रको बलियो गढ सिनमाथि म रिस पोख्नेछु र नोका बासिन्दाहरूलाई नाश गर्नेछु। १६ मिश्रमा म आगो लगाइदिनेछु, सिन डरले थरथर काँप्नेछ, नो तहसनहस हुनेछ र नोफमाथि* दिउँसै आक्रमण हुनेछ। १७ ओन* र पिबेसेथका युवकहरू तरबारले काटिनेछन् र सहरवासीहरू कैदमा लगिनेछन्। १८ मैले तपनेसमा मिश्रको जुवा भाँच्दा त्यहाँ अन्धकार छाउनेछ।+ त्यसको सेखी झर्नेछ+ अनि कालो बादलले त्यसलाई ढाक्नेछ र त्यसका सहरवासीहरू कैदमा लगिनेछन्।+ १९ म मिश्रलाई सजाय दिनेछु। तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।’”
२० अनि ११ औँ वर्षको पहिलो महिनाको सातौँ दिनमा यहोवाको वचन मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २१ “हे मानिसको छोरा, मैले मिश्रका फारोको पाखुरा भाँचिदिएको छु। त्यसलाई निको पार्न मलहमपट्टी गरिनेछैन र पाखुरा कमजोर भएकोले त्यसले तरबार उठाउन सक्नेछैन।”
२२ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म मिश्रका फारोविरुद्ध खडा भएको छु।+ म त्यसको भाँचिएको र बलियो दुवै पाखुरा भाँचिदिनेछु।+ त्यसको हातबाट तरबार खसालिदिनेछु।+ २३ त्यसपछि म मिश्रीहरूलाई जातिजातिबीच र देशदेशमा तितरबितर पारिदिनेछु।+ २४ म बेबिलोनका राजाको पाखुरा बलियो पारिदिनेछु*+ र मेरो तरबार तिनको हातमा थमाइदिनेछु।+ अनि म फारोका पाखुरा भाँचिदिनेछु र त्यो मर्न लागेको मानिसजस्तै बेबिलोनका राजासामु छटपटाएर कराउनेछ। २५ म बेबिलोनको राजाका पाखुरा बलियो पारिदिनेछु तर फारोका पाखुरा भने लुलो बनाउनेछु। अनि जब म बेबिलोनका राजाको हातमा मेरो तरबार थमाइदिनेछु र तिनले मिश्रविरुद्ध तरबार चलाउनेछन्,+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्। २६ म मिश्रीहरूलाई जातिजातिबीच र देश-देशमा तितरबितर पारिदिनेछु।+ तब म नै यहोवा हुँ भनेर तिनीहरूले जान्नेछन्।’”
३१ एघारौँ वर्षको तेस्रो महिनाको पहिलो दिन यहोवाको यो वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, मिश्रका फारो र त्यसका मानिसहरूलाई भन्नू,+
‘तेरो महानताको तुलना म कोसित गरूँ?
३ एक जना अस्सेरियाली थियो, लेबनानको एउटा देवदार।
त्यसका हाँगाहरू असाध्यै सुन्दर, झ्याम्म परेका र लामा-लामा थिए।
त्यसको टुप्पो आकाशसम्मै पुगेको थियो।
४ प्रशस्त पानी पाएकोले त्यो निकै ठूलो भयो, गहिरो मूलबाट पानी पाएकोले हलक्क बढ्यो।
त्यो जहाँ रोपिएको थियो, त्यसका चारैतिर खोलाहरू थिए;
ती खोलानालाले मैदानका सबै रूखलाई पानीले भिजाउँथ्यो।
५ त्यसैले त्यो मैदानका अरू रूखभन्दा अग्लो भयो।
खोलाहरूमा प्रशस्त पानी भएकोले
त्यसका हाँगाबिँगा झाँगिँदै गए र लामा-लामा भए।
६ आकाशका सबै चराले त्यसमा गुँड बनाए;
सबै जङ्गली जनावर त्यसका हाँगामुनि आएर ब्याए;
ठूलठूला जातिहरूले त्यसको छहारीमुनि शरण लिए।
७ त्यसको जरामा प्रशस्त पानी पुगेकोले
त्यसका हाँगाबिँगा लामा-लामा भए र त्यो एकदमै सुन्दर देखिन्थ्यो।
८ परमेश्वरको बगैँचामा भएका कुनै पनि देवदार+ त्यसको बराबरीमा आउन सक्दैनथ्यो।
त्यसको जस्तो हाँगा कुनै पनि धुपीको थिएन।
त्यसको जस्तो हाँगाबिँगा कुनै पनि कटुसको थिएन।
परमेश्वरको बगैँचामा भएको अरू कुनै पनि रूख त्योजस्तो सुन्दर थिएन।
९ मैले त्यसलाई झ्याम्म परेको र सुन्दर बनाएँ।
अदनको बगैँचाका अर्थात् साँचो परमेश्वरको बगैँचाका सबै रूखले त्यसको डाह गर्थे।’
१० “त्यसैकारण ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘त्यो ज्यादै अग्लो भएर त्यसको टुप्पो बादलसम्मै पुग्यो र त्यो घमन्डले फुल्यो। ११ त्यसैले म त्यसलाई जातिजातिमध्येको शक्तिशाली शासकको हातमा सुम्पनेछु।+ तिनी त्यसविरुद्ध उठ्नेछन् र त्यसको दुष्टताको कारण म त्यसलाई तिरस्कार गर्नेछु। १२ अनि अत्यन्तै निष्ठुर र क्रूर विदेशीहरूले त्यसलाई ढाल्नेछन् र त्यसलाई पहाडमा अलपत्र छोड्नेछन्। त्यसका पातहरू तल बेँसीमा झर्नेछन् र त्यसका हाँगाहरू खोलाहरूमा छरपस्ट हुनेछन्।+ त्यसको छहारीमुनि शरण लिएका सबै मानिस त्यसलाई छोडेर भाग्नेछन्। १३ त्यसको मुढामा आकाशका सबै चराचुरुङ्गी र त्यसका हाँगाहरूमा सबै जङ्गली जनावर बस्नेछन्।+ १४ त्यस उप्रान्त खोलाछेउको कुनै पनि रूख असाध्यै अग्लो हुनेछैन वा त्यसको टुप्पोले बादल छुनेछैन र प्रशस्त पानी पाएको अरू कुनै पनि रूख बादलसम्मै पुग्नेछैन। किनकि तिनीहरू नाश हुनेछन् र मरिसकेका अरू मानिससँगै गहिरो खाडलमा* जानेछन्।’
१५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘त्यो रूख चिहानमा* जाने दिन म मानिसहरूलाई शोक मनाउन लगाउनेछु। त्यसले पानी नपाओस् भनेर म पानीका गहिरा मुहानहरू बन्द गरिदिनेछु र खोलाहरू थुनिदिनेछु। यसरी म लेबनानलाई शोकाकुल पार्नेछु र मैदानका सबै रूख ओइलाउनेछन्। १६ त्यो ढलेको आवाज सुनेर जातिजातिका मानिस त्रसित हुनेछन्। म त्यसलाई मरेका सबै मानिस पुग्ने गहिरो खाडलमा* जाक्नेछु। तब अदनका सबै रूखले,+ लेबनानका सबैभन्दा असल र राम्रा रूखले, प्रशस्त पानी भएको ठाउँका रूखले गहिरो खाडलमा सान्त्वना पाउनेछन्। १७ देवदारको त्यो रूखसँगसँगै ती रूखहरू पनि चिहानमा* जानेछन्,+ जहाँ तरबारले काटिएका रूखहरू छन्। त्यस रूखको छत्रछायामा बसेका जातिजातिका त्यसका समर्थकहरू* पनि त्यससँगसँगै जानेछन्।’+
१८ “‘अदनको अरू कुनचाहिँ रूखले तैँले जति ख्याति अनि महिमा पाएको थियो र?+ तँ अदनका रूखहरूसँगै काटिनेछस् र चिहानमा जानेछस्। बेखतनेहरूसँगै* र तरबारले काटिएकाहरूसँगै तँ पनि गाडिनेछस्। फारो र त्यसका मानिसहरूमाथि यो सब आइपर्नेछ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
३२ अनि १२ औँ वर्षको १२ औँ महिनाको पहिलो दिन यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, मिश्रका फारोबारे एउटा शोकगीत गाऊ र त्यसलाई यसो भन,
‘तँ राष्ट्रहरूबीच बलियो जवान सिंहजस्तै थिइस्
तर तँलाई चुप लगाइएको छ।
तँ आफ्ना नदीहरूका पानीलाई खुट्टाले बेसरी हिर्काउने,
नदीहरूलाई धमिलो बनाउने र त्यसमा फोहोर गर्ने बडेमाको जलजन्तुजस्तै थिइस्।’+
३ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
‘म थुप्रै जातिका मानिसहरूलाई तँमाथि जाल फ्याँक्न लगाउनेछु
अनि तिनीहरूले तँलाई मेरो जालले माथि तान्नेछन्।
४ म तँलाई जमिनमा बिचल्ली पारेर छोड्नेछु;
तँलाई खुला मैदानमा पछार्नेछु।
म आकाशका सबै चरालाई तँमाथि बस्न अह्राउनेछु
अनि पृथ्वीका सबै जङ्गली जनावरलाई तेरो मासु खुवाएर तृप्त पार्नेछु।+
५ म तेरो मासु पहाडहरूमा छरिदिनेछु
र बेँसीहरूलाई तेरो हाडखोडले भरिदिनेछु।+
६ म तेरो रगतको भलले जमिन भिजाउनेछु र त्यो पहाडसम्मै पुग्नेछ,
सबै खोलानाला तेरै रगतले भरिनेछन्।’*
७ ‘तँलाई निभाउँदा म आकाशलाई अँध्यारो पार्नेछु र ताराहरूलाई अन्धकारले छोप्नेछु।
म सूर्यलाई बादलले ढाक्नेछु
अनि चन्द्रमाले पनि उज्यालो दिनेछैन।+
८ तेरो कारण आकाशका सबै ज्योतिलाई म अँध्यारो पारिदिनेछु,
तेरो देशलाई म घोर अन्धकारले छोपिदिनेछु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
९ ‘म तेरा मानिसहरूलाई कैदी बनाएर तैँले नामै नसुनेका देशहरूमा लैजानेछु।+
त्यो देखेर जातिजातिका मानिसहरू हताश हुनेछन्।
१० मैले तिनीहरूसामु आफ्नो तरबार नचाउँदा
जातिजातिका मानिसहरू जिल्ल पर्नेछन् र तिनीहरूका राजाहरू थरथर हुनेछन्।
तँ पतन भएको दिन तिनीहरू आफ्नो पनि ज्यान जाला कि भनेर
डरले लुगलुग काँपिरहनेछन्।’
११ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
‘बेबिलोनका राजाको तरबार तँमाथि आइलाग्नेछ।+
१२ म तेरा मानिसहरूलाई वीर योद्धाहरूका तरबारले काट्न लगाउनेछु;
ती योद्धाहरू, जो अत्यन्तै निष्ठुर र क्रूर छन्।+
तिनीहरूले मिश्रको घमन्ड चूर पार्नेछन् र त्यसका सबै मानिसलाई नाश गर्नेछन्।+
१३ नदीवरपरका त्यसका सबै वस्तुभाउ म नाश गर्नेछु,+
त्यसपछि कुनै पनि मानिस वा वस्तुभाउले नदीको पानी धमिल्याउनेछैन।’+
१४ ‘त्यसपछि म तिनीहरूका नदीहरू सफा गर्नेछु
र नदी तेलझैँ सलल बग्नेछ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१५ ‘म मिश्रलाई उजाड पार्नेछु, त्यसमा केही बाँकी रहनेछैन।+
त्यसका सबै बासिन्दालाई पनि म नाश गर्नेछु।
तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।+
१६ यो शोकगीत हो र मानिसहरूले यो बारम्बार गाउनेछन्।
जातिजातिका स्त्रीहरूले यो गाउनेछन्।
मिश्र देश र त्यसका सबै मानिसलाई सम्झेर तिनीहरूले यो गीत गाउनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१७ त्यसपछि १२ औँ वर्षको महिनाको* १५ औँ दिन यहोवा परमेश्वरको यो वचन मकहाँ आयो: १८ “हे मानिसको छोरा, मिश्रका मानिसहरूको निम्ति विलाप गर। अनि त्यसलाई र शक्तिशाली राष्ट्रका छोरीहरूलाई चिहानमा जानेहरूसँगै गहिरो खाडलमा* पुऱ्याइनेछ भनेर घोषणा गर।
१९ “‘तँ आफूलाई खूबै सुन्दर छु भन्ठान्छेस्, होइन? अब बेखतनेहरूसितै* चिहानमा जा!’
२० “तिनीहरू तरबारले काटिएकाहरूसितै ढल्नेछन्।+ त्यो तरबारद्वारा काटिन लगिएकी छे; त्यसलाई त्यसका मानिसहरूसँगै घिस्याएर लगिनेछ।
२१ “‘चिहानबाट* वीर योद्धाहरूले त्यससित र त्यसका सहयोगीहरूसित कुरा गर्नेछन्। तिनीहरू तरबारले काटिनेछन् र बेखतनेहरू जस्तैगरि चिहानमा पस्रिनेछन्। २२ अस्सेरिया त्यसको सारा दलबलसहित त्यहीँ छ। सबै अस्सेरियालीको चिहान तिनीहरूका राजाको चिहानको वरपर छन्, तिनीहरू सबै तरबारले काटिएकाहरू हुन्।+ २३ त्यसको चिहान गहिरो खाडलको कुनै कुनामा छ र सारा मानिसको चिहान त्यसको चिहानको चारैतिर छ। तिनीहरू सबै तरबारले काटिएकाहरू हुन् किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्क फैलाएका थिए।
२४ “‘एलामको+ चिहान त्यसका सारा मानिसको चिहानसितै त्यहाँ छ। तिनीहरू सबै तरबारले काटिएकाहरू हुन्। जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्क फैलाएका थिए र खतना नभएकै अवस्थामा तिनीहरू चिहानमा गए। त्यसैले तिनीहरू चिहानमा जानेहरूसितै लाजमा पर्नेछन्। २५ तरबारले काटिएका मानिसहरूको बीचमा त्यसको निम्ति एउटा ओछ्यान बनाइएको छ। त्यसका मानिसहरूको चिहान त्यसको चिहानकै वरपर छ। तिनीहरू सबै बेखतनेहरू र तरबारले काटिएकाहरू हुन् किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्क फैलाएका थिए; त्यसैले तिनीहरू चिहानमा जानेहरूसितै लाजमा पर्नेछन्। त्यसलाई तरबारले काटिएकाहरूसँगै राखिएको छ।
२६ “‘मेसेक र तुबल त्यसका सारा मानिसहरूसहित त्यहीँ छन्।+ मेसेक र तुबलका सारा मानिसको चिहान तिनीहरूका राजाको चिहानको चारैतिर छ। तिनीहरू सबै बेखतनेहरू र तरबारले काटिएकाहरू हुन् किनकि जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्क फैलाएका थिए। २७ के तिनीहरू चिहानमा* पस्रिरहेका बेखतने वीर योद्धाहरूसितै पस्रिनेछैनन् र? ती योद्धाहरू युद्धका हातहतियारसहित चिहानमा गए। तिनीहरूले शिरमुनि आफ्ना तरबारहरू राख्नेछन्* र तिनीहरूको पापको सजाय तिनीहरूका हाडले समेत भोग्नेछन् किनकि यी शक्तिशाली योद्धाहरूले आफू जीवित छँदा मानिसहरूमाझ* आतङ्क फैलाएका थिए। २८ तर तँलाई भने बेखतनेहरूसितै कुल्चीमिल्ची पारिनेछ र तँ तरबारले काटिएकाहरूसितै पस्रिनेछस्।
२९ “‘एदोम,+ त्यसका राजाहरू र त्यसका कुलनायकहरू त्यहाँ छन्। शक्तिशाली भए तापनि तिनीहरू तरबारले काटिएकाहरूसितै पस्रिरहेका छन्; तिनीहरू पनि बेखतनेहरू+ र चिहानमा जानेहरूसितै पस्रिनेछन्।
३० “‘उत्तरका सबै शासक* र सबै सिदोनी+ त्यहाँ छन्, जसले आफ्नो शक्तिको कारण आतङ्क फैलाएका थिए तर तिनीहरू तरबारले काटिएकाहरूसँगै अपमानित भएर चिहानमा गएका छन्। तिनीहरू खतना नभएकै अवस्थामा तरबारले काटिएकाहरूसित पस्रिनेछन् र चिहानमा जानेहरूसितै अपमानित हुनेछन्।
३१ “‘फारोले यी सबै देख्नेछ र आफ्ना मानिसहरूले भोगेको विपत्ति देखेर सान्त्वना पाउनेछ;+ फारो र त्यसका सबै सेना तरबारले काटिनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
३२ “‘जीवित छँदा मानिसहरूमाझ* फारोले आतङ्क फैलाएको हुँदा त्यो र त्यसका सबै मानिस बेखतनेहरू र तरबारले काटिएकाहरूसितै चिहानमा जानेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
३३ अनि यहोवाको यो वचन मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, आफ्ना देशवासीहरूलाई यसो भन:+
“‘मानौँ, मैले कुनै देशविरुद्ध तरबार पठाएँ+ र त्यस देशका सबैले एक जना मानिसलाई छानेर आफ्नो पहरेदार नियुक्त गरे। ३ अनि त्यस पहरेदारले देशमाथि हमला हुन लागेको देखेर देशवासीलाई चेतावनी दिन सिङ फुक्यो।+ ४ तर कसैले सिङ फुकेको आवाज सुनेर पनि नसुनेझैँ गऱ्यो+ र त्यो मानिस तरबारको प्रहारले मऱ्यो भने त्यसको मृत्युको दोष त्यसकै थाप्लोमा पर्नेछ।+ ५ त्यसले सिङ फुकेको आवाज सुन्यो तर चेतावनीलाई वास्ता गरेन। त्यसको मृत्युको दोष त्यसकै थाप्लोमा पर्नेछ। त्यसले चेतावनी सुनेको भए त्यसको ज्यान बच्ने थियो।
६ “‘तर त्यस पहरेदारले देशमाथि हमला हुन लागेको देखेर पनि सिङ फुकेन+ र चेतावनी नपाएकोले कोही मऱ्यो भने त्यो मानिस त आफ्नै कुकर्मको कारण मर्नेछ तर त्यसको रगतको लेखा म त्यस पहरेदारसित लिनेछु।’+
७ “तर हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्त गरेको छु। मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले मानिसहरूलाई मेरो चेतावनी सुनाउनू।+ ८ मैले कुनै दुष्ट मानिसलाई ‘ए दुष्ट, तँ पक्कै मर्नेछस्!’+ भनेँ तर तिमीले त्यसलाई आफ्नो कुकर्म त्याग्न चेतावनी दिएनौ भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर त्यसको रगतको लेखा म तिमीसित लिनेछु। ९ तर तिमीले कुनै दुष्ट मानिसलाई कुकर्म त्याग्न चेतावनी दियौ तैपनि त्यसले त्याग्न मानेन भने त्यो आफ्नै कुकर्मले गर्दा मर्नेछ+ तर तिमीले भने आफ्नो ज्यान जोगाउनेछौ।+
१० “अनि हे मानिसको छोरा, तिमीले इस्राएलको घरानालाई भन्नू, ‘तिमीहरूले यसो भनेका थियौ: “हाम्रो विद्रोह र हाम्रो पापको बोझले हामी थिचिएर खङ्ग्रङ्ङै सुकेका छौँ।+ हामी कसरी बाँच्न सकौँला र?”’+ ११ तिनीहरूलाई भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, दुष्ट मर्दा म खुसी हुन्नँ+ बरु त्यसले कुकर्म त्यागेर+ बाँचेको म चाहन्छु।+ त्यसैले फर्क, कुकर्म त्यागेर आऊ।+ हे इस्राएलको घराना, तिमीहरू व्यर्थैमा किन मर्छौ?”’+
१२ “हे मानिसको छोरा, तिमीले आफ्ना देशवासीलाई यसो भन्नू, ‘धर्मी मानिसले पहिला जति नै असल काम गरेको भए पनि उसले विद्रोह गर्छ भने ऊ मर्नेछ।+ अर्कोतर्फ दुष्ट मानिसचाहिँ आफ्नो दुष्ट काम त्यागेर फर्कन्छ भने त्यो मर्नेछैन।+ तर धर्मी मानिसले पाप गऱ्यो भने उसले पहिला जति नै असल काम गरेको भए पनि ऊ मर्नेछ।+ १३ मैले त्यस धर्मी मानिसलाई “तिमी पक्कै बाँच्नेछौ” भनेँ तर आफूले पहिला गरेको असल कामको कारण कुनै सजाय पाइँदैन भन्ठान्दै उसले गलत काम* गऱ्यो भने+ उसको कुनै पनि असल काम याद गरिनेछैन। ऊ आफ्नो गलत कामको कारण मर्नेछ।+
१४ “‘अनि मैले दुष्ट मानिसलाई “तँ पक्कै मर्नेछस्” भनेँ तर त्यसले पाप गर्न छोडेर न्यायसङ्गत र असल काम गऱ्यो;+ १५ साथै बन्धकी फिर्ता गऱ्यो,+ लुटेको माल पनि फिर्ता गऱ्यो+ र गलत काम छोडेर जीवनको बाटोमा हिँड्यो भने त्यो पक्कै बाँच्नेछ।+ त्यो मर्नेछैन। १६ त्यसले गरेको कुनै पनि कुकर्म याद गरिनेछैन।+ न्यायसङ्गत र असल काम गरेकोले त्यो पक्कै बाँच्नेछ।’+
१७ “तर तिम्रा देशवासीहरूले यसो भनेका छन्, ‘यहोवाको काम न्यायसङ्गत छैन।’ वास्तवमा तिनीहरूको काम पो न्यायसङ्गत छैन।
१८ “कुनै धर्मी मानिसले असल काम त्यागेर खराब काम गऱ्यो भने ऊ आफ्नो खराब कामको कारण मर्नै पर्छ।+ १९ तर दुष्ट मानिसले आफ्नो दुष्ट काम त्यागेर न्यायसङ्गत र सही काम गऱ्यो भने त्यो बाँच्नेछ।+
२० “तर तिमीहरूले यसो भनेका छौ: ‘यहोवाको काम न्यायसङ्गत छैन।’+ हे इस्राएलको घराना, म तिमीहरू हरेकलाई तिमीहरूको कामअनुसार इन्साफ गर्नेछु।”
२१ हामी निर्वासनमा गएको १२ औँ वर्षको १० औँ महिनाको पाँचौँ दिनको कुरा हो, यरुसलेमबाट उम्केर आएको एक जना मानिस मकहाँ आयो+ र उसले भन्यो: “सहरलाई कब्जामा लिइएको छ!”+
२२ त्यो मानिस बिहान मकहाँ आइपुग्नुअघि अघिल्लो साँझ नै यहोवाको हात ममाथि आयो र उहाँले मेरो मुख खोलिदिनुभयो। मेरो बोली फुट्यो, म पहिले जस्तो गुँगो रहिनँ।+
२३ त्यतिखेर यहोवाको यो वचन मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २४ “हे मानिसको छोरा, यरुसलेमको भग्नावशेषमा बस्ने मानिसहरू+ इस्राएलबारे यसो भन्दै छन्, ‘अब्राहाम एक्लै थिए तैपनि तिनले यस देशलाई अधिकार गरे।+ हामी त थुप्रै छौँ; त्यसैले यो देश पक्कै हामीलाई अधिकार गर्न दिइएको हो।’
२५ “त्यसकारण तिनीहरूलाई भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “तिमीहरू रगतसहित मासु खाँदै छौ,+ तिमीहरूले घिनलाग्दा मूर्तिहरू* पुजेका छौ र तिमीहरू हत्या गर्न छोड्दैनौ।+ म किन तिमीहरूलाई यो देश अधिकार गर्न दिऊँ? २६ तिमीहरूले आफ्नो तरबारमा भरोसा गरेका छौ,+ तिमीहरूले घिनलाग्दा काम गरेका छौ र आफ्नो छिमेकीकी पत्नीलाई बिटुलो नपार्ने तिमीहरूमध्ये कोही छैन।+ म किन तिमीहरूलाई यो देश अधिकार गर्न दिऊँ?”’+
२७ “तिमीले तिनीहरूलाई भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, यरुसलेमको भग्नावशेषमा बास गर्नेहरू तरबारले मारिनेछन्; खुला मैदानमा बस्नेहरूलाई म जङ्गली जनावरको सिकार बनाइदिनेछु अनि बलिया गढ र ओडारमा लुक्नेहरू रोगबिमारले मर्नेछन्।+ २८ म त्यस देशलाई निर्जन र उजाड बनाइदिनेछु,+ त्यसको घमन्ड चूर पारिदिनेछु अनि इस्राएलका डाँडाहरूलाई यस्तो उजाड पार्नेछु+ कि त्यो बाटो भएर कोही आवतजावत गर्नेछैन। २९ तिनीहरूले गरेका सबै घिनलाग्दा कामको कारण+ म तिनीहरूको देशलाई निर्जन र उजाड पार्नेछु।+ तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।”’
३० “हे मानिसको छोरा, तिम्रा देशवासी पर्खालको छेउमा र घरका ढोकाहरूमा एकअर्कासित तिम्रो बारेमा कुरा गर्दै छन्।+ तिनीहरूले एकअर्कालाई अनि आफ्ना दाजुभाइलाई ‘आओ, यहोवा के भन्दै हुनुहुन्छ, सुनौँ’ भन्दै छन्। ३१ पहिले-पहिलेजस्तै तिनीहरू तिमीकहाँ आउनेछन् र मेरा मानिसहरूजस्तो बनेर तिमीसामु बस्नेछन्। तिनीहरूले तिम्रो कुरा सुन्नेछन् तर तिमीले भनेझैँ गर्नेछैनन्।+ तिनीहरू मुखले त ठिक्क पार्छन्* तर मनमा भने बेइमानीद्वारा केही पाउने लोभ गरिरहेका हुन्छन्। ३२ हेर, तिम्रो कुरा तिनीहरूका लागि तारेबाजाको मीठो धुनमा सुरिलो स्वरले गाएको माया-प्रीतिको गीतजस्तै हुनेछ। तिनीहरूले तिम्रो कुरा सुन्नेछन् तर तिमीले भनेझैँ गर्नेछैनन्। ३३ तिमीले भनेका कुरा पक्कै पूरा हुनेछन्। जब त्यो पूरा हुन्छ, तब तिनीहरूले आफूहरूमाझ एक जना भविष्यवक्ता रहेछन् भनेर जान्नेछन्।”+
३४ यहोवाको यो वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, इस्राएलका गोठालाहरूविरुद्ध भविष्यवाणी गर। तिनीहरूलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “ए इस्राएलका गोठालाहरू, तिमीहरूलाई धिक्कार छ!+ गोठालोको काम आफ्नो बगाललाई खुवाउनु होइन र?+ तर तिमीहरू बगाललाई खुवाउन छोडेर आफैलाई पोसिरहेका छौ! ३ तिमीहरू बगालका जनावरको बोसो खान्छौ, तिनीहरूको ऊनबाट बनेको लुगा लगाउँछौ र मोटोघाटो जनावर छानेर मार्छौ।+ तर बगाललाई भने खुवाउँदैनौ।+ ४ कमजोरहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, बिरामी भएकाहरूलाई निको पारेका छैनौ, घाइतेहरूलाई मलहमपट्टी लगाएका छैनौ, बाटो बिराएर यताउता लागेकाहरूलाई फर्काएका छैनौ न त हराएकाहरूलाई खोज्न नै गएका छौ।+ बरु तिमीहरूले उल्टै तिनीहरूसित कठोर र निर्दयी व्यवहार गरेका छौ।+ ५ हेरचाह गर्ने गोठालो नभएकोले ती भेडाहरू यताउता लागे।+ तिनीहरू छरपस्ट भए र जङ्गली जनावरको सिकार बन्न पुगे। ६ मेरा भेडाहरू हराएर पहाडहरूतिर अनि हरेक अग्ला डाँडाहरूतिर भौँतारिए अनि पृथ्वीको कुनाकुनासम्म तितरबितर भए। तर तिनीहरूको वास्ता गर्ने र तिनीहरूलाई खोज्न जाने कोही भएन।
७ “‘“त्यसैले ए गोठालाहरू हो, यहोवा के भन्नुहुन्छ, सुन: ८ ‘ब्रह्माण्डका मालिक यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म आफ्नै कसम खाएर भन्छु, म पक्कै कदम चाल्नेछु। किनकि हेरचाह गर्ने गोठालाहरू नभएकोले मेरा भेडाहरू जङ्गली जनावरको सिकार भएका छन्। मैले छानेका गोठालाहरूले मेरा भेडाहरूको खोजी गरेनन्। तिनीहरूले मेरा भेडाहरूलाई खुवाएनन् बरु उल्टै आफूलाई पोसे।”’ ९ त्यसैले ए गोठालाहरू हो, यहोवा के भन्नुहुन्छ, सुन। १० ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तिमीहरूविरुद्ध उठेको छु। म तिमीहरूसित मेरा भेडाहरूको हिसाब माग्नेछु* र अबदेखि तिमीहरूले मेरा भेडाहरूलाई चराउन पाउनेछैनौ।+ मेरा भेडाहरूलाई मारेर आफैलाई पोस्न पाउनेछैनौ। म मेरा भेडाहरूलाई तिमीहरूको मुखबाट छुटाएर ल्याउनेछु। मेरा भेडाहरू अबदेखि तिमीहरूको आहार हुनेछैनन्।’”
११ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म आफै मेरा भेडाहरूलाई खोज्नेछु। म आफै तिनीहरूको हेरचाह गर्नेछु।+ १२ हराएको भेडालाई भेट्टाएपछि त्यसको हेरचाह गर्ने र त्यसलाई खुवाउने गोठालोले जस्तै म तिनीहरूको हेरचाह गर्नेछु।+ धुम्म परेको र कालो बादल लागेको दिनमा+ हराएका भेडाहरूलाई म सबै ठाउँबाट खोजेर फिर्ता ल्याउनेछु। १३ म तिनीहरूलाई जातिजातिको बीचबाट र ठाउँठाउँबाट जम्मा गरेर तिनीहरूको भूमिमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई इस्राएलका पहाडहरूमा,+ बस्तीहरूमा र खोलाछेउमा चराउनेछु। १४ म तिनीहरूलाई हरियो चरनमा लगेर चराउनेछु। इस्राएलका अग्ला पहाडहरूमा तिनीहरू चर्नेछन्।+ तिनीहरू प्रशस्त घाँस भएको ठाउँमा पल्टनेछन्+ र तिनीहरूले इस्राएलका पहाडहरूमा भएका हरिया-हरिया घाँस खानेछन्।”
१५ “‘ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, “मेरा भेडाहरूलाई म आफै खुवाउनेछु+ र तिनीहरूलाई आराम गर्न दिनेछु।+ १६ हराएकाहरूलाई म खोजेर ल्याउनेछु,+ बाटो बिराएर बगालबाट यताउता लागेकाहरूलाई फर्काएर ल्याउनेछु, घाइतेहरूलाई मलहमपट्टी लगाइदिनेछु र कमजोरहरूलाई बलियो पार्नेछु। तर मोटाघाटा र बलियाको म इन्साफ गर्नेछु र तिनीहरूलाई नाश गर्नेछु।”
१७ “‘ए मेरो बगाल, तिमीहरूको विषयमा ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म हरेक भेडाको न्याय गर्नेछु, बगालका थुमा र बोकाको इन्साफ गर्नेछु।+ १८ हरिया-हरिया घाँस खान पाएर पनि तिमीहरूलाई पुगेन? बाँकी घाँसलाई तिमीहरू किन कुल्चीमिल्ची गर्छौ? खोलाको सङ्लो पानी पिएपछि तिमीहरू किन त्यसलाई खुट्टाले टेकेर धमिल्याउँछौ? १९ अब के मेरो बगालले तिमीहरूले कुल्चीमिल्ची पारेको घाँस खाने? अनि तिमीहरूले खुट्टाले टेकेर धमिलो पारेको पानी पिउने?”
२० “‘त्यसैले ब्रह्माण्डका मालिक यहोवा तिनीहरूलाई यसो भन्नुहुन्छ: “म आफै अघि सरेर मोटाघाटा र दुब्ला-पातला भेडाहरूबीच न्याय गर्नेछु। २१ किनकि तिमीहरूले बिरामी परेकाहरूलाई तितरबितर नहोउन्जेल आफ्नो पेटले र काँधले ठेलिरह्यौ अनि सिङले हानिरह्यौ। २२ म आफ्ना भेडाहरूलाई तिमीहरूबाट जोगाउनेछु र तिनीहरूलाई कसैले सिकार बनाउनेछैन।+ अनि म हरेक भेडाको न्याय गर्नेछु। २३ म तिनीहरूमाथि एउटा गोठालोलाई,+ मेरो सेवक दाउदलाई+ नियुक्त गर्नेछु। तिनी आफैले मेरो बगाललाई खुवाउनेछन् र तिनीहरूको गोठालो हुनेछन्।+ २४ अनि म यहोवा तिनीहरूका परमेश्वर हुनेछु+ र मेरो सेवक दाउद तिनीहरूका शासक हुनेछन्।+ म यहोवाले नै यसो भनेको हुँ।
२५ “‘“म तिनीहरूसित शान्तिको करार गर्नेछु।+ तिनीहरूको देशबाट हिंस्रक जङ्गली जनावरहरूलाई धपाउनेछु+ ताकि तिनीहरू निर्जनभूमिमा ढुक्कसित बसून्, वनमा मस्त निदाऊन्।+ २६ तिनीहरूलाई र मेरो डाँडावरपरका ठाउँहरूलाई म आशिष् दिनेछु।*+ म ठीक-ठीक समयमा झरी बर्साउनेछु। झरीजस्तै तिनीहरूमाथि आशिष् बर्सनेछ।+ २७ रूखहरूले फल दिनेछन् र जमिनले उब्जनी दिनेछ।+ तिनीहरू कुनै चिन्ता र फिक्रीविना बस्नेछन्। अनि जब म तिनीहरूको जुवा भाँचिदिनेछु+ र तिनीहरूलाई दास बनाउनेहरूको हातबाट मुक्त गर्नेछु, तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्। २८ अरू जातिले तिनीहरूलाई फेरि कहिल्यै सिकार बनाउनेछैनन्। जङ्गली जनावरहरूले तिनीहरूलाई मार्नेछैनन्। तिनीहरू ढुक्कसित बस्नेछन् र कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।+
२९ “‘“म तिनीहरूलाई प्रशस्त उब्जनी हुने जमिन दिनेछु। तिनीहरू फेरि कहिल्यै अनिकालले मर्नेछैनन्।+ अरू जातिले फेरि कहिल्यै तिनीहरूको बेइज्जत गर्नेछैनन्।+ ३० ‘तब इस्राएलको घरानाले म यहोवा तिनीहरूका परमेश्वर तिनीहरूको साथमा छु र तिनीहरू मेरा मानिसहरू हुन् भनेर जान्नेछ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”’
३१ “‘ए मेरो बगाल,+ मैले हेरचाह गरेका भेडाहरू, तिमीहरू केवल मानिस हौ तर मचाहिँ तिमीहरूका परमेश्वर हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
३५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, सेइरको पहाडी इलाकातिर+ फर्केर त्यसविरुद्ध भविष्यवाणी गर।+ ३ त्यसलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “हे सेइरको पहाडी इलाका, म तँविरुद्ध खडा भएको छु। म तँमाथि आफ्नो हात उठाउनेछु अनि तँलाई निर्जन र उजाड पारिदिनेछु।+ ४ म तेरा सहरहरू ध्वस्त पार्नेछु अनि तँ निर्जन र उजाड हुनेछस्+ अनि तैँले म नै यहोवा हुँ भनेर जान्नेछस्। ५ किनकि तैँले इस्राएलीहरूसित सधैँ दुस्मनी गरिस्+ अनि तिनीहरूमाथि विपत्ति आउँदा, तिनीहरूलाई दण्ड दिएर अन्तिम न्याय गर्ने समय आउँदा तैँले तिनीहरूलाई तरबारको सिकार हुन दिइस्।”’+
६ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, म तँलाई मृत्युको योग्य ठहराउनेछु अनि मृत्युले* तँलाई पछ्याउन छोड्नेछैन।+ तँ जसलाई घृणा गर्थिस्, तिनीहरूलाई तैँले मृत्युमा पुऱ्याइस्, त्यसैले तँलाई पनि मृत्युमा पुऱ्याइनेछ।+ ७ म सेइरको पहाडी इलाकालाई निर्जन र उजाड बनाउनेछु।+ अनि त्यसको बाटो भएर आवतजावत गर्ने जोकोहीलाई नाश गर्नेछु। ८ म तेरो पहाडी इलाका लासैलासले भरिदिनेछु अनि तरबारले काटिएकाहरूको लासले तेरा पहाड, बेँसी र सबै खोलानाला भरिनेछन्। ९ तँ सदाको लागि उजाड हुनेछस् र तेरा सहरहरू कहिल्यै आबाद हुनेछैनन्+ अनि तैँले म नै यहोवा हुँ भनेर जान्नेछस्।’
१० “तैँले यसो भनिस्, ‘यी दुई जाति र यी दुई देश मेरा हुनेछन् र म यिनीहरूमाथि कब्जा जमाउनेछु।’+ तर तैँले म यहोवा त्यहीँ छु भनेर बिर्सिस्। ११ त्यसैले ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, तैँले तिनीहरूसित रिस, ईर्ष्या र दुस्मनी राखेर जस्तो व्यवहार गरिस्, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु+ अनि मैले तँलाई दण्ड दिँदा तिनीहरूले म को हुँ भनेर जान्नेछन्। १२ जब म तँलाई दण्ड दिन्छु, तब म यहोवाले तैँले भनेका सबै अपमानजनक कुरा सुनेको रहेछु भनेर तैँले बुझ्नेछस्। किनकि तैँले इस्राएलका पहाडहरूविरुद्ध यसो भनेको थिइस्, “ती उजाड भएका छन् र हाम्रै आहार बनेका छन्।” १३ अहङ्कारी भई तैँले मेरो विरुद्धमा थुप्रै कुरा बोलिस्।+ मैले तेरो सबै कुरा सुनेँ।’
१४ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘मैले तँलाई निर्जन र उजाड पार्दा सारा पृथ्वी रमाउनेछ। १५ इस्राएलको घरानाको उत्तराधिकार खोसिँदा तँ खुब रमाएको थिइस् तर अब म तँलाई त्यसरी नै उजाड पार्नेछु।+ ए सेइरको पहाडी इलाका, हो, सारा एदोम, तँ निर्जन र उजाड हुनेछस्;+ तब मानिसहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।’”
३६ “हे मानिसको छोरा, इस्राएलका पहाडहरूबारे यस्तो भविष्यवाणी गर, ‘हे इस्राएलका पहाडहरू हो, यहोवाको वचन सुन। २ ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “शत्रुले गिल्ला गर्दै तिमीहरूको विषयमा यसो भनेको छ, ‘आहा! उहिले-उहिलेका अग्ला ठाउँहरूसमेत हाम्रा भएका छन्!’”’+
३ “त्यसकारण भविष्यवाणी गर र भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “जातिजातिमाथि आइपरेको विनाशबाट बचेका मानिसहरूले तिमीहरूमाथि कब्जा जमाउन तिमीहरूलाई उजाड पारेका छन् र चारैतिरबाट आक्रमण गरेका छन् अनि मानिसहरूले तिमीहरूको कुरा काटिरहेका छन् र तिमीहरूको निन्दा गरिरहेका छन्।+ ४ त्यसैले हे इस्राएलका पहाडहरू हो, ब्रह्माण्डका मालिक यहोवा के भन्नुहुन्छ, सुन! पहाडहरू र डाँडाहरूलाई, खोलाहरूलाई, बेँसीहरूलाई, उजाड पारिएका ठाउँहरूलाई+ अनि वरपरका सहरहरूलाई, जसलाई जातिहरूको विनाश हुँदा त्यसबाट बचेका मानिसहरूले लुटेका थिए र घृणा गरेका थिए,+ तिनीहरूलाई ब्रह्माण्डका मालिक यहोवा के भन्नुहुन्छ, सुन। ५ यिनीहरूलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘विनाशबाट बचेका मानिसहरूविरुद्ध अनि सारा एदोमविरुद्ध म क्रोध खन्याउनेछु।+ किनकि तिनीहरूले मेरो देशको खर्क हडप्न र त्यसलाई लुट्न मेरो देशमाथि आफ्नो हक दाबी गरेका छन्।+ तिनीहरूले रमाउँदै र खिल्ली उडाउँदै+ त्यसो गरेका छन्।’”’
६ “त्यसैले इस्राएलबारे भविष्यवाणी गर अनि पहाडहरू र डाँडाहरूलाई, खोलाहरूलाई र बेँसीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “जातिजातिले तिमीहरूको अपमान गरेका छन्। त्यसैले म क्रोधित हुनेछु र तिनीहरूलाई के हुनेछ भनी बताउनेछु।”’+
७ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘तिमीहरूका वरपरका जातिहरूले पनि अपमान भोग्नेछन्+ भनी म आफ्नो हात उठाएर शपथ खान्छु। ८ तर हे इस्राएलका डाँडाहरू हो, मेरो प्रजा इस्राएलको लागि तिमीहरूमा हाँगा पलाउनेछ र तिमीहरूले फल फलाउनेछौ+ किनकि मेरो प्रजा इस्राएल चाँडै आफ्नो देश फर्कनेछ। ९ म तिमीहरूको साथमा छु र म फेरि तिमीहरूलाई ध्यान दिनेछु अनि तिमीहरूलाई खनजोत गरेर बिउ छर्नेछु। १० म तिमीहरूका मानिसहरू अर्थात् इस्राएलको सम्पूर्ण घरानाको सङ्ख्या बढाउनेछु। अनि सहरहरू आबाद हुनेछन्+ र उजाड पारिएका सहरहरू फेरि बसालिनेछन्।+ ११ म तिमीहरूका मानिसहरूको र गाईवस्तुको सङ्ख्या बढाउनेछु;+ तिनीहरू बढ्दै गएर धेरै हुनेछन्। अनि तिमीहरूलाई पहिला-पहिलाजस्तै आबाद गराउनेछु+ र पहिलेभन्दा पनि फलिफाप गराउनेछु+ अनि तिमीहरूले म नै यहोवा हुँ भनेर जान्नेछौ।+ १२ म मेरा जन इस्राएलीहरूलाई तिमीहरूमाथि पाइला टेक्न लगाउनेछु अनि तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्।+ तिमीहरू तिनीहरूको सम्पत्ति हुनेछौ र तिमीहरूले तिनीहरूका बालबच्चालाई फेरि कहिल्यै खोस्नेछैनौ।’”+
१३ “ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: ‘तिनीहरूले तिमीहरूलाई यसो भन्दै छन्, “तिमीहरू त्यस्तो देश हौ, जो मानिसहरूलाई निल्छौ र आफ्ना राष्ट्रहरूका केटाकेटीलाई खोस्छौ।”’ १४ ‘त्यसकारण तिमीहरूले अबदेखि मानिसहरू खानेछैनौ अथवा आफ्नो देशका बालबच्चालाई खोस्नेछैनौ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १५ ‘म तिमीहरूलाई अबदेखि जातिजातिको हाँसोको पात्र अथवा निन्दाको पात्र हुन दिनेछैनँ+ अनि तिमीहरू आफ्ना जातिहरूको निम्ति ठक्करको कारण बन्नुपर्नेछैन,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
१६ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १७ “हे मानिसको छोरा, इस्राएलको घराना आफ्नो देशमा छँदा तिनीहरूले आफ्नो काम र चालचलनद्वारा देशलाई अशुद्ध पारे।+ मेरो नजरमा तिनीहरूको चालचलन महिनावारीको कारण अशुद्ध भएकी स्त्रीजत्तिकै अशुद्ध थियो।+ १८ तिनीहरूले आफ्नो देशमा रगत बगाएकोले+ र घिनलाग्दा मूर्तिहरूले* देशलाई अशुद्ध बनाएकोले+ मैले तिनीहरूमाथि आफ्नो क्रोध पोखेँ। १९ मैले तिनीहरूलाई जातिजातिको बीचमा र ठाउँठाउँमा तितरबितर पारेँ।+ मैले तिनीहरूलाई तिनीहरूको कामअनुसारै दण्ड दिएँ। २० तर जब तिनीहरू ती जातिहरूको बीचमा पुगे, तब ती जातिहरूले तिनीहरूको विषयमा यसो भन्दै मेरो पवित्र नामलाई अपवित्र पारे,+ ‘यिनीहरू त यहोवाका मानिसहरू हुन् तैपनि यिनीहरूले आफ्नो देश छोड्नुपऱ्यो।’ २१ इस्राएलको घरानाले जातिजातिको बीचमा पुगेर कलङ्कित पारेको मेरो पवित्र नाम मेरो लागि कत्ति प्यारो छ, म देखाउनेछु।”+
२२ “त्यसैले इस्राएलको घरानालाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “हे इस्राएलको घराना, म तिमीहरूको खातिर होइन तर तिमीहरूले जातिजातिको बीचमा पुगेर कलङ्कित पारेको मेरो पवित्र नामको खातिर कदम चाल्नेछु।”’+ २३ ‘तिमीहरूको कारणले जातिजातिबीच कलङ्कित भएको मेरो महान् नामलाई म निश्चय नै पवित्र पार्नेछु;+ मैले जातिजातिकै आँखाको अगाडि तिमीहरूमाझ आफ्नो नाम पवित्र पार्दा तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २४ म तिमीहरूलाई जातिजातिको बीचबाट निकालेर ल्याउनेछु र सबै देशबाट जम्मा गरेर तिमीहरूकै देशमा फर्काउनेछु।+ २५ म तिमीहरूलाई सफा पानी छर्केर चोख्याउनेछु र तिमीहरू शुद्ध हुनेछौ;+ म तिमीहरूलाई सबै अशुद्धता+ र तिमीहरूका सबै घिनलाग्दा मूर्तिदेखि+ शुद्ध पार्नेछु। २६ म तिमीहरूलाई नयाँ मन दिनेछु+ र तिमीहरूमा नयाँ सोचाइ हालिदिनेछु।+ ढुङ्गाजस्तो कठोर तिमीहरूको मनलाई हटाएर+ म कोमल मन* दिनेछु। २७ म तिमीहरूमा मेरो सोचाइ हालिदिनेछु र तिमीहरूलाई मेरो नीतिनियमअनुसार चल्न लगाउनेछु+ अनि तिमीहरूले मेरा फैसलाहरू पालन गर्नेछौ। २८ अनि तिमीहरू मैले तिमीहरूका पुर्खालाई दिएको देशमा बसोबास गर्नेछौ; तिमीहरू मेरा मानिस हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु।’+
२९ “‘अशुद्ध पार्ने सबै कुराबाट म तिमीहरूलाई जोगाउनेछु र अन्नलाई प्रशस्तगरि फल्नू भनी आदेश दिनेछु। म तिमीहरूमाथि फेरि कहिल्यै अनिकाल ल्याउनेछैनँ।+ ३० म रूखहरूलाई प्रशस्त फल र जमिनलाई प्रशस्त उब्जनी दिन लगाउनेछु अनि अनिकालले गर्दा जातिजातिबीच तिमीहरूले कहिल्यै अपमान भोग्नुपर्नेछैन।+ ३१ अनि तिमीहरूले आफूले गरेका खराब काम सम्झनेछौ र आफूले गरेका पापहरू र घिनलाग्दा कामहरू सम्झेर आफैलाई घृणा गर्नेछौ।+ ३२ हे इस्राएलको घराना, यो कुरा थाह पाइराख: मैले यो सब तिमीहरूको खातिर गर्न लागेको होइनँ+ बरु तिमीहरू आफ्नो काम सम्झेर लाजमा पर र तिमीहरूले अपमान महसुस गर भनेर गर्न लागेको हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
३३ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘मैले तिमीहरूका सबै पापको दोषबाट तिमीहरूलाई शुद्ध पारेको दिन म सहरहरूलाई आबाद गराउनेछु+ र उजाड पारिएका सहरहरूलाई फेरि निर्माण गराउनेछु।+ ३४ आवतजावत गर्नेहरूले उजाड देखेको त्यो जमिनमा फेरि खेतीपाती गरिनेछ। ३५ अनि मानिसहरूले भन्नेछन्: “त्यो उजाड जमिन अदनको बगैँचाजस्तै+ भएको छ; उजाड र ध्वस्त पारिएका सहरहरू अहिले बलिया गढ भएका छन् र ती आबाद भएका छन्।”+ ३६ ध्वस्त पारिएका सहरहरूलाई बनाउने र उजाड जमिनलाई उर्वरा बनाउने म यहोवा नै हुँ भनेर तिमीहरूको वरपर बाँकी रहेका जातिहरूले थाह पाउनेछन्। म यहोवाले नै यसो भनेको हुँ र म यी सब निश्चय पूरा गर्नेछु।’+
३७ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म इस्राएलको घरानाको बिन्ती सुनेर तिनीहरूको निम्ति यो काम गर्नेछु: म तिनीहरूका मानिसहरूलाई भेडाहरूजस्तै असङ्ख्य तुल्याइदिनेछु। ३८ जसरी चाडहरूको बेला यरुसलेममा पवित्र जनहरूको भीड लाग्छ अनि बगालका बगाल पशुहरू हुन्छ,*+ त्यसरी नै ती सहरहरू मानिसहरूले भरिभराउ हुनेछन्,+ जुन अहिले खण्डहर भएका छन्। तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।’”
३७ यहोवाको हात ममाथि आयो अनि यहोवाले आफ्नो पवित्र शक्तिद्वारा मलाई एउटा बेँसीको बीचमा लैजानुभयो।+ त्यो बेँसी हाडैहाडले भरिएको थियो। २ उहाँले मलाई त्यो बेँसीलाई एक फन्को मार्न लगाउनुभयो। त्यहाँ जताततै हाडैहाड मात्र देखिन्थे र ती हाडहरू एकदमै सुकिसकेका थिए।+ ३ तब उहाँले मलाई सोध्नुभयो: “हे मानिसको छोरा, के यी हाडहरू फेरि जीवित हुन सक्लान्?” मैले भनेँ: “हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ नै जान्नुहुन्छ।”+ ४ अनि उहाँले मलाई भन्नुभयो: “यी हाडहरूबारे भविष्यवाणी गर र तिनीहरूलाई भन, ‘ए सुकेका हाडहरू, यहोवाको यो वचन सुन:
५ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म तिमीहरूमा सास हालिदिनेछु र तिमीहरू जिउँदो हुनेछौ।+ ६ म तिमीहरूलाई नसा र मासुले भरिदिनेछु अनि त्यसलाई छालाले ढाकिदिनेछु। त्यसपछि म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरू जीवित हुनेछौ। तब तिमीहरूले म नै यहोवा हुँ भनेर जान्नेछौ।”’”
७ अनि परमेश्वरले आज्ञा गर्नुभएअनुसारै मैले भविष्यवाणी गरेँ। मैले भविष्यवाणी गर्नेबित्तिकै कट्याककुटुक आवाज सुनिन थाल्यो र ती हाडहरू एकअर्कासित जोडिन थाले। ८ त्यसपछि ती हाडहरूमा नसा र मासु भरिएको र त्यसलाई छालाले ढाकेको मैले देखेँ। तर तिनीहरूमा सास भने थिएन।
९ त्यसपछि उहाँले मलाई भन्नुभयो: “हे मानिसको छोरा, बतासलाई हुकुम गर र यसो भनेर भविष्यवाणी गर, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ, “ए बतास,* चारै दिशाबाट आइज र मारिएका यी मानिसहरूभित्र पस् र तिनीहरू जीवित होऊन्।”’”
१० अनि परमेश्वरले आज्ञा गर्नुभएअनुसारै मैले भविष्यवाणी गरेँ। त्यसपछि तिनीहरूमा सास पस्यो र तिनीहरू जिउँदो भएर आ-आफ्नो खुट्टामा उभिए+ अनि तिनीहरू एउटा अत्यन्तै ठूलो फौज भए।
११ त्यसपछि परमेश्वरले मलाई भन्नुभयो: “हे मानिसको छोरा, यी हाडहरू इस्राएलको पूरै घराना हुन्।+ तिनीहरू यसो भन्दै छन्, ‘हाम्रा हाडहरू सुकेका छन् र हामीसित अब कुनै आशा छैन।+ हामी पूरै त्यागिएका मानिसहरू हौँ।’ १२ त्यसैले भविष्यवाणी गर र तिनीहरूलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “ए मेरा मानिसहरू हो, म तिमीहरूको चिहान खनेर+ तिमीहरूलाई त्यहाँबाट बाहिर निकाल्नेछु र इस्राएलमा ल्याउनेछु।+ १३ ए मेरा मानिसहरू हो, जब म चिहान खनेर तिमीहरूलाई बाहिर निकाल्नेछु, तब तिमीहरूले म नै यहोवा हुँ भनेर जान्नेछौ।”’+ १४ यहोवा घोषणा गर्नुहुन्छ, ‘म तिमीहरूमा मेरो पवित्र शक्ति हालिदिनेछु र तिमीहरू जीवित हुनेछौ।+ अनि म तिमीहरूलाई तिमीहरूकै देशमा लैजानेछु। तब म यहोवाले नै यसो भनेको हुँ र मैले नै यसो गरेको हुँ भनेर तिमीहरूले जान्नेछौ।’”
१५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: १६ “हे मानिसको छोरा, तिमीले चाहिँ एउटा लौरो लेऊ र त्यसमा यस्तो लेख, ‘यहुदा र तिनको साथमा भएका इस्राएलका मानिसहरूको लागि।’+ त्यसपछि अर्को एउटा लौरो पनि लेऊ र त्यसमा यस्तो लेख, ‘एप्रैमको लौरो, युसुफ र तिनका साथमा भएका इस्राएलका सम्पूर्ण घरानाको लागि।’+ १७ अनि ती दुवै लौरोलाई एकअर्काको नजिक ल्याऊ र एउटै हुनेगरि जोडेर आफ्नो हातमा समाऊ।+ १८ तिम्रा मानिसहरूले ‘यी कुराहरूको अर्थ के हो’ भनेर सोध्दा १९ तिमीले यसो भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “म एप्रैमको हातबाट युसुफको लौरो लिनेछु र युसुफसित भएका इस्राएलका सबै कुललाई पनि लिनेछु। अनि त्यसलाई म यहुदाको लौरोसित जोड्नेछु र एउटै लौरो बनाउनेछु।+ अनि त्यो मेरो हातमा एउटै लौरो हुनेछ।”’ २० तिमी जुन लौरोहरूमा लेख्छौ, ती लौरोहरू मानिसहरूले देख्नेगरि आफ्नो हातमा समाऊ।
२१ “अनि तिनीहरूलाई भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “म इस्राएलीहरूलाई चारैतिरबाट जम्मा गर्नेछु। तिनीहरू तितरबितर भएर जहाँ-जहाँ गए, म तिनीहरूलाई त्यहाँ-त्यहाँबाट फर्काएर तिनीहरूकै देशमा ल्याउनेछु।+ २२ तब म तिनीहरूलाई एउटै जाति बनाउनेछु+ र इस्राएलका डाँडाहरूमा राख्नेछु। तिनीहरू सबैलाई एकै जना राजाले शासन गर्नेछन्।+ त्यस उपरान्त तिनीहरू दुइटा जाति होइन, एउटै जाति हुनेछन् र तिनीहरू दुई राज्यमा विभाजित हुनेछैनन्।+ २३ तिनीहरूले घिनलाग्दा मूर्तिहरू,* घिनलाग्दा कामहरू अनि कुकर्मद्वारा आफूलाई अशुद्ध पार्नेछैनन्।+ तिनीहरूले मलाई विश्वासघात गरेर जे-जति पाप गरेका छन्, ती सबैबाट म तिनीहरूलाई शुद्ध पार्नेछु। तिनीहरू मेरा मानिसहरू हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु।+
२४ “‘“मेरो सेवक दाउद* तिनीहरूका राजा हुनेछन्+ र एउटै गोठालोले तिनीहरूलाई डोऱ्याउनेछ।+ तिनीहरू मेरा फैसलाहरूअनुसार चल्नेछन् र मेरो विधिविधान मनैदेखि पालन गर्नेछन्।+ २५ मेरो सेवक याकुबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, जहाँ तिनीहरूका पुर्खा बसेका थिए।+ तिनीहरू, तिनीहरूका छोराछोरी* र तिनीहरूका नाति-पनाति+ त्यहाँ सधैँभरि बस्नेछन्;+ मेरो सेवक दाउदचाहिँ सधैँभरिका लागि तिनीहरूका शासक हुनेछन्।+
२६ “‘“अनि म तिनीहरूसित सदाको लागि शान्तिको करार गर्नेछु।+ म तिनीहरूलाई तिनीहरूको देशमा राख्नेछु र तिनीहरूको वृद्धि गराउनेछु+ र मेरो मन्दिर सधैँभरि तिनीहरूमाझ हुनेछ। २७ मेरो निवासस्थान तिनीहरूसित हुनेछ। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिस हुनेछन्।+ २८ जब मेरो मन्दिर सदाको लागि इस्राएलीहरूमाझ हुनेछ, तब तिनीहरूलाई शुद्ध पार्ने म यहोवा नै हुँ भनेर जातिजातिले जान्नेछन्।”’”+
३८ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्नुभयो: २ “हे मानिसको छोरा, मागोग देशको गोग,+ जो मेसेक र तुबलको प्रमुख शासक हो,+ त्यसतिर हेरेर त्यसविरुद्ध भविष्यवाणी गर।+ ३ त्यसलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मेसेक र तुबलको प्रमुख शासक गोग, म तँविरुद्ध खडा भएको छु। ४ म तँलाई फनक्क फर्काउनेछु र तेरो बङ्गारामा बल्छी लगाउनेछु+ अनि तँलाई, तेरा सबै सेनालाई,+ घोडाहरूलाई र राम्रा-राम्रा पोसाक लगाएका घोडचढीहरूलाई तानेर बाहिर ल्याउनेछु; ठूलो दलबल बनाएर आएका तेरा ती सेनालाई, जसले साना* र ठूला ढाल भिरेका छन् र तरबार बोकेका छन्। ५ फारस, इथियोपिया र पत+ देशका सेना तिनीहरूसितै छन्। तिनीहरू सबैले सानो ढाल भिरेका छन् र टोप लगाएका छन्। ६ गोमेर र त्यसका सबै सेना अनि उत्तरको टाढाको इलाकामा बस्ने तोगार्मा र त्यसका सेना+ पनि तँसितै छन्; तँसित धेरै मानिस छन्।+
७ “‘“तँ र तँसित भेला भएका सबै सेना तयार होओ र तँचाहिँ तिनीहरूको सेनापति* हुनेछस्।
८ “‘“धेरै दिनपछि तँलाई ध्यान दिइनेछ।* अन्तमा धेरै वर्षपछि तैँले त्यस देशमा आक्रमण गर्नेछस्, जसका मानिसहरू तरबारको विध्वंसबाट निको पारिएका थिए। तिनीहरू जातिजातिबाट इस्राएलका डाँडाहरूमा जम्मा गरिएका थिए, जुन धेरै समयदेखि उजाड थिए। त्यस देशका मानिसहरू जातिजातिबाट फिर्ता ल्याइएका थिए र तिनीहरू ढुक्कसित बसोबास गर्दै छन्।+ ९ तँ तिनीहरूमाथि तुफानझैँ जाइलाग्नेछस्। तँ र तेरा सबै सेना अनि तँसित भएका सबै मानिसले त्यस देशलाई बादलले झैँ ढाक्नेछौ।”’
१० “ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: ‘त्यस दिन तेरो मनमा कुविचार आउनेछ र तैँले दुष्ट युक्ति रच्नेछस्। ११ तैँले भन्नेछस्: “पर्खाल नभएको देशमाथि* म आक्रमण गर्नेछु।+ पर्खाल, बार र मूलढोका नभएको देशमा ढुक्क र शान्तसित बस्ने सबै बासिन्दाविरुद्ध म जाइलाग्नेछु।” १२ पहिले ध्वंस भएका ठाउँहरूमा अहिले जातिजातिबाट जम्मा गरिएका मानिसहरू+ बसोबास गर्छन्+ र तिनीहरूले प्रशस्त धनसम्पत्ति जम्मा गरेका छन्+ अनि तिनीहरू संसारको केन्द्रमा बस्छन्। तैँले ती ठाउँहरू र त्यहाँ बसोबास गर्नेहरूलाई आक्रमण गर्ने र तिनीहरूलाई लुट्ने युक्ति रच्नेछस्।
१३ “‘सेबा+ र ददान,+ तर्सिसका+ व्यापारीहरू अनि त्यहाँका योद्धाहरूले* तँलाई भन्नेछन्: “के तैँले धेरै मालसामान लुट्न आक्रमण गरेको होस्? के तैँले प्रशस्त सुनचाँदी, धनसम्पत्ति लुट्न सेना जम्मा गरेको होस्?”’
१४ “त्यसैले हे मानिसको छोरा, भविष्यवाणी गरेर गोगलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “त्यस दिन जब मेरो प्रजा इस्राएल ढुक्कसित बसिरहेको हुन्छ, के तैँले त्यो थाह पाउनेछैनस् र?+ १५ तँ आफ्नो ठाउँ अर्थात् उत्तरको टाढाको इलाकाबाट आउनेछस्,+ तँ र तेरो सेना अनि तँसित भएका सबै मानिस घोडा चढेर आउनेछौ; तँ दलबलसहित आउनेछस्।+ १६ पूरै देशलाई ढाक्ने बादलझैँ तँ मेरो प्रजा इस्राएलविरुद्ध आउनेछस्। हे गोग, मैले तँद्वारा आफूलाई जातिजातिसामु पवित्र पार्दा तिनीहरूले मलाई चिनून् भनेर+ धेरै दिनपछि म तँलाई मेरो देशविरुद्ध खडा गर्नेछु।”’+
१७ “ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: ‘प्राचीन समयमा मैले आफ्ना सेवकहरू अर्थात् इस्राएलका भविष्यवक्ताहरूमार्फत भनेको व्यक्ति तँ नै होइनस्? तँ इस्राएलविरुद्ध खडा हुनेछस् भनेर ती भविष्यवक्ताहरूले धेरै वर्षसम्म भविष्यवाणी गरेका थिए।’
१८ “‘जुन दिन गोगले इस्राएलमाथि आक्रमण गर्छ, त्यो दिन मेरो क्रोध दन्कनेछ’+ भनी ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १९ ‘म रिसले आगो भएर बोल्नेछु अनि त्यो दिन इस्राएलमा ठूलो भूकम्प जानेछ। २० मेरै कारण समुद्रका माछाहरू, आकाशका चराचुरुङ्गीहरू, जङ्गलका जनावरहरू, जमिनमा घस्रने जीवजन्तुहरू र पृथ्वीका सबै मानिस डरले थरथर काम्नेछन्; पहाडहरू ढल्नेछन्,+ भिरहरू खस्नेछन् र सबै पर्खाल ढल्नेछन्।’
२१ “‘म आफ्ना सबै पहाडमा गोगविरुद्ध तरबार चलाउने आदेश दिनेछु। प्रत्येकले आफ्नै दाजुभाइलाई तरबारले प्रहार गर्नेछ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २२ ‘म महामारी ल्याएर+ अनि रक्तपात मच्चाएर त्यसलाई दण्ड दिनेछु; म त्यसमाथि, त्यसका सेनामाथि+ र त्यससित भएका थुप्रै मानिसमाथि मुसलधारे पानी, असिना,+ आगो+ र गन्धक+ बर्साउनेछु। २३ अनि म जातिजातिसामु आफ्नो महानता र आफ्नो पवित्रता अवश्य प्रकट गर्नेछु र आफैलाई चिनाउनेछु; तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।’
३९ “हे मानिसको छोरा, गोगविरुद्ध भविष्यवाणी गर+ र त्यसलाई यसो भन, ‘ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हे मेसेक र तुबलको+ प्रमुख शासक गोग, म तँविरुद्ध खडा भएको छु। २ म तँलाई फनक्क फर्काउनेछु र तँलाई उत्तरको टाढाको इलाकाबाट निकाल्नेछु+ र इस्राएलका डाँडाहरूमा पुऱ्याउनेछु। ३ म तँलाई हिर्काएर तेरो बायाँ हातबाट तेरो धनु अनि दायाँ हातबाट तेरा काँडहरू झारिदिनेछु। ४ इस्राएलका डाँडाहरूमा तँ लड्नेछस्।+ तँ, तेरा सेना र तँसित भएका सबै मानिस लड्नेछौ। म तँलाई सिनु खाने चराहरू र जङ्गली जनावरहरूको आहारा बनाउनेछु।”’+
५ “‘तँ खुला मैदानमा ढल्नेछस्+ किनकि मैले नै यसो भनेको हुँ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
६ “‘म मागोगविरुद्ध र त्यसका टापुहरूमा ढुक्कसित बसिरहेका सबैविरुद्ध+ आगो पठाउनेछु र तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्। ७ मेरा मानिस इस्राएलीहरूबीच म मेरो नाम पवित्र पार्नेछु। म मेरो नाममा फेरि कलङ्क लाग्न दिनेछैनँ। अनि जातिजातिका मानिसहरूले म नै यहोवा,+ इस्राएलका पवित्र परमेश्वर हुँ भनेर जान्नेछन्।’+
८ “ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ: ‘हेर, यो भविष्यवाणी पूरा हुने समय आउँदै छ, यो पक्कै पूरा हुनेछ। यो त्यही दिन हो, जसबारे मैले बताएको छु। ९ इस्राएलका मानिसहरू आ-आफ्नो सहरबाट बाहिर निस्केर आउनेछन् अनि तिनीहरूले हातहतियार—साना* र ठूला ढालहरू, धनुहरू र काँडहरू, भालाहरू र बर्छाहरू आगो बाल्न चलाउनेछन्।+ तिनीहरूले सात वर्षसम्म यी हातहतियारहरूले आगो बाल्नेछन्। १० तिनीहरूले हातहतियार जम्मा गरेर आगो बाल्ने भएकोले दाउरा बटुल्न खेतमा वा जङ्गलमा जानुपर्नेछैन।’
“ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘आफूलाई लुट्नेहरूलाई तिनीहरूले लुट्नेछन्; आफूलाई बरबाद पार्नेहरूलाई तिनीहरूले बरबाद पार्नेछन्।’
११ “‘त्यस दिन म इस्राएलमा, समुद्रको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा गोगलाई+ गाड्न एउटा चिहान दिनेछु र त्यो चिहानले आवतजावत गर्नेहरूको बाटो छेक्नेछ। तिनीहरूले त्यही बेँसीमा गोगलाई र त्यसका सारा सेनालाई गाड्नेछन् र त्यस ठाउँलाई हामोन-गोग बेँसी*+ भन्नेछन्। १२ यिनीहरूलाई गाडेर देशलाई शुद्ध पार्न+ इस्राएलको घरानालाई सात महिना लाग्नेछ। १३ सबै देशवासी मिलेर यिनीहरूलाई गाड्नेछन् र मैले आफैलाई महिमित पारेको दिन+ तिनीहरूले ख्याति कमाउनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१४ “‘देशलाई शुद्ध पार्न मानिसहरू खटाइनेछन्। तिनीहरू पूरै देशमा लास खोज्दै हिँड्नेछन् र तिनीहरूले जमिनमा त्यसै पस्रिएका लासहरू गाड्नेछन्। तिनीहरूले सात महिनासम्म निरन्तर यो काम गर्नेछन्। १५ लास खोज्दै हिँड्नेहरूले मानिसको हाड देखेपछि त्यसको छेवैमा एउटा चिन्ह लगाउनेछन्। अनि लास गाड्न खटाइएकाहरूले त्यसलाई हामोन-गोग बेँसीमा+ गाड्नेछन्। १६ त्यहाँ हमोनाह* नाम भएको सहर पनि हुनेछ। अनि यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’+
१७ “हे मानिसको छोरा, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘जातजातका चराचुरुङ्गीलाई र सबै जङ्गली जनावरलाई यसो भन, “आओ, एकै ठाउँमा भेला होओ। मैले तिमीहरूको लागि तयार पारेको बलिदानको वरपर भेला होओ। मैले इस्राएलका डाँडाहरूमा ठूलो भोज तयार पारेको छु।+ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ।+ १८ तिमीहरूले शक्तिशाली मानिसहरूको मासु खानेछौ र शासकहरूको रगत पिउनेछौ, जो बासानका मोटा-घाटा जनावर—भेडा, थुमा, बोका र बहर हुन्। १९ मैले तिमीहरूको लागि तयार पारेको बलिदानको बोसो तिमीहरूले हसुर्नेछौ र मात्तिउन्जेल रगत धोक्नेछौ।”’
२० “‘तिमीहरूले मेरो टेबुलमा घोडाहरू र रथमा सवार हुनेहरू, शक्तिशाली मानिसहरू र हरकिसिमका योद्धाहरूको मासु अघाउन्जेल खानेछौ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
२१ “‘जातिजातिबीच म आफ्नो महिमा प्रकट गर्नेछु। मैले तिनीहरूलाई दिएको दण्ड र तिनीहरूबीच प्रकट गरेको शक्ति* तिनीहरू सबैले देख्नेछन्।+ २२ त्यस दिनदेखि इस्राएलको घरानाले म यहोवा तिनीहरूका परमेश्वर हुँ भनेर जान्नेछन्। २३ इस्राएलको घराना आफ्नै गल्तीले गर्दा र मलाई धोका दिएकोले गर्दा निर्वासित हुनुपरेको थियो भनेर जातिजातिले जान्नेछन्।+ तिनीहरू वफादार नभएकोले मैले तिनीहरूलाई तिरस्कार गरेँ र आफ्नो अनुहार अन्तै फर्काएँ+ र तिनीहरूलाई शत्रुहरूको हातमा पर्न दिएँ+ अनि तिनीहरू तरबारले काटिए। २४ मैले तिनीहरूलाई तिनीहरूको अशुद्धताअनुसारै र तिनीहरूले गरेको अपराधअनुसारै सजाय दिएँ र तिनीहरूलाई तिरस्कार गरेर आफ्नो अनुहार अन्तै फर्काएँ।’
२५ “त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘निर्वासित भएका याकुबका सन्तानलाई म फर्काएर ल्याउनेछु+ र इस्राएलको सम्पूर्ण घरानामाथि कृपा गर्नेछु।+ म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्क लाग्न दिनेछैनँ।+ २६ मलाई धोका दिएकोले अपमान भोगिसकेपछि+ तिनीहरू आफ्नो देशमा ढुक्कसित बस्नेछन्, कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।+ २७ म तिनीहरूलाई शत्रुहरूको देशबाट एकसाथ जम्मा पार्नेछु र तिनीहरूकै देशमा फिर्ता लैजानेछु।+ यसरी म तिनीहरूमाझ आफूलाई पवित्र पार्नेछु र जातिजातिले म पवित्र परमेश्वर हुँ भनेर देख्नेछन्।’+
२८ “‘जब म तिनीहरूलाई जातिजातिका मानिसहरूबीच निर्वासनमा पठाउनेछु र पछि फेरि कोही पनि नछुट्नेगरि सबैलाई जम्मा गरेर तिनीहरूको आफ्नै देशमा फिर्ता ल्याउनेछु,+ तब जातिजातिका मानिसहरूले म यहोवा इस्राएलीहरूका परमेश्वर हुँ भनेर जान्नेछन्। २९ त्यसपछि म फेरि कहिल्यै तिनीहरूदेखि आफ्नो अनुहार अर्कैतिर फर्काउनेछैनँ+ बरु इस्राएलको घरानामाथि मेरो पवित्र शक्ति खन्याउनेछु,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
४० सहर* नाश भएको १४औँ वर्ष+ अर्थात् हामी निर्वासित भएको २५औँ वर्षको+ पहिलो महिनाको १०औँ दिनमा यहोवाको हात ममाथि आयो र उहाँले मलाई त्यस सहरमा लैजानुभयो।+ २ उहाँले मलाई एउटा दर्शन* देखाउनुभयो र दर्शनमा इस्राएल देशको एउटा असाध्यै अग्लो डाँडामा लैजानुभयो।+ त्यसको दक्षिणतिर एउटा ठाउँ थियो। हेर्दा त्यो सहरजस्तै देखिन्थ्यो।
३ जब उहाँले मलाई त्यहाँ लैजानुभयो, तब मैले तामाजस्तै चम्किरहेका एक जना मानिसलाई देखेँ।+ तिनको हातमा आलसको डोरी र नाप्ने टाँगो* थियो।+ तिनी प्रवेशद्वारको अगाडि उभिरहेका थिए। ४ तिनले मलाई यसो भने: “हे मानिसको छोरा, म तिमीलाई जे देखाउँछु, त्यो नियालेर हेर, कान थापेर सुन र त्यसमा ध्यान देऊ* किनकि यसैको लागि तिमीलाई यहाँ ल्याइएको हो। अनि तिमी जे-जे देख्छौ, इस्राएलको घरानालाई त्यो सबै सुनाऊ।”+
५ मैले मन्दिरको* बाहिरपट्टि चारैतिर पर्खाल देखेँ। ती मानिससित छ हात लम्बाइ भएको नाप्ने टाँगो थियो। (प्रत्येक हातमा चार अङ्गुल थपिएको थियो)* तिनले त्यही टाँगोले पर्खाल नाप्न थाले। त्यो पर्खालको चौडाइ एक टाँगो अनि उचाइ एक टाँगो थियो।
६ त्यसपछि तिनी पूर्वतिर फर्केको प्रवेशद्वारतिर गए+ र त्यसका खुट्किलाहरू चढे। तिनले त्यहाँको सँघार नापे। त्यसको चौडाइ एक टाँगो थियो। अनि अर्को सँघारको चौडाइ पनि एक टाँगो नै थियो। ७ पहरेदार बस्ने प्रत्येक चौकीको लम्बाइ र चौडाइ एक-एक टाँगो थियो। अनि चौकीहरूबीचको दूरी पाँच हात थियो।+ प्रवेशद्वारको सँघार, जुन दलानको छेउमा थियो र भित्रपट्टि फर्केको थियो, त्यसको चौडाइ एक टाँगो थियो।
८ तिनले प्रवेशद्वारको भित्रपट्टिको दलान नापे र त्यो एक टाँगो थियो। ९ त्यसपछि तिनले प्रवेशद्वारको दलानको चौडाइ नापे। त्यो आठ हात थियो। तिनले दलानको छेउमा भएका खम्बाहरू पनि नापे। ती दुई-दुई हातका थिए। यो दलान प्रवेशद्वारको भित्रपट्टि थियो।
१० पूर्वपट्टिको यो प्रवेशद्वारमा दुवैपट्टि पहरेदारहरूका लागि तीन-तीन वटा चौकी थिए। ती सबै एउटै नापका थिए। दुवैपट्टिका चौकीहरूबीचको खम्बा पनि एउटै नापका थिए।
११ त्यसपछि तिनले प्रवेशद्वारको छिर्ने ठाउँको नाप लिए। त्यसको चौडाइ भित्रतिर १० हात थियो अनि बाहिरतिर* १३ हात थियो।
१२ पहरेदार बस्ने दुवैतिरको चौकीको अगाडि बार लगाइएको थियो। बार लगाइएको भाग एक हात थियो। पहरेदार बस्ने दुवैपट्टिका चौकीहरू छ-छ हातका थिए।
१३ त्यसपछि तिनले प्रवेशद्वारको नाप लिन वारिपट्टिको चौकीको छानोदेखि* पारिपट्टिको चौकीको छानोसम्म नापे। यसरी नाप्दा प्रवेशद्वारको चौडाइ जम्मा २५ हात थियो। एउटा चौकीको द्वारको सामने अर्को चौकीको द्वार थियो।+ १४ त्यसपछि तिनले प्रवेशद्वारका खम्बाहरू नापे। ती ६० हात अग्ला थिए। बाहिरी चोकका सबै प्रवेशद्वारका खम्बाहरू पनि यही नापका थिए। १५ प्रवेशद्वारको अघिल्तिरबाट भित्रपट्टि भएको दलानको पल्लो छेउसम्मको नाप ५० हात थियो।
१६ पहरेदार बस्ने चौकीहरूमा र ती चौकीहरूका दुवैपट्टि भएका खम्बाहरूमा झ्यालहरू*+ थिए। दलानको भित्रपट्टि पनि दुवैपट्टि झ्यालहरू थिए। पहरेदार बस्ने चौकीको दुवैपट्टि भएका खम्बाहरूमा खजुरको बोटका आकृतिहरू+ खोपिएका थिए।
१७ त्यसपछि तिनले मलाई मन्दिरको बाहिरी चोकमा लगे। मैले बाहिरी चोकको वरिपरि पेटी र भोजनकक्षहरू+ देखेँ। चोकको वरिपरि भएको यो पेटीमा ३० वटा भोजनकक्ष थिए। १८ प्रवेशद्वारको दुवैपट्टि भएको यो पेटी प्रवेशद्वारको लम्बाइजत्तिकै फराकिलो थियो। यो तल्लो पेटी हो।
१९ त्यसपछि तिनले तल्लो प्रवेशद्वारदेखि भित्री चोकको सिमानासम्मको दूरी नापे। त्यो पूर्वपट्टि १०० हात र उत्तरपट्टि १०० हात थियो।
२० बाहिरी चोकमा उत्तरपट्टि फर्केको एउटा प्रवेशद्वार थियो। तिनले त्यसको लम्बाइ र चौडाइ नापे। २१ प्रवेशद्वारको दुवैपट्टि पहरेदारहरूका लागि तीन-तीन वटा चौकी थिए। यसका खम्बाहरू र दलानको नाप पहिलो प्रवेशद्वारको जस्तै थियो। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। २२ यसका झ्यालहरू र दलानको नाप अनि खोपेर बनाइएका खजुरको बोटको+ नाप पनि पूर्वपट्टिको पहिलो प्रवेशद्वारको जस्तै थियो। यो प्रवेशद्वारमा पुग्न मानिसहरूले सात वटा खुट्किला उक्लिनुपर्थ्यो। यी खुट्किलाहरूको अगाडि दलान थियो।
२३ बाहिरी चोकको उत्तरपट्टिको प्रवेशद्वारको ठीक अगाडि भित्री चोकको प्रवेशद्वार थियो। पूर्वपट्टिको प्रवेशद्वारको ठीक अगाडि पनि त्यस्तै अर्को प्रवेशद्वार थियो। बाहिरी चोकको प्रवेशद्वार र भित्री चोकको प्रवेशद्वारबीचको दूरी १०० हात थियो।
२४ त्यसपछि तिनले मलाई मन्दिरको दक्षिणतिर लगे। मैले त्यहाँ एउटा प्रवेशद्वार देखेँ।+ तिनले त्यसका खम्बाहरू र दलान नापे। ती सबैको नाप अरू प्रवेशद्वारको जस्तै थियो। २५ अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वार र यसको दलानको दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। २६ यो प्रवेशद्वारमा पुग्न सात वटा खुट्किला उक्लिनुपर्थ्यो।+ यी खुट्किलाहरूको अगाडि दलान थियो। प्रवेशद्वारको दुवैपट्टिका खम्बाहरूमा एउटा-एउटा खजुरको बोटको आकृति खोपिएको थियो।
२७ भित्री चोकमा दक्षिणपट्टि फर्केको एउटा प्रवेशद्वार थियो। तिनले दक्षिणपट्टि फर्केका दुवै प्रवेशद्वारबीचको दूरी नापे। त्यो १०० हात थियो। २८ त्यसपछि तिनले मलाई दक्षिणपट्टिको प्रवेशद्वारबाट भित्री चोकमा लगे। तिनले यो प्रवेशद्वार नापे। यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो। २९ यसका दुवैपट्टिका खम्बा, दलान र पहरेदार बस्ने चौकीको नाप अरू प्रवेशद्वारको जस्तै थियो। अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वार र यसको दलानको दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो।+ ३० भित्री चोकमा भएका सबै प्रवेशद्वारमा दलान थिए। ती सबैको लम्बाइ २५ हात र चौडाइ ५ हात थियो। ३१ यसको दलान बाहिरी चोकपट्टि फर्केको थियो। यसका दुवैपट्टिका खम्बाहरूमा खजुरको बोटका आकृतिहरू खोपिएका थिए।+ यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्किला उक्लिनुपर्थ्यो।+
३२ तिनले मलाई पूर्वपट्टिको प्रवेशद्वारबाट भित्री चोकमा लगे। तिनले यो प्रवेशद्वार नापे। त्यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो। ३३ यसका दुवैपट्टिका खम्बा, दलान र पहरेदार बस्ने चौकीको नाप अरू प्रवेशद्वारको जस्तै थियो। अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वार र यसको दलानको दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। ३४ यसको दलान बाहिरी चोकपट्टि फर्केको थियो। यसका दुवैपट्टिका खम्बाहरूमा खजुरको बोटका आकृतिहरू खोपिएका थिए। यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्किला उक्लिनुपर्थ्यो।
३५ त्यसपछि तिनले मलाई उत्तरपट्टिको प्रवेशद्वारमा लगे।+ तिनले यो प्रवेशद्वार नापे। यसको नाप पनि अरू प्रवेशद्वारको जस्तै थियो। ३६ यसका दुवैपट्टिका खम्बा, दलान र पहरेदार बस्ने चौकीको नाप अरू प्रवेशद्वारको जस्तै थियो। अरू प्रवेशद्वारमा जस्तै यो प्रवेशद्वारमा पनि दुवैपट्टि झ्यालहरू थिए। यो प्रवेशद्वारको लम्बाइ ५० हात र चौडाइ २५ हात थियो। ३७ यसका खम्बाहरू बाहिरी चोकपट्टि फर्केका थिए। ती दुवै खम्बामा खजुरको बोटका आकृतिहरू खोपिएका थिए। यो प्रवेशद्वारमा पुग्न आठ वटा खुट्किला उक्लिनुपर्थ्यो।
३८ यी प्रवेशद्वारहरूका खम्बाहरूनजिकै भोजनकक्ष थियो। त्यहाँ अग्निभेटी* चढाउन ल्याइएका जनावर पखाल्ने गरिन्थ्यो।+
३९ यो प्रवेशद्वारको दलानको दुवै छेउमा दुई-दुई वटा टेबुल थिए। ती टेबुलहरूमा अग्निभेटी,+ पापभेटी*+ र दोषभेटीको*+ लागि ल्याइएका जनावर काट्ने गरिन्थ्यो। ४० उत्तरको यो प्रवेशद्वारको ढोकाबाहिर खुट्किलाको दुवै छेउमा दुई-दुई वटा टेबुल थिए। ढोकाभित्र पनि दलानको दुवै छेउमा दुई-दुई वटा टेबुल थिए। ४१ प्रवेशद्वारमा जम्मा आठ वटा टेबुल थिए—दायाँपट्टि चार वटा र बायाँपट्टि चार वटा। ती टेबुलमा भेटी चढाउन ल्याइएका जनावरहरू काटिन्थे। ४२ अग्निभेटीको जनावर काट्न प्रयोग गरिने चार वटा टेबुल ढुङ्गाले* बनेका थिए। ती टेबुलहरू डेढ हात लामा, डेढ हात चौडा अनि एक हात अग्ला थिए। अग्निभेटी र बलि चढाउन ल्याइएका जनावर काट्ने हतियारहरू ती टेबुलहरूमा राखिन्थे। ४३ भित्री पर्खालमा चारैतिर चार अङ्गुल चौडाइ भएका तख्ताहरू थिए। भेटीको मासु पनि टेबुलहरूमा राखिन्थ्यो।
४४ भित्री प्रवेशद्वारको बाहिर गायकहरूका लागि भोजनकक्षहरू थिए।+ ती भोजनकक्षहरू भित्री चोकको उत्तरपट्टिको प्रवेशद्वारनजिकै थिए। तिनीहरूको मोहडा दक्षिणपट्टि फर्केका थिए। पूर्वपट्टिको प्रवेशद्वारनजिकै अर्को एउटा भोजनकक्ष पनि थियो। त्यसको मोहडा उत्तरपट्टि फर्केको थियो।
४५ तिनले मलाई भने: “दक्षिणपट्टि फर्केको यो भोजनकक्ष मन्दिरमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ४६ उत्तरपट्टि फर्केको भोजनकक्षचाहिँ वेदीमा सेवा गर्ने जिम्मा पाएका पुजारीहरूको लागि हो।+ ती पुजारीहरू लेविको कुलको सादोकका सन्तान हुन्।+ तिनीहरू यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्न खटाइएका लेवीहरू हुन्।”+
४७ त्यसपछि तिनले भित्री चोकको नाप लिए। यसको लम्बाइ १०० हात अनि चौडाइ १०० हात थियो। यो वर्गाकार थियो। मन्दिरको अगाडि एउटा वेदी थियो।
४८ त्यसपछि तिनले मलाई मन्दिरको दलानमा लगे।+ तिनले दलानको छेउमा भएको खम्बाको नाप लिए। त्यसको लम्बाइ पाँच हात अनि चौडाइ तीन हात थियो। दलानको दायाँ छेउ र बायाँ छेउमा यही नापका एक-एक वटा खम्बा थिए।
४९ मन्दिरको दलान २० हात लामो अनि ११ हात* चौडा थियो। खुट्किलाहरू चढेपछि मानिसहरू दलानमा पुग्थे। दलानको दुवैपट्टिका खम्बाहरूको छेउमा एक-एक वटा खम्बा थियो।+
४१ त्यसपछि तिनले मलाई मन्दिरको* ढोकाअगाडि ल्याए अनि ढोकाको दायाँ र बायाँ दुवैपट्टिको खम्बा नापे। दुवैपट्टिको खम्बाको चौडाइ छ-छ हात* थियो। २ मन्दिरको द्वार १० हात चौडा थियो। द्वारको दुवैपट्टिको भित्ताको चौडाइ पाँच-पाँच हात थियो। तिनले मन्दिरको पवित्र कोठाको लम्बाइ र चौडाइ नापे। यसको लम्बाइ ४० हात र चौडाइ २० हात थियो।
३ त्यसपछि तिनी भित्र* पसे र त्यहाँको द्वारको खम्बा नापे। त्यसको मोटाइ दुई हात थियो। द्वारको चौडाइ छ हात थियो। द्वारको दायाँबायाँको भित्ताको लम्बाइ सात-सात हात थियो। ४ अनि तिनले त्यो कोठाको नाप लिए, जुन पवित्र कोठातिर फर्केको थियो। त्यसको लम्बाइ २० हात र चौडाइ २० हात थियो।+ तिनले मलाई यसो भने: “यो महापवित्र कोठा हो।”+
५ त्यसपछि तिनले मन्दिरको भित्ता नापे र यसको मोटाइ छ हात थियो। मन्दिरको भित्ताबाहिर चारैतिर खोपैखोपा थिए। अनि हरेक खोपाको चौडाइ चार हातको थियो।+ ६ यी खोपाहरूको तीन-तीन तला थियो। हरेक तलामा त्यस्ता खोपाहरू ३० वटा थिए। मन्दिरका भित्ताहरूमा तख्ताहरू अडाएर यी खोपाहरू बनाइएका थिए। मन्दिरको भित्तामा कुनै प्वाल पारिएको थिएन बरु चारैतिर ती तख्ताहरू अडाउने ठाउँहरू थिए।+ ७ माथिल्लो तलाको खोपाहरूमा जान मन्दिरको दायाँबायाँ दुवैपट्टि घुमौरो भऱ्याङ थियो, जुन माथि उक्लँदै जाँदा फराकिलो हुँदै जान्थ्यो।+ पहिलो तलामा भएका खोपाहरूभन्दा दोस्रो तलामा भएका खोपाहरू चौडा थिए; त्यसैगरि दोस्रो तलामा भएका खोपाहरूभन्दा तेस्रो तलामा भएका खोपाहरू चौडा थिए।
८ मन्दिरको चारैतिर मैले अग्लो डिल देखेँ, जसमाथि खोपाहरू बनाइएका थिए। त्यसको उचाइ एउटा सिङ्गो टाँगोबराबर अर्थात् छ हात थियो। ९ खोपाहरूको बाहिरी भित्ताको मोटाइ पाँच हात थियो। खोपाहरूको वरिपरि खुला ठाउँ* थियो, जुन मन्दिरकै भाग थियो।
१० मन्दिर र भोजनकक्षहरूबीच+ दुवैतिर २० हात चौडा खुला ठाउँ थियो। ११ मन्दिरको उत्तरपट्टि खुला ठाउँ र खोपाहरूको बीचमा एउटा द्वार थियो। दक्षिणपट्टि पनि यस्तै द्वार थियो। खुला ठाउँको चौडाइ चारैतिर पाँच हात थियो।
१२ पश्चिमपट्टि भएको भवन, जुन खुला ठाउँतिर फर्केको थियो, त्यसको चौडाइ ७० हात र लम्बाइ ९० हात थियो। त्यस भवनको चारैतिरको भित्ताको मोटाइ पाँच हात थियो।
१३ तिनले मन्दिरको नाप लिए र यसको लम्बाइ १०० हात थियो। खुला ठाउँ, पश्चिमपट्टिको भवन र यसका भित्ताहरू सबै गरी १०० हात नै थियो। १४ मन्दिरको अगाडिको भाग, जुन पूर्वपट्टि फर्केको थियो, यसको चौडाइ र यसको दुवैपट्टिको खुला ठाउँको चौडाइ सबै गरी १०० हात थियो।
१५ तिनले मन्दिरको पछाडिपट्टि भएको खुला ठाउँतिर फर्केको भवनको लम्बाइ नापे। यो भवन र यसको दुवैपट्टि भएका बार्दलीहरू सबै गरी १०० हात थियो।
तिनले मन्दिरको पवित्र कोठा, महापवित्र कोठा+ र चोकमा भएका दलानहरूको पनि नाप लिए। १६ साथै तिनले यी तीन ठाउँको सँघार, झ्यालहरू*+ र बार्दलीहरूको पनि नाप लिए। प्रत्येक सँघारनजिकै भुईँदेखि झ्यालसम्म काठका फल्याक लगाइएका थिए+ र झ्यालहरू ढाकिएका थिए। १७ तिनले द्वारमाथिको भाग, मन्दिरको भित्री भाग, बाहिरी भाग र चारैतिरको भित्ताको नाप लिए। १८ त्यसमा करूबहरूको+ र खजुरको बोटको आकृति+ खोपिएको थियो। प्रत्येक दुई करूबबीच एउटा खजुरको बोट थियो र प्रत्येक करूबको दुई वटा अनुहार थियो। १९ एउटा अनुहार मान्छेको जस्तो थियो भने अर्को अनुहार सिंहको जस्तो थियो। मान्छेको जस्तो अनुहार एकापट्टिको खजुरको बोटतर्फ फर्केको थियो भने सिंहको जस्तो अनुहार अर्कोपट्टिको खजुरको बोटतर्फ फर्केको थियो।+ पूरै मन्दिरमा यस्तैगरि करूबहरूको र खजुरको बोटको आकृति खोपिएको थियो। २० मन्दिरको भित्तामा भुईँदेखि द्वारको माथिसम्मै करूबहरूको र खजुरको बोटको आकृति खोपिएको थियो।
२१ मन्दिरको द्वारको चौकोस* वर्गाकार थियो।+ पवित्र ठाउँको* अघिल्तिर २२ वेदीजस्तै देखिने एउटा वस्तु थियो, जुन काठले बनेको थियो।+ यसको उचाइ तीन हात र लम्बाइ दुई हात थियो। त्यसका कुनाहरू, त्यसका आधार र पाटाहरू काठकै थिए। तिनले मलाई यसो भने: “यहोवाको सामने भएको टेबुल यही हो।”+
२३ पवित्र कोठा र महापवित्र कोठा दुवैमा दुई-दुई वटा ढोका थिए।+ २४ ती ढोकाहरू दुई पाटे थिए। ती ढोकाहरूमा भित्रबाहिर दुवैपट्टिबाट खोल्न मिल्ने खापाहरू थिए। प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए। २५ मन्दिरको भित्तामा जस्तै यी ढोकाहरूमा पनि करूबका र खजुरको बोटका आकृतिहरू खोपिएका थिए।+ मन्दिरको दलानमाथि काठको कार्नेस थियो। २६ दलानको दुवैपट्टि अनि मन्दिरका खोपाहरूमा कार्नेसमुनि झ्यालहरू*+ र खजुरको बोटका आकृतिहरू थिए।
४२ अनि तिनले मलाई उत्तरतिर बाहिरी चोकमा लगे।+ त्यहाँ खाली ठाउँनजिकै भएको भवनमा तिनले मलाई लगे, जसमा भोजनकक्षहरू थिए।+ यो भवन मन्दिरपछाडि भएको भवनको उत्तरतिर थियो।+ २ यो भवनमा छिर्न उत्तरतिर एउटा ढोका थियो। त्यो ढोकादेखि नाप्दा भोजनकक्षहरू भएको यो भवनको जम्मा चौडाइ ५० हात* र लम्बाइ १०० हात थियो। ३ भित्री चोकको २० हात चौडाइ भएको+ खाली ठाउँ र बाहिरी चोकको ठीक बीचमा यो भवन थियो। यो भवन तीन तलाको थियो र यसका बार्दलीहरू आमनेसामने थिए। ४ भोजनकक्षहरूको बीचमा एउटा बाटो थियो।+ यो बाटो १० हात चौडा र १०० हात लामो* थियो। भोजनकक्षहरूभित्र पस्ने ढोकाहरू उत्तरतिर फर्केका थिए। ५ यो भवनको माथिल्लो तलाका कोठाहरू बीचका र तल्लो तलाका भन्दा साना थिए किनभने बार्दलीले माथिल्लो तलाका कोठाहरूको धेरै ठाउँ ओगटेको थियो। ६ यो भवन तीन तलाको थियो। तर चोकहरूमा भएजस्तो यो भवनमा खम्बाहरू थिएनन्। त्यसैले तल्लो तलाको भन्दा बीचको तलाका कोठाहरू साना थिए अनि माथिल्लो तलाका कोठाहरू बीचको तलाका भन्दा अझ साना थिए।
७ भोजनकक्षहरूको छेउमा बाहिरी चोकपट्टि पर्ने पर्खाल ५० हात लामो थियो। यो पर्खाल ढुङ्गाले बनेको थियो र यसको ठीक सामुन्ने अरू भोजनकक्षहरू थिए। ८ बाहिरी चोकपट्टि पर्ने भोजनकक्षहरूको लम्बाइ ५० हात थियो भने मन्दिरपट्टि पर्ने भोजनकक्षहरूको लम्बाइ १०० हात थियो। ९ बाहिरी चोकबाट पस्न यी भोजनकक्षहरूको पूर्वपट्टि पनि एउटा ढोका थियो।
१० पूर्वपट्टि चोकको ढुङ्गाको पर्खालभित्र खाली ठाउँ र मन्दिरको पछाडि भएको भवननजिकै पनि भोजनकक्षहरू थिए।+ ११ उत्तरपट्टिको भोजनकक्षहरूमा जस्तै यी भोजनकक्षहरूको बीचमा पनि एउटा बाटो थियो।+ यी भोजनकक्षहरूको लम्बाइ-चौडाइ, ढोकाहरू र बनोट उत्तरपट्टिको जस्तै थियो। १२ यहाँका भोजनकक्षहरूका ढोकाहरू पनि दक्षिणतिरका भोजनकक्षहरूका जस्तै थिए। बाटो सुरु हुने ठाउँमा एउटा द्वार थियो, जुन पूर्वपट्टिको ढुङ्गाको पर्खालसँगै थियो। त्यहाँबाट मानिसहरू प्रवेश गर्थे।+
१३ त्यसपछि तिनले मलाई यसो भने: “खाली ठाउँनजिकै पर्ने उत्तरपट्टि र दक्षिणपट्टि भएका भोजनकक्षहरू+ पवित्र ठाउँ हुन्। त्यहाँ यहोवासामु उपस्थित हुने पुजारीहरूले अतिपवित्र भेटी खान्छन्।+ त्यहाँ तिनीहरू अन्नभेटी, पापभेटी र दोषभेटीजस्ता अतिपवित्र भेटी राख्छन् किनकि त्यो ठाउँ पवित्र छ।+ १४ पुजारीहरूले पवित्र ठाउँबाट बाहिरी चोकमा जानुअघि पवित्र ठाउँमा सेवा गर्दा लगाएको लुगा फेर्नुपर्छ+ किनकि ती लुगा पवित्र छन्। पुजारीहरू सर्वसाधारण मानिसलाई आउने-जाने अनुमति दिइएको ठाउँमा जाँदा तिनीहरूले त्यो पवित्र लुगा फेरेर अर्को लुगा लगाउनुपर्छ।”
१५ भित्री चोकको सबै ठाउँ नापिसकेपछि तिनले मलाई पूर्वपट्टिको प्रवेशद्वारबाट बाहिर लगे+ र पूरै ठाउँ नापे।
१६ तिनले नाप्ने टाँगोले* पूर्वपट्टिको पर्खाल नापे। त्यसको लम्बाइ ५०० टाँगो थियो।
१७ तिनले उत्तरपट्टिको पर्खाल नापे। त्यसको लम्बाइ ५०० टाँगो थियो।
१८ तिनले दक्षिणपट्टिको पर्खाल नापे। त्यसको लम्बाइ ५०० टाँगो थियो।
१९ त्यसपछि तिनी पश्चिमपट्टि गए। पश्चिमपट्टिको पर्खालको लम्बाइ ५०० टाँगो थियो।
२० यसरी तिनले त्यस ठाउँको चारैतिरको पर्खाल+ नापे। त्यसको लम्बाइ र चौडाइ दुवै ५०० टाँगो थियो।+ त्यो पर्खालले पवित्र ठाउँलाई र साधारण ठाउँलाई छुट्ट्याएको थियो।+
४३ त्यसपछि तिनले मलाई पूर्वपट्टि फर्केको प्रवेशद्वारमा लगे।+ २ त्यहाँ मैले पूर्वतिरबाट इस्राएलका परमेश्वरको महिमा आइरहेको देखेँ।+ उहाँको स्वर उर्लिएको भेलझैँ+ सुनिन्थ्यो। पूरै पृथ्वी उहाँको महिमाले उज्यालो भयो।+ ३ मैले त्यहाँ जे देखेँ, त्यो यसअघि म* सहरको विनाशबारे भविष्यवाणी गर्न आउँदा र केबार नदीको किनारमा छँदा देखेको दर्शनजस्तै* थियो।+ अनि म भुईँमा घोप्टो परेँ।
४ अनि यहोवाको महिमा पूर्वपट्टि फर्केको प्रवेशद्वारबाट मन्दिरभित्र पस्यो।+ ५ उहाँको शक्तिले* मलाई उठायो र मन्दिरको भित्री चोकमा लग्यो। अनि मैले यहोवाको महिमाले पूरै मन्दिर भरिएको देखेँ।+ ६ त्यसपछि मन्दिरबाट कसैले मसित बोलिरहेको सुनेँ। त्यतिखेर ती मानिस मेरो छेवैमा आएर उभिए।+ ७ तब परमेश्वरले मलाई यसो भन्नुभयो:
“हे मानिसको छोरा, मेरो सिंहासन+ र पाउ राख्ने ठाउँ+ यही हो र म सधैँभरि इस्राएलीहरूमाझ यहीँ रहनेछु।+ अब इस्राएलको घरानाले र तिनीहरूका राजाहरूले वेश्यावृत्ति* गरेर अनि आफ्ना मरिसकेका राजाहरूका लासद्वारा* मेरो पवित्र नामलाई फेरि कहिल्यै बिटुलो पार्नेछैनन्।+ ८ तिनीहरूले मेरो मन्दिरको सँघारसँगै आफ्नो सँघार अनि मेरो मन्दिरको चौकोससँगै आफ्नो चौकोस राखे। मेरो मन्दिर र तिनीहरूको मन्दिरलाई एउटा पर्खालले मात्र छुट्ट्याएको थियो।+ अनि घिनलाग्दा काम गरेर तिनीहरूले मेरो पवित्र नामलाई बिटुलो पारे। त्यसैले मैले रिसाएर तिनीहरूलाई नाश गरेँ।+ ९ अब तिनीहरूले वेश्यावृत्ति गर्न छोडून् र आफ्ना राजाहरूका लास मेरो सामुन्नेबाट हटाऊन्। त्यसपछि म सधैँ तिनीहरूमाझ रहनेछु।+
१० “हे मानिसको छोरा, तिमीले चाहिँ इस्राएलको घरानालाई मन्दिरको वर्णन गरिदेऊ+ अनि तिनीहरू आफ्ना अपराध सम्झेर लाजमा परून्।+ तिनीहरूले मन्दिरको नक्सा राम्ररी बुझून्।* ११ आफूले गरेको काम सम्झेर तिनीहरू लज्जित भए भने तिनीहरूलाई मन्दिरको नक्सा, यसको बनोट र यसका प्रवेशद्वारहरूबारे बताउनू।+ तिनीहरूले मन्दिरको पूरै नक्सा राम्ररी बुझ्न सकून् र यसका विधिविधान पालन गर्न सकून् भनेर तिमीले तिनीहरूको आँखाकै अगाडि मन्दिरको पूरै नक्सा कोर्नू अनि यसका विधिविधान र व्यवस्था लेख्नू।+ १२ मन्दिरको व्यवस्था यो हो: डाँडाको टुप्पोमा भएको मन्दिरवरपरको सम्पूर्ण इलाका अतिपवित्र छ।+ हेर, मन्दिरको व्यवस्था यही हो।
१३ “हातअनुसार (प्रत्येक हातमा चार अङ्गुल थपिएको थियो)* वेदीको नाप यही हो:+ वेदीको पिँध एक हात अग्लो र पिँधको पेटी एक हात चौडा छ। पिँधको किनारामा चारैतिर एक बित्ताको* बिट छ। वेदीको पिँध यही हो। १४ वेदीको पिँधमाथि एउटा सानो खण्ड छ। यस खण्डको उचाइ दुई हात र यसको पेटीको चौडाइ एक हात छ। यस खण्डमाथि एउटा अग्लो खण्ड छ। यसको उचाइ चार हात र यसको पेटीको चौडाइ एक हात छ। १५ अनि वेदीको अगेनु चार हात अग्लो छ र अगेनुको चार कुनामा एक-एक वटा सिङ छ।+ १६ यो अगेनु चारपाटे छ। यसको लम्बाइ र चौडाइ दुवै १२-१२ हात छ।+ १७ अग्लो खण्डको लम्बाइ १४ हात र चौडाइ १४ हात छ। यस खण्डको किनारामा चारैतिर आधा हातको बिट छ। अनि वेदीको पिँध भने चारैतिर एक हात अग्लो छ।
“अनि वेदीको खुट्किला पूर्वतिर फर्केको छ।”
१८ त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘वेदी बनाइसकेपछि यी निर्देशनहरू पालन गर ताकि वेदीमा अग्निभेटी अर्पण गर्न र रगत छर्कन सकियोस्।’+
१९ “‘पापभेटीको निम्ति+ बथानबाट एउटा बहर ल्याएर लेविको कुलको सादोकका सन्तानलाई+ दिनू, जो मसामु उपस्थित भएर मेरो सेवा गर्ने पुजारीहरू हुन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। २० ‘वेदीको पाप हटाएर त्यसलाई चोख्याउन र त्यसको निम्ति प्रायश्चित गर्न त्यस बहरको अलिकति रगत लिएर वेदीको चार वटा सिङमा, अग्लो खण्डको बिटमा र चार कुनामा लगाउनू।+ २१ त्यसपछि पापभेटीको रूपमा चढाइएको बहरलाई मन्दिरबाहिर लैजानू र तोकिएको ठाउँमा जलाउनू।+ २२ भोलिपल्ट पापभेटीको रूपमा एउटा निष्खोट बोका चढाउनू। तिनीहरूले वेदीलाई बहरको रगतले पापबाट चोख्याएझैँ बोकाको रगतले पनि चोख्याऊन्।
२३ “‘वेदीलाई पापबाट चोख्याएपछि बथानबाट एउटा निष्खोट बहर र बगालबाट एउटा निष्खोट थुमा ल्याएर चढाउनू। २४ ती ल्याएर यहोवासामु अर्पण गर्नू। पुजारीहरूले तिनमा नुन छर्कून्+ र यहोवाको निम्ति अग्निभेटीको रूपमा चढाऊन्। २५ सात दिनसम्म पापभेटीको लागि दिनदिनै एउटा बोका,+ एउटा बहर र एउटा थुमा चढाउनू। तिमीले निष्खोट जनावरहरू चढाउनू। २६ सात दिनसम्म तिनीहरूले वेदीको निम्ति प्रायश्चित गर्नुपर्छ र यसलाई शुद्ध पार्नुपर्छ। त्यसपछि तिनीहरूले वेदी प्रयोग गर्न सक्छन्। २७ सात दिनपछि अर्थात् आठौँ दिनदेखि+ पुजारीहरूले तिमीहरूको* अग्निभेटी र मेलबलि* वेदीमा चढाउनेछन्। तब म तिमीहरूसित खुसी हुनेछु,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
४४ फेरि तिनले मलाई बाहिरी चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वारतिर लगे।+ त्यो बन्द थियो।+ २ अनि यहोवाले मलाई यसो भन्नुभयो: “यो प्रवेशद्वार सधैँ बन्द रहनेछ। यसलाई नखोल्नू। कोही पनि यो प्रवेशद्वारबाट आउन पाउनेछैन किनकि यहाँबाट इस्राएलका परमेश्वर यहोवा आउनुभएको हो।+ त्यसैले यो सधैँ बन्द रहनेछ। ३ तर कुलनायकले भने यो प्रवेशद्वारभित्र बसेर यहोवासामु भोजन खान सक्छन्+ किनकि तिनी कुलनायक हुन्। तिनी यो प्रवेशद्वारको दलानबाट भित्र पस्नेछन् र त्यहीँबाटै बाहिर निस्कनेछन्।”+
४ त्यसपछि तिनले मलाई उत्तरपट्टिको प्रवेशद्वारबाट यहोवाको मन्दिरअगाडि लगे। त्यहाँ मैले यहोवाको मन्दिर उहाँको महिमाले भरिएको देखेँ।+ त्यो देखेर म भुईँमा घोप्टो परेँ।+ ५ अनि यहोवाले मलाई भन्नुभयो: “हे मानिसको छोरा, म यहोवा तिमीलाई मेरो मन्दिरको विधिविधान र व्यवस्था बताउँदै छु। त्यसैले मेरो कुरामा ध्यान देऊ,* मैले देखाएको कुरा नियालेर हेर र मेरो कुरा कान थापेर सुन। मन्दिरमा प्रवेश गर्ने ठाउँ र बाहिर निस्कने ठाउँ सबै राम्ररी नियालेर हेर।+ ६ इस्राएलको विद्रोही घरानालाई तिमीले भन, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “ए इस्राएलको घराना, बस्, अब अति भयो। तिमीहरूको यो घिनलाग्दो काम ज्यादै भयो। ७ तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्याएकोले मेरो मन्दिर अपवित्र भएको छ। किनकि तिनीहरूको न हृदयको खतना* भएको छ न त शरीरको नै। तिमीहरू एकातिर मलाई भोजन, जनावरको बोसो र रगत चढाउँछौ अनि अर्कोतिर घिनलाग्दा कामहरू गरेर मेरो करारलाई तोड्छौ। ८ तिमीहरू मेरा पवित्र कुराहरूलाई बेवास्ता गर्छौ।+ मैले तिमीहरूलाई जिम्मा दिएको मेरो मन्दिरको पवित्र काम पनि तिमीहरू जसलाई पायो त्यसलाई सुम्पन्छौ।”’
९ “‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “इस्राएलमा बस्ने कुनै पनि विदेशी, जसको हृदय र शरीरको खतना भएको छैन, ऊ मेरो मन्दिरमा पस्न पाउनेछैन।”’
१० “‘जब इस्राएलीहरूले घिनलाग्दा मूर्तिहरू* पुज्न मलाई त्यागे, तब लेवीहरूले पनि मलाई त्यागे।+ मलाई त्याग्ने लेवीहरूले आफ्नो गल्तीको दण्ड पाउनेछन्। ११ त्यसपछि म तिनीहरूलाई मन्दिरको प्रवेशद्वारको रेखदेख गर्न+ र मन्दिरमा सेवा गर्न मेरो मन्दिरको सेवक बनाउनेछु। तिनीहरूले अग्निभेटी र बलिदानको लागि मानिसहरूले ल्याएका जनावरहरू काट्नेछन् र मानिसहरूसामु उभिएर उनीहरूको सेवा गर्नेछन्। १२ ती लेवीहरूले घिनलाग्दा मूर्तिहरूसामु मानिसहरूको सेवा गरे। यसरी तिनीहरू इस्राएलको घरानाको लागि ठेस लाग्ने ढुङ्गा बने+ र इस्राएलीहरूले पाप गरे। त्यसैले तिनीहरूविरुद्ध आफ्नो हात उचाल्दै मैले यो शपथ खाएको छु,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले आफ्नो गल्तीको दण्ड पाउनेछन्। १३ तिनीहरूले फेरि मेरा पुजारी भएर सेवा गर्न वा मेरो मन्दिरको पवित्र र महापवित्र थोकहरू छुन पाउनेछैनन्। तिनीहरूले गरेका घिनलाग्दा कामहरूको कारण तिनीहरू लाजमा पर्नेछन्। १४ तर म तिनीहरूलाई मन्दिरको रेखदेख गर्ने काम सुम्पनेछु। यसरी तिनीहरूले मन्दिरमा आफूले गर्नुपर्ने सबै काम पूरा गर्न सक्नेछन्।’+
१५ “‘तर इस्राएलीहरू मदेखि तर्केर गएको बेला+ लेविको कुलको सादोकका छोराहरूले+ भने मेरो मन्दिरमा आफूले गर्नुपर्ने काम पूरा गरे। त्यसैले तिनीहरूले मसामु उपस्थित भएर मेरो सेवा गर्नेछन् र मलाई बोसो+ र रगत+ चढाउनेछन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १६ ‘तिनीहरू नै मेरो मन्दिरमा उपस्थित हुनेछन् र मेरो वेदीनजिक आएर मेरो सेवा गर्नेछन्।+ साथै तिनीहरूले मेरो मन्दिरमा पाएका सबै जिम्मेवारी पूरा गर्नेछन्।+
१७ “‘ती पुजारीहरू भित्री चोकको प्रवेशद्वारमा आउँदा तिनीहरूले मलमलको* लुगा लगाएको हुनुपर्छ।+ तिनीहरूले भित्री चोकको प्रवेशद्वारमा वा भित्री चोकमा सेवा गर्दा ऊनी लुगा लगाउनु हुँदैन। १८ तिनीहरूले मलमलको फेटा बाँध्नुपर्छ र मलमलको छोटो सुरुवाल* लगाउनुपर्छ।+ पसिना निस्कने कुनै पनि लुगा तिनीहरूले लगाउनु हुँदैन। १९ पुजारीहरूले सर्वसाधारण मानिस आउने-जाने बाहिरी चोकमा जानुअघि मन्दिरमा सेवा गर्दा लगाएको लुगा फेर्नुपर्छ+ र त्यो लुगा पवित्र भोजनकक्षमा राख्नुपर्छ।+ तिनीहरूले बाहिर निस्कँदा अर्को लुगा लगाउनुपर्छ नत्र त्यो लुगामार्फत पुजारीहरूको पवित्रता अरू मानिसमा सर्नेछ। २० तिनीहरूले कपाल खौरनु हुँदैन+ र लामो पार्नु पनि हुँदैन। तिनीहरूले आफ्नो कपाल छोटो गरी काट्नुपर्छ। २१ भित्री चोकमा पस्दा पुजारीहरूले रक्सी पिएको हुनु हुँदैन।+ २२ तिनीहरूले विधवा अथवा सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्नु हुँदैन।+ तर तिनीहरूले इस्राएली कुमारी केटीसित वा मृत्यु भएका पुजारीकी पत्नीसित भने विवाह गर्न सक्छन्।’+
२३ “‘तिनीहरूले मेरा मानिसहरूलाई पवित्र र साधारण कुराबीच अनि शुद्ध र अशुद्ध कुराबीच फरक छुट्ट्याउन सिकाउनुपर्छ।+ २४ तिनीहरूले न्यायकर्ता भएर मुद्धामामिलाको सुनुवाइ गर्नुपर्छ+ र मेरो फैसलाअनुसारै त्यसको छिनोफानो गर्नुपर्छ।+ तिनीहरूले मेरा सबै चाडपर्वका नियमहरू अनि विधिविधान पालन गर्नुपर्छ+ र मेरो विश्रामदिनलाई* पवित्र मान्नुपर्छ। २५ तिनीहरूले लास छोएर आफूलाई अशुद्ध पार्नु हुँदैन। तर आफ्नो बुबा, आमा, छोरा, छोरी, दाजुभाइ वा विवाह नभएकी दिदीबहिनीको मृत्यु हुँदा भने पुजारीले आफूलाई अशुद्ध पार्न सक्छन्।+ २६ चोखो भइसकेपछि तिनले सात दिन पर्खनुपर्छ। २७ त्यसपछि पवित्र ठाउँमा सेवा गर्न भित्री चोकमा उपस्थित भएको दिन तिनले पापभेटी चढाउनुपर्छ,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
२८ “‘तिनीहरूको अंश यो हुनेछ: म नै तिनीहरूको अंश हुँ।+ पुजारीहरूले इस्राएलमा कुनै सम्पत्ति पाउनेछैनन् किनकि म नै तिनीहरूको सम्पत्ति हुँ। २९ मलाई चढाइएको अन्नभेटी,+ पापभेटी, दोषभेटी+ र इस्राएलमा मेरो नाममा अर्पण गरिएको सबै कुरा तिनीहरूकै हुनेछ।+ ३० उब्जनीको पहिलो फलमध्ये सबैभन्दा असल-असल फल अनि तिमीहरूले* चढाएका सबै थोक पुजारीहरूकै हुनेछ।+ अनि पहिलो उब्जनीको अन्नको खस्रो पीठो पनि पुजारीहरूलाई दिनू।+ त्यसो गऱ्यौ भने तिमीहरूको घरानाले आशिष् पाउनेछ।+ ३१ मरेको अथवा अरू जनावरले लुछेर मारेको पशुपक्षी पुजारीहरूले खानु हुँदैन।+
४५ “‘जब तिमीहरू आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर्छौ,+ तब एक टुक्रा जमिन यहोवालाई अर्पण गर्नू।+ त्यो पवित्र जमिन हुनेछ। त्यसको लम्बाइ २५ हजार हात* र चौडाइ १० हजार हात हुनुपर्छ।+ त्यो सम्पूर्ण इलाका* पवित्र हुनेछ। २ त्यसभित्र ५०० हात चौडाइ र ५०० हात लम्बाइको वर्गाकार इलाका मन्दिरको लागि छुट्ट्याउनू।+ मन्दिरको वरिपरि ५० हात चौडाइ भएको चरन हुनेछ।+ ३ पवित्र जमिनमा २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ भएको एक टुक्रा जमिन नाप्नू। त्यसभित्र मन्दिर हुनेछ, जुन अतिपवित्र छ। ४ त्यो जमिन मन्दिरका सेवकहरू अर्थात् यहोवासामु उपस्थित भएर उहाँको सेवा गर्ने पुजारीहरूको+ लागि छुट्ट्याइएको पवित्र जमिन हुनेछ।+ त्यहाँ तिनीहरूले आफ्ना घर बनाउनेछन् र त्यो जमिन मन्दिरको लागि पवित्र ठाउँ पनि हुनेछ।
५ “‘मन्दिरमा सेवा गर्ने लेवीहरूका लागि २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ+ भएको एक टुक्रा जमिन हुनेछ। तिनीहरूले आफ्नो भागमा २० वटा भोजनकक्ष पाउनेछन्।+
६ “‘सहरको लागि तिमीहरूले २५ हजार हात लम्बाइ (पवित्र जमिनको लम्बाइबराबर) र ५ हजार हात चौडाइ भएको एक टुक्रा जमिन छुट्ट्याउनू।+ त्यो जमिन इस्राएलका सम्पूर्ण घरानाको लागि हुनेछ।
७ “‘पवित्र जमिन र सहरको लागि छुट्ट्याइएको जमिनको दुवै छेउमा कुलनायकको लागि जमिन हुनेछ। त्यो जमिन पवित्र जमिन र सहरको लागि छुट्ट्याइएको जमिनको छेउमा हुनेछ। त्यो पूर्वपट्टि र पश्चिमपट्टि हुनेछ। यस जमिनको पूर्वदेखि पश्चिमसम्मको लम्बाइ इस्राएलको एउटा कुलको लागि छुट्ट्याइएको जमिनको लम्बाइबराबर हुनेछ।+ ८ त्यो जमिन इस्राएलमा कुलनायकको भाग हुनेछ। मेरा कुलनायकहरूले फेरि कहिल्यै मेरा मानिसहरूलाई दुर्व्यवहार गर्नेछैनन्+ र तिनीहरूले इस्राएलको घरानालाई उनीहरूका कुलअनुसार जमिन दिनेछन्।’+
९ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘हे इस्राएलका कुलनायकहरू हो, बस्! अति भयो।’
“‘हिंसा र अत्याचार गर्न बन्द गर। जे सही र न्यायोचित छ, त्यही गर।+ मेरा मानिसहरूको सम्पत्ति हडप्न छोड,’+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ। १० ‘तिमीहरूले ठीक-ठीक नापतौल प्रयोग गर्नू। तिमीहरूले चलाउने एपा* र बाथ* पनि सही नापका होऊन्।+ ११ एपा र बाथको लागि निश्चित मापदण्ड तोकिएको हुनुपर्छ। एक बाथमा एक होमेरको दसौँ भाग हुनुपर्छ। त्यसैगरि एक एपामा एक होमेरको दसौँ भाग हुनुपर्छ। तिमीहरूले होमेरलाई* आधार मानेर नाप्ने गर्नू। १२ एक शेकेल*+ २० गेराबराबर* हुनुपर्छ। अनि २० शेकेल, २५ शेकेल र १५ शेकेल जोड्दा एक मानेह* हुनुपर्छ।
१३ “‘तिमीहरूले चढाउनुपर्ने भेटी यही हो: प्रत्येक होमेर गहुँबाट एक एपाको छैटौँ भाग र प्रत्येक होमेर जौबाट एक एपाको छैटौँ भाग। १४ तिमीहरूले भेटी चढाउनुपर्ने तेल भने बाथको हिसाबले नापेर दिनू। एक बाथ एक कोरको* दसौँ भाग हो र १० बाथ भनेको एक होमेर हो किनभने १० बाथबराबर एक होमेर हुन्छ। १५ अनि इस्राएलीहरूको बगालबाट प्रत्येक २०० भेडामध्ये एउटा भेडा ल्याउनू। मानिसहरूको पापको प्रायश्चित गर्न+ अन्नभेटी,+ अग्निभेटी+ र मेलबलिको+ रूपमा चढाउनको लागि यी सबै भेटी छुट्ट्याउनू,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
१६ “‘इस्राएलका सबै मानिसले यी भेटीहरू+ कुलनायकलाई दिनुपर्छ। १७ विभिन्न चाडमा,+ औँसीहरूमा, विश्रामदिनहरूमा*+ र इस्राएलको घरानाको लागि तोकिएका सबै चाडमा+ कुलनायकले अग्निभेटी,+ अन्नभेटी+ र मद्यभेटीको लागि चाहिने सम्पूर्ण कुरा जुटाउनुपर्छ। इस्राएलको घरानाको निम्ति प्रायश्चित गर्न सकियोस् भनेर पापभेटी, अन्नभेटी, अग्निभेटी र मेलबलिको लागि आवश्यक प्रबन्ध मिलाउने जिम्मेवारी कुलनायकको हुनेछ।’
१८ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘पहिलो महिनाको पहिलो दिन बथानबाट एउटा निष्खोट बहर लिनू र त्यसलाई बलि चढाएर मन्दिरलाई पापबाट चोख्याउनू।+ १९ पुजारीले पापभेटीको अलिकति रगत लिएर मन्दिरको ढोकाको चौकोसमा,+ वेदीको अग्लो खण्डको चार कुनामा र भित्री चोकको प्रवेशद्वारको चौकोसमा दल्नेछन्। २० अनजानमा पाप गर्नेहरूको लागि+ पहिलो महिनाको सातौँ दिनमा तिमीहरूले त्यसो गर्नू। तिमीहरूले मन्दिरको निम्ति प्रायश्चित गर्नू।+
२१ “‘पहिलो महिनाको १४ औँ दिनमा निस्तार चाड मनाउनू।+ सात दिनसम्म तिमीहरूले खमिर* नहालेको रोटी खानू।+ २२ त्यस दिन कुलनायकले आफ्नो लागि र देशका सबैको लागि पापभेटीको रूपमा चढाउन एउटा बहरको प्रबन्ध गर्नेछन्।+ २३ तिनले चाडको सात दिनसम्म यहोवाको निम्ति अग्निभेटी चढाउन प्रत्येक दिन सात वटा निष्खोट बहर र सात वटा निष्खोट थुमा जुटाउनेछन्।+ साथै पापभेटी चढाउन प्रत्येक दिन एउटा बोका जुटाउनेछन्। २४ अनि तिनले प्रत्येक बहर र प्रत्येक थुमाको निम्ति एक-एक एपा अन्नभेटी जुटाउनुपर्छ। साथै एक एपा अन्नभेटीको निम्ति एक हिन* तेल जुटाउनुपर्छ।
२५ “‘सातौँ महिनाको १५ औँ दिनदेखि सुरु हुने चाडमा पनि पहिलो महिनाको चाडमा जस्तै तिनले सात दिनसम्म+ पापभेटी, अग्निभेटी, अन्नभेटी र तेल जुटाउनुपर्छ।’”
४६ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘भित्री चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वार+ हप्ताको छ दिन+ बन्द रहनेछ।+ तर विश्रामदिन* र औँसीको दिन भने त्यो खुला रहनेछ। २ कुलनायक त्यस प्रवेशद्वारको मुखमा भएको दलानतिरबाट आउनेछन्+ र प्रवेशद्वारको चौकोसनेर उभिनेछन्। तिनले ल्याएको अग्निभेटी र मेलबलि पुजारीहरूले वेदीमा चढाउनेछन्। कुलनायक भने प्रवेशद्वारको सँघारमै रहनेछन् र तिनले त्यहीँबाट दण्डवत् गर्नेछन्। त्यसपछि तिनी फर्कनेछन्। तर प्रवेशद्वार भने बेलुकीसम्म खुल्लै रहनेछ। ३ विश्रामदिन र औँसीको बेला अरू मानिसले पनि त्यस प्रवेशद्वारअगाडि आएर यहोवालाई दण्डवत् गर्नेछन्।+
४ “‘विश्रामदिनमा कुलनायकले भेडाका छ वटा पाठा र एउटा थुमा अग्निभेटीको रूपमा यहोवा परमेश्वरलाई चढाउनुपर्छ। ती सबै जनावर खोटरहित हुनुपर्छ।+ ५ तिनले अन्नभेटीको रूपमा थुमाको साथमा एक एपा* अन्न चढाउनुपर्छ र भेडाको पाठाको साथमा जति सक्छन्, त्यति अन्न चढाउनुपर्छ। अनि तिनले प्रत्येक एपा अन्नसँगै एक हिन* तेल पनि चढाउनुपर्छ।+ ६ औँसीको दिन कुलनायकले अग्निभेटीको रूपमा बगालबाट एउटा बहर, भेडाका छ वटा पाठा र एउटा थुमा चढाउनुपर्छ। ती सबै जनावर खोटरहित हुनुपर्छ।+ ७ तिनले अन्नभेटीको रूपमा बहरको साथमा एक एपा अन्न, थुमाको साथमा एक एपा अन्न र भेडाको पाठाको साथमा जति सक्छन्, त्यति अन्न चढाउनुपर्छ। अनि तिनले प्रत्येक एपा अन्नसँगै एक हिन तेल पनि चढाउनुपर्छ।
८ “‘कुलनायक भेटी चढाउन प्रवेशद्वारमा आउँदा प्रवेशद्वारको मुखमा भएको दलानतिरबाट आउनेछन् र त्यहीँबाट फर्कनेछन्।+ ९ मानिसहरू चाडको बेला यहोवाको उपासना गर्न उहाँसामु आउँदा+ उत्तरको प्रवेशद्वारबाट+ भित्र पसेकाहरू दक्षिणको प्रवेशद्वारबाट+ बाहिर जाऊन् र दक्षिणको प्रवेशद्वारबाट भित्र पसेकाहरू उत्तरको प्रवेशद्वारबाट बाहिर जाऊन्। कोही पनि जुन प्रवेशद्वारबाट भित्र पसेको थियो, त्यसैबाट बाहिर ननिस्कोस्। तिनीहरू आफू आएको प्रवेशद्वारको पारिपट्टिको प्रवेशद्वारबाट बाहिर निस्कून्। १० कुलनायक पनि मानिसहरूसँगै भित्र आऊन् र तिनीहरूसँगै बाहिर जाऊन्। ११ चाडको समयमा कुलनायकले अन्नभेटीको रूपमा बहरको साथमा एक एपा अन्न, थुमाको साथमा एक एपा अन्न र भेडाको पाठाको साथमा जति सक्छन्, त्यति अन्न चढाउनेछन्। अनि तिनले प्रत्येक एपा अन्नसँगै एक हिन तेल पनि चढाउनेछन्।+
१२ “‘कुलनायकले स्वैच्छिक भेटीको रूपमा यहोवाको लागि अग्निभेटी+ वा मेलबलि चढाउन चाहे भने भित्री चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वार तिनको लागि खोलिनेछ। त्यसपछि तिनले विश्रामदिनमा जस्तै आफूले ल्याएको अग्निभेटी वा मेलबलि पुजारीलाई दिनेछन्।+ कुलनायक प्रवेशद्वारबाट बाहिर निस्केपछि प्रवेशद्वारको ढोका बन्द गरिनेछ।+
१३ “‘प्रत्येक दिन बिहान यहोवाको लागि अग्निभेटीको रूपमा भेडाको एक वर्षे निष्खोट पाठो चढाउनू।+ १४ त्यसका साथै अन्नभेटीको रूपमा यहोवाको लागि प्रत्येक दिन बिहान एपाको छैटौँ भाग अन्न चढाउनू। त्यससँगै मसिनो पीठोमा खन्याउन हिनको एक तिहाइ तेल पनि दिनू। यो नियम सधैँ पालन गर्नू। १५ प्रत्येक दिन बिहान भेडाको एउटा पाठो, अन्नभेटी र तेल अग्निभेटीको रूपमा चढाउनू।’
१६ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘कुलनायकले आफ्नो प्रत्येक छोरालाई उपहारस्वरूप आफ्नो जमिन दिए भने त्यो तिनका छोराहरूकै हुनेछ। त्यो तिनीहरूको पैतृक सम्पत्ति हुनेछ। १७ तर यदि तिनले आफ्नो नोकरलाई उपहारस्वरूप जमिन दिए भने त्यो जमिन ऊ स्वतन्त्र नभएसम्म मात्रै उसको हुनेछ।+ नोकर स्वतन्त्र हुने वर्षमा त्यो जमिन फेरि कुलनायककै हुनेछ। कुलनायकका छोराहरूले पाएको जमिन मात्रै सधैँको लागि तिनीहरूको हुनेछ। १८ कुलनायकले कसैको पनि जमिन हडप्नु हुँदैन। तिनले कसैलाई पनि उसको पुर्ख्यौली जमिनबाट धपाउनु हुँदैन। मेरा मानिसहरू आफ्नो पुर्ख्यौली जमिनबाट जबरजस्ती ननिकालिऊन्। कुलनायकले आफ्ना छोराहरूलाई आफ्नै जमिनबाट अंश दिनुपर्छ।’”
१९ त्यसपछि तिनले मलाई उत्तरपट्टि पुजारीहरूको पवित्र भोजनकक्षहरू भएका भवनहरूको ढोकामा+ पुऱ्याए। उत्तरतिरको+ त्यस ढोकाबाट तिनले मलाई ती दुई भवनबीचको बाटोमा लगे। मैले त्यो बाटोको पुछारमा पश्चिमपट्टि एउटा ठाउँ देखेँ। २० तिनले मलाई यसो भने: “यहाँ पुजारीहरूले दोषभेटी र पापभेटीको जनावरको मासु उसिन्नेछन् अनि अन्नभेटी भुट्नेछन्।+ भेटीहरू यहीँ तयार पारिने भएकोले पुजारीहरूले बाहिरी चोकमा केही पनि लैजाँदैनन्। अन्यथा पुजारीहरूको पवित्रता अरू मानिसमा सर्नेछ।”+
२१ त्यसपछि तिनले मलाई बाहिरी चोकमा ल्याए अनि चोकको चारै कुनामा लगे। प्रत्येक कुनामा मैले एक-एक वटा सानो चोक देखेँ। २२ ती साना चोकहरूको लम्बाइ ४० हात* र चौडाइ ३० हात थियो। चारै वटा चोक एकै नापका थिए। २३ ती चारै वटा चोकको वरिपरि होचो पर्खाल थियो। त्यो पर्खालको मुनिपट्टि भेटीको रूपमा चढाइने जनावरको मासु उसिन्नको लागि चुलो बनाइएको थियो। २४ अनि तिनले मलाई यसो भने: “मानिसहरूले भेटी चढाउन ल्याएका जनावरको मासु मन्दिरका सेवकहरूले त्यहीँ उसिन्छन्।”+
४७ त्यसपछि फेरि तिनले मलाई मन्दिरको ढोकामा लगे।+ त्यहाँ मैले मन्दिरको सँघारको मुनितिरबाट पानी बगिरहेको देखेँ। त्यो पानी पूर्वतिर बगिरहेको थियो+ किनभने मन्दिरको मोहडा पूर्वपट्टि फर्केको थियो। त्यो पानी मन्दिरको दायाँपट्टि मुनितिरबाट निस्केर वेदीको दक्षिणतिरबाट बगिरहेको थियो।
२ अनि तिनले मलाई बाहिरी चोकको उत्तरपट्टिको प्रवेशद्वारबाट बाहिर लगे।+ त्यहाँबाट तिनले मलाई घुमाएर बाहिरी चोकको पूर्वपट्टि फर्केको प्रवेशद्वारतिर पुऱ्याए।+ मैले त्यस प्रवेशद्वारको दायाँतिरबाट पानीको सानो धारा बगिरहेको देखेँ।
३ त्यसपछि ती मानिस हातमा नाप्ने डोरी लिएर+ पूर्वतिर गए। तिनले पूर्वपट्टिको प्रवेशद्वारबाट १ हजार हात* परसम्म नापे अनि मलाई पानीमा हिँड्न लगाए। पानी मेरो गोलीगाँठासम्म आइपुग्यो।
४ त्यहाँबाट तिनले अझै १ हजार हात परसम्म नापे र मलाई पानीमा हिँड्न लगाए। पानी मेरो घुँडासम्म आइपुग्यो।
फेरि तिनले १ हजार हात परसम्म नापे र मलाई पानीमा हिँड्न लगाए। पानी मेरो कम्मरसम्म आइपुग्यो।
५ अनि तिनले फेरि १ हजार हात परसम्म नापे। त्यहाँसम्म पुग्दा पानी बढेर नदी भइसकेको थियो। मैले त्यो नदी हिँडेर तर्न सकिनँ किनभने पानी निकै गहिरो थियो र त्यो नदी तर्न पौडनुपर्थ्यो। त्यो नदी हिँडेर तर्न सकिँदैनथ्यो।
६ त्यसपछि तिनले मलाई सोधे: “हे मानिसको छोरा, तिमीले यो सब देख्यौ?”
अनि तिनले मलाई हिँडेर नदीको किनारमा फर्कन लगाए। ७ किनारमा फर्केपछि मैले नदीको दुवै किनारमा रूखैरूख देखेँ।+ ८ त्यसपछि तिनले मलाई यसो भने: “यो नदी पूर्वीय इलाकातिर बग्छ र अराबाह*+ हुँदै सागरमा* गएर मिसिन्छ। यो नदीको पानी सागरमा मिसिएपछि+ त्यहाँको पानी मीठो* हुन्छ। ९ यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ अनगिन्ती जीव हुनेछन्। यो नदी बगेका ठाउँहरूमा प्रशस्तै माछाहरू पाइनेछ। सागरको पानी मीठो हुनेछ र यो नदी जहाँ-जहाँ बग्छ, त्यहाँ-त्यहाँ सबै किसिमका जीव बाँच्नेछन्।
१० “एन-गेदीदेखि+ एन-एग्लैमसम्म सागरको किनारमा जलारीहरू हुनेछन्। त्यहाँ जाल सुकाउने ठाउँ पनि हुनेछ। महासागरमा*+ जस्तै यस सागरमा पनि थरीथरीका माछाहरू प्रशस्तै पाइनेछन्।
११ “यसको छेउछाउमा सिमसारहरू र दलदले ठाउँहरू पनि हुनेछन्। तर ती ठाउँहरूको पानी मीठो हुनेछैन। त्यहाँको पानी नुनिलो नै रहनेछ।+
१२ “नदीका दुवै किनारमा हरकिसिमको फल लाग्ने रूखहरू हुनेछन्। तिनीहरूका पात कहिल्यै ओइलाउनेछैनन् र तिनीहरूले कहिल्यै फल फलाउन बन्द गर्नेछैनन्। महिनैपिच्छे ती रूखहरूमा फल लाग्नेछ किनभने तिनीहरूले मन्दिरबाट आएको पानी पाएका छन्।+ तिनीहरूका फल खानका लागि र पात रोगबिमार निको पार्नका लागि हुनेछन्।”+
१३ ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “इस्राएलका १२ कुलका लागि भागबन्डा गर्नुपर्ने जमिन यही हो। युसुफका सन्तानले भने दुई भाग पाउनेछन्।+ १४ तिमीहरूले यो देश अधिकार गर्नेछौ र प्रत्येक कुलले बराबर जमिन पाउनेछ। मैले तिमीहरूका पुर्खालाई यो देश दिने प्रतिज्ञा गरेको थिएँ+ र अब यो देश तिमीहरूले पैतृक सम्पत्तिको रूपमा पाउनेछौ।
१५ “देशको उत्तरी सिमाना यो हो: महासागरदेखि हेथ्लोन+ जाने बाटो हुँदै जेदादसम्म,+ १६ जेदाददेखि हमाथसम्म,+ हमाथदेखि बेरोथहसम्म+ र बेरोथहदेखि सिब्रैमसम्म, जुन दमिसक र हमाथको सिमानाको बीचमा पर्छ, सिब्रैमदेखि हजेर-हत्तिकोनसम्म, जुन हउरानको+ सिमानाको छेउमा पर्छ। १७ त्यसैले उत्तरतिरको सिमाना महासागरदेखि हजर-एनोनसम्म+ हुनेछ। यसले उत्तरपट्टि दमिसकको सिमाना हुँदै हमाथको+ सिमानालाई छुनेछ। यो देशको उत्तरी सिमाना हो।
१८ “देशको पूर्वीय सिमाना हउरान र दमिसकको बीचमा हुनेछ। यो सिमाना यर्दन नदीको किनार हुँदै जानेछ, जुन गिलाद+ र इस्राएलको बीचमा पर्छ। तिमीहरूले उत्तरी सिमानादेखि पूर्वपट्टि भएको सागरसम्म* नाप्नू। यो देशको पूर्वीय सिमाना हो।
१९ “देशको दक्षिणी सिमाना तामारदेखि मेरिबाथ-कादेसका+ नदीहरूसम्म, त्यहाँदेखि मिश्रको वादीसम्म* र मिश्रको वादीदेखि महासागरसम्म+ हुनेछ। यो देशको दक्षिणी सिमाना हो।
२० “देशको पश्चिमतिर महासागर छ। दक्षिणी सिमानादेखि लेबो-हमाथको*+ ठ्याक्कै अगाडिसम्म पश्चिमी सिमाना हुनेछ। यो देशको पश्चिमी सिमाना हो।”
२१ “यही देशको जमिन तिमीहरूले आपसमा अर्थात् इस्राएलका १२ कुलमा बाँड्नू। २२ तिमीहरूले यो देश उत्तराधिकारको रूपमा आपसमा र तिमीहरूमाझ रहँदा सन्तान जन्माएका विदेशीहरूलाई पनि बाँड्नू। तिमीहरूले तिनीहरूलाई जन्मजात इस्राएलीझैँ ठान्नू। तिनीहरूले पनि तिमीहरूका कुलहरूसँगै उत्तराधिकारको रूपमा जमिन पाउनेछन्। २३ ती विदेशीहरू जुन कुलको इलाकामा बसिरहेका छन्, तिनीहरूलाई त्यहीँ नै उत्तराधिकारको रूपमा जमिन दिनू,” ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
४८ “देशलाई कुलअनुसार यसरी भाग लगाउनू: उत्तरमा सबैभन्दा माथि दानको भाग+ हुनेछ। दानको भागमा परेको इलाका हेथ्लोन जाने बाटोबाट सुरु भएर लेबो-हमाथ*+ हुँदै हजर-एनोनसम्म हुनेछ। यसले उत्तरपट्टि दमिसकको सिमाना हुँदै हमाथको+ सिमानालाई छुनेछ। दानको इलाका पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। २ असेरको भागमा+ परेको इलाका दानको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। ३ नप्तालिको भागमा+ परेको इलाका असेरको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। ४ मनस्सेको भागमा+ परेको इलाका नप्तालिको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। ५ एप्रैमको भागमा परेको इलाका मनस्सेको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। ६ रुबेनको भागमा परेको इलाका एप्रैमको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। ७ यहुदाको भागमा परेको इलाका रुबेनको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। ८ यहुदाको इलाकाको दक्षिणमा पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका हुनेछ। यसको चौडाइ २५ हजार हात* हुनेछ।+ यसको बीचमा मन्दिर हुनेछ। यसको इलाका पनि अरू कुलको इलाकाजस्तै पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ।
९ “पवित्र जमिनमा यहोवाको लागि २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ भएको एक टुक्रा जमिन छुट्ट्याउनू। १० यो पुजारीहरूको लागि छुट्ट्याइएको पवित्र जमिन हुनेछ।+ यसको उत्तरपट्टिको भाग २५ हजार हात, पश्चिमपट्टिको भाग १० हजार हात, पूर्वपट्टिको भाग १० हजार हात र दक्षिणपट्टिको भाग २५ हजार हात हुनेछ। यसको बीचमा यहोवाको मन्दिर हुनेछ। ११ यो जमिन पवित्र पुजारीहरू अर्थात् सादोकका छोराहरूको+ निम्ति हुनेछ। किनकि इस्राएलीहरू र लेवीहरू मदेखि तर्केर जाँदा+ सादोकका छोराहरू मदेखि तर्केनन् र तिनीहरूले मप्रतिको जिम्मेवारी पूरा गरे। १२ पवित्र जमिनमा लेवीहरूको लागि छुट्ट्याइएको जमिनको दक्षिणमा सादोकका छोराहरूले एक टुक्रा जमिन पाउनेछन् र त्यो महापवित्र हुनेछ।
१३ “पुजारीहरू अर्थात् सादोकका छोराहरूले पाएको जमिनको उत्तरमा लेवीहरूको लागि एक टुक्रा जमिन हुनेछ। यो २५ हजार हात लामो र १० हजार हात चौडा हुनेछ। (यसको पूरा लम्बाइ २५ हजार हात र चौडाइ १० हजार हात हुनेछ।) १४ यो असल जमिनको कुनै पनि भाग पुजारीहरूले बेच्न, सट्टापट्टा गर्न वा अरूलाई दिन पाउनेछैनन् किनकि त्यो यहोवाको नजरमा पवित्र छ।
१५ “पवित्र जमिनमा बाँकी रहेको २५ हजार हात लम्बाइ र ५ हजार हात चौडाइ भएको जमिन सहरको लागि छुट्ट्याउनू। यो जमिन घर बनाउने र वस्तुभाउ चराउने साधारण ठाउँ हुनेछ।+ यसको बीचमा सहर हुनेछ।+ १६ सहरको नाप यसप्रकार हुनेछ: उत्तरी सिमाना ४ हजार ५ सय हात, दक्षिणी सिमाना ४ हजार ५ सय हात, पूर्वी सिमाना ४ हजार ५ सय हात र पश्चिमी सिमाना ४ हजार ५ सय हात। १७ सहरको चारैतिर २५० हातको चरन हुनेछ: उत्तरतिर २५० हात, दक्षिणतिर २५० हात, पूर्वतिर २५० हात र पश्चिमतिर २५० हात।
१८ “बाँकी जमिनको लम्बाइ पवित्र जमिनको लम्बाइबराबर हुनेछ,+ त्यो पूर्वपट्टि १० हजार हात अनि पश्चिमपट्टि १० हजार हात हुनेछ। त्यो पवित्र जमिनबराबर हुनेछ। यसको उब्जनी सहरमा सेवा गर्नेहरूका लागि हुनेछ। १९ इस्राएलको हरेक कुलबाट सहरमा सेवा गर्न आएकाहरूले त्यहाँ खेतीपाती गर्नेछन्।+
२० “परमेश्वरलाई अर्पण गरिएको सम्पूर्ण पवित्र जमिनको लम्बाइ २५ हजार हात र चौडाइ २५ हजार हात हुनेछ। यसलाई सहर र पवित्र भूमिको लागि छुट्ट्याउनू।
२१ “पवित्र जमिन र सहरको पूर्व-पश्चिम दुवैपट्टि बाँकी रहेको जमिन कुलनायकको हुनेछ।+ कुलनायकले पाउने पूर्वपट्टिको जमिन पवित्र जमिनको पूर्वपट्टिको २५ हजार हातको सिमानासँगै जोडिएको हुनेछ र पश्चिमपट्टिको जमिन पवित्र जमिनको पश्चिमपट्टिको २५ हजार हातको सिमानासँगै जोडिएको हुनेछ। बाँकी कुलको जमिनजस्तै यो जमिन पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। कुलनायकले पाउने जमिनको बीचमा पवित्र जमिन र मन्दिर हुनेछ।
२२ “कुलनायकले पाउने जमिन यहुदा+ र बिन्यामिनले पाउने जमिनको बीचमा हुनेछ। कुलनायकले पाउने जमिनको बीचमा चाहिँ लेवीहरूको इलाका र सहर हुनेछ।
२३ “इस्राएलका बाँकी कुलहरूमध्ये बिन्यामिनको भागमा परेको इलाका पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ।+ २४ सिमियोनको भागमा परेको इलाका बिन्यामिनको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। २५ इस्साकारको भागमा+ परेको इलाका सिमियोनको इलाकाको दक्षिणमा हुनेछ। यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। २६ जबुलुनको भागमा परेको इलाका इस्साकारको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ।+ २७ गादको भागमा परेको इलाका जबुलुनको इलाकाको दक्षिणमा हुनेछ।+ यो पनि पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ। २८ देशको दक्षिणी भागमा गादको इलाका हुनेछ। दक्षिणको सिमाना तामारदेखि+ मेरिबाथ-कादेसका+ नदीहरूसम्म, त्यहाँदेखि मिश्रको वादीसम्म*+ र मिश्रको वादीदेखि महासागरसम्म* हुनेछ।
२९ “इस्राएलको प्रत्येक कुलले अधिकार गर्नको लागि पाउने देश यही हो।+ यही हिसाबले देशलाई भाग लगाउनू,”+ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
३० “सहरका ढोकाहरू यसप्रकार हुनेछन्: सहरको उत्तरपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ।+
३१ “इस्राएलका कुलको नामअनुसारै ढोकाहरूको नाम राख्नू। उत्तरपट्टि भएका तीन वटा ढोकामध्ये एउटा ढोका रुबेनको, एउटा ढोका यहुदाको र एउटा ढोका लेविको हुनेछ।
३२ “सहरको पूर्वपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ। त्यहाँ पनि तीन वटा ढोका हुनेछन्: एउटा ढोका युसुफको, एउटा ढोका बिन्यामिनको र एउटा ढोका दानको।
३३ “सहरको दक्षिणपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ। त्यहाँ पनि तीन वटा ढोका हुनेछन्: एउटा ढोका सिमियोनको, एउटा ढोका इस्साकारको र एउटा ढोका जबुलुनको।
३४ “सहरको पश्चिमपट्टिको नाप ४ हजार ५ सय हात हुनेछ। त्यहाँ पनि तीन वटा ढोका हुनेछन्: एउटा ढोका गादको, एउटा ढोका असेरको र एउटा ढोका नप्तालिको।
३५ “सहरको चारैतिरको नाप जम्मा १८ हजार हात हुनेछ। त्यस दिनदेखि त्यस सहरको नाम हुनेछ, ‘यहोवा त्यहाँ हुनुहुन्छ।’”+
इजकिएलको उमेर हुन सक्छ।
शब्दावली हेर्नुहोस्।
यसको अर्थ हो, “परमेश्वरले बलियो पार्नुहुन्छ।”
वा “बिजुली चम्किरहेको।”
सुन र चाँदी मिसिएर बनेको चम्किलो धातु।
एक किसिमको बहुमूल्य रत्न।
सायद एउटै अक्षमा दुवै पाङ्ग्रा समकोणमा जोडिएको थियो।
वा सम्भवतः “सीधा फैलिएका थिए।”
इजकिएलको पुस्तकभरि “हे मानिसको छोरा” भन्ने अभिव्यक्ति ९३ पटक प्रयोग गरिएको छ र यो पहिलो हो।
वा सम्भवतः “मानिसहरू हठी भए पनि र तिमीलाई घोच्ने काँडाजस्तै भए पनि।”
यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।
यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।
वा “त्यसको रगतको लागि म तिमीलाई जिम्मेवार ठहराउनेछु।”
वा “धार्मिकता।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्।
वा “अन्याय।”
वा “उसको रगतको लागि म तिमीलाई जिम्मेवार ठहराउनेछु।”
शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
युद्धमा सहरको पर्खाल र ढोका भत्काउन प्रयोग गरिने साधन।
शा., “त्यसमाथि।” अर्थात्, इजकिएलको बायाँतिर।
प्रस्थ ९:३२ को फुटनोट हेर्नुहोस्।
लगभग २३० ग्राम। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
लगभग ०.६ लिटर। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शा., “रोटी झुन्ड्याउने लट्ठी भाँचिदिनेछु।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्।
वा “घटाउनेछु।”
वा “रोगले।”
शा., “रोटी झुन्ड्याउने लट्ठी भाँचिदिएर।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
वा “भ्रष्ट र पतित भएर।”
शा., “तँविरुद्ध जाग्नेछ।”
अर्थात्, न किन्नेलाई न त बेच्नेलाई नै फाइदा हुनेछ किनकि सबैमाथि विनाश आइपर्नेछ।
शब्दावली हेर्नुहोस्।
अर्थात्, डरले गर्दा पिसाब चुहिएकोले भिज्नेछन्।
अर्थात्, शोकको कारण कपाल खौरनेछन्।
अर्थात्, तिनीहरूका सुनचाँदीका चिजहरूबाट।
अर्थात्, तिनीहरूको सुनचाँदी, जसबाट तिनीहरूले मूर्तिहरू बनाए।
अर्थात्, शत्रुहरूले।
यसले यहोवाको मन्दिरको सबैभन्दा भित्री भागलाई जनाएको हुन सक्छ।
अर्थात्, कैद गर्ने साङ्ला।
शब्दावली हेर्नुहोस्।
वा “व्यवस्था।”
इजकिएल निर्वासनमा बसेको छैटौँ वर्ष।
सुन र चाँदी मिसिएर बनेको चम्किलो धातु।
शब्दावली हेर्नुहोस्।
यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
यो मूर्तिपूजामा चलाइएको हाँगा हुन सक्छ।
घनजस्तो एक किसिमको घातक हतियार।
वा “मसी हाल्ने सिङ।”
शब्दावली हेर्नुहोस्।
एक किसिमको बहुमूल्य रत्न।
अर्थात्, प्रत्येक करूबका।
यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।
यो यरुसलेम सहर हो। यहुदीहरूलाई यस सहरमा सुरक्षा पाइन्छ भन्ने लाग्थ्यो।
शब्दावली हेर्नुहोस्।
अर्थात्, परमेश्वरको डोऱ्याइ तुरुन्तै स्विकार्ने मन।
शब्दावली हेर्नुहोस्।
यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।
शब्दावली हेर्नुहोस्।
वा “छल गर्ने।”
शा., “घराना।”
शब्दावली हेर्नुहोस्।
अर्थात्, भित्रपट्टि कमजोर खालको भित्ता बनाउँछन् र चुन पोतेर बलियो जस्तो देखाउँछन्।
वा “पीडा दियौ।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
शा., “इस्राएलको घरानाको मनलाई आफ्नो कब्जामा राख्नेछु।”
शा., “रोटी झुन्ड्याउने लट्ठी भाँचिदिनेछु।” यसले रोटी भण्डार गर्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।
वा “निस्सन्तान।”
त्यतिबेला बच्चा जन्मेपछि नुन दल्ने चलन थियो।
वा “सिलको छालाको।”
यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
वा “राजकीय ओहदाको लागि।”
शब्दावली हेर्नुहोस्।
अर्थात्, पुरुषका मूर्तिहरूलाई।
वा “इजिप्टका।”
वा “व्यापारीहरूको देशसित।”
वा “बिरामी।”
वा सम्भवतः “तँसित म कत्ति रिसाएको छु।”
वा “उपहार।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
यसले मुख्य सहरमा भर पर्ने साना सहरहरूलाई जनाएको हुन सक्छ।
शा., “तेरो बायाँतिर।”
शा., “तेरो दायाँतिर।”
वा “आफ्ना दिदीबहिनीको पक्षमा वकालत गरेकीले।”
शा., “कनान देशमा।”
अर्थात्, सिदकियाह।
अर्थात्, नबुकद्नेजरकै।
शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
मिश्रका राजाहरूको एउटा उपाधि।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
शा., “सम्झना गरिनेछैन।”
वा “अन्याय।”
शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्।
शा., “तिम्रो रगतमा भएको अङ्गुरको बोटजस्तै।”
वा “तिनीहरूलाई न्यायदण्ड सुनाउन।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
अर्थात्, इस्राएलीहरूलाई।
अर्थात्, इस्राएलीहरूसामु।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
अर्थात्, इस्राएलीहरूलाई।
अर्थात्, इस्राएलीहरूलाई।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
साँचो परमेश्वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्यावृत्तिसित तुलना गरिएको छ।
वा “देवताहरूको सेवा गर्छन्।”
शा., “पसारिएको हातले।”
शा., “तिम्रो कम्मर डरले कपाउँदै।”
अर्थात्, डरले गर्दा पिसाब चुहिएकोले भिज्नेछन्।
अर्थात्, यहोवाको तरबारले।
वा “राजदण्डको।”
हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्।
जोखाना हेर्ने एउटा तरिका।
शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
यसले बेबिलोनीहरूलाई जनाएको हुनुपर्छ।
शब्दावली हेर्नुहोस्।
शा., “सहरको न्याय गर्छौ, त्यसको न्याय गर्छौ?”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
वा “बुबा गुमाएको बच्चामाथि।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
शा., “आफ्नो बुबाको लाज उदाङ्ग पार्छन्।”
शब्दावली हेर्नुहोस्।
यसको अर्थ हो, “उसको पाल।”
यसको अर्थ हो, “मेरो पाल उसैमा छ।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
वा “ओहोलाहलाई।”
वा “अवैध यौनसम्बन्ध राखेर।”
प्रायजसो धनुर्धारीले बोक्ने ढाल।
साँचो परमेश्वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई व्यभिचारसित तुलना गरिएको छ।
शब्दावली हेर्नुहोस्।
वा “नीतिकथा।”
वा “छाती नपिट्नू।”
वा “इजकिएलले।”
वा “बेबिलोनीहरूको।”
वा “पर्खालले घेरिएको छाउनी।”
वा “मेरा मानिसहरूको मनमनै खिसी गर्दै।”
शा., “छोरीहरूमा।”
शा., “नबुकद्रेजर।” नबुकद्नेजर नामको अर्को हिज्जे।
शा., “मानिसहरूको।”
शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
वा “तरबारले।”
वा “कुलनायकहरू।”
गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
शा., “ऊ र उसका मानिसहरू।”
शा., “वृद्ध पुरुषहरू।”
वा “आबनूस।”
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
वा “रातो र खरानी रङ्ग मिसिएको ऊन।”
दालचिनीजस्तै एक प्रकारको रूख वा त्यसको उत्पादन।
एक किसिमको बास्नादार नर्कट।
वा “बुनेर तयार पारिएको कपडाको।”
गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
वा सम्भवतः “मालसमानले झकिझकाउ हुन्थिस्।”
शा., “तेरो समुदाय।”
शब्दावलीमा “खतना” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
यस अध्यायमा “नाइल नदी”-ले नाइल नदी र त्यसका नहरहरूलाई जनाउँछ।
शा., “कम्मर।”
शा., “त्यसले भन्यो।”
शा., “नबुकद्रेजरले।” नबुकद्नेजर नामको अर्को हिज्जे।
वा “इस्राएलको घरानालाई बलियो पार्नेछु।”
यसले मिश्रीहरूसित गठबन्धन गरेका इस्राएलीहरूलाई जनाएको हुन सक्छ।
शा., “नबुकद्रेजरको।” नबुकद्नेजर नामको अर्को हिज्जे।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
वा “मेम्फिसका।”
अर्थात्, थेबेसलाई।
वा “मेम्फिसमाथि।”
वा “हेलिओपोलिस।”
वा “राजाको शक्ति बढाउनेछु।”
वा “चिहानमा।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
वा “चिहानमा।” हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
शा., “पाखुरा।”
शब्दावलीमा “खतना” हेर्नुहोस्।
शा., “तँद्वारा भरिनेछन्।”
यसले १२ औँ महिनालाई जनाएको हुन सक्छ। पद १ सित तुलना गर्नुहोस्।
वा “चिहानमा।”
शब्दावलीमा “खतना” हेर्नुहोस्।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
शा., “जीवितहरूको देशमा।”
शा., “जीवितहरूको देशमा।”
शा., “जीवितहरूको देशमा।”
शा., “जीवितहरूको देशमा।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
यसले योद्धाहरूलाई सैन्य सम्मानका साथ आ-आफ्नो तरबारसहित गाडिएको कुरालाई जनाएको हुन सक्छ।
शा., “जीवितहरूको देशमा।”
वा “अगुवा।”
शा., “जीवितहरूको देशमा।”
वा “अन्याय।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
वा “तिनीहरू कामवासनाले भरिएको कुरा गर्छन्।”
वा “म तिमीहरूसित आफ्नो भेडा फिर्ता माग्नेछु।”
यसको अर्थ “आशिष्को स्रोत बनाउनेछु” पनि हुन सक्छ।
वा “रक्तपातले।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
यसको अर्थ हो, “परमेश्वरको डोऱ्याइ तुरुन्तै स्विकार्ने मन।”
वा सम्भवतः “जसरी यरुसलेममा बलि चढाउन भेडाको बगाल ल्याइन्छ।”
वा “सास।”
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
यसले दाउदको एक जना सन्तानलाई जनाउँछ।
शा., “छोराहरू।”
प्रायजसो धनुर्धारीले बोक्ने ढाल।
शा., “पहरेदार।”
वा “बोलाइनेछ।”
वा “खुला बस्ती भएको देशमाथि।”
वा “जवान सिंहहरूले।”
प्रायजसो धनुर्धारीले बोक्ने ढाल।
वा “गोगको भीडको बेँसी।”
यसको अर्थ हो, “भीड।”
शा., “हात।”
अर्थात्, यरुसलेम।
शब्दावली हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शा., “मन लगाऊ।”
शा., “भवनको।” अध्याय ४०-४८ मा जहाँ-जहाँ “भवन” शब्दले मन्दिर परिसर वा स्वयम् मन्दिरलाई जनाउँछ, त्यहाँ-त्यहाँ “मन्दिर” शब्द चलाइएको छ।
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
यसले ढोकाको दायाँबायाँको भागसमेतको नापलाई जनाएको हुन सक्छ।
यसले पहरेदार बस्ने चौकीको भित्ताको माथिल्लो भागलाई जनाएको हुन सक्छ।
बाहिरपट्टि साँघुरो र भित्रपट्टि फराकिलो हुँदै गएका झ्यालहरू।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “काटेर तयार पारिएका ढुङ्गाले।”
वा सम्भवतः “१२ हात।”
“मन्दिर” शब्दले अध्याय ४१ र ४२ मा मन्दिरको पवित्र कोठालाई अथवा पवित्र कोठा र महापवित्र कोठा दुवैलाई जनाउँछ।
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अर्थात्, मन्दिरको भित्री भाग वा महापवित्र कोठामा।
यसले मन्दिरको वरिपरि भएको साँघुरो पेटीलाई जनाएको हुन सक्छ।
बाहिरपट्टि साँघुरो र भित्रपट्टि फराकिलो हुँदै गएका झ्यालहरू।
यसले पवित्र ठाउँको प्रवेशद्वारको चौकोसलाई जनाएको हुन सक्छ।
यसले महापवित्र कोठालाई जनाएको हुन सक्छ।
बाहिरपट्टि साँघुरो र भित्रपट्टि फराकिलो हुँदै गएका झ्यालहरू।
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
ग्रीक सेप्टुआजिन्ट अनुसार “१०० हात लामो।” हिब्रूमा “एक हातको बाटो।” अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा सम्भवतः “तिनी।”
शब्दावली हेर्नुहोस्।
यहाँ प्रयोग गरिएको हिब्रू शब्दले परमेश्वरको शक्तिलाई अथवा स्वर्गदूतलाई जनाएको हुन सक्छ।
साँचो परमेश्वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्यावृत्तिसित तुलना गरिएको छ।
वा “आफ्ना मूर्तिहरूद्वारा।”
शा., “नमुना नापून्।”
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अर्थात्, मानिसहरूको।
शब्दावली हेर्नुहोस्।
शा., “मन लगाऊ।”
शब्दावली हेर्नुहोस्।
यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्त गर्न प्रयोग गरिएको छ।
यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
वा “भित्री वस्त्र।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
वा “इस्राएलीहरूले।”
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “सिमानाभित्रको सबै इलाका।”
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “मीना।” अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “मरुभूमि।”
अर्थात्, मृतसागरमा।
शा., “निको।”
अर्थात्, भूमध्यसागरमा।
अर्थात्, मृतसागरसम्म।
शब्दावली हेर्नुहोस्।
वा “हमाथ छिर्ने ठाउँको।”
वा “हमाथ छिर्ने ठाउँ।”
यसले लामो हातलाई जनाउँछ। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
अर्थात्, भूमध्यसागरसम्म।