प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt लेवी १:१-२७:३४
  • लेवी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लेवी
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
लेवी

लेवी

१ अनि यहोवा परमेश्‍वरले मोसालाई बोलाउनुभयो र भेट हुने पालबाट*+ तिनलाई यसो भन्‍नुभयो: २ “इस्राएलीहरूलाई भन, ‘यदि तिमीहरूमध्ये कसैले आफ्नो घरपालुवा जनावर यहोवाको निम्ति भेटी चढाउन चाहन्छौ भने त्यो जनावर आफ्नो गाईवस्तु वा भेडाबाख्राको बगालबाट ल्याउनू।+

३ “‘त्यो अग्निभेटी* गाईवस्तुमध्येबाट ल्याइएको हो भने उसले निष्खोट बहर चढाओस्‌।+ उसले त्यसलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याओस्‌ र राजीखुसीले यहोवा परमेश्‍वरसामु चढाओस्‌।+ ४ उसले त्यस अग्निभेटीको टाउकोमाथि आफ्नो हात राखोस्‌। परमेश्‍वरले उसको पापको प्रायश्‍चित होस्‌ भनेर त्यो भेटी स्विकार्नुहुनेछ।

५ “‘त्यसपछि त्यस बहरलाई यहोवा परमेश्‍वरसामु मारियोस्‌ अनि हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले+ त्यसको रगत ल्याऊन्‌ र भेट हुने पालको प्रवेशद्वारनजिक भएको वेदीको चारैतिर छर्कून्‌।+ ६ अनि अग्निभेटीको लागि तयार पारिएको जनावरको छाला काढेर त्यसलाई टुक्राटुक्रा पार्नू।+ ७ हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले वेदीमा आगो बालून्‌+ र आगोमा दाउरा मिलाएर राखून्‌। ८ हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले त्यस जनावरको टाउको, बोसो* र मासुका टुक्राहरूलाई वेदीमा जलिरहेको दाउरामाथि मिलाएर राखून्‌।+ ९ त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाल्नू र पुजारीले ती सबैलाई अग्निभेटीको रूपमा वेदीमाथि जलाऊन्‌।* यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+

१० “‘त्यो अग्निभेटी भेडाबाख्राको बगालबाट ल्याइएको हो भने+ उसले भेडाको अथवा बाख्राको निष्खोट पाठो चढाओस्‌।+ ११ त्यसलाई यहोवा परमेश्‍वरसामु वेदीको उत्तरतिर काट्‌नू अनि हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्‌।+ १२ त्यस जनावरलाई टुक्राटुक्रा पार्नू अनि पुजारीले टाउको, बोसो र ती टुक्राहरूलाई वेदीमा जलिरहेको दाउरामाथि मिलाएर राखून्‌। १३ त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाल्नू र पुजारीले ती सबैलाई वेदीमाथि जलाऊन्‌। यो अग्निभेटी हो, आगोमा जलाएर चढाइने भेटी, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।

१४ “‘तर यहोवा परमेश्‍वरलाई अग्निभेटीको रूपमा चराचुरुङ्‌गी चढाउने हो भने उसले परेवाको बचेरा वा ढुकुर चढाओस्‌।+ १५ पुजारीले त्यसलाई वेदीमा ल्याएर त्यसको घाँटी निचोरून्‌ र त्यसलाई वेदीमाथि जलाऊन्‌ तर रगतचाहिँ वेदीको छेउमा निथारियोस्‌। १६ त्यसको गाँड निकाल्नू र भुत्ला खुइलाउनू अनि वेदीको पूर्वपट्टि खरानी* भएको ठाउँमा फ्याँक्नू।+ १७ त्यसलाई दुई फ्याक नपारी पखेटाहरूबाट चिर्नू। त्यसपछि पुजारीले त्यसलाई वेदीमा बलिरहेको दाउरामाथि जलाऊन्‌। यो अग्निभेटी हो, आगोमा जलाएर चढाइने भेटी, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।

२ “‘यदि कसैले यहोवा परमेश्‍वरको निम्ति अन्‍नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्‌। उसले त्यसमा तेल खन्याओस्‌ र त्यसमाथि सेतो धूप* छर्कोस्‌।+ २ उसले त्यसलाई हारुनको सन्तान अर्थात्‌ पुजारीहरूकहाँ ल्याओस्‌। पुजारीले एक मुठी मसिनो पीठो, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्‌।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ। ३ अन्‍नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ।+ यो महापवित्र छ+ र यो यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीकै भाग हो।

४ “‘तन्दुरमा* पकाइएको अन्‍नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी वा तेल दलेको अखमिरा पापडी होस्‌।+

५ “‘तावामा पकाइएको अन्‍नभेटी चढाउने हो भने+ त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको अखमिरा रोटी होस्‌। ६ त्यसलाई टुक्राटुक्रा पारेर त्यसमाथि तेल खन्याउनू।+ यो अन्‍नभेटी हो।

७ “‘ताप्केमा पकाइएको अन्‍नभेटी चढाउने हो भने त्यो रोटी तेलमा मुछेर बनाइएको मसिनो पीठोको रोटी होस्‌। ८ यी चिजहरूद्वारा तयार पारिएको अन्‍नभेटी यहोवा परमेश्‍वरसामु ल्याएर पुजारीलाई दिनू अनि तिनले त्यसलाई वेदीको नजिक लैजानेछन्‌। ९ अनि पुजारीले अलिकति अन्‍नभेटी लिएर त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप+ वेदीमा जलाउनेछन्‌। यस अन्‍नभेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ।+ १० अन्‍नभेटीको बाँकी भाग हारुन र तिनका सन्तानको हुनेछ। यो महापवित्र छ र यो यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउने भेटीकै भाग हो।+

११ “‘यहोवा परमेश्‍वरलाई खमिर* भएको अन्‍नभेटी नचढाउनू+ किनकि यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउने भेटीमा खमिरा पीठो* अथवा मह* हुनु हुँदैन।

१२ “‘तिमीहरूले खमिरा पीठो र मह पहिलो फलको रूपमा यहोवा परमेश्‍वरलाई चढाउन सक्छौ+ तर त्यसलाई मीठो बास्ना आउने भेटीको रूपमा वेदीमा नजलाउनू।

१३ “‘तिमीहरूका सबै अन्‍नभेटीमा नुन हाल्नू; अन्‍नभेटी चढाउँदा नुन हाल्न नबिर्सनू किनकि नुनले तिमीहरूलाई परमेश्‍वरको करारको सम्झना गराउनेछ। तिमीहरूको सबै भेटीमा नुन मिसाउनू।+

१४ “‘आफ्नो उब्जनीको पहिलो फल यहोवा परमेश्‍वरलाई अन्‍नभेटीको रूपमा चढाउने हो भने नयाँ अन्‍न* आगोमा भुट्‌नू अनि त्यसलाई खस्रो हुनेगरि कुटेर चढाउनू। यो तिमीहरूको पहिलो फलबाट चढाइएको अन्‍नभेटी हुनेछ।+ १५ त्यसमा तेल खन्याउनू र सेतो धूप छर्कनू। यो अन्‍नभेटी हो। १६ पुजारीले खस्रो हुनेगरि कुटिएको अलिकति अन्‍न, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर त्यसलाई सम्पूर्ण भेटीको प्रतीकस्वरूप वेदीमा जलाऊन्‌।+ यो यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटी हो।

३ “‘कसैले गाईवस्तुको बगालबाट मेलबलि* चढाउने हो भने,+ चाहे त्यो जनावर भाले होस्‌ वा पोथी, उसले यहोवा परमेश्‍वरसामु निष्खोट जनावर चढाओस्‌। २ उसले त्यस जनावरको टाउकोमा हात राखोस्‌ र त्यो जनावर भेट हुने पालको* प्रवेशद्वारनजिकै काटियोस्‌ अनि हारुनको सन्तान अर्थात्‌ पुजारीहरूले वेदीको चारैतिर त्यसको रगत छर्कून्‌। ३ उसले मेलबलिका यी भागहरू यहोवा परमेश्‍वरको निम्ति आगोमा बलि चढाओस्‌:+ आन्द्राभुँडी ढाक्ने बोसो,+ आन्द्रासँगै टाँसिएको सबै बोसो, ४ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्‌।+ ५ हारुनको सन्तानले त्यसलाई वेदीको दाउरामा जलिरहेको अग्निभेटीमाथि राखेर जलाऊन्‌।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+

६ “‘भेडाबाख्राको बगालबाट यहोवा परमेश्‍वरलाई मेलबलि चढाउने हो भने उसले निष्खोट भाले वा पोथी चढाओस्‌।+ ७ यदि उसले भेडाको पाठो बलि चढाउने हो भने उसले त्यसलाई यहोवा परमेश्‍वरसामु ल्याओस्‌। ८ उसले त्यस जनावरको टाउकोमा हात राखोस्‌ र त्यो जनावर भेट हुने पालको अगाडि काटियोस्‌ अनि हारुनको सन्तानले वेदीको चारैतिर त्यसको रगत छर्कून्‌। ९ उसले मेलबलिको बोसो आगोमा जलाएर यहोवा परमेश्‍वरको निम्ति चढाओस्‌।+ उसले ढाडनेरको बोसेपुच्छर* काटेर निकालोस्‌। साथै आन्द्राभुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको सबै बोसो, १० कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो निकालोस्‌। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्‌।+ ११ अनि पुजारीले ती सबैलाई भोजनको* रूपमा वेदीमा जलाऊन्‌। यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने बलि हो।+

१२ “‘यदि बाख्राको बलि चढाउने हो भने उसले त्यसलाई यहोवा परमेश्‍वरसामु ल्याओस्‌। १३ उसले त्यस जनावरको टाउकोमा हात राखोस्‌ र त्यो जनावर भेट हुने पालको अगाडि काटियोस्‌ अनि हारुनको सन्तानले वेदीको चारैतिर त्यसको रगत छर्कून्‌। १४ उसले यहोवा परमेश्‍वरको निम्ति आगोमा यी कुराहरू चढाओस्‌: आन्द्राभुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको सबै बोसो,+ १५ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्‌। १६ अनि पुजारीले ती सबैलाई भोजनको रूपमा वेदीमा जलाऊन्‌। यो आगोमा जलाएर चढाइने भेटी हो, जसबाट परमेश्‍वरलाई मन पर्ने बास्ना निस्कन्छ। बोसोजति सबै यहोवा परमेश्‍वरकै हुन्‌।+

१७ “‘तिमीहरू जहाँ बसे पनि यो नियम तिमीहरूका पुस्तौँपुस्तासम्म लागू हुनेछ: तिमीहरूले बोसो र रगत खाँदै नखानू।’”+

४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कसैले यहोवाले नगर्नू भन्‍नुभएको कुनै काम गरेर अनजानमा पाप गऱ्‍यो भने+ यसो गर्नू:

३ “‘यदि अभिषिक्‍त पुजारीको+ पापले गर्दा+ सारा इस्राएलीहरू दोषी भए भने तिनले आफूले गरेको पापको निम्ति पापभेटीको* रूपमा यहोवा परमेश्‍वरलाई निष्खोट बहर चढाऊन्‌।+ ४ तिनले त्यो बहर भेट हुने पालको* अगाडि यहोवा परमेश्‍वरसामु ल्याऊन्‌,+ त्यसको टाउकोमा हात राखून्‌ र त्यसलाई यहोवा परमेश्‍वरसामु काटून्‌।+ ५ अनि अभिषिक्‍त पुजारीले+ बहरको अलिकति रगत भेट हुने पालभित्र ल्याऊन्‌। ६ त्यसपछि पुजारीले रगतमा औँला चोपेर+ पवित्र ठाउँको पर्दाअगाडि यहोवा परमेश्‍वरसामु सात पल्ट छर्कून्‌।+ ७ पुजारीले भेट हुने पालभित्र यहोवा परमेश्‍वरसामु भएको सुगन्धित धूप बाल्ने वेदीका सिङहरूमा अलिकति रगत लगाइदेऊन्‌;+ बाँकी रगतचाहिँ भेट हुने पालको प्रवेशद्वारनजिकै भएको अग्निभेटी चढाउने वेदीको मुनिपट्टि खन्याइदेऊन्‌।+

८ “‘तिनले पापभेटीको रूपमा चढाउन ल्याइएको बहरको सबै बोसो झिकून्‌: आन्द्रा-भुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको बोसो, ९ दुइटै मिर्गौला र त्यसमा भएको बोसो अर्थात्‌ कम्मरनेरको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्‌।+ १० मेलबलिको बहरको बोसो झिकेझैँ यसको पनि झिकून्‌।+ अनि पुजारीले त्यसलाई अग्निभेटी चढाउने वेदीमा जलाऊन्‌।*

११ “‘तर बहरको छाला, मासु, टाउको, खुट्टा, आन्द्रा अनि गोबर+ १२ अर्थात्‌ बाँकी सबै भाग छाउनीबाहिर खरानी* फ्याँक्ने सफा ठाउँमा लगियोस्‌ र त्यहाँ दाउरामाथि राखेर जलाइयोस्‌।+ ती सबै खरानी फ्याँक्ने ठाउँमै जलाइयोस्‌।

१३ “‘यदि इस्राएलीहरूको सारा समुदायले अनजानमा कुनै पाप गरेर तिनीहरू त्यसको दोषी भए+ तर यहोवाले जे नगर्नू भन्‍नुभएको थियो, त्यो गरेको तिनीहरूले चाल पाएनन्‌+ १४ र पछि तिनीहरूको पाप प्रकट भयो भने समुदायले पापभेटीको रूपमा बहर चढाऊन्‌ र त्यसलाई भेट हुने पालको अगाडि ल्याऊन्‌। १५ समुदायका नाइकेहरूले यहोवा परमेश्‍वरसामु त्यस बहरको टाउकोमा हात राखून्‌ र त्यसलाई यहोवा परमेश्‍वरसामु काटियोस्‌।

१६ “‘अनि अभिषिक्‍त पुजारीले बहरको अलिकति रगत भेट हुने पालमा ल्याऊन्‌। १७ त्यसपछि पुजारीले रगतमा औँला चोपेर वासस्थानको पर्दाअगाडि यहोवा परमेश्‍वरसामु सात पल्ट छर्कून्‌।+ १८ पुजारीले भेट हुने पालभित्र यहोवा परमेश्‍वरसामु भएको वेदीका सिङहरूमा अलिकति रगत लगाइदेऊन्‌+ अनि बाँकी रगतचाहिँ भेट हुने पालको प्रवेशद्वारनजिकै भएको अग्निभेटी चढाउने वेदीको मुनिपट्टि खन्याइदेऊन्‌।+ १९ तिनले त्यसको सबै बोसो झिकून्‌ र वेदीमा जलाऊन्‌।+ २० तिनले त्यस बहरलाई पनि पापभेटीको लागि चढाइएको अर्को बहरलाई जस्तै गरून्‌। तिनले यसै गरून्‌; तिनले समुदायको निम्ति प्रायश्‍चित गरिदेऊन्‌+ र तिनीहरूको पाप क्षमा हुनेछ। २१ यस बहरलाई पनि छाउनीबाहिर लगेर पापभेटीको पहिलो बहरलाई जस्तैगरि जलाइयोस्‌।+ यो समुदायको निम्ति चढाइने पापभेटी हो।+

२२ “‘यदि कुनै कुलनायकले+ यहोवाले नगर्नू भन्‍नुभएको काम गरेर अनजानमा पाप गऱ्‍यो र दोषी भयो २३ अथवा परमेश्‍वरको आज्ञा तोडेर आफूले पाप गरेछु भनेर चाल पायो भने उसले भेटी चढाउन बाख्राको निष्खोट पाठो ल्याओस्‌। २४ उसले त्यस पाठोको टाउकोमा हात राखोस्‌ र त्यसलाई अग्निभेटीको जनावर काट्‌ने ठाउँमा यहोवा परमेश्‍वरसामु काटोस्‌।+ यो पापभेटी हो। २५ पुजारीले पापभेटीको रगतमा आफ्नो औँला चोपून्‌ र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन्‌+ अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्‌।+ २६ मेलबलिको बोसो जस्तैगरि तिनले यसको सबै बोसो वेदीमा जलाऊन्‌।+ अनि तिनले ती कुलनायकको निम्ति प्रायश्‍चित गरिदिनेछन्‌ र उसको पाप क्षमा हुनेछ।

२७ “‘यदि सर्वसाधारणमध्ये कसैले यहोवाले नगर्नू भन्‍नुभएको काम गरेर अनजानमा पाप गऱ्‍यो र दोषी भयो+ २८ अथवा परमेश्‍वरको आज्ञा तोडेर आफूले पाप गरेछु भनेर चाल पायो भने उसले भेटी चढाउन बाख्राको निष्खोट पाठी ल्याओस्‌। २९ पापभेटीको रूपमा चढाइने त्यस पाठीको टाउकोमा उसले हात राखोस्‌ र त्यसलाई अग्निभेटीको जनावर काट्‌ने ठाउँमै काटोस्‌।+ ३० पुजारीले त्यसको रगतमा आफ्नो औँला चोपून्‌ र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन्‌ अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्‌।+ ३१ तिनले मेलबलिको बोसोजस्तैगरि+ यसको पनि सबै बोसो झिकेर+ वेदीमा जलाऊन्‌; यसबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ। अनि पुजारीले उसको निम्ति प्रायश्‍चित गरिदिनेछन्‌ र उसको पाप क्षमा हुनेछ।

३२ “‘तर पापभेटीको रूपमा भेडा चढाउने हो भने उसले निष्खोट पाठी ल्याओस्‌। ३३ पापभेटीको रूपमा चढाइने त्यस पाठीको टाउकोमा उसले हात राखोस्‌ र त्यसलाई अग्निभेटीको जनावर काट्‌ने ठाउँमै काटोस्‌।+ ३४ पुजारीले त्यसको रगतमा आफ्नो औँला चोपून्‌ र अग्निभेटीको वेदीका सिङहरूमा त्यो रगत लगाइदेऊन्‌+ अनि बाँकी रगतचाहिँ अग्निभेटी चढाउने वेदीकै मुनिपट्टि खन्याइदेऊन्‌। ३५ तिनले मेलबलिको रूपमा चढाइएको भेडाको पाठोको बोसोजस्तैगरि यसको पनि सबै बोसो झिकून्‌ र यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको भेटीमाथि राखेर यसलाई जलाऊन्‌+ अनि पुजारीले उसको निम्ति प्रायश्‍चित गरिदिनेछन्‌ र उसको पाप क्षमा हुनेछ।+

५ “‘यदि कोही व्यक्‍ति कुनै घटनाको प्रत्यक्षदर्शी हो वा उसले त्यस घटनासम्बन्धी कुनै कुरा देख्यो वा सुन्यो भने ऊ त्यस घटनाको साक्षी हुन्छ। त्यसबारे जनसमक्ष बताउन बोलाइँदा* उसले केही बोलेन भने त्यो पाप हो;+ उसले आफ्नो पापको सजाय भोग्नेछ।

२ “‘अथवा कसैले अशुद्ध जङ्‌गली जनावर वा अशुद्ध घरपालुवा जनावरको सिनु अथवा झुन्डमा रहने अशुद्ध जीवको* सिनु छोयो भने+ ऊ अशुद्ध हुनेछ; उसले त्यो अनजानमै छोएको भए तापनि ऊ दोषी ठहरिनेछ। ३ अथवा कसैले अनजानमा कुनै अशुद्ध थोक वा अशुद्ध मानिसलाई छोयो भने+ र त्यसबारे उसलाई पछि थाह भयो भने ऊ दोषी ठहरिनेछ।

४ “‘अथवा कसैले असल गर्नको लागि होस्‌ वा खराब गर्नको लागि, राम्ररी सोच्दै नसोची कसम खायो र आफूले सोचविचारै नगरी कसम खाएछु भनेर पछि मात्र महसुस गऱ्‍यो भने पनि ऊ दोषी ठहरिनेछ।*+

५ “‘यीमध्ये कुनै कुरामा ऊ दोषी ठहरियो भने आफूले कुनचाहिँ पाप गरेको हो, त्यो उसले स्विकारोस्‌।+ ६ अनि आफूले गरेको पापको लागि उसले दोषभेटीको* जनावर यहोवा परमेश्‍वरसामु ल्याओस्‌।+ बगालबाट ल्याएको त्यो भेडाको पाठी वा बाख्राको पाठीलाई उसले पापभेटीको रूपमा चढाओस्‌। अनि पुजारीले उसको पापको प्रायश्‍चित गरिदेऊन्‌।

७ “‘यदि ऊसित भेडाबाख्राको बगालबाट भेटी चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा आफ्नो पापको दोषभेटीस्वरूप यहोवा परमेश्‍वरसामु ल्याओस्‌+—एउटा पापभेटीको निम्ति र अर्को अग्निभेटीको निम्ति।+ ८ उसले पुजारीकहाँ ती ल्याओस्‌। पुजारीले दुई वटा चरामध्ये एउटालाई पापभेटीको निम्ति चढाऊन्‌; तिनले त्यसको घाँटी निचोरून्‌ तर टाउको भने नचुँडाऊन्‌। ९ तिनले पापभेटीको अलिकति रगत वेदीको छेउमा छर्कून्‌ र बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदेऊन्‌।+ यो पापभेटी हो। १० पुजारीले अर्को चरालाई अग्निभेटी चढाउने नियमित प्रक्रियाअनुरूपै चढाऊन्‌।+ अनि पुजारीले त्यस मानिसले गरेको पापको लागि उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाउनेछ।+

११ “‘यदि ऊसित दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा चढाउने औकात छैन भने उसले पापभेटीस्वरूप एपाको दस भागको एक भाग* मसिनो पीठो ल्याओस्‌।+ उसले त्यसमा तेल नमिसाओस्‌ र सेतो धूप* पनि नहालोस्‌ किनकि यो पापभेटी हो। १२ उसले त्यसलाई पुजारीकहाँ ल्याओस्‌। अनि पुजारीले एक मुठी मसिनो पीठो सम्पूर्ण भेटीको प्रतीकस्वरूप* लेऊन्‌ र त्यसलाई यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको भेटीमाथि राखेर जलाऊन्‌।* यो पापभेटी हो। १३ उसले यीमध्ये जुनसुकै पाप गरेको भए पनि उसको पापको निम्ति पुजारीले प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाउनेछ।+ पापभेटीको बाँकी भाग अन्‍नभेटीको बाँकी भागजस्तै+ पुजारीकै हुनेछ।’”+

१४ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १५ “यदि कसैले अनजानमै यहोवा परमेश्‍वरलाई चढाइएका पवित्र थोकहरूविरुद्ध पाप गरेर उहाँको आज्ञा उल्लङ्‌घन गर्छ भने+ उसले बगालबाट दोषभेटीस्वरूप एउटा निष्खोट थुमा यहोवा परमेश्‍वरसामु ल्याओस्‌;+ त्यो थुमाको मोल चाँदीको शेकेलअनुसार* कति हुनुपर्छ भनेर पुजारीले बताऊन्‌। त्यो मोल पवित्र ठाउँको चाँदीको शेकेलअनुसार* हुनुपर्छ।+ १६ उसले पवित्र ठाउँविरुद्ध गरेको पापको लागि क्षतिपूर्ति दिनुका साथै त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्‌।+ उसले त्यो पुजारीलाई देओस्‌ र पुजारीले उसको निम्ति प्रायश्‍चित गर्न+ दोषभेटीको थुमा चढाउनेछन्‌ अनि उसले क्षमा पाउनेछ।+

१७ “यहोवा परमेश्‍वरले नगर्नू भन्‍नुभएको काम गरेर कसैले पाप गऱ्‍यो भने, चाहे त्यो उसले अनजानमै गरेको किन नहोस्‌, ऊ दोषी ठहरिनेछ; उसले आफ्नो पापको सजाय भोग्नेछ।+ १८ उसले तोकिएको मोलबराबरको एउटा निष्खोट थुमा आफ्नो बगालबाट छानोस्‌ र दोषभेटी चढाउन पुजारीसामु ल्याओस्‌।+ अनि उसले अनजानमा गरेको गल्तीको लागि पुजारीले उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र उसले क्षमा पाउनेछ। १९ यो दोषभेटी हो। उसले यहोवा परमेश्‍वरविरुद्ध पाप गरेकोले ऊ साँच्चै दोषी हुन्छ।”

६ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “यदि कसैले छिमेकीले बन्धकी राख्न दिएको वा जिम्मामा सुम्पेको सामान फेरबदल गरेर+ वा छिमेकीलाई लुटेर वा ठगेर यहोवा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्छ भने उसले पाप गरेको हुन्छ।+ ३ अथवा कसैको हराएको चिज भेट्टाउँदा त्यसको विषयमा झूट बोल्छ भने उसले पाप गरेको हुन्छ। यीमध्ये कुनै पनि पाप गरेर आफूले त्यस्तो गरेको छैन भनेर झूटो कसम खान्छ भने+ उसले यसो गरोस्‌: ४ यदि उसले पाप गरेको हो र ऊ दोषी छ भने आफूले चोरेको, लुटेको, ठगेको, आफूलाई राख्न दिइएको वा आफूले भेट्टाएको सामान फिर्ता गरोस्‌। ५ अथवा उसले झूटो कसम खाएर आफूसित राखेको जुनसुकै चिज फिर्ता गरोस्‌। उसले त्यसको पूरा क्षतिपूर्ति तिर्नुका साथै+ त्यसको पाँच भागको एक भाग पनि थपेर देओस्‌। ऊ जुन दिन दोषी ठहरिन्छ, त्यही दिन त्यो सबै जसको हो, उसैलाई फर्काओस्‌। ६ अनि उसले तोकिएको मोलबराबरको एउटा निष्खोट थुमा बगालबाट छानोस्‌ र दोषभेटीको रूपमा यहोवा परमेश्‍वरलाई चढाउन पुजारीकहाँ ल्याओस्‌।+ ७ अनि पुजारीले यहोवा परमेश्‍वरसामु उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र ऊ यीमध्ये जुनसुकै गल्तीको लागि दोषी ठहरिएको भए पनि उसले क्षमा पाउनेछ।”+

८ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: ९ “हारुन र तिनका छोराहरूलाई यस्तो आज्ञा दिनू: ‘अग्निभेटीको नियम यो हो:+ अग्निभेटीको जनावर रातभरि अनि बिहानसम्मै वेदीको अगेनुमाथि रहोस्‌ र त्यो आगो ननिभोस्‌। १० अनि पुजारीले पुजारीको काम गर्दा लगाउने मलमलको* लुगा+ अनि मलमलको छोटो सुरुवाल* लगाऊन्‌।+ त्यसपछि तिनले अग्निभेटीस्वरूप चढाइएको जनावरको खरानी* वेदीबाट झिकून्‌+ र वेदीको छेउतिर राखून्‌। ११ अनि मलमलको लुगा फुकालेर+ अर्को लुगा लगाऊन्‌ र खरानीलाई छाउनीबाहिर सफा ठाउँमा लैजाऊन्‌।+ १२ वेदीको आगो बलिरहोस्‌; त्यो निभ्न नपाओस्‌। पुजारीले हरेक बिहान त्यहाँ दाउरा थपून्‌ र दाउरामाथि अग्निभेटीको जनावर मिलाएर राखून्‌ अनि त्यसमाथि मेलबलिको बोसो राखेर जलाऊन्‌।+ १३ वेदीको आगो सधैँ बलिरहोस्‌; त्यो निभ्न नपाओस्‌।

१४ “‘अन्‍नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्‍वरसामु वेदीअगाडि अन्‍नभेटी चढाऊन्‌। १५ तिनीहरूमध्ये एक जनाले अन्‍नभेटीबाट एक मुठी मसिनो पीठो, अलिकता तेल र सबै सेतो धूप* लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्‌। यस अन्‍नभेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+ १६ अन्‍नभेटीको बाँकी भागचाहिँ हारुन र तिनका छोराहरूको होस्‌।+ तिनीहरूले यसमा खमिर* नहाली रोटी बनाऊन्‌ र पवित्र ठाउँमा बसेर खाऊन्‌; तिनीहरूले भेट हुने पालको* चोकमा यो खाऊन्‌।+ १७ तिनीहरूले पीठोमा अलिकति पनि खमिर नमिसाई रोटी बनाऊन्‌।+ आगोमा चढाइने भेटीको बाँकी भाग मैले तिनीहरूलाई दिएको छु।+ यो पापभेटी र दोषभेटीजस्तै महापवित्र छ।+ १८ हारुनका सबै पुरुष सन्तानले यो खाऊन्‌।+ यहोवा परमेश्‍वरलाई आगोमा चढाइने भेटीको यो भाग पुस्तौँपुस्तासम्म तिनीहरूकै हुनेछ।+ भेटीलाई छोएको सबै थोक पवित्र हुनेछ।’”

१९ यहोवा परमेश्‍वरले मोसालाई फेरि भन्‍नुभयो: २० “जुन दिन हारुनलाई अभिषेक गरिन्छ, त्यही दिन तिनी र तिनका छोराहरूले यहोवा परमेश्‍वरलाई नियमित रूपमा चढाइने अन्‍नभेटीस्वरूप एपाको दस भागको एक भाग*+ मसिनो पीठो चढाऊन्‌,+ आधा बिहान र आधा साँझ। २१ यो पीठो तेलमा मुछेर तावामा पकाइयोस्‌।+ रोटीलाई टुक्राटुक्रा पारेर त्यसमाथि तेल खन्याइयोस्‌ अनि यहोवा परमेश्‍वरलाई चढाइयोस्‌। यो अन्‍नभेटीबाट निस्केको बास्ना परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ। २२ हारुनका छोराहरूमध्ये जो तिनको ठाउँमा पुजारी अभिषेक हुन्छन्‌,+ तिनले नै यो भेटी तयार पारून्‌। पुस्तौँपुस्तासम्म यो नियम लागू हुनेछ: यहोवा परमेश्‍वरलाई चढाउने यो अन्‍नभेटीको पूरै भाग आगोमा जलाइयोस्‌। २३ पुजारीले अन्‍नभेटी चढाउँदा त्यो भेटी पूरै जलाइयोस्‌। यो खानु हुँदैन।”

२४ यहोवा परमेश्‍वरले मोसालाई फेरि भन्‍नुभयो: २५ “हारुन र तिनका छोराहरूलाई यसो भन्‍नू, ‘पापभेटीको नियम यो हो:+ अग्निभेटीको जनावर जहाँ काटिन्छ,+ त्यहीँ पापभेटीको जनावर पनि यहोवा परमेश्‍वरसामु काटियोस्‌। यो महापवित्र कुरा हो। २६ पापको प्रायश्‍चित गर्न जुन पुजारीले भेटी चढाउँछन्‌, तिनैले त्यो भेटी खाऊन्‌।+ तिनले त्यो पवित्र ठाउँमा अर्थात्‌ भेट हुने पालको चोकमा बसेर खाऊन्‌।+

२७ “‘भेटीको मासुलाई छोएको सबै थोक पवित्र हुनेछ। यदि कसैको लुगामा यसको रगतको छिटा लाग्यो भने उसले पवित्र ठाउँमा आफ्नो लुगा धोओस्‌। २८ मासु माटोको भाँडामा उसिनेको हो भने त्यो भाँडो फुटाइयोस्‌। तर तामाको भाँडोमा उसिनेको हो भने त्यो भाँडो मस्काएर पानीले राम्ररी पखालियोस्‌।

२९ “‘सबै पुरुष जो पुजारी हुन्‌, तिनीहरूले त्यो खाऊन्‌।+ यो महापवित्र कुरा हो।+ ३० तर पवित्र ठाउँमा पापको प्रायश्‍चित गर्न पापभेटीको अलिकति रगत भेट हुने पालभित्र लगिन्छ भने त्यो पापभेटी नखाइयोस्‌।+ त्यसलाई आगोमा जलाइयोस्‌।

७ “‘दोषभेटीको नियम यो हो:+ यो भेटी महापवित्र छ। २ तिनीहरूले अग्निभेटीको जनावर जहाँ काट्‌छन्‌, दोषभेटीको जनावर पनि त्यहीँ काटून्‌ अनि त्यसको रगत+ वेदीको चारैतिर छर्कून्‌।+ ३ तिनले त्यसको सबै बोसो चढाऊन्‌+—बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, ४ कम्मरनेर भएको दुई वटै मिर्गौला र त्यसमा भएको बोसो। तिनले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालून्‌।+ ५ अनि पुजारीले वेदीको आगोमा ती सबै जलाऊन्‌।* यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाएर चढाइने भेटी हो।+ यो दोषभेटी हो। ६ सबै पुरुष जो पुजारी हुन्‌, तिनीहरूले त्यो खाऊन्‌।+ तिनीहरूले त्यो पवित्र ठाउँमा खाऊन्‌। यो महापवित्र कुरा हो।+ ७ पापभेटीको नियम दोषभेटीमा पनि लागू हुन्छ। प्रायश्‍चित गर्नका लागि जुन पुजारीले यो भेटी चढाएका हुन्‌, यो जनावर तिनकै हुन्छ।+

८ “‘यदि पुजारीले कसैको तर्फबाट अग्निभेटी चढाउँछन्‌ भने त्यस जनावरको छाला+ ती पुजारीकै हुनेछ।

९ “‘जुन पुजारीले तन्दुरमा,* ताप्केमा वा तावामा पकाइएको अन्‍नभेटी चढाउँछन्‌,+ त्यो तिनकै हुनेछ। त्यो पुजारीको भाग हो।+ १० तर तेलमा मुछेको वा सुक्खा अन्‍नभेटी+ हो भने त्यो हारुनका छोराहरूको हुनेछ; तिनीहरू सबैले बराबर भाग पाऊन्‌।

११ “‘यहोवा परमेश्‍वरलाई मेलबलि चढाउँदा यो नियम लागू गर्नू:+ १२ यदि कसैले परमेश्‍वरलाई धन्यवाद दिन मेलबलि चढाउँछ भने+ उसले धन्यवादको बलिका साथै तेलमा मुछेर पकाइएको मसिनो पीठोको सेल आकारको अखमिरा* रोटी, तेल दलेको अखमिरा पापडी अनि मसिनो पीठोमा लपक्कै तेल हालेर बनाइएको सेल आकारको रोटी पनि चढाओस्‌। १३ उसले धन्यवादको बलिको रूपमा चढाइएको मेलबलिको साथै खमिर* हालेर पकाइएको सेल आकारको रोटी पनि चढाओस्‌। १४ उसले यी रोटीहरूबाट एक-एक वटा लेओस्‌ र यहोवा परमेश्‍वरलाई पवित्र भागको रूपमा चढाओस्‌; यो पवित्र भाग मेलबलिको जनावरको रगत छर्कने पुजारीको हुनेछ।+ १५ उसले जुन दिन धन्यवादको बलिको रूपमा मेलबलि चढाउँछ, त्यही दिन त्यस जनावरको मासु खाओस्‌। उसले त्यसको कुनै पनि भाग बिहानसम्म बाँकी नराखोस्‌।+

१६ “‘यदि उसले भाकल वा स्वैच्छिकभेटीको रूपमा मेलबलि चढाउँछ भने+ उसले त्यो त्यही दिन खाओस्‌; बाँकीचाहिँ भोलिपल्ट पनि खान सकिन्छ। १७ तर पर्सिपल्टसम्म बाँकी रहेको मासु भने आगोमा जलाइयोस्‌।+ १८ यदि मेलबलि चढाउने व्यक्‍तिले पर्सिपल्ट त्यो मासु खायो भने उसलाई परमेश्‍वरले स्विकार्नुहुनेछैन; त्यो परमेश्‍वरको नजरमा घिनलाग्दो हुनेछ। उसले चढाएको त्यो बलि व्यर्थ साबित हुनेछ अनि त्यस्तो मासु खाने व्यक्‍तिले आफ्नो गल्तीको सजाय भोग्नेछ।+ १९ मासुलाई अशुद्ध थोकले छोएको छ भने त्यो मासु नखानू; त्यसलाई आगोमा जलाइयोस्‌। शुद्ध व्यक्‍तिले शुद्ध मासु खाओस्‌।

२० “‘तर कुनै अशुद्ध व्यक्‍तिले यहोवाको निम्ति चढाइएको मेलबलिको मासु खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।*+ २१ यदि कसैले अशुद्ध मानिस,+ अशुद्ध जनावर+ वा घिनलाग्दो अशुद्ध चिज+ छोयो र यहोवा परमेश्‍वरलाई चढाएको मेलबलिको मासु खायो भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”*

२२ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २३ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले बहर वा थुमा वा बाख्राको बोसो नखानू।+ २४ मरेको जनावरको बोसो वा अरू जनावरले मारेको जनावरको बोसो कहिल्यै नखानू+ तर यसलाई अरू जुनसुकै कामको लागि चलाउन सकिन्छ। २५ यदि कसैले यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाउन ल्याएको जनावरको बोसो खान्छ भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।*

२६ “‘तिमीहरू जहाँ रहे पनि रगत नखानू,+ चाहे त्यो चराचुरुङ्‌गीको होस्‌ वा जनावरको। २७ कसैले रगत खायो भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”*+

२८ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २९ “इस्राएलीहरूलाई भन्‍नू, ‘यदि कसैले यहोवा परमेश्‍वरलाई चढाउन मेलबलि ल्याउँछ भने उसले त्यसको केही भाग यहोवा परमेश्‍वरलाई चढाओस्‌।+ ३० यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउन उसले त्यस जनावरको बोसो+ र ह्‍याकुला आफ्नो हातमा बोकेर ल्याओस्‌। अनि डोलाउने भेटीको*+ रूपमा यहोवा परमेश्‍वरसामु डोलाओस्‌।* ३१ पुजारीले बोसोजति वेदीमा जलाऊन्‌+ तर ह्‍याकुलाचाहिँ हारुन र तिनका छोराहरूको हुनेछ।+

३२ “‘मेलबलि चढाउने जनावरको दाहिने खुट्टा तिमीहरूले पवित्र भागको रूपमा पुजारीलाई दिनू।+ ३३ यो दाहिने खुट्टा हारुनका छोराहरूमध्ये जसले मेलबलिको रगत र बोसो चढाउँछन्‌, तिनकै हुनेछ।+ ३४ इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र मेलबलिको जनावरको पवित्र भाग अर्थात्‌ खुट्टा मेरो हुनेछ अनि म ती थोक पुजारी हारुन र तिनका छोराहरूलाई दिनेछु। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।+

३५ “‘यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटीको यो भाग पुजारीहरू अर्थात्‌ हारुन र तिनका छोराहरूको हो। यहोवा परमेश्‍वरको सेवा गर्न तिनीहरूलाई पुजारी नियुक्‍त गरिएकै दिन यो भाग तिनीहरूको निम्ति छुट्ट्याइएको थियो।+ ३६ इस्राएलीहरूले चढाउने बलिदानको यो भाग हारुन र तिनका छोराहरूलाई दिनू भनेर यहोवा परमेश्‍वरले तिनीहरूलाई अभिषेक गरेकै दिन+ आज्ञा गर्नुभएको थियो। तिनीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।’”

३७ अग्निभेटी,+ अन्‍नभेटी,+ पापभेटी,+ दोषभेटी,+ पुजारी नियुक्‍त गरिँदा चढाइने बलि+ र मेलबलिसम्बन्धी+ नियम यही हो। ३८ यहोवा परमेश्‍वरले यी सबै नियम मोसालाई सिनै डाँडामा दिनुभएको थियो।+ सिनै निर्जनभूमिमा परमेश्‍वरलाई भेटी चढाउनू भनेर मोसाले इस्राएलीहरूलाई आज्ञा गरेकै दिन यहोवा परमेश्‍वरले मोसालाई यी नियम दिनुभएको थियो।+

८ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २ “हारुन र उनका छोराहरू,+ उनीहरूका पोसाक,+ अभिषेक गर्ने तेल,+ पापभेटीको बहर, दुई वटा थुमा र अखमिरा* रोटीको+ डालो ल्याउनू ३ र सारा समुदायलाई भेट हुने पालको* प्रवेशद्वारमा भेला गराउनू।”

४ यहोवा परमेश्‍वरले जस्तो भन्‍नुभएको थियो, मोसाले त्यस्तै गरे र सारा समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भयो। ५ अनि मोसाले समुदायलाई भने: “यहोवा परमेश्‍वरले हामीलाई यसो-यसो गर्नू भनी आज्ञा दिनुभएको छ।” ६ त्यसैले मोसाले हारुन र उनका छोराहरूलाई प्रवेशद्वारको नजिक ल्याए र नुहाउन लगाए।+ ७ त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए। ८ त्यसपछि छातीपाता*+ लगाइदिएर त्यसमा ऊरीम र तुम्मीम*+ राखिदिए। ९ तिनले हारुनको शिरमा फेटा+ पनि लगाइदिए र फेटाको अगिल्तिर सुनको एउटा चम्किलो पाता बाँधिदिए, जुन समर्पणको पवित्र चिन्ह हो।*+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले यी सबै गरे।

१० मोसाले अभिषेक गर्ने तेल लिए अनि वासस्थान* र त्यसमा भएका सबै सरसामानलाई अभिषेक गरे+ र चोख्याए। ११ त्यसपछि तिनले वेदीमा सात पल्ट तेल छर्के अनि वेदी, त्यसमा भएका सबै सरसामान, बाटा र त्यसको टेकोलाई अभिषेक गरेर चोख्याए। १२ अन्तमा तिनले अभिषेक गर्ने तेल अलिकति लिए अनि हारुनको शिरमा खन्याएर उनलाई अभिषेक गरे र पवित्र पारे।+

१३ त्यसपछि मोसाले हारुनका छोराहरूलाई प्रवेशद्वारनजिकै ल्याए र लामो लुगा लगाइदिए। अनि पटुका कसिदिए र शिरपोस लगाइदिए।+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे।

१४ तिनले पापभेटीको बहर ल्याए अनि हारुन र उनका छोराहरूले त्यस बहरको टाउकोमाथि आफ्नो हात राखे।+ १५ मोसाले त्यस बहरलाई काटे र त्यसको रगतमा आफ्नो औँला चोपेर+ वेदीको चारैतिर भएको सिङमा त्यो रगत लगाइदिए। यसरी तिनले वेदीको पाप हटाए र त्यसलाई शुद्ध पारे। अनि बाँकी रगतचाहिँ वेदीको मुनिपट्टि खन्याइदिए। यसरी तिनले त्यस वेदीमा बलिहरू चढाउन सकियोस्‌ भनेर वेदीलाई चोख्याए। १६ त्यसपछि तिनले आन्द्रासँगै टाँसिएको बोसो, कलेजोमाथि भएको बोसो अनि दुवै मिर्गौला र त्यसमा भएको बोसो निकाले। मोसाले ती सबैलाई वेदीमा जलाए।*+ १७ तर बहरको बाँकी सबै भाग अर्थात्‌ त्यसको छाला, मासु र गोबर तिनले छाउनीबाहिर जलाउन लगाए।+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै मोसाले गरे।

१८ त्यसपछि तिनले अग्निभेटीको थुमालाई नजिकै ल्याए अनि हारुन र उनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखे।+ १९ अनि मोसाले त्यसलाई काटे र त्यसको रगत वेदीको चारैतिर छर्के। २० तिनले त्यस थुमालाई टुक्राटुक्रा पारे र त्यसको टाउको, मासुका टुक्राहरू र बोसो* जलाए। २१ तिनले त्यसको आन्द्रा र खुट्टाहरू पानीले पखाले; तिनले पूरै थुमालाई वेदीमाथि जलाए। यस अग्निभेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना थियो। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै यो उहाँको निम्ति आगोमा जलाएर चढाइने भेटी हो।

२२ त्यसपछि तिनले अर्को थुमा अर्थात्‌ पुजारी नियुक्‍त गर्दा चढाइने थुमा ल्याए+ अनि हारुन र उनका छोराहरूले त्यसको टाउकोमाथि आफ्नो हात राखे।+ २३ मोसाले त्यसलाई काटे र त्यसको अलिकति रगत लिएर हारुनको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदिए। २४ त्यसपछि मोसाले हारुनका छोराहरूलाई अगाडि ल्याए र अलिकति रगत लिएर तिनीहरूको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदिए; बाँकी रगतचाहिँ तिनले वेदीको चारैतिर छर्के।+

२५ अनि तिनले बोसो, बोसेपुच्छर,* आन्द्रालाई ढाक्ने बोसो, कलेजोमाथिको बोसो, दुवै मिर्गौला र त्यसमाथि भएको बोसो र दाहिने खुट्टा लिए।+ २६ तिनले यहोवा परमेश्‍वरसामु भएको अखमिरा रोटीको डालोबाट सेल आकारको एउटा अखमिरा रोटी,+ तेलमा मुछेर पकाइएको एउटा अखमिरा रोटी+ र एउटा अखमिरा पापडी लिए। अनि तिनले ती सबैलाई थुमाको बोसो र दाहिने खुट्टामाथि राखे। २७ त्यसपछि मोसाले ती सबैलाई हारुन र उनका छोराहरूको हत्केलामा राखिदिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु डोलाए।* २८ अनि मोसाले तिनीहरूको हातबाट ती लिए र अग्निभेटीमाथि राखेर वेदीमा जलाए। पुजारी नियुक्‍त गर्दा चढाइएको भेटीबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना थियो।

२९ त्यसपछि मोसाले ह्‍याकुला लिए र डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु डोलाए।+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै पुजारी नियुक्‍त गर्दा चढाइएको थुमाको यो भाग मोसाको भयो।+

३० अनि मोसाले अभिषेक गर्ने अलिकति तेल+ र वेदीमा भएको अलिकति रगत लिएर हारुन र उनको पोसाक अनि हारुनका छोराहरू र उनीहरूको पोसाकमा छर्किदिए। यसरी तिनले हारुन र उनको पोसाक अनि हारुनका छोराहरू+ र उनीहरूको पोसाक+ पवित्र पारे।

३१ अनि मोसाले हारुन र उनका छोराहरूलाई भने: “मासुलाई भेट हुने पालको प्रवेशद्वारनजिकै उसिन्‍नू+ र पुजारी नियुक्‍त गर्दा प्रयोग गरिएको टोकरीमा भएको रोटीसँगै त्यहीँ खानू किनकि परमेश्‍वरले मलाई यस्तो आज्ञा दिनुभएको छ, ‘हारुन र उनका छोराहरूले यो खाऊन्‌।’+ ३२ उब्रेको मासु र रोटीचाहिँ आगोमा जलाइदिनू।+ ३३ तिमीहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्न सात दिन लाग्नेछ। त्यसैले तिमीहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्न नसिद्धिएसम्म अर्थात्‌ सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारबाट धेरै टाढा नजानू।+ ३४ तिमीहरूको प्रायश्‍चितको निम्ति आज हामीले जे गऱ्‍यौँ, यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै गरेका हौँ।+ ३५ तिमीहरू सात दिनसम्म दिनरात भेट हुने पालको प्रवेशद्वारनजिकै बस्नू+ र यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ गर्नू+ नत्र त तिमीहरू मर्नेछौ; परमेश्‍वरले मलाई दिनुभएको आज्ञा यही हो।”

३६ यहोवा परमेश्‍वरले मोसामार्फत जे आज्ञा गर्नुभएको थियो, हारुन र उनका छोराहरूले ती सबै पालन गरे।

९ आठौँ दिनमा+ मोसाले हारुन र उनका छोराहरूलाई अनि इस्राएलका नाइकेहरूलाई बोलाए। २ तिनले हारुनलाई भने: “तपाईँले पापभेटीको निम्ति एउटा निष्खोट बाछो+ र अग्निभेटीको निम्ति एउटा निष्खोट थुमा ल्याउनुहोस्‌ अनि यहोवा परमेश्‍वरसामु ती चढाउनुहोस्‌। ३ इस्राएलीहरूलाई चाहिँ यसो भन्‍नुहोस्‌, ‘पापभेटीको निम्ति एउटा बोका र अग्निभेटीको निम्ति एउटा एक वर्षे निष्खोट बाछो र एउटा एक वर्षे निष्खोट थुमा ल्याओ। ४ मेलबलिको निम्ति एउटा बहर र एउटा थुमा पनि ल्याओ।+ यी सबै जनावर यहोवा परमेश्‍वरसामु चढाओ। साथै तेलमा मुछेको अन्‍नभेटी पनि चढाओ+ किनकि यहोवा परमेश्‍वर आज तिमीहरूसामु प्रकट हुनुहुनेछ।’”+

५ मोसाले आज्ञा गरेका सबै कुरा तिनीहरूले भेट हुने पालअगाडि* ल्याए। अनि सारा समुदाय नजिक आयो र यहोवा परमेश्‍वरसामु उभियो। ६ तब मोसाले भने: “यहोवा परमेश्‍वरले तिमीहरूलाई यसो गर्ने आज्ञा दिनुभएको छ ताकि यहोवा परमेश्‍वरको महिमा तिमीहरूसामु देखा परोस्‌।”+ ७ त्यसपछि मोसाले हारुनलाई भने: “वेदीको नजिक जानुहोस्‌ अनि पापभेटी+ र अग्निभेटी चढाएर आफू+ र आफ्ना घरानाको निम्ति प्रायश्‍चित गर्नुहोस्‌ अनि मानिसहरूले ल्याएका भेटी चढाएर+ तिनीहरूको निम्ति प्रायश्‍चित गर्नुहोस्‌।+ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै यी सबै गर्नुहोस्‌।”

८ यो सुन्‍नेबित्तिकै हारुन वेदीको नजिक गए र आफ्नो पापको प्रायश्‍चितको निम्ति पापभेटीको बाछो काटे।+ ९ अनि हारुनका छोराहरूले त्यसको रगत उनलाई दिए+ र उनले त्यस रगतमा औँला चोपेर वेदीका सिङहरूमा लगाइदिए। बाँकी रगतचाहिँ उनले वेदीको मुनिपट्टि खन्याइदिए।+ १० यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै+ हारुनले पापभेटीको बोसो, दुवै मिर्गौला र कलेजोमाथिको बोसो वेदीमा जलाए।* ११ अनि मासु र छालाचाहिँ छाउनीबाहिर आगोमा जलाए।+

१२ त्यसपछि हारुनले अग्निभेटीको थुमा काटे र उनका छोराहरूले त्यसको रगत उनलाई दिए। अनि उनले वेदीको चारैतिर त्यो रगत छर्के।+ १३ तिनीहरूले उनलाई अग्निभेटीको थुमाको टाउको र मासुका टुक्राहरू दिए अनि उनले ती सबै वेदीमा जलाए। १४ अनि उनले थुमाको आन्द्रा र खुट्टाहरू पखाले। अनि त्यसलाई वेदीको अग्निभेटीमाथि राखेर जलाए।

१५ त्यसपछि उनले मानिसहरूले ल्याएका भेटी चढाए। अनि उनले मानिसहरूको तर्फबाट पापभेटी चढाउन ल्याइएको बोका काटे र त्यसलाई पनि पहिले चढाएको जनावरलाई झैँ पापभेटीको रूपमा चढाए। १६ त्यसपछि उनले विधिपूर्वक अग्निभेटी चढाए।+

१७ त्यसपछि उनले अन्‍नभेटी ल्याए+ र त्यसबाट एक मुठी अन्‍नभेटी निकालेर त्यसलाई बिहान अग्निभेटी चढाएकै वेदीमा जलाए।+

१८ त्यसपछि हारुनले मानिसहरूको तर्फबाट मेलबलि चढाउन ल्याइएका बहर र थुमा काटे। अनि उनका छोराहरूले उनलाई ती जनावरहरूको रगत दिए र उनले त्यसलाई वेदीको चारैतिर छर्के।+ १९ तिनीहरूले बहरको बोसो,+ थुमाको बोसेपुच्छर,* भित्री अङ्‌गहरू ढाक्ने बोसो, मिर्गौलाहरू र कलेजोमाथिको बोसो+ २० सबै ह्‍याकुलामाथि राखे र हारुनले ती बोसो वेदीमा जलाए।+ २१ अनि उनले ह्‍याकुला र दाहिने खुट्टालाई चाहिँ मोसाले आज्ञा गरेबमोजिमै डोलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु डोलाए।*+

२२ त्यसपछि हारुनले मानिसहरूतिर फर्केर आफ्नो दुवै हात उठाए र तिनीहरूलाई आशिष्‌ दिए।+ यसरी पापभेटी, अग्निभेटी र मेलबलि चढाइसकेपछि उनी तल ओर्ले। २३ त्यसपछि मोसा र हारुन भेट हुने पालभित्र गए। अनि बाहिर निस्केपछि तिनीहरूले मानिसहरूलाई आशिष्‌ दिए।+

तब यहोवा परमेश्‍वरको महिमा सबै मानिससामु देखा पऱ्‍यो।+ २४ अनि यहोवा परमेश्‍वरले आगो पठाउनुभयो+ र त्यसले वेदीमाथि भएको अग्निभेटी र बोसोलाई भस्म पारिदियो। जब सारा मानिसले यो देखे, तब तिनीहरू खुसीले कराउँदै भुईँमा घोप्टो परे।+

१० पछि हारुनका छोराहरू नादाब र अबिहुले+ आ-आफ्नो धुपौरो लिए अनि त्यसमा आगो र धूप+ राखे। त्यसपछि तिनीहरूले यहोवा परमेश्‍वरले निषेध गर्नुभएको आगो उहाँसामु ल्याए+ तर उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभएको थिएन। २ त्यसपछि यहोवा परमेश्‍वरको सामनेबाट आगो निस्क्यो र तिनीहरू यहोवा परमेश्‍वरसामु जलेर मरे।+ ३ तब मोसाले हारुनलाई भने: “यहोवाले यसो भन्‍नुभएको छ, ‘जो-जो मेरो नजिक आउँछन्‌, तिनीहरूले मलाई पवित्र पार्नेछन्‌+ र सबै मानिसले मेरो महिमा गर्नेछन्‌।’” यो सुनेपछि हारुनले केही भनेनन्‌।

४ त्यसैले मोसाले मिसाएल र एलिसापान, जो हारुनका काका उज्जिएलका+ छोराहरू थिए, तिनीहरूलाई बोलाएर भने: “यहाँ आओ अनि आफ्ना मानिसहरूको लास पवित्र ठाउँबाट उठाएर छाउनीबाहिर लैजाओ।” ५ तिनीहरू आएर नादाब र अबिहुलाई उनीहरूले लगाइराखेको लुगासमेतै उठाएर छाउनीबाहिर लगे। मोसाले भनेझैँ तिनीहरूले गरे।

६ त्यसपछि मोसाले हारुन र उनका अर्का दुई छोरा एलियाजार र इथामारलाई यसो भने: “तिमीहरूले आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोड अनि आफ्नो लुगा नच्यात+ नत्र त तिमीहरू मर्नेछौ। साथै सारा समुदायमाथि परमेश्‍वरको क्रोध दन्किनेछ। यहोवाले जसलाई आगोद्वारा मार्नुभयो, तिनीहरूको निम्ति तिमीहरूका दाजुभाइ—इस्राएलको सारा समुदायले शोक मनाउनेछ। ७ तिमीहरू भेट हुने पालको* प्रवेशद्वारबाट धेरै टाढा नजानू नत्र त मर्नेछौ किनकि यहोवा परमेश्‍वरले तिमीहरूलाई पवित्र तेलले अभिषेक गर्नुभएको छ।”+ तिनीहरूले मोसाले भनेझैँ गरे।

८ त्यसपछि यहोवा परमेश्‍वरले हारुनलाई भन्‍नुभयो: ९ “तिमी र तिम्रा छोराहरू दाखमद्य* वा अरू किसिमको मद्य पिएर भेट हुने पालमा कहिल्यै नआउनू+ नत्र त तिमीहरू मर्नेछौ। यो नियम तिमीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ। १० तिमीले पवित्र र अपवित्र अनि शुद्ध र अशुद्धबीचको भिन्‍नता छुट्ट्याउन सक+ ११ अनि यहोवाले मोसामार्फत भन्‍नुभएका सबै नियम इस्राएलीहरूलाई सिकाउन सक भनेर तिमीलाई यो नियम दिइएको हो।”+

१२ त्यसपछि मोसाले हारुन अनि उनका बाँकी छोराहरू एलियाजार र इथामारलाई यसो भने: “यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइएको अन्‍नभेटीको बाँकी भाग लिनू र त्यसबाट अखमिरा* रोटी बनाएर वेदीनजिकै बसेर खानू+ किनकि यो महापवित्र कुरा हो।+ १३ यो पवित्र ठाउँमा बसेर खानू+ किनभने यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीको यो भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हो; मैले पाएको आज्ञा यही हो। १४ साथै डोलाउने भेटीको ह्‍याकुला र त्यसको पवित्र भाग अर्थात्‌ खुट्टा+ पनि शुद्ध ठाउँमा बसेर खानू। तिमी र तिम्रा छोराछोरी सबैले खानू+ किनभने इस्राएलीहरूले चढाउने मेलबलिका यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुन्‌। १५ तिनीहरूले डोलाउने भेटीको ह्‍याकुला र पवित्र भाग अर्थात्‌ खुट्टाका साथै आगोमा चढाउने बोसो ल्याऊन्‌ र ती यहोवा परमेश्‍वरसामु डोलाऊन्‌। यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुनेछ।”+

१६ मोसाले पापभेटीको बोका धुइँधुइँती खोजे+ तर त्यो जलाइसकेको रहेछ भनी थाह पाए। त्यसैले हारुनका बाँकी छोराहरू एलियाजार र इथामारसित रिसले चूर हुँदै तिनले भने: १७ “तिमीहरूले पापभेटीलाई किन पवित्र ठाउँमा बसेर खाएनौ?+ त्यो महापवित्र कुरा हो अनि तिमीहरूले सारा इस्राएलीहरूको दोष हटाउन सक र तिनीहरूको लागि यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गर्न सक भनेर त्यो तिमीहरूलाई दिइएको थियो। १८ हेर, यो जनावरको रगत पवित्र ठाउँभित्र लगिएको छैन!+ त्यसैले परमेश्‍वरले मलाई आज्ञा गर्नुभएबमोजिमै तिमीहरूले त्यसको मासु पवित्र ठाउँमा बसेर खानुपर्थ्यो।” १९ हारुनले मोसालाई भने: “मानिसहरूले आज यहोवा परमेश्‍वरसामु पापभेटी र अग्निभेटी चढाए।+ तर तपाईँलाई थाहै छ, ममाथि कस्तो विपत्ति आइपऱ्‍यो! त्यसैले आज मैले पापभेटी खाएको भए के यहोवा परमेश्‍वर खुसी हुनुहुने थियो र?” २० यो कुरा मोसालाई चित्त बुझ्यो।

११ अनि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले जमिनमा बस्ने यी जनावरहरू खान सक्छौ:+ ३ जसको खुर पूरै चिरिएको छ र जो उग्राउँछ।

४ “‘तर उग्राउने वा खुर चिरिएका यी जनावरहरू नखानू: उँट, जो उग्राउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ।+ ५ भीरखरायो,+ जो उग्राउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ। ६ जङ्‌गली खरायो, जो उग्राउँछ तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ। ७ सुँगुर,+ जसको खुर पूरै चिरिएको हुन्छ तर त्यो उग्राउँदैन। त्यो तिमीहरूको निम्ति अशुद्ध छ। ८ तिमीहरूले यिनीहरूको मासु नखानू वा यिनीहरूको सिनु नछुनू। यिनीहरू तिमीहरूका निम्ति अशुद्ध छन्‌।+

९ “‘तिमीहरूले पानीमा बस्ने यी जीवजन्तुहरू खान सक्छौ: समुद्रमा होस्‌ वा नदीनालामा, पखेटा र कत्ला भएका जीवजन्तु।+ १० तर समुद्रमा होस्‌ वा नदीनालामा, झुन्डमा रहने र अन्य किसिमका जीवजन्तु जसको पखेटा र कत्ला हुँदैनन्‌, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्‌। ११ हो, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्‌, तिमीहरूले तिनीहरूको मासु नखानू+ र तिनीहरूको सिनुलाई घृणित ठान्‍नू। १२ पानीमा भएका जुनसुकै जीवजन्तु, जसको पखेटा र कत्ला हुँदैन, त्यो तिमीहरूको निम्ति घृणित कुरा हो।

१३ “‘तिमीहरूले घृणित ठान्‍नुपर्ने उड्‌ने जीवहरू यी हुन्‌; यिनीहरू घृणित भएकोले तिमीहरूले नखानू: चील,+ मलाहा चील, कालो गिद्ध,+ १४ रातो चील र सबै किसिमका कालो चील, १५ सबै किसिमका काग, १६ सुतुरमुर्ग,* लाटोकोसेरो, गङ्‌गाचील, सबै किसिमका बाज, १७ सानो खालको लाटोकोसेरो, जलेवा, लामो कान हुने लाटोकोसेरो, १८ राजहंस, घाउँके हावासील,* गिद्ध, १९ गरुड, सबै किसिमका बकुल्ला, फाप्रे चरा र चमेरो। २० पखेटा भएका चारखुट्टे किराफट्‌याङ्‌ग्रा, जो झुन्डमा रहन्छन्‌, ती तिमीहरूका निम्ति घृणित कुरा हुन्‌।

२१ “‘पखेटा भएका र झुन्डमा रहने चारखुट्टे किराफट्‌याङ्‌ग्रामध्ये तिमीहरूले उफ्रनको लागि लामो खुट्टा भएका किराफट्‌याङ्‌ग्रा मात्र खानू। २२ तिमीहरूले यी जीवहरू खान सक्छौ: विभिन्‍न किसिमका सलह+ र फट्‌याङ्‌ग्रा। २३ यीबाहेक पखेटा भएका र झुन्डमा रहने अरू सबै चारखुट्टे किराफट्‌याङ्‌ग्रा तिमीहरूका निम्ति घृणित कुरा हुन्‌। २४ यी किराफट्‌याङ्‌ग्रा खायौ भने तिमीहरू अशुद्ध हुनेछौ। जसले मरेका यी किराफट्‌याङ्‌ग्रालाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+ २५ जसले मरेका यी किराफट्‌याङ्‌ग्रा टिप्छ, उसले आफ्नो लुगा धोओस्‌;+ ऊ साँझसम्म अशुद्ध रहनेछ।

२६ “‘यदि कुनै जनावरको खुर चिरिएको त छ तर पूरै चिरिएको छैन र त्यसले उग्राउँदैन भने त्यो तिमीहरूको निम्ति अशुद्ध हो। त्यसलाई छुने व्यक्‍ति अशुद्ध हुनेछ।+ २७ चारखुट्टे जीवजन्तुमध्ये पन्जाले टेकेर हिँड्‌ने जीवजन्तु तिमीहरूको निम्ति अशुद्ध हो। तिनीहरूको सिनु छुने व्यक्‍ति साँझसम्म अशुद्ध रहनेछ। २८ जसले यी जीवजन्तुको सिनु उठाउँछ, उसले आफ्नो लुगा धोओस्‌;+ ऊ साँझसम्म अशुद्ध रहनेछ।+ यी जीवजन्तु तिमीहरूका निम्ति अशुद्ध छन्‌।

२९ “‘जमिनमा बस्ने जीवजन्तु, जो झुन्डमा रहन्छन्‌, ती तिमीहरूका निम्ति अशुद्ध छन्‌: खन्‍ने मुसा, उफ्रने मुसा,+ सबै किसिमका छेपारो, ३० माउसुली, गोहोरो, भालेमुङ्‌ग्रो, बालुवामा बस्ने छेपारो र रङ्‌ग बदल्ने छेपारो। ३१ यी जीवजन्तु तिमीहरूका निम्ति अशुद्ध छन्‌।+ जसले मरेका यी जीवजन्तुलाई छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।+

३२ “‘यीमध्ये कुनै जीवजन्तु मरेर केही चिजमा खस्यो भने त्यो अशुद्ध हुनेछ, चाहे त्यो काठको भाँडा, लुगा, छाला वा भाङ्‌ग्रा नै किन नहोस्‌। त्यसलाई पानीमा डुबाउनू र साँझसम्म त्यो अशुद्ध रहनेछ अनि मात्र त्यो शुद्ध हुनेछ। ३३ त्यो मरेको जीव माटोको भाँडोमा खस्यो भने त्यसलाई फुटाइदिनू; त्यसभित्र भएको चिजबीज पनि अशुद्ध हुनेछ।+ ३४ त्यस भाँडोभित्र भएको पानी कुनै खानेकुरामा पऱ्‍यो भने त्यो अशुद्ध हुनेछ; त्यस भाँडोमा भएको पिउने पदार्थ पनि अशुद्ध हुनेछ। ३५ मरेको त्यो जीव जुनसुकै चिजमा खसे पनि त्यो अशुद्ध हुनेछ। चाहे तन्दुरमा खसोस्‌ वा सानो चुलोमा, त्यसलाई भत्काइदिनू। ती अशुद्ध हुन्‌ र तिमीहरूका लागि पनि अशुद्धै होऊन्‌। ३६ त्यो मरेको जीव पानीको मुहान वा कुवामा खस्यो भने त्यो मुहान र कुवा शुद्धै रहनेछ तर त्यो जीव निकाल्ने व्यक्‍तिचाहिँ अशुद्ध हुनेछ। ३७ रोप्न राखिएको सुक्खा बिउमा त्यो मरेको जीव खस्यो भने त्यो बिउ शुद्धै हुन्छ। ३८ तर त्यो जीवको केही भाग भिजेको बिउमा खस्यो भने त्यो बिउ तिमीहरूको निम्ति अशुद्ध हुन्छ।

३९ “‘तिमीहरूले भोजनको रूपमा खाने कुनै जनावर मऱ्‍यो भने त्यसको सिनु छुने व्यक्‍ति साँझसम्म अशुद्ध रहनेछ।+ ४० मरेको त्यो जनावर कसैले खायो भने उसले आफ्नो लुगा धोओस्‌; ऊ साँझसम्म अशुद्ध रहनेछ।+ जसले त्यो सिनु उठाउँछ, उसले पनि आफ्नो लुगा धोओस्‌; ऊ साँझसम्म अशुद्ध रहनेछ। ४१ “‘जमिनमा बस्ने सबै जीवजन्तु, जो झुन्डमा रहन्छन्‌, ती घृणित कुरा हुन्‌;+ ती नखानू। ४२ आफ्नो पेटको भरले घस्रने जीव, चारखुट्टे जीव वा झुन्डमा रहनेहरूमध्ये धेरै खुट्टा भएका जीव तिमीहरूले नखानू किनकि ती घृणित हुन्‌।+ ४३ तिमीहरूले झुन्डमा रहने कुनै जीवजन्तुद्वारा आफूलाई घृणित नपार; ती जीवजन्तुद्वारा आफूलाई दूषित र अशुद्ध नपार।+ ४४ तिमीहरूले आफूलाई चोख्याएर पवित्र पार+ किनकि म तिमीहरूको परमेश्‍वर यहोवा हुँ+ र म पवित्र छु।+ त्यसैले तिमीहरूले जमिनमा बस्ने जुनसुकै जीवजन्तु, जो झुन्डमा रहन्छन्‌, तिनीहरूद्वारा आफूलाई अशुद्ध नपार। ४५ म यहोवा हुँ। म तिमीहरूका परमेश्‍वर हुँ भनेर प्रमाणित गर्न मैले तिमीहरूलाई मिश्रबाट* निकालेर ल्याएको छु।+ म पवित्र छु,+ त्यसैले तिमीहरू पनि पवित्र होओ।+

४६ “‘जनावर, चराचुरुङ्‌गी, पानीमा चलहल गर्ने जीवजन्तु र झुन्ड बनाएर जमिनमा बस्ने सबै किसिमका जीवजन्तुमा यो नियम लागू हुन्छ। ४७ तिमीहरूले शुद्ध र अशुद्ध अनि खान हुने र खान नहुने जीवजन्तुबीचको भिन्‍नता छुट्ट्याउन सक भनेर यो नियम दिइएको हो।’”+

१२ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २ “इस्राएलीहरूलाई भन्‍नू, ‘यदि कुनै स्त्री गर्भवती भई र उसले छोरा जन्माई भने ऊ सात दिनसम्म अशुद्ध रहोस्‌; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्‌।+ ३ आठौँ दिनमा छोराको खतना* गरियोस्‌।+ ४ रगत बगेको कारण अशुद्ध भएकीले अर्को ३३ दिनसम्म ऊ अशुद्धै रहनेछे। त्यतिन्जेल उसले कुनै पनि पवित्र थोक नछोओस्‌ र शुद्धीकरणको समय नसिद्धिएसम्म पवित्र ठाउँमा नजाओस्‌।

५ “‘उसले छोरी जन्माई भने ऊ १४ दिनसम्म अशुद्ध रहोस्‌; महिनावारी भएका दिनहरूमा जस्तै ऊ अशुद्ध रहोस्‌। रगत बगेको कारण अशुद्ध भएकीले अर्को ६६ दिनसम्म ऊ अशुद्धै रहनेछे। ६ छोरा जन्मिएको होस्‌ या छोरी, शुद्धीकरणको समय सिद्धिएपछि उसले अग्निभेटीको निम्ति भेडाको एक वर्षे पाठो+ र पापभेटीको निम्ति परेवाको एउटा बचेरा वा एउटा ढुकुर भेट हुने पालको* प्रवेशद्वारमा ल्याएर पुजारीलाई देओस्‌। ७ तिनले त्यो यहोवा परमेश्‍वरसामु चढाऊन्‌ र त्यस स्त्रीको निम्ति प्रायश्‍चित गरिदेऊन्‌। त्यसपछि ऊ रगत बगेको कारण अशुद्ध भएको अवस्थाबाट शुद्ध हुनेछे। कुनै स्त्रीले छोरा या छोरी जन्माउँदा यही नियम लागू हुनेछ। ८ तर ऊसित भेडा चढाउने औकात छैन भने उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा ल्याओस्‌;+ एउटा अग्निभेटीको निम्ति अनि अर्को पापभेटीको निम्ति। त्यसपछि पुजारीले उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ र ऊ शुद्ध हुनेछे।’”

१३ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई अझै यसो भन्‍नुभयो: २ “कुनै मानिसको छाला कतै सुन्‍नियो, छालामा फुस्रो दाद वा दाग देखा पऱ्‍यो भने उसलाई कुष्ठरोग* लागेको हुन सक्छ।+ त्यसैले उसलाई पुजारी हारुन अथवा उनका छोराहरू—पुजारीहरूमध्ये एक जनाकहाँ लैजानू।+ ३ पुजारीले उसको सङ्‌क्रमित छाला जाँचून्‌। सुन्‍निएको वा दाग देखा परेको ठाउँको रौँ सेतो भएको छ र दाग भित्रसम्मै गढेको छ भने त्यो कुष्ठरोग हो। पुजारीले जाँचेपछि उसलाई अशुद्ध ठहराऊन्‌। ४ उसको छालाको दाग सेतो छ तर त्यो भित्रसम्म गढेको छैन अनि त्यहाँको रौँ सेतो भएको छैन भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्‌।+ ५ त्यसपछि सातौँ दिनमा पुजारीले उसलाई फेरि जाँचून्‌। जाँचेर हेर्दा त्यो दाग जस्ताको तस्तै छ र फैलिएको छैन भने पुजारीले अरू सात दिनसम्म उसलाई अलग्गै राखून्‌।

६ “सातौँ दिनमा पुजारीले उसलाई फेरि जाँचून्‌। दाग हराउँदै गएको छ र त्यो छालामा फैलिएको छैन भने पुजारीले उसलाई शुद्ध ठहराऊन्‌;+ त्यो सामान्य दाद मात्र हो। त्यसपछि उसले आफ्नो लुगा धोओस्‌ र शुद्ध होस्‌। ७ तर शुद्ध ठहरिन पुजारीकहाँ गएपछि त्यो दाद* छालामा फैलिँदै गयो भने ऊ फेरि* पुजारीकहाँ जाओस्‌। ८ पुजारीले उसलाई जाँचून्‌ र दाद छालामा फैलिएको छ भने तिनले उसलाई अशुद्ध ठहराऊन्‌। यो कुष्ठरोग हो।+

९ “यदि कुनै मानिसमा कुष्ठरोग देखियो भने उसलाई पुजारीकहाँ लैजानू १० र पुजारीले उसलाई जाँचून्‌।+ यदि सुन्‍निएको ठाउँ सेतो भएर त्यहाँको रौँ पनि सेतो भएको छ र त्यहाँ आलो घाउ निस्केको छ भने+ ११ त्यो दीर्घकालीन कुष्ठरोग हो र पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। तर पुजारीले उसलाई अलग्गै नराखून्‌+ किनकि ऊ पहिल्यैदेखि अशुद्ध भइसकेको छ। १२ तर उसको छालामा देखिएको कुष्ठरोग जीउभरि फैलिएको छ र रोगले टाउकोदेखि पैतालासम्म पूरै छोइसकेको कुरा पुजारीले देखे भने १३ पुजारीले उसलाई जाँचेर हेरून्‌ र उसको जीउभरि कुष्ठरोग फैलिसकेको छ भने उसलाई शुद्ध ठहराऊन्‌।* सबै शरीर नै सेतो भइसकेकोले ऊ शुद्ध छ। १४ तर छालामा आलो घाउ निस्कियो भने ऊ अशुद्ध होस्‌। १५ पुजारीले आलो घाउ देखेमा उसलाई अशुद्ध ठहराऊन्‌।+ आलो घाउ अशुद्ध हो। त्यो कुष्ठरोग हो।+ १६ तर त्यो आलो घाउ निको भएर छाला सेतो भयो भने ऊ फेरि पुजारीकहाँ आओस्‌। १७ पुजारीले उसलाई जाँचेर हेरून्‌+ र उसको छाला सेतो भएको छ भने पुजारीले उसलाई शुद्ध ठहराऊन्‌। ऊ शुद्ध छ।

१८ “कुनै मानिसको छालामा खटिरा निस्क्यो र त्यो निको भयो १९ तर त्यो खटिरा निस्केको ठाउँ सेतो भएर सुन्‍नियो वा त्यहाँ सेतोसेतो, रातोरातो किसिमको दाग देखा पऱ्‍यो भने उसले पुजारीलाई देखाओस्‌। २० पुजारीले उसलाई जाँचेर हेरून्‌+ र त्यो दाग भित्रसम्मै गढेको छ र त्यहाँको रौँ सेतो भएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। त्यो खटिराबाट निस्केको कुष्ठरोग हो। २१ तर पुजारीले जाँचेर हेर्दा त्यहाँको रौँ सेतो भएको छैन, त्यो दाग भित्रसम्म गढेको छैन र दाग हराउँदै गएको छ भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्‌।+ २२ त्यो दाग छालामा फैलिसकेको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। त्यो कुष्ठरोग हो। २३ तर त्यो दाग फैलिएको छैन र एकै ठाउँमा छ भने त्यो खटिराले गर्दा सुन्‍निएको मात्र हो; पुजारीले उसलाई शुद्ध ठहराऊन्‌।+

२४ “अथवा कसैलाई आगोले पोल्यो र पोलेको ठाउँको आलो मासुमा रातोरातो, सेतोसेतो वा सेतो दाग देखियो भने २५ पुजारीले उसलाई जाँचेर हेरून्‌। दाग भएको ठाउँको रौँ सेतो भएको छ र त्यो दाग भित्रसम्मै गढेको छ भने त्यो पोलेको ठाउँबाट निस्केको कुष्ठरोग हो; पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। त्यो कुष्ठरोग हो। २६ तर पुजारीले जाँचेर हेर्दा त्यहाँको रौँ सेतो भएको छैन, त्यो दाग भित्रसम्म गढेको छैन र दाग हराउँदै गएको छ भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्‌।+ २७ सातौँ दिनमा पुजारीले उसलाई जाँचेर हेरून्‌ र त्यो दाग छालामा फैलिएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। त्यो कुष्ठरोग हो। २८ तर त्यो दाग फैलिएको छैन र एकै ठाउँमा छ अनि हराउँदै गएको छ भने त्यो घाउ सुन्‍निएको मात्र हो; पुजारीले उसलाई शुद्ध ठहराऊन्‌ किनकि त्यो पोलेको ठाउँमा सुन्‍निएको मात्र हो।

२९ “कुनै पुरुष वा स्त्रीको टाउको वा चिउँडोमा सङ्‌क्रमण भयो भने ३० पुजारीले त्यो जाँचेर हेरून्‌।+ त्यो भित्रसम्मै गढेको छ र त्यहाँको रौँ पहेँलो र मसिनो भएको छ भने पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। त्यो टाउकोको छाला वा दाह्रीमा देखिएको रोग हो; त्यो टाउको वा चिउँडोको कुष्ठरोग हो। ३१ तर पुजारीले जाँचेर हेर्दा त्यो सङ्‌क्रमण भित्रसम्म गढेको देखिँदैन र त्यसमा कालो रौँ छैन भने पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्‌।+ ३२ सातौँ दिनमा पुजारीले उसलाई जाँचेर हेरून्‌। त्यो फैलिएको छैन, रौँ पहेँलो भएको छैन र भित्रसम्म गढेको छैन भने ३३ उसले सङ्‌क्रमण भएको ठाउँ छोडेर बाँकी भाग खौरोस्‌। अनि पुजारीले उसलाई सात दिनसम्म अलग्गै राखून्‌।

३४ “सातौँ दिनमा पुजारीले उसलाई फेरि जाँचेर हेरून्‌। जाँचेर हेर्दा टाउकोको छाला र दाह्रीको सङ्‌क्रमण फैलिएको छैन र भित्रसम्म गढेको छैन भने पुजारीले उसलाई शुद्ध ठहराऊन्‌। अनि उसले आफ्नो लुगा धोओस्‌ र ऊ शुद्ध होस्‌। ३५ तर उसलाई शुद्ध ठहराइसकेपछि सङ्‌क्रमण फैलियो भने ३६ पुजारीले उसलाई जाँचेर हेरून्‌। सङ्‌क्रमण फैलिएको छ भने पुजारीले त्यहाँको रौँ पहेँलो भएको छ कि छैन भनेर जाँच्नुपर्दैन; ऊ अशुद्ध हो। ३७ तर जाँचेर हेर्दा सङ्‌क्रमण फैलिएको देखिएन र त्यहाँ कालो रौँ उम्रेको देखियो भने त्यो निको भएको हो। ऊ शुद्ध छ र पुजारीले उसलाई शुद्ध ठहराऊन्‌।+

३८ “कुनै पुरुष वा स्त्रीको छालामा दागहरू देखियो र ती सेता छन्‌ भने ३९ पुजारीले जाँचेर हेरून्‌।+ ती दाग हल्का सेता छन्‌ भने ती छालामा निस्केका डाबर मात्र हुन्‌। त्यो मानिस शुद्ध हो।

४० “कुनै पुरुषको कपाल पूरै झरेर ऊ तालुखुइले भएको छ भने ऊ शुद्ध हो। ४१ यदि अगाडिपट्टिको कपाल झरेर तालुखुइले भएको छ भने ऊ शुद्ध हो। ४२ तर तालु खुइलिएको भागमा वा निधारमा रातोरातो, सेतोसेतो घाउ देखिएमा त्यो उसको तालु वा निधारमा आएको कुष्ठरोग हो। ४३ पुजारीले उसलाई जाँचेर हेरून्‌। उसको तालु खुइलिएको भागमा वा निधारमा भएको त्यो सुन्‍निएको घाउ रातोरातो, सेतोसेतो छ र त्यो कुष्ठरोगजस्तो देखिन्छ भने ४४ ऊ कुष्ठरोगी हो; ऊ अशुद्ध हो। उसको टाउकोमा लागेको त्यस रोगले गर्दा पुजारीले उसलाई अशुद्ध ठहराऊन्‌। ४५ कुष्ठरोगीले च्यातिएको लुगा लगाओस्‌ र कपाल नकोरोस्‌। अनि उसले आफ्नो मुख छोपेर ‘अशुद्ध, अशुद्ध!’ भन्दै कराओस्‌। ४६ रोग निको नभएसम्म ऊ अशुद्ध रहोस्‌। अशुद्ध भएकोले ऊ अलग्गै बसोस्‌। ऊ छाउनीदेखि बाहिरै बसोस्‌।+

४७ “ऊनको होस्‌ वा मलमलको, यदि कुनै लुगामा ढुसी लाग्यो ४८ अनि त्यो ढुसी लुगाको धागोमा* लागेको होस्‌ अथवा छालामा वा छालाबाट बनेको कुनै सामानमा, ४९ यदि त्यसले गर्दा त्यस लुगामा, छालामा, धागोमा वा छालाको अरू कुनै सामानमा पहेँलोपहेँलो खालको हरियो दाग वा रातो दाग देखियो भने त्यो ढुसी नै हो र त्यो पुजारीलाई देखाउनुपर्छ। ५० पुजारीले त्यसलाई जाँचेर हेरून्‌ र ढुसी लागेको सामानलाई सात दिनसम्म अलग्गै राखून्‌।+ ५१ पुजारीले सातौँ दिनमा जाँचेर हेर्दा त्यो ढुसी लुगामा, धागोमा वा छालामा (त्यो छाला जुनसुकै कामको लागि प्रयोग गरिए तापनि) फैलिएको भेट्टाएमा त्यो सर्ने किसिमको ढुसी हो। त्यसैले त्यो अशुद्ध हो।+ ५२ तिनले लुगा, मलमलको वा ऊनको लुगाको धागोमा र छालाबाट बनेको जुनसुकै सामान, जसमा ढुसी लागेको छ, त्यो जलाऊन्‌ किनकि त्यो सर्ने किसिमको ढुसी हो। त्यसलाई आगोमा जलाउनू।

५३ “तर पुजारीले जाँचेर हेर्दा लुगामा, धागोमा वा छालाबाट बनेको कुनै पनि सामानमा ढुसी फैलिएको छैन भने ५४ पुजारीले ढुसी लागेको सामानलाई धुन लगाऊन्‌ र तिनले त्यो सामान अरू सात दिनसम्म अलग्गै राखून्‌। ५५ ढुसी लागेको सामानलाई राम्ररी धोएपछि पुजारीले त्यसलाई जाँचेर हेरून्‌। यसरी हेर्दा ढुसी नफैलिए तापनि त्यो पहिलाको जस्तै देखिन्छ भने त्यो अशुद्ध हो; त्यसलाई आगोमा जलाइदिनू किनकि ढुसीले त्यसलाई भित्रभित्रैबाट वा बाहिरबाट खाइसकेको छ।

५६ “तर राम्ररी धोइसकेपछि पुजारीले त्यसलाई जाँचेर हेर्दा ढुसी कम हुँदै गएको छ भने तिनले ढुसी लागेको भाग त्यो धागो वा लुगा वा छालाबाट च्यातेर फ्याँकून्‌। ५७ तर त्यो लुगामा, धागोमा वा छालाको कुनै पनि सामानमा फेरि ढुसी देखा पऱ्‍यो भने ढुसी फैलिरहेको छ; ढुसी लागेको त्यो सामानलाई आगोमा जलाइदिनू।+ ५८ तर धोइसकेको लुगा, धागो वा छालाको कुनै पनि सामानबाट ढुसी हराएर गयो भने त्यसलाई फेरि एक पटक धुनू अनि त्यो शुद्ध हुनेछ।

५९ “ऊन वा मलमलको लुगामा, धागोमा वा छालाको कुनै पनि सामानमा लाग्ने ढुसीलाई शुद्ध वा अशुद्ध ठहराउने नियम यही हो।”

१४ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २ “कुनै कुष्ठरोगीलाई शुद्ध ठहराउने दिनमा पालन गर्नुपर्ने नियम यही हो। उसलाई पुजारीकहाँ ल्याउनू।+ ३ पुजारी छाउनीबाहिर जाऊन्‌ र त्यस कुष्ठरोगीलाई जाँचून्‌। यदि उसको रोग निको भइसकेको रहेछ भने ४ शुद्धीकरणको निम्ति पुजारीले उसलाई शुद्ध चराहरूमध्येबाट दुई वटा चरा, देवदारको हाँगा, सिन्दूरे रङ्‌गको कपडा र हिसप* ल्याउने आज्ञा देऊन्‌।+ ५ अनि पुजारीले उसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि एउटा चरा मार्न लगाऊन्‌। ६ त्यसपछि पुजारीले जिउँदो चराको साथै देवदारको हाँगा, सिन्दूरे रङ्‌गको कपडा र हिसप लेऊन्‌ अनि ती सबैलाई पहिलो चराको रगतमा चोपून्‌, जसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारिएको थियो। ७ त्यसपछि पुजारीले शुद्ध हुन आएको कुष्ठरोगीमाथि त्यो रगत सात पल्ट छर्कून्‌ र उसलाई शुद्ध ठहराऊन्‌ अनि जिउँदो चरालाई चाहिँ छोडिदेऊन्‌।+

८ “शुद्ध हुन आएको व्यक्‍तिले चाहिँ आफ्नो लुगा धोओस्‌, कपाल र जीउको सबै रौँ खौरोस्‌ र नुहाओस्‌ अनि ऊ शुद्ध हुनेछ। त्यसपछि ऊ छाउनीभित्र आउन सक्छ तर सात दिनसम्म ऊ आफ्नो पालबाहिरै बसोस्‌। ९ सातौँ दिनमा उसले आफ्नो कपाल, दाह्री र आँखीभौँ खौरोस्‌। सबै रौँ खौरिसकेपछि उसले फेरि आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌। अनि ऊ शुद्ध हुनेछ।

१० “आठौँ दिन उसले पुजारीकहाँ यी कुराहरू ल्याओस्‌: भेडाको दुई वटा निष्खोट पाठो, भेडाको एउटा एक वर्षे निष्खोट पाठी,+ अन्‍नभेटीको निम्ति एपाको दस भागको तीन भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्‌+ अनि एक लग* तेल।+ ११ त्यसपछि उसलाई शुद्ध ठहराउने पुजारीले ती भेटीहरूसँगै उसलाई भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु ल्याऊन्‌। १२ अनि पुजारीले एक लग तेलका साथै दोषभेटीको निम्ति भेडाको एउटा पाठो लेऊन्‌+ र ती यहोवा परमेश्‍वरसामु डोलाउने भेटीको रूपमा डोलाऊन्‌।*+ १३ त्यसपछि तिनले त्यस पाठोलाई पापभेटी र अग्निभेटीको जनावर प्रायजसो जहाँ काटिन्छ, त्यहीँ अर्थात्‌ पवित्र ठाउँमा काटून्‌+ किनभने पापभेटीजस्तै यो दोषभेटी पनि पुजारीको हो।+ यो महापवित्र कुरा हो।+

१४ “त्यसपछि पुजारीले दोषभेटीको अलिकति रगत लेऊन्‌ र शुद्ध हुन आएको व्यक्‍तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदेऊन्‌। १५ अनि पुजारीले भेटीको अलिकति तेल+ आफ्नो बायाँ हत्केलामा खन्याऊन्‌। १६ त्यसपछि तिनले बायाँ हत्केलामा भएको तेलमा आफ्नो दायाँ औँला चोपून्‌ र यहोवा परमेश्‍वरसामु सात पल्ट छर्कून्‌। १७ त्यसपछि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेलबाट अलिकति लिएर शुद्ध हुन आएको व्यक्‍तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा दोषभेटीको रगत लगाएकै ठाउँमा लगाइदेऊन्‌। १८ अनि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेल शुद्ध हुन आएको व्यक्‍तिको टाउकोमा लगाइदेऊन्‌ अनि तिनले यहोवा परमेश्‍वरसामु उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌।+

१९ “पुजारीले पापभेटीको जनावर चढाऊन्‌+ र शुद्ध हुन आएको व्यक्‍तिको निम्ति प्रायश्‍चित गरिदेऊन्‌। अनि तिनले अग्निभेटीको जनावर काटून्‌। २० त्यसपछि तिनले वेदीमा अग्निभेटी र अन्‍नभेटी चढाऊन्‌+ र शुद्ध हुन आएको व्यक्‍तिको निम्ति प्रायश्‍चित गरिदेऊन्‌।+ त्यसपछि ऊ शुद्ध हुनेछ।+

२१ “यदि ऊ गरिब छ र उसको औकातले दिँदैन भने आफ्नो प्रायश्‍चितको निम्ति दोषभेटी चढाउन र त्यसलाई डोलाउने भेटीको रूपमा डोलाउन उसले भेडाको एउटा निष्खोट पाठो ल्याओस्‌। साथै अन्‍नभेटीको निम्ति एपाको दस भागको एक भाग* मसिनो पीठो, जुन तेलमा मुछेको होस्‌ अनि एक लग तेल ल्याओस्‌। २२ अनि आफ्नो औकातअनुसार उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा पनि ल्याओस्‌; एउटा पापभेटीको निम्ति अनि अर्को अग्निभेटीको निम्ति।+ २३ आठौँ दिन+ आफ्नो शुद्धीकरणको लागि उसले यी भेटीहरू भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु पुजारीकहाँ ल्याओस्‌।+

२४ “त्यसपछि पुजारीले दोषभेटीको निम्ति ल्याइएको भेडाको पाठो+ र एक लग तेल लेऊन्‌ अनि ती कुराहरू यहोवा परमेश्‍वरसामु डोलाउने भेटीको रूपमा डोलाऊन्‌।+ २५ त्यसपछि तिनले दोषभेटीको त्यो पाठो काटून्‌ र त्यसको अलिकति रगत लिएर शुद्ध हुन आएको व्यक्‍तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा लगाइदेऊन्‌।+ २६ अनि तिनले भेटीको अलिकति तेल आफ्नो बायाँ हत्केलामा खन्याऊन्‌।+ २७ त्यसपछि तिनले बायाँ हत्केलामा भएको अलिकति तेलमा आफ्नो दायाँ हातको औँला चोपून्‌ र यहोवा परमेश्‍वरसामु सात पल्ट छर्कून्‌। २८ त्यसपछि तिनले आफ्नो हत्केलामा भएको तेलबाट अलिकति लिएर शुद्ध हुन आएको व्यक्‍तिको दाहिने कानको लोती, दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा दोषभेटीको रगत लगाएकै ठाउँमा लगाइदेऊन्‌। २९ अनि तिनले आफ्नो हत्केलामा बाँकी भएको तेल शुद्ध हुन आएको व्यक्‍तिको टाउकोमा लगाइदेऊन्‌; यसरी पुजारीले यहोवा परमेश्‍वरसामु उसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌।

३० “उसले आफ्नो औकातअनुसार दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा ल्याओस्‌।+ ३१ अनि एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा चढाओस्‌।+ उसले अन्‍नभेटी पनि सँगै ल्याओस्‌। त्यसपछि पुजारीले शुद्ध हुन आएको त्यस व्यक्‍तिको निम्ति यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गरिदेऊन्‌।+

३२ “कुष्ठरोग लागेको व्यक्‍तिसित आफ्नो शुद्धीकरणको निम्ति चाहिने सबै कुरा जुटाउने औकात छैन भने उसलाई लागू हुने नियम यही हो।”

३३ त्यसपछि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: ३४ “मैले तिमीहरूलाई अधिकार गर्न दिने+ कनान देशमा+ तिमीहरू पुगेपछि यदि मैले कुनै घरमा ढुसी लाग्न दिएँ भने+ ३५ त्यो घर जसको हो, उसले पुजारीकहाँ गएर यसो भनोस्‌, ‘मेरो घरमा ढुसी लाग्यो जस्तो छ।’ ३६ घरको जाँच गर्न जानुअघि नै पुजारीले घरभित्रको सबै सरसामान हटाउन लगाऊन्‌ नत्र त त्यहाँ भएको सबै कुरा अशुद्ध हुनेछ। घर खाली गरिसकेपछि मात्र पुजारी घरभित्र छिरून्‌। ३७ त्यसपछि तिनले घरको भित्तामा देखिएका दागहरू राम्ररी जाँचून्‌। यदि ती दागहरू पहेँलोपहेँलो खालको हरियो रङ्‌गको वा रातो रङ्‌गको छ र ती दागहरू भित्ताको भित्रसम्म गडेको देखिन्छ भने ३८ पुजारी घरबाहिर निस्कून्‌ र त्यस घरमा कोही पनि नपसून्‌ भनेर त्यसलाई सात दिनसम्म बन्द गरून्‌।+

३९ “सातौँ दिनमा आएर पुजारीले त्यो घर फेरि राम्ररी जाँचून्‌। यदि भित्ताको दाग फैलिएको रहेछ भने ४० पुजारीले दाग लागेका ढुङ्‌गाहरू निकाल्न र त्यसलाई सहरबाहिर फोहोर फाल्ने ठाउँमा फाल्न लगाऊन्‌। ४१ अनि घरभित्र सबै भित्ता खुर्किन लगाऊन्‌ र त्यसरी खुर्कँदा निस्केको माटो र ढुङ्‌गाहरूबीचको माटोलाई सहरबाहिर फोहोर फाल्ने ठाउँमा फाल्न लगाऊन्‌। ४२ अनि तिनीहरूले ढुङ्‌गा निकालेको ठाउँमा नयाँ ढुङ्‌गा राखून्‌ र त्यसको बीचबीचमा राख्न र बाहिरबाट पोत्न नयाँ माटो प्रयोग गरून्‌।

४३ “ढुङ्‌गा झिक्ने, भित्ता खुर्कने अनि नयाँ माटोले भित्ता पोत्ने काम गरिसकेपछि पनि दाग फेरि देखा पऱ्‍यो भने ४४ पुजारीले घरभित्र गएर राम्ररी जाँचून्‌। यदि दाग फैलिएको छ भने त्यो सर्ने किसिमको ढुसी हो।+ त्यसैले त्यो घर अशुद्ध छ। ४५ तिनले त्यो घर पूरै भत्काउन अनि त्यसको ढुङ्‌गा, काठ, माटो सबै निकालेर सहरबाहिर फोहोर फाल्ने ठाउँमा लगेर फाल्न लगाऊन्‌।+ ४६ तर त्यो घर बन्द गरिएको बेला कुनै व्यक्‍ति भित्र पसेमा+ ऊ साँझसम्म अशुद्ध रहोस्‌।+ ४७ कोही त्यस घरमा सुतेमा उसले आफ्नो लुगा धोओस्‌; त्यसरी नै कसैले त्यस घरमा खाएमा उसले पनि आफ्नो लुगा धोओस्‌।

४८ “तर त्यस घरलाई नयाँ माटोले पोतेपछि पुजारी आएर जाँच्दा त्यहाँ दाग फैलिएको रहेनछ भने तिनले त्यस घरलाई शुद्ध ठहराऊन्‌ किनभने त्यहाँबाट दाग हटिसकेको छ। ४९ त्यस घरलाई शुद्ध पार्न तिनले दुई वटा चरा, देवदारको हाँगा, सिन्दूरे रङ्‌गको कपडा र हिसप लेऊन्‌।+ ५० तिनले तीमध्ये एउटा चरालाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारून्‌। ५१ त्यसपछि तिनले जिउँदो चराको साथै देवदारको हाँगा, सिन्दूरे रङ्‌गको कपडा र हिसप लेऊन्‌ अनि ती सबैलाई पहिलो चराको रगतमा चोपून्‌, जसलाई खोलाको पानी राखेको माटोको भाँडोमाथि मारिएको थियो। अनि त्यो रगतले त्यस घरलाई सात पल्ट छर्कून्‌।+ ५२ यसरी तिनले चराको रगत, खोलाको पानी, जिउँदो चरा, देवदारको हाँगा, हिसप अनि सिन्दूरे रङ्‌गको कपडाले त्यस घरलाई शुद्ध पारून्‌। ५३ त्यसपछि जिउँदो चरालाई चाहिँ सहरबाहिर छोडिदेऊन्‌ र तिनले त्यस घरको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ अनि त्यो घर शुद्ध हुनेछ।

५४ “यो नियम सबै किसिमको कुष्ठरोग र ढुसीमा लागू हुन्छ: टाउकोको छाला अथवा दाह्रीमा सङ्‌क्रमण हुँदा,+ ५५ लुगा+ अथवा घरमा+ ढुसी लाग्दा, ५६ सुन्‍निँदा, दाद वा दाग देखा पर्दा।+ ५७ कुनै कुरालाई अशुद्ध वा शुद्ध ठहराउने नियम यही हो;+ कुष्ठरोग र ढुसीसम्बन्धी नियम यही हो।”+

१५ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई अझै यसो भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै पुरुषको यौनाङ्‌गबाट धातु बग्यो भने ऊ अशुद्ध होस्‌।+ ३ त्यो धातु उसको यौनाङ्‌गबाट बगिरह्‍यो वा त्यो बग्न रोकिएर यौनाङ्‌गमा अवरोध पैदा गऱ्‍यो भने पनि ऊ अशुद्ध होस्‌।

४ “‘धातु बगेको मानिस सुतेको ओछ्यान र ऊ बसेको सबै सामान अशुद्ध होस्‌। ५ जसले उसको ओछ्यान छुन्छ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌।+ ६ धातु बगेको मानिस बसेको कुनै पनि कुरामा जो बस्छ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ७ धातु बगेको पुरुषलाई जसले छुन्छ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ८ धातु बगेको पुरुषले कुनै शुद्ध व्यक्‍तिलाई थुक्यो भने त्यस व्यक्‍तिले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ९ धातु बगेको मानिस बसेको काठी अशुद्ध होस्‌। १० ऊ बसेको कुरालाई छुने जोसुकै व्यक्‍ति साँझसम्म अशुद्ध रहोस्‌। अनि जसले ऊ बसेको कुरालाई उठाउँछ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ११ धातु बगेको मानिसले+ हात नधोई कसैलाई छोयो भने त्यस व्यक्‍तिले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। १२ धातु बगेको मानिसले छोएको माटोको भाँडो फुटाउनू र उसले छोएको काठको भाँडो पानीले पखाल्नू।+

१३ “‘धातु बग्न छोड्‌यो र ऊ निको भयो भने धातु बग्न छोडेको सात दिनपछि उसले आफ्नो लुगा धोओस्‌ र खोलाको पानीले नुहाओस्‌ अनि ऊ शुद्ध हुनेछ।+ १४ आठौँ दिन उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा+ भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु ल्याओस्‌ र पुजारीलाई देओस्‌। १५ अनि पुजारीले तीमध्ये एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा चढाऊन्‌। यसरी तिनले धातु बगेको त्यस मानिसको निम्ति यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गरिदेऊन्‌।

१६ “‘कुनै पुरुषको वीर्य निस्क्यो भने उसले आफ्नो पूरै शरीर नुहाओस्‌ र ऊ साँझसम्म अशुद्ध रहोस्‌।+ १७ उसले वीर्य परेको लुगा र छालाको सामान धोओस्‌ र त्यो सरसामान साँझसम्म अशुद्ध रहोस्‌।

१८ “‘स्त्रीसित सम्भोग गर्दा कुनै पुरुषको वीर्य निस्क्यो भने तिनीहरू दुवैले नुहाऊन्‌ र साँझसम्म अशुद्ध रहून्‌।+

१९ “‘कुनै स्त्री महिनावारी भएकी छे भने ऊ सात दिनसम्म अशुद्ध रहोस्‌।+ उसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध रहोस्‌।+ २० महिनावारीले गर्दा अशुद्ध भएको समयमा ऊ जुन ओछ्यानमा सुत्छे, त्यो अशुद्ध होस्‌ अनि ऊ जुन कुरामा बस्छे, त्यो पनि अशुद्ध होस्‌।+ २१ उसको ओछ्यान छुने जोसुकैले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। २२ महिनावारीले गर्दा अशुद्ध भएकी स्त्री बसेको जुनसुकै कुरा छुने व्यक्‍तिले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। २३ ऊ ओछ्यानमा बसेकी होस्‌ वा अरू कुनै कुरामा, ऊ बसेको कुरालाई कसैले छोएमा त्यो व्यक्‍ति साँझसम्म अशुद्ध रहोस्‌।+ २४ कुनै पुरुषले त्यस स्त्रीसित सम्भोग गऱ्‍यो र महिनावारीले गर्दा अशुद्ध भएकी त्यस स्त्रीको रगत उसलाई लाग्यो भने+ त्यो व्यक्‍ति सात दिनसम्म अशुद्ध रहोस्‌ अनि त्यो व्यक्‍ति सुत्ने ओछ्यान पनि अशुद्ध होस्‌।

२५ “‘यदि कुनै स्त्रीको महिनावारीको समयबाहेक अरू नै समयमा+ धेरै दिनसम्म रगत बग्यो+ वा अघिपछिको बेलाभन्दा लामो समयसम्म रगत बग्यो भने महिनावारीको दिनहरूमा झैँ रगत बगुन्जेल ऊ अशुद्ध हुनेछे। २६ रगत बगेको दिनहरूमा ऊ सुतेको ओछ्यान महिनावारी भएको बेला सुतेको ओछ्यानजस्तै अशुद्ध ठहरियोस्‌+ अनि ऊ जुन कुरामा बस्छे, त्यो पनि महिनावारी भएको बेलाझैँ अशुद्ध ठहरियोस्‌। २७ ती कुराहरू छुने व्यक्‍ति अशुद्ध होस्‌ र उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌।+

२८ “‘तर रगत बग्न छोड्‌यो भने रगत बग्न छोडेको सात दिनपछि ऊ शुद्ध हुनेछे।+ २९ आठौँ दिनमा उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा+ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर पुजारीलाई देओस्‌।+ ३० अनि पुजारीले तीमध्ये एउटालाई पापभेटीको निम्ति र अर्कोलाई अग्निभेटीको निम्ति चढाऊन्‌। यसरी तिनले रगत बगेको त्यस स्त्रीको निम्ति यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गरिदेऊन्‌।+

३१ “‘यसरी तिमीहरूले इस्राएलीहरूलाई अशुद्धताबाट अलग्गै राख्नू नत्र त तिनीहरूबीच भएको मेरो वासस्थानलाई* तिनीहरूले अशुद्ध पार्लान्‌ र मर्लान्‌।+

३२ “‘यो नियम यी मानिसहरूमा लागू हुनेछ: धातु बगेको पुरुष र वीर्य निस्केकोले अशुद्ध भएको पुरुष,+ ३३ महिनावारीले गर्दा अशुद्ध भएकी स्त्री,+ शरीरबाट धातु बगेको पुरुष, शरीरबाट रगत बगेकी स्त्री+ र अशुद्ध भएकी स्त्रीसित सम्भोग गर्ने पुरुष।’”

१६ हारुनका दुई छोराको मृत्युपछि यहोवा परमेश्‍वरले मोसालाई केही नियम दिनुभयो। उनीहरू अनुचित तरिकामा यहोवा परमेश्‍वरसामु गएकोले मरेका थिए।+ २ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो दाइ हारुनलाई पर्दापछाडि+ महापवित्र कोठामा* राखिएको करारको सन्दुकको* ढकनीअगाडि आफूखुसी नआउनू भन+ नत्र त ऊ मर्नेछ+ किनकि म त्यस ढकनीमाथि+ बादलमा देखा पर्छु।+

३ “महापवित्र कोठामा पस्नुअघि हारुनले पापभेटीको निम्ति एउटा बहर+ र अग्निभेटीको निम्ति एउटा थुमा ल्याऊन्‌।+ ४ त्यसपछि उनले मलमलको* लामो लुगा+ लगाऊन्‌ र आफ्नो नग्नता ढाक्न मलमलको छोटो सुरुवाल*+ लगाऊन्‌। अनि मलमलको पटुका+ कसून्‌। त्यसपछि उनले आफ्नो टाउकोमा मलमलको फेटा+ बाँधून्‌। यी पवित्र पोसाक हुन्‌।+ उनले नुहाएपछि+ मात्र यी पोसाक लगाऊन्‌।

५ “उनले इस्राएलीहरूको समुदायबाट पापभेटीको निम्ति बाख्राको दुई वटा पाठो र अग्निभेटीको निम्ति एउटा थुमा ल्याऊन्‌।+

६ “त्यसपछि हारुनले आफ्नो निम्ति पापभेटीको बहर चढाऊन्‌ अनि आफू+ र आफ्नो घरानाको निम्ति प्रायश्‍चित गरून्‌।

७ “त्यसपछि उनले बाख्राका ती दुई वटा पाठोलाई भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु राखून्‌। ८ उनले ती दुई वटा पाठोको लागि गोला हालून्‌। त्यसपछि कुनचाहिँ पाठो यहोवा परमेश्‍वरलाई चढाउनको निम्ति हो र कुनचाहिँ पाठो अजाजेलको* निम्ति हो, छुट्ट्याऊन्‌। ९ हारुनले यहोवा परमेश्‍वरको भागमा परेको पाठोलाई ल्याऊन्‌+ र त्यसलाई पापभेटीको रूपमा चढाऊन्‌। १० तर अजाजेलको निम्ति छुट्ट्याइएको पाठोलाई चाहिँ जिउँदै यहोवा परमेश्‍वरसामु ल्याऊन्‌ अनि प्रायश्‍चितको निम्ति गरिने सबै प्रक्रिया पूरा गरेर त्यसलाई निर्जनभूमिमा छोडिदेऊन्‌।+

११ “हारुनले आफ्नो निम्ति पापभेटीको बहर ल्याऊन्‌ अनि आफू र आफ्नो घरानाको निम्ति प्रायश्‍चित गरून्‌; त्यसपछि उनले आफ्नो निम्ति पापभेटीको त्यो बहर काटून्‌।+

१२ “त्यसपछि उनले धुपौरो लेऊन्‌।+ त्यो धुपौरोमा यहोवा परमेश्‍वरसामु राखिएको वेदीबाट निकालिएको बलिरहेको कोइला भरिएको होस्‌।+ उनले दुई मुठी सुगन्धित धूप पनि लेऊन्‌।+ त्यसपछि ती लिएर पर्दाभित्र जाऊन्‌।+ १३ अनि उनले यो धूप यहोवा परमेश्‍वरसामु आगोमाथि राखून्‌+ अनि यसबाट निस्केको धुवाँले करारको सन्दुकको+ ढकनी+ पूरै ढाकोस्‌। यी कुराहरू नगरेमा उनी मर्नेछन्‌।

१४ “उनले बहरको अलिकति रगतमा आफ्नो औँला चोपून्‌+ र सन्दुकको ढकनीको अगाडि पूर्वपट्टि छर्कून्‌। उनले आफ्नो औँलाले त्यो रगत ढकनीको अगिल्तिर सात पल्ट छर्कून्‌।+

१५ “त्यसपछि उनले समुदायको पापको निम्ति पापभेटीको पाठो काटून्‌+ र त्यसको रगत+ पर्दाभित्र+ महापवित्र कोठामा ल्याएर बहरको रगतलाई जसो गरिएको थियो, त्यसै गरून्‌। उनले त्यो रगत सन्दुकको ढकनीअगाडि छर्कून्‌।

१६ “इस्राएलीहरूको अशुद्ध काम, तिनीहरूको गल्ती र पापले+ गर्दा महापवित्र कोठा अपवित्र नहोस्‌ भनेर उनले त्यसको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ अनि अशुद्ध काम गर्ने इस्राएलीहरूमाझ भएको भेट हुने पालको निम्ति पनि उनले त्यसरी नै प्रायश्‍चित गरिदेऊन्‌।

१७ “प्रायश्‍चित गर्नको लागि उनी महापवित्र कोठामा पसेदेखि बाहिर ननिस्कुन्जेल भेट हुने पालमा अरू कोही मानिस नहोस्‌। उनले आफू र आफ्नो घरानाको निम्ति+ अनि सारा इस्राएली समुदायको निम्ति प्रायश्‍चित गरिदेऊन्‌।+

१८ “त्यसपछि उनी पालबाट निस्केर यहोवा परमेश्‍वरसामु भएको वेदीमा आऊन्‌+ र वेदीको निम्ति प्रायश्‍चित गरिदेऊन्‌; उनले बहरको अलिकति रगत र बाख्राको पाठोको अलिकति रगत लिएर वेदीको चारैतिरका सिङहरूमा लगाइदेऊन्‌। १९ साथै उनले अलिकति रगतमा आफ्नो औँला चोपेर वेदीमा सात पल्ट छर्कून्‌ र त्यसलाई इस्राएलीहरूको अशुद्ध कामबाट शुद्ध पारून्‌।

२० “महापवित्र कोठा, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित गरिसकेपछि+ उनले जिउँदो पाठो ल्याऊन्‌।+ २१ हारुनले त्यो जिउँदो पाठोको टाउकोमा आफ्नो दुवै हात राखेर इस्राएलीहरूको सबै गल्ती र पाप स्विकारून्‌ र ती सबै त्यस पाठोको टाउकोमा थोपरिदेऊन्‌।+ अनि पहिल्यै छानिएको मानिसको साथमा त्यस पाठोलाई निर्जनभूमिमा पठाइदेऊन्‌। २२ यसरी हारुनले त्यस पाठोलाई निर्जनभूमिमा पठाउनेछन्‌+ र त्यस पाठोले इस्राएलीहरूको सारा पाप निर्जनभूमिमा+ बोकेर लैजानेछ।+

२३ “त्यसपछि हारुन भेट हुने पालमा पसून्‌ र महापवित्र कोठाभित्र जाँदा लगाएको मलमलको पोसाक फुकालून्‌। २४ अनि उनले एउटा पवित्र ठाउँमा नुहाऊन्‌+ र अर्को लुगा लगाऊन्‌।+ त्यसपछि उनले आफ्नो निम्ति अग्निभेटी+ चढाउनुका साथै समुदायको निम्ति पनि अग्निभेटी चढाऊन्‌+ अनि आफ्नो निम्ति र समुदायको निम्ति प्रायश्‍चित गरून्‌।+ २५ त्यसपछि उनले पापभेटीको बोसो वेदीमा जलाऊन्‌।

२६ “अजाजेलको पाठोलाई+ निर्जनभूमिमा छोडेर आउने मानिसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌। त्यसपछि ऊ छाउनीमा आउन सक्छ।

२७ “अनि प्रायश्‍चितको निम्ति पापभेटीको रूपमा जुन बहर र पाठोको रगत महापवित्र कोठामा ल्याइएको थियो, ती बहर र पाठोलाई छाउनीबाहिर लगियोस्‌। त्यसपछि तिनीहरूको छाला, मासु र गोबर आगोमा जलाइयोस्‌।+ २८ ती चिजहरू जलाउने मानिसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌। त्यसपछि ऊ छाउनीमा आउन सक्छ।

२९ “तिमीहरूले यो नियम सधैँ पालन गर्नू: चाहे स्वदेशी होस्‌ वा तिमीहरूमाझ बसोबास गरिरहेका विदेशी, सातौँ महिनाको दसौँ दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू* र त्यो दिन कसैले कुनै काम नगर्नू।+ ३० त्यो दिन तिमीहरूको निम्ति प्रायश्‍चित गरिनेछ+ र तिमीहरू शुद्ध हुनेछौ। तिमीहरू यहोवा परमेश्‍वरसामु सबै पापबाट शुद्ध हुनेछौ।+ ३१ यो तिमीहरूको लागि विश्रामदिन* हो, पूरै आराम गर्ने दिन। त्यो दिन तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू।+ तिमीहरूले यो नियम सधैँ पालन गर्नू।

३२ “जो पुजारी अभिषेक हुन्छन्‌+ र जो आफ्नो बुबाको ठाउँमा+ पुजारीको रूपमा सेवा गर्न नियुक्‍त हुन्छन्‌,+ उनले नै प्रायश्‍चित गर्ने काम गरून्‌ र मलमलको पोसाक+ अर्थात्‌ पवित्र पोसाक लगाऊन्‌।+ ३३ उनले महापवित्र कोठा,+ भेट हुने पाल+ र वेदीको+ निम्ति प्रायश्‍चित गरिदेऊन्‌ अनि पुजारीहरू र सारा समुदायका निम्ति पनि प्रायश्‍चित गरिदेऊन्‌।+ ३४ वर्षको एक पटक इस्राएलीहरूको सबै पाप प्रायश्‍चित गरिदिन+ तिमीले यो नियम सधैँ पालन गर्नू।”+

यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएअनुसारै हारुनले गरे।

१७ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “हारुन, उनका छोराहरू र सबै इस्राएलीलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ:

३ “‘“यदि कुनै इस्राएलीले बहर, भेडा वा बाख्रालाई छाउनीभित्र वा बाहिर काट्‌छ ४ तर उसले यहोवा परमेश्‍वरको वासस्थानसामु* यहोवा परमेश्‍वरलाई चढाउन त्यस जनावरलाई भेट हुने पालको* प्रवेशद्वारनजिक ल्याएर काट्‌दैन भने ऊ रगतको दोषी हुन्छ। उसले रगत बगाएको छ; त्यसैले उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।* ५ इस्राएलीहरूले अबदेखि यहोवा परमेश्‍वरको लागि खुला मैदानमा बलि नचढाऊन्‌ तर भेट हुने पालको प्रवेशद्वारमा ल्याएर त्यो जनावर पुजारीलाई देऊन्‌ भनेर यो नियम दिइएको हो। इस्राएलीहरूले यी जनावरहरूलाई मेलबलिको रूपमा यहोवा परमेश्‍वरको निम्ति चढाऊन्‌।+ ६ अनि पुजारीले जनावरको रगत भेट हुने पालको प्रवेशद्वारनजिक भएको यहोवा परमेश्‍वरको वेदीमा छर्कून्‌ अनि बोसोचाहिँ जलाऊन्‌।* यसबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।+ ७ अबदेखि तिनीहरूले बोकाजस्तै देखिने भूतप्रेतको*+ निम्ति बलि नचढाऊन्‌, जसलाई तिनीहरू पुज्छन्‌।*+ तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।”’

८ “तिमीले तिनीहरूलाई यसो भन्‍नू, ‘कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले अग्निभेटी वा अरू कुनै बलि चढाउँछ ९ तर त्यो बलि यहोवा परमेश्‍वरको निम्ति चढाउन भेट हुने पालको प्रवेशद्वारनजिक ल्याउँदैन भने उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।*+

१० “‘कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले रगत खाएमा+ म उसलाई त्याग्नेछु र उसलाई समुदायबाट हटाउनेछु।* ११ किनकि हरेक जीवजीवातको जीवन* त्यसको रगतमा हुन्छ।+ अनि तिमीहरूको पापको प्रायश्‍चित गर्न मैले रगतचाहिँ वेदीमा खन्याउनू भन्‍ने आज्ञा दिएको छु।+ रगतमा जीवन हुने भएकोले त्यसले तिमीहरूको निम्ति प्रायश्‍चित गरिदिन्छ।+ १२ त्यसैले मैले इस्राएलीहरूलाई यस्तो आज्ञा दिएको हुँ: “कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले+ रगत नखाओस्‌।”+

१३ “‘तिमीहरूले खान हुने जङ्‌गली जनावर या चराचुरुङ्‌गी कुनै इस्राएलीले वा तिमीहरूमाझ बसोबास गरिरहेको विदेशीले सिकार गरेर ल्याएमा उसले त्यसको रगत निथारेर+ भुईँमा पुरिदेओस्‌। १४ हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ; त्यसैले त्यसको जीवन भनेको त्यसको रगत हो। यसैकारण मैले इस्राएलीहरूलाई यस्तो आज्ञा दिएँ: “तिमीहरूले रगत नखानू किनकि हरेक जीवजीवातको रगत नै त्यसको जीवन हो। कसैले रगत खाएमा उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।”*+ १५ कुनै स्वदेशी वा विदेशीले मरेको जनावरको मासु वा जङ्‌गली जनावरले मारेको जनावरको मासु खाएमा+ उसले आफ्नो लुगा धोओस्‌, नुहाओस्‌ र ऊ साँझसम्म अशुद्ध रहोस्‌;+ त्यसपछि ऊ शुद्ध हुनेछ। १६ तर उसले लुगा धोएन र नुहाएन भने उसले आफ्नो गल्तीको सजाय भोग्नेछ।’”+

१८ यहोवा परमेश्‍वरले मोसालाई यसो पनि भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।+ ३ तिमीहरू पहिला बसोबास गरेको मिश्र देशका मानिसहरूले जसो गर्छन्‌, त्यसो नगर्नू अनि मैले तिमीहरूलाई लैजान लागेको कनान देशका मानिसहरूले जसो गर्छन्‌, त्यसो पनि नगर्नू।+ तिमीहरू तिनीहरूको रीतिथितिअनुसार नचल्नू। ४ तिमीहरू मैले गरेको फैसलाअनुसार चल्नू अनि मेरा विधिविधान पालन गर्नू।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। ५ तिमीहरूले मेरो विधिविधान र फैसला अवश्‍य पालन गर्नू। जसले यसो गर्छ, ऊ जिउनेछ।+ म यहोवा हुँ।

६ “‘तिमीहरूमध्ये कोही पनि यौनसम्बन्ध राख्न आफ्नो नजिकको नातेदारकहाँ नजानू।+ म यहोवा हुँ। ७ तिमीले आफ्नो बुबासित यौनसम्बन्ध नराख्नू; तिमीले आफ्नी आमासित पनि यौनसम्बन्ध नराख्नू। उनी तिम्री आमा हुन्‌; तिमीले उनीसित यौनसम्बन्ध राख्नु हुँदैन।

८ “‘तिमीले आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध नराख्नू;+ त्यसो गर्नु भनेको आफ्नो बुबालाई लाजमा पार्नु हो।

९ “‘तिमीले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्‌केली दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू, चाहे उनी तिम्रो आफ्नै घरानामा जन्मिएकी होऊन्‌ वा अर्को घरानामा।+

१० “‘तिमीले आफ्नो छोरापट्टिकी वा छोरीपट्टिकी नातिनीसित यौनसम्बन्ध नराख्नू किनभने यसो गर्दा तिमी लाजमा पर्नेछौ।

११ “‘तिमीले आफ्नो बुबाकी पत्नीको छोरीसित यौनसम्बन्ध नराख्नू किनभने उनी तिम्रो बुबाको सन्तान—तिम्री दिदी वा बहिनी हुन्‌।

१२ “‘तिमीले आफ्नो बुबाकी दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनभने उनीसित तिम्रो बुबाको रगतको नाता छ।+

१३ “‘तिमीले आफ्नी आमाको दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनभने उनीसित तिम्री आमाको रगतको नाता छ।

१४ “‘तिमीले आफ्नो बुबाको दाइ वा भाइकी पत्नीसित यौनसम्बन्ध नराख्नू किनभने उनी तिम्री ठूलीआमा वा काकी हुन्‌। उनीसित यौनसम्बन्ध राखेर आफ्नो ठूलोबुबा वा काकालाई लाजमा नपार्नू।+

१५ “‘तिमीले आफ्नी बुहारीसित यौनसम्बन्ध नराख्नू।+ ऊ तिम्रो छोराकी पत्नी हो; तिमीले ऊसित यौनसम्बन्ध राख्नु हुँदैन।

१६ “‘तिमीले आफ्नो दाइ वा भाइकी पत्नीसित यौनसम्बन्ध नराख्नू;+ त्यसो गर्नु भनेको आफ्नो दाइ वा भाइलाई लाजमा पार्नु हो।

१७ “‘तिमीले कुनै स्त्रीसित विवाह गरेपछि उसकी छोरीसित यौनसम्बन्ध नराख्नू।+ तिमीले उसको छोरापट्टिकी वा छोरीपट्टिकी नातिनीसित यौनसम्बन्ध नराख्नू। यो अश्‍लील काम* हो। उनीहरू त्यस स्त्रीको नजिकका नातेदार हुन्‌।

१८ “‘तिमीले आफ्नी पत्नी जीवित छँदै उसकी दिदी वा बहिनीसित विवाह गरेर ऊमाथि सौता नहाल्नू+ र उसकी दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू।

१९ “‘महिनावारीले गर्दा अशुद्ध भएकी स्त्रीसित यौनसम्बन्ध राख्न उसकहाँ नजानू।+

२० “‘तिमीले अर्काकी* पत्नीसित यौनसम्पर्क राखेर आफूलाई अशुद्ध नपार्नू।+

२१ “‘तिमीले आफ्नो छोराछोरी मोलेकलाई नचढाउनू;*+ यसो गरेर तिमीले आफ्नो परमेश्‍वरको नामलाई अपवित्र नपार्नू।+ म यहोवा हुँ।

२२ “‘तिमीले कुनै स्त्रीसित यौनसम्बन्ध राखेजस्तै पुरुषसित यौनसम्बन्ध नराख्नू;+ यो घृणित काम हो।

२३ “‘कुनै पुरुषले पशुसित यौनसम्पर्क राखेर आफूलाई अशुद्ध नपारोस्‌ अनि कुनै स्त्री पशुसित यौनसम्पर्क राख्न त्यसकहाँ नजाओस्‌।+ यो अप्राकृतिक सम्बन्ध हो।

२४ “‘तिमीहरूले यीमध्ये कुनै काम गरेर आफूलाई अशुद्ध नबनाओ किनभने यस्तै कामहरू गरेर आफूलाई अशुद्ध बनाएका जातिहरूलाई म तिमीहरूको सामनेबाट धपाउँदै छु।+ २५ यस्ता कामहरू गरेकोले तिनीहरूको देश अशुद्ध भएको छ। त्यसैले म तिनीहरूलाई सजाय दिनेछु र तिनीहरू त्यहाँबाट धपाइनेछन्‌।+ २६ तर चाहे स्वदेशी होस्‌ वा तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैले मेरो विधिविधान र फैसला अवश्‍य पालन गर्नू+ र यस्तो घिनलाग्दो काम कुनै पनि नगर्नू।+ २७ त्यस देशमा तिमीहरूभन्दा पहिला बसोबास गर्ने मानिसहरूले यस्ता घिनलाग्दा काम गरेकोले+ त्यो देश अशुद्ध भएको छ। २८ तिमीहरूले यस्ता कामहरू गरेर त्यस देशलाई अशुद्ध पारेनौ भने तिमीहरूभन्दा पहिला बसोबास गरेका मानिसहरूजस्तो तिमीहरू त्यहाँबाट धपाइनेछैनौ। २९ यदि कसैले यीमध्ये कुनै घिनलाग्दो काम गरेमा उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।* ३० त्यस देशमा तिमीहरूभन्दा पहिला बसोबास गर्ने मानिसहरूले जस्तो घिनलाग्दो काम गरेर आफूलाई अशुद्ध नबनाओ। यसरी तिमीहरूले मप्रतिको आफ्नो दायित्व पूरा गर।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

१९ यहोवा परमेश्‍वरले मोसालाई अझ भन्‍नुभयो: २ “इस्राएलीहरूको सारा समुदायलाई यसो भन, ‘तिमीहरू पवित्र होओ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा पवित्र छु।+

३ “‘तिमीहरूले आफ्नो आमा र बुबाको आदर गर्नू*+ अनि मैले तोकेको विश्रामदिन* मान्‍नू।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। ४ तिमीहरू व्यर्थका देवताहरूको पछि नलाग्नू+ अथवा धातु ढालेर आफ्नो लागि मूर्तिहरू नबनाउनू।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

५ “‘तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति मेलबलि चढाउँदा+ आफू ग्रहणयोग्य हुने तरिकामा चढाउनू।+ ६ मेलबलिको मासु बलि चढाइएकै दिन र भोलिपल्ट खानू तर पर्सिपल्टसम्म बाँकी भयो भने त्यसलाई आगोमा जलाइदिनू।+ ७ पर्सिपल्ट खाएमा त्यो घिनलाग्दो हुनेछ; परमेश्‍वरले त्यसलाई स्विकार्नुहुनेछैन। ८ यसरी खानेले आफ्नो गल्तीको सजाय भोग्नेछ किनकि उसले यहोवा परमेश्‍वरको निम्ति चढाइएको पवित्र कुरालाई अपवित्र तुल्यायो। त्यसैले उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।*

९ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्‌नू र सिलाबाला* नबटुल्नू।+ १० अनि अङ्‌गुर बगानमा बाँकी भएका वा भुईँमा झरेका अङ्‌गुरहरू पनि नबटुल्नू। त्यो गरिब*+ र तिमीहरूमाझ बसोबास गर्ने विदेशीहरूको लागि छोडिदिनू। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

११ “‘तिमीहरूले चोरी नगर्नू,+ छल नगर्नू+ र बेइमानी नगर्नू। १२ तिमीहरूले मेरो नाममा झूटो कसम खाएर+ मेरो नामलाई अपवित्र नपार्नू। म यहोवा हुँ। १३ तिमीहरूले आफ्नो छिमेकीसित जालसाजी नगर्नू+ र उसलाई नलुट्‌नू।+ ज्यालादारीमा काम गर्नेलाई दिनुपर्ने ज्याला एक रात पनि रोकेर नराख्नू।+

१४ “‘तिमीहरूले बहिरालाई नसराप्नू वा अन्धाको अगाडि ठेस लाग्ने कुरा नराख्नू;+ तिमीहरूले मेरो डर मान्‍नू।+ म यहोवा हुँ।

१५ “‘तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्‌ग्याउनू। कोही गरिब छ भन्दैमा तिमीहरूले उसको पक्ष लिई नहाल्नू अनि धनीको पक्ष पनि नलिनू।+ आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।

१६ “‘तिमीहरूले अरूको निन्दा गर्दै नहिँड्‌नू;+ आफ्नो छिमेकीको ज्यान लिन नखोज्नू।*+ म यहोवा हुँ।

१७ “‘तिमीहरूले मनमनै आफ्नो दाजुभाइलाई घृणा नगर्नू।+ यदि तिम्रो छिमेकीले पाप गऱ्‍यो भने उसलाई हप्काऊ+ नत्र त तिमी पनि उसको पापमा सामेल भएको ठहरिनेछ।

१८ “‘तिमीहरूले आफ्ना मानिसहरूसित बदला नलिनू+ वा तिनीहरूविरुद्ध मनमा रिस नपाल्नू। तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।+ म यहोवा हुँ।

१९ “‘तिमीहरूले मेरा यी विधिविधान पनि पालन गर्नू: तिमीहरूले दुई किसिमको घरपालुवा जनावरबीच सहवास नगराउनू; आफ्नो खेतमा दुई किसिमको बिउ नलगाउनू+ अनि दुई किसिमको धागो प्रयोग गरेर बुनेको लुगा नलगाउनू।+

२० “‘यदि कुनै मानिसले अरूसित विवाह गर्न पक्का भइसकेकी दासीसित यौनसम्बन्ध राख्छ तर उसलाई दाम तिरेर छुटाइएको छैन वा ऊ अझै पनि स्वतन्त्र भएकी छैन भने तिनीहरू दुवैलाई सजाय दिनू। तिनीहरूलाई मृत्युदण्डचाहिँ नदिनू किनभने त्यो दासी स्वतन्त्र भइसकेकी छैन। २१ त्यस मानिसले आफ्नो दोषभेटी यहोवा परमेश्‍वरलाई चढाउन एउटा थुमा भेट हुने पालको* प्रवेशद्वारमा ल्याओस्‌।+ २२ दोषभेटीको त्यो थुमा पुजारीले यहोवा परमेश्‍वरलाई चढाऊन्‌ र उसको पापको निम्ति प्रायश्‍चित गरिदेऊन्‌। त्यसपछि उसको पाप क्षमा हुनेछ।

२३ “‘मैले तिमीहरूलाई दिन लागेको देशमा पुगेपछि जब तिमीहरूले त्यहाँ फलफूलको बोट रोप्छौ, तब त्यसको फललाई अपवित्र ठान्‍नू र त्यो नखानू; तिमीहरूले तीन वर्षसम्म त्यसको फल नखानू। २४ तर चौथो वर्षमा त्यसको सबै फल पवित्र हुनेछ र तिमीहरूले खुसीयाली मनाउँदै ती फल यहोवा परमेश्‍वरलाई चढाउनेछौ।+ २५ पाँचौँ वर्षमा चाहिँ तिमीहरूले त्यसको फल खान सक्छौ र त्यसमा प्रशस्त फल लाग्नेछ। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

२६ “‘तिमीहरूले रगत भएको केही चिज नखानू।+

“‘तिमीहरूले शकुन-अपशकुन नहेर्नू वा जादुगरी नगर्नू।+

२७ “‘तिमीहरूले कन्चटमुनिको कपाल नकाट्‌नू अथवा दाह्रीको कुनाकुनासम्म काटेर त्यसको आकार नबिगार्नू।*+

२८ “‘तिमीहरूले कसैको मृत्युको शोक मनाउन शरीरमा काटेर चोट नबनाउनू+ अनि जीउमा कुनै किसिमको आकृति नखोप्नू। म यहोवा हुँ।

२९ “‘तिमीहरूले आफ्नी छोरीलाई वेश्‍या बनाएर उसको अनादर नगर्नू+ नत्र त तिमीहरूको देश वेश्‍याहरूले भरिनेछ र त्यहाँ नैतिक पतन हुनेछ।+

३० “‘तिमीहरूले मैले तोकेको विश्रामदिन मान्‍नू+ र मेरो पवित्र स्थानप्रति* गहिरो श्रद्धा देखाउनू।* म यहोवा हुँ।

३१ “‘तिमीहरू भूतप्रेत खेलाउनेहरूकहाँ+ र भावी बताउने व्यक्‍तिहरूकहाँ+ नजानू नत्र त तिमीहरू अशुद्ध हुनेछौ। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

३२ “‘फुलेको कपाल हुनेहरूको सामने उठ+ र बुढापाकाको आदर गर;+ यसरी तिमीहरूले मेरो डर मान्‍नू।+ म यहोवा हुँ।

३३ “‘तिमीहरूमाझ कुनै विदेशी बसोबास गर्छ भने उसलाई दुर्व्यवहार नगर्नू।+ ३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

३५ “‘तिमीहरूले नाप्दा, जोख्दा वा भर्दा बेइमानी नगर्नू।+ ३६ तिमीहरूले ठीक-ठीक तराजु र ढक अनि ठीक-ठीक नापतौल* प्रयोग गर्नू।+ म तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउने तिमीहरूका परमेश्‍वर यहोवा हुँ। ३७ तिमीहरूले मेरा विधिविधान र फैसला कहिल्यै नबिर्सनू अनि ती सधैँ पालन गर्नू।+ म यहोवा हुँ।’”

२० यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै इस्राएलीले अथवा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो सन्तान मोलेकलाई चढाएमा उसलाई मार्नै पर्छ।+ देशका मानिसहरूले उसलाई ढुङ्‌गाले हानेर मारून्‌। ३ म त्यस मानिसलाई त्याग्नेछु; म उसलाई समुदायबाट हटाउनेछु* किनकि उसले आफ्नो सन्तान मोलेकलाई चढाएर मेरो पवित्र ठाउँलाई अशुद्ध बनाएको छ+ र मेरो पवित्र नामलाई अपवित्र पारेको छ। ४ उसले आफ्नो सन्तान मोलेकलाई चढाउँदा त्यहाँका मानिसहरूले उसलाई मार्नुको सट्टा देखेर पनि नदेखेझैँ गरे भने+ ५ म त्यो मानिस र उसको परिवारलाई त्याग्नेछु।+ मलाई विश्‍वासघात गरेर मोलेकको उपासना गर्ने* त्यो मानिस र उसलाई साथ दिने सबैलाई म इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*

६ “‘यदि कुनै मानिसले भूतप्रेत खेलाउने+ र भावी बताउने व्यक्‍तिहरूको+ पछि लागेर वेश्‍यावृत्ति गऱ्‍यो* भने म उसलाई त्यसै छोड्‌नेछैनँ; म उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनेछु।*+

७ “‘तिमीहरूले आफूलाई शुद्ध राख र पवित्र पार+ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। ८ अनि तिमीहरूले मेरा नियमहरू पालन गरिरहो।+ तिमीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।+

९ “‘यदि कुनै मानिसले आफ्नो बुबा वा आमालाई सराप्यो भने उसलाई मार्नै पर्छ।+ उसले आफ्नो बुबा वा आमालाई सरापेकोले उसको रगतको दोष उसैलाई लाग्नेछ।

१० “‘यदि कुनै विवाहित पुरुषले अरूकी पत्नीसित व्यभिचार* गरेमा उसलाई मार्नू; यस्तो व्यभिचार गर्ने पुरुष र स्त्री दुवैलाई मार्नू।+ ११ आफ्नो बुबाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो बुबालाई लाजमा पार्छ।+ यस्तो सम्बन्ध राख्ने दुवैलाई मार्नू। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ। १२ यदि कुनै पुरुषले आफ्नी बुहारीसित यौनसम्बन्ध राखेमा ती दुवैलाई मार्नू किनकि त्यो अस्वाभाविक सम्बन्ध हो। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।+

१३ “‘यदि कुनै पुरुषले स्त्रीसित जस्तै पुरुषसित यौनसम्बन्ध राखेमा ती दुवैलाई मार्नू किनकि तिनीहरूले घृणित काम गरेका छन्‌।+ तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।

१४ “‘यदि कुनै पुरुषले कुनै स्त्रीसित विवाह गरेर त्यस स्त्रीकी आमासित पनि यौनसम्बन्ध राखेमा त्यो अश्‍लील काम* हो।+ तिमीहरूबीच यस्तो अश्‍लील काम फेरि नदोहोरियोस्‌ भनेर तीनै जनालाई मार्नू र आगोमा जलाइदिनू।+

१५ “‘यदि कुनै पुरुषले पशुसित सम्भोग गरेमा उसलाई मार्नै पर्छ र त्यस पशुलाई पनि मार्नू।+ १६ यदि कुनै स्त्री पशुसित सम्भोग गर्न त्यसकहाँ गई भने+ त्यो स्त्री र पशु दुवैलाई मार्नू। पशुसित सम्भोग गर्ने पुरुष र पशुकहाँ जाने स्त्रीलाई मार्नै पर्छ। तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।

१७ “‘यदि कुनै पुरुषले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्‌केली दिदी वा बहिनीसित यौनसम्बन्ध राख्यो र तिनीहरूले एकअर्काको नग्नता देखे भने त्यो लाजमर्दो कुरा हो।+ तिनीहरूलाई मानिसहरूको समुदायबाट हटाउनू।* त्यस पुरुषले आफ्नी दिदी वा बहिनीलाई लाजमा पारेकोले उसले आफ्नो गल्तीको सजाय भोगोस्‌।

१८ “‘यदि कुनै पुरुषले महिनावारी भएकी स्त्रीसित यौनसम्बन्ध राखेमा त्यस पुरुष र स्त्री दुवैले रगतको पवित्रतालाई अनादर गरेका हुन्छन्‌।+ तिनीहरू दुवैलाई मानिसहरूको समुदायबाट हटाउनू।*

१९ “‘तिमीले आफ्नी आमाकी दिदी वा बहिनीसित अथवा आफ्नो बुबाकी दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू किनकि यसो गर्नु भनेको रगतको नाताको अपमान गर्नु हो।+ तिनीहरूले आफ्नो गल्तीको सजाय भोगून्‌। २० आफ्नो ठूलोबुबा वा काकाकी पत्नीसित यौनसम्बन्ध राख्ने पुरुषले आफ्नो ठूलोबुबा वा काकालाई लाजमा पार्छ।+ तिनीहरूले आफ्नो गल्तीको सजाय भोगून्‌। तिनीहरू मारिऊन्‌ ताकि तिनीहरूको कुनै सन्तान नहोस्‌। २१ कुनै पुरुषले आफ्नो दाइ वा भाइकी पत्नीसित विवाह गरेमा* त्यो घिनलाग्दो कुरा हो।+ उसले आफ्नो दाइ वा भाइलाई लाजमा पार्छ। तिनीहरू निस्सन्तान होऊन्‌।

२२ “‘तिमीहरूले मेरा सबै विधिविधान र फैसला पालन गरिरहनू।+ यसो गऱ्‍यौ भने तिमीहरूलाई म जुन देशमा लैजाँदै छु, त्यहाँबाट तिमीहरू धपाइनेछैनौ।+ २३ म जुन जातिहरूलाई तिमीहरूसामुबाट धपाउँदै छु, तिनीहरूको रीतिअनुसार नचल।+ तिनीहरूले यस्तै काम गरेकोले म तिनीहरूलाई घृणा गर्छु।+ २४ त्यसैले मैले तिमीहरूलाई यसो भनेको छु: “तिमीहरूले तिनीहरूको देशमाथि अधिकार गर्नेछौ। दूध र मह बग्ने त्यो देश म तिमीहरूलाई अधिकार गर्न दिनेछु।+ तिमीहरूलाई ती जातिहरूबाट अलग्गै पार्ने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।”+ २५ तिमीहरूले शुद्ध र अशुद्ध जनावर अनि शुद्ध र अशुद्ध चराचुरुङ्‌गीबीच भिन्‍नता छुट्ट्याउनू।+ मैले अशुद्ध ठहराएको जनावर, चराचुरुङ्‌गी वा घस्रने जीवजन्तु खाएर आफूलाई अशुद्ध नपार।+ २६ तिमीहरू मेरो पवित्र जाति होओ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा पवित्र छु+ अनि मैले तिमीहरूलाई आफ्नो जन बनाउन अरू जातिहरूबाट अलग्गै छुट्ट्याएको छु।+

२७ “‘भूतप्रेत खेलाउने वा भावी बताउने पुरुष वा स्त्रीलाई मार्नै पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्‌गाले हानेर मारून्‌।+ तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।’”

२१ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: “पुजारीहरू अर्थात्‌ हारुनका छोराहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+ २ तर रगतको नाता पर्ने आफ्नो आमा, बुबा, छोरा, छोरी, दाइ वा भाइको मृत्यु हुँदा चाहिँ तिनले आफूलाई अशुद्ध पार्न सक्छन्‌। ३ साथै तिनीसितै बस्ने तिनकी कुमारी दिदी वा बहिनी विवाह नहुँदै मरिन्‌ भने तिनले उसको निम्ति पनि आफूलाई अशुद्ध पार्न सक्छन्‌। ४ तर आफ्ना मानिसहरूमध्ये कसैसित विवाह गरेकी स्त्रीको निम्ति भने तिनले आफूलाई अशुद्ध र अपवित्र नपारून्‌। ५ पुजारीहरूले शोक मनाउन कपाल नखौरून्‌,+ कुनाकुनासम्म दाह्री नकाटून्‌ वा शरीरमा कुनै किसिमको चोट नबनाऊन्‌।+ ६ तिनीहरू परमेश्‍वरसामु पवित्र होऊन्‌+ र तिनीहरूले यहोवाको नाम अपवित्र नपारून्‌+ किनभने तिनीहरूले उहाँको निम्ति आगोमा भेटी चढाउँछन्‌ अर्थात्‌ उहाँको निम्ति छुट्ट्याइएको खानेकुरा* चढाउँछन्‌। त्यसैले तिनीहरू पवित्र हुनै पर्छ।+ ७ तिनीहरूले वेश्‍यासित,+ बिटुलो भएकी स्त्रीसित वा पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित+ विवाह नगरून्‌ किनभने पुजारीहरू परमेश्‍वरसामु पवित्र छन्‌। ८ तिमीहरूले* पुजारीहरूलाई पवित्र ठान्‍नू+ किनभने तिमीहरूका परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउने तिनीहरू नै हुन्‌। तिमीहरूलाई एक पवित्र जातिको रूपमा अलग पार्ने म यहोवा पवित्र भएकोले पनि तिमीहरूले पुजारीहरूलाई पवित्र ठान्‍नू।+

९ “‘यदि कुनै पुजारीकी छोरीले वेश्‍यावृत्तिमा लागेर आफूलाई बिटुलो पारेमा उसले आफ्नो बुबाको अपमान गरेकी हुन्छे। त्यसैले उसलाई मार्नू र आगोमा जलाउनू।+

१० “‘पुजारीहरूमध्येबाट प्रधानपुजारी नियुक्‍त हुनेले कसैको मृत्युको शोक मनाउन आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोडून्‌ अनि आफ्नो लुगा नच्यातून्‌+ किनभने तिनको शिरमा अभिषेक गर्ने तेल खन्याइएको छ+ र तिनलाई पुजारीको पोसाक+ लगाउन नियुक्‍त गरिएको छ। ११ तिनी कुनै लासको नजिक नजाऊन्‌;+ आफ्नो बुबा वा आमाको मृत्यु हुँदा समेत तिनले आफूलाई अशुद्ध नपारून्‌। १२ तिनी पवित्र स्थानभन्दा* बाहिर नजाऊन्‌ र आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अपवित्र नपारून्‌+ किनभने समर्पणको चिन्हस्वरूप शिरमा पवित्र तेल खन्याएर तिनलाई अभिषेक गरिएको छ।+ म यहोवा हुँ।

१३ “‘तिनले कुमारी केटीसित विवाह गरून्‌।+ १४ तिनले विधवा, सम्बन्धविच्छेद भएकी स्त्री, बिटुलो भएकी स्त्री वा वेश्‍यासित विवाह नगरून्‌। बरु आफ्ना मानिसहरूमध्येबाट एउटी कुमारी केटीसित विवाह गरून्‌। १५ तिनले आफ्ना मानिसहरूमाझ आफ्नो वंशलाई बिटुलो नपारून्‌+ किनकि म यहोवा हुँ; मैले तिनलाई पवित्र पारेको छु।’”

१६ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १७ “हारुनलाई भन, ‘तिम्रो सन्तानमध्ये कसैको शरीरमा खोट छ भने ऊ आफ्ना परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउन पवित्र ठाउँको नजिक नआओस्‌। तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। १८ शरीरमा यस्ता खोट भएका मानिसहरू पवित्र ठाउँको नजिक नजाऊन्‌: अन्धो, लङ्‌गडो, कुरूप अनुहार भएको,* एउटा हात वा एउटा खुट्टा लामो भएको, १९ एउटा हात वा एउटा खुट्टा भाँचिएको, २० कुप्रो, बामपुड्‌को,* आँखाको समस्या भएको, छालामा घाउ वा दाद आएको अथवा अण्डकोषमा चोट लागेको।+ २१ पुजारी हारुनका सन्तानमध्ये कसैको शरीरमा खोट छ भने ऊ यहोवा परमेश्‍वरको निम्ति आगोमा भेटी चढाउन नआओस्‌। शरीरमा खोट भएकोले ऊ परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउन नआओस्‌। २२ उसले परमेश्‍वरको निम्ति छुट्ट्याइएको पवित्र+ र महापवित्र खानेकुरा+ खान सक्छ। २३ तर ऊ पर्दानजिक+ अनि वेदीनजिक+ नआओस्‌ किनभने उसको शरीरमा खोट छ। उसले मेरो पवित्र ठाउँलाई अपवित्र नपारोस्‌+ किनभने म यहोवाले तिनीहरूलाई पवित्र पारेको छु।’”+

२४ मोसाले हारुन, उनका छोराहरू अनि सबै इस्राएलीलाई यी सबै कुरा बताए।

२२ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “हारुन र तिनका छोराहरूलाई इस्राएलीहरूले चढाएका पवित्र कुराहरूको सन्दर्भमा होसियार हुन* र मेरो लागि अलग छुट्ट्याइएका कुराहरूमा+ लापर्बाही गरेर मेरो पवित्र नामलाई अपवित्र नपार्न भन्‍नू।+ म यहोवा हुँ। ३ तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरूका सन्तानमध्ये कोही अशुद्ध भएकै अवस्थामा म यहोवाको लागि इस्राएलीहरूले छुट्ट्याएका पवित्र कुराहरूको नजिक आएमा उसलाई मेरो सामनेबाट हटाइयोस्‌।*+ तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। म यहोवा हुँ। ४ हारुनका सन्तानमध्ये कोही कुष्ठरोग लागेकोले,+ धातु बगेकोले,+ लास छोएको व्यक्‍तिलाई छोएकोले+ वा वीर्य बगेकोले+ अशुद्ध भएका छन्‌ भने तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्‌।+ ५ साथै झुन्डमा रहने अशुद्ध जीवलाई छोएर+ वा कुनै कारणले गर्दा अशुद्ध भएको व्यक्‍तिलाई छोएर अशुद्ध भएका छन्‌ भने+ पनि तिनले आफू शुद्ध नभएसम्म पवित्र कुराहरू नखाऊन्‌। ६ यदि कसैले यीमध्ये कुनै कुरालाई छुन्छन्‌ भने तिनी साँझसम्म अशुद्ध रहून्‌ र तिनले पवित्र कुराहरू केही पनि नखाऊन्‌ बरु नुहाएर आफूलाई शुद्ध पारून्‌।+ ७ घाम डुबेपछि तिनी शुद्ध हुनेछन्‌। त्यसपछि तिनले पवित्र कुराहरूबाट केही खाऊन्‌ किनभने त्यो तिनको निम्ति छुट्ट्याइएको खानेकुरा हो।+ ८ साथै तिनले कुनै मरेको जनावर वा जङ्‌गली जनावरले मारेको जीव नखाऊन्‌ नत्र त तिनी अशुद्ध हुनेछन्‌।+ म यहोवा हुँ।

९ “‘तिनीहरूले मेरो आज्ञा पालन गरून्‌ नत्र त तिनीहरू दोषी ठहरिनेछन्‌ र मर्नेछन्‌ किनभने तिनीहरूले पवित्र कुराहरूलाई अपवित्र पारेका छन्‌। तिनीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।

१० “‘पवित्र कुराहरू खाने अधिकार नभएको कसैले* पनि ती कुराहरू नखाओस्‌।+ पुजारीको विदेशी पाहुना वा ज्यालादारी मजदुरले पवित्र कुराहरू नखाओस्‌। ११ तर यदि पुजारीले आफ्नै पैसाले कसैलाई किनेका छन्‌ भने त्यस व्यक्‍तिले ती पवित्र कुराहरूबाट केही खान सक्छ। अनि पुजारीको घरमा जन्मिएका दासहरूले पनि ती पवित्र कुराहरूबाट खान सक्छन्‌।+ १२ यदि पुजारीकी छोरीले पुजारीबाहेक अरू कसैसित* विवाह गरिन्‌ भने उनले भेटीस्वरूप चढाइएको पवित्र कुराहरू खान सक्दिनन्‌। १३ तर पुजारीकी छोरी विधवा भइन्‌ वा उनको सम्बन्धविच्छेद भयो अनि उनको कुनै सन्तान छैन र उनी बाल्यावस्थामा जस्तै आफ्नो बुबाको घरमा बस्न त्यहाँ फर्किन्‌ भने उनले आफ्नो बुबाको भागबाट खान सक्छिन्‌+ तर पवित्र कुराहरू खाने अधिकार नभएको कसैले पनि ती कुराहरू नखाओस्‌।

१४ “‘तर कसैले अनजानमा पवित्र कुराहरूबाट केही खायो भने उसले त्यसको पूरा क्षतिपूर्ति तिर्नुका साथै त्यसको पाँच भागको एक भाग पनि पुजारीलाई देओस्‌।+ १५ इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई चढाएका पवित्र कुराहरू पुजारीहरूले अपवित्र नपारून्‌।+ १६ यदि उनीहरूले मानिसहरूलाई पवित्र कुराहरू खान दिए भने ती मानिसहरू दोषी ठहरिनेछन्‌ र सजाय पाउनेछन्‌। तिनीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।’”

१७ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: १८ “हारुन र तिनका छोराहरू अनि सबै इस्राएलीलाई यसो भन्‍नू, ‘कोही इस्राएली वा इस्राएलमा बसोबास गर्ने विदेशीले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाउन चाहन्छ भने+ १९ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट एउटा निष्खोट भाले जनावर ल्याओस्‌।+ यस्तो भेटी मात्र परमेश्‍वरले स्विकार्नुहुन्छ। २० तिमीहरूले खोट भएको जनावर नचढाउनू+ किनभने यस्तो भेटी चढाउँदा तिमीहरू परमेश्‍वरको नजरमा ग्रहणयोग्य हुँदैनौ।

२१ “‘यदि कसैले आफ्नो भाकल पूरा गर्न वा स्वैच्छिकभेटी चढाउन यहोवा परमेश्‍वरलाई मेलबलि चढाउन चाहन्छ भने+ उसले गाईवस्तु वा भेडाबाख्राको बगालबाट निष्खोट जनावर ल्याओस्‌। यस्तो भेटी मात्र परमेश्‍वरले स्विकार्नुहुन्छ। तिमीहरूले खोट भएको जनावर नचढाउनू। २२ तिमीहरूले अन्धो, हातखुट्टा भाँचिएको वा जीउमा घाउ, मुसा, दाग वा दाद भएको जनावर नचढाउनू; यस्ता जनावर तिमीहरूले यहोवा परमेश्‍वरलाई अर्पण नगर्नू अनि यहोवा परमेश्‍वरको वेदीमा नचढाउनू। २३ तिमीहरूले एउटा खुट्टा लामो वा छोटो भएको बहर वा भेडा स्वैच्छिकभेटीको रूपमा चढाउन सक्छौ तर भाकलभेटीको* रूपमा भने परमेश्‍वरले यस्तो जनावर स्विकार्नुहुन्‍न। २४ तिमीहरूले अण्डकोष बिग्रिएको, कुच्याइएको, निकालिएको वा काटिएको जनावर यहोवा परमेश्‍वरलाई नचढाउनू; तिमीहरूले आफ्नो देशमा यस्तो जनावरको बलि नचढाउनू। २५ तिमीहरूले विदेशीहरूको हातबाट यस्तो जनावर लिएर आफ्ना परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुराको रूपमा नचढाउनू किनभने यस्ता जनावरहरूमा खोट र विकार छ। तिमीहरूले चढाउने यस्तो जनावर परमेश्‍वरले स्विकार्नुहुन्‍न।’”

२६ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २७ “भर्खरै जन्मिएको बाछो वा भेडाबाख्राको पाठोलाई सात दिनसम्म त्यसको माउसँगै रहन दिनू+ तर आठ दिन पुगेपछि भने त्यसलाई आगोमा चढाइने भेटीको रूपमा यहोवा परमेश्‍वरको निम्ति चढाउन सकिन्छ र उहाँले त्यो स्विकार्नुहुन्छ। २८ गाई वा भेडीलाई त्यसको बच्चासित एकै दिन नकाट्‌नू।+

२९ “तिमीहरूले यहोवा परमेश्‍वरलाई धन्यवाद दिन बलि चढाउँदा+ आफू ग्रहणयोग्य हुने तरिकामा चढाउनू। ३० तिमीहरूले जुन दिन त्यो बलि चढाउँछौ, त्यही दिन खानू। तिमीहरूले त्यसको मासु भोलिपल्ट बिहानसम्म नछोड्‌नू।+ म यहोवा हुँ।

३१ “तिमीहरूले मेरो आज्ञा पालन गरिरहनू।+ म यहोवा हुँ। ३२ तिमीहरूले मेरो पवित्र नामलाई अपवित्र नपार्नू+ बरु इस्राएलीहरूमाझ मलाई पवित्र मान्‍नू।+ तिमीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।+ ३३ अनि म तिमीहरूका परमेश्‍वर हुँ भनी साबित गर्न तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने मै हुँ।+ म यहोवा हुँ।”

२३ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यहोवा परमेश्‍वरले मनाउनू भनी आज्ञा गर्नुभएका चाडहरू+ पवित्र सभाहरू हुन्‌ भनी घोषणा गर।+ तिमीहरूले तोकिएकै समयमा यी चाडहरू मनाउनू:

३ “‘तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ तर सातौँ दिनचाहिँ विश्रामदिन* हो, पूरै आराम गर्ने+ र पवित्र सभाको दिन। यो दिन तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे पनि यो दिन यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन होस्‌।+

४ “‘तिमीहरूले घोषणा गर्नुपर्ने पवित्र सभा अर्थात्‌ तोकिएको समयमा यहोवा परमेश्‍वरको निम्ति मान्‍नुपर्ने चाडहरू यी हुन्‌: ५ पहिलो महिनाको १४ औँ दिनको+ साँझ* तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति निस्तार चाड* मनाउनू।+

६ “‘तिमीहरूले यही महिनाको १५ औँ दिन यहोवा परमेश्‍वरको निम्ति अखमिरा रोटीको चाड* मनाउनू।+ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ ७ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू।+ यो दिन कुनै गाह्रो काम नगर्नू। ८ तिमीहरूले सात दिनसम्म यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। अनि सातौँ दिन पवित्र सभा राख्नू। यो दिन कुनै गाह्रो काम नगर्नू।’”

९ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: १० “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘जब तिमीहरू मैले दिन लागेको देशमा पुग्छौ र त्यहाँको फसल बटुल्छौ, तब तिमीहरूले पहिलो फलको+ एक बिटा पुजारीकहाँ ल्याउनू।+ ११ अनि तिमीहरू यहोवा परमेश्‍वरको नजरमा ग्रहणयोग्य ठहरिन सक भनेर तिनले त्यो बिटा उहाँसामु डोलाऊन्‌।* तिनले त्यसलाई विश्रामदिनको भोलिपल्ट डोलाऊन्‌। १२ फसलको बिटा डोलाएकै दिन यहोवा परमेश्‍वरको निम्ति अग्निभेटीको रूपमा एक वर्षे निष्खोट थुमा चढाउनू। १३ साथै अन्‍नभेटीको निम्ति एपाको दस भागको दुई भाग* मसिनो पीठोलाई तेलमा मुछेर आगोमा जलाउने भेटीको रूपमा यहोवा परमेश्‍वरसामु चढाउनू। यसबाट निस्केको बास्ना उहाँलाई मन पर्ने* मीठो बास्ना हुनेछ। अनि मद्यभेटीको* निम्ति एक चौथाइ हिन* मद्य चढाउनू। १४ तिमीहरूले जबसम्म परमेश्‍वरको निम्ति भेटी चढाउँदैनौ, तबसम्म रोटी, भुटेको अन्‍न वा नयाँ अन्‍न नखानू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।

१५ “‘तिमीहरूले विश्रामदिनको भोलिपल्टदेखि अर्थात्‌ डोलाउने भेटीको रूपमा चढाउन फसलको बिटा ल्याएको दिनदेखि सात वटा विश्रामदिन गन्‍नू।+ त्यो पूरा सात हप्ता होस्‌। १६ सातौँ विश्रामदिनको भोलिपल्ट ५० औँ दिन पुगेपछि+ त्यो दिन तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति नयाँ अन्‍नभेटी चढाउनू।+ १७ तिमीहरूले आ-आफ्नो घरबाट डोलाउने भेटीको रूपमा दुई वटा रोटी ल्याउनू। यी रोटीहरू एपाको दस भागको दुई भाग मसिनो पीठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू+ र उब्जनीको पहिलो फलको रूपमा यहोवा परमेश्‍वरकहाँ ल्याउनू।+ १८ यी रोटीहरूसँगै भेडाको सात वटा एक वर्षे निष्खोट पाठा, एउटा बहर र दुई वटा थुमा पनि चढाउनू।+ यो यहोवा परमेश्‍वरको निम्ति चढाइने अग्निभेटी हो। योसँगै अन्‍नभेटी र मद्यभेटी पनि चढाउनू। आगोमा जलाइने यी भेटीहरूबाट निस्कने बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ। १९ अनि तिमीहरूले पापभेटीको निम्ति बाख्राको एउटा पाठो+ र मेलबलिको निम्ति भेडाको दुई वटा एक वर्षे पाठा चढाउनू।+ २० भेडाका यी दुई वटा पाठा र उब्जनीको पहिलो फलको रूपमा ल्याइएका रोटीहरू डोलाउने भेटी हुन्‌। अनि पुजारीले यो भेटीलाई यहोवा परमेश्‍वरसामु डोलाऊन्‌। यहोवा परमेश्‍वरको निम्ति चढाइने यो पवित्र भाग पछि पुजारीको भाग हुनेछ।+ २१ यो दिन पवित्र सभाको दिन हो भनेर घोषणा गर्नू।+ यो दिन कुनै गाह्रो काम नगर्नू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू।

२२ “‘जब तिमीहरू कटनी गर्छौ, तब खेतको कुनाकुनासम्म नकाट्‌नू र सिलाबाला* नबटुल्नू।+ ती तिमीहरूले गरिब+ र तिमीहरूमाझ बसोबास गरिरहेका विदेशीहरूको निम्ति+ छोडिदिनू। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

२३ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २४ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूको निम्ति पूरै आराम गर्ने दिन, पवित्र सभाको दिन हो। यो दिन तिमीहरूले सम्झिरहन सक भनेर बिगुल फुकेर+ पवित्र सभा बोलाइनेछ। २५ यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू अनि यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू।’”

२६ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २७ “तर सातौँ महिनाको दसौँ दिन भने प्रायश्‍चितको दिन* हो।+ यो दिन तिमीहरूले पवित्र सभा राख्नू र आफूले गरेको पापको लागि दुःख मनाउनू*+ अनि यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी चढाउनू। २८ यो दिन तिमीहरूले कुनै काम नगर्नू किनकि यो यहोवा परमेश्‍वरसामु तिमीहरूको पापको क्षमा माग्ने प्रायश्‍चितको दिन हो।+ २९ यो दिन जसले आफ्नो पापको लागि दुःख मनाउँदैन,* उसलाई मानिसहरूको समुदायबाट हटाइयोस्‌।*+ ३० अनि यो दिन जसले कुनै काम गर्छ, उसलाई म नाश गर्नेछु। ३१ यो दिन तिमीहरूले कुनै काम नगर्नू। जहाँ बसे पनि तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। ३२ यो तिमीहरूको लागि विश्रामदिन हो, पूरै आराम गर्ने दिन। आफूले गरेको पापको लागि यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले दुःख मनाउनू।+ तिमीहरूले त्यस दिनको साँझदेखि भोलिपल्ट साँझसम्म विश्रामदिन मनाउनू।”

३३ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: ३४ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘सातौँ महिनाको १५ औँ दिन यहोवा परमेश्‍वरको निम्ति झुप्रोबासको चाड* मनाउनू। यो चाड सात दिनसम्म मनाउनू।+ ३५ पहिलो दिन पवित्र सभा राख्नू र यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू। ३६ सात दिनसम्म तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। आठौँ दिन तिमीहरूले पवित्र सभा राख्नू+ र यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। यो उपासना गर्नको लागि भेला हुने विशेष दिन हो। यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू।

३७ “‘यी चाडहरूमा+ तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति पवित्र सभाहरू राख्नू+ अनि यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने यस्ता भेटीहरू चढाउनू: अग्निभेटी,+ अन्‍नभेटी+ र मद्यभेटी।+ हरेक दिन जुन-जुन भेटी चढाउनुपर्ने हो, त्यसैअनुसार चढाउनू। ३८ यी भेटीहरू यहोवा परमेश्‍वरको निम्ति विश्रामदिनमा चढाइने भेटीहरू,+ तिमीहरूले परमेश्‍वरलाई चढाउने उपहारहरू,+ भाकलभेटी+ र स्वैच्छिकभेटीबाहेक+ चढाउनुपर्ने भेटीहरू हुन्‌। तिमीहरूले यी भेटीहरू यहोवा परमेश्‍वरको निम्ति चढाउनुपर्छ। ३९ तर सातौँ महिनाको १५ औँ दिन जब तिमीहरूले बाली भित्र्याइसकेका हुन्छौ, तब तिमीहरूले सात दिनसम्म यहोवा परमेश्‍वरको निम्ति चाड मनाउनू।+ पहिलो र आठौँ दिन पूरै आराम गर्ने विश्रामदिन हो।+ ४० पहिलो दिन तिमीहरूले असल-असल फलहरू, खजुरका हाँगाहरू,+ झ्याम्म परेको रूखका हाँगाहरू र बेँसीमा* पाइने चिनारका* हाँगाहरू ल्याउनू अनि सात दिनसम्म+ तिमीहरूका परमेश्‍वर यहोवासामु खुसीयाली मनाउनू।+ ४१ तिमीहरूले हरेक वर्ष सात दिनसम्म यहोवा परमेश्‍वरको निम्ति यो चाड मनाउनू।+ तिमीहरूले यो चाड सातौँ महिनामा मनाउनू। यो नियम तिमीहरूले पुस्तौँपुस्तासम्म पालन गर्नू। ४२ तिमीहरू सात दिनसम्म झुप्रोमा बस्नू।+ सबै इस्राएली झुप्रोमा बसून्‌। ४३ इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउँदा+ मैले तिमीहरूलाई झुप्रोमा बस्न लगाएको थिएँ भन्‍ने कुरा यसैबाट तिमीहरूका सन्तान-दरसन्तानले बुझ्नेछन्‌।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

४४ यहोवा परमेश्‍वरले मनाउनू भनी आज्ञा गर्नुभएका यी चाडहरूबारे मोसाले इस्राएलीहरूलाई बताए।

२४ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २ “दियोहरू कहिल्यै ननिभून्‌ भनेर तिमीले इस्राएलीहरूलाई जैतुन कुटेर निकालिएको शुद्ध तेल तिमीकहाँ ल्याउने आज्ञा दिनू।+ ३ हारुनले भेट हुने पालमा* करारको सन्दुकनजिकै* पर्दाको बाहिरपट्टि यहोवा परमेश्‍वरसामु साँझदेखि बिहानसम्म दियो बाल्ने प्रबन्ध मिलाऊन्‌। तिमीहरूले पुस्तौँपुस्तासम्म यो नियम पालन गर्नू। ४ तिनले निखुर सुनको पानसमा+ भएका दियोहरू यहोवा परमेश्‍वरसामु निरन्तर बालिराखून्‌।

५ “तिमीले मसिनो पीठो लिनू र १२ वटा सेल आकारको रोटी बनाउनू। प्रत्येक रोटी एपाको दस भागको दुई भाग* पीठोबाट बनाइएको होस्‌। ६ तिमीले छ-छ वटा रोटीको दुई चाङ बनाउनू+ र त्यसलाई निखुर सुनको टेबुलमा यहोवा परमेश्‍वरसामु राख्नू।+ ७ दुवै चाङको माथि शुद्ध सेतो धूप* राख्नू; यो धूप रोटीको प्रतीकस्वरूप*+ यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइनेछ। ८ तिनले हरेक विश्रामदिनमा* यहोवा परमेश्‍वरसामु नबिराईकन यी रोटीहरू राखून्‌।+ इस्राएलीहरूसित गरिएको यो करार सधैँभरि लागू हुनेछ। ९ यी रोटीहरू हारुन र तिनका छोराहरूको हुनेछ;+ तिनीहरूले यसलाई पवित्र ठाउँमा बसेर खाऊन्‌+ किनभने यी रोटीहरू पुजारीको निम्ति महापवित्र छन्‌ र यो भेटी यहोवा परमेश्‍वरको निम्ति आगोमा चढाइने भेटीको भाग हो। तिनीहरूले यो नियम सधैँ पालन गरून्‌।”

१० इस्राएलीहरूको समुदायमा एक जना मानिस थियो, जसका बुबा मिश्री थिए र आमाचाहिँ इस्राएली थिइन्‌।+ एकदिन छाउनीमा एक जना इस्राएलीसित उसको झगडा भयो। ११ इस्राएली स्त्रीको त्यस छोराले परमेश्‍वरको नामको* निन्दा गर्न र अपमान गर्न* थाल्यो।+ त्यसैले तिनीहरूले उसलाई मोसाकहाँ लगे।+ उसकी आमा दानको कुलको दिब्रिकी छोरी सेलोमिथ थिइन्‌। १२ यस मामिलामा यहोवा परमेश्‍वरको इच्छा के हो, त्यो थाह नपाएसम्म तिनीहरूले उसलाई हिरासतमा राखे।+

१३ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: १४ “मलाई सराप्ने त्यस मानिसलाई छाउनीबाहिर लैजानू र उसले सरापेको सुन्‍नेजति सबैले उसको टाउकोमा आफ्नो हात राखून्‌। त्यसपछि सारा समुदायले उसलाई ढुङ्‌गाले हानेर मारून्‌।+ १५ अनि तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘जसले परमेश्‍वरलाई सराप्छ, उसले आफ्नो पापको सजाय भोग्नेछ। १६ यहोवाको नामको निन्दा गर्नेलाई मार्नै पर्छ।+ सारा समुदायले उसलाई ढुङ्‌गाले हानेर मारोस्‌। स्वदेशी होस्‌ या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, कसैले परमेश्‍वरको नामको निन्दा गर्छ भने उसलाई मार्नै पर्छ।

१७ “‘यदि कसैले कोही मानिसको ज्यान लिन्छ भने उसलाई मार्नै पर्छ।+ १८ यदि कसैले अरू कसैको घरपालुवा जनावरलाई मार्छ भने उसले क्षतिपूर्ति तिरोस्‌, उसले जनावरको साटो जनावर तिरोस्‌। १९ यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनाउँछ भने उसले जे गरेको थियो, उसलाई पनि त्यसै गरियोस्‌।+ २० यदि उसले हड्डी भाँचिदिएको थियो भने उसको पनि हड्डी भाँचियोस्‌। त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत अर्थात्‌ उसले जे गरेको थियो, उसलाई पनि त्यसै गरियोस्‌।+ २१ यदि कसैले जनावरलाई मार्छ भने उसले त्यसको क्षतिपूर्ति तिरोस्‌+ तर कसैले मानिसलाई मार्छ भने उसलाई मारियोस्‌।+

२२ “‘स्वदेशी होस्‌ या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैलाई एउटै नियम लागू हुनेछ+ किनभने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

२३ यो कुरा मोसाले इस्राएलीहरूलाई बताए अनि तिनीहरूले परमेश्‍वरलाई सराप्ने त्यस मानिसलाई छाउनीबाहिर लगे र ढुङ्‌गाले हानेर मारे।+ यसरी यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै इस्राएलीहरूले गरे।

२५ यहोवा परमेश्‍वरले मोसालाई सिनै डाँडामा अझै भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘जब तिमीहरू मैले दिन लागेको देशमा पुग्छौ,+ तब तिमीहरूले विश्रामदिनबारे* यहोवा परमेश्‍वरले दिनुभएको नियम पालन गर्नू र खेतीपाती नगर्नू।+ ३ तिमीहरूले छ वर्षसम्म आफ्नो जमिनमा बिउ छर्नू, छ वर्षसम्म आफ्नो अङ्‌गुर बगान छिमल्नू र फसल बटुल्नू।+ ४ तर सातौँ वर्ष भने जमिन बाँझै छोड्‌नू किनभने यो यहोवा परमेश्‍वरले तोक्नुभएको विश्रामवर्ष हो, जमिनले पूरै आराम गर्ने वर्ष। तिमीहरूले बिउ नछर्नू वा अङ्‌गुर बगान नछिमल्नू। ५ तिमीहरूले फसल बटुलिसकेपछि जमिनमा बाँकी भएको दानाबाट आफै उब्जेको अन्‍न फेरि कटनी नगर्नू अनि नछिमलेको अङ्‌गुर बगानबाट अङ्‌गुर नबटुल्नू। सातौँ वर्ष तिमीहरूले जमिन बाँझो छोड्‌नू। ६ तर विश्रामवर्षमा जे आफै उब्जन्छ, त्यो तिमीहरू, तिमीहरूका दासदासी, ज्यालादारी मजदुर अनि तिमीहरूमाझ बसोबास गर्ने विदेशीहरूले खान सक्छौ। ७ साथै तिमीहरूका घरपालुवा जनावर र तिमीहरूको इलाकामा भएका जङ्‌गली जनावरहरूले ती खान सक्छन्‌। जमिनमा जे उब्जनी हुन्छ, त्यो खाए हुन्छ।

८ “‘तिमीहरूले सात वटा विश्रामवर्ष गन्‍नू अर्थात्‌ सात गुणा सात वर्ष। यसरी जम्मा ४९ वर्ष पूरा भएपछि ९ त्यो ४९ औँ वर्षको सातौँ महिनाको दसौँ दिन अर्थात्‌ प्रायश्‍चितको दिन*+ ठूलो स्वरले सिङ फुक्न लगाउनू र त्यसको आवाज देशभरि सुनियोस्‌। १० तिमीहरूले ५० औँ वर्षलाई पवित्र मान्‍नू अनि देशका सारा बासिन्दालाई स्वतन्त्रताको घोषणा गर्नू।+ यो तिमीहरूको लागि स्वर्ण वर्ष हुनेछ अनि तिमीहरू प्रत्येकले आफूले बेचेको सम्पत्ति फिर्ता पाउनेछौ र तिमीहरू आ-आफ्नो परिवारकहाँ फर्कन सक्नेछौ।+ ११ तिमीहरूले ५० औँ वर्षमा स्वर्ण वर्ष मनाउनू। यो वर्ष तिमीहरूले बिउ नछर्नू वा जमिनमा बाँकी भएको दानाबाट उब्जिएको अन्‍नको कटनी नगर्नू वा नछिमलेका अङ्‌गुर बगानबाट अङ्‌गुर नबटुल्नू।+ १२ यो वर्ष स्वर्ण वर्ष हो। तिमीहरूले यस वर्षलाई पवित्र मान्‍नू। जमिनमा जे आफै उब्जन्छ, तिमीहरूले त्यो मात्र खानू।+

१३ “‘स्वर्ण वर्षमा तिमीहरू प्रत्येकले आफूले बेचेको सम्पत्ति फिर्ता पाउनेछौ।+ १४ तिमीहरूले आफ्नो छिमेकीसँग किनबेच गर्दा ऊबाट नाजायज फाइदा नउठाउनू।+ १५ आफ्नो छिमेकीसित जमिन किन्दा स्वर्ण वर्ष मनाएको कति वर्ष भयो, त्यो गनेर मात्र किन्‍नू अनि बेच्नेले पनि अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ र त्यतिन्जेल कति उब्जनी हुन्छ, त्यो हिसाब गरेर मात्र बेच्नू।+ १६ यदि स्वर्ण वर्ष आउन धेरै वर्ष बाँकी छ भने उसले जमिनको भाउ बढाउन सक्छ तर थोरै वर्ष मात्र बाँकी छ भने उसले जमिनको भाउ घटाउनुपर्छ किनभने उसले बाँकी वर्षमा कति उब्जनी हुन्छ, त्यो हिसाब गरेर जमिन बेच्दै छ। १७ तिमीहरू कसैले आफ्नो छिमेकीबाट नाजायज फाइदा नउठाउनू+ र तिमीहरूले मेरो डर मान्‍नू+ किनभने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।+ १८ तिमीहरूले मेरा विधिविधान र फैसला पालन गरिरह्‍यौ भने त्यस देशमा सुरक्षितसाथ बस्न सक्नेछौ।+ १९ त्यहाँ प्रशस्त उब्जनी हुनेछ;+ तिमीहरूलाई खानेकुराको कुनै अभाव हुनेछैन र तिमीहरू सुरक्षितसाथ बस्न सक्नेछौ।+

२० “‘तर तिमीहरू भनौला: “बिउ छरेनौँ वा फसल बटुलेनौँ भने सातौँ वर्ष हामीले के खाने?”+ २१ चिन्ता नगर, छैटौँ वर्ष म तिमीहरूमाथि आशिष्‌ बर्साउनेछु र जमिनले तीन वर्षसम्म पुग्ने उब्जनी दिनेछ।+ २२ तब तिमीहरूले आठौँ वर्षमा बिउ छर्नेछौ र नवौँ वर्षसम्म पुरानै अन्‍न खानेछौ। नयाँ बाली नकाटुन्जेल तिमीहरूले पुरानै अन्‍न खानेछौ।

२३ “‘तिमीहरूले सधैँको लागि जमिन नबेच्नू+ किनभने जमिन मेरै हो।+ तिमीहरू सबै मेरो नजरमा विदेशी र प्रवासीहरू हौ।+ २४ आफ्नो जमिन बेचेको व्यक्‍तिले त्यो फेरि किन्‍न चाहन्छ भने उसले त्यो अधिकार पाउनुपर्छ।

२५ “‘यदि तिम्रो छिमेकी गरिब भयो र उसले आफ्नो केही जमिन बेच्नुपऱ्‍यो भने नजिकको नातेदार आएर मोल तिरिदेओस्‌ र उसको जमिन फिर्ता गरिदेओस्‌। यसरी त्यो नातेदार उसको निम्ति मोल तिरेर छुटाउने व्यक्‍ति हुनेछ।+ २६ यदि कसैको मोल तिरेर छुटाउने व्यक्‍ति छैन तर पछि ऊ धनी भयो र आफूले बेचेको जमिन किन्‍न सक्ने भयो भने २७ उसले जमिन बेचेको कति वर्ष भयो र ती वर्षहरूमा कति मूल्यबराबरको उब्जनी भयो, त्यो हिसाब गर्नुपर्छ। अनि यो मूल्यलाई आफूले बेचेको बेलाको मूल्यबाट घटाएर बाँकी मूल्य आफ्नो जमिन किन्‍ने व्यक्‍तिलाई फिर्ता गर्नुपर्छ। तब उसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।+

२८ “‘तर ऊसित आफूले बेचेको जमिन फेरि किन्‍ने औकात छैन भने जमिन जसले किनेको हो, स्वर्ण वर्षसम्म त्यही व्यक्‍तिको हुनेछ।+ स्वर्ण वर्षमा भने उसले आफूले बेचेको जमिन फिर्ता पाउनेछ।+

२९ “‘यदि कसैले पर्खालले घेरिएको सहरमा भएको आफ्नो घर बेच्यो भने बेचेको समयदेखि एक वर्षभित्र त्यो घर फेरि किन्‍ने अधिकार ऊसित हुन्छ; आफूले बेचेको घर फेरि किन्‍ने अधिकार+ ऊसित पूरा एक वर्षसम्म रहन्छ। ३० तर एक वर्षको अन्तसम्ममा पनि उसले किनेन भने पर्खालले घेरिएको सहरमा भएको त्यो घर जसलाई बेचेको हो, सधैँको लागि अर्थात्‌ पुस्तौँपुस्तासम्म त्यस व्यक्‍तिकै सम्पत्ति हुनेछ। स्वर्ण वर्षमा पनि त्यो घर उसलाई फिर्ता गरिनेछैन। ३१ पर्खालले नघेरिएका सहरमा भएका घरहरूलाई भने खुला ठाउँमा भएको जग्गा-जमिनसरह ठान्‍नू। त्यस्तो ठाउँमा भएका घरहरू फेरि किन्‍ने अधिकार बेच्ने व्यक्‍तिसित रहनेछ अनि त्यो घर जसको हो, उसलाई स्वर्ण वर्षमा फिर्ता गरियोस्‌।

३२ “‘लेवीहरूले भने आफूलाई दिइएको सहरमा भएका घरहरू+ बेच्दा जुनसुकै बेला पनि त्यो फेरि किन्‍न सक्छन्‌; यो अधिकार उनीहरूसित सधैँ रहनेछ। ३३ आफूलाई दिइएको सहरमा भएको घर बेचेपछि लेवीहरूले फेरि किन्‍न सकेनन्‌ भने स्वर्ण वर्षमा त्यो उनीहरूलाई फिर्ता गरिनेछ+ किनभने इस्राएलीहरूमाझ आफूले पाएको सहरमा भएका घरहरू लेवीहरूकै सम्पत्ति हुन्‌।+ ३४ तर उनीहरूको सहरवरपर भएका चरनहरू+ भने बेच्नु हुँदैन किनभने यो सदाका लागि उनीहरूकै सम्पत्ति हो।

३५ “‘तिमीहरूको नजिकै बस्ने कोही इस्राएली गरिब भयो र आफ्नो जीवन धान्‍न नसक्ने भयो भने तिमीहरूमाझ बस्ने विदेशी र प्रवासीलाई जस्तै+ उसलाई मदत गर।+ यसो गऱ्‍यौ भने तिमीहरूमाझ रहेर उसले आफ्नो गुजारा चलाउन सक्नेछ। ३६ तिमीहरूले ऊसित ब्याज नलेओ वा ऊबाट फाइदा* नलेओ।+ तिमीहरूले आफ्नो परमेश्‍वरको डर मान्‍नू।+ यसो गऱ्‍यौ भने तिमीहरूमाझ रहेर उसले आफ्नो जीविका चलाउन सक्नेछ। ३७ तिमीहरूले उसलाई पैसा सापटी दिँदा ब्याज नलिनू+ वा नाफा कमाउने लोभले खानेकुरा नदिनू। ३८ म तिमीहरूका परमेश्‍वर हुँ भनी देखाउन तिमीहरूलाई मिश्र देशबाट छुटाएर कनान देशमा ल्याउने+ तिमीहरूका परमेश्‍वर यहोवा मै हुँ।+

३९ “‘तिमीहरूको नजिकै बस्ने कोही इस्राएली गरिब भयो र उसले आफूलाई तिम्रो हातमा बेच्यो भने+ दासलाई जसरी उसलाई नजोताउनू।+ ४० ज्यालादारी मजदुर वा प्रवासीलाई जस्तो व्यवहार गर्छौ, ऊसित पनि त्यस्तै व्यवहार गर्नू।+ उसले तिमीकहाँ स्वर्ण वर्षसम्म काम गरोस्‌। ४१ त्यसपछि ऊ र उसको बालबच्चा तिमीलाई छोडेर आफ्नो आफन्तकहाँ जानेछ। ऊ आफ्ना पुर्खाहरूको सम्पत्ति अधिकार गर्न फर्कोस्‌।+ ४२ तिनीहरू मैले मिश्र देशबाट छुटाएर ल्याएका मेरा दासहरू हुन्‌।+ तिनीहरूले आफूलाई दासको रूपमा अरूको हातमा नबेचून्‌। ४३ तिमीहरूले ऊसित क्रूर व्यवहार नगर्नू;+ तिमीहरूले आफ्नो परमेश्‍वरको डर मान्‍नू।+ ४४ तिमीहरूका दासदासीहरू वरपरका राष्ट्रका होऊन्‌; तिमीहरूले तिनीहरूमध्येबाट दास वा दासी किन्‍न सक्छौ। ४५ साथै तिमीहरूसित बसोबास गरिरहेका विदेशीका सन्तानबाट+ र तिमीहरूको देशमा जन्मिएका तिनीहरूको परिवारबाट दासदासीहरू किन्‍न सक्छौ र उनीहरू तिमीहरूको सम्पत्ति हुनेछन्‌। ४६ तिमीहरूले यी दासदासीहरू पैतृक सम्पत्तिको रूपमा आफ्नो सन्तानलाई दिन सक्छौ र उनीहरूले तिम्रो सन्तानको दासदासीको रूपमा सधैँभरि काम गर्नेछन्‌। तिमीहरूले उनीहरूलाई दासदासीको रूपमा काममा लगाउन सक्छौ। तर आफ्ना इस्राएली दाजुभाइसित भने क्रूर व्यवहार नगर्नू।+

४७ “‘तर तिमीहरूसित बसोबास गर्ने कुनै विदेशी वा प्रवासी धनी भयो र उसको नजिकै बस्ने कोही इस्राएली भने गरिब भयो र उसले आफूलाई त्यस विदेशी वा प्रवासीको हातमा वा त्यस विदेशीको परिवारको हातमा बेच्नुपऱ्‍यो भने ४८ ऊसित मोल तिरेर आफूलाई फेरि छुटाउने अधिकार हुन्छ। उसको कुनै दाजुभाइले मोल तिरेर उसलाई छुटाउन सक्छ।+ ४९ अथवा उसको ठूलोबुबा वा काका वा उनीहरूको छोरा वा उसको घरानाका कुनै नजिकको नातेदारले* मोल तिरेर उसलाई छुटाउन सक्छ।

“‘अथवा पछि ऊ धनी भयो भने आफैले मोल तिरेर आफूलाई छुटाउन सक्छ।+ ५० उसलाई किन्‍ने मानिससँगै बसेर उसले आफूलाई बेचेको समयदेखि स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरोस्‌+ र ती वर्षहरूको लागि जति मोल तिर्नुपर्छ, त्यति तिरेर आफूलाई छुटाओस्‌।+ एक जना ज्यालादारी मजदुरलाई जति ज्याला दिइन्छ, उसलाई पनि त्यति नै दिइयोस्‌।+ ५१ स्वर्ण वर्ष आउन धेरै वर्ष बाँकी छ भने उसले जति वर्ष बाँकी छ, त्यसको हिसाब गरेर मोल तिरोस्‌। ५२ तर स्वर्ण वर्ष आउन थोरै वर्ष मात्र बाँकी छ भने उसले जति वर्ष बाँकी छ, त्यसको हिसाब गरेर मोल तिरोस्‌। ५३ हरेक वर्ष उसले ज्यालादारी मजदुरले जस्तै काम गरोस्‌ अनि तिमीहरूले यस कुराको ध्यान राख्नू कि उसको मालिकले ऊसित क्रूर व्यवहार गर्न नपाओस्‌।+ ५४ तर यीमध्ये कुनै पनि उपायबाट आफूलाई छुटाउने औकात ऊसित छैन भने ऊ स्वर्ण वर्षमा स्वतन्त्र हुनेछ;+ ऊ र उसका छोराछोरी सबै स्वतन्त्र हुनेछन्‌।

५५ “‘किनकि इस्राएलीहरू मैले मिश्रबाट छुटाएर ल्याएका मेरा दासहरू हुन्‌। तिनीहरू मेरै दास हुन्‌।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

२६ “‘तिमीहरू बस्ने देशमा व्यर्थका देवताहरू नबनाउनू+ र आफ्नो लागि मूर्ति वा पवित्र थाम* नठड्‌याउनू।+ अनि तिमीहरूले त्यहाँ ढुङ्‌गामा कुनै आकृति खोपेर+ त्यसलाई दण्डवत्‌ नगर्नू+ किनकि म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। २ तिमीहरूले मैले तोकेको विश्रामदिन* मान्‍नू र मेरो पवित्र स्थानप्रति* गहिरो श्रद्धा देखाउनू।* म यहोवा हुँ।

३ “‘यदि तिमीहरू मैले दिएको नियमअनुसार चलिरह्‍यौ र मेरा आज्ञाहरू पालन गरिरह्‍यौ भने+ ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। ५ त्यसैले अङ्‌गुर बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ र बिउ छर्ने समयसम्मै अङ्‌गुर बटुल्नेछौ। तिमीहरूलाई खानेकुराको कुनै अभाव हुनेछैन र तिमीहरू आफ्नो देशमा निश्‍चिन्त भई बस्नेछौ।+ ६ मेरो आशिष्‌ले गर्दा तिमीहरूको देशमा शान्ति छाउनेछ;+ कसैले तिमीहरूलाई डर देखाउनेछैन+ र तिमीहरू मस्त निदाउन सक्नेछौ। म तिमीहरूको देशबाट हिंस्रक जङ्‌गली जनावरहरू धपाइदिनेछु अनि तिमीहरूविरुद्ध कसैले तरबार उठाउनेछैन। ७ तिमीहरूले आफ्ना शत्रुहरूलाई खेद्‌नेछौ र तरबारले सखाप पार्नेछौ। ८ तिमीहरूमध्ये ५ जनाले १०० जनालाई र १०० जनाले १०,००० जनालाई खेद्‌नेछौ अनि तिमीहरूका शत्रुहरू तरबारले सोत्तर हुनेछन्‌।+

९ “‘म तिमीहरूमाथि निगाह देखाउनेछु, जसले गर्दा तिमीहरूको धेरै सन्तान हुनेछ र तिमीहरूको सङ्‌ख्या बढ्‌नेछ।+ तिमीहरूसित गरेको करार म पूरा गर्नेछु।+ १० तिमीहरूले पहिलो वर्षकै उब्जनी खाएर नसिद्धिँदै नयाँ अन्‍न राख्न पुरानो अन्‍न फ्याँक्नुपर्नेछ। ११ म तिमीहरूमाझ मेरो वासस्थान* खडा गर्नेछु+ र म तिमीहरूलाई त्याग्नेछैनँ। १२ म तिमीहरूको माझमा हिँडडुल गर्नेछु र तिमीहरूका परमेश्‍वर हुनेछु+ अनि तिमीहरू मेरा मानिसहरू हुनेछौ।+ १३ तिमीहरूलाई मिश्रको दासत्वबाट छुटाएर ल्याउने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ। मैले तिमीहरूको दासत्वको जुवा भाँचिदिएकोले तिमीहरू शिर ठाडो पारेर हिँड्‌न सक्छौ।

१४ “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेनौ वा मेरा आज्ञाहरू पालन गरेनौ+ १५ अनि मेरा विधिविधान मान्‍न इन्कार गऱ्‍यौ+ र मेरा फैसलाअनुसार नचलेर मेरा आज्ञाहरू मानेनौ र मेरो करार भङ्‌ग गऱ्‍यौ भने+ १६ म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्‌।+ १७ म तिमीहरूलाई त्याग्नेछु र शत्रुहरूले तिमीहरूलाई पराजित गर्नेछन्‌।+ तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूलाई कुल्चीमिल्ची गर्नेछन्‌+ र कसैले नखेदे पनि तिमीहरू भाग्नेछौ।+

१८ “‘तर तिमीहरूले अझै पनि मेरो कुरा सुनेनौ भने म तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। १९ म तिमीहरूको अहङ्‌कारलाई चकनाचुर पार्नेछु र तिमीहरूको आकाशलाई फलामजस्तो*+ र पृथ्वीलाई तामाजस्तो* बनाउनेछु। २० तिमीहरूले व्यर्थैमा परिश्रम गर्नेछौ किनकि तिमीहरूको जमिनले उब्जनी दिनेछैन+ र बोटबिरुवामा फल लाग्नेछैन।

२१ “‘तर तिमीहरू मविरुद्ध चलिरह्‍यौ र मेरो कुरा सुन्‍न इन्कार गरिरह्‍यौ भने म तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २२ म तिमीहरूको बीचमा जङ्‌गली जनावरहरू पठाउनेछु+ र तिनीहरूले तिमीहरूका छोराछोरीलाई खानेछन्‌+ र तिमीहरूका गाईवस्तुलाई सखाप पार्नेछन्‌। तिमीहरूको सङ्‌ख्या थोरै हुनेछ र तिमीहरूको बाटोघाटो सुनसान हुनेछ।+

२३ “‘यति धेरै सजाय पाएपछि पनि तिमीहरू सुध्रिएनौ+ र हठी भएर मेरो विरुद्धमा खडा भइरह्‍यौ भने २४ म पनि तिमीहरूविरुद्ध कदम चाल्नेछु र तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २५ मेरो करार भङ्‌ग गरेकोले तिमीहरूका शत्रुहरूलाई तिमीहरूमाथि तरबारले आक्रमण गर्न लगाउनेछु।+ तिमीहरू ज्यान जोगाउन सहरमा एकसाथ भेला भएर बस्यौ भने पनि म तिमीहरूमाझ महामारी पठाउनेछु+ र तिमीहरू आफ्नो शत्रुको हातमा पर्नेछौ।+ २६ मैले तिमीहरूको अन्‍नको भण्डार* नष्ट गरेपछि+ दस जना स्त्रीको लागि एउटै चुलो पर्याप्त हुनेछ र तिनीहरूले जोखी-जोखीकन खाना बाँड्‌नेछन्‌।+ तिमीहरूले खान त खानेछौ तर अघाउनेगरि होइन।+

२७ “‘यति हुँदाहुँदै पनि मेरो कुरा सुनेनौ र हठी भएर मेरो विरुद्धमा खडा भइरह्‍यौ भने २८ म तिमीहरूविरुद्ध झनै ठूलो कदम चाल्नेछु+ र तिमीहरूको पापको लागि सात गुणा बढी दण्ड दिनेछु। २९ तिमीहरूले आफ्नै छोराछोरीको मासु खानुपर्नेछ।+ ३० म तिमीहरूले उपासनाको लागि बनाएका सबै अग्ला थान* भत्काउनेछु,+ धूपदानीहरू ढाल्नेछु र तिमीहरूको लासलाई घिनलाग्दा मूर्तिहरूमाथि* थुप्रो लगाइदिनेछु।+ म तिमीहरूलाई एकदमै घृणा गर्नेछु र त्याग्नेछु।+ ३१ म तिमीहरूका सहरहरू तरबारले नाश गर्नेछु+ र तिमीहरूको पवित्र ठाउँहरू उजाड पार्नेछु अनि तिमीहरूले चढाएको बलिदानको मीठो* बास्ना मेरो लागि दुर्गन्ध हुनेछ। ३२ म तिमीहरूको देशलाई उजाड पार्नेछु+ र जब यस देशमा तिमीहरूका शत्रुहरू बसोबास गर्छन्‌, तब तिनीहरू देशको हालत देखेर छक्क पर्नेछन्‌।+ ३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्‌नेछन्‌;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्‌।

३४ “‘तिमीहरू शत्रुहरूको देशमा रहुन्जेल र तिमीहरूको देश उजाड रहुन्जेल तिमीहरूको भूमिले विश्रामवर्षहरू मनाउनेछ। त्यसबेला भूमिले आराम पाउनेछ किनकि भूमिले पहिला मनाउन नपाएको विश्रामवर्षहरू त्यसबेला मनाउनेछ।+ ३५ तिमीहरूको देश उजाड रहुन्जेल भूमिले आराम पाउनेछ किनकि तिमीहरू बसोबास गरुन्जेल तिमीहरूले विश्रामवर्षबारे मैले दिएको नियम पालन गरेनौ र भूमिलाई आराम दिएनौ।

३६ “‘तिमीहरूमध्ये जो-जो बच्नेछौ+ र शत्रुहरूको देशमा लगिनेछौ, तिनीहरूको मन म डरैडरले भरिदिनेछु; पात हल्लेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्‌। शत्रुले तरबार लिएर खेदेको मानिस भागेझैँ तिनीहरू भाग्नेछन्‌। कसैले नखेदे पनि तिनीहरू भाग्नेछन्‌ र लड्‌नेछन्‌।+ ३७ कसैले नखेदे पनि तिनीहरू शत्रुको तरबारदेखि डराएर भागेका मानिसहरूजस्तै आपसमा ठेस खाएर लड्‌नेछन्‌। तिमीहरूले शत्रुहरूको सामना गर्न सक्नेछैनौ।+ ३८ तिमीहरू तितरबितर भएर जहाँ-जहाँ पुग्छौ, त्यहीँ नष्ट हुनेछौ+ र शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। ३९ बाँकी रहेकाहरूलाई चाहिँ म शत्रुहरूको देशमै छोडिदिनेछु+ अनि तिनीहरू आफ्नो र आफ्नो पुर्खाको पापले गर्दा त्यहीँ कुहिँदै जानेछन्‌।+ ४० तब तिनीहरूले यो कुरा स्विकार्नेछन्‌+ कि तिनीहरू र तिनीहरूका पुर्खाले मेरो विरोध गरेर मलाई विश्‍वासघात गरेका थिए र मविरुद्ध पाप गरेका थिए।+ ४१ यही कारणले गर्दा मैले तिनीहरूविरुद्ध कदम चालेर+ तिनीहरूलाई शत्रुहरूको देशमा पठाएको थिएँ।+

“‘तिनीहरूको हठी मन* आज्ञाकारी होस्‌+ अनि तिनीहरूले आफ्नो पापको सजाय भोगून्‌ भनेर मैले त्यसो गरेको थिएँ। ४२ तब म याकुब,+ इसहाक+ र अब्राहामसित+ गरेको करार सम्झनेछु र तिमीहरूको देशलाई पनि सम्झनेछु। ४३ जहिलेसम्म तिनीहरू त्यस देशमा हुँदैनन्‌ र जहिलेसम्म त्यो देश उजाड रहन्छ, त्यतिन्जेल त्यस देशले पहिला मनाउन नपाएको विश्रामवर्षहरू मनाउनेछ।+ अनि तिनीहरूले चाहिँ पापको सजाय भोग्नेछन्‌ किनकि तिनीहरूले मेरा फैसलाहरूलाई तिरस्कार गरे र मेरा विधिविधानलाई घृणा गरे।+ ४४ यी सबै कुराको बाबजुद जब तिनीहरू आफ्ना शत्रुहरूको देशमा हुनेछन्‌, म तिनीहरूलाई कहिल्यै पूर्णतया इन्कार गर्नेछैनँ+ र तिनीहरूको नामोनिसान मेटाउने हदसम्म तिनीहरूलाई त्याग्नेछैनँ। त्यसो गरेँ भने मैले तिनीहरूसित गरेको करार भङ्‌ग गरेसरह हुनेछ+ किनकि म तिनीहरूका परमेश्‍वर यहोवा हुँ। ४५ तिनीहरूको खातिर म तिनीहरूका पुर्खासित गरेको करार सम्झनेछु,+ जसलाई मैले मिश्र देशबाट छुटाएर ल्याएँ। मैले तिनीहरूका पुर्खाहरूलाई जातिजातिको आँखाकै सामने छुटाएर ल्याएँ+ र म नै तिनीहरूका परमेश्‍वर हुँ भनी देखाएँ। म यहोवा हुँ।’”

४६ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई सिनै डाँडामा मोसामार्फत दिनुभएका नीतिनियम, ऐनकानुन र उहाँले सुनाउनुभएका फैसलाहरू यी नै हुन्‌।+

२७ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २ “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कसैले कुनै व्यक्‍तिको लागि तोकिएको मोल यहोवा परमेश्‍वरलाई चढाउने विशेष भाकल+ गर्छ भने ३ त्यो मोल २० देखि ६० वर्षसम्मको पुरुषको लागि पवित्र ठाउँको शेकेलअनुसार* ५० शेकेल* चाँदी होस्‌। ४ तर स्त्रीको लागि तोकिएको मोल भने ३० शेकेल होस्‌। ५ अनि ५ देखि २० वर्षसम्मको हो भने केटाको लागि तोकिएको मोल २० शेकेल र केटीको लागि १० शेकेल होस्‌। ६ एक महिनादेखि ५ वर्षसम्मको हो भने केटाको लागि तोकिएको मोल ५ शेकेल चाँदी र केटीको लागि ३ शेकेल चाँदी होस्‌।

७ “‘अनि ६० वर्ष र सोभन्दा माथिको हो भने पुरुषको लागि तोकिएको मोल १५ शेकेल र स्त्रीको लागि १० शेकेल होस्‌। ८ तर भाकल गर्ने मानिस एकदमै गरिब छ र उसले तोकिएको मोल चढाउन सक्दैन भने+ उसले जुन व्यक्‍ति दिन्छु भनेर भाकल गरेको थियो, त्यसलाई पुजारीसामु ल्याओस्‌ अनि भाकल गर्ने मानिसको औकातअनुसार पुजारीले त्यस व्यक्‍तिको मोल तोकिदेऊन्‌।+

९ “‘यदि कसैले यहोवा परमेश्‍वरलाई अर्पण गर्न योग्य कुनै जनावर चढाउने भाकल गर्छ भने उसले यहोवा परमेश्‍वरलाई चढाउने त्यो जनावर उहाँको नजरमा पवित्र हुनेछ। १० एक चोटि भाकल गरिसकेपछि उसले राम्रोको सट्टा नराम्रो वा नराम्रोको सट्टा राम्रो जनावर नसाटोस्‌। उसले साट्‌यो भने ती दुवै जनावर पवित्र हुनेछन्‌ अर्थात्‌ सुरुमा भाकल गरेको जनावर र पछि साटेको जनावर। ११ यदि उसले भाकल गरेको जनावर यहोवा परमेश्‍वरलाई चढाउन नहुने अशुद्ध जनावर+ हो भने उसले त्यस जनावरलाई पुजारीसामु ल्याओस्‌। १२ त्यसपछि पुजारीले त्यो जनावर कस्तो छ,* सो हेरून्‌ र त्यसको मोल तोकिदेऊन्‌। पुजारीले तोकेको मोल नै त्यो जनावरको मोल हुनेछ। १३ तर केही गरी उसले त्यो जनावर फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्‌।+

१४ “‘यदि कुनै मानिसले आफ्नो घर यहोवा परमेश्‍वरलाई अर्पण गर्न छुट्ट्याउँछ र त्यसलाई पवित्र पार्छ भने पुजारीले त्यो घर कस्तो छ,* सो हेरून्‌ र त्यसको मोल तोकिदेऊन्‌। पुजारीले तोकेको मोल नै त्यस घरको मोल हुनेछ।+ १५ तर उसले त्यो घर फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलका साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्‌। त्यसपछि त्यो घर उसको हुनेछ।

१६ “‘यदि कुनै मानिसले केही टुक्रा जमिन यहोवा परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने त्यस जमिनको लागि कति बिउ चाहिन्छ, त्यसको आधारमा त्यस जमिनको मोल तोकियोस्‌। एक होमेर* जौको बिउको मोल ५० शेकेल चाँदी होस्‌। १७ यदि उसले आफ्नो जमिन स्वर्ण वर्षदेखि परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने+ त्यसैअनुसार त्यसको मोल तोकियोस्‌। १८ यदि उसले स्वर्ण वर्ष सिद्धिएपछि आफ्नो जमिन परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने पुजारीले अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरेर त्यसैअनुसार जमिनको मोल घटाऊन्‌।+ १९ तर परमेश्‍वरको निम्ति छुट्ट्याइसकेको जमिन केही गरी उसले फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्‌। त्यसपछि त्यो जमिन उसको हुनेछ। २० यदि उसले त्यो जमिन आफूले किनेन र त्यो जमिन अरू कसैलाई बेचियो भने पछि त्यो फेरि किन्‍न मिल्दैन। २१ स्वर्ण वर्षमा त्यो जमिन यहोवा परमेश्‍वरलाई अर्पण गरिएको जमिन हुनेछ। त्यो उहाँको नजरमा पवित्र हुनेछ अनि पुजारीहरूको भाग हुनेछ।+

२२ “‘यदि कसैले आफ्नो पुर्ख्यौली जमिन होइन तर आफूले किनेको जमिन यहोवा परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने+ २३ पुजारीले अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरून्‌ र त्यही दिन त्यस जमिनको मोल तोकिदेऊन्‌।+ त्यो मोल यहोवा परमेश्‍वरको नजरमा पवित्र हुनेछ। २४ स्वर्ण वर्षमा भने त्यो जमिन जसबाट किनिएको हो अर्थात्‌ जसको हो, उसैलाई फिर्ता गरिनेछ।+

२५ “‘सबै मोल पवित्र ठाउँको शेकेलअनुसार होस्‌। एक शेकेलबराबर बीस गेरा* होस्‌।

२६ “‘तर कसैले पनि जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्‍वरको निम्ति नचोख्याओस्‌ किनभने गर्भको पहिलो फल उहाँकै हो।+ बहर होस्‌ या भेडाको पाठो, त्यो पहिल्यैदेखि यहोवाकै हो।+ २७ यदि उसले भाकल गरेको जनावर अशुद्ध जनावर हो र त्यसलाई ऊ फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरेर त्यस जनावरलाई छुटाओस्‌।+ तर उसले त्यो जनावर फेरि किनेन भने तोकिएको मोलमै त्यो जनावर अरूलाई बेचिनेछ।

२८ “‘यदि कसैले आफूसित भएको थोकमध्येबाट मानिस, जनावर वा जमिन यहोवा परमेश्‍वरलाई कुनै सर्त नराखी अर्पण गर्छ भने उसले त्यो अरूलाई बेच्न वा फेरि आफैले किन्‍न मिल्दैन। जुन कुरा यहोवा परमेश्‍वरलाई अर्पण गरिन्छ, त्यो उहाँको नजरमा महापवित्र हुन्छ।+ २९ साथै मृत्युदण्ड दिन छुट्ट्याइएको मानिसलाई पनि मोल तिरेर छुटाउन मिल्दैन।+ उसलाई मार्नै पर्छ।+

३० “‘चाहे खेतको अन्‍न होस्‌ वा बोटबिरुवाको फल, भूमिको उब्जनीको दशांश*+ यहोवा परमेश्‍वरकै हो। त्यो यहोवा परमेश्‍वरको नजरमा पवित्र छ। ३१ यदि कसैले केही गरी आफूले चढाइसकेको दशांश फेरि किन्‍न चाहन्छ भने उसले त्यसको मोलको साथै पाँच भागको एक भाग पनि तिरेर किनोस्‌। ३२ तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति गाईवस्तु वा भेडाबाख्राको बगालबाट दशांश चढाउनू। जनावरको गन्ती गर्दा* गोठालोले हरेक दसौँ जनावरलाई अलग्गै राखोस्‌। हरेक दसौँ जनावर परमेश्‍वरको नजरमा पवित्र छ। ३३ उसले त्यो जनावर राम्रो छ कि छैन भनेर नहेरोस्‌, न त त्यसको सट्टा अर्को जनावर नै चढाओस्‌। यदि उसले केही गरी त्यो जनावर साट्‌न खोज्छ भने ती दुवै जनावर पवित्र हुनेछन्‌ अर्थात्‌ सुरुमा गनेको दसौँ जनावर र पछि साटेको जनावर।+ ती जनावरहरू फेरि किन्‍न मिल्दैन।’”

३४ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई सिनै डाँडामा मोसामार्फत दिनुभएका आज्ञाहरू यी नै हुन्‌।+

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मिर्गौलावरिपरिको बोसो।”

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

शा., “शान्त पार्ने।”

वा “बोसो मिसिएको खरानी।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

वा “सम्झनास्वरूप।”

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

शा., “शान्त पार्ने।”

रोटी पकाउन बनाइएको माटोको ठूलो चुलो।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्‌दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।

यसले मौरीको महलाई नभई फलफूलको रसलाई सङ्‌केत गरेको हुनुपर्छ।

वा “हरियो बाला।”

वा “शान्तिबलि।” शब्दावलीमा “मेलबलि” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

शा., “शान्त पार्ने।”

बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।

शा., “रोटीको।” अर्थात्‌, मेलबलिबाट परमेश्‍वरको निम्ति छुट्ट्याइएको भाग।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

वा “बोसो मिसिएको खरानी।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

शा., “शान्त पार्ने।”

शा., “सरापको (शपथको) आवाज सुन्दा।” गल्ती गर्ने व्यक्‍तिलाई वा त्यस गल्तीको साक्षी भएर पनि केही नबताउने व्यक्‍तिलाई सराप सुनाउन गरिएको घोषणा हुन सक्छ।

यहाँ चलाइएको हिब्रू शब्दले हावा, पानी अनि जमिनमा पाइने र झुन्डमा रहने ससाना जीवजन्तुलाई जनाउँछ।

यसको अर्थ उसले आफ्नो भाकल पूरा गरेको छैन भन्‍ने हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

एपाको दस भागको एक भाग भनेको २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “सम्झनास्वरूप।”

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “पवित्र शेकेलअनुसार।”

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

वा “भित्री वस्त्र।”

वा “बोसो मिसिएको खरानी।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

वा “सम्झनास्वरूप।”

शा., “शान्त पार्ने।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

एपाको दस भागको एक भाग भनेको २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

रोटी पकाउन बनाइएको माटोको ठूलो चुलो।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मारियोस्‌।”

वा “मारियोस्‌।”

वा “मारियोस्‌।”

वा “मारियोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “घुमाओस्‌।”

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “जुन पवित्र मुकुट हो।”

शब्दावली हेर्नुहोस्‌।

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाए।”

वा “मिर्गौलावरिपरिको बोसो।”

शा., “शान्त पार्ने।”

बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।

वा “घुमाए।”

शब्दावली हेर्नुहोस्‌।

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाए।”

बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।

वा “घुमाए।”

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

वा “अस्ट्रिज।”

एक किसिमको पेलिकन चरा।

वा “इजिप्टबाट।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यहाँ “कुष्ठरोग” भनेर अनुवाद गरिएको हिब्रू शब्दको विभिन्‍न अर्थ छ। यसमा छालामा लाग्ने विभिन्‍न सरुवा रोगहरू र लुगामा अनि घरमा देखिने ढुसी पनि समावेश छ।

वा “सङ्‌क्रमण।”

वा “दोस्रो पटक।”

वा “उसको कुष्ठरोग नसर्ने किसिमको हो भनी ठहराऊन्‌।”

शा., “ताना वा बानामा।”

शब्दावली हेर्नुहोस्‌।

एपाको दस भागको तीन भाग भनेको ६.६ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक लग भनेको ०.३१ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “घुमाऊन्‌।”

एपाको दस भागको एक भाग भनेको २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

वा “भित्री वस्त्र।”

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ “हराउने पाठो” हुन सक्छ। शब्दावलीमा “अजाजेल” हेर्नुहोस्‌।

साधारणतया “दुःख मनाउनू” भन्‍ने पदावलीले उपवास बस्ने वा अन्य तरिकामा आफूलाई इन्कार गर्ने कुरालाई जनाउँछ भन्‍ने मान्यता छ।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मार्नै पर्छ।”

शा., “माथिसम्म धुवाँ उठ्‌नेगरि जलाऊन्‌।”

शा., “शान्त पार्ने।”

शा., “बोकाहरूको।”

शा., “जससित तिनीहरू अवैध यौनसम्बन्ध राख्छन्‌।”

वा “मारियोस्‌।”

वा “मृत्युदण्ड दिनेछु।”

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

वा “मारियोस्‌।”

वा “लाजमर्दो आचरण; छाडापन।”

वा “छिमेकीकी; साथीकी।”

वा “बलि नदिनू।”

वा “मारियोस्‌।”

शा., “डर मान्‍नू।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “मारियोस्‌।”

बाली काट्‌दा जमिनमा खसेको वा छुटेको बाला।

वा “दुःख पाएकाहरू।”

वा सम्भवतः “आफ्नो छिमेकीको ज्यान खतरामा परेको देख्दा हेरेर नबस्नू।”

शब्दावली हेर्नुहोस्‌।

यसले मूर्तिपूजकहरूको प्रचलनलाई सङ्‌केत गरेको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

शा., “मेरो पवित्र स्थानको डर मान्‍नू।”

शा., “ठीक-ठीक एपा र हिन।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “मृत्युदण्ड दिनेछु।”

शा., “मोलेकसित अवैध यौनसम्बन्ध राख्ने।”

वा “मृत्युदण्ड दिनेछु।”

साँचो परमेश्‍वरको उपासनालाई त्यागेर झूटा देवताहरूलाई पुज्नुलाई वेश्‍यावृत्तिसित तुलना गरिएको छ।

वा “मृत्युदण्ड दिनेछु।”

शब्दावली हेर्नुहोस्‌।

वा “लाजमर्दो आचरण; छाडापन।”

वा “मार्नू।”

वा “मार्नू।”

अर्थात्‌, आफ्नो दाइ वा भाइ जीवित छँदै।

लास छुँदा वा मरेको मानिसको लागि शोक मनाउँदा पुजारीहरूले आफूलाई अशुद्ध बनाइरहेका हुन्थे।

यसले बलि चढाइएको कुरालाई जनाउँछ।

अर्थात्‌, इस्राएलीहरूले।

शब्दावली हेर्नुहोस्‌।

शा., “चिरिएको नाक भएको।”

वा सम्भवतः “मरनच्याँसे।”

शा., “पवित्र कुराहरूबाट अलग रहन।”

वा “मारियोस्‌।”

शा., “कुनै पराईले।” अर्थात्‌, जो हारुनको परिवारको सदस्य होइन।

वा “पराईसित।”

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “घुमाऊन्‌।”

एपाको दस भागको दुई भाग भनेको ४.४ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “शान्त पार्ने।”

शब्दावली हेर्नुहोस्‌।

एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

बाली काट्‌दा जमिनमा खसेको वा छुटेको बाला।

शब्दावली हेर्नुहोस्‌।

साधारणतया “दुःख मनाउनू” भन्‍ने पदावलीले उपवास बस्ने वा अन्य तरिकामा आफूलाई इन्कार गर्ने कुरालाई जनाउँछ भन्‍ने मान्यता छ।

वा सम्भवतः “उपवास बस्दैन।”

वा “मारियोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

लहरे पिपलजस्तै एक प्रकारको रूख।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

एपाको दस भागको दुई भाग भनेको ४.४ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “सम्झनास्वरूप।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

अर्थात्‌, “यहोवा” नामको। यो कुरा पद १५ र १६ मा सङ्‌केत गरिएको छ।

वा “सराप्न।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “चर्को ब्याज।”

वा “रगतको नाता पर्ने व्यक्‍तिले।”

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “डर मान्‍नू।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, आकाशबाट पानी पर्नेछैन।

अर्थात्‌, पानी नपरेकोले जमिन सुक्खा हुनेछ।

शा., “लट्ठी।” यसले रोटी झुन्ड्‌याएर राख्न प्रयोग गरिने लट्ठीलाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

शा., “शान्त पार्ने।”

शा., “खतना नगरेको हृदय।”

वा “पवित्र शेकेलअनुसार।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “राम्रो हो कि नराम्रो।”

वा “राम्रो हो कि नराम्रो।”

एक होमेर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

गोठालोले जनावरहरूलाई आफ्नो लौरोमुनिबाट छिराएर बगालको गन्ती गर्थे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने