प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt यसैया १:१-६६:२४
  • यसैया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसैया
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया

यसैया

१ यहुदाका राजाहरू+ उज्जियाह,+ योताम,+ आहाज+ र हिजकियाहको+ शासनकालमा यहुदा र यरुसलेमबारे आमोजका छोरा यसैयाले*+ देखेको दर्शन:*

 २ हे आकाश, सुन! हे पृथ्वी, ध्यान देऊ!+

यहोवाले यसो भन्‍नुभएको छ:

“मैले आफ्ना छोराहरूलाई पालनपोषण गरेर हुर्काएँ+

तर तिनीहरूले मेरो विद्रोह गरेका छन्‌।+

 ३ गोरुले आफ्नो मालिकलाई

अनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।

तर इस्राएलले भने मलाई* चिन्दैन।+

मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्‌।”

 ४ धिक्कार छ! ए पापी राष्ट्र!+

ए कुकर्मले भरिएका मानिसहरू!

ए दुष्टहरूको समूह! भ्रष्ट केटाकेटी!

तिमीहरूले यहोवालाई त्यागेका छौ;+

इस्राएलका पवित्र परमेश्‍वरको अनादर गरेका छौ

अनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।

 ५ तिमीहरू मेरो विद्रोह गर्न छोड्‌दैनौ; अब म तिमीहरूलाई कहाँ प्रहार गरूँ?+

तिमीहरूको टाउको घावैघाउले भरिएको छ;

तिमीहरूको हृदय रोगले ग्रस्त छ।+

 ६ तिमीहरूको टाउकोदेखि पैतालासम्म घाउ नभएको ठाउँ नै छैन।

तिमीहरूको जीउभरि चोटैचोट, नीलडाम अनि खटिरैखटिरा छ।

त्यसको उपचार गरिएको छैन, त्यसमा पट्टी बाँधिएको छैन न त तेल नै घसिएको छ।+

 ७ तिमीहरूको देश उजाड भएको छ।

तिमीहरूका सहरहरू जलेका छन्‌।

विदेशीहरूले तिमीहरूकै आँखाअगाडि तिमीहरूको देश नाश गर्दै छन्‌।+

तिमीहरूको देश विदेशीहरूले ध्वस्त पारिदिएको उजाड भूमिजस्तै भएको छ।+

 ८ अङ्‌गुर बगानको झुप्रोजस्तै,

काँक्राबारीको छाप्रोजस्तै

अनि घेराबन्दीमा परेको सहरजस्तै+ सियोनकी छोरी* त्यागिएकी छे।

 ९ सेनाहरूका यहोवाले हामीमध्ये केहीलाई जीवित नराख्नुभएको भए

हामी सदोमजस्तै हुने थियौँ

अनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।+

१० ए सदोमका तानासाहहरू* हो!+ यहोवाको वचन सुन।

ए गमोराका मानिसहरू हो! हाम्रा परमेश्‍वरको व्यवस्थामा* ध्यान देओ।+

११ यहोवा यसो भन्‍नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+

तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।

तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+

१२ मसामु उपस्थित होओ+

र मेरा चोकहरूमा+ पाइला टेक भनेर

तिमीहरूलाई कसले भन्यो?

१३ व्यर्थका अन्‍नभेटी ल्याउन बन्द गर।

तिमीहरूले चढाएको धूपदेखि मलाई घिन लाग्छ।+

तिमीहरू औँसी+ अनि विश्रामदिन*+ मनाउँछौ र पवित्र सभाहरू राख्छौ।+

तिमीहरू चाडपर्वको लागि भेला हुन्छौ तर टुनामुना पनि गर्छौ;+ म यो सहन सक्दिनँ।

१४ म तिमीहरूले मनाउने औँसी र चाडपर्वलाई घृणा गर्छु।

ती मेरो लागि बोझ भएका छन्‌।

ती बोक्दा-बोक्दा म गलिसकेँ।

१५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदा

म आँखा चिम्लन्छु।+

तिमीहरूले जति नै पुकारे+ तापनि

म फिटिक्कै सुन्दिनँ+

किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्‌।+

१६ आफैलाई धोएर चोखो पार।+

तिमीहरूको कुकर्म मेरो नजरदेखि हटाओ।

दुष्ट काम गर्न बन्द गरिहाल।+

१७ असल काम गर्न सिक, न्याय गर।+

अत्याचारीहरूलाई सुधार।

अनाथहरूको* अधिकारको निम्ति लड

र विधवाको हकमा फैसला गरिदेओ।”+

१८ यहोवा यसो भन्‍नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+

तिमीहरूका पापहरू सिन्दूरे रङ्‌गका भए पनि

ती हिउँजस्तै सेता हुनेछन्‌।+

तिमीहरूका पापहरू गाढा राता रङ्‌गका कपडाजस्तै भए पनि

ती ऊनजस्तै सेता हुनेछन्‌।

१९ मेरो कुरा सुन्‍न राजी भयौ भने

तिमीहरूले यस देशका असल-असल थोक खान पाउनेछौ।+

२० तर मेरो कुरा सुनेनौ र विद्रोही भयौ भने

तिमीहरू तरबारको सिकार हुनेछौ।+

किनकि म यहोवाले नै यो कुरा भनेको हुँ।”

२१ हेर! त्यो वफादार सहर+ वेश्‍या+ भएकी छे।

त्यस सहरमा न्याय पाइन्थ्यो।+

त्यहाँ धार्मिकताले* बास गर्थ्यो+

तर अहिले त्यहाँ केवल हत्याराहरू+ छन्‌।

२२ तिम्रो चाँदी कसरजस्तै+ कामै नलाग्ने भएको छ

र तिम्रो रक्सीमा* पानी मिसाइएको छ।

२३ तिम्रा शासकहरू हठी छन्‌ र चोरहरूसँग मिलेका छन्‌।+

तिनीहरू सबै जना घुस खान मन पराउँछन्‌ र उपहार लिन तँछाडमछाड गर्छन्‌।+

तिनीहरू अनाथहरूको* न्याय गर्दैनन्‌

र विधवाहरूको मुद्दा तिनीहरूकहाँ कहिल्यै पुग्दैन।+

२४ त्यसैले साँचो परमेश्‍वर, सेनाहरूका यहोवा,

इस्राएलका शक्‍तिशाली परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ:

“म आफ्ना विरोधीहरूलाई नाश गर्नेछु,

आफ्ना शत्रुहरूसित बदला लिनेछु।+

२५ म तिमीविरुद्ध आफ्नो हात उठाउनेछु,

चाँदीलाई पगालेर त्यसको कसर फालेजस्तै

म तिम्रा अशुद्ध कुराहरू पूरै हटाइदिनेछु।+

२६ म पहिलेझैँ तिमीमाथि न्यायकर्ताहरू

र सल्लाहकारहरू नियुक्‍त गर्नेछु।+

त्यसपछि तिमी ‘धार्मिकताको सहर,’ ‘विश्‍वासयोग्य सहर’+ भनेर चिनिनेछौ।

२७ सियोनलाई न्यायको आधारमा

अनि फर्केर आउने त्यसका बासिन्दाहरूलाई चाहिँ धार्मिकताको आधारमा मुक्‍त गरिनेछ।+

२८ विद्रोहीहरू र पापीहरूलाई सँगसँगै नाश गरिनेछ।+

यहोवालाई त्याग्नेहरूको सर्वनाश हुनेछ।+

२९ जुन बडेमाका रूखहरूको तिमी चाह गर्थ्यौ, त्यही रूखहरूले गर्दा तिमी लाजमा पर्नेछौ।+

जुन बगैँचाहरू तिमीले छानेका थियौ, त्यही बगैँचाहरूले* गर्दा तिम्रो बेइज्जत हुनेछ।+

३० पातहरू सबै सुकेका ठूलो रूखजस्तै तिमी हुनेछौ,+

पानी नभएको बगैँचाजस्तै हुनेछौ।

३१ बलियो मानिस सलेदोजस्तै हुनेछ

र उसको काम आगोको झिल्कोजस्तै हुनेछ।

ती दुवै एकसाथ जल्नेछन्‌।

तिनीहरूलाई निभाउने कोही हुनेछैन।”

२ यहुदा र यरुसलेमबारे आमोजका छोरा यसैयाले देखेको दर्शन:*+

 २ आखिरी समयमा

यहोवा परमेश्‍वरको भवनको डाँडा

अरू डाँडाभन्दा माथि उठाइनेछ,+

त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ

र त्यहाँ सबै राष्ट्रका मानिसहरू ओइरिनेछन्‌।+

 ३ अनि जातिजातिका मानिसहरूले यसो भन्‍नेछन्‌:

“आओ, हामी यहोवाको डाँडामा जाऔँ।

याकुबका परमेश्‍वरको भवनमा जाऔँ।+

उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ

अनि हामी त्यस मार्गमा हिँड्‌नेछौँ।”+

किनकि व्यवस्था* सियोनबाटै दिइनेछ

र यहोवाको वचनचाहिँ यरुसलेमबाटै आउनेछ।+

 ४ उहाँले जातिजातिको इन्साफ गर्नुहुनेछ

र जातिजातिका मानिसहरूसित आफ्नो मामिला सुल्झाउनुहुनेछ।

तिनीहरूले आ-आफ्नो तरबार पिटेर हलोको फाली बनाउनेछन्‌

र भाला पिटेर हँसिया बनाउनेछन्‌।+

एउटा जातिले अर्को जातिको विरुद्धमा तरबार उठाउनेछैन

र तिनीहरूले फेरि युद्ध गर्न सिक्नेछैनन्‌।+

 ५ ए याकुबको घराना, आऊ!

यहोवाले दिनुहुने ज्योतिमा हिँडौँ।+

 ६ तपाईँले आफ्ना मानिसहरूलाई, हो, याकुबको घरानालाई त्याग्नुभएको छ।+

किनकि तिनीहरूले पूर्वका* मानिसहरूको सबै रीतिथिति अङ्‌गालेका छन्‌।

तिनीहरू पलिस्तियालीहरूले जस्तै जादुगरी गर्छन्‌।+

विदेशीका बच्चाहरूले तिनीहरूको देश भरिएको छ।

 ७ तिनीहरूको देश सुनचाँदीले भरिभराउ छ।

तिनीहरूले अकुत सम्पत्ति थुपारेका छन्‌।

तिनीहरूसित अनगिन्ती घोडा छन्‌।

तिनीहरूको रथको कुनै लेखाजोखा छैन।+

 ८ तिनीहरूले आफ्नो देश व्यर्थका देवताहरूले भरेका छन्‌।+

तिनीहरू आफ्नै हातले कुँदेका

अनि आफ्नै औँलाले बनाएका मूर्तिहरूसामु घोप्टो पर्छन्‌।

 ९ यसरी तिनीहरू आफ्नै बेइज्जती गर्छन्‌ र आफैलाई लाजमा पार्छन्‌।

तिनीहरूलाई कुनै हालतमा माफ नगर्नुहोस्‌।

१० जब यहोवा भव्य महिमाका साथ+ उपस्थित हुनुहुनेछ

र आफ्नो भयानक रिस प्रकट गर्नुहुनेछ,

तब तिमीहरू चट्टानभित्र पस र खाल्टो खनेर लुक।

११ हठी मानिसहरूका आँखा झुकाइनेछ

र मानिसहरूको सेखी झारिनेछ।

त्यो दिन यहोवाको मात्र महिमा हुनेछ।

१२ किनकि त्यो दिन सेनाहरूका यहोवाको दिन हो।+

सबै हठी र घमन्डी मानिस

अनि ठूलाबडादेखि साधारण मानिसहरू सबैले त्यो दिनको सामना गर्नुपर्नेछ।+

१३ लेबनानका सबै बडेमाका देवदारले

अनि बासानका सबै फलाँटका रूखले;

१४ सबै विशाल पहाडले

र सबै अग्ला-अग्ला डाँडाले;

१५ सबै ठूलठूला किल्ला र बलिया-बलिया पर्खालले;

१६ तर्सिसका सबै जहाजले+

अनि सबै सुन्दर डुङ्‌गाले त्यो दिनको सामना गर्नुपर्नेछ।

१७ अभिमानी मानिसलाई खसालिनेछ,

तिनीहरूको सेखी झारिनेछ।

त्यो दिन यहोवाको मात्र महिमा हुनेछ।

१८ व्यर्थका देवताहरूको नामोनिसान मेटिनेछ।+

१९ पृथ्वीलाई डरलाग्दो गरी हल्लाउनलाई जब यहोवा उठ्‌नुहुन्छ,

तब उहाँको डरको कारण

र उहाँको भव्य महिमाको कारण+

तिनीहरू चट्टानका गुफाहरूमा लुक्नेछन्‌

र दुलाहरूमा पस्नेछन्‌।+

२० आफूले पूजा गर्न बनाएका देवताहरूलाई,

ती सुनचाँदीका व्यर्थका देवताहरूलाई

त्यो दिन मानिसहरूले छुचुन्द्रा र चमेरासामु फ्याँकिदिनेछन्‌।+

२१ अनि तिनीहरू चट्टानका प्वालहरूमा लुक्नेछन्‌

र धाँजाहरूमा पस्नेछन्‌।

किनकि त्यसबेला यहोवा भव्य महिमाका साथ उपस्थित हुनुहुनेछ।

उहाँले आफ्नो भयानक रिस प्रकट गर्नुहुनेछ

र पृथ्वी डरले थरथर काँप्नेछ।

२२ मानिसमा भरोसा गर्न छोड अनि तिमीहरूको भलो हुनेछ।

किनकि मानिसको मोल के नै छ र?

त्यो त नाकमा भएको सास मात्र हो।*

३ हेर! साँचो परमेश्‍वर, सेनाहरूका यहोवाले

यरुसलेम र यहुदालाई न कुनै किसिमको सहारा दिनुहुनेछ न कुनै कुराको आपूर्ति नै गरिदिनुहुनेछ।

उहाँले तिनीहरूको अन्‍न-पानी खोस्नुहुनेछ।+

 २ उहाँले तिनीहरूका वीर मानिसहरू र योद्धाहरू,

न्यायाधीशहरू र भविष्यवक्‍ताहरू,+ जोखना हेर्नेहरू र मुखियाहरू,

 ३ नाइकेहरू,*+ उच्च पदाधिकारीहरू र सल्लाहकारहरू,

निपुण जादुगरहरू र सपेराहरू+ सबैलाई हटाइदिनुहुनेछ।

 ४ म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु।

तिनीहरूमाथि यस्ता मानिसहरूले शासन गर्नेछन्‌, जो अस्थिर* छन्‌।

 ५ मानिसहरूले एकअर्कामाथि अत्याचार गर्नेछन्‌।

हरेकले आफ्नो साथीभाइलाई शोषण गर्नेछ।+

ठिटोले वृद्धलाई दुर्व्यवहार गर्नेछ

र तुच्छ मानिसले इज्जतदार मानिसको अनादर गर्नेछ।+

 ६ हरेकले आफ्नो बुबाको घरमा आफ्नो भाइलाई समातेर यसो भन्‍नेछ:

“तिमीसँग अलखा* छ। त्यसैले तिमी नै हाम्रो शासक बन।

तहसनहस भएको यस सहरमाथि शासन गर।”

 ७ तर त्यस दिन उसले विरोध गर्दै यसो भन्‍नेछ:

“म तिम्रो घाउमा पट्टी बाँध्नेछैनँ।

मेरो आफ्नै घरमा खानेकुरा र लुगाफाटा जुटाउन मलाई धौधौ परेको छ।

मलाई मानिसहरूको शासक नबनाऊ।”

 ८ किनकि यरुसलेमले ठेस खाएको छ

र यहुदा लडेको छ।

तिनीहरू आफ्नो बोली र कामले यहोवाको विरोध गर्छन्‌।

महिमावान्‌ परमेश्‍वरसामु तिनीहरू ठाडै उहाँको नियम उल्लङ्‌घन गर्छन्‌।+

 ९ तिनीहरूको अनुहारले नै तिनीहरूविरुद्ध साक्षी दिन्छ।

तिनीहरू सदोमका+ बासिन्दाहरूले जस्तै आफ्नो पापको खुलेआम चर्चा गर्छन्‌।

तिनीहरू त्यसलाई लुकाउन खोज्दैनन्‌।

धिक्कार छ तिनीहरूलाई! किनकि तिनीहरू आफैमाथि विपत्ति निम्त्याउँदै छन्‌।

१० असल मानिसहरूलाई उनीहरूको भलो हुनेछ भनेर बताऊ।

उनीहरूले आफ्नो कामको इनाम पाउनेछन्‌।+

११ तर दुष्टलाई धिक्कार छ!

त्यसमाथि विपत्ति आइपर्नेछ।

त्यसले अरूलाई जसो गरेको थियो, त्यसलाई पनि त्यसै गरिनेछ।

१२ ठेकेदारहरूले मेरा मानिसहरूको शोषण गर्छन्‌।

स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्‌।

हे मेरा मानिसहरू, तिमीहरूका अगुवाहरूले गर्दा तिमीहरू भौँतारिरहेका छौ,

तिनीहरूले तिमीहरूलाई अलमल्याएर गलत बाटोतिर डोऱ्‍याइरहेका छन्‌।+

१३ यहोवा मानिसहरूलाई दोषी ठहराउन

र तिनीहरूलाई सजाय सुनाउन खडा हुनुभएको छ।

१४ यहोवाले आफ्ना मानिसहरूका मुखियाहरू र शासकहरूको इन्साफ गर्नुहुनेछ।

“तिमीहरूले अङ्‌गुर बगानमा आगो लगाइदिएका छौ

र गरिबहरूलाई लुटेर आफ्नो घर भरेका छौ।+

१५ मेरा मानिसहरूलाई कुल्चीमिल्ची गर्ने अनि गरिबहरूको अनुहारलाई माटोमा धसिदिने दुस्साहस तिमीहरूले कसरी गऱ्‍यौ?”+

ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

१६ यहोवा यसो भन्‍नुहुन्छ: “सियोनका छोरीहरू घमन्डी छन्‌।

तिनीहरू आफ्नो शिर ठाडो पार्दै हिँड्‌छन्‌।

आँखा सन्काउँदै अनि पाउजु बजाउँदै

मस्केर हिँड्‌छन्‌।

१७ यहोवाले सियोनका छोरीहरूलाई प्रहार गर्नुहुनेछ र तिनीहरूको टाउको घावैघाउको पाप्राले भरिनेछ।

यहोवाले तिनीहरूको तालु खुइलाइदिनुहुनेछ।+

१८ त्यस दिन यहोवाले तिनीहरूको शृङ्‌गारका यी चिजहरू खोस्नुहुनेछ:

कल्ली, शिरबन्दी, चन्द्र आकारको गहना,+

१९ झुम्का, चुरा, घुम्टो,

२० शिरपोस, पाउजु, पटुका,

अत्तरदानी, जन्तर,

२१ औँठी, नत्थ,

२२ सुन्दर वस्त्र, बाहिरी लुगा, अलखा, थैली,

२३ हाते-ऐना,+ मलमलका लुगा,*

फेटा र पछ्यौरी।

२४ तिनीहरूले सुगन्धित तेल*+ घस्थे तर अब सुगन्धको सट्टा दुर्गन्ध आउनेछ।

तिनीहरूले कम्मरमा पटुका कस्थे तर अब डोरी कस्नुपर्नेछ।

तिनीहरू आफ्नो कपाल राम्ररी सिङ्‌गार्थे तर अब भने खौरनुपर्नेछ।*+

दामी-दामी लुगा लगाउँथे तर अब भाङ्‌ग्रा ओढ्‌नुपर्नेछ।+

तिनीहरूको शरीरमा सौन्दर्यको होइन तर दासत्वको निसानी पाइनेछ।

२५ सियोनका मानिसहरू तरबारले काटिनेछन्‌।

त्यहाँका वीर पुरुषहरू युद्धमा मारिनेछन्‌।+

२६ सियोनका ढोकाहरूले शोक गर्नेछन्‌ र रुनेछन्‌।+

सबै कुरा लुटिएको त्यो सहर भुईँमा थच्चिनेछ।”+

४ अनि त्यस दिन सात वटी स्त्रीले एउटा पुरुषलाई समात्दै यसो भन्‍नेछन्‌:+

“खानेकुराको बन्दोबस्त हामी आफै मिलाउनेछौँ

अनि लुगाफाटा पनि आफै जुटाउनेछौँ।

केवल हामीसित विवाह गर्नुहोस्‌ र हामी तपाईँको नामले चिनिन पाऔँ।

त्यसो भयो भने हाम्रो अपमान* हुनेछैन।”+

२ त्यस दिन यहोवाले उमार्नुभएका सबै कुरा अत्यन्तै सुन्दर र भव्य हुनेछन्‌। त्यहाँको उब्जनीले इस्राएलमा बाँकी रहेकाहरूको शोभा र गौरव बढाउनेछ।+ ३ सियोन र यरुसलेममा जो-जो बाँकी रहनेछन्‌, तिनीहरू सबै पवित्र कहलाइनेछन्‌; यरुसलेममा बस्न ज-जसको नाम टिपिएको छ,+ तिनीहरू सबै पवित्र कहलाइनेछन्‌।

४ यहोवाले यरुसलेममाथि आफ्नो बल्दो रिस पोख्नुहुनेछ र त्यसको इन्साफ गर्नुहुनेछ। यसरी उहाँले सियोनका छोरीहरूको फोहोर* सफा गर्नुहुनेछ+ र यरुसलेमबाट रक्‍तपात हटाउनुहुनेछ।+ ५ सियोन डाँडाका इलाकाहरू र मानिसहरू भेला हुने ठाउँहरूमा यहोवाले दिनमा बादल र धुवाँ फैलाउनुहुनेछ अनि रातमा चहकिलो ज्वालाले उज्यालो छर्नुहुनेछ।+ त्यो महिमित ठाउँमा सुरक्षा छाउनेछ। ६ त्यहाँ एउटा झुप्रो हुनेछ, जसले घामको राप छेक्नेछ+ अनि हुरीबतास र पानीबाट ओत दिनेछ।+

५ म आफ्ना प्रियको निम्ति गीत गाउँछु।

मेरा प्रिय र उनको अङ्‌गुर बगानबारे एउटा गीत गाउँछु।+

उर्वर जमिन भएको डाँडामा मेरा प्रियको अङ्‌गुर बगान थियो।

 २ उनले त्यो जमिन जोते र त्यहाँका ढुङ्‌गाहरू निकालेर फालिदिए।

अनि त्यहाँ रातो अङ्‌गुरको असल बोट लगाए।

उनले त्यस जमिनको बीचमा एउटा मचान खडा गरे

र अङ्‌गुर पेल्ने कोल बनाए।+

त्यो बोटले असल अङ्‌गुर फलाउला भनेर उनले आशा गरेका थिए

तर त्यसले जङ्‌गली अङ्‌गुर मात्र फलायो।+

 ३ “हे यरुसलेम र यहुदाका बासिन्दाहरू हो!

बिन्ती! म र मेरो अङ्‌गुर बगानबीच फैसला गरिदेओ।+

 ४ मैले आफ्नो अङ्‌गुर बगानको लागि के मात्र गरिनँ?

मैले त्यसको लागि सबथोक गरेँ।+

मैले असल अङ्‌गुरको आशा गरेको थिएँ

तर त्यसले किन जङ्‌गली अङ्‌गुर मात्रै फलायो?

 ५ अब म आफ्नो अङ्‌गुर बगानलाई के गर्नेछु,

त्यो तिमीहरूलाई बताउँछु।

म त्यसको बार भत्काइदिनेछु

अनि त्यो बगान आगोले भस्म हुनेछ।+

म त्यसको ढुङ्‌गाको पर्खाल भत्काइदिनेछु

अनि त्यसमाथि कुल्चीमिल्ची गरिनेछ।

 ६ म त्यसलाई बन्जर जमिन बनाइदिनेछु।+

त्यसलाई छिमल्ने वा गोडमेल गर्ने कोही हुनेछैन।

पूरै बगान काँडा र सिउँडीहरूले भरिनेछ।+

त्यसमा पानी नबर्साउनू भनी म बादललाई आदेश दिनेछु।+

 ७ म सेनाहरूका यहोवा हुँ र इस्राएलको घराना मेरो अङ्‌गुर बगान हो।+

मलाई मन परेको बोट यहुदाका मानिसहरू हुन्‌।

मैले न्यायको आशा गरेको थिएँ+

तर हेर, चारैतिर अन्याय भयो।

धार्मिकताको आशा गरेको थिएँ

तर हेर, चारैतिर रोदनको आवाज सुनियो।”+

 ८ धिक्कार छ ती मानिसहरूलाई, जो अलिकति पनि खाली ठाउँ नरहनेगरि

एउटा घरलाई अर्को घरसँग जोड्‌छन्‌+

र एउटा खेतलाई अर्को खेतमा गाभ्छन्‌।+

तिनीहरू पूरै देशमा आफू एक्लै बस्न खोज्छन्‌।

 ९ सेनाहरूका यहोवाले खानुभएको शपथ मैले सुनेँ;

थुप्रै ठूलठूला र सुन्दर घर निर्जन हुनेछन्‌

अनि तिनीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌।+

१० किनकि १० एकड* अङ्‌गुर बगानबाट केवल एक बाथ* रक्सी निस्कनेछ।

अनि एक होमेर* बिउबाट केवल एक एपा* अन्‍न फल्नेछ।+

११ धिक्कार छ ती मानिसहरूलाई, जो रक्सी पिउन बिहान सबेरै उठ्‌छन्‌+

अनि मात नलागुन्जेल साँझ अबेरसम्म रक्सी पिइरहन्छन्‌।

१२ तिनीहरू भोजभतेरमा वीणा, तारे बाजा,

खैँजडी र बाँसुरी बजाउँछन्‌ अनि मद्य पिउँछन्‌।

तर यहोवाले गर्नुभएका काममा ध्यान दिँदैनन्‌,

उहाँको हातको कामलाई वास्ता गर्दैनन्‌।

१३ त्यसैले मेरा मानिसहरू कैदमा लगिनेछन्‌।

किनकि तिनीहरू परमेश्‍वरलाई चिन्दैनन्‌।+

तिनीहरूका इज्जतदार मानिसहरू भोकभोकै बस्नुपर्नेछ+

र तिनीहरू सबै तिर्खाले प्याक-प्याक हुनेछन्‌।

१४ त्यसैले चिहानको* भोक बढेको छ।

आफ्नो मुख बाएर त्यो बसेको छ र त्यो कहिल्यै अघाउँदैन।+

त्यस सहरको सान,* त्यहाँका होहल्ला गर्ने मानिसहरूको भीड र मोजमस्ती गर्नेहरू

चिहानको मुखबाट कुनै हालतमा उम्कनेछैनन्‌।

१५ मानिसहरू झुक्नेछन्‌।

तिनीहरूको सेखी झर्नेछ।

हठी मानिसहरूले आफ्नो आँखा झुकाउनेछन्‌।

१६ सेनाहरूका यहोवाले इन्साफ गरेर आफैलाई उच्च पार्नुहुनेछ;

साँचो र पवित्र परमेश्‍वरले+ आफ्नो धार्मिक स्तरद्वारा आफूलाई पवित्र ठहराउनुहुनेछ।+

१७ ती उजाड ठाउँहरू, जहाँ पहिले-पहिले मोटाघाटा जनावरहरू चर्थे, त्यहाँ भेडाका पाठाहरू आफ्नो चरनमा झैँ चर्नेछन्‌।

विदेशीहरूले त्यहाँको उब्जनीले आफ्नो पेट भर्नेछन्‌।

१८ धिक्कार छ ती मानिसहरूलाई, जो आफ्नो दोषलाई छल-कपटको डोरीले

र आफ्नो पापलाई गाडा तान्‍ने डोरीले तान्छन्‌।

१९ धिक्कार छ ती मानिसहरूलाई, जो यसो भन्छन्‌: “परमेश्‍वरले छिटो गरून्‌।

उहाँले आफ्नो काम चाँडै सकून्‌ र हामीले त्यो देख्न पाऔँ।

इस्राएलका पवित्र परमेश्‍वरको उद्देश्‍य पूरा होस्‌

र हामीले त्यो थाह पाउन सकौँ।”+

२० धिक्कार छ ती मानिसहरूलाई, जो असललाई खराब र खराबलाई असल भन्छन्‌;+

जो अँध्यारोलाई उज्यालो र उज्यालोलाई अँध्यारो ठान्छन्‌;

जो तीतोलाई गुलियो र गुलियोलाई तीतो मान्छन्‌।

२१ धिक्कार छ ती मानिसहरूलाई, जो आफ्नै नजरमा बुद्धिमान्‌ छन्‌;

जो आफैलाई बुद्धिमान्‌ सम्झन्छन्‌।+

२२ धिक्कार छ ती मानिसहरूलाई, जसलाई रक्सी पिउन कसैले जित्दैन;

जो रक्सीमा मसला मिसाउन सिपालु छन्‌;+

२३ जो घुस लिएर अपराधीलाई निर्दोष घोषित गर्छन्‌+

र धर्मी मानिसको पक्षमा फैसला गर्न इन्कार गर्छन्‌।+

२४ त्यसकारण जसरी आगोको एउटा लप्कोले भुस खरानी बन्छ

अनि जसरी सुकेको घाँस आगोमा भस्म हुन्छ,

त्यसरी नै तिनीहरू नाश हुनेछन्‌।

तिनीहरूको जरा कुहिनेछ र तिनीहरूको फूल धुलोजस्तै छरपस्ट हुनेछ।

किनकि तिनीहरूले सेनाहरूका यहोवाको व्यवस्था* पालन गरेनन्‌

र इस्राएलका पवित्र परमेश्‍वरको वचनको अनादर गरे।+

२५ त्यसैले यहोवाको क्रोध उहाँका मानिसहरूमाथि दन्कनेछ।

उहाँले आफ्नो हात उठाएर तिनीहरूलाई हिर्काउनुहुनेछ।+

पहाडहरू थरथर काँप्नेछन्‌

र तिनीहरूको लास सडकको फोहोरमैलाझैँ हुनेछ।+

तैपनि उहाँको रिस मरेको छैन।

तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।

२६ उहाँले झन्डा ठड्‌याएर टाढाको राष्ट्रलाई बोलाउनुभएको छ।+

उहाँले सिटी बजाएर तिनीहरूलाई पृथ्वीको पल्लो छेउबाट बोलाउनुभएको छ।+

अनि हेर! तिनीहरू वेगसित आउँदै छन्‌।+

२७ तिनीहरूमध्ये कोही पनि थाकेको छैन, कसैले पनि ठेस खाएको छैन।

कोही पनि झुलिरहेको वा निदाइरहेको छैन।

तिनीहरूको कम्मरको पेटी खुकुलो भएको छैन

र तिनीहरूको जुत्ताको फित्ता पनि चुँडिएको छैन।

२८ तिनीहरूका काँड तीखा-तीखा छन्‌

र तिनीहरूका सबै धनुमा ताँदो चढाइएको छ।*

तिनीहरूका घोडाहरूको टाप चकमक ढुङ्‌गाझैँ कडा छन्‌

र तिनीहरूका रथका पाङ्‌ग्रा हुरीबतासझैँ वेगले गुड्‌छन्‌।+

२९ तिनीहरूको गर्जन सिंहको जस्तै छ।

तिनीहरू जवान सिंहझैँ ङ्‌वार्र-ङुर्र गर्छन्‌।+

तिनीहरू गर्जेर सिकारलाई झम्टन्छन्‌ र त्यसलाई लग्छन्‌;

कसैले त्यसलाई छुटाउन सक्दैन।

३० त्यस दिन तिनीहरू यस देशविरुद्ध समुद्रझैँ गर्जनेछन्‌।+

देशलाई एकटक लगाएर हेर्ने हरेकले अन्धकार र सङ्‌कष्ट देख्नेछ।

बादलले गर्दा आकाश समेत अँध्यारो हुनेछ।+

६ राजा उज्जियाहको मृत्यु+ भएको वर्षको कुरा हो, मैले यहोवालाई उच्च र महिमायुक्‍त सिंहासनमा विराजमान हुनुभएको देखेँ।+ उहाँको वस्त्रको किनारले मन्दिर ढाकेको थियो। २ उहाँको छेउमा सराफहरू* उभिएका थिए। तिनीहरू प्रत्येकका छ-छ वटा पखेटा थिए। तिनीहरूले दुई वटा पखेटाले आफ्नो अनुहार छोपेका थिए, दुई वटाले खुट्टा छोपेका थिए र दुई वटाले यताउता उड्‌ने गर्थे।

 ३ अनि एउटाले अर्कोलाई यसो भने:

“सेनाहरूका यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ!+

सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”

४ तिनीहरूको आवाजले ढोकाका चौकोसहरू हल्लिए अनि मन्दिर धुवाँले भरियो।+

 ५ तब मैले यसो भनेँ: “धिक्कार छ मलाई!

म त मरेतुल्य भएँ

किनकि म अशुद्ध ओठ भएको मानिस हुँ

अनि अशुद्ध ओठ भएका मानिसहरूसित बस्छु।+

मेरा आँखाले सेनाहरूका यहोवा, महाराजालाई देखेका छन्‌!”

६ तब एक जना सराफ उडेर मकहाँ आए। तिनले चिम्टामा आगोको भुङ्‌ग्रो बोकेका थिए,+ जुन तिनले वेदीबाट ल्याएका थिए।+ ७ तिनले त्यो भुङ्‌ग्रोले मेरो मुख छोए र यसो भने:

“हेर, अब तिम्रो दोष मेटिएको छ

अनि तिम्रो पाप क्षमा भएको छ

किनकि मैले यो भुङ्‌ग्रोले तिम्रो ओठ छोएको छु।”

८ त्यसपछि मैले यहोवाको स्वर सुनेँ। उहाँले यसो भन्‍नुभयो: “म कसलाई पठाऊँ? हाम्रो निम्ति को जान्छ?”+ मैले भनेँ: “म हाजिर छु! मलाई पठाउनुहोस्‌!”+

 ९ अनि उहाँले यस्तो जवाफ दिनुभयो: “जाऊ र यी मानिसहरूलाई भन:

‘तिमीहरूले बारम्बार सुन्‍नेछौ

तर केही बुझ्नेछैनौ।

तिमीहरूले बारम्बार देख्नेछौ

तर केही सिक्नेछैनौ।’+

१० तिनीहरूको मन बोधो बनाइदेऊ,+

तिनीहरूको कान बन्द गरिदेऊ+

र तिनीहरूको आँखा टालिदेऊ

ताकि तिनीहरूले केही पनि नदेखून्‌,

तिनीहरूले केही पनि नसुनून्‌

र तिनीहरूको मनले केही पनि नबुझोस्‌

अनि तिनीहरू मकहाँ नफर्कून्‌ र निको नहोऊन्‌।”+

११ त्यो सुनेर मैले सोधेँ: “कतिन्जेल, हे यहोवा?” अनि उहाँले भन्‍नुभयो:

“जबसम्म सहरहरू तहसनहस भएर सुनसान हुँदैनन्‌,

घरहरू खाली हुँदैनन्‌

र भूमि उजाड हुँदैन;+

१२ जबसम्म म यहोवाले मानिसहरूलाई निकालेर टाढा पठाउँदिनँ+

र पूरै देश सुनसान हुँदैन, तबसम्म।

१३ “तर इस्राएलीहरूको १० औँ भाग त्यहाँ अझै बाँकी रहनेछ। अनि फलाँटको रूख र ठूलो रूखलाई जस्तै त्यस देशलाई फेरि जलाइनेछ। रूख काट्‌दा ठुटो बाँकी रहेझैँ त्यसको ठुटो पनि बाँकी रहनेछ। अनि त्यस ठुटोमा एउटा पवित्र पालुवा* पलाउनेछ।”

७ योतामका छोरा र उज्जियाहका नाति आहाज+ जो यहुदाका राजा थिए, तिनको शासनकालमा सिरियाका राजा रजिन र रमल्याहका छोरा, इस्राएलका राजा पेकह+ यरुसलेमसँग युद्ध लड्‌न आए। तर तिनीहरूले* यरुसलेमलाई कब्जा गर्न सकेनन्‌।+ २ तब “सिरियाले एप्रैमलाई युद्ध लड्‌न सहयोग गर्ने निर्णय गऱ्‍यो” भन्‍ने खबर दाउदको घरानालाई दिइयो।

यो खबर सुनेपछि जसरी बतास चल्दा जङ्‌गलका रूखहरू हल्लिन्छन्‌, त्यसरी नै आहाज र तिनका सबै मानिसको मुटु थरथर काँप्यो।

३ त्यसपछि यहोवाले यसैयालाई यस्तो आग्रह गर्नुभयो: “आफ्नो छोरा सेर-यासुबलाई*+ लिएर आहाजलाई भेट्‌न जाऊ। तिमीले उसलाई माथिल्लो कुण्डको नहरनजिकै भेट्‌नेछौ,+ जुन धोबीको चौर जाने मूलबाटोको छेउमा छ। ४ उसलाई यसो भन्‍नू, ‘ढुक्क भएर बस। सिरियाका राजा रजिन र रमल्याहका+ छोराको बल्दो रिसदेखि फिटिक्कै नडराऊ, तिनीहरूलाई देखेर हिम्मत नहार किनकि तिनीहरू धुवाँ निस्किरहेको निभ्न लागेको मुढाजस्तै छन्‌। ५ सिरिया र एप्रैमले अनि रमल्याहका छोराले तिमीविरुद्ध यसो भन्दै षड्‌यन्त्र रचेका छन्‌: ६ “आओ, हामी यहुदामाथि आक्रमण गर्न जाऔँ, त्यसलाई टुक्राटुक्रा पारिदेऔँ* र कब्जा गरौँ।* अनि तबेलका छोरालाई त्यहाँको राजा बनाऔँ।”+

 ७ “‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“तिनीहरूको षड्‌यन्त्र सफल हुनेछैन।

त्यो कहिल्यै पूरा हुनेछैन।

 ८ सिरियाको शिर दमिसक हो

र दमिसकको शिरचाहिँ रजिन हो।

केवल ६५ वर्षभित्र एप्रैम पूरै तहसनहस हुनेछ,

त्यसको नामोनिसान मेटिनेछ।+

 ९ एप्रैमको शिर सामरिया हो+

र सामरियाको शिरचाहिँ रमल्याहको छोरा हो।+

तिमीहरूको विश्‍वास अटल नभएसम्म

तिमीहरूको राज्य स्थिर हुनेछैन।”’”

१० यहोवाले आहाजलाई अझै यसो भन्‍नुभयो: ११ “यहोवा तिम्रा परमेश्‍वरसित कुनै चिन्ह माग,+ चाहे त्यो चिन्ह चिहानजत्तिकै* गहिरो होस्‌ या आकाशजत्तिकै उच्च।” १२ तर आहाजले यसो भने: “अहँ! म कुनै चिन्ह माग्दिनँ; म यहोवालाई जाँच्न चाहन्‍नँ।”

१३ त्यसपछि यसैयाले यसो भने: “हे दाउदको घराना, सुन! के मानिसहरूको धैर्यको परीक्षा लिएर तिमीहरूलाई पुगेन? अब तिमीहरू परमेश्‍वरको धैर्यको पनि परीक्षा लिन चाहन्छौ?+ १४ त्यसैले यहोवा आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ: हेर! कन्या* गर्भवती हुनेछिन्‌ र एउटा छोरा जन्माउनेछिन्‌।+ उनले तिनको नाम इम्मानुएल* राख्नेछिन्‌।+ १५ खराब कुरालाई इन्कार गर्न सक्ने र असल कुरालाई रोज्न सक्ने हुनुअघि नै तिनले नौनी र मह खाइसकेका हुनेछन्‌। १६ किनकि बालक खराब कुरालाई इन्कार गर्न सक्ने र असल कुरालाई छान्‍न सक्ने हुनुअघि नै जुन दुई राजादेखि तिमीहरू डराउँछौ, तिनीहरूको देश पूर्ण रूपमा उजाड भइसकेको हुनेछ।+ १७ हे आहाज, यहोवाले तिमी, तिम्रा मानिसहरू र तिम्रो बुबाको घरानामाथि असाध्यै कठिन परिस्थिति ल्याउनुहुनेछ। एप्रैम यहुदाबाट अलग भएको दिनदेखि+ आजसम्म त्यस्तो सङ्‌कट आइपरेको छैन। किनकि उहाँले अस्सेरियाका राजालाई तिमीमाथि जाइलाग्न पठाउनुहुनेछ।+

१८ “त्यस दिन यहोवाले सिटी बजाएर टाढाबाट अर्थात्‌ मिश्रको नाइलका नहरहरूबाट झिँगाहरूलाई र अस्सेरियाबाट मौरीहरूलाई बोलाउनुहुनेछ। १९ ती सब आउनेछन्‌ र भिराला बेँसीहरू,* चट्टानका धाँजाहरू, काँडेदार झाडीहरू र खर्कहरूमा* बस्नेछन्‌।

२० “त्यस दिन यहोवाले युफ्रेटिस नदी बग्ने इलाकाबाट भाडामा लिइएको छुरामार्फत अर्थात्‌ अस्सेरियाका राजामार्फत+ यहुदाको कपाल र खुट्टाका रौँ अनि दाह्री पनि खौरिदिनुहुनेछ।

२१ “त्यो दिन एउटा मानिससँग एउटा कोरली* र दुई वटा भेडा बाँकी रहनेछ। २२ अनि दूध प्रशस्तै भएकोले उसले नौनी खानेछ। खानलाई अरू केही नभएकोले देशमा बाँकी रहेका सबैले नौनी र मह मात्र खानेछन्‌।

२३ “त्यो दिन १ हजार चाँदीको टुक्रा मोल पर्ने अङ्‌गुरका १ हजार बोट भएका ठाउँहरूमा काँडा र झारपात मात्र हुनेछन्‌। २४ मानिसहरू त्यहाँ धनु र काँड बोकेर जानेछन्‌ किनकि पूरै देशलाई काँडा र झारपातले ढाक्नेछ। २५ अनि जुन डाँडाहरूलाई कोदालोले सफा गरिन्थ्यो, ती डाँडाहरूमा तिमीहरू काँडा र झारपातको डरले जानेछैनौ। ती सब डाँडा गोरुहरू र भेडाहरूका लागि चरन हुनेछन्‌।”

८ यहोवाले मलाई यसो भन्‍नुभयो: “एउटा ठूलो पाटी लेऊ+ र त्यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’* लेख। २ अनि दुई जना भरपर्दा साक्षीले अर्थात्‌ पुजारी उरियाह+ अनि यबेरक्याहका छोरा जकरियाले यस कुराको प्रमाण लेखेरै देऊन्‌।”

३ त्यसपछि मेरी पत्नी, जो एक भविष्यवक्‍ता हुन्‌, तिनीसित मैले शारीरिक सम्बन्ध राखेँ* र तिनी गर्भवती भइन्‌। अनि तिनले एउटा छोरो जन्माइन्‌।+ तब यहोवाले मलाई यसो भन्‍नुभयो: “त्यसको नाम महेर-शालल-हाज-बज राख। ४ किनकि तिम्रो छोराको बोली फुटेर ‘बुबा’ अथवा ‘आमा’ भन्‍न सिक्नुअघि नै दमिसकका सबै धनसम्पत्ति र सामरियाबाट लुटिएका सबै मालसामान अस्सेरियाका राजाकहाँ लगिनेछ।”+

५ यहोवाले मलाई फेरि यसो भन्‍नुभयो:

 ६ “यी मानिसहरूले सिलोहको* कलकल बग्ने पानीलाई तिरस्कार गरे+

अनि रमल्याहका+ छोराको र रजिनको पछि लागे।

 ७ त्यसैले हेर, म यहोवाले तिनीहरूविरुद्ध

अस्सेरियाका राजा+ र तिनका सबै सेनालाई पठाउनेछु।

तिनी उर्लेर आउने युफ्रेटिस नदीको भेलजस्तै छन्‌।

जसरी नदी उर्लेर आउँदा सबै नाला भरिन्छन्‌

र पानी किनार बाहिरसम्म पुग्छ, त्यसरी नै तिनी आउनेछन्‌।

 ८ अनि यहुदालाई स्वात्तै बगाएर लैजानेछन्‌।

तिनले यहुदामा बाढी ल्याउनेछन्‌ र यहुदाको गर्दनसम्मै पुग्नेगरि पानीको भल ल्याउनेछन्‌।+

हे इम्मानुएल,*+

तिनले आफ्नो पखेटा फिँजाउँदा तिम्रो देश वारिदेखि पारिसम्मै ढाकिनेछ।”

 ९ ए जातिजातिका मानिस हो, तिनीहरूलाई हानि पुऱ्‍याएर त हेर! तिमीहरू टुक्राटुक्रा पारिनेछौ।

ए टाढा-टाढाका देशमा बस्ने सबै मानिस हो, सुन!

युद्धको लागि तयार होओ* तर तिमीहरू टुक्राटुक्रा पारिनेछौ।+

युद्धको लागि तयार होओ तर तिमीहरू टुक्राटुक्रा पारिनेछौ।

१० जे षड्‌यन्त्र रच्नु छ, रच तर त्यो विफल हुनेछ;

जे भन्‍न चाहन्छौ, भन तर त्यो बेकार जानेछ

किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ।*+

११ यहोवाले आफ्नो बलियो हात ममाथि राख्नुभयो। अनि म यी मानिसहरूको पछि नलागोस्‌ भनेर उहाँले मलाई यस्तो चेतावनी दिनुभयो:

१२ “यिनीहरूले कुनै षड्‌यन्त्र रच्दा तिमीहरू त्यसमा सामेल नहुनू।

यिनीहरू जेदेखि डराउँछन्‌, तिमीहरू त्यसदेखि नडराउनू;

थरथर नकाँप्नू।

१३ सेनाहरूका यहोवालाई नै तिमीहरूले पवित्र मान्‍नू;+

उहाँकै डर मान्‍नू।

उहाँबाहेक अरू कसैसामु डरले नकाँप्नू।”+

१४ उहाँ शरणस्थान बन्‍नुहुनेछ

तर इस्राएलका दुवै घरानाको लागि

उहाँ ठक्कर दिने ढुङ्‌गा+

र ठेस लाग्ने चट्टान साबित हुनुहुनेछ।

यरुसलेमका बासिन्दाहरूका लागि

उहाँ पासो र जाल बन्‍नुहुनेछ।

१५ धेरै जना ठेस खाएर लड्‌नेछन्‌ र घाइते हुनेछन्‌।

तिनीहरू पासोमा पर्नेछन्‌ र समातिनेछन्‌।

१६ साक्षीहरूले लेखेरै दिएको प्रमाणलाई बेरेर राख।

मैले दिएको व्यवस्थामा* मेरा चेलाहरूसामु लाहाछाप लगाऊ!

१७ म यहोवाको बाटो हेर्नेछु।+ उहाँले याकुबको घरानादेखि आफ्नो अनुहार अन्तै फर्काउनुभएको छ।+ म उहाँकै प्रतीक्षा गर्नेछु।

१८ हेर! म अनि मेरा छोराहरू, जो यहोवाले मलाई दिनुभएको हो,+ इस्राएलको लागि चिन्हहरू+ र चमत्कारहरूजस्तै भएका छौँ। ती चिन्हहरू र चमत्कारहरू सियोन डाँडामा बास गर्नुहुने सेनाहरूका यहोवाले दिनुभएको हो।

१९ तिनीहरूले तिमीहरूलाई यसो भन्लान्‌: “फलाक्दै भूतप्रेत खेलाउने र भावी बताउनेहरूसित सोधपुछ गर।” तर के तिनीहरूले आफ्ना परमेश्‍वरलाई सोधपुछ गर्नुपर्ने होइन र? जिउँदाहरूका बारेमा मरेकाहरूलाई सोध्नु के उचित हो?+ २० तिनीहरूले त व्यवस्था अनि लिखित प्रमाणको पो खोजी गर्नुपर्ने हो।

जो-जो यस वचनअनुसार बोल्दैनन्‌, तिनीहरूसित कुनै ज्योति*+ हुँदैन। २१ अनि देशका सबै मानिसलाई भोक र दुःखले सताउनेछ।+ भोक र रिसको सुरमा प्रत्येकले आफ्नो राजालाई धिक्कार्नेछ र मास्तिर हेर्दै आफ्नो परमेश्‍वरलाई सराप्नेछ। २२ अनि पृथ्वीमा उसले कतै उज्यालो देख्नेछैन। बरु जताततै दुःख र अँध्यारो, पीडा र घोर अन्धकार मात्रै देख्नेछ।

९ तर यो अन्धकार त्यस्तो अन्धकार हुनेछैन, जस्तो देशमा सङ्‌कष्ट आइपरेको बेला भएको थियो, जुन पहिले-पहिले नप्तालिको भूमि र जबुलुनको भूमि हेलाको पात्र हुँदा भएको थियो।+ तर पछि परमेश्‍वरले यर्दनको इलाकामा पर्ने समुद्रपारिको त्यो बाटो अर्थात्‌ जातिजातिहरूको गालिललाई महिमित पार्नुहुनेछ।

 २ अँध्यारोमा हिँडिरहेका मानिसहरूले

चहकिलो ज्योति देखे।

अनि घोर अन्धकारमा बसिरहेकाहरूमाथि

ज्योति चम्कियो।+

 ३ तपाईँले त्यस देशका मानिसहरूको सङ्‌ख्या बढाइदिनुभएको छ,

तपाईँले गर्दा त्यहाँ खुसीयाली छाएको छ।

बाली काट्‌ने बेला मानिसहरू रमाएझैँ,

लुटको माल बाँड्‌दा खुसीले उफ्रिएझैँ

तिनीहरू तपाईँसामु रमाउँछन्‌।

 ४ किनकि मिद्यानीहरूको समयमा+ जस्तै

तपाईँले तिनीहरूको बोझिलो जुवा टुक्राटुक्रा पारिदिनुभएको छ,

तिनीहरूका काँधको लौरो र तिनीहरूलाई काम अह्राउनेको छडी भाँचिदिनुभएको छ।

 ५ जमिन थर्काउँदै अघि बढ्‌ने सिपाहीहरूका जुत्ता

र रगतमा लतपतिएका सबै लुगा

आगोमा भस्म गरिनेछ।

 ६ किनकि हाम्रो निम्ति एउटा बालकको जन्म भएको छ।+

हाम्रो लागि एउटा छोरा दिइएको छ।

शासन गर्ने जिम्मा तिनकै काँधमा हुनेछ।+

तिनलाई बुद्धिमान्‌ सल्लाहकार,+ शक्‍तिशाली ईश्‍वर,+ युगयुगका पिता र शान्तिका राजकुमार भन्‍ने नाम दिइनेछ।

 ७ तिनको शासन सबैतिर फैलँदै जानेछ

र तिनको शासनकालमा सधैँ शान्ति छाउनेछ।+

दाउदको सिंहासनमा+ बसेर तिनले शासन गर्नेछन्‌।

आफ्नो शासनलाई बलियो बनाएर कायमै राख्न+

तिनले अहिले र सदासर्वदा

धार्मिकता+ र न्यायसाथ+ शासन गर्नेछन्‌।

सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।

 ८ यहोवाले याकुबविरुद्ध एउटा सन्देश पठाउनुभएको छ,

इस्राएलविरुद्ध त्यो सन्देश आएको छ।+

 ९ अनि मानिसहरू सबैले,

हो, एप्रैम र सामरियाका बासिन्दाहरू सबैले त्यो थाह पाउनेछन्‌।

तिनीहरू हठी र अहङ्‌कारी हुँदै यसो भन्छन्‌:

१० “इँटाका घरहरू ढले

तर हामी ढुङ्‌गाले बनाउनेछौँ+

खनिउँका रूखहरू काटिए

तर हामी देवदारको रूख रोप्नेछौँ।”

११ यहोवाले रजिनका शत्रुहरूलाई सुऱ्‍याउनुहुनेछ

र तिनीहरूका दुस्मनहरूलाई जुरमुऱ्‍याउनुहुनेछ।

१२ पूर्वबाट सिरिया र पश्‍चिमबाट पलिस्तियालीहरू आउनेछन्‌।+

तिनीहरूले आफ्नो मुख बाएर इस्राएललाई कप्लक्कै निल्नेछन्‌।+

तैपनि उहाँको रिस अझै मरेको छैन।

तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+

१३ किनकि मानिसहरूले सेनाहरूका यहोवाको+ खोजी गरेका छैनन्‌,

तिनीहरूलाई सजाय दिनुहुने परमेश्‍वरकहाँ तिनीहरू फर्केका छैनन्‌।

१४ यहोवाले एकै दिनमा इस्राएलको शिर र पुच्छर

अनि त्यहाँका टुसा र कुशलाई* काटिदिनुहुनेछ।+

१५ शिरचाहिँ नाइके र आदरणीय व्यक्‍तिहरू हुन्‌

अनि पुच्छरचाहिँ झूटा निर्देशन दिने भविष्यवक्‍ताहरू हुन्‌।+

१६ यस प्रजाका अगुवाहरूले तिनीहरूलाई अलमल्याएका छन्‌।

अनि यिनीहरूको कुरा सुन्‍ने ती मानिसहरू पनि रनभुल्लमा परेका छन्‌।

१७ त्यसैले तिनीहरूका युवाहरूलाई देखेर यहोवा खुसी हुनुहुनेछैन।

तिनीहरूमाझ भएका अनाथ* र विधवालाई उहाँले दया देखाउनुहुनेछैन।

किनकि तिनीहरू सबै धर्मत्यागी* र दुष्ट भएका छन्‌।+

अनि तिनीहरू सबै बेमतलबका कुरा गर्छन्‌।

त्यसैले उहाँको रिस अझै मरेको छैन।

तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+

१८ किनकि दुष्ट्‌याइँ आगोझैँ दनदनी बल्छ।

त्यसले काँडेझार र घाँसपातलाई भस्म पार्छ।

त्यसले जङ्‌गलका झाडीलाई सखाप पार्छ

र धुवाँको मुस्लो मास्तिर उठ्‌छ।

१९ सेनाहरूका यहोवाको भयानक रिसले गर्दा

पूरै देशमा आगो दन्केको छ।

अनि मानिसहरूलाई आगोले भस्म गर्नेछ।

मानिसहरूले आफ्नै दाजुभाइलाई समेत छोड्‌नेछैनन्‌।

२० तिनीहरूले आफ्नो दाहिनेतिरको भाग काटेर खानेछन्‌,

तैपनि भोकै हुनेछन्‌

अनि आफ्नो देब्रेतिरको भाग पनि खानेछन्‌

तैपनि तिनीहरूको भोक मेटिनेछैन।

प्रत्येकले आफ्नै पाखुराको मासु खानेछ।

२१ मनस्सेले एप्रैमलाई

अनि एप्रैमले मनस्सेलाई निल्नेछ।

तिनीहरू दुवै यहुदामाथि जाइलाग्नेछन्‌।+

त्यसैले उहाँको रिस अझै मरेको छैन।

तिनीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+

१० धिक्कार छ तिनीहरूलाई, जो अरूको हानि हुने नियमहरू बनाउँछन्‌;+

जो सधैँ मानिसहरूलाई दमन गर्न उर्दी जारी गर्छन्‌।

 २ तिनीहरूले गर्दा गरिबहरूको मुद्दाको सुनुवाइ हुँदैन;

थिचोमिचोमा परेका मेरा मानिसहरूले न्याय पाउँदैनन्‌।+

तिनीहरू विधवाहरूलाई लुट्‌छन्‌

र अनाथहरूलाई* लुटको माल सम्झन्छन्‌।+

 ३ तिमीहरूको लेखा लिने* दिन आउँदा तिमीहरू के गर्छौ?+

जब टाढाबाट तिमीहरूको विनाश आउँछ,+

तब तिमीहरू कसलाई गुहार्छौ?+

आफ्नो सरसम्पत्ति कहाँ छोड्‌छौ?

 ४ कैदीहरूसँगसँगै कोचिएर बस्नु

वा मारिएकाहरूसित लम्पसार पर्नुबाहेक

तिमीहरूसामु अरू विकल्प रहनेछैन।

तैपनि उहाँको* रिस अझै मरेको छैन।

तिमीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+

 ५ “अस्सेरियालाई हेर!+

ऊ मेरो क्रोधको लौरो हो।+

उसको हातमा भएको लाठी चलाएर म सजाय दिनेछु।

 ६ म उसलाई धर्मत्यागी* राष्ट्रविरुद्ध पठाउनेछु;+

मलाई रिस उठाउने मानिसहरूविरुद्ध पठाउनेछु।

तिनीहरूको सबथोक लुटेर लैजान

र तिनीहरूलाई बाटोको हिलोसरि कुल्चन उसलाई आदेश दिनेछु।+

 ७ तर उसको चाहना भने अर्कै हुनेछ।

उसको मनले अर्कै योजना बनाउनेछ

किनकि ऊ सबैको नामोनिसान मेटाउन चाहन्छ।

थोरैलाई नभई धेरै राष्ट्रलाई नाश गर्ने उसको इच्छा छ।

 ८ किनकि ऊ यसो भन्छ,

‘मेरा सबै भारदार राजा नै थिएनन्‌ र?+

 ९ के काल्नो+ कार्कमिसजस्तै+ छैन?

के हमाथ+ अर्पादजस्तै+ होइन?

अनि के सामरिया+ दमिसकजस्तै+ छैन?

१० मैले आफ्नो हातले व्यर्थका देवताहरूका राज्यहरू खोसेको छु,

जहाँ यरुसलेम र सामरियामा+ भन्दा धेरै मूर्ति थिए।

११ मैले सामरिया र त्यसका व्यर्थका देवताहरूलाई जे गरेँ,

यरुसलेम र त्यसका मूर्तिहरूलाई पनि त्यसै गर्न सक्दिनँ र?’+

१२ “यहोवाले सियोन डाँडा र यरुसलेममा आफ्ना सबै काम फत्ते गरिसक्नुभएपछि अस्सेरियाका राजालाई उसको अभिमानी हृदय र अहङ्‌कारी आँखाको निम्ति दण्ड दिनुहुनेछ।+ १३ किनकि ऊ यसो भन्छ,

‘म आफ्नै हातको बलले

र आफ्नै बुद्धिले यी सब गर्नेछु किनकि म बुद्धिमान्‌ छु।

म जातिजातिको सिमाना भत्काइदिनेछु,+

तिनीहरूको सरसम्पत्ति लुट्‌नेछु+

र वीर योद्धाले झैँ तिनीहरूमाथि कब्जा जमाउनेछु।+

१४ जसरी कुनै मानिसले अण्डा झिक्न गुँडतिर हात लम्काउँछ,

त्यसरी नै म आफ्नो हातले जातिजातिका मानिसहरूको धनसम्पत्ति लुट्‌नेछु।

गुँडमा छोडिएका बेवारिसे अण्डा बटुल्ने मानिसले झैँ

म पृथ्वीका पूरै मानिसलाई बटुल्नेछु!

कसैले आफ्नो पखेटा फटफटाउनेछैन, चुच्चो उगार्नेछैन, चिरबिर गर्ने हिम्मत गर्नेछैन।’”

१५ के बन्चरोले बन्चरो चलाउने मान्छेसित कहिल्यै फुर्ती लगाउँछ?

के करौँतीले करौँती चलाउने मान्छेसित घमन्ड गर्छ?

लौरो समात्ने मान्छेलाई लौरो+ आफैले उचालेर यताउति हल्लाउन सक्छ?

छडी बोक्ने मान्छेलाई छडी आफैले उचाल्न सक्छ?

१६ त्यसैले साँचो परमेश्‍वर, सेनाहरूका यहोवाले

उसका मोटाघाटा मानिसहरूलाई ख्याउटे पारिदिनुहुनेछ+

र उसको वैभवलाई आगोले सखाप बनाइदिनुहुनेछ।+

१७ ‘इस्राएलका ज्योति’+ आगो बन्‍नुहुनेछ,+

इस्राएलका पवित्र परमेश्‍वर आगोको ज्वाला बन्‍नुहुनेछ

र एकै दिनमा उसका* झार र काँडेदार झाडीहरू जलेर नष्ट हुनेछन्‌।

१८ परमेश्‍वरले उसका जङ्‌गल र फलफूल बगानहरूको गौरव माटोमा मिलाइदिनुहुनेछ,

त्यसको हालत सुक्दै गएको बिरामीको शरीरजस्तै हुनेछ।+

१९ उसको जङ्‌गलमा यत्ति थोरै रूख बाँकी रहनेछन्‌

कि एउटा सानो केटोले पनि त्यो गन्‍न सक्नेछ।

२० त्यस उपरान्त इस्राएलका बाँकी रहेकाहरू

र याकुबको घरानाका बचेका मानिसहरू

तिनीहरूमाथि भर पर्नेछैनन्‌, जसले उनीहरूलाई प्रहार गरे।+

बरु तिनीहरू इस्राएलका पवित्र परमेश्‍वर यहोवामाथि भर पर्नेछन्‌

र उहाँप्रति वफादार हुनेछन्‌।

२१ बाँकी रहेका थोरै मानिस मात्र,

याकुबका बाँकी रहेकाहरू मात्र पराक्रमी परमेश्‍वरकहाँ फर्कनेछन्‌।+

२२ किनकि ए इस्राएल!

तिम्रा मानिसहरू समुद्रका बालुवाजत्तिकै भए पनि

तिनीहरूमध्ये एकदमै थोरै मात्र फर्कनेछन्‌।+

तिम्रा मानिसहरूको कुनै नामोनिसान बाँकी नराख्ने निश्‍चित भइसकेको छ,+

सजायको बाढीले तिनीहरूलाई छोप्नेछ।+

२३ हो, ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाले

जुन सर्वनाश ल्याउने निधो गर्नुभएको छ, त्यो सारा देशमाथि आइपर्नेछ।+

२४ त्यसैले ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ। २५ किनकि अबको थोरै बेरमा तिमीहरूले भोगिरहेको सजाय पूरा हुनेछ। त्यसपछि म अस्सेरियामाथि आफ्नो रिस खन्याउनेछु र त्यसको विनाश गर्नेछु।+ २६ ओरेब चट्टानमा+ मिद्यानलाई पराजित गरेको बेलामा जस्तै सेनाहरूका यहोवाले त्यसलाई कोर्रा लगाउनुहुनेछ।+ अनि उहाँले आफ्नो लौरो समुद्रतिर पसार्नुहुनेछ, जसरी उहाँले मिश्रविरुद्ध आफ्नो लौरो उठाउनुभएको थियो।+

२७ त्यो दिन त्यसको भारी तिम्रो काँधबाट+

र त्यसको जुवा तिम्रो गर्दनबाट हटाइनेछ।+

अनि तेलले* गर्दा त्यो जुवा भाँचिनेछ।”+

२८ अस्सेरियालीहरू ऐयाथमा+ आएका छन्‌।

तिनीहरू मिग्रोन भएर आएका छन्‌।

मिक्मासमा+ तिनीहरूले आफ्नो सरसामान छोडेका छन्‌।

२९ तिनीहरूले जँघार* तरेका छन्‌

र गेबामा+ रात काटेका छन्‌।

रामा थरथर काँपिरहेको छ, साउलको सहर गिबाह+ भागेर गएको छ।+

३० ए गाल्लिमकी छोरी, चिच्याऊ! डाँको छोडेर रोऊ!

ए लाइसाह, ध्यान देऊ!

ए अनातोत,+ धुरुधुरु रोऊ!

३१ मदमेनाह भागेको छ।

गेबिमका बासिन्दाहरूले लुक्ने ठाउँ खोजेका छन्‌।

३२ आजकै दिन त्यो नोबमा+ रोकिनेछ।

त्यसले सियोनकी छोरीको* डाँडालाई,

यरुसलेमको डाँडालाई मुड्‌की ताकेर धम्काउनेछ।

३३ हेर! साँचो परमेश्‍वर, सेनाहरूका यहोवाले

डरलाग्दो आवाज निस्कनेगरि रूखका हाँगाबिँगा काट्‌नुहुनेछ।+

अग्ला-अग्ला रूखहरू काटिनेछन्‌

र उच्च पारिएकाहरू होच्याइनेछन्‌।

३४ उहाँले जङ्‌गलको बाक्लो झाडीलाई बन्चरोले काट्‌नुहुनेछ।

एक जना पराक्रमी व्यक्‍तिले लबानोनलाई ढाल्नेछ।

११ यिसैको+ ठुटाबाट एउटा हाँगा+ पलाउनेछ,

उनको जराबाट उम्रेको एउटा टुसाले+ फल फलाउनेछ।

 २ यहोवाको शक्‍ति तिनमा बास गर्नेछ।+

त्यसैले तिनी बुद्धिमान्‌+ र समझदार हुनेछन्‌।

तिनी असल सल्लाहकार हुनेछन्‌ र शक्‍तिशाली+ हुनेछन्‌।

तिनी ज्ञानले भरिपूर्ण हुनेछन्‌ र तिनले यहोवाको भय मान्‍नेछन्‌।

 ३ यहोवाको भय मान्‍न पाउँदा तिनी रमाउनेछन्‌।+

आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्‌।

अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्‌।+

 ४ तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्‌।

पृथ्वीमा नम्रहरूको भलो होस्‌ भनेर तिनले ठीकसित सच्याउनेछन्‌।

तिनले आफ्नो मुखको छडीले पृथ्वीलाई हिर्काउनेछन्‌।+

अनि आफ्नो मुखको सासले दुष्टलाई नाश गर्नेछन्‌।+

 ५ धार्मिकतालाई तिनले आफ्नो कम्मरमा पटुकाझैँ बाँध्नेछन्‌

अनि वफादारीलाई आफ्नो कम्मरपेटी बनाउनेछन्‌।+

 ६ ब्वाँसो पाठोसित बस्नेछ+

अनि चितुवा बाख्राको पाठोसित ढल्कनेछ।

सिंह, बाछो र मोटोघाटो जनावर सँगसँगै रहनेछन्‌।*+

अनि एउटा सानो बालकले तिनीहरूलाई डोऱ्‍याउनेछ।

 ७ गाई र भालु सँगसँगै चर्नेछन्‌

अनि तिनीहरूका बच्चाहरू सँगै ढल्केर बस्नेछन्‌।

सिंहले गोरुले झैँ पराल खानेछ।+

 ८ दूधे-बालक गोमन सर्पको दुलोनजिकै खेल्नेछ

र भर्खरै दूध छोडेको बालकले विषालु सर्पको दुलोमा हात हाल्नेछ।

 ९ मेरो पवित्र डाँडामा

तिनीहरूले कुनै हानि गर्नेछैनन्‌+

किनकि समुद्र पानीले भरिएझैँ

पृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+

१० त्यस दिन यिसैको जरा+ झन्डाझैँ खडा हुनेछ

र त्यसले जातिजातिका मानिसहरूलाई सङ्‌केत दिनेछ।+

जातिजातिका मानिसहरूले तिनको डोऱ्‍याइ खोज्नेछन्‌+

अनि तिनको वासस्थान महिमाले भरिनेछ।

११ त्यस दिन यहोवाले दोस्रो पटक आफ्नो हात पसार्नुहुनेछ। अस्सेरिया,+ मिश्र,+ पाथ्रोस,+ कुस,+ एलाम,+ सिनार,* हमाथ र समुद्रका टापुहरूमा बाँकी रहेका आफ्ना मानिसहरूलाई जम्मा गर्न उहाँले हात पसार्नुहुनेछ।+ १२ जातिजातिका मानिसहरूमाझ उहाँले झन्डा ठड्‌याउनुहुनेछ+ अनि इस्राएल र यहुदाबाट पृथ्वीको चारै कुनामा छरिएकाहरूलाई एकै ठाउँमा भेला गर्नुहुनेछ।+

१३ एप्रैमले ईर्ष्या गर्न छोड्‌नेछ+

अनि यहुदासित दुस्मनी राख्नेहरू सबै नामेट पारिनेछन्‌।

एप्रैमले यहुदालाई देखेर डाह गर्नेछैन

अनि यहुदाले पनि एप्रैमसित दुस्मनी मोल्नेछैन।+

१४ तिनीहरू पश्‍चिमतिर पलिस्तियालीहरूको भिरालो ठाउँमा वेगसित हानिनेछन्‌।

तिनीहरूले एकसाथ पूर्वका मानिसहरूलाई लुट्‌नेछन्‌।

तिनीहरूले एदोम+ र मोआबविरुद्ध+ आफ्नो हात उठाउनेछन्‌

अनि अम्मोनीहरूलाई आफ्नो वशमा पार्नेछन्‌।+

१५ यहोवाले मिश्रको समुद्रको खाडीलाई भाग-भाग पार्नुहुनेछ।*+

उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात उठाउनुहुनेछ।+

आफ्नो तातो सासले त्यसका सात वटा खोलालाई आक्रमण गर्नुहुनेछ

अनि मानिसहरूले जुत्ता लगाएरै नदी तर्न सक्नेछन्‌।

१६ अनि जसरी इस्राएल मिश्रबाट निस्केर आएको दिन उहाँले तिनीहरूको लागि मूलबाटो बनाउनुभएको थियो,

त्यसैगरि बाँकी रहेका आफ्ना मानिसहरूलाई अस्सेरियाबाट निकालेर ल्याउन उहाँले मूलबाटो+ बनाउनुहुनेछ।+

१२ त्यो दिन तिमीले निश्‍चय यसो भन्‍नेछौ:

“धन्यवाद छ, हे यहोवा

किनकि तपाईँ मसित रिसाउनुभए पनि

तपाईँको रिस बिस्तारै सेलायो र तपाईँले मलाई सान्त्वना दिनुभयो।+

 २ हेर! परमेश्‍वर नै मेरा उद्धारक हुनुहुन्छ।+

म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+

किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्‍ति हुनुहुन्छ।

उहाँ मेरा उद्धारक हुनुभएको छ।”+

 ३ उद्धार दिने मूलबाट

तिमीले रमाउँदै पानी भर्नेछौ।+

 ४ अनि त्यस दिन तिमीले भन्‍नेछौ:

“यहोवालाई धन्यवाद चढाओ! उहाँको नाम पुकार।

जातिजातिका मानिसहरूमाझ उहाँका कामहरूको बयान गर।+

उहाँको नाम कत्ति महान्‌ छ भनी घोषणा गर।+

 ५ यहोवाको जयजयकार गाओ*+ किनकि उहाँले अचम्मलाग्दा कामहरू गर्नुभएको छ।+

सारा पृथ्वीभरि यसको घोषणा गर।

 ६ ए सियोनका बासिन्दा हो, रमाहट गर

किनकि तिमीहरूमाझ हुनुहुने इस्राएलका पवित्र परमेश्‍वर महान्‌ हुनुहुन्छ।”

१३ आमोजका छोरा यसैयाले+ एउटा दर्शन* देखे। तिनले दर्शनमा बेबिलोनविरुद्ध यस्तो घोषणा+ गरेको सुने:

 २ “नाङ्‌गो डाँडामा एउटा झन्डा ठड्‌याओ।+

आफ्नो हात हल्लाउँदै तिनीहरूलाई बोलाओ

र तिनीहरू ठूलाबडाका ढोकाहरूबाट छिरेर भित्र आऊन्‌।

 ३ ज-जसलाई मैले नियुक्‍त गरेँ, तिनीहरूलाई मैले आदेश दिएको छु।+

मेरो रिस पोखाउन मैले आफ्ना योद्धाहरूलाई भेला गरेको छु।

तिनीहरू घमन्डले फुल्छन्‌ र खुसी मनाउँछन्‌।

 ४ सुन! डाँडाहरूबाट भीडको आवाज आइरहेको छ,

असङ्‌ख्य मानिसहरू जम्मा भएजस्तो सुनिन्छ।

सुन! राष्ट्रहरू जम्मा भएको कोलाहल सुनिँदै छ,

जातिजातिका मानिसहरू भेला भएका छन्‌।+

सेनाहरूका यहोवाले युद्धको निम्ति सेना तयार पार्दै हुनुहुन्छ।+

 ५ पूरै पृथ्वीको विनाश गर्न+

यहोवा आफ्नो क्रोधका हातहतियारसहित

टाढाको देशबाट आउँदै हुनुहुन्छ,

आकाशको पल्लो छेउबाट आउँदै हुनुहुन्छ।+

 ६ डाँको छोडेर रोओ किनकि यहोवाको दिन नजिकै छ!

त्यो दिन सर्वशक्‍तिमान्‌ परमेश्‍वरले विनाश गर्ने दिन हो।+

 ७ त्यसैले सबैका हात लल्याकलुलुक हुनेछन्‌

र हरेकको मुटु डरले काँप्नेछ।+

 ८ मानिसहरू भयभीत भएका छन्‌।+

सुत्केरी बेथा लागेकी स्त्रीलाई झैँ

तिनीहरूलाई पीडाले छोपेको छ; तिनीहरू छटपटाइरहेका छन्‌।

तिनीहरू अक्क न बक्क भएर एकअर्कालाई हेर्छन्‌।

तिनीहरूको अनुहारमा त्रास छाएको छ।

 ९ हेर! यहोवाको दिन क्रोध र बल्दो रिससहित आउँदै छ,

त्यस दिन कसैमाथि दया देखाइनेछैन।

त्यस दिन देशका पापीहरूको नामोनिसान मेटाइनेछ+

र मानिसहरू देशको हालत देखेर डरले थरथर काँप्नेछन्‌।

१० किनकि आकाशका तारा र तारामण्डलहरूले*+

आफ्नो चमक दिनेछैनन्‌।

उदाउँदै गरेको सूर्यसमेत अँध्यारो हुनेछ

र चन्द्रमाले आफ्नो ज्योति छर्नेछैन।

११ म पृथ्वीका बासिन्दाहरूसँग तिनीहरूको खराबीको लेखा लिनेछु+

र दुष्टहरूलाई तिनीहरूको गल्तीको सजाय दिनेछु।

म अहङ्‌कारीहरूको सेखी झारिदिनेछु

र तानासाहहरूको घमन्डलाई चूरचूर पारिदिनेछु।+

१२ अनि म मानिसको यस्तो हालत बनाउनेछु कि

निखुर सुन र ओपिरको सुन फेला पार्न सकिनेछ तर मानिसलाई भने फेला पार्न सकिनेछैन।+

१३ त्यसैले म आकाशलाई थरथर काँप्न लगाउनेछु

र पृथ्वीलाई हल्लाएर त्यसको ठाउँबाट उखेलिदिनेछु।+

सेनाहरूका यहोवाले आफ्नो बल्दो रिस पोख्ने दिनमा त्यसो गर्नुहुनेछ।

१४ सिकारीले खेदेको हरिणझैँ अनि गोठालो नभएर तितरबितर भएको बगालझैँ

तिनीहरू सबै आ-आफ्नै मानिसहरूकहाँ

र आ-आफ्नो भूमिमा फर्कनेछन्‌।+

१५ जो-जो फेला पर्छन्‌, ती सबै वारपार हुनेगरि छेडिनेछन्‌

अनि जो-जो पक्राउ पर्छन्‌, ती सबै तरबारले काटिनेछन्‌।+

१६ तिनीहरूका छोराछोरीलाई तिनीहरूकै आँखाअगाडि पछारी-पछारी मारिनेछ।+

तिनीहरूको घर लुटिनेछ।

तिनीहरूका स्वास्नीहरूको इज्जत लुटिनेछ।

१७ म मादीहरूलाई तिनीहरूविरुद्ध उठ्‌न सुऱ्‍याउनेछु।+

उनीहरूका लागि चाँदी त केही पनि होइन।

अनि सुन देखेर पनि उनीहरू लोभिँदैनन्‌।

१८ उनीहरूका धनुले युवकहरूलाई धुजाधुजा पार्नेछ।+

गर्भको शिशुलाई अनि केटाकेटीलाई

उनीहरूले रतीभर दयामाया देखाउनेछैनन्‌।

१९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+

जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्‌,+

त्यसलाई परमेश्‍वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+

२० त्यहाँ कहिल्यै कुनै मानिस बस्नेछैन।

पुस्तौँपुस्तासम्म त्यहाँ कसैले बसोबास गर्नेछैन।+

कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन।

अनि कुनै गोठालोले आफ्नो बगाललाई त्यहाँ विश्राम गराउनेछैन।

२१ मरुभूमिका जीवहरू त्यहाँ बस्नेछन्‌।

तिनीहरूका घर लाटोकोसेरोले भरिनेछन्‌।

त्यो सुतुरमुर्गहरूको* घर हुनेछ+

र जङ्‌गली बाख्राहरू त्यहाँ बुर्लुक-बुर्लुक उफ्रनेछन्‌।

२२ त्यसका किल्लाहरूमा जनावरहरू स्वर उचाली-उचाली कराउनेछन्‌

अनि त्यसका भव्य महलहरूमा स्यालहरू कराउनेछन्‌।

त्यसको समय सिद्धिनै लागेको छ; त्यसको दिन धेरै बाँकी छैन।”+

१४ किनकि यहोवाले याकुबलाई कृपा देखाउनुहुनेछ+ र इस्राएललाई फेरि रोज्नुहुनेछ।+ उहाँले तिनीहरूलाई आफ्नै भूमिमा फर्काएर ल्याउनुहुनेछ।+ विदेशीहरू पनि तिनीहरूसितै आउनेछन्‌ र याकुबको घरानासित मिसिनेछन्‌।+ २ जातिजातिका मानिसहरूले तिनीहरूलाई फर्काएर तिनीहरूकै भूमिमा पुऱ्‍याउनेछन्‌ अनि इस्राएलको घरानाले यहोवाको भूमिमा उनीहरूलाई दास-दासी बनाउनेछन्‌।+ आफूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैद गर्नेछन्‌ र आफूलाई काममा दलाउनेहरूलाई* आफ्नो अधीनमा राख्नेछन्‌।

३ जुन दिन यहोवाले तिमीहरूको कष्ट हटाउनुहुनेछ र कठोर दासत्वबाट तिमीहरूलाई मुक्‍त गर्नुहुनेछ+ अनि तिमीहरूको मनको अशान्ति हटाउनुहुनेछ, ४ त्यस दिन तिमीहरूले बेबिलोनका राजाको व्यङ्‌ग्य गर्दै* यसो भन्‍नेछौ:

“हेर! जसले अरूलाई काममा दलाउँथ्यो, आज उसैको पतन भएको छ!

दमनकारीसँगसँगै दमनको पनि अन्त भएको छ!+

 ५ दुष्टको लौरो अनि शासकहरूको डन्डा

यहोवाले भाँचिदिनुभएको छ,+

 ६ जसले क्रोधित हुँदै जातिजातिलाई अन्धाधुन्ध हिर्काउँथ्यो+

अनि रिसाएर राष्ट्रहरूलाई सताउँथ्यो।+

 ७ पूरै पृथ्वीले अहिले विश्राम पाएको छ, चारैतिर शान्ति नै शान्ति छ।

मानिसहरू खुसी थाम्न नसकेर ठूलठूलो स्वरले कराउँदै छन्‌।+

 ८ तिम्रो पतन देखेर धुपीका रूखहरू

र लेबनानका देवदारहरूसमेत रमाइरहेका छन्‌।

तिनीहरू यसो भन्छन्‌: ‘तिम्रो पतन भएदेखि

हामीलाई काट्‌न कोही पनि आएको छैन।’

 ९ तिमीलाई भेट्‌न

चिहानसमेत* आतुर छ।

तिम्रै कारण त्यसले मृत्युमा परेका

पृथ्वीका तानासाहहरूलाई ब्युँझाउँछ

अनि देशदेशका राजाहरूलाई तिम्रै कारण तिनीहरूको सिंहासनबाट उठ्‌न लगाउँछ।

१० तिनीहरू सबैले तिमीलाई यसो भन्छन्‌,

‘के तिमी पनि हामीजस्तै कमजोर भयौ?

के तिमी हामीजस्तै भयौ?

११ हेर! चिहानमा* तिम्रो घमन्ड चूरचूर पारिएको छ,

तिम्रो तारे बाजाको धुन बन्द भएको छ।+

औँसाहरू तिम्रो ओछ्यान

र किराहरू तिम्रो ओढ्‌ने बनेका छन्‌।’

१२ ए चम्किलो तारा, प्रभातको छोरा!

तिमी आकाशबाट खसालियौ!

तिमी जातिजातिलाई पराजित गर्थ्यौ+

तर अहिले तिमी नै काटिएर जमिनमा ढलेका छौ।

१३ तिमीले मनमनै भन्यौ, ‘म उक्लेर स्वर्ग पुग्नेछु।+

म मेरो सिंहासनलाई उचालेर परमेश्‍वरका ताराहरूभन्दा माथि पुऱ्‍याउनेछु।+

अनि म उत्तरतिर सबैभन्दा टाढा पर्ने

भेला हुने पर्वतमा बस्नेछु।+

१४ म उक्लेर बादलहरूभन्दा पनि माथि पुग्नेछु

र म सर्वोच्च परमेश्‍वरजस्तै हुनेछु।’

१५ तर तिमीलाई झारेर चिहानमा* पुऱ्‍याइनेछ,

तिमी गहिरो खाडलको पिँधमा पुग्नेछौ।

१६ तिमीलाई देख्नेहरूले तिमीलाई एकटक लगाएर हेर्नेछन्‌।

तिनीहरूले तिमीलाई नियाल्नेछन्‌ र यसो भन्‍नेछन्‌:

‘सारा पृथ्वीलाई हल्लाउने

अनि राष्ट्रहरूलाई थर्काउने मानिस यही होइन?+

१७ पृथ्वीलाई उजाड बनाउने,

त्यसका सहरहरूलाई ध्वस्त पार्ने+

अनि आफ्ना कैदीहरूलाई मुक्‍त नगर्ने मानिस यही होइन?’+

१८ अरू सबै देशका राजाहरूलाई

हो, तिनीहरू सबैलाई स-सम्मान

आ-आफ्नो चिहानमा गाडियो।

१९ तर तिमीलाई चाहिँ चिहानमा गाडिएन।

हेला गरिएको बिरुवाझैँ* तिमीलाई मिल्काइयो।

तरबारले रोपिएकाहरूको लासले तिमी पुरियौ।

ढुङ्‌गै-ढुङ्‌गा भएको खाल्टोमा तिमीलाई तिनीहरूसितै फ्याँकियो।

कुल्चीमिल्ची गरिएको सिनुजस्तै तिमी भयौ।

२० तिमी ती राजाहरूजस्तै चिहानमा गाडिनेछैनौ

किनकि तिमीले आफ्नै देशलाई उजाड बनायौ

अनि आफ्नै मानिसहरूको ज्यान लियौ।

दुष्टका सन्तानको नाम फेरि कहिल्यै लिइनेछैन।

२१ उसका सन्तानलाई काट्‌न अचानो तयार पार,

तिनीहरूका पितापुर्खा दोषी भएकोले तिनीहरू मारिनेछन्‌

ताकि तिनीहरू फेरि खडा भएर पूरै पृथ्वीलाई ढाक्न नपाऊन्‌

र जताततै आफ्नो सहर बसाल्न नपाऊन्‌।”

२२ सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिनीहरूविरुद्ध खडा हुनेछु।”+

यहोवा घोषणा गर्नुहुन्छ, “म बेबिलोनबाट तिनीहरूको नामोनिसान मेट्‌नेछु। तिनीहरूका शाखासन्तान र त्यहाँ बाँकी रहेका सबैलाई म नाश गर्नेछु।”+

२३ “म त्यसलाई दुम्सीको दुलो बनाउनेछु अनि त्यसका सबै इलाका दलदल बनाउनेछु। म त्यसलाई विनाशको खरेटोले बढार्नेछु,”+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

२४ सेनाहरूका यहोवाले यसो भनेर शपथ खानुभएको छ:

“मैले जस्तो सोचेको छु, त्यस्तै हुनेछ।

मैले जे निर्णय गरेको छु, त्यो पूरा भएरै छोड्‌नेछ।

२५ म अस्सेरियालाई मेरो भूमिमा धुलोपिठो पार्नेछु।

मेरा डाँडाहरूमा त्यसलाई कुल्चनेछु।+

मेरा मानिसहरूको गर्दनबाट त्यसको जुवा हटाउनेछु

अनि तिनीहरूको काँधबाट त्यसको भारी हटाउनेछु।”+

२६ सारा पृथ्वीविरुद्ध यही फैसला भइसकेको छ

अनि सबै देशलाई प्रहार गर्न पसारिएको हात यही हो।

२७ सेनाहरूका यहोवाले नै यो निर्णय गर्नुभएको हो;

त्यसलाई कसले बदल्न सक्छ?+

उहाँले आफ्नो हात पसारिसक्नुभएको छ;

कसले त्यसलाई रोक्न सक्छ?+

२८ राजा आहाजको+ मृत्यु भएको वर्ष यस्तो घोषणा गरियो:

२९ “ए पलिस्तियालीहरू हो, रमाउन छोड।

तिमीहरूलाई हिर्काउनेको लौरो भाँचियो भन्दैमा खुसी नहोऊ।

किनकि माउ साँपले+ विषालु साँपलाई+ जन्माउनेछ

अनि त्यसको बच्चा उड्‌ने विषालु साँप हुनेछ।

३० दरिद्रका सन्तानले* पेटभरि खान पाउनेछन्‌

र गरिबहरू ढुक्कसित ढल्कनेछन्‌।

तर तिम्रा सन्तानलाई भने म भोकमरीले मार्नेछु

अनि बाँकी रहेकाहरूको पनि म ज्यान लिनेछु।+

३१ ए मूलढोका, रोऊ! ए सहर, डाँको छोडेर रोऊ!

ए पलिस्तियालीहरू हो, तिमीहरू सबै हरेस खानेछौ

किनकि उत्तरतिर उठेको धुवाँ तिमीहरूतर्फ आइरहेको छ

अनि शत्रुको सेना एकसाथ आउँदै छ, तिनीहरूमध्ये कोही पनि पछि परेको छैन।”

३२ अनि देश-देशका दूतहरूलाई तिनीहरूले के जवाफ दिनेछन्‌?

यहोवाले सियोनको जग बसाल्नुभएको छ+

र दरिद्रहरूले त्यहाँ शरण लिनेछन्‌ भनेर तिनीहरूले सुनाउनेछन्‌।

१५ मोआबविरुद्ध घोषणा:+

मोआबको अर+ सहरको बोली बन्द भएको छ

किनकि त्यो एकै रातमा ध्वस्त भयो।

मोआबको किर+ सहरको बोली बन्द भएको छ

किनकि त्यो एकै रातमा तहसनहस भयो।

 २ त्यो मन्दिरमा उक्लेको छ, त्यो दिबोनसम्मै+ पुगेको छ।

शोक गर्नलाई त्यो अग्ला थानहरूमा* उक्लेको छ।

नेबो+ र मेदेबाको+ निम्ति मोआब विलाप गर्दै छ।

सबैले कपाल खौरेका छन्‌,+ दाह्री काटेका छन्‌।+

 ३ तिनीहरूले सडकमा भाङ्‌ग्रा ओढेका छन्‌।

तिनीहरू घरका छत-छतमा र चोक-चोकमा डाँको छोडी रुन्छन्‌;

रुँदा-रुदै तिनीहरू लड्‌छन्‌।+

 ४ हेस्बोन र एलालेह+ ठूलो स्वरले रुँदै छन्‌।

तिनीहरूको रोदन टाढा याहजसम्मै+ सुनिन्छ।

त्यसैले मोआबका सिपाहीहरू चिच्याइरहन्छन्‌।

मोआब डरले थरथर काँपिरहेको छ।

 ५ मोआबको हालत देखेर मेरो मन रोइरहेको छ।

त्यहाँबाट भागेका मोआबीहरू जोअर+ र एग्लाथ-सिलिसियाहसम्मै+ पुगेका छन्‌।

मानिसहरू रुँदै लुहिथको उकालो चढ्‌छन्‌,

होरोनैमतिर जाँदा तिनीहरू विपत्ति सम्झेर रुँदै हिँड्‌छन्‌।+

 ६ निम्रिमका नदीहरू सुकेका छन्‌।

हरिया घाँस सबै ओइलाएका छन्‌।

घाँस सुकेकोले कतै पनि हरियाली छैन।

 ७ त्यसैले आफूसित बाँकी रहेका सबै सरसामान र सरसम्पत्ति लिएर तिनीहरू गइरहेका छन्‌।

तिनीहरू चिनारको* बेँसी* पार गर्दै छन्‌।

 ८ तिनीहरूको रोदन मोआबभरि+ गुञ्जिएको छ।

तिनीहरू रोएको आवाज एग्लैमसम्मै

र बेर-एलिमसम्मै सुनिएको छ।

 ९ दिमोनका नदीहरू रगतै-रगत भएका छन्‌।+

तर म दिमोनमाथि अझै अर्को विपत्ति ल्याउनेछु:

मोआबबाट उम्केकाहरू अनि मोआबमा बाँकी रहेकाहरूजति सबै

सिंहको सिकार हुनेछन्‌।

१६ देशका शासकको निम्ति एउटा थुमा पठाऊ।

त्यसलाई सेलाबाट निर्जनभूमिको बाटो हुँदै

सियोनकी छोरीको* डाँडामा पठाऊ।

 २ अर्नोनका जँघारहरूमा*+ मोआबका छोरीहरूको हालत

गुँडबाट धपाइएको चराको जस्तै हुनेछ।+

 ३ “सल्लाह देऊ; जे निर्णय भएको छ, त्यसलाई पूरा गर।

मध्यदिनमा तिम्रो छायालाई रातजस्तै अन्धकार बनाऊ।

तितरबितर भएकाहरूलाई लुकाऊ; भगुवाहरूलाई धोका नदेऊ।

 ४ ए मोआब, तितरबितर भएका मेरा मानिसहरूलाई तिमीकहाँ बस्न देऊ।

तिमी तिनीहरूका लागि लुक्ने ठाउँ बन र विनाश गर्नेको हातबाट तिनीहरूलाई जोगाऊ।+

अत्याचारीको नाश हुनेछ,

विनाश रोकिनेछ,

अरूलाई कुल्चीमिल्ची गर्नेहरू पृथ्वीबाट मेटिनेछन्‌।

 ५ त्यसपछि एउटा सिंहासन स्थिर गराइनेछ, जुन अटल प्रेममा* बसालिनेछ।

दाउदको पालमा बसेर त्यसमा विराजमान हुने शासक भरोसायोग्य हुनेछन्‌।+

तिनले ठीकसित न्याय गर्नेछन्‌ र असल काम गर्न ढिला गर्नेछैनन्‌।”+

 ६ हामीले मोआबको घमन्डबारे सुनेका छौँ; ऊ निकै हठी छ।+

उसको अहङ्‌कार, घमन्ड र क्रोधबारे हामीले सुनेका छौँ।+

तर उसका खोक्रा कुरा बेकार साबित हुनेछन्‌।

 ७ त्यसैले मोआबले आफ्नो पतनमा विलाप गर्नेछ।

त्यहाँका सबै बासिन्दाले शोक गर्नेछन्‌।+

चोट खानेजति सबै किर-हरेसेथको+ किसमिसको रोटी* सम्झेर रुनेछन्‌।

 ८ किनकि हेस्बोनका+ खेतका गराहरू सुकेका छन्‌।

सिब्माहको+ अङ्‌गुरको बोटका चहकिला राता हाँगाबिँगालाई*

जातिजातिका राजाहरूले कुल्चीमिल्ची गरेका छन्‌।

ती हाँगाबिँगा टाढा याजेरसम्म+ फैलिएका थिए;

ती निर्जनभूमिसम्मै पुगेका थिए;

ती फैलिएर समुद्रसम्मै पुगेका थिए।

 ९ त्यसैले जसरी मैले याजेरको निम्ति शोक गरेको थिएँ, त्यसरी नै सिब्माहको अङ्‌गुरको बोटको निम्ति पनि शोक गर्नेछु।

ए हेस्बोन र एलालेह!+ म तिमीहरूलाई आफ्नो आँसुले भिजाउनेछु।

किनकि ग्रीष्म ऋतुका फलहरू र उब्जनीको निम्ति तिमीहरूको रमाहट खतम भएको छ।*

१० बगानबाट हर्ष र खुसीयाली लुटिएको छ।

तिम्रा अङ्‌गुर बगानहरूमा खुसी र उमङ्‌गको गीत वा रमाहटको स्वर गुञ्जिँदैन।+

कोलमा अङ्‌गुर कुल्चेर मद्य निकाल्ने काम बन्द भएको छ

किनकि मैले तिनीहरूको रमाहटको स्वर बन्द गरिदिएको छु।+

११ त्यसैले म भित्रभित्रै मोआबको निम्ति विलाप गर्दै छु।+

वीणाका तारहरूको झन्कारझैँ

मेरो मनले किर-हरेसेथको+ निम्ति शोक गरिरहेको छ।

१२ मोआबले अग्लो थानमा* गएर आफूलाई थकित बनाए पनि र आफ्नो पूजाथानमा गएर जति नै बिन्ती-पुकारा गरे पनि उसलाई केही फाइदा हुनेछैन।+

१३ मोआबबारे यहोवाले पहिला नै दिनुभएको सन्देश यही हो। १४ अब यहोवा यसो भन्‍नुहुन्छ: “ज्यालादारी मजदुरको तीन वर्षभित्रै* मोआबको गौरव चर्को होहल्ला र खैलाबैलासहित धुलोमा मिल्नेछ। असाध्यै थोरै मानिस बाँकी रहनेछन्‌, तिनीहरू नभएको बराबर हुनेछन्‌।”+

१७ दमिसकविरुद्ध घोषणा:+

“हेर! दमिसक सहरको नामोनिसान रहनेछैन।

त्यो भग्नावशेषको थुप्रो बन्‍नेछ।+

 २ अरोएरका सहरहरू+ अलपत्र छोडिनेछन्‌,

ती ठाउँहरू वस्तुभाउ चर्ने ठाउँ हुनेछन्‌

अनि कसैले तिनीहरूलाई धपाउनेछैन।

 ३ पर्खालले घेरिएका एप्रैमका सहरहरूको नामोनिसान मेटिनेछ+

अनि दमिसकको राज्य नाश हुनेछ।+

इस्राएलीहरूको गौरव मेटिएझैँ

सिरियामा बाँकी रहेकाहरूको गौरव पनि मेटिनेछ,” सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

 ४ “त्यस दिन याकुबको गौरव माटोमा मिल्नेछ

अनि उसको हृष्टपुष्ट शरीर लिखुरो हुनेछ।

 ५ ऊ कटनी गरिसकेको

रेफाई बेँसीको+ खेतजस्तो हुनेछ,

जहाँ सिलाबाला बटुल्न अन्‍नका केही बाला मात्रै बाँकी रहन्छ।

 ६ जसरी जैतुनको रूखबाट फल टिपेपछि

सबैभन्दा माथिल्लो हाँगामा दुई-तीन वटा पाकेका जैतुन मात्र बाँकी रहन्छन्‌

र लटरम्म फल फलेका त्यसका हाँगाहरूमा चार-पाँच वटा जैतुन मात्र बाँकी रहन्छन्‌,

त्यसैगरि याकुबको पनि सिलाबाला मात्र बाँकी रहनेछ,”+ इस्राएलका परमेश्‍वर यहोवा घोषणा गर्नुहुन्छ।

७ त्यस दिन मानिसले आफ्नो सृष्टिकर्तातिर हेर्नेछ, इस्राएलका पवित्र परमेश्‍वरलाई एकटक लाएर हेर्नेछ। ८ उसले आफ्नो हातले+ बनाएको वेदीलाई हेर्नेछैन।+ पवित्र खामाहरू,* धुपदानी वा आफ्नो हातले बनाएको कुनै पनि कुरालाई उसले हेर्नेछैन।

 ९ त्यस दिन बलिया-बलिया गढ भएका उसका सहरहरूको हालत जङ्‌गलमा उजाड छोडिएको बस्तीजस्तै हुनेछ,+

त्यो त्यागिएको हाँगाजस्तै हुनेछ, जसलाई इस्राएलीहरूको सामु फ्याँकिएको थियो;

ती सबै खण्डहरमा परिणत हुनेछन्‌।

१० किनकि तिमीले उद्धार गर्नुहुने आफ्ना परमेश्‍वरलाई बिर्स्यौ;+

आफ्नो किल्लाको चट्टानलाई सम्झेनौ।+

त्यसैले तिमीले सुन्दर बगानहरू लगायौ

र त्यसमा परदेशीको* बोट कलमी गऱ्‍यौ।

११ दिउँसो तिमी आफ्नो बगानमा राम्ररी छेकबार लगाउँछौ।

बिहान तिम्रो बिउ टुसाउँछ

तर रोग अनि असह्‍य पीडाको दिनमा तिम्रो फसल बिलाउनेछ।+

१२ सुन! जातिजातिका मानिसहरूले होहल्ला मच्चाइरहेका छन्‌।

तिनीहरू समुद्रका छालझैँ उर्लिरहेका छन्‌।

ठूलठूला छाल उर्लेको आवाजजस्तै

देश-देशका मानिसहरूको चर्को आवाज सुनिन्छ।

१३ देश-देशका मानिसहरूको आवाज समुद्रको छालझैँ सुनिनेछ।

उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ र तिनीहरू टाढा भागेर जानेछन्‌।

डाँडामा बतासले उडाएको भुसझैँ,

हुरीबतासले उडाएको काँडेझारझैँ तिनीहरू हुनेछन्‌।

१४ साँझ तिनीहरूलाई त्रासले छोप्नेछ

अनि बिहान हुनुअघि नै तिनीहरू नाश हुनेछन्‌।

हामीलाई लुट्‌नेहरूको हालत यस्तै हुनेछ।

हामीलाई रित्याउन खोज्नेहरूको हालत यस्तै हुनेछ।

१८ भुनभुनाउने किराहरूले भरिएको देशलाई धिक्कार छ!

इथियोपियाका नदीहरूको छेउमा भएको त्यस देशलाई धिक्कार छ!+

 २ त्यसले आफ्ना दूतहरूलाई समुद्रको बाटोबाट मालिङ्‌गोका* डुङ्‌गाहरूमा पठाउँछ।

अनि तिनीहरूलाई यसो भन्छ:

“ए फुर्तिला सन्देशवाहकहरू हो, जाओ!

अग्लो कद र चिल्ला छाला भएका मानिसहरू बस्ने देशमा जाओ,

जहाँका मानिसहरूदेखि सारा संसार डराउँछ।+

जातिजातिमाथि विजय हासिल गर्ने त्यस शक्‍तिशाली देशमा जाओ,

जसको भूमि नदीहरूले बगाएर लगेका छन्‌।”

 ३ ए देशका बासिन्दाहरू र पृथ्वीका मानिसहरू हो!

तिमीहरूले जे देख्नेछौ, त्यो डाँडाहरूमा सङ्‌केत दिन खडा गरिएको झन्डाझैँ हुनेछ।

अनि तिमीहरूले जे सुन्‍नेछौ, त्यो सिङ फुकेको आवाजझैँ हुनेछ।

 ४ किनकि यहोवाले मलाई यसो भन्‍नुभएको छ:

“भतभती पोल्ने घामको रापझैँ

र बाली काट्‌ने बेलाको चर्को घाम लाग्दा उडेको शीतको बादलझैँ

म चुपचाप बस्नेछु र स्थापित गरिएको मेरो ठाउँलाई* हेर्नेछु।

 ५ किनकि कटनीको समय आउनुअघि नै,

जब फूल फुलेर झरिसकेको हुन्छ र चिचिला लागेर अङ्‌गुर पाक्न थाल्छ,

तब त्यसका हाँगाबिँगा हँसियाले काटिनेछ

र बेरिएका हाँगाहरू फ्याँकिनेछन्‌।

 ६ ती सब पहाडका सिकारी पन्छीहरूको निम्ति

र पृथ्वीका जङ्‌गली जनावरहरूको निम्ति छोडिनेछन्‌।

सिकारी पन्छीहरूले ग्रीष्म ऋतुभरि ती खानेछन्‌

र पृथ्वीका जङ्‌गली जनावरहरूले कटनीको समयभरि ती खानेछन्‌।

 ७ त्यतिबेला सेनाहरूका यहोवाको लागि सौगात ल्याइनेछ।

अग्लो कद र चिल्ला छाला भएका मानिसहरू बस्ने देशबाट त्यो ल्याइनेछ,

जहाँका मानिसहरूदेखि सारा संसार डराउँछ।

जातिजातिमाथि विजय हासिल गर्ने त्यस शक्‍तिशाली देशबाट त्यो ल्याइनेछ,

जसको भूमि नदीहरूले बगाएर लगेका छन्‌।

त्यो सौगात सेनाहरूका यहोवाको नामले चिनिएको सियोन डाँडामा लगिनेछ।”+

१९ मिश्रविरुद्ध घोषणा:+

हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ।

मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्‌+

अनि मिश्रको मुटु डरले पग्लनेछ।

 २ “म मिश्रीहरूलाई एकअर्काविरुद्ध सुऱ्‍याउनेछु

अनि मिश्रीहरू मिश्रीहरूमाथि नै जाइलाग्नेछन्‌;

तिनीहरू आफ्नै दाजुभाइ र आफ्नै छिमेकीविरुद्ध उठ्‌नेछन्‌।

एउटा सहर अर्को सहरसित अनि एउटा राज्य अर्को राज्यसित लड्‌नेछ।

 ३ अनि मिश्रका मानिसहरूको मन ठेगानमा हुनेछैन।

तिनीहरूको योजना म विफल पारिदिनेछु।+

तिनीहरूले आफ्ना बेकामका देवताहरूलाई पुकार्नेछन्‌।

तन्त्रमन्त्र गर्नेहरू, भूतप्रेत खेलाउनेहरू र भावी बताउनेहरूकहाँ तिनीहरू जानेछन्‌।+

 ४ म मिश्रलाई क्रूर मालिकको हातमा सुम्पिनेछु,

एक जना निरङ्‌कुश राजाले तिनीहरूमाथि शासन गर्नेछ,”+ साँचो परमेश्‍वर, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

 ५ समुद्रको पानी सुक्नेछ,

नदीहरू पनि सुक्खा हुनेछन्‌।+

 ६ नदीहरू गन्हाउनेछन्‌।

मिश्रको नाइल नदीका नहरहरूमा पानी घट्‌दै जानेछ र ती सुक्नेछन्‌।

नर्कट र कुशका बोटहरू कुहिनेछन्‌।+

 ७ नाइल नदीको मुहान अनि नदी छेउछाउका बोटहरू+

र नदीको किनारमा खेतीपाती गरिएको जमिन सबै सुक्खा हुनेछ।+

अनि सुकेका ती बालीलाई हावाले उडाएर लग्नेछ; त्यहाँ एक गेडो अन्‍न पनि बाँकी रहनेछैन।

 ८ माझीहरूले शोक गर्नेछन्‌,

नाइल नदीमा बल्छी थाप्नेहरूले अलाप-विलाप गर्नेछन्‌।

पानीमा जाल फ्याँक्ने जलारीहरूको सङ्‌ख्या घट्‌नेछ।

 ९ आलसको+ धागोको काम गर्नेहरू

अनि तानमा सेतो कपडा बुन्‍नेहरू सबै लाजमा पारिनेछन्‌।

१० मिश्रका कपडा बुन्‍नेहरू दुःखी हुनेछन्‌

र ज्यामीहरूले शोक गर्नेछन्‌।

११ जोअनका+ राजकुमारहरू मूर्ख छन्‌।

फारोका* सबैभन्दा बुद्धिमान्‌ सल्लाहकारहरूले समेत बेतुकको सल्लाह दिन्छन्‌।+

तिमीहरूले फारोलाई कसरी यसो भन्‍न सक्यौ:

“म बुद्धिजीवीहरूको सन्तान हुँ,

म परापूर्वकालका राजाहरूको वंशबाट आएको हुँ”?

१२ तिम्रा बुद्धिमान्‌ मानिसहरू कता छन्‌?+

सेनाहरूका यहोवाले मिश्रमा के गर्न लाग्नुभएको छ, सक्छन्‌ भने तिनीहरूले तिमीलाई बताऊन्‌।

१३ जोअनका शासकहरूले मूर्ख काम गरेका छन्‌।

नोफका*+ शासकहरूले धोका पाएका छन्‌।

मिश्रका कुलहरूका नाइकेहरूले मिश्रलाई बहकाएका छन्‌।

१४ यहोवाले मिश्रमा गोलमाल मच्चाइदिनुभएको छ।+

मिश्रले गर्ने हरेक काममा त्यसका अगुवाहरूले त्यसलाई अलमल्याइदिएका छन्‌।

मिश्र रक्सीले मातेर आफ्नै बान्तामा लरखराइरहेको मान्छेझैँ भएको छ।

१५ अनि आफ्नो शिर र पुच्छर वा टुसा र कुशको लागि*

मिश्रले केही पनि गर्न सक्नेछैन।

१६ त्यस दिन मिश्र डरपोक आइमाईहरूजस्तै हुनेछ, त्यो डरले थरथर काँप्नेछ र त्रसित हुनेछ किनकि सेनाहरूका यहोवाले मिश्रविरुद्ध आफ्नो हात उठाउनुहुनेछ।+ १७ अनि यहुदाको भूमि मिश्रको लागि डर र त्रासको कारण बन्‍नेछ। सेनाहरूका यहोवाले तिनीहरूविरुद्ध सुनाउनुभएको फैसलाले गर्दा यहुदाको नाम सुन्दा मात्रै पनि तिनीहरू डरले खङ्‌ग्रङ्‌ङ हुनेछन्‌।+

१८ त्यस दिन मिश्रका पाँच वटा सहरले कनानको भाषा बोल्नेछन्‌+ र सेनाहरूका यहोवाप्रति वफादार हुन्छौँ भनेर शपथ खानेछन्‌। तीमध्ये एउटा सहरको नाम ‘भत्काउने सहर’ हुनेछ।

१९ त्यस दिन मिश्रको बीचमा यहोवाको लागि एउटा वेदी बनाइनेछ र मिश्रको सिमानामा यहोवाको लागि एउटा खम्बा ठड्‌याइनेछ। २० सेनाहरूका यहोवाको लागि ती मिश्रमा चिन्ह र साक्षी हुनेछन्‌ किनकि अत्याचारीहरूले गर्दा तिनीहरूले यहोवालाई ठूलो स्वरले पुकार्नेछन्‌। अनि उहाँले तिनीहरूलाई मुक्‍त गर्न एक जना महान्‌ उद्धारक पठाउनुहुनेछ र तिनले तिनीहरूको उद्धार गर्नेछन्‌। २१ त्यस दिन मिश्रीहरूसामु यहोवाले आफूलाई प्रकट गर्नुहुनेछ र मिश्रीहरूले यहोवालाई चिन्‍नेछन्‌। तिनीहरूले यहोवाको नाममा बलि चढाउनेछन्‌, सौगात ल्याउनेछन्‌, उहाँसित भाकल गर्नेछन्‌ र त्यो भाकल पूरा गर्नेछन्‌। २२ यहोवाले मिश्रलाई हिर्काउनुहुनेछ+ र फेरि त्यसलाई निको पनि पार्नुहुनेछ। तिनीहरू यहोवाकहाँ फर्कनेछन्‌ र तिनीहरूको बिन्ती सुनेर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।

२३ त्यस दिन मिश्रबाट अस्सेरिया जाने एउटा मूलबाटो+ हुनेछ। अनि अस्सेरियालीहरू मिश्र आउनेछन्‌ र मिश्रीहरू अस्सेरिया जानेछन्‌। तब मिश्र र अस्सेरिया मिलेर परमेश्‍वरको सेवा गर्नेछन्‌। २४ त्यस दिन इस्राएल पनि मिश्र र अस्सेरियासित मिल्नेछ+ अनि सारा पृथ्वीको लागि आशिष्‌ साबित हुनेछ। २५ किनकि सेनाहरूका यहोवाले तिनीहरूलाई यसो भन्दै आशिष्‌ दिनुहुनेछ: “हे मिश्र, मेरा मानिसहरू! हे अस्सेरिया, मेरो हातको काम! अनि हे इस्राएल, मेरो उत्तराधिकार! तिमीहरू धन्यका होओ!”+

२० अस्सेरियाका राजा सार्गोनले तर्तानलाई* अस्दोदमा पठाएकै वर्ष तर्तानले अस्दोदमा+ आक्रमण गरेर त्यसलाई कब्जा गरे।+ २ त्यसबेला यहोवाको यो वचन आमोजका छोरा यसैयाकहाँ+ आयो: “जाऊ, कम्मरको भाङ्‌ग्रा फुकाल र खुट्टाको जुत्ता खोल।” अनि तिनले त्यसै गरे। तिनी नाङ्‌गै* अनि खाली खुट्टा हिँडे।

३ तब यहोवाले यसो भन्‍नुभयो: “जसरी मेरो सेवक यसैया मिश्र+ र इथियोपियाको+ लागि सङ्‌केत र जनाउस्वरूप+ तीन वर्षसम्म नाङ्‌गै अनि खाली खुट्टा हिँड्यो, ४ त्यसैगरि अस्सेरियाका राजाले मिश्रका+ र इथियोपियाका मानिसहरूलाई निर्वासनमा लैजानेछन्‌। के जवान, के वृद्ध, सबैलाई तिनले नितम्बसमेत देखिनेगरि नाङ्‌गै पारेर खाली खुट्टा हिँडाउँदै लैजानेछन्‌। त्यस दिन मिश्रको लाज कसैबाट लुक्नेछैन। ५ अनि आफूले भरोसा गरेको इथियोपिया र गर्व गरेको मिश्रको हालत देखेर* तिनीहरू डराउनेछन्‌ र लाजमा पर्नेछन्‌। ६ अनि तटवर्ती इलाकामा बस्नेहरूले त्यस दिन यसो भन्‍नेछन्‌: ‘हेर त! हाम्रो आशा चकनाचुर भयो। हामी त अस्सेरियाको राजाबाट बच्न अनि तिनको हातबाट उम्कन त्यहाँ भागेर गएका थियौँ। अब हामी कहाँ भाग्ने?’”

२१ समुद्रछेउको निर्जनभूमिविरुद्ध* घोषणा:+

निर्जनभूमिबाट, त्यो डरलाग्दो भूमिबाट,

दक्षिणको आँधीबेहरीझैँ त्यो आइरहेको छ।+

 २ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:

छल गर्नेले छल गर्दै छ,

नाश गर्नेले नाश गर्दै छ।

हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!

त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+

 ३ यो दर्शन देखेपछि मलाई असह्‍य वेदनाले+ छोपेको छ।

सुत्केरी बेथा लागेकी स्त्रीझैँ

म छटपटाइरहेको छु।

मलाई परेको चोट र पीडाले गर्दा

म केही पनि सुन्‍न र देख्न नसक्ने भएको छु।

 ४ मेरो मुटुले ठाउँ छोड्‌छ, म डरले थरथराउँछु।

जुन साँझको म प्रतीक्षा गर्थेँ, त्यसलाई सम्झिँदा पनि अहिले मलाई डरले छोप्छ।

 ५ टेबुल तयार पार, कुर्सी मिलाऊ!

खाऊ! पिऊ!+

ए शासकहरू हो, उठ! ढाललाई अभिषेक गर!*

 ६ किनकि यहोवाले मलाई यसो भन्‍नुभयो:

“जाऊ, एउटा पहरेदारलाई खटाऊ र उसले जे देख्छ, त्यो बताउन लगाऊ।”

 ७ अनि उसले घोडाहरूले दौडाइरहेको युद्धको रथ,

गधाहरूले दौडाइरहेको युद्धको रथ

र उँटहरूले दौडाइरहेको युद्धको रथ देख्यो।

उसले खुब ध्यान दिएर हेऱ्‍यो।

 ८ त्यसपछि उसले सिंहझैँ गर्जँदै यसो भन्यो:

“हे यहोवा, म पहरा दिने किल्लामा दिनभरि उभिरहेको छु,

हरेक रात चौकीमा म पहरा दिँदै छु।+

 ९ हेर्नुहोस्‌ त, के आइरहेको छ?

घोडाहरूले दौडाइरहेको रथमा सेना आइरहेको छ!”+

त्यसपछि उसले भन्यो:

“पतन भएको छ! बेबिलोन पतन भएको छ!+

त्यसका देवीदेवताका मूर्तिहरू टुक्राटुक्रा हुनेगरि उहाँले भुईँमा बजारिदिनुभएको छ।”+

१० अन्‍न चुटेझैँ चुटिएका हे मेरा मानिसहरू हो,

हे खलाका मेरा अन्‍नहरू हो,+

इस्राएलका परमेश्‍वर, सेनाहरूका यहोवाबाट मैले जे-जे सुनेँ,

त्यो तिमीहरूलाई बताइदिएको छु।

११ दुमाविरुद्ध* घोषणा:

सेइरबाट कोही यसो भन्दै कराइरहेको छ:+

“ए पहरेदार, रात अझै कति बाँकी छ?

ए पहरेदार, रात अझै कति बाँकी छ?”

१२ त्यस पहरेदारले यसो भन्यो:

“बिहान हुनै लागेको छ अनि फेरि रात परिहाल्नेछ।

तिमी केही सोध्न चाहन्छौ भने सोध,

फेरि आऊ!”

१३ मरुभूमिविरुद्ध घोषणा:

ए ददानका यात्रीहरू हो,+

तिमीहरूले मरुभूमिको झाडीमा* रात काट्‌नेछौ।

१४ ए तेमाका बासिन्दाहरू हो,+

तिर्खाएकाहरूको लागि पानी लिएर आऊ

र भागेकाहरूको लागि खानेकुरा लिएर आऊ।

१५ किनकि काट्‌नलाई थुतिएको तरबारदेखि,

काँड हान्‍न तन्काइएको धनुदेखि र भयानक युद्धदेखि तिनीहरू भागेर आएका छन्‌।

१६ यहोवाले मलाई यसो भन्‍नुभयो: “ज्यालादारी मजदुरको एक वर्षभित्रै* केदारको+ सारा गौरव माटोमा मिल्नेछ। १७ केदारको सेनामा थोरै धनुर्धारी मात्र बाँकी हुनेछन्‌ किनकि इस्राएलका परमेश्‍वर यहोवाले नै यो कुरा भन्‍नुभएको हो।”

२२ दर्शन बेँसीबारे* एउटा घोषणा:+

तिमीलाई के भयो? तिम्रा सबै मानिस किन छतमा उक्लेका छन्‌?

 २ ए खैलाबैला र रमाहटले भरिएको सहर!

तिमी रमझममा चुर्लुम्मै डुबेका थियौ।

मारिएका तिम्रा मानिसहरू तरबारले काटिएका होइनन्‌,

तिनीहरू युद्धमा मारिएका पनि होइनन्‌।+

 ३ तिम्रा सबै तानासाह एकसाथ भागेका छन्‌।+

धनु नचलाईकनै तिनीहरूलाई कैदी बनाएर लगियो।

जो-जो फेला परे, तिनीहरू सबैलाई कैदी बनाएर लगियो,+

भागेर टाढा-टाढा पुगेकाहरूसमेत बच्न सकेनन्‌।

 ४ त्यसैले मैले यसो भनेँ: “तिम्रो नजर मबाट हटाऊ!

म धुरुधुरु रुनेछु।+

मलाई सान्त्वना दिने कोसिस नगर!

मेरा मानिसहरूकी छोरीको* विनाश भएकोले म शोक गर्नेछु।+

 ५ किनकि ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाको तर्फबाट+

दर्शन बेँसीमा गोलमाल, हार

र आतङ्‌कको दिन आएको हो।

सहरको पर्खाल भत्काइएको छ+

र मानिसहरूको चीत्कार डाँडासम्मै सुनिएको छ।

 ६ एलामले+ ठोक्रो बोकेको छ;

रथ र घोडचढीसहित त्यो आउँदै छ।

किरले+ आफ्नो ढाल तयार पारेको छ।

 ७ तिम्रा राम्रा-राम्रा बेँसीहरू

युद्धका रथहरूले भरिनेछन्‌

अनि मूलढोकामा घोडचढीहरू आ-आफ्नो स्थानमा खडा हुनेछन्‌।

 ८ यहुदाको पर्दा* हटाइनेछ।

“त्यस दिन तिमीले वन-भवनको+ सिलखानातिर हेर्नेछौ। ९ तिमीले दाउदनगरको पर्खालमा थुप्रै चिरा देख्नेछौ।+ अनि तिमीले तल्लो कुण्डको पानी जम्मा गर्नेछौ।+ १० तिमीले यरुसलेमका घरहरू गन्‍नेछौ र पर्खाललाई बलियो बनाउन घरहरू भत्काउनेछौ। ११ पुरानो कुण्डको पानी जम्मा गर्न तिमीले दुई वटा पर्खालबीच पोखरी बनाउनेछौ। तर पुरानो कुण्ड बनाउनुहुने महान्‌ रचनाकारलाई तिमीले हेर्नेछैनौ। हो, जसले धेरै पहिल्यै त्यो रच्नुभएको थियो, उहाँलाई तिमीले हेर्नेछैनौ।

१२ त्यस दिन ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाले

तिमीलाई रुन र शोक गर्न,+

कपाल खौरन र भाङ्‌ग्रा ओढ्‌न भन्‍नुभयो।

१३ तर तिमीले भने उत्सव मनायौ र रमाहट गऱ्‍यौ,

भेडा र वस्तुभाउ काट्‌यौ,

मासु खायौ र रक्सी पियौ।+

अनि यसो भन्यौ, ‘आओ, खाऔँ र पिऔँ किनकि भोलि त हामी मर्नेछौँ।’”+

१४ त्यसपछि सेनाहरूका यहोवाले मेरो कानमा यसो भन्‍नुभयो: “ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीहरू नमरेसम्म तिमीहरूको यो पापको प्रायश्‍चित हुनेछैन।’”+

१५ ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “महलको रेखदेख गर्ने जिम्मेवारी पाएको भण्डारे सेब्नाकहाँ जाऊ+ अनि त्यसलाई यसो भन, १६ ‘तँ यहाँ के गर्दै छस्‌? तेरो यहाँ को छ र? तैँले किन यहाँ आफ्नो निम्ति चिहान खन्‍न लगाइस्‌?’ त्यसले अग्लो ठाउँमा आफ्नो निम्ति चिहान खन्दै छ; चट्टानमा आफ्नो निम्ति विश्राम गर्ने ठाउँ* तयार पार्दै छ। १७ ‘ए मानिस, हेर्‌! यहोवाले तँलाई जोडले तल फ्याँक्नुहुनेछ अनि तँलाई कसेर पक्रनुहुनेछ। १८ उहाँले निश्‍चय तँलाई कसेर पोको पार्नुहुनेछ र भकुन्डोलाई जस्तै खुला मैदानमा हुर्ऱ्याउनुहुनेछ। तँ त्यहाँ मर्नेछस्‌, तेरा शानदार रथहरू पनि त्यहीँ जाकिनेछन्‌ र ती तेरो मालिकको घरको लागि अपमानको कारण बन्‍नेछन्‌। १९ अनि म तँलाई तेरो ओहदाबाट हटाउनेछु र तेरो जिम्मेवारी खोस्नेछु।

२० “‘त्यस दिन म हिल्कियाहको छोरा अर्थात्‌ मेरो दास एलियाकिमलाई+ बोलाउनेछु। २१ अनि म उसलाई तेरो अलखा* पहिराइदिनेछु र उसको कम्मरमा तेरो पटुका बलियोसित कसिदिनेछु।+ म तेरो अख्तियार उसको हातमा सुम्पनेछु। अनि ऊ यरुसलेमका बासिन्दा र यहुदाको घरानाको बुबा हुनेछ। २२ म उसको काँधमा दाउदको घरानाको+ साँचो राखिदिनेछु। उसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन अनि उसले जे बन्द गर्छ, त्यो कसैले खोल्नेछैन। २३ म उसलाई बलियो ठाउँमा किलाझैँ ठोक्नेछु र ऊ आफ्नो बुबाको घरानाको लागि गरिमामय सिंहासनजस्तै हुनेछ। २४ अनि उसको बुबाको घरानाको सारा गौरव* उसैमा अडिनेछ। जसरी ससाना भाँडाकुँडा र कचौराका साथै ठूलठूला भाँडाहरू पनि किलामा अडिन्छन्‌, त्यसरी नै उसका शाखासन्तान उसैमा भर पर्नेछ।

२५ “‘सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘नहल्लिनेगरि ठोकिएको किला त्यो दिन उखेलिनेछ+ र त्यसलाई फ्याँकिनेछ। अनि त्यसले जे-जे कुरालाई आड दिएको थियो, ती सबै लडेर नाश हुनेछन्‌ किनकि यहोवाले नै यो कुरा भन्‍नुभएको हो।’”

२३ टायरबारे घोषणा:+

ए तर्सिसका जहाजहरू हो, शोक मनाओ!+

किनकि बन्दरगाह नाश भएको छ; त्यहाँबाट कुनै पनि जहाज छिर्न सक्दैन।

कित्तिमको+ देशमा तिनीहरूले यो खबर पाए।

 २ ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, चुप लाग।

सिदोनबाट+ समुद्र तरेर आएका व्यापारीहरूले तिमीहरूलाई मालामाल बनाइदिएका छन्‌।

 ३ सिहोरको*+ अन्‍न समुद्री मार्ग हुँदै लगियो,

नाइल नदीको बाली बेचेर तिनीहरूले मुनाफा कमाए+

अनि देश-देशबाट धनसम्पत्ति बटुले।

 ४ ए समुद्रको गढ सिदोन, तँ लज्जित हो।

किनकि समुद्रले यसो भनेको छ:

“मैले सुत्केरी बेथा भोगेकी छैनँ, बच्चा पनि जन्माएकी छैनँ।

मैले न छोराहरू हुर्काएकी छु न त छोरीहरू।”+

 ५ मिश्रको हालत सुनेर तिनीहरूलाई बेचैनी भएझैँ+

टायरको खबर सुनेर पनि तिनीहरूलाई बेचैनी हुनेछ।+

 ६ पारि तर्सिसमा जाओ!

ए तटवर्ती इलाकाका बासिन्दाहरू हो, विलाप गर!

 ७ के तिमीहरूको सहर यही हो? धेरै पहिलेदेखि, हो, सुरुदेखि नै गौरवले भरिएको तिमीहरूको सहर के यही हो?

त्यो आफ्नो खुट्टाले टेकेर टाढा-टाढाका देशमा बास बस्न जान्थ्यो।

 ८ मुकुट पहिराउने सहर टायर,

जसका व्यापारीहरू शासक थिए,

जसका किनबेच गर्नेहरूलाई सारा पृथ्वीले मान गर्थ्यो,

त्यसविरुद्ध कसले यस्तो निर्णय गऱ्‍यो?+

 ९ सेनाहरूका यहोवा स्वयम्‌ले यस्तो निर्णय गर्नुभएको हो।

त्यसले आफ्नो सौन्दर्यमाथि गर्ने घमन्डलाई चूरचूर पार्न

अनि सारा पृथ्वीमा ज-जसले सम्मान पाएका थिए, तिनीहरू सबैको अपमान गर्न उहाँले यो निर्णय गर्नुभएको हो।+

१० ए तर्सिसकी छोरी, नाइल नदीझैँ आफ्नो देशमा फैली!

किनकि जहाजको लागि कुनै ठाउँ* बाँकी रहेन।+

११ उहाँले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ।

उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ।

यहोवाले फोनिसियाका किल्लाहरूलाई+ ध्वस्त पार्ने आदेश दिनुभएको छ।

१२ उहाँ यसो भन्‍नुहुन्छ: “ए शोषणमा परेकी सिदोनकी कुमारी छोरी!

अबदेखि तैँले रमाहट गर्नेछैनस्‌।+

उठ्‌, पारि कित्तिममा जा!+

तर त्यहाँ गए पनि तैँले विश्राम पाउनेछैनस्‌।”

१३ कल्दियालीहरूको+ देशलाई हेर!

अस्सेरियाले+ होइन,

कल्दियालीहरूले त्यसलाई मरुभूमिका जनावरहरूको अखडा बनाइदिए।

त्यसलाई घेरा हाल्न तिनीहरूले मचानहरू खडा गरे।

अनि त्यसका बलिया-बलिया गढहरू ढालिदिए।+

तिनीहरूले त्यसलाई टुक्राटुक्रा पारेर नाश गरे।

१४ ए तर्सिसका जहाजहरू हो! धुरुधुरु रोओ!

किनकि तिमीहरूको किल्ला ध्वस्त भएको छ!+

१५ त्यस दिनदेखि ७० वर्षसम्म टायरलाई कसैले सम्झनेछैन;+ त्यति नै वर्षसम्म, जति वर्षसम्म एक जना राजाले शासन गर्छ। अनि ७० वर्षको अन्तमा टायरको हालत वेश्‍याको यो गीतमा बताइएझैँ हुनेछ:

१६ “ए सबैले बिर्सेको वेश्‍या!

एउटा वीणा ली र सहरलाई एक फन्को मार्‌।

राम्ररी वीणा बजा अनि धेरै गीत गा

र तिनीहरूले तँलाई फेरि सम्झिऊन्‌।”

१७ यहोवाले ७० वर्षपछि टायरमाथि फेरि दृष्टि लगाउनुहुनेछ। त्यो आफ्नो पेसामा फर्किनेछे र त्यसले पृथ्वीका सबै राज्यसित वेश्‍यावृत्ति गर्नेछे। १८ तर त्यसको मुनाफा र आम्दानी यहोवाको लागि पवित्र ठहरिनेछ। त्यो कमाइ न थुपारिनेछ न त जम्मा गरिनेछ किनकि त्यो यहोवाको जनहरूका लागि हुनेछ। त्यस कमाइले तिनीहरूले पेटभरि खानेछन्‌ र शानदार पोसाक लगाउनेछन्‌।+

२४ हेर! यहोवाले भूमिलाई* निर्जन र उजाड पार्नुहुनेछ।+

उहाँले त्यसलाई पल्टाउनुहुनेछ+ र त्यसका बासिन्दाहरूलाई तितरबितर पारिदिनुहुनेछ।+

 २ कोही पनि उम्कन पाउनेछैन:

न मानिसहरू न पुजारी

न नोकर न मालिक

न नोकर्नी न मालिक्नी

न बेच्ने न किन्‍ने

न सापटी दिने न सापटी लिने

न ऋण दिने न ऋण लिने।+

 ३ पूरै भूमि निर्जन हुनेछ;

त्यहाँ भएका सबै कुरा लुटिनेछन्‌+

किनकि यहोवाले नै यो कुरा भन्‍नुभएको हो।

 ४ भूमिले विलाप गर्दै छ;*+ त्यो नाश भएर जाँदै छ।

उर्वर भूमि ओइलाउँदै छ; त्यसको नामोनिसान मेटिँदै छ।

देशका ठूलाबडा मानिसहरू कमजोर हुँदै छन्‌।

 ५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्‌+

किनकि तिनीहरूले व्यवस्था उल्लङ्‌घन गरेका छन्‌।+

नियमहरूलाई बदलेका छन्‌+

र सधैँभरि रहने* करारलाई तोडेका छन्‌।+

 ६ त्यसैले सरापले भूमिलाई कप्लक्कै निलेको छ+

र त्यहाँका बासिन्दाहरू दोषी ठहरिएका छन्‌।

त्यसैले देशका बासिन्दाहरू घट्‌दै गएका छन्‌

र असाध्यै थोरै मानिस मात्र बाँकी रहेका छन्‌।+

 ७ नयाँ रक्सीले शोक मनाउँदै छ;* अङ्‌गुरको बोट ओइलाएको छ।+

मनमा खुसी हुनेहरू सबै सुस्केरा हाल्दै छन्‌।+

 ८ खैँजडीको खुसीयाली बन्द भएको छ।

मोजमस्ती गर्नेहरूको हल्लाखल्ला बन्द भएको छ।

वीणाले खुसीको धुन दिन छोडेको छ।+

 ९ रक्सी पिउँदा तिनीहरू कोही पनि गाउँदैनन्‌।

रक्सी खानेहरूलाई त्यसको स्वाद तीतो लाग्न थालेको छ।

१० उजाड पारिएको सहर भत्काइएको छ।+

कोही पनि भित्र नपसोस्‌ भनेर हरेक घरको ढोका थुनिएको छ।

११ रक्सी नपाएकोले मानिसहरू बाटो-बाटोमा चिच्याइरहेका छन्‌।

कतै पनि खुसीयाली छैन।

सारा देशको रमाहट बिलाएर गएको छ।+

१२ सहर खण्डहरमा बदलिएको छ।

सहरको मूलढोका टुक्राटुक्रा पारिएको छ।+

१३ किनकि जातिजातिका मानिसहरूमाझ देशको हालत

फल झारिसकेपछि दुई-चार दाना फल बाँकी भएको जैतुनको रूखजस्तै+

अनि कटनीपछि फाट्टफुट्ट फल बाँकी रहेको अङ्‌गुरको बोटजस्तै हुनेछ।+

१४ तिनीहरू ठूलो स्वरले कराउनेछन्‌।

तिनीहरू खुसीले चिच्याउनेछन्‌।

पश्‍चिमबाट* तिनीहरूले यहोवाको वैभवको घोषणा गर्नेछन्‌।+

१५ अनि पूर्वमा* तिनीहरूले यहोवाको महिमा गर्नेछन्‌।+

समुद्रका टापुहरूमा तिनीहरूले इस्राएलका परमेश्‍वर यहोवाको नामको जयजयकार गर्नेछन्‌।+

१६ पृथ्वीको कुनाकुनाबाट यस्तो गीत सुनिन्छ:

“न्यायी परमेश्‍वरको महिमा होस्‌!”+

तर म भन्छु: “म कमजोर हुँदै छु! म कमजोर हुँदै छु!

धिक्कार छ मलाई! छलकपट गर्नेले छलकपट गर्दै छ;

छलकपट गर्नेले छलकपट गर्दै छ!”+

१७ ए देशका बासिन्दाहरू हो! डर, खाडल र पासोले तिमीहरूलाई पर्खिरहेको छ।+

१८ जो डरलाग्दो आवाजदेखि भाग्छ, त्यो खाडलमा पर्नेछ

अनि जो खाडलबाट निस्केर आउँछ, त्यो पासोमा पर्नेछ।+

किनकि आकाशका पानीका मूलहरू फुट्‌नेछन्‌

र पृथ्वीका जगहरू हल्लिनेछन्‌।

१९ जमिन फाटेको छ;

भूमि थरथर काँपेको छ;

त्यो जोडसित हल्लिएको छ।+

२० त्यो रक्सी लागेको मान्छेझैँ लरखराउँदै छ;

आँधीले दायाँबायाँ हल्लाएको झुपडीझैँ भएको छ;

त्यो आफ्नो पापको गह्रौँ भारीले थिचिएको छ;+

त्यो लड्‌नेछ अनि फेरि कहिल्यै उठ्‌नेछैन।

२१ त्यो दिन यहोवाले माथि आकाशका सेना

र तल पृथ्वीका राजाहरूलाई सजाय दिनुहुनेछ।

२२ कैदीहरूलाई खाडलमा जम्मा गरिएझैँ

तिनीहरूलाई एकसाथ जम्मा गरिनेछ।

तिनीहरू कालकोठरीमा थुनिनेछन्‌।

अनि धेरै दिनपछि तिनीहरूको लेखा लिइनेछ।

२३ पूर्णिमाको जून अँध्यारो हुनेछ

र चम्किरहेको सूर्यले पनि लाज मान्‍नेछ+

किनकि सेनाहरूका यहोवा सियोन डाँडा+ र यरुसलेममा राजा हुनुभएको छ।+

आफ्ना मानिसहरूका नाइकेहरूसामु उहाँ महिमित हुनुहुन्छ।+

२५ हे यहोवा, तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।

म तपाईँको प्रशंसा गर्छु;

तपाईँको नाउँको स्तुति गाउँछु।

किनकि तपाईँले अचम्मलाग्दा कामहरू गर्नुभयो,+ जुन तपाईँले पहिल्यैदेखि गर्छु भनी निश्‍चय गर्नुभएको थियो।+

यसरी तपाईँले आफूलाई वफादार अनि भरोसायोग्य+ साबित गर्नुभयो।

 २ तपाईँले सहरलाई ढुङ्‌गाको थुप्रो बनाइदिनुभएको छ;

एउटा बलियो सहरलाई खण्डहरमा परिणत गरिदिनुभएको छ।

विदेशीहरूको किल्ला भएको सहर अब रहेन;

त्यो फेरि कहिल्यै बनाइनेछैन।

 ३ त्यसैले शक्‍तिशाली जातिले तपाईँको महिमा गर्नेछ।

क्रूर जातिहरूको सहरले तपाईँको डर मान्‍नेछ।+

 ४ किनकि भित्तामा जोडसित ठोक्किने आँधीबेहरीझैँ अत्याचारीहरूको क्रोध आइपर्दा

तपाईँ दीनदुःखीहरूको निम्ति आड हुनुभएको छ।+

दुःख आइपर्दा गरिबहरूको निम्ति आड-भरोसा हुनुभएको छ।+

आँधीबेहरीमा शरण

र गर्मीमा छाया हुनुभएको छ।

 ५ निर्जल भूमिको गर्मीलाई जस्तै

तपाईँ बिराना मानिसहरूको होहल्लालाई शान्त पारिदिनुहुन्छ।

जसरी बादलको छायाले गर्मी भगाउँछ,

त्यसरी नै तपाईँले शोषकहरूको गीत बन्द गरिदिनुहुन्छ।

 ६ सेनाहरूका यहोवाले यस डाँडामा+ सबै जातिका मानिसहरूका लागि

थरीथरीका परिकार भएको भोज दिनुहुनेछ;+

असल मद्य टक्य्राउनुहुनेछ।

हड्डीको मासी भएका थरीथरीका परिकार

र छानेको असल मद्यको भोज लगाउनुहुनेछ।

 ७ यसै डाँडामा उहाँले सारा जातिका मानिसहरूलाई ढाकिराखेको कपडा

र सबै देशमाथि परेको घुम्टो हटाइदिनुहुनेछ।

 ८ उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।+

ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।+

उहाँले आफ्ना मानिसहरूमाथि परेको निन्दा पूरै पृथ्वीबाट हटाइदिनुहुनेछ।

यहोवा स्वयम्‌ले यो कुरा भन्‍नुभएको हो।

 ९ त्यस दिन तिनीहरूले यसो भन्‍नेछन्‌:

“हेर! उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्छ!+

हामीले उहाँमै आशा राखेका छौँ+

र उहाँले हामीलाई बचाउनुहुनेछ।+

उहाँ यहोवा हुनुहुन्छ!

हामीले उहाँमै आशा राखेका छौँ।

उहाँले हाम्रो उद्धार गर्नुहुनेछ; त्यसैले हामी रमाऔँ र खुसी होऔँ!”+

१० किनकि यहोवाको हातले यस डाँडामा विश्राम गर्नेछ।+

अनि जसरी मलको थुप्रोमा छ्‌वाली मिसाउन कुल्चीमिल्ची गरिन्छ,+

त्यसरी नै मोआबलाई त्यसको ठाउँमा कुल्चीमिल्ची गरिनेछ।

११ जसरी पौडी खेल्नेले आफ्नो हात पसारेर पानीलाई हिर्काउँछ,

त्यसरी नै उहाँले मोआबलाई आफ्नो हातले हिर्काउनुहुनेछ।

कुशलतासाथ आफ्नो हात चलाएर

उहाँले त्यसको घमन्डलाई चूरचूर पार्नुहुनेछ।+

१२ अनि अग्ला-अग्ला पर्खाल भएको बलियो सहरलाई

उहाँले नाश गर्नुहुनेछ।

उहाँले त्यसलाई भुईँमा पछार्नुहुनेछ, त्यसलाई माटोमा मिलाइदिनुहुनेछ।

२६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+

“हाम्रो सहर बलियो छ।+

उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+

 २ सहरका ढोकाहरू खोल+

ताकि धर्मी र विश्‍वासयोग्य जाति भित्र पस्न सकोस्‌।

 ३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।

तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+

किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्‌।+

 ४ सधैँ यहोवामा भरोसा गर्नू+

किनकि याह* यहोवा सनातनका चट्टान हुनुहुन्छ।+

 ५ उहाँले अग्लो ठाउँमा, भव्य सहरमा बस्नेहरूलाई खसाल्नुभएको छ।

उहाँले त्यस सहरलाई तल झार्नुहुन्छ।

त्यसलाई भुईँमा पछार्नुहुन्छ।

त्यसलाई माटोमा मिलाइदिनुहुन्छ।

 ६ दीनदुःखी र गरिबहरूका खुट्टाले

त्यसलाई कुल्चनेछ।”

 ७ धर्मी मानिसको बाटो सीधा* हुन्छ।

तपाईँ न्यायी हुनुहुन्छ,

त्यसैले धर्मी मानिसको बाटोलाई तपाईँ समतल पारिदिनुहुन्छ।

 ८ हे यहोवा, तपाईँको न्यायको मार्गमा चल्दा

हामी तपाईँमै भर पर्छौँ।

हामी तपाईँको नाम र तपाईँको स्मृतिको* औधी चाह गर्छौँ।

 ९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।

हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+

किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,

तब मानिसहरूले धार्मिक स्तर सिक्छन्‌।+

१० दुष्टलाई दया देखाए पनि

त्यसले धार्मिक स्तर सिक्दैन।+

सोझाहरूको देशमा पनि त्यसले दुष्ट काम गर्छ।+

त्यसले यहोवाको गौरव देख्नेछैन।+

११ हे यहोवा, तपाईँले आफ्नो हात उठाउनुभएको छ तर तिनीहरूले देख्दैनन्‌।+

आफ्ना मानिसहरूको निम्ति तपाईँको जोस तिनीहरूले देख्नेछन्‌ र लाजमा पर्नेछन्‌।

हो, शत्रुहरूको निम्ति तपाईँले साँचेर राख्नुभएको आगोले तिनीहरूलाई खरानी बनाउनेछ।

१२ हे यहोवा, तपाईँले हामीलाई शान्ति दिनुहुनेछ+

किनकि हामीले अहिलेसम्म गरेका सबै कुरा

तपाईँले नै पूरा गरिदिनुभएको हो।

१३ हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँबाहेक अरू मालिकले पनि हामीमाथि शासन गरे+

तर हामी तपाईँको नाउँको मात्र प्रशंसा गर्छौँ।+

१४ तिनीहरू त मरिसके, अब फेरि बाँच्नेछैनन्‌।

तिनीहरू शक्‍तिहीन छन्‌, फेरि उठ्‌नेछैनन्‌+

किनकि तिनीहरूलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेटाउन

तपाईँ तिनीहरूविरुद्ध उठ्‌नुभएको छ।

१५ हे यहोवा, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।

हो, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।

तपाईँले आफूलाई महिमित पार्नुभएको छ।+

तपाईँले देशको सिमाना चारैतिर फैलाउनुभएको छ।+

१६ हे यहोवा, कष्ट आइपर्दा तिनीहरू तपाईँतर्फ फर्के।

तपाईँले तिनीहरूलाई अनुशासन दिनुहुँदा+ तिनीहरूले मधुरो स्वरमा प्रार्थना गरे र आफ्नो मनको बह पोखाए।

१७ जसरी बच्चा जन्माउन लागेकी स्त्रीलाई

सुत्केरी बेथाले च्याप्छ र ऊ पीडाले कराउँछे,

हे यहोवा, तपाईँले हामीलाई पनि त्यस्तै अवस्थामा पुऱ्‍याउनुभयो।

१८ हामीले गर्भधारण गऱ्‍यौँ; हामीलाई सुत्केरी बेथाले च्याप्यो।

तर हामीले त हावालाई पो जन्माएछौँ।

हामीले देशको उद्धार गर्न सकेनौँ।

देशमा बसोबास गर्नलाई कोही पनि जन्मिएन।

१९ “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्‌।

मेरा मानिसहरूका लास* फेरि जिउँदो हुनेछन्‌।+

हे माटोमा बस्नेहरू हो,

उठ! खुसीले कराओ!+

किनकि तिमीहरूको शीत बिहानीको शीतजस्तै* छ।

पृथ्वीले मृत्युको पन्जामा परेर निस्सहाय भएकाहरूलाई फिर्ता गर्नेछ र तिनीहरू फेरि जिउँदो हुनेछन्‌।

२० हे मेरा मानिसहरू हो, जाओ!

आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+

मेरो क्रोध शान्त नहोउन्जेल

केहीबेर लुकेर बस।+

२१ किनकि हेर! देशका बासिन्दाहरूसँग तिनीहरूको गल्तीको लेखा लिन

यहोवा आफ्नो ठाउँबाट आउँदै हुनुहुन्छ।

भूमिले आफूमाथि पोखिएको रगत प्रकट गर्नेछ

र आफ्ना मरेकाहरूलाई फेरि कहिल्यै लुकाउनेछैन।”

२७ त्यो दिन यहोवाले आफ्नो भयानक, क्रूर र बलियो तरबार लिनुहुनेछ;+

घस्रँदै अनि घुम्रिँदै हिँड्‌ने सर्प

अर्थात्‌ लेवियातानमाथि* उहाँ जाइलाग्नुहुनेछ।

समुद्रमा बस्ने त्यो विशाल जलजन्तुलाई उहाँले मार्नुहुनेछ।

 २ त्यो दिन त्यस स्त्रीको* लागि यस्तो गीत गाऊ:

“हेर, अङ्‌गुर बगानमा मद्य* बनिँदै छ!+

 ३ म यहोवाले त्यस बगानको सुरक्षा गरिरहेको छु।+

म हरपल त्यसमा पानी लगाउँछु।+

त्यसलाई कसैले हानि नपुऱ्‍याओस्‌ भनेर

म रातदिन पहरा दिन्छु।+

 ४ मेरो रिस मरिसकेको छ।+

त्यसमा काँडेझार र सामा छरेर कसले मसित जोरी खोज्न सक्छ?

म ती काँडेझार र सामालाई कुल्चेर आगो लगाइदिनेछु।

 ५ होइन भने उसले मेरो किल्लामा आएर शरण लेओस्‌।

उसले मसित मिलाप गरोस्‌,

हो, उसले मिलाप गरोस्‌।”

 ६ आगामी दिनहरूमा याकुबले जरा गाड्‌नेछ।

इस्राएल फक्रनेछ र त्यसले फल फलाउनेछ;+

तिनीहरूले आफ्नो उब्जनीले देश भर्नेछन्‌।+

 ७ त्यसलाई हिर्काउनेले जति जोडले हिर्कायो, त्यति जोडले हिर्काउनुपर्थ्यो र?

त्यसलाई प्रहार गरेर ज्यान लिनेले के त्यसरी त्यसको ज्यान खोस्नुहुन्थ्यो र?

 ८ तपाईँले त्यस स्त्रीलाई ठूलो स्वरले हपारेर धपाउनुहुनेछ।

पूर्वीय बतास चल्ने दिनमा तपाईँले हावाको डरलाग्दो झोक्काले त्यसलाई उडाइदिनुहुनेछ।+

 ९ यसरी याकुबको गल्तीको प्रायश्‍चित गरिनेछ।+

अनि उसको पाप पखालिँदा नतिजा यस्तो हुनेछ:

उहाँले वेदीका सबै ढुङ्‌गालाई

खरीढुङ्‌गालाई जस्तै धुलोपिठो पारिदिनुहुनेछ।

त्यहाँ पवित्र खामाहरू* र धूपदानी केही बाँकी रहनेछैन।+

१० किनकि पर्खालले घेरिएको त्यो बलियो सहर उजाड छोडिनेछ।

त्यहाँका चरनहरू निर्जन ठाउँजस्तै सुनसान हुनेछन्‌।+

बाछाहरू त्यहाँ चर्नेछन्‌ र ढल्कनेछन्‌

अनि तिनीहरूले त्यसका हाँगाबिँगा लुछेर खानेछन्‌।+

११ त्यसका डाँठहरू सुकेपछि

स्त्रीहरू आएर ती भाँच्नेछन्‌

र ती झिँजा सल्काउनेछन्‌।

किनकि यी मानिसहरू समझ नभएका मानिसहरू हुन्‌।+

त्यसकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूलाई पटक्कै दया गर्नुहुनेछैन।

तिनीहरूको रचना गर्नुहुनेले तिनीहरूमाथि कृपा देखाउनुहुनेछैन।+

१२ ए इस्राएलका मानिसहरू हो,+ त्यस दिन यहोवाले युफ्रेटिस नदीदेखि मिश्रको वादीसम्मका* फलहरू झारिदिनुहुनेछ+ र एक-एक गरी तिमीहरूलाई बटुल्नुहुनेछ। १३ त्यो दिन ठूलो स्वरले सिङ फुकिनेछ+ अनि अस्सेरियामा+ नाश हुन लागेकाहरू र मिश्रमा+ तितरबितर भएकाहरू यरुसलेमको पवित्र डाँडामा आएर यहोवालाई दण्डवत्‌ गर्नेछन्‌।+

२८ एप्रैमका जँड्‌याहाहरूको+ देखावटी* मुकुटलाई* धिक्कार छ!

ओइलाउँदै गरेको त्यसको सुन्दर फूललाई धिक्कार छ!

जुन रक्सीले लट्ठिएका मानिसहरू बस्ने मलिलो बेँसीको शिरमा सजिएको छ।

 २ हेर! यहोवाले एक बलियो र शक्‍तिशाली जन पठाउनुहुनेछ।

गर्जनसहित पर्ने असिना र विनाशकारी आँधीले जस्तै,

उर्लँदो बाढीले ल्याउने डरलाग्दो तुफानले जस्तै

तिनले त्यसलाई पृथ्वीमा हुर्ऱ्याइदिनेछन्‌।

 ३ एप्रैमका जँड्‌याहाहरूका देखावटी* मुकुटहरूलाई

खुट्टाले कुल्चीमिल्ची गरिनेछ।+

 ४ अनि ओइलाउँदै गरेको त्यसको सुन्दर फूल,

जुन मलिलो बेँसीको शिरमा सजिएको छ,

त्यो ग्रीष्म ऋतु आउनुअघि नै पाकेको अन्जिरझैँ हुनेछ,

जसलाई कसैले देख्नेबित्तिकै हत्केलामा लिएर क्वाप्प खाइहाल्छ।

५ त्यस दिन सेनाहरूका यहोवा बाँकी रहेका आफ्ना मानिसहरूका लागि शानदार मुकुट र सुन्दर फूलमाला बन्‍नुहुनेछ।+ ६ अनि उहाँले न्यायासनमा बस्नेहरूलाई इन्साफ गर्ने समझ* दिनुहुनेछ। मूलढोकामा शत्रुहरूसित लड्‌नेहरूका लागि उहाँ शक्‍तिको स्रोत बन्‍नुहुनेछ।+

 ७ पुजारी र भविष्यवक्‍ताहरू पनि रक्सीले बहकिएका छन्‌।

मात लागेर तिनीहरू लर्खराउँछन्‌।

रक्सी खाएर तिनीहरू बहकिएका छन्‌।

रक्सीले गर्दा तिनीहरू अलमलमा पर्छन्‌।

नशा चढेकोले तिनीहरू लर्खराउँछन्‌।

तिनीहरूले देखेको दर्शनले* तिनीहरूलाई बहकाउँछ

र तिनीहरू सही न्याय गर्न सक्दैनन्‌।+

 ८ किनकि तिनीहरूका टेबुलहरू घिनलाग्दो बान्तै बान्ताले भरिएका छन्‌।

तिनीहरूले बान्ता नगरेको ठाउँ कुनै छैन।

 ९ तिनीहरू भन्छन्‌, “ऊ कसलाई ज्ञान दिन खोज्दै छ?

कसलाई आफ्नो सन्देश सुनाउन खोज्दै छ?

के हामी भर्खरै दूध छोडेका बालकहरू हौँ?

भर्खरै आमाको स्तनबाट अलग गरिएका बच्चाहरू हौँ?

१० किनकि ऊ घरीघरी यसो भन्छ, ‘आदेशमाथि आदेश, आदेशमाथि आदेश!

नियममाथि नियम,* नियममाथि नियम!+

अलिकता यहाँ, अलिकता त्यहाँ।’”*

११ त्यसैले उहाँ भकभके र विदेशी भाषा बोल्ने मानिसहरूमार्फत यिनीहरूसित कुरा गर्नुहुनेछ।+ १२ एकपटक उहाँले तिनीहरूलाई यसो भन्‍नुभएको थियो: “यो विश्राम गर्ने ठाउँ हो। थाकेकाहरू यहाँ आएर आराम गरून्‌। यो स्फूर्ति दिने ठाउँ हो।” तर तिनीहरूले सुन्दै सुनेनन्‌।+ १३ त्यसैले यहोवाले तिनीहरूलाई यसो भन्‍नुहुनेछ:

“आदेशमाथि आदेश, आदेशमाथि आदेश!

नियममाथि नियम,* नियममाथि नियम!+

अलिकता यहाँ, अलिकता त्यहाँ।”

तर तिनीहरूले सुन्‍नेछैनन्‌।

त्यसैले तिनीहरू ठक्कर खाएर लड्‌नेछन्‌ र तिनीहरूको पिठिउँ बजारिनेछ।

तिनीहरू घाइते हुनेछन्‌, पासोमा पर्नेछन्‌ र पक्राउ पर्नेछन्‌।+

१४ त्यसैले ए धाक लगाउनेहरू हो, ए यरुसलेमका बासिन्दाहरूमाथि शासन गर्नेहरू हो!

यहोवाको वचन सुन!

१५ किनकि तिमीहरू यसो भन्छौ:

“हामीले मृत्युसित करार बाँधेका छौँ।+

चिहानसित* सम्झौता गरेका छौँ।*

अचानक बाढी उर्लेर आए तापनि

त्यसले हामीलाई भेट्टाउनेछैन।

किनकि हामीले झूटलाई आफ्नो शरणस्थान बनाएका छौँ

र छलकपटको आडमा हामी लुकेका छौँ।”+

१६ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“म सियोनको जग बसाल्न पारख गरिएको ढुङ्‌गा हाल्दै छु,+

त्यो कुनाको अनमोल ढुङ्‌गा,+ जसले जगलाई बलियो बनाउनेछ।+

अनि त्यसमाथि विश्‍वास गर्ने कोही पनि आत्तिनुपर्नेछैन।+

१७ अनि म न्यायलाई नाप्ने डोरी बनाउनेछु+

र न्यायोचित कामलाई साहुल* बनाउनेछु।+

तिनीहरूको झूटको शरणस्थानलाई असिनाले सखाप पारिदिनेछ

अनि लुक्ने ठाउँलाई बाढीले बगाइदिनेछ।

१८ मृत्युसित तिमीहरूले गरेको करार रद्द हुनेछ।

अनि चिहानसित* तिमीहरूले गरेको सम्झौता टिक्नेछैन।+

अचानक बाढी उर्लेर आउँदा

त्यसले तिमीहरूलाई तहसनहस पार्नेछ।

१९ जब-जब त्यो बाढी उर्लन्छ,

तब-तब त्यसले तिमीहरूलाई बगाएर लग्नेछ।+

त्यो हरेक बिहान उर्लनेछ;

दिउँसो अनि राती पनि उर्लनेछ।

त्रासले छोपेपछि मात्र आफूले सुनेको सन्देश तिनीहरूले बुझ्नेछन्‌।”*

२० किनकि लम्पसार पर्नलाई ओछ्यान अति सानो छ

अनि ओढ्‌नलाई कम्बल निकै छोटो छ।

२१ जसरी पेराजिम डाँडामा यहोवा उठ्‌नुभएको थियो, त्यसरी नै उहाँ फेरि उठ्‌नुहुनेछ।

जसरी गिबोन नजिकैको बेँसीमा उहाँ खडा हुनुभएको थियो,+ त्यसरी नै उहाँ फेरि खडा हुनुहुनेछ।

आफ्नो अनौठो काम पूरा गर्नलाई,

हो, आफ्नो असाधारण काम पूरा गर्नलाई उहाँ उठ्‌नुहुनेछ।+

२२ खिसी नगर+

नत्र त तिमीहरूको बन्धन अझ कसिनेछ।

किनकि पूरै पृथ्वीलाई नाश गर्ने निधो भएको छ+ भनेर

मैले ब्रह्‍माण्डका मालिक, सेनाहरूका यहोवाबाट सुनेको छु।

२३ कान थापेर मेरो कुरा सुन।

म जे भन्छु, त्यो ध्यान दिएर सुन।

२४ के हलो जोत्नेले बिउ नछरी दिनभरि जोत्छ र?

के उसले खन्‍ने र डल्ला फोर्ने काम मात्रै गरिरहन्छ र?+

२५ जमिनलाई सम्याइसकेपछि

के उसले जीरा र कालो जीरा छर्दैन र?

के उसले गहुँ, कोदो र जौ रोप्दैन र?

अनि खेतको डिलमा कठिया गहुँ*+ रोप्दैन र?

२६ किनकि उहाँले उसलाई सही बाटो देखाउनुहुन्छ।*

उसको परमेश्‍वरले उसलाई निर्देशन दिनुहुन्छ।+

२७ कालो जीरालाई दाँदे लगाएर मसिनो धुलो पारिँदैन+

र जीरालाई गाडाको पाङ्‌ग्राले पेलिँदैन।

बरु कालो जीरालाई लौरोले

अनि जीरालाई लट्ठीले चुटिन्छ।

२८ के कसैले रोटी बनाउने पीठो तयार पार्न अन्‍नलाई दाइँ गरेको गऱ्‍यै गर्छ र?

अहँ! कसैले पनि अन्‍नलाई दाइँ गरेको गऱ्‍यै गर्दैन।+

अनि अन्‍न धुलोपिठो हुनेगरि

घोडा-गाडा त्यसमाथि चलाउँदैन।+

२९ यो पनि सेनाहरूका यहोवाबाटै आएको हो,

जसका सल्लाहहरू* उदेकका छन्‌

र जो आफूले गर्ने हर काममा सफल हुनुहुन्छ।*+

२९ “अरिएललाई* धिक्कार छ! दाउदले छाउनी हालेको त्यस सहरलाई धिक्कार छ!+

तिमीहरू वर्षैपिच्छे चाड मनाइरहो,+

हरेक वर्ष त्यसै गर।

 २ तर म अरिएलमा+ दुःख ल्याउनेछु;

त्यहाँका बासिन्दाहरू शोकमा पर्नेछन्‌ र विलाप गर्नेछन्‌+

अनि अरिएल मेरो नजरमा वेदीको अगेनुजस्तै हुनेछ।+

 ३ म तिम्रो वरिपरि छाउनी हाल्नेछु।

म तिखातिखा बारले तिमीविरुद्ध घेरा हाल्नेछु।

तिमीलाई घेरा हाल्न पर्खाल ठड्‌याउनेछु।+

 ४ तिमी तल खसालिनेछौ।

तल जमिनबाट तिमीले बोल्नेछौ।

अनि तिम्रो बोलीलाई धुलोले ओझेलमा पार्नेछ।

भूतप्रेत खेलाउने झाँक्रीको आवाजजस्तै

तिम्रो आवाज जमिनबाट आउनेछ।+

अनि माटोबाट तिम्रो चिरबिर सुनिनेछ।

 ५ तिम्रा शत्रुहरूको भीड धुलोको कणझैँ हुनेछ;+

दमनकारीहरूको हुल बतासले उडाउने भुसजस्तै हुनेछ।+

कसैले चालै नपाउनेगरि अचानक त्यसो हुनेछ।+

 ६ सेनाहरूका यहोवाले आफ्नो नजर तिमीतिर फर्काउनुहुनेछ।

त्यसबेला ठूलो गर्जनको आवाज सुनिनेछ, भूकम्प जानेछ, होहल्ला मच्चिनेछ,

आँधीहुरी र तुफान चल्नेछ अनि भस्म गर्ने आगो दन्किनेछ।”+

 ७ तब अरिएलसित+ युद्ध गर्न आउने जातिहरू,

उसलाई आक्रमण गर्न आउनेहरूको भीड,

उसलाई दुःख दिन खोज्नेहरू

अनि उसलाई घेरा हाल्न बनाइएका किल्लाहरू

सपनाजस्तै अनि रातको दर्शनजस्तै* हुनेछन्‌।

 ८ सियोन डाँडासित+ युद्ध लड्‌न आउने जातिजातिको भीडको हालत यस्तो हुनेछ,

मानौँ, भोकले भाउन्‍न छुटेको मानिसले खानेकुरा खाएको सपना देख्छ

तर ब्युँझिँदा ऊ भोकै हुन्छ।

अथवा तिर्खाले प्याकप्याक भएको मानिसले पानी पिएको सपना देख्छ

तर ब्युँझिँदा ऊ थाकेको र तिर्खाएको हुन्छ।

 ९ छक्क पर अनि अचम्म मान।+

केही पनि नदेख्नेगरि अन्धा होओ।+

तिनीहरू मात्तिएका छन्‌ तर रक्सीले होइन।

तिनीहरू लर्खराएका छन्‌ तर रक्सीको मात लागेर होइन।

१० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+

उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्‍ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+

अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+

११ प्रत्येक दर्शन तिमीहरूको लागि छाप लगाएर बन्द गरिएको पुस्तकझैँ भएको छ।+ त्यो पुस्तक तिनीहरूले कोही पढ्‌न जान्‍नेलाई “यो ठूलो स्वरले पढिदेऊ न” भनेर दिँदा उसले यसो भन्छ: “म यो पढ्‌न सक्दिनँ किनकि यसलाई त छाप लगाएर बन्द गरिएको छ।” १२ अनि तिनीहरूले पढ्‌न नजान्‍नेलाई “यो पढिदेऊ न” भनेर त्यो पुस्तक दिँदा उसले यसो भन्छ: “म त पढ्‌नै जान्दिनँ।”

१३ यहोवा यसो भन्‍नुहुन्छ: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्‌

अनि ओठले त मलाई आदर गर्छन्‌+

तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।

भन्‍न त तिनीहरू ‘म परमेश्‍वरको डर मान्छु’ भन्छन्‌ तर मानिसहरूले बनाएको नियममा चल्छन्‌।+

१४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+

एकपछि अर्को छक्कलाग्दो काम।

तिनीहरूमाझ भएका बुद्धिमान्‌हरूको बुद्धि नष्ट हुनेछ

अनि समझदारहरूको समझ बिलाएर जानेछ।”+

१५ धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्‌छन्‌।+

तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्‌

अनि यसो भन्छन्‌: “हामीलाई कसले देखेको छ र?

हामी के गर्दै छौँ, कसलाई के थाह?”+

१६ कुरा बङ्‌ग्याउन तिमीहरू कत्ति सिपालु छौ!

के कुमाले र माटो बराबर हुन्छ?+

के बनेको चिजले बनाउनेलाई यसो भन्छ:

“उसले मलाई बनाएकै होइन”?+

अनि के रचिएको चिजले रचनाकारलाई यसो भन्‍न सुहाउँछ:

“ऊसित फिटिक्कै समझ छैन”?+

१७ केही बेरमै लेबनान फलफूल बगानमा परिणत हुनेछ+

अनि त्यो बगान वनजस्तै हुनेछ।+

१८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्‍नेछ

अनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+

१९ नम्रहरूले यहोवाको कारण ठूलो रमाहट गर्नेछन्‌

अनि गरिबहरू इस्राएलका पवित्र परमेश्‍वरको कारण आनन्दित हुनेछन्‌।+

२० किनकि दमन गर्ने कोही पनि बाँकी रहनेछैन।

घमन्ड गर्नेको विनाश हुनेछ

अनि अरूलाई कसरी हानि पुऱ्‍याऊँ भनेर बाटो हेर्दै बस्ने सबै नाश हुनेछन्‌।+

२१ ज-जसले झूटो बयान दिएर अरूलाई दोषी साबित गर्छन्‌,

ज-जसले सहरको मूलढोकामा न्याय कायम गर्नेलाई* फसाउन पासो थाप्छन्‌+

अनि ज-जसले फोस्रा तर्कहरू गरेर धर्मी मानिसमाथि अन्याय गर्छन्‌, तिनीहरू सबै नाश हुनेछन्‌।+

२२ त्यसकारण अब्राहामलाई+ मोल तिरेर छुटाउनुहुने यहोवा याकुबको घरानालाई यसो भन्‍नुहुन्छ:

“याकुब अबदेखि लज्जित हुनुपर्नेछैन।

अब उपरान्त उसको अनुहारको रङ्‌ग उड्‌नेछैन।*+

२३ किनकि जब उसले आफ्नो वरिपरि आफ्ना छोराछोरीलाई—मेरा हातका कामलाई देख्नेछ,+

तब तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्‌;

हो, तिनीहरूले याकुबका पवित्र परमेश्‍वरको आदर गर्नेछन्‌।

अनि तिनीहरू इस्राएलका परमेश्‍वरप्रति श्रद्धाले भरिनेछन्‌।+

२४ ज-जसको मन बरालिएको थियो, तिनीहरू समझदार हुनेछन्‌

अनि गनगन गर्नेहरूले निर्देशन पालन गर्नेछन्‌।”

३० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “धिक्कार छ ती हठी छोराहरूलाई!+

जो मेरो इच्छाविपरीत आफ्ना योजना पूरा गर्छन्‌।+

जो सन्धि गर्छन्‌* तर मेरो चाहनाअनुसार होइन।

यसरी तिनीहरू पापमाथि पाप थप्दै जान्छन्‌।

 २ फारोले दिने सुरक्षामा* आड लिन

अनि मिश्रको छत्रछायामा शरण लिन

तिनीहरू मलाई सोध्दै नसोधी+ मिश्र जान्छन्‌।+

 ३ तर फारोले दिने सुरक्षामा आड लिएकोले तिमीहरू लाजमा पर्नेछौ;

मिश्रको छत्रछायामा शरण लिएकोले तिमीहरूको अपमान हुनेछ।+

 ४ किनकि उसका शासकहरू जोअनमा+ छन्‌

र उसका दूतहरू हनेससम्मै पुगेका छन्‌।

 ५ तिनीहरू सबै लाजमा पर्नेछन्‌

किनकि मिश्रीहरूसित लागेर तिनीहरूलाई केही फाइदा हुनेछैन;

उनीहरूले तिनीहरूलाई केही मदत गर्नेछैनन्‌।

तिनीहरूले केवल अपमान र बेइज्जती भोग्नेछन्‌।”+

६ दक्षिणका जनावरहरूविरुद्ध यस्तो घोषणा गरियो:

दुःख र पीडाको देश,

गर्जने सिंहको देश,

विषालु सर्प र उड्‌ने विषालु सर्पको देश हुँदै

तिनीहरू आफ्नो सम्पत्ति गधाको काँधमा लादेर

अनि सरसामान उँटको जुरोमा राखेर आउँछन्‌।

तर ती सम्पत्ति र सरसामान कसैलाई काम लाग्नेछैन

 ७ किनकि मिश्रले दिने सहायता व्यर्थको छ।+

त्यसैले मैले त्यसलाई “चलहल नगरी बस्ने राहाब”*+ भनेको छु।

 ८ “अब गएर यी कुरा तिनीहरूकै सामने पाटीमा खोप

अनि पुस्तकमा लेख+

र त्यो सधैँभरिको लागि साक्षी होस्‌।+

 ९ किनकि तिनीहरू विद्रोही मानिस,+ कपटी छोरा हुन्‌।+

तिनीहरू यहोवाको व्यवस्था* सुन्‍न नचाहने छोराहरू हुन्‌।+

१० तिनीहरू दर्शीहरूलाई यसो भन्छन्‌, ‘दर्शन* देख्न बन्द गर!’

अनि भविष्यवक्‍ताहरूलाई यसो भन्छन्‌, ‘हामीलाई साँचो भविष्यवाणीहरू नसुनाओ!+

बरु हाम्रो मन बहलाउने कुराहरू सुनाओ; भ्रममा पार्ने दर्शनहरू देख!+

११ सही मार्ग हिँड्‌न छोडिदेओ, त्यसबाट तर्केर जाओ।

इस्राएलका पवित्र परमेश्‍वरबारे हामीलाई बताउन बन्द गर!’”+

१२ त्यसकारण इस्राएलका पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“तिमीहरूले मेरो वचन सुन्‍न इन्कार गरेर+

छलकपट र झूटा कुराहरूमा भरोसा गऱ्‍यौ।

ती कुराहरूमै तिमीहरू भर पऱ्‍यौ।+

१३ त्यसैले तिमीहरूको यो गल्ती चिरैचिरा परेको पर्खालझैँ हुनेछ।

भुक्क उठेर भत्कनै लागेको अग्लो पर्खालझैँ हुनेछ;

त्यो अचानक, क्षणभरमै ढल्नेछ।

१४ माटोको ठूलो घ्याम्पोलाई झैँ त्यसलाई टुक्राटुक्रा पारिनेछ।

त्यसलाई धुलोपिठो पारिनेछ।

अगेनुबाट आगो झिक्न अथवा खाल्डाबाट* पानी निकाल्न

एउटा खपटो पनि बाँकी रहनेछैन।”

१५ किनकि ब्रह्‍माण्डका मालिक, इस्राएलका पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“मकहाँ फर्क र चुपचाप बस, तब तिमीहरू बाँच्नेछौ।

शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”+

तर तिमीहरू मेरो कुरा मान्‍न राजी भएनौ।+

१६ बरु तिमीहरूले यसो भन्यौ: “होइन, हामी त घोडा चढेर भाग्नेछौँ!”

भाग्नु त तिमीहरू पर्ने नै छ।

तिमीहरूले भन्यौ: “हामी बेतोडले कुद्‌ने घोडामा चढ्‌नेछौँ!”+

तर तिमीहरूलाई खेद्‌नेहरू तिमीहरूभन्दा छिटो हुनेछन्‌।+

१७ केवल एक जनाले धम्काउँदा तिमीहरूका हजार जना थरथर काँप्नेछन्‌।+

केवल पाँच जनाको धम्की सुनेर तिमीहरू भाग्नेछौ

र अन्तमा जो-जो बाँकी हुनेछौ, तिमीहरू पहाडको टुप्पोमा ठिङ्‌ग उभिएको खाँबोझैँ हुनेछौ;

डाँडामा ठड्‌याइएको झन्डाझैँ हुनेछौ।+

१८ तर यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ।+

उहाँ तिमीहरूलाई कृपा गर्न उठ्‌नुहुनेछ।+

किनकि यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ।+

आनन्दित हुन्‌ ती सबै, जसले उहाँमा आशा राख्छन्‌।*+

१९ जब मानिसहरू सियोनमा, यरुसलेममा बस्नेछन्‌,+ तब तिमी कदापि रुनेछैनौ।+ तिमीले मदतको लागि उहाँलाई पुकार्दा उहाँले तिमीलाई पक्कै दया देखाउनुहुनेछ। तिम्रो बिन्ती सुन्‍नेबित्तिकै उहाँले त्यसको जवाफ दिनुहुनेछ।+ २० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान्‌ शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान्‌ शिक्षकलाई+ देख्नेछौ। २१ बाटो बिराएर तिमी दाहिने अथवा देब्रे लाग्यौ भने पछिल्तिरबाट यस्तो आवाज आएको सुन्‍नेछौ,+ “बाटो यही हो।+ यसैमा हिँड।”

२२ कुँदिएका मूर्तिहरूमा मोहोरिएको चाँदी र धातुका* मूर्तिहरूमा मोहोरिएको सुनलाई तिमीले अशुद्ध ठान्‍नेछौ।+ तिमीले त्यसलाई महिनावारीको कपडालाई जस्तै मिल्काइदिनेछौ अनि यसो भन्‍नेछौ, “पर जा!”*+ २३ तिमीले छरेको बिउ पानीले भिजोस्‌ भनेर परमेश्‍वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्‌।+ २४ अनि खेत जोत्ने गाईवस्तु र गधाहरूले साबेल र काँटाले बत्ताइएको उत्तम कुँडो खानेछन्‌। २५ त्यो दिन जब धरहराहरू ढल्नेछन्‌ र भयङ्‌कर मारकाट मच्चिनेछ, तब हरेक अग्लो पर्वत र हरेक अग्लो डाँडामा खोलाहरू र नहरहरू बग्नेछन्‌।+ २६ त्यस दिन जब यहोवाले आफ्ना मानिसहरूको घाउमा पट्टी बाँध्नुहुनेछ+ र आफ्नो प्रहारले पुऱ्‍याएको गहिरो चोट निको पार्नुहुनेछ,+ तब पूर्णिमाको जून घामजत्तिकै उज्यालो हुनेछ। अनि घामको ज्योति सात गुणा चहकिलो हुनेछ;+ घामले सात दिनबराबरको ज्योति एकै खेपमा दिएझैँ हुनेछ।

२७ हेर! यहोवा* टाढाबाट आउँदै हुनुहुन्छ।

उहाँ आफ्नो बल्दो रिस र घना बादलसहित आउँदै हुनुहुन्छ।

उहाँका ओठ क्रोधले भरिएका छन्‌

र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छ।+

२८ उहाँको शक्‍ति उर्लेर आएको खोलाजस्तै छ, जसको पानी गर्दनसम्मै पुग्छ।

उहाँले राष्ट्रहरूलाई विनाशको चाल्नीमा हालेर हल्लाउनुहुनेछ

र जातिजातिका मानिसहरूलाई विनाशतिर लैजान तिनीहरूको चिउँडोमा+ लगाम कस्नुहुनेछ।

२९ तर तिमीले भने गीत गाउनेछौ।

तिम्रो गीत चाडको तयारीको रातमा+ गाइने गीतजस्तै हुनेछ।

अनि बाँसुरी बजाउँदै*

इस्राएलका चट्टान यहोवाको+ डाँडामा उक्लिरहेको मानिसको जस्तै

तिम्रो हृदय हर्षले गद्‌गद हुनेछ।

३० यहोवाले आफ्नो जोडदार आवाज+ सुनाउनुहुनेछ।

उहाँले आफ्नो भयङ्‌कर क्रोधमा+

भस्म गर्ने आगोको ज्वाला,+ मुसलधारे पानी,+ आँधीबेहरी र असिना+ पठाएर

आफ्नो पाखुराको+ बल प्रकट गर्नुहुनेछ।

३१ किनकि यहोवाको आवाज सुनेर अस्सेरिया डरले थरथर काँप्नेछ।+

उहाँले त्यसलाई लौरोले हिर्काउनुहुनेछ।+

३२ यहोवाले युद्धमा आफ्नो हात अस्सेरियामाथि उठाउनुहुँदा,+

त्यसलाई सजाय दिने छडीले हिर्काउनुहुँदा

उहाँको प्रत्येक प्रहारमा

खैँजडी र वीणा बज्नेछ।+

३३ उहाँले त्यसको विनाश गर्न ठाउँ*+ तयार पारिसक्नुभएको छ।

राजाको लागि पनि त्यो ठाउँ तयार भइसकेको छ।+

उहाँले दाउरा राख्ने ठाउँ गहिरो र चौडा बनाउनुभएको छ

अनि दनदनी आगो बाल्न उहाँले त्यहाँ प्रशस्तै दाउरा राख्नुभएको छ।

गन्धकको खोलासरी यहोवाको सासले

त्यहाँ आगो लगाउनेछ।

३१ मिश्रमा झरेर गुहार माग्नेहरूलाई धिक्कार छ,+

जो घोडाहरूमा भर पर्छन्‌,+

जो युद्धका रथहरूमा भरोसा गर्छन्‌ किनकि ती अनगिन्ती छन्‌

अनि युद्धका घोडाहरूको* मुख ताक्छन्‌ किनकि ती शक्‍तिशाली छन्‌।

तर इस्राएलका पवित्र परमेश्‍वरको बाटो हेर्दैनन्‌

र यहोवाको खोजी गर्दैनन्‌।

 २ तर उहाँ बुद्धिमान्‌ पनि हुनुहुन्छ, उहाँले तिनीहरूमाथि विपत्ति ल्याउनुहुनेछ।

उहाँले आफ्नो बोली फिर्ता लिनुहुनेछैन।

दुष्टको घरानामाथि उहाँ जाइलाग्नुहुनेछ

अनि कुकर्मीहरूलाई सघाउनेहरूविरुद्ध उहाँ खडा हुनुहुनेछ।+

 ३ मिश्रीहरू त केवल मानिस हुन्‌, तिनीहरू परमेश्‍वर होइनन्‌।

तिनीहरूका घोडाहरू हाड-मासुका हुन्‌, स्वर्गका जीव होइनन्‌।+

यहोवाले आफ्नो हात पसार्नुहुँदा

सहायता दिनेहरूले ठेस खानेछन्‌

अनि सहायता लिनेहरू लड्‌नेछन्‌।

तिनीहरू सबै सँगसँगै नाश हुनेछन्‌।

 ४ किनकि यहोवाले मलाई यसो भन्‍नुभएको छ:

“जसरी जवान र पट्ठो सिंहले गर्जँदै आफ्नो सिकारलाई जोगाउँछ

अनि गोठालाहरू हुलै बाँधेर आए पनि

तिनीहरूको होहल्ला सुनेर त्यो डराउँदैन

र तिनीहरूले तर्साउन खोजे पनि त्यो पटक्कै तर्सिँदैन,

त्यसैगरि सेनाहरूका यहोवा तल ओर्लनुहुनेछ

अनि सियोन डाँडाको निम्ति र त्यसको थुम्कोको निम्ति लड्‌नुहुनेछ।

 ५ सेनाहरूका यहोवा वेगसित हानिएर आउने पन्छीझैँ आउनुहुनेछ र यरुसलेमलाई जोगाउनुहुनेछ।+

उहाँले त्यसको रक्षा गर्नुहुनेछ र त्यसलाई बचाउनुहुनेछ।

त्यसको पक्षमा लडेर उहाँले त्यसको उद्धार गर्नुहुनेछ।”

६ “ए इस्राएलका मानिसहरू हो, तिमीहरूले जसको खुलेआम विद्रोह गरेका थियौ,+ उहाँतिर फर्क। ७ आफूले पुज्दै आएका सुन र चाँदीका देवताहरूलाई त्यो दिन तिमीहरू सबैले त्याग्नेछौ; ती व्यर्थका देवताहरूलाई, जसलाई आफ्नै हातले बनाएर तिमीहरूले पाप गरेका थियौ।

 ८ तब अस्सेरियालीहरू तरबारले काटिनेछन्‌, जुन तरबार मानिसको होइन;

तरबारले तिनीहरूलाई सखाप पार्नेछ तर मानिसको तरबारले त होइन।+

त्यो तरबार देखेर तिनीहरू भाग्नेछन्‌।

तिनीहरूका युवकहरूलाई काममा जोताइनेछ।

 ९ त्रासले गर्दा तिनीहरूको चट्टान बिलाएर जानेछ।

झन्डा ठड्‌याइएको देखेर तिनीहरूका राजकुमारहरू थरथर काँप्नेछन्‌,” यहोवा घोषणा गर्नुहुन्छ,

जसको ज्योति* सियोनमा छ र जसको आगोको भट्टी यरुसलेममा छ।

३२ हेर! राजाले+ न्यायोचित+ शासन गर्नेछन्‌;

राजकुमारहरूले न्यायसित शासन गर्नेछन्‌।

 २ तिनीहरू हरेक हुरीबतास चल्दा लुक्ने ठाउँ

अनि आँधीबेहरी आउँदा आड लिने ठाउँ हुनेछन्‌।

निर्जल भूमिमा खोलाझैँ+

र सुक्खा ठाउँमा ठूलो चट्टानको छायाझैँ हुनेछन्‌।

 ३ तब देख्नेहरूको आँखा फेरि कहिल्यै बन्द हुनेछैन

अनि सुन्‍नेहरूको कानले ध्यान दिएर सुन्‍नेछ।

 ४ चञ्चल मन भएकाहरूले ज्ञानगुनका कुरा गहिरिएर सोच्नेछन्‌

अनि भकभकेहरूले नअड्‌कीकन स्पष्ट रूपमा बोल्नेछन्‌।+

 ५ मूर्ख फेरि कहिल्यै उदार मानिस भनेर चिनिनेछैन

अनि बेकाइदासँग चल्ने मानिस असल मानिस भनेर चिनिनेछैन।

 ६ किनकि मूर्ख मानिसले मूर्खै कुरा गर्छ

र त्यसले आफ्नो मनमा कुटिल योजनाहरू रच्छ।+

त्यसले यहोवाबारे झूटो कुरा गर्छ र मानिसहरूलाई बहकाएर गलत बाटोमा लैजान्छ।*

त्यसले गर्दा भोकाएकाहरू भोकै रहन्छन्‌

र तिर्खाएकाहरूले केही पनि पिउन पाउँदैनन्‌।

 ७ बेकाइदासँग चल्ने मानिसको चाल निको हुँदैन।+

त्यसले निर्लज्ज व्यवहार गर्न अप्ठेरो मान्दैन,

झूट बोलेर दीनदुःखीलाई सताउँछ,+

गरिबहरूले सत्य नै बोले तापनि तिनीहरूलाई पिरोल्छ।

 ८ तर उदार मानिस खुला मनको हुन्छ,

उसले उदारचित्तले दिइरहन्छ।

 ९ “ए बेफिक्री बस्ने स्त्रीहरू हो, उठ र मेरो कुरा सुन!

ए सुर्ता नमान्‍ने छोरीहरू हो,+ मेरो कुरामा ध्यान देओ!

१० तिमीहरू जो अहिले निश्‍चिन्त छौ, वर्षदिनभित्रै थरथर काँप्नेछौ

किनकि अङ्‌गुरको कटनी सकिँदा पनि एउटै फल जम्मा गरिनेछैन।+

११ ए बेफिक्री बस्ने स्त्रीहरू हो, डरले लगलग काँप!

ए निश्‍चिन्त रहनेहरू हो, थरथराओ!

आफ्नो वस्त्र उतारिदेओ

र कम्मरमा भाङ्‌ग्रा लगाओ।+

१२ रहरलाग्दा खेतहरू र प्रशस्त उब्जनी दिने अङ्‌गुर बगानको निम्ति

छाती पिटेर विलाप गर

१३ किनकि मेरा मानिसहरूको जमिन काँडैकाँडाको झाडीले भरिनेछ।

खुसीयाली मनाइने तिनीहरूका सबै घरभरि,

हो, रमाहटको त्यो पूरै सहरभरि+ नै काँडा र सिउँडी उम्रनेछ।

१४ किनकि बलियो धरहरा रित्तो भएको छ;

धेरै चहलपहल हुने सहर सुनसान भएको छ।+

ओफेल*+ र पहरा दिने किल्ला सधैँभरिका लागि उजाड भएका छन्‌।

जङ्‌गली गधाहरू त्यहाँ रमाउँदै उफ्रन्छन्‌,

भेडाबाख्राका बगाल+ आएर त्यहाँ चर्छन्‌।

१५ तर त्यसपछि परमेश्‍वरले आफ्नो शक्‍ति हामीमाथि खन्याउनुहुनेछ+

अनि उजाड ठाउँ फलफूल बगान हुनेछ

र त्यो बगान हराभरा जङ्‌गलजस्तै हुनेछ।+

१६ अनि निर्जनभूमिमा न्याय कायम हुनेछ

र फलफूल बगानमा धार्मिकताले बास गर्नेछ।+

१७ साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ।+

साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।+

१८ मेरा मानिसहरू जहाँ बस्नेछन्‌, त्यहाँ शान्तिले बास गर्नेछ;

तिनीहरू शान्ति र सुरक्षा छाएको ठाउँमा बसोबास गर्नेछन्‌।+

१९ तर असिनाले जङ्‌गललाई सखाप पार्नेछ

र पूरै सहर ध्वस्त हुनेछ।

२० आनन्दित हौ तिमीहरू, जो खोलाको किनारमा बिउ छर्छौ

अनि आफ्ना गोरु र गधालाई छोडिदिन्छौ।”+

३३ धिक्कार तिमीलाई, जो अरूलाई नाश गर्छौ तर आफूचाहिँ नाश भएका छैनौ;+

जो अरूलाई धोका दिन्छौ तर आफूले चाहिँ धोका पाएका छैनौ!

तिमीले नाश गरेपछि तिमीलाई पनि नाश गरिनेछ।+

तिमीले अरूलाई धोका दिएपछि तिमीलाई पनि धोका दिइनेछ।

 २ हे यहोवा, हामीमाथि कृपा देखाउनुहोस्‌।+

हामीले तपाईँमै आशा गरेका छौँ।

हरेक बिहानी तपाईँ हाम्रो बाहुबल बन्‍नुहोस्‌,+

दुःखको समयमा हाम्रो उद्धारक बन्‍नुहोस्‌।+

 ३ तपाईँ गर्जनुहुँदा जातिजातिका मानिसहरू भाग्छन्‌;

तपाईँ उठ्‌नुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्‌।+

 ४ भोका सलहहरू बालीमाथि जाइलागेझैँ मानिसहरू तिमीहरूको लुटको मालमाथि जाइलाग्नेछन्‌;

सलहको बथानले झैँ तिनीहरू त्यसमाथि झम्टिनेछन्‌।

 ५ यहोवा उच्च पारिनुहुनेछ

किनकि उहाँ उच्च ठाउँमा विराजमान हुनुहुन्छ।

उहाँले सियोनलाई न्याय र सुकर्मले भरिपूर्ण पार्नुहुनेछ।

 ६ अनि उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ;

प्रशस्त मात्रामा उद्धार,+ बुद्धि र ज्ञानका साथै यहोवाको निम्ति श्रद्धा दिनुहुनेछ+

—यही नै तिमीहरूको सम्पत्ति हुनेछ।

 ७ हेर, तिनीहरूका* शूरवीरहरू सडकमा रुँदै छन्‌;

शान्तिका दूतहरू धुरुधुरु रुँदै छन्‌।

 ८ राजमार्ग सुनसान भएको छ;

बाटोमा हिँड्‌नेहरू कोही छैन।

उसले* करार भङ्‌ग गरेको छ,

सहरहरूलाई तुच्छ ठानेको छ,

उसले मानिसलाई कुनै मोलको ठान्दैन।+

 ९ देशले विलाप गर्दै छ* र त्यो उजाड भएको छ।

लेबनान लाजमा परेको छ;+ त्यो ओइलाएको छ।

सारोनचाहिँ मरुभूमिजस्तै भएको छ

अनि बासान र कर्मेलका पातहरू झरेका छन्‌।+

१० यहोवा भन्‍नुहुन्छ, “अब म उठ्‌नेछु,

म आफूलाई उच्च पार्नेछु;+

म आफूलाई महिमित पार्नेछु।

११ तिमीहरू सुक्खा घाँसलाई गर्भधारण गर्छौ र ठोसोलाई जन्म दिन्छौ।

तिमीहरूको आफ्नै सोचाइले तिमीहरूलाई आगोले झैँ भस्म गर्नेछ।+

१२ अनि जातिजातिका मानिसहरूको हालत जलेको चुनझैँ हुनेछ।

काटेको काँडालाई झैँ तिनीहरूलाई आगोमा जलाइनेछ।+

१३ ए टाढा-टाढाका मानिसहरू हो, म के गर्नेछु भनेर सुन।

अनि ए नजिकका मानिसहरू हो, मेरो पराक्रमलाई स्विकार।

१४ सियोनका पापी मानिसहरू त्रसित भएका छन्‌;+

धर्मत्यागीहरू थरथर काँपेका छन्‌।

तिनीहरू एकअर्कालाई यसो भन्छन्‌: ‘भस्म गर्ने आगोसामु को टिक्न सक्छ र?+

निभाउनै नसकिने आगोसामु को खडा हुन सक्छ र?’

१५ जो सही बाटोमा हिँडिरहन्छ,+

जसले सत्य बोल्छ,+

जसले छलकपट र बेइमानीको नाफा लिन इन्कार गर्छ,

जसले घुस थाप्नदेखि आफ्नो हातलाई रोक्छ,+

जसले अरूको रगत बगाउने योजना सुन्‍नदेखि आफ्नो कान थुन्छ

अनि जसले खराब कुरा नहेर्न आफ्नो आँखा बन्द गर्छ,

१६ त्यस्तो मानिस उच्च ठाउँमा बस्नेछ,

चट्टानका गढीहरू उसको शरणस्थान* हुनेछन्‌,

उसलाई खानेकुराको कुनै कमी हुनेछैन

अनि उसलाई कहिल्यै पानीको अभाव हुनेछैन।”+

१७ अनि तिमीहरूका आँखाले राजालाई उसको पूरा वैभवसहित देख्नेछन्‌

अनि टाढाको देशलाई देख्नेछ।

१८ तिमीहरूको मनले पहिलेको त्रासलाई सम्झेर* यसो भन्‍नेछ:

“सचिव कहाँ छ?

तिरो तिर्ने मानिस कहाँ गयो?+

धरहरा गन्‍ने मानिस खै?”

१९ तिमीहरूले सोमत नभएका ती मानिसहरूलाई फेरि कहिल्यै देख्नेछैनौ,

जसको भाषा बुझ्न असाध्यै गाह्रो छ,

जसको भकभके बोली तिमीहरू बुझ्न सक्दैनौ।+

२० हामीले चाडहरू मनाउने गरेको सहर सियोनलाई हेर!+

तिमीहरूका आँखाले यरुसलेमलाई शान्त वासस्थानको रूपमा देख्नेछन्‌,

एउटा यस्तो पाल जो कहिल्यै हटाइनेछैन।+

त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्‌

अनि त्यसका डोरीहरू कहिल्यै चुँडाइनेछैनन्‌।

२१ तर हाम्रा शक्‍तिशाली परमेश्‍वर यहोवाले

हाम्रो निम्ति नदी र ठूलठूला नहर बनेर हाम्रो रक्षा गर्नुहुनेछ।

हामीसित लड्‌न युद्धपोतहरू आउनेछैनन्‌

अनि ठूलठूलो जहाज एउटै पनि त्यहाँबाट जानेछैन।

२२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+

यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+

यहोवा हाम्रा राजा हुनुहुन्छ;+

हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+

२३ तिमीहरूका* जहाजका डोरीहरू खुकुलो हुनेछन्‌;

तिनीहरूले मस्तुललाई बलियोगरि थाम्न अनि पाललाई फैलाउन सक्नेछैनन्‌।

त्यसबेला लुटका मालहरू प्रशस्तै बाँडिनेछ;

लङ्‌गडोले समेत थुप्रै मालसामान लैजानेछ।+

२४ अनि त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: “म बिरामी छु।”+

किनकि त्यहाँका मानिसहरूको पाप क्षमा गरिनेछ।+

३४ ए राष्ट्रहरू हो, नजिक आएर सुन।

ए जातिजातिका मानिसहरू हो, ध्यान देओ।

पृथ्वी र त्यसमा भएका सबै थोकले

अनि जमिन र त्यसका सबै उब्जनीले पनि सुनून्‌।

 २ किनकि यहोवा सबै राष्ट्रसित क्रोधित हुनुभएको छ।+

अनि तिनीहरूको सबै सेनादेखि उहाँ क्रोधित हुनुभएको छ।+

उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ;

उहाँले तिनीहरूलाई तरबारले मार्नुहुनेछ।+

 ३ मारिएकाहरूको लासहरू त्यतिकै फालिनेछ;

त्यसको दुर्गन्ध माथिसम्मै फैलिनेछ;+

तिनीहरूको रगत पहाडहरूमा बग्नेछ।*+

 ४ आकाशका सारा सेना नाश हुनेछन्‌

अनि आकाशलाई पनि मुठालाई जस्तै बेरिनेछ।

अङ्‌गुरको बोटबाट सुकेको पात झरेझैँ

अनि अन्जिरको बोटबाट सुकेको फल झरेझैँ

आकाशका सारा सेना झर्नेछन्‌।

 ५ “किनकि मेरो तरबार आकाशमा रगतले लतपत हुनेछ।+

एदोमलाई सजाय दिन मेरो तरबार त्यसमाथि उठ्‌नेछ;+

नाशको लागि मैले सुम्पेका मानिसहरूलाई त्यसले प्रहार गर्नेछ।

 ६ यहोवाले तरबार लिनुभएको छ र त्यो रगतले लतपत हुनेछ,

त्यो बोसोले ढाकिनेछ।

थुमा र बाख्राहरूको रगतले त्यो भिज्नेछ+

अनि थुमाको मिर्गौलाको बोसोले त्यो ढाकिनेछ।

किनकि यहोवाले बोज्राहमा एउटा बलिदान तयार पार्नुभएको छ

अनि एदोममा भयङ्‌कर काटमार गर्न लाग्नुभएको छ।+

 ७ जङ्‌गली साँढे पनि तिनीहरूसितै काटिनेछन्‌;

बाछाहरू र बलिया-बलिया साँढे पनि सँगसँगै काटिनेछन्‌।

तिनीहरूको भूमि रगतले भिज्नेछ

अनि त्यहाँको माटो बोसोले ढाक्नेछ।”

 ८ किनकि यहोवाले बदला लिने दिन तोक्नुभएको छ,+

सियोनको पक्षमा फैसला गर्ने र त्यसमाथि भएको अन्यायको साटो फेर्ने वर्ष उहाँले तोक्नुभएको छ।+

 ९ त्यसका* नदीहरूको पानी अलकत्रामा परिणत हुनेछ

र त्यसको माटो गन्धकमा परिणत हुनेछ।

अनि त्यो भूमि बलिरहेको अलकत्राजस्तो हुनेछ।

१० त्यसको आगो दिनरात बलिरहनेछ।

त्यसबाट धुवाँ उठ्‌न कहिल्यै बन्द हुनेछैन।

पुस्तौँपुस्तासम्म त्यो उजाड रहनेछ।

त्यसको बाटो भएर कुनै मानिस फेरि कहिल्यै हिँड्‌नेछैन।+

११ घाउँके हावासील* र दुम्सीले त्यहाँ अड्डा जमाउनेछन्‌।

लामकाने लाटोकोसेरो र काग त्यहाँ बस्नेछन्‌।

त्यस भूमिलाई निर्जन र उजाड तुल्याउन

उहाँले त्यसलाई नाप्ने डोरी र साहुलले* नाप्नुहुनेछ।

१२ त्यसका प्रतिष्ठित मानिसहरूमध्ये कोही पनि राजा हुनेछैन।

अनि त्यसका सबै राजकुमार नाश हुनेछन्‌।

१३ त्यसका बलिया किल्लाहरूमा काँडाको बोट उम्रिनेछ।

अनि त्यसका गढहरूमा सिस्नु र काँडे झार पलाउनेछ।

त्यो स्यालको ओडार+

र सुतुरमुर्ग* बस्ने ठाउँ हुनेछ।

१४ मरुभूमिका जन्तुहरू र हु-हु गर्दै कराउने जन्तुहरू त्यहाँ भेला हुनेछन्‌।

अनि जङ्‌गली बाख्राले आफ्नो साथीलाई डाक्नेछ।

चैतेचरा* त्यहाँ आउनेछ र बास बस्नेछ।

१५ उड्‌ने सर्पले त्यहाँ गुँड लगाउनेछ र अण्डा पार्नेछ

अनि अण्डा कोरलेर त्यसलाई सुरक्षित राख्नेछ।

त्यहाँ चीलहरू आ-आफ्नो जोडी लिएर ओत लाग्नेछन्‌।

१६ यहोवाको पुस्तकमा यो कुरा खोज र ठूलो स्वरले पढ:

तीमध्ये एउटै पनि हराउनेछैन।

त्यहाँ तिनीहरू सबै आ-आफ्नो जोडीसित हुनेछन्‌

किनकि यहोवाकै मुखबाट यो आज्ञा निस्किएको हो

र उहाँको शक्‍तिले नै तिनीहरूलाई भेला गराएको हो।

१७ उहाँले नै गोला हालेर र साहुलले* नापेर

तिनीहरूलाई आ-आफ्नो ठाउँमा बसाउनुभएको छ।

तिनीहरूले त्यहाँ सधैँको लागि अड्डा जमाउनेछन्‌।

पुस्तौँपुस्तासम्म तिनीहरू त्यहीँ बस्नेछन्‌।

३५ उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ।+

मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।+

 २ त्यो अवश्‍य फक्रनेछ।+

त्यसले खुसी मनाउनेछ र जयजयकार गर्नेछ।

लेबनानको गौरव त्यसलाई दिइनेछ+

अनि त्यसको वैभव कर्मेल+ र सारोनको जस्तै हुनेछ।+

तिनीहरूले यहोवाको गौरव देख्नेछन्‌, हाम्रा परमेश्‍वरको वैभव देख्नेछन्‌।

 ३ दुर्बल हातहरूलाई बलिया पार।

थरथर काँपिरहेका घुँडाहरूलाई दह्रो बनाओ।+

 ४ ज-जसको मन भयभीत भएको छ, तिनीहरूलाई यसो भन:

“साहस गर! नडराऊ!

हेर, तिम्रा परमेश्‍वर बदला लिन आउनुहुनेछ,

उहाँ साटो फेर्न आउनुहुनेछ;+

उहाँ आउनुहुनेछ र तिमीलाई बचाउनुहुनेछ।”+

 ५ त्यसबेला अन्धाहरूका आँखा खोलिनेछन्‌+

र बहिराहरूका कान उघारिनेछन्‌।+

 ६ त्यसबेला लङ्‌गडो मृगझैँ उफ्रनेछ+

र गुँगोको जिब्रोले जयजयकार गर्नेछ+

किनकि उजाड भूमिमा पानीका मूल फुट्‌नेछन्‌

र मरुभूमिमा खोलाहरू बग्नेछन्‌।

 ७ चर्को घामले चिरा-चिरा परेको जमिन नर्कटै-नर्कट उम्रिएको दह बन्‍नेछ।

ओबानो भूमिमा पानीको मूल फुट्‌नेछ।+

स्यालहरूको ओडारमा+

हरिया-हरिया घाँस, नर्कट र मालिङ्‌गो* उम्रिनेछ।

 ८ त्यहाँ एउटा मूलबाटो हुनेछ;+

त्यसलाई पवित्र मार्ग भनिनेछ;

अशुद्ध मानिस त्यसमा हिँड्‌नेछैन।+

ज-जसका लागि त्यो मार्ग बनाइएको हो, तिनीहरू मात्र त्यसमा हिँड्‌नेछन्‌।

कुनै मूर्खले त्यसमा पाइला टेक्न पाउनेछैन।

 ९ त्यहाँ एउटै सिंह हुनेछैन,

कुनै पनि हिंस्रक जनावरले त्यहाँ पाइला टेक्नेछैन।

ती त्यहाँ पाइनेछैनन्‌।+

ज-जसलाई मोल तिरेर छुटाइएको छ, तिनीहरू मात्र त्यहाँ हिँड्‌नेछन्‌।+

१० यहोवाले उद्धार गर्नुभएकाहरू फर्कनेछन्‌+ र खुसीले कराउँदै सियोनमा आउनेछन्‌।+

कहिल्यै अन्त नहुने आनन्द तिनीहरूको शिरको मुकुट हुनेछ।+

तिनीहरूले रमाहट गर्नेछन्‌ र हर्ष मनाउनेछन्‌।

अनि शोक र दुःख तिनीहरूको सामनेबाट भाग्नेछ।+

३६ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+ २ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना+ यरुसलेममा राजा हिजकियाहकहाँ पठाए।+ तिनीहरू माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए,+ जुन धोबीको चौर जाने मूलबाटोको छेउमा थियो।+ ३ तब हिल्कियाहका छोरा एलियाकिम,+ जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्ना+ अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरू रबसाकेलाई भेट्‌न आए।

४ रबसाकेले तिनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्‍नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+ ५ तिमी भन्छौ, ‘युद्ध लड्‌न मसित रणनीति र शक्‍ति छ’ तर यी सब खोक्रा कुरा हुन्‌। कोमाथि भरोसा गरेर तिमीले मेरो विद्रोह गर्ने आँट गऱ्‍यौ?+ ६ हेर, तिमीले भरोसा गरेको मिश्र त भाँचिएको नर्कट हो। जसले त्यसमा आड लिन्छ, त्यसले उसैको हात छेड्‌छ। हो, ज-जसले मिश्रका फारोमाथि भरोसा गर्छन्‌, तिनीहरू सबैको हालत यस्तै हुन्छ।+ ७ यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्‍वर यहोवामा भरोसा गर्छौँ’ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्‍वर होइन, जसका अग्ला थानहरू* अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यो वेदीसामु निहुरिनू’ भन्दै छन्‌?”’+ ८ त्यसैले आऊ, मेरा मालिक अस्सेरियाका राजासित यस्तो बाजी थाप:+ यदि तिमीले २ हजार घोडाको लागि घोडचढी खोजेर ल्याउन सक्यौ भने म तिमीलाई ती सबै घोडा दिनेछु। ९ यदि तिमी रथ र घोडचढीको लागि त मिश्रको मुख ताक्छौ भने हामीसित कसरी लड्‌ने आँट गर्छौ? तिमीले त मेरा मालिकको सबैभन्दा सानो सेवक, एक जना राज्यपाललाई समेत यहाँबाट धपाउन सक्दैनौ। १० अनि तिमीलाई के लाग्छ? के म यहोवाको अनुमति नलिईकनै यस देशलाई नाश गर्न आएको हुँ? यहोवा आफैले मलाई यसो भनेको छ, ‘गएर त्यस देशलाई नाश गर्‌।’”

११ तब एलियाकिम, सेब्ना+ र योआले रबसाकेलाई यसो भने:+ “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा कुरा गर्नुहोस्‌।+ हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस्‌ किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्‌।”+ १२ तर रबसाकेले यसो भने: “के मेरा मालिकले तिमीहरू अनि तिमीहरूको मालिकलाई मात्र यो कुरा भन्‍न मलाई पठाउनुभएको हो? यो कुरा पर्खालमा भएका मानिसहरूले पनि सुन्‍नुपर्छ किनकि तिनीहरूले पनि तिमीहरूसँगै आफ्नो दिसा-पिसाब खानुपर्नेछ।”

१३ त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने:+ “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+ १४ राजा यसो भन्‍नुहुन्छ, ‘हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌, उसले तिमीहरूलाई बचाउन सक्दैन।+ १५ अनि हिजकियाहको यो कुरा पत्याएर तिमीहरू यहोवामा भर नपर:+ “यहोवाले हामीलाई पक्कै बचाउनुहुनेछ। उहाँले यस सहरलाई अस्सेरियाका राजाको हातमा पर्न दिनुहुनेछैन।” १६ हिजकियाहको कुरा नसुन किनकि अस्सेरियाका राजा यसो भन्‍नुहुन्छ: “आत्मसमर्पण गर र मसित मिलाप गर। त्यसो गऱ्‍यौ भने तिमीहरू हरेकले आफ्नै अङ्‌गुर बगानबाट र आफ्नै अन्जिरको बोटबाट फल खान पाउनेछौ अनि आफ्नै कुवाको पानी पिउन पाउनेछौ। १७ अनि म आएर तिमीहरूलाई प्रशस्तै अन्‍न, नयाँ मद्य, रोटी र अङ्‌गुर बगान भएको तिमीहरूको जस्तै देशमा लैजानेछु।+ १८ हिजकियाहले यसो भनेर तिमीहरूलाई भ्रममा नपारोस्‌, ‘यहोवाले हामीलाई बचाउनुहुनेछ।’ के अहिलेसम्म कुनै जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन सकेको छ?+ १९ हमाथ र अर्पादका देवताहरू कहाँ गए?+ सेफर्बेमका देवताहरू कहाँ छन्‌?+ के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?+ २० यीमध्ये कुनै पनि जातिका ईश्‍वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन्‌ भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+

२१ तर तिनीहरू चुपचाप बसे र एक शब्द बोलेनन्‌। किनकि राजा हिजकियाहले यस्तो आज्ञा दिएका थिए, “तिमीहरूले तिनलाई केही जवाफ नदिनू।”+ २२ तर हिल्कियाहका छोरा एलियाकिम, जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्ना+ अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरूले आ-आफ्नो लुगा च्याते र हिजकियाहकहाँ गएर रबसाकेले भनेका कुरा तिनलाई सुनाए।

३७ यो खबर पाउनेबित्तिकै राजा हिजकियाहले आफ्नो लुगा च्याते र भाङ्‌ग्रा लगाएर यहोवाको भवनमा गए।+ २ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्ना र पुजारीहरूको नाइकेलाई आमोजका छोरा भविष्यवक्‍ता यसैयाकहाँ पठाए।+ तिनीहरू सबै भाङ्‌ग्रा लगाएर तिनीकहाँ गए। ३ तिनीहरूले तिनलाई यसो भने: “हिजकियाह भन्‍नुहुन्छ, ‘यो दिन दुःख, निन्दा र अपमानको दिन हो। हामी प्रसववेदनामा परेकी स्त्रीझैँ भएका छौँ, जसको बच्चा जन्माउने बेला आइसकेको छ तर बच्चा जन्माउनलाई शक्‍ति नै छैन।+ ४ सायद यहोवा तपाईँका परमेश्‍वरले रबसाकेले भनेको कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्‍वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्‍वरले जे-जे सुन्‍नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्‌,+ तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्‌।’”+

५ तब राजा हिजकियाहका सेवकहरू यसैयाकहाँ गए।+ ६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्‍नू, ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+ ७ हेर, म उसको मनमा एउटा विचार हालिदिनेछु। उसले एउटा खबर सुन्‍नेछ र ऊ आफ्नै देशमा फर्किजानेछ।+ अनि ऊ आफ्नै देशमा तरबारले मारिनेछ।”’”+

८ अस्सेरियाका राजा लाकिसबाट गए भन्‍ने खबर सुनेपछि रबसाके तिनीकहाँ फर्के। तिनले राजालाई लिब्नाहसित लडाइँ गरिरहेका भेट्टाए।+ ९ अस्सेरियाका राजाले इथियोपियाका राजा तिर्हाकाह तिनीसित युद्ध लड्‌न आउँदै छन्‌ भन्‍ने खबर पाए। तब तिनले हिजकियाहकहाँ फेरि आफ्ना सन्देशवाहकहरूलाई यसो भनेर पठाए:+ १० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्‌: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+ ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्‌, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके?+ गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्‌? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए? १३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम,+ हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्‌?’”

१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्‍वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+ १५ अनि तिनले यहोवालाई यसो भन्दै प्रार्थना गरे:+ १६ “हे सेनाहरूका यहोवा,+ इस्राएलका परमेश्‍वर, जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ! पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। १७ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस्‌ र मेरो कुरा सुन्‍नुहोस्‌।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस्‌ र हामीमाथि नजर लगाउनुहोस्‌।+ तपाईँ जीवित परमेश्‍वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्‌।+ १८ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै देशलाई+ र आफ्नै देशलाई समेत ध्वस्त पारेका छन्‌। १९ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्‌।+ किनकि ती साँच्चैका ईश्‍वर थिएनन्‌; ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्‌गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके। २० त्यसैले हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस्‌ र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।”+

२१ त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा मलाई बिन्ती गऱ्‍यौ।+ २२ त्यसैले यहोवा परमेश्‍वरले उसको विरुद्धमा यसो भन्‍नुभएको छ:

“सियोनकी कुमारी छोरी तँलाई तुच्छ ठान्छिन्‌, उनी तेरो खिसी गर्छिन्‌।

यरुसलेमकी छोरी तँलाई गिज्याउँदै आफ्नो शिर हल्लाउँछिन्‌।

२३ तैँले कसलाई हाँक दिइस्‌+ र कसको निन्दा गरिस्‌?

कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्‌?+

तैँले कोविरुद्ध आफ्नो अहङ्‌कारी आँखा उठाइस्‌?

तैँले इस्राएलका पवित्र परमेश्‍वरविरुद्ध यी सब गरिस्‌!+

२४ तैँले आफ्ना सेवकहरूमार्फत यहोवालाई हाँक दिँदै यसो भनिस्‌,+

‘म आफ्ना अनगिन्ती रथसहित आउनेछु

र पहाडहरूको टुप्पोमा उक्लनेछु।+

म लेबनानको टाढा-टाढासम्मै पुग्नेछु।

म देवदारका अग्ला-अग्ला रूखहरू, धुपीका असल-असल रूखहरू काट्‌नेछु।

अनि अग्ला-अग्ला ठाउँमा भएका त्यसका शरणस्थान र त्यसका घना जङ्‌गलहरूमा छिर्नेछु।

२५ म इनार खन्‍नेछु र पानी पिउनेछु।

म आफ्नो पैतालाले मिश्रका खोलाहरू* सुकाइदिनेछु।’

२६ के तैँले सुनेको छैनस्‌? मैले धेरै अघि यो कुरा निश्‍चय गरिसकेको थिएँ।

मैले धेरै पहिले यसको तयारी गरेको थिएँ।+

अब म त्यो पूरा गर्नेछु।+

तैँले पर्खालले घेरिएका बलिया-बलिया सहरहरू उजाड पार्नेछस्‌।+

२७ ती सहरहरूका बासिन्दाहरू निस्सहाय हुनेछन्‌।

तिनीहरू डरले थरथर काँप्नेछन्‌ र लाजमा पर्नेछन्‌।

तिनीहरू खेतको बोटबिरुवा र हरियो घाँसपातझैँ ओइलाउनेछन्‌।

तिनीहरू घरको छतमा उम्रने घाँसझैँ हुनेछन्‌, जुन पूर्वीय बतासले गर्दा सुकिहाल्छ।

२८ तर तँ कहिले बस्छस्‌, कहिले बाहिर जान्छस्‌ अनि कहिले भित्र छिर्छस्‌, त्यो सब मलाई थाह छ।+

अनि तँ कहिले मसित रिसाउँछस्‌, त्यो पनि मलाई थाह छ।+

२९ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+

त्यसैले म तेरो नाकमा अङ्‌कुसे र तेरो ओठमा लगाम लगाउनेछु+

अनि तँ जुन बाटो भएर आएको थिइस्‌, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”

३० “‘यो अवश्‍य पूरा हुनेछ भन्‍ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्‍न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्‍न खानेछौ। तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र कटनी गर्नेछौ। तिमीहरूले अङ्‌गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+ ३१ यहुदाको घरानामा जो-जो बाँकी हुनेछन्‌,+ तिनीहरूले बिरुवाले जस्तै जरा गाड्‌नेछन्‌ र फल फलाउनेछन्‌। ३२ किनकि बाँकी रहेका मानिसहरू यरुसलेमबाट र सियोन डाँडाबाट निस्कनेछन्‌।+ सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।+

३३ “‘त्यसैले यहोवा परमेश्‍वर अस्सेरियाका राजाबारे यसो भन्‍नुहुन्छ:+

“ऊ यस सहरमा छिर्नेछैन,+

उसले यता काँड हान्‍नेछैन,

ढाल लिएर यसलाई आक्रमण गर्नेछैन

अनि यसविरुद्ध घेरा-मचान* पनि बनाउनेछैन।”’+

३४ यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘ऊ जुन बाटो भएर आएको थियो, त्यही बाटो भएर फर्कनेछ।

ऊ यस सहरमा छिर्नेछैन।’

३५ ‘म यस सहरको रक्षा गर्नेछु;+

म आफ्नो खातिर+ र आफ्नो सेवक दाउदको खातिर यसलाई जोगाउनेछु।’”+

३६ तब यहोवा परमेश्‍वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे। जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ ३७ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+ ३८ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत्‌ गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा भागेर गए।+ त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।

३८ त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्‍ता यसैया+ तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘आफ्नो घरानालाई भन्‍नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+ २ त्यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गर्न थाले: ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ,+ त्यो नबिर्सनुहोस्‌।+ तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।” अनि हिजकियाह डाँको छोडेर रुन थाले।

४ तब यहोवाको यो वचन यसैयाकहाँ आयो: ५ “जाऊ र हिजकियाहलाई यसो भन,+ ‘तिम्रा पुर्खा दाउदका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ+ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु।+ ६ अनि म तिमीलाई र यस सहरलाई अस्सेरियाका राजाको हातबाट जोगाउनेछु। म यस सहरको रक्षा गर्नेछु।+ ७ यो कुरा यहोवाले अवश्‍य पूरा गर्नुहुनेछ भनेर देखाउन यहोवाले तिमीलाई यस्तो चिन्ह दिनुहुनेछ:+ ८ आहाजको भऱ्‍याङमा* परेको छायालाई म १० खुट्‌किला पछाडि सार्नेछु।”’”+ तब भऱ्‍याङमा अगाडि सरिसकेको छाया १० खुट्‌किला पछाडि सऱ्‍यो।

९ यहुदाका राजा हिजकियाहले आफू बिरामी पर्दा र निको हुँदा लेखेका शब्दहरू:

१० मैले भनेँ, “मेरो आधा जीवन पनि नबित्दै

म चिहानको* ढोकामा छिर्नुपर्ने भयो।

मेरो जीवनका बाँकी वर्षहरू मैले देख्न पाउनेछैनँ।”

११ मैले भनेँ: “मैले जीवितहरूको देशमा याहलाई,* हो, याहलाई देख्न पाउनेछैनँ।+

जब म मरेकाहरूसित मिल्नेछु,

तब मैले मानवजातिलाई नियाल्न पाउनेछैनँ।

१२ गोठालोको पाललाई जस्तै

मेरो वासस्थानलाई उखेलिएको छ र मबाट खोसिएको छ।+

तानमा कपडा बुन्‍नेले कपडा बुनेर बेरेझैँ मैले आफ्नो जीवनलाई बेरेको छु।

उहाँले मलाई तानको डोरी काटेझैँ काटिदिनुभएको छ।

बिहानको मिरमिरेदेखि रात नपरेसम्म तपाईँ मलाई दुःख दिइरहनुहुन्छ।+

१३ म बिहानसम्म आफूलाई जसोतसो सम्हाल्छु।

तर उहाँ सिंहले झैँ मेरा हड्डीहरूलाई कऱ्‍याककुरुक पारिदिनुहुन्छ।

बिहानको मिरमिरेदेखि रात नपरेसम्म तपाईँ मलाई दुःख दिइरहनुहुन्छ।+

१४ गौँथली र चाँचरले* जस्तै म चिरबिर गरिरहन्छु।+

म ढुकुरले जस्तै कुर्लिरहन्छु।+

मास्तिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके।+

‘हे यहोवा, म साह्रै पीडामा छु,

मेरो सहारा बन्‍नुहोस्‌!’+

१५ म के नै भन्‍न सक्छु र?

उहाँले जसो भन्‍नुभएको थियो, त्यसै गर्नुभयो।

ममाथि आइपरेको यो दुःखको कारण

म जीवनभर नम्र भएर हिँड्‌नेछु।

१६ ‘हे यहोवा, प्रत्येक मानिस यी नै कुराको* भरमा बाँच्दछ।

मेरो जीवन पनि यी नै कुरामा अडिएको छ।

तपाईँले मलाई निको पार्नुहुनेछ र जीवितै राख्नुहुनेछ।+

१७ हेर्नुहोस्‌! म शान्तिको साटो तीतोपनाले भरिएको थिएँ।

तर तपाईँले मलाई विनाशको खाडलमा जाकिनदेखि जोगाउनुभयो,+

मेरा सबै पापहरूलाई तपाईँले आफ्नो नजरबाट हटाउनुभयो*+

किनकि तपाईँ मदेखि खुसी हुनुहुन्थ्यो।

१८ चिहानले* तपाईँको महिमा गर्न सक्दैन।+

मृत्युले तपाईँको जयजयकार गर्न सक्दैन।+

मृत्युको खाडलमा जानेहरूले तपाईँको वफादारीको आशा गर्न सक्दैनन्‌।+

१९ जिउँदाहरूले, हो, जिउँदाहरूले मात्र तपाईँको प्रशंसा गर्न सक्छन्‌,

जसरी आज म गर्दै छु।

अनि बुबाले आफ्ना छोराहरूलाई तपाईँको वफादारीबारे शिक्षा दिन सक्छन्‌।+

२० हे यहोवा! मलाई बचाउनुहोस्‌

अनि हामी आफ्नो जीवनभर यहोवाको भवनमा रहेर+

मैले रचेका गीतहरू तारे बाजाहरूमा गाउनेछौँ।’”+

२१ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* ल्याएर राजाको पिलोमा लगाइदेऊ र उहाँ निको हुनुहुनेछ।”+ २२ हिजकियाहले यस्तो प्रश्‍न सोधेका थिए: “म यहोवाको भवनमा जान पाउनेछु भन्‍ने कुराको चिन्ह के हुनेछ?”+

३९ त्यसबेला बेबिलोनका राजा मरोदक-बलदान, जो बलदानका छोरा थिए, तिनले हिजकियाह बिरामी परेका थिए र अहिले निको भएका छन्‌ भनेर सुने।+ त्यसैले तिनले आफ्ना दूतहरूको हातमा हिजकियाहकहाँ चिठी र उपहार पठाए।+ २ हिजकियाहले खुसी हुँदै उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन।

३ त्यसपछि भविष्यवक्‍ता यसैया राजा हिजकियाहकहाँ आए र तिनलाई सोधे: “यी मानिसहरूले के भने र यिनीहरू कहाँबाट आएका हुन्‌?” हिजकियाहले यस्तो जवाफ दिए: “यिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन्‌।”+ ४ यसैयाले फेरि सोधे: “तिनीहरूले तपाईँको महलमा के-के देखे?” हिजकियाहले भने: “तिनीहरूले मेरो महलमा भएका सबै कुरा देखे। मेरो भण्डारमा मैले तिनीहरूलाई नदेखाएको कुरा केही थिएन।”

५ तब यसैयाले हिजकियाहलाई यसो भने: “सेनाहरूका यहोवाको वचन सुन्‍नुहोस्‌। ६ यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोनमा लगिनेछ। केही बाँकी छोडिनेछैन।+ ७ अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ र तिनीहरू बेबिलोनका राजाको दरबारमा अफिसर हुनेछन्‌।’”+ ८ तब हिजकियाहले यसैयालाई यसो भने: “तपाईँले सुनाउनुभएको यहोवा परमेश्‍वरको वचन न्यायोचित छ।” तिनले यसो पनि भने: “किनकि मेरो जीवनकालमा शान्ति र सुरक्षा छाउनेछ।”+

४० तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई सान्त्वना देओ! सान्त्वना देओ!+

 २ यरुसलेमलाई सान्त्वना देओ।

उसका दुःखका दिनहरू* सकिएका छन्‌

र उसले आफ्नो गल्तीको मोल चुकाइसकेको छ भनेर उसलाई बताओ।+

यहोवाको हातबाट उसले आफ्ना पापहरूको पूरा* हिसाब पाइसकेको छ।”+

 ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,

“यहोवाको बाटो तयार पार!+

हाम्रा परमेश्‍वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+

 ४ हरेक बेँसी अग्लो बनाइयोस्‌।

हरेक पहाड र हरेक डाँडा होच्याइयोस्‌।

खाल्टाखुल्टी परेको बाटो सम्म पारियोस्‌

र खल्ड्‌याङखुल्डुङ परेको जमिनलाई समतल बनाइयोस्‌।+

 ५ यहोवाको महिमा प्रकट हुनेछ।+

सबै मानिसले त्यो देख्नेछन्‌+

किनकि यहोवाले नै यो कुरा भन्‍नुभएको हो।”

 ६ सुन! कोही यसो भन्दै छ: “घोषणा गर!”

अर्कोले भन्छ: “म के घोषणा गरूँ?”

“सबै मानिस हरिया घाँसजस्तै छन्‌।

तिनीहरूको अटल प्रेम मैदानको फूलजस्तै छ।+

 ७ जब यहोवाको सास त्यसमाथि पर्छ,

तब हरियो घाँस सुक्छ

र फूल ओइलाउँछ।+

साँच्चै, मानिसहरू हरिया घाँस मात्र हुन्‌।

 ८ हरियो घाँस सुकेर जान्छ

र फूल ओइलाइहाल्छ

तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदै रहिरहन्छ।”+

 ९ ए सियोनका लागि शुभसमाचार ल्याउने स्त्री!+

अग्लो पर्वतमा उक्ल।

ए यरुसलेमका लागि शुभसमाचार ल्याउने स्त्री!

ठूलठूलो स्वरले भन।

नडराऊ, आफ्नो आवाज ठूलो पार!

यहुदाका सहरहरूलाई यसो भन: “हेर! तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ।”+

१० हेर! ब्रह्‍माण्डका मालिक यहोवा आफ्नो पराक्रमका साथ आउनुहुनेछ।

उहाँको बाहुलीले उहाँको तर्फबाट शासन गर्नेछ।+

हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छ

अनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।+

११ गोठालोले झैँ उहाँले आफ्नो बगालको हेरचाह गर्नुहुनेछ।+

आफ्नो पाखुराले उहाँले पाठाहरूलाई जम्मा गर्नुहुनेछ

र तिनीहरूलाई आफ्नो छातीमा बोक्नुहुनेछ।

दूध खुवाइरहेका माउहरूलाई चाहिँ उहाँले बिस्तारै-बिस्तारै डोऱ्‍याउनुहुनेछ।+

१२ कसले समुद्रको पानीलाई आफ्नो अँजुलीमा नापेको छ?+

अनि कसले आकाशलाई आफ्नो बित्ताले* नापेको छ?

कसले पृथ्वीको धुलोलाई नाप्ने भाँडोमा जम्मा गरेको छ?+

अथवा कसले पहाडहरूलाई तराजुमा तौलेको छ?

अनि कसले डाँडाहरूलाई जोखेको छ?

१३ कसले यहोवाको शक्‍तिलाई नापेको छ?*

अनि उहाँको सल्लाहकार बनेर कसले उहाँलाई निर्देशन दिन सक्छ?+

१४ समझ पाउन उहाँले कसको सल्लाह लिनुभयो?

अथवा कसले उहाँलाई न्यायको मार्गमा चल्न सिकायो?

कसले उहाँलाई ज्ञान दियो?

कसले उहाँलाई सही समझको मार्ग देखायो?+

१५ हेर! राष्ट्रहरू त उहाँको लागि बाल्टिनबाट चुहिएको पानीको थोपाजस्तै छन्‌;

उहाँको नजरमा तिनीहरू तराजुमा टाँसिएको धुलोजस्तै छन्‌।+

हेर! उहाँ टापुहरूलाई मसिनो धुलोलाई झैँ उठाउनुहुन्छ।

१६ लेबनानका सारा रूखहरू काटे पनि वेदीको आगो बालिरहन पुग्दैन

न त त्यहाँका सारा जङ्‌गली जनावर अग्निभेटी चढाउनलाई पुग्छ।

१७ सारा राष्ट्रहरू उहाँको नजरमा केही पनि होइनन्‌;+

उहाँको लागि तिनीहरू व्यर्थका छन्‌, मानौँ तिनीहरूको कुनै अस्तित्व नै छैन।+

१८ तिमीहरू कोसित परमेश्‍वरको तुलना गर्छौ?+

उहाँको बराबरीमा आउन सक्ने कोही छ र?+

१९ कालिगडले धातु पगालेर मूर्ति बनाउँछ।

सुनारले त्यसलाई सुनले मोहोर्छ+

अनि त्यसका लागि चाँदीका सिक्रीहरू बनाउँछ।

२० मानिसले मूर्ति बनाउन किराले नखाने रूख छान्छ+

अनि नढलीकन बस्ने मूर्ति बनाउन

उसले निपुण कालिगड खोज्छ।+

२१ के तिमीहरूलाई थाह छैन?

के तिमीहरूले सुनेका छैनौ?

के तिमीहरूलाई सुरुदेखि नै बताइएको थिएन र?

पृथ्वीको जग बसालिएको समयदेखि नै साबित भएको कुरा के तिमीहरूले बुझेका छैनौ?+

२२ परमेश्‍वर पृथ्वीको घेराभन्दा* माथि विराजमान हुनुहुन्छ+

र उहाँको नजरमा पृथ्वीका बासिन्दाहरू फट्‌याङ्‌ग्राजस्तै छन्‌।

उहाँ आकाशलाई पातलो पर्दाझैँ फिँजाउनुहुन्छ

र त्यसलाई पालझैँ फैलाउनुहुन्छ।+

२३ उहाँले उच्च अधिकारीहरूलाई तल झार्नुहुन्छ

र पृथ्वीका न्यायाधीशहरूलाई* धुलोको कण तुल्याइदिनुहुन्छ।

२४ तिनीहरूलाई रोप्न नपाउँदै,

तिनीहरूलाई छर्न नपाउँदै,

तिनीहरूले माटोमा जरा गाड्‌न नपाउँदै

तिनीहरूलाई बतासले हान्छ र तिनीहरू सुकिहाल्छन्‌।

हावाले तिनीहरूलाई ठोसोलाई झैँ उडाएर लैजान्छ।+

२५ पवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरू कोसित मेरो तुलना गर्छौ? कसलाई मेरो बराबरी सम्झन्छौ?

२६ आफ्नो आँखा उठाएर आकाशतिर हेर।

यी सब कसले बनाएका हुन्‌?+

उहाँले नै होइन र, जसले तिनीहरूका सेनालाई गन्ती गरेर बोलाउनुहुन्छ?

उहाँले तिनीहरूलाई नाम काढेरै बोलाउनुहुन्छ।+

उहाँको अथाह शक्‍ति र विस्मयकारी सामर्थ्यले गर्दा+

तिनीहरूमध्ये एउटै हराउँदैन।

२७ ए याकुब! तिमी किन यसो भन्छौ,

अनि ए इस्राएल! तिमी किन यस्तो घोषणा गर्छौ,

‘मेरो मार्ग यहोवादेखि लुकेको छ।

मैले परमेश्‍वरबाट इन्साफ पाएकै छैनँ’?+

२८ के तिमीलाई थाह छैन? के तिमीले सुनेका छैनौ?

पृथ्वीमा भएका सबै थोक बनाउनुहुने यहोवा सदाको लागि* परमेश्‍वर हुनुहुन्छ।+

उहाँ कहिल्यै थाक्नुहुन्‍न न त कहिल्यै गल्नुहुन्छ।+

उहाँको समझलाई कसैले बुझ्न सक्दैन।+

२९ उहाँ थकितहरूलाई बल दिनुहुन्छ

र निर्बलहरूलाई शक्‍तिले भरिपूर्ण पार्नुहुन्छ।+

३० ठिटाहरू थाकेर शिथिल हुनेछन्‌

र युवकहरू ठक्कर खाएर लड्‌नेछन्‌।

३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्‌।

तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्‌नेछन्‌।+

तिनीहरू दगुर्नेछन्‌ तर थाक्नेछैनन्‌;

तिनीहरू हिँड्‌नेछन्‌ तर गल्नेछैनन्‌।”+

४१ “ए टापुहरू हो! चुपचाप मेरो कुरा सुन।

जातिजातिले फेरि साहस देखाऊन्‌।

तिनीहरू मेरो अगाडि आऊन्‌ र आफ्नो कुरा राखून्‌।+

आओ! हामी भेला होऔँ अनि म तिमीहरूको मुद्दाको फैसला गर्नेछु।

 २ पूर्वमा उसलाई खडा गर्ने को हो?+

न्याय गर्न आफ्नो पाउनजिकै* उसलाई उभ्याउने को हो?

जातिजातिलाई उसको वशमा पार्न

अनि राजाहरूलाई उसको अधीनमा राख्न उसलाई खडा गर्ने को हो?+

उसको तरबारको अगाडि जातिजातिलाई धुलोपिठो पार्ने

र उसको धनुको सामने तिनीहरूलाई बतासले उडाएको ठोसोझैँ तुल्याउने को हो?

 ३ ऊ कहिल्यै नहिँडेको बाटोमा समेत

उसले तिनीहरूलाई सजिलै खेद्‌नेछ।

 ४ यी सब कुरा कसले गरेर देखाएको छ?

सुरुदेखिका पुस्ताहरूलाई कसले आज्ञा दिएको छ?

म यहोवा नै सबैभन्दा पहिलो हुँ+

अनि आखिरी पुस्ताका लागि पनि म त्यस्तै रहनेछु।”+

 ५ टापुहरू यी कुरा देखेर त्रसित भएका छन्‌;

पृथ्वीका टाढा-टाढाका देशहरूसमेत थरथर काँप्छन्‌

अनि तिनीहरू एकसाथ भेला हुन्छन्‌।

 ६ प्रत्येकले आफ्नो साथीलाई सघाउँछ

र आफ्नो भाइलाई यसो भन्छ: “हिम्मत नहार!”

 ७ कालिगडले सुनारको हिम्मत बढाउँछ+

अनि धातु पिट्‌न घन चलाउनेले

लिहिलीमा* धातु पिट्‌नेलाई हौसला दिन्छ।

धातुहरू जोड्‌ने काम सकिएपछि उसले यसो भन्छ: “राम्रो भयो!”

अनि त्यो नलडोस्‌ भनेर उसले त्यसलाई किला ठोकेर अड्‌याउँछ।

 ८ “तर ए इस्राएल, तिमी त मेरो सेवक हौ।+

अनि ए याकुब, तिमीलाई मैले रोजेको हुँ।+

तिमी मेरो मित्र अब्राहामका सन्तान हौ।+

 ९ तिमीलाई मैले पृथ्वीको पल्लो छेउबाट ल्याएँ।+

पृथ्वीको सबैभन्दा टाढाका देशहरूबाट मैले तिमीलाई बोलाएँ।

मैले तिमीलाई यसो भनेँ: ‘तिमी मेरो सेवक हौ।+

मैले तिमीलाई रोजेको छु, मैले तिमीलाई त्यागेको छैनँ।+

१० नडराऊ किनकि म तिमीसित छु;+

फिक्री नगर किनकि म तिम्रा परमेश्‍वर हुँ।+

म तिमीलाई बलियो पार्नेछु र तिमीलाई मदत गर्नेछु।+

धार्मिकता कायम गर्ने मेरो दायाँ हातले म तिमीलाई पक्रिराख्नेछु।’

११ तिमीसित क्रोधित हुनेहरू सबै लाजमा पर्नेछन्‌ र अपमानित हुनेछन्‌।+

तिमीलाई आक्रमण गर्नेहरूको नामोनिसान मेटिनेछ।+

१२ तिमीमाथि आइलाग्नेहरूलाई तिमीले खोज्नेछौ तर कतै फेला पार्नेछैनौ।

तिमीसित युद्ध गर्नेहरू सबै नामेट हुनेछन्‌, तिनीहरू बिलाएर जानेछन्‌।+

१३ किनकि म यहोवा तिम्रा परमेश्‍वरले तिम्रो दाहिने हात समातेको छु।

म तिमीलाई भन्छु, ‘नडराऊ, म तिमीलाई मदत गर्नेछु।’+

१४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+

ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”

तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्‍वर यहोवा भन्‍नुहुन्छ।

१५ “हेर, मैले तिमीलाई दाँदेजस्तै तुल्याएको छु,+

दुई लहर धारिलो दाँती भएको दाँदेजस्तै बनाएको छु।

तिमीले पहाडहरूलाई कुल्चेर धुलोपिठो पार्नेछौ

र डाँडाहरूलाई भुसजस्तै बनाउनेछौ।

१६ तिमीले तिनीहरूलाई निफन्‍नेछौ

र तिनीहरूलाई हावाले उडाएर लैजानेछ।

आँधीले तिनीहरूलाई छरपस्ट पार्नेछ।

यहोवाको कारण तिमी रमाउनेछौ।+

इस्राएलका पवित्र परमेश्‍वरमा तिमीले गर्व गर्नेछौ।”+

१७ “गरिब र दीनदुःखीहरू पानी खोज्छन्‌ तर कतै फेला पार्दैनन्‌।

तिर्खाले तिनीहरूको मुख सुकिसकेको छ+

तर म यहोवा तिनीहरूको पुकारा सुन्‍नेछु।+

म इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्याग्नेछैनँ।+

१८ नाङ्‌गा डाँडाहरूबाट म नदी बगाउनेछु+

र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+

मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।

अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+

१९ म मरुभूमिमा देवदारको रूख,

बबुलको रूख, मेहदीको बोट र सल्लाको रूख रोप्नेछु।+

अनि सुक्खा ठाउँमा धुपीको रूख,

लाँकुरीको रूख र राइसल्लाको रूख रोप्नेछु।+

२० जब मानिसहरूले यी सब देख्नेछन्‌

तब यहोवाको हातले नै यी गरेका हुन्‌

र इस्राएलका पवित्र परमेश्‍वरले नै यी काम गर्नुभएको हो+

भनेर तिनीहरूले बुझ्नेछन्‌।”

२१ यहोवा भन्‍नुहुन्छ, “तिमीहरूको मुद्दा सुरु गर।”

याकुबका राजा भन्‍नुहुन्छ, “प्रमाण पेस गर।”

२२ “ए मूर्तिहरू हो! सक्छौ भने प्रमाण देखाओ र पछि हुने कुराहरू बताओ।

उहिले-उहिलेका कुराहरू पनि सुनाओ

अनि हामी त्यसमा मनन गरौँ र नतिजा विचार गरौँ।

अथवा अब के हुन लागेको छ, त्यो बताओ।+

२३ भविष्यवाणी गरेर देखाओ

अनि तिमीहरू ईश्‍वर हौ भनेर हामी मानौँला।+

असल होस्‌ वा खराब, एउटा अचम्मको काम गर,

जुन देखेर हामी तीनछक परौँ।+

२४ हेर, तिमीहरूको त अस्तित्व नै छैन।

तिमीहरूका काम पनि व्यर्थका हुन्‌।+

अनि तिमीहरूको पछि लाग्नेहरू सबै घृणित हुन्‌।+

२५ मैले कसैलाई खडा गरेको छु र उसले उत्तरतिरबाट आक्रमण गर्नेछ।+

पूर्वतिरबाट* आउने जो हो, उसले+ मेरो नाम पुकार्नेछ।

उसले शासकहरूलाई माटोलाई झैँ कुल्चनेछ।+

कुमालेले गिलो माटोलाई कुल्चेझैँ उसले तिनीहरूलाई कुल्चीमिल्ची पार्नेछ।

२६ हामीलाई कसले सुरुदेखि नै यी कुरा बतायो र हामीले थाह पाउन सक्यौँ?

‘उसको कुरा ठीकै रहेछ’ भन्‍नलाई कसले यी कुरा पहिल्यै बतायो?+

कसैले बताएन!

कसैले पनि यी कुराहरूको घोषणा गरेन!

तिमीहरूको मुखबाट कसैले केही सुनेन!”+

२७ “हेर, यी कुराहरू हुनेछन्‌!” भनेर सियोनलाई सबैभन्दा पहिला बताउने मै हुँ।+

अनि यरुसलेमलाई शुभ समाचार दिन म एउटा दूत पठाउनेछु।+

२८ मैले यताउता हेरिरहेँ तर त्यहाँ कोही थिएन;

सल्लाह दिने एक जना पनि त्यहाँ थिएन।

मैले सोधिरहेँ तर कसैले जवाफ दिएन।

२९ हेर, तिनीहरूको त अस्तित्व नै छैन।

तिनीहरूका काम व्यर्थ हुन्‌;

धातुका मूर्तिहरू* हावा मात्र हुन्‌।+

४२ हेर! मेरो सेवक,+ जसलाई मैले साथ दिएको छु;

मैले रोजेको व्यक्‍ति,+ जसलाई मैले स्विकारेको छु।+

मैले तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याएको छु।+

न्याय के हो भनेर तिनले जातिजातिका मानिसहरूलाई देखाउनेछन्‌।+

 २ तिनी चिच्याउनेछैनन्‌ वा ठूलो आवाज निकाल्नेछैनन्‌,

तिनले सडकमा गएर आफ्नो स्वर सुनाउनेछैनन्‌।+

 ३ तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌,

धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌।+

तिनको न्याय भरपर्दो हुनेछ।+

 ४ तिनी दुर्बल वा थकित हुनेछैनन्‌;

तिनले पृथ्वीमा न्याय कायम गर्नेछन्‌+

र टापुहरू तिनको निर्देशनको* लागि पर्खिरहनेछन्‌।

 ५ यहोवा साँचो परमेश्‍वर हुनुहुन्छ; आकाश बनाउने पनि उहाँ नै हुनुहुन्छ।

उहाँ आकाशलाई फैलाउनुहुने महान्‌ परमेश्‍वर हुनुहुन्छ।+

उहाँले पृथ्वी र यसमा भएका सबै थोक बनाउनुभयो।+

उहाँले नै पृथ्वीका मानिसहरूलाई जीवन दिनुभयो

र त्यसमा हिँडडुल गर्नेहरूलाई सास दिनुभयो।+

उहाँ यसो भन्‍नुहुन्छ:

 ६ “म यहोवाले मेरो न्यायोचित उद्देश्‍यको लागि तिमीलाई बोलाएको छु;

मैले तिम्रो हात समातेको छु।

म तिम्रो रक्षा गर्नेछु अनि मानिसहरू र मबीच तिमी एउटा करार हुनेछौ+

अनि जातिजातिका मानिसहरूको निम्ति तिमी ज्योति बन्‍नेछौ।+

 ७ अनि तिमीले अन्धाको आँखा खोल्नेछौ,+

कैदीलाई कालकोठरीबाट मुक्‍त गर्नेछौ

र झ्यालखानाको अँध्यारोमा बसिरहेकाहरूलाई छुटाउनेछौ।+

 ८ म यहोवा हुँ। मेरो नाम त्यही हो।

मेरो महिमा म अरू कसैलाई दिन्‍नँ;*

मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्‍नँ।+

 ९ हेर! पहिलेका कुराहरू पूरा भइसकेका छन्‌;

अब म नयाँ कुराहरू बताउँछु।

ती कुराहरू हुनुअघि नै म तिमीलाई त्यसबारे बताउँछु।”+

१० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,

ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+

यहोवाको लागि एउटा नयाँ गीत गाओ।+

पृथ्वीको कुनाकुनामा उहाँको प्रशंसा गर।+

११ उजाड भूमि र त्यसका सहरहरूले

अनि केदारका+ बस्तीहरूले समेत आफ्नो स्वर उचालून्‌।+

चट्टानका बासिन्दाहरू पनि रमाउँदै कराऊन्‌;

पहाडका टुप्पाहरूबाट तिनीहरू ठूलो स्वरले कराऊन्‌।

१२ तिनीहरूले यहोवाको महिमा गरून्‌

र टापुहरूमा उहाँको प्रशंसा गरून्‌।+

१३ यहोवा पराक्रमी योद्धाझैँ निस्कनुहुनेछ।+

उहाँ योद्धाझैँ जोसका साथ आउनुहुनेछ।+

ठूलो स्वरले कराएर उहाँले युद्धको घोषणा गर्नुहुनेछ।

उहाँले आफूलाई शत्रुहरूभन्दा पराक्रमी साबित गर्नुहुनेछ।+

१४ “म निकै बेरसम्म चुपचाप बसेँ।

म शान्त रहेँ र आफैलाई रोकिराखेँ।

तर अब म सुत्केरी बेथा लागेकी स्त्रीझैँ

कराउनेछु, सुस्केरा हाल्नेछु र लामो-लामो सास फेर्नेछु।

१५ म पहाड र डाँडाहरूलाई उजाड पार्नेछु

र त्यहाँका सबै वनस्पति सुकाइदिनेछु।

म नदीहरूलाई सुक्खा जमिन* बनाइदिनेछु

र नर्कट उम्रने पोखरीहरूलाई सुकाइदिनेछु।+

१६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+

तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+

तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+

र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+

म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”

१७ कुँदेर बनाइएका मूर्तिहरूमा भरोसा राख्नेहरू

र धातु पगालेर बनाइएका मूर्तिहरूलाई “हाम्रो ईश्‍वर” भन्‍नेहरू

लाजमा पर्नेछन्‌ र पछि हट्‌नेछन्‌।+

१८ ए बहिरा हो, सुन!

ए अन्धा हो, आँखा खोल र हेर।+

१९ मेरो सेवकबाहेक अरू को अन्धो छ र?

मैले पठाएको दूतजस्तो बहिरो अरू को छ र?

जसलाई मैले इनाम दिएँ, ऊजस्तो अन्धो अरू को छ र?

यहोवाको सेवकजस्तो अन्धो अरू को छ र?+

२० तिमीहरू थुप्रै कुरा देख्छौ तर ध्यान दिएर हेर्दैनौ।

तिमीहरूको कान खुल्लै छ तर तिमीहरू सुन्दैनौ।+

२१ यहोवा जे सही छ, त्यही गर्नुहुन्छ;

त्यसैले आफ्नो व्यवस्था* शानदार र महान्‌ छ भनेर उहाँले खुसीसाथ देखाउनुभएको छ।

२२ तर तिनीहरू लुटपाटमा परेका मानिसहरू हुन्‌;+

तिनीहरू सबै गुफामा फसेका छन्‌ र झ्यालखानामा बन्द छन्‌।+

तिनीहरू लुटिएका छन्‌ तर तिनीहरूलाई बचाउने कोही छैन।+

तिनीहरूको निम्ति कसैले यसो भन्दैन: “यिनीहरूको उद्धार गर।”

२३ तिमीहरूमध्ये कसले यो कुरा सुन्छ?

आउने समयलाई विचार गरेर कसले यस कुरामा ध्यान दिन्छ?

२४ कसले याकुबलाई लुटिन दियो?

अनि कसले इस्राएललाई लुटेराको हातमा सुम्पियो?

यहोवाले नै होइन र?

किनकि उहाँको विरुद्धमा तिनीहरूले पाप गरे।

उहाँको मार्गमा हिँड्‌न तिनीहरूले इन्कार गरे

अनि उहाँको व्यवस्था* पालन गरेनन्‌।+

२५ त्यसैले उहाँले तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुभयो,

उहाँको रिस र युद्धको आगो।+

त्यसले तिनीहरूवरपरका सबै कुरालाई सखाप पाऱ्‍यो तर तिनीहरूले ध्यानै दिएनन्‌।+

आगो तिनीहरूमाथि पनि दन्कियो तैपनि तिनीहरूले वास्तै गरेनन्‌।+

४३ हे याकुब, जसले तिमीलाई सृष्टि गर्नुभयो,

हे इस्राएल, जसले तिमीलाई बनाउनुभयो,+

उनै परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:

“नडराऊ, मैले तिमीलाई मोल तिरेर छुटाएको छु।+

मैले तिमीलाई नामै काढेर बोलाएको छु।

तिमी मेरै हौ।

 २ तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु,+

तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन।+

तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन,

त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।

 ३ किनभने म यहोवा तिम्रा परमेश्‍वर हुँ,

इस्राएलका पवित्र परमेश्‍वर, तिम्रा उद्धारक।

तिमीलाई छुटाउन मैले फिरौतीस्वरूप मिश्र दिएको छु,

इथियोपिया र सिबा दिएर मैले तिमीलाई छुटाएको छु।

 ४ किनकि मेरो नजरमा तिमी अनमोल छौ,+

तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु।+

त्यसैले तिम्रो बदलामा म मानिसहरू दिनेछु,

तिम्रो जीवनको लागि म देशहरू दिनेछु।

 ५ नडराऊ किनकि म तिमीसित छु।+

तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछु

अनि तिमीहरूलाई पश्‍चिमबाट जम्मा गर्नेछु।+

 ६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+

अनि दक्षिणलाई यसो भन्‍नेछु, ‘तिनीहरूलाई नरोक!

मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+

 ७ मेरो नामबाट चिनिएका हरेकलाई+

र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,

जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’

 ८ आँखा भएर पनि नदेख्ने

अनि कान भएर पनि नसुन्‍ने ती मानिसहरूलाई लिएर आऊ।+

 ९ सबै देश जम्मा होऊन्‌,

देश-देशका मानिसहरू एक ठाउँमा भेला होऊन्‌।+

तिनीहरूमध्ये कसलाई यो कुरा थाह छ?

पहिलेका कुरा* कसले भन्‍न सक्छ?+

आफूलाई सही साबित गर्न तिनीहरूले साक्षीहरू पेस गरून्‌,

अरूले तिनीहरूको कुरा सुनून्‌ र यसो भन्‍न सकून्‌, ‘यो कुरा सत्य हो!’”+

१० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+

तिमीहरूले मलाई चिन्‍न र ममाथि विश्‍वास* गर्न सक

र म त्यही हुँ भन्‍ने कुरा बुझ्न सक भनेर+

मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+

मेरो अघि कुनै ईश्‍वर थिएन

न त मेरो पछि कोही हुनेछ।+

११ म नै यहोवा हुँ,+ मबाहेक अरू कोही उद्धारक छैन।”+

१२ “तिमीहरूमाझ अरू कुनै विदेशी देवता नहुँदै

तिमीहरूसित कुरा गर्ने, तिमीहरूलाई बचाउने र समझ दिने मै थिएँ।+

त्यसैले म साँचो परमेश्‍वर हुँ र तिमीहरू मेरा साक्षी हौ,” यहोवा घोषणा गर्नुहुन्छ।+

१३ “अनि म सधैँ उही रहनेछु;+

मेरो हातबाट कसैले केही खोस्न सक्दैन।+

जब म केही गर्छु, तब कसले मलाई रोक्न सक्छ?”+

१४ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्‍वर यहोवा+ यसो भन्‍नुहुन्छ:

“तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु र त्यसका ढोकाहरू भत्काउनेछु।+

अनि जहाजमा भएका कल्दियालीहरू आफूमाथि आइपरेको दुःखले गर्दा रुनेछन्‌।+

१५ म इस्राएललाई सृष्टि गर्ने+ तिमीहरूका पवित्र परमेश्‍वर+ र तिमीहरूका राजा यहोवा हुँ।”+

१६ यहोवा परमेश्‍वर,

जसले समुद्रको बीचमा बाटो खोल्नुहुन्छ,

जसले उर्लँदो छालको बीचमा पनि गोरेटो बाटो बनाउनुहुन्छ,+

१७ जो युद्धको रथ र घोडासहित निस्कनुहुन्छ,+

जो शक्‍तिशाली योद्धाहरूको फौज लिएर निस्कनुहुन्छ,

उहाँ यसो भन्‍नुहुन्छ: “तिनीहरू ढल्नेछन्‌ तर फेरि उठ्‌नेछैनन्‌।+

बलिरहेको सलेदोलाई जस्तै तिनीहरूलाई निभाइनेछ।”

१८ “बितेका कुराहरूलाई बिर्सिदेओ,

विगतका कुराहरूमा घोरिएर नबस।

१९ हेर, म एउटा नयाँ काम गर्दै छु,+

त्यसको सुरुवात भइसकेको छ।

के तिमीहरू देख्दैनौ?

म उजाड ठाउँमा बाटो बनाउनेछु+

र मरुभूमिमा नदी बगाउनेछु।+

२० तब स्याल, सुतुरमुर्ग*

र जङ्‌गली जनावरहरूले मेरो आदर गर्नेछन्‌।

किनकि मेरा मानिसहरू, मैले रोजेका जनले पिऊन्‌ भनेर+

म उजाड ठाउँमा पानीको मूल फुटाउनेछु+

र मरुभूमिमा नदी बगाउनेछु।

२१ मैले आफ्नो निम्ति खडा गरेको जातिको लागि म यसो गर्नेछु,

तिनीहरूले मेरो प्रशंसा गरून्‌ भनेर मैले तिनीहरूलाई खडा गरेँ।+

२२ तर ए याकुब, तिमीले मलाई पुकारेनौ।+

ए इस्राएल, तिमी मदेखि अघायौ।+

२३ मेरो लागि अग्निभेटी चढाउन तिमीले भेडाहरू ल्याएनौ

अनि मेरो महिमा गर्न तिमीले कुनै बलिदान चढाएनौ।

मैले तिमीसँग जबरजस्ती भेटी मागेको छैनँ

अनि सेतो धूप* मागेर तिमीलाई दिक्क पारेको पनि छैनँ।+

२४ तिमीले आफ्नो पैसाले मेरो लागि बोझो* किनेनौ

अनि भेटीको बोसोले मलाई तृप्त पारेनौ।+

बरु आफ्ना पापहरूको बोझ मलाई बोकायौ

अनि बारम्बार गल्ती गरेर मलाई हैरान पाऱ्‍यौ।+

२५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+

अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+

२६ मैले केही बिर्सेको छु भने मलाई सम्झाओ; आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ।

आफूलाई सही साबित गर्ने कुनै प्रमाण छ भने बताओ।

२७ तिमीहरूको पहिलो पुर्खाले पाप गरे

अनि तिमीहरूका प्रवक्‍ताहरूले* मेरो विद्रोह गरे।+

२८ त्यसैले पवित्र ठाउँका नाइकेहरूलाई म अशुद्ध ठहराउनेछु।

अनि याकुबलाई नाशको लागि सुम्पनेछु

र इस्राएललाई अपमानका शब्दहरू सुन्‍न लगाउनेछु।+

४४ “हे मेरो सेवक याकुब, सुन!

हे मैले रोजेको इस्राएल, सुन!+

 २ तिमीलाई सृष्टि गर्नुहुने, तिमीलाई बनाउनुहुने,+

तिमीलाई गर्भमै रच्नुहुने

यहोवा यसो भन्‍नुहुन्छ:

‘हे मेरो सेवक याकुब,

मैले रोजेको यसुरुन,*+ तिमी नडराऊ!+

 ३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+

सुक्खा भूमिमा म खोला बगाउनेछु।

तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्‍ति खन्याउनेछु,+

तिम्रा सन्तानलाई म आशिष्‌ दिनेछु।

 ४ तिनीहरू हरिया घाँसजस्तै लहलहाउनेछन्‌,+

खोलाको किनारमा भएको चिनारको रूखझैँ* हलक्क बढ्‌नेछन्‌।

 ५ एक जनाले भन्‍नेछ; “म यहोवाको हुँ।”+

अर्कोले आफ्नो नाम याकुब राख्नेछ,

अर्कोले आफ्नो हातमा यस्तो लेख्नेछ: “म यहोवाको हुँ।”

उसले आफ्नो नाम इस्राएल राख्नेछ।’

 ६ इस्राएलका राजा यहोवा,+

इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्‍नुहुन्छ:

‘म नै पहिलो र म नै अन्तिम हुँ!+

मबाहेक अरू कुनै ईश्‍वर छैन।+

 ७ मजस्तो अरू को छ?+

कोही छ भने बोलोस्‌, मेरो सामु आएर प्रमाण पेस गरोस्‌।+

मैले आफ्ना मानिसहरूलाई रोजेको समयदेखि जे गरेँ, तिनीहरूले ती सबै गरेर देखाऊन्‌।

तिनीहरूले अहिले हुने कुराहरू

अनि पछि हुने कुराहरू बताऊन्‌।

 ८ तिमीहरू त्रसित नहोओ

र डरले मूर्च्छा नपर।+

मैले तिमीहरू सबैलाई पहिला नै बताइसकेको थिइनँ र?

तिमीहरू मेरा साक्षी हौ।+

मबाहेक अरू कुनै ईश्‍वर छ र?

हो, मजस्तो चट्टान अरू कोही छैन,+ म अरू कसैलाई चिन्दिनँ।’”

 ९ मूर्ति बनाउनेहरू सबै बेकारका हुन्‌;

तिनीहरूले सम्मान गर्ने मूर्तिहरू पनि व्यर्थ हुन्‌।+

तिनीहरूका* साक्षीहरू पनि तिनीहरूजस्तै अन्धा र अबुझ छन्‌;+

त्यसैले तिनीहरूलाई बनाउनेहरू लाजमा पर्नेछन्‌।+

१० आफूले बनाएका देवताहरूबाट वा धातुका मूर्तिहरूबाट

कसले आशिष्‌ पाएको छ र?+

११ तिनीहरूलाई साथ दिनेहरू पनि लाजमा पर्नेछन्‌,+

मूर्ति बनाउने कालिगडहरू त मानिस मात्र हुन्‌।

तिनीहरू सबै एकसाथ खडा होऊन्‌;

तिनीहरू सबै डरले काँप्नेछन्‌ र लाजमा पर्नेछन्‌।

१२ कालिगडले फलामलाई आफ्नो औजारले समात्छ र कोइलाको भुङ्‌ग्रोमा राख्छ।

उसले आफ्नो पाखुराको बलले घन चलाउँछ

र फलामलाई आकार दिन्छ।+

काम गर्दा गर्दै ऊ भोकाउँछ अनि ऊसित बल नै रहँदैन;

ऊ पानीधरि पिउँदैन र थाकेर लखतरान हुन्छ।

१३ सिकर्मीले काठलाई डोरीले नाप्छ र रातो खरीले चिन्ह लगाउँछ।

उसले काठमा रन्दा लगाउँछ र पर्कालले* नाप्छ,

त्यसपछि उसले काठलाई मानिसको आकार दिन्छ।+

अनि मन्दिरमा राख्नको लागि

उसले त्यसलाई मानिसजस्तै सुन्दर बनाउँछ।+

१४ देवदारको रूख काट्‌ने मानिसले

एउटा खास किसिमको रूख, फलाँटको रूख छान्छ;

उसले त्यसको हेरचाह गर्छ र जङ्‌गलमा त्यसलाई बढ्‌न दिन्छ।+

उसले तेजपातको जस्तै रूख पनि रोप्छ र पानी परेपछि त्यो हलक्क बढ्‌छ।

१५ त्यसपछि उसले त्यो रूख काटेर दाउरा चिर्छ;

उसले त्यो दाउरा बाल्छ र आगो ताप्छ;

त्यसको आगोमा उसले रोटी पकाउँछ।

अनि त्यस रूखबाटै उसले एउटा देवता पनि बनाउँछ र त्यसको पूजा गर्छ;

उसले खोपेर मूर्ति बनाउँछ र त्यसलाई ढोग्छ।+

१६ आधाउधी रूखलाई उसले दाउरा बनाएर बाल्छ;

त्यही आगोमा उसले मासु पोलेर अघाउन्जेल खान्छ।

अनि त्यही आगो ताप्दै ऊ यसो भन्छ:

“आहा! कस्तो न्यानो भयो!”

१७ अनि बाँकी रहेको काठबाट उसले एउटा देवता बनाउँछ, खोपेको मूर्ति;

ऊ त्यस मूर्तिलाई पूजा गर्छ र त्यसलाई ढोग्छ।

अनि त्यस मूर्तिलाई प्रार्थना गर्दै यसो भन्छ:

“हे ईश्‍वर! मलाई बचाउनुहोस्‌!”+

१८ ती मूर्ति बनाउनेहरू केही जान्दैनन्‌, तिनीहरू केही बुझ्दैनन्‌+

किनभने तिनीहरूका आँखा बन्द भएका छन्‌ र तिनीहरू केही देख्दैनन्‌

अनि तिनीहरूमा* समझ नै छैन।

१९ तिनीहरू कसैसित यसो भनेर सोच्ने ज्ञान र बुद्धि छैन:

“यस रूखको आधाउधी काठ त मैले दाउरा बनाएर बालेँ,

यसकै आगोमा मैले रोटी पकाएर खाएँ,

यसकै भुङ्‌ग्रोमा मैले मासु पनि पोलेर खाएँ;

अब बाँकी रहेको काठबाट के म यस्तो घिनलाग्दो कुरा बनाऊँ?+

जाबो एउटा काठको टुक्रोलाई म पूजा गरूँ?”

२० त्यो मानिस त खरानीले पेट भर्ने मानिसजस्तै हो,

उसको छली मनले उसलाई धोका दिएको छ।

उसले आफैलाई बचाउन सक्दैन; ऊ यसो पनि भन्दैन:

“मेरो हातमा मैले व्यर्थको मूर्ति बोकिरहेको छु।”

२१ “हे मेरो सेवक याकुब!

हे इस्राएल! तिमीचाहिँ मेरा यी कुराहरू नबिर्स।

मैले तिमीलाई बनाएको हुँ, तिमी मेरो सेवक हौ।+

हे इस्राएल! म तिमीलाई बिर्सनेछैनँ।+

२२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+

तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।

मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+

२३ हे आकाश! खुसीले कराऊ!

किनभने यहोवा अघि बढिसक्नुभएको छ!

हे धर्तीको गहिराइ! जयजयकार गर!

हे पर्वतहरू हो! खुसीले कराओ!+

हे जङ्‌गल र रूखहरू हो! रमाओ!

किनभने यहोवाले याकुबलाई मोल तिरेर छुटाउनुभएको छ।

अनि इस्राएलमा उहाँले आफ्नो महिमा प्रकट गर्नुभएको छ।”+

२४ तिमीलाई गर्भमै रच्नुहुने,

तिमीलाई मोल तिरेर छुटाउनुहुने यहोवा भन्‍नुहुन्छ:+

“म यहोवा हुँ, मैले सबै थोक बनाएँ।

मैले आकाशलाई फिँजाएँ,+

मैले नै धर्तीलाई फैलाएँ।+

त्यतिबेला मसँग को थियो र?

२५ झूटा भविष्यवाणी गर्नेहरूको कुरा म झूटो साबित गरिदिनेछु।

जोखना हेर्नेहरूलाई म मूर्ख ठहराउनेछु;+

बुद्धिमान्‌ भनाउँदाहरूलाई अलमलमा पारिदिनेछु

र तिनीहरूको ज्ञानलाई मूर्खतामा बदल्नेछु।+

२६ मेरा सेवकहरूले गरेका भविष्यवाणी म पूरा गर्नेछु

अनि मेरा दूतहरूले भनेका कुरा सही साबित गर्नेछु।+

यरुसलेमबारे म यसो भन्छु, ‘त्यो सहर फेरि बसालिनेछ।’+

यहुदाका सहरहरूबारे म भन्छु, ‘ती फेरि बनाइनेछन्‌।+

ध्वस्त भएका त्यसका ठाउँहरूलाई म फेरि बनाउनेछु।’+

२७ गहिरा पानीलाई म भन्छु, ‘सुकिजा!

तेरा सबै नदीलाई म सुकाउनेछु।’+

२८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,

उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+

यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’

मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+

४५ जातिजातिमाथि अधिकार गर्न,+

राजाहरूलाई दुर्बल पार्न*

अनि ढोकाहरू खुल्लै रहून्‌ भनेर

त्यसका दुवै खापा खोल्न

आफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+

उहाँ तिनलाई यसो भन्‍नुहुन्छ:

 २ “म तिम्रो अघिअघि जानेछु।+

डाँडाहरूलाई समतल बनाइदिनेछु।

तामाका ढोकाहरूलाई टुक्राटुक्रा पारिदिनेछु

र फलामे बारहरूलाई काटिदिनेछु।+

 ३ म तिमीलाई अन्धकारमा राखिएका

र गुप्त ठाउँमा लुकाइएका बहुमूल्य खजाना दिनेछु।+

तब तिमीले म नै इस्राएलका परमेश्‍वर यहोवा हुँ भनेर जान्‍नेछौ,

जसले तिम्रो नामै काढेर तिमीलाई बोलाएको छ।+

 ४ मेरो सेवक याकुब र मैले रोजेको इस्राएलको खातिर

मैले तिमीलाई नामै काढेर बोलाएको हुँ।

तिमीले मलाई नचिने पनि म तिमीलाई मानसम्मान दिनेछु।

 ५ म यहोवा हुँ, मबाहेक अरू कोही छैन।

मबाहेक अरू कुनै परमेश्‍वर छैन।+

तिमीले मलाई नचिने पनि म तिमीलाई बलियो बनाउनेछु।*

 ६ अनि मबाहेक अरू कोही छैन भनेर+

पूर्वदेखि पश्‍चिमसम्मका* मानिसहरूले जान्‍नेछन्‌।

म नै यहोवा हुँ, अरू कुनै परमेश्‍वर छैन।+

 ७ ज्योति र अन्धकार, दुवै बनाउने मै हुँ।+

शान्ति गराउने+ र विपत्ति ल्याउने पनि मै हुँ।+

यी सबै कुरा गर्ने म यहोवा नै हुँ।

 ८ आकाशले झरी पारोस्‌,+

बादलले पनि न्याय बर्साओस्‌।

पृथ्वी जागोस्‌ अनि चारैतिर न्याय र उद्धारको फल फलाओस्‌।+

म यहोवाले नै यो कुरा सम्भव तुल्याएको हुँ।”

 ९ धिक्कार छ त्यसलाई, जसले आफ्नो रचनाकारसित निहुँ खोज्छ।*

किनकि त्यो त केवल माटोको भाँडोको एउटा टुक्रा हो,

अरू टुक्राहरूसितै भुईँमा फ्याँकिएको एउटा टुक्रा मात्र हो।

माटोले कुमालेलाई “तिमीले यो के बनाएको” भन्‍न सुहाउँछ र?+

अथवा तिम्रो हातको कामले तिमीलाई “तिम्रो त हात नै छैन” भन्‍न मिल्छ र?*

१० धिक्कार छ त्यसलाई, जसले एक बुबालाई यसो भन्छ: “तपाईँले कस्तो सन्तान जन्माउनुभयो?”

अथवा जसले एउटी आमालाई यसो भन्छ: “तपाईँले केको लागि प्रसववेदना सहनुभयो?”

११ इस्राएलका पवित्र परमेश्‍वर यहोवा,+ जसले उसलाई रच्नुभयो, उहाँ यसो भन्‍नुहुन्छ:

“मैले गर्न लागेका कुराहरूमा के तिमी प्रश्‍न उठाउँछौ?

अनि मेरा छोराहरूबारे+ र मेरो हातको कामबारे के तिमी मलाई सिकाउँछौ?

१२ मैले नै पृथ्वी सृष्टि गरेँ+ र मानिस बनाएँ।+

मैले आफ्नै हातले आकाशलाई फैलाएँ।+

आकाशका सबै ताराले* मेरो आदेश मान्छन्‌।”+

१३ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ,

“न्याय गर्ने मेरो उद्देश्‍य पूरा गर्न मैले एक जना मानिसलाई खडा गरेको छु।+

ऊ हिँड्‌ने सबै बाटो म सीधा बनाइदिनेछु।

उसैले मेरो सहर बनाउनेछ।+

उसले निर्वासनमा लगिएका मेरा मानिसहरूलाई मुक्‍त गरिदिनेछ,+

त्यसबापत उसले केही लिनेछैन र घुस पनि खानेछैन।”+

१४ यहोवा यसो भन्‍नुहुन्छ:

“मिश्रको आम्दानी* र इथियोपियाको मालसामान* अनि सबाका अग्ला कदका मानिसहरू

तिमीकहाँ आउनेछन्‌ र ती सबै तिम्रा हुनेछन्‌।

तिनीहरूलाई साङ्‌लाले बाँधिनेछ र तिनीहरू तिम्रो पछिपछि हिँड्‌नेछन्‌।

तिनीहरू तिमीसामु आएर निहुरिनेछन्‌।+

तिमीसामु झुक्दै तिनीहरूले यसो भन्‍नेछन्‌: ‘साँच्चै, परमेश्‍वर तपाईँसित हुनुहुन्छ।+

उहाँबाहेक अरू कोही छैन, अरू कुनै ईश्‍वर छैन।’”

१५ हे इस्राएलका परमेश्‍वर, हे उद्धारक!

तपाईँ वास्तवमै आफूलाई गुप्तमा राख्ने परमेश्‍वर हुनुहुन्छ।+

१६ मूर्ति बनाउनेहरू सबै लाजमा पर्नेछन्‌, तिनीहरूको अपमान हुनेछ।

तिनीहरू सबैले बेइज्जती भोग्नुपर्नेछ।+

१७ तर इस्राएललाई भने यहोवाले बचाउनुहुनेछ, उहाँले उसको उद्धार गर्नुहुनेछ र ऊ फेरि कहिल्यै कैदमा पर्नुपर्नेछैन।+

तिमी कहिल्यै लज्जित हुनुपर्नेछैन, तिमीले कहिल्यै बेइज्जती भोग्नुपर्नेछैन।+

१८ साँचो परमेश्‍वर यहोवा जसले आकाश रच्नुभयो,+

जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+

उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+

उहाँ यसो भन्‍नुहुन्छ:

“म यहोवा हुँ, मबाहेक अरू कोही छैन।

१९ मैले गुप्त ठाउँबाट वा अन्धकारको देशबाट बोलेको थिइनँ।+

मैले याकुबका सन्तानलाई यसो भनेको थिइनँ:

‘तिमीहरूले मलाई जति खोजे पनि भेट्टाउनेछैनौ।’

म यहोवा हुँ, म सधैँ सही कुरा गर्छु अनि साँचो र सत्य कुरा घोषणा गर्छु।+

२० ए देशदेशबाट छुटकारा पाएका मानिस हो!

एकसाथ भेला भएर आओ।+

कुँदिएका मूर्ति बोकेर यताउता चहार्नेहरू केही पनि जान्दैनन्‌।

तिनीहरू आफूलाई बचाउन नसक्ने ईश्‍वरलाई पुकार्छन्‌।+

२१ आफ्नो कुरा सुनाओ, आफ्नो बयान देओ।

तिनीहरूले एकसाथ सल्लाह गरून्‌।

उहिल्यै कसले यो कुरा बतायो?

पहिल्यै कसले यसबारे घोषणा गऱ्‍यो?

म यहोवाले नै होइनँ र?

मबाहेक अरू कुनै ईश्‍वर छैन।

म न्यायी र उद्धार गर्न सक्ने परमेश्‍वर हुँ,+ मजस्तो अरू कोही छैन।+

२२ ए पृथ्वीका सबै मानिस हो, मकहाँ आओ र तिमीहरू बाँच्नेछौ।+

किनकि म नै परमेश्‍वर हुँ र मबाहेक अरू कोही छैन।+

२३ मेरो मुखबाट निस्केको वचन सत्य हो

र त्यो पूरा नभई छोड्‌दैन+

किनकि मैले आफ्नै शपथ खाएर यसो भनेको छु:

हरेक मानिसले मसामु घुँडा टेक्नेछ

अनि हरेकले मप्रति वफादार हुने शपथ खानेछ+

२४ र भन्‍नेछ, ‘यहोवा साँच्चै शक्‍तिशाली र न्यायी हुनुहुन्छ।

उहाँसित क्रोधित हुनेहरू उहाँसामु लज्जित हुनुपर्नेछ।

२५ यहोवाको सेवा गरेर एकदमै असल गऱ्‍यौँ भनी इस्राएलका सबै सन्तानले बुझ्नेछन्‌+

र उहाँमै तिनीहरूले घमन्ड गर्नेछन्‌।’”

४६ बेल* झुक्छ,+ नेबो* निहुरिन्छ।

तिनीहरूको मूर्ति भारी बोक्ने जनावरहरूलाई बोकाइन्छ।+

थकित जनावरहरूका लागि ती मूर्ति गह्रौँ भारीझैँ हुन्छन्‌।

 २ बेल र नेबो सँगसँगै झुक्छन्‌, तिनीहरू निहुरिन्छन्‌;

तिनीहरू जनावरहरूमाथि लादिएको आफ्नै मूर्तिलाई छुटाउन सक्दैनन्‌।

तिनीहरू पनि कैदमा लगिनेछन्‌।

 ३ “ए याकुबको घराना र इस्राएलको घरानाका बाँकी रहेका मानिस हो, मेरो कुरा सुन!+

एउटी आमाले बच्चालाई गर्भैदेखि बोकेझैँ र उसको हेरचाह गरेझैँ मैले पनि तिमीहरूलाई बोकेको छु र तिमीहरूको हेरचाह गरेको छु।+

 ४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+

तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।

अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+

 ५ तिमीहरू मलाई कोसँग तुलना गर्छौ वा मलाई कसको बराबरी तुल्याउँछौ?+

मलाई कोसित दाँजेर ‘दुवै उस्तै छन्‌’ भन्छौ?+

 ६ यस्ता मानिसहरू पनि छन्‌, जसले आफ्नो थैलीबाट सुन खन्याउँछन्‌,

चाँदीलाई तराजुमा जोख्छन्‌।

तिनीहरू सुनारलाई काममा लगाउँछन्‌ र सुनारले त्यसबाट देवताको मूर्ति बनाउँछ।+

त्यसपछि तिनीहरू त्यही मूर्तिसामु लम्पसार पर्छन्‌, त्यसको पूजा गर्छन्‌।*+

 ७ तिनीहरू त्यसलाई काँधमा बोकेर लैजान्छन्‌+

र त्यसलाई लगेर एक ठाउँमा बिसाउँछन्‌ अनि त्यो जहाँको त्यहीँ रहन्छ।

त्यसलाई राखेको ठाउँबाट त्यो चलहल गर्दैन।+

तिनीहरू त्यसलाई पुकार्छन्‌ तर त्यसले केही जवाफ दिँदैन।

त्यसले कसैलाई दुःखकष्टबाट बचाउन सक्दैन।+

 ८ ए अपराधीहरू हो, यो कुरा याद गर।

यसलाई आफ्नो मनमा राख र साहसी होओ।

 ९ धेरै अघिका पुराना कुराहरू सम्झ

म परमेश्‍वर हुँ र मबाहेक अरू कोही छैन भनेर नबिर्स।

म नै परमेश्‍वर हुँ र मजस्तो अरू कोही छैन।+

१० पछि के हुन्छ, म पहिल्यै बताउँछु

अनि पहिला कहिल्यै नभएका कुराहरू म धेरै अघि नै बताउँछु।+

म भन्छु, ‘मेरो उद्देश्‍य* पूरा भएरै छोड्‌छ,+

आफूले चाहेको सबै कुरा म पूरा गर्छु।’+

११ म पूर्वबाट एउटा सिकारी पन्छीलाई बोलाउनेछु,+

टाढाको देशबाट एक जना मानिसलाई बोलाउनेछु, जसले मेरो उद्देश्‍य* पूरा गर्नेछ।+

मैले यो भनेको छु र म पूरा पनि गर्नेछु।

मैले जे ठानेको छु, म त्यसैअनुसार गर्नेछु।+

१२ ए कठोर मन भएका मानिसहरू हो, मेरो कुरा सुन!

ए धार्मिकताको मार्गबाट तर्केर टाढा पुगेकाहरू हो, सुन!

१३ म चाँडै आफ्नो धार्मिक स्तर प्रकट गर्नेछु,

त्यो दिन टाढा छैन।

म उद्धार गर्न ढिलो गर्नेछैनँ।+

म सियोनको उद्धार गर्नेछु, इस्राएललाई मेरो महिमाले भरिदिनेछु।”+

४७ ए बेबिलोनकी कुमारी छोरी!+

तल ओर्ली र धुलोमा बस्‌।

ए कल्दियालीहरूकी छोरी,

आएर भुईँमा बस्‌, जहाँ तेरो लागि कुनै सिंहासन छैन।+

मानिसहरूले तँलाई फेरि कहिल्यै सुकुमारी भन्‍नेछैनन्‌,

तैँले खुब माया पाएकी छेस्‌ भनेर तिनीहरूले भन्‍नेछैनन्‌।

 २ जाँतोमा अन्‍न पिस्न थाल्‌।

तेरो घुम्टो हटा।

तेरो जामा फुकाल्‌

र नाङ्‌गै जाँघले नदीहरू तर्‌।

 ३ सबैले तेरो नग्नता देख्नेछन्‌।

तेरो लाज उदाङ्‌ग हुनेछ।

म तँसित बदला लिनेछु+ र कसैले मलाई रोक्न सक्दैन।*

 ४ “हामीलाई मोल तिरेर छुटाउनुहुने

इस्राएलका पवित्र परमेश्‍वर हुनुहुन्छ।+

उहाँको नाम सेनाहरूका यहोवा हो।”

 ५ ए कल्दियालीहरूकी छोरी,

अँध्यारोमा गएर चुपचाप बस्‌।+

अब उपरान्त तिनीहरूले तँलाई राज्य-राज्यकी रानी* भन्‍नेछैनन्‌।+

 ६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+

मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+

र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+

तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्‌।+

बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्‌।+

 ७ तैँले भनिस्‌: “म सधैँको लागि रानी* हुनेछु।”+

आफूले के गरिरहेकी छु भनेर तैँले कहिल्यै सोचिनस्‌।

अनि आफ्नो कामको नतिजा के हुन्छ भनेर तैँले विचारै गरिनस्‌।

 ८ ए विलासी स्त्री! मेरो कुरा सुन्‌,+

तँ सुरक्षित ठाउँमा छेस्‌ र यस्तो सोच्छेस्‌:

“मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।+

म कहिल्यै विधवा हुनुपर्नेछैन।

मेरा छोराछोरी कहिल्यै मर्नेछैनन्‌।”+

 ९ तर अचानक अनि एकै दिनमा तँमाथि यी दुई विपत्ति आउनेछन्‌:+

तेरा छोराछोरी मर्नेछन्‌ र तँ विधवा हुनुपर्नेछ।

तैँले धेरै तन्त्रमन्त्र र टुनामुना गरेकीले*+

तँमाथि यी विपत्तिहरू तैँले सहनै नसक्नेगरि आइपर्नेछन्‌।+

१० तैँले आफ्नै दुष्ट्‌याइँमाथि भरोसा गरिस्‌।

तैँले यसो भनिस्‌: “मलाई कसैले देख्दैन।”

तेरो बुद्धि र तेरो ज्ञानले तँलाई भ्रष्ट पारेको छ।

तँ यसो भन्छेस्‌: “मजस्तो अरू कोही छैन, मबाहेक अरू कोही छैन।”

११ तर तँमाथि विपत्ति आइपर्नेछ,

तेरो कुनै मन्त्रले तँलाई बचाउन सक्नेछैन।

तँमाथि सङ्‌कट आइपर्नेछ; तैँले कुनै हालतमा त्यसलाई थाम्न सक्नेछैनस्‌।

तैँले सोच्दै नसोचेको तरिकामा तेरो अचानक पतन हुनेछ।+

१२ जा! मन्त्र फुक्‌! टुनामुना गर्‌!+

सानैदेखि तैँले जे गरिरहेकी थिइस्‌, त्यही गर्‌!

सायद तँलाई केही फाइदा होला;

सायद मानिसहरू तँदेखि डराउलान्‌!

१३ धेरै सल्लाहकारको कुरा सुन्दा-सुन्दा तँ थाकिसकेकी छेस्‌।

अब तिनीहरू नै आऊन्‌ र तँलाई बचाऊन्‌!

जो आकाशलाई पूजा गर्छन्‌,* जो ताराहरूलाई नियाल्छन्‌,+

जो औँसीको दिन हेरेर भविष्य बताउँछन्‌,

तिनीहरूले नै तेरो भविष्य बताऊन्‌।

१४ हेर्‌! तिनीहरू त ठोसाजस्तै छन्‌,

आगोले तिनीहरूलाई खरानी बनाइदिन्छ।

आगोको ज्वालाबाट तिनीहरू आफैलाई बचाउन सक्दैनन्‌।

त्यो न्यानो बनाउने कोइलाको राप होइन

अनि ताप्न बालिने आगो पनि होइन।

१५ तेरो लागि टुनामुना गरिदिनेहरू,

जससित तैँले सानैदेखि परिश्रम गरिरहेकी थिइस्‌,

तिनीहरूको हालत पनि तेरो जस्तै हुनेछ।

तिनीहरू चारैतिर* तितरबितर हुनेछन्‌

र तँलाई बचाउने कोही हुनेछैन।+

४८ ए याकुबको घराना, सुन!

आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+

तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,

जो यहोवाको नाममा शपथ खान्छौ+

अनि इस्राएलका परमेश्‍वरलाई पुकार्छौ

तर सत्यबमोजिम र इमानदारीसाथ होइन।+

 २ तिनीहरू आफूलाई पवित्र सहरका बासिन्दा भन्छन्‌+

अनि इस्राएलका परमेश्‍वरसित मदत माग्छन्‌,+

जसको नाम सेनाहरूका यहोवा हो।

 ३ “मैले वर्षौँअघि तिमीहरूलाई पहिलेका कुराहरू बताएको थिएँ।

मैले आफ्नै मुखले ती कुराहरू तिमीहरूलाई बताएँ

र मबाटै तिमीहरूले ती थाह पायौ।+

मैले तुरुन्तै कदम चालेँ र ती पूरा भए।+

 ४ तिमीहरू साह्रै हठी छौ भनेर मलाई थाह थियो।

तिमीहरूको गर्दन फलामजस्तै र तिमीहरूको निधार तामाजस्तै कडा छ भनेर मलाई थाह थियो।+

 ५ त्यसैले वर्षौँअघि मैले ती कुराहरू तिमीहरूलाई बताएँ।

‘हाम्रो देवताले पो यो गरेको हो,

हामीले कुँदेर बनाएका मूर्तिले र धातुका मूर्तिले* यो आज्ञा दिएको हो’ भनी तिमीहरूले भन्‍न नपाओ भनेर

ती हुनुभन्दा अघि नै मैले ती कुराहरू तिमीहरूलाई सुनाएँ।

 ६ तिमीहरूले ती सबै सुन्यौ र देख्यौ पनि।

के तिमीहरू त्यसबारे घोषणा गर्दैनौ?+

अब म तिमीहरूलाई नयाँ कुरा बताउँछु,+

तिमीहरूले कहिल्यै थाह नपाएका गुप्त कुराहरू।

 ७ ती कुराहरू मैले भर्खरै रचेको हुँ।

तिमीहरूले पहिला कहिल्यै ती कुराहरू सुनेका थिएनौ।

त्यसैले तिमीहरूले यसो भन्‍नेछैनौ, ‘ए! यो त हामीलाई पहिल्यै थाह थियो।’

 ८ तर तिमीहरू सुन्‍नै चाहँदैनौ,+ त्यसबारे बुझ्नै चाहँदैनौ।

पहिले पनि तिमीहरूले आफ्नो कान थापेनौ।

किनकि मलाई थाह छ, तिमीहरू साह्रै धूर्त छौ+

र जन्मैदेखि बागी भन्‍ने नाम कमाएका छौ।+

 ९ तर मेरो आफ्नै नामको खातिर म आफ्नो रिस थाम्नेछु।+

मेरो महिमा होस्‌ भनेर म आफूलाई रोक्नेछु

र तिमीहरूको अस्तित्व मेट्‌नेछैनँ।+

१० मैले तिमीहरूलाई खारेको छु तर चाँदीलाई जसरी होइन।+

मैले तिमीहरूलाई दुःखकष्टको भट्टीमा राखेर खारेको* छु।+

११ म आफ्नै खातिर, हो, आफ्नै नामको खातिर कदम चाल्नेछु।+

किनकि आफ्नो नामलाई म कसरी अपवित्र हुन दिऊँ?+

मेरो महिमा म अरू कसैलाई दिन्‍नँ।*

१२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।

म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+

१३ मैले आफ्नै हातले पृथ्वीको जग बसालेँ।+

आफ्नो दायाँ हातले आकाशलाई फैलाएँ।+

जब-जब म तिनीहरूलाई बोलाउँछु, तब-तब तिनीहरू मेरो अगाडि हाजिर हुन्छन्‌।

१४ तिमीहरू सबै भेला होओ र सुन।

के तिमीहरूको कुनै देवताले यी कुराहरू घोषणा गरेको छ?

यहोवाले जसलाई प्रेम गर्नुभएको छ,+

तिनैले बेबिलोनविरुद्ध उहाँले जे गर्ने इच्छा गर्नुभएको थियो, त्यो पूरा गर्नेछन्‌।+

तिनले कल्दियालीहरूमाथि आफ्नो हात उठाउनेछन्‌।+

१५ मैले नै यसो भनेको हुँ, मैले नै तिनलाई बोलाएको हुँ।+

तिनलाई ल्याउने मै हुँ, तिनी आफ्नो काममा सफल हुनेछन्‌।+

१६ मेरो नजिक आओ र यो कुरा सुन।

मैले पहिलादेखि नै यो कुरा खुलेआम भन्दै आएको छु।+

त्यो पूरा भएको समयदेखि नै म त्यहीँ थिएँ।”

अहिले ब्रह्‍माण्डका मालिक यहोवाले आफ्नो पवित्र शक्‍ति दिएर मलाई पठाउनुभएको छ।

१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:+

“म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।

तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु।+

तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।+

१८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्‍यौ भने+

तिमीहरूको शान्ति नदीझैँ हुनेछ+

र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+

१९ तिमीहरूका सन्तान समुद्रको बालुवाजत्तिकै हुनेछन्‌,

तिनीहरू बालुवाका कणजत्तिकै अनगिन्ती हुनेछन्‌।+

मेरो सामनेबाट तिनीहरूको नाम कहिल्यै बिलाएर वा मेटिएर जानेछैन।”

२० बेबिलोनबाट निस्केर जाओ!+

कल्दियालीहरूदेखि भाग!

खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+

पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+

“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+

२१ उहाँले तिनीहरूलाई निर्जन ठाउँ हुँदै लैजानुभयो तर तिनीहरू तिर्खाएनन्‌।+

उहाँले तिनीहरूका लागि चट्टानबाट पानी निकालिदिनुभयो।

चट्टानलाई फोरेर त्यसबाट पानीको मूल फुटाउनुभयो।”+

२२ यहोवा भन्‍नुहुन्छ, “दुष्ट भने चैनसित बस्न पाउनेछैन।”+

४९ हे टापुहरू हो, मेरो कुरा सुन।

हे टाढा-टाढाका जातिहरू हो, मेरो कुरा ध्यान दिएर सुन।+

म जन्मनुअघि नै* यहोवाले मलाई बोलाउनुभएको थियो।+

म आफ्नी आमाको गर्भमा हुँदा नै उहाँले मेरो नाम लिएर मलाई बोलाउनुभएको थियो।

 २ उहाँले मेरो मुखलाई धारिलो तरबारजस्तै बनाउनुभयो;

मलाई आफ्नो हातको छायामा लुकाउनुभयो।+

उहाँले मलाई चमचम टल्किएको काँड बनाउनुभयो;

मलाई आफ्नो ठोक्रोमा लुकाउनुभयो।

 ३ उहाँले मलाई यसो भन्‍नुभयो: “हे इस्राएल, तिमी मेरो सेवक हौ;+

तिमीद्वारै म आफ्नो गौरव देखाउनेछु।”+

 ४ तर मैले भनेँ: “मेरो मेहनत त्यसै खेर गयो।

मैले बेकारमा आफ्नो बल खर्च गरेँ।

तर यहोवाले पक्कै मेरो न्याय गर्नुहुन्छ*

र मेरो मेहनतको फल* दिनुहुन्छ।”+

 ५ यहोवा, जसले मलाई गर्भैदेखि आफ्नो सेवकको रूपमा रच्नुभयो,

याकुबलाई फेरि उहाँकहाँ ल्याउन उहाँले मलाई अह्राउनुभएको छ

ताकि इस्राएल उहाँसामु जम्मा हुन सकोस्‌।+

यहोवाको नजरमा मेरो गरिमा बढ्‌नेछ

र मेरा परमेश्‍वर मेरो बल हुनुहुनेछ।

 ६ उहाँले भन्‍नुभयो: “याकुबको कुललाई खडा गराउन

र इस्राएलका बाँकी रहेकाहरूलाई फेरि ल्याउन मात्र

मैले तिमीलाई मेरो सेवक बनाएको होइनँ।

पृथ्वीको कुनाकुनासम्म उद्धारको मेरो सन्देश पुग्न सकोस्‌ भनेर+

मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति तुल्याएको छु।”+

७ इस्राएललाई मोल तिरेर छुटाउनुहुने पवित्र परमेश्‍वर यहोवा,+ शासकहरूको सेवक, जसलाई जातिजातिका मानिसहरूले तुच्छ ठान्छन्‌ अनि घृणा गर्छन्‌,+ तिनलाई यसो भन्‍नुहुन्छ:

“राजाहरू तिमीलाई देखेर खडा हुनेछन्‌

र शासकहरू तिमीसामु निहुरिनेछन्‌।

भरोसायोग्य परमेश्‍वर यहोवाको कारण+ तिनीहरूले तिमीलाई यसो गर्नेछन्‌,

तिमीलाई रोज्नुभएको इस्राएलका पवित्र परमेश्‍वरको कारण+ यसो गर्नेछन्‌।”

 ८ यहोवा यसो भन्‍नुहुन्छ:

“निगाहको समयमा मैले तिमीलाई जवाफ दिएँ,+

उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।+

तिमीलाई म र मानिसहरूबीचको करार ठहराउन मैले तिम्रो रक्षा गरिरहेँ;+

देशमा मानिसहरूलाई फेरि बसाल्न

र उजाड भएर बसेको तिनीहरूको पुर्ख्यौली जमिन तिनीहरूलाई फिर्ता दिन मैले त्यसो गरेँ।+

 ९ कैदीहरूलाई ‘निस्केर आओ!’+

र अन्धकारमा हुनेहरूलाई+ ‘उज्यालोमा आओ!’ भन्‍न मैले त्यसो गरेँ।

तिनीहरूले बाटोको छेउमा खानेछन्‌,

मानिसहरू आवतजावत गर्ने ठाउँहरूमा* तिनीहरूले आफ्नो पेट भर्नेछन्‌।

१० तिनीहरू भोकाउनेछैनन्‌ वा तिर्खाउनेछैनन्‌।+

तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+

किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्‍वरले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ+

र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+

११ म मेरा सबै पर्वतलाई सम्म परेको बाटो बनाउनेछु

अनि मेरा मूलबाटोहरूलाई उचाल्नेछु।+

१२ हेर! तिनीहरू टाढादेखि आउँदै छन्‌,+

कोही उत्तरबाट त कोही पश्‍चिमबाट

अनि कोहीचाहिँ सिनिम देशबाट आउँदै छन्‌।”+

१३ हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+

हे पहाडहरू हो, खुसीले चिच्याओ!+

किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+

र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+

१४ तर सियोनले बारम्बार यसो भन्यो:

“यहोवाले मलाई त्याग्नुभएको छ,+ यहोवाले मलाई बिर्सनुभएको छ।”+

१५ के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?

वा आफ्नो गर्भबाट जन्मेको बच्चालाई कठोर व्यवहार गर्छे र?

बरु तिनीहरूले बिर्सेलान्‌ तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।+

१६ हेर! मैले तिम्रो नाम मेरो हत्केलामा खोपेको छु।

तिम्रा पर्खालहरू सधैँ मसामु छन्‌।

१७ तिम्रा छोराहरू हतार-हतार फर्केर आएका छन्‌।

तिम्रो विनाश गरेर तिमीलाई उजाड पार्नेहरू तिम्रो सामुबाट जानेछन्‌।

१८ आफ्नो आँखा उठाएर चारैतिर हेर।

तिनीहरू सबै जना जम्मा भएर+ तिमीकहाँ आउँदै छन्‌।

यहोवा घोषणा गर्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु,

दुलहीले गहना पहिरेझैँ तिमीले तिनीहरूलाई पहिरिनेछौ

र दुलहीले हार लगाएझैँ तिमीले तिनीहरूलाई लगाउनेछौ।

१९ तिम्रा ठाउँहरू उजाड र सुनसान भए पनि र तिम्रो देश खण्डहर भए पनि+

त्यो अब मानिसहरूको लागि असाध्यै सानो हुनेछ।+

अनि जसले तिमीलाई निलेका थिए,+ तिनीहरू अब तिमीदेखि परै बस्नेछन्‌।+

२० तिमीले आफ्ना बालबच्चाहरू गुमाएपछि जन्मिएका छोराहरूले तिमीलाई यसो भन्‍नेछन्‌:

‘यो ठाउँ हामीलाई साह्रै साँघुरो भयो,

हाम्रो लागि बस्ने ठाउँ मिलाइदिनुहोस्‌।’+

२१ अनि तिमीले मनमनै भन्‍नेछौ,

‘यिनीहरूलाई मेरो निम्ति कसले जन्मायो?

मैले त आफ्ना बालबच्चा गुमाइसकेकी छु अनि म बाँझी छु।

मलाई त कैदी बनाएर निर्वासनमा लगिएको थियो।

यिनीहरूलाई कसले हुर्कायो?+

मलाई त एक्लै छोडिएको थियो,+

यिनीहरू कहाँबाट आए?’”+

२२ ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।

म जातिजातिको लागि झन्डा ठड्‌याउनेछु।+

अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्‌

र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्‌।+

२३ राजाहरू तिम्रो सेवक बन्‍नेछन्‌+

अनि राजकुमारीहरू तिम्रो सुसारे बन्‍नेछन्‌।

तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्‌,+

तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्‌नेछन्‌।+

तब म नै यहोवा हुँ भनेर तिमीले जान्‍नेछौ।

मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्‌।”+

२४ बलियो मानिसको कैदमा परेकाहरूलाई कसैले छुटाउन सक्छ र?

निरङ्‌कुश शासकको बन्धनमा परेकाहरूलाई कसैले मुक्‍त गर्न सक्छ र?

२५ यहोवा यसो भन्‍नुहुन्छ:

“बलियो मानिसका कैदीहरूसमेत लगिनेछन्‌।+

निरङ्‌कुश शासकको बन्धनमा परेकाहरूलाई समेत मुक्‍त गरिनेछ।+

जो-जो तिम्रो विरुद्धमा उठ्‌नेछन्‌, तिनीहरूविरुद्ध म उठ्‌नेछु।+

अनि तिम्रा छोराहरूलाई म बचाउनेछु।

२६ तिमीलाई दुर्व्यवहार गर्नेहरूलाई म तिनीहरूको आफ्नै मासु खान बाध्य पार्नेछु।

मद्य पिएर मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्तिनेछन्‌।

तब म नै यहोवा हुँ भनेर सबै मानिसले जान्‍नेछन्‌।+

तिमीलाई बचाउने+ र मोल तिरेर तिमीलाई छुटाउने+

याकुबका शक्‍तिशाली परमेश्‍वर मै हुँ भनेर सबैले जान्‍नेछन्‌।”+

५० यहोवा यसो भन्‍नुहुन्छ:

“तिमीहरूकी आमालाई टाढा पठाउँदा मैले छोडपत्र+ दिएको थिएँ र?

आफ्नो ऋण तिर्न मैले तिमीहरूलाई बेचेको हुँ र?

तिमीहरू त आफ्नै पापको कारण+ बेचिएका हौ,

तिमीहरूकै अपराधका कारण तिमीहरूकी आमालाई टाढा पठाउनुपऱ्‍यो।+

 २ उसोभए म यहाँ आउँदा किन कोही मकहाँ आएन?

मैले बोलाउँदा किन कसैले जवाफ दिएन?+

तिमीहरूलाई छुटाउनै नसक्नेगरि मेरो हात छोटो भएको छ र?

वा तिमीहरूलाई बचाउनै नसक्नेगरि मेरो शक्‍ति घटेको छ र?+

मैले हपार्दा समुद्र सुक्छ;+

म नदीलाई सुकाउँछु।+

पानी नपाएर माछाहरू छटपटाएर मर्छन्‌,

पानी नभएकोले तिनीहरू कुहिन्छन्‌।

 ३ आकाशलाई म अन्धकारले ढाक्छु;+

बाक्लो भाङ्‌ग्राले म त्यसलाई छोप्छु।”

 ४ ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सिकाउनुभएको छ र मलाई यस्तो बोली* दिनुभएको छ,+

जसको कारण थाकेकाहरूले स्फूर्ति पाउनेगरि* म जवाफ दिन सक्छु।+

उहाँ मलाई हरेक बिहान उठाउनुहुन्छ र सिक्ने मानिसले झैँ ध्यान दिन सकूँ भनेर

मेरो कान खोलिदिनुहुन्छ।+

 ५ ब्रह्‍माण्डका मालिक यहोवाले मेरो कान खोलिदिनुभएको छ,

मैले विद्रोह गरिनँ+

अनि म उहाँदेखि टाढा गइनँ।+

 ६ कोर्रा लगाउनेहरूलाई मैले आफ्नो पिठिउँ थापेँ।

दाह्री लुछ्‌न आउनेहरूलाई मैले आफ्नो गाला फर्काएँ।

मेरो अपमान गर्ने र मलाई थुक्नेहरूदेखि मैले आफ्नो अनुहार लुकाइनँ।+

 ७ तैपनि म आफ्नो बेइज्जत भएको ठान्दिनँ

किनभने ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।+

मैले आफ्नो अनुहार चकमक ढुङ्‌गाझैँ कडा बनाएको छु,+

म लज्जित हुनुपर्दैन भनेर मलाई थाह छ।

 ८ मलाई धर्मी ठहराउनुहुने परमेश्‍वर मेरो नजिकै हुनुहुन्छ।

मलाई कसले दोष लगाउन सक्छ?+

उठ, हामी बहस गरौँ।

मलाई मुद्दा हाल्ने को छ?

ऊ मेरो अगाडि आओस्‌।

 ९ हेर! ब्रह्‍माण्डका मालिक यहोवाले मलाई सहायता गर्नुहुनेछ।

मलाई कसले दोषी साबित गर्न सक्छ?

हेर! तिनीहरू सबै लुगाझैँ मक्किएर जानेछन्‌।

तिनीहरूको हालत किराले खाएको कपडाझैँ हुनेछ।

१० तिमीहरूबीच यहोवाको डर मान्‍ने कोही छ?

अनि उहाँको सेवकको कुरा सुन्‍ने कोही छ?+

ज्योतिबिना घोर अन्धकारमा हिँड्‌नुपरेको कोही छ?

उसले यहोवाको नाममाथि भरोसा गरोस्‌, परमेश्‍वरमाथि ऊ भर परोस्‌।

११ “तिमीहरू सबै जो झिल्का उड्‌नेगरि आगो बाल्छौ,

तिमीहरू आफूले बालेको आगोको उज्यालोमा हिँड।

त्यसबाट निस्केको झिल्काको बीचबाट हिँड।

मेरो हातबाट तिमीहरूले यस्तो दण्ड पाउनेछौ:

असह्‍य पीडाले तिमीहरू ढल्नेछौ।

५१ “ए धार्मिकताको मार्गमा हिँड्‌नेहरू हो

अनि यहोवालाई खोज्नेहरू हो, मेरो कुरा सुन।

जुन चट्टानबाट तिमीहरूलाई खोपेर निकालियो, त्यसलाई हेर।

अनि जुन खानीबाट तिमीहरूलाई खनेर निकालियो, त्यसलाई हेर।

 २ तिमीहरूलाई जन्माउने* तिमीहरूकी आमा सारालाई हेर,+

तिमीहरूका बुबा अब्राहामलाई हेर।

मैले तिनलाई बोलाउँदा तिनी निस्सन्तान थिए+

तर मैले तिनलाई आशिष्‌ दिएँ र तिनी थुप्रै सन्तानका बुबा भए।+

 ३ यहोवाले सियोनलाई सान्त्वना दिनुहुनेछ+

अनि तहसनहस भएका त्यसका सबै ठाउँलाई फेरि बसाल्नुहुनेछ।*+

त्यसका निर्जन ठाउँहरूलाई उहाँले अदनजस्तै बनाउनुहुनेछ+

अनि त्यसका मरुभूमिहरूलाई यहोवाको बगैँचाजस्तै बनाउनुहुनेछ।+

त्यहाँ खुसी र रमाहटको स्वर गुञ्जनेछ।

त्यस सहरले सुमधुर गीत गाउनेछ र धन्यवाद चढाउनेछ।+

 ४ ए मेरा मानिसहरू हो, मेरो कुरामा ध्यान देओ।

ए मैले रोजेको जाति, मेरो कुरामा कान थाप।+

किनकि म तिमीहरूलाई मेरो कानुन सिकाउनेछु।+

म मेरो न्यायको स्तर तोक्नेछु र जातिजातिको लागि त्यो एउटा ज्योति बन्‍नेछ।+

 ५ म चाँडै न्याय गर्नेछु;+

म तिमीहरूको उद्धार गर्नेछु।+

मेरो हातले* म जातिजातिको इन्साफ गर्नेछु।+

टापुहरूले मेरो बाटो हेर्नेछन्‌+

र मेरो शक्‍तिशाली हातको प्रतीक्षा गर्नेछन्‌।

 ६ तिमीहरूको नजर उठाएर माथि आकाशतिर हेर

अनि तल पृथ्वीलाई नियाल

किनकि आकाश धुवाँजस्तै बिलाएर जानेछ

अनि पृथ्वीचाहिँ लुगाझैँ मक्किएर जानेछ।

पृथ्वीका बासिन्दाहरू भुसुनासरी मर्नेछन्‌

तर मैले गर्ने उद्धार सदा कायम रहनेछ।+

अनि मेरो धार्मिक स्तर सधैँभरि टिक्नेछ।+

 ७ ए मानिसहरू हो, जसले मेरो न्यायको स्तर जानेका छौ

अनि मेरो व्यवस्था* मनमा राखेका छौ,+

मरणशील मानिसहरूले उपहास गर्दा नडराऊ,

तिनीहरूले अपमान गर्दा डरले नकाँप।

 ८ किराले तिनीहरूलाई कपडा खाएजस्तै गरी खानेछ।

कपडा खाने किराले ऊन सखाप पारेझैँ तिनीहरूलाई पनि सखाप पार्नेछ।+

तर मैले गर्ने इन्साफ सधैँभरि टिक्नेछ

र मैले गर्ने उद्धार पुस्तौँपुस्तासम्म कायम रहनेछ।”+

 ९ जाग! हे यहोवाका पाखुरा हो, जाग!+

अघिअघिका दिनहरूमा जस्तै, उहिले-उहिलेका पुस्ताहरूको समयमा जस्तै

आफ्नो बल प्रकट गर!

के त्यही पाखुराले राहाबलाई* टुक्राटुक्रा पारेको होइन र?+

विशाल जलजन्तुलाई प्रहार गर्ने के त्यही पाखुरा होइन र?+

१० तपाईँले नै गहिरो समुद्रलाई सुकाउनुभएको होइन र?+

मोल तिरेर छुटाउनुभएका आफ्ना मानिसहरूको लागि समुद्रको बीचमा बाटो बनाइदिने तपाईँ नै होइन र?+

११ यहोवाले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन्‌।+

तिनीहरू जयजयकार गर्दै सियोनमा आउनेछन्‌।+

तिनीहरूले चिरस्थायी हर्षको मुकुट पहिरिनेछन्‌।+

तिनीहरूले सधैँ हर्षोल्लास मनाउनेछन्‌ र रमाहट गर्नेछन्‌।

तिनीहरूले कहिल्यै दुःख भोग्नुपर्नेछैन र सुस्केरा हाल्नुपर्नेछैन।+

१२ “तिमीहरूलाई सान्त्वना दिने मै हुँ।+

मरिजाने मानिसहरूदेखि तिमीहरू किन डराउँछौ?+

हरियो घाँसझैँ सुकेर जाने मानिसका सन्तानदेखि तिमीहरू किन डरले काँप्छौँ?

१३ तिमीहरूलाई रच्नुहुने यहोवा,

जसले आकाशलाई फैलाउनुभयो+ अनि पृथ्वीको जग बसाल्नुभयो, उहाँलाई तिमीहरू किन बिर्सन्छौ?+

अत्याचारीको क्रोधदेखि तिमीहरू डरायौ;

अत्याचारीले नाश गर्ला भनेर तिमीहरू आत्तियौ

तर खोइ, अत्याचारीको क्रोध कहाँ गयो?

१४ साङ्‌लाले बाँधिएर कुप्रो परेकाहरूलाई चाँडै मुक्‍त गरिनेछ।+

तिनीहरूले आफ्नो ज्यान गुमाउनुपर्नेछैन, तिनीहरू चिहानमा जानुपर्नेछैन।

तिनीहरू भोकभोकै पनि बस्नुपर्नेछैन।

१५ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

मेरो नाम सेनाहरूका यहोवा हो।+

म सागरलाई हल्लाउँछु र त्यसका छालहरूलाई उचाल्छु।+

१६ म तिमीहरूको मुखमा मेरो वचन हालिदिनेछु।

मेरो हातको छायामा म तिमीहरूलाई लुकाउनेछु।+

तब म आकाशलाई त्यसको ठाउँमा स्थिर गर्नेछु र पृथ्वीको जग बसाल्नेछु+

अनि सियोनलाई यसो भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ।’+

१७ ए यरुसलेम, जाग! खडा होऊ!+

तिमीले यहोवाको हातबाट उहाँको क्रोधको प्याला लिएर पियौ।

तिमीले त्यो स्वाट्टै पाऱ्‍यौ।

मात लगाउने त्यो प्याला तिमीले रित्यायौ।+

१८ उसको कुनै छोराले पनि उसलाई बाटो देखाएन

अनि तिनीहरूमध्ये कसैले पनि उसको हात थामेन।

१९ तिमीमाथि दुई वटा विपत्ति आइपर्नेछन्‌।

नाश र बरबादी, भोकमरी र तरबार!+

त्यतिखेर कसले तिमीलाई दया* देखाउला?

कसले तिमीलाई सान्त्वना देला?+

२० तिम्रा छोराहरू बेहोस भएका छन्‌।+

पासोमा परेको नाउरझैँ*

तिनीहरू बाटोका मोड-मोडमा ढलेका छन्‌।

यहोवाले तिनीहरूमाथि आफ्नो भएभरको क्रोध खन्याउनुभएको छ,

परमेश्‍वरले तिनीहरूलाई बेसरी हप्काउनुभएको छ।”

२१ ए दुःखमा परेकी स्त्री, मेरो कुरा सुन।

तिमी मात्तिएकी छ्यौ तर रक्सीले होइन।

२२ आफ्ना मानिसहरूको रक्षा गर्नुहुने तिम्रा परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ:

“मात लगाउने त्यो प्याला म तिम्रो हातबाट खोस्नेछु।+

मेरो क्रोधको प्याला म फिर्ता लिनेछु।

तिमीले फेरि कहिल्यै त्यो पिउनेछैनौ।+

२३ बरु म त्यो प्याला तिमीलाई सताउनेहरूको हातमा थमाइदिनेछु।+

तिनीहरूको हातमा, जसले तिमीलाई यसो भनेका थिए, ‘लम्पसार पर्‌! हामी तँलाई टेकेर हिँड्‌छौँ!’

तिनीहरूको लागि तिमीले आफ्नो पिठिउँलाई जमिनझैँ,

हो, हिँड्‌ने बाटोझैँ बनाएको थियौ।”

५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+

ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+

किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+

 २ ए यरुसलेम! धुलो टकटक्याऊ! उठ! माथि आएर बस।

कैद गरेर लगिएकी ए सियोनकी छोरी!* तिम्रो गर्दनको बन्धन खोल।+

 ३ यहोवा यसो भन्‍नुहुन्छ:

“तिमी विनादाम बेचियौ;+

अब म तिमीलाई विनादाम नै छुटाउनेछु।”+

 ४ ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ:

“मेरा मानिसहरू पहिला मिश्रमा गए र त्यहाँ परदेशी भएर बसे+

अनि अस्सेरियालीहरूले तिनीहरूमाथि विनाकारण अत्याचार गरे।”

 ५ यहोवा यसो भन्‍नुहुन्छ: “त्यसोभए यहाँ म के गरूँ?”

यहोवा भन्‍नुहुन्छ: “मेरा मानिसहरू विनादाम लगिएका छन्‌।

मेरा मानिसहरूमाथि शासन गर्नेहरूले जितको हर्षोल्लास मनाइरहेका छन्‌+

अनि दिनभर मेरो नामको अनादर भइरहेको छ।”+

 ६ त्यसैकारण मेरा मानिसहरूले मेरो नाम थाह पाउनै पर्छ,+

तिनीहरूसँग बोल्ने मै हुँ भनेर त्यस दिन मेरा मानिसहरूले थाह पाउनेछन्‌।

हो, तिनीहरूसँग बोल्ने मै हुँ!

 ७ डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!+

उसले शान्तिको घोषणा गर्छ,+

ऊ असल कुराको सुसमाचार लिएर आउँछ,

उसले उद्धारको घोषणा गर्छ,

उसले सियोनलाई भन्छ: “तिम्रा परमेश्‍वर राजा हुनुभएको छ!”+

 ८ सुन! तिम्रा पहरेदारहरू खुसीले कराइरहेका छन्‌,

एकै स्वरले तिनीहरू गाइरहेका छन्‌

किनभने यहोवाले सियोनलाई फिर्ता ल्याउनुहुँदा तिनीहरूले आफ्नै आँखाले त्यो देख्नेछन्‌।

 ९ ए यरुसलेमका भग्नावशेष हो, खुसी होओ! एकै स्वरले गाओ!+

किनभने यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ;+

उहाँले यरुसलेमलाई मोल तिरेर छुटाउनुभएको छ।+

१० सबै देशको अगाडि यहोवाले आफ्नो पवित्र पाखुरा सुर्काउनुभएको छ;+

हाम्रा परमेश्‍वरले उद्धार गर्नुहुँदा* पृथ्वीको कुनाकुनासम्म सबैलाई थाह हुनेछ।+

११ निस्केर आओ! निस्केर आओ! त्यहाँबाट निस्केर आओ!+ अशुद्ध कुरा नछोओ!+

हे यहोवाको भवनका भाँडा बोक्ने मानिसहरू हो,+

त्यसको बीचबाट निस्केर आओ,+ तिमीहरू शुद्ध रहिरहो!

१२ तिमीहरू त्यहाँबाट अतालिँदै निस्कनुपर्दैन

अनि त्यहाँबाट भाग्नु पनि पर्दैन।

किनभने यहोवा तिमीहरूभन्दा अघिअघि जानुहुनेछ;+

इस्राएलका परमेश्‍वरले तिमीहरूलाई पछिल्तिरबाट पनि रक्षा गर्नुहुनेछ।+

१३ हेर! मेरो सेवकले+ बुद्धिमान्‌ भएर* काम गर्नेछ,

उसलाई उच्च पारिनेछ,

उसलाई सम्मान र महिमा दिइनेछ।+

१४ उसलाई देखेर मानिसहरू छक्क परेका थिए

किनभने उसको हालत सबै मानिसको भन्दा खराब भएको थियो,

उसको महिमित रूप सबै मानिसको भन्दा कुरूप भएको थियो।

१५ उसलाई देखेर देशहरू त्यसरी नै अचम्ममा पर्नेछन्‌,+

उसको अगाडि राजाहरू बोल्नै सक्नेछैनन्‌।*+

किनभने तिनीहरूले यस्तो कुरा देख्नेछन्‌, जुन तिनीहरूलाई बताइएकै थिएन।

तिनीहरूले यस्तो कुरा विचार गर्नेछन्‌, जुन तिनीहरूले सुनेकै थिएनन्‌।+

५३ हाम्रो कुरा* कसले विश्‍वास गर्छ?+

कसलाई यहोवाले आफ्नो शक्‍ति*+ प्रकट गर्नुभएको छ?+

 २ उहाँको* सामुन्‍ने ऊ टुसाझैँ पलाउँछ,+ सुक्खा जमिनको जराझैँ ऊ हुनेछ।

उसको रूपमा न शोभा न त सौन्दर्य नै छ।+

हामी उसलाई देख्छौँ तैपनि ऊतिर खिचिँदैनौँ।

 ३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्‌।+

चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्‍यो।

हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*

हामीले उसलाई हेला गऱ्‍यौँ, उसको कदरै गरेनौँ।+

 ४ उसले हाम्रो सबै रोगबिमार बोक्यो,+

हाम्रो पीडा भोग्यो+

तर हामीले त परमेश्‍वरले पो उसलाई प्रहार गरिरहनुभएको छ अनि उहाँले गर्दा नै ऊ घायल भएको छ र पीडा भोगिरहेको छ भन्ठान्यौँ।

 ५ हाम्रो अपराधको लागि+ उसको शरीर छेडियो।+

हाम्रो पापको लागि ऊ घायल भयो।+

हाम्रो शान्तिको लागि उसले दण्ड स्विकाऱ्‍यो।+

अनि उसलाई लागेको चोटले गर्दा हामी निको भयौँ।+

 ६ हामी भेडाहरूझैँ तितरबितर भएका थियौँ,+

हामी सबै बरालिएर आ-आफ्नै बाटोतिर लागेका थियौँ।

तैपनि हामी सबैको पाप यहोवाले उसैलाई बोकाइदिनुभयो।+

 ७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्‍यो तर उसले सबै सह्‍यो।+

उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।

काट्‌न लगिएको भेडाझैँ उसलाई लगियो।+

ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँ

उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+

 ८ ऊमाथि अत्याचार भयो र अन्याय गरेर उसको जीवन खोसियो।*

तर ऊ को हो, कहाँबाट आयो, कसैले विचार गरेन।

जीवितहरूको देशबाट उसलाई हटाइयो।+

मेरा मानिसहरूले अपराध गरे तर त्यसको चोट उसले पायो।*+

 ९ उसले कुनै गलत काम* गरेको थिएन,

उसको मुखमा कुनै छल पाइएको थिएन+

तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+

उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+

१० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।

हे परमेश्‍वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+

उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+

अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+

११ उसले धेरै पीडा भोग्नुपर्नेछ तर ऊ सन्तुष्ट हुनेछ।

मेरो असल जन, मेरो सेवकले आफ्नो ज्ञानद्वारा+

थुप्रै मानिसलाई मदत गर्नेछ; तिनीहरू असल ठहरिनेछन्‌।+

तिनीहरूको पाप उसैले बोक्नेछ।+

१२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।

उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।

उसले आफ्नो जीवनै अर्पण गऱ्‍यो,+

अपराधीहरूसँगै उसको गन्ती भयो।+

उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+

र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्‍यो।+

५४ यहोवा भन्‍नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+

आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+

किनभने पति* भएकी स्त्रीका भन्दा

पतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्‌।”+

 २ “तिम्रो पाल ठूलो बनाऊ,+

तिम्रो तम्बुको* कपडा अझै तन्काऊ।

पछि नहट, तिम्रो पालका डोरीहरू अझै लामो बनाऊ,

तिम्रो तम्बुका किलाहरू नहल्लिनेगरि ठोक।+

 ३ किनभने तिमी दायाँबायाँ दुवैतिर फैलनेछ्यौ

तिम्रा सन्तानले एकपछि अर्को देश कब्जा गर्नेछन्‌,

तिनीहरूले उजाड भएका सहरहरू फेरि बसाल्नेछन्‌।+

 ४ नडराऊ!+ किनभने तिमी लाजमा पर्नुपर्नेछैन!+

आफैलाई तुच्छ नठान किनभने तिमी निराश हुनुपर्नेछैन

यौवनावस्थामा भोगेको बेइज्जती तिमीले बिर्सनेछ्यौ,

विधवा हुँदाको अपमान तिमीलाई यादै हुनेछैन।”

 ५ “तिम्रो महान्‌ रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+

उहाँको नाम सेनाहरूका यहोवा हो;

इस्राएलका पवित्र परमेश्‍वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+

उहाँ नै सारा पृथ्वीका परमेश्‍वर हुनुहुन्छ भनेर सबैले चिन्‍नेछन्‌।+

 ६ त्यागिएकी स्त्रीलाई बोलाएझैँ, विरक्‍त भएकी आइमाईलाई बोलाएझैँ यहोवाले तिमीलाई बोलाउनुभएको छ;+

बैँसमा विवाह गरेकी तर पछि पतिले छोडेकी स्त्रीलाई बोलाएझैँ उहाँले तिमीलाई बोलाउनुभएको छ,” तिम्रा परमेश्‍वर भन्‍नुहुन्छ।

 ७ “केही क्षणको लागि मात्र मैले तिमीलाई त्यागेको थिएँ

तर अब म प्रशस्तगरि कृपा देखाएर तिमीलाई फिर्ता ल्याउनेछु।+

 ८ म रिसले चूर भएको थिएँ, केही क्षण मैले आफ्नो अनुहार फर्काएको थिएँ।+

तर अब म दया देखाउनेछु र सधैँभरि तिमीलाई माया* गर्नेछु,”+

तिमीलाई छुटाएर ल्याउनुहुने यहोवा भन्‍नुहुन्छ।+

 ९ “मैले नुहको समयमा जे गरेँ, त्यो फेरि गर्नेछु।+

पृथ्वीमा जलप्रलय हुनेछैन भनेर नुहको समयमा शपथ खाएझैँ+

म फेरि शपथ खान्छु र भन्छु, अब म तिमीसँग क्रोधित हुन्‍नँ र तिमीदेखि रिसाउँदिनँ।+

१० पहाडहरू हट्‌लान्‌,

डाँडाहरू डगमगाउलान्‌।

तर मेरो माया* कहिल्यै हट्‌नेछैन+

तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+

तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्‍नुहुन्छ।+

११ “दुःखमा परेकी,+ आँधीबेहरीले लछारपछार भएकी र सान्त्वना नपाएकी ए स्त्री!+

म तिम्रा ढुङ्‌गाहरूमा बज्रलेप* लगाएर बलियोसँग जोड्‌नेछु।

नीलमले म तिम्रो जग बसाल्नेछु।+

१२ म तिम्रो बुर्जा* माणिकहरूले बनाउनेछु।

म तिम्रा ढोकाहरू चम्किला रत्नहरूले बनाउनेछु।

बहुमूल्य रत्नहरूले म तिम्रो साँध-सिमाना छुट्ट्याउनेछु।

१३ तिम्रा सबै सन्तानले यहोवाबाट शिक्षा पाउनेछन्‌+

अनि तिनीहरूले अपार शान्ति पाउनेछन्‌।+

१४ तिमी न्यायको जगमाथि बसालिनेछ्यौ।+

अत्याचारबाट तिमीले मुक्‍ति पाउनेछ्यौ।+

तिमी कुनै कुरादेखि डराउनुपर्नेछैन,

तिमी डरले काँप्नुपर्ने कुनै कारण हुनेछैन;

डर र त्रास तिमीदेखि भाग्नेछ।+

१५ कसैले तिमीलाई आक्रमण गर्छ भने

त्यो मेरो आदेशमा गरिएको हुनेछैन।

तिमीसँग युद्ध गर्न आउनेहरू पराजित हुनेछन्‌।+

१६ हेर! कालिगडलाई मैले नै बनाएको हुँ,

जसले खलाँती चलाएर कोइला बाल्छ

अनि हतियार बनाउँछ।

संहार गर्ने र नाश गर्ने मानिसलाई पनि मैले नै बनाएको हुँ।+

१७ तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।+

तिमीलाई दोष लगाउने हरेकको जिब्रोलाई तिमीले झूटो साबित गर्नेछौ।

यो नै यहोवाका सेवकहरूको अधिकार* हो,

म तिनीहरूलाई निर्दोष ठहराउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

५५ ए सबै तिर्खाएका हो,+ पानी पिउन आओ!+

पैसा नहुनेहरू पनि आओ र सित्तैँमा खाओ!

आओ, कुनै दाम नतिरी+ मद्य र दूध लैजाओ।+

 २ जुन कुराले पेट भरिँदैन, त्यसको लागि किन पैसा खर्च गर्छौ?

जुन कुराले सन्तुष्टि दिँदैन, त्यसको लागि किन आफ्नो कमाइ* खेर फाल्छौ?

मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ।+

अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।+

 ३ मकहाँ आओ र आफ्नो कान थापेर सुन।+

मेरो कुरा सुन, तब तिमीहरू बाँचिरहनेछौ।

म तिमीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु।+

मैले दाउदलाई प्रतिज्ञा गरेअनुसारै म अटल प्रेम देखाउनेछु।

यो प्रतिज्ञा भरोसायोग्य छ।+

 ४ हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्‍त गरेको छु,+

जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा+ र शासक बनाएको छु।+

 ५ “हेर!* चिन्दै नचिन्‍ने जातिलाई तिमीले बोलाउनेछौ।

तिमीलाई चिन्दै नचिनेको जातिका मानिसहरू तिमीकहाँ दौडँदै आउनेछन्‌।

तिम्रा परमेश्‍वर यहोवा, इस्राएलका पवित्र परमेश्‍वरको खातिर तिनीहरूले त्यसो गर्नेछन्‌+

किनकि उहाँले तिमीलाई महिमित तुल्याउनुहुनेछ।+

 ६ जबसम्म यहोवालाई भेट्टाउन सकिन्छ, उहाँलाई खोज।+

उहाँ नजिक हुँदा नै उहाँलाई पुकार।+

 ७ दुष्ट मानिसले आफ्नो दुष्ट चाल त्यागोस्‌;+

खराब काम गर्नेले आफ्नो खराब विचार त्यागोस्‌।

ऊ यहोवाकहाँ फर्कोस्‌ र उहाँले उसलाई कृपा देखाउनुहुनेछ।+

ऊ हाम्रा परमेश्‍वरकहाँ आओस्‌ किनकि उहाँले उसलाई खुला मनले क्षमा गर्नुहुनेछ।”+

 ८ यहोवा घोषणा गर्नुहुन्छ, “मेरो विचार तिमीहरूको विचारभन्दा फरक छ।+

अनि तिमीहरूको मार्ग मेरो मार्गभन्दा फरक छ।

 ९ जसरी आकाश धर्तीभन्दा उच्च छ,

त्यसैगरि मेरो मार्ग तिमीहरूको मार्गभन्दा

र मेरो विचार तिमीहरूको विचारभन्दा उच्च छ।+

१० जसरी आकाशबाट पानी र हिउँ परेपछि त्यतैतिर फर्केर जाँदैन

तर त्यसले जमिनलाई भिजाउँछ, बाली उमार्छ,

रोप्नेलाई बिउ अनि खानेलाई अन्‍न दिन्छ,

११ मेरो मुखबाट निस्कने वचन पनि त्यस्तै हुन्छ।+

त्यो वचन पूरा नभई मकहाँ त्यसै फर्कँदैन।+

मैले इच्छा गरेको कुरा त्यसले पूरा गरेरै छोड्‌छ।+

जुन कामको लागि म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुन्छ।

१२ तिमीहरू रमाउँदै जानेछौ,+

तिमीहरू शान्तिसित फर्केर आउनेछौ।+

पर्वतहरू र डाँडाहरू तिमीहरूलाई देखेर खुसी हुनेछन्‌ र जयजयकार गर्नेछन्‌।+

अनि रूखहरूले ताली बजाउनेछन्‌।+

१३ तब काँडाको झाडीको सट्टा धुपीको रूख उम्रनेछ।+

सिस्नुको ठाउँमा मेहदीको बोट उम्रनेछ।

अनि यहोवाको महिमा हुनेछ+

र त्यो कहिल्यै नमेटिने एउटा चिन्ह हुनेछ।”

५६ यहोवा यसो भन्‍नुहुन्छ:

“न्यायको मार्गमा हिँड+ र जे सही छ त्यही गर।

किनकि म चाँडै तिमीहरूको उद्धार गर्नेछु,

म मेरो न्याय तिमीहरूलाई प्रकट गर्नेछु।+

 २ आनन्दित हो त्यो मानिस, जसले त्यसै गर्छ,

जो ती कुराहरूमा लागिरहन्छ,

जसले विश्रामदिन* मान्छ र त्यसलाई बिटुलो पार्दैन,+

जो हरेक किसिमको खराब कामदेखि परै बस्छ।

 ३ यहोवाको उपासना गर्ने कुनै पनि विदेशीले+ यसो नभनोस्‌,

‘यहोवाले मलाई उहाँका मानिसहरूदेखि अलग्गै राख्नुहुनेछ।’

अनि नपुंसकले यसो नभनोस्‌, ‘म त सुकिसकेको रूख हुँ।’”

४ यहोवा भन्‍नुहुन्छ: “मैले आज्ञा गरेबमोजिम विश्रामदिन मान्‍ने नपुंसकहरू, जो मेरो इच्छाअनुसार चल्छन्‌ र मेरो करार पालन गरिरहन्छन्‌,

 ५ तिनीहरूलाई म आफ्नो घरभित्र एउटा ठाउँ र एउटा नाम दिनेछु,

जुन छोराछोरीको भन्दा उत्तम हुनेछ।

सदा कायम रहने नाम म तिनीहरूलाई दिनेछु

अनि त्यो नाम कहिल्यै मेटिनेछैन।

 ६ यहोवाको सेवा गर्न उहाँसामु आउने विदेशीहरू,

यहोवाको नामलाई प्रेम गर्न+

र उहाँको सेवक बन्‍न आउने विदेशीहरू,

जसले विश्रामदिन मान्छन्‌ र त्यसलाई बिटुलो पार्दैनन्‌,

जसले मेरो करार पालन गरिरहन्छन्‌,

 ७ तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+

अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्‌।

तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।

अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+

८ इस्राएलबाट तितरबितर भएकाहरूलाई भेला गर्नुहुने ब्रह्‍माण्डका मालिक यहोवा+ यस्तो घोषणा गर्नुहुन्छ:

“जो-जो भेला भइसकेका छन्‌, तिनीहरूबाहेक म अरूलाई पनि भेला गर्नेछु।”+

 ९ ए मैदानका सबै जङ्‌गली जनावर हो, आओ र खाओ।

जङ्‌गलका सबै जनावर हो, तिमीहरू पनि आओ।+

१० पहरेदारहरू अन्धा छन्‌,+ तिनीहरू कसैले पनि ध्यान दिएका छैनन्‌।+

तिनीहरू त भुक्न नसक्ने लाटा कुकुरजस्तै छन्‌।+

तिनीहरू पल्टिरहन्छन्‌, स्वाँस्वाँ गर्दै बस्छन्‌ र निद्राले झुलिरहन्छन्‌।

११ तिनीहरू भोकाएका कुकुर हुन्‌,

जति खाए पनि तिनीहरू कहिल्यै अघाउँदैनन्‌।

तिनीहरू समझ नभएका गोठालाहरू हुन्‌।+

तिनीहरू सबै आ-आफ्नै चालमा हिँड्‌छन्‌।

तिनीहरू सबै छल गरेर नाफा कमाउन खोज्छन्‌ र भन्छन्‌:

१२ “आऊ, हामी मद्य पिऔँ,

मात्तिनेगरि रक्सी खाऔँ।+

भोलि पनि आजजस्तै हुनेछ, आजभन्दा पनि राम्रो!”

५७ धर्मी मानिस नाश भएको छ

तर कसैलाई वास्ता छैन।

वफादार मानिस खोसिएको छ*+

तर विपत्तिले गर्दा* धर्मी मानिसको मृत्यु भएको छ भनी

कसैले विचार गर्दैन।

 २ उसलाई शान्ति हुन्छ।

असल मार्गमा हिँड्‌नेहरू आफ्नो ओछ्यानमा* चैनसित ढल्कन्छन्‌।

 ३ “हे तन्त्रमन्त्र गर्ने स्त्रीका सन्तान हो!

व्यभिचारबाट जन्मेका सन्तान र वेश्‍याका सन्तान हो!

तिमीहरू नजिक आओ!

 ४ तिमीहरू कसको ठट्टा गरिरहेका छौ?

कसको खिसी गर्न तिमीहरू मुख बाउँछौ र जिब्रो देखाउँछौ?

तिमीहरू पापी मानिसका सन्तान होइनौ र?

तिमीहरू छली मानिसका सन्तान होइनौ र?+

 ५ तिमीहरू ठूलठूला रूखमुनि,+

रूखको छहारीमुनि+ कामवासनाले जल्छौ।

तिमीहरू आफ्ना छोराछोरीलाई बेँसीमा* लगेर बलि चढाउँछौ,+

चट्टानका धाँजामा आफ्ना छोराछोरीलाई बलि चढाउँछौ।

 ६ तिमीले बेँसीका* चिल्ला ढुङ्‌गा छानेकी छ्यौ,+

तिमीले पाएको भाग त्यही हो।

त्यही ढुङ्‌गामाथि तिमी मद्यभेटी* र अरू भेटी चढाउँछ्यौ।+

तिम्रा भेटीहरू देखेर के म खुसी* होऊँ?

 ७ ठूलो र अग्लो डाँडामा तिमीले ओछ्यान* लगायौ,+

बलि चढाउन तिमी त्यहाँ उक्लियौ।+

 ८ ढोका र चौकोसको पछाडि तिमीले सम्झनाको चिनो* राख्यौ।

तिमीले मलाई त्याग्यौ र आफूलाई नाङ्‌गो पाऱ्‍यौ,

तिमी माथि गयौ र आफ्नो ओछ्यान फराकिलो बनायौ।

तिमीले तिनीहरूसित वाचा बाँध्यौ।

तिनीहरूसित सुत्न पाउँदा तिमी रमायौ+

अनि तिमीले तिनीहरूको लिङ्‌ग हेऱ्‍यौ।*

 ९ तिमी तेल लिएर मलेककहाँ* गयौ,

धेरै अत्तर लिएर उसकहाँ गयौ।

तिमीले आफ्ना दूतहरूलाई टाढा पठायौ

अनि तिमी तल चिहानमा* गयौ।

१० थरीथरीका बाटोमा हिँडेर तिमी थाकिसक्यौ

तैपनि तिमीले यसो भनिनौ, ‘सब बेकार भयो!’

तिमी नयाँ जोस लिएर आयौ;

त्यसैले त तिमीले हार मानिनौ।

११ तिमी कोसित डरायौ

र मसित झूट बोल्न थाल्यौ?+

तिमीले मलाई सम्झिनौ,+

मेरो कुरामा ध्यान दिइनौ।+

म चुपचाप बसेँ र तिमीलाई सहिरहेँ,+

त्यही भएर तिमीले मेरो डर मान्‍न छोड्‌यौ।

१२ तिम्रो देखावटी धर्मकर्म+ र तिम्रो कामको+ म पर्दाफास गरिदिनेछु।

तिम्रा ती कामहरूबाट तिमीलाई केही फाइदा हुनेछैन।+

१३ तिमीले गुहार माग्दा

तिमीले थुपारेका मूर्तिहरूले तिमीलाई बचाउनेछैनन्‌।+

बतासले ती सब उडाइदिन्छ,

एकै सासले ती सबै उडेर जान्छ।

तर जसले ममाथि भरोसा गर्छ, उसैले देश अधिकार गर्नेछ;

ऊ नै मेरो पवित्र डाँडामा बस्न पाउनेछ।+

१४ त्यसपछि यसो भनिनेछ, ‘बाटो बनाऊ! बाटो बनाऊ! बाटो तयार पार!+

मेरा मानिसहरू हिँड्‌ने बाटोमा कुनै अवरोध नहोस्‌!’”

१५ जो उच्च र महान्‌ हुनुहुन्छ, जो अनन्त हुनुहुन्छ+

जसको नाम पवित्र छ,+ उहाँ यसो भन्‍नुहुन्छ:

“म उच्च र पवित्र ठाउँमा बस्छु।+

तैपनि मन भाँचिएका र कमजोरहरूको साथमा हुन्छु।

म कमजोरहरूलाई बल दिन्छु

अनि मन भाँचिएकाहरूलाई सान्त्वना दिन्छु।+

१६ म सधैँ तिनीहरूको विरोध गर्दिनँ,

म सधैँ तिनीहरूदेखि रिसाउँदिनँ+

नत्र त मेरो कारण मानिस* कमजोर हुनेछ,+

मैले बनाएको हरेक जीव, जसले सास फेर्छ, त्यो कमजोर हुनेछ।

१७ इस्राएलले गरेको पाप देखेर,

उसले बेइमानी गरेर धन कमाएको देखेर म रिसाएँ।+

अनि मैले उसलाई हिर्काएँ; रिसले चूर भएर मैले आफ्नो अनुहार ऊदेखि फर्काएँ।

तैपनि उसले धोका दिइरह्‍यो+ र मनपरी गर्न छोडेन।

१८ मैले उसको चाल देखेको छु

तर पनि म उसलाई निको पार्नेछु+ र डोऱ्‍याउनेछु;+

म उसलाई+ र उसको खातिर शोक गर्नेहरूलाई सान्त्वना दिनेछु।”+

१९ यहोवा भन्‍नुहुन्छ, “म मानिसको मुखबाट प्रशंसाका शब्दहरू* निकाल्नेछु,

चाहे ऊ टाढा होस्‌ वा नजिक, म उसलाई शान्ति दिइरहनेछु,+

म उसलाई निको पार्नेछु।”

२० “दुष्टहरू उर्लिरहेको समुद्रजस्तै हुन्‌, जसको छाल कहिल्यै शान्त हुँदैन,

जसको पानीले सधैँ लेउ र हिलो हुत्याइरहन्छ।

२१ दुष्टलाई कहिल्यै शान्ति हुँदैन,” मेरा परमेश्‍वर भन्‍नुहुन्छ।+

५८ उहाँले मलाई भन्‍नुभयो: “चुप लागेर नबस, ठूलो स्वरले कराऊ!

बिगुलको जस्तै चर्को आवाज निकाल।

मेरा मानिसहरूले गरेको विद्रोह तिनीहरूलाई बताऊ,+

याकुबका घरानाले गरेको पाप तिनीहरूलाई सुनाऊ।

 २ तिनीहरू हरेक दिन मलाई यतिबिघ्न खोज्छन्‌

अनि मेरो मार्ग चिन्‍न पाएकोमा यतिबिघ्न रमाउँछन्‌ कि

मानौँ, तिनीहरू परमेश्‍वरको धार्मिक मार्गमा हिँड्‌ने जाति हुन्‌;

मानौँ, तिनीहरूले परमेश्‍वरको न्यायिक स्तरलाई कहिल्यै बङ्‌ग्याएकै छैनन्‌।+

तिनीहरू मलाई न्याय गरिदिनुहोस्‌ भनेर आग्रह गरेको ढोँग गर्छन्‌,

परमेश्‍वरसित नजिक हुन पाउँदा खुसी भएझैँ गर्छन्‌।+

 ३ तिनीहरू भन्छन्‌: ‘हामी उपवास बस्दा तपाईँ किन वास्तै गर्नुहुन्‍न?+

हामीले आफ्ना पापहरूका लागि शोक गर्दा तपाईँ किन आँखा चिम्लनुहुन्छ?’+

किनभने उपवासको दिनमा पनि तिमीहरू आफ्नै इच्छा पूरा गर्न खोज्छौ,

तिमीहरू आफ्ना मजदुरहरूमाथि अत्याचार गर्छौ।+

 ४ उपवास बसेको दिन तिमीहरू गालीगलौज अनि झैझगडा गर्छौ

अनि तिमीहरू दुष्टताको मुड्‌कीले हिर्काउँछौ।

यसरी उपवास बस्दा के स्वर्गमा तिमीहरूको सुनवाइ हुन्छ र?

 ५ मैले तिमीहरूलाई यसरी उपवास बस भनेको थिएँ र?

उपवासको दिन तिमीहरू आफैलाई चोट पुऱ्‍याउँछौ,

लामो घाँस नुहेझैँ तिमीहरू आफ्नो शिर झुकाउँछौ,

तिमीहरू भाङ्‌ग्रा र खरानीलाई आफ्नो ओछ्यान बनाउँछौ।

यसलाई तिमीहरू उपवास भन्छौ? यो देखेर यहोवालाई खुसी लाग्छ भन्ठान्छौ?

 ६ मैले त यसरी पो उपवास बस भनेको थिएँ:

अन्यायको नेल फुकालेर फाल,

जुवाको बन्धन खोल,+

अत्याचारमा परेकाहरूलाई छुटाओ,+

सबै जुवालाई भाँचिदेओ,

 ७ भोकाहरूसित रोटी बाँड,+

गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,

कसैलाई नाङ्‌गो देख्यौ भने उसलाई लुगा देओ,+

आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ।

 ८ तब तिमीहरूको ज्योति बिहानीको किरणजस्तै चम्किनेछ+

अनि तिमीहरू चाँडै निको हुनेछौ।

तिमीहरूको धार्मिकता तिमीहरूको अघिअघि जानेछ

अनि यहोवाको महिमा तिमीहरूलाई रक्षा गर्न तिमीहरूको पछिपछि आउनेछ।+

 ९ तिमीहरूले यहोवालाई पुकार्नेछौ अनि उहाँले जवाफ दिनुहुनेछ;

तिमीहरूले उहाँलाई गुहार्दा उहाँले यसो भन्‍नुहुनेछ, ‘म यहाँ छु!’

यदि तिमीहरूले आफूमाझ भएको जुवा उतारिदियौ

अनि एकअर्कालाई औँला ठड्‌याउन र दुष्ट कुरा बोल्न छोड्‌यौ भने,+

१० तिमीहरू आफैले खान चाहेको कुरा भोकाहरूलाई दियौ भने+

अनि दीनदुःखीहरूको ख्याल राख्यौ भने

तिमीहरूको ज्योति अन्धकारमा पनि चम्किनेछ

अनि तिमीहरूको अन्धकार पनि मध्यदिनजस्तै चहकिलो हुनेछ।+

११ यहोवाले सधैँ तिमीहरूलाई डोऱ्‍याउनुहुनेछ,

उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ,+

उहाँले तिमीहरूको हड्डी बलियो बनाउनुहुनेछ,

अनि तिमीहरू प्रशस्त पानी पाएको बगैँचाजस्तै हुनेछौ;+

तिमीहरू कहिल्यै नसुक्ने पानीको मुहानजस्तै हुनेछौ।

१२ तिमीहरूले तहसनहस भएको सहर फेरि बनाउनेछौ,+

पुस्तौँअघि भत्किएको जग फेरि हाल्नेछौ,+

भत्किएको* पर्खाल बनाउनेहरू भनेर तिमीहरू चिनिनेछौ,+

तिमीहरू बाटो बनाउनेहरू भनेर चिनिनेछौ, जसको वरपर फेरि मानिसहरू बस्नेछन्‌।

१३ यदि तिमीहरू मेरो पवित्र दिन, विश्रामदिनमा* आफ्नै इच्छा पूरा गर्नतिर लागेनौ भने,*+

यदि तिमीहरूले विश्रामदिनलाई अत्यन्तै खुसीको दिन, यहोवाको पवित्र दिन र महिमाको दिन ठान्यौ भने+

अनि आफ्नो इच्छा पूरा गर्नु र बेकारको कुरा गर्नुभन्दा त्यस दिनलाई महत्त्व दियौ भने

१४ तिमीहरू यहोवालाई सम्झेर अत्यन्त खुसी हुनेछौ

अनि म तिमीहरूलाई पृथ्वीका अग्ला ठाउँहरू अधिकार गर्न दिनेछु।+

तिमीहरूका पुर्खा याकुबको देशको उब्जनी म तिमीहरूलाई खान दिनेछु,+

यो कुरा यहोवाको मुखबाटै निस्केको वचन हो।”

५९ हेर! यहोवाको हात कसैलाई बचाउनै नसक्नेगरि छोटो भएको छैन+

र उहाँको कान सुन्‍नै नसक्नेगरि बाक्लो भएको छैन।+

 २ तिमीहरू आफ्नै अपराधले गर्दा परमेश्‍वरबाट टाढा भएका छौ;+

तिमीहरूकै पापको कारण उहाँले तिमीहरूदेखि आफ्नो अनुहार लुकाउनुभएको छ।

उहाँ तिमीहरूको कुरा सुन्‍न चाहनुहुन्‍न।+

 ३ तिमीहरूको हात रगतले लतपतिएको छ;+

तिमीहरूका औँलामा अपराधको कलङ्‌क लागेको छ।

तिमीहरूको ओठले झूट बोल्छ,+ तिमीहरूको जिब्रोले टेढो कुरा गर्छ।

 ४ धार्मिकताको पक्षमा कोही बोल्दैन,+

अदालत गएर सत्य कुरा बोल्ने कोही छैन।

तिनीहरू खोक्रो कुरामा भरोसा गर्छन्‌+ र बेकारको कुरा बोल्छन्‌।

तिनीहरू समस्यालाई गर्भधारण गर्छन्‌ र दुष्टतालाई जन्माउँछन्‌।+

 ५ तिनीहरू विषालु सर्पको अण्डा पार्छन्‌;,

तिनीहरूले पारेको अण्डाबाट विषालु सर्प निस्कन्छ,

जसले तिनीहरूको अण्डा खान्छ, त्यो मर्छ।

तिनीहरू माकुराको जाल बुन्छन्‌;+

 ६ तिनीहरूले बुनेको जालले कपडाको काम गर्दैन।

तिनीहरू जे बनाउँछन्‌, त्यसले तिनीहरूकै जीउसमेत ढाक्दैन।+

तिनीहरू अरूलाई चोट पुग्ने काम गर्छन्‌;

तिनीहरूको हात हिंसाले भरिएको हुन्छ।+

 ७ तिनीहरू* दुष्ट काम गर्न दौडन्छन्‌;

निर्दोषको रगत बगाउन तिनीहरू आतुर हुन्छन्‌।+

तिनीहरूको मन कुविचारले भरिएको हुन्छ;

नाश गर्नु र दुःख दिनु तिनीहरूको काम हो।+

 ८ शान्तिको बाटो कहाँ छ, तिनीहरूलाई थाहै छैन;

तिनीहरू न्यायको मार्गमा पटक्कै चल्दैनन्‌।+

तिनीहरू आफ्नो बाटो टेढो बनाउँछन्‌;

तिनीहरूको बाटोमा हिँड्‌ने कसैले शान्ति पाउँदैन।+

 ९ त्यसैले इन्साफ हामीबाट कोसौँ टाढा छ;

धार्मिकता हामीसम्म पुग्नै पाउँदैन।

हामी ज्योति पर्खिरहेका छौँ तर अन्धकारबाहेक केही भेट्‌दैनौँ;

हामी उज्यालोको आशामा छौँ तर अँध्यारोमै हिँडिरहनुपरेको छ।+

१० अन्धाले जस्तै हामी भित्ता छामछाम छुमछुम गर्छौँ;

आँखा नभएकाहरूले जस्तै हामी छाम्दै हिँड्‌छौँ।+

रातमा जस्तै हामी मध्यदिनमै ठेस खान्छौँ;

बलियाहरूको बीचमा हामी जिउँदो लासजस्तै भएका छौँ।

११ हामी सबै शोकले गर्दा भालुजस्तै कराउँछौँ,

ढुकुरजस्तै विलाप गर्छौँ।

हामी न्यायको बाटो हेर्छौँ तर कतै पाउँदैनौँ,

हामी उद्धारको आशा गर्छौँ तर उद्धार हामीदेखि कोसौँ टाढा छ।

१२ किनकि तपाईँविरुद्ध हामीले अनगिन्ती पाप गरेका छौँ;+

हाम्रो एक-एक अपराधले हामीलाई दोषी ठहराउँछ।+

हाम्रा अपराधहरू हाम्रै अगाडि छन्‌;

तीबारे हामी अनजान छैनौँ।+

१३ हामीले पाप गरेका छौँ र यहोवालाई तिरस्कार गरेका छौँ,

हाम्रा परमेश्‍वरलाई हामीले पीठ फर्काएका छौँ।

हामीले अत्याचार गर्ने र विद्रोह गर्ने योजना बनाएका छौँ,+

हामीले मनभित्र झूटा कुरा रचेका छौँ र हुँदै नभएको कुरा बोलेका छौँ।+

१४ इन्साफ दबिएको छ+

अनि धार्मिकता टाढै उभिरहन्छ+

किनकि सत्यले चोकमा ठेस खाएको छ

र इमानदारी चोकभित्र पस्नै पाउँदैन।

१५ सत्य ओझेलमा परेको छ,+

खराब मार्ग छोडेर फर्कनेहरू लुटिएका छन्‌।

यहोवाले जताततै यस्तो अन्याय देख्नुभयो

र उहाँ साह्रै दुःखी हुनुभयो।*+

१६ कसैले केही नगरेको देख्दा उहाँलाई अचम्म लाग्यो;

कसैले हस्तक्षेप नगरेको देख्दा उहाँ छक्क पर्नुभयो।

त्यसैले आफ्नै पाखुराको बलले उहाँले तिनीहरूको उद्धार गर्नुभयो*

अनि उहाँको धार्मिक स्तरले उहाँलाई साथ दियो।

१७ उहाँले धार्मिकताको कवच पहिरिनुभयो

अनि शिरमा उद्धारको* टोप लगाउनुभयो।+

उहाँले बदलाको पोसाक पहिरिनुभयो+

र अलखाले* ढाकेझैँ जोसले आफैलाई ढाक्नुभयो।

१८ उहाँले तिनीहरूको कामको प्रतिफल तिनीहरूलाई नै दिनुहुनेछ।+

उहाँले शत्रुहरूमाथि रिस पोख्नुहुनेछ, तिनीहरूलाई सजाय दिनुहुनेछ।+

टापुहरूलाई पनि उहाँले उचित दण्ड दिनुहुनेछ।

१९ तब पश्‍चिमका मानिसहरू यहोवाको नाम सुनेर डराउनेछन्‌,

पूर्वका मानिसहरू उहाँको महिमा देखेर भयभीत हुनेछन्‌।

किनकि उहाँ उर्लिएको खोलाजस्तै गरी आउनुहुनेछ,

यहोवाको शक्‍तिले उर्लिएको खोलाजस्तै।

२० यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “सियोनलाई मोल तिरेर छुटाउने+ कोही आउँदै छ;+

दुष्ट कामबाट अलग रहने याकुबका सन्तानलाई छुटकारा दिन कोही आउँदै छ।”+

२१ यहोवा भन्‍नुहुन्छ, “म तिनीहरूसित यस्तो करार गर्नेछु:+ मैले तिनीहरूलाई दिएको मेरो पवित्र शक्‍ति र तिनीहरूको मुखमा मैले हालिदिएको वचन तिनीहरूको मुखबाट, तिनीहरूका छोराछोरीको मुखबाट र तिनीहरूका नातिनातिनाको मुखबाट हट्‌नेछैन।” यहोवा अझै यसो भन्‍नुहुन्छ, “त्यो अहिले र सदासर्वदा तिनीहरूको मुखमा रहनेछ।”

६० “ए स्त्री, उठ!+ ज्योति चम्काऊ, तिम्रो ज्योति आइसकेको छ।

यहोवाको महिमा तिमीमाथि चम्केको छ।+

 २ हेर! पृथ्वीलाई अन्धकारले छोप्नेछ,

घोर अन्धकारले राष्ट्रहरूलाई ढाक्नेछ

तर तिमीमाथि चाहिँ यहोवा चम्कनुहुनेछ

अनि उहाँको महिमा तिमीमाथि प्रकट हुनेछ।

 ३ जातिजातिका मानिसहरू तिम्रो ज्योतितर्फ आउनेछन्‌+

अनि तिम्रो वैभव चम्किएको देखेर* राजाहरू+ तिमीतर्फ आउनेछन्‌।+

 ४ आँखा उठाएर चारैतिर हेर,

तिनीहरू सबै भेला भएका छन्‌ अनि तिमीकहाँ आइरहेका छन्‌।

तिम्रा छोराहरू टाढा-टाढाबाट आइरहेका छन्‌+

अनि तिम्रा छोरीहरूलाई काखमा बोकेर ल्याइँदै छ।+

 ५ यो देखेर तिम्रो अनुहार उज्यालो हुनेछ,+

खुसीले तिम्रो मुटुको ढुकढुकी बढ्‌नेछ

किनभने समुद्रको सम्पत्ति तिमीतर्फ ओइरिनेछ;

जातिजातिको धनसम्पत्ति तिमीतर्फ आउनेछ।+

 ६ उँटको बथानले तिम्रो देशलाई* ढाक्नेछ

तिम्रो देश मिद्यान र एपाका जवान उँटहरूले भरिनेछ।+

सेबाबाट सबै मानिस आउनेछन्‌;

तिनीहरूले सुन र सेतो धूप* ल्याउनेछन्‌।

तिनीहरूले यहोवाको गुणगान गाउनेछन्‌।+

 ७ केदारको+ सारा बगाल तिमीकहाँ आउनेछ।

नबायोथका+ थुमाहरू तिम्रो लागि हाजिर हुनेछन्‌।

तिनीहरूलाई मेरो वेदीमा चढाइनेछ र म त्यो स्विकार्नेछु+

अनि म मेरो सुन्दर घरको शोभा बढाउनेछु।+

 ८ बादलसरि उड्‌दै आइरहेका यी को हुन्‌?

ढुकुरहरू आफ्नो गुँडतिर फर्केर आइरहेझैँ देखिने यी को हुन्‌?

 ९ टापुहरू मेरो बाटो हेर्छन्‌;+

तर्सिसका जहाजहरू सबैभन्दा अगाडि छन्‌,*

ती जहाजहरूले तिम्रा छोराहरूलाई टाढाबाट ल्याउँदै छन्‌।+

तिम्रा परमेश्‍वर र इस्राएलका पवित्र परमेश्‍वर यहोवाको नामको महिमा गर्न

तिनीहरूले आफ्ना सुन र चाँदी ल्याउँदै छन्‌

अनि परमेश्‍वरले तिम्रो सौन्दर्य* बढाउनुहुनेछ।+

१० विदेशीहरूले तिम्रा पर्खाल बनाउनेछन्‌

अनि उनीहरूका राजाहरूले तिम्रो सेवा गर्नेछन्‌।+

रिसाएर मैले तिमीलाई हिर्काएको थिएँ

तर अब खुसी भएर म तिमीलाई कृपा गर्नेछु।+

११ तिम्रा ढोकाहरू रातदिन खुला राखिनेछन्‌;+

ती कहिल्यै बन्द गरिनेछैनन्‌,

तिम्रो लागि देश-देशबाट धनसम्पत्ति ल्याउन ती खुला राखिनेछन्‌

अनि यसो गर्न तिनीहरूका राजाहरूले अगुवाइ लिनेछन्‌।+

१२ जुन जाति र जुन राज्यले तिम्रो सेवा गर्दैन, त्यसको नामोनिसान मेटाइनेछ,

त्यसको अस्तित्व नै रहनेछैन।+

१३ लेबनानको गौरव तिमीकहाँ आउनेछ;+

धुपी, लाँकुरी र राइसल्ला एकसाथ तिमीकहाँ आउनेछन्‌+

अनि मेरो पवित्र स्थानको* शोभा बढाउनेछन्‌।

तब म मेरो पाउदानको गौरव बढाउनेछु।+

१४ तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन्‌ अनि तिमीलाई दण्डवत्‌ गर्नेछन्‌,

तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्‌,

तिनीहरूले तिमीलाई यहोवाको सहर भन्‍नेछन्‌,

तिमीलाई इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्‌।+

१५ तिम्रो वास्ता गरिएन, तिमीलाई घृणा गरियो अनि तिम्रो बाटो हुँदै कोही गएन+

तर अब तिमी सदाको लागि गर्व गर्ने कारण हुनेछौ,

तिमी पुस्तौँपुस्तासम्म रमाहट गर्ने कारण हुनेछौ।+

१६ तिमीले जातिजातिको दूध पिउनेछौ,+

तिमीले राजाहरूका छातीबाट दूध चुस्नेछौ;+

तब तिमीले थाह पाउनेछौ, म यहोवा नै तिम्रो उद्धारक हुँ,

म याकुबका शक्‍तिशाली परमेश्‍वर तिम्रो मुक्‍तिदाता हुँ।+

१७ म तामाको सट्टा सुन

र फलामको सट्टा चाँदी ल्याउनेछु;

म काठको सट्टा तामा

र ढुङ्‌गाको सट्टा फलाम ल्याउनेछु;

म शान्तिलाई तिम्रो निरीक्षक

अनि धार्मिकतालाई तिम्रो नाइके बनाउनेछु।+

१८ तिम्रो देशमा फेरि कहिल्यै हिंसाको स्वर सुनिनेछैन,

तिम्रो सिमानाभित्र विनाश र बरबादीको खबर सुनिनेछैन।+

तिमीले आफ्नो पर्खालको नाम उद्धार+ र ढोकाको नाम प्रशंसा राख्नेछौ।

१९ तिमीलाई सूर्यको प्रकाशको खाँचो पर्नेछैन,

चन्द्रमाको उज्यालो पनि चाहिनेछैन

किनभने यहोवा नै सदासदा तिम्रो ज्योति हुनुहुनेछ+

अनि तिम्रा परमेश्‍वर तिम्रो शोभा हुनुहुनेछ।+

२० तिम्रो सूर्य कहिल्यै अस्ताउनेछैन

अनि तिम्रो चन्द्रमा कहिल्यै धमिलो हुनेछैन

किनभने यहोवा सदासदा तिम्रो ज्योति हुनुहुनेछ,+

तब तिमीले कहिल्यै शोक गर्नुपर्नेछैन।+

२१ तिम्रा सबै मानिस धर्मी हुनेछन्‌;

तिनीहरूले सदाको लागि देश अधिकार गर्नेछन्‌।

तिनीहरू मैले रोपेका बिरुवा,

मेरो शोभा बढाउने मेरो हातको काम हुन्‌।+

२२ थोरैचाहिँ हजार हुनेछ

अनि सानोचाहिँ शक्‍तिशाली जाति हुनेछ।

म यहोवाले नै ठीक समयमा त्यसको वृद्धि गर्नेछु।”

६१ ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ+

किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+

मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,

बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न

अनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+

 २ यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,

हाम्रा परमेश्‍वरले बदला लिने दिनबारे बताउन+

अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+

 ३ सियोनको लागि शोक गर्नेहरूलाई

खरानीको सट्टा शिरमा पगरी लगाइदिन,

शोकको सट्टा हर्षको तेल घसिदिन,

निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।

तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्‌।

तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन्‌ र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।*+

 ४ वर्षौँअघि खण्डहर बनेका ठाउँहरू,

उहिल्यै उजाड भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्‌।+

अनि पुस्तौँअघि तहसनहस भएका सहरहरू+

तिनीहरूले फेरि बसाल्नेछन्‌।+

 ५ “परदेशीहरू आएर तिमीहरूको बगाल चराउनेछन्‌

अनि विदेशीहरूले+ तिमीहरूको खेत र अङ्‌गुर बगानमा काम गर्नेछन्‌।+

 ६ तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+

तिनीहरूले तिमीहरूलाई परमेश्‍वरका सेवक भन्‍नेछन्‌।

तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+

अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।

 ७ मेरा मानिसहरू लाजमा पर्नुपर्नेछैन बरु तिनीहरूले दोबर आशिष्‌ पाउनेछन्‌;

तिनीहरूको अपमान हुनेछैन बरु आफूले पाएको भाग देखेर तिनीहरूले जयजयकार गर्नेछन्‌।

हो, तिनीहरूले आफ्नो भूमिमा दोबर भाग पाउनेछन्‌+

र तिनीहरू सदासर्वदा रमाउनेछन्‌।+

 ८ म यहोवा न्यायलाई प्रेम गर्छु;+

लुटपाट र अन्यायलाई म घृणा गर्छु।+

म वफादार भई तिनीहरूको कामको ज्याला दिनेछु,

म तिनीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु।+

 ९ तिनीहरूका सन्तानलाई देशदेशका मानिसहरूले चिन्‍नेछन्‌,+

तिनीहरूका सन्तानबारे जातिजातिले थाह पाउनेछन्‌।

यहोवाले आशिष्‌ दिनुभएका सन्तान तिनीहरू नै हुन्‌+ भनेर

तिनीहरूलाई देख्नेजति सबैले थाह पाउनेछन्‌।”

१० यहोवालाई सम्झँदा मेरो खुसीको सीमा नै रहनेछैन।

मेरो मनले मेरा परमेश्‍वरको कारण रमाहट गर्नेछ।+

किनकि उहाँले मलाई उद्धारको पोसाक पहिराइदिनुभएको छ,+

उहाँले मलाई धार्मिकताको अलखा* लगाइदिनुभएको छ।

पुजारीको जस्तै देखिने पगरी लगाएको दुलहाझैँ म भएको छु।+

गरगहनाले सजिएकी दुलहीझैँ म भएको छु।

११ जसरी जमिनले बिरुवा उमार्छ

अनि जसरी बगैँचाले त्यसमा रोपिएको बिउ उमार्छ,

त्यसैगरि ब्रह्‍माण्डका मालिक यहोवाले

सबै जातिसामु धार्मिकताको वृद्धि गराउनुहुनेछ+ र तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्‌।+

६२ सियोनको खातिर म चुप लागेर बस्नेछैनँ,+

यरुसलेमको खातिर म चुपचाप बस्नेछैनँ;

जबसम्म उसको धार्मिकता ज्योतिजस्तै चम्किदैन,+

जबसम्म उसको उद्धार राँकोजस्तै बल्दैन।+

 २ “ए स्त्री! जातिजातिहरूले तिम्रो धार्मिकता देख्नेछन्‌,+

सबै राजाले तिम्रो महिमा देख्नेछन्‌।+

तब तिमीलाई एउटा नयाँ नामले बोलाइनेछ,+

यहोवाले नै दिनुभएको नयाँ नाम।

 ३ यहोवाको हातमा तिमी शोभाको सुन्दर मुकुट हुनेछ्यौ,

उहाँको हत्केलामा तिमी राजकीय पगरी हुनेछ्यौ।

 ४ तिमीलाई फेरि कहिल्यै त्यागिएकी स्त्री भनिनेछैन,+

तिम्रो भूमिलाई कसैले पनि उजाड भूमि भन्‍नेछैन।+

बरु तिमीलाई यस्तो नाम दिइनेछ, ‘ऊदेखि म खुसी छु’+

अनि तिम्रो भूमिलाई ‘विवाहित स्त्री’ भनिनेछ।

किनकि यहोवा तिमीदेखि खुसी हुनुहुनेछ

अनि तिम्रो भूमि विवाहित स्त्रीजस्तै हुनेछ।

 ५ युवकले कुमारी केटीसित विवाह गरेझैँ

तिम्रा मानिसहरूले तिमीसित विवाह गर्नेछन्‌।

दुलहीलाई देखेर दुलहा खुसी भएझैँ

तिम्रा परमेश्‍वर तिमीलाई देखेर खुसी हुनुहुनेछ।+

 ६ ए यरुसलेम, तिम्रा पर्खालहरूमा मैले पहरेदारहरू खटाएको छु।

तिनीहरू दिनरात पहरा दिइरहन्छन्‌, चुप लागेर बस्दैनन्‌।

हे यहोवाको प्रशंसा गर्ने मानिसहरू हो,

तिमीहरू चुपचाप नबस।

 ७ उहाँले यरुसलेमलाई बलियो र स्थिर नबनाउनुभएसम्म,

सारा पृथ्वीले यरुसलेमको प्रशंसा नगरेसम्म तिमीहरू उहाँलाई पुकारिरहो।”+

 ८ यहोवाले आफ्नो दायाँ हात, आफ्नो बलियो पाखुरा उचालेर शपथ खानुभएको छ:

“तिमीहरूको अन्‍न म तिमीहरूका शत्रुलाई फेरि कहिल्यै दिनेछैनँ,

तिमीहरूले मेहनत गरेर बनाएको नयाँ मद्य विदेशीहरूले फेरि कहिल्यै पिउनेछैनन्‌।+

 ९ ज-जसले अन्‍न कटनी गर्छन्‌, तिनीहरूले नै त्यो खानेछन्‌ र यहोवालाई धन्यवाद चढाउनेछन्‌

अनि ज-जसले अङ्‌गुर बटुल्छन्‌, तिनीहरूले नै मेरो चोकमा त्यसको मद्य पिउनेछन्‌।”+

१० बाहिर निस्क, ढोकाबाट बाहिर निस्क।

मानिसहरूको लागि बाटो तयार पार।+

मूलबाटो बनाओ।

त्यसमा भएका ढुङ्‌गाहरू हटाओ।+

जातिजातिका मानिसहरूको निम्ति झन्डा ठड्‌याओ।+

११ सुन! यहोवाले सारा पृथ्वीमा यस्तो घोषणा गर्नुभएको छ:

“सियोनकी छोरीलाई* भन,

‘तिम्रो उद्धार नजिकै छ!+

हेर! उहाँ इनाम लिएर आउँदै हुनुहुन्छ

अनि उहाँले दिनुहुने ज्याला उहाँसितै छ।’”+

१२ तिनीहरू पवित्र जाति भनेर चिनिनेछन्‌, जसलाई यहोवाले मोल तिरेर छुटाउनुभएको हो,+

तिम्रो बारेमा यसो भनिनेछ: “तिमी अपनाइएकी छ्यौ, तिमी त्यो सहर हौ, जसलाई परमेश्‍वरले त्याग्नुभएन।”+

६३ एदोमबाट+ आइरहेको,

चहकिलो रङ्‌गको* लुगा लगाएर बोज्राहबाट+ आइरहेको को हो?

शानदार पोसाक पहिरिएर

आफ्नो पराक्रम देखाउँदै अघि बढिरहेको को हो?

“त्यो म नै हुँ, म असल कुरा बोल्छु।

त्यो म नै हुँ, म उद्धार गर्ने शक्‍तिशाली परमेश्‍वर हुँ।”

 २ तपाईँको लुगा किन रातो छ?

तपाईँको लुगा कोलमा अङ्‌गुर पेल्ने मानिसको जस्तो किन छ?+

 ३ “मैले एक्लै कोलमा अङ्‌गुर पेलेँ।

जातिजातिका मानिसहरूबाट मलाई साथ दिने कोही थिएन।

मैले रिसले तिनीहरूलाई पेलिरहेँ,

मैले क्रोधले तिनीहरूलाई कुल्चीमिल्ची गरिरहेँ।+

तिनीहरूको रगतले मेरो लुगा लतपतिएको छ,

मेरो लुगाभरि रगतको दाग लागेको छ।

 ४ बदला लिने दिन मैले तोकिसकेको छु,+

मेरा मानिसहरूलाई मोल तिरेर छुटाउने वर्ष आएको छ।

 ५ मैले यताउता हेरेँ तर मलाई मदत गर्ने कोही थिएन;

साथ दिन कोही अघि नसरेको देखेर मलाई अचम्म लाग्यो।

अनि मैले आफ्नै पाखुराको बलले जितेँ,*+

मेरो क्रोधले मलाई साथ दियो।

 ६ मैले आफ्नो रिसमा मानिसहरूलाई कुल्चीमिल्ची गरेँ,

मैले तिनीहरूलाई मेरो क्रोध पिउन लगाएँ अनि तिनीहरू मात्तिए,+

तिनीहरूको रगत मैले भुईँमा खन्याइदिएँ।”

 ७ यहोवाको अटल प्रेमको म बयान गर्नेछु;

यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ,+

ती सबै कामको लागि म उहाँको प्रशंसा गर्नेछु।

यहोवाले कृपा र अपार प्रेम देखाएर

इस्राएलका घरानाका लागि थुप्रै असल काम गर्नुभएको छ।

 ८ उहाँले यसो भन्‍नुभयो: “यिनीहरू नै मेरा मानिसहरू हुन्‌, यिनीहरू मेरा सन्तान हुन्‌; यिनीहरूले मलाई धोका दिनेछैनन्‌।”+

त्यसैले उहाँ तिनीहरूको उद्धारक बन्‍नुभयो।+

 ९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+

उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+

प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+

पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्‌नुभयो।+

१० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्‍तिलाई दुःखी बनाए।+

त्यसैले उहाँ तिनीहरूको शत्रु बन्‍नुभयो+

र तिनीहरूमाथि जाइलाग्नुभयो।+

११ अनि तिनीहरूलाई बितेका दिनहरू झलझली याद आयो।

उहाँको सेवक मोसाको समयका कुरा तिनीहरूले सम्झे र यसो भने:

“आफ्ना मानिसहरू र तिनीहरूका गोठालाहरूलाई+ समुद्र पार गराउने परमेश्‍वर कहाँ हुनुहुन्छ?+

मोसालाई* पवित्र शक्‍ति दिने परमेश्‍वर कहाँ हुनुहुन्छ?+

१२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्‍वर,+

जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+

र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+

१३ उहाँ कहाँ हुनुहुन्छ,

जसले उर्लँदो* पानीको बीचबाट तिनीहरूलाई हिँडाउनुभयो,

जसले गर्दा खुला मैदानमा* दौडिरहेको घोडाजस्तै तिनीहरू विनाअवरोध हिँड्‌न सके?

१४ बेँसीको मैदानमा पुगेर वस्तुभाउले विश्राम गरेझैँ

यहोवाको पवित्र शक्‍तिको मदतले तिनीहरूले विश्राम पाए।”+

यसरी तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुभयो

र आफ्नो नाम महिमित पार्नुभयो।*+

१५ स्वर्गबाट तल हेर्नुहोस्‌,

उच्च ठाउँमा भएको तपाईँको पवित्र र महिमित* वासस्थानबाट हेर्नुहोस्‌।

तपाईँ आफ्नो जोस र शक्‍ति अहिले किन देखाउनुहुन्‍न?

तपाईँको करुणा+ र तपाईँको कृपाले+ तपाईँलाई अहिले किन झकझक्याउँदैन?*

ती सबै तपाईँले हामीदेखि रोकेर राख्नुभएको छ।

१६ तपाईँ हाम्रा बुबा हुनुहुन्छ,+

अब्राहामले हामीलाई नचिने तापनि,

इस्राएलले हामीलाई नचिने तापनि,

हे यहोवा, तपाईँ नै हाम्रा बुबा हुनुहुन्छ।

हामीलाई वर्षौँअघि मोल तिरेर छुटाउने तपाईँ नै हुनुहुन्छ।+

१७ हे यहोवा, तपाईँ किन हामीलाई तपाईँको मार्गबाट तर्किन दिनुहुन्छ?*

तपाईँको डर मान्‍नै छोड्‌नेगरि तपाईँ किन हाम्रो मनलाई कठोर हुन दिनुहुन्छ?*+

आफ्ना सेवकहरूको निम्ति फर्कनुहोस्‌!

तपाईँले छान्‍नुभएको जाति, तपाईँको सम्पत्तिको खातिर फर्कनुहोस्‌।+

१८ तपाईँले दिनुभएको भूमिलाई तपाईँका पवित्र जातिले थोरै समय अधिकार गरे

तर तपाईँका शत्रुहरूले तपाईँको पवित्र स्थानलाई* कुल्चीमिल्ची गरे।+

१९ हामी तपाईँले कहिल्यै शासन नगरेको जातिजस्तै भएको वर्षौँ भयो।

हामी तपाईँको नामले कहिल्यै नचिनिएको जातिजस्तै भएका छौँ।

६४ यदि तपाईँ स्वर्ग उघारेर तल ओर्लनुभएको भए

तपाईँको कारण पहाडहरू काँप्ने थिए।

 २ जसरी आगोले झिक्राझिक्री डढाउँछ

अनि जसरी आगोले पानी उमाल्छ,

त्यसरी नै जातिजातिहरू तपाईँसामु थरथर काँप्ने थिए

अनि शत्रुहरूले तपाईँको नाम थाह पाउने थिए।

 ३ हामीले आसै नगरेको अचम्मका कामहरू तपाईँले गर्नुभयो,+

तपाईँ तल ओर्लनुभयो अनि पहाडहरू थरथराए।+

 ४ तपाईँबाहेक अरू कुनै परमेश्‍वर छ भनी उहिले-उहिलेदेखि न कुनै कानले सुनेको छ

न त कुनै आँखाले देखेको नै छ।

तपाईँमा आशा राख्नेहरूको* खातिर कदम चाल्ने तपाईँजस्तो परमेश्‍वर अरू को छ र?+

 ५ तपाईँ त्यस्ता मानिसहरूलाई मदत गर्न आउनुहुन्छ,+

जसले खुसीसाथ सही काम गर्छन्‌,

जसले तपाईँलाई सम्झन्छन्‌ अनि जो तपाईँको बाटोमा हिँड्‌छन्‌।

हेर्नुहोस्‌, हामीले पाप गरिरहँदा तपाईँ हामीसित रिसाउनुभयो;+

हामीले लामो समयसम्म त्यसो गरिरह्‍यौँ।

अब हामी कसरी बच्न सक्छौँ र?

 ६ हामी सबै अशुद्ध मानिसजस्तो भएका छौँ

अनि हामीले गरेका सबै धर्मकर्म महिनावारीको कपडाजस्तै भएका छन्‌।+

हामी सबै पातजस्तै सुकेर जानेछौँ

अनि हाम्रो अपराधले हामीलाई हुरीले जस्तै उडाएर लैजानेछ।

 ७ तपाईँको नाम लिएर पुकार्ने कोही छैन,

तपाईँलाई समात्न कोही पनि जुरमुरिँदैन

किनकि तपाईँले आफ्नो अनुहार हामीदेखि लुकाउनुभएको छ+

अनि हाम्रो अपराधले गर्दा तपाईँले हामीलाई सडेर जान दिनुभएको छ।

 ८ तर हे यहोवा! तपाईँ हाम्रा बुबा हुनुहुन्छ।+

हामी माटा हौँ अनि तपाईँ हाम्रा कुमाले* हुनुहुन्छ;+

हामी सबै तपाईँका हातका काम हौँ।

 ९ हे यहोवा! हामीसित रिसले चूर नहुनुहोस्‌,+

हाम्रा अपराधहरू सधैँभरि नसम्झनुहोस्‌।

बिन्ती छ, हामीलाई हेर्नुहोस्‌! किनकि हामी सबै तपाईँकै मानिसहरू हौँ।

१० तपाईँका पवित्र सहरहरू उजाड भएका छन्‌।

सियोन सुनसान छ,

यरुसलेम उजाड भएको छ।+

११ हाम्रो पवित्र र महिमित* मन्दिर,

जहाँ हाम्रा पुर्खाहरूले तपाईँको प्रशंसा गर्थे,

त्यसलाई आगो लगाएर जलाइएको छ;+

हामीलाई प्यारो लाग्ने सबै थोक ध्वस्त भएका छन्‌।

१२ हे यहोवा! यी सब देखेर पनि के तपाईँ केही नगरी बस्नुहुन्छ?

तपाईँ कतिन्जेल चुप लागेर बस्नुहुन्छ अनि हामीलाई तड्‌पिन दिनुहुन्छ?+

६५ “जसले मेरो खोजीनिती गरेनन्‌, तिनै मानिसहरूसामु म देखा परेँ।

जसले मलाई खोज्दै खोजेनन्‌, तिनै मानिसहरूले मलाई भेट्टाए।+

जसले मेरो नामै पुकारेनन्‌, तिनै जातिलाई मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु!’+

 २ मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+

जो खराब बाटोमा हिँडिरहेका छन्‌+

र आफ्नै विचारअनुसार चलिरहेका छन्‌।+

 ३ तिनीहरू मेरै मुखको सामुन्‍ने बारम्बार मेरै अपमान गर्छन्‌,+

तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्‌+ अनि माथिसम्म धुवाँ उठ्‌नेगरि इँटामा बलि चढाउँछन्‌।

 ४ तिनीहरू चिहानहरूको वरपर बस्छन्‌+

र गुप्त ठाउँहरूमा* रात बिताउँछन्‌

अनि सुँगुरको मासु खान्छन्‌+

र आफ्ना भाँडामा अशुद्ध कुराले बनेको सुरुवा राख्छन्‌।+

 ५ तिनीहरू भन्छन्‌, ‘टाढै बस, मेरो नजिक नआओ

किनकि म तिमीहरूभन्दा पवित्र छु।’*

तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्‌

र दिनभरि बलिरहने आगोजस्ता छन्‌।

 ६ हेर! मेरै सामने यो कुरा लेखिएको छ;

म चुपचाप बस्नेछैनँ;

म तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनेछु;+

तिनीहरूले आफ्नो कामको पूरापूर* सजाय पाउनेछन्‌।

 ७ तिनीहरूको गल्ती र तिनीहरूका पितापुर्खाको गल्तीको लागि समेत तिनीहरूले सजाय पाउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

“किनकि तिनीहरूले माथिसम्म धुवाँ उठ्‌नेगरि डाँडाहरूमा बलि चढाएका छन्‌

अनि डाँडाहरूमा मेरो बेइज्जत गरेका छन्‌।+

त्यसैले सबैभन्दा पहिला तिनीहरूको गल्तीको पूरापूर* ज्याला म तिनीहरूलाई दिनेछु।”

 ८ यहोवा यसो भन्‍नुहुन्छ:

“जसरी नयाँ रक्सी बनाउन मिल्ने अङ्‌गुरको झुप्पा देख्दा मानिसहरू भन्छन्‌,

‘त्यसलाई नष्ट नगर, त्यसमा केही असल कुरा* छ,’

त्यसरी नै मेरा सेवकहरूको खातिर म केही गर्नेछु।

म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।+

 ९ याकुबबाट म सन्तान उत्पन्‍न गर्नेछु

अनि मेरा डाँडाहरूको उत्तराधिकारी हुन यहुदाबाट सन्तान उत्पन्‍न गर्नेछु।+

मैले चुनेका जनहरूले त्यसमाथि अधिकार गर्नेछन्‌,

मेरा सेवकहरू त्यहाँ बस्नेछन्‌।+

१० सारोनको मैदान+ भेडाहरूको खर्क हुनेछ

अनि आकोर बेँसी+ वस्तुभाउ विश्राम गर्ने ठाउँ हुनेछ।

मेरो खोजी गर्ने मेरा मानिसहरूको खातिर म यी सब गर्नेछु।

११ तर तिमीहरू त यहोवालाई त्याग्नेहरूमध्येका हौ,+

जसले मेरो पवित्र डाँडालाई बिर्सेका छन्‌,+

जसले सौभाग्य देवताको लागि टेबुल तयार गर्छन्‌

अनि भविष्य बताउने देवताको लागि मसला हालिएको रक्सी प्यालामा टक्य्राउँछन्‌।

१२ त्यसैले तिमीहरू तरबारले काटिनेछौ,+

तिमीहरू सबै काटिनलाई घोप्टो पर्नेछौ।+

किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ,

मैले बोल्दा तिमीहरूले सुनेनौ।+

मेरो नजरमा जे खराब छ, तिमीहरूले त्यही गरिरह्‍यौ

अनि मलाई जे मन पर्दैन, तिमीहरूले त्यही रोज्यौ।”+

१३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

“हेर! मेरा सेवकहरूले खानेछन्‌ तर तिमीहरू भने भोकै रहनेछौ।+

हेर! मेरा सेवकहरूले पिउनेछन्‌+ तर तिमीहरू भने तिर्खाउनेछौ।

हेर! मेरा सेवकहरू रमाउनेछन्‌+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+

१४ हेर! मेरा सेवकहरूको मन खुसी हुनेछ र तिनीहरूले जयजयकार गर्नेछन्‌।

तर तिमीहरूको मन भने दुःखले भरिनेछ र तिमीहरू रुनेछौ

अनि साह्रै निराश भएर तिमीहरू डाँको छोडी-छोडी रुनेछौ।

१५ तिमीहरूले यस्तो नाम कमाउनेछौ, जुन नाम मैले चुनेका जनहरूले सराप्न चलाउनेछन्‌।

ब्रह्‍माण्डका मालिक यहोवाले तिमीहरू प्रत्येकलाई मृत्युदण्ड दिनुहुनेछ

तर आफ्ना सेवकहरूलाई भने उहाँले अर्कै नामले बोलाउनुहुनेछ।+

१६ तब पृथ्वीमा आशिष्‌ पाउन चाहने जो कोहीले पनि

सत्य* परमेश्‍वरबाट आशिष्‌ पाउनेछ

र पृथ्वीमा शपथ खाने जो कोहीले पनि

सत्य* परमेश्‍वरको नाममा शपथ खानेछ।+

किनकि पहिलेका दुःखहरू बिर्सिइनेछन्‌,

ती मेरो नजरबाट लुकाइनेछन्‌।+

१७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+

अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्‌;

ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+

१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।

किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्‍नेछ

अनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्‌।+

१९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+

त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+

२० “त्यहाँ फेरि कुनै पनि शिशु थोरै दिन मात्र बाँचेर मरिहाल्नेछैन,

वृद्ध मानिस पनि आफ्नो पूरा उमेरसम्म जिउनेछ।

सय वर्षसम्म बाँचेर मर्ने मानिसलाई समेत जवानै ठानिनेछ

तर पापी मानिस भने सय वर्ष बाँचे पनि ऊ श्रापितै भएर मर्नेछ।*

२१ तिनीहरूले घर बनाउनेछन्‌ र त्यसमा बस्नेछन्‌।+

तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र त्यसको फल खानेछन्‌।+

२२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;

तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।

मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+

मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्‌।

२३ तिनीहरूको परिश्रम खेर जानेछैन;+

तिनीहरूका छोराछोरी दुःख पाउनलाई जन्मिनेछैनन्‌।

किनकि तिनीहरू र तिनीहरूका छोराछोरी सबै

यहोवाले आशिष्‌ दिनुभएका जाति हुन्‌।+

२४ तिनीहरूले पुकार्नुअघि नै म जवाफ दिनेछु।

तिनीहरूले बोल्न नसिद्धिँदै म तिनीहरूको कुरा सुन्‍नेछु।

२५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्‌,

सिंहले गोरुले जस्तै पराल खानेछ,+

सर्पको आहारा धुलो हुनेछ।

तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्‍याउने कुनै काम गर्नेछैनन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

६६ यहोवा यसो भन्‍नुहुन्छ:

“स्वर्ग मेरो सिंहासन हो अनि पृथ्वी मेरो पाउदान।+

त्यसोभए तिमीहरू मेरो निम्ति कस्तो भवन बनाउँछौ?+

मेरो वासस्थान कहाँ बनाउँछौ?”+

 २ “यी सबै कुरा मैले आफ्नै हातले बनाएको हुँ,

मैले गर्दा नै यी सबै अस्तित्वमा आएका हुन्‌,” यहोवा घोषणा गर्नुहुन्छ।+

“तर मेरो नजर यस्तो मानिसमाथि हुन्छ,

जो नम्र छ, जसको मन भाँचिएको छ अनि जो मेरो वचन सुनेर काँप्छ।*+

 ३ बहर बलि चढाउने मानिस अरूको ज्यान लिने मानिसजस्तो हो।+

भेडा बलि चढाउने मानिस कुकुरको गर्दन भाँच्ने मानिसजस्तो हो।+

भेटी चढाउने मानिस सुँगुरको रगत चढाउने मानिसजस्तो हो।+

सेतो धूप* चढाउने मानिस+ मन्त्र जपेर* आशिष्‌ दिने मानिसजस्तो हो।+

तिनीहरूले आफ्नो बाटो आफैले रोजेका छन्‌।

तिनीहरू घिनलाग्दा कुराहरूमा खुसी हुन्छन्‌।

 ४ त्यसैले म तिनीहरूलाई मेरो तरिकाले सजाय दिनेछु+

अनि जुन कुरादेखि तिनीहरू डराउँछन्‌, त्यही कुरा म तिनीहरूमाथि ल्याउनेछु।

किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन,

मैले बोल्दा कसैले मेरो कुरा सुनेन।+

मेरो नजरमा जे खराब छ, तिनीहरूले त्यही गरिरहे

अनि मलाई जे मन पर्दैन, तिनीहरूले त्यही गर्न रुचाए।”+

 ५ हे यहोवाको वचन सुनेर काँप्नेहरू* हो, परमेश्‍वरको वचन सुन:

“तिमीहरूलाई घृणा गर्ने र मेरो नामको कारण तिमीहरूलाई निकालिदिने तिमीहरूका भाइहरूले यसो भनेर स्वाङ पारे, ‘यहोवाको महिमा होस्‌!’+

तर जब परमेश्‍वर तिमीहरूसामु देखा पर्नुहुनेछ, तब तिमीहरूले खुसी मनाउनेछौ

अनि तिनीहरूचाहिँ लाजमा पर्नेछन्‌।”+

 ६ सहरमा होहल्ला मच्चिएको छ, मन्दिरबाट आवाज आइरहेको छ।

यो आवाज यहोवाले शत्रुहरूलाई दिनुभएको उचित सजायको आवाज हो।

 ७ प्रसववेदना हुनुअघि नै स्त्रीले बच्चा जन्माइन्‌।+

सुत्केरी बेथा लाग्नुअघि नै उनले एउटा बालक जन्माइन्‌।

 ८ यस्तो कुरा कसले सुनेको छ?

यस्तो भएको कसले देखेको छ?

कुनै राष्ट्र एकै दिनमा जन्मिन सक्छ र?

अथवा कुनै राष्ट्र अचानक उत्पन्‍न हुन सक्छ र?

तैपनि सियोनले सुत्केरी बेथा लाग्नेबित्तिकै छोराहरू जन्माइन्‌।

 ९ यहोवा भन्‍नुहुन्छ: “एउटा बच्चालाई जन्मिने बेलासम्म बढ्‌न दिएर उसलाई जन्मिन नदिनु र?”

तिम्रा परमेश्‍वर भन्‍नुहुन्छ: “गर्भमा बच्चा रहन दिएर गर्भचाहिँ बन्द गरिदिनु र?”

१० हे यरुसलेमलाई माया गर्नेहरू हो,+ उनीसित रमाओ अनि खुसीयाली मनाओ।+

उनलाई देखेर शोक गर्नेहरू हो, उनीसित खूब रमाओ।

११ तिमीहरू उनको दूध पिएर सन्तुष्ट हुनेछौ अनि सान्त्वना पाउनेछौ;

तिमीहरू पिएर अघाउनेछौ अनि उनको अपार महिमा देखेर आनन्दित हुनेछौ।

१२ यहोवा यसो भन्‍नुहुन्छ:

“म उनलाई शान्ति दिनेछु र त्यो नदीजस्तै बगिरहनेछ+

अनि जातिजातिको महिमा दिनेछु र त्यो खोलाजस्तै उर्लनेछ।+

तिमीहरूलाई दूध खुवाइनेछ अनि कम्मरमा बोकिनेछ

अनि काखमा खेलाइनेछ।

१३ आमाले छोरालाई सान्त्वना दिएझैँ

म तिमीहरूलाई सान्त्वना दिइरहनेछु+

अनि यरुसलेमले गर्दा तिमीहरूले सान्त्वना पाउनेछौ।+

१४ यो देखेर तिमीहरूको मन रमाउनेछ,

नयाँ घाँस मौलाएझैँ तिमीहरूको हड्डी बढ्‌नेछ।

अनि यहोवाका सेवकहरूले उहाँको शक्‍ति* देख्नेछन्‌

तर आफ्ना शत्रुहरूलाई भने उहाँले दोषी ठहराउनुहुनेछ।”+

१५ “यहोवा आगोजस्तै आउनुहुनेछ+

अनि उहाँका रथहरू आँधीहुरीजस्तै आउनेछन्‌;+

रिसले चूर भएर उहाँले बदला लिनुहुनेछ;

आगोको ज्वालाले प्रहार गरेर हप्काउनुहुनेछ।+

१६ यहोवाले आगो बर्साएर न्यायदण्ड दिनुहुनेछ,

उहाँले सबै मानिसलाई तरबारले हिर्काएर सजाय दिनुहुनेछ;

यहोवाको हातबाट मारिएकाहरू थुप्रै हुनेछन्‌।”

१७ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “बगैँचाको* बीचमा भएको मूर्तिलाई पूजा गर्न आफूलाई पवित्र र शुद्ध पार्नेहरू+ अनि सुँगुर, मुसा र घृणित कुराको मासु खानेहरू+ सबै एकसाथ नाश हुनेछन्‌। १८ मलाई तिनीहरूको काम र विचार थाह छ। त्यसैले म सबै जाति र भाषाका मानिसहरूलाई भेला गर्न आउँदै छु। तिनीहरू आउनेछन्‌ र मेरो महिमा देख्नेछन्‌।”

१९ “म तिनीहरूको बीचमा चिन्हको रूपमा शक्‍तिशाली काम गर्नेछु। अनि बाँकी रहेकाहरूमध्ये कसै-कसैलाई म ती देशहरूमा पठाउनेछु, जहाँ मानिसहरूले मेरो बारेमा केही सुनेका छैनन्‌ अथवा मेरो महिमा देखेका छैनन्‌। म तिनीहरूलाई धनुर्धारीको देश तर्सिस,+ पुल र लुदमा+ पठाउनेछु। म तिनीहरूलाई तुबल, याबान+ र टाढा-टाढाका टापुहरूमा पठाउनेछु। अनि तिनीहरूले जातिजातिबीच मेरो महिमाबारे घोषणा गर्नेछन्‌।+ २० इस्राएलका मानिसहरूले यहोवाको भवनमा चोखो भाँडामा आफ्नो भेटी ल्याएझैँ तिनीहरूले सबै देशबाट तिम्रा दाजुभाइलाई ल्याउनेछन्‌+ र यहोवालाई उपहारस्वरूप दिनेछन्‌। तिनीहरूले तिम्रा दाजुभाइलाई घोडामा, रथमा, छत भएको गाडामा, खच्चरमा र वेगसित दौडने उँटमा चढाएर यरुसलेममा, मेरो पवित्र डाँडामा ल्याउनेछन्‌,” यहोवा भन्‍नुहुन्छ।

२१ “म तिनीहरूमध्ये कसैलाई पुजारी र कसैलाई लेवीको रूपमा रोज्नेछु,” यहोवा भन्‍नुहुन्छ।

२२ यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “जसरी म नयाँ आकाश र नयाँ पृथ्वी बनाउनेछु+ अनि ती मेरो सामुन्‍ने सधैँ रहिरहनेछन्‌, त्यसरी नै तिमीहरूको सन्तान र तिमीहरूको नाम सधैँ कायम रहनेछ।”+

२३ “औँसीदेखि औँसीसम्म अनि विश्रामदिनदेखि* विश्रामदिनसम्म

सबै मानिस मलाई दण्डवत्‌ गर्न* आउनेछन्‌,”+ यहोवा भन्‍नुहुन्छ।

२४ “तिनीहरू बाहिर जानेछन्‌ अनि मेरो विरुद्धमा उठेका मानिसहरूका लास देख्नेछन्‌;

ती लासहरूमा परेका किराहरू मर्नेछैनन्‌;

ती लासहरूलाई जलाउने आगो निभ्नेछैन;+

ती देखेर सबै मानिसले घिन मान्‍नेछन्‌।”

यसको अर्थ हो, “यहोवाले दिनुहुने उद्धार।”

शब्दावली हेर्नुहोस्‌।

वा “आफ्नो मालिकलाई।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

वा “शासकहरू।”

वा “निर्देशनमा।”

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “बुबा गुमाएका बच्चाहरूको।”

वा “मामिला सुल्झाऔँ।”

शब्दावली हेर्नुहोस्‌।

वा “गहुँबाट बनेको बियरमा।”

वा “बुबा गुमाएका बच्चाहरूको।”

यहाँ बताइएका रूख र बगैँचाहरू मूर्तिपूजासित सम्बन्धित हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “निर्देशन।”

अर्थात्‌, कनानको उत्तर-पूर्वका।

वा “त्यसको सास त्यसको नाकमा हुन्छ।”

शा., “पचास जनाका नाइकेहरू।”

वा “फितलो।”

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा “भित्री वस्त्र।”

वा “बाल्सम,” कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

शा., “तालुखुइले हुनेछ।”

अर्थात्‌, अविवाहित भएकोले र निस्सन्तान भएकोले अपमानित।

शा., “दिसा।”

शा., “१० बित्ता।”

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “ठूलाबडा मानिसहरू।”

वा “निर्देशन।”

वा “तिनीहरूका सबै धनु काँड हान्‍न तयार छन्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “सन्तान।”

वा सम्भवतः “तिनले।”

यसको अर्थ हो, “बाँकी रहेकाहरू मात्र फर्कनेछन्‌।”

वा सम्भवतः “तर्साइदेऔँ।”

वा “त्यसका पर्खालहरूमा प्वाल पारिदेऔँ।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “युवती।”

यसको अर्थ हो, “परमेश्‍वर हामीसँग हुनुहुन्छ।”

वा “वादीहरू।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “पानी भएका ठाउँहरूमा।”

साँढे नलगाइएको गाई।

यसको अर्थ “लुट्‌नलाई हतारिँदै जानु, लुटको माल लिन छिटोछिटो जानु” हुन सक्छ।

शा., “म तिनको नजिक गएँ।”

सिलोह नहरको नाम थियो।

यसैया ७:१४ हेर्नुहोस्‌।

वा “कम्मर कस।”

“परमेश्‍वर हामीसँग हुनुहुन्छ”-लाई हिब्रूमा इम्मानुएल भनिन्छ। यसै ७:१४; ८:८ हेर्नुहोस्‌।

वा “निर्देशनमा।”

शा., “बिहानको उज्यालो।”

वा सम्भवतः “खजुरका हाँगा र नर्कट।”

वा “बुबा गुमाएको बच्चा।”

शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा “बुबा गुमाएका बच्चाहरूलाई।”

वा “सजायको।”

अर्थात्‌, परमेश्‍वरको।

शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

अर्थात्‌, अस्सेरियाका।

वा “इजिप्टले।”

यसले इस्राएलका राजाहरूलाई अभिषेक गर्ने तेल अथवा गिदोनका ३०० मानिसले राँको बाल्न चलाएको तेललाई जनाएको हुन सक्छ।

पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

वा सम्भवतः “सिंह र बाछो सँगसँगै चर्नेछन्‌।”

अर्थात्‌, बेबिलोनी साम्राज्य।

वा सम्भवतः “सुकाइदिनुहुनेछ।”

“याह,” यहोवा नामको छोटो रूप हो।

वा “धुन बजाओ।”

शब्दावली हेर्नुहोस्‌।

शा., “र केसिल तारामण्डलहरूले।” यसले सिकारी अर्थात्‌ मृगशिरा तारामण्डल र त्यसवरपरका अन्य तारामण्डललाई जनाएको हुन सक्छ।

वा “अस्ट्रिजहरूको।”

वा “ठेकेदारहरूलाई।”

शा., “बेबिलोनका राजालाई उखान बनाउँदै।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “हाँगाझैँ।”

शा., “जेठो सन्तानले।”

शब्दावली हेर्नुहोस्‌।

लहरे पिपलजस्तै एक प्रकारको रूख।

वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।

शब्दावली हेर्नुहोस्‌।

यसले किसमिसलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

वा “लटरम्म रातो अङ्‌गुर फलेका हाँगाबिँगालाई।”

वा सम्भवतः “किनकि तिम्रा ग्रीष्म ऋतुका फलहरू र फसलविरुद्ध युद्धको बिगुल फुकिनेछ।”

शब्दावली हेर्नुहोस्‌।

शा., “ज्यालादारी मजदुरको जस्तो तीन वर्षभित्रै।” ज्यालादारी मजदुरको समय पहिल्यै तोकिएको हुन्थ्यो, एक दिन पनि घटबढ गरिँदैन थियो।

शब्दावली हेर्नुहोस्‌।

वा “विदेशी देवताको।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “ठाउँबाट।”

मिश्रका राजाहरूको एउटा उपाधि।

वा “मेम्फिसका।”

वा सम्भवतः “वा खजुरका हाँगा र नर्कटको लागि।”

वा “सेनापति।”

वा “भित्री लुगा मात्र लगाएर।”

वा “र जुन मिश्रको सौन्दर्य देखेर तिनीहरू दङ्‌ग पर्थे, त्यसको हालत देखेर।”

यसले प्राचीन बेबिलोनी साम्राज्यको इलाकालाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “ढालमा तेल खन्याऊ।”

यसको अर्थ हो, “सुनसान।”

शा., “जङ्‌गलमा।”

शा., “ज्यालादारी मजदुरको जस्तो एक वर्षभित्रै।” ज्यालादारी मजदुरको समय पहिल्यै तोकिएको हुन्थ्यो, एक दिन पनि घटबढ गरिँदैन थियो।

यसले यरुसलेमलाई जनाएको हुनुपर्छ।

यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।

वा “सुरक्षा।”

शा., “बस्ने ठाउँ।”

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

शा., “वजन।”

यो नाइल नदीको शाखा हो।

वा सम्भवतः “बन्दरगाह।”

वा “पृथ्वीलाई।”

वा सम्भवतः “भूमि सुकेर जाँदै छ।”

वा “पहिल्यैदेखिको।”

वा सम्भवतः “नयाँ रक्सी सुकेर जाँदै छ।”

वा “समुद्रबाट।”

वा “ज्योतिको इलाकामा।”

यहाँ यस शब्दले सहरको पर्खाललाई सुरक्षित राख्न टेको स्वरूप लगाइएको भिरालो पर्खाललाई जनाउँछ।

वा सम्भवतः “जसको सोचाइ परिवर्तन हुँदैन, तिनीहरूलाई।”

“याह,” यहोवा नामको छोटो रूप हो।

वा “सम्म परेको।”

यसको अर्थ हो, परमेश्‍वर र उहाँको नाम सम्झनु अनि त्यसको घोषणा गर्नु।

शा., “मेरो लास।”

वा सम्भवतः “मसलाको बोटमा परेको शीतजस्तै।”

शब्दावली हेर्नुहोस्‌।

यसले इस्राएललाई जनाएको हुन सक्छ। यहाँ इस्राएललाई स्त्रीलाई झैँ सम्बोधन गरिएको छ र अङ्‌गुर बगानसित तुलना गरिएको छ।

वा “फीँज निस्कने मद्य।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “घमन्डी।”

यसले राजधानी सामरियालाई जनाउँछ जस्तो देखिन्छ।

वा “घमन्डी।”

वा “मनोभाव।”

शब्दावली हेर्नुहोस्‌।

शा., “नाप्ने डोरी।”

धर्मगुरुहरूलाई यसैयाको सन्देश केटाकेटीलाई एउटै कुरा दोहोऱ्‍याई-तेहेऱ्‍याई भनेझैँ लागेको थियो।

शा., “नाप्ने डोरी।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “दर्शन देखेका छौँ।”

डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “आफूले सुनेको सन्देश बुझेपछि तिनीहरू त्रसित हुनेछन्‌।”

एक किसिमको कमसल गहुँ।

वा “अनुशासन दिनुहुन्छ; सुधार्नुहुन्छ।”

वा “उद्देश्‍य।”

वा “जसको व्यावहारिक बुद्धि अपार छ।”

यसको अर्थ “परमेश्‍वरको वेदीको अगेनु” हुन सक्छ। यसले यरुसलेमलाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “सल्लाहहरू।”

शा., “सच्याउनेलाई।”

अर्थात्‌, लाज र निराशाले।

शा., “मद्यभेटी चढाउँछन्‌।” यसले सम्झौता गर्नुलाई जनाएको हुनुपर्छ।

शा., “फारोको गढमा।”

शब्दावली हेर्नुहोस्‌।

वा “निर्देशन।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “कुवाबाट।”

वा “उहाँलाई व्यग्रतासाथ पर्खन्छन्‌।”

वा “धातु पगालेर बनाइएका।”

वा सम्भवतः “अनि घिनलाग्दो चिज भन्‍नेछौ।”

शा., “यहोवाको नाम।”

वा “बाँसुरीको धुनमा।”

शा., “तोफेथ।”

वा “घोडचढीहरूको।”

वा “आगो।”

वा “धर्मत्याग फैलाउँछ।”

यो यरुसलेमको एउटा डाँडा हो जस्तो देखिन्छ।

यसले यहुदालाई सङ्‌केत गरेको हुनुपर्छ।

यसले शत्रुहरूलाई जनाउँछ।

वा सम्भवतः “देश सुकेको छ।”

वा “अग्लो किल्ला।”

वा “मनन गरेर।”

अर्थात्‌, शत्रुहरूका।

वा “तिनीहरूको रगतले गर्दा पहाडहरू पग्लनेछन्‌।”

यसले एदोमको राजधानी बोज्राहलाई जनाएको हुनुपर्छ।

एक किसिमको पेलिकन चरा।

डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।

वा “अस्ट्रिज।”

लाटोकोसेरोजस्तै एक किसिमको चरा।

शा., “आफ्नै हातले।”

शब्दावली हेर्नुहोस्‌।

वा “मद्य टक्य्राउने मुख्य सेवक।”

शब्दावली हेर्नुहोस्‌।

वा “सिरियाली।”

वा सम्भवतः “करूबहरूको बीचमा।”

वा “नाइल नदीका नहरहरू।”

अर्थात्‌, हिजकियाहको।

वा “भुईँमा खसेको बिउबाट उम्रेको।”

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

सायद यी भऱ्‍याङहरूलाई सौर्यघडीलाई जस्तै समयको हिसाब राख्न प्रयोग गरिन्थ्यो।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

“याह,” यहोवा नामको छोटो रूप हो।

वा सम्भवतः “सारसले।”

अर्थात्‌, परमेश्‍वरको वचन र उहाँको कामको।

शा., “आफ्नो पिठ्यूँपछाडि फालिदिनुभयो।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शा., “सुकेका अन्जिरहरूलाई थिचेर बनाइने रोटी।”

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

शा., “अनिवार्य सेवाका दिनहरू।”

वा “दोबर।”

वा “सोझो।”

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा सम्भवतः “बुझेको छ।”

वा “परिधिभन्दा।”

वा “शासकहरूलाई।”

वा “युगौँयुगको।”

अर्थात्‌, आफ्नो सेवामा।

वा “फलामे अचानोमा।”

वा “सूर्योदयबाट।”

वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

वा “व्यवस्थाको।”

वा “मेरो महिमा म कसैसित बाँड्‌दिनँ।”

शा., “टापु।”

वा “निर्देशन।”

वा “निर्देशन।”

यसले भविष्यमा हुने पहिलो कुरालाई जनाएको हुन सक्छ।

वा “भरोसा।”

वा “अस्ट्रिज।”

शब्दावली हेर्नुहोस्‌।

एक किसिमको बास्नादार नर्कट।

वा “तिमीहरूले गरेको विद्रोहलाई।”

यसले व्यवस्थाका शिक्षकहरूलाई जनाएको हुन सक्छ।

यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई दिइएको उपाधि।

लहरे पिपलजस्तै एक प्रकारको रूख।

यसले मूर्तिहरूलाई जनाउँछ।

काठमा गोलो वा अन्य किसिमको रेखा खिच्न प्रयोग गरिने साधन।

शा., “तिनीहरूको मनमा।”

शा., “कम्मरको पटुका खोल्न।”

शा., “तिम्रो कम्मर कस्नेछु।”

वा “सूर्योदयदेखि सूर्यास्तसम्मका।”

वा “विवाद गर्छ।”

वा सम्भवतः “के माटोले ‘तिमीले बनाएको कुरामा त समाउने ठाउँ नै छैन’ भन्‍न मिल्छ र?”

शा., “सेनाले।”

वा सम्भवतः “कामदारहरू।”

वा सम्भवतः “व्यापारीहरू।”

वा सम्भवतः “पृथ्वी खाली रहोस्‌ भनेर।”

बेबिलोनको एउटा देवता।

बेबिलोनको एउटा देवता।

शा., “त्यससामु घोप्टो पर्छन्‌।”

वा “सल्लाह।”

वा “सल्लाह।”

वा सम्भवतः “मसामु खडा हुने कसैलाई पनि म दया देखाउनेछैनँ।”

वा “मालिक्नी।”

वा “मालिक्नी।”

वा सम्भवतः “गरे तापनि।”

वा सम्भवतः “जो आकाशलाई बाँड्‌छन्‌; ज्योतिषीहरू।”

शा., “आ-आफ्नै ठाउँतिर।”

शा., “मुहानबाट।”

वा “धातु पगालेर बनाइएका मूर्तिले।”

वा “जाँचेको।” वा सम्भवतः “रोजेको।”

वा “मेरो महिमा म कसैसित बाँड्‌दिनँ।”

शा., “गर्भमा हुँदा नै।”

वा “यहोवाले मलाई न्याय दिनुहुन्छ।”

वा “इनाम।”

वा सम्भवतः “नाङ्‌गा डाँडाहरूमा।”

वा “तालिम पाएको जिब्रो।”

वा सम्भवतः “बल पाउनेगरि।”

वा “प्रसववेदना सहेर जन्माउने।”

शा., “सान्त्वना दिनुहुनेछ।”

वा “शक्‍तिले।”

वा “निर्देशन।”

शब्दावली हेर्नुहोस्‌।

वा “सहानुभूति।”

जङ्‌गली भेडा।

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

वा “विजयी तुल्याउनुहुँदा।”

वा “अन्तर्दृष्टि चलाएर।”

वा “राजाहरूले आफ्नो मुख बन्द गर्नेछन्‌।”

वा सम्भवतः “हामीले सुनेको कुरामा।”

शा., “पाखुरा।”

यसले परमेश्‍वरलाई वा यो कुरा देख्ने कुनै मानिसलाई पनि जनाएको हुन सक्छ।

वा सम्भवतः “उसलाई देख्दा मानिसहरू आफ्नो मुख अन्तै फर्काउँथे।”

शा., “उसलाई लगियो।”

वा “तर उसलाई मारियो।”

वा “हिंसा।”

शब्दावली हेर्नुहोस्‌।

वा “मालिक।”

वा “पालको।”

वा “मालिक।”

वा “अटल प्रेम।”

वा “अटल प्रेम।”

चुन, बालुवा र पानी मिसाएर बनाइएको लेदो।

वा “गुम्बज।”

वा “सम्पदा।”

वा “कडा परिश्रमको कमाइ।”

पद ५-७ का शब्दहरू यसैयाले भनेका कुराहरू हुन सक्छन्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

अर्थात्‌, वफादार मानिसको मृत्यु भएको छ।

वा सम्भवतः “विपत्ति भोग्नु नपरोस्‌ भनेर।”

अर्थात्‌, चिहानमा।

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “वादीका।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “सन्तुष्ट।”

यसले झूटा देवताको वेदी वा कुनै उपासनास्थल बनाएको कुरालाई सङ्‌केत गरेको हुन सक्छ।

यसले मूर्तिपूजासम्बन्धी कुनै चिन्ह वा सङ्‌केतलाई जनाएको हुन सक्छ।

यसले मूर्तिपूजालाई जनाएको हुन सक्छ।

वा सम्भवतः “राजाकहाँ।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शा., “मानिसको मन।”

शा., “ओठको फल।”

शा., “चिरा परेको।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शा., “इच्छा पूरा गर्नदेखि आफ्नो पाइला फर्कायौ भने।”

शा., “तिनीहरूका खुट्टा।”

शा., “र त्यो उहाँको नजरमा खराब थियो।”

वा “उहाँ विजयी हुनुभयो।”

वा “विजयको।”

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा “तिम्रो बिहानीको ज्योति देखेर।”

शा., “तिमीलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “पहिलाजस्तै आइरहेका छन्‌।”

वा “महिमा।”

शब्दावली हेर्नुहोस्‌।

वा “अनुमोदनको।”

वा “शोभा बढ्‌नेछ।”

वा “महिमामा।”

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

वा सम्भवतः “चहकिलो रातो रङ्‌गको।”

वा “उद्धार गरेँ।”

वा “उहाँकै सामने रहने स्वर्गदूत।”

शा., “तिनलाई।”

वा “गहिरो।”

वा “निर्जनभूमिमा।”

वा “र आफ्नो नामको सौन्दर्य बढाउनुभयो।”

वा “सुन्दर।”

शा., “तपाईँलाई किन भित्रभित्रै औडाहा हुँदैन?”

वा “तर्काउनुहुन्छ?”

शा., “बनाउनुहुन्छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “धीरजी भएर तपाईँको प्रतीक्षा गर्नेहरूको।”

वा “रचनाकार।”

वा “सुन्दर।”

वा सम्भवतः “पहरा गर्न बसिने झुपडीहरूमा।”

वा सम्भवतः “मेरो पवित्रता तिमीहरूलाई सर्ला।”

शा., “छातीभरि।”

शा., “छातीभरि।”

शा., “आशिष्‌।”

वा “वफादार।” शा., “आमिन।”

वा “वफादार।” शा., “आमिन।”

वा सम्भवतः “सय वर्ष नपुगी मर्ने मानिसलाई श्रापित मानिस ठानिनेछ।”

वा “वचनको फिक्री गर्छ।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “मूर्तिपूजा गरेर।”

वा “वचनको फिक्री गर्नेहरू।”

शा., “हात।”

अर्थात्‌, मूर्तिलाई पुज्न बनाइएको विशेष बगैँचाको।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “उपासना गर्न।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने