नहेम्याह
१ हाकल्याहका छोरा नहेम्याहले*+ लेखेको विवरण: राजाको* शासनकालको २० औँ वर्षको किसलेव* महिनामा म सुसन*+ भनिने किल्लामा* थिएँ। २ त्यतिबेला मेरा दाजुभाइमध्ये एक—हानानि+ केही मानिसलाई लिएर यहुदाबाट आए। मैले उनीहरूलाई निर्वासनबाट गएका यहुदीहरूको हालखबर सोधेँ+ अनि यरुसलेमको अवस्थाबारे पनि सोधेँ। ३ उनीहरूले जवाफ दिए: “निर्वासनबाट फर्केर यहुदा प्रान्तमा गएका मानिसहरूको अवस्था अत्यन्तै दयनीय छ। मानिसहरू तिनीहरूलाई हाँसोमा उडाउँछन् र तिनीहरूको अपमान गर्छन्।+ यरुसलेमका पर्खालहरू भत्किएकै अवस्थामा छ+ र आगोले भस्म पारिएका त्यसका मूलढोकाहरू पनि जस्ताको तस्तै छ।”+
४ यो कुरा सुन्नेबित्तिकै म बसेर रुन थालेँ। त्यसपछि मैले निकै दिनसम्म शोक मनाएँ, उपवास बसेँ+ र स्वर्गका परमेश्वरलाई प्रार्थना गरेँ। ५ मैले उहाँलाई यसो भनेँ: “हे स्वर्गका परमेश्वर यहोवा, जो महान् र आश्चर्यजनक कामहरू गर्ने परमेश्वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई अटल प्रेम* देखाउनुहुन्छ।+ ६ बिन्ती छ, आफ्नो यस सेवकको प्रार्थना सुन्न आफ्नो कान थाप्नुहोस् र यस सेवकतर्फ नजर लगाउनुहोस्। म दिनरात तपाईँका सेवकहरू—इस्राएलीहरूको खातिर तपाईँलाई प्रार्थना चढाउँदै छु।+ इस्राएलका मानिसहरूले तपाईँविरुद्ध गरेको पाप म तपाईँसामु स्विकार्छु। हामीले, हो, मैले र मेरो बुबाको घरानाले पाप गरेका छौँ।+ ७ तपाईँले आफ्ना सेवक मोसालाई दिनुभएका आज्ञाहरू, नीतिनियम र तिनीमार्फत सुनाउनुभएका फैसलाहरूअनुसार नचलेर+ हामीले तपाईँविरुद्ध साह्रै दुष्ट काम गरेका छौँ।+
८ “बिन्ती छ, तपाईँले आफ्ना सेवक मोसालाई दिनुभएको यो आदेश* सम्झनुहोस्: ‘तिमीहरूले मसित विश्वासघात गऱ्यौ भने म तिमीहरूलाई जातिजातिहरूको माझमा तितरबितर पारिदिनेछु।+ ९ तर तिमीहरू मतर्फ फर्क्यौ अनि मेरा आज्ञाहरू पालन गऱ्यौ भने म तिमीहरूलाई फेरि जम्मा गर्नेछु। चाहे तिमीहरू तितरबितर भएर पृथ्वीको सबैभन्दा पल्लो छेउमा पुगेको नै किन नहोस्, म तिमीहरूलाई त्यस ठाउँमा फर्काएर ल्याउनेछु,+ जुन ठाउँसित मैले आफ्नो नाम जोडेको छु।’+ १० तिनीहरू तपाईँका सेवकहरू हुन् अनि तपाईँकै प्रजा हुन्, जसलाई तपाईँले आफ्नो अपार शक्ति र पराक्रमी हातले छुटाएर ल्याउनुभएको थियो।+ ११ हे यहोवा, बिन्ती छ, आफ्नो यस सेवकको प्रार्थना सुन्न आफ्नो कान थाप्नुहोस्। अनि आफ्ना ती सेवकहरूको प्रार्थनामा ध्यान दिनुहोस्, जसले खुसी-खुसी तपाईँको नामको भय मान्छन्। कृपया आज आफ्नो यस सेवकलाई सफल हुन मदत गर्नुहोस्; यी राजाले मलाई दया देखाऊन्।”+
त्यसबेला म राजालाई मद्य टक्य्राउने काम गर्थेँ।+
२ यो राजा आर्टजारसेजको+ शासनकालको २० औँ वर्षको नीसान* महिनाको कुरा हो।+ राजाको निम्ति मद्य ल्याइयो अनि सदाझैँ मैले राजालाई मद्य टक्य्राएँ।+ तर म राजासामु यति उदास पहिला कहिल्यै भएको थिइनँ। २ त्यसैले राजाले मलाई सोध्नुभयो: “तिमी बिरामीजस्तो त देखिँदैनौ तैपनि तिम्रो अनुहार किन निन्याउरो छ? तिमीलाई पक्कै पनि कुनै कुराले पिरोलिरहेको छ।” यो सुनेर म साह्रै डराएँ।
३ तब मैले राजालाई भनेँ: “राजा दीर्घायु रहून्! मेरा पितापुर्खा गाडिएको सहर उजाड भएको छ र त्यसका मूलढोकाहरू आगोले भस्म भएका छन्। म कसरी उदास नभई बस्न सक्छु र?”+ ४ राजाले सोध्नुभयो: “तिमी मबाट के चाहन्छौ?” तब मैले तुरुन्तै स्वर्गका परमेश्वरलाई प्रार्थना गरेँ।+ ५ अनि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ र यस सेवकले हजुरको निगाह पाएको छ भने मलाई यहुदा जाने अनुमति दिनुहोस्। म त्यहाँ गएर मेरा पितापुर्खा गाडिएको त्यो सहर पुनर्निर्माण गर्न चाहन्छु।”+ ६ त्यसबेला रानी पनि राजासँगै हुनुहुन्थ्यो। राजाले मलाई सोध्नुभयो: “तिमीलाई यात्रा गर्न कति समय लाग्छ? अनि कहिले फर्कन्छौ?” राजाले मलाई जाने अनुमति दिनुभयो।+ यहुदाबाट फर्कन कति समय लाग्छ, त्यो मैले उहाँलाई बताइदिएँ।+
७ त्यसपछि मैले राजालाई यसो भनेँ: “यदि महाराजलाई उचित लाग्छ भने महानदी पारिको इलाकाका* राज्यपालहरूको नाममा मेरो हातमा पत्रहरू पठाइदिनुहोस्+ ताकि म उनीहरूको इलाका भएर सुरक्षितसाथ यहुदा पुग्न सकूँ। ८ साथै शाही-निकुञ्जको रेखदेख गर्ने आसापको नाममा पनि एउटा पत्र लेखिदिनुहोस् ताकि तिनले मलाई मन्दिर-किल्लाका+ ढोकाहरू, सहरका पर्खालहरू+ र मेरो निम्ति घर बनाउन काठ देऊन्।” मेरा परमेश्वर मेरो साथमा हुनुभएकोले+ राजाले मलाई पत्रहरू दिनुभयो।+
९ त्यसपछि म यात्रा गरेर महानदी पारिको इलाकामा पुगेँ र मैले त्यस इलाकाका राज्यपालहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथमा सेनापतिहरू र घोडचढीहरू पनि पठाउनुभएको थियो। १० जब होरोनी सन्बलत+ र अम्मोनी+ अफिसर तोबियाले+ इस्राएलका मानिसहरूलाई मदत गर्न कोही आएको छ भन्ने खबर सुने, तब तिनीहरू साह्रै रिसाए।
११ लामो समय यात्रा गरेपछि म यरुसलेम आइपुगेँ। त्यहाँ पुगेको तीन दिनपछि १२ म केही मानिस लिएर राती निस्केँ। हामीसँग एउटा मात्र गधा थियो र म त्यसमा चढेको थिएँ। मेरा परमेश्वरले मेरो हृदयमा यरुसलेमको निम्ति जे गर्ने विचार हालिदिनुभएको थियो, त्यसबारे मैले कसैलाई भनिनँ। १३ म रातमा उपत्यका-ढोकाबाट बाहिर निस्केँ+ अनि ‘अजिङ्गरको फोहरा’ हुँदै ‘खरानीको थुप्रोको ढोका’-मा पुगेँ।+ मैले यरुसलेमका भत्किएका पर्खालहरू अनि आगोले भस्म पारेका मूलढोकाहरूको निरीक्षण गरेँ।+ १४ अनि म फोहरा-ढोका हुँदै+ राजा-पोखरीसम्म पुगेँ। त्यहाँबाट गधामा चढेर अघि बढ्न ठाउँ साँघुरो थियो। १५ तैपनि म बेँसी* हुँदै मास्तिर उक्लेँ+ र रातभर पर्खालको निरीक्षण गरिरहेँ। त्यसपछि म फर्केँ अनि उपत्यका-ढोकाबाट भित्र पसेँ।
१६ त्यहाँका उप-शासकहरूलाई+ म कहाँ गएँ र मैले के गरेँ, त्यसबारे केही थाह थिएन। किनभने मैले त्यसबेलासम्म यहुदीहरू, पुजारीहरू, प्रतिष्ठित व्यक्तिहरू, उप-शासकहरू र बाँकी कामदारहरूलाई केही भनेको थिइनँ। १७ पछि मैले तिनीहरूलाई यसो भनेँ: “हामी कति दयनीय अवस्थामा छौँ, त्यो त तपाईँहरूले देख्नुभएकै छ। यरुसलेम उजाड भएको छ र यसका मूलढोकाहरू आगोले भस्म भएका छन्। आउनुहोस्, यरुसलेमका पर्खालहरू पुनर्निर्माण गरौँ। तब मानिसहरूले हामीलाई हाँसोमा उडाउनेछैनन्।” १८ त्यसपछि मेरा परमेश्वरले कसरी मलाई साथ दिनुभयो+ अनि राजाले मलाई के-के भन्नुभयो,+ ती सबै मैले तिनीहरूलाई बताइदिएँ। तब तिनीहरूले यसो भने: “आओ! हामी निर्माणकार्य सुरु गरौँ।” तिनीहरूले यो असल काम गर्न एकअर्कालाई हौसला दिए।+
१९ जब होरोनी सन्बलत, अम्मोनी+ अफिसर तोबिया+ र अरबी गेसेमले+ यस कुराको खबर पाए, तब तिनीहरूले हाम्रो खिसी+ र अपमान गर्न थाले। तिनीहरूले यसो भने: “तिमीहरू यो के गर्दै छौ? के तिमीहरू राजाको विद्रोह गर्दै छौ?”+ २० तर मैले तिनीहरूलाई यस्तो जवाफ दिएँ: “स्वर्गका परमेश्वरले नै हामीलाई सफल तुल्याउनुहुनेछ+ र हामी उहाँका सेवकहरूले यो पर्खाल बनाउनेछौँ। तर यरुसलेममा तिमीहरूको न कुनै भाग छ न कुनै अधिकार न त तिमीहरूले यरुसलेममा सम्झन लायकको कुनै काम नै गरेका छौ।”+
३ प्रधानपुजारी एलियासिब+ र तिनका दाजुभाइले भेडा-ढोका+ बनाउन सुरु गरे। तिनीहरूले त्यसलाई पवित्र पारे*+ र त्यसमा खापा हाले। तिनीहरूले मेआ धरहरा+ र हननेल धरहरासम्मको+ पर्खाल बनाए र त्यसलाई पवित्र पारे। २ पर्खालको त्यसपछिको भाग यरिहोका मानिसहरूले बनाए+ अनि त्यसपछिको अर्को भागचाहिँ इम्रिका छोरा जक्कुरले बनाए।
३ हास्सेनाहका सन्तानले माछा-ढोका+ बनाए। तिनीहरूले काठको चौकोस बनाए+ अनि त्यसमा खापा, चुकुल र गजबार हाले। ४ पर्खालको त्यसपछिको भाग हाक्कोसका नाति, उरियाहका छोरा मरेमोथले+ मर्मत गरे। त्यसपछिको अर्को भाग मेसेजेबेलका नाति, बरक्याहका छोरा मेसुल्लामले+ मर्मत गरे। अर्को भागचाहिँ बानाका छोरा सादोकले मर्मत गरे। ५ अनि त्यसपछिको भाग तेकोका बासिन्दाहरूले मर्मत गरे।+ तर तेकोका गण्यमान्य मानिसहरू भने आफूमाथि खटाइएका निरीक्षकहरूको अधीनमा बसेर काम गर्न राजी भएनन्।
६ पासेहका छोरा योयादा र बसोदयाहका छोरा मेसुल्लामले ‘पुरानो सहरको ढोका’ मर्मत गरे।+ तिनीहरूले काठको चौकोस बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। ७ पर्खालको त्यसपछिको भाग गिबोनी+ मलत्याह र मेरोनोथी यादानले मर्मत गरे। गिबोन र मिस्पाका+ ती पुरुषहरू महानदीपारिको इलाकाका*+ राज्यपालको अधीनमा थिए। ८ त्यसपछिको भाग हार्हयाहका छोरा सुनार उज्जिएलले मर्मत गरे। अर्को भागचाहिँ अत्तर बनाउने हानन्याहले मर्मत गरे। तिनीहरूले यरुसलेममा ‘चौडा पर्खाल’-सम्मै ढुङ्गा बिछ्याएर सडक बनाए।+ ९ पर्खालको त्यसपछिको भाग हुरका छोरा रफायाहले मर्मत गरे, जो यरुसलेम जिल्लाको आधा इलाकाका मुखिया थिए। १० त्यसपछिको अर्को भाग हारुमाफका छोरा यदायाहले मर्मत गरे, जुन भाग तिनकै घरको अगाडि पर्थ्यो। त्यसपछिको भागचाहिँ हासबन्याहका छोरा हात्तुसले मर्मत गरे।
११ हारिमका+ छोरा मल्कियाह र पाहथ-मोआबका+ छोरा हास्सुबले पर्खालको अर्को भागका साथै तन्दुर धरहरा पनि मर्मत गरे।+ १२ पर्खालको त्यसपछिको भागचाहिँ हाल्लोहेसका छोरा साल्लुम र तिनका छोरीहरूले मर्मत गरे। साल्लुम यरुसलेम जिल्लाको आधा इलाकाका मुखिया थिए।
१३ हानुनले र जानोहका बासिन्दाहरूले+ उपत्यका-ढोका मर्मत गरे।+ तिनीहरूले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले। तिनीहरूले ‘खरानीको थुप्रोको ढोका’-सम्म अर्थात् १ हजार हातको* दूरीसम्म पर्खाल मर्मत गरे।+ १४ रेकाबका छोरा मल्कियाह, जो बेथ-हक्केरेम+ जिल्लाका मुखिया थिए, उनले ‘खरानीको थुप्रोको ढोका’ मर्मत गरे। उनले त्यो बनाए अनि त्यसमा खापा, चुकुल र गजबार हाले।
१५ कोलहोजेका छोरा साल्लुन, जो मिस्पा+ जिल्लाका मुखिया थिए, तिनले फोहरा-ढोका मर्मत गरे।+ तिनले त्यो बनाए अनि त्यसमा छत हाले। तिनले त्यसमा खापा, चुकुल र गजबार पनि हाले। साथै तिनले शाही बगैँचानजिकै+ भएको नहर पोखरीसँगैको+ पर्खालदेखि दाउदनगरबाट+ तल ओर्लने ‘सिँढी’-सम्मको+ पर्खाल मर्मत गरे।
१६ पर्खालको त्यसपछिको भाग अज्बुकका छोरा नहेम्याहले मर्मत गरे। तिनले ‘दाउदको शाही चिहान’-को अगाडिदेखि+ कृत्रिम पोखरीसम्म+ अनि ‘वीर पुरुषहरूको घर’-सम्म मर्मत गरे। तिनी बेथ-जुर+ जिल्लाको आधा इलाकाका मुखिया थिए।
१७ पर्खालको त्यसपछिको भाग लेवीहरूले मर्मत गरे। तिनीहरूले त्यसको एउटा भाग बानिका छोरा रहुमको निगरानीमा बनाए अनि अर्को भाग केइलाहको+ आधा जिल्लाका मुखिया हासबियाहले आफ्नो जिल्लाको तर्फबाट मर्मत गरे। १८ त्यसपछिको अर्को भाग तिनीहरूका दाजुभाइले बाभाइको निगरानीमा मर्मत गरे। बाभाइ हेनादादका छोरा थिए र उनी केइलाह जिल्लाको आधा इलाकाका मुखिया थिए।
१९ पर्खालको अर्को भाग यसुआका+ छोरा एजेरले मर्मत गरे, जो मिस्पाका मुखिया थिए। त्यो भाग ‘टेको’-नजिकै भएको हतियार-गृह जाने उकालोको अगाडि थियो।+
२० पर्खालको त्यसपछिको भाग जब्बैका+ छोरा बारुकले मर्मत गरे। तिनले पूरा जोस लगाएर ‘टेको’-देखि प्रधानपुजारी एलियासिबको घरको ढोकासम्मको भाग मर्मत गरे।+
२१ त्यसपछिको भाग हाक्कोसका नाति, उरियाहका छोरा मरेमोथले+ मर्मत गरे। उनले एलियासिबको घरको ढोकादेखि तिनको घरको पल्लो छेउसम्मको भाग मर्मत गरे।
२२ पर्खालको अर्को भाग यर्दन जिल्लाका* पुजारीहरूले+ मर्मत गरे। २३ त्यसपछिको भाग बिन्यामिन र हास्सुबले मर्मत गरे। तिनीहरूले आफ्नै घरअगाडिको भाग मर्मत गरे। पर्खालको त्यसपछिको भाग अनन्याहका नाति, मासेयाहका छोरा अजर्याहले मर्मत गरे। तिनले पनि आफ्नै घरनजिकैको भाग मर्मत गरे। २४ पर्खालको अर्को भाग हेनादादका छोरा बिन्नुइले मर्मत गरे। उनले अजर्याहको घरदेखि ‘टेको’-सम्म+ अनि पर्खालको मोडसम्मै मर्मत गरे।
२५ पर्खालको त्यसपछिको भाग उज्जैका छोरा पालालले मर्मत गरे। तिनले ‘टेको’-को अगाडि र राजमहलसँगै जोडिएको धरहराको अगाडि पर्ने भाग मर्मत गरे।+ त्यो माथिल्लो धरहरा पहरेदार-चोकमा थियो।+ त्यसपछिको भागचाहिँ परोसका+ छोरा पदायाहले मर्मत गरे।
२६ ओफेलमा बस्ने+ मन्दिरका सेवकहरूले*+ पूर्वमा पानी-ढोकाको+ अगाडिसम्मको अनि पर्खालबाट बाहिर निस्केको धरहरासम्मको भाग मर्मत गरे।
२७ पर्खालको त्यसपछिको भाग तेकोका मानिसहरूले मर्मत गरे।+ तिनीहरूले पर्खालबाट बाहिर निस्केको ठूलो धरहराको अगाडिदेखि ओफेलको पर्खालसम्म मर्मत गरे।
२८ पुजारीहरूले चाहिँ घोडा-ढोकादेखिको पर्खाल मर्मत गरे।+ उनीहरू प्रत्येकले आ-आफ्नो घरअगाडिको भाग मर्मत गरे।
२९ पर्खालको त्यसपछिको भाग इम्मेरका छोरा सादोकले+ मर्मत गरे। तिनले आफ्नै घरअगाडिको भाग मर्मत गरे।
पर्खालको अर्को भागचाहिँ सेकन्याहका छोरा सेमायाहले मर्मत गरे। तिनी पूर्व-ढोकाका पहरेदार थिए।+
३० पर्खालको त्यसपछिको भाग सेलेम्याहका छोरा हानन्याहले अनि जलापका छैटौँ छोरा हानुनले मर्मत गरे।
अर्को भागचाहिँ बरक्याहका छोरा मेसुल्लामले+ मर्मत गरे। तिनले आफ्नो ठूलो कोठाको अगाडि पर्ने भाग मर्मत गरे।
३१ पर्खालको त्यसपछिको भाग सुनार-समूहका एक सदस्य मल्कियाहले मर्मत गरे। तिनले निरीक्षण-ढोकाको अगाडि, मन्दिरका सेवकहरूको+ र व्यापारीहरूको घरसम्म अनि पर्खालको मोडमा भएको माथिल्लो कोठासम्म मर्मत गरे।
३२ पर्खालको मोडमा भएको माथिल्लो कोठादेखि भेडा-ढोकासम्म+ पर्ने भागचाहिँ सुनारहरू र व्यापारीहरूले मर्मत गरे।
४ हामी पर्खाल पुनर्निर्माण गर्दै छौँ भनेर सुन्नेबित्तिकै सन्बलत+ साह्रै रिसाए र तिनलाई यो कुरा फिटिक्कै मन परेन। तिनले यहुदीहरूको खिसी गरिरहे। २ तिनले आफ्ना दाजुभाइ र सामरियाको सेनासामु यसो भने: “यी लाचार यहुदीहरू के गर्दै छन्? यत्रो काम के यिनीहरू आफैले गर्न सक्छन्? के यिनीहरू बलिदान चढाएर एकै दिनमा यो काम सिद्ध्याउँछौँ भनी सोच्दै छन्? अनि ढुङ्गाहरूचाहिँ कहाँबाट ल्याउनेछन्? के यिनीहरूले खण्डहरबाट डढेका ढुङ्गाहरू बटुलेर पर्खाल ठड्याउनेछन्?”+
३ तिनको छेउमा उभिरहेका अम्मोनी+ तोबियाले+ यसो भने: “यिनीहरूले बनाइरहेको यस पर्खालमाथि एउटा फ्याउरो मात्र चढ्यो भने पनि यो गर्ल्यामगुर्लुम ढल्नेछ।”
४ तब मैले यसरी प्रार्थना गरेँ: “हे हाम्रा परमेश्वर, सुन्नुहोस्, तिनीहरूले हाम्रो अपमान गरिरहेका छन्।+ तिनीहरूको पनि यसरी नै अपमान गरियोस्।+ अनि लुटको माल लगिएझैँ तिनीहरूलाई पनि बन्दी बनाएर पराई देशमा लगियोस्। ५ तिनीहरूको अपराधलाई बेवास्ता नगर्नुहोस् र तिनीहरूको पाप मेटिन नदिनुहोस्+ किनकि तिनीहरूले पर्खाल बनाउनेहरूको बेइज्जत गरेका छन्।”
६ हामीले पर्खाल पुनर्निर्माण गर्न छोडेनौँ र पर्खाल जहाँ-जहाँ भत्केको थियो, त्यहाँ-त्यहाँ बनायौँ। हामीले पूरै पर्खाललाई त्यसको आधा उचाइसम्म खडा गऱ्यौँ। मानिसहरूले पनि मन लगाएर काम गरिरहे।
७ जब सन्बलत, तोबिया,+ अरबीहरू,+ अम्मोनीहरू र अस्दोदीहरूले+ यरुसलेमको पर्खाल पुनर्निर्माण गर्ने काम जोडतोडले अघि बढिरहेको छ र पर्खालको भत्किएका भागहरू बनाइँदै छ भनेर सुने, तब तिनीहरू साह्रै रिसाए। ८ त्यसपछि तिनीहरूले यरुसलेम आएर त्यसलाई आक्रमण गर्ने र त्यहाँ खलबली मच्चाउने षड्यन्त्र रचे। ९ तर हामीले आफ्ना परमेश्वरलाई प्रार्थना गऱ्यौँ र तिनीहरूले केही गर्न नपाऊन् भनेर दिनरात पहरा दिन एक जनालाई खटाउन थाल्यौँ।
१० तर यहुदाका मानिसहरू यसो भन्दै थिए: “कामदारहरू थकित भइसकेका छन्। अनि अझै पनि भग्नावशेषको थुप्रो निकै बाँकी छ। हामीले यो पर्खाल कहिल्यै बनाउन सक्नेछैनौँ।”
११ अनि हाम्रा शत्रुहरू यसो भन्दै थिए: “यिनीहरूले हामीलाई देख्नुअघि नै र हाम्रो योजनाबारे थाह पाउनुअघि नै हामी सुटुक्क गएर यिनीहरूलाई आक्रमण गरौँ र यिनीहरूलाई मारेर यिनीहरूको काम रोकौँ।”
१२ तिनीहरूको वरपर बसोबास गर्ने यहुदीहरू यरुसलेममा काम गर्न आउँदा हामीलाई बारम्बार* यसो भन्थे: “शत्रुहरूले हामीलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”
१३ त्यसैले मैले पर्खालसँगै भएका खुला र होचा ठाउँहरूमा पहरेदारहरू राखेँ। मैले तिनीहरूलाई तिनीहरूको घरानाअनुसार तैनाथ गराएँ अनि तिनीहरूलाई तरबार, भाला र धनु दिएँ। १४ जब मैले मानिसहरू डराइरहेको देखेँ, तब मैले तुरुन्तै गण्यमान्य व्यक्तिहरू,+ उप-शासकहरू अनि बाँकी मानिसहरूलाई यसो भनेँ: “तिनीहरूसँग नडराउनुहोस्।+ आश्चर्यजनक र भययोग्य कामहरू गर्ने महान् परमेश्वर यहोवालाई सम्झनुहोस्।+ अनि आफ्ना दाजुभाइ, छोराछोरी, पत्नी र घरको निम्ति लड्नुहोस्।”
१५ हाम्रा शत्रुहरूले हामीले उनीहरूको योजनाबारे थाह पायौँ भनी सुने अनि साँचो परमेश्वरले उनीहरूको योजना विफल तुल्याइदिनुभएको छ भनेर पनि बुझे। यता हामीले भने फेरि पर्खाल बनाउन सुरु गऱ्यौँ। १६ त्यस दिनदेखि मेरो अधीनमा भएका आधा मानिसहरूले पर्खाल बनाउने काम गरे+ र आधा मानिसहरूचाहिँ कवच लगाएर अनि हातमा भाला, ढाल र धनु लिएर तैनाथ भए। मुखियाहरूचाहिँ+ यहुदाका ती सबै मानिसको पछाडि उभिए, १७ जो पर्खाल निर्माण गरिरहेका थिए। भारी बोक्ने मजदुरहरूको एउटा हात भारीमा हुन्थ्यो र अर्को हातमा चाहिँ हतियार हुन्थ्यो। १८ पर्खाल बनाउने हरेकले आ-आफ्नो कम्मरमा तरबार भिरेर काम गर्थे। अनि सिङ फुक्नेचाहिँ+ मसँगै उभिरहेका थिए।
१९ तब मैले गण्यमान्य व्यक्तिहरू, उप-शासकहरू र बाँकी मानिसहरूलाई यसो भनेँ: “काम अझै पनि धेरै बाँकी छ। अनि हामीले पर्खालको अलग-अलग भागमा काम गरिरहेको हुनाले हामी एकअर्कादेखि निकै टाढा छौँ। २० त्यसैले जब तपाईँहरूले सिङ फुकेको आवाज सुन्नुहुन्छ, तब तपाईँहरू हामी भएको ठाउँमा एकसाथ भेला हुनुहोस्। हाम्रा परमेश्वरले हाम्रो निम्ति लड्नुहुनेछ।”+
२१ यसरी हामी बिहान झिसमिसेदेखि राती आकाशमा तारा देखा नपरुन्जेल काममा लागिरह्यौँ। हामीमध्ये आधा मानिसहरू पर्खाल बनाउँथ्यौँ अनि बाँकी आधाचाहिँ भाला लिएर तैनाथ हुन्थ्यौँ। २२ तब मैले मानिसहरूलाई यसो भनेँ: “हरेक पुरुषले आ-आफ्नो सेवकसित यरुसलेममै रात बिताओस्। उनीहरूले दिनमा काम गरून् र रातमा पहरा देऊन्।” २३ म, मेरा दाजुभाइ, मेरा सहायकहरू+ अनि मसँगै भएका पहरेदारहरू कसैले पनि आफ्नो लुगा फेरेनौँ। हामी प्रत्येकले आफ्नो दाहिने हातमा हतियार बोकेका थियौँ।
५ केही पुरुष आ-आफ्नी पत्नीसितै आफ्ना यहुदी दाजुभाइको विरुद्धमा ठूलठूलो गुनासो लिएर आए।+ २ तिनीहरूमध्ये केही यसो भन्दै थिए: “हाम्रो परिवार ठूलो छ; हाम्रा बालबच्चा धेरै छन्। बाँच्नका लागि हामीलाई अन्न त अवश्य चाहिन्छ।” ३ अरू केहीचाहिँ यसो भन्दै थिए: “अहिले यस्तो अनिकालको बेला अन्न पाउन हामीले आफ्नो खेत, अङ्गुर बगान र घर धितो राख्नुपरेको छ।” ४ अझै अरूचाहिँ यसो भन्दै थिए: “राजालाई तिरो तिर्न हामीले आफ्नो खेत र अङ्गुर बगान धितो राखेर पैसा सापटी लिएका छौँ।+ ५ हामी पराई होइनौँ; हाम्रा ती दाजुभाइहरू र हामी एउटै शरीर, एउटै रगत हौँ। तिनीहरूका बालबच्चा हाम्रै बालबच्चा हुन्। तैपनि हामी तिनीहरूलाई आफ्ना छोराछोरी दासदासीको रूपमा दिन बाध्य छौँ। हाम्रा केही छोरी त पहिल्यै तिनीहरूको दासी भइसकेका छन्।+ तर यो सब रोक्न हामी केही गर्न सक्दैनौँ किनकि हाम्रा खेत र अङ्गुर बगान अरूकै भइसके।”
६ जब मैले ती मानिसहरूको बिलौना सुनेँ, तब मलाई साह्रै रिस उठ्यो। ७ मैले यी कुराहरूबारे गहिरिएर विचार गरेँ अनि यस विषयमा गण्यमान्य मानिसहरू र उप-शासकहरूसित कुरा गरेँ। मैले उनीहरूलाई सोधेँ: “म यो के सुन्दै छु, तपाईँहरू आफ्नै दाजुभाइबाट ब्याज* लिँदै हुनुहुन्छ?”+
उनीहरूको कारण मैले एउटा ठूलो सभा पनि बोलाउनुपऱ्यो। ८ मैले उनीहरूलाई यसो भनेँ: “हाम्रा यहुदी दाजुभाइ अरू राष्ट्रहरूमा बेचिएका थिए। तर हामीले सक्दो गऱ्यौँ अनि तिनीहरूलाई छुटाएर ल्यायौँ। तर अब तपाईँहरू आफ्नै दाजुभाइलाई बेच्दै हुनुहुन्छ।+ तिनीहरूलाई तपाईँहरूको हातबाट छुटाउन के हामीले तपाईँहरूलाई पनि दाम तिर्नुपऱ्यो?” यो सुनेर उनीहरूले केही बोल्नै सकेनन्। ९ तब मैले भनेँ: “तपाईँहरू जे गर्दै हुनुहुन्छ, त्यो ठीक छैन। तपाईँहरूले त हाम्रा परमेश्वरको डर मान्नुपर्ने हो+ ताकि अरू राष्ट्रहरू, हाम्रा शत्रुहरूले हाम्रो निन्दा गर्ने कुनै कारण नपाऊन्। १० त्यसैले बिन्ती छ, ब्याज लिन बन्द गर्नुहोस्। म, मेरा दाजुभाइ अनि मेरा सेवकहरूले पनि कुनै ब्याज नलिई मानिसहरूलाई पैसा र अन्न सापटी दिँदै छौँ।+ ११ बिन्ती छ, मानिसहरूको खेत,+ अङ्गुर बगान, जैतुन बगान र घर आजै फिर्ता गरिदिनुहोस्। साथै तपाईँहरूले तिनीहरूबाट ब्याजस्वरूप जति पनि पैसा,* अन्न, नयाँ मद्य र तेल लिनुभएको छ, ती सबै फिर्ता गरिदिनुहोस्।”
१२ तब उनीहरूले यसो भने: “हामी मानिसहरूको सबै थोक फिर्ता गरिदिनेछौँ र तिनीहरूबाट केही माग्नेछैनौँ। तपाईँले भन्नुभएको एक-एक कुरा हामी पालन गर्नेछौँ।” त्यसैले मैले पुजारीहरूलाई बोलाएँ र ती मानिसहरूलाई ‘हामी आफूले भनेअनुसारै गर्नेछौँ’ भनी कसम खान लगाएँ। १३ साथै मैले आफ्नो लुगाको पोल्टो टकटक्याएर यसो भनेँ: “आफ्नो यो प्रतिज्ञा पूरा नगर्ने हरेक मानिसलाई साँचो परमेश्वरले यसरी नै टकटक्याइदेऊन् र कङ्गाल बनाइदेऊन्। उहाँले त्यसलाई त्यसको घर र धनसम्पत्तिबाट अलग गरिदेऊन्।” तब पूरै समुदायले भन्यो: “आमिन!”* उनीहरूले यहोवा परमेश्वरको प्रशंसा गरे र आफ्नो प्रतिज्ञा पूरा गरे।
१४ राजा आर्टजारसेजले+ आफ्नो शासनकालको २० औँ वर्षमा+ मलाई यहुदाको इलाकाका राज्यपाल नियुक्त गर्नुभएको थियो+ र उहाँको शासनकालको ३२ औँ वर्षसम्म म यहुदाको राज्यपाल भइरहेँ।+ तर यी १२ वर्षसम्म म र मेरा दाजुभाइले खानेकुराको भत्ता मागेनौँ, जुन एक राज्यपालको हक थियो।+ १५ मभन्दा अघिका राज्यपालहरूले मानिसहरूलाई निकै सताएका थिए। तिनीहरू खानेकुरा र मद्यको निम्ति मानिसहरूबाट हरेक दिन ४० शेकेल* चाँदी उठाउने गर्थे। तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि निकै अत्याचार गरेका थिए। तर मैले भने त्यसो गरिनँ+ किनकि म परमेश्वरको भय मान्थेँ।+
१६ साथै मैले पर्खाल बनाउने काममा सघाएँ र मेरा सबै सेवकले पनि यस काममा मदत गरे। तर हामीले कसैबाट एक टुक्रा जमिन पनि लिएनौँ।+ १७ मसँगै १५० जना यहुदी तथा उप-शासकले मेरो टेबुलमा खाने गर्थे। यसबाहेक अरू राष्ट्रबाट आएका मानिसहरूले पनि मसँगै खाने गर्थे। १८ हरेक दिन मैले एउटा बहर र छ वटा असल-असल भेडाका साथै पन्छीहरूको मासु तयार पार्न लगाउँथेँ।* हरेक १० दिनमा एक पटक हाम्रो निम्ति प्रशस्त मात्रामा सबै किसिमका मद्य टक्य्राइन्थ्यो। तैपनि मैले कहिल्यै खानेकुराको भत्ता मागिनँ, जुन एक राज्यपालको हक थियो। किनकि राजाको सेवा गर्दा-गर्दा मानिसहरूमाथि पहिल्यै ठूलो भार परिसकेको थियो। १९ हे मेरा परमेश्वर! मैले यी मानिसहरूको खातिर जे-जे गरेँ, ती सबै सम्झनुहोस् र मलाई कृपा देखाउनुहोस्।*+
६ मैले पर्खाल पुनर्निर्माण गरिसकेँ र पर्खालको भत्केका भागहरू पनि सबै मर्मत गरिसकेँ भनेर जब सन्बलत, तोबिया,+ अरबी गेसेम+ अनि हाम्रा बाँकी शत्रुहरूले थाह पाए,+ (तर मैले त्यतिन्जेल मूलढोकाहरूमा खापाहरू हालिसकेको थिइनँ)+ २ तब सन्बलत र गेसेमले मलाई तुरुन्तै यस्तो सन्देश पठाए: “आउनुहोस्, हामी एउटा समय तोकेर ओनो बेँसीको+ एउटा गाउँमा भेटौँ।” तर वास्तवमा तिनीहरूले मलाई हानि पुऱ्याउने चाल चलिरहेका थिए। ३ त्यसैले मैले आफ्ना सन्देशवाहकहरूमार्फत उनीहरूलाई यस्तो सन्देश पठाएँ: “अहिले म असाध्यै महत्त्वपूर्ण काम गर्दै छु। त्यसैले म तपाईँहरूकहाँ आउन सक्दिनँ। यदि म त्यहाँ आएँ भने यो काम रोकिनेछ।” ४ उनीहरूले मलाई चार-चार पटक एउटै सन्देश पठाए र मैले पनि चारै पटक उनीहरूलाई एउटै जवाफ दिएँ।
५ सन्बलतले पाँचौँ पटक पनि मलाई त्यही सन्देश दिन आफ्नो सेवकलाई पठाए। उसको हातमा सिलबन्दी नगरिएको एउटा पत्र थियो। ६ पत्रमा यस्तो लेखिएको थियो: “तपाईँ र यहुदीहरू राजद्रोह गर्न खोज्दै हुनुहुन्छ भन्ने हल्ला राष्ट्रहरूमा फैलिएको छ+ अनि गेसेमले+ पनि त्यही भन्दै हुनुहुन्छ। तपाईँहरू त्यही उद्देश्यले पर्खाल पुनर्निर्माण गर्दै हुनुहुन्छ। हामीले पाएको जानकारीअनुसार तपाईँ तिनीहरूको राजा बन्न लाग्नुभएको छ अरे! ७ ‘यहुदामा एक जना राजा आउनुभएको छ’ भनेर तपाईँको विषयमा सारा यरुसलेममा घोषणा गर्न तपाईँले भविष्यवक्ताहरू पनि नियुक्त गर्नुभएको छ। अब यी सबै कुरा राजालाई बताइनेछ। त्यसैले आउनुहोस्, यसबारे सँगै बसेर छलफल गरौँ।”
८ तर मैले तिनलाई यस्तो जवाफ पठाएँ: “तपाईँले जे-जे भन्नुभयो, त्यो सरासर झूट हो। यो सब तपाईँको मनगढन्ते कुरा हो।” ९ वास्तवमा उनीहरूले हामीलाई तर्साउन यी सब गरिरहेका थिए। उनीहरूले यस्तो सोचिरहेका थिए: “तिनीहरूका हात कमजोर भए भने यो काम रोकिनेछ!”+ तर मैले यसरी प्रार्थना गरेँ: “हे परमेश्वर, मेरो हात बलियो पार्नुहोस्।”+
१० त्यसपछि म मेहेताबेलको नाति, दलायाहको छोरा सेमायाहको घरमा गएँ। ऊ त्यहाँ लुकेर बसिरहेको थियो। उसले मलाई भन्यो: “हामी एउटा समय तोकौँ अनि साँचो परमेश्वरको भवनमा, मन्दिरभित्र भेटौँ। अनि मन्दिरका ढोकाहरू बन्द गरौँ किनकि तिनीहरू तपाईँलाई मार्न आउँदै छन्। तिनीहरू तपाईँलाई मार्न आज राती नै आउँदै छन्।” ११ तर मैले भनेँ: “म राज्यपालजस्तो मान्छे त्यसरी लुक्न सुहाउँछ र? अनि के मजस्तो साधारण मान्छे मन्दिरभित्र छिरेँ भने जिउँदै रहन्छु होला र?+ अहँ, म त्यहाँ जाँदै जान्नँ!” १२ तब मैले परमेश्वरले उसलाई पठाउनुभएको होइन रहेछ बरु तोबिया र सन्बलतले+ उसलाई मेरो विरुद्धमा यस्तो भविष्यवाणी गर्न पैसा दिएका रहेछन् भनेर बुझेँ। १३ मलाई डर देखाउन अनि मलाई पाप गर्न लगाउन उनीहरूले उसलाई घुस दिएका रहेछन्। मेरो प्रतिष्ठामा आँच पुऱ्याउन र मलाई दोषी ठहराउन उनीहरूले त्यसो गरेका थिए।
१४ अब हे परमेश्वर, तोबिया+ र सन्बलतलाई अनि उनीहरूले गरेका यस्ता खराब कामहरूलाई नबिर्सनुहोस्। अनि नोअदियाह नाम गरेकी भविष्यवक्ता र बाँकी भविष्यवक्ताहरूलाई पनि नभुल्नुहोस्। तिनीहरूले मलाई बारम्बार तर्साउन खोजेका थिए।
१५ एलूल* महिनाको २५ औँ दिनमा पर्खाल बनाउने काम सिद्धियो। पर्खाल बनाउन जम्मा ५२ दिन लाग्यो।
१६ जब हाम्रा सबै शत्रुले यो कुरा सुने र वरपरका सबै राष्ट्रले हामीले पर्खाल बनाएर सिद्ध्याएको देखे, तब तिनीहरू असाध्यै लज्जित भए।+ हाम्रा परमेश्वरको मदतले गर्दा नै यो काम सम्भव भएको हो भनेर तिनीहरूले थाह पाए। १७ त्यस समयमा यहुदाका गण्यमान्य मानिसहरूले+ तोबियालाई थुप्रै पत्र पठाउने गर्थे अनि तोबियाले पनि तिनीहरूलाई जवाफ दिने गर्थे। १८ यहुदाका थुप्रै मानिसले तिनलाई साथ दिने कसम खाएका थिए। किनकि तिनी अराहका+ छोरा सेकन्याहका ज्वाइँ थिए। अनि तिनका छोरा यहोहानानले बरक्याहका छोरा मेसुल्लामकी+ छोरीसित विवाह गरेका थिए। १९ ती मानिसहरू मकहाँ आएर तोबियाको विषयमा राम्रा-राम्रा कुरा गर्ने गर्थे अनि मैले तिनको विषयमा भनेका कुराहरू गएर तिनलाई सुनाउँथे। त्यसपछि तोबियाले मलाई तर्साउन पत्रहरू पठाउने गर्थे।+
७ पर्खाल पुनर्निर्माण गर्ने काम सकिनेबित्तिकै+ मैले मूलढोकाहरू बनाएँ।+ त्यसपछि ढोकेहरू,+ गायकहरू+ र लेवीहरू+ नियुक्त गरिए। २ मैले मेरो भाइ हानानि+ र ‘किल्ला’-का+ नाइके हानन्याहलाई यरुसलेमको रेखदेख गर्ने जिम्मा दिएँ। किनकि हानन्याह सबैभन्दा भरोसायोग्य व्यक्ति थिए अनि अरू थुप्रैले भन्दा तिनले परमेश्वरको भय धेरै मान्थे।+ ३ मैले तिनीहरूलाई यसो भनेँ: “पहरेदारहरूले मध्यदिन नहोउन्जेल यरुसलेमका मूलढोकाहरू नखोलून् अनि आफ्नो काम सक्नुअघि नै मूलढोकाहरू बन्द गरून् र चुकुल लगाऊन्। पहरा दिने काम यरुसलेमका बासिन्दाहरूलाई दिनू। केहीलाई चौकीमा पहरा दिन लगाउनू र केहीलाई भने आफ्नै घरअगाडि पहरा दिन लगाउनू।” ४ यरुसलेम सहर ठूलो थियो; त्यो टाढा-टाढासम्म फैलिएको थियो। तर त्यहाँ मानिसहरू थोरै थिए+ र घरहरू पनि फाट्टफुट्ट मात्र थिए।
५ गण्यमान्य व्यक्तिहरू, उप-शासकहरू र मानिसहरूलाई भेला गर्ने अनि तिनीहरूको घरानाअनुसार तिनीहरूको नामको सूची बनाउने विचार परमेश्वरले मेरो हृदयमा हालिदिनुभयो।+ तब मैले वंशावलीको पुस्तक भेट्टाएँ, जसमा ती मानिसहरूको नाम लेखिएको थियो, जो सबैभन्दा पहिले यरुसलेम फर्केर आएका थिए। त्यसमा यस्तो लेखिएको थियो:
६ बेबिलोनका राजा नबुकद्नेजरले+ बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्। पूरै प्रान्तबाट यी मानिसहरू+ ७ यरुबाबेल,+ यसुआ,+ नहेम्याह, अजर्याह, राम्याह, नहमानि, मोर्दकै, बिल्सान, मिस्पेरेथ, बिग्वै, नेहुम र बानाहसँग आएका थिए।
फर्केर आएका इस्राएली पुरुषहरूको सङ्ख्या यसप्रकार थियो:+ ८ परोसका सन्तान* २ हजार १ सय ७२ जना; ९ सेपत्याहका सन्तान ३७२ जना; १० अराहका सन्तान+ ६५२ जना; ११ पाहथ-मोआबको घरानाबाट+ यसुआ र योआबका सन्तान+ २ हजार ८ सय १८ जना; १२ एलामका सन्तान+ १ हजार २ सय ५४ जना; १३ जत्तुका सन्तान ८४५ जना; १४ जकैका सन्तान ७६० जना; १५ बिन्नुइका सन्तान ६४८ जना; १६ बेबैका सन्तान ६२८ जना; १७ अज्गादका सन्तान २ हजार ३ सय २२ जना; १८ अदोनिकामका सन्तान ६६७ जना; १९ बिग्वैका सन्तान २ हजार ६७ जना; २० अदिनका सन्तान ६५५ जना; २१ हिजकियाहको घरानाबाट अतेरका सन्तान ९८ जना; २२ हासुमका सन्तान ३२८ जना; २३ बेजैका सन्तान ३२४ जना; २४ हारिपका सन्तान ११२ जना; २५ गिबोनका सन्तान+ ९५ जना; २६ बेतलेहेम र नेतोफाहका मानिसहरू १८८ जना; २७ अनातोतका+ मानिसहरू १२८ जना; २८ बेथ-अज्मावेथका मानिसहरू ४२ जना; २९ किर्यथ-येरिम,+ कफिराह र बेरोथका+ मानिसहरू ७४३ जना; ३० रामा र गेबाका+ मानिसहरू ६२१ जना; ३१ मिक्मासका+ मानिसहरू १२२ जना; ३२ बेथेल+ र ऐका+ मानिसहरू १२३ जना; ३३ अर्को नेबोका मानिसहरू ५२ जना; ३४ एलाम नामका अर्का एक जना मानिसका सन्तान १ हजार २ सय ५४ जना; ३५ हारिमका सन्तान ३२० जना; ३६ यरिहोका सन्तान ३४५ जना; ३७ लोद, हदिद र ओनोका+ सन्तान ७२१ जना; ३८ सिनाहका सन्तान ३ हजार ९ सय ३० जना।
३९ पुजारीहरूको सङ्ख्या यसप्रकार थियो:+ यसुआको घरानाका यदायाहका सन्तान ९७३ जना; ४० इम्मेरका सन्तान १ हजार ५२ जना; ४१ पासुहरका सन्तान+ १ हजार २ सय ४७ जना; ४२ हारिमका सन्तान+ १ हजार १७ जना।
४३ लेवीहरूको सङ्ख्या यसप्रकार थियो:+ होदेभाको सन्तान कादमिएलको घरानाका+ यसुआका सन्तान ७४ जना। ४४ गायकहरू:+ आसापका+ सन्तान १४८ जना। ४५ ढोकेहरू:+ साल्लुमका सन्तान, अतेरका सन्तान, तल्मोनका सन्तान, अक्कुबका+ सन्तान, हातिताका सन्तान, सोबैका सन्तान १३८ जना।
४६ मन्दिरका सेवकहरू:*+ जिहाका सन्तान, हासुपाका सन्तान, तब्बाओथका सन्तान, ४७ केरोसका सन्तान, सिआका सन्तान, पादोनका सन्तान, ४८ लेबनाहका सन्तान, हागाबाहका सन्तान, साल्मैका सन्तान, ४९ हानानका सन्तान, गिद्देलका सन्तान, गाहरका सन्तान, ५० रायाहका सन्तान, रजिनका सन्तान, नकोदाका सन्तान, ५१ गाज्जामका सन्तान, उज्जाका सन्तान, पासेहका सन्तान, ५२ बसैका सन्तान, म्युनीहरूका सन्तान, नेपुसेसिमका सन्तान, ५३ बकबुकका सन्तान, हाकुफाका सन्तान, हार्हुरका सन्तान, ५४ बस्लिथका सन्तान, महिदाका सन्तान, हार्साका सन्तान, ५५ बार्कोसका सन्तान, सिसराका सन्तान, तेमहका सन्तान, ५६ नेजिहका सन्तान र हातिपाका सन्तान।
५७ सुलेमानका सेवकहरूका सन्तान:+ सोतैका सन्तान, सोपेरेथका सन्तान, पेरिदाका सन्तान, ५८ यालाका सन्तान, दार्कोनका सन्तान, गिद्देलका सन्तान, ५९ सेपत्याहका सन्तान, हात्तिलका सन्तान, पोकेरेथ-हजेबायिमका सन्तान र अमोनका सन्तान। ६० मन्दिरका सेवकहरूको+ सङ्ख्या र सुलेमानका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२ थियो।
६१ तेल-मेलह, तेल-हर्सा, करूब, अद्दोन र इम्मेरबाट फर्केका केही मानिसले आफू इस्राएली हौँ र आफ्नो बुबाको कुल इस्राएलको हो भनेर साबित गर्न सकेनन्। ती मानिसहरू यी थिए:+ ६२ दलायाहका सन्तान, तोबियाका सन्तान र नकोदाका सन्तान, जम्मा ६४२ जना। ६३ पुजारीहरूबाट: हाबायाहका सन्तान, हाक्कोसका सन्तान+ र बार्जिलैका सन्तान। यी तिनै बार्जिलै हुन्, जसले गिलादी बार्जिलैकी+ एउटी छोरीसित विवाह गरेका थिए र आफ्नो ससुराको नाम अपनाएका थिए। ६४ तिनीहरूले वंशावलीमा आफ्नो घरानाको नाम खोजे तर भेट्टाएनन्। त्यसैले तिनीहरू पुजारीको रूपमा सेवा गर्न अयोग्य ठहरिए।*+ ६५ तब राज्यपालले*+ ऊरीम र तुम्मीममार्फत* परमेश्वरसँग यस विषयमा सल्लाह लिन सक्ने कुनै पुजारी नियुक्त नभएसम्म+ महापवित्र खानेकुरा नखानू+ भनी तिनीहरूलाई हुकुम गरे।
६६ पूरै समुदायको कुल सङ्ख्या ४२ हजार ३ सय ६० थियो।+ ६७ यसबाहेक तिनीहरूका ७ हजार ३ सय ३७ जना दासदासी थिए।+ तिनीहरूको साथमा २४५ जना गायक-गायिका पनि थिए।+ ६८ तिनीहरूसित ७३६ वटा घोडा, २४५ वटा खच्चर, ६९ ४ सय ३५ वटा उँट र ६ हजार ७ सय २० वटा गधा पनि थिए।
७० बुबापट्टिको घरानाका केही नाइकेले कामको* लागि दान गरे।+ राज्यपालले भण्डारको लागि* १ हजार सुनको ड्राक्मा,* ५० वटा कचौरा र पुजारीहरूको निम्ति ५३० थान पोसाक दान गरे।+ ७१ अनि बुबापट्टिको घरानाहरूका केही नाइकेले निर्माण परियोजनाको लागि २० हजार सुनको ड्राक्मा र २ हजार २ सय मीना* चाँदी दान गरे। ७२ बाँकी मानिसहरूले चाहिँ २० हजार सुनको ड्राक्मा, २ हजार मीना चाँदी र पुजारीहरूको निम्ति ६७ थान पोसाक दिए।
७३ पुजारीहरू, लेवीहरू, ढोकेहरू, गायकहरू,+ मन्दिरका सेवकहरू र इस्राएलका बाँकी मानिसहरू आ-आफ्नो सहरमा बसोबास गर्न थाले।+ यसरी सातौँ महिनासम्ममा+ सबै इस्राएली आ-आफ्नो सहरमा बसोबास गरिसकेका थिए।+
८ त्यसपछि सबै मानिस एकै मनका भएर पानी-ढोकाको+ अगाडि भएको चोकमा भेला भए। तिनीहरूले प्रतिलिपिक* एज्रालाई+ यहोवा परमेश्वरले इस्राएलीहरूको लागि दिनुभएको+ मोसाको व्यवस्थाको पुस्तक ल्याउन आग्रह गरे।+ २ त्यसैले पुजारी एज्राले सम्पूर्ण समुदायसामु व्यवस्थाको पुस्तक ल्याए।+ त्यहाँ पुरुष, स्त्रीलगायत कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी पनि थिए। यो सातौँ महिनाको पहिलो दिन थियो।+ ३ तिनले पानी-ढोकाको अगाडि भएको चोकमा बिहान सबेरैदेखि मध्यदिनसम्मै मानिसहरूको अगाडि व्यवस्थाको पुस्तक पढेर सुनाए।+ अनि त्यहाँ भेला भएका सबैले—पुरुष, स्त्री र कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी सबैले ध्यान दिएर सुने।+ ४ प्रतिलिपिक एज्रा काठको मञ्चमा उभिएका थिए। त्यो मञ्च यही अवसरको लागि बनाइएको थियो। तिनको दायाँपट्टि मत्तित्याह, सेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह उभिएका थिए अनि बायाँपट्टि चाहिँ पदायाह, मिसाएल, मल्कियाह,+ हासुम, हास-बदानाह, जकरिया र मेसुल्लाम उभिएका थिए।
५ एज्रा अग्लो ठाउँमा उभिएका थिए। तिनले सबैले देख्नेगरि व्यवस्थाको पुस्तक खोले। तिनले त्यो पुस्तक खोल्दा सबै मानिस उभिए। ६ त्यसपछि तिनले साँचो र महान् परमेश्वर यहोवाको प्रशंसा गरे। तब सबै मानिसले आफ्नो हात उठाएर यसो भने, “आमिन!* आमिन!”+ त्यसपछि तिनीहरू यहोवा परमेश्वरलाई दण्डवत् गर्न घुँडा टेकेर भुईँमा घोप्टो परे। ७ लेवीहरू यसुआ, बानि, सेरेब्याह,+ यामिन, अक्कुब, साब्बथै, होदियाह, मासेयाह, केलिता, अजर्याह, योजाबाद,+ हानान र पलायाहले मानिसहरूलाई व्यवस्थामा लेखिएको कुरा बुझाउन थाले।+ अनि मानिसहरूले उभिएरै उनीहरूको कुरा सुनिरहे। ८ उनीहरूले साँचो परमेश्वरको व्यवस्थाको पुस्तक ठूलो स्वरमा पढिरहे अनि त्यहाँ लेखिएका कुराहरू मानिसहरूलाई स्पष्टसित बुझाइदिए र त्यसको अर्थ पनि खुलाइदिए। यसरी उनीहरूले मानिसहरूलाई सुनेको कुरा बुझ्न मदत गरे।+
९ तब त्यतिबेलाका राज्यपाल* नहेम्याह, पुजारी र प्रतिलिपिक एज्रा+ अनि मानिसहरूलाई सिकाइरहेका लेवीहरूले त्यहाँ भएका सबैलाई यसो भने: “यो दिन तिमीहरूका परमेश्वर यहोवाको निम्ति पवित्र छ।+ त्यसैले नरोओ, शोक नगर।” किनकि व्यवस्थामा लेखिएका कुराहरू सुनेर सबै मानिस रोइरहेका थिए। १० नहेम्याहले तिनीहरूलाई यसो भने: “जाओ, स्वादिष्ठ भोजन खाओ र गुलियो पेय पदार्थ पिओ। अनि जो-जोसँग छैन, तिनीहरूलाई पनि खानेकुरा पठाइदेओ।+ किनकि यो दिन हाम्रा प्रभुको निम्ति पवित्र छ। उदास नहोओ किनकि यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो।”* ११ अनि लेवीहरू यसो भन्दै मानिसहरूलाई शान्त गराइरहेका थिए: “नरोओ! दुःखी नहोओ! किनकि आजको दिन पवित्र छ।” १२ तब सबै मानिस खानपिन गर्न गए र तिनीहरूले अरूलाई पनि खानेकुरा पठाइदिए। त्यस दिन तिनीहरूले निकै रमाहट गरे+ किनकि तिनीहरूले आफूलाई सिकाइएको कुरा बुझेका थिए।+
१३ भोलिपल्ट बुबापट्टिको घरानाहरूका सबै नाइके, पुजारीहरू र लेवीहरू व्यवस्थामा भएका थप कुरा बुझ्न प्रतिलिपिक एज्राकहाँ भेला भए। १४ सातौँ महिनामा मनाइने चाडको बेला झुप्रोहरूमा बस्नू भनी यहोवा परमेश्वरले मोसाको व्यवस्थामा इस्राएलीहरूलाई आज्ञा दिनुभएको रहेछ भनेर तिनीहरूले थाह पाए।+ १५ साथै तिनीहरूले सबै सहरमा अनि सारा यरुसलेममा यस्तो घोषणा+ गर्नुपर्ने रहेछ भनेर पनि बुझे: “पहाडी इलाकामा जाओ अनि जैतुनको रूख, सल्लाको रूख, मेहदीको बोट, खजुरको बोट र अन्य रूखहरूको पातैपात भएका हाँगाहरू ल्याओ। अनि व्यवस्थामा लेखिएअनुसारै ती हाँगाहरूबाट झुप्रो बनाओ।”
१६ त्यसकारण मानिसहरू गएर पातैपात भएका हाँगाहरू ल्याए र त्यसबाट आफ्नो निम्ति झुप्रो बनाए। तिनीहरूले आफ्नो घरको छतमा र आँगनहरूमा ती झुप्रोहरू बनाए। तिनीहरूले साँचो परमेश्वरको भवनका चोकहरूमा+ अनि पानी-ढोकाको+ र एप्रैम-ढोकाको चोकमा+ पनि झुप्रोहरू बनाए। १७ यसरी निर्वासनबाट फर्केर आएका मानिसहरूको पूरै समुदायले झुप्रोहरू बनायो र त्यहीँ बस्न थाल्यो। नुनका छोरा यहोसुको समयदेखि यता इस्राएलीहरूले यस्तो तरिकामा झुप्रोबासको चाड* मनाएका थिएनन्।+ त्यसैले तिनीहरूले ठूलो रमाहटका साथ त्यो चाड मनाए।+ १८ चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्मै तिनीहरूलाई हरेक दिन साँचो परमेश्वरको व्यवस्था पढेर सुनाइयो।+ व्यवस्थामा लेखिएअनुसारै तिनीहरूले सात दिनसम्म झुप्रोबासको चाड मनाए र आठौँ दिनमा पवित्र सभा राखे।+
९ सातौँ महिनाको २४ औँ दिनमा इस्राएलीहरू एक ठाउँमा भेला भए। तिनीहरूले भाङ्ग्रा ओढे, शिरमा धुलो छरे र उपवास बसे।+ २ अनि इस्राएलको वंशका मानिसहरूले आफैलाई विदेशीहरूबाट अलग गरे।+ त्यसपछि तिनीहरू उठे अनि आफ्नो पाप र आफ्ना पुर्खाहरूको गल्ती स्विकारे।+ ३ तिनीहरू आ-आफ्नो ठाउँमा उभिरहे अनि तिनीहरूलाई बिहान तीन घण्टासम्म तिनीहरूका परमेश्वर यहोवाको व्यवस्थाको पुस्तक पढेर सुनाइयो।+ अनि अर्को तीन घण्टासम्म तिनीहरूले आफ्ना परमेश्वर यहोवासामु घोप्टो परेर आफ्नो पाप स्वीकार गरिरहे।
४ यसुआ, बानि, कादमिएल, सेबन्याह, बुन्नि, सेरेब्याह,+ बानि र केनन्या त्यो अग्लो मञ्चमा खडा भए, जुन लेवीहरूको लागि बनाइएको थियो+ अनि उनीहरूले यहोवा आफ्ना परमेश्वरलाई ठूलो स्वरमा पुकार्न थाले। ५ त्यसपछि लेवीहरू यसुआ, कादमिएल, बानि, हासबन्याह, सेरेब्याह, होदियाह, सेबन्याह र पथहियाहले यसो भने: “तिमीहरू सबै खडा होओ अनि आफ्ना परमेश्वर यहोवाको सदासर्वदा* प्रशंसा गर।+ हे परमेश्वर, तपाईँको नामको जति नै प्रशंसा गरिए पनि अनि जति नै जयजयकार गरिए पनि त्यो कमै हुनेछ। तैपनि यी मानिसहरूलाई तपाईँको महिमित नामको प्रशंसा गर्न दिनुहोस्।
६ “हे यहोवा! तपाईँजस्तो अरू को छ र?+ तपाईँले स्वर्ग र त्यहाँ भएका सबै स्वर्गदूत* बनाउनुभयो। पृथ्वी र त्यहाँ भएका सबै थोक अनि समुद्र र त्यसमा भएका सबै चिजबिज पनि तपाईँले नै बनाउनुभयो। तपाईँले नै उनीहरू सबैको रक्षा गर्नुहुन्छ। स्वर्गका सबै दूत तपाईँसामु झुक्छन्। ७ तपाईँ नै साँचो परमेश्वर यहोवा हुनुहुन्छ। तपाईँले अब्रामलाई रोज्नुभयो+ र तिनलाई कल्दियालीहरूको सहर उरबाट बाहिर ल्याउनुभयो।+ अनि तिनलाई अब्राहाम भन्ने नाम दिनुभयो।+ ८ तपाईँले तिनी हृदयदेखि नै विश्वासयोग्य भएको देख्नुभयो।+ त्यसैले तपाईँले तिनी र तिनको सन्तानलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबुसी र गिर्गासीहरूको देश दिने करार गर्नुभयो।+ अनि तपाईँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो किनकि तपाईँ न्यायी हुनुहुन्छ।
९ “तपाईँले मिश्रमा* हाम्रा पितापुर्खाको दुःख देख्नुभयो+ अनि लाल समुद्रमा तिनीहरूको चीत्कार सुन्नुभयो। १० त्यसपछि तपाईँले फारो,* उनका सबै सेवक र उनको देशका सबै बासिन्दाको विरुद्धमा चिन्हहरू देखाउनुभयो र चमत्कारहरू गर्नुभयो।+ किनकि उनीहरूले हाम्रा पितापुर्खामाथि अत्याचार गरेको तपाईँले देख्नुभएको थियो।+ यसरी तपाईँले ठूलो नाम कमाउनुभयो, जुन आजसम्म पनि कायमै छ।+ ११ तपाईँले समुद्रलाई दुई फ्याक पारिदिनुभयो र तिनीहरूले सुक्खा जमिनमा हिँडेर समुद्र पार गरे।+ अनि छाल उर्लिरहेको समुद्रमा ढुङ्गा फ्याँकेझैँ तपाईँले तिनीहरूको पछिपछि आइरहेका शत्रुहरूलाई समुद्रको गहिराइमा हुर्ऱ्याइदिनुभयो।+ १२ तपाईँले हाम्रा पितापुर्खालाई दिनमा बादलको खामोले डोऱ्याउनुभयो अनि रातमा आगोको खामोले बाटो देखाउनुभयो।+ १३ तपाईँ तल सिनै डाँडामा ओर्लनुभयो+ र स्वर्गबाट तिनीहरूसित बोल्नुभयो।+ तपाईँले तिनीहरूलाई आफ्नो न्यायोचित स्तर, भरपर्दो ऐनकानुन, असल नीतिनियम र आज्ञाहरू दिनुभयो।+ १४ तपाईँले तिनीहरूलाई तपाईँको निम्ति पवित्र विश्रामदिन* मनाउन सिकाउनुभयो।+ तपाईँले आफ्ना सेवक मोसामार्फत तिनीहरूलाई आफ्ना आज्ञाहरू, नीतिनियम र ऐनकानुन दिनुभयो। १५ तपाईँले तिनीहरू भोकाएको बेला तिनीहरूलाई स्वर्गबाट खानेकुरा दिनुभयो+ अनि तिर्खाएको बेला चट्टानबाट पानी निकाल्नुभयो।+ तपाईँले तिनीहरूलाई जुन देश दिन्छु भनेर कसम खानुभएको थियो, त्यस देशमा प्रवेश गरेर त्यो देश अधिकार गर्ने आदेश तिनीहरूलाई दिनुभयो।
१६ “तर हाम्रा पितापुर्खा अहङ्कारी भए,+ तिनीहरू हठी भए।+ तिनीहरूले तपाईँका आज्ञाहरू सुन्दै सुनेनन्। १७ हो, तिनीहरूले तपाईँका आज्ञाहरू सुन्न इन्कार गरे।+ तपाईँले तिनीहरूमाझ गर्नुभएका अचम्मलाग्दा कामहरू तिनीहरूले भुसुक्कै बिर्से। तिनीहरू हठी भए र मिश्रको दासत्वमै फर्केर जान आफ्नो निम्ति अगुवा नियुक्त गरे।+ तर तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ; तपाईँ दयालु र कृपालु परमेश्वर हुनुहुन्छ। तपाईँ हतपती रिसाउनुहुन्न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ त्यसैले तपाईँले तिनीहरूलाई त्याग्नुभएन।+ १८ तिनीहरूले आफ्नो निम्ति धातुबाट बाछोको मूर्ति बनाए र यसो भने: ‘तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका परमेश्वर यही नै हो!’+ तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे। १९ तर तिनीहरूले त्यस्तो खराब काम गर्दा समेत तपाईँले अपार दया देखाइरहनुभयो। तपाईँले निर्जनभूमिमा तिनीहरूलाई त्याग्नुभएन।+ दिनमा तिनीहरूलाई डोऱ्याउने बादलको खामो तिनीहरूको सामनेबाट हटेन। अनि रातमा तिनीहरूलाई बाटो देखाउने आगोको खामो पनि तिनीहरूको सामनेबाट हटेन।+ २० तिनीहरूले समझ चलाउन सकून् भनेर तपाईँले तिनीहरूलाई आफ्नो शक्ति दिनुभयो।+ तपाईँले तिनीहरूलाई मन्न दिइरहनुभयो+ अनि तिर्खाएको बेला तिनीहरूलाई पानी पनि दिनुभयो।+ २१ चालीस वर्षसम्म तपाईँले निर्जनभूमिमा तिनीहरूलाई खानेकुरा दिइरहनुभयो।+ तिनीहरूलाई कुनै कुराको अभाव भएन। तिनीहरूको लुगा फाटेन+ अनि खुट्टा पनि सुन्निएन।
२२ “तपाईँले राज्यहरू र मानिसहरूलाई इस्राएलीहरूको अधीनमा सुम्पिदिनुभयो अनि उनीहरूको जग्गाजमिन इस्राएलीहरूलाई बाँडिदिनुभयो।+ तिनीहरूले हेस्बोनका+ राजा सिहोनको देशमाथि+ अनि बासानका राजा ओगको देशमाथि+ अधिकार जमाए। २३ तपाईँले तिनीहरूका सन्तानलाई आकाशका तारासरह असङ्ख्य तुल्याइदिनुभयो।+ अनि तिनीहरूका पितापुर्खालाई जुन देश अधिकार गर्न दिने प्रतिज्ञा गर्नुभएको थियो, त्यस देशमा तिनीहरूलाई ल्याउनुभयो।+ २४ तिनीहरूका सन्तानले त्यो देश अधिकार गरे।+ तपाईँले त्यस देशका बासिन्दाहरू—कनानीहरूलाई तिनीहरूको अधीनमा सुम्पिदिनुभयो।+ तिनीहरूले त्यहाँका राजाहरू र मानिसहरूसित आफूले चाहेअनुसार व्यवहार गरून् भनेर तपाईँले उनीहरू सबैलाई तिनीहरूको हातमा सुम्पिदिनुभयो। २५ अनि तिनीहरूले त्यहाँका पर्खालले घेरिएका सहरहरू+ र उर्वर भूमि कब्जा गरे।+ तिनीहरूले हरेक किसिमका असल-असल चिजले भरिपूर्ण घरहरू, पहिल्यै खनिएका इनारहरू, अङ्गुरका र जैतुनका बगानहरू+ अनि फलफूलका थुप्रै रूखलाई आफ्नो बनाए। तिनीहरू खाएर सन्तुष्ट र हृष्टपुष्ट भए। तपाईँको महान् भलाइले गर्दा तिनीहरूको दिन सुखैसुखमा बित्न थाल्यो।
२६ “तर तिनीहरू अनाज्ञाकारी भए र तपाईँको विद्रोह गर्न थाले।+ तिनीहरूले तपाईँको व्यवस्थातर्फ पिठिउँ फर्काए। तिनीहरूलाई तपाईँकहाँ फर्काएर ल्याउन तिनीहरूलाई चेतावनी दिने तपाईँका भविष्यवक्ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे।+ २७ त्यसैकारण तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुभयो,+ जसले तिनीहरूलाई सताइरहे।+ तर दुःखमा परेपछि तिनीहरू तपाईँलाई पुकार्थे र तपाईँले स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुहुन्थ्यो। अनि तपाईँले आफ्नो अपार दयाको कारण तिनीहरूलाई शत्रुहरूको हातबाट छुटाउन उद्धारकहरू पठाउनुहुन्थ्यो।+
२८ “तर चैनको सास फेर्न पाएको केही समय नबित्दै तिनीहरू फेरि तपाईँको नजरमा जे खराब छ, त्यही गर्थे।+ अनि तपाईँले तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिदिनुहुन्थ्यो, जसले तिनीहरूमाथि दमन गर्थे।*+ त्यसपछि तिनीहरू तपाईँतर्फ फर्कन्थे अनि मदतको लागि तपाईँलाई पुकार्थे।+ तपाईँ स्वर्गबाट तिनीहरूको पुकारा सुन्नुहुन्थ्यो। आफ्नो अपार दयाको कारण तपाईँले बारम्बार तिनीहरूको उद्धार गर्नुभयो।+ २९ तिनीहरू तपाईँकहाँ फर्कून् र तपाईँको व्यवस्था पालन गरून् भनेर तपाईँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो। तैपनि तिनीहरू अहङ्कारी भए। तिनीहरूले तपाईँका आज्ञाहरू सुन्न इन्कार गरे+ अनि तपाईँका ती नीतिनियम पालन गरेनन्, जुन पालन गर्दा मानिसको जीवन जोगिन्छ।+ तर तिनीहरूले अहङ्कारी भएर तपाईँतर्फ पिठिउँ फर्काए; तिनीहरू हठी भए। तिनीहरूले तपाईँको कुरा सुन्दै सुनेनन्। ३० तर तपाईँले वर्षौँसम्म धैर्य गर्नुभयो।+ अनि आफ्ना भविष्यवक्ताहरूलाई आफ्नो शक्ति दिएर ती मानिसहरूकहाँ बारम्बार चेतावनी दिन पठाउनुभयो। तर तिनीहरूले ती भविष्यवक्ताहरूको कुरा सुन्दै सुनेनन्। अन्तमा तपाईँले तिनीहरूलाई वरपरका जातिहरूको हातमा सुम्पिदिनुभयो।+ ३१ तर आफ्नो अपार कृपाले गर्दा तपाईँले तिनीहरूलाई न नाश गर्नुभयो+ न त त्याग्नु नै भयो। किनकि तपाईँ कृपालु र दयालु परमेश्वर हुनुहुन्छ।+
३२ “हे हाम्रा परमेश्वर! तपाईँ महान् र शक्तिशाली हुनुहुन्छ; तपाईँ भययोग्य र आश्चर्यजनक कामहरू गर्नुहुन्छ! तपाईँ आफ्नो करार पूरा गर्नुहुन्छ र अटल प्रेम देखाउनुहुन्छ।+ अब हे परमेश्वर! अस्सेरियाका राजाहरूको समयदेखि+ अहिलेसम्म हामी, हाम्रा राजाहरू, अगुवाहरू,+ पुजारीहरू,+ भविष्यवक्ताहरू,+ हाम्रा पितापुर्खा र तपाईँका सबै प्रजाले जे-जति दुःख भोगेका छन्, त्यसमा ध्यान दिनुहोस्; त्यसलाई हल्कासित नलिनुहोस्। ३३ तर हामीले जे-जति दुःख भोग्यौँ, हामी त्यसको लायक थियौँ। तपाईँले हामीमाथि कुनै अन्याय गर्नुभएको छैन। बरु तपाईँ सधैँ विश्वासयोग्य साबित हुनुभयो। दुष्ट काम गर्ने त हामी नै हौँ।+ ३४ हाम्रा राजाहरू, अगुवाहरू, पुजारीहरू र हाम्रा पितापुर्खाले तपाईँको व्यवस्था पालन गरेनन्। तपाईँले तिनीहरूलाई जुन आज्ञाहरू दिनुभएको थियो र तिनीहरूलाई होसियार गराउन जे-जति सम्झौटाहरू* दिनुभएको थियो, त्यसमा तिनीहरूले ध्यान दिएनन्। ३५ तिनीहरू आफ्नै राज्यमा छँदा तिनीहरूले तपाईँले प्रशस्त मात्रामा दिनुभएको असल-असल कुराबाट आनन्द उठाइरहेका थिए अनि तपाईँले तिनीहरूलाई दिनुभएको देश विशाल र उर्वर थियो। तैपनि तिनीहरूले तपाईँको सेवा गरेनन्+ बरु खराब काम गरिरहे। ३६ त्यसैले आज हामी यहाँ दास हुनुपरेको छ।+ हाम्रा पितापुर्खाले यस देशको असल-असल उब्जनी उपभोग गरून् भनेर तपाईँले यो देश तिनीहरूलाई दिनुभएको थियो। तर आज हामी यही देशमा दास भएर बस्नुपरेको छ। ३७ हाम्रा पापहरूले गर्दा यस देशको प्रशस्त उब्जनी ती राजाहरूले खाइरहेका छन्, जसलाई तपाईँले हामीमाथि अधिकार जमाउन दिनुभएको छ।+ तिनीहरू हामी र हाम्रा वस्तुभाउमाथि मनमानी गर्छन्। हामीले असाध्यै दुःख पाएका छौँ।
३८ “यी सब कारणले गर्दा आज हामी एउटा करार गर्दै छौँ+ र त्यो करार लेखेर पनि राख्नेछौँ अनि त्यसमा हाम्रा अगुवाहरू, लेवीहरू र पुजारीहरूको छाप लगाएर त्यसलाई पक्का गर्नेछौँ।”+
१० करारमा छाप लगाएर त्यसलाई पक्का गर्नेहरू+ यी थिए:
हाकल्याहका छोरा राज्यपाल* नहेम्याह
अनि सिदकियाह, २ सिरायाह, अजर्याह, यर्मिया, ३ पासुहर, अमर्याह, मल्कियाह, ४ हात्तुस, सेबन्याह, मल्लुक, ५ हारिम,+ मरेमोथ, ओबदियाह, ६ दानिएल,+ गिन्नेथोन, बारुक, ७ मेसुल्लाम, अबियाह, मियामिन, ८ माज्याह, बिल्गै र सेमायाह। यिनीहरू सबै पुजारी थिए।
९ करारमा छाप लगाउने लेवीहरू यी थिए: अजन्याहका छोरा यसुआ, बिन्नुइ, जो हेनादादका सन्तान थिए, कादमिएल,+ १० सेबन्याह, होदियाह, केलिता, पलायाह, हानान, ११ मिका, रेहोब, हासबियाह, १२ जक्कुर, सेरेब्याह,+ सेबन्याह, १३ होदियाह, बानि र बेनिनु।
१४ करारमा छाप लगाउने अगुवाहरू यी थिए: परोस, पाहथ-मोआब,+ एलाम, जत्तु, बानि, १५ बुन्नि, अज्गाद, बेबै, १६ अदोनियाह, बिग्वै, अदिन, १७ अतेर, हिजकियाह, अज्जुर, १८ होदियाह, हासुम, बेजै, १९ हारिप, अनातोत, नबै, २० मग्पिआस, मेसुल्लाम, हेजिर, २१ मेसेजेबेल, सादोक, याद्दु, २२ पलात्याह, हानान, अनायाह, २३ होसिया, हानन्याह, हास्सुब, २४ हाल्लोहेस, पिल्हा, सोबेक, २५ रहुम, हासब्ना, मासेयाह, २६ अहियाह, हानान, अनान, २७ मल्लुक, हारिम र बानाह।
२८ बाँकी मानिसहरू—पुजारीहरू, लेवीहरू, ढोकेहरू, गायकहरू, मन्दिरका सेवकहरू* र साँचो परमेश्वरको व्यवस्थाअनुसार चल्न आफूलाई वरपरका देशका मानिसहरूबाट अलग गरेका सबै मानिस+ आ-आफ्ना पत्नी र छोराछोरीसँगै भेला भए। हो, ज-जसले करारमा लेखिएको कुरा बुझ्न सक्थे,* तिनीहरू सबै भेला भए। अनि तिनीहरू सबैले २९ आफ्ना दाजुभाइहरूसित अर्थात् आफ्ना गण्यमान्य व्यक्तिहरूसित एकसाथ मिलेर शपथ खाए अनि त्यसअनुसार नचलेमा आफूलाई सराप लागोस् पनि भने। तिनीहरूले साँचो परमेश्वरले आफ्ना सेवक मोसामार्फत दिनुभएको व्यवस्थाअनुसार चल्ने अनि आफ्ना परमेश्वर यहोवाले दिनुभएको सबै आज्ञा, ऐनकानुन र नीतिनियम होसियारीसाथ पालन गर्ने शपथ खाए। ३० तिनीहरूले यस्तो शपथ खाए: “हामी आफ्ना छोरीहरू वरपरका देशका मानिसहरूलाई दिनेछैनौँ अनि हाम्रा छोराहरूको विवाह पनि उनीहरूका छोरीहरूसित गराइदिनेछैनौँ।+
३१ “यदि वरपरका देशका मानिसहरूले विश्रामदिन*+ वा कुनै पवित्र दिनमा+ मालसामान र थरीथरीका अन्न बेच्न ल्याए भने हामी तिनीहरूबाट केही पनि किन्नेछैनौँ। साथै सातौँ वर्षमा हामी आफ्नो खेत बाँझै छोडिदिनेछौँ + र सबैको ऋण माफ गरिदिनेछौँ।+
३२ “साथै परमेश्वरको भवनमा गरिने सेवाको निम्ति हामीमध्ये हरेकले वर्षेनी एक तिहाइ शेकेल* दान गर्ने वाचा गर्छौँ।+ ३३ अनि त्यसबाट ती सबै चिजको खर्च बेहोरिनेछ, जुन विश्रामदिनमा+ र औँसीको दिनमा चढाइन्छ+ अर्थात् भेटीको रोटी*+ अनि नियमित रूपमा चढाइने अन्नभेटी+ र अग्निभेटी।* साथै ठहराइएका चाडहरू,+ पवित्र कुराहरू, इस्राएलको प्रायश्चितको निम्ति चढाइने पापभेटीहरू*+ अनि हाम्रा परमेश्वरको भवनमा गरिने सबै कामको लागि पनि त्यही पैसा चलाइनेछ।
३४ “हामीले यो निर्णय पनि गऱ्यौँ कि व्यवस्थामा लेखिएअनुसारै हाम्रा परमेश्वर यहोवाको वेदीमा आगो बाल्न+ पुजारीहरू, लेवीहरू र बाँकी मानिसहरूले परमेश्वरको भवनमा दाउरा ल्याउनेछन्। त्यसैले उनीहरूले आफ्नो बुबापट्टिको घरानाअनुसार कहिले-कहिले दाउरा ल्याउनुपर्छ, त्यो तय गर्न हामी गोला हाल्नेछौँ। अनि उनीहरूले हरेक वर्ष त्यही समयमा दाउरा ल्याउनेछन्। ३५ हामी वर्षैपिच्छे आफ्नो खेतको पहिलो उब्जनी अनि हरेक किसिमका फलफूलको रूखको पहिलो फल यहोवा परमेश्वरको भवनमा ल्याउनेछौँ।+ ३६ साथै व्यवस्थामा लेखिएअनुसारै हामी आफ्नो अनि गाईवस्तु र भेडाबाख्राको पहिलो सन्तानलाई+ हाम्रा परमेश्वरको भवनमा सेवा गर्ने पुजारीहरूकहाँ ल्याउनेछौँ।+ ३७ अनि हामी परमेश्वरको भवनको भण्डारमा* राख्न आफ्नो उब्जनीबाट पहिलो फलको खस्रो पीठो,+ दानहरू, हरेक किसिमका रूखको फल,+ नयाँ मद्य र तेल+ पुजारीहरूकहाँ ल्याउनेछौँ।+ हामी आफ्नो उब्जनीको दशांश* लेवीहरूलाई दिनेछौँ + किनकि खेतीपाती गरिने सबै सहरबाट दशांश उठाउने उनीहरू नै हुन्।
३८ “लेवीहरूले दशांश उठाउने बेला हारुनको सन्तान अर्थात् पुजारी पनि लेवीहरूसितै रहनुपर्नेछ। लेवीहरूले आफूले उठाएको भागको दशांश हाम्रा परमेश्वरको भवनमा ल्याऊन्+ र त्यसलाई भण्डार-घरका कोठाहरूमा राखून्। ३९ यही कोठाहरूमा इस्राएलीहरूले र लेवीका सन्तानले दान गरेको अन्न, नयाँ मद्य र तेल+ अनि पवित्र स्थानका* भाँडाकुँडा राखिन्छ।+ त्यहाँ परमेश्वरको भवनमा सेवा गर्ने पुजारीहरू, ढोकेहरू र गायकहरू पनि आउजाउ गर्छन्। हामी हाम्रा परमेश्वरको भवनलाई बेवास्ता गर्नेछैनौँ।”+
११ मानिसहरूका मुखियाहरू यरुसलेममा बस्थे+ तर बाँकी मानिसहरूचाहिँ अरू सहरहरूमा बसोबास गर्थे। त्यसैले ती मानिसहरूले गोला हाल्ने+ अनि हरेक दस घरानामध्ये जुन घरानाको नाममा गोला पर्छ, त्यस घरानालाई यरुसलेममा बस्न लगाउने निर्णय गरे। बाँकी नौ वटा घरानाचाहिँ अरू सहरहरूमा बस्ने थिए। २ यसबाहेक जो-जो राजीखुसीले यरुसलेममा बस्न तयार भए, तिनीहरूलाई परमेश्वरले आशिष् देऊन् भनी मानिसहरूले कामना गरे।
३ यरुसलेममा बस्न आएका यहुदा प्रान्तका अगुवाहरू यी नै हुन्। (इस्राएलका बाँकी मानिसहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू*+ र सुलेमानका सेवकहरूका सन्तान+ यहुदाका अरू सहरहरूमा आफूलाई अधिकार गर्न दिइएको आ-आफ्नो ठाउँमा बसोबास गरे।+
४ यहुदाको र बिन्यामिनको कुलका केही मानिस पनि यरुसलेममा बसोबास गर्थे।) यहुदाको कुलबाट यरुसलेममा बस्न अतायाह आए। तिनी उज्जियाहका छोरा थिए। उज्जियाह जकरियाका छोरा थिए। जकरिया अमर्याहका छोरा थिए। अमर्याह सेपत्याहका छोरा थिए। सेपत्याह महलालेलका छोरा थिए। महलालेल पेरेजका सन्तान+ थिए। ५ अनि मासेयाह पनि यरुसलेममा बस्न आए। तिनी बारुकका छोरा थिए। बारुक कोलहोजेका छोरा थिए। कोलहोजे हाजायाहका छोरा थिए। हाजायाह आदायाहका छोरा थिए। आदायाह योयारिबका छोरा थिए। योयारिब जकरियाका छोरा थिए र जकरिया सेलहका सन्तान थिए। ६ पेरेजका सन्तानबाट जम्मा ४६८ जना यरुसलेममा बसोबास गर्न आए। तिनीहरू सबै वीर पुरुष थिए।
७ बिन्यामिनको कुलबाट यरुसलेममा बस्न आएका मानिसहरू यी नै हुन्: साल्लु,+ जो मेसुल्लामका छोरा थिए। मेसुल्लाम योएदका छोरा थिए। योएद पदायाहका छोरा थिए। पदायाह कोलायाहका छोरा थिए। कोलायाह मासेयाहका छोरा थिए। मासेयाह इथिएलका छोरा थिए। इथिएल यसायाहका छोरा थिए। ८ साल्लुबाहेक गाब्बै र साल्लै पनि आ-आफ्नो घरानासहित आए। पुरुषहरूको सङ्ख्या जम्मा ९२८ थियो। ९ जिक्रिका छोरा योएलले तिनीहरूको रेखदेख गर्थे। अनि हास्सेनुहका छोरा यहुदाचाहिँ सहरको रेखदेख गर्ने काममा योएलपछिको दोस्रो दर्जामा थिए।
१० पुजारीहरूबाट यरुसलेममा बस्न आएकाहरू यी हुन्: योयारिबका छोरा यदायाह र याकिन+ ११ अनि हिल्कियाहका छोरा सिरायाह। हिल्कियाह मेसुल्लामका, मेसुल्लाम सादोकका, सादोक मरायोथका र मरायोथ साँचो परमेश्वरको भवनका अगुवा अहितुबका+ छोरा थिए। १२ अनि परमेश्वरको भवनमा सेवा गर्ने तिनीहरूका दाजुभाइ पनि आए। तिनीहरू जम्मा ८२२ जना थिए। साथै आदायाह पनि आए, जो यरोहामका छोरा थिए। यरोहाम पलाल्याहका छोरा थिए। पलाल्याह अम्सीका छोरा थिए। अम्सी जकरियाका छोरा थिए। जकरिया पासुहरका+ छोरा थिए र पासुहर मल्कियाहका छोरा थिए। १३ आदायाहका दाजुभाइ पनि आए, जो आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए। तिनीहरू जम्मा २४२ जना थिए। अमास्सै पनि आए, जो अज्रेलका छोरा थिए। अज्रेल अहजैका छोरा थिए। अहजै मेसिल्लेमोथका छोरा थिए र मेसिल्लेमोथ इम्मेरका छोरा थिए। १४ अमास्सैका दाजुभाइ पनि आए, जो वीर र साहसी पुरुषहरू थिए। तिनीहरू जम्मा १२८ जना थिए। तिनीहरूमाथि जब्दिएललाई खटाइएको थियो। उनी खानदानी परिवारका थिए।
१५ लेवीहरूबाट यरुसलेममा बस्न आएकाहरू यी हुन्: सेमायाह,+ जो हास्सुबका छोरा, अज्रिकामका नाति र बुन्निका छोरा हासबियाहका पनाति थिए। १६ अनि लेवीहरूका अगुवाहरू साब्बथै+ र योजाबाद+ पनि आए। तिनीहरू साँचो परमेश्वरको भवनको निम्ति बन्दोबस्त मिलाउने कामको रेखदेख गर्थे। १७ साथै मत्तन्याह+ पनि आए, जो मिकाका छोरा थिए। मिका जब्दैका छोरा थिए र जब्दै आसापका+ छोरा थिए। मत्तन्याह गायन टोलीका अगुवा थिए; तिनी प्रार्थना गर्ने बेला गाइने परमेश्वरको स्तुतिगानको नेतृत्व लिन्थे।+ तिनका सहायक बक्बुक्याह पनि आए। साथै साम्मुअका छोरा अब्दा पनि आए। साम्मुअ गालालका छोरा थिए र गालाल यदुथुनका+ छोरा थिए। १८ पवित्र सहरमा बसोबास गर्न आएका लेवीहरूको जम्मा सङ्ख्या २८४ थियो।
१९ मूलढोकाहरूका ढोकेहरूबाट अक्कुब, तल्मोन+ र तिनीहरूका दाजुभाइ आए। तिनीहरू जम्मा १७२ जना थिए।
२० बाँकी इस्राएलीहरू, पुजारीहरू र लेवीहरूचाहिँ यहुदाका अरू सबै सहरमा, आफूले पैतृक सम्पत्तिस्वरूप पाएको आ-आफ्नो इलाकामा बसोबास गरे। २१ मन्दिरका सेवकहरू+ ओफेलमा बसोबास गर्थे।+ तिनीहरूमाथि जिहा र गिस्पालाई खटाइएको थियो।
२२ यरुसलेममा बस्ने लेवीहरूमाथि उज्जिलाई खटाइएको थियो। तिनी बानिका छोरा थिए। बानि हासबियाहका छोरा थिए। हासबियाह मत्तन्याहका+ छोरा थिए। मत्तन्याह मिकाका छोरा थिए। उज्जि आसापका सन्तान अर्थात् गायकहरूको घरानाका थिए। तिनी साँचो परमेश्वरको भवनमा गरिने कामको रेखदेख गर्थे। २३ यी गायकहरूको लागि हरेक दिन आवश्यक कुराहरूको प्रबन्ध मिलाइयोस् भनेर एउटा राजकीय उर्दी जारी गरिएको थियो।+ २४ पथहियाह राजाका सल्लाहकार थिए र तिनले मानिसहरूको हरेक मामिलामा राजालाई सल्लाह दिन्थे। तिनी मेसेजेबेलका छोरा थिए। मेसेजेबेल जेरहका सन्तान थिए। जेरह यहुदाका छोरा थिए।
२५ यहुदाका केही मानिस बसोबास गरेका इलाकाहरू र त्यसवरपरका ठाउँहरू यी थिए: किर्यथ-अर्बा+ र त्यसवरपरका सहरहरू, दिबोन र त्यसवरपरका सहरहरू, यकब्जेल+ र त्यसवरपरका बस्तीहरू, २६ यसुआ, मोलादाह,+ बेथ-पेलेत,+ २७ हजर-सुआल,+ बेर्सेबा र त्यसवरपरका सहरहरू, २८ जिक्लग,+ मेकोनाह र त्यसवरपरका सहरहरू, २९ एन-रिम्मोन,+ जोराह,+ यार्मुथ, ३० जानोह,+ अदुल्लाम र त्यसवरपरका बस्तीहरू, लाकिस+ र त्यसवरपरका ठाउँहरू अनि अजेकाह+ र त्यसवरपरका सहरहरू। तिनीहरूको बस्ती बेर्सेबादेखि हिन्नोम बेँसीसम्म फैलिएको थियो।+
३१ बिन्यामिनको कुलका मानिसहरू चाहिँ गेबा,+ मिक्मास, ऐया, बेथेल+ र त्यसवरपरका सहरहरू, ३२ अनातोत,+ नोब,+ अनन्याह, ३३ हजोर, रामा,+ गित्तैम, ३४ हदिद, जेबोइम्, नेबलत, ३५ लोद, ओनो+ अनि शिल्पकारहरूको बेँसीमा बसोबास गर्थे। ३६ यहुदाको कुलको इलाकामा बसोबास गर्ने लेवीहरूका केही दललाई पनि बिन्यामिनको कुलको इलाकामा बस्न खटाइयो।
१२ सालतिएलका छोरा+ यरुबाबेलसँग+ अनि यसुआसँग+ यरुसलेम आएका पुजारीहरू र लेवीहरू यी थिए: सिरायाह, यर्मिया, एज्रा, २ अमर्याह, मल्लुक, हात्तुस, ३ सेकन्याह, रहुम, मरेमोथ, ४ इद्दो, गिन्नेथोइ, अबियाह, ५ मियामिन, मादाहा, बिल्गा, ६ सेमायाह, योयारिब, यदायाह, ७ साल्लु, अमोक, हिल्कियाह र यदायाह। तिनीहरू यसुआको समयमा पुजारीहरू र आ-आफ्ना दाजुभाइका अगुवा थिए।
८ लेवीहरूमध्ये यसुआ, बिन्नुइ, कादमिएल,+ सेरेब्याह, यहुदा र मत्तन्याह+ आए। मत्तन्याह र उनका दाजुभाइ धन्यवादको गीत गाउने काममा नेतृत्व लिने गर्थे। ९ तिनीहरूका दाजुभाइ बक्बुक्याह र उन्निचाहिँ तिनीहरूको अगाडि उभिएर पहरा दिन्थे।* १० यसुआबाट योयाकिम जन्मिए। योयाकिमबाट एलियासिब+ जन्मिए। एलियासिबबाट योयादा+ जन्मिए। ११ योयादाबाट जोनाथन जन्मिए अनि जोनाथनबाट याद्दु जन्मिए।
१२ योयाकिमको समयमा यी पुजारीहरू आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए: सिरायाहको+ घरानामा मरायाह; यर्मियाको घरानामा हानन्याह; १३ एज्राको+ घरानामा मेसुल्लाम; अमर्याहको घरानामा यहोहानान; १४ मल्लुकिको घरानामा जोनाथन; सेबन्याहको घरानामा युसुफ; १५ हारिमको+ घरानामा अद्ना; मरायोथको घरानामा हेल्कै; १६ इद्दोको घरानामा जकरिया; गिन्नेथोनको घरानामा मेसुल्लाम; १७ अबियाहको+ घरानामा जिक्रि; मिन्यामिनको घरानामा . . . ;* मोआदिहको घरानामा पिल्तै; १८ बिल्गाको+ घरानामा साम्मुअ; सेमायाहको घरानामा यहोनाथान; १९ योयारिबको घरानामा मत्तनै; यदायाहको+ घरानामा उज्जि; २० साल्लैको घरानामा कल्लै; अमोकको घरानामा एबेर; २१ हिल्कियाहको घरानामा हासबियाह अनि यदायाहको घरानामा नेथनेल।
२२ एलियासिब, योयादा, योहानान र याद्दुको+ समयमा अर्थात् फारसी राजा दाराको शासनकालसम्ममा लेवीहरू र पुजारीहरूको बुबापट्टिको घरानाहरूका नाइकेहरूको नाम लेखिएको थियो।
२३ ती लेवीहरू, जो आ-आफ्नो बुबापट्टिको घरानाका नाइके थिए, तिनीहरूको नाम इतिहासको पुस्तकमा लेखिएको थियो। त्यस पुस्तकमा एलियासिबका छोरा योहानानको समयसम्मका घटनाहरू उल्लेख गरिएका थिए। २४ ती नाइकेहरू यी थिए: हासबियाह, सेरेब्याह र कादमिएलका+ छोरा यसुआ।+ तिनीहरूका दाजुभाइ अर्थात् पहरेदारहरू साँचो परमेश्वरका सेवक दाउदको निर्देशनअनुसारै परमेश्वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन तिनीहरूको सामने समूह-समूहमा खडा हुन्थे।+ २५ मत्तन्याह,+ बक्बुक्याह, ओबदियाह, मेसुल्लाम, तल्मोन र अक्कुब+ पहरेदार थिए।+ तिनीहरूले मन्दिरका ढोकाहरूनजिकै भएका भण्डारहरूमा पहरा दिन्थे। २६ तिनीहरूले योजादाकका नाति, यसुआका+ छोरा योयाकिमको समयमा अनि राज्यपाल नहेम्याह र पुजारी तथा प्रतिलिपिक* एज्राको+ समयमा सेवा गरे।
२७ यरुसलेमको पर्खालको उद्घाटन गर्ने बेला लेवीहरूलाई तिनीहरू बसोबास गरिरहेका सबै ठाउँबाट खोजेर यरुसलेम ल्याइयो। झ्याली, तारे बाजा र वीणा बजाएर धन्यवादको गीत गाउन र धूमधामसित पर्खालको उद्घाटन गर्न ती लेवीहरूलाई यरुसलेम ल्याइएको थियो।+ २८ गायकहरूका सन्तानलाई* नजिकैको जिल्लाबाट,* यरुसलेमको सबै ठाउँबाट, नेतोफाहीहरूको बस्तीहरूबाट,+ २९ बेथ-गिलगालबाट+ अनि गेबा+ र अज्मावेथका इलाकाहरूबाट+ जम्मा गरिएको थियो। किनकि तिनीहरूले यरुसलेमको चारैतिर आफ्नो बस्ती बसालेका थिए। ३० पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे अनि मानिसहरू,+ मूलढोकाहरू+ र पर्खाललाई+ पनि शुद्ध पारे।
३१ त्यसपछि मैले यहुदाका अगुवाहरूलाई पर्खालमाथि ल्याएँ। अनि मैले धन्यवादको गीत गाउने दुई वटा ठूला दल बनाएँ। ती दलको पछिपछि हिँड्न मैले मानिसहरूको दुई वटा समूह पनि बनाएँ। गायकहरूको एउटा दल दायाँतिर ‘खरानीको थुप्रोको ढोका’-तर्फ लाग्यो।+ ३२ त्यस दलको पछिपछि लाग्ने मानिसहरू यी थिए: होसायाह, यहुदाका अगुवाहरूमध्ये आधा मानिसहरू, ३३ अजर्याह, एज्रा, मेसुल्लाम, ३४ यहुदा, बिन्यामिन, सेमायाह र यर्मिया। ३५ पुजारीहरूका केही सन्तान पनि बिगुल लिएर तिनीहरूसँगै हिँडिरहेका थिए।+ तीमध्ये एक जना जकरिया थिए, जो जोनाथनका छोरा थिए। जोनाथन सेमायाहका छोरा थिए। सेमायाह मत्तन्याहका छोरा थिए। मत्तन्याह मिकायाहका छोरा थिए। मिकायाह जक्कुरका छोरा थिए र जक्कुर आसापका छोरा थिए।+ ३६ जकरियासँग तिनका दाजुभाइ सेमायाह, अज्रेल, मिललै, गिललै, माऐ, नेथनेल, यहुदा र हानानि पनि थिए। उनीहरू सबैले साँचो परमेश्वरका सेवक दाउदका बाजाहरू बोकेका थिए+ र प्रतिलिपिक एज्रा+ उनीहरूको अघिअघि हिँडे। ३७ तिनीहरूले फोहरा-ढोका हुँदै+ दाउदनगरको+ ‘सिँढी’+ पार गरे अनि तिनीहरू पर्खालको उकालो चढेर दाउदभवनको मास्तिर हुँदै पूर्वपट्टि पानी-ढोकातर्फ अघि बढे।+
३८ धन्यवादको गीत गाउने अर्को दलचाहिँ विपरीत दिशातर्फ अघि बढ्यो। अनि म बाँकी मानिसहरूसँगै त्यस दलको पछिपछि गएँ। त्यो दल तन्दुर धरहरा+ पार गरेर चौडा-पर्खालसम्म गयो।+ ३९ त्यसपछि त्यो दल एप्रैम-ढोका,+ ‘पुरानो सहरको ढोका’,+ माछा-ढोका,+ हननेल धरहरा+ र मेआ धरहरा पार गरेर भेडा-ढोकामा निस्क्यो+ अनि पहरेदार-ढोकामा आएर रोकियो।
४० केही समयपछि धन्यवादको गीत गाउने दुवै दल साँचो परमेश्वरको भवनअगाडि आइपुगे र त्यहीँ खडा भए। म पनि उप-शासकहरूको आधा दलसँगै त्यहाँ भेला भएँ। ४१ पुजारीहरू एलियाकिम, मासेयाह, मिन्यामिन, मिकायाह, एलियोनै, जकरिया र हानन्याह पनि बिगुल लिएर त्यहीँ खडा भए। ४२ त्यहाँ मासेयाह, सेमायाह, एलियाजार, उज्जि, यहोहानान, मल्कियाह, एलाम र एजेर पनि थिए। त्यसपछि इज्रहियाहको निगरानीमा गायकहरूले ठूलठूलो स्वरमा स्तुतिगान गाए।
४३ त्यस दिन तिनीहरूले परमेश्वरको निम्ति थुप्रै बलि चढाए अनि खुसीयाली मनाए+ किनकि साँचो परमेश्वरले तिनीहरूलाई असाध्यै खुसी हुने कारण दिनुभएको थियो। स्त्रीहरू र केटाकेटीले पनि खुसीयाली मनाए।+ यरुसलेममा यत्ति धूमधामसित खुसीयाली मनाइयो कि मानिसहरूको स्वर निकै टाढासम्म सुनियो।+
४४ त्यही दिन केही पुरुषलाई भण्डार-घरहरूको+ रेखदेख गर्न खटाइयो। ती भण्डार-घरहरूमा मानिसहरूले दिएको दान,+ उब्जनीको पहिलो फल+ र दशांश राखिन्थ्यो।+ ती पुरुषहरूले विभिन्न सहरको उब्जनीबाट पुजारीहरू तथा लेवीहरूको निम्ति व्यवस्थामा जति अंश तोकिएको थियो,+ त्यति अंश भण्डार-घरहरूमा ल्याएर राख्नुपर्थ्यो।+ यहुदाका मानिसहरूले यी सबै खुसीसाथ दिए किनकि पुजारीहरू र लेवीहरूले मन्दिरमा सेवा गरेका हुनाले तिनीहरू अत्यन्तै खुसी थिए। ४५ ती पुजारीहरू र लेवीहरूले परमेश्वरको सेवामा आफूले पाएको जिम्मेवारी पूरा गर्न थाले। तिनीहरूले मानिसहरूलाई र विभिन्न कुरालाई पवित्र पार्ने काम पनि गर्न थाले। गायकहरू र पहरेदारहरूले पनि दाउद र तिनका छोरा सुलेमानको निर्देशनअनुसारै आ-आफ्नो काम सम्हाले। ४६ किनकि धेरै समयअघि दाउद र आसापको समयमा गायकहरूलाई निर्देशन दिन अनि परमेश्वरको प्रशंसाको गीत र धन्यवादको गीत गाउनमा नेतृत्व लिन निर्देशकहरू खटाइएका हुन्थे।+ ४७ यरुबाबेलको समयमा+ र नहेम्याहको समयमा सबै इस्राएलीले गायकहरू+ र पहरेदारहरूलाई+ हरेक दिनको आवश्यकताअनुसार उनीहरूको भाग दिने गर्थे। तिनीहरूले लेवीहरूको निम्ति पनि भाग छुट्ट्याउने गर्थे।+ अनि लेवीहरूले चाहिँ हारुनका सन्तानको भाग छुट्ट्याएर राख्थे।
१३ त्यो दिन मानिसहरूलाई मोसाको पुस्तक पढेर सुनाइयो+ अनि त्यसमा कुनै पनि अम्मोनी वा मोआबी+ कहिल्यै साँचो परमेश्वरको समुदायको भाग हुन पाउँदैन भनेर लेखिएको पाइयो।+ २ किनकि तिनीहरूले इस्राएलीहरूलाई रोटी र पानी दिएका थिएनन् बरु उल्टै इस्राएलीहरूलाई सराप्न बालामलाई घुस दिएका थिए।+ तर हाम्रा परमेश्वरले त्यस सरापलाई आशिष्मा परिवर्तन गरिदिनुभयो।+ ३ व्यवस्थामा लेखिएको कुरा सुन्नेबित्तिकै इस्राएलीहरूले सबै विदेशी र तिनीहरूबाट जन्मेका सन्तानलाई इस्राएलबाट अलग पारे।+
४ यसअघिको कुरा हो, पुजारी एलियासिबले+ हाम्रा परमेश्वरको भवनको भण्डारहरूको*+ रेखदेख गर्थे र तिनी तोबियाका+ नातेदार थिए। ५ तिनले तोबियालाई एउटा ठूलो भण्डार-कोठा दिएका थिए, जुन कोठामा पहिले-पहिले अन्नभेटी, सेतो धूप* र भाँडाकुँडा राखिन्थ्यो। अनि त्यहाँ लेवीहरू,+ गायकहरू अनि ढोकेहरूको लागि छुट्ट्याइएको अन्नको दशांश,* नयाँ मद्य, तेल+ अनि पुजारीहरूको निम्ति दिइएको दान पनि राख्ने गरिन्थ्यो।+
६ त्यसबेला म यरुसलेममा थिइनँ किनकि बेबिलोनका राजा आर्टजारसेजको शासनकालको+ ३२ औँ वर्षमा म राजाकहाँ गएको थिएँ।+ अनि केही समयपछि मैले यरुसलेम फर्कन राजासित छुट्टी मागेँ। ७ त्यसपछि म यरुसलेम आएँ अनि एलियासिबले+ साँचो परमेश्वरको भवनको चोकमा भएको एउटा भण्डार-कोठा तोबियालाई+ दिएका रहेछन् भनेर थाह पाएँ। तिनको यस्तो घिनलाग्दो काम देखेर ८ मलाई एकदमै रिस उठ्यो। त्यसैले मैले भण्डार-कोठाबाट तोबियाको सम्पूर्ण सरसामान बाहिर फ्याँकिदिएँ। ९ त्यसपछि मेरो आदेशमा भण्डार-कोठाहरू सफा गरियो। अनि मैले त्यहाँ फेरि साँचो परमेश्वरको भवनका भाँडाकुँडा, अन्नभेटी र सेतो धूप+ राखेँ।+
१० लेवीहरूलाई उनीहरूको भाग+ दिइएको रहेनछ;+ त्यसैले लेवीहरू र गायकहरूले परमेश्वरको भवनमा सेवा गर्न छोडेर आ-आफ्नो खेतमा काम गर्न गएका रहेछन् भनेर पनि मैले थाह पाएँ।+ ११ त्यसैले मैले उप-शासकहरूलाई यसो भनेर हप्काएँ:+ “साँचो परमेश्वरको भवनलाई किन यसरी बेवास्ता गरिएको छ?”+ त्यसपछि मैले लेवीहरूलाई एकसाथ भेला गरेँ र उनीहरूलाई फेरि आ-आफ्नो काममा खटाएँ। १२ अनि यहुदाका सबै मानिसले भण्डार-कोठाहरूमा अन्नको दशांश,+ नयाँ मद्य र तेल ल्याए।+ १३ त्यसपछि मैले पुजारी सेलेम्याह, प्रतिलिपिक* सादोक र लेवीहरूमध्ये एक पदायाहलाई भण्डार-कोठाहरूको रेखदेख गर्ने जिम्मा दिएँ। मत्तन्याहका नाति, जक्कुरका छोरा हानान उनीहरूका सहायक थिए। यिनीहरू सबै भरोसायोग्य थिए। यिनीहरूले आफ्ना दाजुभाइलाई उनीहरूको भाग बाँड्ने जिम्मा पाएका थिए।
१४ हे मेरा परमेश्वर, मेरो यो काम सम्झनुहोस्।+ तपाईँको भवनको लागि र त्यहाँ गरिने सेवाको लागि मैले देखाएको अटल प्रेम नबिर्सनुहोस्।+
१५ त्यतिबेला मैले यहुदाका मानिसहरूले विश्रामदिनमा* कोलमा दाख पेलिरहेको,+ अन्नको थुप्रो लगाइरहेको र त्यसलाई गधामाथि लादिरहेको देखेँ। साथै मानिसहरूले मद्य, अङ्गुर, अन्जिर र विभिन्न किसिमका मालसामान यरुसलेममा भित्र्याइरहेको पनि देखेँ।+ त्यसैले मैले मानिसहरूलाई विश्रामदिनमा केही पनि किनबेच नगर्न चेतावनी दिएँ।* १६ यरुसलेममा बसोबास गर्ने टायरका मानिसहरूले पनि विश्रामदिनमा माछा र विभिन्न मालसामान ल्याएर यरुसलेम र यहुदाका मानिसहरूलाई बेचिरहेका थिए।+ १७ त्यसैले मैले यहुदाका गण्यमान्य मानिसहरूलाई यसो भनेर हप्काएँ: “तपाईँहरूले यस्तो दुष्ट काम गरेर विश्रामदिनलाई अपवित्र तुल्याउँदै हुनुहुन्छ। १८ तपाईँहरूका पुर्खाले पनि यस्तै काम गरेकोले हाम्रा परमेश्वरले हामीमाथि र यस सहरमाथि यी सबै विपत्ति ल्याउनुभएको होइन र? अब तपाईँहरू पनि विश्रामदिनलाई अपवित्र पारेर इस्राएलविरुद्ध परमेश्वरको क्रोधलाई अझ दन्काउँदै हुनुहुन्छ।”+
१९ त्यसैले साँझ पर्नुअघि अर्थात् विश्रामदिन सुरु हुनुअघि नै मैले यरुसलेमका मूलढोकाहरू बन्द गर्न र विश्रामदिन नसकुन्जेल ती नखोल्न आदेश दिएँ। अनि विश्रामदिनमा यरुसलेमभित्र कुनै पनि मालसामान नल्याइयोस् भनेर मैले आफ्ना केही सहायकलाई मूलढोकाहरूमा तैनाथ गराएँ। २० त्यसैले व्यापारीहरू र विभिन्न मालसामान बेच्नेहरूले एक-दुई पटक यरुसलेमबाहिरै रात बिताए। २१ तब मैले तिनीहरूलाई यसो भनेर चेतावनी दिएँ: “तिमीहरू यहाँ के गर्दै छौ? तिमीहरूलाई फेरि पनि यसरी पर्खालको अगाडि रात बिताएको भेटेँ भने म तिमीहरूलाई यहाँबाट लघार्नेछु।” त्यस दिनदेखि तिनीहरू विश्रामदिनमा यरुसलेम आउन छोडे।
२२ मैले लेवीहरूलाई नियमित रूपमा आफूलाई शुद्ध पार्न अनि विश्रामदिनलाई पवित्र राख्नको लागि मूलढोकाहरूमा पहरा दिन आदेश दिएँ।+ हे मेरा परमेश्वर, मैले गरेको यस कामलाई पनि नबिर्सनुहोस्। तपाईँ अटल प्रेमको खानी हुनुहुन्छ; त्यसैले ममाथि दया गर्नुहोस्।+
२३ त्यस समयमा मैले के पनि थाह पाएँ भने केही यहुदीले अस्दोदी,+ अम्मोनी र मोआबी+ स्त्रीहरूसित विवाह गरेका रहेछन्।+ २४ तिनीहरूबाट जन्मिएका सन्तानमध्ये आधाले अस्दोदी र आधाले चाहिँ अरू जातिहरूका भाषा बोलिरहेका थिए। तर उनीहरूमध्ये कसैले पनि यहुदी भाषा बोल्न जान्दैनथ्यो। २५ त्यसैले मैले ती मानिसहरूलाई हप्काएँ, तिनीहरूमध्ये केहीलाई पिटेँ + अनि तिनीहरूको कपाल लुछेँ र तिनीहरूलाई यसो भनेँ: “परमेश्वरको नाममा यो कसम खाओ कि तिमीहरूले आफ्ना छोरीहरूको विवाह उनीहरूको छोराहरूसँग गराइदिनेछैनौ र तिमीहरूले पनि आफ्नो लागि वा आफ्ना छोराहरूको लागि उनीहरूका छोरीहरू ल्याउनेछैनौ।+ २६ के यही कारणले गर्दा इस्राएलका राजा सुलेमानले पनि पाप गरेका थिएनन् र? तिनीजस्तो राजा अरू कुनै राष्ट्रमा थिएन+ अनि तिनका परमेश्वरले तिनलाई माया गर्नुहुन्थ्यो।+ त्यसैले परमेश्वरले तिनलाई पूरै इस्राएलको राजा बनाउनुभयो। तर तिनले समेत आफ्ना विदेशी पत्नीहरूको लहलहैमा लागेर पाप गरे।+ २७ अब तिमीहरू पनि विदेशी स्त्रीहरूसित विवाह गरेर घोर दुष्ट काम गर्दै छौ र हाम्रा परमेश्वरसित विश्वासघात गर्दै छौ।+ कस्तो पत्याउनै नसकिने कुरा!”
२८ प्रधानपुजारी एलियासिबका+ छोरा योयादाका+ एक जना छोराले होरोनी सन्बलतकी+ छोरीसित विवाह गरेका थिए। त्यसैले मैले तिनलाई मेरो नजरबाट धपाइदिएँ।
२९ हे मेरा परमेश्वर, ती मानिसहरूलाई नबिर्सनुहोस् किनकि तिनीहरूले पुजारी पदलाई अपवित्र पारेका छन् अनि पुजारीहरू+ र लेवीहरूसित गरिएको करार+ भङ्ग गरेका छन्।
३० त्यसपछि मैले तिनीहरूलाई विदेशीहरूको हरेक खराब असरदेखि अलग गरेर शुद्ध पारेँ अनि पुजारीहरू र लेवीहरूलाई तिनीहरूको आ-आफ्नै सेवामा फेरि नियुक्त गरेँ।+ ३१ अनि मैले परमेश्वरको भवनमा ठहराइएका समयहरूमा दाउरा ल्याउने+ र उब्जनीको पहिलो फल ल्याउने बन्दोबस्त मिलाएँ।
हे मेरा परमेश्वर, मलाई नबिर्सनुहोस् र ममाथि कृपा देखाउनुहोस्।*+
यसको अर्थ हो, “याहले सान्त्वना दिनुहुन्छ।”
अर्थात्, आर्टजारसेजको।
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
वा “सुसा।”
वा “महलमा।”
शब्दावली हेर्नुहोस्।
वा “चेतावनी।”
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
यसले युफ्रेटिस नदीको पश्चिममा पर्ने इलाकालाई जनाउँछ।
वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
वा “समर्पण गरे।”
यसले युफ्रेटिस नदीको पश्चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।
लगभग ४४५ मिटर (१,४६० फिट)। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा सम्भवतः “नजिकैको जिल्लाका।”
वा “नेथिनिमहरूले।” शा., “दिइएका मानिसहरूले।”
शा., “१० चोटि।”
वा “चर्को ब्याज।”
शा., “सय भागको एक भाग।” यसले मासिक एक प्रतिशत ब्याजलाई जनाउँछ।
वा “यस्तै होस्!”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “मेरो खर्चमा तयार पार्न लगाउँथेँ।”
वा “मेरो भलो गर्नुहोस्।”
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
यस अध्यायको कुनै-कुनै पदमा “सन्तान”-ले “बासिन्दा”-लाई पनि जनाउन सक्छ।
वा “नेथिनिमहरू।” शा., “दिइएका मानिसहरू।”
वा “तिनीहरू अशुद्ध ठहरिए र तिनीहरूलाई पुजारीको रूपमा सेवा गर्न दिइएन।”
वा “तिर्सथाले।” प्रान्तका राज्यपाललाई दिइने फारसी उपाधि।
शब्दावली हेर्नुहोस्।
अर्थात्, मन्दिर पुनर्निर्माण गर्ने कामको।
वा “मन्दिरको कोषको लागि।”
यो सुनको फारसी सिक्का दारिकबराबर हो भन्ने मान्यता छ, जसको तौल ८.४ ग्राम थियो। तर यो ग्रीक धर्मशास्त्रमा उल्लेख गरिएको ड्राक्माचाहिँ होइन। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
हिब्रू धर्मशास्त्रमा एक मीना भनेको ५७० ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “शास्त्री।”
वा “यस्तै होस्!”
वा “तिर्सथा।” प्रान्तका राज्यपाललाई दिइने फारसी उपाधि।
वा “तिमीहरूको बल हो।”
शब्दावली हेर्नुहोस्।
वा “युगौँयुगसम्म।”
यसले आकाशका ग्रह-नक्षत्रलाई पनि जनाएको हुन सक्छ।
वा “इजिप्टमा।”
मिश्रका राजाहरूको एउटा उपाधि।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
वा “तिनीहरूलाई कुल्चीमिल्ची गर्थे।”
वा “चेतावनीहरू।”
वा “तिर्सथा।” प्रान्तका राज्यपाललाई दिइने फारसी उपाधि।
वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”
वा सम्भवतः “जो-जो बुझ्न सक्ने उमेरका थिए।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “भोजनकक्षहरूमा।” शब्दावली हेर्नुहोस्।
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “नेथिनिमहरू।” शा., “दिइएका मानिसहरू।”
वा सम्भवतः “सेवा गर्ने बेला तिनीहरूको अगाडि उभिन्थे।”
स्पष्ट छ, हिब्रू धर्मशास्त्रमा यहाँ कुनै नाम उल्लेख गरिएको छैन।
वा “शास्त्री।”
वा “तालिमप्राप्त गायकहरूलाई।”
अर्थात्, यर्दनवरपरको जिल्लाबाट।
वा “भोजनकक्षहरूको।”
शब्दावली हेर्नुहोस्।
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्।
वा “शास्त्री।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
वा सम्भवतः “त्यसैले मैले त्यस दिन मानिसहरूलाई केही पनि किनबेच नगर्न चेतावनी दिएँ।”
वा “मेरो भलो गर्नुहोस्।”